December 21, 2023

मुक्तक

मुक्तक
 कहिले काँही चासो पनि पासो बन्न जान्छ
 कहिले काँही पासो पनि चासो बन्न जान्छ
 आवश्यक्ता हो मानिसको बन्धन मुक्त हुने
 चुपचाप बस्छु भन्दा पनि काँसो बन्न जान्छ

मुक्तक
हतासिन हुन्न हजुर अतासिन सक्छ
गोमन सर्प फेला परे सहजैमा डस्छ
धैर्यताको डोरीलाई त कस्तै जानु पर्छ
सफल बन्छ मार्ग त आलस्यता बस्छ

मुक्तक
सत्यताको प्रीतमूर्ति जो कोही बन्छ
साँचो सत्य बोल्न पर्छ उसले भन्छ
अमृतवणी सबैलाई कहाँ पच्न सक्छ
विषाक्तका घडा घडा कोही त्यहाँ गन्छ 

No comments:

Post a Comment