May 10, 2025

मुक्तक
आन्दोलनका नाराहरू चारैतिर घन्किरा छन्  
युवाहरू विदेशिँदा बृद्धबृद्धाहरू थन्किरा छन्
 हकभोग खोजी गर्नु न्यायोचित मान्नु पर्छ
 दमन गर्दा मान्छे मर्दा माखाहरू भन्किरा छन्

देश लुट्नेले लुटी राछन् मोज मस्ती गरिराछन्
निम्न वर्ग रोइरहेछन् बिरोधका नारा छरिराछन्
जति बिरोध गरे पनि यहाँ सुन्नेवाला कोही छैनन्
सत्य आवाज बोलो भने प्रतिशोध नै धरिराछन्

 सत्तापक्ष प्रतिपक्ष देश हीत गर्न होला
सदनका आवाजहरू सहजता भर्न होला
सदन हेर्दा लाग्छ झगडाको मूल थलो
के को लागि सदन? भत्तामात्रै धर्न होला ।
मेरो माटो
सुन्दर छ मेरो माटो
तराई पहाड हिमाल छ
चार जात ३६ वर्ण
अति सुन्दर पूmलबारी छ

मेची,कोशी बागमती
नारायणी, अनि रापती,
बबै,कर्णली महाकाली
अमृतधारा बगाउने खाली

यिनै बाट बिजुली बल्छ  
हीरा मोती र सुन फल्छ
क्रियाशील श्रम लगानीमा
लक्ष्मी नाच्दछिन् आगनीमा

वन हो हाम्रो अमूल्य धन
आश्रित छन् यहाँ जन जन
जडीबुटीबाट औषधी बन्छ
संरक्षणको खाँचो यसले भन्छ

संसारमै अति सुन्दर छ मेरो देश
धर्मकर्म संस्कारमा महान परिवेश
आजकल यिनमा लाग्न थाल्यो घुन
 सजग हौं सबै जागृत बनौ पुन

आठ आठ ओटा अग्ला हिमाल
संसार भरिकै छन् अग्ला विशाल
यिनले पैसा रोजगार दिलाउँछन्
शुद्ध पानी सबलाई पिलाउँछन्

मेरो माटो कैलाश भूमि
मुक्तिक्षेत्र पवित्र छ
पार्वतीको यो जन्म भूमि
शान्ति क्षेत्र विशाल छ
अमर रहोस् मेरो माटो
 यही मेरो कामना छ


May 5, 2025

आकाश ओढेको डोल्पो' नियात्रा
सदानन्द अभागी
कुनै बेला फलामको घोडाको संज्ञा पाएको आभागी आजकल भने गलित करकलाको डाँठ जस्तै गलागिलित्त परेको महसुस गर्दछ । कृषिबाट अनिवार्य अवकास पाएको जागिरे भएको कारणले होला प्राय कृषि बजारमा जानभने छाडेको छैन । कृषिबजारबाट फोन आयो । मिटिङ छ भनेपछि जानै प¥यो । कृषि बजारमा पुग्ने बित्तिकै बजारकी व्यवस्थापकले सोधि हाल्नु भयो –'भवानी खतिवडालाई चिन्नु हुन्छ सर ? कृषि विभागबाट आउनु भएको थियो । हजुरलाई फोन गरेको फोन लागेन । उनीहरूले पनि हजुरको बारेमा सोधेनन् ।' मैले सुनीरहे । व्यवस्थापकको भनाई सकिएपछि नाम त सुनेकै हो तर भन्न सक्दिन मैले जवाफ दिएँ । उहाँ तपाइँ जस्तै लेखक हुनु हुँदोरहेछ भन्दै मलाई 'आकाश ओढेको डोल्पो' शीर्षकको कृति निकालेर दिनु भयो ।अग्र आवरण हेरें पहाडको बीचमा ताल छ ।  यही होला शे–फोक्सुण्डोलात । पछिल्लो आवरणलाई हेरें । प्राय सबैले आफ्नो परिचय दिएका हुन्छन् तर यहाँ त चर्चित व्यक्तित्व भुवनहरि सिग्देल, प्रतीक, ढकाल र महेश पौड्यालका भवानीप्रति लेखिएका साहित्यिक अभिव्यक्ति रहेछन् ।  यी तीनै जनाले भवानीका सहासिक यात्रा, लेखन शैली शब्दचयन आदिमा मुक्तकण्ठले प्रशंसा गरेका छोटा तर अति मिठा टिप्पणी पाएँ । कितापका भित्री भाग सरसर्ती पल्टाएँ कृतिको प्रकाशन पेज टर्नर प्रा.लि. बागबजार काठमाडौले गरेको रहेछ । भाषा सम्पादन भुवन खतिवडाले गर्नु भएको र मूल्य रु ४७५.०० राखिएको रहेछ । पछिल्लो आवरणको भित्री भागमा मेरा नजर पर्छन् । यहाँ भवानी खतीवडाको सानो परिचय दिएको पाएँ ।भवानीको जन्म स्थान उदयपुर गढी–८, नेपाल टार , उदयपुर रहेछ । उनको नेपाल सरकारको निजामती सेवामा संलग्नता रहेछ । अध्ययनको हिसाबमा बिएड, एलएलवि, एमए र कृषि डिप्लोमाका डिग्री हाँसिल गर्नु भएको रहेछ । उहाँका दुई कृति 'घाम भन्दा पहिले –२०७८ र चारखोलाको आँगनीमा –२०७९ बजारमा आइसकेका रहेछन् ।'आकाश ओढेको डोल्पो'तेस्रो कृति मैले आज अध्ययन गर्न थालेको छु ।राम्रा काम गरेपछि उच्चकोटीकै पुरस्कार प्राप्त हुन्छन् । भवानी, लक्ष्मीप्रसाद देवकोट काव्यिक पुरस्कार– २०७६, साहित्यपोष्ट उत्तम कृति पुरस्कार –२०७८ र कवि शिरोमणि लेखनाथ पुरस्कार –२०८० बाट अभिनन्दित भै सकेकी छन् ।        
२११ पृष्ठको यसकृतिमा १६ उपशीर्षक छन् ।पहिलो उपशीर्षक छ बाटो लागेपछि । यस यात्रामा जुफाल जहाजबाट जाने सोच भएको र जहाज स्थागित भएकोले बसबाट जाने निधो लिनु । भवानी, प्रभा,रञ्जु र सरस्वती यात्रामा सहभागी हुनु । बसले एक घण्टा अबेर गर्नु  २०७८ साल कार्तिक १ गते चारबजे कलंकीबाट बसले बाटो लिनु र जुगडीमा खाना खाएर गन्तव्यतिर बस लाग्नु । यसमा समयको ख्याल सबैले गर्नु पर्ने, देशका चिन्तनका कुराहरू आएका छन् र प्रकृतिको वर्णन मीठो रूपमा गरिएको छ ।
हेल्लो ड्रागन फल–कार्तिक २ गते विहान लुम्बिनी गेटहुँदै घनवन बुद्धभूमि क्याम्पसमा नजर डुलाउँदै झापाको मेची बहुमुखी क्याम्पसका अतितको झझल्को बल्झिदै शिवराज नगर पालिका, वाणगङ्गा नगर पालिका,  वरिपरिका परिवेश हेर्दै, भालुवाङ हुँदै ठूला ढुङ्गामा एकीकृत जनक्रान्ति जिन्दावाद, नेकपा पढदै,'आफै चोइटिएर धुजा धुजा हुँदासम्म पनि एकीकृत लेख्नचाँहि किन छाडदैनन् हँ ?' प्रस्न राख्दै , निजामति कर्मचारी सङ्गठन दाङको स्वागतबोर्डबाट स्वागत लिदै, सङ्गठनका साथीहरूको नाम स्मरण गर्दै, खेतबारीका हरियाली अवलोक गर्दै, कुन्ता खोला नाघदै, कालाकोटेको बाक्लो बस्ती पुग्र्दै, भालुवाङमा गुड्न थाल्नु यहाँ आउँदा स्वर्गद्वारी देवस्थलको याद आउनु, भुवनहरी सिग्देलले लेखेका तिवारीको घर यतै हुनु पर्ने र भेट्ने इच्छा जाग्नु , भालुवाङको दाहिनेबाट रोल्पा र प्युठान जाने बाटो छुट्टिन्छ र यिनीहरू लमहीतिर लाग्नु,  चिया खानु ,अर्जुन खोला हुँदै वनको सुन्दरता हेर्दै,बेलदमार चिटिक्कको गाउँ र कालिका देवीको मन्दिर हुँदै, कुइरपानी, बबैनदी झिगनी नामको बस्ती हुँदै दाङ पुग्नु र यहाँको सुन्दरतालाई उदयपुरसँग दाज्नु । यस नियात्राले २०५६मुङ्सिर आठ गते नेपाली सेनाका गुल्मपतिसहित १४ जना सैनिकबलाई माओवालीले एकै चिहान बनाएको कुरा,कानुनविद सुवास आचार्यको जन्मथलो, भिमार्जुन आचार्य संविधान विद र अर्जुन मिलन सङ्गीतमर्मज्ञको जन्म थलोको कुरा,तुलसीपुरm बेलझण्डीमा अवस्थित संस्कृत विश्वविद्यालय, ड्रागनफलको बगैंचा , ड्रागनफलकोबारेमा सरस्वतीलाई जानकारी गराउनु, ड्रागनफल२५० वर्ष अघि मेक्सिकोको वनमा फेला परेको र २०५७ सालमा पशु चित्सिक डा. जगन्नाथ राइले नेपाल भित्र्याका कुराहरूको साथमा यो शीर्षक  समाप्त हुन्छ । बाटोमा पर्ने खेतीपाती, बस्तीहरू त्यहाँका प्रकृति सम्पदालाई नबिराई समाबेस गरिएको छ ।  
चक्का चढेर भीरमाथि – यस शीषर्मकमा सिउँडी खेती, सिउडीसँग नातो जोडिएका अग्रगामी किसान लोकन्द्र विष्ट , विक्रम सम्बत १९९५मा हीरा गिरीले बर्माबाट १ बोट कफी ल्याएर गुल्मीको आँपचौरमा रोपेको कुरा, ८० वर्ष भित्र कफी ४२ जिल्लामा फैलिएको र वि.सं. २०७८ सालमा मात्रै ३१ करोड बराबरको कफी निर्यात भएको धारणा यहाँ आएको छ । देशमा हाल भै रहेका क्रान्तिसँग व्यङ्ग कस्तै असली क्रान्ति भनेको कृषिमा भइरहेको क्रान्ति हो भन्नु, बिजौरी बजार, बाट तुलसीपुर घोराही, गणेशपुर,लाहुरेचोक, राम्रीको सुन्दरताले मनै लोभ्याउने, यहाँबाट सल्यान जिल्लाले स्वागत गर्नु, डर लाग्दो पहिरो जस्का १६ ओटा कुइनेटा पारगर्नु पर्ने, अदुवाबाली अनुससन्धान केन्द्र, कृषि उपज बजार सङ्कलन केन्द्र, कपुरबोट, वनस्पति उद्यानकेन्द्र मूलपानी, जडीबुटी सञ्कलनकेन्द्र, लच्किएका सुन्तला, हलुवावेद, अलैंची, १६४१ मिटर उच्चाइमा स्थापित यो उद्यान रामायणमा बर्णित अशोकबाटिका नै हो भन्ने धारणा भवानीले राख्नु । प्रिन्स होटेलमा खाना खानु, कपुरबोटका जनता खाएपीएजस्ता रातापीरा, शोलावाङ,अरिगालेफेदी, सल्लेरी वन,सल्ले खोला, लुहाम, शङ्खमूल,भोटेचौर बस्ती, लान्ती बजार, नजिकैको गुफा शान्तिनगर, श्रीनगर नामको गाउँ भेटिनु आदि ठाउँको वरिपरिको खेतीपाती, प्रकृतिक वर्णन दिलखोलेर गरिएको छ ।
झरीदेखि झरीसम्म – श्रीनगरको विन्दुबाट बसले रुकुम पश्चिम जाने बाटो समायो, पशुअस्पताल रुकुम पश्चिमका ज्ञानुशर्माले फोनगरेर कार्यालयको अतिथि गृहमा बासको  व्यवस्था गरेको जानकारी गराउनु, कृषि विकास कार्यालयका महेश चन्द र ज्ञानु शर्माले  फोन गरि जानकारी लिइरहेका हुन्थे । शीतलपाटी पुग्नु, भट्टेखोलो,बरला बजार,मेखला बजार,थारमारे बाघचौर खरीबोट, रारचौर बाङ्गेलाकुरी, सीम्खोल्ी नामको सानो बजार, जलेखर्क, खौलाबजार नामको बस्तीमा पुगेपछि रुकुम पश्चिमको बाटो छुट्टिनु,झुलनेटा र खारनेटा नामको बस्ति भेटिनु, सिम्रुतुले बजार, वैरागीठाँटी साँखखोलाको पुलमा पुग्दा साँझ पर्नु ,साँखखोलाको नयाँ निर्मितपुल निर्माणाधिन अवस्थामा भत्किएको देखिनु, सोलावाङ बजार, बोहोरा गाउँ,सेरी गाउँ,बागबजार, शहीद गेट आदि स्थान हुँदै तथा वरपरका प्रकृतिका सुन्दरता अवलोकन गराउँदै रातको ठीक ८.३० बजे रुकुमपश्चिमको खलङ्गा बजार पुग्नु, पशुसेवा कार्यालयका कार्यलय सहायक वीरबहादुर रोकाया लिन आउनु ,ज्ञानु शर्माले फोन गरेर स्वागत भन्दै भोली विहान भेट्ने जानकारी गराउनु, भवानी लगायत पशुसेपा कार्यालयको अतिथि गृह्यमा झोला विसाउनु। यस शीर्षकमा पनि प्रकृतिवर्णन र गाडीबाट अवलोकन गरिएका स्थानको तुलनात्मक वर्णन मीठो प्रस्तुतिका साथ गरिएको छ ।
मुसीबज्यैको मुसीकोट –                                          
२०७८ कर्तिक ३ गते विहान व्युझिएर भवानीले सिस्नेहिमाल लगायतका प्राकृतिक सौन्दर्यमा रमाउन लाग्दा ज्ञानु शर्मा र महेश चन्दको आगमन हुन्छ । भवानीले ज्ञानुशर्मा र महेशसँग आफ्ना सहयात्रीहरूलाई परिचय गराउनु ज्ञानु शर्माल कार्यकक्षमा लानु, कार्यक्रम र प्रगतिका कुरा गर्नु, कार्यालयको छतमा लगेर खलङ्गाको सेरोफेरो देखाउनु । कार्यालय परिसर, ल्याबेरेटरी, पशुउपचार स्थल, डालेघाँस नर्सरी स्थल देखाउनु, कम्पोष्टमलको लागि एउटा लैनो भैंसी किन्नु,दूधको बिक्रीबाट उठेको राजश्व ६ महिना भित्रै भैसीको मूल्य उठायो,  कम्पोष्ट किन्न नपर्दा बजेट जोगियो, डालेघाँस बिरुवा विक्री गर्दा गत वर्ष भन्दा २५ प्रतिशत राजश्वमा बृद्धि भएको जानकारी गराउनु ।भवानी ज्ञानु शर्माको काममा निकै प्रभाबित हुनु, उत्कृष्ट पुरस्कार पाउनु पर्ने धारणा राख्नु , महेशसँग जिप चढेर सल्ले विमानस्थलसहित सदरमुकामको मूलबजार घुम्नु ,२५ रुपियाँ तिरेर मुसीकोट दरबार हेर्न जानु, 'भरिएको पाथी जस्तै थुम्कोलाई मुसीकोट दरबार भनिदो रहेछ । थलीमा मुसीबज्यैको भव्य शालिक, शालिकलाई हेर्दा एकदमै रमणीय डाँडाँमा सुनौलो रङको छातामुनि सुन्दर प्रतिमारूपी 'मुसी' देख्नु, । ठूला ठूला गाजले आँखा,चेप्टो अनुहार झुम्के बुलाकी लगाएको बान्किलो नाक मोनालिसाको चर्चित तस्वीर झै मुस्कान फक्रिन लागेका सुन्तला केस्रे ओठ । कम्पनीमालाले सजिएको गला ।' भवानीले राम्रो वर्णन गर्नु भएको छ । मुसीको प्रतिमा नजिकै ठूलो ढुङ्गो तल बँदेल गुफा, मुसीडाँडाको थाप्लामाथि सरस्वती मन्दिर र मन्दिरकै आडामा भ्यू–टावरको अवलोकन र दरबारको चौकीदारकी पत्नी कृष्णासँग दरबारसम्बन्धी जानकारी लिन चाहानु र कृष्णाले मुसीकोटे राजाको दरबार कुप्रीकोट भन्ने ठाउँमा रहेको, राजाले बँदेल पालेका र बँदेल भागेर यही गुफामा आएको राजाले हराएको बँदेल खोजेर ल्याउने आदेश दिनु । मुसी सालका पात टिप्नजाँदा बँदेल भेट्नु र दरबारमा लगिदिनु, पुन भाग्नु र सोही ओडारमा आउनु, मुसील लगीदिनु, यसरी बँदेल तीन तीन पटक भागेर गएपछि राजाले मुसीलाई त्यहाँको विवरण माग्नु, मुसीले सबै हेर्दा डाँडाको थाप्लोमा देवीको मूर्ति फेला पार्नु र राजालाई सबै जानकारी गराउनु राजा आएर हेर्नु र दरबार त्यही बनाउनु र राजधानी सार्नु , मुसीलाई बक्सिस, माग्न भन्नु मुसीले आपूmले पत्तालगाएको ठाउँमा दरबार बनेकोमा खुसीलाग्यो बक्सिस चाँहिदैन भन्दा राजाले बक्सिस लिनै पर्छ भनेपछि दरबारको नाम मेरै नाममा राखियोस् भन्दै बिन्ति चढाएपछि दरबारको नाम मुसीकोट राखिएको जानकारी पाउनु । मुसीको यो अमरत्व बक्सिसलाई मनन गर्दै भवानी खतिवडाले धादिङकी माइली सर्किनीलाई सम्झनु जस्ले जुद्धशमशेरलाई ३ महिनासम्म पानी नपर्नुको कारणमा यसरी जनाएकी थिइन्– 'राजाले छाडे राजपाट गर्न बाहुनले छाडे वेद
अड्डाले छोड्यो नियाँ र निसाफ बर्सिन छाडे मेघ ।' महेशले मुसीकोटको डाँडाको थाप्लोबाट देखिने सबै स्थलको अवलोकन गराउनु, सरकारी कार्यालय चिनाउनु, २०६१ साल चैत्र २५मा खारास्थित सैन्यअड्डामा भएको माओवादीको भिषण आक्रमणमा ३०० जना नेपाली एकै चिहान भएको स्थान औल्याउनु, भवानीले भोजपुरमा भोगेका संतस्त्रका क्षणहरू र कालीकोटको पिलीको घटना, सोलुको सल्लेरीको घटना र बाँदरमुढेको स्मरण गर्नु, महेशले आफ्नै थातथलो र घरसम्म चिनाउनु, सानीभेरी र मुसीकोटबाट विदा हुँदै तरकारीबीउ उत्पादन केन्द्र पुग्नु, महेशकी जीवन सङ्गिनी सुशीला शाह यहाँ कार्यरत हुनु, कार्यलय प्रमुख किशोरमानसँग कार्य प्रगति को जानकारी पाउनु, खलङ्गाको भाइरल झोलुङ्गे पुल कभर्टहल आदि अवलोकन गर्दै थालीबाट खलङ्गाको अवलोकन, खाना खानु, वीरबहादुरलाई टिप्स दिनु,महेशसँगै सल्लेबजार पुग्नु्, राडी बजार जाने सुमोमा चढेर महेशसँग विदाहुनु, सुमो पातुखोला हुँदै हिड्नु, छिन्खेत बजारमा सुमो रोकिनु, अघि जाँदा पहिरोमा पुग्नु, पहिरोको हिलामा पैदल हिड्न पर्नु ,पार्सिबाङकी हीरा बाठामगर राडीबजारमा कार्यरत दुई जना शिक्षक पनि यात्रामा साथ भएकाले बातचित गर्दै हिड्नु, सोर्पmुताल, शे–फक्सुण्डो तालभन्दा पनि राम्रो ताल भएको जानकारी पाउनु, सुने छहरी गाउँ, बासथला गाउँ, भेरी पारिका गाउँ जाजरकोट,जाजरकोटको जानकारी पाउने वित्तिकै अन्तर्जातीय विवाहका २०७७ जेठ १० गते मारिएका नवराज विश्वकर्मा र ६ जनाको स्मरण गर्नु,आत्मा शान्तिको कामना गर्नु, सुमोले राडीजिउलाको  सन्दिमा होटेलमा पु¥याउनु र आजको बास सोही होटेलमा हुनु ।
भेरीको तिरैतिर–   २०७८कार्तिक ४ गते बिहान चारबजे उठनु, राडीजिउलालाई छोड्दै भेरीको झोलुङ्गेपुल तरेर जाजरकोट जिल्लाको बगराबजार पुगेर बुटौल र पोखराका ८ जना सहित सुमोमा चढ्नु, खगेनकोट गाउँ पुग्नु , मैदे बाक्लो गाउँमा पुग्नु, त्यपछि तात्रागाड, सानो गाउँ, दूधेखोला, रम्दा नाउँको ठूलो गाउँ,जहाँ प्लाष्टिक टनेलभित्र कतै गोलभेँडा,काउली,बन्दा, मेवाका बोट, केरा बगान अवलोकन गर्दै डोली जिउला गाउँमा पुग्नु ,सुमोले चौखा बजार पु¥यायर ओराल्नु, छरीबगर ठूलो बस्ती सूर्योदय माध्यमिक विद्यालयको दुइतले भवन, उसुमखोला तरेर दामाचौर प्रवेश, ८०० रुपियाँ तिरेर सुमो चढ्नु, सुमोमा राखेको ब्रोइलर कुखुराको गन्धले सताउनु, ढाँरथलाको उकालोमा सुमोको टायर पड्कनु, त्रिवेणी पुगेपछि सुमो रोकिनु र खाना खान थाल्नु यो शीर्षक यही सकिनु । स्थान विशेषको नाममात्र यहाँ जोडे पनि प्राकृतिक सौन्दर्यताको वेतोड वर्णन यहाँ अध्ययन गर्न पाइन्छ ।
ज्वालामुखीको पहिरो मुनी – साथीहरूले खाना खानु, भवानीले झोलुङ्गेपुल तरेर भेरी पारिसम्म पुग्नु, भेरी र जगदुल्लाको सङ्गम भेट्नु, खदाङ्का खड्गबहादुर नेपाली भेट्नु, उनीबाट भेरीपारि डोल्पा जिल्लाका दुई पालिका मुड्केचुला र जगदुल्ला रहेको जानकारी पाउनु ,सुमो चिण्डेबगर गएर रोकिनु, पहिरो झर्नु यो पहिरो झर्नुको कारण ज्वालामुखीको कारणले  हो अरे, केही क्षण रोकिएपछि ड्राइभरले पहिरो पार लगाइ दिए । ठूलो बस्ती भएको  खदाङ पुग्नु, वारिको खदाङ रुकुम पट्टीको र पारिको खदाङ डोल्पातिरको, खदाङमा सुमो भेट्नु, प्रहरी पोष्टमा नाम लेखाएरमात्र सुमोमा चढ्ने जानकरी ड्राइभरले गराउनु र पोष्टमा नाम लेखाउनको कारण जान्दा उपल्लोडोल्पा गएकाहरूमा केही हराएको हुँदा फर्के नफर्केको अभिलेख राख्न र डोल्पामा दुर्लभ जडीबुटी वन्यजन्तुको अवैध धन्दा रोक्नको लागि भएको जानकारी पाउनु र खदाङ्गाउँ पैदलै छिचोल्नु, लाहा गाउँको पत्ता लगाउनु, र सोमो चढ्नु, त्रिपुरासुन्दरी नगर पालिकाको बगर भन्ने ठाउँमा सुमोे रोकिनु, आधिघण्टा हिड्नु पर्ने कुरा लालीले बताउनु, सुमो स्टपमा पुग्नु, सुमोलाई सोधनी गर्नु, छ बजेपछि प्रशासनले चलाउन दिंदैन भन्ने जानकारी पाउनु , प्रमुख जिल्ला अधिकारी माधव ढकाललाई फोन गर्नु अनुमति लिनु, दुनै नआई शूलीगार्ड राष्ट्रिय निकुञ्जको कार्यालयमा ओर्लनु भन्ने र वार्डेन गोपाल खनाललाई बासको लागि भनिएको कुरा जानकारी पाउनु । शूलीगार्डमा आएर सुमो रोकिनु गेटमा भएका कर्मचारीलाई आवासको कुरा सोधेर झोलुङ्गे पुल तर्नु दुइजना कर्मचारी भेटहुनु, आवासमा उनीहरूले पु¥याई दिनु र वार्डेन गोपाल खनालले स्वागतार्थ उभिनु भएको र खाना खान होटेलमा जान जानकारी गराउनु र होटेलमा जाँदा बाटोमा सर्प भेटिनु ,होटेल मालिकले आइमालाई सर्पले हेपेको भन्दा नराम्रो लाग्नु तर विवाद नगर्नु । खाना खाएर बिस्तरामा लागेपछि यो शीर्षक समाप्त हुन्छ ।
फैलेको पानी र खुम्चेको स्याउ– कार्तिक ५ गते प्रभाकर गेष्टहाउसमा चिया पिएर यात्रा शुरुहुन्छ । यहाँको प्राकृतिक सौन्दर्यले भवानीलाइ निकै प्रभावित पार्दछ । कतै कालीदासका धारणा, कतै आफ्नै धारणा कविता मार्पmत प्रस्तुत भएका छन् ।कतै नियात्राकार गीता रेग्मी र कतै कृष्ण धरावासी यात्रालाई आफ्ना यात्रासँग तुलना गर्दै खलरूपी सुन्दर एक गाउँमा पुग्नु, ७ घर, ढुङ्गाकै छानो भएका, गाउँको बीचमा एउटा चौतारो,चौतारोमा फलामे बेञ्च बेञ्चमा एकजना वृद्ध शिरको टोपी र दुबै कान छोपिने गरी जमरा सिउरेर बसिरहेका सँग भेट हुन्छ । परिचयमा पदमबहादुर मगर भन्छन् । उनले जमरा लगाई दिन्छन् र सँगै जान्छन् र कागने गाउँ पुग्नु  पदमबाकी बुहारीले चलाएको होटेलमा लगेर खानाखाने आग्रह गर्दछन् । ढिडो खाने भनेपछि ढिडो तयार हुन्छ पदम बहादुरका इष्ट त्रिपुरकोटका मानबहादुर रोकायले तीन छोराछोरी दुनैमा राखेर क्याम्पस पढाई राखेका र तिनको खर्चको लागि उपल्लो डोल्पामा खुर्सानी बेच्न गएको भनेर परिचय हुन्छ । अस्मिताले आफ्नो बुढो पनि काठमाडौमा भएको जानकारी गराउँछे । अस्मिताले भन्छे– एउटा छोरो जन्मेको थ्यो । त्यो पनि सानैमा मरिगयो । त्यसपछि बुढाले छोडिगयो । ' यस विषयमा भवानीको समूहलाई चिन्तित बनाउँछ ।  कागनेमा पुगेर फोक्सुण्डो खोलो तर्नु, विजयशाल पुग्नु, गाँजा र अग्ला अग्ला ढुङ्गा देख्नु साथै फोक्सुण्डोको फैलावटलाई हेर्नु, भवानीले यस  विषयमा कविता कोर्नु –
झुटा नौला नौला प्रगति गरियो रे भुवनमा
हवेली बाटो रे अति भडकिला कुञ्ज वनमा
घमण्डी हे मान्छे  प्रकृति तँ बना हेर्दछु नयाँ
हिमाली फोक्सुण्डो  लु न त रचिदे त्यो शहरमा ।
पृष्ठ ११६
वनको बाटो छेउछाउका अग्ला ढुङ्गामा बुद्धका सुन्दर चित्रहरू कुँदिएका छन् अनि लेखिएका छन् –'ॐमणिपद्मे हुँ र ॐ मात्रिमुहे साले दू'। यो बाहेक भवानीले  अरू पढ्न नजान्नु । वनक्षेत्र पारगरेपछि गाउँ भेटिनु आँखे खोला देखिनु, यहींबाट ठूलीभेरी नगरपालिकाको सीमा समाप्त भएको र फोक्सुण्डो गाउँपालिकाको सीमा आरम्भ भएको जानकारी पाउनु, होटेलमा पस्नु स्वदेशी पाहुनाले खाना खाँदै गरेका र तिनीहरूले खाना खाए पछि चिनजान हुनु । २०१९सालका सांसद लक्ष्मीशरण शर्मा न्यौपानेले धौलागिरी अञ्चलको घोल्पो जिल्लालाई कर्णाली अञ्चलको डोल्पा जिल्ला बनाई दुनैलाई सदर मुकाम बनाएकाकी नातिनी सुस्मितासँग परिचय हुनु । डोकोमा स्याउ राखेको देख्दै रोगी जस्ता लागे पनि १० रुका दरले १० दाना किन्नु र भवानीले बगैचा हेर्नु र काँटछाँट गर्न र मलजल गर्न सिकाउनु, आपूmले पनि सिकाएको काम गर्नु र अरुलाई पनि सिकाउनु भन्नु र नाम सोध्नु किसानले म पोरखबहादुर शाहा भन्ने जानकारी दिएपछि भवानी साथी भेट्न जानु ।
चुच्चो जोडने चरीहरू–  पोरखबहादुर शाह खोलाको डिलसम्म आउनु र फर्कनु, वनको सुन्दरता हेर्दै, होचो काठेपुल तर्दै, निकै ठाडो उकालो चढ्दै, कलात्मक देउराली पुग्दै, पूर्व र यो कलात्मक देउरालीको भिन्नता केलाउँदै ,मरेका आफन्तको नाममा बनाएको जानकारी लिंदै, साधारण र लामा झाँक्री, धामीको बिसौनीमा फरक पाउँदै, लामा धामीकोमा लुङ्ता र छोत्तर टाँगेको र मरेर जानेको नाम पनि लेखिएको हुने, उकालो सकिने बित्तिकै सानो फाँटमा सानो गाउँ र सूचनाले जनायो 'छेप्का' गाउँ, न्यु वेलकम होटेलमा बास बस्नु , होटेल मालिक्नी बालकुमारी उसको श्रीमान सलमानको परिचयलिनु छोरालाई दार्जिलिङमा पढाएको र छोरीलाई गाउँमै पढाएको जानकारी पाउनु ,होटेलमा बस्ने ठाउँ नभएको देख्नु,२०७८ कार्तिक ६ गते बिहान चारबजे उठेर हिडनु, बाटोमा एक जोडा चरीले चुचो जोडेर रासलीला गरेको देख्नु, यस विषयमा कालिदास र देवकोटाका पात्रकाहरूलाई स्मरण गर्दै सेडाकको टि हाउस नामको छाप्रोम ७ बजे पुग्नु, तालमा पुग्नको लागि १२ बजे अघि झर्ना पुग्नु पर्ने जानकारी पाउनु, पशु खेद्ने पछि बाट र मान्छे खेद्ने अघिबाट भन्ने योजना बनाएर हिडनु ।
 भेलपुरी जोडी –सेडाक भन्ने टिहाउसको छाप्रोबाट भवानीको समूह हिडछ । बुटवलको टोली पनि भेटिनु, भेलपुरी नानी हिडन नसके अवस्था केटा साथीले चाँडै हिडने भनेको भावानीले सुन्नु, बोलाउने वालाको नाम पनि भेलपुरी, दुवैले एमबीए पढेका, पढाइ सकेर जागिर खाएर सँगै सँगै जीवन विताउने निर्णयमा पुगेकाहरूसँगै सँगै हिड्नु, रामवाण गुल्मको सूचनापाटीमा आफ्ना सामान चेक गरेरमात्र अघि बढ्ने सूचना पढ्नु , जाँचक फेला नपर्नु, अघि बढ्नु , दुई घण्टामा स्यानो बस्ती ¥याचीमा पुग्नु, त्यहाँबाट सुन्डो भन्ने ठाउँमा पुग्नु,एउटा झुप्रोमा खाना खानुहोस् बसेको पैसा तिर्नु पर्दैन भनेर लेखेको देख्नु, अगाडी बढ्नु, बागराल पुग्नु ,४÷५ काठेघरमा  होटेलका होर्डिङबोर्ड झुण्ड्याएको देख्नु ,यार्सागुब्मा सङ्कलन सम्बन्धी सूचना पढ्नु, ३१३४ मिटरको उच्चाइमा रहेको झर्नाहोटेल नामले परिचित बस्ती(चुनुवार)मा पुग्नु,चुनुवारको स्वास्थ चौकी देख्नु,यहाँ ५०÷५५ वर्षे साहुनी र १६÷१७ वर्षे किशोरीले पकाएको खाना खानु, त्यहाँबाट ११ बजे उकालो लाग्नु, पालम नामको बस्तीमा पुग्नु,पालमको चौतारीमा बिश्राम लिनु, नाङ्गो पहाड देख्दा मुस्ताको स्मरण हुनु, डाँडाको थुम्कोमा दुई केटा फेला पर्नु र यिनीहरूले पहिला रेखी गाउँबाट अपर डोल्पा गइने जानकारी गराउनु र यहाँको गरिबीको यथार्थ जनाउनु ,पहाडको थाप्लोमा बिसौनीमा जाजरकोटे विमल रोकाय र सन्देश चन्द भेटिनु, उनीहरूले बेजोडको झर्ना भेटिने र पौने घण्टा जतिमा लातमै पुग्ने जानकारी गराउनु, भवानीले बाटोको सुविधामा डोल्पाको गरिबी हट्ने र 'उही प्रतीक ढकालको शब्दमा भन्ने हो भने , शेर्पाहरू पनि आखिर हिँडेर मात्रै चुचुरोमा पुग्छन् नि, होइन र ?' शब्दको स्मरण गर्नु ।    
फोक्सुण्डोको ''शे''रमाइलो –पालमबाट हिडेको डेड घण्टामा उच्चाइमा पुग्नु,स्वागतद्वार राता, नीला र पहेंला लुङ्ता द्वारा सिंगार गरिएकोबाट स्वागत पाउनु, रोमन्चित हुनु र भर्तृहरिको नीतिशतकलाई सम्झनु ,उकालो चढ्नु, अग्लो भिरमा सुन्दर र विशाल १६७ मिटर अग्लो शूलीगाड झर्ना देख्नु ,निकै आकर्षक हुनु, मुगु, कालीकोट, जुम्लाका प्राकृतिक सम्पदाहरू र दैलेखका प्राकृतिक ज्वाला,सुर्खेतको बुलबुले ताल, राराको स्मरण गर्नु, अघि बढ्नु, पहेंलो रङ्को बोर्डमा ध्भिि अयmभ तय ग्उउभच मयउिब च्ष्नmय ९घटघछ m० र अव १० मिनटमा शे–फक्सुण्डो ताल पुगिने, काङ्लापास जानिहो भने १६ घण्टा र शे–गुम्मा जानेहो भने २० घण्टा लाग्ने सूचना पढ्नु र रिग्मो पुग्नु । यहाँको प्राकृतिक सौन्दर्यलाई दिलफुकाएर वर्णन गरिएको छ –'यसको शाश्वत र अकल्पनीय सुन्दरतालाई न आँखाले ठम्याउन सक्छन् न संसारका कुनै पनि क्यामेराले उतार्न नै सक्छन् ।' भवानीले यहाँ आउन सक्षमताको लागि माता अम्विका देवीप्रति शिर नुगाउँछिन् र पिता डिल्लीप्रसाद खतिवडाप्रति चिरऋणी छु भन्छिन् र पिताको आत्माको चिरशान्तिको कामना गर्छिन् । यो खुसीको क्षणमा छोरी आस्था, छोरो आदित्यराज, जीवनसाथी शुक्रप्रसाद भट्टराई र घरका सबै परिवारलाई सम्झनु हर्षका आँसु बगाउनु । डाक्टर हर्क गुरुङको कृति 'मैले देखेको नेपालमा' मा रिग्मोमा १३ घर भएको लेखिएकोमा हाल १०० घरको हाराहारी भएको धारण यहाँ आएको छ । छेवाङ लामाको लामा होटेलमा बास बस्नु, छेवाङका ३ बहिनी जेठी याङजोङ –(आनी) कान्छी जिम्पा(काठमाडौमा विएसडब्लु पढ्द)ै माइली भीमा आमाकी सहयोगी ।
शे–फक्सुण्डो उत्पत्तिको बारेमा जान्ने जिज्ञाशामा एउटी राक्षस्नी एक बटुको पानी र एक बटुको तेल लिएर बासबस्न आउनु बास नपाउनु र रिसाएर त्यो पानी त्यही पोखि दिनु यसैबाट पानी बढ्दै यो तालको र्मिाण हुनु ताल नजिकैका लामाहरूले बास दिनु तर दुःख दिन्छे कि भनेर मारिदिएको घटना छ । भवानीले राराको तालको कुरा महादेव रारामा बास बस्न आउँदा बास नपाएर कमण्डलुको पानी खनाएकोले रारा बनेको कुरा, प्रथम जगद्गुरु (अनन्तश्री विभूषित बालसन्त मोहनशरण देवाचार्य)ले भवानीलाई भनेको कुरामा भोलेनाथ एकदिन  भैरबसँग रिसाउनु । भैरव कसैलाई नभनी हिड्नु, कैलाशबाट टाढा हुँदै जाँदा रिस शान्त हुनु र रिग्मोमा शिवजीको आराधना गर्नु शिवजीले दर्शन दिनु र वरमाग्न भन्नु भैरवले शिवजीको जटाबाट गङ्गाका सहस्रधारा खसाली दिन र त्यही जलबाट नित्य अभिषेक गर्दै हजुरको आराधनामा बस्न पाउँ भन्ने वरदान माग्नु, शिवजीले जटाबाट धारा बगाइ दिनु र भैरवी कुण्डको निर्माण हुनु, भैरवी कुण्डबाट निस्केको पानीलाई भैरवी गंगा  भनिनु ।  यसको वर्णन स्कन्द पुराणको हिमवत्खण्डअन्तरगत ४६ औं अध्यायको ६३ औं श्लोकमा उल्लेख गरिएको छ भनिएको छ । भवानीले जगत गुरुको कार्यमाथि प्रकाशपार्दै भन्नु हुन्छ –'महाकाली क्षेत्र अन्तरगत झम्केनी धाममा तपाइँको सत्प्रयासले उभिदै गरेको नेपाल आमाको  १७५ फिट अग्लो अष्टधातुको मूर्तिमा भोलीको उज्यालो नेपाल देखि रहेको छु ।' जाजरकोटको कुशेगाउँपालिकाबाट ७जना कर्मचारी आउन्ु, छेवाङले भवानीलाई काठमाण्डौ कर्मचारी भन्ने जानकारी पाएपछि  हुम्लाको सिडियो साहाव (गणेश आचार्य) यहाँ सपरिवार आउँदा लौरो हराउनु भएको र मैले उक्त लौरो खोजीदिएको हुँदा उक्त लौरो लगिदिने आग्रह गर्नु, ३२ वर्षे डा. सुदीप 'क्रान्ति' नामक उपन्यासका लेखकको मृत्युलाई सम्झेर आमा सरस्वती रोइरहनु, चितवनका आठ जना युवाहरूले नेपाल जस्तो सुन्दर ठाउँ कतै छैन भनेको भवानीले सुन्नु ,दोहोरी गीत गाउनु नाच्नु, छेवाङ्सँग रिग्मोमा अरू हेर्नलायक ठाउँको भवानीले सोधनी गर्नु र तालको पल्लो किनारमा बोन धर्मको पुरानो गुम्बा हर्न पर्ने जानकारी पाउनु । भवानीमा कौतुहलता बढ्छ र बोन धर्म र बौद्ध धर्ममा रहेको भिन्नता जान्न चाहनु र बोन धर्मले 'समयक्रममा पृथ्वीमा १००८ बुद्धको जन्म हुन्छन् । ती सबै बुद्धहरूले आआफ्नो हिसाबले बौद्ध परम्पराका दर्शनहरू प्रतिपादन गर्छन् ।' १००८ बुद्धमध्ये आजभन्दा १८००० वर्ष अधि आठौ बुद्धको रूपमा तेन्वो श्रेनाव मिवो जन्मनु भएको र उनले बोन धर्मको माध्यमबाट आफ्नो कृति फैलाउनु भएको धारणा आएको छ  । बोनधर्मका देवता भनेकै प्रकृति हुन् भनिएको छ र बौद्ध धर्म र बोन धर्मको भिन्नतामा बौद्धधर्मवालाले 'ॐ मणिपद्मे हुँ जपछन् र बोनधर्म मान्नेवालाले 'ॐ मात्रिमुहे साले दू' जप्छन्, भन्ने धारणा कृतिमा आए पनि यी दुई धर्ममा धेरै भिन्नता देखिन्छन् । बौद्ध लामा टेतोन छेवाङ छुल्ठिमले पन्ध्रौ शताव्दीमा पाल शेनतेन थासुङ छेलिङ् गुम्बा बनाएका र हाल बोन बुद्धिष्ट महासङ्घ र रिग्मोबासी मिलेर यो गुम्बामा गुरु तेन्पो श्रेनाम मिवोको ५ फिट अग्लो मूर्ति निर्माण र गुम्बको मर्मत सम्भार गर्न लागेको यो  हेर्न पर्ने जानकारी भवानीले पाउँछिइन् ।  तालका अनेक चालहरू– २०७८ साल कार्तिक ७ गते ब्रह्ममुहुर्तमा उठनु राराको तालले रङ्ग परिवर्तन  गरेको स्मरण गनुर्, शे–फोक्सुण्डोमा सूर्यको रश्मि पुग्नु अगावै पुग्नु हिजो हेरेको नीलो पना आज तेलपना धारण गरेको देख्नु, यस अवस्थामा भवानी बरिष्ठ साहित्यकार भुवन हरी सिग्देलले यात्रा किसिम किसिमका नियात्रा कृतिमा वर्णन गरिएको रसुवाको भैरव कुण्डको कालो र विशाल जलसंसारलाई स्मरण गर्दै शे–फक्सुण्डोको रङ्ग फेरेको हेर्न व्यग्र रहेकी धारणा आएको छ ।जलतरङ्ग उम्रदै फैलदै गरिरहेका र सूर्गको किरण जहाँ जहाँ परेका छन् त्यहाँ त्यहाँ नीलो रङ्ग र सूर्यको किरण नपरेको स्थानमा पानीको रङ्ग कालो नै रह्यो, तर केन्द्रभागमा सुनौला रङका लहर उम्रिदै र फैलिदै जानु , तालको किनार तर्फको पानी निख्खर सेतो रङमा परिणत हुनु, एउटै तालभित्र एकै समयमा एउटै तालमा पानीको रङ चार किसिमको देख्न पाइएको र हावासँग लहरिदै जाँदा सबै रङ नीलाहँुदै गएको देख्न पाउनु । कुसे गाउँपालिका साथीहरू आएर स्पिकरमा गीत गाएर नाच्न थाल्नु, भवानीका साथी पनि अनुरोधमा नाचमा सहभागी हुनु, पानीको निकासमा पुग्नु र यो ताल काञ्जिरोवा हिमाल र दर्जनौ हिमलेकहरूको पवित्र रसायनबाट निर्माण भएको ठहर गर्नु । पानीको निकास भएको ठाउँमा काठको साँघु भएको र साँघु तरेपछि ताल भव्य देखिनु, पाटन भन्दा पल्तिर पाल शेनतेन थासुङ छेलिङ गुम्बा रहेको , गुम्बा पुग्नु भन्दा पहिला गोरेटो माथि सैनिक कार्यालय, क्याराभान सिनेमाको छायाङ्कन भएको स्थान, पाँच घण्टा व्यतित गर्नु , खाना खानु विदा हुनु, स्याङ्जु बैजीसँग भेटहुनु यहाँ ओखती नपाएमा दुख हुने पैसाको खाँचो छैन सबै राम्रो छ भन्ने कुरा सुनाउनु, रिग्मो महिला समूहले तालको सफाइ गर्नु,तालमा फोहोर गर्न नपाइने गरे आर्मीले समातेर लैजाने, जानकारी पाउनु । अपर डोल्पा जान नसकेको कुराहरू रञ्जु र भवानी खतिवडाले चलाउनु र हिमालपारी पुगेपछिका लेखकदेखि धेरै कृतिकारका नाम स्मृतिमा आउनु, भेलुङचउरको मोहनीमय वन शुलीगाड झरना गाउँसित र तापिरिचा विद्यामन्दिरसँग विदा माग्दै तल झर्नु ।
¥याचीको रैबार – सम्झना होटेलमा दुनैबाट आएका एकहुल युवक भेट हुनु, कागने गाउँका एकजना बुढा बाले मेरा चारजना छोरी माथी गएका हिड्न सके या सकेनन् विमार परेकी भेटे सम्झेको भनिदिनु है भनेका थिए भन्ने समचार पाउनु, ¥याची पुग्नु र पाहुना घर होटेलमा बास बस्नु । होटेलवाला भीम गुरुङ र उनकी श्रीमतीलाई भवानीले स्याउखेती व्यवस्थापन सम्बन्धी जानकारी गराउनु । यिनका एक छोरा र एक छोरी दुनै बसेर पढेको जानकारी लिनु खाना खानु अनि सुत्नु ।
यार्सा चियर्स –२०७८ कार्तिक ८ गते बिहान उठ्नु, भीम दम्पतीले विदा गर्नु, छेक्का पुग्नु, न्यू वेलकम होटेलकी बालकुमारीसँग भेट हु्नु ,यहाँबाट विदा हुनु र छमकुनी होटेलमा पुग्नु, अस्मितासँग भेटहुनु र अस्मिताले पदम बालाई खवर गर्नु पदम बा आउनु,अस्मिताको श्रीमान उनलाई छाडेर ७ वर्षसम्म बाहिर बसेकोमा अस्मिताको बिचार जान्न रञ्जु र भवानी भान्सामा छिर्नु र अस्मिताको र श्रीमान बीचको सम्बन्ध बारेमा जानकारी लिनु, दुबैको सम्बन्ध घनिष्ट रहेकोले अस्मिताले मायामार्न नसक्ने र उसको श्रीमानले पनि माया मार्न नसक्ने धारणा पोख्नु, फापरको रोटी र तरकारी खानु र पदम बाले काठमाण्डौ आउने र सबै छोरीलाई भेट्ने धारणा राख्नु त्यहाँबाट विदा हुनु, खलरुपी गाउँ काट्नु, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय शूलीगाड पुग्नु, वार्डेन गोपाल खनाल सँग भेटहुनु, उनले जलपानको व्यवस्था गर्नु , सुझावको आग्रह गर्नु ,भवानीले पनि बाटोमा फालिएका पलाष्टिकको व्यवस्थापन र दोबाटोहरूमा पदयात्री अलमल नपर्ने खालका संकेत बोर्ड राख्ने सुझाव दिनु र दुनैतिर लाग्नु । धर्मशालाको प्राङ्गणमा पुग्नु, धर्मशालाको बोर्डमा ओखलढुङ्गा निवासी डा. उदयबहादुर कार्कीकी छोरी एलिना कार्कीको मिति २०५१ साल असार १४ गतेका दिन २ वर्ष ५ महिनाको उमेरमा दुनैमा मृत्यु भएको विवरण लेखिएको पढ्नु, अघि बढ्नु स्वास्थ आयुर्वेद केन्द्र भेट्नु,भेरीपारि ठूलो बस्ती देखिनु, मोवाइलले टावर देखाउनु शरद लामालाई फोन गर्नु,कार्यालय सहायक लिन आउनु र कृषि विकास कार्यालय पुग्नु, जहाजको टिकटको लागि प्रमुख जिल्ला अधिकारीसँग अनुरोध गर्ने कुरा लामाले भन्नु, प्रजिअ वेदनिधि अधिकारीसँग भवानीको चिनजान भएकोले भेट गर्न जानु, हवाई टिकटको लागि अनुरोध गर्नु, प्रजिअले स्टेसन मेनेजरसँग कुरा गर्नु र दुई फ्लाइट भयो भने दुई जनालाई भोली नै पठाउने भन्ने कुरा हुनु । जुफाल एयरपोर्टमा ६ बजे नै पठाउने कुरा हुनु र दुई जनालाई प्रजिअकै गाडीले पु¥याइ दिने कुरा भयो । भोलीको खाना प्रजिअकोमै हुने भयो ।जिल्ला कृषि विकास कार्यालयमा  खाना खाने र बास बस्ने काम भयो ।
ती नौ थान पुतली –प्रभाजी र सरस्वती एयरपोर्ट जानु । रञ्जु र भवानी प्रजिअको निवासमा खाना खान जानु । जहाजको टिकट प्राप्त हुन नसकेपछि मोटरबाटै जाने निधो गर्नु र रुद्रे बुढा र चेतकुमार धरालाको हातमा खाजा खर्च दिएर बाटामा निस्किनु । शरदले गाडी चढाउनु र त्रिपुराकोट नगरपालिकामा हिराचन्द धराला भएकोले त्यहाँ पसेर जानेकुरा शरदले भन्नु, त्रिपुराकोटमा हिराचन्द धराला अरुकर्मचारीहरूले स्वागत गर्नु , बाला त्रिपुरा सुन्दरीको दर्शन गर्न जाँदा हिराचन्दले आफ्नो घर पनि देखाउनु,सुन्दरी नामको खोला तरेपछि हिमज्योति आधारभूत विद्यालयका विद्यार्थी भेटिनु चकलेट बाँडनु , हिराचन धराला कि श्रीमती मुना बोहोरासँग परिचय हुनु, थुम्का माथिको बाला त्रिपुरा सुन्दरी भव्य मन्दिरमा अग्ला अग्ला लिङ्गाहरू ध्वजाहरूले सजिसजाउ, ढुङ्गाकै गाह्रो रङ्गिन जस्ताका छाना भएको काईगाउँ, न्यौपानेहरूको बसाई, बाला त्रिपुरासुन्दरीको उत्पत्तीसँग न्यौपाने जोडिएर आउने कथा रोचक भएको कुरा हीराले कथा सुनाउन थाल्छन्– बि.सं. १११४मा त्रिपुराकोट गढीमा विक्रम शाही नामका राजाको दरबार थियो । राजाले यहीं बस्ने १४ घर विष्टहरूलाई काजी र भारादारको रूपमा भर्ना गरेका थिए । मन्दिर भएको ठाउँमा राजाको दरबार र दरबारको आडमा धानकुट्ने ओखल थियो ।विष्ट गाउँका महिलाहरूले धान कुट्दै जाँदा त्यस ओखलमा अनौठा क्रियाकलाप देखिन थालेछन् । कहिले ४माना धान कुट्दा ४ पाथी चामल आउने र कहिले ४पाथी धान कुट्ला ४माना चामल आउने हुन थाले छ । योकुरा राजाका कानमा परेछ र राजाले ओखल भएको ठाउँ खन्न लगाए छन् । विष्टहरूले दिनभरी खन्ने तर भोलल्टि आउँदा खाल्टो जस्ताको तस्तै हुने । राजाले रात दिन खन्न लगाएँ । ७ दिन ७ रात खन्दा अष्टलक्ष्मीको चित्र कुँदिएको तामाको थालीले छोपिएको तामाकै ओदान माथि बसाइएको घिउको कराही फेला परेछ । कोदालोले खन्दै गर्दा  कोदालोले छोएर तामाको थाली भुँइमा खसेछ । खन्ने काजी वेहोस भएर भुँइमा लडेछन् र त्यो थाली भुँइमा खस्ना साथ घिउको कराहीबाट ९थान पुतली उत्पन्न भएछन् र भुरुरु उडेछन् । उडेका पुतली देवीको रूपमा परिणत भएर राना र विष्टलाई दर्शन दिएछन् । तीनै ९ओटी देवीमध्ये बाँकेकी बागेश्री, जुँलाकी कनका सुन्दरी,सल्यानकी खैरवाङ भगवती बैतडीकी रणसैनी त्रिपुरेश्वरी,बाजुराकी बडीमालिका शक्तिपीठको रूपमा स्थापित भएका र चारबहिनी देवी, बाला, त्रिपुरा र सुन्दरी चाँही यही स्थानमा बसेका र यिनलाई महालक्ष्मी, महाकाली र महासरस्वतीको रूपमा पूजा गरिदै आएको छ । स्वस्थानी महात्म्यमा सती देवीको ढाड पतन भई बाला त्रिपुरा सुन्दरीको पीठ स्थापना भएको कुरा उल्लेख छ । यस मन्दिरसँग अर्को अनौठो आस्थामा यस धामलाई वर्षाका देवता मेघको तपस्थली भनेर पनि विश्वास गरिन्छ र खडेरी परेको बेला मेघको पूजा गर्दा पानी पर्छ भन्ने जनविश्वास छ । अर्को जनश्रुतीमा विष्टले पूजा गर्दै आएकोमा विष्टलाई सपनामा देवीले मलाई क्षेत्रीले पूजा गर्ने हैन ब्राह्मणले पूजा गर्नु पर्छ  भने पछि राजाले जुम्लाबाट न्यौपाने ब्राह्मणलाई ल्याइ पुजारी नियुक्त गरेछन् । यी कथा समाप्त हुँदा मन्दिरमा पुग्नु देवीको उत्पति स्थल, यज्ञकुण्ड, सन्ध्याआरातीमा बजाइने नगरा सहितका वाद्ययन्त्र र मूलमन्दिरको दर्शन गर्नु , मूलमन्दिरको पूर्वपट्टीको सत्तलबाट देखिने सम्पूर्ण दृश्यको अवलोकन गर्नु , हीराले काईगाउँका टीकादत्त न्यौपानेकोमा लिएर जानु ,आलु उसिनेका खानु, गाई आए पछि दूध लिएर घरमा लानु, आठजना पविारसँग चिनजान गराउनु दुखसुखका कुराकानी गर्नु गराउनु, कालीमार्सीको भात र दूध खानु, धामी आएर हीराको छोरालाई मन्साउनु, होटेलमा गएर सुत्नु ।
चीसो रात ः मीठो सम्झना – २०७८ कार्तिक १० गते अँधेरैमा छोडियो बडीबगरलाई, अँधेरैमा तरियो सुन्दरी खोला, अँधेरैमा नाघियो छलगाढ, सुमोपार्क पुग्नु, सुमोमा १२ बजे तल्लुबगर पुग्नु, बस फेला पार्नु, १७०० तिरेर बसको टिकट लिनु, बस तल्लुबगरबाट जाजरकोट हुँदै नेपालगञ्ज जाने जाकारी पाउनु ४ बजे बसले बाटो लिनु, स्थानीयव्यक्तिले बाटोमा अवरोध गर्नु,तात्रगाडमा ठूलीभेरीले देब्रैतिर छुट्टिनु ,छेडा पुग्नु,खाना खुवाउनु, विहान चार बजे नेपालगञ्ज बसपार्कमा ओर्लनु र राप्ति होटेलमा एउटा कोठा लिएर निदाउनु ।उठेपछि नेपाल गञ्जका कर्मचारी सङ्गठनका अग्रज दाजुहरू चिरञ्जीवि पाण्डे र कृष्ण थापालाई नेपालगञ्ज  आएको जानकारी दिनु, २०७८ कार्तिक ११ गते चिरञ्जीवि पाण्डे र कृष्ण थापा भेट गर्न आउनु, बागेश्वरी मन्दिर पुग्नु, साहित्यकार मणिरत्नसँग भेट हुनु, बातचित गर्नु,  नेपालगञ्जको  रावडी पनि चाख्नु, नेपालगञ्ज बजार रिक्सा चढेर घुम्नु कृष्णले राँझा विमान स्थलमा गाडीबाट पु¥याइ विदा हुनु । सिमीकोटकी बृद्ध महिलाले ९ दिनदेखी जहाज कुरेर बसेका जानकारी लिनु, बुद्धएयरको जहाज आएर काठमाडौ पुग्नु, निजामति क्षेत्रको आधिकारिक टे«ड युनियनका अध्यक्षले पठाएको गाडीमा चढेर घरमा ओर्लेको धारणा सहित ११ दिनको यात्रा समाप्त हुन्छ । भवानीले यस यात्रालाई यसरी समाप्त गरेकी छन् –'हीराचन्द्र धरालाले भान्जाभान्जीका लागि पठाइदिएको ओखर र नेपाल गञ्जमा आफैले किनेको रावडी चखाएर आस्था,आदित्य र शुक्रजीलाई पक्क पार्ने हो । ११ दिने यात्रावृतान्त सुनाएर मख्ख पार्ने हो । अनि सबै भन्दा ठूलो कामचाहीँ आकाश ओढेको डोल्पाको रैबार सुनाएर छक्क पार्ने हो । त्यसपछि चाइनन्जो यात्राको सम्पूर्ण थकाइ एकै रातमा मेटिने गरी क्यानाम झपक्कै निदाउने हो , आफ्नै ओछ्यानमा पल्टेर भनेर भन्देखुन्लाई ! हुर्रे , घरै पो आइपुगियो त !  हे हे । '
यस कृतिको २१० पृष्ठमा गीता रेग्मी र अनिता कोइरालाका प्रतिकृया पनि समाबेस गरिएको छ । शे फोक्सुण्डोको दर्शनको बारेमा गीता रेग्मीका केही शब्दहरू– 'दृष्टिविहीन राजा धृतराष्ट्रलाई सञ्जयले महाभारतको युद्धको प्रत्यक्ष प्रसारण सुनाए जस्तै लागि रहेको छ यो पुस्तक पढ्दै गर्दा मलाई अल्मलिएकी छु, फोक्शुण्डोको दर्शन म आफैले गरेकी हुँ या नियात्राकार भवानीले ?'
यसरी नै अनिता कोइरालाका केही शब्द –'नियात्राकारको मन मस्तिष्क र पाइलामा डोल्पाको भूगोल , समाज, संस्कृति र प्रकृतिको अनुपम उपहार हेर्नका लागि अपार उत्साह, उमङ्ग र उर्जा समेटिएकोले यो यात्रा वर्णन एकदमै रोचक बनेको छ ।'
पात्र चयन – यस नियात्रामा मूल पात्र भवानी हुन् र उनको साथमा प्रभा, रञ्जु र सरस्वती काठमाडौदेखि डोल्पा पुगेर पुन काठमाडौ आउँदासम्म साथमा हुन्छन् । भवानीले सरा यात्रालाई कृतिको रूपमा प्रस्तुती गर्न सफल देखिन्छिन् । भवानी बहुआयमिक व्यक्तित्व हुन् । कृषि क्षेत्र बाहेक यिनको प्रवलता सामाजिक क्षेत्र –(कर्मचारी संगठन) , शैक्षिक क्षेत्र, पेशागत क्षेत्र, साहित्यिक क्षेत्र आदि सबैमा सवल देखिन्छ । यस नियात्रामा कार्यालय सहायकदेखि प्रमुख जिल्ला अधिकारीसम्म विविध क्षेत्रका कर्मचारी, होटेल व्यवसाई , तिनका परिवार, स्वदेशी तथा विदेशी पर्यटक, कृषक, बटुवा आदिलाई समेट्ने प्रयास गरिएको छ । महत्वपूर्ण पक्ष के हो भने नियात्रा लेखनमा भूमिकाहीन पात्रले पाना भर्न हुँदैन । यस कुरामा भवानी सचेत छन् । उनका समावेश गरिएका पात्रहरू सबै सकृय छन् ।
लेखन प्रस्तुति –  पछिल्लो आवरण पृष्ठमा प्रतीक ढकालले लेख्नुहुन्छ –'भवानी शब्दकी जादुगर हुन् । उनको लेखनीमा जताततै जादूगरीको सुन्दरता पोखिएको पाइन्छ ।' भुवनहरी भन्छान् – 'भाषामा जादू भर्ने कला त भवानीसँग सिके हुन्छ ।'मेरो अध्ययनमा उनको भाषा सरल सुबोध छ । उनी बीम्बमा रमाउँछिन्, शब्दलाई, सजाउँछिन् , प्रतीकलाई बोलाउँछिन् । यस कृतिमा आगन्तुक शब्दको प्रयोग पनि पाइन्छन कतै संस्कृतका श्लोक,कतै कविता, कतै मुक्तक पनि प्रयोग भएका छन् । ठाउँ ठाउँमा सूक्तिको प्रयोग भएको पाइन्छ जस्तै चितायो कि बितायो, देश चिन्नु आफैलाई चिन्नु हो, पौरखी भोकले मर्दैन अभावको रापले पिल्सिँदैन, हुतीहारा मात्र आफ्ना ग्लानिसँग रोयर मर्छन्, ढुङ्गो खोज्दा देउता मिले आदि । कतै दार्शनिक अभिव्यक्ति पाइन्छन् । स्थानीय भाषाको प्रयोग गरेर मीठास भरेको छ ।  
भवानीको नजरमा फोक्सुण्डो –'लागिरहेछ म एउटा स्वर्गभूमिमा उभिएकी छु र भोगीरहेछु , सुखको चरम आनन्द ।' अपरडोल्पाको बारेमा उनी भन्छिन् –'पर्यटकीय  हिसावले लुकेको स्वर्ग रहेछ अपर डोल्पा । कृषि उत्पादन त  के होला खै ?' भवानीले यहाँको प्रकृतिको सौन्दर्यलाई अति उच्चाइको साथमा उठाएकी छन् । कतै कतै सामाजिक परिवेशलाई पनि कोट्याएकी छन् । यातायातको विकास हुनुपर्छ भनेकी छन् तर उनका यी स्वर्ग शब्द सुनेर एउटा भारी बोक्ने किशोरले अपर डोल्पाको यथार्थ चित्रण यसरी पोखेका छन् – ' हामी गरिपका लागि सोर्ग छोइना अपर डोल्पा । हामी भरियालाई दुख्ख मात्र हो यो ठाउँ ।अन्न फल्या नाइँ ।भारी बोकेर जीवन धान्या हुन् सबैले – ( पृष्ठ १४४)
परिवेश– यो नियात्राले स्थान परिवेशलाई हेर्दा काठमाडौ, चितवन, बुटबल,लुम्बिनी,कपिलबस्तु, भालुवाङ्,  दाङका बिभिन्न स्थान (लमही,तुलसीपुर, घोराही), सल्यानका (बीउ बिजन, कृषि विकास कार्यालय, पशुविकास कार्यालय आदि), डोल्पा, शे–फोक्सुण्डो, अर्थात माथि लेखिएको नियात्रा सारमा उल्लेखित स्थानहरूको परिवेश, त्यहाँको प्रकृति सौन्दर्यता, आन्तरिक तथा विदेशी पर्यटक, आर्थिक परिवेश र सामाजिक परिवेशलाई सफलताको साथमा उठान गरिएको छ ।
यस कृतिले धेरै सन्देश दिन सफल देखिन्छ । स्थान विशेष, त्यहाँको प्राकृतिक सम्पदा,डोल्पासँग मिल्दाजुल्दा स्थान जस्तै मनाङ,मुस्ताङ जुम्ला आदि । उक्त ठाउँका बारेमा लेखिएका नियात्रा कृति अनि कृतिकार, कृषि, कृषकले लगाएका बाली व्यवस्थापन कसरी गर्ने, पात्रहरूको कामसहितको परिचय, यात्रागर्दा आइपर्ने कठिनाइ समयको अधिक सदुपयोग, यात्रा गर्ने ठाउँका साथीभाइहरूको सम्पर्क तथा भेटघाट आदिलाई समेटेर एउटा सुन्दर कृतिको सिर्जना भएको छ । भवानीले यात्रा स्थलमा पुगेर जुन स्वाद चाख्नु भयो मैले घर बसी बसी त्यो स्वाद चाख्न पाएकोमा उहाँलाई धन्यवाद सहित भावी जीवनको उज्यलताको कामना गर्दै विदा चाहान्छु ।
धन्यवाद
मिति २०८२ साल बैशाख २२  

April 24, 2025

समय चक्रमा परिकर्मा गर्दा


सदानन्द आगी
यस कृतिका कृतिकार हुनु हुन्छ इन्द्रराज पौडेल । उहाँको यो आठौं कृति हो । साहित्यप्रतिको उहाँको सकृयता अति चाखलाग्दो छ । उहाँको 'पीडा' कवितासङ्ग्रह  मैले अभ्ययन गर्न पाइन । यदि यो सङ्ग्रह पनि  अध्ययन गर्न पाएको भए उहाँका समग्र कृतिको अध्ययन भएको मैले महसूस गर्दथे । अझैपनि आशावादी छु कि त्यो कवितासङ्ग्र अध्ययन गर्न पाउने छु । सोधार्थी बृहस्पति चापागाई ले 'समयचक्र' खण्डकाव्यको अध्ययन गर्नु भएको छ । चापागाईले उपप्राध्यापक सूर्यप्रसाद भट्टराईको निर्देशनमा यो सोधपत्र शास्त्री तह तृतीय वर्षको लागि गरिएको धारणा यहाँ आएको छ । सोधपत्रको निष्कर्ष पनि यहाँ समावेश गर्ने छु । आवरण पृष्ठ बाहेक समग्र कृति ८८ पृष्ठको छ । प्रस्तवाना १२ श्लोकको छ । यसमा ५ खण्ड छन् र श्लोक संख्या २६५ छन् ।  त्रिवेणी साहित्य प्रतिष्ठानले यस कृतिको प्रकाशन गरेको छ । यस कृतिको प्रकाशकीय अध्यक्ष त्रिवेणी साहित्य प्रतिष्ठानका डा. नारयणप्रसाद खनालज्यूले लेख्नु भएको छ । उहाँल प्रकाशकीय लेखनमा दासप्रथाको औपचारिक समापन चन्द्रशमशेरले गरेका कमैयाले मुक्ति पाएको कुराको उठान गर्दै लेख्नु हुन्छ –'तर अझै पनि घरेल्ु नोकर राख्ने परिपाटीको अन्त्य भएको छैन न बालशोषण नै सकिएको छ । यसरी कवित्वको भाव र काव्यको भाषामा अनुस्यूत भएर आएको समयचक्रको शैलीशिल्पबाट लोकलयको उन्मुक्त भाव बहेको छ ।' गोविन्दराज विनोदीले 'समयचक्र' शोषित समाजको चित्र शीर्षकमा विवरणात्मक भूमिका लख्नु भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मरण गर्दै मुनामदन जस्तो सर्वाधिक लोकप्रिय काव्य रचना गरेको लोकलयलाई इन्द्रराज पौडेलको समयचक्रमा पनि नेपाली झ्याउरे छन्दको प्रयोग भएको छ र यो उत्कृष्ट रचना भएको धारणा आएको छ ।
काव्यभित्र प्रवेश गर्दा –काव्य प्रस्तावनाबाट थालनी गरिएको छ । कविले सर्वप्रथम शारदालाई यसरी सम्बोधन गरेका छन् –
हृदयभित्र संंझेर चित्र बसेर ध्यानमा ।
जोडेर हात नुहाई शिर गरेर बन्दना ।।
शाारदाबाट पाएको वर हो मेरो कल्पना ।
यो गीति काव्य मन्थन मेरो झ्याउरे छन्दमा ।।
पृष्ठ २१
कविको यात्रा सागरदेखि सगरमाथासम्म छ । यात्रामा सहजता हुँदैन । त्यहाँ ठक्कर खाइन्छ । जङ्घार तर्नु पर्ने हुन्छ,। तनका लुगा फाट्न सक्छन् । घामले पोल्न सक्छ ।  सिरेटो चल्न सक्छ । भोक लाग्न सक्छ । भोकले शरीर गल्न सक् छ । पानी पिएर सास अड्याउन पर्ने हुन्छ । संक्षेपमा भन्दा यात्रा गर्दा अनेक कठिनाई भोग्न पर्नेहुन्छ  तर यती कष्टदाई यात्रा गर्दा पनि कसैको आँखाको कसेर बन्न पर्छ । यात्रामा कविले सहास नदुखेपछि लक्षमा पुगिन्छ भन्छन् –
सहास आँट होस र जोश प्रयास लगन ।
अडिलो मन दरिलो मन मगज शालीन ।।
स्वभाव शिष्ट विनम्र बोली उदार व्यवहार ।
अर्कामा पीडा नदिने बानी चिन्तन उदार ।।
श्लोक ६, पृष्ठ २३
उपरोक्त गुणको साथै मानव धर्म सत्य न्याय  र तिरस्कार गर्दैन, कसैको पनि संकट पर्दा उद्धार गर्छ भने त्यो मानिस ईश्वरकै अवतार हो । मानिसलाई अतुल्य शक्ति दैवले दिएको छ । यसलाई प्रयास गरेमा अन्तरैबाट प्रकट गर्न सकिन्छ भन्दै  कविले सफताको बारेमा आफ्नो मार्गदर्शन यसरी पस्केका छन् –
सपना देख्यो नौचोटी नापो नौचोटी जोखर ।
कमजोर पाटा सुधार गर्दै प्रयास गरेर ।।
सौचोटी सोच्यो सौचोटी हे¥यो कसीम घसेर ।
मुसुक्क हाँस्यो सफलताको चोटीमा चढेर  ।।
श्लोक ९,पृष्ठ २४
भाग्यमामात्र भर परेर उन्नती हुँदैन उन्नतीको लागि काम गर्नुपर्छ  जस्तै बिरुवा रोपेर मलजल ग¥यो भने फल्दछ । कविको धारणा यसरी आएको छ –
छेक्दैन बाटो प्रगति गर्ने कुलको खुनले ।
प्रकाश उस्तै सबैमा दिन्छ घाम र जूनले ।।
सितारा लाखौं  छन् वरिपरि सबैका सहारा ।
सबैमा उस्तै बाहु र पाउ क्वै छैनन् बिचरा ।।
श्लोक ११, पृष्ठ २४
प्रस्तावनामा कविले थुप्रै सन्देश प्रवाह गर्दै बगरबाट सगरमाथा उक्लको लागि ज्यानको बाजी थापेर लडदा भोगेका समस्याको धारणा राखेका छन् ।
खण्ड– एक –
यस खण्डमा राणा शासनका पालामा कमरा कमारी रख्ने चलन रहेको र श्री ३ चन्द्र शमशेरले फुकुवा गरेपछि नुहारे गाउँको जङ्गलके छेउमा गएर बुेका र साहुको जग्गा अधियामा गरेर जीवन गुजरा चलाएको । ९० सालमा ५०÷६० घरले नापीबाट बसोबासको लागि जग्गा दर्ता गराएका थिए । यिनमा कोही सेनामा भर्ती भएर पेन्सन पकाएका, कसैले दोकान गरेका , कसैले जग्गा किनेर आयस्ता बढाएर सन्तान पढाएका, कस्ैले मुस्किलले जीवन धानेका, कोही बँधुवा बसेका,जनसंख्या बढ्दै जानु साहुको अधियाँबाट गुजरा नचलेपछि सुनौली पोखराको बाटो खन्न गएर गुजरा चलाएको, मौलान गएका,आदि मार्मिक वर्णन गरिएको छ ।  गरिबको यो अवस्था छ भने धनीको अवस्थालाई कविले यसरी वर्णन गरेका छन् –
धनीका धन्दा चल्दथे सोझा गरिब शोसेर ।
गाउँमै चल्थे दलाली धन्दा निर्घात लुटेर ।।
विपत्ति पर्दा कवोल ऋण सयको साठीमा ।
नसके तिर्न ऋणको लाठी बज्रन्थे छातीमा ।।
श्लोक ९, पृष्ठ २७
गाउँमा बसेका गरिबको लागि सहज गिएन किनकी फटाहा र जालीको दमन सहन पर्दथ्यो र व्यपारीले शहरमा बसेर गाउँको शोषण गर्दथे । गाउँको दयनीय अवस्थाले गर्दा युवाहरूमा सोच पलायो, परिवर्तनले बाटो समायो र विदेशतिर जानथले । भारतीय जवानको लागि गल्लाको साथमा २५ जना युवा छानेर लगियो । यिनमा १० जनास्तान र भारतको युद्ध सुरु भयो । सुमन घर्ती पनि युद्धमा खटियो सहासको साथमा लड्यो भन्दै कविले युद्धको अवस्थालाई यसरी वर्णन गरेका छन् –
चौतर्फ थिए राडर यन्त्र विमान भेदी तोप ।
लगाई युक्ति गोर्खाली वीर बैरीमा दिन्थे चोट ।।
छानिए ।  तालिम दिइयो र सीमा सुरक्षमा खटाउने काम भयो। नेपालीलाई कार्गिल जस्ता खतरा ठाउँमा खटाइयो । सुमन घर्तीको कामबाट हाकिम खुसी थियो । पाकि मेसिन गन पटट गोली वर्षाइ रहन्थे ।
स्टैण्ड गन पडकेका पनि आवाज सुनिन्थे ।
श्लोक २४,पृष्ठ ३०
युद्धमा साथी हराउनु , लडेकालाई उठाउन नसक्नु, कसैलाई बैरीले लगेर थुनेका मारिएकाको लास कोही गिद्धले ठुँगेका कोही स्यालले खादै गरेका अति कारुणिक दृश्य हृदय विदारक रूपमा प्रस्तुत गरिएको छ । युद्ध भारतले जित्यो । सुमन सहासी योद्धामा गनियो । तक्मा पायो । बरिष्ठ हवल्दारमा बढुवा भयो । कविको यस विषयमा यस्तो धारणा आएको छ –
नेपाली आमा जन्माई छोरा हुर्काई बढाई ।
पठाइ दिन्छिन् पराय देश युद्धमा भिड्नलाई ।।
प्रहार पच्ने तालिम दिन्छन् कोर्कोमा कोक्याई ।
दुख र भोक अभाव झेल्ने तागत बढाई ।।
श्लोक ३०, पृष्ठ ३२
नेपाली आमाहरूले छोरालाई  हिलो धूलो घाम पानी शीतको प्रहार जे परेपनि सहन सक्ने चट्टान जस्तो बनाएर, घरमै लड्ने तालिम दिएर युद्धमा हाँसेर जाने वातावरण बनाएर आशीर्वाद दिएर पठाउने धारणा कविले यसरी दिएका छन् –
वीरत्व भाव अजब मन छातीमा साहस ।
जाँगर जोश आँटिलो पन दिएर संस्कार ।।
निधार माथि लगाइ टिको आमाले आशीर्वाद ।
दिएर भन्छिन्  लडेर य्द्ध जितेर आएस् लाल ।।
श्लोक ३२ पृष्ठ ३२
 नेपाली आमाले विश्वको उपकारको लागि छोरालाई उपहारको रूपमा दिए पनि, देशले युवा निर्यात गरेर नेता मख्ख परेपनि कवि भने भने सन्तोष छैनन् ।
सुमन घर्ती जन्मदा उसका बाबुका नाममा आठआना जग्गा थियो घर चलाउन सहज थिएन सुत्केरी उतार्न कठिन थियो । उसको बाबु कमैया थियो । ऋणको भारी बढेको बढेकै थियो । बाबु छोरा नै बँधुवा बसे। पेटभरी खान पाएनन् । बाबु बिमारी भयो औषधी पाउन सकेन बाबुको जिन्दगी सकियो । ऊ पनि राती भागेर हिड्यो,
सेठकोमा जागिर पायो । उसको काममा खुसी भए्र तनखा बढाए । आमालाई पनि त्यहीं लगेर काममा लगायो र  छ वर्षसम्म आमाछोराले काम गरेर ऋण तिरेर बँधुवा फुकायो । गाउँमा गल्ला आएको बेला सुमन छानियो ।तालिममा प्रथम भयो । समय पाउँदा अध्ययन गर्ने, पत्रपत्रिका पढने, साथी भइलाई पनि पढ्न लगाउने, देश किन पछि प¥यो भनेर  चिन्तन गर्र्दै गर्दा विश्वको इतिहास बुझ्न सक्ने हुनु छलफल गर्नु जस्ता धारणा राख्दै कवि भन्छन्–
गरेर चर्चा नेपालभित्र निरीह अवस्था ।
सबैले ठान्थे उखेल्नु पर्छ शासन व्यवस्था ।।
उच्च र नीच जातीय भाव विभेद रङ्गका ।
विरुद्ध युद्ध लडेका गान्धी नेल्सन मण्डेला ।।
श्लोक ४८, पृष्ठ ३६
 यिनको बारेमा विचार विमर्स गर्नु दासप्रथाको उन्मूलन गरेका कुरामा छलफल गर्दा सुमनमा कितावी ज्ञानले तरङ्ग र चेतना भरदिन्छ, । ऊ गाउँमा गएर सबैका आल–खवर लिन्थ्यो । साहुको ऋण तिर्न नसकेर बँधुवा भएको र विवश भएर कमैया बन्न परेको रुँदै आफ्ना वेदना सुमनलाई सुनाएको र साहुले ले दिएका पीडालाई सुनेर सुमनले हिम्मत गर र कमैया नबस गिठा भ्याकुर खाएर पनि छाक टार्न सकिन्छ । सुमनले गाउँलेलाई भनेका कुरा गाउँमा फैलिए साहु रिसाउनु र कन्चट तातेको धारणा सहित यो खण्ड समाप्त हुन्छ ।
खण्ड दुई – यस खण्डम ५६ श्लोक छन् । यस खण्डमा सुमन भारतीय सेनामा २५ वर्ष जागिर खाएर पेन्सनमा  घर आउँछ । मुरारी साह् त्यो नेरोफेरोकोृ राजा सम्झन्थ्यो । सुमन र मुरारी बीच खटपट चल्थ्यो । मुरारी साहुले धेरैपटक बोलायो तर सुमन गएन ।न्याय निसाफ गर्दा सुमनले सत्य तच्यको आधारम ागर्ने भएकोले मुरारी साहुलाई निराशा बोक्न प¥यो । कविले सुमनको बसाईलाई यसरी प्रस्तुत गरेका छन्–
गाउँलेले मान्थे सुशील सुखी सुमन परिवार ।
सन्तोष जहाँ सुवास त्यही प्रेमले खोल्छ द्वार ।।
गोठमा पशु पुगेस खेती बैंकमा रुपियाँ ।
आँगनमाथि  मकैको शुली छक्क थे दुनिया ।।
श्लोक ३, पृष्ठ ४०
सुमन निडर थियो, गरिबलाई सहारा दिन्थ्यो । घरपरिवार मिलेका थिए । उसमा उदारता र लयालु पन भएकोले सबैले उसलाई मान्दथे । नुहारेबाट पश्चिमतिर सम्पन्न साहुहरूको बसोबास थियो । नुहारेहरू साहुहरूको लागि जनबल थिए । साहुहरूले दवाएर रखेका मानिसहरू सुमनको कारणले गर्दा परिवर्तन भएका कारणले सुमनलाई मिल्काउने सुरमा थिए । सुमनलाई कमैयाहरूले साहुहरूको षडयन्त्रलाई जानकारी गराउँथे । गुमाने घर्तीलाई पैसाको खाँचो परेछ मुरारी साहुसित पैसा लिन कुरा मिलाएर तमसुक लेख्ने भन्दा महगो व्याजमा ऋण लिन नहुने सस्तोमा  मैले नै मिलाई दिउँला भनेर गुमानेलाई सहयोग गरेकोमा मुरारी साहुलाई रिस उठो । खुत्रुकै पार्ने योजना बनायो । कैयो चोटी दफना बसे तर घर्तीका केटाहरूले चुटेर पठाए । सुमन बजारबाट आउँदा मुरारी साहुले बन्दुक हानेर मार्ने योजना बनायो र घोडा चढेर वनमा  गयो तर बाघले उसलाई आक्रमण गरेर घायल बनायो । मुरारी साहुलाई सुमनले नै घर पु¥याइ दियो र घाउमा मलहम लगाइ दियो तर मुरारीको नियत राम्रो भएन । कविले यसलाई यसरी प्रस्तुत गरेका छन्–
जतन ग¥यो दुई चार दिन उदार भएर ।
गुनले मार्ने बैगुनीलाई औसर पाएर ।।
खुवायर दूध पालिन्छ भने सर्पको घरमा ।।
टोकेर विषै बमा गर्छ चुकेको बेलामा ।।
श्लोक ३२, पृष्ठ ४७
सुमन र मुरारीको तुलना कविले यसरी विश्लेषण गरेका छन् –
कर्तव्यबाट बिमुख कैले हुँदैन ज्ञानीजन ।
नुन चुक घाउमा हाल्न मान्दैन साधुमन ।।
सर्वत्र भलो विचार गर्छ दयालु मानव ।
अरूको सधैं कुभलो गर्छ दानवी स्वभाव ।।
श्लोक ३३,पृष्ठ ४८
यसरी मुरारी साहुले सुमनलाई मार्न नौ नौ पटक प्रयास ग¥यो तर सकेन । साहुहरू राती जम्मा भएर भोजको आयोजना गरेर विख खुबाएर मार्ने तय भयो । भोजको हल्ला चारै तिर फैलियो  । यो षडयन्त्र पनि साहुकी सुसारेबाट सुमनले पायो । सुमनले चलाखीपूर्ण रूपमा खाना साटो । आज पनि मुरारुी साहुको योजना फेलखायो । यो विख राखेको खाना मुरारी साहुको भाइको भागमा पर्न जान्छ । यता मुरारी र सुमन बीच भलाकुसारी हुन्छ । सुमनले साहुलाई कमरा भनेर धम्की नदिनु किनकी आजका युबकले सहदैनन् । दमन सहने वेला गै सक्यो । तिम्रो सोच पुरानो भै सक्यो । आदि धारणाहरू सुमनले मुरारीसँग राख्यो । मुरारी मनमनै भन्छ –
बतीको तेज चम्कँन्छ तेल सिद्धिने बेलामा ।
हुटहुटी तेरो सिद्धिन्छ माखो परेझै महमा ।।
नतिजा भोग्न बाँकी छ अझै हार र जितको
रहेन ज्युँदो मानिस कुनै मलाई हेपेको ।
मुरारीका धारणा सहित यो खण्ड समाीत हुन्छ ।
श्लोक ५६ पृष्ठ ५२
खण्ड तीन –
खराब कामको नतिजा पनि खराबै निस्किन्छ । मुरारी साहुको भाइ मदन भोज खाएर घर फर्कन्छ । घरबाट पोखरा जानको लागि बसमा चढ्छ । बसमा चढेको केही क्षणमा चक्कर लागेर बमन गर्छ र अस्पताल लगेको केही छणमा मृत घोषणा गरिन्छ ।  डाक्टरहरू सशङ्कित भए । डाक्टरलाई बुझो लगाएर छिटछिटै लास बुझेर उज्यालो हुँदा नहुँदा लास जलाइन्छ । यो सबै जानेको सुमनले पनि गाडेको लास खनेर उधिन्न चाहेन । मतियारहरू डराए । कोही शहर पसे । विदेश छोरा हुनेहरू विदेश गए । साहुहरू बीच खटपट बढ्यो । त्यस अवस्थालाई कविले यसरी चित्रण गरेका छन् –
शिकार हान्न दागेको गोली निशाना चुकेर ।
शिकारीतिरै फर्केर पड्क्यो छातीमै चिरेर ।।
शिकार आयो झम्ट्यो नि झ्वाट्टै घाँटीमा गाड्यो दाँत ।
लत्रकै परे लोलिदै कठै ! बन्दुक हान्ने हात ।।
श्लोक ६, पृष्ठ ५५
सुमन बाँचेकोमा मुरारी साहुलाई असह्य पीडा हुनु, नाजुक हाल हुनु , अ‍ौडाहा छुट्नु , जीवनभरी बल्झने घाउ मुटुमा बन्नु, निधारमा पसिना निस्कनु ,आफन्तहरू टाढिदै जानु, वेदना बढ्दै जानु साहुको यस्तो अवूथाला मुरारी साहु बिमारी पर्नु, आँटेको काम पुरा नहुँदा पछुतो पर्नु आदिको साथै साहुको दयनीय अवस्थालाई कविले यसरी पस्केका छन् –
घोचे झ,ै लाग्यो मुटुमा तिखो काँढाले चुसुक्कै ।
केही भन्न खोजो मुखमा वाँणी निस्केन पटक्कै ।।
चिप्लेर आँखा शुस्केरा हाले बढेर रक्तचाप  ।
अचेत जस्तै भए नि साहु तानेर लामो श्वास ।।
श्लोक २२, पृष्ठ ५९
साहुको यस्तो अवस्थालाई देखेर सुमन आत्तिनु , छिमेकीहरूलाई बोलाएर ल्याउनु,गाउँका केटा बोलाएर साहुलाई अस्पताल पु¥याउनु, कुरेर बस्नु , घरमा ल्याउनु , ओखती दिने तरिका सिकायो र घर जान हिड्यो तर साहुले बोलायो । विपद परेको वेलामा गुन लगाएको र बचाएको हुँदा धन्यवाद दिदै  दैवले भाइल लग्यो मन बुझाएर बस्न कठिन भएको कुरा सुमनलाई सुनाउँदा अरूलाई मार्ने योजना बनाएर घोडा र भाइलाई गुमाउनु परेको हुँदा दैवलाई दोष दिन मिल्दैन । खानामा विष कसरी मिसाइयो र मदनलाई विखको थाली कसरी सारियो यो देख्ने साक्षी छन् । पर्दाफास गरियो भने तिमी जेल जान सक्छौ भनेपछि साहु निकै डरायो र माफ माग्यो । मुरारी साहु ढोका थुनेर रोएर बस्नु ,अनिन्द्रा, भोक नलाग्ने व्यथा बढेर जानु ,यो अवस्था आउनु भन्द पहिला मुरारीलाई गाउँकै राजाको रूपमा सबैले मानेका थिए, सानले बाँचेका र सम्पन्नताको शिखरमा थिए, ख्यातिको खातमा थिए , गाउँका झगडा उनकै भरमा छिनिन्थे, मुद्दा उनकै पक्षमा जितिन्थ्यो, तरुणी केटीले हाँसेर स्वागत गर्थे, दैनिकी जसो विशिष्ट पाहुना आउने , स्वागत पाउँथे,साहुका सुसारे बेचिने पनि हुन्थे, निरिहहरू दबेकै थिए,साहुको मनपरी तन्त्र थियो तर आज सबै समाप्त भयो । कविको धारणा छ कसैको पनि समय एकैनाश चल्दैन, कोही जोगी हुन्छ, कोही रोगी हुन्छ, कोही बितरा पर्छन्, कसैको दिमाग खुस्किन्छ, कोही कवि पनि बन्छ भने कसैले सबै पचाएर उन्नती पनि गर्दछ । नराम्रो कामको नतिजा कहिल्यै राम्रो हँुदैन भन्ने धारणा कविले यसरी राखेका छन् –
नगर्ने काम गरियो भने पर्दछ पश्चताप ।
दुष्कर्म गर्दा पर्दछ पक्कै बेहोर्न अभिशाप ।।
अरुका आँखा छलेर कोही गर्दछ भने छल ।
दैवले कैल्यै कुकर्मीलाई दिदैन राम्रो फल ।।
श्लोक ४४, पृष्ठ ६४
खण्ड–चार–  
यस खण्डमा कविले नुहारे गाउँको पूर्व अवस्था बाट समृद्धिमा पु¥याएको भन्ने धारणालाई  पस्केका छन् । जनजीविका कसरी चलेको थियो भन्ने धारणालाई कविले यसरी पस्केका छन् –
मजुरी गरी दैनिक छाक टारेका जीवन ।
मुस्किलै थियो गुजरा धान्न साँझ र विहान ।।
नपुग्दा खान सापटी लिँदै ऋणमा डुबेका ।
साहुको सधैं चाकरी गरी जहान पालेका ।।
श्लोक १, पृष्ठ ६५
भोक, रोग, गरिबी, खानाको अभाव, जडाउरीको भरको पहिरन, हेर्दा बैंशमै बुढा देखिने, आफ्ना वंशको अवस्थालाई देखेर सुमन चिन्तित हुन्थ्यो । वंशको उपकार कसरी गर्ने, पेटभरी खान सकिने अवस्थामा कसरी लाने,दशैं तिहार खुसीले मान्ने अवस्थामा कसरी पु¥याउने ,जाडोमा जिउ ढाक्ने, बिमारी पर्दा औषधीको व्यवस्था कसरी गर्ने अथवा गास बास, शिक्षा र स्वास्थमा गाउँलेलाई आत्मनिर्भर कसरी पु¥याउने भन्नेमा सुमनले छलफल चलाउनु, योजना बनाउनु,योजना कार्यन्वयनको लागि जिल्लका एनजीओकोमा जानु, संयुक्त कोष खडा गर्नु, उद्योग विभागमा र घरेलु उद्योग विभागमा स्वीकृति लिन जानु , सबै व्यवस्था मिलाउन हाकिम गाउँमै आउनु काम गर्ने तरिका सिकाउनु, कानुनी बाधा अडचनको पनि जानकारी गराउनु गाउँले जागृत हुनु, कोषमा सुमनले पचास हज्जार दिनु, कोषमा चारलाख रुपियाँ जम्मा हुन,ु सयकडा एक रुपियाँ महिनावारी ऋणको व्यवस्था गनुर्, कामको थालनी गर्नु,डोरा, नाम्ला, डोका,डाला बनेर कोषमा बुझाउनु र तोकेको मूल्य लिनु,डेरी खोलेर दुधको सङ्कलन, पशु पालन गरेर दुध र मासुको उद्योग फस्टाउनु ,नगदेबाली लगाउनु, किसानलाई आवश्यक पर्ने सबै बस्तु गाउँमै निर्माण गनुर्, सिलाइ बुनाइ तालिम लिएर कामको थालनी गर्नु, अनपढको लागि रात्री स्कुल खुल्नु ,बिजुली बल्नु, साहुका कमैयाले छाडेर आफ्नो काममा लाग्नु जस्ता धारणा आएका छन् । मानिसको जीवन स्तर उठेका धारणा कविले यसरी राखेका छन् –  
गतिलो खाना सुकिलो नाना रहर पु¥याए ।
जडाउरी फाले सुकिला लुगा किनेर लगाए ।।
अवसर पाए अपढहरू पढेर बेलुका ।
मुखमा वाँणी प्रस्फुटन भए निमुखा हरूका ।।
श्लोक ५१, पृष्ठ ७७
मानिसले मौका पाउनु पर्छ उन्नतीले शीखर समाउँछ । नुहारे गाउँका मानिसहरू सुमनको मार्गदर्शनलाई अङ्गाले पछि उद्योगतिर मानिस तानिए, चौगुना कमाए, साहुकै अगाडी महल ठड्याए ।व्यायमशाला, पुस्तकालय,खेलकुद मैदान, अस्पताल, व्यपार, उद्योग धन्दा आदि क्षेत्रमा प्रगति पूर्वधार निर्माण अगाडी भए । मोटर बाटो लगियो, सबैका घर टिनका छानाले सजिए,छोराहरू हाकिम भए । यसको प्रगतिको समाचार देश विदेशमा फैलियो, विदेशी पाहुनाहरू आउन थाले, चर्चा सुनेर वीरेन्द्र राजाको सवारी भयो  । सुमन देशकै राम्रो समाजसेवी कहलायो र सरकार बाट गो.द.व.प्रथमबाट विभूषित भयो यस खण्डको अन्तिम सन्देश कविले यसरी प्रस्तुत गरेका छन् कमैया सबै उन्मुक्त भए नुहारे गाउँका ।
स्वतन्त्र भए गरेर खान बँधुवा साहुका ।।
नुहारे गाउँ मुसुक्क हाँसो फेरेर मुहार ।
फेरिदै गए रिवाजहरू फेरिए विचार
श्लोक ६०, पृष्ठ ७८
खण्ड– पाँच –
यस खण्डमा ३६ श्लोकहरू छन् । मानवको विकास क्रमलाई कोट्याउँदै कविले भन्छन् –
धर्तीमा जव मान्छेले चिन्यो आगो र फलाम ।
दुन्दुभी पिट्यो शक्तिले तव उर्वीमा तमाम ।।
आगोको वर मान्ज्छेको लागि  शक्तिको आवस्कार ।
मार्ने र मर्ने निर्माण भए फलामे हतियार ।।
श्लोक १, पृष्ठ पृष्ठ ८०
पाषण युगमा मानिसले सबै काम ढुङ्गाबाट सुरु गरेका थिए भने ।मानिसको प्रगतिको पथ बढ्दै गए पछि फलामका हतियार र आगाको आविस्कारको थालन्ी भयो । फलामबाट हतियार बने । मार्ने र मर्ने कामको थालनी भयो । शस्त्रकै बलबाट राज्यको निर्माण हुन थाल्यो । सरकार बने । जितेका राजाले हारेकाहरूलाई दास बनाए । दासहरूको खरिद बिक्री हुन थाल्यो ।समय परिवर्तन हुँदै गयो । मानिसमा सचेतना जाग्यो ।विश्वमै दास मुक्तिको लहर चल्यो ।किनेका दास फुकुवा भए नुहारे गाउँमा दासत्व मेट्न सकेन । साहुहरूले किनेर ल्याएका दासहरूलाई कानुन मिचेर जबरै कमाए । दासलाई नै घरबारीको काम लगाउँथे ।साहुको काम गर्न दासहरू विवस भएको धारणा कविले यसरी पस्केका छन् –
परेका आफ्ना समस्या टार्न साहुकोृ खान्थे ऋण ।
ब्याज नै तिर्न मुस्किल पथ्र्यो घोटिदाँ वर्ष दिन ।।
ऋण नै ऋणा गाभिदै जाँदा डुबेर ऋणमा ।
सपना सरी ठानेका थिए मूक्तिको कामना ।।
श्लोक ६, पृष्ठ ८१
साहुको शोषणले गर्दा झिना र मसिना उठ्न सकेनन् र नुहारे गाउँमा नयाँ परिवेशले छुन सकेन । दासत्व मौलाइरहेको अवस्थामा नुहारेहरूले नयाँ प्रयास गरे । प्रयास गरे के गर्न सकिदैन भन्दै कविले सफलताको मार्गदर्शन यसरी दिएका छन् –
लगन नभै हुँदैन पूरा आँटेर मात्रै काम
भै जान्छ युक्ति लगाएपछि समस्या समाधान
लगन महामन्त्र हो तर सहास साथी हो ।
सहास गरे झारिन्छ तारो आकाश माथिको ।।
श्लोक ९, पृष्ठ ८२,
मुरारी साहुलाई रोगले चाप्दै गयो । उसलाई रेखदेख गर्ने कोही भएन । छोरालाई बोलाइयो । छोराले डाक्टरको सल्लाह लियो र बाबुलाइ जर्मन लागेर उपचार गराउने सल्लाह दियो । जर्मनमा डाक्टरले यो रोग हरेस खाएर लागेको हो र यसलाई गुम्मामा लगेर बुद्धको विधिले उपचार गरे ठिक हुनसक्ने बतायो । द्वितीय विश्व युद्धको अन्त्यतिर नेपालका मुमुक्षु भिक्षु जर्मन गएर त्यहाँको अवस्थामा सेवा गरेका थिए । मनका रोग्ीलाई निको पारेका थिए । मुरारी साहुलाई पनि उपचार गर्न त्यहीं पु¥याइयो । रोगको निदान हुन समय लाग्छ तर उपचार भने हुन्छ भन्ने जानकारी छोरालाई दिइयो । भिक्षुले ६ वर्षसम्मको योग र ध्यानबाट मुरारीको चञ्चल मनलाई सुस्थिर बनाए। मुरारीको चित्त साफ भयो र अन्तरदृष्टि प्रकट भयो । साहुमा पश्चात्ताप पलाएको धारणा कविले यसरी प्रकट गरेका छन् –
अन्तरभरि प्रकट भए दयालु भावना ।
इर्षा र डाह मेटिदै गए जमेका मनमा ।।
गरियो कार्य जे –जस्तो पैल्यै सामन्तीपनमा ।
पछुतो आई खिलझै गड्यो मनका कुनामा ।।
श्लोक २४, पष्ठ ८५
मानिस कुकर्म गर्छ भने निश्चय नै पश्चताप पर्दछ । मुरारी साहुले जे कुकर्म गरेको थियो त्यो भिक्षु समक्ष भन्दछ । गाउँमा गएर गाउँले समक्ष माफ माग्ने प्रतिबद्धता प्रकट गर्दछ । नेपाल फर्कनको लागि भिक्षुसँग विदा माग्छ । भिक्षुले मुरारी साहुलाई यसरी मार्गदर्शन दिन्छन् –
नेपाल गई सेवामा लागे त्यागेर अहङ्कार ।
दैनिकी तिम्रो दुःखीको सेवा, क्रमहोस उपकार ।।
सिद्धान्त लिनू अहिंसा सत्यब्रत गरेर पालना ।
योग र ध्यान तपस्या ठाने अटुट साधना ।।
श्लोक २६, पृष्ठ ८६
भिक्षुले गाउँमा गएर सबैसँग मैत्री भाव जगाउन, समाज सेवा गरेर कर्तव्य निभाउन, हाँसेर बोलेर रमाउन र सबैलाई योग र ध्यानमा पेरित गराउन दाग्नु भन्ने मागएदर्शन दिन्छन् । मुरारी साहु भिक्षुको भेषमा गाउँ फर्कन्छन् । पोखराबाट आनन्द भिक्षुलाई मगाएर चार रोपनी जग्गा र दशलाख दान दिएर बिहार निर्माण गराउन लगाउनु । गाउँको विकास देखेर चकित हुनु , गाउँमा भेला बोलाउनु, सुमनलाई सोफामा राखेर अबिर माला लगाउनु, घरबुना राम्रो दोसल्ला ओढाउनु,नीलो झोलामा केही राखेर हातमा थमाउनु, धार्मिक प्रबचन दिनु, आपूmले गरेका पापचारको लागि माफी माग्नु, बुद्धमार्गमा हिंडेर जीवन गुजार्ने, पीडितको उद्धार गर्ने धारणा राख्दा गाउँले सबै भाबुक बन्नु साहुको परिवर्तनबाट अनौठो ठान्दै ताली बजाए भन्दै तलको श्लोकसहित यो खण्डकाव्यको समाप्ति हुन्छ –
झोलामा थियो बुद्धको मूर्ति नियम ध्यान तप ।
सुन्दर यौटा मोतीको माला पुस्तक त्रिपिटक ।।
प्रोत्साहन स्वरूप उद्योगलाई नौलाखाको यौटा चेक ।।
मागेको माफी गाउँलेसित कारण यौटा लेख ।

श्लोक ३६, पृष्ठ ८८
समयचक्रको  कथाबस्तु ऐतिहासिक, मर्मस्पस्ीि, तत्समयको यथार्थ सामाजिक परिवेश, दासप्रतिको थितोमिचो, योग र ध्यानले मानिसमा ल्याउन सक्ने परिवर्तन आदिलेगर्दा अत्यान्त ज्ञानवर्धक बनेकोछ  । कथासारलाई मैले सकेसम्म विवरणात्मक बनाएको छु । सबै कर्महरू प्रष्ट छन् ।
पात्र विधान –
 यस काव्यको मूख्य नायक सुमन देखिन्छ भने मुरारी यसको खलपात्रको रूपमा उभिएको छ । सुमन र मुरारीको सेरोफेरोमा खण्डकाव्यका सबै घटनाक्रम समाबेश भएका छन् । तिनै कुराहरू दोहो¥याइ रहनु असान्दर्भिक हुन्छ । त्यसो हुँदा सुमन एक सुर वीर, कर्तव्य निष्ठ, संघर्षशील कल्याणकारी प्रगतिवादी ,समाजवादी, राष्ट्रप्रेमी परोपकारी पात्र हो ।
मुरारी खलपात्र हो ।ऊ गाउँमा आपूmलाई सर्वश्रोष्ठ ठान्ने, गाउँलेलाई दास बनाउने, ऋण बोकाउने, सुमनलाई ९÷९ पटक मार्न तयार हुने पात्र हो तर रत्नाकर डाँकु वाल्मीकिमा रूपान्तरण भए जस्तै जर्मनमा मुमुक्षु भिक्षुसँगको छ वर्षको सँगतले भिक्षु भएर आफ्ना गल्ती स्वीकार्दै माफ मागेर गाउँलाई सहयोग कर्ता भएको व्यक्ति हो ।
मुमुक्षु भिक्षु – दोस्रो विश्वयुद्धताका जर्मन गएर मानव सेवा गरेका र मनोरोगीका उपचारकर्ता, जस्ले मुरालाई पनि सेवा गरेका थ्एि ।
श्री ३ चन्द्र शमशेर – कमरा कमारी मुक्त र सतीप्रथम रोक लगाएका नेपालका प्रधानमन्त्री
नुहारे गाउँका युवाहरू –पेटबोलीमा आएका पात्रहरू जस्ले सुमनलाई सह( (योगरे र विकसमा टेवा पु¥याए ।    
स्त्रीपात्रहरू– जुना सुमनकी श्रीमती सुमनकी आमा (भारतमा गएर नोकरी गरेर साहुको ऋण तिरेकीपात्र), मुरारीका सुसारेपात्र मा) एउटी पात्रले सुमनलाई भोजमा विष खुवाउने षडायन्त्रको जानकारी दिन्छे ।  
गुमाने –मुरारीको उवचारक्रममा खटिएको पात्र
मुरारीको छोरो –बाबुलाई उपचार गर्न जर्ममन लानेवाला ।
राजा वीरेन्द– नुहारे गाउँको विकास हेर्न राजको सवारी भएको पेटबोलीमा आएको नाम
यस खण्डकाव्यमा आएका सबै पात्रहरू आवश्यक अनुरूप देखिन्छन् । सबै सकृय देखिन्छन् ।
परिवेश – परिवेशको हिसावमा हेर्दा स्थान विशेष, राजनीति विशेष, आर्थिक विशेष र सामाजिक विश्लेणष आदिबाट खण्डकाव्यको विश्लेषण गर्न सकिन्छ । काव्यको थालनी गर्दा राण शासनको पालाबाट थालनी गरिएको छ र राजा वीरेन्द्रले नुहारे गाउँको विकास हेर्न सवारी भएको धारणालाई यहाँ दर्शाइएको छ । राणशासनलाई निरंकुश शासनको रूपमा लिइन्छ तापनि काव्यले श्री ३ चन्द्र शमशेरले कमरा कमारीलाई फुकुवा गरेको धारणाले गर्दा सकरात्मक पक्षलाई काव्यले समाएको छ । यसरी नै राजा वीरेन्द्रलाई पनि विकास हेर्न मनपराउने राजाको रूपमा दर्शाइएको छ । दोस्रो विश्व युद्धको पालामा जर्मनमा भएको धनजनको क्षती कुरा उठाइएको छ । दोस्रो विश्वयुद्ध इतिहासको सबैभन्दा घातक द्वन्द्व थियो । यतिमात्र नभएर पाषण युग, फलाम र अग्नि आविष्कार कुराहरू पनि यहाँ आएका छन् । सामाजिक आर्थिक  परिवेशलाई केलाउँला धनीवर्ग र गरिब वर्ग, मालिक वर्ग र दास वर्गका रूपमा वर्णन भएको छ । नुहारे गाउँको पविेशले ठूलो स्थान दिएको छ  । भारतीय परिवेशमा भारत र पाकिस्तानको सीमा गेत्र कार्गिल क्षेत्र चिनको सीमा क्षेत्र आदि समेटेको छ ।
भाव विधान–देशमै केही गर्न भावना रहेको धारणा काव्यमा आएको छ ।
लय विधान – यो काव्य लोकलय मा लेखिएको काव्य हो । लयात्मक र गायत्मक छ ।
बिम्ब– समयचक्र खण्डकाव्यको अध्यन सोधपत्रमा सोधकर्ता बृहपति चापागाईले यस खण्डकाव्यमा प्रयो गरिएको बिम्बको बारेमा लेख्नु हुन्छ –' समयचक्र खण्डकाव्यमा काव्यकार पौडेलले सामाजिक,धार्मिक, माया, घृणा आदि सन्दर्भहरूको चित्रण गर्ने सन्दर्भमा बिम्बहरूको प्रयोग गरेको दखिन्छ । दैनिक जनजीवनमा प्रयुत्त हुने बिम्बहरूलाई आफ्ना अनुभवका आधारमा पौडेलले प्रयोग गरेका छन् । '
अलङ्कार –पौडेलजीले केही अलङ्कारको प्रयोग गरेकमो पाइन्छ । जस्तै 'उभिए वीर पहाडै सरि अडिग भएर  ।यहाँ उपमा अलङ्कारको प्रयोग भएको छ ।  
रसको प्रयोग – यस खण्डकाव्य रसको हिसाबमा हेर्दा करुणरस, वीररस, बीभत्सरस, शान्तरस आदि प्रयोग भएको देखिन्छ
भाषाशैली – भाषा सरल र सहज छ । सोधकर्ताको धारणा अनुसार मानक तथा विचलनयुक्त भाषिक शब्दहरूको प्रयोग भएको छ ।तत्सम तद्भव आगन्तुक र झर्रा शब्दहरूको प्रयो भएको पाइन्छ । कुनै कुनै शब्दको शब्दकोषमा पनि अर्थ भेटिदैन तापनि पाठकलाई पढ्न र मन मस्तिष्कलाई छुन सफल देखिन्छ ।
उद्देश्य– कृतिले विविध पक्षमा कुरा उठाएको छ । पाषण युगका कुरादेखि राणाशासन र राजा वीरेन्द्रसम्म । यस समयमा घटित घटनाको जानकारी धनी बर्ग र गरिब बर्ग बीचको द्वन्द्व र धनीवर्गले गरीब माथि गरेको स्वषण र दासत्वबाट मुक्ति भएर आफ्नो खुट्टामा उभिन कसरी उभिन सकिन्छ भन्ने जानकारीको साथै आत्मिक शान्तिको लागि बुद्धको उपदेशको पालन गराउने उद्देश्य रहको देखिन्छ ।
शीर्षकी करण – खण्डकाव्यको शीर्षक समयचक्र राखिएको छ । यसमा प्रस्तुत कथाक्रम तथा घटनाक्रमलाई अध्ययन गर्दा समय परिवर्तनशील छ । समयको परिवर्तनसँगै  मानिसको विकासकर्म पनि परिवर्तन हुन्छ । यस खण्डकाव्यमा सुमन र मुरारीमा देएिका उतार चढाव आदि विषय बस्तुअनुसार शीर्षक सार्थक छ ।
निष्कर्ष –मैले कथा सारमा सबै कुरा विस्तृत रूपमा वर्णन गरेको हुनाले तिनै कुरा दोहो¥याइ रहन चाहन्न । खण्डकाव्य भए पनि काव्यले ऐतिहासिक घटनाक्रमलाई समाएको छ । गरिबको नैतिक विजय भएको दर्शाइएको छ । शोषण र दमन, अन्याय र अत्याचार, सत्यताको अघि टिक्न नक्निे दर्शिएको छ । आफ्नो श्रम र सीपको लगानीले आफ्नो भविष्य आफै निर्माण गर्न सकिने मार्गदर्शन काव्यले दर्शाएको छ । प्रगतिशील चेतनाको एउटा सुन्दर प्रस्तुतिको रूपमा काव्य खडा भएको छ भन्दै काव्यकारको सुस्वाथ दीर्घआयुको कामकना सहित विदा चाहान्छु
 मिति २०८२ साल वैशाख १० गते


April 18, 2025

जन्मभूमि छन्दोबद्ध कवितासङ्ग्रहमा मातृप्रेम

 
 सदानन्द अभागी
अपि स्वर्णमयी लङ्का ,न मे लक्ष्मण रोचते ।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।।
मन्तव्य
इन्द्रराज पौडेलले आफ्नो 'जन्ममूमि' छन्दोबद्ध कवितासङ्ग्रहमा लङ्का विजय पश्चात लक्ष्मणलाई लङ्काको सुन्दरताले लोभ्याएर लङ्कैमा बसेर राज्य गर्ने मनशाय राख्दा रामले लक्ष्मणलाई भनिएका यी मार्मिक अमृतवाणीहरूले मातृभूमिप्रति माया गर्ने जो कोहीको पनि हृदयस्पर्श गर्दछ । इन्द्रजीले यो कृति आफ्नो जन्मथलो पुँदीभुम्दीको बारेमा पाँच शीर्षक (झझल्को,पुम्दी भुम्दी प्रकृति, विश्वशान्ति स्तूपा,पुम्दीकोट र पुन्दीको पूर्व अवस्था)मा वर्णन गर्नु भएको छ । यसले दिन खोजको सन्देशलाई यहाँ प्रस्तुत गर्ने अनुमती चाहान्छु ।
झझल्को–यस शीर्षकमा दुई हरफका २० श्लोक छन् । जन्मभूमि भन्दा प्यारो अर्को केही हुँदैन । यसको चित्र मुटुमा फनफनी नाचेको हुन्छ भन्दै कविताको थालनी भएको छ । मानिस जहाँ जन्मन्छ त्यसको चित्र अन्तरभित्र नै टाँसिएको हुन्छ । त्यहाँ घर, गोठ, आगन, बोट, बिरुवा, पाखा, बुट्यान हुन्छन् । बालककालको याद आउँछ । बालसखासँग खेलेका, गाई चराएको,विविध चित्र, सिनेमाको पर्दामा देखिदा झै देखिन्छन् । आमाको काखमा खेलेको,आमाको छाती रसाएको होस वा नरसाएको होस दूध तानेर आमालाई सताएका , आमा कतै जान लागे पछ्याएको, टुकु टुकु हिडेको, हिड्दा लडेको, जाँतोमा पिसेको, ढिकीमा कुटेको, आगनभरी बिस्कुन सुकाएको, अज्ञातबस मुठ्याएर छिरलेको, आमाले आएर भुकुरेको, पिटाइ खाएर रुन थालेको , आमाले माया मन्दै फकाएको, त्यो आँसु पुछेको, गाई भैंसी चराउन लाँदा वनभित्र पठाएर खेल्न थाल्ने आदि बाल कृडालाई  कविताले समेटेको छ । प्रस्तुति कला निकै मिठो छ –
केटाकेटी दुबै रोजी दुलहादुलही बनी
अलि सानाहरूलाई छोराछोरी भनी अनी ।१७।
पृष्ठ ३
बालक सानो हुन्छ तर उसको भावना ठूलो हुन्छ । ऊ खेल्छ हरेक किसिमका सिर्जना गर्छ । कपडाको नानी बनाउँछ, छोरा छोरी बोकेर हिडछ , जहाज भन्दै फिरफिरे बनाएर उडाउँछ । बालक जीवनलाई कविले कविता मार्फत परिभाषित गरेका छन् । बालदौतरी खोजेका छन् भेटिदैनन् भनेर चिन्तित भएका छन् । जन्मथलो सदा बोकेको धारणा पोखेका छन् जन्मथलोप्रतिको आगाध प्रेमलाई जुनीभरीको साथीको रूपमा अङ्गीकार गरेकाछन् –
म ता जहाँ जता जान्छु मेरो जन्म थलो पनि,
बाँचिञ्जेल सँधै साथ साथी मेरो पूरै जुनी ।२०।
पृष्ठ ४
पुम्दीभुम्दी प्रकृति – यो दोस्रो लामो कविता हो । यसमा ६४ श्लोक छन् । कविको यो जन्मभूमि पनि हो । यहाँको प्रकृतिको सम्बन्धमा कविले आफ्ना धारणा प्रस्तुत गर्दै छन् । हामीलाई थाहा छ कि प्राकृति एउटा जटिल संरचना हो । मानिस, वातावरण र प्रकृति बीच घनिष्ट सम्बन्ध हुन्छ । पुम्दी भुम्दी दुई गाउँ हुन् । यी प्रकृति सम्पदाले भरिएका छन् । यहाँ कतै डाँडा,कतै स्वाँराहरू थोरै मरै हैनन् १७÷१७ स्वाँराहरूको सौन्दर्यता छ । नामै मोहनी स्वाँरा छ ।मोहनी छरेरै त होला यस्तो नाम राखिएको र कविले सबैका नाम एक एक गरी लेखेका छन् हेरी हालौं एक श्लोक–
दहरा अनदु कोदी बर्साङ छ अलि पर
ढुङ्गेपानीसँगै नेटो घँरन्डाँडो छ मास्थिर ।५।
पृष्ठ ५,श्लोक ५
स्वाँरो त्यो भिरालो जमिन, चरन,विभिन्न बाली मनै कल्पने सौन्दर्यता मैले सबैका नाम नलेखे पनि कविले ती स्वाँरोहरूका नाम एक एक गरी लेखेका छन् ।तल्लो स्वाँरो पल्लो स्वाँरा ठूलो स्वाँरो जहाँ उनी बढे, खेले, काफल औसेलु टिपे खाए खुवाए कविको मन मस्तिष्कबाट कहाँ हट्छ र । पुम्दीभुम्दी भित्रका तल्लो गाउँ,अमल्चौर, सिर्माने, सपाउदे, भुलभुले, सिउँडीबारी, डाँडाथोक, काहुलेका नामहरूलाई स्मरण गर्दै कविले गाउँको मिठो प्रस्तुति गरेका छन् –
उकालो रिहाले चौर बिसौना कटुवा पनि
भोले गैरो तिलाहार खाल्से र बढरे अनि ।७।
पृष्ठ ६
यी गाउँलाई हराभरा पार्ने प्रकृतिको वरदानको रूपमा देखिने पानीको स्रोत हो । पानी बिना जीवको उपस्थिति सम्भव छैन । यी गाउँको बसोबासको वरदानको रूपमा बासेपानी छ । पानी मिठो छ अनि बाह्रै महिना बगिरहन्छ । अनि धारा पानीको पानी शुद्ध पनि छ र चिसो पनि छ । यहाँ पानीको अभाव छैन किनकी कटेरे, टोढरे र रुम्टेले नित्यरूपमा पानी पिलाउँछन् । यति मात्र हैन वर्षामा कृषिको लागि पानीको धेरै आवश्यक पर्दछ । त्यसको लागि भार्ते र काहुले पानीमा वर्षे मूल फुट्छ । यहाँ विविधताले सजिएका गाउँछन् । कालावाङ् , व्यालखु,च्याल्खु, ढावा,भुम्दी काहुरे, उल्लेरी,शेरको फाँट ढुल्ढुङ्गो, कर्कले, खडेदोला पमिल्टारी, घडेरी, ज्यामिरे, पलाइचे, तारेभिर यी गाउँका आफ्नै किसमका नाम छन्, अस्त्विछन् र यिनमा ईश्वरीय वरदान छ –
स्वारा टारी बुटेघारी डाँडाखर्क सुसज्जित
विधाताले बनाएका पुम्दी भुम्दी सुशोभित ।।१२।।
पृष्ठ ७
यो सौन्दर्यलाई अवलोकनको लागि कविले मार्ग चित्र कोरेका छन् । मोदीबाट चढ्दै ढुङ्गे पानी हुँदै डाँडैडाँडा हिडेपछि प्रकृतिले सिँगारेका पाखा पखेराका विचित्रतालाई हेर्दै पुम्दी पुग्दासम्म पकृतिसँग मित्रता गाँस्न सकिन्छ । यहाँबाट हिमाल र तालका सुन्दरता हेर्न सकिन्छ ।प्रकृतिले नाना ढङ्गबाट सजाएका सौन्दर्यका कला अवलोकन गर्न सकिन्छ । कविले पुम्दीको सौन्दर्यलाई यसरी प्रस्तुत गरेका छन् –
लेक पहाडका मेला दुनटार अनुपता,
गाउँ खोच तरा फाँट फैलिएका जतातता ।१६।
नाना आकृतिका पुञ्ज थुप्रैथुप्रा फुलैफुला,
घुम्दै रिङ्दै रमाएर सेतै बादलका पुला ।१७।
पृष्ठ ७
प्रकृतिका अनेकौं रुप हुन्छन् । बादल कतै लपेटिनु ,खुला आकाशमा बटारिनु,लहरा बन्नु, भुभुर्री उडनु आदि अनेक रूप धारण गर्दै पञ्चासेको लेकमा गएर ठोकिएपछिमात्र पुम्दीमा पानी पर्छ । बादलको कृयाकलापको सुन्दर्तालाई कविले यसरी तुलना गरेका छन् –
आँखामा रतिमा राश हेर्दा धीत परेपछि
जति हेरौं यति राम्रो दृश्य आँखा जुधेपछि ।२५।
पृष्ठ ९
पानी पर्छ नदी नाला बढ्छन् । पानीले नागबेली रूप लिएर अगाडी बढ्छ । मोहनी मनलाई छुन्छ । यता तालमा हेर्दा तालको पानी उछालिन्छ पानी आपसमा लडेको जस्तो लाग्छ ।डुँगामा चढेर तालमा घुम्दा आनन्द लाग्छ तर आनन्दमात्र हैन ठूलो छाल आयो भने मृत्यु पनि हुन सक्छ । तालको पानी हावासँग लहरियो भने धुलो मैलो बढारिने मैलो देखिने त्यही पानी सङ्लिंदा शैलका छाया पानीमाथि नाचेको देखिने । कविले भन्न चाहेको धारणालाई अझ यसरी प्रष्टपार्न सकिन्छ– फेवातालमा माछापुछ«े अन्नपूर्णा र धवलागीरी तथा अन्य पर्वतको टाकुराको प्रतिबिम्ब हेर्नको लागि पनि प्रसिद्ध छ फेवाताल । तालकोे अवस्थितिलाई यसरी बर्णन गरेका छन् कविले –
अग्ला डाँडा टनाटन्नै पश्चमदक्षिण उत्तर
माझमा अति नै भव्य बाराही दिव्य मन्दिर ।।३१।।
पृष्ठ १०
यी सबै दृश्य पुम्दीकोटबाट सहजै देखिन्छन् । माथि हेर्दा सुन्दर नीलो आकाश, तल हेर्दा पुम्दीको सुन्दर रूपलाई कविले यसरी धन्यवाद दिएका छन् –
प्रकृति धन्य हो पुम्दी सौन्दर्यको मुहान हो ।
सारा नेपालकै लागि पुम्दीकोट गुमान हो ।३७।
पृष्ठ ११
पुम्दीकोट जस्लाई पुर्खादेखि महादेवभूमिको नामले चिनिन्छ । त्यहाँ विशाल महदेवको मूर्ति खडा गरिएको छ । धार्मिक पर्यटकीय स्थलको रूपमा चिनिएको छ । काव्यले यस्को विषय उठान गरेको छ । यस कवितामा कविले जापानीहरूको पनि प्रशंसा गरेका छन् –
जापानी राखने चासो दुख पीडा मनुष्यका
कल्याण जनको लागि सोच राख्ने विशेषता ।३८।
पुष्ठ ११
जापानीहरूले शान्ति सन्देश दिनको लागि बुद्धको स्तूपा बनाए । जसलाई  विश्व शान्ति स्तूप भनिन्छ । यो अनदुडाँडाको मीन थुम्कीमा बनाइएको छ ।यसले धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा चिनाएको छ ।
यस कवितामा कविले रेयुकाइ जस्तो महत्वपूर्ण र्सस्थाको बारेमा पनि कुरा उठाएका छन् । यो जापानी प्रविधिहो । यसले खास गरेर आध्यात्म शिक्षा(पूर्खा स्मरण र कृतज्ञता अर्पण)  नैतिक शिक्षा (आफू भन्दा जेष्ठ लाई सम्मान र आदर तथा सानालाइ माया । नमस्कार , धन्यवाद र माफ) र. व्यतिmत्व शिक्षा .(व्यतिmत्व र नेतृत्व बिकास कार्यक्रम) उद्देश्य लिएर काम गर्छ । जस्लाई रेयुकाइ का ३ वटा खम्बाहरु पनि भनिन्छ । कविको भनाइमा धर्म तत्त्व बुझाउनको लागि रेयुकाइ ल्याए । कालेवाङलाई केन्द्र बनाएर  धर्मको प्रचारप्रसार गर्न थाले ।विकासको जग बस्यो । डाँडामा गाडी पुगे । कालावाङ शिव र स्तूपको कारणले गर्दा गहनाको रूपमा विकसित भएको छ । हिन्दू र बौद्ध धर्मको सामीप्य बारेमा कविको धारणा यस्तो छ –
हिन्दू बौद्ध दुबै मार्ग ओंकार परिवार हुन् ,
शिव बुद्ध दुवै पूज्य हाम्रा आस्था महान हुन् ।४६।
पृष्ठ १२
नेपालमा धर्म कुलाचार सबै जातिले आफ्ना आफ्ना तरिकाले मान्दछन् । कविको धारणा स्तुत्य छ किनकी नेपालमा धर्म सहिष्णुता कायम छ ।
विविधताले सजियएको पुम्दीभुम्दीको प्रकृति वरदानको शब्दद्वारा अवर्णीय छ । त्यसो हुँदा कविले आफै त्यहाँ गएर आफ्नै अवलोकन राम्रो हुने भनेका छन्। कविले पुम्दीभुम्दीलाई यसरी वर्णन गरेका छन् –
भू–स्वर्गसरि यो पुम्दी आलोक परिपूर्ण छ,
सौन्दर्य पूर्णता पुम्दी साँचै वैकुण्ठ त्ुल्य छ ।।५०।।
पृष्ठ १३
कविले अभिव्यक्तिहरू सबै अमूल्य छन् । जति वर्ण गरे पनि अपूर्ण नै रहन्छ । यहाँको माटो उर्वरक छ । मानिस जाँगिरिला छन् , स्वस्थ छन्, यिनले प्रचुर रूपमा पानी पिउँछन् । सबै आय आर्जनमा लागेका छन् । सबै ठाउँमा यातायातको सुविधा छ । सबैले पशु पालेकै छन् नगदेबाली लगाएकै छन् । जागिर पनि खाएकै छन् । आईपर्दा बाधा फुकाएकै छन् । सबै चीजमा सम्पन्न हुँदाहुँदै पनि आज देशव्यापी लागेको रोग यहाँ पनि छ भन्न पुग्दछन् कवि–
झाँगिदो छ अहो ! रोग युवाशक्ति पलायन,
विदेशैतिरमा ओइरो लागेकै छन् कमाउन ।५५।
पृष्ठ १४
  यहाँको जनशक्ति विदेशमा युरोप, कोरिया, खाडी, मलेसिया, क्यानाडा,जर्मनी,फ्रान्स,अष्ट्रेलिया अमेरिका आदि ठाउँमा पुगेका छन् । विदेश नगै नेपालमा काम गर्नेहरू पनि उच्च ओहोदामा पुगेका छन् ।  
पुम्दीमा विविध जातीको बसोबास छ । यी मध्येका बराल जातीका पूर्खा हासु ब्राहमणले राजालाई रिझाएर बिर्ता पाए । पुम्दीमा खोरिया पाए र बारी मासबारमा पाए, आर्वा, ताराङको, विर्ता पाए र घरवारलाई सजाए । यहाँ थरी थरीका जातहरू छन् । जातहरूको बस्ती पनि छुट्टा छुट्रटै छन् । जातहरूमा दमै, कामी,गुरुङ, क्षेत्री,सार्की घर्ती, सुनारछन् र बाहुन जातिमा बराल धेरै छन् र पौडेलको बसाइ लौसीवटमा छ ।  यसरी पुम्दीभुम्दीको महत्वपूर्ण जानकारी यस शीर्षमा आएको छ ।
विश्वशान्ति स्तुपा–शान्ति कसलाई मन पर्दैन र सबैको चाहना शान्ति नै हो । गौतम बुद्ध विश्व शान्तिका दूत मानिन्छन् । जसले विश्वलाई शान्तिको सन्देश दिए । कवि इन्द्रराजले यस सम्बन्धमा विश्वशान्ती स्तुपा शीाषर््ाकमा कविता लेखेका छन् । स्तूपा एक किसिमको धराहरा हो । यो मन्दिर या स्मरणको रूपमा निर्माण गरिएको हुन्छ ।कविको धारणा यसरी आएको छ –
घाँटीमा हरियो हार छातीमा वन पावन
दहरा भिरको माथी शान्ति स्तुप छ रमझम ।१।
पृष्ठ १६
अनदु डाँडाले धाम पाएर धन्य भएको छ । भिक्षुहरू छन् । पवित्र बुद्धका वाँणी निरन्तर गुञ्जि राख्छन् ।  स्तूपाको दक्षिण दहरा गाउँ, उत्तरमा वन जङ्गल, पश्चिममा कोटको अग्लो डाँडो, पूर्वमा अरण्यको माला, सुन्दरताले भरिएको रमणीय ठाउँको बीचमा सुन्दर मन्दिर छ । यसैमा बुद्धका मन्त्रहरूको वर्षण हुन्छ । भिक्षुहरूले जीवन दर्शन र अहिंसाका ज्ञान दिन्छन् । यस स्तूपाको निर्माण त्यति सहजसँग गरिएको हैन । पुण्यात्मा बुद्ध दर्शनका ज्ञाता विश्वशान्तिका चिन्तक निप्पनजान म्यो होजी संस्था संस्थापक निचिदात्सु फुजिई ले यसको शिलान्यास गरेका थिए । उनी विश्वमा शान्ति स्थापना गर्नको लागि अठोट बोकेका थिए । यिनी पोखरा आए सहयोग जुटाउन लागे सबैले सहयोग गरे । धर्मशीलाले स्तूपाको महत्वलाई बुझाइन् । मन्त्री मिनबहादुरको पनि राम्रै सहयोग रह्यो । अनदुको सिरानमा स्तूपा बन्न सुरु भयो । आधाआधी जस्तो बन्यो । तर्कहीन कुरा निस्के, काँग्रेसी जाल हो भनी झुटा प्रचार पनि भयो । स्तूपा खतरा हो यो बनाउन हुँदैन सरकारलाई भनियो र स्तूपा भत्काइयो । धेरै धनको क्षती भयो तर भिक्षुले निर्माण गराउने निरन्तरता दिए मिनबहादुर पनि जेल गए । आखिर स्तूपा बनेरै छाड्यो । स्तूपको अग्रभागमा जापानमा निर्मित धर्मचक्र प्रवर्तन मुद्राका बुद्धको विशेष मुर्ती, पश्चिममा श्रीलङ्काबाट प्राप्त ध्यान मुद्राको बुद्ध मुर्ति, उत्तरमा थाइल्याण्डबाट प्राप्त ढलोटबाट निर्मित ६ फिट लामो महापरिनिर्वाण बुद्ध मुर्ति र दक्षिण दिशामा नेपालमा बनेको सिद्धार्थको जन्ममूर्ति राखिएको छ । उत्तरमा माछापुच्छ्रे« हिमालको टल्कन र सराङकोटको रमणीय दृश्य अनि काखमा फेवातालाई राखेर उभिएको यो स्तूप अत्यन्तै मनमोहक देखिने धारणा कृतिले समेटेको छ । कविले बुद्धको स्तूपको वर्णन यसरी गरेका छन् –
तलमाथि तला चारु बौद्ध शैली परम्परा,
सौम्यता सभ्यता शुद्ध छ शान्त बौद्धको स्तुपा ।३५।
पृष्ठ २१
बौद्धज्ञान आर्जन गर्न चाहनेको लागि कविको आब्हान यस्तो छ –
ज्ञान आर्जनका प्यासा आऊ प्यास बुझाउन,
मनमा क्यै भए शङ्का हुन्छ पूर्ण निवारण ।३९।
बुद्धको तत्वज्ञान भिक्षुबाट सिकिन्छ । बुद्धधर्मको मूलग्रन्थ भनेकमो त्रिपिट हो । बुद्धको बारेमा जानकारी पाउनको त्रिपिट अध्ययन गर्नु पर्छ भन्ने कविको धारणा छ ।
कविले अन्नपूर्ण हिमाल, माछापुछ«े, गणेश हिमाल, धौलागिर, हात्तीसुँडे, मनासानु मानापाथी लमजुङ् हिमाल, लार्के,ल्होसिरै, डोम, सत्रहिमालका लाम, आदिको सुन्दरतालाई स्तूपबाट हेर्न सकिने धारणा आएकाछन र कवि भन्छन् कि –
स्तुप हो पुम्दीको शोभा न भूतो न भविष्यति
डुबौं तै चारु गङ्गामा शुद्ध पारौं मनोमति ।५०।
पृष्ठ २४
कविले धेरै कुारको उठान गरेका छन् प्रकृति र धर्मको मेलको विशेषता, शान्त भएर पवित्रता सुन्ने, शान्तिको स्तूपमा बसेर परमानन्द प्राप्त गर्न सकिने, पोखराको रमणीयता, ती तरकारी बाली, त्यो धानखेती, जुनार, सुन्तला, हरियालीले भरिएका पखेराहरू, हावासँग मिलेर आएका स्वरका सङ्गीतमय स्वर, आकाशका ताराहरूको तालमा नुहाई, चन्द्रमाको डुबुल्की मार्दाको हँसिलो चमकन् रातको त्यो रमणीयता  दिनमा कविका कविताका प्रस्फुटन यस्ता अमूल्य प्रकृतिका रूपलाई सबैलाई देखाउन कवि अति ललायित छन् र आव्हान गर्दछन् –
हे यात्री ! दहरा आऊ गर दर्शन बुद्धको,
लिएर मनमा जाऊ माया प्रेम पवित्रको ।६१।
पृष्ठ २६
कवि भन्छन् बुद्धका पाउमा ढोगेर पवित्र बन । 'अहिंसा परमो धर्म तिर फर्क,।' प्रकृति धर्म सङ्गमको अनुपम मेलालाई हेर ।मनको मैलो माझेर धर्मको दर्शन गर । बुद्धका अमृत बचन आउँदै पिउँदै जाऊ र मनका तार बजाएर सुन्दर सङ्गीत गाऊ भन्दै यस शीर्षकको समाप्ति भएको छ ।
पुम्दी कोट – संक्षेपमा भन्नु पर्दा पुम्दिकोट प्रकृतिले सजाएको ५२ फिट अग्लो शिव मूर्ति रहेको विशिष्ट पहिचान भएको धार्मिक पर्यटकीय स्थल हो । यहाँबाट प्रकृतिले सजिएका धेरै सुन्दरतालाई हेर्न सकिन्छ । कविले आफ्नो धारणालाई यसरी प्रस्तुत गरेका छन्–
पुम्दीकोट सफा स्वच्छ हावापानी प्रकाशल,े
विधाताले बनाएका सिँगारेर हिसावले ।१।
पृष्ठ २७
कविले पोखराको प्रभावमा सितारा झर्ने, हातेमालो गरी खेलेको अनुभूति हुने, कोटको सुन्दरता रुपकी रानी जस्तै प्रकाशमय लाग्न,े कविले कोटको सुन्दरतालाई अतुलनीय वणर््ान गरेका छन् –
सृष्टि आकृतका चित्र दृष्टि पर्दा अपूर्वता,
मान्छेका टकमा खेल्छन् परिदृश्य अनुपता ।४।,
पृष्ठ २७
कविले कोटको र पोखराको वातावरणलाई केलाएका छन् । पोखरा यातायातमा प्रयोग हु्ने तेलको प्रदुष्णले गर्दा स्वास्थमा पार्ने असर, यातायातका साधनले निम्त्याउने धुवाँ धूलो, रातमामात्र पाइने विजुलीको प्रकाशको सजावट, भौतिकवादीले मात्र रुचाउने ठाउँ हो तर पुम्दीकोट चराको गुञ्जन, वनको सौगन्धले पृथ्वी नै मगमगाउने, चारु आकृतिका स्वाद चखाउने, सुन्दर डाँडोले मनमुग्ध बनाउने, सुन्दताका रास रासमा आँखा गाडिछन्, मनै मोहित बन्छ , पुम्दी र भुम्दीलाई जोडेर हेर्दाको दृश्य कचौराको आकारमा बिट ठाउँ ठाउँ फुटेको जस्तो देखिने, कोट र नेटको बीचमा जरीबुटी ताल र कोटको माझमा अग्राखका हरिया बुटा, कोटको पूर्वमा लहरै थुम्का, डाँडा, ढिस्का,उत्तरमा वनका गहनाले सिङ्गाएिका चुचुराको सौन्दर्यतालाई दर्शाउँदै सौन्दर्यको सिङ्गारलाई कविले यसरी प्रस्तुत गर्दछन् –
छहरा लहरा रेखा खहरे पहरा परी,
हरियो फरिया बेरी हाँसेझैँ कोट सुन्दरी । १४।
पृष्ठ २९
 पार्दीबाट जाने मार्गको बारेमा कविले यसरी प्रस्तुत गरेका छन् – पार्दीबाट रानी वन हुँदै स्तूपा पुगिन्छ । डाँडै डाँडा अघि बढेपछि धैरेनी डाँडा काटेर ढुङ्गेपानी हुँदै नेटोमा चढेपछि कोटमा पुगिन्छ । कोटमा पुगेपछि, टावर चढेपछि लाग्दछ भूस्वर्गमै पुगे सरी । कोटको सुन्रता बढाउने मन्दिरमात्र नभएर वन्यवनस्पतिको सौन्दर्य त्यतिकै रमणीय छ । मलोहो, तिजु, काफल, जामुन, चुत्रो, दमौरो, अमला, कटुज, अवरा, भक्याम्लो डमरी, दैदालो कम्बरी, थिर्जाे, पखन्बेत, चौटाजोर, सिकारी लहरो, गुर्जो, गीठा, भ्याकुर, गौखुरी, घोडटाप्रे,आदिले सजिएको यो स्थानको सुन्दरता मनमोहक लाग्दछ । तालको पानीबाट विजुली निकालेर पोखरालाई झिलिमिली पार्नु उद्योग धन्दा चलाउनु, तालको पानी पातले छहरो भएर झरेर लुक्दै फुर्सेदोभानमा गै सेतीसँग मिसिएको वर्णन कविले गरेका छन् । ऐतिहासिक कास्की कोट र सराङ्कोटले यसलाई निरन्तर हेरिरहेका हुन्छन् । कविले प्राकृतिक सुन्दरताको वर्णन मन खोलेर गरेका छन् जस्तै  
लालुपाते फुली हाँगा हल्लेका छन् यताउता,
कोइली रुखमा गाना गाएका छन् जतातता  ।३८।
पृष्ठ ३३
कविले पशुपालनका कुरा, डाले घाँसका कुरा, लौसीबोटेहरूले राम्चे भिरको माथि कुलदेवता पुज्ने कुरा, परम्परा अनुसार कोटमा भूमेको पूजा, द्र्यौराली र भँगेरका पूजा पनि गरिने, तालमा हिमालका चुलीको छाया, वनको छाया, रूपवती चरीको उडेको छाया, बादलका अनेक रूप मनमा टाँसिने धारणा यसरी पस्केका छन् –
टाँसिने मुटुमा भित्रै नमिटिने जुनीभरी ,
जहाँ जाउँ तिनै चित्र घुम्छन् आँखा वरिपरी ।५९।
पृष्ठ ३६
पुम्दीकोट टावरबाट बेगनास, रुपाताल, खास्टे, मैदी, दिपाङ, पाताले छहरामुनिका गुप्तेश्वर महादेव,अर्घौँमा कालीका देवी, पोखरा विन्द्याबासिनी, रामनारायण आदि देख्न सकिने ।कविले मिठो शैलीमा प्रकृतिको र धर्मको सम्बन्धको बारेमा, शिवस्थानको निर्माण, शिवमूर्ति बनाएर आशुतोषलाई हँसाउन पाइयोस, यसबाट विश्वलाई चिनाउन सकियो र भजन गाएर शिवशक्तिलाई नचाउन पाइयोस् जस्ता धारणा सहित यो शीर्षक समाप्त हुन्छ।
पुम्दीको पूर्व अवस्था– ७० वर्ष पहिलेको पुम्दीको यथार्थ सामाजिक अवस्थालाई कविले दर्शाउने प्रयास गरेका छन् । नारीले दाउरा घाँस, पिउने पानी बोकेर ल्याउन पर्ने । पनेराहरू टाढा टाढा हुने भएकोले चारबजे नै उठेर पालोमा बस्नु पर्ने । आँटो पिठो ढिडो  खान पर्ने । दाउराबाट खाना पकाउन पर्ने । बच्चा बचाउनलाई कठिन पर्ने । पशु चरनको भरमा, छोरीले भैंसी चराउने छोरालाई पढाउने,नारीले पतिलाई देवता मानेर सम्मान गर्नु पर्र्ने, नारी दवावमा थिए ।  कटुजका पातका दुना टपरी गाँसेर पूजा पाठ गरिन्थ्यो । कपासको ज्योति काढी साँझमा बत्ती जलाउँथे । घर उज्यालो पार्न ठड्यौरामा बत्ती बालिन्थ्यो । मुलाका चाना, साग सुकाएर तरकारीको सोज गरिन्थ्यो । तोरी कोलमा पेलिन्थ्यो । उखू पनि कोलमा पेलेर खुँदो गँुड बनाइन्थ्यो र शुभ कार्यमा चढाइन्थ्यो । ढिकी जाँतो कुटन पिसन घर धन्दा पुरा गर्न आधारात बित्थ्यो । भालेको स्वरको आधारमा उठेर दैलो कुचो गनर््ु पथ्र्यो । देवता पितृ सम्भ,ेर चोखो पानी चढाउनु, मही पार्नु ,घिउ जम्मा गर्नु, यसैबाट नुनतेल जोड्नु, नारीहरू अनुशासनमा बस्ने लोग्ने मानिसले धेरै विवाह गर्ने, ६० वर्षेले आठ वर्षकी केटी विवाह गर्ने, छोरी बेच्ने चलन पनि,नुनिला आँसु पिउन पर्दा न्याय माग्ने ठाउँ नहुनु,घरेलु हिंसा सहनु पर्ने,पति विदेशीँदाको पीडा , पतिको मति बिग्रदाको सहनु पर्ने यातना, गाउँका मुखियालाई झगडा छिन्ने पुरा अधिकार थियो,कुनिया र ठूला शुली भएकालाई धनी मानिन्थ्यो, गल्ला आएर गाउँका बलिया युवा छानेर लैजान्थे ,किसानी काम बाहेक आयआर्जनको कुनै उपाय थिएन,गाउँको मज्दुरी भनेको घरगोठ बनाउने छाउने, गुरुङजाती पल्टनमा भर्ना हुन मन पराउने, बाहुनले छोरा पढाउने, जात भात उचनीच छोईछिटो अति विभेद थियो । निगाला र बाँस चोयाबाट डोका नाम्ला फुँगा, डाला भकारी, पटेरा बन्ने चलन । तामा फलाम गालेर भाँडाकुँडा बनाउने चलन आदि पुरानो समाजिक यथार्थलाई कविले समेटेका छन् । यसरी कविले जन्मभूमिको बास्तबिकतालाई राम्रोसँग उतारेका छन् ।
यस कृतिमा समावेश गरिएका कविताहरू झझल्को,पुम्दीभुम्दी प्रकृत्ति, विश्वशान्ती स्तुपा, पुम्दिकोट र पुम्दीको पूर्व अवस्था शीर्षकमा कविताको सिर्जना गरिएको भएता पनि यी पुम्दीभुम्दीको परिवेशमा लेखिएका कविता हुन् । यसले समग्र पुम्दीभुम्दीको भूगोलको सेरोफेरोलाई समेटेको छ । कविताले दिन खोजेको पुम्दीभुम्दीको प्रकृति, त्यसको धर्मसँग सम्बन्ध, विशाल अग्लो महादेव मूर्ति, बौद्ध गुम्वा, विश्वशान्ति स्तूप,त्यहाँबाट हेर्न सकिने पोखराको रमणीय दृश्य,१७ हिमालको सौन्दर्यता, फेवाताको वर्णन आदिको  सुन्दर प्रस्तुति भएको छ । सिङ्गार रस, शान्तरस लगायत रसको समिश्रणलगायतका रसले युक्त । भाषा सरल र सहज छ। छन्दमा लेखिएका कविता भएकोले लयात्मक छन् । अध्यात्मवादले राम्रो स्थान लिएको छ । जन्मभूमिप्रति चिन्तन गरी लेखिएको हुँदा शीर्षक सार्थक छ । कृति पठनीय छ भन्दै कृतिकारलाई सुस्वास्थ दीर्घआयु उज्ज्वल भविष्यको कामना गर्दै विदा चाहान्छु ।
धन्यवाद
२०८२ साल बैशाख ५ गते  

April 14, 2025

इन्द्रराज पौडेलको जीवन कर्म र व्यक्तित्व

'सदानन्द अभाग्ी
इन्द्रराज पौडेलको जीवनबृत्त– मानिसको जन्मदेखि मरणतकको अवधीलाई जीवन भनिन्छ । यस अवधीभित्र उसले गर्ने क्रियाकलाको वर्णन नै जीवनी हो । इन्द्रराज पौडेलको जीवन अरु सर्वसाधारणको जस्तै संघर्षमयरूपमा अगाडी बढेको देखिन्छ । पोखरा महानगर पालिका वडानं २२ पुम्दी गाउँ लौसीवट,कास्कीमा माता नन्दकली र पिता पं. तुलसीराम पौडेलका साँहिलो पुत्ररत्नको रूपमा वि.सं २००४ वैशाख ९ गते जन्म भएको थियो । पं. तुलसीराम पौडेलका ६ भाइ छोरा क्रमस यमलाल, खिमराज, इन्द्रराज,शिवकुमार भवनराज र रामप्रसाद र छोरी क्रमस स्व. सुवानी, कृष्णकुमारी बराल, पार्वती बराल, राधा अधिकारी हुन् । इन्द्रराज पौडेलको विवाह २०१८ साल फागुन ५ गते पराजुली थरकी कन्या झ्यापीदेवीसित भएको थियो ।इँद्रराज र उहाकी पत्नीको उमेर समान छ । इन्द्रजीका दुई भाइ छोरा मध्ये चुडामणी पौडेल हाल बर्दियामा छन् भने नारायणदत्त पौडेल हाल श्री जनसेवा मा.वि. धदबार बर्दियाको प्रध्यान्याध्यापक पदमा कार्यरत छन् ।
इन्द्रका तीन छोरी .चन्द्रकला देवकोटा,स्व. खुमकुमारी र खिमादेवी तिमल्सिना हुन् । इन्द्रजीका छोरातिर ४ नाति र दुई नातिनी जया र विजया । अनि छोरीतिर  नाती १ नातिनी ५ छन् भने छोरी तर्फका पनाति.२ पनातिनी ३ छन् । सन्तानको हिसनवले इन्द्र निकै धनी हुनुहुन्छ ।. धर्मको हिसावले इन्द्रराज पौडेल हिन्दु हुन् । पौडेल कास्कीबाट मिति २०४० सालदेखि सोरहवा –८, तमौलीपुर, बर्दियामा बसाइ सराइ गरेर गए तापनि मिति  २०७० मा पुन गैडाकोट  न.पा.–५,नवलपुरमा आई यही नै स्थायी बसोबास गर्दै आउनु भएको छ ।
पिता पं. तुलसीराम पौडेल विद्वान व्याक्ति थिए । उनको कार्य पुराण वाचक, ज्योतिर्विद र कर्मकाण्डी थियो ।  आमा कुशल गृहणी थिइन् ।
बालककाल –सबै बालबालिकाको बाल्यकाल खेलाइ र पढाईमा बित्तछ । इन्द्रराज पौडेलको बाल्यकाल कास्की जिल्लाको लौसीबोटमा वितेको थियो । धेरै दाजुभाइ दिदीबहिनी भएको हुनाले अन्यत्र साथी भाइको  खोजी राख्न परेन । बाल्यकाल आनन्द रूपमा  वित्यो । सात बर्षको उमेरमा उनको व्रतबन्ध भएको थियो ।  १४ वर्षको उमेरमा उनको झ्यापी देवीसँग विवाह भएको थियो ।
शिक्षादीक्षाको आराम्भ– इन्द्रजी राणाकालमा जन्मे । त्यतिवेला स्कुलहरू थिएनन् ।  पिताजी नै पहिलो गुरु बनेर पढाइको थलनी भयो । घरमै बसेर पिताजीसँग संस्कृतका श्लोक, चण्डी, रुद्री, वेद, गीता, धर्मिक ग्रन्थ आदि पढ्ने काम भयो । प्रजातन्त्र आए पछि शनै शनै स्कुल  स्थापना हुन थाले । पुम्दीभुम्दीमा पनि २०१५ सालमा श्री माहेश्वरी पातथमिक स्कुल स्थापना भयो । पौडेलले कक्षा ३ मा भर्ना भएर औपचारिक शिक्षाको थालनी गरे ।५कक्षा उत्रिण भएपछि भारतीय सेनामा भर्ना हुन भनी गोरखपुरमा २०१९ सालको बैशाख महिनामा भारततिर प्रस्थान गरे तर भर्ना हुन नसकेपछि भरतमा वेपत्ता भए । २०२६ सालमा फागुनमा घरमा आए ।  २०२७ सालमा श्री बाराही शुक्रराज नि.मा.वि.बाट एच.एल.सी.उत्रिण गरे र पुन भारततिर प्रस्थान गरे ? भारतमा ३ वर्ष बसेपछि उच्च शिक्षाको लागि पि.एन. क्याम्पस पोखरामा भर्ना भए । यहाँ उनले शिक्षाशास्त्र विषय लिएर आई.ए. शिक्षाशास्त्रमा  पास गरे ।
शिक्षक पेशा–
आई.ए. शिक्षाशास्त्रमा  पास गरेपछि उनले शिक्षक पेसा अपनाए ।२०३२सालमा श्री ज्ञान प्रकाश नि.मा.वि. दाना मुस्ताङ् जिल्लाको दानामा प्र.अ. भएर निशुल्क सेवा गरे । यस पछि सोही वर्ष २०३२ देखि २०३९ सम्म उनी आफ्नै गाउँको शुक्रराज नि.मा.वि.मा सेवा गरे । त्यसपछि उनको सरुवा २०३९ सालको अन्त्यतिर बर्दीया जिल्ला जमुनीको अमर ज्योति मा.वि.मा.सीतापुरमा भयो । २०४७देखि २०६४ साल वैशाख ८गतेसम्म  श्री भगवती माध्यमिक विद्यालय तिलकाना सेवा गरी अनिवार्य अवकाश  प्राप्त गरे ।
तालिम –पौडेलले अध्यापनको सिलसिलामा सेवाकालिन तालिमहरू र सेमिनारहरूमा भाग लिएका छन् ।
इन्द्रराज पौडेलको अध्ययन समयमा अध्ययन गर्न सहजता थिएन । कागज, कलम, पाठ्यपुस्तक प्राप्त गर्न सकिदैनथ्यो । निगाला, हाडेउनिमका डाँठका कलम बनाएर, बाँसका सुप्लालाई कागज बनाएर लेख्ने प्रयास गरिन्थ्यो । काठको पाटी बनाएर अङ्गारले लिपेर तथा धुल्यौटोको प्रयोग गरेर लेख्न प्रयास गरिन्थ्यो । राती बत्तीको प्रयोग पनि सहज थिएन । किरासिन भारतबाट ल्याउनु पर्दथ्यो । घिउ, खानेतेलको बत्ती बाल्नु या, दियालो(सल्लाको खोटो), सजीवनका दानालाई बत्ती बनाएर बालेर पढ्न कति सम्भव हुन्थ्यो । तर पनि समयको पूर्ण सदुपयोग गरेर पौडेलले आफ्नो कार्यसिद्धि भने गरेरै छाड्दथे । जागिरबाट अनिवार्य अवकाश लिएपछि पनि उनले सामाजिक र साहित्यिक क्षेत्रमा सेवारत व्यस्तता अझै बढाएका छन् ।
स्वभाव –मानिसको स्वभाव सबैको एकै किसिमको हुँदैन ।फरक फरक किसिमको हुन्छ । इन्द्रराजसँग मेरो भेंट.करिव आठ ÷दश वर्ष जति भयो होला, यस यसमयमा हाम्रो सम्बन्ध गाढा नै रह्यो  । मैले उहाँलाई जहिले भेटे पनि हँसिलो रूपमा पाएँ । गोरो अनुहार, मझौला उच्चाइ फुर्तिलो चालाको साथमा कर्ममा तीब्रता, बोलीमा नम्रता र मिठास पूर्ण भावनाको आदान प्रदानमा प्रष्टता र स्वच्छता पाउँदा मलाई निकै आनन्द लाग्यो । उहाँको सोधपत्रको अध्यया गर्दा सानै उमेरदेखि मिजासिलो व्यवहार,शान्त स्वभाव, सहयोगी, परोपकारी, दानीस्वभाव, कसैको चित्त नदुखाउने, सबैसँग मित्रवत व्यवहार गर्ने, सकेसम्म सबै ठाउँमा सक्रिय सहभागिता जनाउने उहाँको स्वभाव रहेको देखियो । साहित्यप्रति रुचिराख्ने अग्रजहरूमा सम्मान र नवसर्जकहरूमा हौसला दिने बानी प्रचुरमात्रामा देखिन्छ ।
स्वदेश तथा विदेशको भ्रमण–पौडेलजी नेपालका करिब ३२÷३३ जिल्ला भ्रमण गरिसक्नु भएको छ । नेपालीहरूको सहजसँग भ्रमण गर्ने स्थान भारत हो । पौडेलजी भारतका उत्तरप्रदेश, विहार, पञ्जाव, हरियाणा, कलकत्ता,हिमाचल प्रदेश, उत्तराञ्चल, दिल्ली, कलकत्ता विविध ठाउँको साथै अमेरिका र क्यानाडा भ्रमण गर्नु भएको छ । यसको उद्देश्य भेट घाट रहेको छ ।
विविधरुचि –
खेलमा–क्रिकेट, पूmटबल, भलिबल, पौडी, कुस्ती हेर्ने रुचि रहेको र बालक र युवा अवस्थामा खेल्ने गरेको ।
अध्ययानमा रुचि – परापूर्वककालदेखि हालसम्मका ऐतिहाँसिक विश्वघटनाको बारेमा उनको अध्ययनमा रुचि देखिन्छ । उनले वीर र करुण रसका साहित्य सिर्जना पढ्न मन पर्छ  र यति, गति, लय, अन्त्यानुप्रास मिलेको छन्दबद्ध कविता अध्ययन गर्न मन पराउँछन् । उहाँका यी मनपराइलाई शोककाव्यले प्रमाणित गरेको पाइन्छ ।
मनपर्ने रङ –पौडेललाई सप्तरङ्गी (इन्द्रेणी) रङ्ग निकै मन पर्छ साथै नीलो, गुलावी र सेतो आदि पौडेलजीका प्रिय रङ्गहरु हुन् ।  
योग अभ्यास – उहाँले ध्यान र योगलाई महत्व दिनुको साथै आफ्नो जीवनमा व्यवहारमा उतार्नु भएको छ ।
पौडेलका मनपर्ने साहित्यकारहरू– स्व.जनकवि केशरी धर्मराज थापा, स्व.अलिमिया, मुकुन्द शरण उपाध्यय, कवि शीरोमणि लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, विपि कोइराला, गोविन्दराज विनोदी, प्रा.डा. नारायणप्रसाद खनाल, आदि
जीवन दृष्टि –सकरात्मक सोचबाट अघिबढ्नु ।
भावी जीवन कर्म –पहिले जागिरे जीवन आफ्नो दायित्वमा अडिग रहेर देश र जनताप्रति वफादार भएर काममा समर्पित भएभने अव बाँकी जीवन भाषा साहित्यको उत्थान, संरक्षण, सम्वद्र्धन, साहित्यिक संस्थामा र समाजिक संस्थामा आवद्ध भै  सेवा पु¥याउने र सम्भव भए सम्म एउटा महाकाव्य सिर्जनागर्ने रहेको छ भन्ने धारणा उहाँ बाटै सुन्न पाएको छु ।
कृतिहरू प्रकाशन –
कृतिको नाम विधा र प्रकाशन वर्र्ष प्रकाशक
१.पौडेलकोपीडा' कवितासङ्ष््रह,(२०६१)
२. मानस खण्डकाव्य, (२०६२) ब. सा. समाज, बर्दिया
३. प्रेमाञ्जली ( शोककाव्य–२०६८), मध्यपश्चिम स्रष्टा समाज
४. भद्राञ्जली खण्डकाव्य –२०७०), भद्र कुमारी घले साहित्यिक संरक्षण मञ्च काठमाण्डौ
५.क्रान्तिवीर ृष्णप्रसाद गीति खण्डकाव्य–२०७२) त्रिवेणी साहित्य परिषद  नवलपुर
६. जन्मभूमि ( खण्डकाव्य (२०७३) त्रिवेणी साहित्य परिषद  नवलपुर
७.महिमामयी आमा शोकात्मक खण्डकाव्य २०७४) त्रिवेणी साहित्य परिषद  नवलपुर
८. समयचक्र खण्डकाव्य त्रिवेणी साहित्य परिषद  नवलपुर

प्राप्त पुरस्कारहरू –इन्द्रराज पौडेलले साहित्यिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै यस कृतिको प्रकाशन समयसम्म विभिन्न शैक्षिक तथा साहित्यिक संस्थाबाट यस प्रकारका पुरस्कार तथा सम्मान प्राप्त गर्नु  भएको छ ।
 १) पृथ्वीनारायण क्याम्पसबाट नगद र प्रमाणपत्र प्राप्त (२०३२)
२) पुष्प प्रतिभा साहित्य पुरस्कार खजुरा बाँके ,( २०६३)
३) मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानबाट कदरपत्र
४) अवधी साहित्य विकास परिषद बाँकेबाट सम्मान पत्र ।
५) भद्रकुमारी घले सेवा सदनबाट  नगदराशि र ताम्रपत्रबाट सम्मानित, (२०७०),
६)भानुभक्त स्वर्णपदक र प्रशस्तिपत्रद्वारा सम्मानित, २०७१,
७) भेरी साहित्य समाज, बर्दिया शाखा, नेपालगञ्जबाट सम्मानित, (२०७१),
८)अनुपम साहित्य समाज भुरीगाउँ बर्दीयाबाट सम्मानित, २०७२
९) लेखक संघ दाङ्द्वारा दुर्गा–चित्र प्रज्ञा पुरस्कार एवम् सम्मानपत्र (२०७५)
१०) श्री शहिद स्मारक मा..वी.भरतपुर –६,चितवनबाट सम्मानपत्र (२०७६)
११) हाम्रो सिर्जना अनुसन्धानमूलक साहित्यिक संस्कृतिक त्रैमासिक पत्रिकाबाट सम्मानपत्र (२०७६)
१२) सर्वदा साहित्य सङ्गम नेपालगञ्जबाट सम्मान (२०७६)
साहित्यिक संस्थासँग आवद्धता तथा आजीवन सदस्या –
१) अध्यक्ष त्रिवेणी साहित्य प्रतिष्ठान नवलपुर (हाल)
२) अध्यक्ष– बर्दीयाली साहित्य समाज, गुलरीया बर्दिया,(६ वर्ष )
३) संस्थापक अध्यक्ष सर्वदा साहित्य संगम, नेपालगञ्ज
४) उपाध्यक्ष मध्यपश्चिम स्रष्टा समाज,बाँके (६ वर्ष¬)
५) नेपाल रेडक्रस सोसाइटी, बर्दिया,
६) नेपाल शिक्षक सङ्घ, बर्दिया,
७) त्रिवेणी साहित्य परिषद, नवलपुर ।
८)छन्द काव्य प्रतिष्ठान नेपाल चितवन
९)नव साहित्य मञ्जरी भरतपुर, चितवन
साहित्य इतर संघसंस्थामा आवद्धता
१. नेपाल रेडक्रस सोसाइटी आजीवन सदस्य
२. शिक्षकसंघ बर्र्दिया
३. रोटरी कलव आफ गैंडाकोट संस्थापक सदस्य हाल भाएइस प्रेसिडेन्ट
४ नेपाल सेवा निवृत्त शिक्षक समाज जिल्ला नवलपुर  हाल केन्द्रिय प्रतिनिधि
५.जेष्ठ नागरिक कल्याणकारी परिषद कार्य समिति सदस्य
६.जेष्ठ नागरिक संघ  गैडाकोट आजीवन सदस्य एवम् कार्य समिति सदस्य वार्ड नं ५
कवि इन्द्रराज पौडेलको व्यक्तित्व– नेपाली वृहत शब्दकोशले व्यक्तित्वलाई यसरी परिभाषित  गरेको छ – १. कुनै व्यक्तिको वैयक्तिक विशेषतालाई देखाउने गुण २. व्यक्ति विशेषको निजीपन ३ं. व्यक्तिले अरुलाई प्रभावित पार्ने व्यक्तिविशेषमा निहित विशेषता । मैले इन्द्रराजको स्वभावमा केही कुरा पस्कने कोशिष गरेको छु । हुनत स्वभाव र व्यक्तित्वको परिभाषा त ठ्याक्कै मेल खाँदैन तर आनीवानी, चालचलन,क्रियाकलाप, शारिरिक बनोट, आदत करिब नजिक नजिक हुन्छन् भन्न सकिन्छ । इन्द्रप्रसाद पौडेललाई सादा जीवन उच्च बिचार भएका प्रतिभाशाली व्यत्ति हुन् । उनी अध्यात्मज्ञान भएका व्यक्ति हुन् ।उनको यो गुण पितापुर्खाबाटै प्राप्त भएको भए पनि भौतिकतालाई पनि तिरस्कार गर्दैनन् । शारीरिक व्यक्तित्वको रूपमा हेर्दा हँसिलो रूप, गोरो अनुहार, मझौला उच्चाइ फुर्तिलो चालको साथमा कर्ममा तीब्रता, बोलीमा नम्रता र मिठास पूर्ण भावनाको आदान प्रदानमा प्रष्टता र स्वच्छतापूर्ण भएको देखिन्छन् । उनी साहित्यि व्यक्तित्व हुन् । कविताुङ्ग्रह १ सहित ७ ओटा खण्डकाव्य( शोक काव्य समेत)हरू सिर्जना गरेका छन् । उनी छन्देली कवि हुन् । छन्द बचाउ अभियानका सकृय व्यक्तित्व हुन् । उनी अध्ययनशील व्यक्तित्व हुन्  । धार्मिक एवम् साहित्यिक पुस्तकहरू अध्ययन गर्न रुची राख्छन् । उनको जीवन शैक्षिक क्षेत्रमा बित्यो । त्यसोहुँदा उनी बौद्धिक तथा शैक्षिक व्यक्तित्व हुन् । उनलाई सामाजिक व्यक्तिको रूपमा पनि लिन सकिन्छ किनकी नेपाल निवृत्त शिक्षक समाज जिल्ला समिति नवलपुरको सचिव, रोटरी क्लवअफ गैडाकोटको कोषाध्यक्ष,भएर सकृयरूपमा सेवा दिंदै आएका छन् ।
साहित्यतिरको पृष्ठभूमि– सबै साहित्यकारको साहित्यिक पृष्ठ भूमिलाई केलायो भने कुनै न कुनै साहित्य सिर्जनामा प्रेरणाका स्रोतको रूपमा लिएको देखिन्छन् प्रथम महाकाव्यकार बालमीकिले रामायण लेख्ने प्रेरणा कसरी पलायो  एउटा घटना यस्तो छ – एक दिन, वाल्मीकि गंगा नदीको मिनारमा ध्यानमग्न बसेका थिए । उहाँ उनले एउटा क्रौंच पक्षी का जोडा प्रेममा मस्त थिए । यसै अवस्थामा एउटा शिकारीले तीर चलाएर एउटालाई मारिदियो । यस घटनाले बालमीकिलाई ठूलो चोट पुग्यो उनको मुखबाट अनायास एउटा श्लोक निस्क्यो । त्यो यस प्रकार छ –
"मां निषाद प्रतिष्ठां त्वमगमः शाश्वतीः समाः।
यत्क्रौंचमिथुनादेकमवधीः काममोहितम्।"
(हे निषाद! तिमीलाई कहिल्यै शान्ति नमिलोस् किनकी तिमीले प्रेममं लीन यी क्रौंच पक्षीका जोडामा एकलाई मारिदियौ ।) यो श्लोक संस्कृतको पहिलो काव्य श्लोक मानिन्छ ।नारादले रामायण लेख्ने सुझाव दिए र रामायण लेखियो ।
यसरी हामीले कालीदासलाई लिन सक्छौं राजकुमारीले विद्वान सम्झेर विवाह गरेपछि कालीदास मूर्ख भएको जानकारी भएपछि विद्वान भएर आउनु भनी घरबाट निकाली दिए पछि कालीको वरदान लिएर पण्डित भएर घर फकर्केका थिए (यिनको बारेमा धेरै किंवदन्ती छन्) । यसरी भानुभक्तले घाँसीको प्रेरणाबाट रामायण लेखे । सदानन्द अभागीले हरिभक्त कटुवाललाई प्रेरणको स्रोत मान्दछन् । इन्द्रराज पौडेलको साहित्यिक प्रेरणाको स्रोत अरूको भन्दा फरक छ । रामयण र महाभारत –(नेपालीमा अनुवाद गरिएका) पठन पाठन, आमहरूले जाँतो रिगाउँदा ढिकी कुट्दा, मेलापाता जाँदा ,गाएका सुमधुर लयबद्ध गीत, शिलोक, सुनेर,गुन्गुनाउने प्रयास पौडेलजीको साहित्यिक उद्गम विन्दु हो । कवि लेखनाथ धर्मराज, भानुभक्त, अलिमिया अन्सारी र मुकुन्द शरण पौडेलजीका प्रेरक कवि हुन् ।
जीवनमा अबिस्मरणीय घटना –पौडेलको अविस्मरणीय घटनालाई उहाँकै शब्दमा यहाँ प्रस्तुत गरिएको छ –' २०१६ सलमाा कक्षा ३मा नाम लेखाएपछि पुस्तक किन्न पोखरा गएँ । मेरा बालसखा धनन्जय बराल पनि सँगै गएका थिए । त्यो वेला कपाल पूर्ण मुण्डन गर्ने प्रचलन थियो । आजकलको जस्तो कपाल अर्ध मुण्डनलाई जुल्फी पालेको भन्थे । ९८ % प्रतिशत मान्छे पूर्ण मुण्डन गर्थे । धनञ्जयले प्रस्ताव राखे स्कुल पढ्ने भए पछि  हामी पनि कपाल छाँटेर जुल्फी पालौं । मैले पनि भावी परिणामको ख्यालै नराखी हुन्छ भने । कपाल छाँटेर काइँयोले कोरेर घर आयौं ।हामी साह्रै अपहेलित भयौं । हामीलाई सबैले चुरेटा भने । अछुतो व्यवहार भयो हामी माथि ।  खाना पनि अलगै राखेर खान दिए । भोली पल्ट एका बिहानै हामीलाई पूर्ण मुण्डन गर्न वाध्य पारियो । हामी आज्ञाकारी भयौं ।नुहाएर गोमुत्र मन्तरेर खुवाइयो । टाउकोमा छर्कियो । सत्र पैसा गोदान गराएर बाहुनलाई दिइयो । बल्ल हामी चोखियौम् । त्यो घटना संझेर म आज आश्चर्य चकित हुन्छु ।'
निष्कर्ष – ' इन्द्रराज पौडेलको जीवन कर्म र व्यक्तित्वको बारेमा केही शब्दहरू पस्कने प्रयास गरे ।संघर्षमय जीवनका उतार चढावलाई बोक्दै साधारण जीवन अङ्गाल्दै उच्च विचारमा यात्रा गरेका पौडेलको जीवन कर्म र व्यक्तित्व आज सकृय अवस्थामा चलिरहेको छ । हरेक क्षेत्रमा उहाँ अनुकरणीय बन्ने प्रयासमा लाग्नु भएको छ । सफलताले सगरमाथा चुमोस् भन्न धारणा सहित उहाँको सुस्वास्थ दिर्घायुको साथै २०८२ सालले महाकाव्य सिर्जना गरी महाकावि बन्ने उहाँको चाहना पुर्ण होस् भन्दै विदा माग्दछु ।
 २०८२ बैशाख १ गते   

April 9, 2025

क्रान्तिवीर कृष्णप्रसाद कोइरालाको विवरणात्मक अध्ययन


 सदानन्द अभागी
कवि इन्द्रराज पौडेलको पाँचौं कृति 'क्रान्तिवीर कृष्णप्रसाद' आज अध्ययन गर्ने मौका पाएँ । कृष्णप्रसाद नाम अध्ययन गर्दा नै याद आउँ छ कि उनी एउटा ऐतिहाँसिक व्यक्तित्व हुन् जस्का तीन भाइ छोरा यस देशका प्रधानमन्त्री बने जस्ले राणाहरूको क्रुर शासनबाट मुक्ति पाउन आफ्नो जीवन जेलमै त्याग गरे । इन्द्रराज पौडेलले कृष्णप्रसाद कोइरालाको जीवनी र व्यक्तित्वलाई विषयबस्तु बनाएर खण्डकाव्य सिर्जना गर्नु एउटा महत्त्वपूर्ण काम गरेको मलाई महसुस भएको छ । यस खण्डकाव्यमा एघार खण्डहरू छन् । यस कृतिको प्रकाशन त्रिवेणी साहित्य प्रतिष्ठानले  गरेको छ । मूल्य १५०÷–रु राखिएको छ । अग्र आवरण पृष्ठमा कृष्णप्रसादको तस्विर राखिएको छ । बाह्य आवरण पृष्ठमा काव्यकारको व्यक्तिगत विवरण राखिएको छ । अगण्य र गण्य गरी ११० ( १४+९६) पृष्ठको कृतिको आयतन छ ।
   प्रकाशकीयमा प्रा.डा.नारायणप्रसाद खनालले लेख्नु हुन्छ – ' यस काव्यको पठनले साधारण पाठक वर्गमा थुप्रै अनुद्घाटित राणकालीन रहस्यहरूको ढोका खुलाइदिन्छ र अत्याचारी शासनको झलक देख्न पाइन्छ । साथै यसमा राष्ट्रप्रतिको भक्तिभाव र दायित्वबोधको शिक्षा वा सन्देश पनि सहजै प्राप्त गर्न सकिन्छ ।'  यस काव्यका भूमिको बरिष्ठ छन्देली कवि गोविन्दराज विनोदीजीले लेख्नु भएको छ । विनोदीजीले काव्यको मूल्याङ्कन यसरी गर्नु भएको छ –'यो कृति अनुसन्धानमूलक , ऐतिहासिक , तथ्यपरक गीतिकाव्यका रूपमा प्रस्तुत भएकाले यसको नेपाली साहित्यमा आफ्नै अलग महत्व र गरिमा छ ।'
कृतिभित्र व्रवेश गर्दा– कुनै पनि काव्य लेखनमा मङ्गलाचरणबाट थालनी गरिएको हुन्छ । काव्यकारले प्रारम्भ शीर्षक दिएर काव्यको थालनी गरेका छन् । प्रारम्भ शीर्षकमा १९ श्लोक छन् । नेपाललाई पशुपति नाथको देश, सगरमाथाको देश भनेर विश्वव्यापी रूपमा चिनिन्छ ।यस खण्डकाव्यमा काव्यकारले  शिवदेश भनेर नामाकरण गर्दै भन्छन् –
सृष्टि र स्थिति प्रलय चक्र चलेको शिवदेश
धर्म र अर्थ काम र मोक्ष शिवकै उपदेश ।
हजारौं वर्ष अगाडीदेखि जीवन्त यद्यपि
महत्वपूर्ण महिमा ज्ञान हिमाली पद्धति ।।
(श्लोक १, पृष्ठ १)
पवित्र सगरमाथा हिमालको देश  यो पूण्यभूमि,गणेश, गौरी, शंकरको आगन, गौरव शाली नेपाल र हिमालको नातो, मानवको लागि ज्ञानको भण्डार, शैविक धर्म कल्याणदायी जीवन परिस्कार, महत्वपूर्ण योग र ध्यानमार्फत सक्षमता, दीर्घायुको लागि र निरोगिताको लागि जगतगुरु हिमालबासी शिवमा नमस्कार गर्दै नेपालको भौगोलिकताको वर्णन यसरी गरिएको छ–
पर्वत डाँडा छहरा छाँगा खोच र दूनटार
तराई पाखा बगर लेक सृष्टिकै उपहार ।
सहस्रौं धारा हिमालबाट शिव ॐसुसेली
तराईबाट लिएर जान्छन् बुद्धका कोसेली
(श्लोक ४ पृयठ १ )    
हिमाली क्षेत्र र लेकाली क्षेत्र बीचमा पर्ने छेलको सौन्दर्यता, हिमपग्लेर झर्ना झर्दा देखिने दिव्यहार,यो सुन्दर धाम नेपाललाई कविले नमस्कार गर्दै यस्तो देशमा प्रवृत्तिहरू दुषित हुन थाले बुद्धिमा दाग लाग्न थाल्यो, लोेभ र पाप झाङ्गिन थाले, बिश्वास घात, छल,कपट हिंसा, अत्याचार, बढन थाल्यो, विकृति पनि स्वीकृतिमा परिणत हुन थाले, महान देश भक्तको कतै सम्मान भएन,गरेका योदानको कदर भएन, सहिदहरू तिरस्कृत भए, वीरका पत्नी सती सावित्री जस्ता पनि तिरस्कार भए, भीम मल्ललाई धरापमा पारेर मारियो,भीमसेन थापा, गगन मारिए,बहादुर शाहलाई विवश भएर जेलमा सड्न प¥यो र देशलाई सतीले सराप दिए जस्ता घटनाक्रमलाई काव्यले समाएको छ । सतीको सराप परेको हुँदा शासन सत्तामा बस्ने हरूले असल व्याक्तिलाई खराप देख्दछन् । यस्ता अव्यवहारिक कामले गर्दा तथा वीरको खुन निरर्थकमा माटोमा मिल्छ भने मुटुमा बदलाको भावले स्थान लिन्छ । देशमा शान्ती वहाल रहदैन ।
काव्यकार चिन्तित छन् किनकी –
वेरोजगारी देशको दशा गरिबी ल्याउँछ
देशको सिप साहस उर्जा जाँगर गलाउँछ ।
प्रगतितिर लम्कने जोश विवेक हराउँछ
अभाव चोट युवाको मन काँतर बनाउँ छ ।।
(श्लोक १०, पृष्ठ ३)
 देशमा पद्धति नराम्रो बन्न गयो, स्वार्थको घेरामा प¥यो, मानिस तेरा र मेरामा विभाजित भए, वीरका जोश गरम खुन सोसेर दवाइयो, जाँगर र उर्जालाई देश निर्माणमा लगाउनुको सट्टा विदेश पठाउने संस्कार बनाइयो । देशले सही मूल्याङ्क नगर्दा आजको देशको अवस्थाप्रति कवि चिन्तित हुँदै भन्छन्–
अमृत विख नसकी छान्न विग्य्रो नि सरोकार
सज्जनलाई शूलीमा कठै दुष्टलाई पुरस्कार ।
दुष्टको खुवी बढेर गयो फस्टायो कुचाल
अहम बढ्यो दुर्दशा भयो देशको बेहाल ।।
(श्लोक १२, पृष्ठ ३)
अब काव्यकार नेपाल एकिकरण कसरी भयो भन्ने तर्फ मोडिन्छन् । पृथ्वीनारायण शाहले टुकुरे राज्य जितेर नेपाल एकिकरण गर्नेे काम थालनी गरेका हुन् । उनैले साझो नेपालको निर्माण गरेका हुन् ।  दुर्भाग्य के भयो भने सन्ततिले साँचोलाई थाम्न सकेनन् र देशको साँचो राणालाई बुझाइदिए । यसरी शासन सत्ता राणाले पाए र राजाले गुमाए । यसको परिणति नेपालीलाई रुवाए ।
परिस्थिति सधै एकै नाश रहदैन । राणाको कुशासन विरुद्ध लड्न सक्ने सन्तानको आवश्यक थियो र नेपाली आमाले साहसी योद्धालाई जन्म दिइन् । यी योद्धाहरूले युगको मागलाई चुनौतीको हाँकलाइ स्वीकार्दै देशको भलोको लागि कर्ममा लाग्दै हजारौं देशभक्तले रातो रगत बगाए र राणालाई भगाए ।  देशनिर्माणको लागि प्रदीप जन्मन्छन् र राम्रो काम गर्दछन् भन्ने धारणा कविले यसरी पस्केका छन् –
प्रदीप कतै कुलमा कुनै जन्मन आउँछ
पौरख गरी सुन्दर उषा देशमा ल्याउँछ ।
आहतलाई राहत दिन्छ शिलतो जुनको
दर्शन दिन्छ पद्धति नयाँ सुगन्ध सुनको ।।
(श्लोक १८,पृष्ठ ४)
यस खण्डको अन्तिममा कोइरालाको यथार्थ चित्र प्रस्तुत गर्ने लक्षको साथमा झ्याउरे माला उनेको भन्ने कविको धारणा छ ।
खण्ड १–यस काव्यकमा आएका कथालाई मैले कन्जुस्याइ नगरी विवरणात्मक रूपमा पस्कने भएको छु । यस खण्डमा ५७ श्लोक छन् ।यसमा कोइरालाको वंश बर्णन गरिएको छ  । दुम्जामा कोइराला थरीका प्रतापी ब्राह्मण थिए । सेवा नै धर्म मानेर कर्म गर्दथे । जीवन पद्धति चलाउनको लागि नानाकर्मका मेसाहरू जानेका थिए ।समयसँग मितेरी गाँसी जिन्दगी काटेका थिए । नन्दीकेश्वर नाम थियो । उनी पण्डित ज्ञानी स्वधर्म गामी, पवित्र जीवन भएका विद्वताकै कारण सम्मान, प्रतिष्ठा, ख्याति र धन कमाएका थिए । गाउँमा परेका खाँचो टार्ने, चिना लेख्ने,गाउँका सहारा,निर्धा गरिबहरूलाई शरण दिने, पुराण ज्ञाता, जोषित, वेदान्त ज्ञाता दर्शन बुझेका व्यक्ति थिए । उनले सरकारी जागिर पनि खाएका थिए तर प्रधानमन्त्री श्री ३ वीर शमशेरको पालामा मानवलाई दानव जस्तो व्यवहार गरेको कारणले गर्दा जागिरमा चित्त नबुझेर जागिर छाडी दिए । उनले जागिरमा गरेको अनुभूतिलाई कविले यसरी वर्णनज गरेका छन् –
दरवार देखे नरक जस्तै बैकुण्ठ जस्तै गाम
श्वतन्त्र स्वच्छ सुन्दर शान्त पावन पुण्य धाम ।
आन्द भई गरेर खान गाउँमै गएर
आनन्दसित बसने इच्छा मनमा भएर ।।
(श्लोक ६, पृष्ठ ६)  
नन्दकेश्वर गाउँ फर्के र बारिमा सिर्जना फलाउने काम मात्र हैन उनी समाजसेवामा पनि उत्तिकै क्रियाशील थिए । तत्कालिन समयमा कोर रोग अति नन्दनीय थियो तर उनले कोरीलाई घरमा ल्याएर सेवा नै धर्म हो भनी सेवा गरेका थिए ।धर्म पूजापाठमामात्र सीमित रहदैन दया र माया गर्नु प्रमुख धर्म हो भन्ने उनको बिचार थियो ।
नन्दकेश्वरको विवाह राज्यलक्ष्मी पोखरेलसँग भएको थियो । सुयोग्य श्रीमती प्राप्त भएर जीवन पद्धती सजिलैसँग चलेको थियो । यिनका चारभाई छोराहरू जेठा कालीप्रसाद माहिला नारायण साहिला ..... ईश्वर र कान्छा कृष्णपसाद कोइराला हुन् । जेठा र माहिलाले जागिर खान्थे । साहिला ईश्वर भक्तिमा लागे भने कृष्णप्रसादले देश सेवामा ध्यानदिन थाले ।
   कृष्णप्रसाद कोइरालाको जन्म १९३६ मा भयो । यिनको नाम कुलप्रसाद राखियो । चन्द्रमाको कला बढदा झै प्रकाश छर्दै बढे । हुने बिरुवाको चिल्लो पात भनेझै कृष्णप्रसादको बारेमा कवि भन्छन् –
आमाको स्नेह ममता पाए पिताको सिहार
सबैको श्रद्धा सुमन पाई खारियो बिचार ।
बालकै छँदा पाइएका राम्रो आचार संस्कार
सम्पन्नतामा हुर्कदै गए ती  कृष्णप्रसाद ।।
(श्लोक १२, पृष्ठ ७)
नन्दीकेश्वरको सन्तती सुधार्ने प्रयास,घरको सुविस्ता,असल चिन्तन, असल ज्ञान, प्राप्त गरे कृष्णप्रसादले । दैवको लीला अचम्मको हुन्छ । आकाशमा बिजुली चम्केको, चड्कनी परेको तर्कन चाहेर पनि तर्कन नसकेको अवस्थामा यसले नराजा नरङ्क केही चिन्दैन । सबैलाई समान प्रहार गर्दछ ।यसरी नै कालले विद्वान नन्दिकेश्वरलाई संसार छोडायो, चोला फेर्न लगायो,संसारदेखि सम्बन्ध तोडायो, यस्ता महान व्यक्तिको मृत्यु हुँदा घर परिवार गाउँले समेतलाई रुवायो । सबै रोए नन्दीकेशवरले पालेको कोरी पनि रोयो ।
मानिस जिउँदो छन्देर गाली खान्छ तर मरेपछि प्रसंसा पाउँछ भने जस्तै यहाँ नन्दीकेश्वरको हकमा जिउँदै छँदा गाली पाएनन् मृत्युपछि उनलाई गाउँको छहारीको रुपमा लिइन्थ्यो र प्रशंसा गरियो । बाबाको मृत्यु हुँदा जेठा र माहिला जागिर खान्थे साहिलाले दैवीज्ञान प्राप्त गरेका थिए भने कृष्ण प्रसाद भने वेइलमी थिए । आमा लक्ष्मीले कृष्णप्रसादप्रति चिन्ता लिन्थिन । यस्तै हो दैवले लाठी हानेपछि मानिस ठहरै पर्छ तर हिक्मत गर्नेले जङ्घार तर्छ । यो प्रष्ट छ कि रुदैमा ईश्वरले पनि सहारा दिंदैन । प्रयास गर्नु पर्छ र मात्र वितरा परिदैन । काव्यकारको प्रयास संबन्धी मार्ग दर्शन यसरी आएको छ –
आगोमा पोली पारेर रातो फलाम हाने पो
चाहिए जस्तो आकार पार्न आफैले जाने पो ।
फलाम पनि  युक्तिले बल खेलाउन सकिन्छ
विवेकी उर्जा दिमागी पुर्जा मिलाउन सकिन्छ ।।
(श्लोक २० पृष्ठ९)
पतिको मृत्युमा पत्नीमा वेदना हुनु स्वभाविक हो । राज्यलक्ष्मीले सहास बटुलेर जे पर्छ त्यो टार्न पर्छ भन्ने भवना सहित अगाडि बढेका कुराहरूमा काव्यकारले सहास गरेर अघि बढ्दा चिप्लोमा लड्न सकिन्छ तर निराश हुनुहुँदैन उठ्नु पर्छ र यो पनि सम्झन पर्छ कि सहास र बल लगाएर गरेका श्रमको फल खेर जाँदैन भन्ने अभिव्यक्तिको साथ थप दार्शनिक अभिव्यक्ति यसरी आएको छ–
पहाडसित खेलने कुस्ती भुङ्ग्रोमा टेकेर
लडने आँधी तुफानसित भुमरी छेकेर ।
देहको तडी पसिनासित सिर्जना साटेर
उभिन जाने मैदान आफ्नै काबुमा राखेर ।
(श्लोक २३, पृष्ठ ९)
राज्यलक्ष्मीको कठिन भन्दा कठिन परिस्थितिमा जुध्न सक्ने क्षेमता भएकी प्रभावशाली , शिक्षित, संस्कृत भाष पढ्न लेख्न सक्ने विलक्षण क्षमता, निडर, हकी, ईश्वर भक्त, पवित्र विचार,गृहणी चरित्र, सहनशील, सुशील, अडिलो स्वभाव, अन्याय अत्यचार सहन नसक्ने, अभिमान रहीत, कुलको रीति रिवाजको पालनकर्ता भन्दै उनको बहुप्रतिभाको काव्यमा वर्णन गरिएको छ ।
 मानिस जति लोकप्रिय, सबैको हीतकारी,प्रभावशाली भए पनि उसका यी सबै गुणमा डाहा गर्ने व्यक्ति समाजमा पाइन्छन् । उनकै गोत्रकी एउटी कोइराल्नी दरबारकी धाइ थिइ । ऊ गाउँकी नाइके बन्न चाहान्थी, उसलाई दरबारकी धाइ भएकोमा  घमण्ड थियो ।ऊ राज्यलक्ष्मीलाई सश्रु ठान्दथी । त्यसैकारण राणाको दरबारमा सिकायत लिएर पुगी । दुम्जागाउँलाई विर्तामा लिएर धाई फर्के पछि राज्यलक्ष्मी पनि उसको अधिनमा रहनु भन्दा त्यो ठाउँका पानी पनि नखाने भनी कसम खाएर  गाउँबाट अन्यत्र सर्न उचित ठानी घरको सर्वस्व छोडेर त्यो गाउँ नै छाडिदिइन ।
काव्यकारले यस अवस्थालाई  यसरी मूल्याङ्कन गरेका छन् । मानिसलाई कठिन समस्ष परेको वेला दैवले पनि त्यहीवेला कठिन परीक्षा लिन्छ । पीडित भएर राहत खोजेको  बेला दैवले पनि पसारी दिन्छ समस्याहरूको पहाड नै चुल्याइ । यस्तो अवस्थामा राज्यलक्ष्मीले पीडालाई सामान्य मानेर समस्यालाई ग्रहण गरेर, पीडालाई सहेर, सहास शक्ति अठोट दह्रो लिएर सुदृढ भएर नैतिक बलमा उभिन सकिन् । छोरा कृष्णप्रसादलाई पढाउनको लागि घरमै शिक्षक राखिन् । अक्षर आरम्भ गराइन् । नैतिक शिक्षा आफैले सिकाइन् । फारसी उर्दू, विशेष शिक्षा, संङ्गीत, गाउन सिक्नको आदिको लागि व्यवस्था मिलाएर बालक कृष्णलाई  वीरगाथा, कथा, युद्धका कथा रहस्यमय ज्ञान, सुयोग्य हुनेध्यान, छिचोल्ने बाटा, कठिन पाटा, घोडामा चढने, कुस्तीमा लड्ने, रिश्कीमा खेलने ज्ञानमा निपूण बनाइन्् ।
कोही देखेर, कोही पढेर, कोही गरेर,कोही बाबु आमा बाट, कोही नक्कलबाट, केही सामाजिक घटनाबाट र कोही सङ्गतबाट सिकिन्छ ।  चाहेको जस्तो निर्माण गर्न सहज हुँदैन । यस्तो अवस्थामा आमा बाहिरबाट कडाइ र भित्री हृदयबाट नरम भएर तथा माया दिएर बालकलाई सक्षम बनाउनु पर्ने धारणा काव्यमा आएको छ । कविले राज्यलक्ष्मीको यसरी प्रशंसा गरेका छन् –
आफैमा पूर्ण ती राज्यलक्ष्मी कोइराला कुलमा
प्रतिभाशाली शालिन नारी असल गुणमा
भविष्य द्रष्टा प्रखर वक्ता निडर आँटिली
साहसी धीर दरिली कर्म क्ष्ोत्रमा अडिली ।।
(श्लोक ४४, पृष्ठ १३)
 नन्दीकेश्वरले अन्तिम वेलामा छोरा छोरीलाई आमा बाबु मिलेर शिक्षा दीक्षा दिनु पर्दथ्यो तर त्यो नभए पनि छोरालाई –
पुरुष रत्न बनाउँ छोरो गरेर राम्रो ध्यान
गरिन पूर्ण पतिको बोली लगाई दिलो ज्यान ।
बेलाको माग समय हाँक समस्या समाधान
अन्तर चुरो सहास दरो पारेर भराइन ।।
(श्लोक ४७, पृष्ठ १४)
राज्यलक्ष्मीले  छोरालाई  काठमाण्डौ लिएर सर्दार कालीप्रसादकोमा पु¥याएर पढाउने जिम्मा लगाइन्  । कालीप्रसाद, चतुर ज्ञानी क्षमतावान भएर नै सर्दारको पद पाएका थिए । यिनले आमाको वाणीलाई स्वीकार गरे । आमालाई आश्वास्त पनि पारे । 'म बाँचनदेर आमाको कुरा पूरा गर्दछु , भाइको व्यवस्था पनि गर्ने, राज्यलक्ष्मीको इच्छा पनि पुरा गर्छु मनमा लागेको भन्नु होस्' भने पछि राज्यलक्ष्मी जनकपुर बस्ने इच्छालाई पनि उनले पुरागरे । आमाको इच्छा पुरागरेपछि राज्यलक्षीले बुहारीलाई पनि छोरो मानेर आत्मिय मायाको साथमा देवर पाल्न भन्दै कालीप्रसाद र बुहारी लाई उपदेश यसरी दिइन् –
चनाखो भई सजग रही बुझेर परिवेश
कुलको धर्म मर्यादा थाम्न दिएर उपदेश ।
कर्मको ध्यान भोगको ज्ञान सुस्वास्थ  हुने ज्यु
दिएर छोरा बुहारीलाई आशिष दीर्घायु ।।
(श्लोक ५६, पृष्ठ १६)  
सन्तानप्रति गर्न पर्ने कर्तव्य निभाएर उनी जनकपुर प्रस्थान गरिन् भन्दै यो खण्ड समाप्त हुन्छ  ।        
खण्ड २ – यस खण्डमा सरदार कालीप्रसादको बारेमा ४५श्लोकमा वर्णन गरिएको छ । सरदार कालीप्रसाद दरबारका कारिन्दा थिए । उनको काम न्याय फाँटमा थियो ।उनले न्यायको बारेमा केस्रा केस्रा केलाएर न्याय दिन्थे । उनको न्याय दिने काम अच्युक हुन्थ्यो । जबराहरू पनि प्रसन्न  थिए । भाइलई पनि साथमा राखेर काम सिकाउँथे, छिनेका मुद्दाका मिसिल उतार्न लगाउँथे । कृष्णले पनि कालीप्रसादलाई बाबु सरहकै मान्यता दिएर आदर गर्दथे ।काजमा जाँदा कृष्ण साथमा जाने गर्दथे र सानातिना कृष्णका गल्ति कालीप्रसादले सपार्दथे । यसरी कृष्णले दरबार र राज्यको व्यवस्था कसरी चलेको हुन्छ भन्ने कुरा सिकेका थिए । दरबारको काम गराई कृष्णको नजरमा –
दरबारको ठाँट चलने चाल रहनसहन
जसरी चल्थे कानुनी पञ्जा जनमा दमन ।
दरबारभित्र खेलिने खेल उल्टा र सोझा धार
तरिका हेर्ने औसर पाए चलेको सरकार ।।
(श्लोक ७, पृष्ठ १८),
राण सरकारको अत्याचार नेपाली जनताले सहनै पर्ने अवस्थालाई देखेर कृष्ण भाबुक हुन्थे । उनको कलिलो मगजभित्र अत्याचारी राणाको सरकार ढल्नै पर्छ भन्ने गहिरो छाप प¥यो । कृष्णले दरबारमा जबराहरूले सुख सयल मोजमस्ती गरेको, मस्त युवती नाङ्गिन परे नाङ्गिने काम, बाहिरी परिवेशबाट बञ्चित भएर ज्यु–ज्यान राणकै लागि अर्पेर, राणकै इच्छापूर्ति गरेर बाँचेका र उनको इच्छापूर्तिमा बाधक बने अकालमै मारिएका, उनको निर्जिब जस्तो अवस्था जता पल्टायो उतै पल्टनु पर्ने, अति दयनीय अवस्थाको बारेमा कविले यसरी वर्णन गरेका छन् –
जबरा गर्थे सुन्दर ठिटी देखेर हाना र थाप
सुन्दर भई जन्मनु थियो नारीको अभिशाप ।
जवरजस्ती सुन्दर केटी टिपेर उडाई
थुनेर भित्रै राखिने गर्थे कोठामा सजाई ।।
(श्लोक १३, पृष्ठ १९)    
 भोकमा गास दरबारको बास सम्पत्ति भन्ने केही छैन तर राणाको इच्छा भएको खण्डमा नौ पटी नाङ्गिन पर्ने अवस्था थियो । त्यसवेला चिच्याए पनि कसैले सुन्दैनथ्यो र यस्तो धिकारको जिन्दगी देखेर कृष्ण दुखित हुन्थे । उद्धार गर्ने इच्छा हुन्थ्यो । सुधार कहिले होला भनी चिन्तागर्दथे । राणहरूको चरित्रलाई निहाली राख्थे चरित्र हीन पाउँथे, लहडी पनाको समीक्षा गर्थे । दरबरभित्र नै मान्छेको काँधमा राणको सवारी,बाहिर जानपरे अरबी घोडाको सवारी, बग्गी  सजाएर अत्तर घसेर  बजारको सवारी, सवारीमा हजारौं स्वस्ती खाँदैं हिड्दा नेपाली निरीह पशुजस्तो मूकदर्शक बन्थे र ज्यू–ज्यान बचाउनको लागि चनाखो हुनु पर्दथ्यो । कतिका छोरा राणाको पञ्जामा परेका हुन्थे र तिनलाई फजुल काममा गोरुका जस्तै जोताइ हुन्थ्यो । यसरी नै सुन्दर केटी पनि राणको फन्दामा परेका हुन्थे तर यिनलाई भने राणका केटाहरूले काँधमा बोकेर हिड्थे । कानुन राणको मुखमा हुन्थ्यो र मुलुकी ऐन राणाका थुकले गल्दथ्यो ।
। पसन परेर दाम राखेर कसैले ढोगो भने नहुने काम पनि सबै हुन्थ्यो ।राणाको अधिनमा जन धन जमिन सबै राणकै अधिनमा रहनु पर्ने, राणाको हुकुममा चल्ने, मोड ृनकै पाराको, उनका बिरुद्धमा कसैले केही बोले भने तरबारले गर्धन छिनाइ दिन्थे, उनीहरूँिग बात गर्दानिहुरेर दुबै हात जोडेर बिनम्र भै बोल्नु पर्ने जस्ता धारण सहित उनको सोखको बारेमा कविले यसरी वर्णन गरेका छन् –
राणका सयल अनौठा हुन्थे सयल आनन्द
मिलाइ राख्थे सेवकहरू प्रभूको प्रबन्ध ।
कोठामा नाङ्गा तरुनी केटी काखमा राखेर
पिएर दारु नचाई नानी मस्तिदै हाँसेर ।।
(श्लोक २४, पृष्ठ २१)
सुरा सुन्दरीसँग भोगमा मस्त भएर आनन्द लिने, जनतालाई काममा घोटी पसिना शोष्ने,सुसारेहरूलाई  तेल घसेर नाङ्गै भएर नुहाइ दिने साथमा खेल्ने नानाखेल, विदेशबाट सेम्पो,नयाँ नयाँ कपडा जुता बाट सजिने,सुनका चम्चा,चाँदीका थाल,किमती गहना,सुनका औंठी, मोतीका माला, हीराका टलक, सुनका करुवा, उनेका सुन्दर माला आदिको प्रयोग गरेर देशको सम्पत्ति सकेर मोजमस्ती गर्दथे । उनले भनेको नमाने पचासौं कोर्रा खान पर्ने ।
नेपालीमा 'राजाका सामु बाबुकी दुहाई' त्यै बेलाबाट चलेको, उखान हो । सर्बोच पदमा राणहरूनै थिए । त्यसो हुँदा विद्वान पनि राणाका अघि काइते देखिने । राणाका यी सबै क्रियाकलाप कृष्णले हेर्द थे र जङ्गली काडाको संज्ञा दिन्थे । काडा फाडन मुस्किल हुने भए जस्तै राणाको शासन भनेको मुटुको किलो समान हो । तिनीहरूको स्वभाव ब्बाँसा र चितुवा जस्तो थियो । निसाफ पनि जङ्गली नै थियो ।
 त्यो वेला सर्दार कालीदास डिठ्ठा पदमा थिए । उनको काम विभिन्न मुद्दाको छिनो फानो हुन्थ्यो कालीप्रसादले यस्ता काममा भाइलाई साथ राख्थे । एकपटकको मुद्दा उल्टियो । नखाएको विष उनलाई लाग्यो । प्रधानमन्त्री वीरशमशेरको पालामा वीरशमशेरको मनमा गडेकी सुन्दरीको भाइको मुद्दा कालीप्रसाले हराएकोमा ती सुन्दरीले वीरशमशेरलाई कुरा लगाएर वीरशमशेरले कालीप्रसादलाई बोलाएर कुन दफाबाट मुद्दा हराइयो भनेर सोधनी भयो । काली प्रसादले पनि दफा सुनाए । वीरशमशेर मानिसको काँधमा चढेर आएका थिए केटाको दाहिने कान बटारे केटो दाहिने कोठामा पस्यो । केही बेरपछि कालीप्रसादले भनेको दफा च्यातेर कानुनको ठेली कालीप्रसादलाई तेरो दफा खोई भन्दा काली प्रसालदे पनि हिजो त्यो दफा सक्रिय थियो र त्यही दफाको आधारमा मुद्दा  फैसला गरको थिएँ आज त्यो दफा निलँबित भयो सरकार भन्ने जवाफ दिए । वीरशमशेर रिसाय अन्यायको साथ दिए । वीरशमशेरको अन्यायको परिणती कविले यसरी परिणती प्रस्तुत गर्नुको साथै यो खण्ड समाप्त भएको छ –
प्रधानमन्त्री श्री तीन वीर शमशेर रिसाए
 झुटको खेती गरेर काली प्रसाद फसाए ।
सर्वस्वहरण गरेर चार भञ्ज्याङ्ग कटाए
कसुर विना विना इमानी कालीप्रसाद  धपाए ।।
(श्लोक ४५, पृष्ठ २५)
खण्ड ३
 यस खण्डमा कालीप्रसादको जागिर सहित सर्वश्व हरण गर्ने वीरशमशेरले पुन कालीप्रसादलाई सर्वस्व फिर्ता गर्ने र जागिरमा बोलाउने आदेश भयो ।कालीप्रसादको जागिर पुन थालनी भयो । कृष्णलाई दाजुको आज्ञा वापत  ६ महिना खर्दार जागिर खाएका थिए । खरदार बाजे कहलिन पुगे । हुर्कदो अवस्था थियो । चढ्दो वैंस थियो । अभाव केही थिएन । ओठको माथि जुँगाको रेखी बसेको थियो । हेर्दा सुन्दर थिए, युवतीहरूले जिस्काउँथे, उनी लजाउँथे, दाजुले विवाह नगरी जागिर नखाने भने र दाजुले केटी खोज्न थाले । दाजुको भनाइ कविको लेखाइ यसरी आएको छ –
घरमा भयो सल्लाह पक्का विवाह गरने
तयारी भयो रुक्मिणीसित सम्बन्ध जोडने ।
 दाजुको आज्ञा विवाह गरी जीवन सुधार
असल धन्दा गरेर राम्रो जीवन गुजार ।।
(श्लोक १०, पृष्ठ २७)
 रुक्मिणीसित कृष्णको विवाह गाँसियो । दुबै बीच अपार माया पनि बस्यो । यिनको माया परेवाका जोडी जस्तो थियो । त्यस समयमा माया पिरती आजको जस्तो खुला थिएन । लुकेर पिरती गाँसिन्थ्यो ।पिरतीको उपहार उदरमा बढ्दै थिए । समस्या पर्ला कि भन्ने ज्ञान दुबैमा भएन । दुई सन्तानको जन्म दिएर रक्मिणीको मृत्यु भयो ।  रुक्मिणीको मृत्युबाट कृष्णमा परेको असह्य वेदनालाई कविले यसरी वर्णन गरेका छन् –
दुखेको भित्री मुटुको घाउ ओखती हुँदैन
दवाईमुलो जे गरे पनि पटक्कै छुँदैन ।
 पीडाको राँको सल्केको थियो कृष्णको मुटुमा  
 दैवले चुँडी लैजाँदा जोडी परेको चोटमा ।।
(श्लोक १८, पृष्ठ २९)
वियोगको अन्धकारमय समयमा कताकता जुनकिरी टिमटिमको प्रकाशलाई हेर्दै ,छातीमा वियोग पीडाले पारेको चरचरी चहराइरहेको घाऊ र यो वियोगलाई कविले अँधेरी रातमा ताराले दिएको प्रकाश झर्दा को निराशासँग तुलना गरेका छन् र आफ्नी पत्नीको वियोगको वेदनालाई सहनै पर्छ र दुखले सुख पनि दिन्छ मानिसलाई भुलाउन जीवन गुजार्न भन्ने धारणा सहित यो खण्ड समाप्त हुन्छ ।  
खण्ड ४ – यस खण्डमा ५१ श्लोक छन् ।यस खण्डमा मोरङको प्राकृतिक वर्णन, काली प्रसाललाई मोरङको विकासको लागि पठाइएको ,कृष्ण प्रसादका विवाहका प्रसङ्ग उठाइएको छ । हेरौं मोरङको अवस्था –
मोरङ जिल्ला ओझेल थियो राज्यको आँखामा
सम्पदा धेरै सडेका थिए बनेला पाखामा ।
मोरङ जिल्ला छोपेको थियो वनले छपक्कै
सम्पदातिर राज्यको दृष्टि थिएन पटक्कै ।।
(श्लोक १, पृष्ठ ३०)    
मेची र कोशी बीचको भूभाग जङ्गलले ढाकेको थियो । भारततिरबाट तस्करी हुन्थ्यो । जडीबुटीहरू पनि उतैतिरका लान्थे । यहाँका प्रमुखहरू सजग रहन्थे । यहाँको पानी पिउन हुँदैन भनेर कलकत्ताबाट सोडा पानी मगाएर पिउँथे । यहाँ खटाइएकोमा कर्मचारीले सजाए दिएको ठान्थे किनकी  धिमाल, थारु, सतारहरूको पुर्खैली थलो भएको र यिनीहरूले अरुको दखल सहदैनथे । खानामा दही र माछा पर्हेज गरिन्थ्यो । पानी विषालु मानिन्थ्यो, तस्करको डर, औलोको विगविगी, प्रचण्ड गर्मी परिवेश सुहाउँदो भएन भने मानिस खुत्रुक्क हुन्थ्यो । जेपर्ला टर्ला भनेर जो गए ती विस्तारै रमाए र ऐश्वर्य कमाए किनकी त्यहाँँको माटो उर्वरक थियो । उद्दिमशील थियो । भारतसँग सटेको हुँदा पैठारी सुगम थियो, व्यपारको लागि सहजता थियो ।
यहाँको विकासको लागि वीर शमशेरको नजर परेपछि योजनाकार पठाएर योजना तयार पारेर केन्द्रमा मुख्य हाकिम राखेर जिल्लाको हाकिम कालीप्रसादलाई खटाएर विकास गर्ने कामको थालनी गरियो ।घरका परिवारले काली प्रसादलाई नजाने सुझाव दिंदा पनि कालीप्रसाद नुनको सोझो गर्नको लागि विराट नगर जान तयार भए । साथै कृष्णप्रसाद पनि साथमै बिराटनगर गए । त्यहाँ गएर व्यपार गर्न थाले उब्जेका अन्न, नगदेबाली तेलहन संकलन गर्ने र सीमा पारीको बजारमा बेच्ने गर्न थाले । सीमा छेउमा रङ्गेली बजार थियो । बिराटनगर बजार जन्मिसकेको थिएन ।  फारबिस गञ्ज बजारमा व्यपार थियो । नेपालका बस्तु कलकत्तातिर निकासी गरिन्थ्यो ।कलकत्ताबाट मूल्यवान बस्तु युरोप पठाइन्थ्यो । नेपाललाई चाहिने बस्तु पैठारी गरिन्थ्यो । सरकारको नजर पर्न थाल्यो । बजार फस्टायो औलोको र पानीको डर घट्दै गयो । कृष्णले पनि व्यपारी वर्गमा राम्रो सम्बन्ध स्थापित गरे ।बिराटनगर त्यति फस्टाएको नपाएर रङ्गेलीदेखि ६ कोष पूर्व गोग्राह गएर जङ्गल फाडेर ठूलो सहर निर्माण गरेर,सहर सजाएर विराटनगर नामाकरण गरेर सरकारी अड्डा,व्यपारी केन्द्र, भन्सार, हुलाक बसाले, विराटनगर एक ऐतिहासिक ठाउँ पनि हो किनकी आदिम युगमा बिराट राजाले राज्य गरेका, कीचक र भीम लडेको ठाउँ र पाण्डवहरू लुकेको ठाउँ हो भन्दै कविले विराटनगरको बखान यसरी गरेका छन् –
राज्यले नाम स्वीकृति दियो विराटनगर
देशकै पहिलो बन्यो गोग्राह सहर
पसिना त्यहाँ सुकेको छैन कोइराला गुनको
बसाइ राख्छ सिर्जनासित सुगन्ध सुनको ।।
(श्लोक २८, पृष्ठ ३५)  
राज्यले बिराटनगर नाम स्वीकृत ग¥यो। गोग्राह सहर नेपालकै पहिलो सहर बन्यो । यो सहर निर्माणमा कोइराला वंशजको पसिना बगेको छ । नतीजा बसाइ राखेको छ ।कविले विराट नगरको उच्च मूल्याङ्कन गरेका छन् –
वि.प्र.को आत्म निर्माण गर्ने रज र बीजत्यो
उद्घोष प्रजातन्त्रको मन्त्र बिगुल बजेको ।
साहस तर्क उर्वर भूमि कोइरालावर्गको
राणाको जग हल्लाई दिने उत्साही तर्कको ।।
(श्लोक २९, ृष्ठ प ३५)
कालीप्रसादको साथ पाएर कृष्णले आफ्नो स्थिति दह्रो बनाए ।पहाडबाट विभिन्न थरी समाना लिन मोरङ झर्दथे,घिउ मह बेचेर लत्ता कपडा मटितेल किनेर लान्थे । व्यपारीको कारणले गर्दा हटाराहरू लुटिन्थे । कृष्णले सजगताको साथमा व्यपार गर्दथे । उनको व्यपार कलकत्तासम्म फैलिएको थियो । कृष्णको व्यपारको वर्णन कविले यसरी गरेका छन् –
माटाको थुप्रो हातमा लिंदा अन्नको राश भो
हातले छुँदा फलाम पनि सुनको तास भो ।
जे गर्दा पनि नाफा नै नाफा नाफाले चुलियो
निमको पात चपाए पनि भयो नी गुलियो ।।
(श्लोक ३६,पृष्ठ ३७ )  
कृष्णको मेवाडीसँग सङ्गत भयो, सहास र उर्जा  सक्रिय भए, मगज खारियो, जे गरे पनि सहज हुन थाल्यो, दुख र सुख, उकाली ओराली सबै समान देखिन थाले, पसिना बगाएकोले सबै सहन हुन थाल्यो  सवारीको लागि अरबी घोडा, दुधको लागि गाई भैंसी पालिए र सबै कुरामा सम्पन्न भए । कृष्ण ठूला व्यापारी, समाजसेवी, उद्योगपति भए पनि उनी एकल थिए । अब उनलाई पत्नीको खाँचो थियो । उनले मोहन कुमारीसँग वैवाहिक सम्बन्ध जोडे । राणापछिको पहिलो प्रधानमन्त्री बन्ने ( मातृकाप्रसाद) छोरा जन्माइन् ।
श्रीमती, छोरा, धन संपत्ति भए पनि पश्चिमे प्रभावको आकर्षणले कृष्णलाई आधुनिकता, सुरम्यता नवीनताले लोभ्यायो । उनले अंग्रेजी जुता, चश्मा, किमती कपडा,अत्तरको प्रयोग कर्ता, हवेलीलाई सजाउन सक्ने, आधुनिकता सहजै स्वीकार्ने, पतिको भाव र इसारा बुझ्ने, पढेलेखेकी अशल कन्यासँग विवाह गर्ने इच्छा जागेर काठमाडौ बालाज्यु टुके्रपानीकी कन्या हेर्न पुगे । त्यतिवेला विवाह पूर्व केटी हेर्ने चलन थिएन । चलन मिच्दै  दिव्यादेवीलाई हेरेर लगन तोकेर विवाह बन्धनमा कृष्ण र दिव्या बाँधिएको धारणा कविले यसरी पस्कदै यो खण्ड समाप्त हुन्छ –
जोडिए दिव्या देवी र कृष्ण लगन गाँठोमा
प्रचुर राम्रा बधू र वर सुन्दर प्रतिमा ।
विधिको त्यही विधान थियो जोडने जोडी जोर
दिव्याको कोख उर्वरक भई जन्मन विश्वेश्वर ।।
(श्लोक ५१, पृष्ठ ४०)  
खण्ड पाँच
 यस खण्डमा कविले प्रकृति वर्णनको लामो धारणा पस्कदै कृष्णप्रसादको सम्पन्नताको विवरण दिएका छन् । समय परिवर्तित छ आज जस्तो भोली हुँदैन । भोली अर्कै उमङ्ग आएँछ । दृष्टि फेरिन्छ । घटित घटनाले प्रभाव पार्छ आदि घटनालाई काव्यले समाउँदै कृष्ण घोडा चढेर निर्जन वनको बाटो हुँदै विराटनगर जाँदै गर्दा उनको प्रगतिको मूल्याङ्कन आफैले गर्दा मन प्रफुल्ल थियो । अन्तर तानाहरू खेल्दै गए आफ्नो करोडैको सम्पत्ति, नोकर चाकर, सामाजिक मान मर्यादा, गोरखादेखि बझाङसम्ँमको सरकारी करको भन्सारको ठेक्का।,असक्तलाई सहारा समाज सेवा,दरबारसँगको सम्बन्ध,, हुलाक सेवा, पाठशाला खोलेर निशुल्क शिक्षा(साठी बालकलाई निशुल्ककापी कलम आवास), अशक्तको लागि आफैले अस्पताल खोलेर सेवा, श्री ३ चन्द्र शमशेरले पनि मान गर्ने, आदि आफ्ना प्रगतिका भावनाहरू मगजमा घुमेका वेला निर्जन वनमा आकाशवाण्ी सुनिएको अनुभूति हुनु,उनी चकित पर्नु उनले लगम तानेर घोडालाई रोक्नु, आकाशवाणीलाई देववाणी सम्झनु ,आकाशवाणीले उनको सम्पन्नताको खिल्ली उडाएको जस्तो लाग्नु, सम्पत्ति भयो भनेर गर्व नलिए हुन्छ रे किनकी मानिस धनले हैन मानिस सम्पन्न बन्ने सचेत मनले हो । आफैले आफैलाई सम्पन्नशाली देख्नु अज्ञात हुँदा चढेको मात हो ।र विपन्न पनि त्यही हो । उनलाई आकाश वाणीले धर्तीमा के दिइ जान्छौ, सम्पन्नातामा गमक्क हुनु छैन । यस्तो आकाशवाणी सुनेर कृष्णको जोश लोलायो, होस् मुर्झायौ, सपना हरायो कृष्णको आत्मापुकार पनि चिच्याई करायो–
 निर्धक्क भन्छु सम्पन्न मछु विपन्न हैन म
मलाई देख्ने विपन्न को हौ सामुन्ने आउन ।
तुरुन्तै दियो उत्तर पनि आकाशवाणीले
दुम्जाका भोका नाङ्गालाई खै त के दियौ तिमीले ।।
(श्लोक १६, पृष्ठ ४४)
हजारौं दुम्जा मुकलुक भरीका दुर्गम बस्ने भोका र नाङ्गा, हेरेउ कि हेरेनउ नन्दीका जस्तै कोरीको सेवा गरेउ कि गरेनउ गाउँका दुखी दरिद्रीलाई हे¥यौ कि हेरेनउ, तिम्रो सेवाको सीमा सीमित भयो, दुर्गममा पुगेन, तिमीले गरेको सेवाको मूल्याङ्कन अवस्य हुन्छ । अमर नामको चर्चा हुनेछ सुनौला भविष्यले  सेवाको रङ्ग निमार्ण  गर्नेछ भन्दै भाबुक हुँदै घोडा चढे । यस घटनाले तिनको मन देशको स्थिति सुधार्नतर्पm तानियो । कृष्णले अन्तर मनले देशको तस्वीर झाँकेर हेर्दा 'थुनेका मुख, बाँधेका हात, पाउमा जञ्जिर' पाए । कृष्ण भविष्यवाणी के थिए भनि प्रश्नवाची हुन्छन् । आफै सोचन गर्छन् । यी भित्री भावना विस्फोटन भगएको हो कि ? बोलेका देवता हु्न कि आफ्नै मन ? गुम्सेका चाहना कि रहर लहडी ?  तन्तुमा भुमरी परेर अन्तर ताना खेलेका हुन् कि आदि तर्कना सहित कविले तलको श्लोक पस्कि यो खण्ड समाप्त भएको छ ।
भावनासित खेलेका हुन् कि अन्तर संवेग
खेलेका हुन कि सपना जस्तै मनका प्रवेग
त्यो थियो एक रोचकताको रहस्य मय क्षण
 जीवन यात्रा नविन मोड घुमाइ दिने दिन ।।
(श्लोक २२। पृष्ठ ४५)
खण्ड छ
यस खण्डमा प्रथम विश्वयुद्धमा नेपाल पनि अछुतो नरहेको, नेपाली युवा युद्धमा लादिए, युवाको रगत बग्यो, फर्कदा केही चेतना बोकेर आएका कुरा,नेपालीहरूको वीरतालाई चिनाएका कुरा, श्री ३ चन्द्रशमशेरले अंग्रेजलाई सहयोग गरेका कुरा, युवाको रगत विदेशमा बेचेर नाम र दाम कमाएका कुराहरू १ देखि ४ श्लोकसम्म आएका छन् ।
कारखाना खुले,उद्योग चले बिराट नगरमा । व्यपारबाट कृष्णले नाफा कमाए ,हुलाक ल्याएर चेतना जगाए, कालिक माइको मन्दिर निर्माण ,स्कुल निर्माण शिक्षक र डाक्टरको तलब निजी सम्पत्तिबाट दिन्थे । दशैमा गरिबलाई सहयोग, राणको शासनमा सुधारको चाहना, कलकत्ताबाट पत्रिका झिकाएर सन्देशमा सुसुचित हुनु, गान्धीको दर्शन मनमा गड्नु, भारत स्वतन्त्र नभए सम्म राणको शासन नढल्ने किनकी अंग्रेजसँग चन्द्र शमशेरको गहिरो मित्रता,राणा शासन फाल्न जनता व्युझाउनु पर्ने, महिलामा जागुरता ल्याउनको लागि दिव्यले महसुस गर्नु र कृष्णले पनि उचि तै ठाने । चन्द्र शमशेरकी कान्छी रानी साथ पत्रचार गर्नु , रानीले स्व्ीकार्य गर्नु र नेपालमा पहिलो महिलासंघको स्थापना हुनु, अध्यक्ष रानी सचिवमा दिव्या उपाध्यक्षमा मोहन कुमारी र सदस्यमा सचेत महिलाहरू राखेर कार्य सन्चालन । कृष्णले श्री ३लाई नियमानुसार सुधारको लागि निवेदन लेख्नु, दासप्रथा र सतीप्रथा रोक्नु पर्ने ,शिक्षा र स्वास्थमा प्रसार गराइ सुविधाहरू बक्सिनै पर्ने धारणा राख्दै यो खण्ड समाप्त हुन्छ ।
खण्ड–७
   यस खण्डमा कृष्णप्रसादले नेपाली जनताको अवस्थाको सप्रमाण पार्सल पठाउनु चन्द्रशमशेर रिसाउनु उनलाई कारवाही गर्ने समाचार थाहा पाएपछि उनी भारततिर निर्वासित हुन्छन् । हेरौं कथा विवरण –
 फाटेक लुगा परेका धुजा नौ ठाउँमा टालेका
लिखाका थुप्रा उपियाँ जुम्रा लुगामा पालेका ।
टोपीको घेरो नतनु जस्तै निधार माथिको
नुन र तेल जुगाड गर्न तराई झरेको ।।
(श्लोक १ , पृष्ठ ५०)
विहानी पख कुखुराको डाँकोमा भारी बोकेर द्यौराली पाखा हुँदै नौमुले फाटमा ताँती लगाएर अमूल्य बस्तुहरू साथमा लिएर बजारमा बेचेर नुन तेल लिएर फर्कने हटारुहरू मध्ये कोही चन्द्रगञ्ज पुग्दछन् । यो व्यपारी केन्द्र भएको र यहाँ कर असुली गर्ने ठाउँ भएकोले कृष्णका कर्मचारी टनाटन भएका र यही. कृष्णले समाज सुधारको लागि केही छलफल चलाएका थिए । ती झुत्रेहरू चन्द्रगञ्ज छलफल भएका ठाउँमा पुग्छन् । त्यस्ता गरिबको सुधार कसरी गर्न सकिएला भनी छलफल चन्ल्नु एक्लो प्रयास बाट सम्भव नहुनु भन्ने तर्क निक्लनु कृष्णले हेर्नु र यस्तो देख्नु –
स्पष्ट नै थियो पहाडी दुखी जिउने जिन्दगी
सयमा नब्बे गुजारा गर्ने जीवन पद्धति ।
देखिन्थयो झल्को प्रत्यक्ष खाका नेपाली अनुहर
यथार्थ आफ्नै देशको स्थिति बाँचेको अभिशाप ।।
(श्लोक १२,पृष्ठ ५२)
एउटा हटारुलाई बोलाए र उसले लगाएका कपडा उतार्न लगाएर नयाँ कपडा लगाउन दिएर हटारुको लुगाको पार्सल बनाएर भावुक विवरण लेखेर चन्द्रशमशेरलाई बिन्ती चढाउँदै पठाए ।  पार्संल र चिठी पुग्यो श्री३ चन्द्रशमशेरले चिठी पढे र पार्सल खोल्न लगाए । पार्सल खोल्दाको अवस्था –
मइला धुजा परेका लुगा राखेका पट्याई
टोपीको घेरो थाप्लाको नाम्लो राखेको मिलाई ।
रिसाए चन्द्र देखेर तेस्तो कृयणको कोसेली
राता र पिरा भएर निस्के क्यै पनि नबोली ।।
(श्लोक १९, पृष्ठ ५३)
चन्द्रशमशेरलाई पार्सल विशेष प्रकारको होला भन्ने सोच थियो । तर मैला झुत्रा लुगा, लँगोटी फाटेको, पोते र चुरा भेटियो । यो देखेर चन्द्रशमशेर तो नाथेले के भन्न खोजेको भन्दै रिसाएर खोपीमा गएर भाइभार्दार जोरेर तुरुन्तै जेल हाल्ने नत्र हेप्ने छ , राणा विरुद्धको खेल खेल्नेछ, डाकेर गौडा छेकेर मौका छोपेर बाँधेर ल्याई खुट्टामा नेल हालेर हथकडी लगाएर सडाइदिनु पर्छ नत्र गद्दीमा गिद्धे नजर लगाउला जनता भँड्याइदिन्छ भन्ने निर्देशन भयो । दशैंका दिनमा अति गोप्य पक्राउ पुर्जी कर्णेल जीतबहादुरकोमा पठाइयो र कर्णेल जीतबहादुर कृष्णका घनिष्ट मित्र हुनाको कारणले सतर्क रहु समय खराब आउँदै छ भन्ने संकेत दिए । कर्णेलकै घोडा लिएर सीमाना काटेर घरका जहान बच्चा बोलाएर केही पकेट खर्च व्यवस्था मिलाएर जसरी रामको वनबास भए सरी कृष्णको मोरङबाट उठिबास भयो । उनले सर्वस्व त्यागे तर अठोट त्यागेनन् । बाह्रवर्ष तपसी भए हरेस खाएनन् ।
 उनका पाँच छोरा र चार छोरीहरू थिए । मातृकाप्रसाद कोइराला, विश्वेश्वर प्रसाद कोइराला, गिरिजा प्रसाद कोइराला, केशव प्रसाद कोइराला र तारिणी प्रसाद कोइराला उनका छोराहरू थिएः र चार छोरीहरू नलिनी कोइराला (उपाध्याय), इन्दिरा कोइराला (आचार्य), सौभाग्य कुमारी (सौरी) कोइराला (अर्जेल) र विजयलक्ष्मी कोइराला (जाकी)। उनका तीन जना छोराहरू नेपालका प्रधानमन्त्री बने  भारत निर्वासन हुनुभन्दा पहिला कृष्णको अवस्थाको वर्णन कविले यसरी गरेका छन्–
 दूधका घुट्का सुनका टुक्रा चौरासी व्यञ्जन
बगैचा भरी फलेका फल पूmलका वासना ।
अर्जेका कति हितका साथी कोइराला कुलका
मोरङतिरै छोडेर गए बिस्तरा पूmलका ।।
उनले सम्पूर्ण आफ्नो श्रीसम्पत्ति स्वतन्त्रताको लडाइँको लागि छाडेर भारत प्रवेश गरे । यतिवेला उनका ४५ जना परिवार सङ्ख्या थियो । बनारसमा पुगेर यिनको गास र बासको व्यवस्था अनेक युक्तिका साथ गरेको धारणा सहित यो खण्ड समाप्त भएको छ ।
खण्ड – ८  
यस खण्डमा कृष्णले देवीप्रसादसँग पत्रिका प्रकाशनतिर लागेको, मासिक 'जन्मभूमि' र सप्ताहिक 'गोर्खाली' पत्रिका प्रकाशन, यसबाट क्रान्तिका धारा प्रवाह गर्दै , यसवाट युवा जोस बढाउँदै, राणका अत्याचारका जोशिला समाचार डाँडा काँडा फैलाउँदै युवाहरूलाई पढाउँदै धरणी धरका कविताहरूको 'नैबेद्य' नाम राखेर कविता प्रकाशन गरेर पढ्न इच्छुकलाई उपलब्ध गराएर कामहरू अगाडि बढे ।
ठूलो पविारको व्यवस्थावन सहज हुँदैन यहाँ पनि दुखका दिन आए खाना नाना, औषधी आदि जोड्न कठिन भयो। समान जोडेर कपडा बुन्न लगाए । चन्द्र शमशेरले माफी मागेर फर्केर आउनको लागि बोलावट भयो । यस सम्बन्धमा कृष्णको धारणालाई कविले यसरी प्रस्तुत गरेका छन् –
मागेर माफी कोइराला कृष्ण हुँदैन बदनाम
गर्विलो शिर निहुरीकन बाँचेर के काम ।
दयाको भिख मागेर खान्न जिउँदो रहुन्जेल    
पौरख गरी अभाव टार्छु जीवन छउन्जेल ।।
(श्लोक ७, पृष्ठ ५८)
राज्यको बकौता तिर्न पर्ने पठाए । श्री ३को पत्रको जवपाफ नरम भाषामा पठाए । एक छाक खाना र एक छाक चना भिजाएर खाँदा पनि चुलो नजले पछि आफ्नो व्यपारी अवस्थाको मान मर्यादा सँझेर केही सहयोग मिल्छ कि भनेर कलकत्ता गए तर सहयोगको अपेक्षा राणाको विरुद्धमा नलाग्न र माफी मागेर नेपाल फर्कने सुझाव पाए । फुटपाथको व्यपार सुरु गरे तर पनि नाफा हात लागेन । उनी 'गयाकाँग्रेस'मा प्रवेश गरे । सिआर दास काँग्रेसी नेतासँग साथ भयो  । उनको क्रान्तिकारीसँग सम्बन्ध भयो । अत्यान्त गोप्य समान बोकेर अड्डामा पु¥याउनु, नाम कमिनु, ख्याति बढ्नु , अंग्रेजको नजरमा क्रान्तिकारी नेतामा गनिनु , यसैवेला विपिलाई खटिरा आउनु , साथमा पैसा नहुनु, हारगुहार गरेर उपचार गराउनु, यस्तो कष्टदायी अवस्थालाई देखेर। कटुवाल काजीले भागलपुर टेढीमा गएर जग्गा किनेर बस्नको लागि सापटी पैसा दिए । टेढीमा जग्गा किनेर घर बनाए, बाटा बनाए स्कुल खोले, गाउँले सीपको प्रयोग गरेर घर सिङ्गारे, पाहुनाहरूको लागि विशेष घर निर्माण भयो, आदर्श नामको स्कुल खोलेर बालक पढाउन थाले, आदि धारणासहित कविले घरको सजावटको यसरी वर्णन गरेका छन् –
कोठाका भित्रै फुलने पूmल फलने नाना फल
आकाशबाट बर्षदा पनि नछिर्ने भित्र जल ।
आउने जाने विशेष व्यक्ति पाहुनाहरूको
आवास थियो सम्मान गर्ने नेताजीहरूको ।।
(श्लोक २२, पृष्ठ ६१)  
विद्यार्थी आवासगृह निमार्ण, गुरुकुल शिक्षा प्रणाली लागु गर्नु, विद्यार्थीले गोसेवा गर्नु पर्ने, सिटीको तालमा पिटी खेल्न पर्ने कवाजको लागि पूर्व सैनिकको नियुक्ति आदि कामको लागि गङ्गानाथ काजीले अपार गुन लगाएका थिए । प्रवास बासको अवस्थाको बारेमा कविले यसरी प्रस्तुत गरेका छन् –
एघार वर्ष प्रवास बास आनन्दमय छिन
छ बर्षसम्म सुविस्तासित काटेका राम्रा दिन ।
भागलपुर टेढीको बास जहान बच्चाको
अत्यान्त राम्रो सुविस्ता थियो शिक्षा र दीक्षाको ।।
(लोक २६, पृष्ठ ६२)
यहाँ कर्मेष्टि जीवन थियो  ।  व्यायम, खेती, गोठको धन्दा,चर्खा चलाई, धागो कातेर लुगा बुन्ने आदिको ।२४ सै घण्टाको तालिका थियो । तालिका बमोजिम काम हुन्थ्यो । विद्यार्थीलाई साँझमा वाद विवाद, नाच, गान, ज्ञान, स्वतन्त्रताको लडाइँ लड्ने चर्चित योद्धाको प्रशंसा र क्रान्तिका कुरा हुन्थे । गान्धीको आचार शिक्षाको सिकाई । यसको लागि विशिष्ट नेता त्यही आएर दिन्थे ज्ञान । लेवी तिर्न भनेर रातभरी धागो कातेर धागाको लाच्छा काँग्रेस पार्टीलाई दिइन्थ्यो । कृष्ण सजगसँग रहन्थे । भारतबाट अंग्रेज नधप्पिएसम्म राणको दरबार हल्लाउन सकिर्दैन । त्यसो हुँदा भारतमा चलेको स्वराजको आन्दोलनमा कृष्ण पनि तनमन लगाएर सहयोग गर्दथे । भारतका नेताहरू राजेन्द्र बाबु नेहरू,गान्धी, लोहनी, पटेल, जयप्रकाश, नारायण, मोतीलाल नेहरू, भुवेन्द्र, सिआरदासहरूले कृष्णलाई सहभागी गराउने र उनको राय लिने गर्दथे । नेपालका सिताराहरू मनमोहन अधिकारी, गिरिजा, विपि मातृका पनि टेढीकै सहारामा हुर्केका थिए । कृष्णले टेढीमा राम्रोसँग गरेको व्यवस्थित बसाई पुन प्रकृति प्रकोप(हुरी)ले खलबल्यायो । कोशीको बाढी पसेर टेढी चुर्लँुम्म डुवायो र कृष्णले सर्वस्व गुमाउनु प¥यो ।  असह्य यो घटना जो नहुनु पर्ने थियो त्यही भै गयो आहारा साहारा सबै छिन्न भिन्न भयो ६ वर्ष टेढीमा जोडेका केही बाँकी रहेन । माटो पनि बालुवामा परिणत भयो । यो मार्मिक अवस्थालाई कविले विभिन्न कोणबाट प्रस्तुत गरेका छन् ।
जोरेका साँगा भएको स्वाहा हेरेर आँखाले
बासे झै लाग्ने न्याउली चरी उराठे भाखाले  ।
दैवले पनि झटारो हान्छ ताकेर दुख्ने मन
मुटुमा चोट परेको वेला पीडा नै हुने झन् ।।
(श्लोक ४१, पृष्ठ ६५)
मानिसले प्रगति गर्न आधर चाहिन्छ । आधार बिना सिंहाशन बन्दैन । यहाँ त पसिना वगाउने ठाउँ पनि रहेन । ऐश्वर्य थुपार्न पनि चाहेको हैन । केवल हात मुख जोर्नको प्रयासमात्र थियो । भनिन्छ दशा विग्रेपछि बसेको भुई पनि भासिन्छ । कृष्णले टेढीमा जे निर्माण गरे कोइराला परिवारलाई मात्र नभएर समुच्च टेढीकै विकासको लागि थियो । ५० जनाको परिवार धान्नको लागि सहज थिएन । पीडाले पोल्यो हृदय जल्यो समस्या झाँगियो । साथमा भएकालाई सहारा खोज्न चौतर्फ पठाइयो । दिव्याका परिवार विहारको वेतिया गए, दीर्घराजले सामल जोर्थे, कृष्णप्रसाद बाथले गलेका थिए, गिरिजा, केशव,हरिप्रसाद, तारणी भोकको शोकमा ओठमा कलेठी पारेका थिए, विपी काशी, टेढीमै मोहन कुमारी । यस्तो दयनीय अवस्थामा पनि कृष्णप्रसाद राणा शासन कसरी ढाल्न सकिन्छ भनी उपाय खोज्न दौडी रहेका थिए । हरिहरलाई हैजाले लग्यो बाटो कात्रोको समस्या प¥यो । यही समयमा राणकी छोरी वेतिया आएकी र कोइराला पुत्र मरेको थाहा पाएपछि त्यहाँ आएर लासको दाहसंस्कारको व्यवस्था मिलाएर मराठा राजा राजाराम आश्रममा आश्रय लिएर दुखका दिन विताउने सुझाव दिइन् । यसवेला कृष्ण बाहिर थिए र पुत्रशोक परेको जानकारी गराइयो । मराठा राजा राजाराम आश्रममा आश्रय लिन जाने निर्णय भयो र मराठा राजाले पनि सम्मान साथ आश्रय दिंदै भने –
राजाले भने राजसी भोग भोगेर रमाऊ
नमान दुख भएर ढुक्क आनन्द मनाऊ ।
दुई ओटा छोरा पठाइ दिन्छु लन्दन पढन
निश्चित होऊ विताउ तिमी अमिरी जीवन ।।
(श्लोक ५५, पृष्ठ ६८ )
पुत्रशोकको खाटा बसेको र दरबारको सुख भोग गर्न पाए पनि कर्तव्यबाट टाढिए जस्तो लागेर २२ दिन बसेपछि हिडने बिचार पलायो र २३ दिनका दिन राजासँग विदा मागेर फर्कने बिचार प्रकट गर्दा राजाले भने–
 राजाले भने समय काट मसितै बसेर
विर्सेर अरु भएर ढुक्क सन्तोष लिएर ।
बनाइदिन्छु आरामदायी बसने राम्रो बास
भट्केर हिँड्दा दिँदैन शोभा भइन्छ परिहास ।।
(श्लोक ५८, पृष्ठ ६८)
 राजाको यत्रो सम्मान पाएर कृष्ण भाबुक भए र राजामा विन्ती विशाय कि 'मैले मेरो लक्ष  भेटाउन विपत्ति सहेर सक्छु र मैदान छाडेर सन्तोष लिन सक्दिन ।' सुखले मानिस कमजोर हुन्छ र लक्षमा पुग्न टाढिन्छ । दयाको भिख मागेर खाने पक्षमा हुनु हुँदैन । परेका जति अभाव पीडाहरू दैवका उपहार हुन् । लोभी भएर मानवी शिष्टचार त्याग्न हुँदैन जस्ता धारणा सहित कृष्णले राजालाई भने –
बिन्ति छ मेरो खुसीले विदा बक्सिओस् महाराज
फर्कन्छु म त अज्ञात ठाउँ आजै सपरिवार ।
बिर्सने छैन आत्मीय श्रद्धा जीवित रहुन्जेल
संयोग जु¥यो अतिथ्य पायौं जोरेको दैवी खेल ।।
(श्लोक ६१, पृष्ठ ६९ )
खण्ड– ९
यस खण्डमा ४४ श्लोक छन् र चन्द्र शमशेरको राज्यकालको विवरण यहाँ दर्शाइएको छ । नेपालमा कुर्सीको लागि तछाड मछाडको इतिहास पुरानै छ । चन्द्रशमशेर भन्दा पहिला देव शमशेरले श्री तीन  भएर राज्य सञ्चालन गरेका थिए । चन्द्र शमशेरले उनको कन्चटमा पेस्तोल ताकेर राजिनामा लेख्न लगाए र सत्ता आफ्नो हातमा लिए । यस सम्बन्धमा कवि भन्छन् –
 श्री तीन देव शमशेरलाई जबरै धपाई
षडयन्त्र गरी कटाइ डाँडा श्री पेच उतारी ।
निपुण कुटनीतिज्ञ चन्द्र बनेका महाराज
लगाए युक्ति चतुर चन्द्र चलाए राजकाज ।।
यिनको पालामा प्रथम विश्व भएको थियो । यस अवस्थामा यिनले अंग्रेजलाई युवा पठाएर सगाए । विश्वकै शक्तिशाली अङ्ग्रेजसँग मित्रताको हात मिलाएर २९ साल सत्ता चलाए । नेपाली युवाहरूले बहादुरी साथ लडे र भिसी तक्मा प्राप्त गरे र नाम कमाए । यिनीस्हरूले नाम मात्र कमएनन् ।त्यहाँको बारेमा जे जति जानेका थिए यहाँ आएर सबैलाई सुनाए । यिनले सबैका मन हल्लने गीत गाए । देशमा दासता बोकेको अनुभूति भयो र यिनीहरूका आँखा खुले ।
सर्दार बाजे मोरङ गएर मोरङलाई सिँगारे सजाए । शिक्षा र स्वास्थ सुधार गर्ने  योजना बनाए । गाइनेहरूले आर्वाजा बजाए र रङ्गिला गीत गाएर चेतना जगाए । चन्द्र शमशेरको पालासम्म सती प्रथा र दास प्रथाको समस्या थियो । यसलाई कृष्णले औंल्याउनु र चन्द्र शमशेरले सती प्रथा हटाउनु र दासलाई पनि मुक्त गर्ने काम भयो । शिक्षातर्फ पनि सुधार भयो । त्रिचन्द्र कलेजको स्थापना भयो । सरकारले बजेट छुट्ट्यायो । चन्द्र शमशेर बाध्यतामा परेर पनि विकासका काम हुन थाले ।  विद्युत, नहर, विराटनगरको निर्माण चन्द्रकै पालामा भएका थिए । राणाको आँखामा कृष्ण दुधको माखाको रूपमा देखिन्थे । चन्द्र शमशेर र कृष्णको बीचमा तरङ्ग रङ्ग चलेको हुन्थ्यो । चन्द्रले शंका गर्दथे ।विकासको लागि दुबैमा बिचार मन्थन चल्थ्यो । चन्द्रशमशेरले कृष्णको मनले आँटेको काम गर्ने खुबी बुझेका थिए । कृष्णको चलेको अन्धविश्वासको सुधार,पहिलो नारीसंघ खोल्ने काम, स्कुल खोल्ने काम, पहिलो अस्पताल खोल्ने काम, बिराटनगर नामाकरण,उद्योग धन्दा प्रसार गर्ने काममा कृष्णको अग्रसरताको साथै चन्द्रशमशेरलाई समाजको यथार्थता जानकारी गराउन पठाएको पार्सलको विवरण यसप्रकार छ –
 ढाक्रेका मैला कपडा जिर्ण भोटो र कछेट
थाप्लाको नाम्लो टोपीको घेरो पटुका समेत ।
पार्सल गरी श्री तीनलाई पठाउने सहास
देशको स्थिति सुधारी लाने कोइराला प्रयास ।।
(श्लोक १९, पृष्ठ ७३)      
कविले कृष्णको लक्षलाई सुधारवादी भनेका छन् भने राणाको लागि भने उनी मुटुको किलोको रुपमा लिएका छन् । नबुझ्नेसँग मित लगाउनु भन्दा बुझ्ने शत्रु ठिक हुन्छ किनकी केही उपदेश त दिन्छ  भन्ने कुरा कविको छ । चन्द्रशमशेरको बानी शस्त्र नहानी अन्तरसम्म पुग्ने चोट हाँसी हाँसी हान्ने र गहिरो चोट पार्दिने तर कृष्ण निकै अडेर लड्न सक्ने हरेस नखाने अनि स्पातको छडी जस्तो गलेर नजाने । सुधार भन्दै सीमा नघाएकोले चन्द्रशमशेरले सर्वस्व गरी कृष्णलाई धपाए । धपाएको कृष्णले भारतिरबाट सङ्ग्राम लडने तयारी गर्दै छ भन्ने कुरा दरबारमा सुनिएकोले चन्द्र शमशेरले भाइभारदार जोडेर खर्दारलाई बोलाऊँ । ऊ आयो भने उसको योजना भत्किन्छ भन्दै चन्द्रले दयालु भावको पत्र लेखाएर माफी मागेर फर्क भन्ने आसयको पत्र पठाइयो ।पत्रमा स्वास्थको अवस्था र सन्तानका अवस्था पनि सोधिएको थियो । कृष्णले पनि सधन्यवादको पत्र पठाए । नेपाली भाषा विहीनको अवस्थाान बालक रहेको, आपूm निस्वार्थ समाज सेवामा लागेको यथार्थ धारणा सहितको पत्र चन्द्रलाई पठाउनु र चन्द्रले कृष्णको पत्र पढेर नेपाली भाषाका राम्रा पुस्तकहरू मुटुको व्यथाको औषधी पठाउँदै तिम्रो खाँचो छ अभिमान छाडेर हात जोडेर आउँदा तिम्रो स्वाभिमान झुक्दैन समेत उल्लेख गरेर पत्र पठाएका थिए । मरिचमान काजीले मध्यस्थको काम गर्थे र दुबैको समाचार आदान प्रदान गराउँथे । बालकहरूले पुस्तक पाए पढेर रमाए , कृष्णले पनि पढेर क्षमता बढाए । साथीहरूले औषधी नखाने सुझाव दिए तर विश्वास घात गरे म मरुला तर चन्द्रको वदनाम हुनेछ भन्दै औषधीको प्रयोग गरियो। राहत मिलो । चन्द्र शमशेरले भीम शमशेरलाई  कोइरालाहरू भारत बसेर नेहरू,गान्धी, राजेन्द्रसँग हिडेर बलिया हुँदैछन् त्यसो हुँदा म मरेपछि कोइराला कृष्णलाई झिकाउनु भनेका थिए । चन्द्रको भनाइलाई कविले यसरी प्रस्तुत गरेका छन् –
नदेख्नु सानो जङ्गल खान्छ आगाको फिलिङ्गो
 समुद्र पारी जानको लागि हाल्दैछ झोलुङ्गो ।
काबुमा राख्न नसके लाग्ला वनमा डढेलो
बलेको बत्ती निभेर होला दरबार अँध्येरो ।।
(श्लोक ३४, पृष्ठ ७६)
कोइराला कृष्णलाई रामले सीतालाई फर्काइ ल्याए जस्तै फर्काएर ल्याउने सुझाव चन्द्रले भीमशमशेरलाई दिनु र चन्द्र शमशेरको निधनपछि भीमशमशेरले निसर्त चिठी पठाएर स्वदेश झिकाइयो । नेपाल फर्केपछिको उनको स्थितिलाई कविले लेख्छन् –
सहास धैर्य गर्विलो शान पौरखी ठाडो शिर
बाह्रै र वर्ष प्रवास काटी अडिला महा वीर ।
अन्तरभित्र तिखारीकन क्रान्तिका भाला तीर
उज्ज्वल कान्ति हँसिला ओठ नलिने मन पिर ।।
(श्लोक ३८, पृष्ठ ७७)      
मातृका, विपि, गिरिजा बाबु,मनमोहन र सुशील गरी ५ ओटालाई हुर्काए र यी सबै प्रधानमन्त्री बने । अभाव हुँदा पनि  खोले खाएर लडे तर कहिल्यै निराश भएनन् । बौद्धिक जमात र सचेत वर्गले इज्जत दिए र सुनौला प्रभात ल्याउँछन् भन्ने भरोसा राखे । श्री ३ भीम शमशेर बाट सम्मान पाए । भीम शमशेरले दुई वर्ष सन्तोष जनक शासन चलाए ।
श्री ३ जुद्ध शमशेर प्रधानमन्त्री  बने । यतिवेला राणाको शासन ढुलमुल हुँदै थियो । भारदारहरूले कानुन मिचेर जनतामा अत्याचार् गरिहेका थिए । जुद्धशमशेरले पनि अनेक युवालाई जेल हाले चार जनालाई फाँसीमा झुण्ड्याए । यतिवेला स्कुल खुले, उद्योग चले, व्यपार फस्टायो, द्वितीय विश्वयुद्धमा लड्न नेपाली पठाए भन्दै यो खण्ड समाप्त हुन्छ ।
 खण्ड– १०
   जुद्ध शमशेर श्री ३ प्रधानमन्त्री हुँदा स्वागत गर्न कृष्णप्रसाद नजानु , जुद्ध शमशेरले नै बोलाउनु, र हवेलीमा टहल हुँदा कृष्णले स्वस्ती चढाउनु, जुद्ध शमशेरले कृष्णलाई के गर्न सकुला या केही नगरी मरुला भन्ने प्रश्न राख्न्ु ,कृष्णले पनि हालसम्मका प्रधान मन्त्रीले केही गरेनन्, जनताको सुधार होला जस्तो लागेको छैन । हजुरका २१ कुमारको लागि २१  ओटा विशाल दरबार बनाइसेला, एक्काइस थरी आदेश होला , एक अर्का पट्टी शंका बढ्ला, आजसम्म कसैले देशको लागि केही गरेन मौका पाएका वेला आफ्ना दुना सोझ्याए सबैले, हजुरले के गरिसेला भविष्य बताउला राम्रो काम भयो भने अमरत्व बनाउला भन्ने धारणा कृष्णले राखे । जुद्ध शमशेरले छोराकै लागि दरबार नबनाउने पद्धति नविगार्ने, दरबारसँग सम्पर्क बनाइराख्ने भन्दै दुबैको सौहार्द पूर्वक कुरा टुङ्गिन्छन् ।
जुद्धशमशेरसँग भेट भएपछि  क्रान्तिको लागि संस्था खोले र मेच्ची काली  जुट्ने गोप्य संस्था को रचना गरे । नेपाल प्रजापरिषद नाउँको संगठन खोलेर खोपीका राजालाई बाहिर निकाले श्री ५ त्रीभूवनले युवालाई साथ दिए । धर्म र शुक्रलाई खरीको बोटमा झुण्ड्याइयो, गङ्गा र चन्दलाई गोली हानेर मारियो ।रामहरी जोशी र टंकप्रसादलाई जेल हालियो । यसले युवामा गर या मर भन्ने सन्देश प्रवाह भयो । अन्याय सहन हुँदैन भावना जागृत भएर आयो । यस सम्बन्धमा कवि भन्छन् –
देश हो हाम्रोसबैको साझा नेपाली जातिको
सबैको हक समान जहाँ क्वै छैन माथिको ।        
खोजनै पर्छ मिलेर सबै समान अधिकार
बाँचेर पनि मरेकै हुन्छ सहने अत्याचार ।।
(श्लोक १४, पृष्ठ ८१)
देशको ढुकुटी सबैको साझा हो । यसको लागि जनता उठ्नु पर्छ ।अन्या गर्ने भन्दा अन्याय सहने अत्याचार हो र जनताले प्रतिकार गर्नुपर्छ । खर्दार बाजेले सजग रहेर सन्देश दिन्थे । जुद्धशमशेर बाट स्वीकृती लिस्र जुट र खयरको उद्धोग खुल्यो । खर्दार बाजेले जुद्धको नाममा स्कुल खुलाइ रहेका थिए । अङ्ग्रेज धपाऊ अभियानमा लागेका वारेन्ट जारी भएकाहरू लोहिया र जयप्रकाश नारायणहरू नेपाल आएर सुरक्षित बसेका थिए । अङ्ग्रेजले पक्रन लगाए र नेपालले सबैलाई पक््रयो र जेलमा हाल्यो । जयप्रकाश नारायण जेल तोडेर भागे । खोजी भयो । सोम शम्शेर बडाहाकिमले कृष्णलाई बोलाएर निवर्तमान हाकिम शिवप्रसाद थापालाई उजुरी हाल्न भने तर खर्दार बाजेले मानेन् । सोम शमशेर निकै रिसाए उता अंग्रेज पनि रिसाएको थिए खरदार बाजेलाई जयप्रकाशले लेखेको किताप भेट्टाएको निहुमा हथकडी लगाइयो । यसको नतिजा यस्तो देखियो–
यी हाम्रा पिता खर्दार बाजे आदर्श मानव
दिदैनौ लान यिनको गर्छौ सत्कार आदर ।
जय जय कार मच्चियो त्यहाँ खर्दार बाजेको
लैजानै दिन्नौ मरन परे मरौंला सँगै भो ।।
(श्लोक ३२, पृष्ठ ८५)
 त्यहाँ भिडन्त हुने लक्षण देखिनु , मानिसहरू वोइरिनु, सङ्गीन धारी सैनिकहरू माझमा घेरिनु , अन्याय भयो भनेर मानिसहरू झोकिनु , सोम शमशेर डराउनु र कृष्णलाई सम्झाउन भन्नु, त्यहाँ जम्मा भएका मानिसलाई जानदेऊ कसुर छैन फर्केर आउँछु भनेर सम्झाउनु, तर यो मोरङको लागि अन्तिम दिन रहेछ  । उनीप्रति मोरङ्का जनताको आदर सत्कारलाई कविले यसरी प्रस्तुत गरेका छन् –
बसाइ राख्छ मगमग त्यहाँ पसिना उनको
प्रशंसा होला हजारौं बर्ष उनका गुनको ।
आत्मीय माया सम्मान दिए मोरङे सबैले
पर्केर फेरी दर्शन हुन दिएन दैवले ।।
(श्लोक ३७ पृष्ठ ८६)
डेडकोष बाटो हजारौ.जनता जुलुस भएर गए । ढोगेर रुँदै घर फर्के । बास बसेका ठाउँमा पनि हजारौं जनताले स्वागत गरे । कृष्णले सजग भएर हक खोज्नु पर्छ भन्थे । बाटोमा मुटुको रोग र बाथको रोगबाट सत्तिदै २२ दिनमा काठमाडौ पुगियो, नजरबन्दमा राखियो, सोम शमशेरले जुद्धलाई नाना कुरा लगाएर तड्पाइ तडपाइ जाली मुद्दा लगाएर मार्न खोजियो, कृष्णले जुद्धसँग पत्रचार पनि गरे तर सोम शमशेरले भेट्न दिएनन् । दम,वाथ र मुटुको व्यथाको औषधी नपाएर पीडित भय, विपि र मातृका हजारीबाग जेलमा थिए । तारणी र गिरिजा पनि त्यहाँ थिएनन् । उनको ख्पाल दिव्या र केशवले गरेका थिए । कविले यस परिस्थितिलाई यसरी वर्णन गरेका छन्–
 पीडन प्युन वीरले सक्छ व्यवधान सहन
समन गर्छ मुटुको चोट अभाव पचन ।
वीरको मृत्यु रचिदो रैछ पीडाको राशमा
मरेर पनि अमर हुन्छ उसको बासना ।।
(श्लोक ४९,पृष्ठ ८८)  
पीडादाइ अवस्थालाई दर्शाएर कृष्णले जुद्धलाई पत्र लेखेका थिए र जुद्धले पनि कृष्णलाई दुख नदिने भनेका थिए तर बहादुर शमशेर रिसले चुर भएर धर्मशालामा लगेर राख्नु र कहिले धर्मशाला  कहिले जेल गरेर निकै दुख दिए । उठ्न बस्न समस्या भयो, शरीर सुनियो, जति जति जाडो र हिउँको प्रकोप बढछ त्यति त्यति समस्या थपिदै गयो । ज्वरो, काँसो, दम पनि थपिन गयो । यो मार्मिक अवस्थालाई उल्लेख गरेर कृष्णले जुद्धलाई पत्र लेखे । यो पत्र पनि बहादुर शमशेरले पाउनु र आफैले तिमीहरू राणको लागि विषालु सर्प हौ । राणालाई डस्न सक्दैनौ प्रयास नगर । तिम्रा सन्तान पनि विषका प्ुडी हुन् तिनको दमन कसरी गर्नुपर्छ राणले जान्दछन् भनेर जवाफ पठाए । यस्तो धम्कीपूर्णपत्र पाए पछि कृष्णले पनि तत्कालै भएको अन्त्य मृत्युमा हुन्छ मर्नमा डर छै । नेपाली अब निडर भए , मेरा छोराले राणको गद्दी ताक्दैछन् र नेपाली हाक्ने छन् । हज्जारौ युवाले हिसाब माग्नेछन् तिमीले यातना दिएर मारेका लास जागेर आएर तिम्रा मुटुमा ताकेर गोली हान्ने छन् ।राणातन्त्र समाप्त पार्न सहिद आउँदै छन् । यो पत्र पढेर बहादुर शमशेर साह्रै रिसाएर भद्रगोल जेलमा राखे अन्तिम क्षण श्री जुद्ध शमशेर धर्म शालामा ल्याए ।त्यही चैतन्य चोला उडेर गयो । पचली घाटमा केशव कोइरालाले दागबत्ती दिए र दिव्यले चम्धारा रोएर आँसुले अञ्जली दिइन् भन्दै यो खण्ड सकिन्छ ।
खण्ड–११  
    यस खण्डमा कृष्णप्रसादको मृत्युपछि पचली घाटमा अन्त्यष्टि गरिन्छ । दिव्याले हातका चुरा, पोते, लासमा चढाइन् । अब के नै गर्नु थियो र कृष्णको दिव्य मुहारलाइ दिलमा सजाइन् ।कृष्णको कारुणिक मरणको बर्णन कविले यसरी गरेका छन् –
धर्तीमा कीर्ति छोडेर गए अमर भयो नाम
गाइए गाना लेखिए काव्य प्रसंसा भए काम ।
दुनियालाई राहत दिन आहत भएर
ओखती पनि नपाइ खान गए नि मरेर ।।
(श्लोक ३, पृष्ठ ९२)
देशमा प्रजातन्त्रको दियो बाल्न, देशको विकास गर्न  इच्छा मुटुमा राख्ने वेलामा विमारी थिए जेलमा लगियो शुद्ध पानीको घुट्को पिउन पनि पाएनन् भन्दै उनको सपन्नताको वर्णन कविले यसरी गरेका छन् –
सुनको थाल फालेर पर पातमा खाएर
जेल र नेल अनेक थरी हण्डर सहेर ।
जोरेको जति जमिन ज्यथा सामथ्र्य जीवन
गरने वीर खर्दार बाजे देशकै अर्पण ।।
(श्लोक ६ ,पृष्ठ ९३)
खर्दार बाजेले देशका कर्णधारलाई भविष्य देखाए, शिक्षा र स्वास्थ मार्फत चेतना जगाए, सती प्रथा र दासप्रथा हटाउन आवाज उठाए, आँट गरे दैवले पु¥याउँछ र चोटीमा पुगिन्छ, निराशा हुनु हुँदैन भए चिप्लोमा लडिन्छ भन्ने उनको धारणा थियो । उनको कथन थियो 'कि वीर मृत्यु वरण गर्छ सङ्ग्राम लडेर, कि मृत्यु गर्छ स्विकार वीर जेलमा सडेर ।' उनको मृत्यु जेलमा सडेर भयो । राणका पालमा उनी सुधारबादी पहिला व्यक्ति थिए । हक, हित, न्याय, स्वतन्त्रता र स्वास्थ्य, शिक्षाको लागि सुनको थाल( सम्पन्नता)मा लात हान्ने पनि उनी नै थिए । सहिद शब्द कस्तो ठाउँमा लागु हुन्छ भनि कविले परिभाषित गरेका छन् । कविको भनाइ छ देशमा नयाँ दर्शन दिनको लागि क्रान्तिमा लडेको,लोकलाई रहतको लागि जेलमा मरेको, देशकै लागि सर्वस्व र जीवनदान गरेकोलाई प्रयोग गरिने शब्द हो सहिद । कृष्णप्रसादले यी सबै कर्म पुरा गरेका छन् । त्यसोहुँदा उनलाई सहिद घोषणागर्नु पर्ने हो तर  सहिद घोषणा गरिएन । सत्ताले सहिद घोषणा नगरेर किन शोषण गरेको प्रश्न सहित यो काव्यको समाप्ति भएको छ ।
पात्रविधान –यस कृतिको कथानकभित्रका पात्रहरू दुई प्रकारका छन् । सकृय पात्र र पेटबोलीमा आएका पात्र । मुख्य पात्र कृष्ण प्रसाद कोइराला हुन् सारा काव्य नै उनको नाममा लेखिएको हुँदा कथासरमा उनका कृयाकलाप आएका छन् संक्षेपमा भन्नुपर्दा उनी समाज सुधारक र राजनीतिज्ञ थिए । थुप्रै पात्रहरूको भूमिका पनि काव्यमा त्यतिकै महत्वपूर्ण देखिन्छ । छोटो परिचय यसप्रकार दिइएको छ –
नन्दीकेश्वर – नन्दीकेश्वर कोइरालाबाट काव्यको थालनी भएको छ । नन्दीकेश्वर कोइराला दुम्जा निवासी, पण्डित,जोतिषी, जागिरे (वीर शमशेरका पालामा), कालीदास र कृष्णप्रसादका पिता हुन् ।  
राज्यलक्ष्मी पोखरेल –नन्दीकेश्वर कोइरालाकी पत्नी हकी महिला, कसैको हप्की नसहने कर्सैले दवाउन चाहे नदविने ।
दरबारकी धाई कोइराल्नी –नाइके बन्ने प्रयास गर्ने, राज्यलक्ष्मीसँग दुस्मनी राख्ने ् दुम्जालाई दरबार बाट आफ्नो नाममा बिर्ता बनाएकी महिला ।
कालीदास कोइराला –नन्दीकेश्वरका जेष्ठा पुत्र । दरबारमा सर्दार पदमा कामगर्दथे । यिनले न्याय क्षेत्र हेर्दथे । तत्कलिन वीर शमशेरकी सुन्दर ठिटी को भाइको मुद्दा हराइ दिएकोमा वीर शमशेर रिसाएर सर्बस्व हरणगरी चारभञ्ज्या कटाइयो । पछि कालीदासलाई जागिरमा बोलाइयो र हरण गरेको सर्वस्व पनि फिर्ता भयो । बिराट नगरको विकास गराउनको लागि हाकिम बनाए र पठाइयो उनले त्यहाँ विकासका थुप्रै काम गरे ।
रुक्मिणी –कृष्णकी प्रथम श्रीमती जुम्ल्याहा बच्चा जन्माएर बच्चा सहित स्वर्गारोहण भएकी पात्र ।
मोहनकुमारी–कृष्णकी दोस्री पत्नी र प्रथम महिला संघकी सदस्य, राणकाल पछि प्रथम प्रधानमन्त्री(२००८साल) मातृकाप्रसादाकी आमा ।
दिव्यादेवी –कृष्णकी पढेलेखेकी, परिबर्तित  परिस्थिति र आधुनिकतालाई अपनाउन सक्ने कान्छी श्रीमती, र प्रथम महिलासंघकी सचिब । विश्वेश्वरप्रसाद कोइराला(प्रधानमन्त्री २०१६साल) की आमा ।
काजी भिम मल्ल–सेना नायक,देशको समृद्धिमा लागेका भोटको लडाइँ जितेर आउँदा आउँदै राजालाई भारादारले गद्यदारी गरेको भनि कुरा लगाउँनु र राजाले काटी दिनु भने बमोजिम काटीएका । उनकी पत्नी सती जाँदा 'अब यो देशमा कसैको भलो नहोस्' भन्ने श्राप दिएको पेटबोलीमा आएका पात्र
भिमसेन थापा – महारानी साम्राज्य लक्ष्मीका नाबालक छोरा देवेन्द्र विक्रमलाई विष खुवाएर मारेको आरोपमा नजरबन्दमा परेका थिए । यसै अवस्थामा उनकी कान्छी श्रीमतीको हुरमत लिइदै छ भन्ने सुनेपछि उनी सेरिएर मरे  । उनी राष्ट्रिय विभूति हुन् पेटबोलीमा आएका पात्र ।
गगन पेटबोलीका एका पात्र
बहादुर शाह– पृथ्वीनायण शाहका कान्छा छोरा,नेपाल एकिकरणका उनको अविस्मरणीय  योगदान, कहिले निर्वासन, कहिले नजरबन्द अन्त्यमा दुखद मृत्यु ।
पृथ्वीनारायण शाह –श्री ५बडामहाराजधिराज  पृथ्वीनारायण शाह नेपालका राष्ट्रनिर्माता पेटबोलीमा आएको नाम ।
भारतीय पात्रहरू–कृष्णप्रसाद कोइराला भारतमा बस्दा भारतमा अंग्रेज धपाऊ आन्दोलनका नेताहरू राजेन्द्र बाबु नेहरू,गान्धी, लोहनी, पटेल, जयप्रकाश, नारायण, मोतीलाल नेहरू, भुवेन्द्र, सिआरदास सँग आन्दोलनमा लागेको धारणामा आएका नाम हुन् । यी सबै भारत स्वतन्त्र भए पछि उच्च ओहोदामा आसिन व्यक्तित्व जस्तै राजेन्द्र प्रसाद पाठक राष्ट्रपति,पंडित जवहरलाल नेहरु प्रधानमन्त्री, विश्वका महान नेताको रूपमा महात्मा गान्धी ।
भारतको स्वतन्त्रतको लागि मनमोहन अधिकारी, गिरिजा, विपि मातृकाको आन्दोलनमा सहभागीता जेलको सजाय भोग्न्नु । नेपालमा राणा शासन हटे पछि यी सबै नेपालका प्रधानमन्त्री बने ।
राणाकी छोरी र हरिहर –हरिहर हैजाबाट मरेका कोइराला खानदानका व्यक्ति । यतिबेला कोइराला परिवारमा आर्थिक अवस्था निकै अभाव थियो । लासको लागि प्रयोग गर्ने बाटो कात्रो किन्ने पैसासमेत थ्एिन र यस अवस्थामा राणकी छोरी वेतिया गएकीले यो थाहा पाएर गएर भेटेर पैसाको व्यवस्था मिलाइ दिएकी र मराठा राजा राजारामको आश्रममा आश्रय लिने सुझाव दिएकी ।
वीर शमशेर–राणा शासनकालका सातवा तथा नेपालका ११ औं प्रधानमन्त्री हुन् यिनका पालामा नन्दीकश्वरले जागिर खाएका थिए ।
जुद्ध शमशेर राणा – राणा शासनकालका ७औं प्रधान मन्त्री यिनले चार जना सहिदलाई धर्मराज र शुक्रराजलाई खरिको बोटमा झुड्याए, गङ्गालाल र दशरथ चन्द गोली हानेर मारे । रामहरी जोशी (लोकतान्त्रिक योद्धा, काँग्रेसका संस्थापक नेता) र टंकप्रसाद(प्रजातन्त्रवादी नेता, नेपाल प्रजापरिषदका संस्थापक अध्यक्ष नेपालका भूतपूर्व व्रधान मन्त्री),लाई जेल हालियो । स्कुल खुले, उद्योग चले, द्वितीय विश्व युद्धमा लड्न नेपाली सेना पठाइयो, कृष्णप्रसाद भेट गर्न नगएकोले बोलाएर सुझावको आदान प्रदान भयो । यस काव्यमा उनका धेरै कामको उल्लेख छैन ।  
देवीप्रसाद –जन्मभूमी मासिक र गोर्खाली  सप्ताहिक पत्रिका कृष्णसँग मिलेर सञ्चालन कर्ता ।
धरणीधर कोइराला –नेपाली भाषासेवी र कवि ।
कटुवाल काजी–कृष्णप्रसादलाई जग्गा किन्नको लागि पैसा सापटी दाता ।
मरिचमान काजी– चन्द्र शमशेर र कृष्णसँग मध्यस्थता गर्ने व्यक्ति  
मराठा राजा राजाराम – कृष्णलाई आश्रय दाता तर कृष्ण त्यहाँ सुखभोग लिएर बस्न चाहेनन् ।२३ दिनका त्यहाँ बाट हिंडे ।
कर्णेल जीतबहादुर– बिराटनगरका हाकिम, पक्राऊ पूर्जीको जानकारी पाएपछि कृष्णलाई पक्रनुको साटो गोप्य जानकारी गराएर भगाउने हाकिम ।
 देव शमशेर–राणा शासनका चौथा तथा नेपालका १२ प्रधानमन्त्रीलाई चन्द्र शमशेरले पदचुत गरेका श्री ३ ।
चन्द्र्र शमशेर – राणाकालका पाँचौ श्री ३ र नेपालका १३ प्रधानमन्त्री ।यिनका पालामा सती प्रथाको अन्त्य, दासप्रथाको अन्त्य, त्रिचन्द्र कलेजको स्थापना, टोखा क्षयरोग अस्पतालको निर्माण,त्रिचन्द्र सैनिक अस्पतालको स्थापना, सिंहदरबार बैद्यखाना, फर्पिङ जलविद्युत आयोजना, विराटनगरको विकास लगायतका धेरै सुधारका काम भएका त्यस मध्ये केही काम यस काव्यमा समेटिएका छन् ।
भीम शमशेर – छैटौं श्री ३ तथा १४औं नेपालका प्रधानमन्त्री । यिनले निसर्त चिठी लेखेर कृष्णलाई बोलाए ।
सोम शम्शेर–बिराट नगरका बडाहाकिम  बडाहाकिमले कृष्णलाई बोलाएर निवर्तमान हाकिम शिवप्रसाद थापालाई उजुरी हाल्न भने,कृष्णले नमानेकोले
खानतलासी लिएर जयप्रकाश नारायणको किताप राखेको अभियोगमा हथकडी लगाइयो । सोमले जुद्धसँग भेट गर्न पनि दिएनन् ।
बहादुर शमशेर –युद्ध शमशेरका पुत्र, यिनी कृष्णप्रसादसँग निकै क्रुध थिए । कृष्णलाई भद्रगोल झेलमा राखे । अन्तिम बेलामा जुद्ध धर्मशालामा ल्याइयो । यहीं नै कृष्णको देहान्त भयो ।    
यस खण्डकाव्यमा समावेश गरिएका पात्रहरूको विवरण लामो भएकोले सबैको विवरण समेट्ने प्रयास भएको छ  तर तिनको परिचय गराउन त्यति सहज नदेदिखको हुँदा तथा निकै लामो हुने भएकोले अघि बढिएन । काव्य सानो भए पनि पात्र घटना अनुसार महत्वपूर्ण पात्रहरूको चयन गरिएको छ ।  
परिवेश–परिवेश शब्दले धेरै कुरालाई समेटेको हुन्छ । स्थान विशेषलाई लिंदा यस काव्यक दुम्जा,काठमाडौ, बिराटनगर,  गोग्राह, फार्विसगञ्ज, भारतको रङ्गेली, टेडी,बेतिया, वनारस कलकत्ता, मराठा आदि तथा यो काव्य नेपालका र भारतका भौगोलिक अवस्था प्राकृतिक सम्पदालाई समेटेर लेखिएको हुँदा स्थान विशेषको हिसाबले काव्य सफल छ । सामाजिक परिवेशलाई केलाउँदा स्थानीय बासीको अवस्थालाई हेर्दा हटारुको अवस्थाको दयनीय चित्रण, राणा शासकको भोगविलास, ऐसआराम, कोइराला परिवारको कहिले आर्थिक सम्पन्नता र कहिले मानिस मर्दा पनि अन्तेष्टीसम्म गर्न नसकेकोले अवस्था, ग्रामिण समाजमा स्वास्थ, शिक्षा, बेरोज गारी, नेपाली फौजलाई विश्व युद्धमा खटाएर युवा जनशक्तिको खती तराई पहाड भारत समेत आदि सामाजिक गतिविधिलाई काव्यले समेटेको छ र काव्य समाजिक चित्रणमा पनि सफल देखिन्छ । राजनीति दृृृष्टिकोणको हेर्दा नेपालमा राणाहरूको अत्याचारी शासन व्यवस्था, राणा हटाऊ अभियान,आन्दोलनको थालनी,वाक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रा, युवाहरूलाई धरपकड, चारजना सहिदलाई प्राणदण्ड लेखन र पठनमा रोक नेपालको राजनीति अवस्थालाई काव्यले समेटेको छ । क्षिमेकी देश भारतमा पनि अंग्रेजको शासन, अंग्रेज थपाऊ अभियान भारतका नेता मात्र नभएर नेपालका युवाहरू मातृका, विपी मनमोहन लगायतका नेताहरू जेलजीवन बिताउन बाध्य भएका धारणा काव्यमा आएका छन् ।यसरी राजनीति विश्लेषणको हिसावले पनि काव्य पूर्णरूपले सफल देखिन्छ ।        
भावको हिसाबले हेर्दा भावपूर्ण, लयको हिसबले हेर्दा गीति लयमा लेखिएको, ठाउँ ठाउँमा बिम्ब, प्रतीक र अलङ्कारको प्रयोग, रसको हिसाबमा करुण रसको बाहुल्य भए पनि रौद्ररस, वीररस भयानकरस, श्रृङ्गाररस,आदि विविधरसको मिश्रण, भाषाशैलीको हिसाबमा भाषा सरल, सुबोध, सबै प्रकारका पाठकको लागि पठन योग्य र उद्देश्यका हिसाबले स्वयम् काव्यकारकै शब्दमा यो खण्डकाव्य उनै युगपुरुष अग्रसमाज सेवी क्रान्तिको वातावरण बनाउने सहासी नायकको योगदान र बलिदानको गाथा हो ।' यसले तत्कालिन राणाशासनको क्रुर दमनको पर्दाफास गरेको छ र कोइराला परिवारले देशमा ल्याउन खोजेको प्रजातन्त्रका लागि पु¥याएको योगदानको केही मात्रामा जानकारी गराएको छ । काव्यकारले लिएको उद्देश्य यस खण्डकाव्यले पुष्टि गरेको छ ।
शीर्षक सार्थकता –  यो खण्डकाव्य क्रान्तिवीर कृष्णप्रसादको बारेमा लेखिएको हुँदा शीर्षक सार्थक छ भन्नमा कुनै प्रमाण खोजी राख्नु पर्दैन ।
कमी कमजोडी – मैले भन्दै आउने गरेको छु कुनै पनि व्यक्ति हरक्षेत्रमा पूर्ण हुँदैन । पूर्णतातिर लम्कने प्रयास छ या छैन भन्ने कुरा मात्र हो । यस खण्डकाव्यमा पनि केही कमी कमजोडी औंल्याउन सकिन्छ ।  मैले नकरात्मक पक्षलाई जोड नदिइ सकरात्मक पक्षलाई जोड दिने गरेको छु किनकी लेखक तथा कविको मनोबल बढाउँछ र उसले पाठकलाई आफ्ना भावनालाई पस्कदै जान्छ साथै ऊ परिमार्जनतिर लम्कन्छ ।
निष्कर्ष –मैले यस काव्यको चिरफार माथिनै गरी सकेको छु । संक्षेपमा भन्नुपर्दा राणा शासकहरूको दमन,भोग विलास, कोइराला परिवारले गरेको बिरोध, समाज सेवा, न्यायिक हक अधिकारको लागि लिएको अडान र स्वतन्त्रता प्रेमी,समाजसेवी, राष्ट्रसेवी एक क्रान्तिकारी व्यक्तित्व कृष्णप्रसाद कोइरालाको जीवन बलीदानले भरिएको यो ऐतिहासक खण्डकाव्य एउटा सफल कृति हो ।      
अन्त्यमा महत्वपूर्ण कृतिका रचनाकार श्री इन्द्रप्रसाद पौडेललाई हार्दिक बधाईको साथै सुस्वास्थ, दीर्घायुको कामना गदैछु ।
मिति २०८१साल चैत्र २७ गते