March 15, 2023

अब उप्रान्त कथा सरसर्ती पढ्दा
 
                        सदानन्द अभागी
नवराज रिजाल नेपाली साहित्यको क्षेत्रमा एउटा बहुप्रतिभाशाली एवम् स्थापित साहित्यकार हुन् । स्वाभिमानबस्ती, जीतपुर सिमरा उपमहानगरपालिका–१६ बारामा स्थायी बसोबास गर्दै आएका रिजालले कार्यक्षेत्र बारामा मात्र सीमित नराखी काठमाडौलाई उपयोगमा ल्याएको देखिन्छ । रिजाल थरको नाताले मैले उहाँलाई निकै पहिलाबाटै चिनेको भए पनि हामी दुई बीचमा साक्षात्कार भने धेरै पछि भयो । हाम्रो दोहोरो परिचयपछि उहाँले केही कृति मलाई अध्ययनका लागि प्रदान गर्नु भयो । 'अदृश्य पीडा' कथा संङ्ग्रह (लघुकथा सङ्ग्रह २०५७) र "गुपचुप गुपचुप" गजल सङ्ग्रह(जो वागियान शर्माको नामबाट प्रकाशित भएको छ,) लाई मैले अध्ययन गरी सकेको छु । यी दुबै कृति पठन योग्य र मार्गदर्शनको रूपमा मैले पाएको छु । "अब उप्रान्त" नामक कथासङ्ग्रह आज म पढ्न थालेको छु ।
प्रकाशित कृतिहरू–"अदृश्य पीडा" लघुकथासङ्गह (२०५७) , दयालु ढेडु ( बालकथा, २०५८), डुमरवानाको सेरोफेरा( खोज अनुसन्धान २०५८), बोक्सी बूढी( बालकथा २०६०), बुद्धिमान न्यावरीमुसो(बालकथा २०६२) छट्टुु बाँदरको बिहे(बालकथा, २०८३), विखण्डित प्रवाह,(कथासङ्ग्रह, २०६३),द थ्री फ्रेण्ड्स( बाल कथासङ्ग्रह , अंग्रेजीमा २०६५), रोजीको हवाइजहाज(बालउपन्यास,२०६७), माटो खोज्दै (लघुकथा,२०६७),नक्कलीको अक्कल, (बालकथा , २०६७), जुनदाई आए (बालकविता,२०६८)ै, गुराँस फुलेपछि (बालकविता २०६९),द बेबी काइट(बालकथा अंग्रेजीमा २०७१), द स्ष्ट्रिड टाइगर ((बालकथा अंग्रेजीमा २०७३) गुुपचुप,–गुपचुप (गजलसङ्ग्रह २०७७), आँखाभरी देश मनभरी परिवेस( नियात्रा २०७७) अव उप्रान्त (कथासङ्ग्रह,२०७८), हाम्रो आधारभूत व्याकरण (सहलेखन २०७५), हाम्रो माध्यमिक निबन्ध सहलेखन(२०७५), राम्रो माद्यमिक व्याकरण (सहलेखन २०७७) सहित नेपाली साहित्यको फाँटमा उपस्थिति जनाएका छन् ।  वि.संं. २०३९सालमा 'पागलको चाहना' शीर्षकको लघुकथा मातृभूमि सप्ताहिकमा प्रकाशित गराएर लेखन क्षेत्रमा परिचित गराएका  नवराज आज आएर साहित्यको विविध क्षेत्रमा आपूmलाई सुपरिचित गराई सकेका छन् । नवराजको बाल साहित्यमा दखलता छ र  प्रसिद्धि पनि कमाएका छन् ।
 सम्पादन–सम्पादनको क्षेत्रमा पनि उनको योगदान अतुलनीय छ । मैदान, देवकोटा व्याख्यान सङ्ग्रह, मुर्छना, महेश आवाज, नेश्चिल,  समायोजन,  उत्तराद्र्ध, आलेखन, बालप्रज्ञा, प्रलेस, को साथै  हाल नवप्रज्ञापन को सम्पादक र प्रकाशन ( २०५०देखि हालसम्म) उनीबाट हुँदै आएको छ ।
पुरस्कारहरू–सुगन्ध लघुकथा पुरस्कार २०५१, शिक्षक श्री पुरस्कार–२०५६नारायणी वाङ्मय पुरस्कार, २०५७, ,राष्ट्रिय वाङ्मय सम्मान, २०६३, अनेसास पुरस्कार, २०६६, तेस्रो बाल साहित्य सम्मान २०७१,कालीगण्डकी साहित्य कला पुरस्कार २०७४, सुश्री लक्ष्मी कार्की स्मृति पत्रकारिता,पुरस्कार २०७४,भोजपुरी बौद्धिक मञ्चको सम्मान, २०७६, डा. मनुमुक्त 'मानव'लघुकथा गौरव सम्मान २०७६, शब्दयात्रा साहित्यिक पत्रिका सम्मान, २०७६,प्रादेशिक प्रतिभा पुरस्कार २०७६, प्रेशकाउन्सिल साहित्यिक पत्रकारिता,पुरस्कार, २०७७ , लघुकथा विशेष सम्मान–२०७७ आदि सम्मान तथा पुरस्कारले नवराजजी सम्मानित भै सक्नु भएको छ ।
कृतिको संरचना –आवरण पृष्ठ बाहेक  १६८ पृष्ठमा संरचित यस कृतिमा ,१७ ओटा कथाहंरू समावेश भएका छन् । यस कृतिलाई अक्षर धामले प्रकाशन गरेको छ र मूल्य  ५००।– राखिएको छ ।
कृतिप्रति साहित्यकारका धारणा–शुभकामना दिंदै नेपाल प्रज्ञाप्रतिष्ठान साहित्य गद्य÷आख्यानकी प्रमुख माया ठकुरीले लेख्नुहुन्छ –"कथाकारले केही प्रयोग पनि गरेका छन् ।तर प्रयोग केवल प्रयोग मात्र छैनन् । त्यहाँ, जीवन विचार, विश्वास, आस्था,अठोटर भोगाई मिल्न नसकेका यथार्थहरू पनि छन् ।" यसरी नै विजय चालिसेले छोटो तर मिठो भूमिकामा लेख्नुहुन्छ –"कथाबस्तु समकालिन नेपाली कथा लेखन परम्पराको आमप्रवृत्ति र विषयबस्तुमै केन्द्रित रहे पनि  शैलीगत नविनताले कथालाई नयाँपन, नयाँ दिशा, नयाँउचाई, नयाचिन्तन,र नयाँ धरातल प्रदान गरको महसशूस हुन्छ।
नवराज रिजालले 'मेरा कथा यस्तै छन् 'शीर्षक दिएर लेख्नुहुन्छ –"मेरा कथामा हिजो पनि छ , आज पनि छ र भोली पनि छ ।" । यी शब्दले के प्रष्ट पार्द छ भने नवराज रिजाल एउटा भविष्य बक्ता पनि हुन् भन्ने संकेत मिल्छ । पौराणिक कथाहरूमा यस्ता चिन्तन र भविष्यवाणी मिल्छन् । कथा पढ्दा  रिजालले आफ्ना कथामा इतिहासलाई कोट्याएका छन् , बर्तमानलाई प्रष्ट्याएका छन् र भविष्य वााणी नभएर वर्तमानले अङ्गालेको मार्गले भविष्यले कुन मोड लिन्छ भन्ने मार्गदर्शन दर्शाएका छन् । त्यसो हुँदा उनका यी  अभिव्यक्ति   कथाहरूले सत्य सावित गरेकाछन् ।
  यो कृतिको प्रकाशन अक्षरधाम प्रकाशनले गरेको छ र प्रकाशकको कलममा छायादत्त न्यौपाने लेख्नुहुन्छ –" उनी भाषा साहित्यको माध्यामबाट बेथितिका रूपमा जरा गाडेको अन्ध विश्वास जन्य सामाजिक सांस्कृतिक, परम्पराको रुपान्तरणका पक्षमा कलम चलाएर प्रगतिशील चेतना सम्प्रेषणमा रमाउने स्रष्टाका रूपमा चिनिएका छन् । "
माथि आएका अभिव्यक्तिले नवराज रिजालको लेखनशैली, व्यक्तित्व,उनले नेपाली साहित्य, बाल साहित्य, गजलकार र  सम्पादन आदि  क्षेत्रमा  पु¥याएको अमूल्य योगदानको निसारण भएको छ  भन्ने मलाई लाग्छ ।
कृतिभित्र प्रवेश गर्दा –यस कथासङ्ग्रहमा १७ओटा कथाहरू समावेश गरिुएका छन् । प्रथम कथा छ बस्ती । यस कथामा विविध घटनाक्रमलाई वर्तमान, भूत र भविष्यको गोरेटोलाई समेट्ने प्रयास गरेका छन् ।  सर्ब प्रथम सुलोचनाको पसल, उसको रूप, नजिकैको भलुको पसल,भलुकी पत्नीको मृत्यु भएको, छोरा अरव गएका, सुलोचनाको दोकानमा पिउन आउनेहरूको विविध खाले धारणा आउनु वर्तमान परिवेश तथा सामाजिक यथार्थतालाई केलाउँदै विकृतिलाई समेट्ने प्रयास सुन्दर रूपमा प्रस्तुत भएको छ । गाउँमा विविध थरीका जाति बसे पनि एकतामा एक ढिक्का भएको धारणाले समाजमा मेलमिलाप भएको जान्न सकिन्छ । पसलमा थरी थरीका मानिसको आगमन र रक्सी पान गर्दा पोखेका अभिव्यक्तिले मदिरा सेवन गर्ने मानिसको स्वभाव, उनका पीडा, पिउन पर्ने कारण, पिइस्केपछि मातमा प्रस्तुत हुने झगडालु प्रवृत्ति आदिलाई कथाले प्रमाणिक रूपमा सपुष्ट समेटेको देखिन्छ । कथामा  ठाउँ ठाउँमा जीवनगजतका कुराहरूलाई प्रष्ट पार्ने प्रयास भएको छ । कथाकारको कथन छ – "सबै केवल भरेका निम्ति बाँच्थे  । भोली दूरस्थ थियो ।" जबसम्म मानिसले हिजो के थिएँ, आज के छु र भोली के हुनुपर्छ भन्ने सोच राख्दैन भने उसको विकासको क्रम रोकिन्छ । कथामा पात्रहरूको सम्वाद मार्फत विविध पक्षलाई समेटने प्रयास भएको छ ।
दोस्रेकथा हो सम्मोहन । यस कथामा ए र वीको बीचमा संवाद चल्छ । संवाद गर्दा गर्दै ए ले वीलाई अमेरिकासँग दाज्दैअरूलाई लडाएर रमिता हेर्नेमा आरोप लगाउँछ ।  यिनीहरू विवादमै रहन्छन् । १५–१६ वर्षकी बालिका मारिएको कुरा । बालिकाको बलत्कारपछि मृत्यु भएको धारणा । नेपाली समाजमा अंशबण्डा गर्दा देखाएको सम्पत्ति वितरण गर्नु पर्छ भनि श्रीमतीलाई राख्न दिएको श्रीमतीले पैसा समेत लिएर हिडेका कुरा ।  ए र वी लाई सडक बाट संस्थामा लगेर स्कुलमा पढाएको र उनीहरू सहिदपुत्र हुन सक्ने तर्क । वेथितिले नियमलाई धोती लगाउने कुचेष्टा गर्दा ऐले देशले यो नियति भोग्न परेको जस्ता राष्ट्रियताले भरिएका कुरा, प्रजातन्त्रमा वेथिति फैलिएका कुरा, दुई जडेहाको झगडा गर्दाको अवस्था, नेताहरूले गर्ने अस्वभनीय गफहरू, सडकमा भएकालाई संस्थामा लगेर पढाई लेखाई गराइ दिएर तथा साहारा दिएर राखेकाले नै  नाता गोता जातपात खोजविन गरिदिनु पर्ने,  अवास्तविक बनाएवापत क्षतिपूर्ति दिनु पर्ने कुराको साथमा कथा समाप्त हुन्छ । यस कथामा पनि विविध पक्षलाई समेट्ने प्रयास भएको छ ।
महोत्सव– यो तेस्रो कथाहो । महोत्सवमा थरिथरिका कृयाकलापहरूको वणर्न, उत्कट ठिङ्ग उभिएर हेरे र स्मृति उम्रन नसक्दा विगत तिर जान नसकेको अनुभूति हुनु ।  जुलुस स्वास्थकर्मीतिर लक्षित भएको र डाक्टरको लापर्वाहीले गर्दा र्मत्युवरण गर्न परेको कुरा, प्रजातन्त्रमा घुसखान छुटहुनु पर्ने कुरा, जनता जनार्दन हुन् भन्ने धारणा, आङ्गको जुम्रा नभएर आफ्नो आँङ्गको भैसी हिडेका कुरा हेर्न सक्नु पर्ने कुरा, वर्तमान भूतको रूपमा परिणत हुने कुरा, समस्या कर्तव्यहीनताको परिणतिहो भन्ने धारणा,गोहीको आँसु रित्याएर तृष्णाको मासु खानेहरूको ध्यान यता कहिले फर्कने हो खोई ? यस्ता महिलाबाट थुप्रै धारणा यस कथामा आएका छन यस कथामा सृङ्गारिक धारणाले पनि स्थान लिएको छ । माटो रक्तरञ्जित छ भन्ने धारणा, जितहारका कुरामा हार कसैले नस्वीकारेका कुरा,  द्वन्द्वका कुराहरू निस्कनु, रगत रातै हुने भएकोले जे सिद्धिए पनि एउटै हो भन्ने कुरा, दिपीमाको पीडादायी कारुणिक आँसु,पढ्दा पढ्दै कापीमा देश लेखेर विहोस् भएका कुरा, देशप्रतिको चिन्ताको बारेमा डाक्टरले सम्झाउँदा  देशलाई भुलेर पनि कुनै मान्छे जिउँदो रहन सक्ला र डाक्टर साहेब जस्ता राष्ट्रियताले भरिएका धारणा यस कथामा पनि आएका छन् ।
आश्वस्त–   यस कथामा पनि लामै छलफलले स्थान लिएको छ । यहाँ आक्रोसले भरिएका आवाजहरू छन् ,आश्वासनका पोकाहरूका कुराहंरूछन् । आश्वासनका पोकाहरू कामयावी थिएनन् । जनताले आश्वासनका पोका नभै नगदानगदी चाहिने धारणा आएका कुरा, कसैको भरिया बन्न नहुनेकुरा, युगौं युगदेखि आशाका पूmल बनेर बस्न नहुने,पुरिएका सपनाको उत्खनन् हुनु पर्ने, घात–प्रतिघात हुन नहुने,समयका चापका कुरा, मृत्युवरणका कुरा, रातभित्र अन्धकारमात्र बाँच्न सक्ने त्यसोहुँदा उज्यालेको खोजीका कुरा, सपना बेच्नेवालालाई सपनाले नै खाएका कुरा, जीवन च्यात्न नहुने कुरा,कसैले विविध धारणा एकलौटी रूपमा बोलीरहेको र कसैले पनि त्यता ध्यान नदिएको कुरा, बसन्तका कुरा ,जिउरहे घीउ पिउन सकिने कुरा , किसानले चाहेको वेलामा मलबीउ पाउन नसकेको कुरा, विदेशीनु पर्ने कारण,तल्लो वर्गकाको पहुच कुनै चिजमा पनि पुग्न नसकेका कुरा, जीवनलाई चौतारीको वरपिपल सम्झनु, मानिसमा विश्वास हुनु, तृष्णा गन्तव्य हो भन्ने ठान्नु, निरन्तरताको खोजी, प्रेम र जीवन समय सन्दर्भ हुन् भन्ने कुरा,स्वार्थ वासना र तृष्णाले अस्तित्वको खोजी गरेको कुरा  औसरवादीले दाह्रा देखाएका कुरा, विश्वास इच्छामा परिणत हुन नसकेका कुरा, नवयात्रा सुरुभएर पनि कल्पनामा भुल रोपिएको वित्यास बढेको,पाखण्ड, दुराचार,र असतमा मूल्य हराएको, सिन्दुर धोइएको, मानवता सम्वेदनशीलता, शालीनता , सभ्यता र शिष्टता क्रमशः नामेट बन्दै गएका आदि थुप्रै घटनाधmम र दार्शनीक अभिव्यक्तिहरू यस कथाले समेटेको छ ।
 स्पर्श – यो कथा आन्दोलनताका आन्दोलनकारीले जनतामा देखाएको त्रासादिको एक नमुनाको दर्पण हो भन्न मन लाग्छ ।   उनीहरूको आदेशको पालना गरिनु पर्ने , पालना नगरे  कारबाहीमा परिने । दुई बन्दुकको  बीचमा जनता बाँचन पर्ने । यावत कुरा यस कथाले समेटेको छ । यस कथामा एउटा प्रधानाध्यापकको दायित्वलाई समेटिएको छ ।माष्टरले माष्टरीलाई जागिर नमान्ने धारणा पनि आएको छ । क्रान्तिकारीहरूले शिक्षकलाई बढी दवापमा राखेको धारणा पनि यहाँ आएको छ ।  क्रान्तिकारीले भन्ने गरेका केही उदाहरणहरू –"आकाश र पृथ्वी स्वतन्त्र भएका कारणा हामी पनि स्वतन्त्र हुनुपर्छ । तपाइँहरूले अहिलेसम्म बुभ्mन सकिरहनु भएको छैन त्यसैले बुझाउन आएको नि ।""खवरदार ! कसैलाई दायाबाँया लाग्ने अधिकार छैन ।" "तालि नबजाउनु र आँखा खोलेर हामीतिर हेर्नु विपक्षमा जानु सरह हो ।"
परिवृत्त–यो कथा शैक्षिक बेरोजगारीको एउटा उदाहरण हो । यस कथामा  मान्छे हुन के गर्नुपर्छ जस्ता प्रश्न आएका छन् । एउटा युवकले विए पास गरेर जागिर पाउन सक्दैन । ऊ सबैको अपहेलित बन्छ । विदेश जान खोज्छ तब पनि पैसा को जोगो गर्न सक्दैन । जागिर खान जाँदा पनि आफ्नो मानिस नभएको कारणले गर्दा कहीं कतै पाउन सक्दैन उसको प्रतिवेदन विगारी दिने वाला नै प्रजातन्त्र आएपछि ठूलो मानिस बन्छ । आत्मा हत्याको प्रयास गर्छ  सक्दैन पढेको प्रमाणपत्रको प्रयोजनमा नआए पछि नदीमा फ्याकीदिन्छ ।अन्त्यमा श्रीमान अघि अघि श्रीमती पछिपछि गर्दे हिड्छन्  । भन्दै कथा समाप्त हुन्छ । प्रजातन्त्र आए पनि हालीमोहाली हिजोकै सामन्तहंरूको र गरिव तथा असाहाय जनताको भोग्न परेको आर्थिक समस्यालाई कथाले प्रष्ट पारेको छ ।
उकालो – यो कथा पनि जनआन्दोलन र त्यसको सफलतामा आधारित छ । आन्दोलनमा  कयौं निर्दोषहरू जेलमा कष्टकर जीवन विताई रहेका थिए । कथाकारले यस समयको राष्ट्र, राजनीतिक दल राजनीतिक अवस्थालाई राम्ररी केलाएका छन् । कथाकार लेख्छन् –सिंंगो राष्ट्र आँसुको सागरमा डुबेर नारकीय पीडा भोग्दै छ ।" जनधनको क्षती, राजनीतिक दलहंरू गतिहीन अवस्थामा, जनआवाजलाई  विद्यार्थी मार्फत छरिने काम, जन आन्दोलन गर्ने निर्णय, विद्यार्थी,कर्मचारी ,किसान,तथा मज्दूरको संयुक्त प्रयासले लोकतन्त्रको प्रादुर्भाव, छातीमा गोली लागेको सौरभले पनि वीरहस्पिटालबाट सहिद मञ्चमा भएको भाषणलाई श्रवण गर्नु, लोकतन्त्र प्रादुर्भाव भएकोमा सबै हर्षित,अन्धकारमा डुब्ननपर्ने, विदेश जान नपर्ने, योग्यताको कदर हुनेछ आदि थुप्रै अभिलाषा तथा जन आकान्क्षाले स्थान लिएको धारणा आएको छ कथामा तर यी भावनाले साकार रूप पाउन सक्म्दैन हिजो जुन उद्देश्य लिएर सङ्घर्ष, उत्सर्ग र त्याग गरिएको थियो त्यो प्रश्नवाची भएर रहन्छ जस्ता धारणा कथामा आएका छन् यसभित्रका प्रस्तुति र दार्शनिक अभिव्यक्तिहरूले कथालाई उच्चाइमा पूरयाएका छन् । केही अभिव्यक्तिहरू–"अनि मुलुक र बासिन्दालाई सुखी बनाएर आपूm हाँसने र देशलाई पनि हँसाउने महान आकाङ्क्षा किन चैतेहुरीले उडायो ।"
जनता आशावादी अवस्थामा रहेका धारणा –"वनमारा जति झाँगिए पनि  एक दिन त नासिनै पर्छ ।" विनाशको अन्त्यमा विकासको जरो उम्रन्छ । कथाकारले मननयोग्य थुप्रै अभिव्यक्ति पस्केका छन् ।
ताप– यस कथामा नेपालमा आन्दोलनकारीहरूले अपनाउने गरेको बन्दको बारेमा उल्लेख गरिएको छ । बन्द गर्ने र नगर्ने दुई समूहबीच तर्क चल्छ । विभिन्न तर्कहरू यहाँ प्रस्तुत गरिएका छन् कोही भन्छन् "समय अनुसार परिवर्तन हुननसक्नेको जीवन दुखद हुन्छ," कोही भन्छन्–" बन्द कुनै पनि समस्याको सही समाधान हैन", "राजनीति गर्नेहरूको निम्ती अन्तिम अश्त्र हो ।" "शिक्षण संस्था बन्दका विषयमा त अझ घोर आपत्ति छ ।" यसरी बन्दका कुरा गर्दा बन्द सदाका लागि बन्द हुनुपर्छ भन्ने धारणा आउँछ । एउटा कवाड पनि त्यहाँ पुग्छ र भन्छ बन्द तपाइँहरूको खेती हो , यसमा तपाइँहरूलाई नाफै नाफा छ । कवाडको यो कुरा सुनेर सबैका ध्यान तेत्यैतिर जान्छ । बन्दकर्ताका सहभागीहरूले कवाडलाई तँ को होस् भनेर प्रश्न गछन् ,कवाड गरेर खाना पूग्छ र यो कवाडी काम कहिलेसम्म गर्छस् भनेर प्रश्न राख्द्धन् । कवाडले पनि सहज रूपमा जवाफ दिन्छ । कवाड गरेर छ जना जहान पालेको र नेपालीहरूले कवाडको काम नगरेसम्म उस्ले यो काम गर्ने बतायो र गरिबहरूको लागि बन्द साह्रै कष्टदाई हुने भएकोले कहिल्यै बन्द नगर्ने अनुरोध गर्दछ ।यस कथामा धेरै सन्देशहरू आएका छन् ।सत्य, विश्वास,निष्ठा,आस्था,वर्तमान, बुद्धिले बलेको आगो ताप्ने, आस्था र विस्वास जलाएर बाँच्नेहरूमुर्दा हुन् ।इतिहास भुल्नु आत्महत्या गर्नु सरह हो । हरेक सभा र प्रदर्शनको निम्ति मानिसको ओसार्ने जिम्मा लिनु,, जनतालाई भरेङ् मात्र बनाउनु ,  आन्दोलनमा अधिकार कर्मी, नागरिक कर्मी, समाज सेवी, बुद्धिजीवी, देशभक्त सबैले दलका झण्डा बोकेका तर कसैका हातमा पनि राष्ट्रिय झण्डा नभएको धारणा आएको छ कथामा ।  
सपना – विमलाले पुत्र रहरले गर्दा सातौ कन्याको जन्म दिन्छिन् । उनका मनमा अनेकौ भावनाले स्थान लिन्छ । पुत्र जन्माउने रहर जीवितै रहेको हुन्छ । समाजमा प्रयोग हुने शब्द "छोरो नहुनेको दुख, अपुतोको धन,कोरीको जिउ,कात्रोमा खल्ती"ले विमलालाई निकै सताएको थियो । छोराको रहरमा उनले सौता व्यहोर्न पनि तयार भइन् तर वीजनलालले त्यस्तो कर्म गर्न चाहेनन् । समाजमा छोरा र छोरीमा कुनै विभेद छैन भन्ने धारणा आजका दिनसम्म उम्रनसकेको छैन। समाजमा "दागबत्ती, वर्षदिनको श्राद्ध र काजक्रिया अनि वर्तमानको आँखा र आक्षेपबाट मुक्ति " जस्ता भावना अझै जीवित छन् भन्ने यथार्थतालाई  कथाले समेटेको छ । अन्त्यमा देउरानी जेठानी तथा दाजुभाइको अंश हडप्ने आकाङ्क्षामा कुठाराघात। त्यसलाई पतिले पौरुषत्वसँग र पत्नीले नारी अस्मितासँग  गाँसेर हेरे भन्दै कथा समाप्त हुन्छ । एक शब्दमा भन्दा महिलामा पुरुषमा भन्दा छोराको चाहना बढी हुन्छ भन्ने धारणा आएको छ तापनि कथाकारले एउटी नारीभित्र पुत्रप्राप्तिको  तीब्र इच्छ्यालाई मनोवैज्ञानिकरूपमा विश्लेषण गर्न  कथाकार निपूण देखिन्छन् ।
घर – यो कथा पनि मार्मिक छ । सेवानिबृत्त सैनिक र सेवानिवृत्त प्रहरी दुईको भेट ललनको चियापसलमा भएको हुन्छ । दुबै एकआपसमा मित्रता बढ्छ । सैनिकले पहिलो विवाहकी पत्नी र छोरीमाथी एउटा सैनिककी विधवा बहिनीसँग विवाह गर्छ र सौता थप्छ । उसको लगानी सबै लगाएर छोरा पढाउने अनि घर बनाएपछि पत्नीले भएका छोराहरू यसका हैनन् । यो केवल नाठो हो यसको केही छैन भनी घरबाट निकाली दिन्छे । पहिलीकी श्रमितीले पनि अघिका कुरा बिर्सौ र सँगै बसौं भन्दा पनि आत्माग्लानीको कारण त्यसो गर्न सक्दैन । ऊ तडपी रहेको धारणा आएको छ कथामा । । ललनले विदेश जाने युवाहंलाई –"कामै नगरी खान त कतै पाइन्न हजुर , यतै गर्नु होस्, त्यताको भन्दा बढी आम्दानी हुन्छ " भनि दिएको सन्द्येश मनन योग्य देखिन्छ । केही मनन योग्य शब्दहरू–
"सन्तान जन्माउन लोग्ने नै चाहिन्छ भन्ने कुरा पनि मिथ्या हो ।"
"सन्तानलाई के थाहा बाबु को हो भन्ने कुरा । त्यो मलाईमात्र थाहा छ  र निक्र्यौल गर्न सक्छु । "  भनिन्छ आमा सत्य हुन् र बाबु केवल साक्षी मात्र हो ।
एकान्त–यस कथामा पनि मौनता र प्रश्न कर्ता बीचको सम्वाद भन्दा दोहोर बातचित भन्ने बुझाउँछ तर यहाँ विपिन दास मुरारका प्रश्नको उत्तर खोज्नु छ भन्दै एकान्त बास बस्छ र कुनै अपरिचितले "तिमीहरू पक्कै सुतेकै हौ " भन्ने प्रश्न तेस्र्याउँछ । "साँच्चे सुतेकै रहेछौ उठेकाहरूको स्थिति यस्तो हुँदैन ।" अर्को स्वरले थप्यो । अझै अर्कोबाट "सुत्न त पक्कै सुतका छौ अनि सुत्नेचाँही कहिलेसम्म"। यी प्रश्नहरू थपिदै थिए र विपिनले उत्तर खोज्न सकिरहेको थिएन  कथाकारले यस कथामा गणतन्त्र आएका कुरा गणतन्त्रमा एकता सुन्दर पक्ष मानिने कुरा, एकात्मकताको दाहसंस्कार गरेका कुरा, हामी आवश्यक्ताभन्दा बढी लचकता भएकाले भडखालोमा पर्ने  सम्भवावनाका कुरा, कुनै समय सुतेका भए पनि हाल सबै जागारहेका कुरा, हिजो पहुँच नभएकाहरू आज मथि पुगेका कुरा, सुतेका छौ भन्ने आरोप मिथ्या भएका कुरा  पुन तर्कले निष्क्रिय बस्नुको अर्थ सुत्नुनै हो भन्ने धारणा, भरयाङ चढेपछि विर्सने कुरा, टनकपुरदेखि खुर्द लोटनसम्ममा सीमा अतीक्रमण तथा लिपुलेक आदिमा भारतीय हस्तक्षेपका कुरा, चुनावमा यी कुरा सतहमा आए पनि स्वत  विलाएका कुरा,  निस्वार्थ बोलेको खण्डमा समस्या नआउने कुरा, आदि देशका यावत सम्स्यालाई हामीले नियालेर समस्या समाधानतिर लाग्न नसक्नु नै सुतेको हठर हुन्छ  जस्ता विविध धारणालाई कथाले समाएको छ ।
 माष्टर –यस कथाले आज देशमा शिक्षामा देखिएको विभाजन, सरकारी स्कुलमा विद्यार्थीको संख्यामा गिर्दो अवस्था,सरकारी स्कुलमा पढाउने माष्टरहरूले आप्mना छोराछोरीलाई निजिविद्यालयमा पढाउने र जागिर खान सरकारी स्कुलमा आउने धारणा, निजी स्कुल र सरकारी स्कुलको पाठ्यक्रम एउटै हुनु पर्ने कुरा, वेरोजगार श्रीजना गर्ने शिक्षाको केकाम, विदेश पठाइन्छ भने पनि कुन देशमा कस्तो जनशक्ति तयार गर्दा विदेश जानेवालाले सहजमा काम पाउन सक्छ आदि विषयमा कुरा उठान भएको छ । यस थकाले आजको शिक्षा पद्धतिको विषयमा गहन रूपले कुरा उठाएको छ तर सरकार पक्षबाट यस सम्बन्धमा सुनवाई भएको देखिदैन ।
सीमान्त–यस कथाले माओवादी जनयुद्धका वेला भूमिगत अवस्थामा भएका कार्यकर्ताले जनतासामु गरेका प्रतिबद्धता, पार्टीलाई पुरयाएको आर्थिक सहयोग ,संगठन बिस्तारका काम, आन्दोलन सफल भएपछि , त्यागि कार्यकर्ता माथि गरिएको उपेक्षा आदिलाई समेट्ने प्रयास गरेको छ । जीवनराम तराईको एउटा आइए सम्म पढेको युवक पहाडमा जान्छ  र शिक्षक बन्छ ऊ भूमिगत पार्टीको सदस्य पनि रहेको, उसले संगठनलाई जनताको पक्षमा लडेको भन्दै सक्दो सहयोग गरेको, राती राती मिटिङ गर्दै जनजीविकाको उत्थान, थिचोमिचो र भेदभावबाट मुक्ति, शम्पूर्ण शोषाणको अन्त्य, समनात, स्वतन्त्रता, र छुवाछुत मुक्त समाज जातीय बर्गीय र क्षेत्रीय विभेदको अन्त्य महिला माथि हुने थिचो मिचो र ज्यादतीको अन्त्य हुने कुरामा सहभागीलाई आस्वस्त पार्नु ,मागेको चन्दा माष्टरबाट उठाएर पार्टीलाई बुझाउनु बहुदल आउनु , आमनिर्वाचन आउनु, स्थानीय चुनाव आउनु तर त्यागी कार्यकर्ताले टिकट नपाउनु र टिकट पाएर चुनाव जितेका उमेदबारले विजयरेल्ली पनि छोट्याएर काठमाडौतिर लाग्नु र जनताका समस्यालाई नसुको , जीवनराम २५ वर्षपछि त्यो गाउँमा गएर दिएका विकासक्रम र त्यहाँ क्जनतासँग भेटघाट गर्ने उद्देश्यले जाँदा उसले पढाएको झकबहादुरसँग भेट गर्दा र गाउँको विकास प्रगतिको जानकारी लिंदा भूइचालोले ल्याएको परिवर्तन बाहेक केही नभएको सन्देश प्राप्त गर्दा ऊ बाटो बाटै फर्केको धारणा आएको छ कथामा ।
सिफारिस –यो कथा पनि जनआन्दोलन पछि स्थानीय चुनाव र राष्ट्रिय चुनावमा त्यागी इमान्दार कार्यकर्तालाई तपाईलाई टिकटको लागि सिफारिस गरको आस्वासन दिंदै जानु र टिकट पाउने काम पार्टीले सामन्तको कोटीमा राखेको व्यक्तिले पाउने, टिकट जित्नेले नै पाउने भन्ने जवाफ दिनु,, अब देशलाई समृद्धिमा लैजाने दायित्व हो भन्नु, यस्तै सर्वसाधारण , मज्दुर, किसान र श्रमजीवीका अनेकौं प्रश्नको जवाफ दिने काममा ह्रास आउनु, कमरेड यतिसम्म परिवर्तन भए कि लामो समयसम्म सेल्टर बसेका  देशको ठूलो मान्छे भएको जानकारी प्राप्त भएपछि मरणासन्न अवस्थामा पुगेक बृद्धले दर्शनको लागि अनुरोध गर्दा पनि दर्शन नपाई कृत्युवरण गर्न परेको धारणा यस कथाले समेटेको छ ।
आकाङ्क्षा –  यस कथामा विदेश पलायन गर्दा गरिएका कुसंस्कारहरूलाई समेट्ने प्रयास गरिएको छ । विवाह हाम्रो परम्परामा सृष्टिधान्ने संंस्कार हो । पुरानो परम्परामा विवाहका निश्चित महिना र लगन हुन्छन् । तर आज विदेश जाने चलनले गर्दा सबै महिनामा विवाह गर्ने चलन आएको छ । यस कथामा त काका भतिजीको बिचको विवाह गरेर विदेश गएर पारपाचुके गरेर अलगिएको कुरा , अमेरिका गएपछि काम नपाउनु, र अन्त्यमा केटाको मृत्युवरण गरेको पहिलो घटनालाई यहाँ प्रष्ट्याइएको  र दोस्रो घटना दाजुबहिनीको विवाह गरेर कागज मिलाएर अमेरिका गएको छ । आजको समयमा पैसाको लागि मानिस यति निकृष्ट भै सकेको छ कि अर्थ आर्जनको लागि जे गरे पनि हुन्छ भन्ने धारणा यहाँ आएको छ ।
मनोद्वन्द्व– यस कथामा मुखियाको थिचोमिचोबाट एउटी एक युवतीले मृत्युवरण गर्दा पनि न्याय पाउँदिन र पन्नालाल ले त्यो घटनालाई सबैलाई सुनाउन खोज्दा पनि सुनाउन पाउँदैन । पञ्चायती बस्छ तर किटानी जाहेरी दिने र उपचार गराउने भन्ने बहसमा मुखिया आएर उपचार गराउने भनी किटानी जाहेरी रोकि दिन्छन् । अन्त्यमा पवनलाल र भुवनहरू बोल्ने दिन कहिले आउला प्रश्नबाचक सहित कथा समाप्त हुन्छ ।
चाचाजी –  यो कथाले तराईका नेपालीले भोग्न परेको कठिनाई, राष्ट्रियताका बारेमा प्रष्ट्याउने प्रयास गरेको छ । नेपालको भूगभाग भारले आप्mनो कब्जामा  राखेको र आप्mनो नक्सामा समावेश गरेपछि नेपालमा यसको विरोध भएर नेपालले पनि त्यो जग्गा आप्mनो नक्सामा समावेश गरेपछि चाचाजी लगायतले दीपावली गरेर खुसीयाली मनाएको एउटा धारणा यहाँ आएको छ । अर्को धारणामा भारतले दोस्रो नाकाबन्दी लगाएको बारेमा चाचाजी निकै दुःखी भएको धारणा, तेस्रोमा तराईमा भारतबाट डाँकाहंरू आएर लुटपाट, बलत्कारको सामना गर्नु पर्ने धारणा, चौथो कुरा सरकारले किसानलाई आवश्यक पर्ने मलबीउको जोगो समयमा नगर्नु,पाँचौं कुरा सीमानाका बासिन्दा देशका स्थायी खम्बा भएका तर यताका मानिसले संका गर्दछन् भन्ने जस्ता गहन धारणाहरू यस कथाले समेटेको छ ।
कथाले दिएका सन्देशहरूलाई मैले पूर्णरूपमा समेट्न नसके पनि संक्षिप्त सार भाव भने पस्कने प्रयास गरेको छु । कथाहरूले दिन चाहेको सन्देश प्रष्ट रूपमा आएको देखिन्छ ।
शीर्षकीकरण –यस कृतिमा हरेक कथाको शीर्षकीकरण छोटो रूपमा तथा एकै शब्दमा राखिएका छन् । ती शीर्षक पनि कथाको सार निशारण गरेर राखिएको मसूस हुन्छ । कृतिको मूल शीर्षक पनि "अव उप्रान्त " राखिएको छ ।यस शीर्षकमा कुनै  कथा लेखिएको छैन । कथाकारले लेखकीयमा लेखेका छन् –"मेरा कथामा हिजो पनि छ, आज पनि छ,र भोली पनि छ ।" उनका भनाई र लेखाईमा गहिरो अध्ययन गर्दा कथाकारको भनाई र लेखाईको सुन्दर तालमेल छ भन्न सकिन्छ । भूत ,वर्तमान र भविष्यको मार्गचित्र कथामा प्रष्ट रूपमा देख्न सकिन्छ । त्यसोहुँदा यावत घटनाक्रम , विविध पक्षले गरेका बोलेका सबै राम्रापक्षलाई व्यवहारमा उतार्दे र नराम्रा पक्ष तथा विकृति विसङ्गतिलाई त्याग्नु नै अव उप्रान्तको मार्ग चित्र हुनु आवश्यक छ भन्ने मलाई लाग्छ । त्यसो हुँदा यो शीर्षक सार्थक छ भन्ने मेरो विश्लेषण हो ।
पात्र विधान –  कथाकारले कथाहरूमा धेरै पात्रहरूलाई समावेश गरेका छन् । पात्र जति बढ्ता हुन्छन् त्यति कथाहरू जटिल बन्छन् जस्तो लाग्छ तर एउटा सुन्दर पक्ष के हो भने कथाकारले जति पात्रहरू यहाँ समावेश गरेका छन् , ती सबै सकृयछन् तथा क्रियाशील छन् । निष्कृय पात्रहरू यी कथाहरूमा पाइदैनन् । पात्रबाट प्राप्त सन्देशले देश बोलेको छ, यथार्थता खोलेको छ, सामाजका असहाय वर्गका सचित्र जीवनकथालाई सबैको सामु राखिदिएको छ ।
भाषाशैली – लेखक, कथाकार र कवि सबैको लेखनशैली आआप्mना किसिमका हुन्छन् ।नवराज रिजालको लेखनशैली नविनतम् छ । कथाबस्तु समकालिन नेपाली कथालेखन परम्पराको आम प्रवृत्ति र विषय बस्तुमै केन्द्रित भएको देखिन्छ । कथाका।ले लेखन शैलीमा  नयाँ पन , नयाँ दिशा, नयाँ उच्चाई , नयाँ सोच , नयाँ चिन्तन र नयाँ धरातल प्रदान गरेकाले कथालेखन शैली नयाँ भएको महशुस हुन्छ ।"
समग्र कृतिको अध्ययन गर्दा, कथामा के छ भन्दा कथामा के छैन भन्न मन लाग्छ । यहाँ यथार्थ परक जीवन, दृष्टि, स्वच्छ विचार, दृढ विश्वास, गहिरो आस्था,  सासामयिक र समाजका विकृति पक्षका कुरा, जनआन्दोलनमा प्रयोग गरेका आमकार्यकर्ताको पीडा, वेरोजगारी,सहिदको वलिदान, परिवर्तनले जनतामा दिन नसकेको अनुभूति, सीमा अतिक्रमण, आदि धारणाहरू कथामा आएका छन् भन्दै यस लेखको बिट मार्न चाहान्छु र नवराज रिजालमा उज्ज्वल भविष्यको कामना गर्दछु ।
धन्यवाद
२०७९ साल, जेष्ठ १ गत

No comments:

Post a Comment