March 2, 2023

समीक्षा
बागियान शर्माको गजलकृति
'गुपचुप गुपचुप'मा एक दृष्टि
                                    सदानन्द अभागी
बागियान शर्माले आफूले विभिन्न समयावधिमा लेखेका र पत्रपत्रिकामा प्रकाशित तथा अप्रकाशित गजल रचनाहरूको २०६६ मा 'चुपचाप–चुपचाप' तथा 'गुपचुप–गुपचुप'को दुई पाण्डुलिपी तयार पारेका थिए । चुपचाप–चुपचापले त्यही साल कृति बनेर पाठक सामु प्रस्तुत हुने अवसर प्राप्त ग¥यो । तर गुपचुप–गुपचुपलाई त्यो अवसर प्राप्त गर्न ११ वर्ष कुनु प¥यो । अर्थात् यसको प्रकाशन २०७७ सालमा आएर मात्र हुन सक्यो । यी दुई कृतिको प्रकाशन पछि उनले गजल लेख्न छाडेको घोषणा पनि गरेका छन् । सो घोषणा उनले पछिल्लो कृति गुपचुप–गुपचुपमा 'लेखकका कुरामा' प्रष्ट उल्लेख गरेका छन् ।
उनको 'चुपचाप–चुपचाप' गजसङ्ग्रह त मैले पढ्न पाएको छैन तर 'गुपचुप–गुपचुप' भने सरसर्ती अध्ययन गरेको छु । अर्थात् मलाई त्यो अवसर प्राप्त भएको छ । सङ्ग्रहभित्रका गजल स्तरीय छन् । विविधतामा सजिएका छन् । विचारको सम्प्रेषण राम्रो छ । सम्भावना पनि उत्कृष्ट नै देखिन्छ । तर खै गजलकारले त्यस्तो निर्णय किन लिए म अचम्ममा परेको छु । उनले त्यसो नगरुन् र गजललेखन यात्राबाट हात नझिकुन् म आग्रह पनि गर्न चाहन्छु ।  
नेपाली साहित्य संसारमा सर्वप्रथम मोतीराम भट्टले भित्र्याएको गजलले निकै खुट्कीला पारगर्दै आजसम्म निकै फड्को मारिसकेको छ । कान्छो विधा भएर पनि यो यति बलियो भएको छ कि कसैले चाहेर पनि पछाडि धकेल्ने आँट गर्न सक्दैसक्दैनन् । गजल गायन विधाको रूपमा मात्र नभै विविध पक्षमा लेखिन थालेका छन् । यसको लोक प्रियता दिनप्रतिदिन बढिरहेको छ ।  
गुपचुप–गुपचुपको संरचना – आवरण पृष्ठ बाहेक, प्रकाशकीय, भूमिका र लेखकका कुरा गरी १४ पृष्ठ, ८२ ओटा गजल गरी ८२ पृष्ठ र कूल ९६ पृष्ठको यो कृति सुन्दर आवरणमा छ । कृतिको पछिल्लो आवरणमा पाँच ओटा गजलहरू रहेका छन् । यस कृतिको प्रकाशन सेवेन पिआर सप्लायर्स (पथलैया बाराले ) गरेको छ र मूल्य रु ३००।– राखिएको छ ।
कृतिभित्र प्रवेश गर्दा – कृतिमा एक भावका मात्र गजलहरू छैनन् । ती विविध भावका छन् । प्रसङ्गका छन् । सन्दर्भका छन् । परिवेश र स्थानीयताका छन् । तिनीहरूको सन्देशमा अनेकता छ । अर्थात् गजल पठनीय, ग्रहणीय र मिठासले भरिएका छन् । पहिलो गजलमा मानवीय संवेदनाका आँसु गालामा नभएर मुटुमाझ झर्न थाले भन्दै गजलकारले नेपालको कृषि र किसानको बारेमा विश्लेषण गरेका छन् । उनी किसानप्रति सहानुभूति राख्छन्, त्यसैले त उनी यसो भन्छन् –
                            कृषिप्रधान देशका  नागरिक  भए पनि
हरसाल भोकभोकै बस्तीबस्ती मर्न थाले
                         पृष्ठ १५
नेपाल एउटा कृषिप्रधान देश हो । अधिकांश जनता कृषिमा निर्भर छन् तर देशको उत्पादनले जनतालाई  कहिल्यै पुग्दैन । सधैँ पर निर्भर बन्न परिरहेको छ । जिम्मेवार निकायहरू टालटुले कुरा गरेर बसिरहेका छन् । जनताको जीवनस्तर तलको तलै छ यस्तो अवस्थाबाट गजलकार अत्यन्तै चिन्तित छन् । उनको मन दुखेको र छातीमा विविध प्रश्नहरू उठेका छन् ।  
गजलकार गजलमा कतै प्रकाशको खोजी छन् त कतै कतै मानवता बगेका छन् । कतै आँसु बगाउँदैमा इतिहाँस नफेरिने कुरा गर्छन् त कतै अस्मिता पोखिएका कुरा श्रवण गराउँछन् । स्वाभिमान चुकेका छन् तसर्थ हाम्रा लागि हामी नै नउठी हुँदैन भन्ने कुरा गर्न पनि उनी चुक्दैनन् ।  
हामीलाई बलीको बोको बनाएर हाम्रै अगाडि विपरित सिद्धान्त र दर्शनका बीचमा भैरहेका अनमेल मेलमिलापलाई गजलकार यसरी अभिव्यक्त गर्छन्–
                           हिजोका ती शहादत आज जम्मै खेल भए
बाध–बाख्रा एकै खोर, यो अनौठा मेल भए
                                    पृष्ठ १९
उनी भन्छन्– मानिस सदाचारी हुनुपर्छ । चिम्मेवार बन्नु पर्छ । कहिल्यै बेइमानी हुनुहुँदैन । बेइमानीको मनभित्र तिखो तिखो झीर हुन्छ र बाहुबिच नदेखिने तीर हुन्छ । त्यसो हुँदा उनीहरूसँग सधैँ सतर्क रहनु पर्छ । आफ्नो बाटो आफैँ निमार्ण गरेर अगाडि बढ्नु पर्छ । जो काम बाट भाग्न खोज्छ त्यस्ताको लागि समथर जग्गा पनि भीरको रूपमा दर्शिन्छ ।
गजलकारमा देश प्रेमको अमिट छाप छ । उनी देशलाई अत्यन्तै माया। सम्मान र आदर गर्छन् ।  उनी सबैमा माटोको प्रेम बाड्न चाहान्छन् ।  देशलाई  काँधमा राख्न चाहान्छन् । देश दुख्दा मुटु सुक्नु जस्ता राष्ट्रप्रेमले भरिएका धारणाहरू गजलमा यत्रतत्र छन् ।
गजल मानव जीवन विविधतामा सजिएको छ । यहाँ रोदन छ, हाँसो छ कतै पीडै पीडा छ कतै आनन्दै आनन्द छ । बागियानले यस गजल सङ्ग्रहमा थुप्रै धारणाहरू समेटेका छन् । तर सबैको भाव एकै छ । जताततै देश प्रेमका भावहरू बग्रेल्ती भेटिन्छन् । उनी भन्छन्–
मुटुभित्र क्लेष साँची चोइटिएर हाँस्दै छु म
जीवन पथको गोरेटोमा तर छाती गलिरह्यो
                            पृष्ठ ३६
परिभाषा जिन्दगीले विविधता खोजेको हो
उठाइएका आस्थाहरू सधैं–सधैं ढलीरह्यो
                             पृष्ठ ३६
                          विरह र  व्यथासँगै मिठो  लाग्छ जिन्दगानी
जिजीविषा बोकें तर आखिर सबै बन्यो सूल
                         पृष्ठ ३७
आगो बोकी छातीभित्र बाहिर पानी हुनुप¥यो
दुःख पीडा पचाएर विश्वास जम्मै धुनुप¥यो
                         पृष्ठ ५०
आर्थिक प्रलोभनले मानिसको स्वरूप, स्थान सबै बदलिन्छ । मानिस क्षण्ीक लाभका निम्ति विगत, वर्तमान र भविष्य भूल्न समेत् सक्छन् । यसैलेत उनी यस्तो लेख्छन् –
 हिजो सम्म नरक भन्थ्यो आज धाम भयो
                            आस्था सबै  पाखा लागे अघि दाम भयो
                      पृष्ठ ६१
अस्ति  सम्म रावण दाँजिनेमा परेको ऊ
 एकाएक तर आज तेत्रायुगको राम भयो
                            पृष्ठ ६१
गजलकारको भनाइ छ आवरणले सबै सत्य देखाउँदैन । सत्य भित्र हुन्छ । त्यो पायन त खोज्नु पर्छ तर हामी खोज्नतिर लागिरहेका छैनौँ । त्यसैले उनी भन्छन् –
                                   देख्या सबै सत्य हुन्न
भित्र कालो धन्दा हुन्छ
                        पृष्ठ ७७
सहिदलाई सम्झदै उनी लेख्छन् गजलकारले –
उठेको हो एउटा प्रश्न
सहिदले   के चैं पायो
                   पृष्ठ ९१
संसार आज द्वन्द्वमा फसेको छ । शक्ति शक्ति बीच र अहमताको कारणले विश्व आज अशान्त छ । नेपालमा पनि निकै द्वन्द्व मच्चियो । आपूm आपूmमै काटामारले देशको आर्थिक सामाजिक, राजनीतिक क्षेत्र तहसनहस् भयो । तर हामी सबैले हारेका मात्र छौं । अहँ कहिल्यै जितेका छैनौँ । जितेको भए इतिहासमा कहिल्यै नहारेका हामी यति निरिह हुने थिउनौ भन्ने उनको धारणा छ । यसैले त उनी आफ्नो धारणा यसरी अभिव्यक्त गछैन्–
हो त, हामीले हा¥यौं र हारिरहेछौँ
                              आज आफैँले आफैँलाई मारिरहेछौँ
                       पृष्ठ ६४
जित्ने कुरा त टाढा छ क्षितिज झैँ
                              आफ्नैमा कलहको  बिउ सारिरहेछौं
                          पृष्ठ ६४
गजल शृङ्गार रसमा लेखिने परम्परागत सिद्धान्त हो तर आज त्यो कुरामा परिवर्तन आएको छ । यो सङ्ग्रहले पनि त्यो परम्परालाई तोडेको छ । यहाँ शृङ्गारिकका अलावा अन्य पक्षका गजलहरू पनि छन् । श्रृङ्गार पक्षमा उनले लेखेका गजलहरू यस्ता छन्–
प्रिया तिम्रो मुहार अहो ! घाम जस्तो छ
खाली  खल्तीभत्रि आज  दाम जस्तो छ
                                                   पृष्ठ ६५
                             न मनको भाकाभरि गीत  बनेर आयौ
 न त मस्त जवानीमा प्रीत बनेर आयौ
                         पृष्ठ ३४
                           छातीभित्र गुराँसका थुँगाहरू खिलेको  छ
तिम्रो मिठो स्पर्शले पवन पनि हिलेको छ
                                     पृष्ठ ४३
गजलकार गजलमा शृङ्गार भर्न निकै सिपालु देखिन्छन् । उनका गजल शिष्ट छन् । कहीं कतै अश्लिल शब्द पाइँदैनन् । माथिका शेरहरूबाटै थाहा लाग्छ कि गजलकारले गजल प्रस्तुतिमा कतिसम्म शिष्टता अपनाएका छन् ।
गुपचुप गुपचुप गजलभित्रका शेरहंरू मिठासले भरिएका छन् । गजलहरू भावपूर्ण छन् । ८२ ओटा गजल अध्ययन गर्दा आनन्द लाग्छ । पढौं पढौं लाग्छ ।
गजल सिद्धान्तमा आधारित रहेर नै लेखिएका छन् । भाषा सरल छ । तर बागियान शर्माले यति राम्रा गजल सिर्जना गर्दागर्दै किन गजल लेखनबाट टाढा हुन मन लाग्यो यो भने आश्चर्यको कुरा हो । यी गजल कृतिमा उनले आफ्नो सही नाम नलेखी उपनाममा गजल प्रकाशन गरेका छन् भन्ने कुरा उनको लेखकीय पढेपछि ज्ञात हुन्छ । उनको वास्तबिक नाम नवराज रिजाल हो । साहित्यिक पत्रकारिता र आख्यान लेखनमा यो नाम धेरैले पढेका छन् । मैले चिनाई रहनु पर्दैन । किनकि उनी चर्चित आख्यानकार र साहित्यिक पत्रकार हुन् ।
अन्त्यमा कृतिको पछिल्लो आवरणमा सजिएको एक शेर सापटी लिँदै विदा चाहान्छु –
                       प्रतिक्षामा बस्दै छु म, तर टाढा जानु थियो
भेटिएका यात्री जम्मे सँगै साथ लानु थियो ।
                                                  कावासोती, नवलपरासीपूर्व  
                                       
                                                    आलेख मासिक, पूर्णाङ्क ४५, जेठ २०७९    

No comments:

Post a Comment