September 25, 2025

विश्व अल्माइजर चेतना दिवस (२१ सेप्टेम्बर ) सम्बन्धी छोटो विवेचना

सदानन्द अभागी
विश्व अल्माइजर चेतना दिवस भन्दा पहिला हामीले जान्नु पर्ने कुरा अल्माइजर भनेको के हो भनेर जान्नुपर्ने हुन आउँछ । अल्माइजर रोग जस्लाई हामी भुलकड रोग भनेर पनि चिन्दछौँ ।  यो रोगको बारेमा जर्मन नागरिक न्युरोप्याथोलजिष्ट एल्वाइ अल्जाइमरले सन १९०६मा एक पत्रिका मार्फत जानकारी गराएका हुन र यस रोगको नामाकरण पनि उनैको नामबाट गरिएको हो । हुन त म डाक्टर होइन या विशेषज्ञ पनि हैन तर पनि यस घातक रोगको बारेमा पत्रपत्रिकामा जे पढियो, जे बुझियो त्यसबारेमा केही न केही जनजानकारीको लागि जनसमक्ष ल्याउन आश्यक ठानी यो लेख लेखिरहेको छु ।  २१ सेप्टेम्बरलाई संसारभरिका देशहरूले विश्व अल्माइजर चेतना दिवस मनाउँदै आएका छन र २१ सेप्टेम्बरलाई विश्व अल्माइजर चेतना दिवसको रूपमा नेपालका विभिन्न ठाउँ ÷संघ संस्थाहरूले पनि राष्ट्रव्यापी रूपमा मनाउँदै आएका छन । यसै क्रममा ज्येष्ठ नागरिक जिल्ला संघ नवलपुरले पनि मनाउँदै आएको छ । मलाइ लाग्छ हमीले औपचारिकता मात्र पुरा गरेका छम । नहुनु भन्दा कानो मामा निको भने जस्तै सन १९९४मा स्कटल्याण्डको एडीनबराबाट थालनी गरेको यो दिवसलाई  जिल्ला संघ नवलपुरले केही वर्ष यता बिबिध कार्यक्रम सहित मनाउने गरेको छ । यस वर्ष पनि यो दिवस असौज ७ गते कावासोती नगर पालिकाको र जिल्ला संघको संयुक्तरूपमा आयोजना गरी मनाउने तय भएको जानकारीमा आएको छ । पत्रपत्रिकामा यस सम्बन्धमा जानकारी गराउन सके पनि रोग जानेकालाई केही राहत हुने छ भनि यो लेख लेखिएको छ ।      
  अलमाइजर रोग के हो त भन्दा पत्रपत्रिकामा पढ्न पाइन्छ कि यो मस्तिष्कमा उत्पन्न हुने विकार हो । यो विकारले मानिसमा स्मरण शक्ति र शोच्ने शक्तिमा ह्रास या नष्ट गराउँछ । यस्तो समस्या खासगरी ज्येष्ठ नागरिकमा देखा पर्दछ । रोग नलागे पनि जति उमेर बढ्दै जान्छ त्यति स्मरण शक्ति कम हुँदै जाने हुँदा भुल्ने कुरा बढ्दै जाने हुन्छ तापनि यो रोग लागेकाले दैनिक प्रयोगमा आउने बस्तुको नाम  विर्सन थाल्छ  । सरल भन्दा सरल कार्यहरू पनि गर्न कठिन पर्न थाल्छ र  विर्सने काम यति बढी हुन्छ कि घरपरिवार तथा श्रीमती श्रिमान बीचमा पनि एकअर्काले चिन्न छाडछन् । रोगले ग्रस्त पारेपछि दिशा पिसाब छाडेको पनि बिमारीले थाहा पाउँदैन ।  खान खानेक्रममा पनि के खान हुन्छ के खान हुँदैन समेत भुल्छ । खाए नखाएको पनि थाहा हुँदैन ।
अल्माइजर  रोग  डिमेन्सिया अर्थात बिर्सने रोग ÷ विस्मृतिको एउटा प्रकार हो । डिमेन्सियामा धेरै रोगहरू पर्दछन् । यी रोगहरू मद्धेमा अल्माइजर रोग अरू रोग भन्दा अलि बढी देखिने गर्छ । माथि नै भनिसकिएको छ कि यो रोग लागेपछि सोच्ने, सम्झने र तर्क गर्ने – र व्यवहार क्षमताहरू यति हदसम्म गुमाउनु हो कि यसले व्यक्तिको दैनिक जीवन र गतिविधिहरूलाई सहज रूपमा गर्न सहज हुँदैन । पछि गएर ऊ पूर्ण रूपमा अरूमा निर्भर रहनु पर्छ । कृष्णहरि बास्कोटाले ज्येष्ठ नागरिक मुलुका निधि भन्ने कृतिमा लेख्नुहुछ– 'एक अध्ययन अुसार, हाल विश्वका करिब ६२ प्रतिशत ज्येष्ठ नागरिक डिमेन्सियाबाट पीडित छन । यी मध्ये ६०देखि असी प्रतिशतमा डिमेन्सियाका रोगी अलमाइजरबाट पीडित छन ।ँ उनकै कथनमा विश्वव्यापी अध्ययनमा प्रत्येक ३ सेकेण्डमा एक जना व्यक्तिलाई यो रोग लाग्ने गरेको अनुमान छ । अमेरिका जस्तो देशमा पनि  यो रोग सातौं नम्बरमा पर्छ ।
यो रोग लाग्नुको कारणमा अल्जाइमर रोग मस्तिष्कको कोशिका भित्र र वरपर प्रोटीन जम्मा भएमा या निर्माण भएमा यो रोग लाग्न सक्छ । एउटा एमाइलोइड भनिने प्रोटिन हो जो मस्तिष्कको कोशिकाको वरिपरि जम्मा हुन्छ, अर्को प्रोटिनलाई टाउ डिपोजिट भनिन्छ जुन मस्तिष्कको कोशिकाहरू भित्रै घुलमिल हुन्छ । यिनले मस्तिष्कमा केशिकाहरू मार्दछन् । स्वस्थ न्यूरोन्सले काम गर्न छोड्छ, र अन्य न्यूरोन्ससँग जोडिन सक्दैन ।
यो रोग लागे निको पार्न त्यति सहज हुँदैन । उपचार पनि रोगको अवस्था अनुसार गर्नु पर्छ । यस सम्बन्धमा जनचेतना जगाउन अन्तराष्ट्रिय अल्जाइजर दिवस मनाउनको लागि सबैको लागि नारा तय गरिएको हुन्छ । यस वर्षको विश्व अल्जाइमर दिवसको  नारा यसरी तय गरिएको छ । ब्कप बदयगत म्झभलतष्ब   यसको नेपाली अर्थ 'डिमेन्सिया बारेमा सोद्धनु होस्' भन्ने हो । हाम्रो पात्रोले यसलाई यसरी अर्थाएको छ –'डिमेन्सिया र अलमाइजर रोगको बारेमा खुला र सूचित संवादलाई जोड दिन्छ । मा यो रोग स्नायु प्रणालीमा लाग्ने भएकोले संवेगात्मक अनि व्यवहारात्मकरूपमा यसका लक्षण देखिन थाले पनि हामीले त्यति ख्याल गर्दैनौं । बृद्धपाको कारणले गर्दा भुल्ने काम हुन्छ भनिन्छ तर भित्र भित्रै रोगले ग्रस्त पार्दै जान्छ । ंढिलों हुँदा रोगले ग्रस्त पारेपछि उपचारले काम गर्दैन । त्यसो हुँदा मस्तिष्क स्वस्थ राख्नु पर्छ । यस्का लक्षण बाहिर प्रष्ट नभए पनि भित्र भित्र यस रोगले स्थान लिएको हुनसक्छ ।  
यो रोग लाग्नुको कारक तत्व केहो त भन्ने प्रश्नमा हाम्रो पात्रोको लागि सुयोग ढकालको लेख लगायत वैज्ञानिकहरूको कथन छ कि यो रोग मुख्यत वंशाणुगत ९न्भलभतष्अ० रोग हो । ७० प्रतिशत न्भलभ बाट सर्दै आएको हुन्छ । बाजेबाट बाबु, बाबुबाट छोरा अनि छोराबाट नाती हुँदै जाने रोगको रूपमा लिएको पाइन्छ  । मस्तिष्कमा आधात केवल जिनबाट मात्र नभएर अरु कारणहरूबाट पनि हुन सक्छ । टाउकोमा गम्भिर चोटपटक लाग्न सक्छ ,यसमा पनि सोचन सक्ति हराउन सक्छ । आज व्यापक रूपमा फैलिएको मधुमेह रोगले पनि आज असर गरेका पाइन्छ । मुटुरोग र उच्चरक्तचापले गर्दा पनि यो रोगको कारण बन्न सक्ने भएकोले यी रोगलाई पनि रोकथाम गर्न आवश्यक पर्छ ।, अल्जाइमर रोगका कारणहरू धेरै छन भन्ने कुरा हामीले विभिन्न माध्यमबाट जानकारी पाउन सक्छौं । जुनकारणलाई औषधीबाट उपचार गर्न सकिन्छ त्यसलाई समयमै उपचार गर्नु पर्छ । रोगले च्यापेपछि घरपरिवारलाई निकै गाह्रो पर्छ ।
 मैले माथि नै भनिसकेको छु कि म चिकित्सक हैन । यो विवरण विभिन्न स्रोतबाट संकला गरेर  यहाँ प्रस्तुत गरेको हुँ । मैले यहाँ स्थानीय निकायहरू नगर पालिका,गाउँ पालिका, बडा कार्यालयहरूमा स्वास्थ सेवा सञ्चालन भै राखेका छन् । यिनीहरू समय समयमा घरघर जानकारी लिन गएको पनि देखिन्छ  । त्यसोहुँदा यस रोगको तथ्याङ्क सङ्कलन र घरघरलाई जानकारी गराउन सके निकै फलदायी हुनेछ । समयमै यसको पहिचान भएमा निर्मूल पार्न नसके पनि केही राहत हुने छ भन्दै विदा चाहान्छु ।    
(लेखक जेष्ठ नागरिक जिल्ला संघको पूर्वअध्यक्ष हुन्)  



No comments:

Post a Comment