August 23, 2022

गङ्गा कर्माचार्य पौडेलको ‘समीक्षा संग्रह’मा दृष्टि राख्दा

 सदानन्द अभागी
परिचय–
२०११ भदौ २० गते माता स्व. कृष्णादेवी कर्माचार्य र पिता पूर्णलाल कर्माचार्यकी सुपुत्री गङ्गा कर्माचार्य पौडेलको जन्म दार्सिङदहथुम गा.वि.स  स्याङ्जामा भएको थियो ।शैक्षिक योग्यतामा गङ्गाजीले पृथ्वीनारायण क्याम्पसबाट स्नातक गर्नु भएको र सप्ताहिक देशान्तर पत्रिकामा २०३२ सालमा विवेक कविता प्रकाशन गरी कवियित्रीको रूपमा साहित्यिक फाँटमा आफ्नो यात्रा प्रारम्भ गर्नु भएको थियो । गङ्गाजी बहुप्रतिभाकी धनी हुनुहुन्छ ।उहाँले २०३३  सालमा गङ्गाका केही छालहरू कवितासङ्ग्रह कृतिको रूपमा प्रकाशन गरी कृतिकार भएकी गङ्गाजीले २०७८ सालसम्म आइपुग्दा ३५ आटा कृतिहरू बजारमा ल्याइसक्नु भएकोछ । उहाँका मूख्य कृतिहरू बालसाहित्यका भए पनि कवितासङ्ग्रह, कथासङ्ग्रह,उपन्यास,नियात्रासङ्ग्रह , समीक्षासङ्ग्रह गरी बहुआयमिक रूपमा उहाँको कलम चल्दछ । उहाँ एउटा कुशल सम्पादक पनि हो । रजस्थल(त्रैमासिक पत्रिकाकी अतिथि सम्पादक हुनुहुन्छ भने, भानू (साहित्यिक मासिक) पनि उहाँबाटै सम्पादन हुन्छ । गङ्गाजीको जति साहित्यप्रति लगाव र लगानी छ त्यति नै मात्रामा उहाँलाई विभिन्न साहित्यिक संस्था तथा नेपालसरकारगरी करिब ४० संस्थाबाट पुरस्कार, सम्मान र पदकबाट अभिनन्दित हुनुहुन्छ ।
कृतिको संरचना –
आवरण पृष्ठ बाहेक १५२ पृष्ठमा संरचित यस कृतिको प्रकाशन सुरभी साहित्य प्रतिष्ठान , काठमाण्डौले गरेको छ । मूल्य रु १५०।– राखिएको छ । यसमा १९ ओटा समालोचनाहरू समावेश गरिएका छन्।

कृतिभित्र प्रवेश गर्दा –'भानुभक्त महाकाव्यमा पाठकीय आलाप ' प्रथम समालोचना हो । यस महाकाव्यका काव्यकार हुनुहुन्छ डा.ओमवीरसिंह बस्न्यात (इसं १९४२) । बस्नेतजी नेपाली वाङ्मयमा एउटा सुपरिचित व्यक्तित्वहुनुको साथै उहाँका पाँच महाकाव्य, चार खण्डकाव्य र एक उपन्यास गरी १०ओटा कृति प्रकाशनमा आएका छन् । महाकाव्य बीस सर्गमा रचिएको छ । समालोचकले हरेक सर्गमा प्रयोग गरिएका छन्द, कथासारलाई सुन्दर रूपमा प्रस्तुत गर्नु भएको छ । ओमवीरसिंह बस्न्यातले भानुभक्त महाकाव्य रचना गरेर नेपाली वाङ्मयमा अविस्मरणीय योगदान पु¥याएको निष्कर्ष निकाल्नु भएको छ ।
भावबोधभित्र प्रवेश गर्दा – बहुआयमिक व्यक्तित्वकी धनी सुश्री भद्रा घले .(वि.सं.१९८८) यस कृतिकी सिर्जना कार हुनुहुन्छ । उहाँका विविध विधाका डेड सयभन्दा बढी पुस्तकहरू प्रकाशित गर्नु भएको छ । भद्रजी चित्रकार पनि हो । भावबोध कविता चार भागमा सिर्जित भएको र यिनै चारभागलाई  समालोकले विशलेषण गर्नु भएको छ । समालोचनामा समालोचकले कविताको परिभाषा कवितामा हुनु पर्ने मुख्य तत्वहरू (भाव, विचार, बिम्ब,,प्रतीक, रस , अलङ्कार, शिल्प, प्रस्तुती) लाई समावेश गरेर नव कविहरूलाई मार्गदर्शक दिने काम भएको छ । चार भागलाई गहन अध्ययन गरी प्रत्येक सङ्ग्रहबाट चारओटा उदाहरण सहित विश्लेषण गरी यी कविताले पक्कै पनि भावबोध गराएको हुनुपर्दछ भन्ने निष्कर्ष निकाल्नु भएको छ ।
 कर्णालीको कुनोदेखि मानसरोवरसम्म पुग्दा –यस नियात्राका नियात्राकार हुन् विजयध्वज थापा(वि.सं. २००९) । उनी लीलाध्वज थापाका सुपुत्र हुन् ।उनका हालसम्म गीत कविता, नियात्रा गरी विभिन्न विधाका एकदर्जन कृति प्रकाशन गरेका छन् । उनले नागपुर विश्वविध्यालयबाट एम.बी.ए. सम्म्को अध्ययन गरेका छन् ।  कालोसर्प मारेको अर्थ यसरी लगाएँ, म रोएको त्यो दिन,तस्विर मैले लिइनँ र मानोसरोवरको कविगोष्ठी गरी चार यात्राहरू यस सङ्ग्रहमा समावेश गरिएका छन् । हुम्लाजस्तो विकट ठाउँमा थापाजीले भोग्न परेका कष्टदायी अवस्था, हुम्लाका जनताको खाना नभएर भोको क्रदन, सम्भावित दुर्धटनाहरूबाट जोगाएर चरित्रवान बनेको कुरा समालोचकले छोटो मिठो रूपमा प्रस्तुत गरेको र 'कर्णालीको कुनादेखि मानसरोवरसम्म  ' नियात्रासङ्ग्रहलाई कर्णालीका विकट गाउँको एउटा दर्पण मान्न सकिन्छ भन्ने निष्कर्ष निकाल्नु भएको छ समीक्षकले ।
महेश्वर शर्माको 'बसिबियालो'मा रमाउँदा –महेश्वर शर्मा(वि.सं.१९८८) बहु प्रतिभाका धनी,त्रि.वि.बाट एम.ए. पास, ,विविध विधामा २६ थान कृतिका कृतिकार, नेपाल सरकारको विविध ओहोदामा २९ वर्ष राष्ट्र सेवक,भै कुशल प्रकाशक,सुप्रवल गोरखा दक्षिणबाहु ,वीरेन्द्र ऐश्वर्य सेवापदक लगायत दर्जनौ मान सम्मानबाट सम्मानित व्यक्तित्व हुनुहुन्छ । गङगाजीले बसिबियालोका १७ ओटा कथालाई गहिरो अध्ययन गरी १७ओटै कथाको निसारण समिक्षामा पस्कनु भएको छ र 'बहुआयामिक व्याक्तित्व डा. महेश्वरशर्माका नाटक,उपन्यास,कथाका, सबै किताब स्तरीय छन् 'भन्ने निष्कर्ष  निकाल्नु भएको छ ।
भान्छे बाहुनीले पकाएको परिकार चाखेपछि–यस कवितासङ्ग्रहकी कवयित्री हुन् गीता सापकोटा(२०३८) । उनी एक बहुप्रतिभाकी धनीहुन् । उनले एकल (५) र संयुक्त(१) गरी ६ओट कृति प्रकाशन गरेकीछिन् ।  कक्षा १ देखि ७ सम्मको पाठ्य पुस्तक,उच्च माध्यमिक नेपाली समालोचना (२०६८)पं. भवानीशङ्कर सापकोटा स्मृतिग्रन्थ(२०६)को साथै विविध पत्रिकाकी सम्पादक( नारी लेखनमाला त्रैमासिक,इशारा साहित्यिक मासिक आदि) । गीताको यस कृतिमा छन्दमा लेखिएका र गद्यमा लेखिएका कवितालाई समेटिएका छन् । चाहे छन्दमा लेखिएका हुन् या गद्यमा लेखिएका छन् सबैको तुलनात्मक रूपमा समीक्षा गरिएको छ । समीक्षकले निष्कर्षमा लेख्नु हुन्छ –"गीता सापकोटा युवा पुस्ताकी आशा लाग्दी कवि हुन् उनले लेखेको भान्से बाहुनी कविता कृति समकालिन नेपाली नारी कवितामा प्रतिनिधिमूलक लाग्छ । यस कृतिभित्रका गद्य पद्य दुबै खण्डका एकतीसओटा कविताहरू भाव, बिम्ब, प्रतिक,शिल्प, प्रस्तुतिका दृष्टिकोणले स्तरीय लाग्यो मलार्ईे ।"भन्ने धारणा समीक्षकबाट आएको छ ।
कृतिका माध्यमबाट परिचित कवि लेखनाथ ज्ञवाली – लेखनाथ ज्ञवाली (२००७)"एउटा निर्भीक, सशक्त, प्रगतिवादी, देशभक्त कवि हुनुहुन्थ्यो, उहाँसँग साक्षात्कार नहुनु भएकी समीक्षकले लेखनाथकी सुपुत्रीबाट कृति प्राप्त गरी यी कृतिको समीक्षा गर्नु भएको छ । दशैंको आसिक,साथी स्मृति काव्य, खडेरी (लघुकाव्य),माटाको गीत,नानी बालगीत र कविताहरू, अक्षर (गद्य÷पद्य कवितासङ्ग्रह)) र हाम्रआवाजहरू (गीतिसङ्ग्रह)गरी सात सङ्ग्रहको अति शूक्ष्मरूपमा हरेक कृतिको सटीक समीक्ष उदाहरण सहित गर्नु गङ्गाजीको समक्षीय कुशलता नै मान्नु पर्छ । निष्कर्षमा'यो छोटो लेखभित्र न्याय गर्न सकेँ जस्तो लागेको छैन 'भन्दै विश्लेषण राम्ररी गर्न नसकेको कुरा उहाँले राखे पनि यो समालोचनाले निशारण भने राम्रोसँग गरिएको मैले महसूस गरेको छु ।
पत्थरै पत्थरभित्र नियाल्दा–गीता रेग्मी(२०२७) नेपाली साहित्यको क्षेत्रमा एउटा सुपरिचित नाम हो । उनले कथा कविता,नियात्राका क्षेत्रमा कलम चलाएर संयुक्त र एकल गरी ५ कृति नेपाली साहित्यमा थपेकी छन् भने चारओट कृतिको सम्पादन गरेकी छन् । पत्थरै पत्थरभित्र उनको नियात्रा सङ्ग्रह हो । यस नियात्रासङ्ग्रहमा काठमाडौदेखि म्यान्मारा थाइल्याण्ड र मलेसीयाका विविध घटनालाई सुन्दर रुपमा समीक्षकले सारभाव पस्किएका  यी धारणा  सुन्दर छन् । कलावती लगायत ६ जनाको टोली बर्मा प्रस्तान गर्नु, थाइल्याण्डमा १६ घण्टा विताउनु, ब्रह्माका नेपाली मातृभाषा धर्म, संस्कृतिप्रतिको माया, इंसं. १९४८मा जापान र बर्माको युद्धमा सहादत प्राप्त गरेका नेपालीको शिला लेख, बर्माको राजधानी नेपिटोमा सारिएको, समुद्रमा निवस्त्र युवती र युवाहरू दृश्य,आदिको वर्णन सुन्दर तरिका राखिएको हुँदा पढौं पढौं लागि रहने र निष्कर्षमा बहुमुल्य रत्नहरूको खानी भएको देश पनि पछिपरेको त्यसको रहस्योघाटन भएको यो सङ्ग्रह पठनीय छ भनिएको छ ।
 नारी सम्मानको प्रतीक 'उनी उर्मिला महाकाव्य' –यस महाकाव्यका महाकाव्यकार बाजुराम पौडेल(२१०) हुनुहुन्छ । उहाँका आठ ओटा कृतिहरू बजारमा आइसकेका छन्  । बाजुरामका उनी उर्मिला महाकाव्यमा गङ्गाजीले समीक्षा लेख्नु भएको छ ।"उनी उर्मिला महाकाव्य १४ सर्ग ६६ ओटा शास्त्रीय छन्दमा रचना गरिएको नारी प्रधान महाकाव्य हो । महाकाव्यकी मुख्य नायिका उर्मिला महाकाव्यकारकी आफ्नै धर्मपत्नी हुनु हुन्छ ।" गङ्गाजीले निष्कर्षमा यस महाकाव्यले सम्पूर्ण नारीको सम्मान गरेको मैले महसुस गरेकी छु भन्नुभएको छ ।
मुक्तिनाथ शर्मा नेउपाने  – मुक्तिनाथ शर्मा नेउपाने(वि.सं. १९९६) द्वारा रचित सम्ीक्षाको कृति हो र यसमा ५२ नारी स्रटाका कृतिमा समीक्ष गरिएकोछ । यसमा इल्या भट्टराई कविता पौडेल, गायत्री विष्ट, गीता खरेल, रुकुकार्की, हिरण्य कुमारी पाठकका दुई दुई कितापको समीक्ष समावेश गरिएको जानकारी समीक्षक गङ्गाजीले गराउनु भएको छ  र गङ्गाजीको निष्कर्षमा नारी स्रष्टालाई मायाको चिनो प्रदान गरेको धारणा  राख्नु भएको छ ।
स्वप्नदृष्टि महाकाव्यमा नारी पात्रको भूमिका – गङ्गाजीले यस महाकाव्यको समीक्षागर्दा डा. रामप्रसाद ज्ञावलीको बरेमा संक्षिप्त परिचय,  डा. रामप्रसाद ज्ञवलिस्सँग पहिलो भेट, सहकार्य , गङ्गाजीको आफ्नै लेखन विवरण  आदिमा राम्रो  प्रकाश पार्नु भएको छ ।
 बास्तवमा डा. रामप्रसाद ज्ञावलीजी साहित्यिक क्षेत्रमा एक उच्चतम् व्यक्तित्व हो । लेखन क्षमताको कुरा गर्दा हालसम्म उहाँका विविध विधाका  तथा पाठ्य पुस्तक गरी करिव १५० भन्दा बढ्ता कृति  प्रकाशन भैसकेको धारणा गङ्गाजीले दर्शाउनु भएको छ । स्वप्न दृष्टि महाकाव्यको मैले पनि अध्ययन एवम् विश्लेषणग गर्ने मौका पाएको थिएँ । महाकाव्यले एक नविनतम् रूप लिएको छ ।
यहाँ गङ्गाजीले महिला पात्रको विश्लेषण गर्नु भएको छ गङ्गाजीले महाकाव्यकारकी पत्नी उषा पन्थी,माता।श्री कुन्तादेवी ज्ञवाली, छोरी रश्मि ज्ञावली,उज्जल श्रेष्ठकी श्रीमती कल्पना श्रेष्ठ विमान परिचारिका र कोरियाली पथदर्शक लाई  नारीपात्रको रूपमा वर्णन गर्नु भएको छ ।उषा पन्थी यस महाकाव्यकी प्रमुख नायिका नै हुनुहुन्छ । उषा पन्थीको हरेक क्षेत्रमा मितव्ययिताको रूपमा खडा हुनुहुन्छ हरक्षेत्रमा उच्चतम कर्तव्य निभाउनु भएको छ यिनै महत्वपूर्ण गुणले गर्दा उहाँ यस महाकाव्यकी सफल मूल नायिकामा दर्शिनु भएको विवरण आएको छ ।माता कुन्तादेवी ज्ञावलीले घरको जिम्मा लिएर  नाति नातिनाको देखभाल गरेर काव्य नायक र काव्य नायिको लागि सहज वातावरण सिर्जना गराई दिनु भएको छ । महाकाव्यकारलाई विमान परिचारिका औधी सुन्दर लागेको र उनको काममा प्रभावित भएको धारणा आएको छ । यसैगरी कल्पनाका भूमिका पनि उषा पन्थीको साथै सबैलाई सहयोगीको रूपमा  देखिनु भएको छ र कोरियन पथदर्शकले फोटो सेन्सर गरेको महाकाव्यकारलाई मन नपरेको धारणा पस्कदैं  "डा.रामप्रसाद ज्ञावलीले महाकाव्य लेखनको सुरुदेखि अन्त्यसम्म कतै न कतै कुनै न कुनै तरिकाले नारी पात्रहरूलाई आआफ्नो भूमिकामा सक्षम ,सवल ंरूपमा उभ्याइनाले स्वप्नदृष्टि महाकाव्यको गरिमा बृद्धि भएको मैले मससुस गरेकी छु,कृति सङ्ग्रहणीय र पठनीय छ भन्ने निष्कर्ष निकाल्नु भएको छ ।  
मेरी सासूको पौरख हेर्दा  – यसकृतिकी कृतिकार हुनुहुन्छ इन्दिरा प्रसाई (२०१४)। इन्दिरा प्रसाई सिद्धहस्त नारी हस्ताक्षर मात्र नभै उनले त्रिमूर्ति निकेतनको स्थापना, नइ प्रकाशनको थालनी,अन्तराष्ट्रिय साहित्य सम्मेलन,(२०५६) नारी चुली,(२०६३) विश्वनारी साहित्यसम्मेलन (२०७१)कामको साथै डा. बानिरा गिरीलाई विश्व नारी रत्न पदकले विभूषित सत्यमोहन जोशीलाई वाङमय शताब्दी पुरुष घोषडा गराइन् ।गोर्खापत्र संस्थानमा प्रथम महिला कार्यकारी अध्यक्ष,त्रिमूर्ति निकेतन, बालकृष्ण सम फाउण्डेशन, नइ प्रकाशनको अध्यक्ष पदमा रही यी संस्थालाई क्रियाशील बनाइरहेकीछन् भने गोर्खा दक्षिणबाहु, वीरेन्द्र –एैश्वर्य सेवा पदकको साथै सयौं पुरस्कार सम्मानले विभूषित भएकी छन् । कथा कविता उपन्यास समालोचना जीवनी आदिका ३५ ओटा कृति प्रकाशनमा आइसकेका छन् ।
मेरी सासू जस्ता कृति लेखेर इन्दिरा प्रसाइले सासू बुहारीको सौहार्दता,तत्कालिन नारी जगतको स्थिति, भागिरथाले आफ्नै जग्गामा शिवालयको स्थापना, निशुल्क छात्रवास, आदिको साथै भागीरथाको जिवनका यावत उतार चढाव, घरपरिवार सबैलाई यस कृतिले समेटेका विवरण गङ्गाजीले समीक्षामा प्रष्ट पार्दै निष्कर्षमा इन्दिराले आफ्नो र आफ्ना परिवारका हरेक कुरा नलुकार्इ पाठक सामु प्रस्तुत गरी इमानदार लेखकको धर्म निर्वाह गरेको र प्रसाई परिबारको बारेमा जानकारी गराइएको निष्कर्ष निकालिएको छ ।
गजलकै नदीमा डुबुल्की मार्दा–  
यस कृतिका कृतिकार हुन् रवीन केसी (२०३८)। गजलकै  नदीमा डुबुल्कि मार्दा उनको एकल कृतिका साथै संयुक्त गजलसङ्ग्रह ३ ओटा उनका कृतिहरू प्रकाशनमा आएका छन् । यस कृतिमा ४० ओटा गजलमध्ये सत्र ओटा गजल शृङ्गारिक र तेइसओटा गजलले देश,जनता,नेता, भ्रष्टचार महङ्गी आदि विषय बस्तु बनाएर लेखिएका गजल सवल र सशक्त देखिएका छन् भन्ने निष्कर्ष निकालिएको छ ।
भरपाई बुझिलिएको भरपाई –यस कृतिकी लेखिका हुन् गायत्री लम्साल परिरोशनी र समीक्षको नजरमा नेपाली भाषा साहित्यकी उर्जाशील हास्यव्यङ्ग्य  क्षेत्रकी दर्विली नारी हस्ताछर र इमान्दार राष्ट्र सेवक हुन् । इनको भर्पाइमा २९ ओटा हास्यव्यङ्का रचना समावेश गएिका छन् । गङ्गाजीले यी सबै   लेखको सारभाव पस्कदै यस सङ्ग्रहमा विभिन्न सामाजिक ,आर्थिक,राजनीतिक, सांस्कृतिक,धार्मिक वातावरणीय लगायतका विषय, बस्तुहरू उठाएर त्यसमा हुने गरेका विकृति र विसङ्गतिलाई चोटिलो व्यङ्ग्य गर्न सफल छन् लेखिका भन्ने निष्कर्ष निकालिएको छ ।
अभागीको बालुवाको घर– यस कथाका कथाकार हुन् सदानन्द अभागी( २००३) । उनले तत् समयसम्म दुई दर्जन भन्दा बढी,साहित्यिक कृति र ३ दर्जनजति कृषिका कृति प्रकाशनमा ल्याइसकेका छन् । बालुवाको घर अभागीको तेस्रो कथासङ्ग्रह हो । यो प्रतीकात्मक कथा हो । कथा सङ्ग्रहले विविध पक्षलाई समेटेको छ ।यस कृतिमा १६ ओटा कथा समावेश गरिएका छन् । सबै कथालाई विश्लेषण गर्दै गङ्गाजीले "सदानन्द अभागी मोफसलका बहुप्रतिभाशाली स्रष्टा हुन् । प्राय लेखकहंरू एक–दुई थान किताब लेख्ना साथ काठमाडौतिर हानिने धेरै छन् । तापनि सदानन्दलाई राजधानीको मोह छैन र लेखनका साथसाथै आफ्नो कृषि कर्मलाई पनि अगि बढाइरहेका छन् भन्ने निष्कर्ष निकालिएको छ ।
 नियति चक्रमा फन्को मार्दा– जलेश्वरी श्रेष्ठ (वि.सं. २००३) का आठओटा कृति प्रकाशित भै सकेका छन् ।उनको यस उपन्यासमा नियति चक्रमा कुनै कसुरविन पुरुषप्रधान समाजबाट  शोषित हुन पुगेकीएउटी नारीको कथाव्यथा भएको धारणा समीक्षकको छ । निष्कर्षमा एकै बसाइमा पढ्न सकिने र बालबालिकालाई मनोरञ्जनका साथै सन्देशमूलक कृति दिएको धारणा आएको छ ।
रमेश शुभेच्छुकको 'मलामी 'कवितासङ्ग्रह पढेपछि –रमेश शुभेच्छुक (२०३६), नेपाली साहित्यका एक  स्थापित स्रष्टा भएको र अध्ययनको कर्ममा  त्रि.वी. बाट विद्यावारिधि औपचाकि शिक्षा  हासिल गर्नु भएको छ प्रध्यापन, साहित्यिक पत्रकारिता, रेडियो कर्मी, टेलीभिजन कर्मी, आदि विविध क्षेत्रमा उहाँको सफल सहभागिता को साथै थुप्रै सिर्जनात्मक र समीक्षात्मक  कृतिहरू प्रकाशनमा आएका । मलामी कवितासङ्ग्रहमा ४० ओटा कविताहरू समावेस गरिएका छन् । गङ्गाजीले,यी चालिसै कवितामा गहिरो अध्ययन गरेर उदाहरण सहित समीक्षा गर्दै निष्कर्षमा सबै कविताहरू अर्थपूर्ण , सन्देशमूलक, शिक्षाप्रद र स्तरीय छन् भन्नु भएको छ ।
अँध्यारो रातको रोशनी हेर्दा –
 अँध्यारो रात ममता श्रेष्ठ(वि.सं. २०२८)को कथासङ्ग्रह हो । उनका सात ओटा कृतिहरू बजारमा आई सकेका छन् । उहाँ लेखक मात्र नभै सम्पादक पनि हो । यस कृतिमा १६ ओटा कथाहरू समावेश गरिएका छन् । समीक्षकले यी सबै कथालाई अध्ययन गरेर विश्लेषण गर्नु भएको छ र निष्कर्षमा कथा छोटा र मिठा, सलल बग्ने, पढौं पढौं लाग्ने, खालका भएको धारणा आएको छ ।
देशको खोजीमा घोत्लिंदा –देशको खोजीमा लघुकथाका लेखक हुन रामकुमार पौडेल क्षत्री( वि.सं. २०३२) । बुद्ध विचार बालकवितासङ्ग्रह, मन्दिर र माओ ( कवितासङ्ग्रह ,२०७५) प्रकाशन गरेका छन् । देशको खाजी  लघुकथा सङ्ग्रहमा ७२ ओटा लघुकथाहरू सङ्ग्रहीत छन् । यी कथाहरूको अध्ययन गरेर समीक्षकले सार भाव पस्कदै देशको खोजी पुस्तक समग्रमा  भन्नुपर्दा कृति भित्रका लघुकथा राम्रा छन्, स्तरीय छन् भन्ने निष्कर्ष निकालिएको छ ।
६७ नारीका ६७ कथा – विनयकुमार शर्माबाट यी७६ कथालाई सङ्कलित  र सम्क्पादित गरेर 'कथा बाटिका'को रूपमा प्रकाशनमा आयो ।समीक्षकका भनाइमा नवप्रतिभालाई प्रोत्साहन गर्न र वरिष्ठ नारी स्रष्ठाहरूलाई सम्मान पु¥याउन सफल भएको छ कथा 'बाटिका' । यस समीक्षामा सबै स्रष्टाहरूको नाम र समग्र निष्कर्षमा अधिकांश कथाहरूमा नारीले भोग्नपरेका तीतामीठा भोगाइहरू शोषण र दमनलाई औंल्याएको पाइन्छ ।आजका नारीहंरू पुरातन सोचबाट मुक्त हुन चाहान्छन् भन्ने धारणा आएको छ समीक्षामा ।
निष्कर्ष – गङ्गाजीको समीक्षा सङ्ग्रहमा भएका १९ वटा समीक्षालाई अध्ययन गरियो । गङ्गाजीले कृतिहरूको गहिरो अध्ययन गर्नु भएको छ ।हरेक कृतिमा लेखकको चर्चा गरिएको छ । विषयको तार्तिक वर्णन पनि शूक्ष्मरूपमा दिनु भएको छ ।  हरेक सिर्जनाको सारभाव पस्किनु भएको छ। र हरेक कृतिको निष्कर्ष पनि दिनु भएको छ । लेखनशैली राम्रो छ । भाषा सरल छ  र ठाउँ ठाउँमा उखान टुक्कालाई प्रयोग गरेको पाइन्छ । एउटा सुन्दर कृतिको सिर्जना भएको छ । गङ्गाजीको यो गहन कामको  प्रशंसा गर्दै ,सुस्वास्थ एवम् दीर्घायुको कामना गर्दछु ।
धन्यवाद
मिति २०७९ भदौ ७

August 20, 2022

भोका सपनाहरू सरसर्ती पढ्दा

 सदानन्द अभागी
कुइभिर–३ ओखलढुँगामा माया वेदमाया बास्तोला र पिता नारायण प्रसाद बास्तोलाका पुत्ररत्न हुन् होमशंकर बास्तोला । श्ैक्षिक योग्यता एल.एल.बी.को साथै स्नातकोत्तर हाँसिल गरेका होमशंकर बास्तोला आँसुका झरनाहरू(कथासङ्ग्रह , २०५८, ) घामहराको दिन (गजलसंग्रह २०६१), बन्दुकको छाया कथासग्रह, २०६७), हिमाल पहाडका कथा (संकलित कथासङ्ग्रह  र भोका सपनाहरू (कवितासङ्ग्रह,२०७८) लिएर हाम्रो अगाडी  हाजिर भएका छन् । कृतिप्रकाशनको हिसावले  होमशंकरलाई कथाकारको रुपमा लिए पनि उनी बहुप्रतिभाका धनी हुन । गजल, लघुकथा लेखन , पत्रकारिता, सम्पादक,आदि विविध पक्षमा उनको क्रियाशीलता लोभ लाग्दो छ  ।अन्तरवोध ( साहित्यिक त्रैमासिक पत्रिका,र कपन कविता क्यालेन्डर  सम्पादन गर्दै आएका छन् ।
होमशंकर बास्तोलाले जनआन्द्योलन घाइते सम्मान(नेपाल सरकार,२०६३, भानुभक्त काव्य पुरस्कार (२०७१) यज्ञराज घले संस्था पुरस्कार, (२०७४) प्रेशकाउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार (२०७६) आदि पुरकारले पुरस्कृत भै सकेका होमशंकरजी वाणी प्रकाशन जनमत जस्ता आधादर्जन  साहित्यिक संस्थामा आवद्ध हुनु हुन्छ ।
विभिन्न साहित्यकारको होमशंक र  उनको कृतिप्रति राखेका धारणाहरू–                                                                                                            
 आर.एन. डङ्गोलको धारणा –होमशंकर बास्तोला समाजको प्रगतिशील रूपान्तरणको लागि प्रतिबद्ध वैचारिक स्रष्टा हुन् । उनका कथा, कविता, गजलमा प्रगतिशील विचारधारात्मक मत अभिव्यक्ति भएको पाइन्छ समस्या कथनको अँध्यारो पाटो मात्र होइन समाधानको उज्यालो आशावादिता उनको वैचारिक प्रवृत्ति भएकाले यस सङ्ग्रहका कविताहरू यस दृष्टिबाट पठन योग्य र समीक्ष्य बन्न पुगेका छन् ।  
ठाकुर वेलवासेको नजरमा –कविता साहित्य र साहित्यिक पत्रकारितालाई एकसाथ  निरन्तरबनाएका होमशंकर बास्तोला सडक मान्छेका कविता लेख्ने कवि हुन् ।टोलसमाज र देशले, किनारा लगाएका पात्रहरूउनका कविताका विषय बनेका छन् । अत्यान्तै सामान्य विषय बस्तुका अभावमा जीवनका महत्वपूर्ण अवसर गुमाएका मानिसहरूप्रति चिन्तनशील– कविहुन् होमशंकर बास्तोला ।  उनी देश र नागरिकमाथि विश्वास राख्ने र कविताका माध्यमबाट, खवरदारीको आवाज मुखरर गर्ने कविकोरूपमा स्थापित छन् । सरल र सहज कविता लेखन होमशंकर वास्तोलाको अर्को परिचय हो ।
होमशंकर बास्तोलाको बारेमा चेतनाथ धमला ले लेखनु हुन्छ –कवित तथा साहित्यिक पत्रकार होमशंकर बास्तोलाद्वारा रचित, भोका सपनाहरूको आयतन व्यापक छ । जीवनको सुन्दरता र कलाको वशिष्टता कविले हार्दिकता पूर्वक पस्किएका छन्। तिनका कविताले विकृति अभाव र उत्पीडन के उछितो काढेका छन् र सांस्कृतिक सचेतता,अपनाएका छन् । कवितामा समवेत, स्वतन्त्रता, सामाजिक चेतना र र जीवन सौन्दर्य परिवर्तित स्वरहरूलाई झङ्कृत गर्न कवि सक्षम भएका छन् ।ती परिधानले "भोका सपनाहरू"को सङ्कल्पलाई लाक्षणिक रूपमा कविले सार्थक तुल्याएकाछन् । माथि तीनजना साहित्यकारले होमशंकर बास्तोलाको साहित्य लेखन गजल लेखन साहित्यपत्रकारिताको बारेमा प्रष्ट पारेका छन् । यस कृतिभित्रको सारभावलाई प्रष्ट्याउने प्रयास गरेका छन् ।
 कृतिको संरचना –यस कृतिमा ३५ ओटा कविताहरू समवेश गरेका छन् आवरण पृष्ठ बाहेक  ९५ पृष्ठमा सजिएको छ कृति  । काैिशकी साहित्य प्रतिष्ठानले प्रकाशन गरेको छ र मूल्य व्यक्तिगत २५०।–र संस्थागत रु ५००।– राखिएको छ ।
कृतिभित्र प्रवेशगर्दा –
माथिनै भनिएको छ कि यस कृतिमा विविधताले भरिएका पैंतीसओटा कविताले सजिएको छ । आफैमा कविता संग्रह भोका सपनाहरू शीर्षकले नामाकरण भएको छ र यसमा कविले अति गहिरिएर आफ्ना भावना पोखेका छन् । समग्र कृतिलाई अध्ययन गर्दा भोका सपना भन्दा  जनताले भोग्न परेको गरिबीका पीडा,अभावका पीडाहरूमा आम समूह आज जो तडपी रहेका छन्  त्यसैको यो एउटा दर्पण हो भन्दा अतियुक्ति नहोला । यी पैतीस कवितालाई हामीले यस प्रकार अध्यनगर्न सकिन्छ –
 अभाव गरिबीलाई समेटिएका कविताहरू – गरिवीसँग समेटिएका कवितामा 'अभाव',त्रिशूलीमा गिटी कुट्नेहरू, कैसाङ् र तीनपाने, ओडारे माइलाका भोका सपनाहरू, तमसुक, सपना र तिम्रो तस्बिर, म सपना देखिरहेछु  र खोसीएको खुसी र जिन्दगीलाई हामीलै एक मुष्ठ अध्ययन गर्न सकिन्छ । पहिलो कविता अभाव  सारा देशनै अभाव ग्रस्त छ। यस्तो अवस्थामा घरको हरेक अभावलाई भत्काउनको लागि आशावादी बन्दै प्रदेशिएको युवाले आफ्नी प्रियलाई अभावका बोटहरू निमोठ्न आफ्नै देशमा फर्कने वाचाको सन्देश पठाउँछ । त्रिशूलीको वगरमा आफ्ना सन्तानको पेट भर्न र कापी कलमको जोहो गर्न गिटी कुट्दाको मार्मिक वेदनाले देशका गरिबीको नाङ्गो चित्र उतारेको छ । देशमा परिवर्तन भयो तर परिवर्तन जनताका लागि नभएर राज्यसत्ता हाक्नेहरूकै लागि देखियो । गरिबका पसिना बगिनै रहेका छन् ।  मानिसले मदिरा किन पिउँछ ? यो मार्मिक प्रश्न तेर्सिन्छ हाम्रो अगाडी –कविले भन्छन् –"मजेत्रोमा भिजेको सङ्गिनीको आँसु
भोकै निदाएका नावबालकहरूको अनुहार एक घुट्की पिएर मुख बिगारेपछि  किन बिर्सिन्छौ साँझहरू ?" मातले न घरकालाई खाना मिल्छ न त शान्ति नै । यहाँ अर्को मार्मिक कविता छ कविको एउटा गरिबले गरेको परिश्रममा  शरिरले भोग्न परेका मार्मि डामहरू, डोकाका डामहरू, नूनिला आँसुका ढिकाहरू र असह्य अवस्थामा कविले सरकारसँग सोध्छन् –'कहिले पुराहुन्छन् हँ ओडारेमाहिलाका भोका सपनाहरू।" बास्तवमा गास बास कपासको जोहो गर्नु त  सरकारको दायित्व हो । तमसुक,यस देशका युवाहरू भएका टारी टुक्रा सबै साहुलाई समपर्ण गर्दै तमसुक लेखेर खाडी पसेका युवाको घरपरिवारले पोखेका कारुणिक शब्दहरूलाई कविले यसरी पोखेका छन् –'तिमीले खनेका कोदालोको डोब, हरियै फुलेको बगैंचा,लहलह उम्रेका पूmलका कोपिला र साहुको तमसुक तिमीलाई पर्खि रहेछन् ।" बास्तवमा ऊ तमसुकको श्रृण तिर्न मेशिन झै चल्दै छ मरूभूमिमा ।
राष्ट्रले भोगेका द्वन्दसँग आवद्ध कविताहरू–कविले विविध शीर्षक दिएर देशले भोगेका द्वन्द्व, देशका शासकीय प्रवृत्ति तथा राजनीतिक परिवेश आदिलाई समेटेर लेखिएका कविताहरूलाई केलाउँदा कविता कारुणिक खालका छन् । देशमा राजनीतिक परिवर्तन त आयो तर शासकीय प्रवृत्ति,राजनीतिक नेतृत्व, देशको आर्थिक अवस्था आदिमा कुनै परिवर्तन देखिएन । जनताको जीवनकर्म उन्नतीतिर लम्कला भन्दा झन झन गिर्दो अवस्थामा  जाँदै छ । जनताका आसाका  सपनाहरू झुट सावित हुन गएका धारणा ्राख्दै कविले भन्छन् – "मैले आस गरेर उनेका मालाहरू साच्चै सपना रहेछन् ,मिम्ले आफ्नो तस्विर सुन्दर ठाने पनि सायद तिम्रो अनुहार कुरूप रहेछ ।"
जनताले गरेको आन्दोलनबाट जन्जिर तोडिएका र पर्खाल भत्काइएका धारणा कविले यसरी राखेका छन् –
जुन दिन तिमीले बन्दुक तेस्र्याएर
स्वतन्त्रताको पर्खाल ढालेका थियौ
सडकमा रक्ताम्य मान्छे ढलेका थियौ
त्यो रगत पोखिँदा–पोखिँदै
तोडिए तिम्रा बन्दुकका जन्जिरहरू
ढालिए क्रुरताका पर्खालहरू
(जन्जिर पर्खालहरू, पृष्ठ ५०)
देशमा दोहोरो द्वन्द्व थियो । जनता दुई बन्दुकको बीचबाट आन्दोलन रत थिए । जनताले यी सबै कठिनाइका बापजुत पनि क्रुरताका पर्खालहरू ढालिएको र तोडिएको विवरण यस कवितामा सफलताको साथमा वर्णन गरिएकाछन् ।
 क्रान्तिपछि देशमा आमूल परिवर्तन हुनुपर्ने थियो  । तर सत्ता परिवर्तन गर्ने काममात्र  भयो । जनप्रतिनिधिले तथा सरकारले देशको राजनीतिक वागडोर जे जसरी संचालन गर्नु पर्ने थियो त्यो हुन सकेन यी राजनीतिक कार्यलाई नियाल्दै कविले भन्दछन् –
हामीले इतिहासका पानामा
इतिहास लेखेर भुल ग¥यौं ।
(होसियार,पृष्ठ ५६)
क्रान्तिपछि नयाँ इतिहासको सिर्जना हुनु थियो त्यो हुन सकेन । जनताको चाहना प्रकाशमय जीवन र  शान्तिको चाहना हो तर ती उपलब्धी जनताले अनुभूति गर्न पाएका छैनन् । यहाँ निमार्णको सट्टा विनाशले स्थान लिंदोछ । संसारबाटै इमान भाग्दो छ र वेइमानीको जगजगी बढ्दो छ यो परिदृश्यमा कविले प्रश्न राख्छन् – "यो सहर इमानको हो या वेमानको ?"
यस कविता सङ्ग्रहमा मार्मिक भावनाले भरिएका थुप्रै कविता छन् जस्तै सालिक जीवित छन्देर उसले गरेका अमूल्य योगदानका कदर भएनन्  । कुनै ठाउँमा सालिक ठड्याइन्छ जन्म दिन र मृत्युवरण गरेको दिन सहिद दिवस मनाइन्छ पूmलमाला चढाइन्छ तर ऊ जीवित छँदा भोगेका यातनालाई कविले बिम्बको रूपमा यसरी प्रस्तुत भएका छन् – "तर , म जीवित हुँदा ! कति लुटियो मेरो अस्तित्व, भोकले झारेका आँसुहरू अझै ओभाएका छैनन्, सडकमा हेरिरहेका आँखामा ।" अर्को कविता छ सडक जो हिडनमा प्रयोग हुन्छ तर यो पनि कहाँ सहजंरूपमा हुन्छ र कहिले बन्द कहिले आन्दोलन, आन्दोलनमा बगिने रगत तर पनि पीडालाई सहजै पचाई दिन्छ र मुस्कुराइ दिन्छ सडक । यस कवितासङ्ग्रहमा थुप्रै द्वन्द्वको बारेमा लेखिएका कविताहरू छन् ती कवितामा द्वन्द्वले निम्त्याइएको भौतिक क्षती सामाजिक  विकृति, आर्थिक नोक्सानी विकासमा अवरोध, कसैको कोख रित्तिनु, सिउँदोको सिन्दूर मेटिनु, बालबच्चम टुहुराहुनु, बृद्धबृद्धा पुत्रपुत्री विहिन हुनु यस्तो कहाली लाग्दो अवस्थामा कवि चिन्तित हुँदै भन्छन् –"के गर्नु आमा  म सँग बुद्धको औषधि छैन ।"
राजनीतिको फोहोरी खेलले कस्लाई छाडो र न त बालबालिकालाई नै छाड्यो  नत बृद्धबृद्धालाई । अवोध बालबालिकाले कस्लाई के नै बिगारेका थिए र नरपिसाचबाट यी पनि बाँचेनन् । कवि यस्ता कर्मवाट बाँच्न सफलप्रति यस्ता धारणा राखेका छन् –
"मानव सभ्यताको कालो दाग सहेर
 बाँच्ने भाग्यमानी नागरिकप्रति
मसँग कुनै समवेदना बाँकी छैन ।"
द्वन्द्वको यो अवस्थामा आमा रोएका धारणा,  मृत्युसँग बाच्नको लागि आग्रह, , त्रासदी फैलिएका कुरा, सडकमाथि र वरिपरि रातै बनेर पोखिएको रगत, आदिमा कविको भावना उर्लिएर आएको , यो कृति पढ्नेको मानिसको मन  मार्मिक भावनाामा पग्लिन्छ ।
 जीवनजगतसँग जोडिएका कविताहरू– साहित्य समाजको दर्पण हो । समाजलाई अग्रणीबाटो हिडाउनु पनि साहित्यकै काम हो ।समाजको कृयाशीलताले नै प्रगतिको मार्ग उज्यालो हुन्छ । कविले 'आउ हाम्रो यात्रामा , मलम खोजिरहेछु, हिमाल, पहाड भत्कन्न, शोकधुन र भविष्यका सपनाहरू, दुधकोशी हुँदै यात्रामा, एक चिम्टी सिन्दूर आदि कवितामा मानव जीवनका यथार्थ भोगाइलाई प्रष्ट्याएका छन् । यात्राका उद्देश्य अवस्य अलग अलग हुन सक्छन् तर अन्तिम लक्षभनेको एउटा निश्चित सीमामा पुग्नु नै हो । यहाँ कविले भोका पेटहरूलाई, कसरी पेट भर्न सकिन्छ,बत्तीहरू बालेर बस्तीहरू कसरी उज्यालो पार्न सकिन्छ आदि विकासको यात्रा,मानव जीवनलाई प्रकाशमय पार्ने उद्देश्य लिएर अगाडी बढी रहेका छन् ।
'म मलम खोजी रहेछु ' कविले चहराइ रहेका  घाउका लागि मलम र देशको दिनरातले बुद्धत्व खोजेका धारणा राखिरहेका छन् । हिमालको सुन्दरता, हिउँको पग्लाइमा देखिने काला चुचुराहरू पहाडको स्थिरता,              प्राकृतिक सौन्दर्यता, राष्ट्रको पहिचान को सुन्दर वर्णन, यसरी नै पहाड अटलछ, सगरमाथा कसैैले ढाल्न खोजे ढल्दैन, कसैले कसैको नास खोज्छ भने ऊ आफै नास हुन्छ , मानवताको नास हुँदैछ राक्षसी अनुहारको अवलोकन हुँदै छ तर हरेक दिन रात खुसीको आवश्यक्ता दर्शिदो छ, विदेश पलायन भएकाहरूको आगमनमा स्नेहका आँसु वर्षिदो छ, एक चिम्टी  सिन्दुरले  वाँधीएको जीवनले दिएको कष्टमय जीवनमा अनुहारभरी बगिरहेको झरना, आदि मानव जीवनका भोगाइलाई  कविताले पस्केको छन् ।
विविधतालाई समेटेका कविताहरू– यस कृतिमा, साँपहरू, बुढो पिपलको रूख, तिम्रो साथ,माटाको माया, नदी,विश्वास भत्किएको बेला,कविताहरूमा  विविध पक्षलाई समेटिएको देखिन्छ । आजको स्वार्थीपनले भरिएको मानव जीवनमा आपूmले नै पोषित मानिसले सक्षम भएपछि आपूmमाथिनै आइलाग्ने प्रबृत्तिजस्तै साँपलाई दूध पिलाएर पालदा आफैलाई डस्नु, पिपलको रूखले मानवलाई छाहारी दिन्छ मानिसलाई नभै नहुने अक्सिजन दिन्छ तर पनि मानवजातीले त्यसैमाथि बञ्चरो आदिले आक्रमण गर्दछन् ।  
कविले प्रेमरसलाई पनि समाएका छन् 'तिम्रो साथमा' । प्रेमिकाले प्रेमि  तथा प्रेमीले प्रेमिकाको साथमा बसेर 'देखाउनै नसक्ने मायाको झर्नाले प्रत्येक  रात वा दिन सर्लक्के नुहाएर दौडीरहन चाहन्छु जिन्दगीका हरेक बाटाहरूमा' जस्ता प्रेमिल भावनाहरू यहाँ दर्शिएका छन् ।  
राष्ट्र र राष्ट्रियतामा समर्पित कविता–देश तथा आफ्नो माटोमाथि प्रेम हुनु स्वभाविक हो । जस्मा राष्ट्रियताको भावना हुँदैन त्यो मानिसको जीवन  व्यर्थ मानिन्छ । यस कृतिमा राष्ट्र र राष्ट्रियताभावना बीच बीचमा झल्किएका छन् तापनि माटोको मायामा विशेष राष्ट्रियताका भावना झल्किएका छन् । कविले लेख्छन् –
माटोको गन्धले उम्लिएका तरङ्गित आवाजहरू
 माटोको आस्थामा पोतिएका हृदयका स्वरहरू
पिल्लरको रक्षार्थ बग्न खोज्छ रातो–रातो रगत
अनि चिच्याउँछ स्वासको अस्तित्व
(पृष्ठ २७, माटाको माया )
आज ठूलादेशले हाम्रो सीमामा अतिक्रमण गरेका छन् ।हामी सबै चिन्तित हुन आवश्यक छ ।
सिर्जना र विनाससँग सम्बन्धित कविता– विकासकको थालनी र विनासको अन्त्यको धारणा यस कविता कृतिमा यत्रतत्र पाइन्छन् । नदी एक  बहुगुणले युक्त कविता हो यसले पिउने पानी, सिँचाई प्रदान गर्दै विनासको मार्ग पनि समाएको हुन्छ । नदी निरन्तर बगि रहन्छ । मानिसमा पनिे निरन्तताको आवश्यकता पर्दछ ।
विश्वास भक्तिकिएको वेला – यो यस कृतिको अन्तिम कविता हो । यस कृतिले नयाँ इतिहास सिर्जनाको भावनालाई राख्दै सहर पसेर, रङ्गि बोत्तलका विर्का तोडेर भोकाएको अभिनय गरेको,मा कवि चिन्तित छन् र  भन्छन् –
थोत्रो आस्था भत्काउने बिचार
अव भत्काउनुपर्छ तिमीहरूले
आफ्नै अस्तित्वहीन पर्खाहरू
अविश्वासका गहिरा –गहिरा खाडलहरू
यो संसार चलेकै विश्वासको भरमा छ तर विश्वास अविश्वासमा परिण भयो भने मानिस अस्तित्वहीन हुनजान्छ र उसको आस्थामा क्षय हुन जान्छ । विश्वासको संकट कहिल्यै पार्न हुँदैन  ।
भाषा शैली – बास्तोलाजीको प्रस्तुतकला निकै सहज र सरल छ । उहाँको प्रस्तुती पनि जे अनुभव र अनुभूति भएको छ त्यसलाई प्रष्टरूपमा पस्कने जुन प्रयास गर्र्नु भएको छ  प्रशंसनीय र अनुकरणीय छ । सरल भाषामा सहज रूपमा कविताले स्थान लिएका छन्
निष्कर्ष – होमशंकरजीले यस कृतिमा विविधपक्षलाई समेटेर एउटा नविनतम् शैलीमा नविनतम् भावना तथा धारणालाई पस्कनु भएको छ। कृतिमा द्वन्द्वको स्थानलाई अग्रता दिंदै, प्रगतिशील पथलाई अँगाल्दै राष्ट्र, राष्ट्रियता, गरिबी ,मानिसले भोगेका जीवन जगतका धारणाहरू, मानवीय स्वार्थवादी प्रवृति, मानवले देख्ने विविधखाले सपना, राजनैतिक विडम्बना, सीमा अतिक्रमण लगायतका घटनालाई कविताले सुन्दर शैलीमा समेटेका छन् । प्रस्तुति सुन्दर छ । भाषा सरल छ । भावनात्मक अभिव्यक्ति प्रष्ट छ । परिमार्जनको आवश्यक्ता यहाँ पनि देखिन्छ । लेखन र अध्ययनको निरन्तरताबाटै परिमार्जनले नै  स्थान लिने हो ।
अतः नविनतम शैलीमा कविताको कृति प्रकाशबाट नेपाली साहित्यको कविता क्षेत्रको भण्डारलाई दर्विलो पार्ने कामको लागि होमशंकरजीलाई बधाईको साथै यस्ता नविनतम् कृतिहरू अध्ययन गर्न पाइओस भन्दै सुस्वास्थ एवम् दीर्घआयुको कामनाको साथमा विदा चाहान्छु ।
धन्यवाद  
मितिः २०७९ साल भाद्र २ गते

August 3, 2022

पाल्पामा लेखन र सिर्जना कृतिमा संक्षिप्त दृष्टि

सदानन्द अभागी
शिक्षण पेशामा आबद्ध रिब्दीकोट–४, भैरवस्थान, पाल्पाका राम ज्ञवाली साहित्यकार, लेखक, पत्रकार र अनुसन्धाता हुनुहुन्छ । जीवन, सोच र समय (२०७४), सदानन्दको जीवन, कर्म र व्यक्तित्व (२०७८, फागुन ः अनुसन्धानात्मक समालोचना) का साथै पछिल्लो कृति पाल्पामा लेखन र सिर्जना (२०७८, चैत्र ः खोज अनुसन्धान) कृति सार्वजनिक गरिसकेका ज्ञवाली पाल्पाली माटोका एक युवा प्रतिभा हुनुहुन्छ । विविध विधाका दर्जनौँ फुटकर रचना छपाइसक्नुभएका र विषय विज्ञहरुसँग विशिष्टिकृत अन्तर्वार्ता लिई निरन्तर प्रकाशनमा जुटिरहनुभएका ज्ञवालीले यसपटक अलि भिन्न प्रकृतिको नवीनतम कृति सार्वजनिक गर्नुभएको छ । यो कृतिका कृतिकार राम ज्ञवालीको २०७८ चैत्रमा प्रकाशन भएको कृति हो । "सदानन्दको जीवन ,कर्म र व्यक्तित्व" करिव ४०० पृष्ठको कृति प्रकाशनमा ल्याएको १ महिनापछि आवरणसहित २९२ पृष्ठको "पाल्पामा लेखन र सिर्जना" पाल्पाका लेखक र साहित्यकार विशेष ग्रन्थ निकाल्नु चानचुन कुरा होइन । दुबै ग्रन्थ अनुसन्धानमूलक छन् । यी ग्रन्थमा "पाल्पामा लेखन र सिर्जना " नामक कृति त पाल्पाको साहित्यिक खोजतलास गहिरो रूपमा भएपनि यो कृतिमा नेपाल तथा विश्व साहित्यका चर्चित साहित्यकारलाई समावेश गरेको हुँदा एउटा उदाहरणीय कृतिको रूपमा हाम्रो अघि आएको मैले महसुस गरेको छु । यो कृति मुख्य १९ वटा अध्याय र समापन अध्यायसहित जम्मा २० अध्यायमा टुङ्ग्याइएको छ । पहिलो अध्याय पाल्पाको संक्षिप्त परिचय दिनमा केन्द्रित छ । यस अध्यायले पाल्पाका सांस्कृतिक, धार्मिक, ऐतिहासिक लगायत विभिन्न दृष्टिले महत्वपूर्ण ठानिएका स्थानहरुको परिचयात्मक विवरण पेश गरेको छ । यस कार्यले पाल्पाको गरिमा र महिमालाई झल्काउन टेवा पु¥याएको छ । दोस्रो अध्यायदेखि एघार अध्यायसम्म लेखन, सिर्जना, लेखक, साहित्यकार, लेखनसिर्जनाको कारक तत्त्व, लेखन र सिर्जनाको महत्व, लेखन वा सिर्जनाका आधारहरु, विधा–उपविधागत तत्त्व, लेखन वा सिर्जनामा प्रेरक कारक, साहित्य, समाज र साहित्यकारको सम्बन्ध, कला, सौन्दर्य र साहित्यबीचको त्रिकोणात्मक सम्बन्ध, पहिले र अहिलेको सिर्जनात्मक अवस्था, लेखक वा सर्जकमा देखिएका समस्या र उनीहरुका दायित्व, उनीहरुमा हुनुपर्ने ज्ञान र सचेतता, लेखन, सिर्जनात्मक कर्मका फाइदा, उद्देश्य, गीत सिर्जना, संकलन र गायनको उद्देश्य आदि सहितका विषयवस्तुहरु समेटिएका छन् । यी विषयवस्तुहरु लेखक र साहित्यकारका लागि सैद्धान्तिक अमूल्य खुराक हुन् । यस्ता विषयवस्तु पाल्पाका लागि मात्र नभई समग्र देश नेपाल र विश्वका जुनसुकै मुलुकमा बस्ने र यस विषयमा चासो राख्ने जोसुकैका लागि पनि अत्यन्त महत्वपूर्ण छन् । कृतिकार ज्ञवालीले शोधखोज गरी यस्तो कृति लेखेर पाल्पाली वाङ्मयका लागि नभई केन्द्रीय वाङ्मयकै समृद्धि र विकास हुने गरी यस्तो कृति तयार गरेका छन् । संघीय संरचनाको मर्मलाई आत्मसात गरी पछिल्लो समयमा पाल्पामा कायम भएको दशवटा स्थानीय तहअनुसार लेखक र साहित्यकारलाई पनि वर्गीकरण गरी पालिकापालिका छुट्टयाई अझ त्यसमा पनि वडावडामा पुगेर लेखक र साहित्यकारको खोज गरी उनीहरुको कृति कर्मलाई अभिलेखीकरण गर्नाले यो कृति नौलो विशेषताले युक्त बन्न पुगेको छ । यसका साथै गायन र सिर्जनाका माध्यमबाट कलाकारले पु¥याएको योगदानलाई यथासम्भव सम्झना गरिएको छ । व्यक्तिगत कृतिका साथै सामूहिक रुपमा प्रकाशन भएका कृति संघसंस्थाले प्रकाशन गरेका कृतिहरु, विद्यालय, कलेज, क्याम्पस आदिबाट प्रकाशन भएका मुखपत्र, स्मारिका, जर्नल, बुलेटिन आदि कृतिबाट पनि वाङ्मयका लागि अतुलनीय सेवा पुगेको स्मरण गरिएको छ । कुनैपनि आग्रह र पूर्वाग्रहको लेश पनि नभेटिने यस कृतिमा यी विभिन्न विशेषताका अतिरिक्त पाल्पाली साहित्यिक सिर्जना र साहित्येतर लेखनका सार प्रवृतिगतविशेषता केलाएर आगामी शोधखोज कर्ताहरुलाई कृतिकार ज्ञवालीले पथप्रदर्शनात्मक कर्म गरेका छन् । यस अर्थमा यो कृतिका हरेक मूल शीर्षक र उपशीर्षकहरु गहन छन् , उपयोगी छन् , सरोकारवालाका लागि पठनीय छन् । वाङ्मयमा कालजयी अर्थ राख्ने खालका छन् । यो कृति नेपाली, नेवारी, संस्कृत, अंग्रेजी, मगरी र हिन्दी भाषामा कृति लेख्ने र रच्नेहरुको खोज गर्नमा केन्द्रित छ । तसर्थ यो कृति पाल्पाको लागि त यो पहिलो कृति नै हो भन्ने दाबी गर्न सकिन्छ भने समग्र देशका लागि पनि सम्भवतः यस खाले कृति पहिलो चोटि प्रकाशित भएको हुन सक्छ । मोफसलमा बसेर त्यसमा पनि प्रबिधि सञ्जालबाट धेरै टाढा रहेर फोन सम्बाद, केही व्यक्तित्त्वसँगको प्रत्यक्ष भेटघाट, सीमित सन्दर्भ स्रोत सामग्री, तात्कालीन कोरोना कहरको अत्यन्त असहज परिस्थितिका बाबजुद पनि तयार भएको यस कृति अमूल्य, अद्वितीय र अनुपम समेत हुन सक्छ । एक्लो प्रयासमा यति गहन महत्वपूर्ण कालजयी कृति प्रकाशन गर्ने ज्ञवाली उदाहरणीय छन् । आगामी खोजकर्ताका लागि प्रेरक छन् र पाल्पाली वाङ्मयले कहिल्यै नबिर्सने पात्र बनेका छन् । यस कृति गहन अध्ययन गर्ने हो भने अनेकन्् विषयबाट स्नातक, स्नातकोत्तर तह र विद्याबारिधि उपाधिका लागि महत्वपूर्ण सन्दर्भ कृतिभित्र समेटिएका छन् । फराकिलो दृष्टिबाट शोधखोज गरिएको समावेसी विषय समेटिएको यस कृतिले देशविदेशमा रहेका शोधखोजकर्ताहरुलाई महत्वपूर्ण दिशानिर्देश गर्न सक्दछ । यस्ता कर्ममा उत्प्रेरित गर्न पनि सक्दछ । तसर्थ यो कृतिको गम्भीर विवेचना गर्न पनि उत्तिकै कठिन रहेको अनुभूति गर्न सकिन्छ । यस कृतिका भूमिका लेखक डा. झमकप्रसाद शर्माले भनेझै एक प्रकारको लक्षण ग्रन्थ नै हो यो पुस्तक । यहाँ यस्तो गहन कृतिको अध्यायगत सार समीक्षा मात्र गर्ने प्रयत्न गरिएको छ ।
अध्याय एक ः पाल्पाको संक्षिप्त परिचय
पाल्पा एउटा विशाल ऐतिहासिक पृष्ठभूमि बोकेको जिल्ला हो ।यस कृतिमा पाल्पाको संक्षिप्त परिचयको अध्ययन गर्दा पाल्पा राज्यको स्थापना वि.सं.१५४९÷५०मा रुद्रशेनले गरेका र मुकुन्द शेनको पालामा विशाल पाल्पा राज्यको निर्माण हुँदै गयो । तर समय परिस्थिति अनुरुप पाल्पामा विविध वंशका राजाले राज्य गर्दागर्दै आजको अवस्थामा आउँदा पाल्पा एउटा सानो जिल्लामा परिणत भयो । कृतिकारले पाल्पा नामाकरणमा विभिन्न लेखको उदाहरण र व्याख्यासहित प्रष्ट्रयाउन खोजे पनि मलाई पद्मपुराणमा उल्लेखित गण्डकी उपक्षेत्रमा स्थित रूपदेशको राजधानी पाल्पा हो भनिएको नाम नै ठीक होला जस्तो लाग्यो । पाल्पा चिनाउने क्रममा लेखकले ठाउँ ठाउँमा मीठा साथै सत्य शब्दहरूको प्रयोग गरेको देखिन्छ । "पाल्पा आफैमा खुला संग्रहालय हो" लक्ष्मीप्रसाद देवकोटाले नेपाल आँखाको नानी हो भने जस्तै राम ज्ञवालीले पनि पाल्पामा भएका विविध पक्षलाई नियाल्दै तिनको एकिकृत रूपमा राखेर तुलना गर्दा पाल्पा एउटा सुन्दर खुला संग्रहालय नै हो भन्न पछि परेनन् । बास्तवमा यो यथार्थपरक नै हो । संग्रहालय भनेको प्राचीन महत्वका दुर्लभ बस्तुहरू बटुलेर राख्ने घर बुझिन्छ बास्तवमा पाल्पा विविधताले सजिएको प्राचीन बस्तुहरूले भरिएको, पौराणिक कालदेखि आजसम्मका गौरवमय चीजहरूले सजिएको संग्रहालय हो ।पाल्पामा जातिको हिसावले हेर्ने हो भने मगर, ब्राहमण,क्षेत्री नेवार र दलित, धर्मको हिसावले, यहाँ हिन्दू, बौद्ध ,मुस्लिम क्रिश्चियन आदि,रुरु क्षेत्र (( मृग कन्याले विष्णुको रिझाएर त्यही बस्न बाध्यबनाएको ठाउँ, रामपिथेकसको अवशेष प्राप्ति स्थल, रानीघाट दरबार÷रानीमहल ( नेपालको ताजमहल), तानसेन दरबार गुरुज्यूको दरवार, अर्गली दरबार, तानसेन मूलढोकापूराना शैलीका घरहरू,खडग स्तम्भ, शीतलपाटी, भैरवमन्दिर, अमरनारायण मन्दिर, रणउजिरेश्वरी भगवती मन्दिर, रम्भादेवी मन्दिर, सिद्धबाबा मन्दिर, गोनिष्कमण तीर्थ (गोघट्ट÷ गाइघाट) लिपिनदेवी मन्दिर, शिवालय मन्दिर, सिद्धगुफा मन्दिर , तिलक थान, दर्लममहाकाली मन्दिर,  पाल्पामा अवस्थित विहारहरू,चर्चहरू, तानसेन लगायत थुप्रै गाउँले बजारहरू, जन पुस्तकालय–धवल पुस्तकालय, प्रताप टनेल, जिल्लाको सबैभन्दा ठूलो घण्ट भएको थानपति मन्दिर, गुफाहरू (सिद्धपानी ,हात्तीलेक, सुनगुफा, जुरे गुफा, सिद्धेश्वर,रैनादेवी छहरा, बालसिद्ध गुफा आदि), सत्यवती ताल, प्रभासताल, सुकेताल, सीता कुण्ड, तालपोखरी, विभिन्न टोल, बल्डेङ्गगढी लगायतका गढीहरू, पूर्णकोट, भारकोट विविध थोकहरू, श्रीनगरलगायतका डाँडाकाँडा, जलस्रोत क्षेत्र, माडी फाँट लगायतका फाँटहरू, थुप्रै वनक्षेत्रहरू,साल सिसौदेखि मूल्यवान वनस्पतिहरू शीतलपाटीदेखि विभिन्न पाटीहरू, अखण्ड धूनी लाग्ने मन्दिरहरूआदि थुप्रै विवरणलाई समेटेर पाल्पा एउटा विशाल खुला संग्रहालय हो भनेर पुष्टि गरेका छन् । प्राकृतिक सुन्दरताको हकमा पाल्पालाई दार्जिलिङसँग दाँजिएको छ । यी संग्रहालय पाल्पाका अमूल्य सम्पत्ति हुन ।
अध्याय दुई–लेखन र सिर्जना ः लेखक र साहित्यकार
यस शीर्षकले पाल्पाको मात्र नभै विश्व रङ्गमञ्चका साहित्यकारको छोटो विवरणलाइ समेटिएको छ । लेखकमा विश्व साहित्यको बारेमा पनि राम्रो अध्ययन रहेछ भन्ने जानकारी हुन्छ । विश्वका विभिन्न देशका विश्व साहित्यमा चर्चित साहित्यकारहरूको अध्ययन यस अध्यायमा अध्ययन गर्न सकिन्छ । नोवेल पुरस्कार विजेता विश्वका प्रथम साहित्यकार अष्ट्रियायी एल्फाइड जेलिनेव लगायत लेखकहरू राहुल सास्कृतायन, वाण भट्ट,  वाल्मीकिको रामयण महर्षि वेदव्यासको महाभारत लगायतका पुराणहरू ,नेपालका  साहित्यकारहरू आदिकवि भानुभक्त लगायत राजेश्वर देवकोटा, मोहन वैद्य किरण  र बाबुराम भट्टराई समेतलाई कृतिमा समेटेका छन् ।नेपालका मदन पुरस्कार प्राप्ति कृतिकारहरू– शीर्षकमा राष्ट्रिय सन्दर्भदेखि पाल्पासम्मको सन्दर्भलाई जोडेका छन् । एक किसिमले यस पुरस्कारलाई नेपालको नोवेलपुरस्कारको रुपमा लिइन्छ । सर्वप्रथम २०१३ सालमा सत्यमोहन जोशीको "हाम्रो लोक संस्कृति (पद्य)ले प्राप्त ग¥यो । यस पुरस्कारले विविध पक्ष ( गद्य, पद्य, विज्ञान उपन्यास, इतिहास, जीवनी, नाटक लगायत थुप्रै विषय) मा पुरस्कार वितरण गरेको छ । जोशीपछि थुप्रै साहित्यकार वैज्ञानिक लगायत २०७७ सालमा भगिराज इङ्नामको "लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रहले पुरस्कार प्राप्त ग¥यो । यसै शिर्षकमा नै पाल्पाबाट विभिन्न विधामा मदन पुरस्कार पाउने निलम कार्की निहारिका, चुडामणि बन्धु, डा.भवेश्वर पंगेनी र नित्यराज पाण्डेको प्रसङ्ग पनि जोडिएको छ ।
लेखक साहित्यकारसम्बन्धी मान्यता र अवस्था– यसमा कृतिकारले, साहित्यका विविध मान्यतालाई प्रष्ट््रयाउने प्रयास गरेका छन् । बास्तवमा साहित्य समाजको दर्पण हो साहित्यले विश्व समाजको यथार्थतालाई  दर्शाइ दिन्छ । कृतिकारले एउटा मान्यतालाई यहाँ प्रष्ट्याउँदै भन्छन् –"सबै साहित्यकार लेखक हुन् तर सबै लेखक साहित्यकार होइनन् ।" यस विषयमा कृतिकारले साहित्य भनेको के हो साहित्यकार र लेखक कसरी पहिचान हुन्छ  आदि विषयमा आफ्नो धारणा राख्दै भन्छन् –"जस्ले जे भनेपनि , जहाँ जे लेखिए पनि,तत्त्व गत तत्त्व गत हिसावले युक्त र कलात्मकर विशिष्ट लेखाइ साहित्य हुन्छ ।" कृतिकारले यस शीर्षकमा लेख्य अभिव्यक्तिका  विशेषता, लेखनका प्रकार,साहित्येतर विषयक लेखनको महत्व,सिर्जनात्मक लेखनका आधार वा चरण (संकलित लेखन, स्फुरण लेखन,रचनातमक सुझाव, संकलन,परिस्कार,–परिमार्जन वा संसोधन,अन्तिम साफी,प्रस्तुतीगत ढाँचाको अनुपालन र प्रस्तुति) सिर्जनाका प्रकार र सिजनाको महत्व,साहित्यका विधा उपविधागत तत्त्वहरू(महाकाव्य, खण्डकाव्य, कविता, आख्यान, नाटक, निबन्ध, नियात्रा, मुक्तक, गजल, बाल साहित्य, बाल चित्र, हाइकु, आदिको तत्त्वको विषयमा) उपशीर्षकमा सपुष्ट धारणा राखेका छन् ।
अध्याय तीन ः सिर्जनाका कारक तत्त्वहरू–पूर्वी र पश्चिमीया दर्शनअनुसार वाग्देवीको शक्तिबाट साहित्य सिर्जना हुन्छ भन्ने थियो । भने पूर्वीय दर्शनमा प्रथम मतमा प्रतिभा अभ्यास,र व्युत्पत्ति हुन्छ भनिएको कुरा साथै संस्कृतिकका विद्वानहरू "प्रतिभालाई साहित्य सिर्जनाको बीज तत्त्व मान्दछन् ।" कारकतत्त्वमा कृतिकारले विवरणात्मक र उदाहरूण सहित पेरक कारक, निमित्त कारक र उपादन कारक गरी तीनवटा कारकलाई लिएका छन् ।
अध्याय चार ः सिर्जनामा प्रेरणाको प्रभाव–यो लेखकलाईमात्र नभै सबैमा कुनै काममा राम्रो भयो भन्ने जस्ता राम्रा सन्देश तथा सुझाव पाउन सके मानिस उत्साहित भएर जान्छ । प्रेरणा पाउनु भनेको आफैमा ठूलो कुरा हो । भानुभक्तले घाँसी बाट पाएको प्रेरणा, बाल्मीकिले क्रौञ्च पंछीको व्यथाबाट प्रभावित भई बाल्मीकि रामायणको सिर्जना भयो कुरा लगायतको थुप्रै व्यक्तिको अनेकन् उदाहरणसहित विश्लेषण गरेका छन् ।
अध्याय पाँच ः साहित्य, समाज र साहित्यकार–
"साहित्यलाई समाजको दर्पण भन्ने चलन छ । साहित्यकार समाजका फोटो ग्राफी हुन्" यस्ता अभिव्यक्ति कृतिकारले सव्याख्या अनि उदाहरणसहित प्रस्तुत गरेका छन् । उनका अभिव्यक्त धारणा यसप्रकार छन् –"साहित्य सङ्गीत कला विहीन सात्क्षाात पशु पुच्छ विषाणहीन । " "साहित्यका भावनामा आँखा हुन्छन् ।" "साहित्य महासागर हो, जहाँ डुब्नै सकिन्न डुबे पछि फर्किनै मन लाग्दैन ।" कृतिकारले प्रेमचन्द्र महाकवि देवकोटा  आदिका साहित्यप्रतिका धारणा राखेका जस्तै देवकोटाको धारणामा "सजीव अनुभूतिको कलात्मक प्रकाशन साहित्य भनेका छन् ।"
यस अध्यायमा साहित्य, समाज र साहित्यकारको त्रिकोणात्मक विशलेषण  गरिएको छ । बास्तवमा मानिसहरूको जमघट तथा बसोवास गरेको समूह हो समाज । कतिपय समाजहरू एकै किसिमका जात, भाषा, रहन सहनबाट निर्माण भएका हुन सक्छन् । कतिपय समाज मिश्रीत समूहबाट निर्माण भएका हुन्छन् ।
छोटो अर्थमा साहित्यकार भन्दा साहित्यको सिर्जना गर्ने भन्ने बुझाउँछ । कृतिकारले भनेका छन् –"बास्तविक साहित्यकार विना समाज –राष्ट्र मालीवनाको बगैंचाको पूmल जस्तै निरर्थक बन्छ ।समाज राष्ट्रलाई दिशा निर्देशन गर्न सक्ने साहित्यकार बास्तविक साहित्यकार हुन् । " ।मेरो विचारमा  समग्र समाजको गतिविधीलाई प्रष्ट पार्दै, विकिृतिलाई दर्शाउँदै सुकृतिका मार्ग दर्शक हुन् साहित्यकार । समाज नभै साहित्य बन्दैन र साहित्य नभएको समाज र देश हुँदैन ।
अध्याय छ– कला , सौन्दर्य र साहित्य – यस अध्यायमा साहित्यकार ले कला , सौन्दर्य र साहित्यलाई त्रिकोणात्मक रूपमा लिएका छन् । यिनै तीन तत्त्वमा आधारित रहेछ कला, सौन्दर्य र साहित्यको वर्णन गरेका छन् । उनी भन्छन् –"यी तीन षियको त्रिकोणात्मक सम्बन्ध वा त्रिवेणीले नै मानव जीवन सार्थक एवम् आदर्शमय बनेको छ ।" यस्ता अमूल्य शब्दहरूको प्रस्तुति यस लेखमा थुप्रै आएका छन् । केही उदाहरण यसप्रकार छन् –"कला साहित्यिदेवीको हार हो भने सौन्दर्य साहित्यदेवीको ताज हो ।" "साहित्यमा कला हुँदैन । साहित्यकार र कलाकार समाज र जीवनका अंग हुन् ।"मानव संतुष्टिको लागि सिर्जना गरिएको साहित्य मानव समाजको लागि अति आवश्यक हुन्छ "– यी अमृततुल्य शव्दले कृति गहकिलो बनेको छ ।
अध्याय सात ः साहित्य सिर्जना पहिले र अहिले – यस अध्यायमा ः साहित्य सिर्जनाम पहिला कस्तो थियो र अहिले कस्तो छ भनी तुलनात्मक विश्लेषण गरिएको छ । साहित्य लेखनको प्रमाणिक इतिहास १०३८को दुल्लुको शिलालेखबाट जानकारी हुन्छ । १८३१देखि यस भाषामा लेखनी सुरुभएको देखिन्छ ।  कृतिकारको भनाइ अनुसार सुवानन्दको पृथ्वीनारायण शाह भन्ने कविताबाट थालनी गरिएको नेपाली भाषाको पहिलो रचन भएको, राणाकालिन समयमा लेखन सहज थिएन, लेखेमा जेल सजाय हुन्छ जस्तै कृष्णलालले मकैको खेती लेखेबापत १२ वर्ष जेल सजाए भोगेका र ६ वर्षमा सहिद बनेका, सिद्धिचरण श्रेष्ठले १२ वर्ष जेल सजाएँ तोकिएको,  योगमायाको महिला उत्पीडनबिरूद्धका लेखन, राणा शासकद्वारा १९९६मा दशरथचन्द्र,, गंगाालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई मृत्युडण्डको सजाय, २०२८ सालको झापा विद्रोह, २०४६ सालको,चैत ३ मा सरस्वती सदनको विद्रोह, २०५२सालको माओवादी जनविद्रेहको थालनी, लेखन प्रकृया कोही समर्थन् र कोही विद्रोहको रूपमा देखिन थाल्यो , १६० जना साहित्यकारले जीवन आहुती दिएका, मायोवादीको जनयुद्धमा लेखनमा निकै सकस भएको, २०६२ ।०६।०३ बाट लेखनमा सहजताको कारणले साहित्यक लेखन सकृयताको रूपमा अगाडी बढेको, कविता जेठो विधा, यसमा १८२६–१९७२ सम्मका कविता वीरधारामा लेखिएको र १९७३ सालदेखि १९४०सम्म भक्तिधारामा लेखिएका ,नाटक(१९०५–१९४३) सम्म हेर्दा नाटक लेखिए तापनि सबै मञ्चन हुन नसकेको, कथा लेखन(१८२७देखि), उपन्यास लेखन (१८२७), निवन्ध लेखन (१८३१), साहित्य लेखन प्ररम्भ त्यस समयमा लेखिएका सिर्जनामा कुन धारमा लेखिएका छन, तिनको काल विभाजन तत्समयमा कुन वादमा केकस्ता रचना सिर्जना भए आदि समेटिएका छन् ।
अध्याय आठ ः लेखकीय समस्या र दायित्व – यस शीर्षकमा सिर्जनामा देखिएका समस्या, लेखक तथा साहित्यकारको लेखनमा हुनु पर्ने दायित्य के छ त भन्ने यथार्थतामा रहेर विभिन्न उदारण दिएर लेखमा बृस्तिृत वर्णन गरिएको छ । साहित्यकारले राष्ट्रिय राजनीति प्रभावलाई नअँगाली तटस्थताको आधारमा लेखन क्रिया गर्नु पर्ने तर राष्ट्रिय राजनीतिको विकृति र विसङ्गति (गुटउपगुट) को प्रभावमा परेको,  लेखमा कालजयी सिर्जना हुनुपर्ने, लेखनमा स्वस्थ मानसिकताको आधारमा सिर्जना गरिनु पर्ने,  इमान, जमान, स्वाभीमान,र नैतिकताको अवलम्वन, लोभीपापी प्रबृतिरहितता, खुट्टातान्ने प्रवृत्ति,पाठकभन्दा साहित्यकार बढी,अग्रजले नवोदितलाई प्रोत्साहनको कमी, सस्तो लोकप्रियता, बजारवादको चपेटामा साहित्य,लेखन र व्यवहारिकतामा तालमेलको कमी, एक साहित्यकारले अर्को साहित्कारको खोइरो खन्नु, लेखकहरूसत्ताका गुलाम बन्नु लेखनशक्ति स्तरीय होस् नहोस् कृति प्रकाशनमा होडबाजी, ढिलासुस्ती जताततै तनाव, बेरोजगारी,द्वन्द्व, चरित्रहीनता, दण्डहीनता,अनियमितता भ्रष्टता,आदि समस्यालाई कृतिकारले प्रष्ट्याउने प्रयाश गरिएको देखिन्छ । कृतिकार उपरोक्त लगायत थुप्रै समस्या र ती समस्या समाधानमा साहित्यकारले साहित्यमा दिनुपर्ने ध्यानलाई यस अध्यायमा प्रष्ट पारेका छन् ।  
अध्याय नौः लेखनसिर्जनात्मक ज्ञान र सचेतता– यस अध्यायमा कृतिकारले साहित्येतर,लेखन र सिर्जनात्मक लेखनमा भिन्नता, तहगत ,भाषागत, सिद्धान्तगत,फुटकर कवितादेखि,सूक्ष्मकाव्य देखि महाकाव्य लघुकथा, कथा , उपन्यास आदिमा कति शब्द हुनु पने, तर कथा लम्व्याएर उपन्यास छोट्याएर कथा नहुने , यी सबै विधाको शीर्षक चयन गर्दा,तत्तत् विधाको संरचनागत तत्त्वलाई मध्यनजर राख्दै शीषर््कको छनौट संरचना, सिर्जनाको, लेखन शक्ति,लेखकको अनुभव, अनुभूति, केही नभएको ठाउँमा केही हुन्छ भने त्यो सिर्जना हो । यहाँ पनि प्रमाण सहित कृतिकारले धारणा राखेका छन् । "पढाई र बुझाइ विषय बस्तुको गहिराइ भए मात्र लेख्न सकिन्छ ।.......लेखक साहित्यकार समाजका जिम्मेवार व्यक्ति हुन्"
अध्याय दश ः लेखन सिर्जनात्मक कर्मका फाइदाहंरू– यसमा कृतिकार सिर्जना गर्दा के फाइदाहुन्छ भन्ने तर्फ प्रकाश पारेका छन् निश्चय नै लेखन गर्दा मानिसको बौद्धिक क्षमतामा तीब्रता आउँ छ । निरन्तरताले लेखनमा परिस्कृत हुँदै आउँछ ।  मनमा आनद हुन आउँछ । बौद्धिक कर्ममा समयको सकृयतामा वित्न जान्छ । लेखनले एकप्रकारको दस्तावेज तयार हुन्छ । कतिपय लेखकले आर्थिक उपभोग गर्न पाएँछन् ।कृतिकारले यस विषयमा थुप्रै कुराहरू mाइदाको लागि उदाहरणसहित प्रस्तुत गरेका छन् ।
अध्ययन एघार–लेखन सिर्जनात्मक उद्देश्य – कुनै पनि कार्यको थालनी गरिन्छ भने खास उद्देश्यलिएर गरिन्छ । उद्देश्य विहिनको कामको नतिजा प्राप्त गर्न कठिन पर्दछ । कृतिकारले लेख्छन्– "सिर्जनाको प्रयोजन, मुख्य व्यवहारिक, वैयक्तिक आन्तरिक गरी चार प्रकारको मान्न सकिन्छ ।" यस शीर्षकमा साहित्यिक विधागत उद्देश्यमा कथा सिर्जनाको, उपन्यास सिर्जनाको, कविता खण्ड काव्य सिर्जनाको, महाकाव्य सिर्जनाको,निबन्ध लेखन, एकाङ्की÷नाटक, आत्म जीवन÷जीवनी,गीत,सिर्जना,संकलन,र गायनको उद्देश्यको बारेमा प्रकाश पारेका छन् । काव्यिकउपविधाहरूको, समालोचनात्मक उदेश्यमा परिभाषा सहित विश्लेषण गरेको देखिन्छ ।
साहित्येतर लेखनको उदेश्य –  कृतिकारले यी लेखनको क्षेत्र बृहत भएकोले  लेखन उद्देश्य पनि फरक फरक हुन्छ भनेका छन् । हुनपनि हो अधिकांस विषयहंरू नेपाली भाषामा लेखिएका हुन्छन् । भाषा समृद्धिमा यसले सहयोग गर्छ । विभिन्न क्षेत्रका कृतिमा पनि भाषागत शुद्धतालाई ध्यान दिनुपर्छ । हरेक साहित्यिक तथा साहित्येतर लेखनहरूको हरेक विषय र सन्दर्भको महत्वबोध गराउनु आदि उद्देश्य हो ।
अध्याय बाह्र ः पाल्पाको लेखन सिर्जनाको संक्षिप्त इतिहास
यस अध्ययायमा कृतिकारले प्रजातन्त्र बहालीपूर्व र पछिमा गरिएका लेखन सिर्जनालाई तुलनात्मक रूपमा प्रस्तुत गरेका छन् । नेपाली साहित्यको विकासक्रम सुरुभएपछि करिब ८०–९० वषपछि  थालनी भएको र मुकुन्दसेन प्रथम (१५७५–६१०) "नारद स्मृति " हस्तलिखित ग्रन्थ केदार पुस्तकालयमा  संग्रहित भएकोकुरा ,मुकुन्द सेन द्वितीय (१८०९–१८३९)को पालामा कुलनिधि शर्माद्वारा बनाइएको "कर्मकाण्ड विधि" दुई हस्तलिखित ग्रन्थको साथै सेनबंशीय अन्तिम राजा  पृथ्वी पाल सेनको "प्रासाद कौमुदी,पूर्वाद्ध उत्तराद्ध  (दूईभाग) राष्ट्रिय अभिलेखालयमा  सुरक्षित गरिएको र प्रजातन्त्र बहाली नहुँदै पनि कविता, गीत, कथा, नाटक, रचियको वर्णन सहित विभिन्न साहित्यकारको विवरण सपुष्ट गर्दै अगाडी बढेका छन् कृतिकार ।
कविता विधामा प्रथम कवि छविलाल नेपालको नाम दि)दै माधवप्रसाद देवकोटा, लाकौल ब्रदर्श, बहादुर सिंह बराल लगायतका विवरणहरू दिंदै कृतिकार अगाडी बढेका छन् । नाटक विधा बि.सं. १९८०–८२बाट प्ररम्भ, सुल्तान खाँले नाटक देखाउन थालेका, "भक्त धु्रव" नाटक मञ्चनबाट अगाडीबढेको र बहादुर सिंह बरालले नै नाटक मञ्चन  लेखन प्रारम्भ भएको देखिन्छ ।चेतबहादुर कुँवर लगायतका नाटककारहरूले नाटकलाई अग्रगतिमा लगेको विवरण यस कृतिमा दर्शाइएको देखिन्छ ।
उपन्यास विधा ःपाल्पाली उपन्यासको इतिहाँसमा अनुवादबाट थालनी भएको र अनुवादक अम्बिकाप्रसाद लाकौलबाट वि.सं. १९८३बाट बकिमचन्द्र चटर्जीको जयन्तश्रीउदय गृहणी र प्रेमचन्दका बलिदान सती चिन्ता लगायतका उपन्यसको नेपाली अनुवाद गरिएको र २०२७ सालमा ऋषिकेशवराज रेग्मी ले स्वयम्भूको डाँडो लिएर देखिएका छन् ।
कथा विधा ःमाधवप्रसाद देवकोटाले १९८६बाट थालनी गरेको कथालेखन  कविन्द्रमान सिंहका कथा प्रकाशनमा आए पनि ऋषिकेशवराज रेग्मीको पला कथा सङ्ग्रह प्रथम (२०२५) प्रकाशन कृति  भएको धारणा सहित अन्य कथाकारको विवरण यहाँ दर्शाइएको पाइन्छ ।
निबन्ध विधा ः सुब्बा कृष्ण प्रसाद लाकौलको विं.सं. १९५६÷५७मा तीर्थाटन डायरी लेखेका माधवप्रसाद देवकोटा लगायतका साहित्यकार निबन्धलाई  अगाडी बढाएको धारणालाई प्रष्ट््रयाइएको छ ।
समालोचना लेखनः माधवप्रसाद देवकोटाले थालनी गरेको उपन्यास लेखन, गोपी कृष्ण शर्मा, चुडामणी बन्धु लगायतले समालोचनामा अग्रसरता दिएका छन् कृतिकारले मगर भाषिक आदिकवि जीतबहादुर सिंजाली र सुबदार रेखबहादुर सारूबाट थालनी भएको लगायतका विवरणहरू यहाँ दर्शाइएको छ र हिन्दी, इङ्लिस, संस्कृत भाषा केही साहित्यकारले लेखे पनि मौलाउन नसकेको धारणा यहाँ प्रष्ट पारिएको छ ।
अध्याय तेह्र ःशोधखोजको उद्देश्य, आधार र सीमा निर्धारण –कृतिकारको शोधखोजको उद्देश्य भनेको कुनै पनि बस्तुको तत्सम्बन्धी इतिहासदेखि हालसम्म के भै रहेको छ तत् सम्बन्धमा सत्यतथ्य पत्ता लगाउनु हो । यो कर्म वाङमयबारे, सूचना जानकारी दिन खोज कर्ममा प्रेरित गर्न मार्ग सहज अनि विस्तृत गर्न,युगौ युगसम्मको लागि साहित्यकारको योगदानको साथै महत्वपूर्ण बोध गराउनको लागि हो भन्ने धारणा आएको छ । यी शोधखोज गर्दा प्रश्नावली भराएर, टेलीफोन वार्ता गरेर, सम्पर्क भेटघाट आदिबाट गर्न सकिन्छ । कसैले पूर्व अध्ययन गरेका भए सोको  जानकारी लिएर शोधखोज गर्नु पर्छ आधारको कुरा गर्दा कृतिकारको भनाइ छ–"यी सबै आधारमा हेर्दा पाल्पाको वृहत वाङमयिक इतिहास लेखनको खाँचो,सदैव रहेको छ ।" कुनै पनि अध्ययन ÷अनुसन्धानमा सीमाङ्कन हुन्छन् त्यसो हुँदा कृतिकारले "यो खोजमा कृतिकारको जन्म, जन्मस्थान, शिक्षा,मातापिता, प्रकाशित कृति विवरणलाई मूल आधार बनाइएको छ ।" भन्दै सीमा निर्धारण गरेका छन् ।
अध्याय चौध ः विभिन्न पालिकाका लेखकर साहित्यकारहरू ः यस अध्यायमा कृतिकारले पाल्पाका दशवटा स्थानीय तहमा (दुइओटा नगरपालिका (तानसेन र रामपुर)र आठओटा गाउँपालिकाहरू ( तिनाऊ, निस्दी, पूर्वखोला बगनासकाली, माथागढी, रिब्दिकोट र रैनादेवी ) छन् र कृतिकारले यी सबै पालिकाका लेखक, साहित्यकारको नाम, स्थान, कृतिहरूको विवरणलाई दर्शाउने प्रयास गरेका छन् । तीन पालिकाका सबै वार्डहरुमा केही न केही रुपमा उपलब्ध भएका लेखक र साहित्यकारलाई समेटिएका छन् । २७८ भन्दा बढी लेखक र साहित्यकारहरूको शब्दकोषीय वर्णानुक्रमअनुसार अभिलेखीकरण गरिएको छ ।  
थपकेही जानकारी ःपाल्पा दरबारमा जन्मेका डायमण्ड समशेर जवरा,पाल्पा दरबारमै जन्मेका ऋषिकेश शाह लगायतले नेपाली तथा अंग्रेजी,  मगरसंग्रह, राजनीति शास्त्रका कृति लेख्ने प्रा.डा. षडमुखबहादुर थापालगायतको करिव २८ जना साहित्यकारका विवरण यहाँ दर्शाइएको छ।
फुटकर लेखन तथा सिर्जनामा सक्रिय तथा योगदान पु¥याएकाहरू–यस उपशीर्षकमा कृतिकारले कृति प्रकाशन नभएका तर फुटकर लेखनमार्फत बिबिध तरिकाले योगदान पु¥याएका केही लेखक, अनुसन्धाता, समीक्षक÷समालोचक, सर्जक, पत्रकारहरू जस्तै आएका लेखकहरूजस्तै कृष्णप्रसाद लाकौल लगायत ५०० भन्दा बढी लेखक, पत्रकार आदिका विवरणहरू यसमा समावेश गरिएको देखिन्छ ।
पाल्पा चिनाउने विशेष कृतिहरू–पाल्पाको इतिहास,भूगोल, शिक्षा, साहित्य, व्यक्तित्व आदिलाई चिनाउने लेखहरू, स्मारिका, अध्ययन प्रतिवेदन, इतिहास, भूगोलका कृतिहंरू यहाँ समावेश गरिएका छन् । करिब २००ओटा पाल्पा चिनाउने कृति र तिनका कृतिकारको विवरण यस शीर्षकले समेटेको छ जस्तै अम्मरध्वज खातीको 'मेरो पाल्पा ।'
पाल्पामै स्थायी बसोबास गरेका कृतिकारहरू –आजको जागिरे जीवन तथा व्यापार व्यवसायमा लागेकाहरू पाल्पामा नै स्थायी बसोबास गर्ने कृतिकारहरूजस्तै छत्रराज शाक्य, चोलेश्वर शर्मालगायत करिब सयको हाराहारीमा यस शीर्षकमा समावेश गरिएको छन् ।
पाल्पा बाहिर रहेका कृतिकारहरू– पाल्पामा जन्मे पनि आजका परिस्थितिले कोही पाल्पा छोडी स्वदेशमा र पाल्पा छाडी विदेशमा रहेर पनि नेपाली साहित्यको सेवा पु¥याई रहेका कृतिकारहरू करिव १५० भन्दा बढी यस कृतिले समेटेको छ ।
दिवङ्गत कृतिकारहरू– यस शीर्षकमा छविलाल नेपाल, पृथ्वीपाल सेन लगायत ५ दर्जन कृतिकारको देहाबसान भएको वर्णन गरिएको छ ।
अध्याय पन्ध्र ः व्यक्ति समूह तथा संस्थाद्वारा प्रकाशित संयुक्त कृतिहरू–यस शीर्षक अन्तरगत  अजीवि, अशेष भट्टराई लगायतका ब्यक्तित्वको ११ कृतिहरूको चर्चा भएका छन् ।
पाल्पाका संंस्थाद्वारा प्रकाशित कृतिहरू– विभिन्न १२ संस्थाहरूले पाल्पाको साहित्यिक विकासमा योगदान पु¥याएको धारणा यहाँ आएका छन् । विनय कुमार कसजूको सम्पादनमा अभिनन्दन समारोह समितिले श्री माधवप्रसाद देवकोटा स्मृति ग्रन्थ २०४४सार्वजनिक गरेको भन्दै कृतिकार अन्य साहित्यकारलाई पनि समेट्ने प्रयास गरेका छन् ।
पाल्पालाई कर्मथलो बनाएका लेखक र सर्जकहरू–यस शीर्षकमा कृतिकाको रुपमा डा. एकनारायण पौडेल, डा. कर्णबहादुर बानियाँ लगायत २२जना कृतिकार  र फुटकर लेखनहरूमा सम्लग्न करिव दुई दर्जन लेखकले वाङ्मयको श्रीबृद्धिमा योगदान पु¥याएको विवरण यहाँ दर्शाइएको छ ।
अध्याय सत्र ः सिर्जना र गायनबाट गायक गायिकाको योगदान –
गीतगायनबाट पनि साहित्यमा ठूलो योगदान पु¥याएका हुन्छन् । कृतिकारले यस कृतिमा गीतकारहरुको विवरण तिनीहरूले पु¥याएको योगदानलाई पनि समेटेका छन् । पाल्पामा अन्य गीतकार भन्दा लोक गायकगायिकाको संख्या बढी भएको र राष्ट्रिय रूपमै चर्चितरहेको विवरण कृतिकारले नै प्रष्ट्याएका छन् । पाल्पा देउगीरका नारायण रायमाझी, दुर्गा रायमाझी,माधवलाल श्रेष्ठ, लक्ष्मी न्यौपाने, शिरिष देवकोटा लगायतकरिव साढे चारदर्जन गायकगायिका र तिनले गाएका गीतका वर्णन यस कृतिमा समावेश गरिएका छन् ।
अध्याय अठार ः लेखन सिर्जनामा विविधको योगदान –यस शीर्षकमा कृतिकारले संघसंस्थाहरुजस्तै "पुस्तक पढ्ने दलान"लगायत करिव तीनदर्जन पत्रपत्रिकाहरूमा 'अध्ययन' लगायत  ५ दर्जन, सञ्चार मध्यमहरूमा टेलिभिजन श्रीनगर लगायत ४, एफएम, रेडियो मदन पोखरा लगायत थप सातवटा अनलाइनहरूमा एकदर्जनभन्दा बढी, विद्यालय÷कलेज÷क्याम्पसका स्मारिकाहरू सयौंका संख्यामा, संस्थाका बुलेटिन÷फिचरसग्रह÷मुखपत्र÷विशेषाङ्क÷स्मारिकाहरु दर्जनौँ प्रकाशन भई वाङ्मयका लागि टेवा पु¥याएको वर्णन यस शीर्षकमा समेटिएको छ ।
अध्याय उन्नाइस ः साहित्यिक र साहित्येतर कृतिका प्रवृत्तिगत विशेषता –
यस शीर्षकमा पाल्पामा प्रकाशित भएका कविता, खण्डकाव्य, महाकाव्य, कथा, लघुकथा, उपन्यास,जीवनी निबन्ध विधाउपविधाका सिर्जनागत सार प्रबृतिलाई समावेश गरिएको छ ।
अध्याय वीस ः रहलपहल तथा समापन –यस शीर्षकमा कृतिकारले सारंसगत संक्षेपीकरण सहित पाल्पाको यथार्थता पस्कँदै लेख्छन् –"यसरी लेखन सिर्जना, गायन, वा कलाकारिताबाट लेखक,सर्जक,र गायक गायिकाहरूले वाङ्मयको क्षेत्रमा गरेको योगदान अतुलनीय, अर्थपूर्ण, अविस्मरणीय, उदाहरणीय, पैरक र महत्वपूर्ण रहेको छ । यी कर्महरूको आधारमा हेर्दा पाल्पाली  क्षेत्रको वाङ्मय समृद्धि रहेको छ भन्न सकिन्छ ।"  
अन्त्यमा –समग्रमा यो कृतिको अध्ययन गर्दा पाल्पाको वाङ्मय समृद्ध र अतुलनीय रहेकोछ  । कृतिकारले यो कृति तयारपार्दा निकै परिश्रम गरेको यथार्थता जति वर्णन गरेपनि कमी नै हुन्छ । तन मन, बचन र कर्मले गर्दा यो विशाल कृतिको सिर्जना भएको छ ।यो पाल्पाको वाङमयिक दर्पण हो भन्दा अत्युक्ति नहोला । भाषागत मिष्ठता, प्रस्तुतिगत सरलता,लेखक साहित्यकारको नाम वर्णानुक्रम अनुसार क्रमबद्धता आदिले गर्दा कृति स्तरीय रहेको छ । यस कृतिले राष्ट्रिय मात्र नभै अन्तराष्ट्रिय जगत्का ख्यातीप्राप्त लेखकहरूको समावेशीकरणले गर्दा विश्व साहित्यलाई समेटेको भान हुन्छ । विश्वका नोवलपुरस्कार विजेता, नेपालका मदन पुरस्कार विजेता आदिको समावेशीताले गर्दा कृतिलाई उचाइमा पु¥याएको छ । यो कृति पाल्पाको बारेमा साहित्यिक शोधखोज गर्न चाहने, जानकारीलिन चाहाने, जो कोही लेखक, पत्रकार, नाटककार, अनुसन्धानकर्ता, शिक्षक, प्रशासक,विध्यार्थी आदि सबैलाई उपयोगी देखिन्छ । देशभरमा जुनसुकै क्षेत्रमा बस्ने लेखन र सिर्जनामा चासो राख्ने सरोकारवाला जोकोहीलाई पनि उपयोगी छ । अर्थपूर्ण देखिन्छ । तसर्थ यो कृति पाल्पाको एउटा वाङ्मयिक दस्तावेजको रूपमा आएको छ । यसले भूत वर्तमानको बर्णन त गरेकै छ र भविष्यका साहित्यकारको लागि पनि मार्गदर्शक बन्ने छ भन्ने निष्कर्ष निकाल्दै कृतिकारले कृतिको बीट मारेका छन् । कृतिकारले यस कृतिमा उल्लेख गरेका धारणाप्रति म पूर्ण सहमत छु, किनकि पाल्पा क्षमतावान उर्जाशील सर्जकको उर्वरभूमिको साथै प्राकृतिक ,ऐतिहासिक जिल्ला हो । यस जिल्लाले सदैव आफ्नो अस्तित्वलाई उचाइमा राखेको छ ।

August 2, 2022

तेलपानी मिल्यो काती बाहर

सदानन्द अभागी
 के गनगन गरिरहेकी गुमा ?
के हुन्थ्यो र त्यही पल्लाघरे जेठा र जेठीको झगडाले कत्रो तहल्का मच्चायो ,गाउँले जोडिए, भद्रभलामी जोडिए , एकले अर्कामाथि हिलो छेपाछेप भयो । ....लाई भन्दा हेर्नेलाई लाज भने जस्तै ती दुबै छाडा पनले सबै शर्माए ।समाजलाई झगडा मिलाउन कति गाह्रो भयो । यिनै कुरा मनमा खेलेर गुनगुनाइरेकी हुम् सीता ।
सीता–भन्नत भन्छन् पतिपत्नीको झगडा परालको आगो  तर त्यहाँ त त्यत्रो तहल्का मच्चियो, दुबै जनाको तथानाम बोल्दा सबैले जीभ्रो काडे ,दुबै जनालाई मिलाए पनि जीवन सहजसँग जाला जस्तो त लाग्दैन जस्तो देखिन्थ्यो तर समाजको काम हो घर विगार्नु भन्दा घर सपार्नु अर्थात समाजलाई सुमार्गमा हिडाउनु । त्यस दिन कतिले पारपाचुके गराई दिन राम्रो भन्ने प्रस्ताव राखे र कतिले जसरी पनि यो केस यहीं  मिलाउन पर्छ भनेका थिए । मेलमिलाप गराउनु बाध्यता पनि थियो । दुबै आवेशमा थिए । गल्ती दुबैको बराबरी थियो । त्यो गल्ती भनेको दुबैले अर्काको कुरा सुन्नु नै थियो । मानिसले अर्काको कुराकाट्न कति सजिलो,  तर जेठो भन्दा जेठी निकै आवेसमा थिई । जेठीको त्यो आवेशको आगोमा तिमी होमिएकी थियौ ।  तिम्रो पनि मेलमिलाप हुनुपर्छ भन्ने नै थियो । अनि अहिले तिमी गुनगुन किन गर्नु प¥यो त ?
 गुमा –हामी महिलाले छोटो सोच राख्नु हुँदैन भनेर पल्ला घरे जेठीलाई निकै सम्झाइयो ,आमा भएपछि छोराछोरीको भविष्यलाई हेर्नु पर्छ भनियो । तिम्ले त छोडपत्र लिएर जान्छौ तर ती साना बच्चाको केहाल हुन्छ ? भनियो । तिमी जवान छौ, तिमीले दोस्रो विवाह गर्नुपर्ला , दोस्रो श्रीमानले  अर्काका छोराछोरीलाई नपाल्न सक्छ । ल बाबुको साथमा छोडो भने पनि , ऊ राँडो त बस्दैन विवाह गर्छ । नयाँ दुलहीले तिम्रा छोराछोरीलाई हेला गर्न सक्छे । ती दुई बच्चाको के दोष तिन्ले सजाएँ किन भोग्ने ?
हेर जेठी विवाह भनेको दुबैको आवश्यक्ता हो र यो एउटा जीवन बिताउने सम्झौता हो । कोही आगो बन्छ भने कोही पानी बन्दा के विग्रिन्छ । जेठा र जेठी दुबैलाई सम्झाइयो, सहमति जुट्यो र दुबैलाई घरपठाइयो । दुबैको  सुमधुर सम्बन्ध कायम छ तर जेठी आज मसँग आगो भएर देखिएकी छ । कारण केहो मलाई थाहा छैन ?
सीता –हाम्रो समाजमा कहीं कतै  जमघट भयो कि कसैको कुराकाटीहाल्न पर्ने, अति गोप्य भने पनि, गोपनियता नरहने । ती कुरा एककान दुईकान मैदान भैजाने । यसरी फैलिने क्रममा सही ठाउँमा सही सन्देश नपुग्ने गर्दा सकरात्मक सन्देश पनि पुग्ने ठाउँमा पुग्दा नकरात्मक रूपमा रूपान्तरण भै दिने हुन्छ । हामी महिलालाई त पँधेराको गफ भनेर लान्छना लागेको पाइन्छ । कसैले सकरात्मक सन्देशलाई प्रवाह गर्दा नकरात्मक प्रवाह भए होला त्यसैले जेठी रिसाइ होला । हामीले साखिल्लै भएर कसैका कुरा त गर्छौ आखिरमा मानिसको स्वभाव हो त्यो व्यक्ति  हामीसँग  भन्दा ऊ सँग नजिक भए पछि  सबै गोप्यता भङ्ग हुन्छ  । यस्तै हो कसैलाई मित्र र कसैलाई शत्रू ठान्नु भन्दा सजगता अपनाउनु नै राम्रो हो । सबैलाई बराबरी दुरीमा राख्नु पर्छ  किनकी  कहावत नै छ – 'तेलपानी मिलिगयो काती बाहिर'।        

July 17, 2022

आकाश अधिकारीको आकाश खुल्दैछ

सदानन्द अभागी
आकाश अधिकारी (साहित्यिक नाम) को बास्तविक नाम बालहरि अधिकारी हो र उहाँ पेशाले व्यवसायी भए पनि  साहित्यिक क्षेत्रमा क्रान्तिकारी मार्ग दर्शनबाट अभिपेरित कवि, गजलकार, नाटककार, लघुकथा र कथाकार, मुक्तककार,हाइकुकार र  निवन्धकार हुन् । उनको गीतलसङ्ग्रह(२०६०)  पनि प्रकाशमा आएको छ ।  
'आकाश खुल्दैछ' यो आकाश अधिकारीको कवितासङ्ग्रह हो ।  यस कविता सङ्ग्रहमा ४५ ओटा विविधताले सजिएका कविताहरू समावेश गरिएका छन् । यस कवितासङ्ग्रहको सानो भूमिका लेख्दै डा. अमर गिरीले लेख्नु हुन्छ –"कवितामा स्वतन्त्रता, समानता, सामाजिक न्याय,एवम् मानवीय गरिमाप्रति गम्भिर सरोकार व्यक्त भएको छ ।" यस कवितासङ्ग्रहको प्रकाशन गीतल प्रतिष्ठान नेपाल तथा नाटकमञ्च तनहूले  प्रकाशन गरेको छ र प्रकाशकीयमा लेखिएको छ –'जीवन र जगतप्रतिको बोध स्रष्टाको अन्तत नवजात शिशुको आगमनसँगै ल्याएको तरङ्ग यस कविताको अम्तिम रूप हो ।'
अनुत्तरित प्रश्नहरू यस सङ्ग्रहको प्रथम कविता हो । बास्तवमा सबै प्रश्नको उत्तर पाइँदैन । नेतृत्व वर्गले शहिदको आँशुलाई मूल्याङ्कन गर्न सकेका छैनन् । आँसुले विश्वासका चट्टान गाल्छ कि गाल्दैन ,तेजावले जलेको अनुाहरमा मुस्कान छाउला कि छाउदैन, बगरजस्तै लम्पसार शरीरमा भूइँ चम्पा फुल्ला कि नफुल्ला जस्ता अन्य जीवन जगतसँग सम्बन्धित प्रश्न कविले राखेका छन् । यी प्रशनको सही उत्तर त्यति सहज छैन ।
 'देश तिमी र म राष्ट्रियताले भरिएको कविता हो । आज देशमा आडम्बरी राष्ट्रियताका कुरा चलेका धन्याड्य बर्गले समनताका कुरा गरेको,शोषकले बर्गीयताकाकुरा गरेको, सामन्ती सत्ता मिल्क्याएको नव सामन्त सिर्जना गर्न हुँदैहैन तर नवसामन्त जन्मि रहेका छन् ।,मत दान गरेर चुनेको हामी माथि अधिकार जमाउन हुँदै हैन । देश सबैको साझा हो भन्ने धारण कविताले पस्केकोछ ।
 'घडी' थरी थरीका हुन्छन् सबै घडीलाइ मानव जीवनको घडीसँग दाज्न सकिदैन ।  मानव जीवनको घडीको निश्चित उद्देश्य हुछ  र सिर्जनाको लागि जीवन घडीका सुईहरू घुम्नु पर्छ भन्न सन्देश छ कवितामा ।
नयाँ सम्राट र लकडाउन – देशमा राजनीतिक परिवर्तन आयो । पुराना सम्राटलाई फ्याकियो तर नयाँ सम्राटको उदय भयो । यी नयाँ हिटलरले श्रममाथि, कर्ममाथि,पौरखमाथी,चेतनाको दीपमाथी स्वतन्त्रताको स्वरमाथि र पसिना माथी र हाम्रै रगतमा होली खेलेका छन् यो कुनै पनि हालतमा सह्य छैन भनिएको छ कवितामा ।
'लिलाममा स्वाभीमान'आजको समयमा स्वाभिमान, सपना, ममता, अस्तित्व,आत्म सम्मान, आदर्श,को संरक्षण र सम्बर्धन गर्नुको सट्टा ह्रास हुँदै गएको धारणा आएको छ कितामा ।
प्रतिगमनको अर्को झण्डा –देशमा परिवर्तन आए पनि प्रतिगमनले जे दिने गरेको थियो त्यही नै अग्रगमनबाट हुन थाल्यो । जनताको लागि कोही आएनन् तर जो जो आए आफ्नै लागि आए भनिएको छ ।
आँफैलाई नियाल्दा – सदियौंदेखि उज्यालेको खोजी रहेका,भोक रोगले सत्तिएका ती गरिबहरूलाई धनीको दरबार बाट कसरी देखिनु । हो पनी जहाँ अहम्ता छ, विभेद छ , इमान दारीता छैन तिन्ले गरिबमा भएको अठोट, कर्तव्य  त्यहाँबाट प्राप्त हुने इमान्दारितालाई कसरी देख्न सक्छन् र ? गरिवीले सत्तिएको यथार्थतालाई कविताले समेटेको छ ।
नियति – एउटा तानसँग जोडिएकी आमाले भोग्न परेको जीवनको यथार्थ पीडा जोडिएको छ । वेपत्ता भएको पति परदेशीएका छोराछोरी, खण्डहर बनेका खरको झोपडी आदि सँग जिन्दगीलाई अस्ताउन लागेको घामसँग तुलना गरिएको छ ।
खण्डित सपना –देशको विकास अधोगतिमा भएको तर सरकारको प्रचार प्रसारमा समृद्ध नेपालको ढोल पिटाई छ भन्दै कविले लेख्छन् –
साँच्चै
गाउँसँगै खण्डहर भएका छन्  
 हाम्र संस्कृति र परम्पराहरू ।
पृष्ठ ३०
  ऐनाका मनोवाद –ऐनालाई जस्ले हेर्न चाह्यो उसको यथार्थ स्वरूप देखाई दिन्छ । आफ्नो अस्तित्व केही छैन ,ऊ बोल्न सक्दैन , लाचार छ, र निरिह छ तापनि कसैले आफ्नो स्वरू हेर्न चाहेको अवस्थामा उसले यथार्थ स्वरूप छर्लङ्गसँग देखाई दिन्छ । कसैले आफ्नो स्वरूप हेर्न चाहान्छ भने  ऐना अति आवश्यक छ । कोही पनि स्वअस्तित्व नहोस् तर परअस्तित्वलाई प्रष्ट्याउन सक्ने क्षमता छ भने उसलाई पनि महत्वपूर्ण रूपमा लिइन्छ ।
रहरमा वैशको निशानी माग गरिएको छ ।
'आगो ओकाल्दै एउटा शासक बाट शोषित व्यक्तिको मार्मिक यथार्थलाई प्रष्ट्याएको छ कविताले । अपुरा सपनालाई पूर्णता दिन सहर पस्दैछ वीरबहादुर भनिएको छ ।
निष्कर्श यस कवितामा विकृतिमा प्रहार गर्दै कवि भन्छन् –
अहो !समय नजिकै आइ सक्यो
अब घोषण हुन मात्र बाँकी छ
अब विघटन हुने छ यस युगको
 विधटन हुनेछ सभ्यताको
विघटन हुनेछ मानवताको
र उदय हुने छ रोबर्ट सम्राज्यको
नदी किनार म–यस कवितामा क्रान्तिका स्वर गुञ्जिरहेका छन् । युग निर्माणको गति तीब्र भएर अगि जानुको सट्टा,उर्लदो नदीका सट्टा तलाउमा परिणत भएको र नदीमा पानी नभएर रगत बगेको अनुभूति दर्शाउँदैअस्तित्व सकिएको, निशानी मेटिएको,र बलिदान पनि निस्काम भएको धारणा आएको छ कवितामा।
पूmलको प्रश्न –बास्तवमा पूmल अर्कैकालागि बाँचेको हुन्छ । पूmलले भन्दछ– "मेरो कोमलता मेरो पहिचान हो, शालिनता मेरो अस्तित्व हो, मैले बाँचेको जिन्दगी मेरो मात्रै हुँदै होइन" भन्दै पूmलले मानिस सँग अरूको लागि बाँच्न सक्छौ भन्ने प्रश्न राख्दछ ।
मान्छे र मानवता – मानिसमा मानवता,अठोट, निष्ठा,भाइचारा,तत्वहरू मानिसबाट नहराएको भए यही पृथ्वीनै स्वर्ग हुनेथियो ।
यात्राका औचित्व –कुनै पनि यात्राको औचित्य पुष्टि हुनु पर्छ भन्ने धारणा आएको छ ।
अस्तित्व –कविताले अस्त्त्विको खोजी गरिरहेको छ । अस्त्तिव विनाको मानिस निस्प्राण नै हो भन्दै कविले लेख्छन् –"जस्को अस्तित्व छैन उसको उपयोगिता छैन, सायद मानिसहरू अस्तित्वको खोजिमा छन् र उपयोगिता पर्खिरहेका छन्। "
विचित्र मित्र –यस कविताले एउटा जडेहा मित्रको व्यवहार रक्सी सेवन गर्दा र नगर्दा फरक छ र सथीलाई लडाउने मौका खोजेर बस्छ । अर्को साथीले भन्छ – "याद गर मित्र मलाई सिध्याउने खेलमा तिमी आँफै सकिदै छौ ।" जगतको भलो त आफ्नो भलो भन्ने उखान नै छ ।
आकाश खुल्दै छ –यसै कविताको नामबाट यस कृतिको नामाकरण गरिएको छ । यस कविताले परिवर्तनको बारेमा संकेत दिएको छ ।
मानिसका ेतरबारको धारले लेखेको इतिहास
कलमको निवले पूनर्लेखन गर्दै गर्दा
आविस्कारको बाटोमा हिडेपछि
आफ्नै अस्तित्व गुमायो मान्छेले
......
 अव आकाश खुल्देछ , संभावनाका ढोकहरूखुल्छन् । परिवर्तन आउने छ भन्ने धारणा आएको छ कवितामा ।
मानुङकोट – मानुङकोटलाई सन्तको बिम्बको रूमा लिँदै चेपिएर पनि शालिन, दबिएर पनि सौम्य, दुखेर पनि धैर्य, आवेगमा पनि स्थिर र सुन्दर छ मानुङकोट भन्ने धारणा आएको छ ।
मान्छे नबनेको मान्छै – पुर्खाहरू स्वतन्त्र भएर हिडे पिथेकस् बनेर चाहार्दै तेन्जिङ, हिलारी सगरमाथा चढे,कोलोम्बसले अमेरिका पत्तालगाए, तर आजको भूमण्डलीकरणको युगमा मानिस गुलाम बनेर दासता बोकेर, मानिस प्रभुहरूको दरबारमा लाम बद्ध हुनु हुँदैन र त्यस्तो मानिस बन्न पनि हुँदैन भन्ने धारणा आएको छ ।
 सभ्यताको क्रमभङ्ग–आजको नेपालको  यथार्थतालाई केलाउँदै विश्वव्यापी रूपमा राज्य सत्तामा बस्नेहरू हिटलरको रूप लिएर च्याम्बरमा रासायनिक  गर्भ धारण गर्दै छन् र हिजोको सभ्यताको क्रम भङ्ग भएको छ भन्ने धारणा आएको छ कवितामा ।
सुनौलो विहानी– सदियौंदेखिका आकान्छाहरू गर्भमा नै तुहिएपछि आमा रुनु स्वभाविक हुन्छ । देशको भूमि रक्तमय भएपछि  आमाको रुवाइको स्वर बढ्नु पनि स्वभाविकै हो । हाल परिवर्तनको सुभसंकेत देखिएका छन् ।  कमलो घाम र सुनौला विहानी भर्खरै जन्मिएको धारणा आएको छ र अब सुधारको संकेत मिलेकोमा आशावादी देखिन्छन् कवि ।
 नियतिको मार्ग –वर्तमान परिपेक्षमा विकासका सबै मार्ग मेटिएपछि अथवा मार्ग भूलिएपछि मानिस स्तब्ध हुनु स्वभाविक हो । शान्तिको प्रतिक भगवान बुद्धले यी क्रियाकलापलाई तथा तमासालाई हेरिरहेको छन् भन्दै यस युगका  मानिस तथा भगवानले  आफ्नै दाह संस्कारका लागि अन्तिम तयारीमा जुटेका छन् भन्ने धारणा आएको छ कवितामा । कविले सृष्टि र सिर्जनाले  सवल कर्ममा अगाडि बढ्न नसकेकोमा चिन्तित देखिन्छन् ।
सम्बन्ध– कविको धारणा  सबैको सबैसँग सम्बन्ध छ र जिन्दगी र जिन्दगीसँग  बराबरीको इतिहास छ सम्बन्धको जालोमा सबै रुमलिएको धारणा आएको छ कवितामा ।
बिबेक र मान्छे –बिबेक  छ त मानिसको अस्तित्व छ जब बिबेक हुँदैन तब मानिस त रोबर्ट सरह नै हुन्छ भन्ने धारणा छ कवितामा ।
स्मृतिमा टुटेका सपनाहंरू– नेपालको राजनीतिक यथार्थताको  वर्णन गर्दै  देशमा सत्ता परिवर्तन भयो पात्रहरू फेरिए तर प्रवृत्ति फेरिएको छैन ।चित्र फरक देखिए पनि चरित्र उही छ भन्ने धारणा  आएको छ कवितामा
सरकारका सुगाहरू–  यस कवितामा वर्तमान विक्रितीमा व्यङ्ग कसिएको छ सरकारको अकर्मण्यताको कारणले गर्दा सबै कामहरू अलपत्र छन् । सुगा रटाइमा बहुदृष्टि हुँदैन तर सरकारले काम उच्चाइमा पुगेको दावी सुगा रटाइ सरह नै छ । यसमा कविले  भन्छन् –"थुप्रो त फोहोरको पनि हुन्छ" भन्न धारणा आएको छ । सवल र सफल कामको उच्चाइको चाहना छ कविको ।
अन्तिम सम्बन्ध – अस्तित्व अपहरणमा पर्नु,अस्मिता बलत्कृत हुनु , सबै आफ्नो आफ्नो स्वार्थमा लिप्त भएको अवस्थामा,आमा मृत्य अवस्थामा छिन्  यस अवस्थामा आमाको लाश माथि एक थुँगा पूmल  चढाउनु छ र आमाको अर्थी उठेपछि हामी बीचको भाइचारा समाप्त हुनेछ ।    
 अन्तिम दृश्य – यस कवितामा कविले प्राकृतिक संरचना र मृत्युलाई समेट्दै मानव जीवनका यथार्थ घटनालाई समेट्ने प्रयासगरेका छन् ।आमाको अन्तिम घडीमा बाबाका आँखा रसाइरहेको अवस्थको यो कारुणि व्यथालाई कविले यसरी धारणा पोख्दछन् –
–"जीवनमा न भोगेको नियति
अनौठो लागिरहेको थियो
युग रोइरहेको अन्तिम दृश्य ।"
देश खोज्दै –"म देश खोज्दै कहाँ मात्र पुगिनँ" यस कथनमा कवि देशखोज्दै विश्वका विभिन्न ठाउँमा पुग्छन् । अनगिन्ति भेटिन्छन् । देशले जन्म दर्ता, नागरिकता राहदानी बेच्ने अड्डाको रूप नभएर गास बास कपासको आपूर्ति र देश प्रेमको जागरण गराउन सक्नु पर्ने धारणा आएको छ कवितामा ।
आस्थाको आयम–"आडम्बरी शासक,निमुखा रैती र निर्देशित राज्य कसरी स्वतन्त्र हुन सक्छ ?" भन्ने प्रश्न राख्दै आजको राज्य सत्तामा बस्नेहरूलाई सतर्क गराउँदै कवि भन्छन् –"होस् पु¥याउनु होस महोदय साच्चिकै मान्छेहरू क्रुर शासक भन्दा हजारौं गुणा चलाख छन् आस्थाको आयमभन्दा दुई कदम अगाडी नै छन् ।" बस्तवमा जनताको शक्ति अगाडी संसारका कुनै तानाशाह टिक्न सकेका छैनन् ।
मृत मानवता – आधुनिक परिवेशलाई नियाल्दै मानिसमा हुनु पर्ने  मानवता सृष्टिको सुन्दरतालाई कैद गरेर आजको विध्वसको च्याम्बरमा  सवार हुँदा पल पलमा मानवता मरिरहेछ भन्ने धारणा छ कवितामा
अवस्था –शासक बर्गले देशको ढुकुटी रित्त्याइ रहँदा कर्णालीमा, महामारी भोकमरी,सिटामोलको अभाव जीवन जलको अभाव,रेमिटेन्सले धानेको अर्थतन्त्र र अवोध बालिकाले सोधेको सरकार भनेको केहो भन्ने प्रश्नमा कविले छोरी र देशको मान चित्रलाई हेरिरहेको धारणा आएको छ कवितामा  ।
मन – यस कवितामा मन भनेको के होइन , यो ईश्वर हो, मठ मन्दिर हो, दृष्टिकोण,  दृष्टि विन्दु,चिन्तन, चेतना, भोगाई महसुस, भूत वर्तमान र भविष्य, आकाश, धर्ती, हावा, पानी र मन मनै हो र जीवन हो भन्ने धारणा आएको छ कवितामा ।
भ्रुणहरूंको विद्रोह –यस कवितामा आजको समयमा भ्रुण हत्त्यामा देखिएको विकृतिलाई प्रष्ट्याउने प्रयास गरिएको छ । कुमारी आमाहरूले आपूmले नै गर्भ धारण गरेको भ्रुणलाई  अस्वीकृत ठान्दा भ्रुणहरूले जन्मदेऊ, समाजसँग  विद्रोह गर्ने धारणा र आमाहरूले, छोरीहरूले सबैले विद्रोह गर्नुपर्ने भनिएको छ । भ्ूणहरूले साकार रूप लिन पाउनु पर्छ भन्ने धारण आएको छ कवितामा
वाध्यता – भोको बाध्यताले गर्दा युवा मरुभूमि खोतल्न दगुर्दा घरकाले भोक मार्न विषालु च्याउ खाँदा सदाको लागि लामो यात्रा गर्दछन् घरपरिवार । विदेशीएको फर्कने नफकैने थाहा छैन तर भोकसँग हारेका भने फर्कने छैनन् भन्ने धारणा आएके छ कवितामा ।देशमा देखिएको भोकमरिको समस्यालाई समेटेको छ कविताले।
शहरी बच्चाहरू–शहरी बच्चाहरू भानुभक्तको जिर्ण घरलाई नियालेर सेल्फी खिच्नेर जिर्णघरको अवस्थालाई हेरी आदि कवि त चित्रकार पनि रहेछन् पुन अर्को बालकले भन्छ क्या कलात्मक घर आदिकविको यस घरको जिर्ण अवस्था र सहरका बालबालिकामा गाउँ देशमा भएका भवनको जिर्णोधार ज्ञान नभएकोमा व्यङ्ग कसिएको छ ।
पानी जिन्दगी– यसकवितालाई कविले पानी र जिन्दगीको तुलना गरेर पानी जस्तै हो जिन्दगी भन्ने धारण दिएका छन् । बास्तवमा पानीको आवश्यक्ता हरेक क्षेत्रमा हुन्छ । पानीले भिजाउँछ,बगाउँछ, डुवाउँछ । यी यथार्थता मानव जीवनमा पनि लागु हुन्छन् । कविले पानी जिन्दगीजस्तै हो रजिन्दगी पानी जस्तै हो भनि तुलना गरेका छन् ।
मुर्दा घरमा एकछिन– मुर्दा घरमा राखेको लास व्यवस्थापनको वर्ण गरिएको र भनिएको छ । मरेर पनि बाँच्न पाएमा मात्र जीवन सार्थक हुन्छ भन्ने धारणा आएको छ कवितामा ।
अस्तित्वको खोज– पहाडसँग मितेरी लगाएपछि हिउँ र हिमालको अस्त्त्वि दर्शिएको हो । एकातिर हिउँको कारण पहाड सुन्दर दर्शिनु  अर्कोतिर पहाड गर्भमा रहनु तथा पहाडको अस्तित्व नदर्शिनु । त्यसो हुँदा यथार्थमा अस्तित्व विलिन हुन थालेकोमा पहाडलाई हिउँ बोझ हुन स्वभाविक हो । कविले यस विषयमा प्रश्न राख्छन् –"अग्लिनु पग्लिनु र बग्नु सत्य हो त?"
अस्तित्व – यस कृतिको यो अन्तिम कविता हो । कविले कुनै चिज अस्तित्वमा आउनु र विलाउनु स्वभाविक जस्तो लाग्छ भन्दै उदाहरणको रूपमा कविले प्रस्तुत गर्दछन् –"जसरी हावामा बहकिएर सकिन्छ पूmलको सुवास, ठिक त्यसैगरि एकदिन समाप्त हुने छ अस्त्त्वि ।" अस्तित्वको जगेर्ण तथा बचाएर राख्नु पर्छ भन्ने धारणा आएको छ कवितामा ।
सबै कविताको मैले बुझेको सारभाव माथि प्रस्तुत गरेको छु । कविता वर्तमान परिपेक्षमा लेखिएका छन् र विविध पक्षलाई समेटिएका छन्  । देशमा परिवर्तन भयो तर यो परिवर्तनको स्वाद जनताले उपभोग गर्न पाएनन् । जसको कारणा शासक दर्विलो हुँदै गए । जनता र राष्ट्रको सवलीकरण हुन सकेन । शासकको सक्षम नेतृत्वको कमीले गर्दा देशको विकास मार्ग अवरुद्ध भयो । शोषक र शोषित बीचको अन्तर द्वन्द्वले गर्दा  शोषित बर्गहरू कहिल्यै माथि उठ्न सकेनन् । कविका शब्द शब्दले  विद्रोहका भावहरू दर्शाएका छन् ।भ्रष्टचार निर्मुलका धारणा आएका छन् । कविको चाहना प्रकाशिलो जीवन, समृद्धशाली देश, सक्षम जनशक्ति, विदेश पलायन नभएर स्वदेशमै गास, बास, कपासका,े आपूर्ति जनताले पाउनु पर्ने नैसर्गिक अधिकार हो ।यसमा कविका धारणा प्रष्ट आएका छन् । सहिदका सपना अधुरै रहे, सहिदको आँसुलाई शासक वर्गले मूल्याङ्कन गर्न सकेन,  देश साझा हो र देश विकासमा सबैको सहभागिता हुनु पर्दछ । आडम्बरी राष्ट्रियताले राष्ट्र बलियो हुँदैन,पुराना सम्राटबाट देश विकास हुन सकेन जनता स्वतन्त्र हुन सकेनन् भनेर नयाँ सम्राटको चयन भयो तर  यी नै नयाँ सम्राट हिटलर बनेर अगाडी आएर जनताको रगतमा होली खेल्न थाले जनताले यस्तो गतिविधि कसै चाहेकै हैनन् । जनताले दासत्वबाट मुक्ति खोजेका हुन् । बास्तवमा प्रतिगमन र अग्रगमनमा कुनै फरक नदेखिनु जनता र देशको लागि हितकर हुने कुरै भएन । कविले गरेको महसुसमा स्वाभीमान लिलामी भएको छ र मानवता हराएको छ । यस देशबाट मानवता नहराएको भए  देश स्वर्ग बन्ने थियो भन्ने कविको दृढ विश्वास छ ।
एउटा क्रान्तिकारी धारणाले सजिएका कविताका हरेक शब्दले मानव जीवनमा उत्साह पैदा गर्दछ । कविता सरल शब्दमा लेखिएका छन् । कतै कवि प्रतिकको रूपमा प्रस्तुत भएकाछन् भने कतै प्रतिबिम्बतित धारणा ओकल्न पछि परेका छैनन् ।  कविता पठन योग्य छन् ।
अतः कविका भावनलाई जति विश्लेषण गरे पनि कमि नै हुन्छ । त्यसो हुँदा कविको भावना अझै सुदृढ बनोस् नयाँ नयाँ कविता पढ्न पाइयोस् र भावी जीवनको उज्व्लताको कामना सहित विदा चाहान्छु  ।

July 14, 2022

भानुप्रति श्रद्धाञ्जलि

भानुभक्त आचार्यको २०९ जन्मजयन्तीमा वाचन गरेको कविता
भानुप्रति श्रद्धाञ्जलि
सदानन्द अभागी
भावपूर्ण श्रद्धाञ्जलि भानु तिम्रो सम्झनामा
हामी अघि बढेका छौं तिम्रै महान भावनामा
भाषा विस्तार एकिकरण तिम्रो पहिलो नाम आउँछ
विश्व सामु गोर्खालीले वीरताको छानो छाउँछ
साष्ट्र अनि राष्ट्रियता जहाँ हुन्छ सवलता
त्यही देशको साहित्यमा देखिन्छ है प्रवलता
तिम्ले रोप्यौ अमृतवृक्ष एकताको प्रतिक बनी
अमृत पान सवले गरे अमरत्व छाए अनि
संसारको कुनाकाप्चा जहाँ जहाँ नेपाली छन्
तिम्र भाव धारणमा सुन्दर गीत गाएका छन्
आदिकवि बन्न गयौ यसको अन्त्य कहिल्यै हुन्न
तिम्रो महान धारणालाई कुनै जलले कहिल्यै धुन्न
तिम्रो महान योगदानमा स्मरणका गीत गाउँछु
एक एक बुँद रक्त सहित श्रद्धासुमन चढाउँछु ।

May 18, 2022

खाऊ खाऊ सम्धी पैंचे गास

सदानन्द अभागी
आज धेरै दिनको अन्तरालमा बेलुकाको घाम डुब्नै लागेको वेला थियो । भीमा पटाहामा बसेर बेलुकाको खाना बनाउने सोचमा थिइन् । घरको अगाडी अटो आएर अडियो । एउटी बूढी महिला अटोबाट ओर्लिइन र हातमा सानो पोको समाउँदै भीमाको घरतिर बढिन् । भीमाका आँखा त्यतैतिर गए । पहिला त को हो को हो बूढा नजरले ठम्याउन गाह्रै लाग्यो । जति जति सीमा घरको नजिक पुग्न थालिन्  उति उति भीमालाई चिन्न गाह्रो परेन बरु उनका आँखा खुसीले रसाए । उनी सीमालाई चिनेपछि हर्षका आँसु बगाउँदै अंकमाल गर्न पुगिन् । दुबै अङ्कमालमा बाँधिए र दुबैका आँखा बाट आँसु बग्न बाहेक कुनै आवाज निस्केन । भीमाले आप्mना बाहु अलग्याएर सीमालाई घरतिर डोरयाइन् । दुबै बहिनी पटाहामा पुगेपछि एक आपसमा सञ्चो विसञ्चो सोधनीमा लागे । सीमाले भनिन् –"घरमा को छ र म नै हुम् ,सञ्चै छ्ु ।" सीमाले भीमालाई पनि सोधिनकि यताकस्तो छ    भीमाले पनि "भिना र म हो के रे ? सञ्चै छन्" भनिन् ।
धेरै वर्षपछि तिमीले बाटो बिरायौ । मैले बाटो बिराउन कहिल्यै जानिन । तिमीलाई मात्र आइनौ भनेर के गर्ने म गएको भए पनि हुन्थ्यो क्या रे ! म कहिल्यै घरबाट बाहिर निस्कन पाएको हैन । बस, म चिया पकाएर ल्याउँछु , भोक लागेको होला ? दुई चार दिन बसौली के रे ?" भन्दै भीमा भित्र प्रवेश गरिन् । केही बेरमा नरनाथ आईपुगे । पटहामा सालीलाई देखेर  निकै खुसी भए । सालीले उठेर अभिवादन गरिन् । भीमाले चिया लिएर आइपुगिन् । सबै सँगै बसेर चिया पिउने काम भयो ।
खानपिन भयो । पुसको महिना थियो । नरनाथ खाना खाएपछि विस्तरा तताउन गए । दुबै वहिनी अगेनाको छेउमा बसेर अतितका घटनाक्रमहरू केलाउन थाले । दुबै दिदी बहिनीको उमेर दुई बर्षको अन्तर थियो । भीमा जेठी थिइन् र सीमा कान्छी थिइन् । गाउँको बसो बास थियो । पढ्ने चलन त्यतिवेला थिएन । बाबु पल्टनका लाहुरे थिए र आमाले घरको काम गरेर सासू ससुरालाई सेवा गर्नु र छोराछोरीलाई पालन पोषण  गर्नु थियो । निकै कष्ट गरेर आमाले दुई छोरा र दुई छोरीलाई हुर्काइन् । भीमाका हजुरबाले  नातिनीको गोडाको जल खाएर मर्न पाए स्वर्ग जाने थिएँ भन्दै छोरालाई छुट्टी लिएर छोरीको विवाह गर्न बोलाए । आपूmले केटो खोज्ने काम गरे । केटो पनि टाढा नभएर घरकै नजिकको सोभारामको छोरा नरनाथलाई नातिनी विवाह गरि दिने सोच राखे । भीमाको विवाह आठ वर्षको उमेरमा भयो । नरनाथ पनि ९ वर्षका थिए । विवाह गरेर बनारस गएर पढ्न थाले  शास्त्री पास गरेर नेपाल आए । जागिर खाने सोच बनाएनन् उनले कर्मकाण्ड गराउनमा व्यस्त भए । भीमा कहिल्यै एक्लै बस्न परेन ।
भीमाका दुई भाइ छोरा र एक बहिनी छोरी जन्मिए । छोरालाई अंग्रेजी पढाइयो । स्कुलमा माष्टर बने, सरकारी जागिर खाने इच्छ्या कहिल्यै गरेनन् । माष्टरी पेशामा लाग्दा लाग्दै विवाह भयो, डिभीको लागि फारम भरे र डिभी परेपछि  सपरिवार अमेरिका तिर लागे । छोरीको विवाह नजिकैको अधिकृतसँग गरिदिए । छोरी पनि सुखी जीवन बिताइ रहेकी छन ् हाल नरनाथका बुढा र बुढी मात्र घरमा छन् ।
सीमा बढ्दै गइन् आमाकी सहारा बनिन् । बाबुले कान्छी छोरीलाई पल्टनकै लाहुरेसँग विवाह गरिदिने बिचार गरे । आपूmलेनै लगेर भर्ना गरिदिएको केटालाई छुट्टिमा लिएर आएर सीमालाई विवाह गरिदिए । उमेरमा दुबैको ठूलो अन्तर थियो । सीमाका सासू ससुराले विवाह भै गयो अव अँगलाभरीकी केटे भगाएर लिएर जाने सल्लाह दिए तर सीमाको श्रीमानले आँट गर्न सकेन । सीमाले सौता वेहोर्न त परेन तर घरकाको बुहार्तन भने निकै भोग्न पर्यो । दिन बित्तै गए । सीमाका पनि दुई भाइ छोरामात्र  जन्मिए । दुबै बच्चालाई डेहरादूनमा लगेर पढाइयो । राम्रो अध्ययन गरे ।दुबै राम्रो शिक्षा हाँसिल गरें एउटा डाक्टर र एउटा इन्जिनियर भएर भरतमै जागिर खान थाले । दिदीबहिनीले आप्mना आप्mना वेदना खोल्दा खोल्दै सीमा एक्कासी रुन थालिन् । भीमा यो देखेर निकै आत्तिदै सोध्न थालिन् –"सीमा किन यसरी रोएको ?"
सीमाको अझै जोड जोडले रुन थालिन । भीमाले निकै सम्झाए पछि सीमाले भन्न थालिन –"दिदी तिमी त निकै भाग्य मानी । भिनाजु हुनुहुन्छ । छोरा टाढा भए पनि छोरी त नेपालमै  छिन्  । मेरो कलकलाउँदो वैंसमा  तिम्रा जुवाई भारत पाक युद्धमा मारिए । एउटा छोरो दुई वर्षको थियो ।  २० दिनको विदा लिएर आएको हुँ, भारतमाथि आक्रमण हुने हल्ला सुनिरहेको छु  आजभोली नै आवा आउन सक्छ भन्दै हुनुहुन्थ्यो ।  साँच्चि नै उहाँ आएको तेस्रो दिन एउटा कागज लिएर आवाको मानिस आईपुग्यो । उहाँले आवा पढ्नुभयो र निधारमा हात लगाएर झोला कस म त जान पर्यो  भन्न थाल्नु भयो । यो नै मेरो उहाँसँगको अन्तिम मिलन थियो । झोला बोक्नु भयो आँखाबाट बलिन्धारा आँसुझार्दै छोरालाई राम्रो स्याहार गर्नु, आप्mनो शरीरको पनि ख्याल गर्नु, बाँचे आउने छु मरे यत्तिकै नै अन्तिम मिलन भयो भन्दै झोला बोकेर उहाँ हिड्न थाल्नु भयो म मूर्छा परें छु र घरका परिवार कस्ले मलाई स्यहार गरो मलाई थाहा भएन । उहाँ गोरखपुरमा गएर हाजिर हुनु भयो ।
दिन बित्तै गए मेरो शरीर पनि डोलिदै गयो । ऋतुदान दिनमात्र उहाँ आउनु भएको रहेछ । समयक्रममा छोरा जन्मो । भारत पाक सीमानामा  घमासान युद्ध भयो । बहादुरीको साथमा लड्नु भए छ । निकै शत्रु मार्नु भएछ । शत्रुहरूको वेगलाई रोक्न सफल हुनु भए छ तर अन्तिममा आतङ्ककारीले राखेको वम पड्केर उहाँको शरीर छतविछत भएछ ।  यस
 वि.वि.सी. रडियो सुन्ने गर्दथेंं । दिनको भोक पनि थिएन र रातमा निद पनि थिएन । ज्यान सुक्दै गएको थियो । समय भए पछि पेटको शिशु पनि पृथ्वीमा झरो । त्यो शिशु छोरै थियो ।
आज एकाविहानै घरको अगाडी कौवा करायो मन निकै डरायो, दिउसो हुलाकीले खाम घागोले बाँधेको पत्र लिएर आयो ।त्यो पत्र देख्ने वित्तिकै म वेहोस भएँछुु । निकै वेरपछि होसमा आउँदा गाउँलेहरू जम्मा भएका थिए । सासू पनि वेहोस् हुनुहुन्थ्यो भने ससुराले छोराको क्रिया गर्न तयारी गर्दै हुनुहुन्थ्यो । क्रियाकर्म सकियो । उहाँले पाउने रकमलाई घरकाले बाँडफाँडलाई कुरा उठाउन थाले । यो रकम टुहुरा बालको खातामा जान्छ । बँडफाँड हुँदैन भने पछि म घरबाट अपहेलित हुन थाले । घरबाट निकालियो  । एकल नारी दुई दुई ओटा बालक सहयोगी कोही भएनन् ।  
गोर्खा फौजले शत्रुहरूलाई रोकेर भारतलाई शत्रूबाट जोगाएको हुँदा मृतकको परिवारलाई केही सहयोग दिने भएकोले गर्दा प्राप्त सहयोगले  छोरा हुर्काएँ, पढाएँ , विवाह गरिदिने बिचार गरेको त फेसबुकले लमीको काम गरे छ । छोरालाई विवाहको कुरा राखे । आमा विवाहको लागि त मैले केटी  तयार गरेको छु । हजुरलाई जानकारी दिनमात्र बाँकी छ ।  मैले छोरालाई भने –"बाबु पानी खानु मूलको  र विवाह गर्नु कुलकी छोरी भनिन्छ । नानी कस्की छोरी हुन् ? तिमीलाई थाहै होला हतारमा विवाह गर्नु जीवनभरी पछुताउनु हो ।" "आमा हामी दुबैले प्रेम गर्दछौं । हामीले हजुरले स्वीकारगर्नु भएमा विवाह घरबाट गर्ने  नत्र भने हामी आप्mनै तरिकाले अदालती विवाह गर्दछौं ।" म विवस भएँ छोराको इच्छा अनुसार नै विवाह भयो । "दिदी जेठो छोरो जस्को मुख हेरेर बाबुलाई भुलेको थिएँ । कान्छोले भन्दा जेठोले मेरा दुःखलाई देखेको थियो ।त्यसो हुँदा उसले निश्चय पनि मेरो पीडालाई बुझ्ने छ बुहारी आएपछि अझै सहज होला भन्ने सोचेकी थिएँ ।  विवाह गरेर परिवारलाई साथमा लिएर जागिरमा लाग्यो ।"
" दिदी समय वित्तै गयो । कान्छाले पनि पढाई सकाएर घरमा आउँदा त एउटी भारतीय मूलकी केटी देहरादुनबाटै  लिएर आयो  । बुहारी हो । टिका लगाइ दिनुोस् भन्यो । म अकमक्क परें । के गरुँ के गरुँ भयो । नबोली टिका लगाई दिएँ । नेपाल घुम्न भनेर आएका रहेछन् । घुमे र भारततिरै लागे ।
  आज म वेसहारा बनेकी छु । छैनन् दुईभाइ छोरा छन्, बुहारी छन् तर छन् भनु भने तिनीहरूसँग  म कसरी अट्ने ।
भीमाले सीमालाई भन्छिन् –"समय परिवर्तनशील छ । हाम्रो समय जस्तो  कठोर समय छैन । हामीले भोगेका पीडाहरू आजकाले भोग्दैनन् । प्रेम विवाहमा ठाउँ ठाउँमा ठूला ठूला समस्याहरू पनि देखिएका छन् । तिम्रा मनमा भएका रहरहरू अवस्य मरेर गए । तर छोराहरूको चाहनालाई पनि हामीले ख्याल गर्नुपर्छ । तिमी हामी पुरानो परमपरामा भएकाहरूलाई सहजै परिवर्तन हुन फलामको चिउरा चवाउनु सरह हुन्छ । त्यसो हुँदा सीमा तिमीले छोरालाई आफ्नो परमपरा, आमा बाबुप्रति छोराको दायित्व के हो  र जातीय संस्कारलाई भुल्न हुँदैन भन्ने पाठ समयमा पढाउन सकिनौ ।  अझै पनि केही विग्रेको छैन । अब आजको नयाँ परमपरामा छोरा बुहारीलाई मन पर्ने काम गर्नै पर्छ  र तिमी तिम्रा छोरासँग अड्न सक्छेऊ । हो म यो पनि तिमीलाई भन्छु । हाम्रो समाजमा सासू र बुहारीको सुमधुर सम्बन्ध कमै देखिन्छ । त्यसमा पनि तिमीले गहन भूमिका खेल्न सक्नुपर्छ । एउटी नमुना सासू बन्ने प्रयास तिमीले जन्माउनु पर्छ ।" यसरी भीमा र सीमामा लामो गफ भए । भीमाले सीमालाई आफ्नो घरको समस्यालाई पनि लुकाइनन् । उनले जेठी बुहारीलाई बुहारी नभनी छोरी भनेर व्यवहार गरिन् तर पनि सुमधुर सम्बन्ध देखिन धौ धौ भयो । उनले बुहारीलाई थुप्रै कुराहरू दर्शाइन् । तिमीहरूले सासू ससुरालाई सेवा गर्नु भनेको परम लगाउनु हो । त्यो परम तिम्रा छोराबुहारीले तिमीलाई  तिर्छन् यदि तिमीहरूले  सासुससुरासँग नराम्रो काम गर्नु भनेको तिम्रा छोराछोरीलाई सिकाउनु हो । तिमीले जे सिकाउछ्यौ छोराले त्यही सिक्छन् , तिम्रा पनि दुई छोरा छन् । सीमा मैले जेठी बुहारीलाई भनिदिएँ –"खाउ खाउ सम्धी पैंचा गास"