February 20, 2022

शक्तिको मूल्याङ्कन

हाम्रा पुराणहरूमा अनेकौं ज्ञानबद्र्धक कथाहरू पढ्न पाइन्छन् । ती सबै देवता र ऋषिमुनिहरूसँग सम्बन्धित हुन्छन् । यहाँ मैले पनि पौराणिक कालका हा हा र हू हू नामका दुई ऋषिहरूको कथालाई प्रस्तुत गर्न गइरहेको छु । यिनीहरू आध्यात्मिक ज्ञानमा आपूm अर्को भन्दा निकै बलियो भएको ठान्दथे । तँ भन्दा म ठूलो, म ज्ञानी, भन्दै झगडा गर्दै जाँदा दुबैले ब्रह्मासँग गएर आध्यात्मिक शक्तिमा को शक्ति शाली भनेर आप्mना परीक्षा दिएर आफूलाई शक्तिशाली भएको घोषण गराउन चाहान्थे । दुबै जना ब्रह्मसँग गए । ब्रह्माजीको स्तुति गर्दै भने –"ब्रह्माजी हजुर जस्तो ज्ञानी संसारमा कोही छैन । हजुरलाई तीन लोक १४ भूवनका एक चीज थाहा छ । हजुरले भनि बक्सियोस् हामी दुईमा आध्यात्मिक शक्तिमा कुन बलिया छम् ।" ब्रह्माजीले पनि बिचार गर्नु भयो र यी दुईको अहम्तालाई विचार गर्दै अन्तरयामी हुँदाहुँदै पनि तिमीहरूको शक्ति परीक्षण लक्ष्मीपति विष्णुजीबाटमात्र सम्भव छ भनी  भगवान विष्णुको सरणमा पठाए । भगवान विष्णुले यिनका कुरा सुनेर सजिलो सँग भनिदिनु भयो यस्ता गहनकाम त कैलाशपति महादेवबाटमात्र सम्भवछ ।तिमीहरू उहाँकोमा जाओ भने पछि दुबै जना शिवजीकोमा पुग्दछन् । यहाँ पनि हाहा र हू हूको इच्छ्यापूर्ति हुनसकेन । शिवजीले दुबैलाई पृथ्वीमा मतंग ऋषिकोमा जानु र आप्mनो साधना गर्नु भनी पृथ्वीमा पठाउनु भयो । यी दुबै ऋषिहरू मतंग ऋषिकोमा जाँदै गर्दा भयंकर शरीर भएका मतंग ऋषिलार्ई टाढेबाट देख्छन् । हा हाले ऋषिलाई हात्तीको जस्तो ठूलो शरीर भएको  कल्पना गर्दछन् भने हू हूले ऋषिलाई गोही( ग्राह)को रूपसँग तुलना गर्दछन् ।
मतंग अन्तरयामी थिए । यी दुबै ऋषिहरू किन आएका हुन र उनको भावना  कस्तो छ भन्ने ज्ञान ऋषिलाई भैसकेको थियो । अहम्ताले भरिएका यी ऋषि जव मतंगको कुटीमा पुगे र आप्mनो आगमनको कुरा बताए । ऋषिले पनि तपाइँहरूको सोच मप्रति कस्स्तो बनेको छ । त्यहीरूप धारणा धारण गर्नु होस् र आप्mनो शक्तिको परीक्षण आफै गर्नु होस भनेर श्राप दिए । यी दुबैको मृत्यु भयो र हात्ती र ग्राहको रुपमा पुनर्जन्म  लिनु प¥यो ।
यो कथा पुराणबाट लिएको हो स्वनिर्मित कथा हैन )

February 18, 2022

म परीक्षामा सफल भएँ सदानन्द आभगी

         
 एक गाउँमा एउटा धनी मानिसका तीन भाइ छोरा र एउटी छोरी थिए । दिन बित्तै  गए बुढाको उमेर ढल्कँदै गयो । रोगले सताउन थाल्यो । धनी बुढो विमार परेकै समयमा
एउटा मध्यम वर्गिय बृद्ध धनको आवश्यक परेर श्रृण माग्न गएछ । सरसापटी गर्दै चलेका दुबै बुढाको जीवनकाल विमारी बुडाले अर्को बुडोलाई नाइभन्न नसकेकर    उसका साथमा रहेका ९० हजार रूपयाँ सापटी दिंदै भनेछ– " मित्र तिमीलाई थाहै छ मैले योसम्पत्ति कति दुखले सङ्ग्यालेको थिए । छोराहरूको विवाह पनि उच्च खानदानमा गरिदिए । धनको कमी छैन । भाग्यको खेला भनौंकी मैले दोर्न नसकेर एउटीमात्र छोरी लमीको खेलमा परेर अलिक गरिब केटालाईं दिन पुगें । छोरीको दैनिकी कष्टकर छ । अब म कति बाँचुला र ? यो पैसा छोराहरूले थाहा नपाउने गरी छोरीलाई दिने बिचारमा छु । आजको लागि यो पैसा सापटी लैजानु होस् र म मरेभने पनि यो पैसा छोरीलाई दिइदिनु होला।"
सबैका यो जीवन मरणशील छ । नभन्दै बुढाको आयु सकिए छ । यो संसारबाट ऊ सदाको लागि अस्तायो । छोरी पनि बाबुको अन्त्येष्टिको लागि माइत आइन् । हाम्रो परमपरा अनुसार छोरीले ५ दिन मात्र क्रियाकर्म गरे पुग्ने भएकोले बाबुको साथी पैसा बोकेर साथीको घरमा आयो । यी सबैले क्रियाकर्म गर्न त बसेका छन् । बाबुप्रति कत्तिको  पितृभक्ति राख्दा रहेछन् त भनी परीक्षा लिने बिचर उसमा पलायो । छोराहरू र छोरी समेतलाई एकै ठाउँमा बोलाएर भन्यो – "बाबु हो  तिम्रा बाबाको र मेरो साथित्व कति गहिरो थियो तिमीहरूलाई थाहै छ । हामी लाखौंको लेनदेन गर्थेम् । न तमसुक लेखिन्थ्यो न कसैलाई साक्षी राखिन्थ्यो । बुबाले यस पटक ९० हजार रुपियाँ  म सँगबाट लिनु भएको छ । समय मै भन्नु भएन भनौला भनेर अहिले सबैको सामु यो कुरा राखें । छोराको दायित्व हो कि आप्mना बाबुले कमाएको धन सम्पत्ति तथा लगानीलाई उठाउने र बाबुले ऋण लगाएको भए तिरेर मृत्य बाबुलाई ऋण मुक्त गराउने । यस पटक तिम्रा बाबुले मसँगबाट ९० हजार रुपियाँ सापटी लिएका छन् । यस्ता वेलामा जानकारी दिनमात्र आएको हुम् । कहिले कस्ले दिन्छौं त ?" तीन भाइ छोराहरूले जवाफ दिए – "बाबुले हामीलाई नसोधी लिएको ऋण हामीले तिर्न बाध्य छैनौं । तपाइँलाई थाहै छ यो घरमा पैसाको कमी छैन । एकलाख रुपियाँँ त बाबाको बाकसमा नै दाखिला थियो । उठाउने रकम र तिर्न पर्ने रकमको बहीखाता हामीसँगै छ । तपाइँले दाबी गरेको रकम हामी दाजुभाइले तिर्न बाध्य छैनौं ।हामी तिर्दैनौं ।"
छोरीले नजिकबाट सुनिरहेकी थिइन् । दाजुहरूले पैसा नतिर्ने भए पछि । उनको मन तीतो भयो ।त्यत्रो पैसा तिर्न सक्ने क्षमता पनि थिएन । उनी लामो सास तान्दै बाबुको साथीलाई भनिन्– "अंकल संसार विश्वासमा अडेकोहुन्छ । हजुरहरू दुईको मित्रता लेन देन सबै के कसरी हुन्थ्यो सबैलाई थाहा छ । बाबाले लिएको रकम म सँग त छैन तर म सँग  गहना छन् ती गहना लगेर बेचेर हजुरको ऋण के कति असूल हुन्छ लिनुहोस् र बाँकी रकम म हजुरलाई पछि दिन्छु ।"
बाबुको साथीले भन्यो –"धन्य हौ छोरी तिम्रो महान पितृभक्तिप्रति। तिम्रा बाबाले मलाई  ९० हजार रुपियाँ तिमीलाई दिनु भनेर सापटी दिएका थिए राख" भन्दै ९० हजार रुपियाँ छोरीलाई दियो । अनि भन्यो– " मैले मायाको तराजु बाबुआमाप्रति छोराछोरीको कति संतुलित छ या बाबु आमालाई माया गर्ने तराजु छोराको भन्दा छोरीको गह्रुङ्गो  हुन्छ भन्ने सुनेको थिएँ । मैले परीक्षा लिनु थियो म परीक्षामा सफल भएँ ।"

प्रजातन्त्र कहिले आउँछ ?” सदानन्द अभागी

आज शुक्रबारको दिन । कावासोती बजार बन्द थियो । तैपनि राम कावासोती पुग्नै पर्ने बानी बसी सकेकोले ऊ एक्लै भए पनि लुरुलुरु हिंडेर फलपूmल चोकतिर जान घरबाट निस्कियो । आज ऊ एक्लै थियो । कुसनरीबाट अगाढी बढ्दै गर्दा उसका मनमा अनेकौं तरङ्ग उठ्छन् ।ऊ उकालो चढ्छ । उकालै चढेपछि दुईओटा चौतारीको नजिक पुगेपछि ऊ दोधार्मा पर्छ । मनमा कुरा खेल्छन् र बस्ने कि अगाडी बढ्ने सोचमा ऊ डुब्छ । केही क्षण बस्नु नै राम्रो भन्ने निष्कर्ष निकाल्छ । दाहिने तर्फको  चौतारीमा ऊ बस्न पुग्छ । ऊ बस्नमात्र थालेको थियो पश्चिम दिशाबाट एउटा ठूलो पोथी बँदेल बच्चा सहित रप्mतारमा पूर्वतिर दौडी रहेका थियो । राम निकै डरायो ।  केहीसमय बसेपछि ऊ त्यहाँबाट अगाडी बढ्छ ।केटाकेटीहरूले फोटो खिच्दै हाँस्दै गरेको देख्छ । उस्ले आप्mनो जवानीलाई स्मरण गर्छ । उसको पालामा न क्यामेरा नै थिए । आजको जस्तो खुलापन पनि थिएन । केटा केटी सँगै भए यो त विग्रिएछ भन्थ्ये
 ऊ अझै अघि बढ्छ । त्यहाँ जंगलमा लगेर छोडेका गाइका बाच्छाहरू देख्छ । कुपोषणलेयुक्त ,गाईले बाच्छो नलगाएसम्म दूध नदिने भएपछि बाच्छा पाल्न विवसताका कारणले पालिएका र गाइले दूध दिन छाडेपछि जंगलमा लगेर छोडिएका । खानको लागि घाँसपात भए पनि त्यहाँ तिन्ले पिउनेपानी पानी छैन । पूर्व –पश्चिम  राजमार्गको दुबैतिर यस्ता वेवारेसी बाच्छाहरू ऊस्ले थुप्रै भेट्छ । यी  निदर्यी मानवहरूले दूध बेचेर पैसा कमाउने लोभका कारणले आप्mनो मानवीय धर्म, कर्म, दया, माया, सबै त्यागेको देख्दा ऊ दुखित बन्छ ।
गाई पाल्ने दूध बेच्ने बाच्छा कसरी मर्छन् भन्ने स्वार्थी प्रवृत्तिमा ऊ सहमत हुन सक्दैन  । उसले संविधानमा गाईलाई राष्ट्रिय जानवरको रूपमा  उल्लेख गरेको  सम्झन्छ ।  धर्मसापेक्ष  हिन्दुराष्ट्रलाई धमैनिरपेक्ष राष्ट्रको रूपमा घोषण गरेको सम्झन्छ ।   अन्त्यमा ऊ केही क्षण वेवारिसे बाच्छा बन्छ र सोच्न थाल्छ –    
"मेरी आमा लक्ष्मी मानिन्छिन् । तिनै आमाको छोरा म  आज यो दुर्दशामा  बाँचिरहेको छु । धर्मसापेक्ष भएर के नै भएको थियो ? हो त्यसबेला हामीलाई जोत्ने काममा प्रयोग हुन्थ्यो, जोत्नेदिन दयावान मालिकले पेटभरी खुवाउँथ्यो र दिनभरी कुटि कुटि जोत्ने  काम गथ्र्यो । आजको जस्तो यो अवस्थामा मर्न पर्दै नथ्यो । आज विकासले तीब्र गति लियो, हाम्रो काम सबै टेक्टरले गर्न थाल्यो । हामी लक्ष्मीका पुत्र भएर पनि एक गास खान पाउने अवस्थामा रहेनौ ।
आज धर्मनिरपेक्ष भएर, हामी बाच्छाहरूलाई  के नै हुनेवाला छ र ? अँ एउटा कुरा के भने हमीलाई खानेवाला धर्मका मानिसको संख्या बढ्दै गएको छ ।  तिनीहरूको संख्याले  बहुमत प्राप्तगर्न सक्यो भने हामी अभक्षबाट भक्षमा परिणत हुन सक्छौं ।  त्यति वेला भने यिनै गाईपालकले पैसाको लोभले हामीलाई राम्रैसँग पाल्ने छन्, मोटाउँछ कसरी भन्ने छन् र कटाइमा बेच्ने छन् । हाम्रो यायु यतिवेला पनि अर्कैको हातमा  सुरक्षित हुनेछ । ? "
अन्त्यमा रामु आप्mनो सहीरूपमा आउँछ र भन्छ –"यी पाल्तुपशुको प्रजातन्त्र कहिले आउँछ ?"

February 5, 2022

डा. नारायणप्रसाद खनाल र सदानन् बीचको भलाकुसारीको सार संक्षेप्त

१ं सर, नमस्कार! आराम हुनुहुन्छ? वर्तमान दिनचर्या केसरी बिताइरहनुभएको छ ?
नमस्कार सर । म आरामै छु । हाल मेरो दैनिकीहरू तीनवटा काममा व्यतित हुँदै गएका छन्। सर्बप्रथम घरको काममा सहभागी हुनु , दोस्रो काम साहित्य लेखन र साहित्यिक कृतिहरू अध्यन गर्नु  र तेस्रो काम समाज सेवा (जेष्ठ नागरिक जिल्ला संघको अध्यक्ष भएको नाताले जेष्ठ नागरिक संस्थालाई सम्बद्र्धन गराउनुमै व्यस्त छु) ।
२.यतिखेर कुनै नया कृति तयार गर्दै हुनुहुन्छ कि?
स्वर्गको यात्रा भन्ने महाकाव्य (गरुण पुराणको कथामा आधारित ) धेरै वर्ष भयो पुरा गर्न सकेको छैन । त्यसमा पनि समय दिन पर्ने हो त्यति समय दिन सकेको छैन तापनि यसलाई तयार गर्नै पर्छ भन्ने मनमा लागेको छ । समालोचना लेखनले निरन्तरता पाइराखेको छ र विभिन्न पत्रपत्रिकाम प्रकाशन भै राखेका छन् ।
३. छयहत्तरौं वर्षमा पदार्पण गर्नुभएको छ,कसरी बितेजस्तो लाग्छ यो समय ?
यसको जवाफ कसरी दिने खोई ? बालककालदेखि हालसम्मका सबै दिनको स्मरण गर्दा बृहत ठेली नै बन्न जान्छ तर हलुका रूपमा लिने हो भने यी दिन ख्यालख्यालमै बिते जस्तो लाग्छ ।
४. कृषि प्रविधि र यसका बिउबीजन,माटोपानी ,उर्बरक जस्ता तमाम वैज्ञानिक कुरामा  र साहित्य सृजनामा लाग्दाका केही मीठा–नमीठा अनुभव भए जान्न पाऊँन ?
कृषि प्रविधि र यसका बिउबीजन,माटोपानी ,उर्बरक जस्ता तमाम वैज्ञानिक कुराहरू मेरो जीवन निर्वाह गर्ने वाटो(जागि) हो । यसमा मैले थुप्रै परिश्रम गर्नु प¥यो । खास गरेर मुख्य पढाईको विषय पशुपालन रह्यो । जागिर स्थाई माटो विज्ञानमा भइयो तर पनि म माटोमा नै भिजे थुप्रै कृतिहरू, लेख रचनाहरू प्रकाशनमा ल्याएँ, नेपाल टेलीभिजन र रेडियो मार्फत सन्देश प्रवाह गरें । यी काम मेरा जीवनका मिठा अनुभव भए । यसै सन्दर्भमा माटो जाँचगर्ने प्रयोगशाला निर्माण गर्दा मसिन जडान गर्दा,दक्ष जनशक्तिको अभावको कारण सहजरूपमा माटो मल जाँच गर्ने तरिका तथा मेशिनको अभाव र बजेटको समेत कमी भएको बेलाके गर्ने के नगर्ने भन्ने सोच पलाउँदा दिक्क पनि लागेर आउँथ्यो तर गर्छु र गर्न सकिन्छ भन्ने अठोट भित्र मनबाटै पलाएर आउँदा नमिठा चीज पनि मिठोमा हुँदारहेछन् । सबैले भोग्न पर्ने दैनिकी तीतो मिठो अनुभवको मैले पनि गरें ।
 कुरा रह्यो साहित्य सिर्जनाको । यस विषयमा साहित्य मेरो रुचिको विषय हो । यसमा शब्द चयन र संयोजन जस्ता विषय ् छन्दको ज्ञानको अभावले गर्दा छन्दशास्त्रीहरूको माझमा बस्दा केही कम आनन्द भएको महसूस गरेको छु
 ५.यति वेला  'सदानन्दको जीवन,कर्म र व्यक्तित्व' शोधग्रन्थ प्रकाशित हुँदैछ ,के यसअघि पनि कुनै  आफ्ना कृति  र जीवनीबारे यस्तो शोध भएको थियो?
मेरो व्यक्तित्व र कृतित्वको दुई सोधपत्रहरू भएका छन् । पौडेल, दुर्गा, (२०६४), साहित्यकार सदानन्द अभागीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन (अप्रकाशित स्नातकोत्तर शोधपत्र), भरतपुर, वीरेन्द्र बहुमुखी क्याम्पस र गड्तौला, गंगाराम, (२०७२), सदानन्द अभागीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन, (अप्रकाशित शोधपत्र), कीर्तिपुर, त्रिभुवन विश्वविद्यालय । गंगारामको सोधपत्रमा सदानन्द अभागी गंगाधर जैसी रिजालको नाति कलाधरको छोरा हुनुपर्नेमा बासुदेवको नाती हुन गएको छ ।गंगाधर र बासुदेव सहोदर दाजुभाइ थिए । वंशावली विवरणमा गंगाधरको नाती, कलाधरको छोरा पंक्तिमा हुन पर्नेमा बासुदेवको पंक्तिमा राखिएकोले त्रुटी भएको छ ।
६.जीवन वास्तवमा के रहेछ सदानन्द सर?
 मेरो बुझाइमा जीवन संघर्ष हो । जो संघर्ष गर्न सक्छ उसको जीवन सफल हुन्छ संघर्षबाट भाग्ने मानिस कहिल्यै सफलता हाँसिल गर्न सक्दैन भन्ने रूपमा परिभाषित गर्थे तर दिन बित्तै जाँदा, अनुभव बटुल्दै जाँदा जीवन के रहेछ  भन्नु भन्दा जीवन के रहेनछ भन्न मन लाग्छ ।जीवन पूmल पनि हो अनि काँडा पनि हो । जीवन हाँसो पनि हो र रोदन पनि हो,जीवन स्वर्ग पनि हो र नर्क पनि हो । समुच्चमा संसारिक जीवनको एक उच्चतम् क्रीडास्थल हो । जन्मेदेखि मर्ने वेलासम्म विभिन्न खेल खेल्दाखेल्दै संसार छाड्दछम् ।    
७. तपाईंले अहिले र निकट भविष्यमा के के गर्ने योजना बनाउनुभएको छ ?
कुनै पनि कामको लक्ष हाँसिल गर्न योजना बनाएर काम गर्नुपर्छ तर मैले कुनै खास योजना बनाएको छैन ।त्यसैले जेजति उपलब्धी हाँसिल गर्नु पर्ने थियो त्यति हाँसिल गर्न सकेको छैन तर  लेखन र समाज सेवालाई बाँचुन्देर, शरीरले साथ दिने बेलासम्म निरन्तरता दिने बिचारभने जीवन्त छ ।
८.आफ्ना सन्ततिलाई र  साहित्यका पाठकहरूलाई एक स्रष्टाका हैसियतले के सन्देश दिन चाहनुहुन्छ?
आजको संसार सांघुरो घेरामा बाँधिएको छ । मिनट मिनटमा संसारका हरेक क्रियाकलाप हामिले सुन्न सक्छौ टिभी द्वारा देख्न सक्छौ त्यसो हुँदा समय सुहाउँदो भएर अगाडी बढ्न सक्नु पर्छ । अध्ययन र लेखन कर्म नै सबैसँग प्रत्यक्ष र अप्रत्यक्ष जोडिने माध्यम हुन् । सिर्जनाले मानिसलाई परिवर्तनको पाठ सिकाउँछ र सिर्जनाकारलाई अमरत्व प्रदान गर्छ । अति व्यस्तताको अवस्थामा पनि केही समय अध्ययन र सिर्जनामा लागौं मानिसको यो अमूल्य जीवनलाई साकार तुल्याउँ ।  
९. त्रिवेणी साहित्य प्रतिष्ठान (र परिषद् समेत )बाट प्रकाशित कृति र यसका कर्मबारे  केही टीका टिप्पणी सुनौ न ?
त्रिवेणी साहित्य प्रतिष्ठानको पूर्वरूप त्रिवेणी साहित्य परिषद थियो । यसले साहित्यको क्षेत्रमा गहकिलो काम गर्र्दै नवलपरासीको साथै छिमेकी जिल्ला चितवन लगायत विविध स्थानहरूलाई समेट्दै साहित्य सम्मेलन, कविगोष्ठि, स्रष्टासम्मान, नगद पुरस्कार र कृति प्रकाशनको क्षेत्रमा अतुलनीय काम गरेको थियो ।हाल यस्को कार्यगत गतिशीलताले गर्दा त्रिवेणी साहित्य प्रतिष्ठानको रूपमा परिणत भएको छ । प्रतिष्ठानमा परिणत भएपछि  साहित्यिक कार्यक्रम, कृतिप्रकाशन र सदस्यता बृद्धिको क्षेत्रमा कार्यगत तीब्रता बढ्दै गएको छ । यस प्रतिष्ठानको नेतृत्वदायी भूमिकामा डा. नारायणप्रसाद खनाल अग्रणीरूपमा रहनुको साथै गोविन्दराज विनोदी लगायत सम्पूर्ण त्रिवेणी साहित्य प्रतिष्ठानका परिवारको महत्वपूर्ण योगदान छ भन्दा अन्यथा लाग्ने छैन । यस्तो महत्वपूर्ण प्रतिष्ठानको आजीवन सदस्य हुन पाएकोमा आपूmलाई गौरान्वित ठान्दछु । मेरा सिर्जना 'मोहनीको मीठो म्वाइँ –कवितासङ्ग्रह र 'पाल्पालीका गजलमा दृष्टि'(समालोचनासङ्ग्रह) यसै प्रतिष्ठानले प्रकाशन गर्नुको साथै मेरै बारेमा पाल्पा निवासी राम ज्ञावली, द्वारा सिर्जना गरिएको 'सदानन्दको जीवन, कर्म र व्यक्तित्व' शोधग्रन्थ पनि यसै प्रतिष्ठानबाट हुनगइरहेको छ । उक्त शोधग्रन्थको सम्पादन गर्न र प्रकाशन व्यवस्थनपनमा अहोरात्र खट्नु भएकोमा आदरणीय÷अग्रज, समालोचक, तथा बरिष्ठ साहित्यकार डा.नारायणप्रसाद खनालज्यू, जीवन, कर्म र व्यक्तित्व' शोधग्रन्थलाई आद्योपान्त पढेर लेखकलाई सुझाव एवम् शुभकामनारूपी धारणा राखिदिनुहुने आदरणीय÷अग्रज तथा बरिष्ठ साहित्यकारहरू प्रा.डा. चूडामणि बन्धु र गोविन्दराज विनोदी ज्यूको साथै त्रिवेणी साहित्य प्रतिष्ठान परिवारप्रति आभारव्यक्त गर्दछु ।
१०.नवलपरासीको नेपाली  साहित्यले राष्ट्रिय साहित्य निर्माणमा के कसरी योगदान गर्न सक्ला सर ?
म त भन्छु नवलपरासीको नेपाली साहित्यले राष्ट्रिय साहित्य निर्माणमा वर्तमान परिपेक्षमा नै योगदान पु¥याएको छ । नवलपरासी विभाजन नहुँदा, यसको योगदान अझै बढी थियो तर विभाजित नवलपरासी(नवलपुर क्षेत्र)मा पनि उच्च स्तरीय साहित्यकार छन् र उच्चस्तरीय साहित्य सिर्जना भएकाछन् । नेपाली साहित्यको स्तर राष्ट्रिय मात्रै नभएर अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धामा जान यहाँका उच्चकोटीका कृतिहरूको अंग्रेजी लगायत अन्य भाषामा अनुवाद गर्न सक्नु पर्छ ।अनुवादित लेख र।चनालाई प्रचार प्रसार गर्नुपर्छ । आधुनिक प्रविधिहरूको प्रयोग गरेर लेखिएका लेख रचनाहरूलाई राष्ट्रिय  र अन्तराष्ट्रिय पाठक सामु पु¥याउन सक्नुपर्छ । खोज अनुसन्धानमा लाग्नु पर्छ ।  
११.अन्तमा सरलाई केही थप कुरा सोधेको भए हुन्थ्यो जस्तो लागेको भए कृपया त्यसको पनि जानकारी पाऊँन सर ?
यस विषयमा यति वेला  'सदानन्दको जीवन,कर्म र व्यक्तित्व' शोधग्रन्थ प्रकाशित हुँदैछ भन्ने प्रश्न डा. सावले मथि उठाउनु भयो । 'तपाइँकै बारेमा लेखिएको कृतिमा' राम ज्ञावलीले पनि केही भन्नु हुन्छ भन्ने प्रश्न राख्नु भएको थियो तर मैले कुनै टिप्पणी गर्नु हतारिनु हुन्छ भन्ने जवाफ दिएको थिएँ तर आज एउटा कुरा यहाँ राख्नुपर्ने देखियो र्। त्यो कुरा के भने  'सदानन्दको जीवन,कर्म र व्यक्तित्व' शोधग्रन्थमा सहभागी सम्पूर्ण साहित्यकार,शुभेच्छुककर्ता भूमिकाकार, घरपरिवार, मेरा हाकिमहरू, मसँग काम गर्ने सहकर्मी साथिहरू, मैले काम गरेका क्षेत्रका कृषक परिवारहरू ,कलाकार, चित्रकार,पत्रकार,विभिन्न साहित्यिक संस्थाहरू,पत्र पत्रिकाहरू, टेली भिजनहरू इष्टमित्र, बन्धुवान्धव,आदि आदि सम्पूर्णको म प्रतिको आदरभावले गर्दा आज मेरो गौरवमय इतिहासको निर्माण भएको छ । यी सबै मेरा सदृश्य देवता हुन् । यी देवताको पूजा आराधना नै  सच्चा भगवान भक्ति हुनेछ भन्दै जीवित देवताहरू तथा मृत्यपितृहरू सबैमा हार्दिक आभार व्यक्त गर्दछु ।
धन्यवाद
२०७८ साल माघ महिना २२ गते 

January 28, 2022

नूनको ढाकर बोक्दै गर्दा .
सदानन्द अभागी
कविता चापागाई  पेशागतरूपमा शिक्षिका भए पनि उहाँ एक बहुप्रतिभाकी घनी साहित्यकार, समाजसेवी ,हुनुहुन्छ । उहाँ  करीव दुई दर्जन संस्थामा आजीवन सदस्यको साथै संस्थाप सदस्य हुनुहुन्छ । २०७०मा वेदना कविता (आत्म बृतान्त सहित) लिएर कृतिकारको रूपमा देखिनु भएकी कविताज्यूले योगमाया शक्तिपीड तापोभूमि (२०७१), हलेसी महादेव मन्दिर एक परिचय(२०७२), स्मृतिको झोला (२०७४) र नूनको ढाकर (२०७७) गरी पाँचओटा कृति नेपाली साहित्यको भण्डारमा थप्नु भएकोछ । यो पाँचौं कृति कथासङ्ग्रह हो । यस कथासङ्ग्रहमा १६ओटा कथाहरू छन् ।
अदृश्य शक्ति–पहिलो कथासङ्ग्र हो ।यो कथासङ्गहको भावसार यसप्रकार छ र सोनु र उनको श्रीमान दशैकोृ आशीर्वाद थाप्न माइत जान्छन् । सोनु ब्रतमा हुन्छिन् । अदृश्य शत्तिःले उनलाई छोप्छ । उनी लडीबुडी गरेर कराउन थालिन् । डा.कोमा लाँदा कमजोरीले भन्दै दवाइ दिएर पठाउनु तर विमार बढ्दै जानु,हरिचण (सानुको श्रमिान)ले कोजाग्रतपूर्णिमाको दिन सानुलाई बााधेर पानी तताएर सिमलीले पोल्न थाल्दा सानु बक्न थालिन र बकाइमा तिमीहरूकै फुपू भएको र विवाहपछि पति मर्नु,घरबाट अपहेलित हुनु माइतमा पनि अपहेलित हुनु एउटा लाहुरेले धरानमा एउटा साहुको घरमा भातपकाउने भन्सेमा जागिर लगाइदिनु। त्यहाँ बुढी भै काम गर्न सक्ने अवस्था नभएपछि पुन माइतमै पु¥याइ दिनु । माइती एउटा भदाकोमा अपहेलित भएर मर्नु र दाहसस्कार क्रियाकर्म राम्रो  पनि मुक्ति प्राप्त गर्न नसकी प्रेत भएर दुःख दिएकोले महापुराण लगाएर तारिदिएमा सन्चो लाग्ने भनेपछि पुराण लगाइएको र सोनुलाई सञ्चो लागेका धारणा आएको छ कथामा ।
यस्ता घटना समाजमा घटेका पाइन्छन् ।यिनलाई अन्धविश्वास हो पनि भनिन्छ तर अन्धविश्वास हो भनेर समाजका अधिकाम्स मानिस पत्याउँदैनन् । यथार्थतामा यी समस्या प्रश्नवाची रूपमा देखिएका छन् । बोक्सीको आरोपका थुप्रै घटना घटेको हामीले विविभन्न पत्रपत्रिकाबाट जानकारी पाउँछम् । यस विषयमा यस्ता विमारीको उपचार मनोवैज्ञानिक रूपपा गर्नु पर्छ भन्ने मलाई लाग्छ । विमारीको मनमष्तिकमा लागो लागेको बोक्सी लागेको भन्ने विश्वासले जरो गाडेको छ भने विमारीका लक्षणलाई बुझेर जस्तो लक्षण नयाँ मानिसले कडा धामी हो भनेर उपचार गर्दा बिरामी निको हुन्छ । यथार्थतामा यो अन्धविश्वास हो ।    
भुजावाली – यो दोस्रो कथा हो । यस कथामा दुई फरक किसिमका महिलाको जीवन पीडासँग जोडिएको छ । भुजावालीले जीवनभर भुजा बेच्छे । उसको जीवनमा फरक यत्तिमात्र देखिन्छ कि युवामा उठाउने भुजाको ओजन बढी हुन्छ बुढी भए पछिको सो ओजन घट्दै जान्छ । उसको कष्टकर जीवनमा कहिल्यै परिवर्तन आउन सक्दैन ।
सविताको जीवनशैली पनि एउटी शिक्षिकाको रुपमा अगाडी बढ्छ । पारिवारिक समस्या टार्न धौ धौ हुन्छ । जागीरे खानु गरिवको लागि हैन रहेछ किनकी एउटी महिलाले जागिर बालबच्चा र घरको काम गर्नु त्यति सहज हुँदो रहेनछ भन्ने अनुभूति भएको कुरा यहाँ दर्शिन्छ ।
 यहाँ आशा र प्रतीक्षा मानिसमा हुन पर्ने, जागिर बचाउने कि घरबार चलाउने,जस्ता विचारहरू यहाँ आएका छन् साथै कथाभित्र थुप्रै घटनाहरूलाई समावेश गरिएकाछन् जस्तै माओवादी द्वन्द्व लगायत आन्दोलनले मानिसको जन धनको क्षती पु¥याएका कुरा र विभिन्न समयमा भएका राजनीतिक परिवर्तनबाट जनतामा आउन नसको परिवर्तन ।
ब्रह्माण्डको कथा –
"अतः पृथ्वीको उत्पत्ति हुनु,सम्पूर्ण आकाश पाताल,त्रिलोक चौधभुवन,सबै –सबै सिर्जना हुनु, ग्रह नक्षत्र, मण्डल ,सूर्य चन्द्र,दिन रात, साँझ विहान,आदि सम्पूर्णरूप ,बस्तु,सबै उनै परमात्माकै स्वरूप हो । समय बलवान हुनाले द्विपराद्र्ध आयु पूर्ण भएपछि यो उत्पत्ति भएको पृथ्वी लगायत सम्पूर्ण सिर्जना  विलय हुन्छ र ईश्वर पनि विलय भए झै मौनता र शून्यतामा स्थिर भएर  सूक्ष्म रूपमा साधनारत रहन्छन् र फेरि आउने समयको पर्खाइमा हुन्छन् ।"
यी माथि आएका शब्दहरू यस कथाका अन्तिम हरफहरू हुन् । कथाकारले यस कथामा हरेक दृष्टिकोण बाट सबै बस्तु परमात्मा कै स्वरूप हो भन्ने धारणालाई पुष्ट्याइँ गर्न खोज्नुस भएको छ ।
अणु र परमाणु रूपमा छिपेर ब्रह्मतत्व बसेको, वेद ईश्वरको रुप हो, वेदमा लेखिएका सबै ब्रह्मवाक्य भएको, ब्रह्म निराकार छ, सृष्टिको आदि कारण मूल तत्व नै जल भएको र वाष्पतत्त्व आकाशमा फैलिए पछि पदार्थको सिर्जना हुन्छ । पदार्थलाई देवशक्तिले गतिशील बनाउँछ र आकाश सागर बन्छ । प्रलयको मध्यकालमा तत्त्व र पदार्थको कुनै अस्तित्व थिएन तर ब्रह्म सत्ताको अस्तित्त्व थियो जस्लाई परमब्रह्मा परमात्मा भनिन्छ ,चेतना शत्ति जागृत भएर नै ब्रह्मालाई सृष्टि गर्ने इच्छा हुन्छ र सृष्टिको कारकतत्त्व माता आदितीलाई मानिएको छ, सृष्टिको मुख्य कारक तत्त्व आकाशतिर भोत्ता र पृथ्वीतिर भोग्य हुन्छन् जस्लाई द्यौलोक र पृथ्वीलोक भनिन्छ । प्राणीमा मानिस कान्छोमा पर्ने र सचेत मानिने, आदि धारणको साथै कथामा मानिसको उत्पत्ति, मानवको विकासक्रम, ढुङ्गे युगबाट आज सम्मईश्वर भनेको सुद्ध,को विवरण, समाजको सृजना, सभ्यता धर्मको विकास भाषाको विकास आदि थुप्रै धारणा उदाहरण सहित प्रष्ट्याउने प्रयास भएको छ ।
यहाँ कथाकाारले ईश्वरीय तत्त्वलाई यसरी परिभाषित गरेकी छन्– "ईश्व्र भनेको शुद्ध,सत्य,चोखो,सचेत र उपकारी भावना हो ।" कथा भित्र यस्ता थुप्रै अभिव्य,िक्त पाइन्छन् ।  
अन्त्यमा कथाकरले यी सबै कथनलाई खण्ड खण्ड गरेको खण्डमा ३–४ कथाको निर्माण हुन्थ्यो । कथाले कथाको सुन्दर आकार लिन्थ्यो तर यहाँ सबैचीज यर्थाथ हुँदा हुँदै पनि कथा जटिलतातिर मोडिएको  देखिन्छ ।
पुजारी फेरिएपछि – यो कथामा काथाकारले मैदाने दोभानको वरिपरिको प्राकृतिक र्सौन्दर्यता, मैदाने डाँडो कैलाश, शिवलिङ्स्थापना सतबीज छर्ने मेला लाग्ने लगायत प्राकृतिक सौन्दर्यको वर्णन गर्दै कथाको थालनी गरिएको छ । मैदाने दोभानमा रामजानकी मन्दिर र शिवालयको निर्माण,पूर्वेली ब्रह्मचारीले जग्गा फराकिलो पारेर फलपूmल रोपण गरेर सुन्दर बनाएको त्यसमा लोकनाथ भन्ने पण्डितले पूजा गर्दै आएकोमा एक दिन गाउँमा नारायणको पूजागराउन जान समितिले खटाउँदा लोकनाथ नगै पूजा हुन नसकेपछि  गाउँलेले बिरोध जनाएर लोकनाथलाई हटाई श्रीहर्कलाई पुजारी बनाएको, श्रीहर्क लगायतले गुरुकुल सञ्चालन गरेको । मैदाने दोभानका मानिस श्रीहर्क र गुरुकुल समितिसँग सन्तुष्ट नहरकोमा गुरुकुलले सप्ताह लगाए पछि उक्त सप्ताहमा मैदाने दोभानबासी सहभागी भएपछि सम्बन्ध सुधार भएको धारणा आएको छ ।कथाले पुजारी कै कारणाले गर्दा गाउँलेविरोधी भएका, गाउले विरोधी हुँदा पुजारीको गास, बास कपास खोसिएको आदि धारणा सहित पूजारीले आप्mनो दायित्वलाई पुरा गर्ने खालको हुनु पर्ने सन्देश दिएको छ कथाले ।
सानीमाको चिठी – यो अति मार्मिक कथा हो यस कथामा अष्ट्रेलियामा अध्ययनको लागि बसेको छोराको सालिनालाई फोन आउँ छ । सालिनाले उठाएर पत्रद्वारा जानकारी गराउने भन्ँदै फोन काटिन्छ र उनले पत्र लेख्छिन् । पत्रमा पाँच ओटी छोरीपछि एउटा छोरो जन्मिन्छ । सबैमा हर्ष लाग्छ । यसै बीचभा दुई ओटी छोरी पनि मर्छन् र छोरा पनि विजुलीको करन्ट लागेर मर्छ ।यो मार्मिक दर्दलाई सालिनाले पस्केर दिदीको छोरालाई पत्र पठाउँछिन् ।
यस कथाले छोराको महत्वलाई दर्शाउनुको साथै दिदी बहिनीहरूलाई पनि दाजुभाइको आवश्यक्ता पर्ने महत्वलाई दर्शाएको छ ।
परदेशीको झोला– यस कथा पनि अति मार्मिक छ । अनुले जीवनमा भोगेका यथार्थता मनुसँग वार्तालाप मार्फत पस्कने प्रयास गरिएको छ । अनुको बुबा जागिरे हुन्छन् र आमा घरमा बसी छोरा र छोरीको देखभाल गर्छिन । पछि दुबैमा मेलमिलाप हुँदैन आमाको नेवारसँग सम्बन्ध हुन्छ र बाबुले दोस्रो विवाह गर्दछ ।बाबुले दोस्रो विवाह गरेपछि अनु र अनुको दाजुलाई हेला गर्दछ । अनुले अ.ह.व पास गरेर जागीर खान थाल्छिन् । विवाहको लागि खर्च नभएर समस्यामा परेको वेला एकजना युवकले विवाह केटीसग गर्ने हो पुँजीसँग हैन भन्दै विवाह गर्दछ तर अर्काको कुरा सुनेर उसलाई घरबाट निकाली दिन्छ । अनु दाजुको साथमा आएर बस्न थाल्छिन् । उनको पतिले विवाह गरेछ तर सम्बन्ध राम्रो नभएर पत्नीले आत्महत्या गरेपछि उनको श्रीमानलाइ ज्यान मुद्दा लागे छ र जेल सजाएँ भोग्न परेछ ज्यान सजाइ भोगेर निक्ले पछि अनुलाई खोज्दै जोगिको भेषमा आएछन् , देवी माफ गर भनेको अनुले सुनिछन् तर अनु उनको अगि प्रत्यक्ष नभइ परदेशी नभएको वेलामा उनको झोलामा भएको डायरी अध्ययन गरी सबै घटना जानकारीमा आएपछि अनुलाई दया जागेर आए छ तर परदेशी भने झोला छाडेर कता गयो थाहा लागेनछ । यी घटना अनुले मनुसँग भन्दै रुँदारुँदै  अनुकी भाउजु आए पछि कथा समाप्त हुन्छ ।
कथाले धेरै सन्देशलाई समेटेको छ । प्रथम सन्देश त पतिपत्नी बीच आपसी सन्ँतुष्टि नभए पछि सन्तुष्टिको लागि दोस्रो बाटो समाउँछन् ।जस्ले गर्र्दा सन्ततीमा घात हुनजान्छ । बाबुले दोस्रो विवाह गरेपछि छोराछोरीप्रतिको आप्mनो दायित्व भुल्दछन् । दोस्रो कुरा अर्काको कुरा सुनेर पत्याउने र यथार्थतालाई नबुभ्mने मानिसले आप्mनो जीवनलाई अधोगतिमा लान्छन् । तेस्रो कुरा संघर्ष गर्दा मानिस आप्mनो खुट्टामा उभिन सक्ने हुन्छ । परदेशीले आप्mनो गल्तिलाई स्वीकारेर माफी मागेपछि पनि अनुले उसलाई आप्mनो अनुहार नदेखाउँदा र प्राप्त भएको श्रीमान पनि पुन गुमाउनु प¥यो र केवल झोलालाई हेरी राख्नु प¥यो ।
पुरोहित –यस कथामा आजकालका केही पुरोहितले कर्मकाण्डी कामलाई कसरी परिचालन गर्दछन् त्यसबाट कर्मकाण्डमा कस्तो असर पर्दछ र कर्ताहरू. कसरी ठगिन्छन् भन्ने यथार्थतालाई प्रष्ट पारेको छ ।
हाम्रो धर्मले सुपात्रमा दान गर्नु पर्छ भनेको छ । त्यसो हुँदा सुपात्रबाट आप्mना पूजापाठ, श्राद्धहरू गराउनु पर्छ भन्ने सन्देश बोकेकोछ कथाले ।
नूनको ढाकर– यसै कथाबाट यो कथासङ्ग्रहको नामाकरण गरिएको छ । कथा मार्मिक छ ।माइलो एउटा गरिब मानिस, ऊ अधियामा नून लिन जान्छ न्रन लिएर आउँछ र अधियाँको नून बुझाउँछ तर नून पुगेन भनेर फिर्ता आएर नून थपेर पठाइन्छ । मुखियाकबो घरमा काम गर्न जान्छ, दिनभरी काम गर्छ, खानाको चामल अघिनै लगेकोले घरमै खान जानु भन्ने मुखिनी आदेश हुन्छ । माहिलो घरमा जान्छ घरमा खाना हुँदैन र ऊ गरिबीले थिच्चिएर उठ्न नसक्ने अवस्थामा उस्ले अन्तिम बाटो लाग्ने सोचको साथमा खुकुरी लिएर वनतिर लाग्छ ।गरिबीको प्रतिनिधिमूलक एउटा नमुना चित्रणको रूपमा आएको छ कथा । दिनभरी भोको मानिसलाई काम गराउने र खानदिनुको सट्टा पहिले नै खानेमाना लगि सकिएकोले घरमै खाना खान जानु भन्नु अमानवीय व्यवहारका यस्तै घटनाको कारणले अन्तिम मार्ग अबलम्बन गर्न बाध्य हुन्छ माइला  । चरमगरिबीको यथार्थतालाई कथाले समेटेको छ ।
ल्याम्बे गाऊँ – यो कथामा यस गाउँका बुहारी माथि घरपरिवार र पतिबाट गरिने दमनको कारुणितालाई समेटिएको छ । एउटी नन्दले भाउजुमाथि दाजुले गरेको अत्याचार एउटी नारीले पतिबाट दिने दमनको कतिसम्म सहेर बस्न सक्ने रहेछन् भन्ने यथार्थता यस कथामा बताएकी छन् । पढेलेखेर शिक्षकसम्म भईसकेकाले छोरी जन्मदामा पत्नीप्रति गर्ने विभेद, घरको अत्यचारलाई सहन नसकेर दोस्रो पति खोज्न पर्ने बाध्यता, घरमा गरिने विभेदको कुप्रभाव छोरा बुहारीमापर्ने असरलाई कथाले राम्रोसँग प्रष्ट्याएको छ । घरपरिवारमा मातापिताले अवलम्वन गरेको बाटो नै सन्ततीले सिको गर्ने भएकोले सुकर्म र सुमार्गको अवलम्बन् गर्नु पर्छ भन्ने सन्देश दिएको छ कथाले ।  
क्षेत्रफल– यो पनि एउटा अति मार्मिक कथा हो । गरिबीले सत्तिएको जाजरकोट गाउँमाा पातलीको धेरै सन्तान मध्ये एउटा बाँचेको र पढ्दै गर्दा भीरबाट खसेर आँखा पुटेपछि आमाले आप्mनै आँखा दिएर पढाउनु , छात्रबृत्ति पाएर वेलायत गएर अध्ययन गरेर डाक्टर भएपछि हङ्कङ्मा घर बनाएर बस्नु, आमालाई नसम्झनु र आमा भेट्न जाँदा पनि अभद्र व्यवहार गर्नु र जुन व्याक्तिले छोरासँग पु¥याइृ दिएको हो उसैले जहाजको टिकट काटेर जाजरकोट फर्काउनु, जाजरकोटमै डाक्टरहरूको सम्मेलनमा छोरो आएर आमाको महत्वलाई बुझेर भेट्न जाँदा आमा मरिसकेकी र छोरालाई एउटा कागजको टुक्रामा " बाबु तिमीलाई मैले आँखा दिएँ । तिमी डाक्टर बन्यौ ।म अन्धिभएर पनि तिमीलाई मेरो आँखाले डाक्टर बनायो,। ईश्वरले तिमीलाई कल्याण गरुन् ।" भन्ने सन्देश पढेरछोराले  पश्चताप ग¥यो भन्ने धारणा आएको छ । कथाले मातृत्वप्रेम कति गाढा हुन्छ भनि प्रदशन गरेको छ । आजको परिपेक्षमा अनपढ बाबुआमालाई पढेलेखेका छोराछोरीले बाबुआमा भन्न पनि मन नपराउने कुसंस्कारको विकास हुँदै गएको यथार्थता कृतिले पस्केको छ ।
दूबो –यस कथामा साथीले पठाएको दूवो लिन आउने भनी सन्देश एक जोडीलाई  प्राप्त हुन्छ । दूबो पूजामा गणेशलाई चराउने गरिन्छ । यो दूवो त्यही दूवो त हैनहोला जो पूजामा चढाइन्छ । अवस्य केही खाने कुरा या लगाउने कपडाहोला भन्ने तर्कना गर्दैगर्दा श्रीमानले काकाको घरमा गएर साथीले पठाएको नाशो लिएर आउनु र खोलेर हेर्दा कवि रूपाखेतीबाट लेखिएको २३ कवितासङ्ग्रहको को शीर्षक "द्रूवो" कृति भएको पाउनु, पढेर कविताहरू घतलाग्दा रहेछन् भनेर सन्देश पठाएपछि कथा समाप्त हुन्छ । कवि या लेखकले कृति प्रकाशन गरेपछि उपहार चढाउने चलनलाई समेटेको छ कथाले ।
रुपको खोजी – यो कृतिको लामो कथा हो । यस कथामा शीला नकुरूप नै भनौ न रूपवती नै भनोै,ठिकै रूपकी एउटी कन्याकेटीको जीवन घटना कर्मलाई समेटेर लेखिएको कथा हो । शीला राम्रोशील सुवासलेयुक्त केटी हुन् । उनले बाबा आमको सेवा गरेर बसेकी हुन्छिन् । कुनै युवाहेरूले उनलाई उनको मातापितासँग हातथाप्न नआएका र आएका पनि सबै पत्नी मरेका अधवैंसे आदि आएका तर शीलाले त्यस्ताशीत आप्mनो कौमारीत्व सुम्पन चाहादिनन्र बरु कुमारी नै बस्न चाहेकोमा आमाबाबाको शेषपछिको कष्टमय जीवन कसरी बिताउने भन्ने सोचपलाउँछ । उनको मनमा धेरै तर्कना उठ्छन् । कमलाले एउटा ८५ वर्षको लाहुरे ज्यो पेन्सन पकाएर श्रीमती मरेकोले अदालती विवाह गरेर पेन्सनपट्टा नयाँ दुलहीको नाममा सारेर कल्याण गर्न चाहेकोले त्यसैसँग विवाह गर्दा चालीसहजार महिनावारी पेसन हात लाग्ने र जीवन गुजार्न सजिलो हुने भने पछि सोही बमोजिम शीलाले विवाह गर्न तयार हुनु । उसका छोरा, बुहारी ,नाति नातिनी र समाजबाट हुने तिरस्कारको सम्झदै गर्दा पनि विवाह गर्ने अठोट लिएर विवाह गर्न तयार भएर रुपासँग राईको घरमा जानु, राईले पनि आफ्नो संस्कारयुक्त विवाह गरेर,मात्र आप्mनो रुममा प्रवेश गराउने  र त्यो भन्दा पहिला नातिनीको कोठामा नातिनीसँग बस्ने धारणा राख्नु ।  ८५ वर्षे राईका परिवारले उच्च सम्मान दिनु र राईको संस्कार युक्त विवाह हुनु, पुन अदालतबाट पेन्सनको लागि कानुनी विवाह गरेर शीलाले पेन्सनकी आधिकारिकता पाउनुको साथै शीलाले छोरा पनि जन्माउनु, छोरो जन्मेपछि बाबाआमाबाट छोरी, ज्वाँइ आउनु भन्ने निम्ता पाउनु र माइत जान तयार भइन् भन्दै यो कथा समाप्त हुन्छ ।
 यस कथाले प्राकृतिक सौन्दर्यता,को वर्णन, एउटा युवतीको वैवाहिक चाहना, बृद्धबृद्धाको बुढेसकालको दयनीय अवस्था, अन्तरजातीय विवाहमा देखिने सामाजिक समस्या, विभिन्न जातिको वैवाहिक(सांस्कृतिक) स्वपरमपरा, महिलाको  समयमा विवाह नहुँदा मनमा उत्पन्न हुने मनोविचलन आदिलाई सुन्दर रूपमा उठान गरिएको छ । एउटा कुरा के भने ८५ वर्षे बुढाले एउटी ३५÷४० वर्षे केटीलाई पेन्सन लेखाएर कल्याण गरिदिने  भन्दै विवाह गर्दा घरका सबैले खुसी मनाएको भन्दै नाटकीयरूपमा प्रस्तुत गरिएको छ कथालाई । कथा निकै लामो भए पनि पढ्दा कौतुहल्ता जगाउने खालको छ
एक विहान – यस कथामा दुईवटा द्दटना समावेश गरिएका छन् । पहिलो घटनामा पार्कमा घुम्न जाँदा ६० वर्ष काटेका जोडी पार्कमा घुमीरहँदा
अचानक श्रीमतीलाई लड्नैलाग्दा, श्रीमानले ढल्नबाट जोगाउनु र हस्पिटलमा खवर गर्नु, एम्बुलेन्स आउनु उपचार गर्दै हस्पिटलानु, विमारीको साथमा कोही जान नपर्नु, हस्पिटलबाटै सबै उपचार गरेर घर पठाउने  र अर्को घटना जेव्राक्रसलाई छाडेरबाटो काट्दा सासु बुहारीलाई गाडीले हान्नु र ड्राइभरले फोन गरेर हेलीकप्टर मगाएर उपचार गर्न पठायो सासू एक महिना उपचार पछि घरफर्कनु अनि ,बुहारी ६ महिनपछि फर्कनु  दुबैले थुप्रै सहयोग प्राप्त गरेर घर किनेर बस्न सक्षम भएको कुरा कथामा प्रस्तुत गरिएको छ । पि.आर. प्राप्त भएकालाई  अष्ट्रेलिया सरकारले अति नै आदर र सत्कार गर्दौ रहेछ भन्ने विवरण यस कथाले समेटेको छ । जनताको संरक्षण गर्नु सरकारको दायित्व हो। त्यो सबै देशका सरकारले गर्नु पर्छ भन्नेभाव प्रकट गरेको छ कथाले ।
वागदेवी–यो कथा सत्यतामा आधारित कथा हो । केन्द्रवीरको विवाह वागदेवीको साथमा भयो । यिनको नन्दीकेश्वर नामको छोरा जन्म्यो । केन्द्रवीर गरिबीको कारणले असमतिर लागे, त्यहाँ औैलेको कारणले गर्दा मृत्युभयो । चार महिनापछि खवर आयो बागदेवी विधवा भइन्। त्यो समयमा एउटा विधवाले भोग्न पर्ने सामाजिक, आर्थिक र घरभित्रकै अपहेलना  आदि कष्टकर दिन उनले भोग्न प¥यो । घरबाट उनलाई अलग गरियो । अति कष्टसाथ छोरा नन्दीकेश्वरलाई बढाउँदै लगिन् । १६ वर्षको उमेरमा  नन्दीकेश्वरको नर्मदासँग विवाह भयो । २०१३ सालमा नन्दीकेश्वर झापातिर झर्नु,, २०१९ सालमा धरानको पुतली सडकमा बस्नु, स्वअध्ययनद्वारा, मन्त्र स्तोत्र, पूजापाठ विधि सिक्नु, र समाजमा आइ पर्ने सबै कर्मकाण्डहरू,घरको काम देखि सामाजिक कामसमेत सबै गर्न थाल्नु र सिंहवाहिनी देवीको प्रतिमा स्थापना गर्नु, आप्mनो सम्पत्ति छोराहरूमा वितरण गरिदिनु र आफू कान्छो छोरा हरिहरलाई रोज्नु ,२०३६ सालमा नर्मदाको मृत्युहुनु, , २०३८सालमा  बागदेवीको मृत्युहुनु,२०६०मा नातीको अन्नप्रासनको लागि काठमाडौ जानु त्यही बिमारहुनु, बिमारी भएको थाहा लागेपछि छोरा हरिहर र बुहारी, कविता काठमाडौ पुग्नु बाँचने आशा मार्नु  कान्छी बुहारी पशुपति गएर पूmल लुकाएर लगेर ससुराको शिरमा लगाइ दिनु, बुबा पशुपति नाथको पूसाद लिएर हजुरको शिरमा राखि दिएँ भने पछि ,ए लाइदिइस जाति भयो भन्नु,m छोरा हरिहरलाई पण्डितले बाटो छेके भन्नु , धरान लगिनु धरान पुगे पछि सबै छोराले १००० पटक गायत्री जप्ने , उनलाई पनि नुहाएर जनै फेरेर, नयाँ कपडा लगाइ दिने र गणेश, शिवजी, देवी ,आदि देवताको पूजा गरी भागवत पाठ शुरु गरिुएको, आउने जानेलाई तिमीहरू भेट्न आएको रुई दिन बाँकी छ अनि कहिल्यै भेट हुन्न भन्दै नन्दीकिशोर दुई दिनको पाठ सकिएपछि रातको १ बजे नन्दीकिशोरले यो संसार छाडेको विवरण यस कथाले समेटेको छ ।
कथा यथार्थतामा आधारित देखिन्छ । त्यस वेलाको समय परिस्थिति, पहाडी जीवनको कठिनाई, गरिबीले सताएपछि विदेशीनु पर्ने वाध्यता,, विदेशमा प्राणको अन्त्य, विधवाको सामाजले गर्दै आएको विभेद, मानिसको स्वकर्मले  अप्mनो स्वस्तर, आर्थिक, सामाजिक, शैक्षिक उत्थान गर्न सकिने यथार्थता यस कथाले प्रष्ट्याएको छ ।
बन्दाबन्दीमा अतिथि–यो कथा २०७७ साल जेष्ठ महिनामाको कोरोनाको कारणले गर्दा त्रशित अवस्थामा एकजना म भन्ने महिला विश्वेश्वर हलेसी महादेवको दर्शन गरेर श्री सहिद प्रा. वि मा निमार्णको काम के कस्तो भएछ भनि हेर्न. जाँदा एक जना महिला र एकजना पुरुष भेट्नु, महिलाले बस्ने ठाउँ भूलेर खोजी रहेको अवस्थगाम एक जना पुरुषले त्यहाँ सम्म ल्याइदिएका र  म भन्ने महिला भेटिए पछि पूरुष पात्र आप्mनो घरतिर लागेकोले म भन्ने पात्रले उनलाई बास खोज्नु तर बास नपाउनु अन्त्यमा विवस भएर आप्mनै घरमा लिएर जानु पुस्तक राख्ने कोठामा राखिदिनु , राती एक्लै कराएको कुरा सुने पछि म भन्ने महिला गएर चियो गर्दा पैसा गनि रहेको पाउनु र राम्रोसँग ढोका लगाएर, सुत्नु भनेपछि त्यो बस्ने डेरा विर्षेकी महिला राम्रो सँग त्यो कोठामा रात विताउनु, विहानै म भन्ने पात्रले राजवंशी टोलमा पु¥याएर छाडिदिएपछि यो कथा समाप्त हुन्छ ।
ै क्रोरोना कहरको समयमा त्राशको कारणले गर्दा समाजले कुनै पनि नजानेका व्याक्तिलाई बस्ने ठाउँ नदिने  गरेका यथार्थतालाई कथाले  प्रस्तुत गरेको छ ।
वायुयानभित्र –  यो यात्रामा वायुयान भित्र भएको कथा हो ।काठमाण्डौ बाट सिडनी अष्ट्रलिया जान  रुपासँग भएको बातचितलाई नै कथाको रूप दिइएको छ । रुपाको श्रीमान वित्नु रूपाले छोरी र छोरालाई  विविध काम गरेर पढाउनु छोरीलाई अष्ट्रेलिया पठाउनु र उस्को पढाई सकिएर  प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम (ऋयलखयअबतष्यल ०मा भाग लिन रुपा अष्ट्रेलिया जान लागेको आदि  कुराकानी गर्दै अष्ट्रेलिया पुगे पछि कथा समाप्त हुन्छ । यस कथाले दुर्घटनामा पति मरेपछि संघर्षशील जीवनलाई बढाउँदै आप्mनो खुट्टामा कसरी उभिन सकिन्छ र एकल महिलाप्रति समाजको कस्तो दृष्टिकोण् हुन्छ भन्ने यथार्थता प्रष्ट्याएको छ ।
यस कथा सङ्ग्रहका सोह्रओटै कथाहरूले समसामयिक घट्नाहरूलाई समाएका छन् । गरिबीले थिचिएका जनजीवनका पात्रहरूलाई समावेश गरेर कथा रचिएका छन् । पात्रहरू सकृयरूपमा दर्शिएका छन् । प्राकृति वर्णन, पृष्ठभूमि ,व्यवहारिकता, भाषागत मिठास, सहजता र स्पष्टता, उखान टुक्काको प्रयोग आदिले गर्दा कथा पठनीय छन् । कथामा कथाकारले विविध पक्षलाई समेट्ने प्रयास गर्दा दुईवटा काथा बस्तुलाई एउटैमा समेटिएको जस्तो भान हुने हुँदा समाजमा, परिवारमा, व्यक्ति विशेषमा भएका, हुँदै गइरहेका ,तथा  भावी कल्पनालाई धेरै मिश्रण गर्नु भन्दा उद्देश्यलाई समाउँदै नतिजा मूलक  सन्देश प्रवाह गर्दा झनै राम्रो हुन्थ्यो कि जस्तो लाग्छ । कविताजीका कथा कमजोड छन् भन्न खोजिएको होइन ।कथा सबै सवल छन् ।
शीर्षक पनि यस सन्दर्भमा सार्थक छ कि सबै कथामा प्राय गरिबीले थिचिएका पात्रहरूको संघर्षमय जीवनलाई कुनै न कुनै रूपमा चित्रण गरिएको छ । नूनको ढाकर कथा पनि एउटा मार्मिक कथा हो जस्ले गरिबीलाई चित्रण गरेको छ  र यस्लाई गरिबहरूको प्रतिनिधिको रूपमा लिन सकिन्छ ।
अन्त्यमा कथाका तत्वहरूलाई आधार बनाई  लेखिएका यी कथाकी कथाकार कविता चापागाईंलाई सुस्वास्थ दिर्घायुको साथै कथालेखनमा अझै तीब्रता आओस्को कामना सहित विदा चाहान्छु ।
 धन्यवाद
२०७८ साल माघ १३ गते 

January 21, 2022

माटोको अम्लिय पनाएक संक्षिप्त विवेचना

सदानन्द अभागी

खास गरेर कृषको गुनासो माटो विग्रो भन्ने सुनिन्छ । यस भनाइबाट माटोमा भएको समस्या केहो भन्ने कुरा सहजमा बुट्टन सकिदैन तर कतिपय कृषकले माटो अमिलो भयो भन्ने सुनाउँदा भने समस्या केहो भन्ने प्रष्ट हुन्छ । माटो अम्लिय छारिय र तटस्थ रुपमा हुन्छ । माटो कस्तो छ त भनि जानकारी लिन माटो परीक्षण गर्नु पर्दछ । माटो परिक्षण गर्नको लागि सर्ब प्रथम हाम्रो समस्या युक्त जग्गाको माटाको नमुना सञ्कलन गर्नु पर्छ । माटोको नमुना अन्न बाली , तरकारी बाली तथा छोटकरीमा भन्नु पर्दा छोटा जरा वाला बालकिो माटोको नमुना करिब छ देखि नौ इञ्चको गहिराईबाट क्षेत्रफलको आधारमा ६–७ ठाउँबाट सञ्कलन गरि त्यसलाई मिसाएर करिब १केजीको नमुना तयार गर्नु पर्छ र त्यस नमुनालाई माटो परीक्षण प्रयोग शालामा जाँच गर्न पठाउनु पर्छ । प्रयोगशालाले त्यो माटोलाई जाँचेर माटो अम्लिय पना देखि माटोमा विरूवाले लिने कुन कुन खाद्यतत्व कमी छन् भन्ने सिफारिस सहितको जानकारी दिन्छ ।
अव हामी माटोको अम्लिय तथा षारिय पना कस्तो छ भनि परीक्षण गर्ने मिसिनलाई उिएच मिटर भनिन्छ । पिएच मिटरले दिएको नतिजालाई पिएच निन्छ । पिएच को तह १देखि १४ सम्म हुन्छ । पिएच सातलाई तटस्थ माटोको रूपमा लिइन्छ भने पिएच मान सात भन्दा माथि भएमा क्षारिय र ७ भन्दा तल भएमा अम्लिय भन्ने गरिन्छ । धेरै जसो बालीको लागि पिएच मान ५.५ देखि ८को बीचमा हुनु राम्रो मानिन्छ तापनि पिएचमान ६देखि सातसम्म भयो भने माटोबाट विरुवाले खाद्यतत्व सहजसँग लिन सक्छ ।    

माटो जति अम्लिय बन्छ त्यति माटोमा अल्मुनियम। म्याग्निज र फलाम तत्व बढी घुलनशिल बन्छन् र विषलुपना बढाउँछन् । अलमुनियमको बढ्दा घुलनशीलको असरले जराको विकास रोकिन्छ । जराको विकास रोकिँदा विरुवाले जेजति खाद्यतत्व र पानी माटोबाट लिनपर्ने हो त्यति लिन सक्दैन ।उत्पादनमा ह्रास आउँछ ।
समग्रमा बढी उज् मानहरूले अधिकांश पोषक तत्वहरू नाइट्रोजन फस्फरस, पोटासियम, सल्फर, क्याल्सियम म्यांग्नेसियम र मोलिवडेनम तत्वहरू को उपलब्धता बढाउँछ भने कम उज् ले यिनै तत्वहको उपलब्धता घटाउँछ । कम पिएच मानमा फलाम, म्याग्नानिज, बोरोन,जिङ्क(जस्ता) र तावाँको उपलब्धता बढाउँछ । धेरै बढी घुलनशीलता बढ्यो भने विषलु पना बढ्न सक्छ साथै  माइक्रोबियल गतिविधि पनि कमी हुन सक्छ ।
 धेरै अम्लिय माटोमा शुक्ष्मजैविक क्रियाकलाप घट्छ र यसको बढी प्रभाव दलहनबालमिा पर्न जान्छ ।दलहन बालीको जरामा गिर्खा बन्ने काममा असर गर्दछ । दलहन बालीको जरामा राइजोवियम व्याक्टेरिया हुन्छन् । यी व्याक्टेरियाले वायुमण्डलीय नाइट्रोजनलाई माटोमा मिलाउने काम गर्दछन् ।
माटोमा पिएचमानको असन्तुलनले गर्दा माटोमा खाद्यतत्व प्रयाप्तमात्रामा भए पनि तथा माटोमा मल प्रयोग गर्दा पनि बिरुवाले खाद्यतत्व प्राप्त गर्न सक्दैन र खाद्यतत्वको कमीको लक्षण देखाउँछ । त्यसो हुँदा माटोको पिएचमान सन्तुलन बनाई राख्नु पर्छ । धेरै अम्लिय माटोमा कृषि चून र धेरै क्षारिय माटोमा जिप्समको प्रयोग गर्नु पर्दछ ।
 माटो अम्लिय बन्नुको कारणहरू– अम्लिय प्रकारका पैतृक पदार्थ जस्तै  ग्रेनाइट, राइलाइट, बलैटे ढुङ्र्गा बाट  निर्माण माटो अम्लिय प्रकारको हुन्छ । धेरै वर्षा हुने ठाउँमा क्षरयुक्त पदार्थ पखालिएर र चुहिएर जाँदा माटो अम्लिय प्रकारको हुन्छ । तेजावी वर्ष हुने ठाउँको माटो पनि अम्लिय प्रकारको हुन्छ । प्राङ्गारिक पदार्थ विघटन हुँदा प्राङ्गारिकअम्ल निस्कन्छ र यसबाट पनि माटोमा अम्लिय पना बढ्न सक्छ तर प्राङ्गारिक पदार्थ विधटनहुँदा निस्कने अम्ल निकै कमजोड हुने भएकोले त्यति ठूलो असर गर्दैन ।धेरै चून मनपराउने बाली लगातार लगाउने तर चूनयुक्त पदार्थ माटोमा नथप्दा पनि माटो अम्लिय बन्न जान्छ । एमोनिकल पर्टिलाइजर माटोमा थप्दा पनि माटो अम्लिय प्रकारको हुन्छ ।
अम्लिय माटो सुधार गर्ने तरिका – मैले माथि नै भनि सकेको छु कि अम्यि माटो सुधारको लागि कृषि चूनको प्रयोग गर्नु पर्छ । धेरै प्रका्का (डोलोमाइट, क्यालसाइट,व्रन्टलाइम, हाइड्रेटेटलाइम) ,चूनको प्रयोग गर्न सकिन्छ तर हाम्रो देशमा कृषि चूनको प्रयोग चलनमा छ ।
कति चूनको प्रयोग गर्ने– चून प्रयोग गर्दा ध्यान दिनुपर्ने हुन्छ । सर्व प्रथम माटो जाँचको आधारमा कृषि चूनको प्रयोग गर्नु अति राम्रो हुन्छ । माटो जाँच गर्दा माटोको प्रा्गारिक पदार्थ, माटाको बनौट( माटोकणको अवस्था)को जानकारी लिन सके कृषि चूनको प्रयोगमा सहज हुन्छ ।कणको हिसावले हेर्दा बलौटे माटोमा कृषि चून थोरै प्रयोग गर्नु पर्छ । कृषि डायरीमा सिफारिस मात्रालाई तुलना गरेर हे¥यौं भने ५.५ पिएच मान भएको पहाडी भेगको बलौटे माटोमा १३० केजी प्रति रोपनी कृषि चून सिफारिस गरेको पाइन्छ भने दोमट माटोमा १७० केजी र चिम्टेकण भएको माटोमा २३० केजी प्रति रोपनी सिफारिस गरेको पाइन्छ । तराईमा प्रति रोपनी बलौटे माटोमा ७० केजी,दोमटमा १०० केजी र चिम्टेमा २०० केजी प्रति रोपनी सिफारिस गरेको पाइन्छ । यसरी पहाड र तराईमा फरक मात्रा हुनमा तापक्रम,प्राङ्गारिक पदार्थको मात्रा आदिको कारणले गर्दा यस्तो हुन गएको हो पहाडमा तराइको तुलनामा प्राङ्गारिक पदार्थ बढी हुन्छ । तापक्रम कम हुन्छ । चूनसँग रासायनिक मललाई मिसाउन हुँदैन । बढी मात्रामा चूनको प्रयोग गर्दा सिफारिस मात्रालाइ दुई भाग गरी एकभाग एक पटकमा  र अर्को मात्रा पछि प्रयोग गर्नु पर्दछ ।  चून प्रयोग गर्दा खाली जग्गामा प्रयोग गर्नु पर्छ ।बाली लगाएको बेलामा चून छर्नु हुँदैन । माटोमा चिस्यान हुनु पर्दछ र चून छरिसकेपछि चूनलाई जोतेर माटोमा मिलाउनु पर्छ । चून छर्दा सकेसम्म मसिनो बनाएर छर्नु पर्छ । खस्रो तथा ठूलो कणका चून माटोमा मिसिएमा प्रतिकृया हुन समय लाग्छ र तत्काल प्रभावकारी नहुन पनि सक्छ ।

January 17, 2022

१ सहकारी संस्थागत विकास तालिमको संक्षिप्त विवेचना

परिचय
यही २०७६ साल माघ १६ गते नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संंघ लिमीटेड (नेप्mस्कून)को प्राविधिक सहयोग र पौरखी बचत तथा ऋण सहकारी संस्था कावासोतीको आयोजनामा संचालित संस्थागत विकास तालिमको लागि चितवन जिल्लाको रमणीय पर्यटकीय क्षेत्र सौराहका लागि हामी रमाना भयौंं । सोही दिन बेलुका तालिमको उद्घाटन भयो । तालिमलाई प्रभावकारी रूपमा संचालन गर्नको लागि तालिमको उद्देय, प्रशिक्षक र प्रशिक्षार्थी बीचको परिचय सामान्य नियम तीन ्िेदने तालिमका लागि सहभागीबाटै संयोजक, प्रतिवेदक, समीक्षक र मनोरञ्जन कर्ताको छनौट गर्ने काम भयो । कक्षा संचालनमा अवरोध र असहज अवस्था नआवस् भनि दुई ओटा पहेंलो पास (छोटो अवधीको लागि) र रातो पास (लामो अवधीको लागि) बनाए र सबैले देखिने गरि राखियो । समयतालिका अनुसार १६ गतेको कार्य समाप्त भयो र सबै आफ्नो शयनकोठातिर लागियो ।
दोस्रो दिन १७  गते विहानै आठ बजेबाट सहाकारीको परिचय तथा परिभाषामा तिर लाग्यौं । साकोस ९क्ब्ऋऋइक्० शाकोस अंग्रेजी शब्द हो । यसको अर्थ क्बखष्लन बलम अचभमष्त ऋय(यउभचबतष्खभ कयअष्भतथ हुन्छ । शाकोस शब्दको अर्थ प्रष्ट पार्दै प्रशिक्षकले सहकारीको साधारण अर्थले सहकार्य, सहअस्तित्व, समान कार्य वा सँग–सँगै गरिने कामलाई बुझाउँछ  भन्दै सहकारीको साधारण परिचयको जानकारी पाइयो ।
वास्तवमा सहकारीमा सहकार्य, हुन्छ । सहकार्य के को लागि यस सम्बन्धमा  हामी एक सामाजिक प्रणी हौं। हाम्रो आफ्नै समाज छ हाम्रो आफ्नै संस्कृति छ र हामीसंग आर्थिक जीवन पनि छ । यी सबै पक्षमा हामीले आफ्नो हैसियतलाई माथि उठाउनु पर्ने हुन्छ । सबै काम एक्लै सम्भव हुँदैन । सबैको सहयोग चाहिन्छ । भनिने गरिन्छ सयजनाको लौरो एउटाको लागि गह्रुँगो भारी हुन्छ । हुनत हाम्रो परम्परा र दर्शनलाई गहिरिएर हे¥यो भने अ‍ैँचोपैँचो, अर्मपर्म, जीए जन्त मरे मलामी सरसापटी आदि विविधखाले सामाजिक, आर्थिक, धार्मिक आदि कामहरू मानिस उत्पत्तिको साथ साथै भएको देखिन्छ । तर आधुनिक सहकारीको सुरुवात भने सन् १८४४ मा बेलायतबाट भएको हो ।ृ आज संसार भरी आधुनिक रूपमा विविध नाममा सहकारीहरू खोलिएका छन्  । पौरखी सहकारी संस्थाको २०६७।०७।०७मा विधिवत स्थापना भएको र यसमा हाल २३४५ (९५४महिला र १३९१ पुरुष) शेयर सदस्य रहेको, ''सम्पूर्ण बित्तीय सक्षमता, सहितको सबल सुरक्षित संस्था र समृद्ध सदस्य'' परिकल्पना गर्दै स्थापना भएको विवरण व्यवस्थापक नीलकण्ठ पराजुलीले  जानकारी गराउनु भएको थियो । यस तालिममा पौरखी सहकारीका सञ्चालक समिति, लेखा समिति, सल्लाहकार समिति, ऋण समिति शिक्षास समिति लगायतका पदाधिकारीहरू सहभागी भएका थियौं । यस तालिममा बचत तथा ऋण सहकारी संस्थाको दर्शन, सिद्धान्त र इतिहास एवं आफ्नै साकोसकोे इतिहासको वारेमा जानकारी गराइएको थियो । कुनै पनि सरकारी होस् या गैर सरकारी संस्था होस् त्यसलाई राम्रो सँग सञ्चालन गर्नको लागि नीति नियम,र त्यसको पालना र वैधानिक मुद्दाहरुको सम्बन्धनमा कम्तिमा पनि सामान्य जानकारी हुनु पर्छ । यस सम्बन्धनमा पनि प्रशिक्षक द्वय गणेश तिमिल्सिना र वीदुर खड्काले जानकारी गराउनु भएको थियो । सहकारीको तथा कुनै पनि संस्थको प्रगतिको लागि  त्यस संस्थामा आवद्ध सदस्यहरू, तिनीहरूको योगदान, संस्था परिचालनको लागि चुनिएका सञ्चालक समितिको रणनीति कार्ययोजना , कर्मचारिको भरपर्दो र सहज रूपमा प्रदान गर्ने छिटो क्षरितो सेवा, र यसमा प्रयोग गरिएका प्रविधि आदिमा निर्भर  रहन्छ ।  यसो हुँदा वित्त र वित्तीय विवरण अध्ययन र समीक्षा गर्नु पर्दछ । हाल दिइरहेको सेवा र नयां सेवा वा सदस्यहरुले चाहना गरेका आवश्यक सेवा, वित्त वजारको कुन चांहि क्षेत्रमा  प्रतिस्पर्धा चलिरहेको छ र वित्त वजारका हालका जल्दा वल्दा सवालहरु के छन् । सदस्यहरुलाई प्रदान गर्ने वित्तीय सेवाको लागि उपलब्ध प्रविधीहरु र तिनका विशेषताहरु के छन् आदि सैधान्तिक तथा व्यवहारिक सिकाई तालिममा भएको थियो । कुनै पनि संस्थाको सक्षमताको रूपमा सञ्चालन गर्नको लागि सक्षम नेतृत्वको आवश्यक्ता पर्द छ । किनकी , जनशक्ति व्यवस्थापन, योजना तथा वजेट, सूचना प्रविधि, वजार र बजेट  (दाजेर हेर्ने),स्थानिय, राष्ट्रिय र अन्तराष्ड्रिय आर्थिक र सामाजिक वातावरण तथा साकोसको विकासमा देखिने विभिन्न असर साथै साकोसको संचालन, कर्मचारी नीति, रणनीतिक योजना र अन्य नीतिहरु जसको लागि संचालक समिति जिम्मेवार हुन्छ  । सचालक समितिमा यी कुराहरु जाच्ने,र  बुझ्न आपूmसँग  विविध संघ संस्था आवद्ध भएका जिल्ला के्न्द्र तहका संस्थाहरुको क्रियाकलाप सँग सहकार्य र ती संस्थाबाट प्राप्त गर्ने आवश्यक सहयोगलाई परिचालन गर्न सक्ने क्षमता संचालक समितिमा हुनु पर्दछ । संस्थामा मानव श्रोतको व्यवस्थापन गर्ने,  व्यवस्थापक छान्ने,कार्य तथा लक्ष्य तोक्ने, कार्य मूल्यांकन गर्ने, सेवा सुविधाको निर्णय गर्ने,भावी व्यवस्थापकको लागि समेत योजना निर्माण गर्ने आदि यस तालिमबाट हामीले  थुप्रै ज्ञान हाँसिल गर्न सकियो । संस्थालाई कस्तो बनाउने भन्ने कुरा सञ्चालक समितिमा निर्भर हुन्छ ।
अलिकति प्रसङ्ग बदलौं बचत तथा ऋण सहकारी संस्था भने पछि बचत संकलन र,ऋण लगानीका कामहरू हुने नै भए । ऋण लगानी गर्दा ध्यान दिइएन भने सहकारी संस्थाहरू डुब्ने खतरा बढेर जान्छ । यहाँ हामीलाई मानिसको स्वभाव ऋण लिंदा दिंदा कस्तो हुन्छ र तिर्दा कस्तो हुन्छ भन्ने एउटा तस्विरबाट प्रष्ट्याइएको थियो । मानिस बिरालो भएर ऋण लिन जान्छ तर तिर्ने  वेलामा भने ऊ बाघ भएर दर्शिन्छ । त्यसो हुँदा सदस्यहरुले तिर्न सक्ने क्षमताको आधारमा ऋण लगानी गर्नुपर्छ । असल ऋणीमा ठहरिएको तथा तिर्ने क्षमता भएको सदस्यलाई ऋण लगानी गरिएन भने असुलीमा बाधा पर्छ । त्यसो हुँदा ऋणलगानी गर्दा राम्रोसंग जांचबुझ गरेर मात्र लगानी गर्नु पर्छ । ऋण शेयर सदस्यको अन्तरनिहित अधिकार भन्दा पनि सुविधा मात्र हो भन्ने जानकारी गराइ राख्नु पर्छ । भाखा नघाईरहेकोे सदस्यलाई कुनै पनि ऋण थप दिन हुँदैन
व्यापारिक, विशेष पकेट क्षेत्र र कृषि ऋणका लागि अर्थात आत्मनिर्मर हुन सक्ने परियोजनाका लागि ७०% लगानी संस्थाको र शेयर सदस्यको ३०% हुनु पर्दछ । सदस्यको तिर्ने क्षमता र चरित्र अर्थात शेयर सदस्यको इमान्दारिता, प्रतिष्ठा, आदिलाई पनि ध्यान दिनु पर्छ । विश्वासिलो धितो राख्नु पर्छ । ऋण भाखा नाघ्नु भनेको संस्था तथा ऋण लिनेकर्ता दुबैको लागि क्यान्सर रोग लाग्नु हो । यसरी समयमै ऋण असुली गरिएन भने लगानीकर्ताको संचालनको सम्पूर्ण मुख्य क्षेत्रहरुलाई असर गर्दछ । त्यसो हुँदा क्षमतामा आधारित लगानी गरियो भने मात्र भाखा नाघ्ने प्रवृत्तीलाई कम गर्दछ साथै भाखा नाघ्ने ऋणीले यसलाई निरुत्साहित गर्दछ । सहकारीको संस्थागत विकास गर्नको लागि सुन्दर परिकल्पना गर्नु पर्छ र यस परिकल्पनालाई पूर्णता दिनको लागि दिर्घ सोच राख्नु पर्छ । अहिले हामी कहाँ छौं र हामी कहाँ पुग्ने हो । कुन विकल्पको छनौट गर्दा लक्ष हाँसिल गर्न, सक्षम, सुरक्षित र स्वस्थ्य संस्था बनाउन, सदस्यहरुलाई उच्चस्तरको विशिष्ट सेवा प्रदान गर्न, संस्थालाई प्रतिष्पर्धी र व्यवसायिक वनाउ सकिन्छ भन्ने सोचको आधारमा योजना बनाउनु पर्दछ । आजको संसारमा हरेक चिजमा प्रतिस्पर्धा छ । यस्तो प्रतिस्पर्धामा पुग्न रणनीतिक सोच चाहिन्छ । रणनीतिक सोचलाई व्यवहारमा उतार गर्नको लागि रणनीतिक योजना बनाउनु पर्छ साथै रणनीतिक रूपमै बनाइएको योजनालाई उद्देश्य अनुरूप कार्यहरु निश्चित समय भित्र पूरा गर्ने सङ्कल्प, समय, समयमा अनुगमन , मूल्यांकन तथा समीक्षा समेत गर्नु पर्दछ  र दृढ सङ्कल्प पनि चाहिन्छ ।
आज देशमा मौलाएको भ्रष्टचार सहकारीमा पनि भएको पाइन्छ । त्यसो हुँदा व्यवस्थापन पक्ष र कार्यन्वयन पक्ष दुबै चनाखो हुन पर्छ । बचत संकलनदेखि ऋण लगानीसम्म राम्रो निगरानी राख्नु पर्छ । अधिकार सम्पन्न लेखा समितिले यस सम्बन्धमा ध्यान दिनु पर्दछ ।
यस तालिममा संस्थाको विकासमा राजनैतिक परिस्थिती(ऋण लगानी लगायत सहकारी संस्थामा कुनै किसिमको हस्तक्षेप हुनु हुँदैन,तर राज्यले लागु गरेका नीति नियमहरू भने पूर्णरूपमा पालन गर्नु पर्ने) ,आर्थिक अवस्था, सामाजिक मूल्य मान्यता, प्रविधिको अवस्था, चार खाता( पूँजी तथा दायित्व खाता,  सम्पत्ति तथा जायदात खाता,खरिद तथा खर्च खाता, बिक्रि तथा आम्दानी खाता), पूँजी ,वासलात नाफा नोक्सान, संस्थागत पूँजी,  लागत सहितको पुँजी तथा दायित्व,(शेयर, बचत निक्षेप, बाह््य ऋण, कूल ऋणआदि), जम्मा लगानी गरिएको ऋण, खुद ऋण, भाखा नाघेको ऋणको लागि आवश्यक व्यवस्था घटाउदा बाँकी रहेको ऋण अपलेखन गरिएको खराब ऋण ÷१वर्ष भन्दा बढी भाखा नाघेको ऋण रकम आदि विषयमा सैधान्तिक तथा व्यवहारिक रूपमा विस्तृत छलफल भएको थियो ।
अन्त्यमा सबै भन्दा राम्रो के हुनसक्छ परिकल्पना गरौं(सपना देखौं),सबै भन्दा राम्रो  कसरी हुनेछ निर्धारण ग¥यौं (संरचना बनाऊँ), यसको लागि कहाँ के भै राखेको  छ अनुसन्धान गरौं पत्ता लगाउँ र यी नै मान्यताको आधारमा स्वच्छ, पारदर्शी,, सेवामूलक रूपमा सहकारीलाई सञ्चालन ग¥र्यौं भन्दै विदा माग्दछु ।
(यो लेख, बिरालो र बाघको तस्विर तालिममा प्रशिक्षकले प्रस्तुत गरेका धारणालाई साभार गर्दै तयार पारिएको हो)
धन्यवाद