मुक्तक
सदानन्द अभागी
भगवानले के सुन्नु ऊ त सुती रहन्छन्
मनमनै उनै गुन्नु ऊ त सुती रहन्छन्
कर्तव्य हो मानिसको आफ्नो कर्म गर्नु छ
पीर परे आफै कन्नु ऊ सुती रहन्छन्
मुक्तक
चुहेको खल्ती हुन्छ गरिबको साथमा
राख्यो भने चुही हाल्छ गरिवको हातमा
गरिबको मुक्तिमार्ग कहाँ फेला पर्छ होला
मेट्नु पर्छ गरिबीलाई लेखिएको माथमा
मुक्तक
बाँदरको कामै त्यस्तै गर्छन् मनपरी
बाँदर पाल्ने हामी उस्तै गर्छौ रखवारी
बाँदरलाई धपाउने हाम्रो युक्ति कहाँ छ र
उनकै पछि लाग्ने मस्तै विन्ति समेत गरी
मुक्तक
मानिसको बानी त्यस्तै बाटो हिड्छ विर्सिदिन्छ
स्वार्थी पन हुन्छ उस्तै बाटो हिड्छ विर्सिदिन्छ
मानिसमा छ सचेतता बन्नु हुन्न कवै अचेतता
बाधा पनि हुन्छन् मस्तै बाटो हिड्छ विर्सिदिन्छ
सदानन्द अभागी
भगवानले के सुन्नु ऊ त सुती रहन्छन्
मनमनै उनै गुन्नु ऊ त सुती रहन्छन्
कर्तव्य हो मानिसको आफ्नो कर्म गर्नु छ
पीर परे आफै कन्नु ऊ सुती रहन्छन्
मुक्तक
चुहेको खल्ती हुन्छ गरिबको साथमा
राख्यो भने चुही हाल्छ गरिवको हातमा
गरिबको मुक्तिमार्ग कहाँ फेला पर्छ होला
मेट्नु पर्छ गरिबीलाई लेखिएको माथमा
मुक्तक
बाँदरको कामै त्यस्तै गर्छन् मनपरी
बाँदर पाल्ने हामी उस्तै गर्छौ रखवारी
बाँदरलाई धपाउने हाम्रो युक्ति कहाँ छ र
उनकै पछि लाग्ने मस्तै विन्ति समेत गरी
मुक्तक
मानिसको बानी त्यस्तै बाटो हिड्छ विर्सिदिन्छ
स्वार्थी पन हुन्छ उस्तै बाटो हिड्छ विर्सिदिन्छ
मानिसमा छ सचेतता बन्नु हुन्न कवै अचेतता
बाधा पनि हुन्छन् मस्तै बाटो हिड्छ विर्सिदिन्छ
No comments:
Post a Comment