सदानन्द अभागी
नेपाली बृहत्शब्दकोषले भोजलाई कुनै चाडबाड, विहेबटुलो आदिमा धेरै मानिस सम्मिलित भएर खाइने विशेष भोजन, भतेर, सहभोजन भनेर परिभाषित गरेको छ । बास्तवमा भोज भन्ने बित्तिकै यो जानकारी हुन्छ कि कुनै उद्देश्य हाँसिल भएबापत या उपलब्धी हाँसिल भएको खण्डमा खुसीयाली मनाउनको लागि भोजको आयोजान गरिन्छ । भोजलाई मैले यसरी परिभाषित गर्दछु –'कुनै उपलब्धी हाँसिल भएको उपलक्षमा खुसीयाली मनाउन समूहमा गरिने खानपानलाई भोज भनिन्छ ।' भोजमा मानिसहरूलाई आमन्त्रण गरिन्छ । आमन्त्रण गरिएका इष्टमित्र, क्षिमेकी, गाउँले आदि जम्मा हुन्छन् । भोज कुन उपलक्षमा गरिएको हो सोही अनुसारका खानाहरू तयार पारिन्छ र सबै मिलेर खाइन्छ ।
भोजको थालनी कहिले भयो भन्ने कुरा सहजसँग भन्न नसकिए पनि यसको इतिहास मानिसको सृष्टिसँगै गाँसिएको हुनुपर्छ । खानाविना प्राणी बाँच्न सक्दैन । भोजनबाटै भोजको उत्पत्ति भएको हो । पश्चिमी देशको इतिहाँस केलायो भने पिक्निकको थालनी १७ औं शताव्दिमा फ्रान्सेली कुलिन परिवार बाट भएको र यो भोज घरभित्र चलाएको जानकारी पाइन्छ । मैले बुझेको तथ्य पिकनिक भन्दा घरभन्दा बाहिर कुनै ठाउँमा मानिसहरू जम्मा भएर आनन्दको साथमा खाइने विशेष प्रकारका खानलाई लिइन्छ । हामी पिकनिक भन्दैनौ । हामीले वनभोज भन्ने चलन छ । हाम्रो वनभोज खाने चलन छ । यसरी वनभोज जहाँ त्यहाँ गरिने नभएर विशेष प्रकारको स्थानलाई छनौट गरिन्छ । रमाइलो वातावरण नयाँ तथा मनमोहक स्थान केही क्षणको लागि भए पनि आनन्दको अनुभूति लिन सकियोस् । सहभागी सबै आनन्दित होउन् ।त्यस्ता ठाउँमा महिला पुरुष सबै मिलेर खाना बनाउने, नाच्ने गाउने, खेल्ने गरेर आनन्द लिइन्छ र वनभोज खाइन्छ ।
बनभोजबाट के फाइदा हुन्छ भन्ने प्रश्न उठनु स्वभाबिक हो । यसबाट शारीरिक र मानसिक स्वास्थ्यको लागि लाभदायिक हुन्छ । आनन्दको अनुभूति गर्न सकिन्छ । जस्ले गर्दा मानसिकको तनाव र चिन्तामा कमी आउँछ । घरमा काम गर्दै गुँसिएर बसेको अवस्थाबाट वन भोजमा जाँदा केही क्षणको लागि भए पनि एक मिसिमकोे ताजगी आउँँछ । केही क्षणको लागि भए पनि प्राकृतिक सौन्दर्यतामा र ताजा हावमा रमाउन पाइन्छ । चिन्ताबाट मुक्त भइन्छ । नयाँ नयाँ साथीसँग भेटघाट हुन्छ । मिल्ने साथीसँग आफ्ना आफ्ना भावना तथा सुख दुःखलाई साटासाट गर्न पाइन्छ । सम्बन्ध बलियो बन्न जान्छ । पुराना मित्रहरूसँग पुनर्मिलन हुन्छ । विभिन्न खानाको स्वादलाई उपयोगमा ल्यान सकिन्छ वनभोजमा सबै राम्रोमात्र हुन्छ भन्न सकिदैन । वनभोजमा आयोजकले ब्यवस्थापन कसरी गरेको हुन्छ त्यसमा पनि वनभोज सफल हुने र असफल हुने गर्दछ । कुनै वनभोजमा मदिरा सेवन गरिन्छ । मानिसको स्वभाव मदिरा पान गरेपछि कसै कसैले निहुखोज्ने, झगडा गर्ने गर्छन् । यस्तो अवस्थामा व्यवस्थापनले नियन्त्रणमा लिन नसके ठूलो घटना पनि घटन सक्छन् । मित्रहरू शत्रूमा परिणत हुन सक्छन् ।सही स्थानको छनौट भएन भने मच्छड, सर्प, विविध कीराको साथै वन्यजन्तुको आक्रमणको डर हुन्छ ।
भोजहरू धेरै प्रकारका हुन्छन् । भोजहरू मानिसले आफ्नो संस्कृति, परंपरा, र अवसर अनुसार आयोजना गरेका हुन्छन् । त्यसोहुँदा भोजका प्रकार यति छन् भन्न सहज छैन । चाड पर्वमा गरिने भोज, धार्मिक भोज, पारीवारीक भोज, जन्ते भोज आदि । कुनै खास पर्वमा गरिने भोजलाई उत्सव भोज भनिन्छ । तीजको भोजलाई यहाँ लिन सकिन्छ । परम्परालाई हेर्ने हो भने तीज (हरितालिका) भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । पुरानो परम्परामा माइती पक्ष छोरी÷चेलीलाई लिन छोरीका घरमा जान्छन् र छोरीलाई लिएर आउँछन् । हालसालमा सञ्चारको पहुँच पुगेको ठाउँमा टेलीफोनबाट पनि छोरीलाई बोलाउने चलन बढेको छ । घरमा ल्याएपछि दर खुवाउने गरिन्छ । दरमा स्थान विशेष, जाती विशेष मासु खिर, ढकने, सेलरोटी, दही, फलपूmल लगायतका खाना खुवाइन्छ । पहिला पहिला दर राती अबेर गरेर खाने चलन थियो । तर हाल दर १२ बजे अघि खाने चलन बढेर गएको छ किनकी १२बजे पछि ईस्विसंबत् अनुसार अर्को दिन थालनी हुन्छ । भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई ब्रत बस्ने गरिन्छ । तीजको पर्व शिव र पार्वतीसँग जोडिएको हुनाले यो पर्व पौराणिक कालदेखि नै चलिआएको हो भन्ने कुरा प्रष्ट हुन्छ । यस लेखमा तीजको बारेमा भन्दा भोजको बारेमा लेखिने भएकोले भोजतिरै अघि बढ्न उपयुक्त हुन्छ । खास गरेर तीजमा दुग्धजन्य परिकार खाइन्छ र खुवाइन्छ तर आजको परिवर्तित अवस्थामा तीज पनि आध्ुनिककरणमा पर्न गएको छ । तीज पार्टी प्यालेसमा खानपीनको आयोजना गर्न थालिएको छ । खानपीनमा मासुमाछा र मदिराजन्य पदार्थको उपभोग गर्न थालिएको छ । गरगहना, पहिरनमा प्रतिस्पर्धा बढ्न थालेको छ । केवल दरखाने दिनमा खाइने दरलाई महिना दिन अधिबाट थालनी भएको छ । तीजको जुनमहत्व थियो आज त्यो मनोरञ्जनमा परिणत भएको छ । यसप्रकारको दर खाने चलनलाई विकृति निम्त्याइएको किन नभन्ने ? तीज भनेपछि महिनौसम्म दरखानको लागि र संस्कृतिलाई छाडन बनेको पर्व हैन । महिलाहरूको महान धार्मिक चाड हो । यसको खास उद्देश्य विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै बर्त बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिताहरू सुयोग्य वर प्राप्त होस् भनी बर्त बस्छन्
धार्मिक भोजमा पूजापाठ गर्दा गाउँ, क्षिमेक, इष्टमित्र बोलाइन्छ । यसलाई भोज नभनेर प्रसादि ग्रहण गर्ने भनिन्छ । प्रसादिमा शुद्ध शाकाहारी बस्तुहरू खुवाइन्छ । फलपूmल सेलरोटी पुरी तरकारी आदि खुवाउने चलन छ । यी पूजा साना सनादेखि ठूला सप्ताह, कोटी होम तथा महायज्ञहरू गरिन्छ । यी यज्ञहरूमा बस्ने खाने व्यवस्था पनि गरिएको हुन्छ । यसमा कुनै धेरै लगानी लाग्ने कामलाई अर्थ आर्जनको रूपमा पनि गरिएको हुन्छ । यसबाट स्कुल, क्याम्पस, मन्दिर आदि बनाउने उद्देश्य अनुरूप गरेको पाइन्छ । यसरी परोपकारको रूपमा लगाइने महायज्ञहरू राम्रोरूपमा लिन सकिन्छ तर व्यवसायको रूपमा सञ्चालन गरिएका महायज्ञहरूबाट तत्कालिन अवस्थामा धेरै राम्रो देखिए पनि अन्त्यमा यसको नतिजा धर्मप्रतिको आस्थामा ह्रास आउँछ । पारीवारीक भोजमा छिरलिएर बसेका परिवारलाई एकै ठाउँमा जम्मा गराएर गरिने भोज हो । विशेष अवसरहरूमा जस्तै जन्मदिन, व्रत, आदिमा परिवारका सदस्यहरू बीच यो भोज गरिन्छ। अको ठूलो भोजमा जन्ते भोज पर्दछ । माइतीपक्षले आफ्ना इटमित्र बन्धुबान्धवलाई बोलाउनु र तिनीहरूलाई खाना खुवाउने काम एइकातिर हुन्छ भने अर्कोतिर बेहुलापक्षका मानिस (जन्ती) लाई खुवाउने काम हुन्छ । यो भन्दा पहिला टिकालगाउने र विवाहको दिन तोक्ने दिनमा पनि सानो तिनो भोज अर्थात खाना खुवाउने चलन छ । जिन्दगी जाने जीवनसाथीलाई विवाह गरेर घर भित्र्याउने दिन एउटा महत्वपूर्ण दिन भएकोले भोज हुनु स्वभाविक हो । पहिला पहिला विवाहमा निम्नवर्गका तथा मध्यमवर्गका मानिसले केराका पातमा गोडा धुने हो भन्ने शब्द प्रयोग गर्दथे अर्थात गोडधुवा (दाइजो) पाउँदैनौ भन्ने गर्थे । जन्तीको हकमा दुलाहालाई दिएर कुनै एकजना आए हुन्छ भन्ने चलन थियो । त्यस अवस्थामा पनि जन्ती करिब ३०÷४० जना हुन्थे तर हालको अवस्था त जन्ती थोरै भए पनि २०० जना भन्दा बढी हुन्छन् । यसको अलवा दुलाहाले भोजको आयोजना गर्छ । धनीवर्गको लागि यी भोजहरू सहज होला तर गरिबको लागि भने यी भोजहरू घातक नै हुन्छ । आजकाल जुनसुकै भोजमा जाँदा रित्तोहात जान हु्ँदैन भन्ने चलन आएको छ । यी उपहार कति त उपयोगमै आउँदैनन् । यो पनि फजुल खर्च हो ।
अत माथि आएका विविध कुरालाई मनन् गर्दा भोज गर्ने नै हैन त भन्ने प्रश्न उठ्न सक्छ । मेरो आशय भोज गर्ने नै हैन भन्ने होइन । भोज गर्नु पर्छ किन कि भोजमा केवल खानामात्र आयोजना गरिदैन । यसका विविध पक्ष छन् । समुदाय अनुसार ( जस्तै नेवारी समुदाय, थारु समुदाय, आदि) आफ्नो संस्कृतिक आनुसार भोजको कार्यक्रम गर्छन् । हाम्रो संस्कृति र परमपरालाई पनि बचाउन आवश्यक छ । मेरो भनाइ घाटी हेरेर हाड निल्नु पर्छ । मासिले क्षमता अनुसार बाध्यताको साथमा भोजमा सामेल हुन र भोजको आयोजना गर्न नपरोस् । सबै वर्गका मानिसहरू समाजमा उच्च सम्मानका साथमा बाँच्न सकुन् । समाज समनताको आधारमा चल्न सकोस् । हाम्रो संस्कृति शुद्धताको साथमा चलोस् र विकृति नमौलाओस् भन्दै यो लेखको बिट मार्दछु ।
सन्दर्भ सामाग्री
तीज विकिपिडिया एक स्वतन्त्र विश्वकोश
भोजविकिपिडिया

No comments:
Post a Comment