सदानन्द अभागी
परिचय–
२०११ भदौ २० गते माता स्व. कृष्णादेवी कर्माचार्य र पिता पूर्णलाल कर्माचार्यकी सुपुत्री गङ्गा कर्माचार्य पौडेलको जन्म दार्सिङदहथुम गा.वि.स स्याङ्जामा भएको थियो ।शैक्षिक योग्यतामा गङ्गाजीले पृथ्वीनारायण क्याम्पसबाट स्नातक गर्नु भएको र सप्ताहिक देशान्तर पत्रिकामा २०३२ सालमा विवेक कविता प्रकाशन गरी कवियित्रीको रूपमा साहित्यिक फाँटमा आफ्नो यात्रा प्रारम्भ गर्नु भएको थियो । गङ्गाजी बहुप्रतिभाकी धनी हुनुहुन्छ ।उहाँले २०३३ सालमा गङ्गाका केही छालहरू कवितासङ्ग्रह कृतिको रूपमा प्रकाशन गरी कृतिकार भएकी गङ्गाजीले २०७८ सालसम्म आइपुग्दा ३५ आटा कृतिहरू बजारमा ल्याइसक्नु भएकोछ । उहाँका मूख्य कृतिहरू बालसाहित्यका भए पनि कवितासङ्ग्रह, कथासङ्ग्रह,उपन्यास,नियात्रासङ्ग्रह , समीक्षासङ्ग्रह गरी बहुआयमिक रूपमा उहाँको कलम चल्दछ । उहाँ एउटा कुशल सम्पादक पनि हो । रजस्थल(त्रैमासिक पत्रिकाकी अतिथि सम्पादक हुनुहुन्छ भने, भानू (साहित्यिक मासिक) पनि उहाँबाटै सम्पादन हुन्छ । गङ्गाजीको जति साहित्यप्रति लगाव र लगानी छ त्यति नै मात्रामा उहाँलाई विभिन्न साहित्यिक संस्था तथा नेपालसरकारगरी करिब ४० संस्थाबाट पुरस्कार, सम्मान र पदकबाट अभिनन्दित हुनुहुन्छ ।
कृतिको संरचना –
आवरण पृष्ठ बाहेक १५२ पृष्ठमा संरचित यस कृतिको प्रकाशन सुरभी साहित्य प्रतिष्ठान , काठमाण्डौले गरेको छ । मूल्य रु १५०।– राखिएको छ । यसमा १९ ओटा समालोचनाहरू समावेश गरिएका छन्।
कृतिभित्र प्रवेश गर्दा –'भानुभक्त महाकाव्यमा पाठकीय आलाप ' प्रथम समालोचना हो । यस महाकाव्यका काव्यकार हुनुहुन्छ डा.ओमवीरसिंह बस्न्यात (इसं १९४२) । बस्नेतजी नेपाली वाङ्मयमा एउटा सुपरिचित व्यक्तित्वहुनुको साथै उहाँका पाँच महाकाव्य, चार खण्डकाव्य र एक उपन्यास गरी १०ओटा कृति प्रकाशनमा आएका छन् । महाकाव्य बीस सर्गमा रचिएको छ । समालोचकले हरेक सर्गमा प्रयोग गरिएका छन्द, कथासारलाई सुन्दर रूपमा प्रस्तुत गर्नु भएको छ । ओमवीरसिंह बस्न्यातले भानुभक्त महाकाव्य रचना गरेर नेपाली वाङ्मयमा अविस्मरणीय योगदान पु¥याएको निष्कर्ष निकाल्नु भएको छ ।
भावबोधभित्र प्रवेश गर्दा – बहुआयमिक व्यक्तित्वकी धनी सुश्री भद्रा घले .(वि.सं.१९८८) यस कृतिकी सिर्जना कार हुनुहुन्छ । उहाँका विविध विधाका डेड सयभन्दा बढी पुस्तकहरू प्रकाशित गर्नु भएको छ । भद्रजी चित्रकार पनि हो । भावबोध कविता चार भागमा सिर्जित भएको र यिनै चारभागलाई समालोकले विशलेषण गर्नु भएको छ । समालोचनामा समालोचकले कविताको परिभाषा कवितामा हुनु पर्ने मुख्य तत्वहरू (भाव, विचार, बिम्ब,,प्रतीक, रस , अलङ्कार, शिल्प, प्रस्तुती) लाई समावेश गरेर नव कविहरूलाई मार्गदर्शक दिने काम भएको छ । चार भागलाई गहन अध्ययन गरी प्रत्येक सङ्ग्रहबाट चारओटा उदाहरण सहित विश्लेषण गरी यी कविताले पक्कै पनि भावबोध गराएको हुनुपर्दछ भन्ने निष्कर्ष निकाल्नु भएको छ ।
कर्णालीको कुनोदेखि मानसरोवरसम्म पुग्दा –यस नियात्राका नियात्राकार हुन् विजयध्वज थापा(वि.सं. २००९) । उनी लीलाध्वज थापाका सुपुत्र हुन् ।उनका हालसम्म गीत कविता, नियात्रा गरी विभिन्न विधाका एकदर्जन कृति प्रकाशन गरेका छन् । उनले नागपुर विश्वविध्यालयबाट एम.बी.ए. सम्म्को अध्ययन गरेका छन् । कालोसर्प मारेको अर्थ यसरी लगाएँ, म रोएको त्यो दिन,तस्विर मैले लिइनँ र मानोसरोवरको कविगोष्ठी गरी चार यात्राहरू यस सङ्ग्रहमा समावेश गरिएका छन् । हुम्लाजस्तो विकट ठाउँमा थापाजीले भोग्न परेका कष्टदायी अवस्था, हुम्लाका जनताको खाना नभएर भोको क्रदन, सम्भावित दुर्धटनाहरूबाट जोगाएर चरित्रवान बनेको कुरा समालोचकले छोटो मिठो रूपमा प्रस्तुत गरेको र 'कर्णालीको कुनादेखि मानसरोवरसम्म ' नियात्रासङ्ग्रहलाई कर्णालीका विकट गाउँको एउटा दर्पण मान्न सकिन्छ भन्ने निष्कर्ष निकाल्नु भएको छ समीक्षकले ।
महेश्वर शर्माको 'बसिबियालो'मा रमाउँदा –महेश्वर शर्मा(वि.सं.१९८८) बहु प्रतिभाका धनी,त्रि.वि.बाट एम.ए. पास, ,विविध विधामा २६ थान कृतिका कृतिकार, नेपाल सरकारको विविध ओहोदामा २९ वर्ष राष्ट्र सेवक,भै कुशल प्रकाशक,सुप्रवल गोरखा दक्षिणबाहु ,वीरेन्द्र ऐश्वर्य सेवापदक लगायत दर्जनौ मान सम्मानबाट सम्मानित व्यक्तित्व हुनुहुन्छ । गङगाजीले बसिबियालोका १७ ओटा कथालाई गहिरो अध्ययन गरी १७ओटै कथाको निसारण समिक्षामा पस्कनु भएको छ र 'बहुआयामिक व्याक्तित्व डा. महेश्वरशर्माका नाटक,उपन्यास,कथाका, सबै किताब स्तरीय छन् 'भन्ने निष्कर्ष निकाल्नु भएको छ ।
भान्छे बाहुनीले पकाएको परिकार चाखेपछि–यस कवितासङ्ग्रहकी कवयित्री हुन् गीता सापकोटा(२०३८) । उनी एक बहुप्रतिभाकी धनीहुन् । उनले एकल (५) र संयुक्त(१) गरी ६ओट कृति प्रकाशन गरेकीछिन् । कक्षा १ देखि ७ सम्मको पाठ्य पुस्तक,उच्च माध्यमिक नेपाली समालोचना (२०६८)पं. भवानीशङ्कर सापकोटा स्मृतिग्रन्थ(२०६)को साथै विविध पत्रिकाकी सम्पादक( नारी लेखनमाला त्रैमासिक,इशारा साहित्यिक मासिक आदि) । गीताको यस कृतिमा छन्दमा लेखिएका र गद्यमा लेखिएका कवितालाई समेटिएका छन् । चाहे छन्दमा लेखिएका हुन् या गद्यमा लेखिएका छन् सबैको तुलनात्मक रूपमा समीक्षा गरिएको छ । समीक्षकले निष्कर्षमा लेख्नु हुन्छ –"गीता सापकोटा युवा पुस्ताकी आशा लाग्दी कवि हुन् उनले लेखेको भान्से बाहुनी कविता कृति समकालिन नेपाली नारी कवितामा प्रतिनिधिमूलक लाग्छ । यस कृतिभित्रका गद्य पद्य दुबै खण्डका एकतीसओटा कविताहरू भाव, बिम्ब, प्रतिक,शिल्प, प्रस्तुतिका दृष्टिकोणले स्तरीय लाग्यो मलार्ईे ।"भन्ने धारणा समीक्षकबाट आएको छ ।
कृतिका माध्यमबाट परिचित कवि लेखनाथ ज्ञवाली – लेखनाथ ज्ञवाली (२००७)"एउटा निर्भीक, सशक्त, प्रगतिवादी, देशभक्त कवि हुनुहुन्थ्यो, उहाँसँग साक्षात्कार नहुनु भएकी समीक्षकले लेखनाथकी सुपुत्रीबाट कृति प्राप्त गरी यी कृतिको समीक्षा गर्नु भएको छ । दशैंको आसिक,साथी स्मृति काव्य, खडेरी (लघुकाव्य),माटाको गीत,नानी बालगीत र कविताहरू, अक्षर (गद्य÷पद्य कवितासङ्ग्रह)) र हाम्रआवाजहरू (गीतिसङ्ग्रह)गरी सात सङ्ग्रहको अति शूक्ष्मरूपमा हरेक कृतिको सटीक समीक्ष उदाहरण सहित गर्नु गङ्गाजीको समक्षीय कुशलता नै मान्नु पर्छ । निष्कर्षमा'यो छोटो लेखभित्र न्याय गर्न सकेँ जस्तो लागेको छैन 'भन्दै विश्लेषण राम्ररी गर्न नसकेको कुरा उहाँले राखे पनि यो समालोचनाले निशारण भने राम्रोसँग गरिएको मैले महसूस गरेको छु ।
पत्थरै पत्थरभित्र नियाल्दा–गीता रेग्मी(२०२७) नेपाली साहित्यको क्षेत्रमा एउटा सुपरिचित नाम हो । उनले कथा कविता,नियात्राका क्षेत्रमा कलम चलाएर संयुक्त र एकल गरी ५ कृति नेपाली साहित्यमा थपेकी छन् भने चारओट कृतिको सम्पादन गरेकी छन् । पत्थरै पत्थरभित्र उनको नियात्रा सङ्ग्रह हो । यस नियात्रासङ्ग्रहमा काठमाडौदेखि म्यान्मारा थाइल्याण्ड र मलेसीयाका विविध घटनालाई सुन्दर रुपमा समीक्षकले सारभाव पस्किएका यी धारणा सुन्दर छन् । कलावती लगायत ६ जनाको टोली बर्मा प्रस्तान गर्नु, थाइल्याण्डमा १६ घण्टा विताउनु, ब्रह्माका नेपाली मातृभाषा धर्म, संस्कृतिप्रतिको माया, इंसं. १९४८मा जापान र बर्माको युद्धमा सहादत प्राप्त गरेका नेपालीको शिला लेख, बर्माको राजधानी नेपिटोमा सारिएको, समुद्रमा निवस्त्र युवती र युवाहरू दृश्य,आदिको वर्णन सुन्दर तरिका राखिएको हुँदा पढौं पढौं लागि रहने र निष्कर्षमा बहुमुल्य रत्नहरूको खानी भएको देश पनि पछिपरेको त्यसको रहस्योघाटन भएको यो सङ्ग्रह पठनीय छ भनिएको छ ।
नारी सम्मानको प्रतीक 'उनी उर्मिला महाकाव्य' –यस महाकाव्यका महाकाव्यकार बाजुराम पौडेल(२१०) हुनुहुन्छ । उहाँका आठ ओटा कृतिहरू बजारमा आइसकेका छन् । बाजुरामका उनी उर्मिला महाकाव्यमा गङ्गाजीले समीक्षा लेख्नु भएको छ ।"उनी उर्मिला महाकाव्य १४ सर्ग ६६ ओटा शास्त्रीय छन्दमा रचना गरिएको नारी प्रधान महाकाव्य हो । महाकाव्यकी मुख्य नायिका उर्मिला महाकाव्यकारकी आफ्नै धर्मपत्नी हुनु हुन्छ ।" गङ्गाजीले निष्कर्षमा यस महाकाव्यले सम्पूर्ण नारीको सम्मान गरेको मैले महसुस गरेकी छु भन्नुभएको छ ।
मुक्तिनाथ शर्मा नेउपाने – मुक्तिनाथ शर्मा नेउपाने(वि.सं. १९९६) द्वारा रचित सम्ीक्षाको कृति हो र यसमा ५२ नारी स्रटाका कृतिमा समीक्ष गरिएकोछ । यसमा इल्या भट्टराई कविता पौडेल, गायत्री विष्ट, गीता खरेल, रुकुकार्की, हिरण्य कुमारी पाठकका दुई दुई कितापको समीक्ष समावेश गरिएको जानकारी समीक्षक गङ्गाजीले गराउनु भएको छ र गङ्गाजीको निष्कर्षमा नारी स्रष्टालाई मायाको चिनो प्रदान गरेको धारणा राख्नु भएको छ ।
स्वप्नदृष्टि महाकाव्यमा नारी पात्रको भूमिका – गङ्गाजीले यस महाकाव्यको समीक्षागर्दा डा. रामप्रसाद ज्ञावलीको बरेमा संक्षिप्त परिचय, डा. रामप्रसाद ज्ञवलिस्सँग पहिलो भेट, सहकार्य , गङ्गाजीको आफ्नै लेखन विवरण आदिमा राम्रो प्रकाश पार्नु भएको छ ।
बास्तवमा डा. रामप्रसाद ज्ञावलीजी साहित्यिक क्षेत्रमा एक उच्चतम् व्यक्तित्व हो । लेखन क्षमताको कुरा गर्दा हालसम्म उहाँका विविध विधाका तथा पाठ्य पुस्तक गरी करिव १५० भन्दा बढ्ता कृति प्रकाशन भैसकेको धारणा गङ्गाजीले दर्शाउनु भएको छ । स्वप्न दृष्टि महाकाव्यको मैले पनि अध्ययन एवम् विश्लेषणग गर्ने मौका पाएको थिएँ । महाकाव्यले एक नविनतम् रूप लिएको छ ।
यहाँ गङ्गाजीले महिला पात्रको विश्लेषण गर्नु भएको छ गङ्गाजीले महाकाव्यकारकी पत्नी उषा पन्थी,माता।श्री कुन्तादेवी ज्ञवाली, छोरी रश्मि ज्ञावली,उज्जल श्रेष्ठकी श्रीमती कल्पना श्रेष्ठ विमान परिचारिका र कोरियाली पथदर्शक लाई नारीपात्रको रूपमा वर्णन गर्नु भएको छ ।उषा पन्थी यस महाकाव्यकी प्रमुख नायिका नै हुनुहुन्छ । उषा पन्थीको हरेक क्षेत्रमा मितव्ययिताको रूपमा खडा हुनुहुन्छ हरक्षेत्रमा उच्चतम कर्तव्य निभाउनु भएको छ यिनै महत्वपूर्ण गुणले गर्दा उहाँ यस महाकाव्यकी सफल मूल नायिकामा दर्शिनु भएको विवरण आएको छ ।माता कुन्तादेवी ज्ञावलीले घरको जिम्मा लिएर नाति नातिनाको देखभाल गरेर काव्य नायक र काव्य नायिको लागि सहज वातावरण सिर्जना गराई दिनु भएको छ । महाकाव्यकारलाई विमान परिचारिका औधी सुन्दर लागेको र उनको काममा प्रभावित भएको धारणा आएको छ । यसैगरी कल्पनाका भूमिका पनि उषा पन्थीको साथै सबैलाई सहयोगीको रूपमा देखिनु भएको छ र कोरियन पथदर्शकले फोटो सेन्सर गरेको महाकाव्यकारलाई मन नपरेको धारणा पस्कदैं "डा.रामप्रसाद ज्ञावलीले महाकाव्य लेखनको सुरुदेखि अन्त्यसम्म कतै न कतै कुनै न कुनै तरिकाले नारी पात्रहरूलाई आआफ्नो भूमिकामा सक्षम ,सवल ंरूपमा उभ्याइनाले स्वप्नदृष्टि महाकाव्यको गरिमा बृद्धि भएको मैले मससुस गरेकी छु,कृति सङ्ग्रहणीय र पठनीय छ भन्ने निष्कर्ष निकाल्नु भएको छ ।
मेरी सासूको पौरख हेर्दा – यसकृतिकी कृतिकार हुनुहुन्छ इन्दिरा प्रसाई (२०१४)। इन्दिरा प्रसाई सिद्धहस्त नारी हस्ताक्षर मात्र नभै उनले त्रिमूर्ति निकेतनको स्थापना, नइ प्रकाशनको थालनी,अन्तराष्ट्रिय साहित्य सम्मेलन,(२०५६) नारी चुली,(२०६३) विश्वनारी साहित्यसम्मेलन (२०७१)कामको साथै डा. बानिरा गिरीलाई विश्व नारी रत्न पदकले विभूषित सत्यमोहन जोशीलाई वाङमय शताब्दी पुरुष घोषडा गराइन् ।गोर्खापत्र संस्थानमा प्रथम महिला कार्यकारी अध्यक्ष,त्रिमूर्ति निकेतन, बालकृष्ण सम फाउण्डेशन, नइ प्रकाशनको अध्यक्ष पदमा रही यी संस्थालाई क्रियाशील बनाइरहेकीछन् भने गोर्खा दक्षिणबाहु, वीरेन्द्र –एैश्वर्य सेवा पदकको साथै सयौं पुरस्कार सम्मानले विभूषित भएकी छन् । कथा कविता उपन्यास समालोचना जीवनी आदिका ३५ ओटा कृति प्रकाशनमा आइसकेका छन् ।
मेरी सासू जस्ता कृति लेखेर इन्दिरा प्रसाइले सासू बुहारीको सौहार्दता,तत्कालिन नारी जगतको स्थिति, भागिरथाले आफ्नै जग्गामा शिवालयको स्थापना, निशुल्क छात्रवास, आदिको साथै भागीरथाको जिवनका यावत उतार चढाव, घरपरिवार सबैलाई यस कृतिले समेटेका विवरण गङ्गाजीले समीक्षामा प्रष्ट पार्दै निष्कर्षमा इन्दिराले आफ्नो र आफ्ना परिवारका हरेक कुरा नलुकार्इ पाठक सामु प्रस्तुत गरी इमानदार लेखकको धर्म निर्वाह गरेको र प्रसाई परिबारको बारेमा जानकारी गराइएको निष्कर्ष निकालिएको छ ।
गजलकै नदीमा डुबुल्की मार्दा–
यस कृतिका कृतिकार हुन् रवीन केसी (२०३८)। गजलकै नदीमा डुबुल्कि मार्दा उनको एकल कृतिका साथै संयुक्त गजलसङ्ग्रह ३ ओटा उनका कृतिहरू प्रकाशनमा आएका छन् । यस कृतिमा ४० ओटा गजलमध्ये सत्र ओटा गजल शृङ्गारिक र तेइसओटा गजलले देश,जनता,नेता, भ्रष्टचार महङ्गी आदि विषय बस्तु बनाएर लेखिएका गजल सवल र सशक्त देखिएका छन् भन्ने निष्कर्ष निकालिएको छ ।
भरपाई बुझिलिएको भरपाई –यस कृतिकी लेखिका हुन् गायत्री लम्साल परिरोशनी र समीक्षको नजरमा नेपाली भाषा साहित्यकी उर्जाशील हास्यव्यङ्ग्य क्षेत्रकी दर्विली नारी हस्ताछर र इमान्दार राष्ट्र सेवक हुन् । इनको भर्पाइमा २९ ओटा हास्यव्यङ्का रचना समावेश गएिका छन् । गङ्गाजीले यी सबै लेखको सारभाव पस्कदै यस सङ्ग्रहमा विभिन्न सामाजिक ,आर्थिक,राजनीतिक, सांस्कृतिक,धार्मिक वातावरणीय लगायतका विषय, बस्तुहरू उठाएर त्यसमा हुने गरेका विकृति र विसङ्गतिलाई चोटिलो व्यङ्ग्य गर्न सफल छन् लेखिका भन्ने निष्कर्ष निकालिएको छ ।
अभागीको बालुवाको घर– यस कथाका कथाकार हुन् सदानन्द अभागी( २००३) । उनले तत् समयसम्म दुई दर्जन भन्दा बढी,साहित्यिक कृति र ३ दर्जनजति कृषिका कृति प्रकाशनमा ल्याइसकेका छन् । बालुवाको घर अभागीको तेस्रो कथासङ्ग्रह हो । यो प्रतीकात्मक कथा हो । कथा सङ्ग्रहले विविध पक्षलाई समेटेको छ ।यस कृतिमा १६ ओटा कथा समावेश गरिएका छन् । सबै कथालाई विश्लेषण गर्दै गङ्गाजीले "सदानन्द अभागी मोफसलका बहुप्रतिभाशाली स्रष्टा हुन् । प्राय लेखकहंरू एक–दुई थान किताब लेख्ना साथ काठमाडौतिर हानिने धेरै छन् । तापनि सदानन्दलाई राजधानीको मोह छैन र लेखनका साथसाथै आफ्नो कृषि कर्मलाई पनि अगि बढाइरहेका छन् भन्ने निष्कर्ष निकालिएको छ ।
नियति चक्रमा फन्को मार्दा– जलेश्वरी श्रेष्ठ (वि.सं. २००३) का आठओटा कृति प्रकाशित भै सकेका छन् ।उनको यस उपन्यासमा नियति चक्रमा कुनै कसुरविन पुरुषप्रधान समाजबाट शोषित हुन पुगेकीएउटी नारीको कथाव्यथा भएको धारणा समीक्षकको छ । निष्कर्षमा एकै बसाइमा पढ्न सकिने र बालबालिकालाई मनोरञ्जनका साथै सन्देशमूलक कृति दिएको धारणा आएको छ ।
रमेश शुभेच्छुकको 'मलामी 'कवितासङ्ग्रह पढेपछि –रमेश शुभेच्छुक (२०३६), नेपाली साहित्यका एक स्थापित स्रष्टा भएको र अध्ययनको कर्ममा त्रि.वी. बाट विद्यावारिधि औपचाकि शिक्षा हासिल गर्नु भएको छ प्रध्यापन, साहित्यिक पत्रकारिता, रेडियो कर्मी, टेलीभिजन कर्मी, आदि विविध क्षेत्रमा उहाँको सफल सहभागिता को साथै थुप्रै सिर्जनात्मक र समीक्षात्मक कृतिहरू प्रकाशनमा आएका । मलामी कवितासङ्ग्रहमा ४० ओटा कविताहरू समावेस गरिएका छन् । गङ्गाजीले,यी चालिसै कवितामा गहिरो अध्ययन गरेर उदाहरण सहित समीक्षा गर्दै निष्कर्षमा सबै कविताहरू अर्थपूर्ण , सन्देशमूलक, शिक्षाप्रद र स्तरीय छन् भन्नु भएको छ ।
अँध्यारो रातको रोशनी हेर्दा –
अँध्यारो रात ममता श्रेष्ठ(वि.सं. २०२८)को कथासङ्ग्रह हो । उनका सात ओटा कृतिहरू बजारमा आई सकेका छन् । उहाँ लेखक मात्र नभै सम्पादक पनि हो । यस कृतिमा १६ ओटा कथाहरू समावेश गरिएका छन् । समीक्षकले यी सबै कथालाई अध्ययन गरेर विश्लेषण गर्नु भएको छ र निष्कर्षमा कथा छोटा र मिठा, सलल बग्ने, पढौं पढौं लाग्ने, खालका भएको धारणा आएको छ ।
देशको खोजीमा घोत्लिंदा –देशको खोजीमा लघुकथाका लेखक हुन रामकुमार पौडेल क्षत्री( वि.सं. २०३२) । बुद्ध विचार बालकवितासङ्ग्रह, मन्दिर र माओ ( कवितासङ्ग्रह ,२०७५) प्रकाशन गरेका छन् । देशको खाजी लघुकथा सङ्ग्रहमा ७२ ओटा लघुकथाहरू सङ्ग्रहीत छन् । यी कथाहरूको अध्ययन गरेर समीक्षकले सार भाव पस्कदै देशको खोजी पुस्तक समग्रमा भन्नुपर्दा कृति भित्रका लघुकथा राम्रा छन्, स्तरीय छन् भन्ने निष्कर्ष निकालिएको छ ।
६७ नारीका ६७ कथा – विनयकुमार शर्माबाट यी७६ कथालाई सङ्कलित र सम्क्पादित गरेर 'कथा बाटिका'को रूपमा प्रकाशनमा आयो ।समीक्षकका भनाइमा नवप्रतिभालाई प्रोत्साहन गर्न र वरिष्ठ नारी स्रष्ठाहरूलाई सम्मान पु¥याउन सफल भएको छ कथा 'बाटिका' । यस समीक्षामा सबै स्रष्टाहरूको नाम र समग्र निष्कर्षमा अधिकांश कथाहरूमा नारीले भोग्नपरेका तीतामीठा भोगाइहरू शोषण र दमनलाई औंल्याएको पाइन्छ ।आजका नारीहंरू पुरातन सोचबाट मुक्त हुन चाहान्छन् भन्ने धारणा आएको छ समीक्षामा ।
निष्कर्ष – गङ्गाजीको समीक्षा सङ्ग्रहमा भएका १९ वटा समीक्षालाई अध्ययन गरियो । गङ्गाजीले कृतिहरूको गहिरो अध्ययन गर्नु भएको छ ।हरेक कृतिमा लेखकको चर्चा गरिएको छ । विषयको तार्तिक वर्णन पनि शूक्ष्मरूपमा दिनु भएको छ । हरेक सिर्जनाको सारभाव पस्किनु भएको छ। र हरेक कृतिको निष्कर्ष पनि दिनु भएको छ । लेखनशैली राम्रो छ । भाषा सरल छ र ठाउँ ठाउँमा उखान टुक्कालाई प्रयोग गरेको पाइन्छ । एउटा सुन्दर कृतिको सिर्जना भएको छ । गङ्गाजीको यो गहन कामको प्रशंसा गर्दै ,सुस्वास्थ एवम् दीर्घायुको कामना गर्दछु ।
धन्यवाद
मिति २०७९ भदौ ७