August 21, 2024

बहुदल आयो गणतन्त्र आयो
गरिब जनताले आज के पायो
जति बिरोध गर नेता छन् चुप
आपूm आपूm मिली भाग बण्डा लायो
गाइजात्रा देशमा चलिरहेछ
भ्रष्टचारको बत्ती बलिरहेछ
किन हो कुन्नी सबै मौनतामा छन्
निर्धक्क भ्रष्टचार बढिरहेछ 

August 17, 2024

व्यक्तिवादी मुद्दा बोकी नगर है त्र्रmान्ति
व्यक्तिवादी मुद्दा बाट आउँदैन शान्ति
सफलता प्राप्त हुन्छ  सर्वहित मुद्दा
त्यसैबाट नफैलियोस् जनतामा भ्रान्ति

आजभोली चर्कदो छ धार्मिक युद्ध हेर
मानबता हराउँदो छ काटमार धेर
हिंसामार्ग त्याग्नै पछ सुमार्गलाई धर्न
सर्बहित धर्मकर्म बुझौं नगरी बेर

August 10, 2024

आजका बाहरू

कथा
सदानन्द अभागी

आजका बाहरू र हिजोका बाहरूमा के  फरक देखिन्छ र ? निकै फरक  । हेरम् न डाँडाघरे साहिँला को जीवन इतिहास र पल्ला बारीका माहिलाको दैनिक जीवनी । आकाश पातालको भिन्नता । विकासमा भनौं या संस्कारमा या अध्ययनमा भनौं पेशामा ।  डाँडा धरे साहिँलाको जीवन इतिहास निकै रोचक छ । ऊ राजनैतिक हिसावले हेर्दा राणा शासनमा जन्म्यो । पेशाको सिावले ऊ खाटी किसान थियो । उसका घरमा २ हल गोरु थिए, आठ भैंसी थिए ।  घरमा काम गर्ने श्रीमती छोरा ४ भाइ र बुहारी चार थिए । बसीखाने र सेवागर्न पर्ने बा र आमा अति बृद्ध थिए । राणाशासन भए पनि गरिखाने सिधासाधा जनताको लागि त्यति असहज थिएन । थाकखोलाको नून र बटौलीको मटितेल साहिँलाले बर्षमा एकदुई पटक लिन जान पथ्र्यो । धेरै घिउ भएमा छोरा साना छँदा दुई पटकसम्म बटौली जानु पथ्र्यो । छोरा ठूला भएपछि छोराहरू बटौली जाने गर्दथे । साहिँलाले आमाबाको राम्रो सेवा गर्दथे । साहिँलाले बाबालाई र साहिँलीले सासूलाई शरीरमा मालिस गर्दर्थे । समयमा खाना खुवाउने र रोग अनुसारको वनस्पतिको पहिचान गरी जडीबुटी खोजी औषधी उपचार गर्दथे । सबै जना स्वस्थ थिए । घरमा राम्रो संस्कार बसेको थियो । छोराबुहारीलाई पनि साहिँला साहिँले आफ्नो रीतिरिवाजलाई अक्षरस लागु गराएका थिए । समयको परिवर्तको साथ साथै राजनीतिक परिवर्तनले पनि बाटो लियो राणाशासन ढल्यो प्रजातन्त्र आयो। स्कुलहरू खुले, पढ्नुपर्छ भन्ने लहर चल्यो । कान्छो छोरा सानो थियो । पढ्न पठायो । ठूलो छोराबुहारीका छोराछोरी जन्मी सकेका थिए । ती पनि पढ्न जान थाले । माहिला र साहिँला छोरा भारतीय सेनामा भर्ना भएका थिए । घर सम्पन्न थियो । यसै कर्ममा दिन वित्तै गए घरमा काम गर्ने छोरा बुहारीको आयस्रोत भनेको कृषि हो तर त्यो भने बाकै अधिनमा हुन्थ्यो । त्यो धनमा सबैको हक लाग्थ्यो । लाहु्रेहरूको कमाई बढी हुन्थ्यो । जे दिन चाहान्थे घरमा दिन्थे राख्न चाहेको उनकै साथमा हुन्थ्यो ।
संयुक्तपरिवारलाई व्यवस्थापन गर्न सहज थिएन । लाहुरेहरूका श्रीमतीले आफ्ना श्रीमानको कमाइ भएको देख्थे, छुट्टिन रहर गर्थे । साहिँलाले पनि सबै गतिविधि हेरेर अनि छोरा आएपछि अलग अलग गराइ दियो । यस्तै हो जेठो मर्कामा प¥यो । बुढाबुढीले पुरानो घर र कान्छो छोेरो समाते, छोडेको अंश व्यहोर्ने जेठो बन्यो । न त सम्पत्ति नै थियो न घरगोठ । साहिँलो धेरै बुढो भएको थिए धेरै बाँच्न सकेन । ऊ म¥यो । गाउँका इष्टमित्रहरू जम्मा भए । मुर्दा लाँदा बाटो अगाडि लाने चलन थियो । एक थान बाटो मगाइयो । बाटो तन्काएर फिजाइयो । मलामीहरूको लस्कर पनि धेरै लामो थियो । मलामी र बाटोको लम्बाइ देखेर बाटोमा हेर्नेवालाले धनी घरको कुनै भद्रभलाद्मि होला भनेर काने खुसी गर्न थाले । जीवित छँदा पनि साहिँलाको इज्जत राम्रै थियो । घाटमा मलामीहरूले साहिँलाको गुनको बयान गर्न थाले । छोरो जेठाको पनि सबैले खुला दिलले प्रशंसा गरे । एकले भन्यो पितृभक्त रहेछ । अर्काले भन्यो बाबा आमाका निकै सेवा ग¥यो । अर्कोले भन्दै थियो छोरो होस् त यस्तो पो !
पल्लाबारीका माहिलाको जन्म नेपालको विकासको क्रम धेरै अघि बढिसकेको थियो । स्कुल कलेज र विश्व विद्यालय खुलिसकेका थिए । ठाउँ ठाउँमा पक्की सडकहरू निर्माण भै सकेका थिए । पढ्न चाहाने र पढाउने क्षमता भएका हरूले छोरा छोरीलाई उच्च शिक्षा गराइ रहेका थिए । माहिलाले पनि वि.ए. पास गरिसकेको थियो । ऊ पल्लाबारीकै माध्यमिक विद्यालयमा शिक्षक थियो । घरको काम गर्नेमा माहिली थिई । माहिलाका बाबाआमा पनि बुढा भै सकेका थिए । विमार भए हस्पिटलमा जाने गर्दथे । विस्तारै गाउँले जडीबुटीको प्रयोग कम भै सकेको थियो । आधुनिकताले जरो गाडी सकेको थियो । अवत बाबु आमाको शरीरले मालिस पाउन सक्दैनथ्यो । बसी बसी गर्न सक्ने काम गर्नु पर्छ । बसी बसी कस्ले दिन सक्छ खान ? आपूm माष्टर छोरा छोरी पढ्न जाने, म एउटीले कति काम गर्नु । आगो पूm पूm गर्न पर्दैन । गैसको चुलो छ बसी बसी भात पकाउन पनि सकिन्छ । बसेपछि उठाउन पर्ने ती बुढी सासूले कसरी भात पकाउन सक्नु ।आँखाबाट आँसु झार्दै सबै कुरा सुन्नु पर्दथ्यो ।  मानवता कता कता भाग्न थालेको थियो । मानिस व्यस्तता तिर लम्केका थिए तर उपलब्धी भने शून्य थियो । पश्चिमीया संस्कृतिले स्थान ओगटेको थियो । क्रिश्चियन धर्मको प्रचार प्रसार विभिन्न बाहना बनाएर गरिदै थियो । संसारमा एउटामात्र हिन्दुराष्ट्र नेपालमा जनताको चाहना नहुँदा नहुँदै पनि संविधानमा धर्म निरपेक्ष शब्द थपियो । भएका उद्योगहरूलाई निजि करण गरियो । गलत मानिसको हातमा पर्न गए छ । उद्योग फस्टाउला भन्दा बन्द हुँदै गए । उद्योगका रोजगारहरू पनि वेरोजगार हुँदै गए । आफ्नो देशले रोजगार दिन नसकेपछि लाहुरे बन्ने क्रम बढ्दै गयो । लाहुरे धेरै जसो ब्रिटिसको फौजमा, नभए भारतको फौजमा त्यति नभए भारतको कम्पनीहरूमा जागिर खान मानिसहरू जान थाले । विभिन्न देशबाट नेपालको लागि छात्रबृत्ति आउन थाल्यो । अध्ययनको क्रममा नेपाली विद्यार्थीहरू विदेशिन थाले । कोही सरकारको निर्देशन अनुरूप फर्केर नेपाल आउन थाले भने कोही विदेशमै बस्न थाले । अवत दोस्रो मुलुकको (भारतको) जागिर खोज्न जाने क्रम अरब र मलेसियातिर बढ्न थाल्यो । धनिका छोराले चाहे अध्ययन भिसामा होस् या वर्किङ भिसामा अमेरिका, युरोपका विभिन्न देशहरू, अस्ट्रेलिया कोरिया जापान के कसरी हुन्छ जान थाले । पल्लाबारीका माहिलाले पनि एउटा छोरालाई छात्रबृत्तिको कोटामा  अमेरिका पठाए । आर्को छोराले राम्रोसँग अध्ययन गर्न सकेन र कोरिया पठाए । शिक्षक जस्तो जागिर खाएर राष्ट्र निर्माण गर्ने खालको शिक्षा प्रदान गर्नु र राष्ट्रप्रेमी जनसक्तिको उत्पादन गर्नुको सट्टा वेरोजगारी अभ्ययन गराएर न स्वदेशमा केही गर्न सक्ने न विदेशमा गएर राम्रो जागिर गर्न पाउने अवस्था सिर्जना भयो । नेतृत्व वर्गले पनि देशका युवालाई देशमै रोजगारी दिएर राख्न सक्नु पर्छ भन्ने सोच नै बनायो । विभिन्न देशसँग श्रम सम्झौता गरेर युवाहरूलाई विदेश पठाउन नै जोड ग¥यो । यसरी सबैको सोच नै विदेश पठाउने नै रह्यो । पल्लाबारीका माहिलाको अहिले बोली चाली नै फरक छ । 'म माष्टर् भएर के भयो खोइ ? छोराले यति कमायो पढाइ पनि गर्र्दै छ ।'  यसरी विदेश पठाउन आजका बाहरूले प्रतिस्पर्धा गर्न थाले । विदेशमा पठाउन सकेकोमा आजका बाहरूले गौरव महसूस गर्दछन् । बाहरूले छोरालाई विदेश पठाउन घर घडेरी राम्र राम्रा गैरी खेत पनि बाँकी राखेनन् । कसैका छोराले लगानी गरेको पैसा विदेशमा गएर कमाएर तिर्न सफल भए भने कसैको लास बाकसमा नेपाल आउन थाले । दर्दनाक अवस्थालाई जान्दा जान्दै  आजका बाहरू विदेश पठाउन मरिहत्ते गरिरहेका छन् ।  विदेश जानेको लर्को दिन प्रतिदिन बढ्दै छ । आज गाउँका खेती योग्य जमिन बाँझिन थाले । आजका बाआमा पिडी कुरेर बसेका छन् । शरीर चल्दैन, मझेरीमा फल्दैन , खाना पाक्दैन, खाना पकाउने मानिस भए पनि  नखुवाए पेटमा चारो पर्दैन । बिरामी भए हस्पिटलमा कुर्ने मानिस हुँदैन । मरे लास उठ्दैन । करिव महिनादिन अधि पल्लाबारीका माहिलाको मृत्यु भयो । बिमार भएको दिन देखि दुबै छोरालाई फोन गरियो । आउँछौं भन्ने जवाफ आए पनि एक हप्ता लास मुर्दा घरमा रह्यो । दुबै छोराले आउन नसक्ने असमर्थता जनाए ।
आजका बाहरूको छोरा विदेशमा पठाउने रहरले गर्दा बुढेसकाल दयनीय भएको छ । सरकारले विश्वभरीमा  प्राकृतिक सुन्दरताले सजिएको  देशलाई व्यवस्थापन गर्न नसकेकाले मरुभूमीमा धकेलेको छ । नेपालका विद्यार्थीहरूले नेपालमा भविष्य छैन भन्ने धारणा पोख्दै अफवाह फैलाइएको छ । धन्य सरकार,  धन्य आजका बाहरू, आफ्नो भविष्य निर्माण आफै गरिन्छ भन्ने धारणा विर्सेर विदेशमा भविष्य खोज्ने युवा युवतीहरू ।

July 19, 2024

छोरो

 कथा
सदानन्द अभागी  
हाम्रो समाजमा छोराको महत्व निकै ठूलो छ । हुन त छारीको महत्व पनि कम त होइन तर मानिसले छोरो नभएसम्म ऊ सन्तोष लिदैंन । आजको जमानामा सबैको चाहना छोटो परिवार होस् भन्ने नै हुन्छ तर छोरीको लाइन लामो भयो भने ऊ परिवार नियोजन गर्न चाँहदैन । छोरो जन्माउने चाहनाले उसलाई सताउँछ ।हिजोको कु्रा गर्ने हो भने छोरा पाउनका लगि दुई तीन विवाह गर्ने चलन थियो । यसो गर्दा छोरी जन्माउने काम बढ्दै जान्थ्यो तर पनि मानिस छोराको चाहनामा सन्तान उत्पादनमा थाक्दैनथे । जबसम्म छोरा पैदाहुन्न तवसम्म सन्तान जन्माउने काम थामिदैनथ्यो । समयचक्रले अलिकति फरक पार्दो रहेछ । हिजो भन्दा आज सन्तान जन्माउने क्रममा अलिक सुधार देखिन थालेको छ । हामी द्ई हाम्रा दुईको नाराले पनि मानिसलाई अलिकति प्रभाव पारेको पाइन्छ । हाम्रा दुई भन्दा पनि एक छोरा एक छोरी  भनिन्छ । छोराको नाम पहिलो उच्चारणमा आउँछ । छोरापछि मात्र छोरीको नाम लिइन्छ । यो विभेद हो । हुनत घरमा छोरीको जन्म भयो भने कतै कतै घरमा लक्ष्मी आइन् त भनिन्छ कुनै समाजमा छोरीको जन्म भयो भने खुसीयाली नमनाएर दुखित भएको पनि पाइन्छ । जेहोस् सृष्टि सिर्जनामा दुबैको महत्वलाई तुलना गर्दा पुरुष भन्दा महिलाको महत्व अधिक हुन्छ ।
धार्मिक दृष्टिकोणबाट पनि छोरी भन्दा छारालाई महत्व दिएको पाइन्छ । पिण्डपानी दिन अन्तिम संस्कार गर्न छोरी हैन छोरा नै चाहिन्छ । आजकल छोराछोरीमा कुनै भेदभाव छैन भनिन्छ तर पनि अन्तिम संस्कारमा पिण्डपानी दिन भने छोरी हैन छोरा नै चाहिन्छ भन्ने धारणाले गर्दा विभेद देखिन्छ ।  छोराछोरीको आवश्यक्ता किन ? सर्वप्रथम सृष्टि सञ्चालनको लागि बाबुपछि छोरा छोरापछि नाति गर्दै पुस्ता हस्तान्तरणको कर्म जारी रहनु स्वभाविक हुन्छ । अर्को कुरा  मानिस स्वार्थी हुन्छ ।  सानामा छोरा छोरीलाई लालनपालन गरेपछि बृद्धपामा छोराछारीले पनि हेरचाह गर्लान भनेर लालन पालन माया ममता आदानप्रदान गरिने गरिन्छ । तर मातृभक्त पृतिभक्त छोराछोरी आजको जमानामा पाउन त्यति सहज छैन । यहाँ एउटा घटनालाई उल्लेख गर्न चाहान्छु । रामप्रसादका दुई भाइ छोरा र दुई बहिनी छोरी काखमा छन् । उनी गरिब छन् । ऊ आफै निकै कमजोड छन् । श्रीमतीको अवस्था यो भन्दा अझै निकै खराव छ । श्रीमतीको नाम जानकी देवी हो । जानकी देवी मध्यम खाले परिवारमा जन्मेकी हुन् । घरमा ठूलो परिवार, आयस्रोतको कमीको कारणले गर्दा कुपोषणको शिकार सबै केटाकेटी भएका थिए । कुपोषणले ग्रसित जीवनमा शरीरका सम्पूर्ण भाग राम्रोसँग विकसित हुन सकेनन् । पढाइ पनि राम्ररी हुन सकेन । विवाहको समय आयो । विवाह पनि मध्यम खाले परिवारमा नै भयो । विवाह लेकाली भेगमा भएको हुँदा लेक र व्याँसी उनको कर्मक्षेत्र रह्यो। व्याँसीमा हुर्केकी नानी, शरीरको निर्वलता, लेकमा रहँदा हावापानीले साथ दिएन कठिन परिश्रम गर्नुपर्दा शरीर अझै खिइदै गयो । घरकाले सके काम लिने नसके माइत पठाउने गर्न थाले । माइतमा पनि भाउजु र बुहारीको तीता कुराहरू निकै सुन्न प¥यो । 'घरखान नसकेकी' शब्द मुटुमा च्यास्से विझो । पल्लाघरे दाईलाई रुँदै आफ्ना विलौना सुनाइन् । उनलाई श्रीमतीको खाँचो थियो । एक अर्काले मुटुजोडे । नयाँ जीवन, नयाँ संसार, नयाँ परिवेश, दुबै विदेश हानिए । के हुनु थियो र बर्म गए कर्म सँगै नेपाल गए कपाल सँगै । यहाँ यिनी दुईको कमाइ राम्रो हुन सकेन । सन्तोषको कुरा छोरा जन्म्यो जानकी देवी निकै रमाइन् । मलाई पाल्ने छोरो भनिन् । वर्ष वित्तै गए केटाकेटी थपिदै गए ।  आमाले जेठो छोरालालाई कुनै कुरामा कमीआउन दिइनन् । छोरीहरूलाई सबैकाम गराउने । हरेक गल्ती औंल्याउने, घरबाट बाहिर जाँदा पनि निगरानी राख्ने । कडा अनुशासनले गर्दा छोरीहरू पढ्दै गए बढ्दै गए। शीलस्वभाव पनि राम्रो हुँदै गयो । केटाहरूले बिना दाइजो विवाह गर्न तयार भए । दुबै छोरीले राम्रो घरका केटाहरूसँग विवाह भयो । छोराले घरमा पैसाहोस् नहोस् आमा बाबासँग पैसा माग्न थाल्यो । नदिए रडाको मचाउन थाल्यो । हातपात गर्न थाल्यो । पढाइ पनि बीचैमा छाडो । तब पनि आमाको अन्धो मायाले थाहा पाउन सकेन ।विदेश पठाइन् । हात केही लागेन । विदेशबाट आएपछि विवाह गरिदिइन् । बुहारी सज्जन थिइ । उसका गहना सबै बेचेर रक्सी खान थाल्यो । एउटा छोरा पनि जन्मियो । घरमा झगडाले उग्ररूप लियो श्रीमतीका कपलाका रौं एक एक गनिए । शरीरभरी नीलडामले भरिए । बाध्यताले ज्यान बचाउन घर त्यागियो । जानकीले मलाई पाल्ने छोरा भने निकै मायाले हुर्काएको छोराले जब साँझ पर्न थाल्छ हरेक दिन आमासँग पैसा माग्न थाल्छ । न जागिर छ म कामगरेर पैसा आर्जन गर्ने शक्ति छ । आमाले पैसा कहाँबाट दिनु । पैसा नपाएको झोकमा आमा बाबालाई कुटिन्छ । जानकी देवी र रामप्रसाद आज छोराको पिटाइले हस्पिटलको शैयामा मरणासन्न अवस्थामा पल्टिरहेका छन् । छोरीले बाबाआमालाई उपचार गराइ रहेकी छन् । छोरालाई गाउँलेले प्रहरी चौकीमा बुझाएका छन्  ।
धन्यवाद  
 कावासोती , २०८१ साल श्रावण ३ गते ।      


     ं

 
 
 

    

बृद्धपाको गन्थन

कथा
सदानन्द अभागी
जेठको गर्मी , तातो हावा , पहाडको खोच, दुई जना बुढाहरू घरको नजिकै पिपलको छहारीमा बसेर दुखेसे पोखि रहेका थिए । उमेरले करिव एक जना ९० वर्ष काटिसकेका थिए निरोगी भएको कारणाले अझै लौरो टेक्न परेको थिएन भने एक जना ८०को हाराहारीमा थिए ।  ९० वर्षे बृद्ध जस्को नाम मनप्रसाद थियो । धन, धान, पुत्रपुत्रीको हिसावले पनि निकै धनी थिए । ८० वर्षे बृद्ध जसको नाम श्यामप्रसाद थियो तर अलिक कमजोड थिए । ९० वर्षेले ८० वर्षेलाई भने जति समय घर्किदै गयो उती कष्टदाई जीवन बिताउन बाध्य हुनु पर्दो रहेछ । छैनन् भनौं भने चारभाइ छोरा छन् । दुईबहिनी छोरी छन् । दुई श्रीमती छन् ।  छन् भनौं भने उमेरले डाँडो काटेको बेलामा म बुढोलाई एक्लै छाडेर आफ्नो आफ्नो बाट्यो लागे । ८० वर्षेले भन्यो हो त नी ठूलदाइ मलाई पनि अचम्मै लाग्यो । अनि भाउजुहरू त दुबै हजुरसँगै हुनुहुन्छ होला नी ?  कहाँ हुनु ! माहिलाले आफ्नी आमालाई पहिल्यै देखि पाल्दै आएको थियो । अहिले पनि जेठी श्रीमती माहिलासँगै बसेकी छन् । उनलाई पनि सहज त छैन । उनीले मेरो अंश हरायो भन्दै गुनगुनाउँछिन् । हैन ठूलदाइ जेठी भउजूलाई अंश दिएको हैन र ? किन नहुनु दिएको हो नी । आमालाई फकाइ फुलाइ हामी तराइमा भएको मौका छोपी कुश्मा अड्डामा लगेर बकस गरेछ छोराले । केही दिन अरू छोरा बुहारी कराए । मलाई गन गन सुनाए । मैले पनि बकस दे भनेको होइन । जाउ अड्डामा मुद्दा हाल । मसँग नकराऊ । उसले आमा पालेकै छ । सबै छोरा सक्षम थिए र मुद्दा लडेर कति नै पाइन्छ र भनेर चुप लागेर बसे । हो अन्यायमा परेर सहेर बस्न त नहुने हो । झै झगडा गर्नु पनि राम्रो त होइन । श्यामले सोध्यो –अनि कान्छी भाउजु नी दाई कता हुनु हुन्छ ? कान्छी श्रीमती पनि निकै रोगी थिइन् । पानी सारेर पनि खान सक्ने अवस्थामा थिइनन् । कान्छी बुहारीले निकै माया दिई । ऊ कान्छातिर नै बस्ने भनेर गाउँबाट सहरतिर लागी । मलाई पनि कान्छा र कान्छीले सहर जाउँ बा भनेका थिए । मेरो मनले मानेन ।  म एक्लै भए पनि गाउँमै बस्ने निधो लिएँ । सानो उमेरदेखि नै मेरो रगत पसीना यही माटोमा भिज्यो । यहाँका जग्गामा , बिरुवा सारें, बाबुआमाको एक्लो छोरो, म सानो छँदा बाबा बडारको बोटबाट लड्नु भयो । अपाङ्ग बाबुलाई पालन पोषण गरें । पहिलो विवाह गरें । छोरा छोरी नभएका पनि होइनन्। छोरा छोरी वर्षैपिच्छे लगातार जन्मन थाले । बाबा अपाङ्ग, आमाले घरको काम गर्न नसकेपछि । घरमा काम गर्ने मानिसको अभाव खड्कियो । म दोधारमा परें । के गरुँ के गरुँ दोधारे मन भयो । गाउँमै एकदमै परिश्रमी नानी थिइन् । कहिलेकाँही कसै कसैले  तेरो घर धान्न सक्ने त यो केटी छ विवाह गर्छस् ? सौता माथि अनि तीन तीन ओटा छोराछोरी माथि कसले केटी दिन्छ र विवाह गर्ने ? म मन मनै प्रश्नवाची हुन्थे । एक दिन लहड चल्यो  रामले यो केटी विवाह गर्छस् भनेको थियो । रामेलाई नै धनेले छोरी दिन्छ भने माग्न त भन्न मन लाग्यो । रामेले मेरो काम गर्न पाएकोमा निकै रमायो । भनुँ, साच्चि हो ? उसले प्रशन तेस्र्यायो । मैले पनि विश्वास दिलाउने गरेर साँचो हो भने । ऊ दौडेर धनेकोमा पुग्यो ।  कुरा राख्यो । धनेले पत्याउन सकेन । ऊ प्रश्नवाची भयो साच्चै हो र ? मेरी छोरी त्यत्रो साहुको छोराले विवाह गर्छ त ? ऊ बाध्यतामा छ । श्रीमती वर्षेनी सुत्केरी भएकी छ । घरमा काम गर्ने मानिस छैन । गरिबका छोरी धनीले विवाह गर्ने भनेको यस्तै वेलामा र यस्तै अवस्थामा त हो नी । सौता भएर के भयो ? कान्छी श्रीमती हुन्छे । सम्पत्ति उसैका हातमा हुन्छ । धने धेरै बेर अल्झियो । सौता साथै झटकेला झटकेली भएको घरमा, धनसम्पत्ति धेरै छ भन्दैमा छोरीको विवाह गरिदिंदा भोली छोरीले दुःख पाउन पनि सक्छे । दिनभरी काम गरेर एक माना कमाएर आनन्दसँग श्रीमान श्रीमती बसेर हाँसी हाँसी खानु नै स्वर्गको आनन्द पाउनु हो । मेरो छोरीमा के छैन ? रूप छ ,सीप छ, अनुशासन छ,आमाको निगरानीमा बसेकी छ , कर्मशील छ छोरी । धने अलमलमा परेको देखेर रामेले के सोच्दै छस् त ? छोरीले दुःख पाउँछे भनेर हो ? धन्दा नमान दुःख पाउँदिन विश्वास लाग्दैन भने गैरी खेत नै जिउनी लेखाइ दिन्छु । धनेले त्यसो केही हैन  गोडधुवा, जन्ती खर्च केही जोडजाम गर्न सक्दिन । एकदिनको इज्जत राखिदिनै प¥यो । धनको अभावले गर्दा त छोरीको उमेर बढेर गएको हो ।धनेका कुरा सुनेर रामेले, धन्दा नमान सकेसम्म विवाह खर्च पनि मागिदिम्ला भन्यो । छोरी बेच्ने काम त म गर्दिन । गरिब छु तर हरिप छैन धनेले भन्यो । घर सल्लाह त गर्नै प¥यो नि श्रीमती ले के भन्छिन् ।  हुन्छ ! हुन्छ ! कि मैले नै राखिदिउँ कुरा । पर्दैन म नै कुरा गर्छु । किन दवाव हाल्ने ? धनेले रामेलाई भन्यो । भोली तपार्इँले जवाफ पाउनु हुनेछ ।  धने निकै चिन्तित मुद्रामा खेतबाट घर आयो । उसको मनमा कौतुहलता उठ्छ बिलाउँछ । घरमा श्रीमतीले खाना बनाएर बसेकी हुन्छिन् । उसलाई खाना खान पनि मन छैन । श्रीमानको चिन्ताजनक अवस्थालाई देखेर श्रमितीलाई पनि खुलदुली उठ्यो तर धैर्यता लिइन् र खाना खान जाउँ भनिन् । खाना खाने काम सकियो । धने बिस्तरातिर लाग्यो ।  श्रीमतीले  खाएका भाँडा माझेर श्रीमानको आडामा गएर बसिन् । बिस्तारै्र दुबैको भलाकुसारी चल्न थाल्यो । धनेले आज एउटा सन्देश आएको छ भनेर श्रीमतीलाई कुरा सुनायो । सुन्तलीले गम्भिर रूपमा के सन्देश होला भनेर कुरा कोट्याई । धनेले अकमकिदै डाँडा घरे साहुले दोस्रो विवाह गर्ने अरे छोरी माग्न पठाएका छन् । सुन्तली झस्किदै भनी छोरा छोरी भै सकेका छन् किन विवाह गर्न प¥यो अरे ।  घरमा काम गर्ने मानिसको खाँचो भयो अरे विवाह नगरी भएन अरे । रामेले त्यही कुरा लिएर आएको थियो । मैले निधो दिएको छैन । तिम्रो विचार के छ सोधेर भोली कुरा गरौंला भनेर पठाएँ । सुन्तली निकै भावुक भई । आफ्नो घरको स्थिति केलाई, छोरीको विवाहको समय पनि गुज्रदै थियो । घरी घरी सौता माथी छोरी दिने भन्दै झस्किन्थि भने घरी घरी दुई तीन विवाह नभएका घरै थिएनन् । गाउँका धनीहरूले दुई तीन विवाह गरेकै छन् ।सम्पत्तिको रेलोखेलो छ । निकै सोचमा परी । भोली छोरीले दुःख त पाउँदिन हो बुढा ? सुन्तलीको मुखबाट आवाज निस्कन्छ । धनेले पीर मान्न पर्दैन जिउनी लेखाइ दिन्छु पनि भनेको छ । ठीक छ सर्वप्रथम साहुलाई बोलाम र दोस्रो विवाहको कारण सोधौं । त्यत्रो ठूलो मानिसले दिएको बचन निश्चय पनि खेर जाँदैन होला ? छोरी मात्रै खोजेको हो कि सम्पत्ति पनि ? मेरी छोरीलाई भोली कसरी रेखदेख गर्छ । सबै कबोल गराएर मात्र निधो गरौंला सुन्तलीले भनी  । मानिस विवसताको दास हो । लामो समय सम्म धने र सुन्तलीले छोरीको विवाहको बारेमा मनन् चिन्तन गरे । विवस परिस्थितिले  निम्त्याएको असहजतालाई कसरी पार लगाउने भन्ने चिन्ताले सताउँदा सताउँदै दुबै निदाए ।
म धनेको घरमा पुगें । सुन्तली हुनेवाली सासूले आफ्ना जिज्ञासाहरू राखिन् । मैलै पनि उनको धारणालाई बुझे। उनलाई विश्वास दिलाएँ र मैले दोस्रो विवाह गरें । यसरी दुई विवाह गरे पनि धेरै छोरा छोरी जन्माए पनि हाम्रो उखान नै छ कि बाह्र छोरा  तेह्र नाति  बुढाको थैलो काँधै माथि । अहिले यही अवस्थामा गुज्रेको छ मेरो जिन्दगी । मनप्रसाद एकोहोरो बोली रहेकोमा उनी बोल्न छाडे र श्यामप्रसादतिर फर्केर मैले सारा जीवन कथा बताउन लागें श्याम भाइ अब तिम्रा कुरा पनि सुनौं न त के छ घरको सन्चो विसन्चो? कसरी चलेको छ जिन्दगी ? भन्दै मनप्रसाद श्यामप्रसादतिर हेर्न थाले ।
के भनौं दाइ जीवनका हरेक कदम संघर्षमा जुटेका छन् । धन हुनेका धन्दा हुन्छन् भने जस्तै म तपाई जस्तो धनी पनि भइन र गरिब नै भनेर खानै नपुग्नेमा पनि रहिन । मेरो जिन्दगी तपाइँको भन्दा निकै फरक छ र मलाई सन्तोष पनि छ । दुई सन्तान ईश्वरको वरदान भने जस्तै धेरै छोराछोरी बनाउने भाग्य मैले पाइन । प्रकृतिले जे जति दिए त्यतिमै सन्तोष लिएँ । हुन त मलाई पनि दोस्रो विवाह गर भनेका थिए । समय त्यस्तै थियो । दुईटी नहुनेलाई   नामर्द रहेछ भन्ने चलन पनि थियो । मैले श्रीमती थुपारेर मर्द बन्न चाहिन । कानुनले पनि दुई विवाहमा बन्देज लगाएको पनि थियो ।  मैले कानुनको पालना गरें । दुई विवाह गर्ने गल्ती गरिन । मानिसले मजाकमा भन्ने गर्दछन् –'तीन गोरुको हल पक्का दुई जोईको घरपक्का ।' यतिमात्र कहाँ हो र 'जस्का छोरा उसको धन, जस्का भैंसी उसको वन ' । यी सबै उखानलाई मनन् गर्दै समयको परिवर्तनलाई ख्याल गर्दे  शनै शनै यी दुबै उखानले पनि बाटो लिइसकेका छन् भन्ने मनमा धारणा पलायो ।  हामी जन्मदाको समय र हाम्रो यो बृद्धपाको समयमा धेरै परिवर्तन आइसकेको छ । एकातिर युवाहरू विदेश पलायन भएका छन् । खेतबारी बाँझो बन्दै छ । धेरै छोराछोरी हुनेवालाको दुर्गति बढ्दो छ । व्यवस्थापन मिलाउनै गाह्रो । धेरै छोराछोरी भएभने बुढेसकालमा हेरबिचार गर्दछन् । त्यो पनि हुँदो रहेनछ । आज म हजुरको अघि खडा छु । खोइ त तपाइँको भावनालाई कदर गरेको । तपाइँकोमा त कोही न कोही आखिरमा काम लाग्ने जोई र पोइ भन्ने उखानले पनि काम गरेन । दुई दुईटी श्रीमती मर्ने वेलामा साथमा एउटै छैनन् । सुन्छु आमा पाल्नेले पनि बुढ्यौली चाहियो भनेर गन गन सुनाई रहेका छन् अरे । बुढेसकाल निकै कठिन हुँदो रहेछ । मानिस भाग्य मानी तब हुँदो रहेछ । जब घरपरिवार मिलेको होस् । आटोपीठो बाँडीचुँडी खान पाइयोस् । सन्तान धेरै किन चाँहिदो रहेछ र हाम्रो धर्म शास्त्रले नै भनेको छ –१०० मुर्ख सन्तान हुनु भन्दा एक गुणवान पुत्र नै असल हुन्छ । हुन पनि हो । मैले धेरैका छोरा देखेको छु गुणवान छन् कर्मशील छन् मातापितालाई देवता सम्झन्छन् । बुहारी पनि सुशील छन् । बुढाबुढीको सेवा गर्छिन् । छोरीले दिने माया बुहारीले दिन्छिन् । घर नै मन्दिर बनाएका छन् । यस्तै हो दाइ, छोरा बुहारीले पनि धेरै सन्तान जन्माउन चाहँदैनन् । हामी दुई हाम्रा दुई भनाइलाई चरितार्थ पार्दै गएका छन् । कुरा गर्न त धेरै मन थियो तर के गर्ने ? छोरीको घरमा जान हिडेको । जान पनि एक लर्कन नै बाँकी छ । आखिरमा बुढेसकाल निकै कष्टकर हुन्छ । यसलाई सहज बनाउने काम हाम्रो पनि हो । मनकारी छोराबुहारी रोज्नु होस् र मधेसमै झर्नु होस् । ल त दाइ विदा पाम् ....।  

     ं

 
 
 

    

वाटिका


सदानन्द अभागी

विश्व रङ्गमञ्चमा
यो हो सुन्दर वाटिका
सुवासै सुवासले पूर्णता
प्राकृतिक सुन्दरताले
बनाएको परिपूर्णता

सगरमाथा तिम्रो ताज
वीरपुर्खाको रुधिर–सिर्जना
सयौं थुँगा पूmलका फक्रन
सार्वभौम फैलावट
मेचीदेखि महाकाली
हज्जारौं तिम्रा पीयूष–धारा
सयौं थुँगा पूmलले पान

मेरी प्यारी बाटिका
तिम्रा एक एक कोपिला
 विश्ववीर कहलाए
तिम्रा हरेक पत्रदल
खुकुरी बनेर तेर्सिए
रिपूको गर्दन छिनाए
तिमी जहिले पनि
सुरक्षित बाँची रहेऊ

मेरी प्यारी वाटिका
 तिम्रा मालीहरू
आज कता कता
 तिमीलाई मलजल गरी
दर्विली बनाउनुको सट्टा
तिम्रा जराक्षेत्रहरू
विदेशी व्वाँसाहरूले
कोतरी रहँदा पनि
मूक दर्शक भएर हेरिरहन्छन्
हिजोका जस्तो न वीरता नै छ
न प्रतिकार गर्ने  सहास नै छ  
न कुटनीतिक वार्ता गर्ने क्षमता नै छ

 मेरी ःप्यारी वाटिका
तिम्रा मालीहरू
आपसमा लड्दछन्
अरूलाई लडाउँछन्
एकले अर्कालाई हिलो छेप्छन् ।
आपूm भने पानी माथिको ओवानो बन्छन् ।

मेरी प्यारी वाटिका
 नैतिकताले ठाउँ छाडेपछि
मानवतावाद विलाएपछि
भ्रष्टचारको महल ठडिएपछि
राष्ट्रियता कसरी सवल बन्छ ?

मेरी प्यारी वाटिका अब
एउटा यस्तो सपुतको जन्म देऊ
राष्ट्र, राष्ट्रियतामा सवल बनोस्
मानवताको पूजारी बनोस्
 नैतिकताको धरोहर हवस्
नैतिकताको धरोहर हवस्