March 1, 2023

बुद्धिमान न्याउरी मुसो कथासङ्ग्रहमा बालमनोविग्यान

सदानन्द अभागी
२०६२ सालमा पहिलोपटक प्रकाशित तिलकानेको टिकोलाई नाम परिवर्तन गरी बुद्धिमान न्याउरी मुसोको नामकरणमा  प्रकाशमा आएको कथासङ्ग्रहको २०७२ असोजमा तेस्रो संस्करणकौ रूपमा बजारमा आईसकेको छ  । योभित्र १६ वटा कथाहरू समावेश गरिएका छन् । कथा निकै रोचक छन् । कथाले विविध पक्षमा सन्देश दिएका छन्  तर मैले ती सबै पक्षमा नलागि यहाँ बालकको चेतना र तिनीहरूको त्यसप्रतिको लगाव कस्तो छ र बाल जगतमा यस्को कस्तो प्रभाव पार्छ त भन्ने यार्थतामा आधारित रहेर केही लेख्ने प्रयास गर्दे छु । बालबालिकाले जानेर तथा नजानीकन पनि जानकारी लिन आफ्ना बाबुआमा साथी भाइ तथा अन्यव्याक्तिहरूसँग जिज्ञाशा राख्छन् र आफ्ना मनमा लागेको कुरालाई व्यवहारमा उतार्दछन् । कुनै पनि बालबालिका तथा मानिसको विकासमा अनुवंश र वातावरणले प्रत्यक्ष प्रभाव पार्दछ । वंशानुगतबााट प्राप्त गुणमा वातावरणीय गुणको संयोजन हुन जान्छ मानिसको व्यक्तित्वको सिर्जना हुन्छ । त्यसे हुँदा बालबालिकाको विकासक्रममा आफ्ना बाबआमाको वंशानुगत गुणको साथसाथै बाहिरी प्रभावले पनि असर पार्दछ  भन्ने मेरोे धारणा हो ।
हुन त म बुद्धिमान न्याउरी मुसाको कथासङ्ग्रहमा नवराज रिजालले बालबालिकाको मनोभावलाई कसरी प्रस्तुत गरेका छन् भन्ने तर्फ अध्ययन गर्न गै रहेको हुँदा अलिकति बाटो छोडे जस्तो लाग्ला तर पनि बालबालिकाको जन्मजात गुण र वातावरणीय प्रभावलाई जोडेर हेर्दा निश्चय पनि अध्ययनलाई सवल बनाउँछ भन्ने लाग्छ । अब म चतुरेको ख्यातितिर अध्ययन गर्न लाग्छु । यस कथामा रिजालजीले भँगेराका जोडी, उसको बच्चा,सकिना, सविना र उनका बाबा आमालाई जोडेर कथा रच्नु भएको छ । भँगेरा गौथली जस्ता चराहरूले मानिसको घरमा गुँड बनाएर मानिसकै संरक्षणमा बच्चा हुर्काउने गर्छन् । चराहरूले संरक्षण पाउँछन् या पाउँदैनन् त्यो त मानिसले तिनीहरू माथि गरिने व्यवहारमा भर पर्छ । सकिना र सविनाकोमा भँगेराले गुँड बनाएर बच्चा कोरलछन् । गुँडमा बच्चाको च्याँच्याँ र चुँचुँको आवाज सुनेर दिदीको मन बच्चा हेर्न ललाइत हुन्छ । दिदीले सुटुक्क हेर्नको लागि बहिनीलाई मनाउने प्रयास गर्नु प¥यो । दुबै सहमत भए पछि चराको बच्चालाई हेर्ने कनिका खुवाने कामको थालनी हुन थल्यो । एउटा बच्चा मरेपछि सोकमग्न भँगेराको जोडीले त्यो ठाउँ छोडी दिन्छन् । त्यो बाँचेको बच्चाको  रोदनमा सकिना र सविनाको बाबाले फालिदिने आदेश दिनु ती दुई दिदीबहिनीले बच्चालाई साथमा राखेर पाल्दछन् । भँगेराको बच्चाले दिदी बहिनीको साथ पाएर मानिसको भाषा बुझ्ने, गाउँमा चोरी भएका बस्तु पत्तालगाई दिने, गर्दा त्यो बचेरो सबैको प्यारो भएको धारणा आएको छ । एटै घरका दिदी बहिनीमा पनि भावना फरक फरक छन् । यस कथामा एउटा चराको बचेरोले मानिसका बच्चीबाट बचेरो हेर्न पलाएको जिज्ञासा बाट पाएको मायाले गर्दा बाल भावनालाई अभिभावकले तथा समाजले बुझ्नुपर्छ भन्ने धारणा आएको छ ।
जाँगरिला मान्छे –यस कथामा दशै तिहारमा बाटा खन्ने, घर सिंगार गर्ने,सरसफाई गरेर गाउँलाई सुन्दर बनाउने काम समाजमा थियो र अहिले पनि यी काम ठाउँ ठाउँमा भएको पाइन्छ । यहाँ रिजालजीले बाल बालिकामा तीन प्रकारका बालबालिकहरूको मनोभावलाई प्रष्ट्याउने प्रयास गर्नु भएको छ । एकथरिका बालबालिकाले जाँगर चलाउने दोस्रो थरीकाले अरूले भनेको मा इखलागेर काम थालनी गर्ने र  तेस्रो थरी अल्छीको साथसाथै गर्न सकिन्छ भन्ने आँट नभएकाहरू पर्दछन् । मिस्राले आफ्नो काम गरेर राम्रो भएको जानकारी गराउनु, लक्ष्मीले गाउँको बाटाो किन नखनेको भनेर प्रश्न राख्नु, नारायणदेवीले 'तिमीहरूको गाउँ त अल्छी' भन्नु, यी तीन बालिकाको कुरालाई बाटो नखनिएका गाउँका आसनारँ, पुननारँलाई विझाउनु, बाटो खन्नको लागि गाउँमा युवाहरूमात्र बीस जना देखिएपछि उमाले बाटो खन्न सकिने आदि कुरा आउँदा धनजीते लगायत केहीले पार नलाग्ने भनेर तर्किनु र सातदिनमा कडा परिश्रमपछि बाटो खनेर सकिनु, तर्किनेले माफी माग्नु रमाफी दिएर साथमा लिनु, काम गर्नेवाला स्याबासीका पात्र बन्नु, मुुुुखिया हजुरबाले चौतारामा तिनीहरूलाई अबिर र माला लगाइदिनु तिहारमा गाउँमा पिङ पनि हालिनु, तिहारमा जुवातास खेल्न नपाउने नियम बनाउनु गाउँमा जाँडरक्सी बन्देज गरिनु ,गाउँमा शान्ति आउनु,बैठकमा यो कामको श्रेय पल्लो गाउँलाई दिनु पर्ने जस्ता महत्वपूर्ण बिचारहरू कथाले समेटेको छ । वातावरणले बालबालिकाको भावनालाई बदल्न सक्ने,कर्मशील बनाउन सक्ने,समाजले त्यसलाई कदर गर्ने जस्ता धारणलाई कथाकारले प्रष्ठ्याएका छन् ।
. यसकथामा रिजालले बालबालिकाहरूको मनोभावलाई कसरी नकरात्मकबाट सकरात्ममा लान सकिन्छ, सामाजिक विकृतिलाई बालबालिकाबाटै कसरी न्युनिकरण गर्न सकिन्छ,,एक गाउँको राम्रो तथा नराम्रो कामको प्रभाव कसरी अरूगाउँमा फैलिन सक्छ भन्ने सन्देशहरू प्रवाह गरेका छन् । यसकथामा माथिनै भने जस्तो बालबालिकाको भावनाबाट उत्पादित सिर्जनात्मक कर्मलाई कथाकारले सफलताको साथमा उतारेका छन् ।
सडकको साथी –नजानेका नबुझेका कुराहरूलाई जानकारी लिन उत्सुकता जाग्नु स्वभाविक हो । यो उत्सुकता त धेरै बालबालिकामा हुने कुरा पनि स्वभाविकै हो किनकी जन्मदैमा सबै कुरा नावालकले जानेको हुँदैन । उसले घर, समाज संगतबाट सिक्छ । सजबुन र सबनमले खाते भनेको के हो भनी दाजुसँग आग्रह गर्नु । मनबाटै तीव्र इच्छा जागेर आएका कुरालाई दुई दिदीबहिनीले अठोट लिनु र' विनमहम्मदले खाते शब्दलाई बहिनीहरू माझ परिभाषित गर्नु , बालकको मनोविज्ञानलाई अभिभावकले बुझ्न नसकेपछि उनीहरू विरक्तिएर घरछाड्नु, बाबु आमा नहुनु, घरबाट भागेर हिड्न,ु,प्लासिटक बटुल्नु, फालिएका खाना खानु,लुटपाट गर्नु पाए खानु नपाए भोकै बस्नु,,चोरीगर्नु पिटाइ खानु, सुधार गृह्यमा राखेर कामहरू सिकाउनु र सुधार्नु आदि कुरा दाजुले बहिनीहरूलाई खाते र खातेबाट गरिने कामलाई  प्रष्ट पार्नु, यी सम्वादबाट दुई दिदी बहिनीमा 'बिग्रन लागेकालाई पनि सही बाटोमा ल्याउन सकिँदोरहेछ' जस्ता भावनाले बाल मस्तिष्कलाई भरिदिएको छ ।  यस कथामा रिजालले बाल मनो विज्ञानलाई बाबु आमाले बुझ्न नसक्नु नै बाल बालिकाले बाटो बिराउँछन् र खाते, चोर , लुटेरा आदि नराम्रो कुलतमा फसेका हुन्छन् भन्ने धारणा कथामा पोखेका छन् ।
हजुरआमाको गुरू – सर्वप्रथम बाबुनानीका पहिला गुरुबा र गुरुआमा भनेका बाबाआमा नै हुन् यसमा कुनै विवाद छैन । बाबुआमाका क्रियाकलापबाट बालबालिकाले राम्र नराम्र गुण सिक्छन् । कथाकारले नाति र हजुरआमाको संवाद चलाउँदै बालकले नपढने चाहना व्यक्त गर्छ किनकी उसका बाबुले पढेको छैन । यहाँ विगत समया स्कुल नभएकोले पढ्न चाहानेले पढ्न नपाउने कुरा,पहिलेका बालबालिका आज भन्दा आग्याकारी भएका कुरालाई स्मरण गराउँदै नातीलाई सम्झाउनु,,समय परिवर्तन भएकोले पढ्नै पर्ने नपढे दुख पाइने, सानो भए पनि नाती अल्छी र जिज्ञाशा राख्न सक्ने खालको भएकोले उसले हजुरआमासँग निकै कुरा राख्नु र हजुरआमा पढ्न गए मात्र पढ्न जाने नत्र नजाने भन्ने धारणा राख्दा हजुरआमा पढ्न जाने भएपछि दुबै सँगै सँगै जान थाल्दा हजुर आमा भन्दा जान्ने हुनपर्ने धारणा मनमा पलाउनु र निकै मेहनत गरेर पढ्न थाल्नु सबै भन्दा जान्ने हुनु र हजुर आमाले पनि पढ्न चिठी लेखपढ गर्ने सक्ने भएको देखेपछि एसएलसी परीक्षा दिन पर्छ भनेर हौसाउनु, हजुर आमाको गुरुको पद हाँसिल गर्नु जस्ता धारणा पस्कदै रिजालले यस कथामा बाल कुभावनालाई घरपरिवारले कसरी सुकर्ममा परिवर्तन गर्न सक्छन् । सो परिवर्तन स्वयम्मा पनि हुनसक्छ भन्ने धारणा आएको छ । यस कथामा कथाकारले भूत र वर्तमान परिवेशलाई केलाएका छन् र घरपरिवारलाई मनोभाव बाटै परिवर्तन गराउन सकिन्छ भनी मार्ग दर्शन दिएका छन् ।
बुद्धिमान न्याउरीमुसो ः यस कृतिको नामाकरण यसै कथाबाट गरिएको छ । कथाकारले न्याउरी मुसालाई मानवीकरण गरी तिलोत्तमा र नर्वदालाई प्राकृतिक प्रकोप निम्त्याउने मानिस नै हो भन्ने जानकारी गराएका छन् । दुःख पायौ मङ्गले, आफ्नै ढङ्गल पहिलो आवाज आउँछ तर कोही देखिदैन । तिलोत्तमा र नर्वदाले लेते खोलाले परार साल गाउँमा पसेर दुईसय घरपरिवार घरबार विहिन बनाएको, स्कुलमा बस्न परेको र पोहोर साल खेत नै बगाएर लगेकोले गाउँ नै विस्थापित गराएको कारुणिक घटनालाई स्मरण गर्दै  कुरा गरि रहेको वेला पुन 'रिस खा आफू बुद्धि खा अर्को, हो कि होइन त ?' फेरि कसैले सोध्यो ? यसमा पनि भ्रममा परे जस्तो ठान्नु 'ऐले पीर मानेर के गर्नु, त्यतिखेर बुद्धिको भाँडोमा बिर्को लगाइहाल्यौ' 'ए नानी हो, प्रकृतिविरूद्ध जाने को हो ? 'नरिसाओ न, गल्ती औंल्याइदिएँ भनेर चित्त दुःखेको हो ?' 'नानी हो, मलाई चिन्यौ ?' 'राम्ररी सुत है, जग्गाजमिन र घर खोलो पैरोले उडाइहाल्यो त,  जथाभावी वन नफाँड, खोलो थुनछेक नगर भन्दा तिम्रा बा–दाइहरूले मानेनन् त 'नानी हो, मलाई चिन्यौ ?' जथाभावी वन नफाँड, खोलो थुनछेक नगर भन्दा तिम्रा बा–दाइहरूले मानेनन् त, आदि प्रश्न गराई र खोजी गर्दा कुनै मानिस नपाउँदा उनीहरूले मानिस फेला नपरेपनि बोलिएका कुरा भनै यथार्थ परक छन् भन्ने महसुस गनु र रुखमा चढेर खोज्दा पनि कोही नदैख्नु, रुखबाट झरेर हेर्दा  न्याउरीमुसो र लोखर्के फुतफुती झरेर नजिकका पोथ्रातिर चढेको देखेपछि र  'प्रकृतिविरूद्ध मनपरि नगर्न भनिदेओ घरमा' फेरि आवाज  सुनेपछि तिलोत्तमाले न्याउरीमुसो  भनी  चिन्नु तीन जनाबीच संवाद हुनु , साथीसाथी भएको र परेका वेला एक अर्कालाई सहयोग गर्ने धारणा सहित हात मिलाउनु । साँच्चै मान्छेको गल्तीले धेरैजसो विपत्ति आउँछ भन्ने यथार्थताको साथमा र यो गल्ती नगर्ने संदेश बाबा आमालाई दिने अठोट ती बालीकाको मन मस्तिष्कमा भर्ने काम कथाकारले गरेका छन् । बालिकाको मनमतिष्कमा नै कौतुहलता ल्याउने खालकोल यो कथा निकै रोचक र सन्देश मुलक छ ।  
कलाकारजानकी– कथाले समस्तीपुर गाउँका निवासीको सुशीलपन,मिलनसारिता आपसमा सहयोगी भावना, विवादमा गरिने शान्तिपूण समाधान, गरिबीमा जुध्ने प्रवृत्ति,बालबालिकालाई सानै उमेरमा गरिनु पर्ने स्यहार सुसार, पतिपत्नीमा हुनुपर्ने मेलमिलाप, पुत्रपुत्रि जन्मदा बाबुआमामा देखिने आनन्दता आदिलाई केलाउँदै कथाकारले धेरै धारणालाई समावेश गरेका छन् । नेपाली समाजमा अन्ध विश्वासले अति गहिरो जरो गाडेको छ । रामदासकी छोरी ६ वषर्ककी हुँदा दाहिने हात नचल्ने अवस्थामा 'डाक्टरकोमा लान ढिला हुँदा उसको आत कहिल्यै नचल्ने जानकारी पाउनु र दुखित हुनु, पूर्व जन्मको फल भनेर आमा फतफताउनु । 'राम्रो देख्न नसक्ने असन्तोषी भगवान्' भनेर भगवानलाई आरोप लगाउनु, मानवमा जे जस्तो भए पनि मन बुझाउनु पर्ने बाध्यतालाई कथाकारले प्रष्ट्याएका छन् । बालिकाको भावी कर्म प्रति सकरात्मक प्रस्तुति गर्दै बालिकाले देब्रे हातले लेखेर कलाकार बनेको कुरा, साथीहरूले एक हाते भन्दा पीडा हुँदा पनि सहनशील भएर  तिनीहरूभन्दा असल मान्छे बन्ने अठोट लिएका कुरा  कक्षा दशमा पुग्दा उनी राम्रो चित्रकार बनिसकेका कुरा र आफ्नो मात्र नभएर समस्तीपुरको नामलाई फैलाएका कुरा, कथाकारले बाल जगतलाई दर्शाएका छन् । यहाँ पनि कथाकारले शिक्षकको विद्यार्थी र समाजमाप्रति गरिने सकरात्मक मार्गदर्शन । नकरात्मक सोच राख्ने बालबालिकामा सकरात्मक सोचगरी अगाडि बढेर सफलता हाँसिल गर्ने प्रति नतमस्तक हुनु पर्ने यथार्थता पनि कथाकारले पस्किएका छन् ।
बच्चो चिल – यस कथामा कथाकारले अहम्ताको नतिजा दुःखदाई हुन्छ र पछि पछुतायर केही हुँदैन , यसको लागि समयमै सबैको साथ हुनुपर्छ,तबमात्र हरेक समयमा सबैको साथ पाइन्छ भन्ने बालजगतको मनो भावनालाई परिवर्तन गराउने प्रयास गरेका छन् ।बच्चो चिलको हठ र म नै जान्ने , कसैको मतलव नराख्ने हुँदा उसलाई समाजबाट अलग्याइन्छ । मरेको सिनो ठानेर गिद्धले झम्टिन्छ , ऊ घाइते हुन्छ । खाना खान पाएन कसैले साथ दिएनन् । उसको अवस्था निकै नाजुक भएपछि साथीहरूको पुनः बैठक बस्यो उसको बुद्धि भएन भन्दैमा सबै मुर्ख बन्नु हँुदैन भन्दै सहयोग गर्नुपर्छ भन्ने साथीहरु निष्कर्षमा पुग्छन् र तिनीहरू बच्चो चीलकहाँ पुग्छन् । साथीहरूलाई देखेपछि ऊ डाँकै छाडेर रोयो र माफी माग्यो । अब कहिल्यै त्यस्तो गल्ती गर्दिन भन्दै हात पनि जोड्यो । सबैले क्षमा दिएको धारणा आएको छ कथामा । रिजालको प्रस्तुती कला निकै राम्रो छ । सकरात्मक सोचमा परिणत गराउन सकिन्छ भन्ने ज्ञान छ ।
कैलेको बिदाई– यसमा कथाकारले एउटा टुहुरो बाख्राको पाठोलाई प्रक्रिया बच्चीले हुर्काएको कुरालाई े मार्मिक रूपमा उठाएका छन् । सुत्केरी हुने वेला महिलामा हुने मृत्युवरण र नवजात शिशुको कष्टदाई पालनपोषण, पालनपोषण्कर्ता र शिशुवीचमा बस्ने माया प्रेम तथा अपनत्व र पालिएको बस्तु बिक्री गर्दा  घरमुलीले बुझ्न नसकेको बाल तथा पशुभित्रको आपसी मित्रताको मनो विज्ञानलाई प्रष्ट्याउने प्रयास गरिएको छ कथामा । समाजमा चलिआएको घरमा पालुवा बस्तुको विक्रिमा दिइने दाम्लो फुकाएको÷बगाल छुटाएको अथवा गोठालोलाई दिइने पैसा प्रकृयाले लिन नमान्नु, कैले (बाख्रको पाठो) लाई विक्री गर्न लाग्दा न बेच्नको लागि आमाको सहारा लिनु,रुनु, कसैले सक्झाउँदा पनि नसम्झनु, साथीहरूले सम्झाउनु, बाबुले खोरबाट कैलेलाई निकाल्नु  कैले कराउनु, ऊ रूँदै बाहिर आएर च्याप्प समातेर म्वाई खानु कैलैले पनि मुख, ओठ, गाला र कानतिर जिब्राले चाट्नु , प्रक्रियाले छुटाउन खोज्नु ंआँगनमा डङरङ्ग पछारिनु , दुबै रुनु जस्ता कारुणिक घटनाले सबैको मनलाई छुन्छ  र कथा पढ्दा सबैका आँखा रसाउँछन् । बाबुले नपु¥याएको विवेकले एउटी बालिकाको मन मस्तिष्कमा पु¥याएको चोटलाई कथाकारले प्रष्ट्याएका छन् ।
तिलकानेको टिको– यस कथामा कथाकारले बालहटको एउटा नमुना प्रस्तुत गरेका छन् । आकृतिले आमालाई कथा सुुनाउने भन्नु तर आमले कथा नसुनाउनु र आकृति रिसाउनु, साथीहरूसँग खेल्न नजानु, दिदीबाट ल्याएको खानेकुरा नखानु, रुन थाल्नु बाबाले तिलकानेको कथा सुनाउनु , तिलकानेलाई मुन्नीले माया गरेको कुरा र तिलकानेले पनि मुन्नीलाई माया गर्नु जस्ता धारणामा चाहे पसुपन्छी या मानिसका बच्चा नै किन नहुन् एक आर्कामा आकर्षित हुन्छन् । यो सत्यतथ्यलाई नवराजले पशुपंक्षी र बालबच्चाको सम्बन्धलाई आफ्ना कथामा सहजरूपमा व्यक्त गरेको पाइन्छ । यस प्रकारका लेखनले बालपाठकको मनमा छुट्टै स्थान लिन्छ र उनीहरू भावनात्मक रूपमा त्यतातिर लाग्दछन् । अभिभावकले बालबालिको स्वभावलाई कतातिर बढी मोड्छन् त्यसमा पनि प्रभाव पार्दछ । कुकुर र बिरालाको बच्चा देख्दा कोही बालक रमाउँछन् भने कोही बालक डराउँछन् । मनपराएको चीजलाई बालबालिकाले टाढा राख्न चाहादैनन् । खाना बिर्सन्छन् , खेल्न विर्सन्छन् र तिनीहरूको ध्यान÷ माया आपूmले मन पराएको बस्तुमा केन्द्रित हुन्छ । यहाँ तिलकानेलाई मुन्नीले नयाँ कपडा नलगाउने कानको मुद्री बेच्न परे बेच्ने तर तिलकानेलाई नबेच्ने अड्डी लिन्छे । दशैंमा तिलकाने काटेर मासुखाने कुरामा ऊ असहमत हुन्छे र पूmलपातीको राती तिलकाने र आपूm घर छोडेर हिड्छे । सबै उसको खोजीमा हुन्छन् । उसको चाहनालाई दःुख पु¥याएकोमा पश्चताप गर्दछन् । टिकाको दिन तिलकाने सहित ऊ घरमा फर्कन्र्छे र तिलकानेलाई पनि टिका लगाउन र मामाघर लिएर जाने प्रस्ताव राख्छे । सबै सहमत हुन्छन् । कथा मार्मिक छ । बाबु आमाले बाल मनोविज्ञानलाई बुझ्न पर्ने शन्देश छ ।
स्याबास गोपी –यस कथामा काठ तस्करले काठ कसरी काट्छन् भन्ने धारणालाई कथाकारले चिउरीको रुखलाई मानवीय करण गरी गोपीलाई बचाउनको लागि आग्रह गर्न लगाई गोपीले काउसो प्रयोग गरी वन काट्ने मानिसलाई ज्यान चिलाउने बनाएर भगाई रुखलाई काट्न बाट बचाएको धारणा आएको छ । चिउरीको रूखबाट फललाई खान पाइने चिउरीको दानाबाट घिउ बनाइने , दाउरामा प्रयोग गरिने, निर्माण सामाग्रीको रूपमा प्रयोग हुने, चराहरूको आश्रय घर आदि बहुआयमिक उपयोगितालाई महत्वपूर्ण रूपमा उठाइएको छ । एउटा बालकको बुद्धिमत्ता सोचबाट वन जोगाउन सकिन्छ भन्ने जानकारी बालबालिकालाई मात्र नभै सबैमा जानकारीको सन्देश जानु महत्वपूर्ण काम हो । ' जुक्तिले बलियालाई हराउन सकिन्छ भन्ने उदाहरणा बालबालिकमा जाँदा बालबालिकाको अग्रगमन सकरात्मक हुन्छ । प्रस्तुति निकै मिठो छ ।
एउटा गन्तव्य – बाबुआमालाई बालगंगाले बगाएर टुहुरो बनेको रामनरेशप्रति उसकी काकीले गरेको विभेदको मारमा सहनशील, कर्मशील, विवेकशील बालकले भोग्न परेको पीडा र काकाकाकीका प्यारा छोराछोरीले पाएको मायामा बनेका अल्छी पना र वेकम्मा प्रवृतिप्रतिको तुलनात्मक उदाहरण हो यो बालकथा । उसले काकाका छोरा छोरीप्रति गरिएका सुव्यवहार र उसले उनीहरूबाट प्राप्त गरेको तिरस्कार, त्यसमा ग्रामिण बालबालिकाले राखेको रामनरेशप्रतिको सहानुभूतिले बालबातावरणमा मिश्रित खाले सन्देश बोकेको छ । नेपाल एउटा गरिब देश हो यहाँका जनता गरिब हुनु स्वभाबिक हो ।तर गरिबीमा हरिपीपन जोडियो भने मानिसको जीवन कष्टदाई हुन्छ । त्यो हरिपपनमा रहेकी काकी बिमारी हुनु, थला पर्नु । सहयोग गर्ने कोही नपाउनु रामनरेशले नै काकीका सबै सेवा गर्नु दिनरात नभनी अहोरात्र खट्यो, काकीलाई अत्यन्तै प्रभावित पा¥या,े बिरामीबाट उठेपछि भने काकीको मन अचम्मसँग फेरियो । उनले गरेको सबै हरिपीपनमा पश्चात्ताप गरिन् । काकीले मनको सबै कुरा पनि सुनाइन् दुबैजन पेटभरि रोए , अन्त्यमा काकीले ऊसँग क्षमा मागिन् ।
कथा मार्मिक छ । विवेकहीनताले गर्दा दुई घटनाले स्थान लिएका छन् । पहिलो घटना आफ्ना संतानमा अंधोप्रेमले गर्दा आफ्ना सन्तान अल्छि र वेकम्मा बनेका छन् । तिनीसँग गाउँका केटाकेटी पनि र सहभागी हुन चाहाँदैनन् तर्र  अर्कोमाथि विभेदले ग्रशित रामनरेशप्रति सबैको सहानुभूति रहन्छ । अर्कोपक्ष भनेको कठिन परिश्रम गर्ने सत्कर्मीले चट्टानलाई पगाल्न सक्छ र नयाँ वातावरण सिर्जनागर्न सक्छ भन्ने सन्देश हो ।  रिजालजीले यस कथाबाट बालमस्तिष्कमा नयाँ उर्जा थपेका छन् र अन्याय अत्याचारीलाई सुमार्गमा ल्याउन सकिने साथै  विभेदको  अन्त्य गर्न  सकिन्छ भन्ने सन्देश दिएका छन् ।
बाटो खोज्दै –कथाकारले, तीनथरी व्यक्तिको कामलाई समावेश गरेर कथा सिर्जना गरेका छन् । एउटा गरिबी देखाएर माग्ने र जाँड खाने व्यक्ति, अर्को गरिबीलाई सहयोग गर्नुपर्छ भन्ने दुई छात्राहरू र गलत कामलाई प्रोत्साहित गर्ने नगर्ने युवाहरूको हुल । जयन्ती र मङ्गलीले आफ्नो खाजा, फिसतिर्ने पैसा, कापी किन्ने पैसा, माग्ने बुढोको भोक मिटाउन दिने गर्नु, । मिश्रित बिचार भएका युवाहरूले त्यो बुढो भिखारीको कुलतलाई कसैले प्रोत्साहित गर्दै रक्सी खुवाउनु, कसैले यसो गर्न नहुने धारण राख्नु र भिख माग्ने यो कर्म देखेपछि दुई छात्राले पुन भिख माग्दा यो कर्मको स्मरण गराउँदा भूल भएको धारणा राख्दै माफी माग्नु तर दुई छात्राले माफि नदिदै आफ्नोबाटो लाग्नु । सन्देश प्रष्ट छ । अक्षम्य गल्तीमा माफी दिन नहुने सन्देश, युवाहरूको मिश्रित क्रियाकलाप, गलतकाममा प्रोत्साहन गर्न नहुने सन्देश । यसविषयमा बालसमाजमा पर्ने असरलाई कथाले कुकर्मबाट टाढिनु पर्ने सन्देश प्रवाह गरेको छ ।
ँकान समाए – वातावरणले पार्ने असरले गर्दा विद्यार्थीमा आउने भावनामा परिवर्तन, त्यो परिवर्तनमा प्रधानाध्यापक र शिक्षकले निभाउन पर्ने भूमिकालाई कथाकारले प्रष्ट पारेका छन् । हरेन्द्र नामक एक विद्यार्थीले रिङ खेल्छ एस्एलसीको परिक्षमा फर्म भर्ने पैसा सबै हार्छ । स्कुल जाँदैन,शिक्षकबाट खोजी हुन्छ । उस्ले फर्म भर्ने पैसा हारको र घरबाट पैसा ल्याउन नसक्ने अवस्थामा पुगेकोले परीक्षा नदिने निर्णय लिएको कुरा सुनाउँछ र सबै शिक्षकले सम्झाएर पैसा राखि दिएमा के गर्छस् भन्ने प्रश्नमा उसले 'अब त्यस्तो कहिल्यै गर्दिनँ सर । तपाईंको गुन असल मानिस बनेर तिर्छु'– उसले आँखा मिच्दै भन्छ । उसको प्रतिबद्धताले सबै सन्तुष्ट बनेर स्यावासी दिएको धारणा आएको छ ।
सिङ्गो पाटो –यस कथामा कथाकारले दुबै परिवारका बाबाआमा र तिनका छोराछोरीको क्रिया कलापकाले गर्दा गरिब कसरी धनी बन्छन् र धनी कसरी गरिब बन्छन् सप्रमाण कथा सिर्जना गरेका छन् । बाबाआमाको वंसनुक्रमको अंश र वातावरणबाट पार्ने प्रभाव नै मानिसको समष्ठि गत व्यवहार बन्न जान्छ । जमुनाका बा–आमा गरिब भए पनि परिश्रममा बाच्ने रमाउने र सन्तोष लिने खालका छन् । बाबुआमाको परिश्रमलाई दिदीभाईले पनि सिको गरेर परिश्रमी बन्दै जान्छन् । यिनीहरूको कर्मको फलले धनी बन्दै जान्छन् । लाल र ललिताका बा–आमा त्यति जाँगरिला थिएनन् । बा प्रायः गाउँ डुल्थे र तास खेल्थे । आमा वल्लोपल्लो घरतिर गफिन जान्थिन् । बाबाआमाको कामको सिको छोराछोरीमा पर्नु स्वभाबिक हुन्छ । यसको नतिजा तिनीहरू गरिब हुँदै जान्छ् । जुवाको खालमा भएको झगडामा बाबाको मृत्यु भएपछि छोरा छोरीले दुःख पाउँछन् । समाजमा यी दुई परिवारहरू धनी र गरिब बन्ने गफका पात्र बन्छन् ।
टरर्र ताली– यस कथामा बालबालिकाले प्राकृतिले सजाएको नदी किनारमा नयाँ वर्ष मनाउनका लागि वनभोजको आयोजना गर्नु, अनुशासितरूपमा कामको वाँडफाँड गर्नु अनुशासितरूपमा ठीक समयमा,जम्मा हुने कुरा हुँदा हुँदै पनि कोही ढिलो हुनु,कोही खाजा बनाउनु, नाच गान गर्नु, गाउँमा रोएको अवाज आउनु कोही छात्रछात्रा त्यतर्फ गएर काटमार भएको, घाइतेलाई अस्पताल पु¥याउनु, पुलिस बोलाउनु, पुन वनभोजमा सामिल हुनु ,वनभोजकार्य समाप्त पारी घर फर्कने अवस्थामा पुन दुई जना जँडेहालाई हिड्न नसक्ने अवस्थामा भेट्नु त्यसलाई माफीमाग्न लगाउनु र माफी मागेपछि टरर ताली बजाउनु, घरपु¥याउनु जस्ता पक्षलाई कथाले उठान गरेको छ । यस कथामा मुण्ड मुण्ड बुद्धि, कुण्ड कुण्ड पानी भने जस्तै सबै बालबालिकाको एकै किसिमको मनोभावना हुँदैन, सबैमा समयको सही सदुपयोगको एक रूपता हुँदैन,  सोचमा पनि फरक हुन्छ,, कोही असहजतालाई सहजतामा पुरूयाउन चाहान्छन् भने कोही यसबाट ठाढा रहन चाहान्छन्, नयाँवर्ष आपसी द्वन्द्व रहीत आनन्ददाई रूपमा मनाउँन सकिन्छ आदि समाज सुधारको सन्देशलाई कथाकारले प्रस्तुत गरेका छन् ।
नयाँ बिहानी– यस कथामा द्वन्द्व, त्यसले निम्त्याएको विनास, द्वन्द्वबाट नित्याएको छोराछोरीमा पर्न गएको प्रभाव, त्यो प्रभावले साथी साथी बीचमा शत्रुता बढ्नु, शत्रुता प्रतिशोधमा उत्रदा आवेशमा जे पनि हुन सक्ने सम्भावना, द्वन्द्वमा बाबा आमा मारिनु बच्चाबच्ची टुहुरा टुहुरी बन्नु बालबालिका पुनस्र्थापना केन्दमा बस्ने व्यवस्था गर्नु , पुनस्र्थपनामा बसोबास गर्नेहरूलाई विभिन्न समूहमा बाँडेर,हरेक समूहको नाइके बनाउनु, नाइकेले सम्झाइबुझाई गरेर राम्रो काममा लगाउनु, नमान्नेलाई धेरै पढ्न पर्ने, कथा, कविता र गीत सुनाउनुपर्ने सजाय दिनु, यहाँ दुई बालकमा देखिएको झगडालाई पुरस्कार प्राप्त एउटा बालिकाले बनाएको चित्रमा छलफल गर्नु,'प्यारो नेपाल' समूहकी नाइकेले त्यो चित्रले दिएको संदेशलाई परिभाषित गर्नु ,  चित्रमा सफा आकाशमा रातो सूर्य र छेउमा विद्रोही तथा सुरक्षाकर्मीको एकआपसमा मिलेको हात थियो ,यो चित्रले दिएको सन्देश सबै मिलेर बस्नु पर्छ भन्ने कुरा प्रक्ष्ट पार्नु । 'नयाँ बिहानीको स्वागत सबैले गर्नुपर्छ' 'पुराना कुरा बिर्सेर अगाडि बढन पर्ने सबैको विचार त्यस्तै हुनु पर्ने भन्दै सबै सहमत भई ताली बजाउनु, उनीहरूको निर्णयपछि आकाशको सूर्य अझै चम्किलो बनेको तिनीहरूमध्ये धेरैले महशुस गरे भन्ने जस्ता महत्वपूर्ण धारणा सहित कथा सिर्जना गरिएको छ । कथामा द्वन्द्वकालमा सरकार पक्ष र विद्रोही पक्ष बीचको युद्ध र त्यसमा भएको हत्या हिंसाले टुहुरा बालबालिकाको मनमा उब्जाएको प्रतिसोधको ज्वालालाई , पुनस्र्थपना केन्द्रमा राखेर निभाउने सन्देश बोकेको कथाको प्रस्तुति निकै मार्मिक र ज्ञानवद्र्धक छ ।
कथाका पात्रहरू र परिवेश–कथाकारले दुई किसिमका पात्रहरू चयन गरेका छन् । सकरात्मक सोच भएका र नकरात्मका सोच भएका पात्रहरू तर सत्यमेव जयते भने जस्तै सबै नकरात्मक सोच भएका पात्रहरूले अन्त्यमा आफ्नो कमजोडीलाई सच्याएका र सकरात्मक सोच भएका पात्र समक्ष माफी मागी सुकर्ममा लाग्ने प्रतिवद्धता जनाएका छन् । बालबालिकालाई मनपर्ने पशुपंक्षीहरूलाई मध्यनजर राखी कथामा पशुपंक्षी पनि पात्रको रूपमा आएका छन् । रिजालजीले हरेक कथाका पात्रहरूलाई सामाजिक, धार्मिक, धनी गरिब आदिलाई तुलनात्मक कथा सिर्जना गरी बालजगतलाई सुमार्गमा लाग्ने सन्देश दिएका छन् । परिवेश केलाउँदा अधिकाम्स कथा ग्रामिण परिवेशमा र बालबालिकालाई स्थान विशेषलाई जानकारी गराउने उद्देश्य अनुरूप देशका विभिन्न  स्थानलाई कथामा समावेश गरेका छन् ।
शीर्षकीकरण – बुद्धिमान न्याउरी मुसो कथासङ्ग्रह नामाकरणमा देशले भोग्न परेका प्राकृतिक प्रकोपलाई समाउँदै त्यो प्राकृतिक प्रकाप निम्त्याउने अरू कोही नभएर मानिस नै भएकोले त्यो सन्देश दुई जना बालिकालाई न्याउरी मुसाले नै अवगत गराई प्राकृतिको संरक्षण गर्ने सन्देश प्रवाह  गराइएकोले शीर्षक सार्थक छ । कथा सङ्ग्रहभित्रका कथाहरूका शीर्षक पनि शीर्षकको उद्देश्य अनुरूप कथा कथिएको हुनाले सार्थक छन् ।  
अन्त्यमा कथा – कथाहरूले बालबालिको भावनालाई कलाउँदै तिनमा देखिने सकरात्मक सोचलाई प्राथमिकता दिंदै नकरात्मक भावना भएका बालबालिकलाई सुमार्गमा लान प्रयत्नशील रहदै रिजालजीले सिर्जना गरेका हरेक कथा रोचक , सारगर्भित र मननयोग्य छन् भन्दै कथाकारको भावी जीवन उज्ज्वलताको कामना सहित विदा चाहान्छु ।
धन्यवाद
२०७९ साल फागुन महिना १७ गते 

No comments:

Post a Comment