सदानन्द अभागी
मानिस एउटा प्रगतिशील प्राणी हो । संसारमा भएका गरिएका यी सबै प्रगति मानिसको निरन्तरको प्रयास हो । खानाको मात्र नभएर मानिसले चौतर्फी विकासको चाहना राख्छ । यसको लागि उसले विभिन्न चिजमा अनुसन्धान गर्छ बसाई सर्छ ।बसाई सर्ने कामको थालनी कहिले भयो भन्न सहज नभए पनि मानिस बसाइँ सर्ने काम घुमन्ते युगबाटै भएको भन्न सकिन्छ । त्यतिवेलाको बसाइँ सराई खानाको खोजी थियो । मानिस विकसित हुँदै घुमन्ते जीवनबाट कृषि पशुपालनतिर लम्किएर स्थायी जीवन विताउन थाले पनि बसाइँ सर्ने काम भने रोकिएको छैन । आज नेपालका युवा÷युवतीहरू रोजगारी र अध्ययनको लागि राष्ट्रिय भन्दा अन्तराष्ट्रिय क्षेत्रमा पलायन भएका छन् । यिनीहरू नेपाल फर्कने सम्भावना निकै कम छ ।
राजाराम नेपाल सरकारको जागिरे थियो । ऊ संयुक्त परिवारमा बस्थ्यो । उसको संयुक्त परिवारमा पुग नपुग २० जना सदस्य थिए । संँयुक्तपरिवारसँग बस्ता त एनकेन प्रकारेण हातमुख जोड्न घरको उत्पादनले पुग्थ्यो । उसका बाबुले परिवार संख्या ठूलो भयो अब आफ्नो आफ्नो चूलोमा भात पकाउने व्यवस्था मिलाओ भने पछि उसको परिवार थाम्ने उत्पादन उसको भागमा परेन । आमा बाबु पनि कान्छोतिर बसे । ऊ जागिरे भएकोले उसलाई घरव्यवहारको ज्ञान पनि थिएन । उसँग पैसा पनि थिएन । ऊ निकै आत्तियो । घरपरिवारलाई उसको उत्पादनले ६ महिना पनि खानलाउन पुग्दैनथ्यो । छोरा छोरी साना थिए । बाबुआमा भाइबाट उसले सल्लाह पाउने आशा थिएन । उसले एउटा उखान सम्भ्mयो कोही नभए घुँडासँग भए पनि सल्लाह लिनु पर्छ । ऊ गम्भिर भयो । बेलुका खाना खाएर उसले लामो सास लियो । अगेनामा आगो जलायो । केटाकेटी अरू सुतिसकेका थिए । अगेनाको छेउमा गुन्द्री ओछ्याउँदै थियो । श्रीमती घरको दयनीय अवस्थाले गर्दा निकै चिढचिढे भै सकेकी थिइ । 'सुते हुन्छ , किन सक्नु प¥यो दाउरा , बिहान आगोबाल्ने दाउरा छैन, यत्रो घर कसरी चलाउने, आपूm झोला टिपेर हिडे भै हाल्यो, समयमा सोचेर छोरा छोरी स्वास्नी छन्, यिनलाई केही पैसा चाहिन्छ, यिनलाई दुई पैसा दिनुपर्छ भन्ने सोच कहिल्यै आएन, आज बौलाएर के हुन्छ ? सक्दिन म यो जन्जाल थाम्न, सानो परिवार बनाम भन्दा पनि भएन, छोरा चाहियो रे ! सुत्केरी हुँदाहुँदा शरीर हाडछाला भयो ।' राजारामले पत्नीका यी आक्रोशहरू सुनो । ऊ केही बोलेन । उसकी पत्नीले भनेका सबै कुरा कटु सत्य थिए । उसलाई घरमा आक्रोस जन्मने भनेको मुख्यकारण अभाव हो भन्ने जानकारी थियो ।अभाव उसले भन्दा उसकी श्रीमतीले बढ्ता व्यहोर्नु पथ्र्यो । उसले मिठो स्वरमा बोलायो –'आऊ यहाँ बसांै, हामीले नयाँ थालनी कसरी गर्ने भन्ने सल्लाह ग¥यौं ।' बसुन्धरा राजारामकी पत्नी एक पतिब्रता, शुशील नारी थिइन् । उसको सोच पनि महान थियो, उनले घरलाई मन्दिर ठान्दथिन्, नारी भनेका सिर्जनाका पूmल हुन् र लक्ष्मीका स्वरूपमा लिन्थिन । पतिको मिठो बचन सुन्ने बित्तिकै उनको मन पग्लियो । सारा आक्रोश हरायो र उनी पतिको छेउमा गएर बसिन् । राजारामले मसिनो स्वरमा बसुन्धरासँग 'तिमीले के सोचेकी छौे त ? 'भन्दछ । बसुन्धरा –' के सोच्नु ? यहाँ बसेर जीविका चल्दैन, यिनलाई पेट भर्न, यिनको शरीर ढाक्न, शिक्षादीक्षा दिन कसरी सम्भव हुन्छ ? मेरो त बसाइँ सर्ने मन छ अनि हजुरको बिचार ?' राजाराम–' ठीक भनेऊ, मेरो पनि त्यही बिचार छ । तर कसरी सम्भव छ ? हातमा एक पैसा छैन ।' बसुन्धरा –'हाम्रा भागमा आएको जग्गा बेच्ने, तपाइँको कर्मचारी सञ्चयकोष सापटी निकाल्ने जे जति सकिन्छ तराईमा गरिबहरूले बनाएका झोपडी जस्तै एउटा बासको व्यवस्था गर्ने त्यति गरेपछि तपाइँको तलबले बच्चा खानबाट मर्दैनन्, स्कुलमा बच्चा पढ्दै जान्छन् र बढ्दै पनि जान्छ ।' राजाराम –'ठीक भनौ , अब त्यसै गर्नु पर्ला ।' राजारामका सपरिवार तराईमा बसाइँ सरे । तराईको गर्मीले निकै सतायो । पहिलो वर्ष सबैलाई निकै कठिन भयो । पछि पछि बढ्दै गए, पढ्दै काम गर्दै गए । आर्थिक स्थिति पनि राम्रो हुँदै गयो । छोरा छोरीले जागिर खान थाले । राजाराम र बसुन्धरा अतितका दुःख भुलेर आनन्दसँग बस्न थाले ।
आज बसाइँ सरेको पनि ४० वर्ष बितिसक्यो । ससुराली घरबाट भतिजाको विवाह हुने भएकोले निम्तो आयो । हुनत राजाराम र बसुन्धरालाई अनिवार्य आउनु भनिएको थियो तर राजारामको शारीरिक अवस्था नाजुक भएकोले पति पत्नी जान सकेनन् । राजारामले दुई भाइ छोरालाई सहभागी हुन भन्यो । छोराहरू विवाहमा सहभागी हुन जाँदा उनीहरू जन्मघरको बाटो जाने भन्ने सोच बनाए । दुबै जना सोधखोज गर्दै रातामाटा पुगे । राजारामका गाउँले भाइले बच्चा अवस्थामा देखेकोले सहजै भन्न नसके पनि लखकाटेर कमल र सुरज हैनौ भनी प्रश्न गर्दा दुबै भाइले हौं भन्दै गाडी रोकेर अङ्कल भन्दै दर्शन गरे ।
अङ्कल –' आज किन र कताबाट यहाँ आयौ त ?'
कमल– 'हामी मामाको विवाहमा आउँदा जन्मथलो हेर्न मनलाग्यो र यो बाटो आएको अङ्कल ।'
अङ्कल – जन्मठाउँ कहाँ हो थाहा छ त ?
कमल –'मलाई त जानकार छ तर सुरजलाई भने थाहा छैन होला ? सुरजले मलाई केही थाहा छैन भन्दै टाउको हल्लायो ।'
कमल, सुरज र अङ्कल जन्मस्थलतिर लागे । कमलले सुरजलाई घडेरीमा पुगेपछि भन्न थाल्यो –'यहाँ घुमाउने घर थियो । यहाँ त्रिशूल सहितको मौलो थियो । तुलसीको मठ थियो । यहाँ बाबाले लगाएको ओखरको बोट थियो , यहाँ सुन्तलाका बोट थिए । कमलले भन्दै गयो सुरजले सुन्दै गयो । अङ्कलले सही थाप्दै गए । जन्मथलोबाट देखिने माछापुछ«े, धवलागिरी अन्नपूर्ण, खोल्साका अलैंची, कटुस,लप्सी, हरियाली वन, विशाल तिजुको रुख, सुन्दर डाँडा काँडालाई हेर्दा सुरज निकै आकर्षित भयो र दुबोले ढाकेको आलीमा थचक्कै बस्यो । कमलले जन्ती जाने बेला हुन थालो भनेपछि मन लागि नलागि सुरज उठ्यो र दुबै भाइ अङ्कलसँग बिदा हुँदै विवाह हुने गाउँतिर लागे । राजारामका गाउँले भाइले सबै कुरा राजारामलाई सुनाए । राजारामले यो सुनेर निकै हर्षित भयो र भाइलाई सुनायो –'जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी' ।
धन्यवाद
२०८२ साल भाद्र २८ गते

No comments:
Post a Comment