November 16, 2021

जेष्ठ नागरिकले भोगेका केही समस्याको विवेचना सदानन्द अभागी

 

जेष्ठ नागरिकलाई ज्ञान र अनुभवका खानी हुन भनिन्छ । यिनलाई मुलुकका निधिहुन पनि भनिन्छ । यो कथन सही हो किनकी उनीहरूमा अथाह ज्ञान अनुभवको भण्डार छ । यो ज्ञान र भण्डारलाई हामी सन्ततीहरूले उपयोगमा ल्याउँदै गरेका छौं । हामी इतिहासलाई कोट्याएर हेर्न थालेम् भने हिजोका पुर्खाहरूले गौरवमय इतिहासको सिर्जना गरेका थिए । सोही सिर्जना आजको समाजलाई मार्गदर्शन बन्न गएको छ । मानव समाज जङ्गली अवस्थाबाट विकसित हुँदै विभिन्न प्रविधिको विकास गर्दै धर्म संस्कृतिको निर्माण गर्दै आज हामीलाई अग्रगमनतिर जाने सही मार्गदर्शन दिएका छन् । हिजो हाम्र अग्रजहरूले आर्जन गरेका ज्ञान र सीपका प्रविधिहरूले आजको सभ्य संसारलाई गतिशील बनाएको छ ।

हुन त आजको संसारमा जेष्ठ नागरिकप्रति हेर्ने दृष्टि फरक पर्दै गएको पाइन्छ ।जेष्ठ नागरिकहरू दुव्र्यवहारका सिकार भएको अनुभूति हुन थालेको छ । यी दुव्र्यवहार शारीरिक, मानसिक , आर्थिक, स्वास्थ सम्बन्धित, सामाजिक  र यौन शोषण आदि पर्दछन् । घरसम्बन्धि दुव्र्यवहारको मुख्य जड भनेको सम्पत्ति हो । बृद्धहरूको देखभाल गर्नु भन्दा उनीहरूमा भएको सम्त्ति कसरी हात पार्न सकिन्छ भन्ने व्यवहार समाजमा देखिन्छ । यो गलत हो । पैतृक सम्पतिका आधिकारिक उपभोग कर्ता त घरका परिवार नै हुन्छन् ।जेष्ठ नागरिकलाई सम्मान गर्नु सबैको कर्तव्य हुन्छ । त्यसमा पनि घरपरिवारका सदस्यहरूको त दायित्व नै हो ।यो कुरा कानुनले नै तोकेको छ । पालन पोषण नगरेको खण्डमा उजुरी दिन सक्ने व्यवस्था पनि कानुनले गरेको छ ।जेष्ठ नागरिक सम्बन्धि ऐन , २०६३ले  जेष्ठ नागरिकले आप्mनो सम्पत्ति आफु खुस गर्न पाउने भनेर तोकेकै छ ।

यी माथिका कुराहरू कानुनी प्राव्धान रहे तर व्यवहारिकतालाई हेर्दा मानिसको जीवनचक्रमा बालक, युवा र बृद्ध अवस्था एउटा चक्र हो । मानिस जन्मन्छ बढछ केही आप्mनो लागि गर्छ केही समाजको लागि गर्छ जे गर्छ सबै छाड्छ र मृत्युवरण गर्छ । उसले गरेका समाज उपयोगी काम नै भावी सन्ततीको लागि मार्गदर्शन बन्छ साथै यसैमा उसको अमरत्व पनि कायम हुन्छ । त्यसो हुँदा बृद्धपा सबैमा आउने चक्र हो । घरका परिवारले आप्mना आमाबाबुमा गर्ने सेवा दयामाय बाबु आमाको लागि मात्र नभएर आप्mनै लागि लगाएको पर्म हो ।यो पर्म बाबु आमबाट असुली गर्ने हैन कि आप्mनै छोराछोरीबाट लिन पर्ने हुन्छ । कसरी भन्न सकिन्छि ? यो छोराछोरीलाई सिकएको पाठ हो । एउटा नैतिकवान छोराले त्यो पर्म सहजै तिर्छ ।

 जेष्ठ नागरिक सम्बन्धि ऐन, २०६३को  दफा ९ (छुट र सुविधा)को उपदफा (१)मा "सार्वजनिक सवारी साधन, सार्वजनिक  कार्य, स्वास्थ सेवा , धार्मिक .तथा सार्वजनिक स्थलमा ज्येष्ठ नागरिकलाई  आवश्क्यक सेवा, सुविधा र सहयोग गर्नु गराउनु सबैको कर्तव्य हुने छ" भनि लेखिएको छ ।   जेष्ठ नागरिकको लागि सार्वजनिक सवारी साधनमा कम्तिमा दुई सिट आरक्षण र सार्वजनिक सवारी साधनको भाडा दरमा ५०प्रतिशत  छुट भनिएको पाइन्छ । जेष्ठ नागरिक बाहेक पनि अपाङ्, महिला आदिका आरक्षणहरू छन् तर यो सुविधालाई सहजरूपमा प्रयोगमा आउन तथा ल्याउन भने दयावान व्यक्तिले दयामायाको रूपमभा छाडिदिएमा सम्बन्धित व्यक्तिहरूले उपयोगमा ल्याउन पाउँछन्  नत्रभने भनिएका सिट अरूले नै ओगट्छन् र सिटका अधिकारी उभिन बाध्य हुन्छन् ।यस सम्बन्धमा बसमा कार्यरत व्यक्तिले यो सिट बृद्धहरूको लागि सुरक्षित हो बृद्धहरू आएपछि छाड्नु पर्छ भनेर जानकारी गराएमा यात त्यो सिटमा यात्री बस्दैन यदि बस्यो भने पनि त्यसलाई उठाउन सहज हुन्छ र बृद्धले सहजै सिट प्राप्त गर्द छ । अर्को सबैको ध्यानाकर्षण हुन पर्ने कुरा बस भाडामा बृद्धहरूले छुट पाउनु पर्ने कुरा छ । सवारी भाडामा जेष्ठ नागरिकले तोकिएको भाडामा ५० प्रतिशत छुट पाउने भनिन्छ।यस सम्बन्धमा नगन्य रूपमा कुनै कुनै बसमा सरकारले तोकेको सुविधा अनुसार नदिएता पनि केही रकम छुट दिएको पाइन्छ भनेता पनि भाडा छुट पाउनु भनेको दाँतबाट पसीना आउनु सरह नै हुन आउँछ । यस विषयमा समबन्धित निकायसँग कुराकानी उठाउँदा तथा यात्रीहरूले पनि अधिकारको खोजी गर्दा पनि समस्या समाधान भएको पाइएको छैन । त्यसो हुँदा यस सम्बन्धमा सम्बन्धित निकायहरूको ध्यानाकर्षण हुनु अति आवश्यक छ योि समस्याको निराकरण सहजरूपमा होस् भन्ने जेष्ठ नागरिकको चाहना छ । नत्र भने जेष्ठ नागरिकहरू लौरो टेकेर सडकमा उत्रिनु पर्ने अवस्था न आउला भन्न सकिदैन । त्यसो हुँदा समयमै सम्बन्धित निकायहरूले सरकारले दिएका जेष्ठ नागरिकका सहुलियतहरू सहज रूपमा कार्यन्वयन गर्नु गराउनको लागि हायिर्दक अनुरोध गरिन्छ ।

यसरी नै जेष्ठ नागरिकहरूले कुनै पनि कार्यालयमा आफ्नो कामको लागि जाँदा लाइनमा बस्नु पर्दैन भन्ने प्रब्धान हुँदाहुँदै पनि प्रभावकारी रूपमा लागुहुन सकेको पाइँदैन ।

ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा अन्तर्गत भत्ता दिइन्छ।यो भत्ता दिने काम वि.सं. २०५१ सालदेखि थालनी भयो । यो काम प्रशंसायोग्य मानिन्छ । यो भने प्रभावकारी रूपमा कार्यन्ययन भएको पाइन्छ ।क्रमस भत्ता बढाउँदै पनि लगिएको छ , प्रौढहरूलाई भत्ता दिन थालेकोले प्रौढहरूले केही राहतको अनुभूति गर्ने काम त गरे तर प्रौढहरूको जटिल सम्स्यालाई यसले सम्बोधन गर्न भने सक्दो रहेनछ । धनले पूर्ण भए पनि एक्लिएका तथा अपहेलित बृद्धहरूको शारिरिक अशक्ततालाई सहजता ल्याउन भने सक्दो रहेनछ । थलै गुहु थलै मूत्र भमएका असक्त प्रौढहरूको स्याहार सम्हारको साथै औषधी उपचार खानपान आदिमा देखिन आएको जटिलतालाई भत्ता तथा आप्mनै घरमा भएको धनले काम गर्दो रहेनछ । भरखरै जन्मेको एउटा बालक जस्लाई आमाको न्यानो माया ममताविना ऊ बाँच्न सक्दैन त्यसरी नै एउटा बृद्धलाई पनि सोही किसिमको माया ममता, स्याहारको आवश्यक्ता हुँदो रहेछ । त्यसोहुँदा सरकारले यस्ता असत्त, अपहेलित,जिर्ण, अवस्थाका प्रौढहरूलाई पूर्णरूपमा स्वास्थ उपचार सहितको आश्रम बनाएर सरकारले नै रेखदेख गर्नु पर्ने देखिन्छ ।

सरकारले निशुक्ल स्वास्थ्य उपचार र स्वास्थ्य सेवामा छुटको व्यवस्था सम्बन्धमा ७० वर्ष माथिका बृद्धहरूलाई निशुक्ल स्वास्थ विमा मार्फत औषधी उपचारमा गर्ने सुविधा प्रदान गरेको पाइन्छ र ७० वर्ष भन्दा तलका व्यक्तिहरूलाई स्वास्थ विमा गराएर उपचारमा सहयोग गरेको देखिन्छ ।यसमा पनि अस्पतालमा जाँचगरेपछि दवाइ अस्पतालबाट प्राप्त गर्न नसकी बाहिरबाट किन्न पर्ने बाध्यता देखिन्छ । यस्तो अवस्थामा अस्पतालभन्दा बाहिरबाट किनेको दवाईको विल भुक्तानी अस्पतालले दिने सुविधा हुनु् पर्ने आउँछ ।

जेष्ठ नागरिकका समस्या धेरै छन् । जुन कानुनले प्रदान गरेका सुविधाहरू व्यवहारिक रूपमा कार्यन्यनमा आउनु पर्छ र थप समस्याको अध्ययन र समाधानको उपायहरू निकाल्दै जानु पर्दछ । सरकारले दिन भनी तोकेका तथा नियम र निर्देसिकाहरू बनाइएका जे जति प्रावधानहरू छन् ।ती व्यवहारमा उतार्नु पर्दछ भन्ने धारणा सहित विदा चाहन्छु ।

मिति २०७८ साल कर्तिक २९ गते

October 30, 2021

ज्येष्ठ नागरिक दिवसको सन्दर्भमा एक झलक


सदानन्द जैसी .
 हाम्रो कानुनले ज्येष्ठ नागरिक भन्दा साठी वर्ष उमेर पूरा गरेको व्यक्तिलाई परिभाषित गरेको छ । ज्येष्ठ नागरिक भए पनि कुनै स्वस्थ अवस्थामा छन् भने६० वर्षको उमेरका ज्येष्ठ नागरिकले निश्चय नै सकृय जीवन बिताउन सक्छन् । गरिबी असहाय, अस्वस्थ अवस्थाले जव पुग्यो साठी हातमा लाठी भन्ने उखानले स्थान लिएको मानिसको जीवनयापन गर्न निकै कठिन हुन्छ । कतिपय नेपालका गरिबीले थिचिएका ज्येष्ठ नागरिकहरूको जीवनयापन गर्ने कुनै आधार, आयस्रोत वा सम्पत्ति छैन काम गरेर खाने शक्ति(क्षमता) छैन भने तिनीहरूको जीवनयापन निकै कष्टकर हुन्छ ।
  आजको समयमा एकातिर ज्येष्ठ नागरिकको आयु लम्ँिबँदै जानु र अर्कोतिर नेपाली युवाहरूको पेशा परिवर्तन भएर स्वदेश नभएर विदेशतिरको गमनले गर्दा घरमा ज्येष्ठ नागरिकलाई पालनपोषण तथा हेरचाह गर्ने परिवारको सदस्यको, अभाव खड्किएको अवस्थाले गर्दा ज्येष्ठ नागरिको समस्या अझे टडकारो रुपमा कष्टकर हुँदै गइरहेको छ ।
कतिपय ज्येष्ठ नागरिकको परिवारको सदस्य भए पनि निजले पालनपोषण नगरी अपहेलित वा उपेक्षित जीवनयापन गर्नुपरेको देखिन्छ भने पत्रपत्रिकाम आएका खवरहरूमा सम्पन्न परिवारका व्यक्तिहरूले पनि बाबुआमालाई राम्रो देखभालको सट्टा बृद्ध आश्राममा लगेर छाड्नु, बीच जङ्गलमा लगेर छाड्ने गरेका दुःखद खवरहरू पनि सुन्नमा आउँछन् । यस विषयमा समाजमा सबैले गहिरो रूपमा सोच्न पर्ने हुन आउँछ । यो युवा तथा ज्येष्ठ दुबै पिढीका लागि दुर्भाग्य हो किनकी हाम्रा सन्ततीले हामीले जे सिकाउँछौं त्यही सिक्छन् ।वर्तमान परिपेक्षमा हामीले हाम्रा बाबुआमालाई अपहेलित गछौं ।यो कुरालाई हाम्र सन्तीले गहिरो रूपमा अध्ययन गर्दछन् ।हाम्रो कर्मलाई बच्चा बच्चीको मष्तिष्कमा अमिट छाप बनेर बस्छ र हामीले गरेको कुकर्मलाई उनीहरूले पनि व्यवहारमा उतार्छन् ।
नेपालका ज्येष्ठ नागरिकका ऐतिहाँसिक पृष्ठ भूमिलाई केलाएर हेर्ने हो भने हाम्रो जीवन े कृषिमा आधारित थियो । घरका सबै परिवारहरू कृषि पेशामा नै आधारित थिए ।जागिरको खोजमिा  विदेश जाने क्रम कम थियो। जस्का छोरा उसको धन, जस्का भैंसी उसको वन भन्ने उखान चरितार्थ थियो । धेरै छोरा भएपछि कुनै एउटा छोरा बुहारीमा बाबु आमाप्रति आदरको भावना, दायित्व र कर्तव्यको बोधको कारणले ज्येष्ठ नागरिक आजको तुलनामा सम्मानित थिए तर पारिवारिक संरचनामा परिवर्तन आएको छ । त्यसले गर्दा सामाजिक संरचनामा पनि परिवर्तन आउनु स्वभाविक हुन आउँछ । गरिबीले सताएको परिवारमा भन्दा सम्पन्न परिवारमा पनि ज्येष्ठ नागरिक अपहेलित बन्दै गएका छन् ।यी सबै यथार्थतालाई केलाउँदै अपमानित रूपमा रहेका ज्येष्ठ नागरिकलाई कसरी उत्थान गर्न सकिन्छ भनि प्रा. डा. लीलादेवी के.सी.को सक्रृयतामा वि.सं. २०४८( सन् १९९१) मा प्रौढ कल्याण संघ नेपालको स्थापना भयो ।यस संस्थाले प्रौढहरूको कल्याणको लागि विभिन्न कामहरू ( प्रौढ समस्याको सर्भे,  उपचारका लागि औषधी आदि) गर्दै जग बसाउने काम ग¥यो । वि.संस २०५१ सालमा सरकारले प्रोढहरूलाई भत्ता दिने कामको थालनी ग¥यो । प्रौढहरूलाई भत्ता दिन थालेकोले प्रौढहरूले केही राहतको अनुभूति गर्ने काम त गरे तर प्रौढहरूको जटिल सम्स्यालाई यसले सम्बोधन गर्न भने सक्दो रहेनछ । धनले पूर्ण भए पनि एक्लिएका तथा अपहेलित बृद्धहरूको शारिरिक अशत्ततालाई सहजता ल्याउन भने सक्दो रहेनछ । थलै गुहु थलै मूत्र भमएका असक्त प्रौढहरूको स्याहार सम्हारको साथै औषधी उपचार खानपान आदिमा देखिन आएको जटिलतालाईभत्ता तथा आप्mनै घरमा भएको धनले काम गर्दो रहे नछ । भरखरै जन्मेको एउटा बालक जस्लाई आमाको न्यानो माया ममताविना ऊ बाँच्न सक्दैन त्यसरी नै एउटा बृद्धलाई पनि सोही किसिमको माया ममता, स्याहारको आवश्यक्ता हुँदो रहेछ । त्यसोहुँदा सरकारले यस्ता असत्त, अपहेलित,जिर्ण, अवस्थाका प्रौढहरूलाई पूर्णरूपमा स्वास्थ उपचार सहितको आश्रम बनाएर सरकारले नै रेखदेख गर्नु पर्ने देखिन्छ । यसोगर्दा आश्रममा जाँदा आप्mनो वंशजको वेइज्जत ठान्ने प्रौढ यस्ता आश्रममा जान चताँहदैनन् भने  प्रौढका परिवारले पनि आप्mनो इज्जतले गर्दा पालन पोषणमा ध्यान दिन्छन् र अति असाहायहरूले मात्र यस्तो आश्रमको साहारा लिने गर्दछन् ।
अव संयुक्त राष्ट्रसंघ र विविध संस्थाहरूले घोषणा गरेका दिवसहरूले निश्चय नै यस सम्बन्धमा सन्देशको प्रवाह गर्दछन् । जागुरता ल्याउँ छ ।यसै सन्दर्भमा प्रौढहरूको कल्याणको लागि १९९१मा संयुक्त राष्ट्र संघले १ अक्टोबरलाई अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मानाउने घोषण ग¥यो । यस घोषणाले विश्वका देशहरूलाई एउटा दवावको सिर्जना ग¥यो । बृद्ध बृद्धाप्रति राज्यले सोच्न अलिक बाध्य बनायो । यसलाई अझै गतिशील बनाउनको लागि सन् १९९९लाई क्ष्लतभचलबतष्यलब िथभबच ायच तजभ यमिभच उभचकयल (अन्तराष्ट्रिय ज्येष्ठ नागरिक वर्ष) भनेर घोषण ग¥यो । यसबाट पनि ज्येष्ठ नागरिकप्रति सबैको ध्यान आकर्षण गरायो । हरेक वर्ष मनाइने यी वर्ष तथा दिवसले पनि बृद्धबृद्धालाई जुनरुपले राहत पुग्नु पर्ने हो त्यो पुग्न सकेको जस्तो लाग्दैन । यी सबै चिजहरू अनौपचारीकता निभाउने काम मात्र भएको देखिन्छ । यो वर्षको नारा " म्ष्नष्तबभित्रगबष्तिथ ायच बिि बनभक (सबै उमेर समुहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता) छ । यसै नाराअनुसार ज्येष्ठ नागरिक महासंघ लगायत देश भरिनै मनाउने कार्यक्रम रहेको छ । ज्येष्ठ नागरिक जिल्ला संघ नवलपरासी (ब.सु.पूर्व)ले पनि  जिल्ला भरिनै मनाउनको लागि सबै पालिका र गठन भएका नगर संघलाई पत्रचार गरिएको छ र जिल्ला संघका प्रतिनिधिहरु सहभागी भइ मनाउने तरखरमा छौं ।
यस्ता कार्यक्रम उपलब्धी पूर्ण हुनुको लागि आर्थिकको आवश्यक्ब्ता पर्दछ । खुला आकाशमुनी कार्यालय स्थापना गरि औपचारिक कार्यक्रम सञ्चालन गरिन्छ भने । ज्येष्ठ नागरिकलाई के नै राहत दिन सकिन्छ र ? जे होस् यसमा राष्ट्रले यस्ता स्थापना गरिएका संघ संस्थालाई कार्यक्रम र बजेट दिन सक्नुपर्छ र प्रभावकारी रूपमासञ्चालन गराउनु पर्छ । संगठित संस्थाहरूले पनि आप्mनो दायित्वलाई पुरा गराउन सम्बन्धितहरूसँग प्रभावकारी रूपमा अगाडी बढ्नु पर्छ ।
(लेखक ज्येष्ठ नागरिक जिल्ला संघ नवलपरासी (ब.सु.पूर्व)को अध्यक्ष हुनुहुन्छ) ।
सन्दर्भ समाग्री
ज्येष्ठ नागरिक मुलुकका निधि, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ नेपाल लेखक कृष्णहरी २०७७ चैत्र  
       ज्येष्ठ नागरिक दिवसको सन्दर्भमा एक झलक
सदानन्द जैसी .
 हाम्रो कानुनले ज्येष्ठ नागरिक भन्दा साठी वर्ष उमेर पूरा गरेको व्यक्तिलाई परिभाषित गरेको छ । ज्येष्ठ नागरिक भए पनि कुनै स्वस्थ अवस्थामा छन् भने६० वर्षको उमेरका ज्येष्ठ नागरिकले निश्चय नै सकृय जीवन बिताउन सक्छन् । गरिबी असहाय, अस्वस्थ अवस्थाले जव पुग्यो साठी हातमा लाठी भन्ने उखानले स्थान लिएको मानिसको जीवनयापन गर्न निकै कठिन हुन्छ । कतिपय नेपालका गरिबीले थिचिएका ज्येष्ठ नागरिकहरूको जीवनयापन गर्ने कुनै आधार, आयस्रोत वा सम्पत्ति छैन काम गरेर खाने शक्ति(क्षमता) छैन भने तिनीहरूको जीवनयापन निकै कष्टकर हुन्छ ।
  आजको समयमा एकातिर ज्येष्ठ नागरिकको आयु लम्ँिबँदै जानु र अर्कोतिर नेपाली युवाहरूको पेशा परिवर्तन भएर स्वदेश नभएर विदेशतिरको गमनले गर्दा घरमा ज्येष्ठ नागरिकलाई पालनपोषण तथा हेरचाह गर्ने परिवारको सदस्यको, अभाव खड्किएको अवस्थाले गर्दा ज्येष्ठ नागरिको समस्या अझे टडकारो रुपमा कष्टकर हुँदै गइरहेको छ ।
कतिपय ज्येष्ठ नागरिकको परिवारको सदस्य भए पनि निजले पालनपोषण नगरी अपहेलित वा उपेक्षित जीवनयापन गर्नुपरेको देखिन्छ भने पत्रपत्रिकाम आएका खवरहरूमा सम्पन्न परिवारका व्यक्तिहरूले पनि बाबुआमालाई राम्रो देखभालको सट्टा बृद्ध आश्राममा लगेर छाड्नु, बीच जङ्गलमा लगेर छाड्ने गरेका दुःखद खवरहरू पनि सुन्नमा आउँछन् । यस विषयमा समाजमा सबैले गहिरो रूपमा सोच्न पर्ने हुन आउँछ । यो युवा तथा ज्येष्ठ दुबै पिढीका लागि दुर्भाग्य हो किनकी हाम्रा सन्ततीले हामीले जे सिकाउँछौं त्यही सिक्छन् ।वर्तमान परिपेक्षमा हामीले हाम्रा बाबुआमालाई अपहेलित गछौं ।यो कुरालाई हाम्र सन्तीले गहिरो रूपमा अध्ययन गर्दछन् ।हाम्रो कर्मलाई बच्चा बच्चीको मष्तिष्कमा अमिट छाप बनेर बस्छ र हामीले गरेको कुकर्मलाई उनीहरूले पनि व्यवहारमा उतार्छन् ।
नेपालका ज्येष्ठ नागरिकका ऐतिहाँसिक पृष्ठ भूमिलाई केलाएर हेर्ने हो भने हाम्रो जीवन े कृषिमा आधारित थियो । घरका सबै परिवारहरू कृषि पेशामा नै आधारित थिए ।जागिरको खोजमिा  विदेश जाने क्रम कम थियो। जस्का छोरा उसको धन, जस्का भैंसी उसको वन भन्ने उखान चरितार्थ थियो । धेरै छोरा भएपछि कुनै एउटा छोरा बुहारीमा बाबु आमाप्रति आदरको भावना, दायित्व र कर्तव्यको बोधको कारणले ज्येष्ठ नागरिक आजको तुलनामा सम्मानित थिए तर पारिवारिक संरचनामा परिवर्तन आएको छ । त्यसले गर्दा सामाजिक संरचनामा पनि परिवर्तन आउनु स्वभाविक हुन आउँछ । गरिबीले सताएको परिवारमा भन्दा सम्पन्न परिवारमा पनि ज्येष्ठ नागरिक अपहेलित बन्दै गएका छन् ।यी सबै यथार्थतालाई केलाउँदै अपमानित रूपमा रहेका ज्येष्ठ नागरिकलाई कसरी उत्थान गर्न सकिन्छ भनि प्रा. डा. लीलादेवी के.सी.को सक्रृयतामा वि.सं. २०४८( सन् १९९१) मा प्रौढ कल्याण संघ नेपालको स्थापना भयो ।यस संस्थाले प्रौढहरूको कल्याणको लागि विभिन्न कामहरू ( प्रौढ समस्याको सर्भे,  उपचारका लागि औषधी आदि) गर्दै जग बसाउने काम ग¥यो । वि.संस २०५१ सालमा सरकारले प्रोढहरूलाई भत्ता दिने कामको थालनी ग¥यो । प्रौढहरूलाई भत्ता दिन थालेकोले प्रौढहरूले केही राहतको अनुभूति गर्ने काम त गरे तर प्रौढहरूको जटिल सम्स्यालाई यसले सम्बोधन गर्न भने सक्दो रहेनछ । धनले पूर्ण भए पनि एक्लिएका तथा अपहेलित बृद्धहरूको शारिरिक अशत्ततालाई सहजता ल्याउन भने सक्दो रहेनछ । थलै गुहु थलै मूत्र भमएका असक्त प्रौढहरूको स्याहार सम्हारको साथै औषधी उपचार खानपान आदिमा देखिन आएको जटिलतालाईभत्ता तथा आप्mनै घरमा भएको धनले काम गर्दो रहे नछ । भरखरै जन्मेको एउटा बालक जस्लाई आमाको न्यानो माया ममताविना ऊ बाँच्न सक्दैन त्यसरी नै एउटा बृद्धलाई पनि सोही किसिमको माया ममता, स्याहारको आवश्यक्ता हुँदो रहेछ । त्यसोहुँदा सरकारले यस्ता असत्त, अपहेलित,जिर्ण, अवस्थाका प्रौढहरूलाई पूर्णरूपमा स्वास्थ उपचार सहितको आश्रम बनाएर सरकारले नै रेखदेख गर्नु पर्ने देखिन्छ । यसोगर्दा आश्रममा जाँदा आप्mनो वंशजको वेइज्जत ठान्ने प्रौढ यस्ता आश्रममा जान चताँहदैनन् भने  प्रौढका परिवारले पनि आप्mनो इज्जतले गर्दा पालन पोषणमा ध्यान दिन्छन् र अति असाहायहरूले मात्र यस्तो आश्रमको साहारा लिने गर्दछन् ।
अव संयुक्त राष्ट्रसंघ र विविध संस्थाहरूले घोषणा गरेका दिवसहरूले निश्चय नै यस सम्बन्धमा सन्देशको प्रवाह गर्दछन् । जागुरता ल्याउँ छ ।यसै सन्दर्भमा प्रौढहरूको कल्याणको लागि १९९१मा संयुक्त राष्ट्र संघले १ अक्टोबरलाई अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मानाउने घोषण ग¥यो । यस घोषणाले विश्वका देशहरूलाई एउटा दवावको सिर्जना ग¥यो । बृद्ध बृद्धाप्रति राज्यले सोच्न अलिक बाध्य बनायो । यसलाई अझै गतिशील बनाउनको लागि सन् १९९९लाई क्ष्लतभचलबतष्यलब िथभबच ायच तजभ यमिभच उभचकयल (अन्तराष्ट्रिय ज्येष्ठ नागरिक वर्ष) भनेर घोषण ग¥यो । यसबाट पनि ज्येष्ठ नागरिकप्रति सबैको ध्यान आकर्षण गरायो । हरेक वर्ष मनाइने यी वर्ष तथा दिवसले पनि बृद्धबृद्धालाई जुनरुपले राहत पुग्नु पर्ने हो त्यो पुग्न सकेको जस्तो लाग्दैन । यी सबै चिजहरू अनौपचारीकता निभाउने काम मात्र भएको देखिन्छ । यो वर्षको नारा " म्ष्नष्तबभित्रगबष्तिथ ायच बिि बनभक (सबै उमेर समुहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता) छ । यसै नाराअनुसार ज्येष्ठ नागरिक महासंघ लगायत देश भरिनै मनाउने कार्यक्रम रहेको छ । ज्येष्ठ नागरिक जिल्ला संघ नवलपरासी (ब.सु.पूर्व)ले पनि  जिल्ला भरिनै मनाउनको लागि सबै पालिका र गठन भएका नगर संघलाई पत्रचार गरिएको छ र जिल्ला संघका प्रतिनिधिहरु सहभागी भइ मनाउने तरखरमा छौं ।
यस्ता कार्यक्रम उपलब्धी पूर्ण हुनुको लागि आर्थिकको आवश्यक्ब्ता पर्दछ । खुला आकाशमुनी कार्यालय स्थापना गरि औपचारिक कार्यक्रम सञ्चालन गरिन्छ भने । ज्येष्ठ नागरिकलाई के नै राहत दिन सकिन्छ र ? जे होस् यसमा राष्ट्रले यस्ता स्थापना गरिएका संघ संस्थालाई कार्यक्रम र बजेट दिन सक्नुपर्छ र प्रभावकारी रूपमासञ्चालन गराउनु पर्छ । संगठित संस्थाहरूले पनि आप्mनो दायित्वलाई पुरा गराउन सम्बन्धितहरूसँग प्रभावकारी रूपमा अगाडी बढ्नु पर्छ ।
(लेखक ज्येष्ठ नागरिक जिल्ला संघ नवलपरासी (ब.सु.पूर्व)को अध्यक्ष हुनुहुन्छ) ।
सन्दर्भ समाग्री
ज्येष्ठ नागरिक मुलुकका निधि, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ नेपाल लेखक कृष्णहरी २०७७ चैत्र  
       
 

October 22, 2021

स्वर्गको यात्रा महाकाव्यको सर्ग – चार)

यातनाको भोगी यमपुर पुगी 
टुलुटुलु  हेर्छ सारा तन दुखी
सब दुःख कष्ट यात्रालाई जोखी
गरुडले पुन गरे यातनाको खोजी

विष्णुले गरुडलाई भनेको यो सारा 
त्यसैको बर्णन हो यो समीक्षक पारा
एक एक सुधापान गर्दै गर्दै जाउँ 
पुण्यदायी स्वर्गर्को दर्शन गर्न पाउँ
गरुडका सबै भावनालाई सुनी
विष्णुजी बोल्नुहुन्छ सबकुरा गुनी

पाउँछ प्रेतले पापको यातना
सम्पूर्ण तथ्य कथ्यको साधना

आदिदेखि अन्त्यसम्म सबै कुरा भन्छु
भावपूर्ण श्रवण हुन्छ भन्ने पनि ठान्छु

यम मार्ग हेर भयङ्कर हुन्छ 
सुन्दा पनि देह कम्पनले छुन्छ
सुन सुन गरुड विनताका पुत्र
नरकधामका कुरा छन् विचित्र

बहुभीतिपुर अघि धर्मराजको पुर
चवालीस योजनमा छ  यो प्रचुर
यति ठूलो नगर जब प्रेत देख्छ
ठूलो क्रन्दन, उसमा निस्किन्छ 

अति ठूलो क्रन्दन निस्किन्छ त्यहाँ 
सुन्दछन् यमगण मौजुद् छन् जहाँ
जान्छन् यमगण ती प्रतिहार साथ
बताउँछन् पापीका कुरा दिन रात 

धर्मराज द्वारमा धर्मध्वज द्वारपाल
शुभ अशुभ कर्म छुट्याउँछ वालवाल
धर्मध्वज जान्छन् चित्रगुप्त साथमा
पापको विवरण लिई आफ्नो हातमा

पुनः चित्रगुप्त जान्छन् धर्मराजको साथमा 
प्रेत–कृते बही खाता छ उनको हातमा

चित्रगुप्त दिन्छन् सर्ब सत्य तथ्य
धर्मराज सुन्छन् सर्ब सत्य कथ्य
सबै सत्य तथ्य धर्मराजले जान्छन्
 चित्रगुप्त सँग प्रमाण पो माग्छन्

सर्बज्ञ चित्रगुप्त श्रवणसँग जान्छन्  
श्रवणले तथ्याङ्क उचित नै ठान्छन्

श्रवण हुन् ती ब्राह्मण पुत्र
तथ्याङ्क हुन्छ अति विचित्र
तीनलोक ज्ञान उनमा सचित्र
सजग रहने उनका ती नेत्र
श्रवणी पनि छन् अति तीब्र ज्ञानी
बस्छिन् उनी पनि स्त्री तत्त्व जानी
 
नरनारी सबले जे जे कर्म गर्छन् 
श्रवण श्रवणी सबै तत्त्व धर्छन् 
प्रष्ट छन् उनका सब बही खाता
पति पत्नी छन् तीन लोक ज्ञाता

लुकाउने शक्ति कसैमा हुँदैन 
गरिने पापजति कहीं धोइदैन
धर्मराजका यी गुप्तचर कहिन्छन् 
नर–कृत्य–कर्म यिनमा जनिन्छन् 

यहाँ छैन केही लुकाएर लुक्ने 
यहाँ छैनन् कोही झुकाएर झुक्ने

मानसिक कायिक बाचिक कर्म 
सत्य तथ्य एकएक राखिन्छ धर्म
दुबै जान दिन्छन् सर्ब कर्म सन्देश
चित्र गुप्त लिन्छन् अनि दिन्छन् आदेश

श्रवण श्रवणी हुन् सत्यवादी 
मनु र देवका हुन् अधिकारी
सर्ब कृत कर्म क्षमता छ जान्ने 
धर्मराज पनि यिनलाई मान्ने

दान ब्रत अनि सत्य कर्म  
जो गर्छ त्यसको बुझ्ने मर्म
स्वर्ग मुक्तिका यी फलदाइ 
बस्छन् धर्मराजलाई बताइ

हामी त सोचौंला कोही छैन देख्ने
धर्मराज कहाँ छन् सबै कर्म लेख्ने
छन् सूर्य दिनमा सर्ब कर्म देख्ने 
रविकर पुग्छन् सर्ब कर्म सेक्ने

रजनी कि साँक्षी ती चन्द्रमा दिन्छिन् 
शीतलता छर्दै सब तथ्य लिन्छिन् 

भित्र र वाह्यमा बायुको सञ्चार 
जीव जैव कर्म सबको आधार
वायुले जान्छ हाम्रो सारा सार 
लुक्दैनन् केही कर्मका प्रकार

अग्नि पनि हुन्छन् हेर थरी थरी
छोडिदिन्छन् यिन्ले सब भष्मपारी
यी अवस्थित छन् दिलभित्र बाहिर
जलन प्रदानमा यिनी छन् माइर 

आकाश, भूमि अनि जल थल
प्रकृति चलेको यिनकै हो बल
दिन रात अनि साँझ सबेर 
जीव कर्म जान्न हुन्न अवेर

सबभन्दा ठूलो मानवता–धर्म
दिलले नै भन्छ नगर अधर्म

धर्मराज चित्र गुप्त श्रवण अनि सूर्य
पाप धर्म जान्नमा विशाल छन् विर्य 

सत्य तथ्य सर्ब क्रम सबैलाई जानी
प्रेतरूपी जीवलाई बोलाउँछन् तानी

भीम काया शरीरलाई प्रदर्शित गर्दै
भैंसीमाथि सवार छ हातमा दण्ड भर्दै

प्रलयकारी मेघसरि मुखमा ध्वनि भर्दै
प्रेतरूपी ती मनुवाको अघिल्तिर सर्दै

बत्तीसवटा भूजा तीनओजनी तन
गोलगोल आँखा देख्दै डर्दछन् जनजन
हतियारले सुसज्जित देख्दै डर्ने मन
सोध्छन् तिन्ले प्रेतलाई के के गरिस् भन

चित्रगुप्तसँग लिप्त मृत्युरूपी जरो
भयंकार तनदेखि बढ्न जाने खरो
यमजस्तै यमदूत गर्जन छ दह्रो 
गरिएका सर्बक्रम भन्न पनि प¥यो

काप्न थाल्छ प्रेत यहाँ
भयंकर काया जहाँ
आफ्नो भन्ने  कोही छैन
विलाप गर्दै बस्छ त्यहाँ

यतिवेला त्यहाँ चित्रगुप्त बोल्छन् 
पाप कर्म सबै तिनीले नै खोल्छन् 
अनि तथानाम गाली प्रेतलाई गर्दै
आफ्ना भाव पनि त्यहाँ तिन्ले रोल्छन् 

पापीका नामहरू हेर थरी थरी 
पाप किन गर्छौ सोध्छन् घरी घरी
तिमी पापी दुराचारी भयौ अहंकारी
बन्न गयौ तिमी हेर अति व्यभिचारी

तिमी आफै हेर दुःखका हौ कारण
छोडेका छौ तिमीले सबै आचरण
लोभ क्रोध सङ्गति जनित कर्म 
ठान्यौ तिम्ले यी अति साधरण

यिनै सब पापा कर्म 
बनेका छन् यी अधर्म
जीवित छँदा गरेका
बुझेनौ तो उल्टो मर्म

त्यसो हुँदा यातना भोग 
तिमीबाटै जनित रोग 
मेटाएर कहाँ त्यो मेट्छ  
अब गर्न हुन्न तिमीले शोक

भाग्न हुन्न कोही कतै 
भोग्नु पर्छ आत्म सातै
पापका हौ कर्ता आँफै 
म त भन्छु साथ साथै

यमधर्म भन्छ सबै समान
हुन्न कोही यहाँ अपमान
कारक तत्त्व आँफै नै हो 
हुन्न यहाँ दया क्षमा दान

यी सर्ब क्रम धर्मराज हेर्छन् 
पापी कर्मलाई मार्जन गर्छन्
हुन जान्छन् पाप प्रमाणित 
दण्ड दिने आज्ञा त्यहाँ धर्छन्

हुन जान्छ दण्ड निर्धारित 
बन्न जान्छ प्रेत भयभित
घोर नरकमा प्रेत जान्छ 
पाउँछ दण्ड छैन सीमित 

प्रचण्ड र चण्ड यमदूत दुई
फाल्छन् पासो प्रेत बस्छ रोइ 
तानी पापीलाई नरकमा लान्छन्
प्रेत तन भिज्छ आँसुले नै धोई

नरकमा जाँदा जल्दो वृक्ष देख्छ
पाँच ओजन फैलिएको पाउँछ
अग्लाई  हेर्दा एक ओजन रैछ
प्रेतलाई रुखको फेदमा लइन्छ 

प्रेतलाई, साङ्लाले बाँधी,
रुखमा लगी उल्टोपारी 
झुण्ड्याइनु र दूतद्वारा पिट्नु
यहाँ प्रेत  जलिरहन्छ ,
अति विलाप गरिरहन्छ
यहाँ उसका कोही  छैनन् रक्षक्
ऊ रोही रहन्छ 
शाल्मली रुखमा झुण्डिरहन्छ

मौका पाए अञ्जलि बाँध्छ
यमदूतसँग माफी माग्छ
सरलताको मार्ग  ताक्छ
यमदूतमा पर्दैन प्रभाव
यमदूतले प्रेतलाई दाग्छ

भएभरका अस्त्रशस्त्र
पिट्दा पर्छ प्रेत त्रस्त
प्रेत  ढल्छ भइ मूक्र्षित 
 पिट्छन् तिन्ले  नभै किञ्चित 
पिट्दै भन्छन् प्रेतलाई 
दूराचार गरेऊ हाइ
प्रेत सुन्छ चुप्प बस्छ
 
मानिसले सारा बस्तु आफ्नु मात्रै ठान्छ
आधागास अन्न दिन अति गाह्रो मान्छ
सारा वैभव मानिसले जानेको छ लिन   
कठीन मान्छ एक गास काक बलि दिन

मन जान्न मानिसमा गर्नलाई दान
अति धेरै लोभमोह आफै खोज्छ मान

अतिथि नै देवता हुन्, सेवा सत्कार छैन
पितृलाई दिने पिण्ड, तर्पण पनि भैन
गर्न पथ्र्यो समयमै यम भक्ति ध्यान
समय नै टर्न गयो भैन कुनै ज्ञान 

तीर्थ ब्रत देवपूजा गर्नु पथ्र्यो पहिले
प्राथमिकता यी कर्मले पाएनन् कहिले
खान पहिला पञ्चवली दिने कर्म भैन
मोक्षप्राप्ति खोजेर कहाँ मिल्छ अहिले

संतमहन्तको सेवा पनि पहिले गर्नु थियो 
पुण्यकर्मादिले जीवनमा खाली स्थान लियो

धर्म हीन कर्म हीन भक्ति–भाव हीन
दण्ड भोग्न कर्म बाँकी कर्तव्यमा दीन 

क्षमा दिने अधिकारी हामी दूत हैनौं
यमआज्ञा शिरोधार्य विमुखी त छैनौ
क्षमादान दिन सक्ने उनै एक हरि
हरि आज्ञा शिरोधार्य गर्छौ अघि सरी

यति बाक्य भन्दै दूत प्रेत पिट्न थाल्छ
पिटाइको रापले गर्दा प्रेत देह  गाल्छ 
कालो तन बन्दै जान्छ प्रेत ढल्न थाल्छ
शाल्मली पातले काट्दा रक्त बग्न थाल्छ

कुकुरले टोक्न थाल्छन् प्रेत रुन थाल्छ
असह्य त्यो पीडाले आँसु बग्न थाल्छ
प्रेत रुँदै जान्छ यमदूतले हान्दै जान्छ
मुखभरी धूलो कोची अंकुशीले तान्छ

मुङ्ग्रो लिइ पापीलाई पिटाइ पनि गर्दै जाने 
आरा लिइ प्रेतलाई शरीर चिरा पार्दै जाने
पे्रतलाई यमदूतले बञ्चराले काट्दै जाने  आधागाडी प्रेतको शिरमा वाँण हान्दै जाने 

 उखु पेलेसरि प्रेतलाई पेल्न थाल्छन्
माझमा राखी चारैतिर अग्नि बाल्छन्

फलाम तताएर रातो रातो पारे सरि
प्रेतलाई तताएर रातो रातो तन पारी
उम्लदो तेलमा प्रेतलाई तार्न थाल्छन् 
घिउ–कराहीमा प्रेत राखी आगा े बाल्छन्े 

कसैलाई हात्ती मुखमा फालिदिने
झुण्ड्याएर उँधोमुख नै पारिदिने 
कसैलाई पर्वतबाट खसाइदिने
कसैलाई कुण्डभित्र डुवाइ दिने

कसैलाई कौवा गिद्धले ठुङ्छन्
ऋण खाई मरेकालाई साहु धन माग्छन् 
तनको मासु काटी काटी भुक्तानी लिन्छन् 

यस्ता धेरै पीडा दिदै
घोर नरकमा फाल्दै
तम्रसीजस्ता घोर नरक 
टाढा हैन त्यहीपरक 

नरक संख्या गन्दा खेरी 
चौरासी लाख भन्छन् फेरी 
यिनमा २१ नरकहरू 
सक्षम छन् ओगट्न अरू
 
सबै नरकको क्षेत्रलाई  
समेट्ने यिनले पूर्णतालाई   
यी अनेक भेदमा परिकल्पित छन्   
यमका दूतमा अधिष्ठित छन्
यहाँ
अनेक पापाको फल मिल्छन्
दण्डमा पनि यहाँ पूर्णता दिन्छन्  

एक्काइस नर्कका नामहरू
तामिस्र, लोहशंकु, महारौरव, शाल्मली, 
रौरव,कुड्मल,कालसूत्रक,, पूतिमृत्तिका,
संघात, लोहीतोद, सविष, संप्रतापन, महानिरय, काकोल, संजीवन, महापथ, अवीचि, अन्धेतामिस्र, कुम्भीपाक, सम्प्रतापन र तपन, २१ नरककानाम हुन् 

। ेयी नर्कमा रौरवले प्रधान स्थान लिन्छ दुईहजार योजनमा पैmलावट दिन्छ
 झुटो गवाही झुटोबोली बोल्नेहरूलाई यो नर्कले स्वगत लौ गर्छ तिनलाई 

यहाँ पनि भेटिन्छ जाँगभरीको खाल्टो
दहनको लागि यस्ले बाल्छ अगुल्टो
हेर्दा खेरी भरीभराऊ तप्त अंगारले 
यै अग्निमा पापीलाई हाल्छन् यमदूतले 

त्यतिमात्र कहाँ हो र भूमि तप्त हुन्छ
तप्त भूमि पापीलाई असह्य नै हुन्छ
जल्दो अग्नि संतप्त यता उती भाग्छ 
पैतलामा यो अग्नीले साह्रै साह्रै दाग्छ 

हजार योजन पारगरी जब उस्ले सक्छ
यस्तै अर्र्को नरकलगी पाप शुद्धि हुन्छ
यी सबै नरककुण्ड जस्मा पापी खस्छन ्कल्पकल्प कर्मानुकुल दण्ड पनि भोग्छन् 

तामिस्र,अन्धताम्रिस र रौरवादि नरक सँगकृत र कर्मपरक नरनारीे  भोग्छन्
केवल आफ्नो पेट भर्ने जस्ले कर्म गर्छ त्यस्ताले यी नै नरर्क सहजमा भोग्छ  

महारौरव फैलिएको पाँचहजार योजन
तावाँसमान वर्ण अनि भित्र अग्नि जलन
बिद्युत्तीय प्रभा अनि कान्तीपूर्ण चम्कन
भयंकर रूप देख्दा पापी हुन्छ कम्पन

यस्मा दिने दण्डहरू देखिन्छन् है फरक जस्ताजस्ता पाप छन् त्यस्तै त्यस्तै नरक
यमदूतले पापीका  यहाँ हात खुट्टा बाँध्छन्
बाँधिएको त्यो पापीलाई तलतिर भार्छनर्् 

जब बाँधिएको पापी तलतिर झार्र्दै जान्छन् 
कौआ,बिच्छीे अदिले त्यस्को मासु तान्छन्
यति मात्र कहाँ हो र मच्छर उल्लू स्याल
त्यसको मासु खान काड्छन् तिन्ले ¥याल

कडा छ अग्नि दहन 
पशुपंक्षीको आक्रमण
बन्न जान्छ बुद्धि भ्रष्ट
भोक्छ असह्य अति कष्ट 

नरकलोक भोग्दै जाँदा  
हजारौं वर्र्ष व्यतित हुँदा 
कृत पापको समाप्तिमा  
पर्न आउँ छ मुक्ति भागमा

प्राणी साथ द्रोह गर्ने आफ्नो मात्रै भरणपोषण
जो गर्दछ यो संसारमा बन्धुबान्धवको शोषण
पापजान्छ साथसाथै जब हुन्छ मृत्युवरण
तमपूर्ण नरक भोग्छ त्यस्ले पाउँँदैन शरण

महारौरव नरक समान छ नि 'अतिशीत'
शीतबाट काप्छ पापी छैन त्यहाँ हीत 
यमदूत आउँछ त्यसलाई त्यहाँ बाध्छ
हिमवायु बग्छ त्यहाँ तनहड्डी तोड्छ 

अन्धतामिस्र नरक त्यो व्याक्लिे भोग्छ कुटुम्ममा भेदभाव यस लोकमा गर्छ  
कृत्यकर्म नरक भोगी जब शुद्ध बन्छ
त्यही पापी मत्र्यलोकमा पुन जन्म लिन्छ

असंख्य पाप कर्म जस्ले यहाँ गर्छ 
अतिशीत नरकपछि 'निकृन्तन'–सर्छ
अनवरतचक्रसरि चक्र त्यहाँ चल्छ
यसचक्र माथि पापी खडा हुनु पर्छ

कालसूत्र सहित यमदूत आई 
चक्रमा पापीलाई खडा गराई
पददेखि शिरसम्म हुन्छ छेदाई
तब पनि पापी मर्दैन हाई
 
हड्डी यहाँ  टुक्रा टुक्र हुन्छन् 
पुन आई ती आफै जोडन्छन् 
हजारौं वर्ष यो कर्म चल्छ 
सबिै पाप सकिदाँमा अनि मुक्ति मिल्छ 

'अप्रतिष्ठ' अर्र्काे  नर्क
यस नर्कमा पर्ने पापी दुख धेरै भोक्छ
 यहाँ पनि चक्र चल्छ 
जो पापी यसमा बाँधिन्छ 
हजारौं वर्ष पापी घुमि रहन्छ 

रगत छादन घुम्दा हुन्छ
छाद्दा छाद्दै आँत निस्कन्छ
आँखा पनि भित्र गाडिन्छ 
महा कष्ट प्रेत भोग्छ 

'असिपत्र वन'अर्को नर्क 
एकहजार योजनमा फैलिएको 
सम्पूर्ण भूमि अग्निले व्याप्त
२४सै घण्टा बलिरहने
यो भयङ्कर नर्क
सात सूर्यका सहस्र सहस्र किरणले 
यसलाई तपाई रहने 
यसमा पर्ने पापी पनि 
जलिनै रहने 

यस नर्कको मध्यमा 
'शीतस्निग्धपत्र' वन 
फल र पातले पूर्ण
यहाँ ठूलाठूला मुख, 
तीखा तीखा दाह्रा भएका 
कुकुरको विचरण,

पापीले देख्छ 
त्यहाँ शीलता र छाँयाँ
फलको प्रचुरता, 
भोक र प्यासबाट व्याकुल पापी 
अगि बढ्छ ।

जल्दो अग्नि कठिन यात्रा
खुट्टा जल्दै जाने अवस्था
त्यो शीतलत वायुको बगाई
यहाँ पनि पापीलाई सुख्ख मिल्दैन

हावाको बगाई
 पातको झराई
तरवारको धार
पापीमा पर्छ काट मार

यस्तो कष्टकर अवस्थामा 
पापी छिन्नभिन्न हुन्छ 
ती कुकुुरको टोकाई 
अनि मासु खुवाई 
नरक अति कष्ट दायी  

अर्को 'तप्तकुम्भ' नामक 
महाभयानक नर्क 
अत्यान्त गरम गरम घडा
उम्लँदो तेल र लौहचूणले भरिएका  
चारैतिर फैलिएका 
अग्नि प्रज्ज्वलित 

पापी लगिन्छ 
उधो मुन्टो पारिन्छ 
पापीलाई हालिन्छ

पापीका खोपडी,, आँखा र हाडहरू
छेडेर नष्ट कष्ट दिइन्छ
गिद्ध वेगमार्दै आएँछन्
आफ्नो चुचोले समाउँछने्
पुनः त्यसैमा छाड्छन्  
के मानवले जीवित छँदै 
यस्ता कष्टदाई कदम कदमहरू
भोग गरेको छैन र ?
यी विविध कष्टदाई पुरहरू्
जीवनमा आइ पर्ने अडचनहरू
कष्टमा पर्ने ती सडित गलित 
ती थुप्रै थुप्रै यातनाका क्षणहरू
मानिसले भोग गरेको छैन र  ?

, मैले त जीवत छँदै
ठूला ठ्रूला यमराजका दूत देखेको छु
स्वयम शक्तिलाई  चैन दिने 
कमजोडलाई ऐन दिने 
यही लोकमै डर लाग्दा 
यमराज देखेको छु 

मृत्युपछिका यी पुरहरू
यही लोकमा मानवले 
कष्टदायी असिमित पुरहरू
जीवितमै खस्न परेका 
असिमित वैतरणी नदीहरू
अदृश्य मनमा भतभती खौली रहेका 
अन्तरमनका वेदनाहरू
 के उम्लदो तेलको वाहनमा  
हालिएको पापीको पीडा भन्दा 
विभिन्न पु्रमा यम दूतले दिने दण्ड 
मानवले जीवित अवस्थामा नै 
्भोग गरेको छैन र ?

धेरै प्रश्न आफैमा उदाउँछन् 
मनबाटै आफैमा अस्ताउँछन् ।
जीवित छँदै मानिसले सुकर्मको भोग
कसोगरी आनन्दको उपयोग
जिउँदै स्वर्गको अनुभूति
मरेपछि पाइने मुक्ति आदि आदि 
मानिसमा हुनु स्वभाविक हुन्छ

हामिले मानिदै आएको 
गरुडपुराणको मार्ग दर्शन
जहाँ गरुडले 
विष्णु भगवानमा आग्रह गर्छन्–

कस्ता कर्म गर्दा प्रेत नर्क जानु पर्छ
ती पापको सारा वर्णन अब सुन्नु पर्छ
नरकजानै पर्र्नेे पाप हुन्छन् कस्ता  कस्ता  
् विवरण सुननम् प्रभु आतुर छु मता 

स्वर्गको यात्रा (महाकाव्यको) सर्ग – पाँच


( गरुडपुराण चौथो अध्याय भावसार) 
विष्णु गरुड सम्वाद राम्रैसँग चलेको छ 
गरुडमा विष्णुप्रभा प्रज्ज्वलितभै बलेको छ
विन्ति राख्छन् पंक्षीराज विष्णुक–चरणमा 
नरकभोग्य महापाप कुन पापीमा ढलेको छ

कुन पापले पापीलाई नरकलोक डाक्छ 
यममार्ग अवलम्वन् कुन पापीले ढाक्छ
वैतरणीमा खस्नै पर्ने नरकमा बस्नै पर्ने
यस्ता पाप जानु प्रभू मदूतले डस्नै पर्ने

विष्णु बन्छन् प्रज्ज्वलित गरुडको बिन्ति सुनी
पापकर्महरू विभाजित छन् मनमा गुनी गुनी
गरुडको तीब्र इच्छा नरक ज्ञान सबै जान्नि
जो व्यक्तिले  मनन् गर्छ त्यस्को पनि मुक्ति हुनी

कुकर्ममा लाग्ने व्यक्ति पाप कर्म गर्छ
शुभ कर्म छाड्दै जाँदा नरकमा पर्छ
पाप कर्म गर्दै गर्दै अघि बढ्दै जान्छ
कारवाहीमा पर्दा हेर नरक नै धर्छ  

नरक दुःख भोग्ने कुरा जस्ले बुझ्न छाड्छ
अहम् भाव, सर्बेसर्वा जस्ले आँफै ठान्छ
त्यस्ता व्यक्ति क्रमैसँग नरकलाई भोग्छन् 
नरकयात्रा जान्दाजान्दै कुकर्म त गर्छन्

जीवनका पथ यात्रा चारै दिसा खुलेका छन्  
मानवको काया कर्म अकैतिर डुलेका छन् 
जे कर्म गर्नु थियो त्यो त्यो कर्म भुल्दै जाँदा
रङ्गीचङ्गी संसारमा मानिस झुलेका छन्

धर्मराजपुर हेर्दा चार ढोकाले बनेका छन्
पापकर्म गर्नेलाई दक्षिण ढोका तोकेका छन् 
धर्मकर्म गर्नेलाई त तीनै ढोका खुलेका छन् 
संसारमा रम्दा मानिस धर्मकर्म भुलेका छन्
पापीलाई धर्मपुरमा एक ढोका सबल छ
वैतरणीनदी पनि यही दिशामा प्रवल छ
यस मार्गबाट चल्ने जे जति पापिष्ट छन्
एकएक पाप गन्न पाउँछ यही कुरा अबल छ
 
तप्तकुम्भ नरक
 ब्राह्मण हत्याकर्ता, 
गूरुआमा गमनकर्ता  
अनि झुटा भाषणकर्ता 
'तप्तकुम्भ' नर्क जान्छ

उम्लदो त्यो पानीमा
जव प्रेत डुब्न पुग्छ 
जल डहन मस्तै हुन्छ 
यस्तो डहन जीवनमा 
कसो गरी चिसो हुन्छ 

जो कोहीलाई हत्त्या गर्नु
सहजमा त्यो पापमा पर्नु
अनिष्ट ती कर्महरू गर्दा
सहज हुन्छ त्यो नर्क धर्नु 

अविवेकी पारा समाई 
गमनरूपी कर्म कमाई
जो कोहीमा गमन कर्ता
नरक पर्छ हुन्न रमाई

सत्य बोल्नु प्रिय बोल्नु
सहृदयीमा आत्मा खोल्नु 
सुकर्म छाडी झुटा बोल्दा
हुन्छ पानीमा बालुवा घोल्नु

यस्ता कर्म कर्ता सबै 
तप्तकुम्भ नर्क जान्छन् 
उम्लेका ती जलासय 
 भकभकी पकाउँछन्

्तप्तलौह नरक गमन कर्ता 
तप्तलौह नरक सुन्दै डर लाग्ने  
अग्निले तातिएको डहननै जाग्ने
यस्तो नरक गामी त्यस्ता मानिस हुन्छन् 
जस्कोे नाम सुन्दा मन शूर भाग्ने 
  
जन जन मातिन्छन् सुरा पान गर्दा
कुकर्म नै गर्छन् अहम्ताले भर्दा
सुराले बनाउँछ आचरणहीन 
धनजति खर्च भै हुन जान्छ दीन
त्यसो हुँदा 
सुरापान गर्नु हुन्न साथै सुरा विक्री  
सुरापान गर्ने हिड्छन् हेर निसफिक्री
यसबाट सिर्जित कर्म हुन जान्छ गल्ती
त्यस्ताको त सधै हेर रित्तिन्छ है खल्ती

स्वामीभक्त सेवकलाई जस्ले हेर त्याग्छ  
सङ्कटदायी जीवनमा श्रममात्रै माग्छ
विवेक हीन स्वामी भए पछि के नै गर्ने
त्यस्तो कर्म गर्नेवाला नरकमा पर्र्र्ने 
'
 महाज्वाल नरक गमन कर्ता 

छोरी अनि बुहारीमा जस्ले गमन गर्छ
वेदलाई पनि जस्ले बेच–विखनमा पर्छ
त्यती मात्र नभएर वेद निन्दिकर्ता 
'महाज्वाल' नरक बास सहजमा धर्छ 

े शबल नर्क धारण कर्ता
गुरुलाई अपमान साथै कटुवाणी धर्र्ता
अगम्य स्त्री माथि गम्य क्रीडा कर्ता
यस्ता व्यक्ति सहजै 'शबल' नर्क धर्छन्
विविध खाले पापकर्ता विविध नर्क पर्छन् 

'विमोहन' नर्क धारण कर्ता
जो कोही वीरहरू शौर्य–प्रदर्शनमा 
 हुन जान्छन् वीरता–सहभागीतामा 
यहाँ पनि मर्यादाको ख्याल गर्नु पर्छ 
मर्यदा त्यागो भने 'विमोहन' नर्क झर्छ
कृमिभक्ष' नरक धारण कर्ता
मानिस भै जन्मे पछि  शुभ कर्म गर्ने
अर्काको सफलता, आफ्नै जस्तो ठान्ने 
कर्तव्य हो मानिसको अनिष्टलाई त्याग्ने 
'कृमिभक्ष' नरक जान्छ अनिष्टमा लाग्ने

कृमिहरूसलबलाउँछन् अनि टोक्न थाल्छन् 
तनलाई कष्ट दिंदै सारा शरिर गाल्छन् 
जीवन छँदै मानवले मनन्चिन्तन गरोस्
शुभ मार्ग शुभ कर्म सहज भै धरोस्

लालाभक्ष 'नरक धारण कर्ता
मानिस भै जीवनमा दोष मुक्त हुनु
रिसराग द्वैष्य आदि मनको नै धुनु
आदि त्यागी देवता र ब्राह्मणको रोष
'लालाभक्ष 'नरक जान्छ राख्नु हुन्न द्वेष    

गौ भनेकी लक्ष्मी हुन् जस्ले तिन्लाई हत्या गर्छ 
गौमाताको हत्यारालाई नरक जानै पर्छ
बालक र स्त्रीलाई हत्या गर्न बर्जित छ 
बर्जित कर्म गर्नेले त नरक लोक धर्छ

गर्भ पात गर्नु हुन्न
गोप्य पाप गर्नु हुन्न
गुरु र ब्राह्मण धन
लुटपाट गर्नु हुन्न

स्त्री बालक द्रव्यहारी 
जस्ले गर्छ दुराचारी
जो बोक्छ ऋणभारी
त्यही बन्छ नरक धारी

धरोहरलाई अपहरण गर्ने
विश्वासघातमा अघि सर्ने
कसैलाई विषखुवाई मार्ने 
त्यही पापी हो नरक पर्ने

दोष दिन हुन्न दोष लिन हुन्न
यी दुबै छैनन् पाप देखि भिन्न
गुणको प्रशंसा त्यहाँ हुनुपर्छ
डाहा गर्नाले आत्मलाई धुन्न
नीचको सङ्ग कहिल्यै नगर्नु
नीचता नै हो नीचकर्म धर्नु 
मूढको सङ्गत पनि गर्न हुन्न
मूढबुद्धितिर हुन जान्छ सर्नु 

तसर्थ सज्जन सत्कर्म र गुरु
निन्दा कसैको गर्न हुन्न सुरु
संसारिक जीवको गर्दा निन्दा
नर्कमा परिन्छ हेर सुरु सुरु

देवताहरूको पनि निन्दा गर्दा 
वेदान्त आदिको निन्दा गर्न सर्दा
पुराण वेद मिमांस र न्याय निन्दा
गइन्छ नर्क सबै जानी राख मर्दा

प्रदूषित कर्म गर्नु हुन्न यहाँ 
सत्य सुकर्म छोड्नु हुन्न त्यहाँ
 दिन हुन्न दुःख कष्ट कसैलाई
 भइन्छ नरकभोगी गरिन्छ जहाँ

अरुलाई दुख दिंदै सुख खोज्छ जस्ले
सदादूषित चित्तवृति अपनाउँछ उस्ले
दुर्बचन गर्दै हिड्नेहरू सबै
स्वर्ग मार्ग त्यस्ले पाउन्दैन कवै


हितकरवाक्य छोडी शास्त्रबचन तोडी
अल्पज्ञान अवलम्बन् असमभाव जोडी
मूर्ख भन्दा महामूर्ख अहम् भाव भर्ने
त्यस्ता व्यक्ति नर्क जान्छन् सबै मार्ग छोडी

माता पिता सबैका ईश्वर हुन मान
आचार्य र गुरु पनि आदरणीय ठान
यी सबैको निन्दा गर्ने जो कोही हुन्छ
वैतरणीमा खस्न जान्छ सबैले जान

पतिब्रता सच्चरित्र जन्म उत्तम कुल 
विनय र सुमार्गमा गर्दैनन् ती भूल
यस्ता नारी माथि हिंसा जो कोहीले थप्छ
वैतरणीमा खस्न जान्छ भोग्छ अति शूल

गुणवान सवलता हजारौं नै होलान्
विनय–सत्यामृतले आत्मा नै धोलान्
सत्पुरुषको सत्मार्गमा दोष दिन्छ भने
ती व्यक्तिले वैतरणीको दण्ड पनि भोग्लान्

मानिसको बचन भन्दा ठूलो केही छैन
ब्राह्मणलाई बचन दिइ अनि तोड्न भैन
बचन दिइ त्योड्यो भने त्यस्ले दण्ड पाउँछ
वैतरणीमा खस्छ खस्छ वाँकी केही रैन 

त्यसोहुँदा अमूल्य बचनलाई खेरफाल्न हुन्न
अविवेकी मानिसलाई अमृत पाच्य हुन्न
अतिसार लाग्न सक्छ ,जीवन जान सक्छ 
कलंकित दाग लाग्यो भने साबुनले धुन्न

दान दिन्छ कुनै चीज पश्चताप गर्छ 
आजीविका कसैको लौ हर्न अघि सर्छ 
पहिला बस्तु दान दिने पछि छिनी लिने
शक्तिक्षीण हुन्छ त्यस्को वैतरणीमा झर्र्छ 

यज्ञलाई विधंस र कथा भङ्ग गर्दा 
सीमा साँगु कसैले मिच्दै अघि सर्दा
गौचर भूमि लाई आवाद गर्छ  भने
वैतरणीमा खस्नै पर्छ स्वर्गे बाटो धर्दा

ब्रामण भएर रसलाई बेच्ने
शूद्र स्त्रीले ब्राह्मण पति वरने
वेद निशेधित पशु वध गर्ने
ब्रह्मकर्मबाट च्युत हुन जाने

ब्राह्मण भएर मांसभोजी, 
मध्यपान जो गर्छ रोजी, 
उच्छृङखल स्वभाव जस्ले धर्छ
शास्त्र अध्ययन गर्दैन  खोजी 

 शूद्र भै वेदको अध्ययन कर्ता
 कैली गाइको दूध पान कर्ता्र, 
राजमहिषीको व्यभिचारकर्ता
शूद्र भै यज्ञोपवित्र धारण कर्ता 
्र
राज महिषीकासाथ व्यभिचार, 
परस्त्री गमनको गर्ने अत्याचार 
कन्या गमन
सतीत्वलाई हरणकर्ता 
शास्त्रलाई निषिद्धाचरण कर्ता 
यस्ता पापी वैतरणीमा खस्छन् 

सर्ब मार्ग पार गर्दै यम भवन पुगे पनि 
यमयज्ञ प्राप्त गरी वैतरणीमा फिर्छ अनि
कठोर भन्दा कठोर नरर्क वैतरणीनदी 
यमदूतले पापीलाई त्यहीं फाल्छ लगी 

यसबाट पार पाउन कालीगाई दान 
गर्नै पर्छ दान सबैले यसलाई जान 

क्रिया कर्म गर्नु पर्ने या गराइनु पर्ने 
गरिएन या गराइएन कसै गरी भने
वैतरणी नदीको त्यस्ले कष्ट भोग्छ 
 'शाल्मली नरकमा' सहजै जान्छ

झुटा साँक्षी गवाही त  कसै गर्न हुन्न
धर्म गर्ने वाहनामा ढोंगी बन्न हुन्न

छलकपट गरी गरी धन आर्जन हुन्न 
चोरी गरी जीविका चलाउन हुन्न
वनलाई अतिक्रमण पनि गर्न हुन्न
विधवाको शील कबै तोड्न हुन्न

पर पुरुष गमनमा मन दिने पनि 
विषयलम्पटबन्दै मन जोड्ने अनि
यस्ती नारी पनि सदा नरक गामी हुन्छे 
भोग्नु पर्छ कुकर्मका फल गनि गनि

नास्तिक अनि मर्यादा पालनमा हीन 
कुकर्मको डोरी बाट्दै हिड्छन् दिन दिन
नास्तिक दम्भी अनि बनी परम्परा विमुख
जलाशय नष्ट गर्दा नरक बाटो उन्मुख  

देवालय धर्मशाला सार्वजनिक स्थल 
कृत कर्म नष्टकर्ता चाख्दै हिड्ने कुफल
यस्ता पापी सबै नरक बासमा जान्छन् 
कुकर्ममा अघि बढ्दा पाइदैन सुफल

भोक लाग्छ सबैलाई  भोक मेट्न खानै पर्छ 
स्त्री ,शिशु, भृत्य पूज्य छाडी खान अघि सर्छ
देब–पितृ पूजा विना जो कोही खाना खान्छ 
यस्ता व्यक्ति नरक जान्छन् नर्क कहाँ टर्छ

शिव शिवा हरि सूर्य गणेशादि देवहरू
सद्गुरु विद्वानबर्ग साथै पूजनीय अरु
सबै पूजा कर्महरू गर्नु पर्छ सरासर
अनिष्टता भयो भने वैतरणी हुन्छ धरु

गर्न हुन्न दासी अनि शूद्रमा गमन पनि 
ब्रामणत्व च्युत हुन्छ बसौ सबले जानी
यी ब्राह्मण पुज्न हुन्न गर्नु पर्छ  बर्जित 
ज्यो पुज्छन् यस्ता ब्राह्मण हुन जान्छ  अहित 

लड्नु हुन्न भिड्नु हुन्न बन्नु पर्छ  सज्जन
गर्नु कर्म राख्नु धर्म पार्नु हुन्न खण्डन
 गाई लडे ब्राह्मण लडे रोक्नु पर्छ सर्ब जन
प्रोत्साहन ग¥यो भने  वैतरणी मार्ग सनातन

ऋतुधर्म ऋतुकर्म सम्बन्धितमा निहित छ
रजस्वला पर्व विशेष स्त्री गमन बर्जित छ
श्राद्धमा कामुक बनी जोकोही गमन गर्छ
निषेधितकर्म गर्ने जो कोही नै दण्डित छ
अग्नि, जल, पथ, गोठ साथै उपवन
शुद्ध बनाइ राख्नु पर्छ जानौ सबै जन
यिनमा आफ्नो मल त्याग्छ े कोही भए पनि
वैतरणीमा खस्नु पर्छ हेरं सबै प्रेत–तन  

्रशान्तिमय संंसार शान्तिमानै सुसज्जित छ
शान्ति भङ्ग गर्ने अस्त्र बनाउनमा बर्जित छ
छाला बेच्ने वैश्य अनि योनि बेच्ने नारीहरू
विषव्यपार गर्नेलाई  नरकमा सुस्वागत छ

छैन कृपा अनाथमा सत्पुरुषमा द्वेश धर्छ
निर्दोषीलाई दण्ड दिने स्वत नरक पर्छ
सबै भन्दा सम्यम भै सुकर्म गर्नु पर्छ
सुकर्म धारणाकर्ता वैतरणी सहज तर्छ 

आसे गासे घरमा आए खाना दिनु पर्छ
प्राणी माथि कुटिलता जहाँ जस्ले धर्छ
मित्रद्रोही विभेद कर्ता आशा नाशकहरू 
यस्तो व्यक्ति सहजमा नर्कतिर सर्छ

वैवाहिक नाता तोडने देवमार्ग अबरोधक
आध्यात्मिक विद्यादाता कर्ता पुराणवाचक 
अजितेन्द्रिय आदि व्यक्ति, नियम तोडक
 तीर्थयात्री लुटेरा सबै जानु पर्छ नरक 

घर गाउँ वनमा जस्ले आगो लगाउँछ
त्यस्तालाई यमदूतले अग्नि–पाक बनाउँछ 
अग्निपाक हुँदा शीतलताको खोजी गर्छ 
यमदूतले दण्ड दिन असीपत्र वन सजाउँछ

असीपत्र– वन–पात तरवारका धार जस्ता तनका चोक्टा काट्दै पीडा दिन्छन् कस्ता 
यमदूतले व्यङ्ग गर्छ, शीतलमा सुत भन्छ
प्यासलागि पानी माग्दा, उम्लदो तेल दिन्छ 

पानी पियौ खाना खायौ सुन्दै व्यङ्गबचनहरू
उम्लदो तेल भन्दा कष्टदाइ दण्डकार बरू
दुबै बाँणी मनमा भिज्दा पोल्न थाल्छ तन
पछारिन्छ मूर्छा पर्दा कोही दिदैनन् धरु

उध्र्वसास फेर्नु पर्ने
अवाक नै बन्नु पर्ने
कठीन त्यो दण्ड भोग्न
बाध्य  हुन्छन् प्रेतहरू

विष्णुले गरुडलाई यातनाहरू बताउँछन्
शास्त्रका अभिव्याक्ति  विष्णुले सुनाउँछन् 
पापी नरनारीले नारकीय यातना भोग्दै
पर्लय प्रयन्ततक नरक यातना पाउँछन्  

स्वकृत पाप–फल भोग्दै 
 यम आज्ञा पालन गर्दै ्
 जन्मयात्रा थालनिमा 
आउँछन् धर्र्ती आगनीमा 
 
वृक्ष, गुल्म, लहरा, 
पर्वत, तृण, कीरा, 
पशु, पंक्षी, जलचर
अनि पालो आउने नर 

यति जन्म पुरा गर्न 
मनुष्यको योनि धर्न
 योनि बित्ने चौरासी लाख 
अमरत्वप्राप्त गर्न लिनु पर्छ चाख

यस्मा पनि नरक गामी 
मनुष्यको रूपमा जन्म लिंदा 
करणी जस्तै भरणी हुन्छ
चण्डाल घरमा जन्म मिल्छ

पापका चिन्ह साथमा आउँछन्
विविध रोगलाई साथमा ल्याउँछन् ् 
जन्म अन्धा महारोगी 
पूर्वजन्मका कर्म भोगी
यिनै पापका प्रमाण हुन्छन् 
पूर्वजन्म–कर्म–फल भन्छन्

जन्म पनि हुनजान्छ चण्डालको घरमा
दुःखकष्ट असहजता भोग्दै जीवनभरमा 
कर्मफल अनुसार मानिस जन्म लिन्छ 
अब आउने सर्गले त्यही सन्देश दिन्छ 

October 12, 2021

धनन्जय गोत्र सम्बन्धि थरहरूको जानकारी लिने तथा दिने सन्दर्भमा

सदानन्द जैसी रिजाल
गोत्रलाई नेपाली बृहत् शब्दकोषले "वंशप्रवर्तक ऋषिमुनिहरूका नामबाट पुर्खौली चिनाउने उपनाम " भनि परिभाषित गरेको छ । निश्चय पनि आफ्नो वंशको वंशावली हो भन्न पनि सकिन्छ जस्तो लाग्छ । गोत्रलाई महत्वपूर्ण रूपमा हेरिने गरेको पाइन्छ । सगोत्री भित्र विवाहबारी गर्न हुँदैन भन्ने मान्यता छ । तर कतै कतै सगोत्री भित्र विवाहवारी गरेको पनि पाईन्छ । एउटै थरका दाजु भाइमा छोरीका छोरी बीच विवाह गर्नको लागि सात पुस्ता काटेको हुनुपर्छ भन्ने गरिन्छ ।
परमपरागत हामीले हिन्दु तथा सनातन धर्मलाई मान्दै आएका छम् । हाम्रो यो धर्ममा थरहरू हुन्छन्।् ।  ती थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका छन्।् । हामीहरू आफू विभिन्न ऋषिमुनिका सन्तान भएको विश्वास गर्दछम् । त्यसैले हामीहरूका गोत्र पनि प्राचीन ऋषिमुनीहरूकै नाममा आधारित  छन् ।  गोत्र हामीहरूको कुल छुट्याउने एउटा भरपर्दाे आधार हो । एकै जनाबाट जन्मिएको ठानिने हुनाले एउटै गोत्र भएका मानिसहरूको बिच बिहावारी चल्दैन । हिन्दु समाजमा गोत्र शब्दले एक प्राचिन पुरुषको अविरल वंश परम्परालाई जनाउँछ, जुन माथिबाट तल तिर क्रमशः अटुट रूपमा बढ्दै जान्छ । अर्थात एक पुरूषको छोरा, नाति, पनाति, खनाति हुँदै हजारौं हजार वर्षसम्म चल्ने वंश पद्धति भन्ने बुझाउँछ । यसरी एक व्याक्तिबाट आरम्भ भएको वंश परम्परा अन्तर्गतका सबै सन्ततिहरू त्यही मूख्य पर–बाजेका सन्तान र उनिहरूको उत्पत्तिको परिचयलाई जनाउँन उनै प्राचिन पर–बाजेको नामलाई गोत्र मान्ने गरेको पाइन्छ ।  हिन्दू समाजमा गोत्र शब्दले एक पुरुषको अनवरत वंश परम्परालाई जनाउँछ । एक मूल ऋषिबाट आरम्भ भएर बाजे, बाबु, छोरा, नाति, पनाति हुँदै अघि बढ्ने ऋषिवंश नै गोत्र हो । अर्र्को शब्दमा भन्नुपर्दा गोत्र भन्नाले वैद्विक कालमा ऋषिमुनीहरूले आफ्ना सन्ततीहरूको पहिचानका लागि आफ्नो नामलाई सङ्केत शब्दको रूपमा प्रयोग गर्ने प्रणालीलाई नै गोत्र भन्ने गरेको देखिन्छ । यसरी थालनी गरेको गोत्रलाई गोत्र पर्वर्तक ऋषिहरूका सन्तानहरूले आफ्नो कुल, वंशको पहिचानको आधार मान्ने गरेको देखिन्छ । यो प्रक्रिया हजारौं वर्षदेखि अनवरत रूपमा चल्दै आइरहेको छ ।
 सर्वप्रथम गौतम, भरद्वाज, विश्वामित्र, जमदग्नि,वशिष्ठ, कस्यप र अत्रि गरी सात जना ऋषिले गोत्रको थालनी गरे र यिनको सिकोमा अगस्त्य मुनीले पनि आफ्नो नामबाट गोत्र चलाए । यो कर्म पछि जाँदै गर्दा गोत्रहरूको संख्या बढ्दै गयो र हाल ४९ गोत्रहरू भएका छन् । यी गोत्रहरूकेही यसप्रकार छन् –कौशिक, बालिसेट्ला, मिथुनाकुल, इनाकला, मरिची, अक्षितला, अङ्गिरस, धनञ्जय, नागेश्वर, पराशर, वशिष्ठ, हरिनामा, शिवाल, विष्णु, गौतमश्य, मिना, भार्गव, हरितष्य, कौडिण्य, कुत्सास, उप्रेती, गर्ग, गङ्गाहर, गङ्गाघर,उपमन्यु,विल्भांगा, मुडिनोला,रोहिल्लास, कामास, पद्माशाली, कुरियानइर, विश्वाम्बराहमिन, मुदालिहार, भिर्ग ,मौद्गल्य वत्स, साण्डिल्य आदि । कतिपय गोत्र जातबाट पनि उत्पत्ति भएका विवरण पाइन्छन् ।
 रिजालहरू धनन्जय मुनिका सन्तान हौं भन्दै हामीले आफ्नो परम्परलाई मान्दै आएका छम् । हाम्र सगोत्रीहरू यस प्रकार छन् –धनञ्जय गोत्रभित्र रिजाल, हुमागाँई, मरासिनी, भुसाल, भण्डारी ( भुसाल), बस्याल, बस्नेत, खुलालबुढाथोकी, गुरागाँई, खुलालथापा, वयल, बुडथापा (कुँवर), बखरेल, पंगेनी, धमला (धमौली), ढाँट, डुम्रे,घोडासैनी, गौरीपिप्पली, कुकुरकाटे, ओखरेल र पकुवाल आदि धनञ्जय गोत्रीय मरासिनीहरु रिजाल थरसंग सम्बन्धित छन् भन्ने विवरण पाइन्छ ।

पर्वत पाङ्बाट हाम्रा पुर्खा हालको शंकरपोखरीमा आएर बसेको हुँदा कतिपय रिजालले रिजाल नलेखि पगाली लेख्ने चलन पनि देखिन्छ । पाँगबाट बसाइ सरेका धेरै जातीहरू भएकोले सबै पगालीको थर रिजाल हुँदैन । पर्वत शंकरपोखरीका रिजालको कुलपूजा अन्यत्रका रिजालजस्तो नभएर वशिष्ठ गोत्रीय भुसाल सँग भुसाललाई मामा मानी रिजाल आपूm भन्जा बनी एकै ठाउँमा पूजा गर्दै आएका छम् । कुल देवी भनेकी विन्द्यावासिनी हुन र तिनकै पूजा गरिने गरिन्छ । पूजा गरिने स्थान श्ंकरपोखरीको पखराचौरमा गरिने चलन छ । यो पूजामा भुसालहरूले रिजाललाई पाठी किन्नको लागि १६ आना दिने चलन छ । हाम्रो कुुल देवताको पूजा गर्दा बली दिने चलन गरिदै आएकोमा आजकल मत बाझिएर कसैले बली दिने गर्दछन् भने कसैले बली निषेध गर्न थालेका छन् । हाल बसाइ सराइले गर्दा शंकरपोखरी नगै ठाउँ ठाउँमा कुलपूजा गरिदै आउन थालिएको र कावासोती लगायतका स्थानका हामी रिजाल र बशिष्ट गोत्रका भुसालले कावासोती साँढमा पूजा गर्र्दै आएका छौं ।
सबै गोत्रीय दाजु भाइहरू एकै ठाउँमा कुलपूजा गर्नु राम्रो हो भनिन्छ । कुलफोर्न हुँदैन भन्ने भनाइ पनि  सुन्नमा पाइन्छ । सायद आफ्ना वंशजको लामो इतिहासलाई र स्थानलाई स्थाइत्व दिनका लागि यो भनाई आएको हुन सक्छ ।
मैले यो सानो लेख यहाँ प्रस्तुत गर्न खोज्नुको खास उद्देश्य भनेको धनन्जय गोत्र भित्रका थरहरू के कति रहेछन् भन्ने जानकारी लिनलाई र सबै गोत्रीय थरहरूले के कसरी कुलपूजा आदि गर्दै आएका छन् सो को जानकारी लिनलाई पनि हो । मैले विभिन्न लेख रचनामा भेटाएका थरहरू माथि प्रस्तुत गरेको छु र अरु थप थरहरू भएमा यसलाई परिमार्जन गर्दै जानको लागि सबैमा अनुरोध गर्दछु ।      

September 11, 2021

सर्ग –तीन  े
(स्वर्गको यात्रा महाकाव्यको दोस्रो अध्यायको भावसार)
पापीहरूको गतिपति ,विष्णुबाट सुने पछि
गरुड बोल्छन् त्यहा,ँ सबै कुरा गुने पछि
कसोगरी यममार्ग भयावह बन्दै जान्छ
सिधै स्वर्ग प्राप्त गर्ने कुन मार्गले लान्छ
कसोगरी बन्न जान्छ यममार्ग सहजता
यही चिन्ता बोकी बस्छु चिन्ताग्रस्त भएँ मता

विष्णु बोल्छन् –
यममार्ग बनेको छ पापीलाई भयावह
पापीजन दुःख भोग्छ पापासरि तहतह
पापा रहित भयो भने बन्छ समतल
पाप बढ्दै हुन गए काप्छ धरातल
 
पाटी पौवा अनि त्यहाँ छैन चौतरी
वरपिपल–छाँया छैन घाम लाग्ने भारी
भोक लाग्छ हिड्दा हिड्दै देहअन्न धारी अन्नपानी खोज्दै खोज्दै हेर्छ वारीपारी

बाह्रसूर्य प्रज्वलित छन् प्रलयकालसरी
कठीनमार्ग पारगर्दै हिड्नु पर्छ मरीमरी
कहिले मार्ग रापिलो त कहिले बर्फीलो
यस्र्तै मार्ग हिड्न पर्दा कष्ट थरी थरी

रापिलो र वर्फिलो हावा बग्छ घरी घरी
अघिबढ्दा काँडाधारी वन मिल्छन् थरी थरी
 
त्यही मार्गमा मिल्छन् सर्प–विच्छी आदि
डस्न भन्दै आउँछन् बोकी विषभारी
कहीं बाघ कहीं सिंह कहीं  हुन्छन्  कुकुरहरू
आक्रमण गर्छन् तिन्ले प्रेत हिडछ लुरुलुरु
यातना माथि यातना पाउँदै जान्छ पथ भरी
अग्निको डहन पनि पाउँदै जाान्छ घरी घरी

अति कष्ट भोग्दै भोग्दै
प्रेत यात्रा बढाउँछ
गन्तव्यमा जाँदा जाँदा
असिपत्र वन आउँछ  (नरक)

असिपत्रवन कत्रो
दुई हजार योजन जत्रो
(लम्बाई र चौडाई
दुईहजार योजनमा फैलिएको)
तरबारको धारजस्तो
वनका ती द्रुमपात
छिन्नभिन्न पार्छन् घात

तरवार–धार हिडाई
प्रेतलाई हुन्छ पीडा भोगाई
असिपत्र  वन महा
कौवा पनि मिल्छन् त्यहाँ

उल्लू बट गीद्ध पनि
विचरण गर्छन् अनि
सर डाँस वनभरी
देख्न मिल्छन् घरीघरी

भयावह कष्टदानी
चारैतिर दावाग्नि
कतै
अन्धकूपमा जाकिन्छ
विकट पर्वतमा ठोकिन्छ
कतै छुराको धारमा
कतै कीलाको टुप्पोमा
्पापी यात्रा गर्दछ
कष्टदायी पथमा
परिन्छ घोर तममा
डुब्छ उग्रजलमा

वनमा हुन्छन् जुका–भा
म त री
रक्त चुस्छन् घरी घरी
पथ पूर्ण ठूलो भासी
पथ पूर्ण जल्दो राशि (जल्दो भासीमा)
खसिन्छ मार्गमा हेर
अवर्णित छन् कष्ट धेर

उष्ण बालुवाको ढेरहुँदै  
सउष्ण तामाको धूलो छुँदै                                                                                  
अङ्गारको बर्षा कतै
कुइरीमण्डल धुवाँ रुङ्दै

बज्रसहित विजुली चड्कन
असिना–पिटदा बढ्छ धडकन
तातो पानीको बर्षा  कतै कतै
रक्त, क्षार हिलो बृष्टि उस्तै उस्तै

कहीं पर्छ गहिरो खाडल
देखिन थाल्छ घना बादल
कहीं शैल्य चढ्नु पर्छ
कन्दरा भित्र पस्नु पर्छ

 कतै घोर अंधकार
 तर जानु पर्ने शिलापार
विष्ठाले पूर्ण पोखरीहरू
पार गर्नु पर्ने खुरु खुरु

 स्वर्ग नर्क झट्ट हेर्दा  
यही धरामा भोग्दै गर्दा

कसरी कष्ट तार्नै पर्ने
आनन्द भोग सबले गर्ने
मार्ग निर्माण गर्नै पर्छ
यही लोकमा स्वर्ग झर्छ
त्यसो हुँदा जीवन छँदै
सुकर्ममा मन नै धर्दै
सब कष्ट यहीं टारौ
मुक्तिमार्ग यहीं धरौं

वैतरणी नदीको वर्णन
 
वैतरणी नदी बीचमा पर्ने
अति उग्र विकराल रूपमा
बर्णन सुन्दा भयपूर्ण लाग्ने
देख्दा खेरि शरीर नै काप्ने
 
सुन्दा बोल्दा अति भय गामिनी
साच्चि नै लाग्ने ती अति भामिनी

आकार छ सय योजन
रैछ रगत पीपले पूर्ण
 
हड्डीबाट तनको निर्माण
अति गहिरो,अति दूर्गम

मासु र हिलोले भरिएको  
केश–ल्याउले जेलिएको

छन् विशाल कायका गोही
घोर पंक्षीबाट आबृत सोही

पापीलाई देख्दा खेरी
उम्लन्छन् पाक्दो घिऊ सरी

सियाजस्ता तीखा सूँड भएका
कीराहरूले भरिएका
बज्र समानका
चुचा भएका
गीध,कौवाहरूले घेरिएका
सोंस,जुका, माछा, कछुवा
मासु लुछ्न,पशु–पंक्षीले भरिएका
जहाँको  भयावह दृश्य लाग्ने  
देख्दै सारा तन त्यसै दाग्ने
त्यसैमा गई खस्नु पर्दा
कस्तो होला धैर्य मर्दा
 
सहजै त्यहाँ पापी रुन्छ
छोरा–बन्धुबान्घव सम्झन्छ,
बारंबार विलाप गर्छ,
भोक लाग्छ, तीर्खा लाग्छ
पानी नपाइ रगत पिउँछ

दृश्यलाग्छ भयानक
चेत–शून्य त्यो विवेक,

कष्टलाई भोगाउन
पाप मुक्त गराउन
तिनकै लागि नदी बन्यो
गरुड पुराणले यही भन्यो

यो नदी  छ दुःखदाइ
कष्ट हुन्छ गर्न विदाइ

नदी तट अति विशाल
वारपारको दृश्यसवाल
देखिदैन त्यो आदि अन्त्य
गनै हुन्न पाप अनन्त

पासोबाट तानीलिने
अंकुशले खैंची दिने

सङगिन  रोपी तान्ने
नाके पासोबाट तान्ने
काने पासोबाट तान्ने
कालपासोबाट  तान्ने

काक पासोबाट तान्ने
मर्म पारी खुबै हान्ने
यति  मात्र कहाँ हो र
कष्ट दिंदै लान्छन् धेर

उसको गर्दन हातखुट्टा
जोडी उसको शरीर–मुन्टा
जञ्जिरले शरीर बान्धछन्
फलामको भारी बोकाउँछन्

अनि सडकमा हिंडाइन्छ
निर्दयी दूतद्वारा पिटाइन्छ
पिट्दा पिट्दा रगत छाद्ने
छादित रक्त पिलाइन्छ

सोचनिय बन्न जान्छ
कुकर्म सम्झन्छ थाल्छ
दुखित पनि  हुन जान्छ
ग्लानिले स्थान लिन्छ

सारा कष्ट भोग्दा भोग्दै
सम्झन्छ आफ्ना छोरानाति
गरेका कुकर्म भाँति भाँति
कृत शुभ अशुभ कर्मफल
भोग्नु पर्छ सवले पलपल

पश्चताप अग्नि हेर
जलाउँछ अति धेर
राप र ताप उसमा
बढी हुन्छ बारंबार  

मानव जीवन अमूल्य छ
यो अमूल्य जीवन प्राप्त गर्न
ठूलो पुण्य गर्नु पर्छ
त्यो पुण्यबाट विमुख भए
मानव जीवन प्राप्त हुन्न
मानव जीवन प्राप्त गरेपछि
मानवले धर्ममा आचरण गर्नु पर्छ
धर्म–आचरणहीनताले
मानवले नर्क भोग्नु पर्छ

प्रेतले सोच्छ
अनि
आँफैले आफूलाई भन्छ–
नभो दान नभो अग्नि होमन
निरर्थक रह्यो मेरो जीवन
नभो तपस्या नभो ईशपूजा
विधि विधान भयो धुजा धुजा

त्यसैले जीवले दण्ड पायो
स्वर्ग छाडी नर्क–पथ समायो
नभो पूजा कुनै ब्र्रह्माणको
नगरै स्नान ती पूण्यगंगाको

सत्पुरुषको सेवा पनि कतै गरिएन
सत्मार्गको कर्म गर्न अघि सरिएन
त्यसो हुँदा उपकार कतै गरिएन
नर्कमार्ग समाउन पछि परिएन

गर्नु पथ्र्यो  तीर्खालुलाई पानीको व्यवस्था
नगर्दा भोग्नु प¥यो, आज यो अवस्था
गाई –ब्राह्मण सबैमा गर्नु पर्ने सेवा
त्यसैले आज भोग्दै छु कुकर्मको  मेवा
 
प्रेतले सोच्छ–
नित्य दान दिनै पथ्र्यो
गौको भोक मेट्नै पथ्र्यौ
वेदबाणी मान्नै पथ्र्यो
पुराण वाक्य सुन्नै पथ्र्यो

विद्वानको कदर हुन्छ हेर जहाँ त्यहाँ
त्यस्ता कर्म गरिएन पत्ता लाग्यो यहाँ
कर्तव्यको पालना त गर्नु पर्छ सबले
कर्मच्युत भयो भने सुख मिल्छ कहाँ

त्यसो हुँदा यो देहले दुःख पाउनै पर्छ
कर्मरूपी फललाई सबले  भोग्नै पर्छ

नारीबाट गरिने पश्चताप–

गरिन र्मैले  पतिको सुआज्ञा पालन
पतित्वब्रत ठूलो ठानी राखिन धारण
पति–शव साथ जान गरिन लौ गमन
कर्महीन भयो देह गरेन कुनै साधन

वैधव्यमा गर्नु पर्ने त्यागमय कर्म
 गर्नु थियो गरियन राखियन धर्म

महिना भरी गरिने सारा कर्महरू
उपवासी कर्मका सारा धर्महरू
चान्द्रायण लगायत सबै ब्रतहरू
बुझ्नु पथ्र्यो ब्रतका सबै मर्महरू

उनको  सोचन  हुन्छ–
अमूल्य हो यो नारी जन्म त्यसै कहाँ मिल्छ पूर्वब्रती कुकर्म–फल सबले भोग्नु पर्छ
सुकर्म र कुकर्म फल भोग गरे पछि
नारी जीवन प्राप्त गरी दुःख पनि टर्छ

गरिएका कर्म सोच्दै बहुविलाप गर्दै
मानव जीवन कता गयो यही प्रश्न धर्र्दै
आह भाव भर्दै भर्दै अनेक विलाप गर्दै
नर÷नारी चल्नु पर्छ अलाप विलाप भर्दै
स्वर्ग यात्रा भावनामा
कर्म कर्तु साधनमा
पृथ्वीलाई स्वर्ग बनाम्
सहज हुन्छ मुक्ति धाम
सौम्यपुरको वर्णन
मर्जी हुन्छ गरुडलाई सौम्यपुरे सुन्दरता  
अठार दिनमा पुग्नै पर्ने प्रेतकको विवसता
वायुवेगमा हिड्न पर्ने प्रेतको आवश्यक्ता  
पथ  बीच भोग्नु पर्छ  यमदूतको क्रुरता

पुष्पभद्रा नदी त्यहाँ कलकल गरी बग्ने
अति सुन्दर वटवृक्ष विश्राम–मन लाग्ने
केही क्षण प्रेतले विश्राम गर्न पाउँने  
पिण्डदान दिए भने पेटमा चारो आउने

विश्रामको समयमा सुन्दरताको चयनमा
क्ष्ािणक शान्ति मिल्दा, प्रेत बग्छ भावनामा
संसारिक जीवनयात्रा कति थियो आनन्दता
मनमा बग्ने भावनाका कति राम्रो सुन्दरता
 
यतिवेला पुत्रसुखको स्मरणमा आउँछ
स्त्रीको मायाजालले उसको मन छाउँछ
धनदौलत छोरानाति आउँछ सबै याद
त्यतिवेला यमदूतको धेरै प्रश्न पाउँछ

भन्न थाल्छन् यमदूत धन तिम्रो खोइ
कहाँ छन् पत्नी पुत्र किन बस्छौ रोइ
कता गए बन्धुबान्धव अनि मित्रहरू
भोग्नु पर्छ कर्मफल जे जे ग¥यौ सोही
कर्मोपार्जित फलको भोग गर्दै अघिसर
परलोकको यात्रा हो यो छैन कुनै भर
राहीलाई ज्ञान हुन्छ राह–पथ–सार
त्यो ज्ञानलाई त्यागि सक्यौ हिड सरासर

नरकमार्ग त्याग्ने कर्म तिमीबाट भैन
यो मार्गमा चल्नै पर्छ लेनदेन यहाँ छैन
बाल–बृद्ध सबै जान्छन् नरकमार्गज्ञान
जान्दाजान्दै छोड्यौ कर्म बाँकी केही रैन

पुराणले यही भन्छ वेदशास्त्र पनि
पापकर्म गर्न हुन्न सुन्यौ जानाजानी
यस्ता कर्म धेरै ग¥यौ आफ्नै मनोमानी
त्यसो हुँदा सम्झ तिम्ले आफ्नै कहानी

आज्ञा छ धर्र्मराजको दण्ड दिनै पर्छ
विना दण्ड पापचारी कहाँ नर्क तर्छ
पापिष्टको संज्ञा दिंदै त्यहाँ पिट्न थाल्छन्
यमदूतले पासो हानी तानी तानीलान्छन्

त्यसलाई गदाबाट पिटाइ ठूलो हुन्छ
मुर्छा पर्छ पिटाइबाट अनि उठी रुन्छ
पुत्रद्वारा प्रदान पिण्ड त्यसले त्यहाँ खान्छ
यमदूतले जता तान्छन् त्यतै त्यतै जान्छ

सौम्यपुर सहर अति रमणीय
प्रेतगण हुनाले अति शोभनीय  
प्रकृतिक सुन्दरता एक वटवृक्ष
यमदूत देखिने केही क्षण शिष्ट



सौरीपुरको यात्रा
यसपछि प्रेत हेर सौरीपुरमा जान्छ  
ढीलो भए प्रेतको पिटाइ पनि खान्छ ।
यमदूत निर्दयी छन् गदालिइ पिट्छन्
पिटाइमा असह्य भै लामो स्वास तान्छ

सोच मग्न हुन्छ यात्री सोच्छ पूर्व जन्म
दिनपथ्र्यो जीवजन्तुलाई संतुष्टि सम्म
तीर्खा मेट्न कुवा इनार खन्नु पथ्र्यो
गौचरनमा दान दिंदा पाप पनि टथ्र्यो

सुकर्महरू तनमनले सबै  गर्नु पथ्र्र्यो
सवलरूपमा कर्मगर्दा स्वर्गमार्ग धथ्र्र्यो
जस्तो हुन्छ करणी त्यस्तै हुन्छ भरणी
स्वर्ग नर्क कर्म फल कहाँ किन टथ्र्र्यो

सौरीपुरका राजा थिए कामरूपधारी
इच्छ्यानुसार स्थिति र गतिशील भारी
दर्शन उन्को पाएमात्र शरीर काप्न थाल्ने
अनिष्ट भावभर्दै खोज्छ कल्याणकारी
 
केही क्षण विश्राम त खोज्छ त्यहाँ प्रेत
धैर्य गरि अघि बढ्छ हुन्छ भयभित
भोक लाग्छ प्रेतलाई खाना त्यहाँ खोज्छ
त्रैपाक्षिक पिण्ड नै खाना त्यस्को भोजछ

यमदूतले प्रेतलाई दाग्छन् खड्ग हानी
पश्चतापको आगो जल्छ अति पीडादानी
भन्न थाल्छ प्रेतले आफ्नै शरीर छामी
कुकर्मको फल भोग्छस् आज जानाजानी  

न त जल दान गरिस् नत गाइलाई घाँस
न त वेदलाई दान गरिस् न त तीर्थबास
जस्तो कर्म हुँदै जान्छ त्यस्कै फल भोग्छ
कृत कर्म जे जस्तो छ हुँदैन त्यो नाश

नरेन्द्रपुर–नरेन्द्रभवनको यात्रा
सुकर्म र कुकर्मको फलहरूको भोग
प्रायश्चित गर्नै  पर्छ पालिएको रोग
सौरीपुर पार गर्दै नरेन्द्रभवन यात्रा
दूतदण्ड घना वन थपिदिन्छ शोक

घनाजङ्गगल देख्दादेख्दै भयभीत हुन्छ  
यमदूतको कृपाण खाइ उता साह्रै रुन्छ
पुत्रबाट प्रदान पिण्ड त्यसले त्यहाँ खान्छ
अग्नि बल्छ पश्चतापको, मनमनै गुन्छ  

धेरै धर्म कर्म गरी मानव जीवन पाएँ
मूर्खताले राज्य ग¥यो मूर्खतामा लाएँ
अमूल्य यो मानव चोला व्यर्थ हुन गयो
सुकर्मको अभावले आज नरक आएँ
गन्धर्वपुरको यात्रा
यमदूतको कष्टदायी यातनालाई भोग्दै
तीन महिना कष्टदायी यात्रालाई रोज्दै
तीन महिना लगातार हिड्दै गरेपछि त्रैमासिक पिण्डलाई  खानु पर्छ खोज्दै  

त्रैमासिक पिण्ड खाई जव अघि बढ्छ
दूत–कृपाण–अग्रभाग उस माथि चढछ
मस्तिकमा घुम्न थाल्छन् अतितका कर्म
आहुति दान तप आदि आदि गर्नु पर्ने धर्म
 
गङ्गाजीको पवित्र जल सेवन गर्ने काम
नगरेर भोग्न प¥यो आज नरक धाम
शैलागमपुरको यात्रा
गन्धर्वपुरको यात्राा सकी प्रेत अघि बढ्छ
चौथो मैना लागे पछि शैलागमपुर चढ्छ
चौथो मासिक पिण्डखाइ खुसी पनि हुन्छ ढुङ्गामुढा बर्षिन्दा पो चोटखाइ  लड्छ

यति वेला उस्ले विलाप गर्दै सोच्छ–
ज्ञान, योग, कर्म, भक्ति कुनै मार्ग भैन
ज्ञान प्राप्त गर्न भनी सन्त सँग गैन
मनपरी कर्म तैंले जे जे गर्नु गरिस्
कर्ममार्ग भोग्नै पर्छ अर्को बाटो छैन

क्रौंचपुरको यात्रा
हिड्दै पीडा भोग्दै जान्छ
पाँचौ मास पनि लाग्छ
पाँचौ मास पिण्ड खान्छ
क्षणिक विश्राम पनि लिन्छ

क्रुरपुरको यात्रा
क्रौंचपुरको अन्त्य गरी क्रुरपुरको यात्रा
साढेपाँच मास सम्म भोग्दै पीडा मात्रा
प्रेत हिड्छ पट्टिशको पिटाइलाई खाँदै  
उनषाण्मासिक पिण्ड खाँदै घटदान पात्र

पट्टिशको पिटाइले खुबै दर्द मिल्छ
पट्टिशको पिटाइले सारा शरीर छिल्छ
अति कष्ट भोग्दा आफन्तलाई खोज्छ  
मातापिता पत्नीपुत्र सबको दिल खिल्छ
प्रेत भन्छ यहाँ हेर बन्धुबान्धवलाई
कुनै ज्ञान प्रदान भैन यममार्ग मलाई
उपदेशको खाँचो थियो पाप मेट्नलाई
ज्ञान लिने काम भैन दोष दिने कसलाई

यतिवेला यमराजले डस्न पनि थाल्छन्
एक्लाएक्लै हिड् भन्दै कस्न पनि  थाल्छन्
यो  मार्गका राहीलाई आश्रयदाता छैनन्
स्वआर्जित कर्मफलमा सबै फस्न थाल्छन्

पाप पुण्य कर्मफल मार्ग नर्क स्वर्ग
यही मार्ग अवलम्वन गर्छन् सबै बर्ग
न त कर्म विक्री हुन्छ न त क्रय हुन्छ  
पूरापूर लागु हुन्छन् उसका सबै सर्त

विचित्रनगरको यात्रा
क्रुरपुर पार गर्दै विचित्रनगर पुग्छ
यमदूत–शूलेपिटाइ अति साह्रै दुख्छ
पिटाइको दुखाइमा उसले विलाप गर्छ
पूर्वक्रम संझी संझी उसको आँसु झर्छ

कहाँ जान पर्ने हो यति कष्ट सही
अति कष्ट भोग्नुप¥यो जीवित रही
तब पनि मृतकको पुन मृत्यु हुन्न
 कष्टलाई भोग्दै छु पीडक नै भइ

चित्रभवनपुर लाग्छ हेर्दा विचित्रको
विचित्र राजाले राज्य गर्ने त्यसको

काया भने विशाल छ हेर्दा सबै  डर्छन्   नाताले यमराजका साख्खै भाइ पर्छनर््
प्रेत पनि डराउँदै अगि अगि भाग्छ
षण्डमासिक पिण्ड खाँदै उस्ले पेट भर्छ

पिण्ड खान्छ अघि बढ्छ
ऊ माथि त भाला चढ्छ
आह भर्छ  आँसु झर्छ
कृत कर्म कहाँ सड्छ

माता पिता भाइ पुत्र
कोही छैनौ उद्धार कर्ता
लगाउन केही सूत्र
मता परें पीडा भर्ता

विलाप गर्दै अघि बढ्दा
वैतरणीनदी किनार पुग्दा
त्यहाँ देख्छ हजारौं माझी  
सत्कर्म गर्नेलाई लाने ताजााताजी

वैतरणी तर्र्ने कर्म भए
वोटमा बस्न दिन्छौ गए
वैतरणी दान हीनताको
यात्रा बन्छ लौ कष्टमय

तत्त्वदर्शी मुनिहरू दान गर्न भन्छन्
दान लिने व्यक्ति पनि तत्त्वदर्शी ठान्छन्
तत्त्वदर्शी नभएकलाई दान दिन हुन्न
तत्त्व दर्शी नभएमा सुफल त दिन्न  

गाई दान गरेकालाई नाऊ लिन आउँछ
वैतरणी कर्म गरेकाले सहज तर्न पाउँछ

वैतरणी तर्ने कर्म उसले ग¥या छैन

रुन बाहेक प्रेतलाई अरु काम रैन

वैतरणीनदी हेर्दा सय योजन फैलिएको
पीप अनि रगतले सारा नदी भरिएको
नानाथरि माछाको हो यो क्रीडास्थल
नानाभाँती पंक्षीगण हिड्छन् मनोबल

यो नदीको विशालता
जलचरको प्रवलता
देख्दै प्रेत डर्न थाल्यो
भयतस्त्र तन कालो

प्रेत देख्छ नदी जल भकभकी उम्लिएको
नाऊ अघि जाँदा खेरी नाऊ टाढै टाढिएको
नदीजल देख्दा देख्दै मन त्रासले भरिएको
याद आउँछ जीवनमा कुकर्म त गरिएको

माझी आउँछन् समाउँछन् घिसारेर लान्छन्
नदीभित्र प्रेतलाई समाइ समाइ  तान्छन्
काग बकुल्ला उल्लूले त्यहाँ ढुङ्न थाल्छन्  
यात्रामार्ग असहजता यमदूतले ताड्छन्  

प्रेतलाई यमदूतले लानै पर्ने थियो
मुखमा काँटा लगाएर उस्ले तानी लियो
आकाशमा यमदूतले बल्छी लगाइ तान्दा
कति दुःख भयो होला? दूत आज्ञा मान्दा

अन्तिम दान वैतरणी सबले गर्नु पर्छ
सहजमा वैतरणी त्यसले त्यहाँ तर्छ  
यतिमात्र नभएर विष्णुलोकको बास
मृत जीवन सफल भै हट्न जान्छ त्रास

यति गरी यमदूतले नदी तारी दिए
षण्मासिक पिण्डलाई खान पनि दिए
अब हिड्ने गति अति तीब्र बन्छ
दुईसये सत्चालिस गतिसित बड्छ
बह्खापद पुरको यात्रा

बहापदपुर पुग्नलाई सातौ महिना लाग्छ
सप्तमासिक पिण्ड, त्यसले त्यहाँ खान्छ
यहाँ पनि यमदूतले रोप्छन् परिघले
आँसु बग्छन् प्रेतका गर्दै विलापले

प्रेत ठान्छ यहाँ पनि आफ्नै शरीर दोषी
तीर्थ ब्रत दानादि दिन नहुँदामा होसी

दुखदपुरको यात्रा
बख्हापदपुरको कष्ट भोग्दै दुःखदपुर पुग्छ
दुःख कष्ट भोक प्यास सारातन दुख्छ
यो पुरको यात्रा गर्दा लाग्छ आठ मास   अष्ठमासिक पिण्ड  हुनजान्छ गास  

नानाक्रन्दनपुरको यात्रा
नानाक्रन्दनपुर पुग्न नवौ महिना लाग्छ
क्रन्दन गणले क्रन्दन गर्दै प्रेतलाई दाग्छ
दयामायाहीत दूतले मुसलघातले सेक्छन्
मुसलघातको पीडा खेप्दै भावनामा बग्छ

सम्झन्छ पत्नीसँग गरिएका प्रेमलाप
चञ्चलित नयन सँग विताएका रात
मधुरो बोली बचन मिठो हुन्थ्यो बात
नानाथरी पकवान खान्थेम् भोजन साथ

सुतप्तभवनको यात्रा
नानाथरी अलापविलाप गर्छ घरी घरी
सुतप्त भवन पुग्नलाई हिड्छ मरी मरी
दशौंमहिना यात्रा गरी पुग्छ सुतप्तभवन
यमदूतको यातना त भोग्छ थरी थरी
  (हलोबाट पिटाइ)
 पुत्र–प्रदान पिण्डपानी प्रेतले पाउँछ  
घरकाको सेवा पनि सम्झनामा आउँछ

पुत्रका कमल हातले पदकमल दवाई
बितेका ती दिनरात आनन्दमा रमाइ
आज भने यमदूतका बज्रसरि गोदाइ
भोग्न पर्ने कर्म रैछ जीवनभरको कमाइ

रौद्रपुरको यात्रा
रौद्रपुर पुग्न लाग्छ एघारौं है महिना
प्रेतको जीवनमा भैनन् ईश्वर दाहिना
एकादश मासिक पिण्ड हुन जान्छ भोजन
यातनाले पूर्ण जीवन पूर्णता छ रोदन

यहाँ भने यम दूतको पीठमा पिटाइ हुन्छ
जीवित छँदा भोग्यसुख सम्झी सम्झी रुन्छ
रुईबाट बनेको  त्यो आनन्ददाइ गद्दा
आनन्दपो हुन जान्थ्यो करवट फेरी सुत्दा

आज यहाँ भोगेको छु दाउराको पिटाई
सारा पीठ दुःखेको छ  कस्ले भन्ने हाई

पयोवर्षण पुरको यात्रा
साढे एघार मासमा पुग्छ पयोवर्षणपुर
कोदालीले पिट्छन् दूतले पीडा हुन्न दूर

जलसहित प्रदान पिण्ड प्रेत यहाँ खान्छ
कोदालीको शिरपिटाई दुखदाइ ठान्छ
यहाँ प्रेतले
भृत्यको कोमल हातले
सुवासले पूर्ण तेलले
शिरमा गरेको मालिश
प्रेतले  त्यहाँ सम्झन्छ
अनि यममार्गको  
कष्टदाई यातनाको
तुलना गर्छ
यमदूतको कोदालीको पिटाइ  
मेघले बर्षाएको घनघोर वर्षा
 पुत्रद्वारा दिइएका पिण्डको  खाना
यहाँ पनि उस्ले खान्छ
छोराले दिएको ऊनाब्दिक पिण्डलाई
विवस छ ऊ  
कष्टकर यात्रामा अघि बढ्न ।

शीताढ्यपुरको यात्रा
कष्ट भोग्दै प्रेत
एक वर्ष पुग्दा
शीताढ्यपुर पुग्छ
यो अति चिसो ठाउँ
हिउँ भन्दा पनि
सय गुणा चिसो
यमदूतको छुरीले
जिब्रो कटाइ
कटाइको दुखाइ
प्रेतलाई असह्य हुन्छ
अनि विलाप गर्दै सम्झन्छ –
यो जिभ्रोले आपसमा
कति रसिलो रसमाधुर्यले
भरिएको
बार्तालाप गरिन्थ्यो  
आज काटिदै छ
भन्दै विलाप गर्दै
वार्षिक पिण्डको र ,
अरुखाद्यबस्तु खाँदै
अघि बढ्छ ।

बहुभीतिपुरको यात्रा
वर्षको अन्त्यमा यमपुरीे नजिक पुग्छ
बहुभीतिपुर पुगी हाते शरीर त्याग्छ
हातभरको लामो शरीर त्यागी
बन्न जान्छ कर्मयोगको भागी
अंगुष्ठ जत्रो वायुस्वरूप
यातना देह परिणतरूप लिँदै
यमदूत सँग गमन गर्छ
ऊ यमपुरी निकै नजिक पुग्छ

यमपुरीको वर्णन
यमलोक फैलिएको
चौवालीस योजनमा
श्रावण नामक राखिएका
तेह्र प्रतिहारमा
श्रवणकर्म सून्न पाउँदा
द्वारपाल खुसी हुन्छन्
अन्यथा हुन हुन्न
उनी अति क्रोधित बन्छन्

यसलोकमा पुगे पछि
 यमराज देख्न मिल्छ
कृष्णतन लालनेत्र,
पहाडसरि ठूलो तन
 हेर्र्दै डरलाग्दो
भ्रू–भङ्गिमा तन्किएको
अत्यान्त्यै विकृतिले भरिएकोे
सयौं व्याधीले चारैतिर घेरिएको
एक हातमा दण्ड,
अर्को हातमा भैरव पासोले
सुसज्जित यमराजको
दृश्य अवलोकन हुन्छ ।
यमलोकमा पुगेको जीवले
यमले बताएको शुभाशुभ
जानकारी पाउँछ
जस्ले छाता जुता,
घर दान दिएको छ,
पुण्यकर्म गरेको छ
त्यसले सौम्यस्वरूप
कानमा कुण्डलले सुशेभित,
शिरमा मुकुटले सजिएका
यमराजको दर्शन पाउँछ, ।

त्यहाँ भोक प्यासले
तड्पिँदो जीवलाई
तृप्ति गर्नको लागि
एकादशाह, द्वादशाह,
षण्मासमा श्राद्ध
गर्नु पर्छ
धेरै ब्राह्मणलाई भोजन गराउनु पर्छ

विष्णु भन्छन् गरुडसँग –
औध्र्वदैहिक दान जो गदैन
मुक्ति प्राप्त गर्नेमा पर्दैन
स्वार्थमा इहलोकमा भुल्छ भने
स्वर्गतिर त्यो कदापि सर्दैन ।

यमदूतले बाध्य पार्छन्
दृढ बन्धन लगाइ तान्छन्
लान्छन् त्यसलाई
अति कष्ट भोगाइ

धर्मराजपुरमा हुन्छन् चार द्वार
दक्षिण मार्गको बर्णनको मुख्य सार
मैले तिम्लाई यहाँ बताइ सकें सार
भयंकर मार्ग, कष्ट छन् प्रकार
यातना कति भोग्ने,
ुशुभासुभ कर्म सोध्ने
श्रवण भन्छन् धर्मराजलाई
सबै कृत्य कर्महरू
अनि
धर्मराजले दण्ड तोक्ने
यिनै भावसार बोक्दै
यो काव्य अघि बढ्ने

September 10, 2021

स्वर्गको यात्रा सर्ग दुई

(यस सर्गमा गरुड पुराण प्रथम अध्याय
सारभाव समीक्षात्मक प्रस्तुति)
उपकारी गुणीव्यक्ति धर्मका हुन् सार
भगवानले लिने गर्छन् विविध अवतार
उनकै संतुलनले चलेको छ यो संसार
यस्ता दीनदयालको गरौं जयजयकार
 
सबका अधिपतिलाई कल्पवृक्ष ठानौ
धर्मलाई यही वृक्षको मूल जरो मानौ
वेद काण्ड, पुराण शाखा, यज्ञ हुन पुष्प
पुष्पबाट प्राप्तफल नै मोक्ष भनी जानौ

नैमिषारण्य हो देवताको क्षेत्र
यै क्षेत्रमा बल्न जान्छ ज्ञानरूपी नेत्र
जनकल्याण कार्य गर्न ऋषि जम्मा हुन्छन्
 सूतजीको अमृतवाणी सबैले नै सुन्छन्

एकसमय
देव क्षेत्र नैमिषारण्यमा ऋषि जम्मा हुन्छन्
स्वर्गलोक प्राप्त गर्न यज्ञ गर्न थाल्छन्
सहस्रबर्ष लाग्ने यज्ञ थालनीको साथै
सूतजीको अमृतवाणी श्रवणमा लाग्छन्  
 
सूतजी कस्ता भने ज्ञानका हुन् खानी
वेदव्यासका प्रियपात्र ज्ञान सब जानी
शौनकादि ऋषिलाई शंका लाग्न थाले
सबै ऋृषि जाने गर्थे सत्य मिल्ने ठानी

कोही भन्छन्
जीवधारीले मरणपछि अर्को शरिर धर्छ
कोही भन्छन्
जीवधारी मरेपछि यमयातनमा पर्छ

शौनकादि ऋषिमा शंका त्यहाँ जाग्यो
सूतजीको साथमा जाने मन लाग्यो
यी दुई मतमा यथार्थता के हो
खुल्दुलीले हेर ऋषि मन दाग्यो

त्यसो हुँदा
एक दिनको विहानीमा हवनकार्य सकी
सूतजीमा प्रफुल्लता आसनमा बसी  
शौनकादि सोध्न थाल्छन् सत्यतथ्य कुरा  अमृत बाणी प्रवाह होस् सुन्छौ पुरा पुरा

सूतजीलाई खुसी लाग्छ
लोक कल्याणकारी कुरा सुन्दा
यथार्थ खोल्न मन जाग्छ
हरि–गरुण संवाद मनमा गुन्दा

शौनकादि भन्न थाल्छन् –
यममार्ग भयावह हुन्छ भन्छन् सब
महान ज्ञाता हजुरले मर्जी हवस् अब
देवमार्ग सहजमा हाम्ले सुनी सकेम्
यममार्ग सहज–सरल जान्न पाउँ तब

हजुरलाई सुखदुःखको सहजमै छ ज्ञान
यहलोक परलोकको गर्ने सबै समाधान
सत्यतथ्य भई बगोस् सबै भइ सुधारस
यही हाम्रो धारणा छ पवित्र होस् कान

ऋषि बचन प्रवाह भयो सूत चरणमा
सूतजी त  खुसी भए ऋषि धारणामा
विष्णुजीले गरुडमा सुनाएको सार  
सूतजीको आज्ञा भयो विष्णु भावनामा

सूतजी भन्नु हुन्छ
ब्रह्माण्डको यात्रा गर्ने गरुणको मन
पाताल, स्वर्ग, पृथ्वीमा पुग्यो उन्को  तन
नियालेर हेर्दा खेरी यी तीनै लोकमा
पाए उनले पृथ्वीमा अति दुखित जन

रजोगुण, तमोगुण पृथ्वीमा पूर्ण
वैकुण्ठ लोकमाा शुद्ध सत्वगुण

वैकुन्ठमा श्रीहरि आनन्दमा थिए
गरुडले नम्ररूपमा आग्रह गरिलिए
सुने मैले प्रभूबाट भक्ति मार्ग सबै
यममार्ग सुन्ने इच्छ्या प्रकट गरिदिए

भक्तिमार्ग सहजमा प्रदान गर्नु भयो
उक्तम गति प्राप्तगर्ने मार्ग दिनु भयो
यसै गरी यमयात्रा सहजको साथमा
श्रवणको तीव्र इच्छा ममा यो त रह्यो

भगवानले भन्नु हुन्छ–पक्षीन्द्रलाई
पापीजन जाने गर्छन् यहीमार्ग धाइ
जसले सुन्छ यो मार्ग अति डराउँछ
भन्छु मैले सुन तिम्ले दत्तचित्त लगाइ

नरकको मार्ग हेर पापी जनले धर्छ
स्वकर्मको परिणति ऊ त नरक पर्छ
जो व्यक्ति सदा हुन्छ पाप परायणमा
नारायणको जप त्यागि नरकतिर सर्छ

दया धर्म हीन हुन्छ  
दुष्ट सङ्गतिमा लाग्छ
शास्त्र सुसङ्गत त्याग्छ
दया धर्म हीन हुन्छ

स्वयं प्रतिष्ठित जस्ले ठान्छ
अहंकारी वेविचारी हुन्छ
धन र मानको लागि मर्छ
त्यस्तो व्यक्ति नरक पर्छ

आसुरी शक्तिले पूर्ण हुन्छ
दैवीसम्पत्ति रहित हुन्छ

अनेक् विषयमा लोलुपता
अनेक चित्तमा विभ्रान्तता
मोहजालमा छ समावृता
कामभोगमा छ प्रसक्तता

यस्ता व्यक्ति नरक भोग्छन्
वैतरणीमा खस्छन् खस्छन्

परम गति हुन्छ ज्ञानशीलको
नरक गति हुन्छ पापशीलको
 
इहलोक परलोक हुन्छ दुबै कष्टदाइ
पापी जन हिड्नु पर्छ यममार्ग समाइ

यम–मार्ग यात्रा गर्दा दुख कष्ट मिल्छ
केशवको नाम जप्दा स्वर्ग मार्ग लिन्छ
जानी जानी सर्ब कर्म पनि पाप गर्छ
यस्ता नराधमलाई धिक्कार्नु नै पर्छ

परमगति प्राप्त गर्ने समय
सुकृत दुष्कृत यथोपार्जित पूर्वजन्मकर्म
भोग्नु पर्छ नर–नारी सबै पाप अनि धर्म
लाग्न थाल्छ आधि व्याधि नरको गाथमा
जीवनमा बाँच्ने रहर भावनाको साथमा
जानकारी दिन्न उस्ले आइ बेर्न थाल्छ
यात्राकाल थाहा हुन्न दिन हो या रातमा

तर पनि मानवमा कालको ख्याल छैन
खानपिनमा फर।क पर्दा पनि बुझ्दैन
मृत्यु उसलाई डसीराछ, विरक्ति छैन
रूप रङ बद्लीराछ तर थाहा भैन  

अपमानित हुन जान्छ घरका जनजनमा
चाहना छ हिंडडूल गर्न शक्ति छैन तनमा
जसलाई भरण पोषण गरेको थियोे हिजो
उनैद्वारा पालिएको छ मानिमानि झिजो
श्रद्धारहित दिएको खाना खानुपर्छ
कुकुरसरि  खाएर दिनरात काट्छ  

विकृति रूप छ मरणाभिमुर्ख
कसैगरी उस्ले पाउँदैन सुख
कसैको दयामा ऊ  बाँच्नु पर्छ
तपतप आँसु झार्दै दिनरात टर्छ  

जठराग्नि मन्द हुन्छ
खानामात्रा कम हुन्छ
रोगबाट ग्रस्त भई
चेष्टा पनि कमै हुन्छ

वायुले लिन्छ उध्र्वगति
आँखा–नानी जान्छ माथि  
कफ–दमले दिन्छ शास्ति  
ध्वार ध्वार स्वर दिनराती

आफन्तहरू चिन्तित हुन्छन्
बन्धुबान्धव भेट्न आउँछन्
सबैले बरबर आँसु झार्छन्
भरण पोषण उसको गर्छन्

बाँधिन्छ ऊ कालपाशमा
बोली बन्द उस्को साथमा
कुटुम्बको ऊ आशक्तिमा
रुन थाल्छ ऊ वेदनामा

चेतना शून्य हुन जान्छ
लम्पसार भै खुट्टा तान्छ
परिवारको माझ बाटै
प्राण चलायमान हुन्छ

विष्णुजीले गरुडलाई त्यहाँ भन्नु हुन्छ
मरणको समयमा उस्ले देवदृष्टि धर्छ
देख्छ लोक परलोक एकत्रको साथमा
बोल्न भने चाहदैन चकित भने पर्छ

इन्द्रिय जति व्याकुल हुन्छन्
ज्ञान–चेतना जडीभूत हुन्छन्
यमदूत उसको अघि आउँछ
 डराएर उसको प्राण जान्छ

आतुरकालमा प्राणवायु जब ठाउँ छोड्छ
एकक्षण पनि कल्पबन्छ अनि प्राण तोड्छ
शतबिच्छीको एकैचोटी टोक्दो पीडा भोग्दै
मरणासन्न अवस्थामा फीँज पनि काड्छ  

रोगी मुख ¥यालै¥यालले भरिन पो जान्छ
प्राण जाने वेला भयो आतुरताले तान्छ
पापी जनको प्राण जान्छ हेर गुदाबाट
अन्तिममा प्राण जान अति कठिन हुन्छ

रिसपूर्ण भयानक हुन्छ प्रदर्शित रूप
यमदूत दुईले दाँत कटकटाछन् खुप
उध्र्वकेश काककृष्ण बक्रतुण्ड काया
अस्त्रशस्त्र पाश देख्छ रोगी बन्छ चुप
 
भयङ्कर तिन्को दर्शन बिमारीले गर्छ
मरणासन्न त्यो प्राणी अत्यान्त नै डर्छ
यो रूपको दर्शनले दिशा पिसाव झर्छ
रुँदै रुँदै त्यो व्यक्ति अङ्गुष्ठ रूपमा सर्छ

पञ्चभूत शरीर त्याग्दा रुन्छ ह्वाँह्वाँ गर्दै
यमदूतको पाशमा पर्छ  घरतिर हेर्दै
यमदूतको कष्टदाइ यातनालाई भोग्दै
यमदूतले समाउँछन् गलफन्दा लगाउँदै

राजपुरुषले दण्डनीय पुरुषलाई लगेसरि
पापीलाई यमदूतले लान्छन् उस्तै गरी
यमदूतले नरककष्ट बताउँदै लान्छन्
कुम्भीपाक नरक लान डोरीले नै तान्छन्

चाँडोचाँडो हिड्न भन्छन्
तिन्ले त्यहाँ डर दिन्छन्
नरक्र–डर बताउँछन्
छिटो हिड्न लगाउँछन्

यमदूतको रुखो बोली उस्ले त्यहाँ सुन्छ
भाइबन्धुको रोदन पनि त्यस्ले त्यहाँ सुन्छ
यस्तो मार्मिक यात्रामा ऊ आँफै रुन्छ
यमदूतको बाटोमा पिटाइ पनि हुन्छ

यमदूतले त्यहाँ डरलाई  देखाउँछन्
नरक–भय देखाएर पनि झर्नै डाट्छन्
 यमलोकमा जानुपर्छ छिटो हिड्न भन्छन्
कुम्भीपाक नर्कमा लाने कुरा गर्दछन्

यमदूतले प्रताडित अति धेरै गर्छ
प्रताडना धेरै हुँदा मुटु छिया पर्छ
तन काप्न थाल्छ कुकुरले टोक्छ
पापलाई सम्झँदै यमपथमा हिड्छ
भोक तीर्खा बाट पीडित नै हुन्छ
रवि किरणले तन त्यस्को धुन्छ  
दावाग्नि जल्छ वायु पनि बग्छ
कोर्राको पिटाइमा ऊ त साह्रै रुन्छ

वाध्यता छ, यममार्ग उस्लाई हिड्नु पर्छ
कष्टकर पीडा यात्रा सहन गर्नु पर्छ
तातो तातो बालुवा छ बस्नेठाउँ छैन
असमर्थ पदयात्रा सहज पार्नु पर्छ

थाक्न जान्छ मार्गमा ठाउँ ठाउँमा लड्छ
लड्दा लड्दै बाटोमा मुर्छा पनि पर्छ
अतिसय पापमय तमपूर्ण बाटोबाट हिड्दै
यमदूत साथ लाग्दै यमलोकमा पु¥याइन्छ
दुई तीन मुहूर्तमा यमलोकमा ल्याइन्छ
घोरनरक यातनालाई त्यहाँ देखाइन्छ
यमराज र यमयातना मुहूर्तमा नै देखाएर  
यमराजको आज्ञा पाइ इहलोक ल्याइन्छ

मानिस लोकमा आइ
अनादी वासनाले बाँधिएको
त्यो जीव
देहमा प्रवेश हुने
इच्छा राख्छ
तर यमदूतले बाँधेर
राखेकोले
प्रवेश हुन सक्दैन
ऊ भोकाउँछ
तिर्खाउँछ अनि
पीडित भएर रून्छ ।
विष्णु भगवान भन्नुहुन्छ–
त्यो पातकीले
आतुरकालमा दिएको दान र
छोराले दिएको पिण्ड त उपभोग गर्छ
त्यसबाट पनि
त्यो नास्तिक तृप्त हुन सक्दैन
छोराहरूले  दिएको दान, श्राद्ध,
जलाञ्जली
पापीलाई प्राप्त हुँदेनन्
अतः पिण्डदानलाई भोग गरे पनि
ऊ भोक प्यासले व्याकुल हुन्छ
व्याकुलताको साथमा
यम लोकको यात्रा गर्छ ।

पिण्ड दान नगर्दा
त्यो प्राणी  प्रेत बन्छ
प्रेतरूपमा कल्पपर्यन्तसम्म
घनघोर वनमा
अत्यान्त पीडित भएर
भ्रमण गरिरहन्छन् ।
कर्मको भोग गर्नै पर्छ
सैकडौं करोडौं कल्प बित्न सक्छ
कर्मफल नाश हुँदैन,
जबसम्म जीव यातना भोग्दैन
तबसम्म मानिसको शरीर पनि प्राप्त गर्दैन ।
पिण्डदान किन ?
कर्मको फल भोग्नै पर्छ
करोड बर्ष लाग्न सक्छ
कर्मको फल अविनाशी छ
जीवयातनालाई भोग्नै पर्छ

मानव जीवन तुच्छ हैन
प्राप्त गर्न सहज हुँदैन
सहजता प्राप्त गर्नलाई
आफ्ना पितृ तार्नलाई

 पुत्रले पिण्ड दिनै पर्छ
क्रिया कर्म गर्नै पर्छ

दशदिन तक पिण्ड दान
आवश्यक छ सबले जान
त्यो  पिण्ड बन्छ चार भाग
पिण्डबाटै बन्छ प्रेत तन

प्रत्येक दिनको  पिण्ड चार भाग लाग्छ
 पञ्चभूत बन्नलाई दुई भाग जान्छ
तेस्रो भाग पिण्डलाई यमदूतले पाउँछ
चौथो भाग पिण्डलाई प्रेतले खान्छ

तन बन्नलाई  नौ दिन रात लाग्छ
दशौं दिनमा तनले शक्ति पाउँछ
यसरी  दिइने पिण्डबाट
प्रेतको एक हातको तन बन्न जान्छ

यही तनले शुभ अशुभ जे जतिछन्
स्वकर्मफल भोग्नै पर्छ
यमलोकमा त्यो त सर्छ
पिण्डबाट
पहिलो दिनमा शिर
दोस्रो दिनमा घाँटी
तेस्रो दिनमा हृदय
चौथो दिनमा पिठ्यूँ
पाँचौं दिनमा नाइटो
षष्ठ दिनमा कम्मर
सातौ दिनमा गुह्य
आठौं दिनमा जाँघ
नवौं दिनमा घुँडा र पैर
यसरी नौ दिनसम्म दिएका पिण्डले
 प्रेतको शरीर बन्छ
दशौदिनको पिण्डले  
भोक र प्यास े जागरण गर्छ
पिण्डबाट निर्मित त्यो प्रेत तनले
एघारौ–ंबाह्रौं पिण्ड खान सक्छ
तेह्रौं दिनमा प्रेत एक्लै यममार्ग समाउँछ
पीडाहरू बोक्दै बोक्दै यातना सजाउँछ
यम मार्ग र यसको दूरी
विष्णु गरुड चल्न थाल्छ यममार्ग बार्ता
पारगर्ने दूरी कति कस्तो होला यात्रा
छयासीहजार योजनको छ यसको दूरी
वैतरणीलाई छोडीकन यात्रा पुरापुरी

प्रेतलाई हिड्नुपर्छ हेर दिन रात
दुईसय संैतालीस योजनको साथ
मार्गमा पर्न जान्छन् सोह्रवटा्र नगर
पारगर्दै पुगिन्छ है यम–प्रासाद पास

बाटोमा पर्ने नगरहरू
प्रथममा सौम्यपुर, सौरिपुर दोस्रो
नरेन्द्र भवन तेस्रोमा गन्धर्वपुर चौथो
पाँचौमा शैलागम ,क्रौञ्चपुर छैटौं
सातौमा त्रूmरपुर, विचित्रभवन आठौं
नवौंमा बह्वापदपुर, दुःखपुर पर्ने दसौं
एघारौंमा पदयात्रा नानाक्रन्दपुर
बाह्रौमा सुप्त भवन,तेह्रौ रौद्रपुर
चौधौ पुर भनेको हो पयोवर्षणपुर
शीताढ्यपुर पार गर्दै पुग्ने भित्रीपुर
यिनै पुर पार गर्दै,पुग्ने धर्मराज–भवन
बाँधिएको पापी जीव गर्छ अति क्रन्दन

गर्न पर्ने मानवले जिउँदो छँदै सुकर्म हो
सुमार्ग त्यागी काम गर्दा हुन जाने कुकर्म हो
केशवको कथन सबै गरुडले सुन्दै गए
डरलाग्दो यममार्ग पीडा मनमा गुन्दै गए
 
मानव जन्मे पछि मर्छ
चाहे यसै संसारमा होस्
या परलोकमा होस्
सुकर्म या कुकर्मको फल
उसले भोग्दै भोग्दै हिड्नु पर्छ
 ती मार्ग कष्टतालाई
श्रवणमा गरुड प्राप्ततालाई