सदानन्द अभागी
'यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः ।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः ।।'
मनुस्मृति
'जहाँ नारीहरूको पूजा गरिन्छ, त्यहाँ देवताहरू रमाउँछन् । जहाँ यी पूज्य हुँदैनन् त्यहाँ सबै कार्यहरू निष्फल हुन्छन् ।' मनुस्मृतिमामात्र नभएर हाम्रा धर्म ग्रन्थहरूमा नारीलाई उच्च स्थान दिएको पाइन्छ । भनिन्छ वैदिक कालमा महिला र पुरुष बीच कुनै विभेद थिएन । दुबैमा समान अधिकार थियो । नारीहरू वेदविज्ञ थिए । यस्ता वेदविज्ञ महिलाहरूलाई समाजले ब्रह्मवादिनी भदथ्यो । यस्ता महिलाहरू गार्गी, मैत्रेयी, अश्वपाला आदीका नाम हामीले अध्ययन गर्न पाउँछौं । हुनत आज पनि नारीलाई देवी तथा गृह्यलक्ष्मीको संज्ञा दिइन्छ । नारी शब्द गहन छ र नारीका बहुरूप छन् । नारी सबैकि आमा हुन् । नारी विना सृष्टिको कल्पना गर्न सकिदैन । त्यसैले भनिन्छ 'जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी' आमा र जन्मभूमि स्वर्ग भन्दा पनि महान् हुन्छन् । यिनै नारी कसै कि पत्नी बन्छिन्, कसै कि बहिनी बन्छिन्, कसै कि छोरी र कसै कि बुहारी हुन्छिन् ।
समय परिवर्तनशील छ । समयको परिवर्तन साथै समाजमा पनि परिवर्तन देखिन थाल्छ । मध्ययुगको थालनीदेखि समाजमा सामन्ती प्रथा मौलाउन थाल्छ । समाजमा छुवाछुत प्रथाको सुरुवात हुन्छ । साथै नारीप्रति विभेदले जरो गाड्छ । यस विभेदबाट माथि उठ्न महिलाहरूले निकै आन्दोलन गर्नु पर्छ । आधा आकाश ढाकेका महिलाहरू आफ्नो उपस्थिति सामाजिक, आर्थिक, शैक्षिक, राजनीति,कानुनिक, धार्मिक र व्यवसाय आदि तथा हरेक क्षेत्रमा सहभागीता खोजेका छन् । पहिला भन्दा वर्तमान अवस्था केही सुध्रिएको छ तापनि समान सहभागिता भने हुन सकेको छैन ।
महिलालाई जति उच्च संज्ञा दिए पनि महिला पीडितछन् तथा महिलामा विभेद छ भन्ने कुरा लुकाएर लुक्दैन । वर्तमान अवस्थालाई केलाउँदा महिला पुरुष भन्दा निकैपछि छन् ।समाजमा छोरी भन्दा छोराको स्थान उच्च छ । आजको वैज्ञानिक युगमा गर्भमा छोरा छारी के छ भन्ने कुरा जान्न सकिन्छ । छोरी छ भन्ने जानकारी भए भ्रुणले संसार देख्न पाउँदैन । चेलीबेटी बेच विखन रोकिएको छैन । यौन हिंसा बढ्दो छ । महिलाहरू बलत्कार भएका छन् । नारी समनताका कुराहरू उठ्छन् । कहीं कतै समनता देखिदैन ।केटा र केटीले एउटै काम गरे ज्यालामा विभेद छ । राजनीतिमा हेर्दा पनि महिला सहभागिता कमी देखिन्छ । सरकारी गैर सरकारी क्षेत्रमा पुरुषकै बाहुल्यता देखिन्छ । विवाहमा दाइजो चलन बढ्दो छ । दाइजोले चित्त बुझाउन नसके घरकाले दुख दिनेमात्र नभएर अनेक बहाना बनाएर मारेका घटना समेत सुन्नमा आउँछन् । महिला महिला बीचको तुलना गर्दा पनि त्यहाँ द्वन्द्व देखिन्छ । एउटी कि छोरी अर्कि कि बुहारी बन्छे । छोरीलाई दिने माया बुहारीले पाउँदैनन् । बुहारीले पनि आफ्नी आमालाई दिने माया सासूलाई दिंदैनन् । यसरी हेर्दा पनि धेरै ठाउँमा छोरी र बुहारीमा विभेद देखिन्छ साथै सासू बुहारीमा पनि विभेद देखिन्छ । कतै ब्हारी सासूबाट तिरस्कृत हुन्छन् त कतै बुहारीले सासूलाई घरबाट निकालेर बृद्धआश्रम पु¥याउँछन् । महिलाले महिलामाथि गरिने यी कृयाकलापल गर्दा समाजमा यिनको स्तर घटेर जान्छ । अर्को कुरा महिला तथा जो कोहीले महिलामा लगाउने बोक्सीको आरोप निकै दुखदाई हुन्छ । यस्तो आरोप खास गरेर, बृद्धा, गरिब, विधवा महिला माथि लगाइएको देखिन्छ ।
महिलालाईर्, विवाहपछि हिन्दू धर्ममा "पत्नी" वा "अर्धाङ्गिनी" भनिन्छ । यसको गहन अर्थ छ "पतिको आधा अङ्ग" । शरीर चलायमान हुनलाई पूर्ण अङ्ग आवश्यक पर्दछ । अर्को भनाइ पनि छ –पति पत्नी एक रथका दुई पाङ्ग्रा । रथ गुड्नको लागि दुबै पाङ्ग्राको आवश्यक पर्दछ । यी सबै कुरालाई यसरी पनि परिभाषित गर्न सकिन्छ 'पतिसँग उनको सहभागिता आधा हुन्छ । सृष्टि थाम्नको लागि दुबै जना आवश्यक हुन्छन् । पत्नीलाई स्वास्नी, श्रीमती, जोई, बुढी र जीवन साथी भनेर पनि परिभाषित गरिन्छ ।
हाम्र धर्म ग्रन्थले पनि छोरा र छोरीमा विभेद देखाएका छन् जस्तै गरुड पुराणलाई नै लिन सकिन्छ । यसले छोरालाई महत्वपूर्ण स्थान दिएको छ । पितृतार्न छोरानै चाहिने कुराको उठान गरेको छ । यस्ता यस्ता कारणले गर्दा व्यवहारमा समाजले छोरीलाई भन्दा छोरालाई बढता महत्व दिएको पाइन्छ । छोराको जन्म नहुँदा नारी अपहेलित भएको पाइन्छ ।छोरा पाउँछु भन्दैमा छोरा पाउने र छोरीको चाहना राख्दैमा छोरी जन्मने सम्भावना निकै कम हुन्छ । यस सम्बन्धमा गरुड पुराणले दर्शाएको मार्गदर्शनको आधारमा सदानन्द अभागीको स्वर्गको यात्रा महाकाव्यमा (अप्रकाशितमा)लेखिएको छ –
सहवासमा रक्ताधिक कन्या हुन्छे जन्म
सहवासमा शुक्राधिक पुत्र हुन्छ जन्म
रज शुक्र सम भए नपुङ्सक हुन्छ
गर्भदानको पनि हेर समयले छुन्छ
युग्मतिथि सहवास छोरो हुन्छ जन्म
अयुग्ममा सहवास छोरी हुन्छे जन्म
छोरो यदि चाहिएमा युग्म तिथि रोजौं
छोरीको चाहनालाई अयुग्म नै खोजौं
महिलाको ऋतुकाल १६ दिनको हुन्छ । रजस्वलाको पहिलो साता गर्भ रहे पुत्र मलिन (दुष्चरित्रको) हुन्छ । दोस्रो साताको गर्भ रहेमा सन्तान राम्रो हुने र सबै भन्दा राम्रो गुणवान, धनवान, धर्मनिष्ठ , कर्मनिष्ठ, सन्तान १४ रात्रीको सहबासबाट जन्मिने कुरा गरुण पुराणमा बताएको छ । यस विषयमा विज्ञानले पनि पुरुष र महिलाको जन्म सम्बन्धमा प्रकृया दर्शाएको छ । यस सम्बन्धमा म अगाडी बढ्न चाहन्न ।
कामको कुरा गर्दा महिला र पुरुषको शारीरिक संरचनामा केही जैविक भिन्नता छ । यस प्रकारको प्रकृतिकले दिएको कामको बिभाजन बाहेकका सबै काम महिला पुरुष दुबैले गर्न मिल्छ र गर्नु पर्छ । तर आज पनि महिलाले आफ्नो घरभित्रको सबै कामहरू गर्ने गर्छिन् । खाना पकाउने भाँडा माझ्ने। घरको सरसफाई, बच्चाहरूको रेखदेख, पशुको रेखदेख, घरका बृद्धबृद्धाको हेरचाह र खेतीपाती लगायतका सबै काम सकेर जागिर भएका महिलाले जागिरको समेत काम गर्नु पर्ने हुन्छ । त्यसोहुँदा महिलालाई कामको बोझ अधिक छ । यो बोझलाई कम गर्नु पर्ने आजको आवश्यक्ता हो ।
अतः आजका नारीहरू प्रगतिको बाटोमा लम्किरहेका छन् । यिनले मौका पाएमा हरक्षेत्रमा आफ्नो क्षेमता प्रदर्शन गर्न सक्छन् । उदाहरणको लागि शुशीला कार्की, विद्यादेवी भण्डारी आदिलाई लिन सक्छौं । हामीले बुझ्नपर्ने कुरा के भने अधिकार कसैले दिन चाहाँदैन । खोसेर लिन सक्ने क्षमतावान आफै हुनुपर्छ भन्दै विदा चाहान्छु ।
सन्दर्भ सामाग्री
१. ई दैनिक जागरण वि.सं. २०८२, असोज ३ । शुक्रबार –प्रिया मिश्र
२. विकिपिडिया , एक स्वतन्त्र पवश्कोष
३. सञ्चार यात्रा नेपालमा महिलाको वर्तमान अवस्था र चुनौती वि.सं. २०८२, असोज ३ । शुक्रबार
४ . संसार न्यूज, घटस्थापा दिन, कावासोती , २०८२, असोज, ६, सोमबार विष्णु गुरुङ,
५. स्वर्गको यात्रा अप्रकाशित कृति २०८१, सदानन्द अभागी

No comments:
Post a Comment