| भीमकाय सदानन्द अभागी जाडोको महिना भएर होला तारेको लेकलाई बादलले ढाकेकोजस्तो देखिन्थ्यो। शालीजाका फोहोटाहरू सबै काउली बन्दा, मुला, रायोको खेतीको हरियालीले गर्दा सुन्दरताले भरिएको थियो। यतिबेला पैयूँको फूलफुल्ने बेला थियो। वन / खेत / बारीकाडिल कान्ला सबै पैयूँको फूलको फुलाइले ढाकेको थियो। सबै जग्गा रमाइलो र आकर्षक लाग्दथ्यो। मौरीको भुनभुनाइ र भुँइभुँइको आवाजले कताकता सङ्गीतको भान भै रहेको थियो। शालिजाको त्यो लोहोटा हातबाट फुत्के छोप्न गाह्रो पर्ने भीरको बाटो हुँदै मातृका र सान्तराम रमणीय दृस्यलाई छाड्दै ओरालो ओर्लदै थिए। सालिजाले बिदाइ गर्दै थियो भने मल्लाज माझफाटको सिमानाले स्वागत गरिरहेको थियो। सालिजाको तरकारी बोकेर कृषकबालाहरू कोही ओरालो झरिरहेका थिए भने कुनै कुनैले रातमै आएर तरकारी बेचेर गाउँतिर ठडिइरहेका थिए। रोज–रोज यिनीहरू तरकारी लिएर बागलुङ्ग बजार र म्याग्दि बजार गएर तरकारी बेच्ने गर्दछन्। लुङ्दी खोलाको बगरलाई छिचोल्दै मातृका र सान्तराम मिलनचोकतिर बढीरहेका थिए। सान्तरामलाई पुरानो गीतको यादले सताएको थियो– "वेनीको बजार जता मया उतै छ नजर किरेमिरे जाली रुमाल" भन्ने पुरानो उसलाई खुबै मन पर्ने गीत, यो उसको जवानीको गीत। यो गीतको लयमा ऊ सारारात दोहोरे गाउन सक्दथ्यो। उसले आफ्नो जवानीमा कति दिन दोहोरी गीत यहिलयमा गाएको थियो। पुरानो स्मरणमा ऊ मनमनै रमाइ रहेको थियो। शान्तरामलाई आज बासबस्न वेनीबजारमै जाउँजाउँ लागेको थियो। तर साथिकाेो आग्रहमा ऊ वेनीबजार जान सकेन। बाँसखर्कको सुन्तलाले मिलनचोकलाई पहेंलपुर पारेको थियो। कालीगण्डकीको निर्मल जल धाईरिङ्को बेंसिलाई कटान गर्दै बगिरहेको थियो। देशमा विजुलीको अभाव थियो र खेतका बालीहरूले पानी खोजीरहेका थिए। "कस्तो दुर्भाग्य जलस्रोतमा धनी देश रे बारीले पानी नपायर बिरुवा ओइलाई रहेका छन् र जनताले अझै बिजुलीको प्रकाश देख्न पाएका छैनन्। यी खोलाहरूमा कति हो कतिवटा बिद्युत आयोजनाहरू निर्माण गर्न सकिन्छ। " मातृका सान्तरामसँग गुनगुनाइ रहेका थिए। गण्डकीको पारिपट्टि धाइरिङ्गको सुन्दर सौन्दर्यलाई म्याग्दी जिल्लाको रत्नेचौरको सौन्दर्यताको प्रदर्शनले प्रतिस्पर्धा गर्दै थियो। यति बेलासम्म रवि पश्चिम क्षितिजमा डुब्नडुब्न थालेका थिए। आकाश लालीले भरेको देखिन्थ्यो। कृषकबाला गुलावी गाला, सेतो गर्दनमा सुन्दर माला, कोमल हातमा सुनका बाला पहिनेर काउली बन्दा वेच्न डोका बोक्दै लेखफाँट तिर उकालो चढदै थिए। जती सुन्दरताले ढाके पनि सन्ध्याको आगमनले गर्दा मातृका र शान्तरामलाई रात गुजार्ने समस्याले सताएको थियो। उनीहरू लुङ्दी खोलाको किनारै किनार मिलन चोकको सुन्दर बजारमा पुगेका थिए । त्यो बजारकोे सबै भन्दा राम्रो होटलमा वास वस्न पुगे। यो होटल कृष्णगण्डकीको तिरमा अवस्थित थियो। त्यो सुन्दर होटललाई, एउटा तोते वोली वोल्ने एउटी सुन्दर महिला जस्को शरीर मेशिन जस्तै चल्ने, दन्त र मुस्कान विजुली जस्तै बल्ने, शरीर भने डोलो, पा147चतारे होटलमा पकाउन राखिएका भान्से भन्दा मीठो पकाउने आफ्नै धुन र आफ्नै परामा व्यास्त रहनेले सजाइ रहेकी थिइन्। यिनले आफ्नै धुनमा आगो जलाई रहेकी र गैसको चुलामा थरी थरीका खाना बनाइरहेकी थिइन्। कसैलाई सेकुवा कसैलाई भुटन कसैलाई सलाद र कसैलाई घरेलु रक्सी कसैलाई वियर आदि फटाफट राख्दै जान्थिन् र उता चुलातिर पनि उनी व्यस्त हुन्थिन्। कस्तो चल्ने त्यो शरीर, गहिरिएर हेर्यो भने ठयाम्मै मेशिनै हो की जस्तो? बजारलाई नियाल्दा मल्लाज माम्क फँाटतिर भन्दा धाइरितिरको भागमा बजार फैलिएको जस्तो लाग्दथ्यो। मानिसको चहल पहलले गर्दा यहाँ राम्रैैरूपमा व्यपार चल्लाजस्तो देखिन्थ्यो। यो मिलन चोकको नजिक अझै मोहकदार बेनी बजार थियो। वारिवेनी र पारिवेनीलाई कृष्ण ग48डकीले छुट्टाउँदछ। वारिवेनीमा बजार सानो छ तर पूर्णछ / सुन्दरछ। यो पर्वत जिल्लामा पर्दछ। पारिवेनी म्याग्दी जिल्लाको सदर मुकाम हो। बजार ठूलोछता पनि पहाडको फेदिमा अवस्थित भएकोले फराकिलो भने छैन तापनि बजार सुँदर छ। त्यो रम्यता र भीडलाई चिर्दै केही रसिकहरू केहीक्षणको आनन्द लिन यो बजारमा आएर आपनो मन बहलाउने र सोमरस सेवन गर्न पनि छाड्दा रहेनछन्। यस्तै यस्तै रसिक हरूले टोकेको मासुको चोक्टा र तानेको सोमरसको चुस्किमा मातृका र शान्तरामका तीखा नयनहरू घुमीरहेका थिए। मातृका र शान्तरामले ताजताजै सातदल र माओवादी बीच भएको समझदारिको सम्बन्धमा ठूलोठूलो शिर्षक मा लेखिएका कुराहरूलाई यी दुवैले महत्वपुर्ण तथा अर्थपूर्णरूपमा अध्यान पनि गरिरहेका थिए। कान्तिपुर र अरु पत्रिकाहरूले सात दल र माओवादी बीचको समझदारीलाई उच्च महत्व दिएको र संयुक्त राष्टृ संघका महासचिवले स्वागत गरेको समेतले दुवैलाई ठूलो हौसला दिएको थियो। यी दुबैलाई अव देशमा शान्तिबहाली हुने सम्भावना बढेको आभास मिलिरहेको थियो। समयले आफ्नो गति बढाइ रहेको थियो। मातृका र शान्तराम भोजनकोलागि पखीर्रहेका थिए। यसै समयमा एउटा भीमकाया मनुवा होटलमा प्रवेश गर्यो। उसको प्रवेश होटेलमा हुने बित्तिकै होटलका सबै यात्रुहरूको नजरहरू उसैतिर पोखिए। ऊ सरासर आएर कुर्सीमा बस्यो। भीमकायले होटेलमा प्रवेश गरेर होटेलवालीसँग मासु रक्सी माग्यो ऊ त्यत्ति कामकोलागि होटेलमा प्रवेश गरेको थियो। उसको भूँडी ठूलो थियो। त्यसैले जो कोहीले देखे भने त्यसलाई भीमकाय भन्दथे। ऊ जति जति रक्सी पिउँदथ्यो त्यति त्यति उन्मादी बन्दथ्यो। जति जति उन्मादी बन्दथ्यो त्यति त्यति होटेलमा भएकाहरूलाई धम्की दिइरहेको थियो। उसको मुखमा जति जति रक्सी पस्दथ्यो त्यति त्यति धेरै कुराहरू निस्कन्थे। यी भीमकाय त्यहाँका तथा बाहिरबाट आएका ब्यपारी/ जागिरे/ बटुवा कुनै व्यबसायी हुन सक्दछन्। यो कुरा शान्तराम र मातृकाले जान्दैनथे। तर उसको बोलाइबाट ऊ एउटा ठूलै मानिस भएको आभास दिइरहेको थियो। उसका यी उन्मादी बोलाइमा भने ऊ यहाँको ठूलै मानिस भएको आभास मिल्दथ्यो। उसले रफ्तारमा रक्सी पिइनै रहेको थियो। घरी उसले यस जिल्लाकाका ठूलाबडा नेता आउनेकुराहरू भनि रहन्थ्यो भने घरी त्यो कार्यक्रममा मातृका र शान्तरामले भाग लिएर भाषण गर्नु पर्दछ भनिरहेको थियो– घरी मस्तसँग हाँसेर "यी नेता बुझ्नु भो कोठे गफ गर्न आउने हुन्। आज कस्को हिक्मत? भाषण गर्न अर्काथरी आए भने यिनका बाउका विवाह देखिन्छन्। तपाइँ पनि बुझ्नुभो –"भनेको मानेमान नमाने भाग अहिलै भाग। " यत्तिकैमा एउटी महिला त्यो होटलमा प्रवेश गरिन्। उनी मुसुमुसु गर्दे आएकी थिइन्। उनी भीमकायाको नजिकै आएर उभिइन् र उनले अनुरोध गर्नथालिन– "सुन्नुभो हजूर रक्सी सकेर हिडिबक्सियोस्।" बोली निकै मीठो थियो। उनले निकै सज्जनताका साथमा अनुरोध गरेकी थिइन्। अव त ती भीमकाय अझै रसिक भए र भन्न थाले –"आज यसको पाली भएकोले बाटो छेक्न आएकी"भन्दै एकचुस्की तानिहाले। फेरि कुरा थपीहाले –"आइमाइको जात कस्तो हँ ? यही आइपुगी " हामीतिर हेर्दै उनी मुस्काए। उनकी पत्नी भने उनीसँग साउती गर्दै थिइन् – " हिडीबक्सियोस् न हजूर हिडीबक्सियोस्।" भीमकायाले – " छाड् छाड्" भन्दै रक्सीको चुस्की अझै रसिलो तरिकाले तानी रहेका थिए। होटेलमा बस्नेहरू भने उसको यो छाडा व्यहार देखि वेचैनमा थिए। सोमरसको कमाल, देखियो अपार, उनी कतिबजे हुने हुन् सवार त्यसैमा सबैको जिज्ञाशा घनीभूत थियो। जडेहाका श्रीमतीहरू प्राय यस्तो कुकर्मदेखि रिसाउने झर्कने, फनफनाउने, कराउने गर्दछन् तर यहाँ भने त्यस्तो थिएन। उनी साह्रै शिष्ट देखिन्थिन्। उनले पुन भनिन् –"सुनिबक्सियन?" अव भने भीमकाया बोल्न सकेन। ऊ उठ्यो श्रीमतीतिर हेर्यो र उसले पिएको सोमरसको पैसा खुरूक्क झकेर दियो र पैसादिए पछि उसले आदर साथ सबैलाई भन्यो –" सपना राम्रो देख्नुहोला, यिनले मलाई साह्रै अताइन्, के के बोलियो नशा चढेको बेला यस्तै यस्तै हुन्छ, जीवनको खेला, मरे लानु के नै छर? बोल्नु हाँस्नु आदि गर्ने यहि हो बेला, यि आत्तिइन् आज यिनको चित्त राम्रैसँग बुझाई दिनुछ, ल त, भन्दै उनी खुरूक्क हिडे। ऊ हिडे पछि होटेल चानुमानु जस्तो देखिन्थ्यो। यात्रीहरूलाई लागेको थियो उसको बोलाइ चलाइ अनुरूप उसले सजिलै पैसा तिर्दैन बरु हल्लागर्दछ तर यहाँ त्यसो भएन। बिदाहुँदा पनि राम्रो व्यवहार गर्यो। उसको यो भलादमी पनामा सबैले आश्चर्य प्रकट गरे। रक्सी खाँदैमा मानिस अचेत हुन्छ भन्थे त्योत रहेनछ। केवल आडम्वरी मात्र जथस्तो लाग्यो। यता मातृका भने उसको होटेलको व्यवहारमा सन्तुष्ट थिएनन् । उनी मनमनै गुनगुनाइ रहेका थिए। ऊ हिड्ने बित्तिकै मातृकाले आफूमा गुम्सिएको भावनालाई आतुरमा पोखे– "यस देशका विकृतिका भूँडीहरूले देशलाई यसरी नै तहसनहस पारेका छन् "। सबैले मौनतामा आफ्नो सहमती जनाए।
|
April 2, 2012
भीमकाय
सपनाको आनन्द
| सपनाको आनन्द सदानन्द अभागी देशमा बलिरहेको द्धन्दको ज्वालाले पिल्सिएको बेला जगतमान आफ्नै घरायासी द्धन्दले अझै बढी पिल्सिएको थियो। देशका सारा आत्माहरू तडपी रहेका छन्। शान्तिको खोजीमा शान्तिका पूजारीहरू बन्ने हिक्मत कसैले देखाएनन् बरु आफ्नेा बहादुरीताको लडाईमा स्वार्थको भाडो कसरी भरिन्छ भन्ने धारणाको खेतीपातीमा नै लाग्नेहरूको संख्याले जगतलाई ओगटेको छ। विश्वमा आतङ्क बादको निर्मूलपार्ने धारण राख्नेहरूले निम्त्याएको थप आतङ्कले शान्तिलाई थप त्रस्त पारेकोछ। विश्वशान्तिको कामना र चाहना राख्नेहरूले पनि विश्वभरि नै चलिरहेको आजको द्वन्दको त्रासनले गर्दा जनसमुदायलाई विश्वस्त पार्न सकेका छैनन्। आज विश्वमा जताततै द्वन्दले त्राहिमाम पारेकोछ। शक्तिवानले गरेका सबै कामहरूको गणना शान्तिको ज्योति जलाउन ग।रेको ठहरिएका हुन्छन् भने निर्वलले गरेका कर्ममा आतङ्कको गन्धले ढाकेका देखिन्छ र यो गन्ध सँुघ्दा नाकमा आउने दुर्गन्ध प्रवल भएर जान्छ। यो त रह्यो विश्वको आजको यथार्थता। यो यथार्थता भन्दा पनि जगतमानका घरमा भएको आफ्नै परिवार भित्रको द्वन्दले उत्पन्न गरेको त्रासले उसलाई साह्रै सताएको थियो। जति जति आफ्नो मनको भावनामा उसले शान्तिको ज्योति वाल्दथ्यो त्यति त्यति उसको घरमा अशान्तिको जरो गाडिदै जान्थ्यो। यो अशान्तिको जरो भने जगतमानले नचाँहदा नचाहँदै पनि वाध्यताको रूपमा आँफै निम्त्याएको थियो। मस्तजवानीमा मस्त युवती विवाहा गर्दा पनि उसले आपनो जवानीको रसस्वादन आनन्दको साथमा चाख्न पाएन। उसले आपनो सारा जीवनको आनन्दलाई उसकी जीवन सङ्गिनीलाई दिन चाहान्थ्यो। फुटेको कर्म कहाँ जुट्न सक्दथ्यो र उसले आफना सारा आनन्द। सारा दुःख साटन चाहेर पनि साट्न सकेन। दिन बित्तै गए। जगतमानले ईश्वरीलाई विवाहा गरेको पनि दुई तीन वर्ष बितिसक्यो। उसले एक छोराको अनुहार देख्न पायो तर त्यो अनुहार सधै व्यहोर्न पाएन। त्यो बालक चौबीस घण्टा भित्रमा नै आफ्नै बाटो लाग्यो। ईश्वरीले खेप्न परेको त्यो दुःखको क्षणिक वेदनाको अंसियार भएको जगतमानले यस्ता अरु वेदनाहरू पनि थुप्रै भोग्नु पर्यो। दिन बित्ने कर्ममा पाँच छ वर्ष बितिसकेछन् तर जीवनको उतारचढावमा जगतमानले आँफूलाई कहिलै शान्ति र अमनचैनमा राख्न पाएन। सामाजिक रीतिरिवाज घरकाको पिरलो दबाब आदिले गर्दा जगतमानले एउटा थापलामा दुई वटा नाम्ला थप्यो। यस पछि उसको जीवनको नौलो आयम थपियो। क्षणीक जीवन को सुखदुःख नयाजवानी तथा नवभावना पुराना दुखलाई त्याग्दै उसले उसकी दोस्री श्रीमतीबाट क्षणिक आनन्द पाउन थाल्यो। उसकी दोस्री श्रीमती को नाम लक्ष्मीमाया थियो। ईश्वरी चर्को स्वभावकी नारी आँनै पारा र आफ्नै स्वभावकी थिई। ईश्वरीलाई प्राय जगतमानले छाडि सकेको थियो। लक्ष्मीमाया र जगतमान भित्रको दैनिक जीवन सुमधुर रूपमा चलिरहेको थियो। लक्ष्मीले पनि छिट्टो समयमा लक्ष्मीकै जन्म दिइन्। अव त लक्ष्मीमाया पनि आमा बनिन् र जगतमान पनि बाबु बने। सबै चलेकै थियो। जगतमानको यौवन मादकता र सुरासुन्दरीको आनन्दतामा डुब्दा जगतमानका जीवन सङि्गनी तीनवटी हुनपुगे। तेस्री प्रेयसीको नाम थियो विणा । ग्रामिण परिवेशमा कता कता जगतमान र घरका परिवारको बीचमा फेरी द्वन्द चल्यो। जगतमानले ईश्वरीलाई आफूसँग बोलाउने निधो गर्यो। लक्ष्मीमाया, विणा र जगतमानको बीचको झगडाले फेरि शान्तिमायाले त्यो घरमा प्रवेश पाइन्। ईश्वरीले त्यो घरको सबै अधिकार प्राप्त गरेपछि लक्ष्मीमाया र विणा जगतमानबाट टाढिन पुगे। एक दिन तथा एकक्षणको गल्तिले गर्दा लक्ष्मीमाया र विणाले सारा दुखहरू मनमा जेजस्तो भए पनि नारीको सहने शक्तिको धैर्यधारणले गर्दा सबै सहदै गएका थिए। घरमा प्राय जसाे रडाको चलिरहन्थ्यो। जगत रामले यो सारा द्वन्दलाई सजिलै पिएको थियो। उसले कहिलेकहीँ सोच्ने गर्दथ्यो– "समाज देश र अरुहरूको देखासिकी पनि त गर्नु पर्दछ" उसले धेरै अनुसन्धान गर्यो। तर उपलब्धि भने शून्य मात्र हात लाग्यो। यी तीनै नारीहरू लड्नुको वास्तविकता के त? के को लागि कल गर्ने के रतिकर्मको कारण हो त? निश्चय पनि त यही नै हुन पर्दछ। त्यो पनि हैन, यस विषयमा पनि त, उसले परिक्षण गरेको थियो। अनि के हुन सक्दछ त? ऊ धेरै प्रश्न बाची हुन्छ। उसले तिमीहरूलाई के पुगेन भने र सोधनी गर्दछ। त्यसको जवाफ पाउँदैन। केवल भात अलग पकाएर खाने धोको मात्र यी तीनैको होतो त? यी तीन मध्य ईश्वरीले घरको आर्थिक र भण्डार ओगटी सकेकी थिइन्। अलग भात खान पर्ने पनि ईश्वरीलाई नै परेको थियो। जगतमानले द्वन्द धेरै पिइसक्यो। देशमा चलेको द्वन्दको उद्देश्य त कुर्सी लिप्सा हो तर यहाँको लडाइको उद्देश्य के त? गृह्यकब्जा त्यो पनि त सबै उसकै कव्जामा त छ नै। अनि ऊ सोच्दछ एक देश अर्को देशसँग रिसायो भने नाकाबन्दि गर्दछ। आफ्नो बसमा ल्याउन खोज्दछ अनि ऊ सफल/असफल पनि त हुन सक्दछ। यहाँ पनि त कति पटक ईश्वरीले उसलाई नाकावन्दि गरेकै त हो नी तर पनि जगतमान आफ्नो साराव्यथा पिएर नै त बस्यो। त्यति बेलामात्र त उसले सबै सत्यतथ्यलाई अध्ययन गरेको थियो। यो अध्ययनको बेला उसले लामो एउटा धेरै पहिलाको एटा मन्दिरमा एउटी महिलाले मागेको बरदान सुनेको समझ्यो – "पाल्पाको सत्यवती तालमा सत्यवती बजै बहिरी भएकोले जोड जोडले कराएर बरदान मागिन्छ। यो अनौठो मेला छ यो मेला रातभरी लाग्दछ। बिहान हुँदा नहुँदा यो मेला सकिन्छ। यो राती लाग्ने मेलामा जो कोही जानेले पनि कराएर वर माग्दछन्। त्यस पटक जगतमान पछि पछि फूलपाती अक्षेता लिएर गएको थियो अगि अगि कुनै अपरिचित महिला थिइन्। उनी धेरै आक्रोशितजस्ति लाग्दथिन्। उनको आक्रोश सायद उनको श्रीमानले भरखरै दोस्रो विवाह गरेकाले हेा जस्तो लाग्दथ्यो। त्यही विवाहको कारणले गर्दा उनी आक्रोशित थिइन्। उनले सत्यवती माइसँग "मेरो श्रीमान मरोस् र सौता राँडी हओस्" भन्दै फलाक्दै गएकी थिइन्। आवेशमा उनलाई यो पनि थहाँ लागेनकी उनी पनि श्रीमान बिते पछि राँडी हुन्छिन्। दुबै एउटै थलोमा काज क्रिया बस्नु पर्दछ । जगतमानले मन मनै भन्दछ– "यस्तै हो आवेश, रिसका बेलामा कोही पनि वेद पढदैन।" अनि फेरि सम्झन्छ उही उखान –"सौताका रिसले पोइका काखमा मुत्नु। " उस्ले, उसको घरको झगडा पनि अहम्ताको कारणले भएको अनुमान लगायो। अल्पज्ञानी अहम्ताको द्वन्द अहिले त झनै चर्किएर गयो। आफ्नाआफ्ना चुला–चम्का जोडिए। पकाउने कर्म अलग अलग हुन थाल्यो। घरमा ठूलो रडाको मच्चियो। छोरा छोरीले मिलाउन खोजे सकेनन्। गाउँलेले मिलाउन खोजे सकेनन्। अंशबण्डाकोलागि जगतमानले आफ्नो आफ्नो गर भने, त्यो पनि ऊ सफल भएन , अव ऊ पराजित भयो। ऊ तीनैको नजर भन्दा टाढा भएर गयो। बाहिर ढकमक्क जून लागेका थिए। जगतमान खाना खाएर बिस्तरामा पुग्यो। लामो समय सम्म देशको द्वन्द केलाई रहेको थियो। अनि घरको द्वन्दलाई पुन केलाउन थाल्यो। ती श्रीमतीहरू, त्यो घर, छोराछोरी गाउँका इष्टमित्र तथा कुलकुटुम्म सबैको सम्झनाले सतायो। हरेक घटना उसको मस्तिष्कमा घुम्न थाले। करवट बदल्दा बदल्दैमा अवेलातिर जव उसका आँखा लागेका थिए तव ऊ सपनाको संसारमा रमाउन पायो। उसका तीनै श्रीमतीहरू रातो पहिरनमा वेउली जस्तै बनेर उसलाई माझमा राखेर सेवा गरिरहेका थिए। उसको जीवन भर यस्तो आनन्दिन दिन कहिलै आएको थिएन। चारैजना आज खुवै रमाएका थिए। छोरा छोरी पढाउने देखि लिएर रङि्गन टिभी किन्ने, घरको वरिपरि सुन्दर बगैचा लगाउँने र मौरी पालन गर्ने, बाह्रै महिना करेसाबारीमा तरकारी लगाउँने, ताजा र विषादिरहित तरकारीको सेवन गर्ने आदि आदि बार्ताहरू सौहार्द पूर्ण रूपमा भएका थिए। चारै जान मिलेर भावी योजना बनाए। आज घर सुन्दरताको महल बन्यो। उसले यो घरलाई पशुपति नाथको मन्दिर नै सम्झेको थियो। उसले विवाह पछि आजसम्म फुकाउन नपाएका मायाका आफ्ना सारा पोकाहरू सबै फुकायो। आज उसका श्रीमतीहरू अनुसाशनका पूजारी भएका थिए। आफ्ना मनमा लागेका सारा तीता मैलाहरू धोएर आपसमा मायाका पोका फुकाई रहेका थिए। लाग्दथ्यो ममता पूर्ण दिलका कोपिलाहरू आज राम्रैसँग फुलेका थिए। त्यहाँ सौन्दर्यको खानी थियो। आज ऊ कवि बनेको थियो। उसका भावना फुरेका थिए – तिम्रा यौवनका उभारले ममा बाहार आएको छ तिम्रा मुस्कान मुहारले ममा त्यौहार ल्याएको छ तिम्रा भावनाका मुस्कानले यहाँ स्वर्ग नै झारेको छ साच्चि भनौ भने मलाई साक्षात् विष्णु नै बनाएको छ स्वर्गको उद्यान अमृतझर्ना झरझरी झर्या छ दिलका टुक्रा फूलका थुँगा बावरी झुल्या छ तीन तारा मेरा जूनका फूल रक्तमा संचार छन् यो रक्तसंचार हाम्रो यो संसार ढुकढुकी चल्याछन् चार आत्मा हाम्रा अतिनै राम्रा सङ्गीत बज्याछ संसार थाम्ने शक्तिको साथमा यो ध्रुव चल्याछ यो मेरो सारा शक्तिका प्यारा शक्तिमा बल्याछ यी तिम्रा ओठ मुस्कानको चोट ......... आदि आदि शब्दलयमा उसले यी गीत गुनगुनायो। यतिले मात्र उसको मनलाई थाम्न सकेन उसले दिल खोलेर तीनैजनालाई भन्दै थियो– "म तिमी तीनैलाई कति हो कती माया गर्दछु,। त्यो मायाको एक एक शव्दले मुटुमा सङ्गीत भरेको छ नपत्याए देखि सुन र म छाती चिरेर हनुमान बन्न सक्दछु,।" भन्दै तीनैजनालाई आफ्नो बाहुपासमा बाँधेर के आप्नो छातिको धडकन सुनाउन थालेको थियो, ऊ झस्लङ्ग विउँझयो। विउँझदा त ऊ खाटमा सुतिरहेको छ। उसलाई यो सपना जस्तो लागेको थिएन। ऊ छटपटायो। दुबै आँखा मिच्दै त्यो भरखरको आनन्दलाई खोज्न थाल्यो। यति बेलासम्म जून डुबी सकेका थिए। उसले अन्धकारै अन्धकारले ढाकेको रात, त्यो बिस्तरा, खाट सिवाय केही पाएन। ऊ बिस्तारै ढोका खोल्दै बाहिर निस्कन्छ र हेर्दछ। सारा आकाश कालो देख्छ। सौलो रात अन्धकारले ढाकेको पाउँछ। उसका आँखा भरी सपनाको आनन्दको लहर आँसुमा परिणतहुँदै बलिन्धार भएर बगिरहेका हुन्छन्। कालो रातमा कता कता उल्लु उडिरहेको आवाजको आभासले उसको कानलाई पीडा दिईरहेको हुन्छ। उसको मुटुको ढुकढुकी बढीरहेको हुन्छ र उसका हात अङ्कमाल आकारमा सलबलाइ रहेका हुन्छन्, सलबलाइ रहेका हुन्छन्। |
April 1, 2012
कागतीको चिया
कागतीको चिया सदानन्द अभागी एउटा सानो दोकान, दोकानमा एउटा काली आइमाई, आइमाईको ओठमा लाली, लालिको चम्कनले गर्दा काली भए पनि उनको रूपमा श्यामलताले ढाकेको थियो। उनी चिल्ली थिइन्। उनको ओठमा मुस्कान थियो। त्यो मुस्कानले त्यो दोकानलार्र्ई ढाकेको थियो। मनवीरे त्यही बाटो हिड्थ्यो। कहिले कहिले त्यो दोकानमा चिया पिउँदथ्यो। उनले पकाएको चियाको स्वाद भिन्न प्रकारको हुन्थ्यो। हुनता चिया पकाउने तरिका, सबैले उस्तै उस्तै गर्दछन्््। तर पनि उनको हातको चियाले मनेको मीठोमुख हुन्थ्यो। अर्को अर्थमा म्ानवीरेको मनलाई उनले जितिसकेकी थिइन्। अव त दुवै जना बसेर केहि क्षण बातचित पनि गर्दथे। उनको दोकानमा भातखाने बेलामा बाहेक निकै कम मानिसहरू हुन्थ्ये। त्यसैले पनि हुन सक्दछ उनको चिया पकाइमा कञ्जुस्याइं थिएन । यो मीठो चियाको स्वादले गर्दा मनवीरेले अन्तको चिया खान छाडिसकेको थियो। देशमा रोजगारको अभावको कारणले गर्दा ती कालीकाको श्रीमान अरवतिर हानिएको थियो। उनी पनि देशको यो द्वन्दको कारणले गर्दा गाउँ बस्न नसकी शहरमा दोकान चलाउने शीलशीलामा शहर पसेकी थिईन्। कहिलेकहीँ उनी मनवीरेलाई भन्ने गर्दथिन् – "के गर्नु? घरमा धेरै खेतबारी छ। जोतखन गर्न दिएनन्। थोरै मोरै चन्दाले पनि मानेनन्। यस्तै यस्तै पिरलोले गर्दा यो शहरमा आएर बस्न परेकोछ। उहाँले ती छोराहरूलाई राम्ररी पाल, राम्रो स्कुलमा पढाउ आदि सल्लाहा दिइराख्नु हुन्छ। म त यिनै कामकोलागि ढुक्क भएर बसेकी छु।" उनका यी कुरा सुनेर मनवीरेको मन छिया छिया पर्दथ्यो। मन मनै भन्दथ्यो–"काली भएर के नै भयो दिल त महान छ। भावना र कर्तव्यको बोद्ध छ।" देश आज सवल भएको भए अवस्य पनि विदेशमा जान पर्दैनथ्यो। देशमा मारामार र काटाकाट किन गर्ने देशको प्रगति नै त जनताको प्रगति हो। यो प्रगतिको लागि आज सबै जुट्न त पर्ने हो। आज नभए पनि भोलि त अवस्य जुट्नु पर्दछ। आदि आदि कुरामा ऊ रूमलिन्थ्यो। "भाइ फुटे गवार लुटे" सही त छ नी यो युक्ति। आज धेरै बेर मनवीर कालीकासँग दुःख सुखका भावनाहरू बाँडेर बस्यो। धेरैबेर पछि आफ्नो डेरातिर लाग्यो। अर्को दिनको कुरा हो करिब दिन ढलिसकेको थियो। मनवीरेलाई तलतल लाग्यो चिया पिउनकोलागि कालीकाको दोकानतिर लाग्यो। मनवीरेले चिया पिउनकोलागि त्यो दोकानमा आइपुगेको थियो तर कालीकाको दोकानमा आज स्टोभ बलेको थिएन्। दूधको भाँडोमा दूध थिएन। उनले चिया पिउन होला चिया त छैन भन्दै भित्रतिर पसिन्। मनवीरे उनी बाहिर नआउने बेला सम्म उनलाई कुरेर बसिरह्यो। उनी बाहिर निस्किन् मनवीरेले चिया पिउनेे आग्रह गर्यो। उनले चिया छैन भनिन्। गुनगुनसित दूध छैन भनेर थपिन्। फेरि मनवीरेले चिया रातो भए पनि हुन्छ भन्यो। मनवीरेको यो आग्रहलाई उनले एकटक्ले मनवीरेतिर हेर्दै मायाको भीख मागेजस्तो ठानिन्। उनी खल्लो मुस्कान लिएर चिया पकाउन थालिन्। उनले पानी तताइन्। पानी उम्ल्यो उनले चियापत्ती राखेर गिलासमा चिया छानेर राखिन् र कागती निचोरेर एक गिलास रातो चिया मनवीरेलार्र्ई दिइन्। गुलियोमा अमिलो स्वाद हलुका चियाको रङ्ग साथै त्यसमा उनको करकमलको मुलायम स्पर्सले दिएको गिलास कता कता हिजो अस्तिको भन्दा आजको यो चिया अझै मीठो लागेको थियो। पवित्र भावना र चोखो मायाले चढाएको यो अमृतको स्वाद जीवनको सञ्जीवनी रस जस्तै लाग्यो। उसले अर्को कप थप्ने आग्रह गर्न मनलागेको थियो तर उनको अनुहारको मलिनतालाई हेरेर थप अनुरोध गर्न सकेन। उनको अनुहारमा अघि पछिको जस्तो मुस्कान थिएन्। उनी बोली रहेकी थिइन् तर उनको लालिमाले भरिएको त्यो ओठ पनि कताकता फिका जस्तो देखिन्थ्यो। मनवीरेले सोध्यो– "के सञ्चो छैन " जवाफ आयो– "सञ्चै छु," "किन निरसिलो भएको त?" उनी मुस्काइन्। अरू जवाफ आएन्। मनवीरेले पनि आज धेरै कुरा गरेर उनको मनको भावनालाई खोजल्न चाहेन। पैसा निकालेर चियाको मूल्य दिन थाल्यो। उनले चियाको पैसा लिन मानिन्। "आजको रातो चियाको पैसा मैले लिदिन" सायद उनको यो मनवीरेसँगको अन्तिम बोलाई थियो होला? त्यस पछि किनहो किन मनवीरेतिर गहिरो हेराई हेर्दै उनी भित्र पसिन्। मनवीरे पनि आफ्नो डेरातिर लाग्यो। भोलिपल्ट मनवीरे चिया खान जादा उनको दोकानको बाहिर घर भाडामा छ भनि सूचना टाँसेको मनवीरेले देख्यो र हिजोको रातो चियाको स्वाद सम्झदै आफ्नै मनमतीको दोकानतिर हानियो। |
पानकाे बिडा
पानकाे बिडा सदानन्द अभागी सङ्क्रान्तिको दिन थियो। आनन्दराम र दयाराम घुम्दै घुम्दै पाटन सहरतिर लागे। चिडियाखानाको नजिकै नजिकै पुग्न आँटेका थिए। एक जना साथीले पान दोकानतिर बोलायो। पान दोकानमा एउटा दाँत फुक्लेको बुढोले पान बनाइ रहेको थियो। तिनीहरूले पनि त्यही दाँत फुक्लेका बुढाको हातले बनाएको पान खाए। पाान खाएर आनन्दराम र दयाराम आफ्नो गन्तव्यतिर लागे । उनीहरूको साथी पनि आफ्नो बाटो लाग्यो। आनन्दरामको बसोबास पाटनमै थियो। ऊ प्राय जाउलाखेलतिर जाने–आउने गर्दथ्यो। आनन्दरामकोे आवतजावतको कर्म निरन्तर थियो। एकदिन दुईदिन गर्दा गर्दै आनन्दरामले पान खान थाल्यो। अम्मल यस्तै हुन्छ। खान सिके पछि नखाइ नहुने। आनन्दराम पनि पान नखाए तलतल लाग्ने भै सकेको थियो। यता पान दोकानको दृश्य पनि आकर्षक थियो। पान बनाउने कहिले दाँत फुक्लेको बुढो मानिस हुन्थ्यो भने, कहिले एउटा वयस्क तरुनी आइमाई हुन्थी। तरूनीको अनुहार कसिलो, पोटिलो र हँसिलो थियो। ओठको लालिमा पान खाएको लालिमा जस्तै थियो। यी अम्मलहरू प्राय सबैलाई एकै किसिमको माने पनि हुन्छ। यिनको नाम भने फरक फरक होलान् तर काम भने एकै किसिमको हुन्छ। सबैको काम नशा दिनु हो। कोही धेरै धेरै नशा दिने हुन्छन् भने कुनै कुनै कम नशा दिने मात्र हुन्छन्। आनन्दरामले यो कुरा जान्दथ्यो। आनन्दरामले यो पनि जान्दथ्यो कि यस्ता अम्मलमा बानी बसाल्न हुँदैन। यी नशाहरू दुबै प्रकारले हानिकारक हुन्छन्। एक त स्वास्थको कारणले पनि हानिकारक हुन्छन् र अर्कोकुरा आर्थिकरूपमा पनि खर्चिला हुन्छन्। यतिमात्र नभएर अम्मलीले कोसँग अम्मल माग्ने, कोसँग नमाग्ने छुट्ट्याउन सक्दैन। सुर्तीखानेको बानी जसले सुर्ती निकाले पनि सुर्तीको लागि हातथाप्ने हुन्छ। आनन्दरामले यो पनि जान्दछ कि बिडी र सिगरेट खाने वालामा कुनै कुनैको बानी दिशा बस्दा सिगरेट तान्ने हुन्छ। सिगरेटको कस तान्दा दिशाको गन्द पनि तानिन्छ। यो सब भन्दा खराब बानी हो। ठूला ठूला विद्वानहरू प्नि दिशा बस्ने बेलामा हातमा सिगरेट र सलाई लिएर चर्पीतिर लाग्दछन्। मानिस आफ्नै पाराका हुन्छन्। आनन्दराम पनि आफ्नै पाराको थियो। उसले पान बाहेक कुनै अम्मल खाँदैनथ्यो। पानलाई उसले अम्मल पनि मान्दैनथ्यो। यो त भगवानको प्रसादी हो भनेर भन्ने गर्दथ्यो। एउटा गँजडीयाले गाँजालाई शिवजीको बुटी भने जस्तै। पान खाने क्रम एवं रितले चल्दा एक – दुई वर्ष बित्यो। पानवालीको मस्त योवनको युवतीपना घट्ला भन्दा बढ्दो देखिन्थ्यो। आनन्दरामलार्र्ई लाग्दथ्यो यो तरुनी आइमाई त्यहि बुढाकी छोरी होला कता कता आनन्दरामले थाहा पायो कि यो त त्यही बुढाकी पत्नी हो। आनन्दरामले यो अनमेल विवाहको नतिजा राम्रो हुँदैन भन्दै आफ्नो बाटो लाग्यो। बाटोमा मनमा कुराहरू खेल्न थाले। बुढाको जीवन लामो जस्तो देखिदैनथ्यो। उसले लामो सास फेर्दै भन्यो कति बर्ष विधवा जीवन बिताउन पर्ने हो ? धेरै दिन यता आनन्दराम त्यो बाटो हिड्न छाडेको थियो। ऊ यो बाटो हिड्न छाड्नुको कारण पनि साथीहरूको छड्के बोली नै थियो। यसै कारणले पनि आनन्दरामले त्यो दोकानमा पान खान छाडी सकेको थियो। अर्को दोकानी साहू नभएर नै होला आनन्दराम पान खान भनेर धेरै दिन पछि त्यहि दोकानमा पुग्यो। त्यहाँ त पुलिस, सैनिक र थरी–थरीका युवाहरू उभिएका थिए। साहूनीले सेता दाँत हिस्सी अनुहारमा देखाइरहेकी थिइन्। रसिलाकुराहरू चलिरहेका थिए। आनन्दरामले पान माग्यो। यौवनमस्त युवती पानवालीले सुनेनसुने जस्तो गरिन्। आनन्दरामलाई लाग्यो। यो त उनको नभएर जवानीको भूल हो। उसले फेरि सोच्यो जवानीको आधा आनन्द त मीठा मीठा रासलीलाका कुराहरूबाटै प्राप्त हुन्छ। आज उनले आनन्दता आउने रसपान कुरैकुरामा पिएकी छन्। उनलाई मन लोभ्याउने मोहनी बोलीचालिले नै पान बनाउन रोक्यो। आनन्दराम पान नखाइकन आफ्नो बाटो लाग्यो। आनन्दराम टाढा पुगेर फर्केर हेर्यो। उनको पान दोकान युवाहरूले घेरी राखेका थिए। धेरै दिन पछिको कुरा हो आनन्दराम त्यहि बाटो जावलाखेलतिर लागेको थियो। उसले सुन्यो पानवाली त एउटा ड्राइभर टिपेर हिडि। आनन्दरामले सोच्यो– "हो त अनमेल विवाहको नतिजा यस्तै त हुन्छ" तिनी किन त्यो कर्मच्युत बुढासँग बस्दथीन्। जे हुनुथियो भयो। आनन्दरामले पानदोकानलार्र्ई पुन फर्केर हेर्यो। यति वेलासम्म दयारामले उसलार्र्ई पछिबाट आँखा छोप्यो। आनन्दरामले दयारामका हात समाइरहेका थियो। दयारामले आनन्दरामलाई –"कसो मित्र! आँखा त्यतैतिर छन्। हिडी! भो हिडी!! .....।" भनिरहेको थियो।
|
भाँडगाउँकी नक्कली
भाँडगाउँकी नक्कली सदानन्द अभागी न्ोपाल अधिराज्यको तराईको कुनै एक जिल्लामा एउटा भाँड गाउँ थियो। गाउँँको नाम भाँड भए पनि गाउँँमा बसोबास गर्ने धेरैजसो मानिसहरू भने साह्रै सज्जन थिए। केही भडुवाहरूले भाँड चलाउने क्रिया पनि त्यहाँ गरि नै रहन्थे। यहाँ शिक्षाको कमी थियो। गाउँँको दुबैतिर खोला खोलावारि खेतबारी, खोलापारि जङ्गल, जङ्गल भित्र राम्रो चरन, प्राकृतिक सौन्दर्यको खानी भएकोले गर्दा यहाँ बसाई सरेर आउने मानिसले यसै गाउँँलाई खुवै मन पराउँथे। यसै क्रममा एउटा विद्वान मानिसको पनि त्यस गाउँँमा प्रवेश भयो। ऊ प्रवेशगर्दा गाउँका केही सज्जनहरूले ठाडो प्रश्न राखे – "तपाइँ यस्तो गाउँमा किन आउनु भयो" विद्वानले पनि जवाफ दियो– "तपाइँंहरू सबै जना आफन्त भएकाले। " हुन पनि त्यहाँ सबै उसका आफ्ना छरछिमेक र सज्जनहरू सगेात्री मात्रै थिए। त्याहँ बसाई सरेपछि उसले त्यो गाउँँमा बिद्यालाई प्रथामिकता दियो। पढाइमा जोड दिने क्रममा उसले सर्वप्रथम आफ्ना छोराछोरीलाई पढन् पर्दछ भन्दथ्यो। आफ्ना छोरा छोरीलाई पढाइको लागि हरेक कुरा सुनाउने वुझाउने गर्दथ्यो। आजको जमानामा पनि गाउँँलेलार्र्र्ई पढाइ पट्टी त्यति चाहना थिएन। सज्जनले पढाईमा दिएको महत्वमा गाउँँलेलाई अचम्म लाग्दथ्यो। कहिले काँहित गाउँलेलाई झर्को पनि लाग्दथ्यो। कति कराएको भन्न गाउँलेहरू छाड्दैनथे तर उसले आफ्ना मात्र नभएर सारा गाउँँका अरु बालबालिकालार्र्ई पनि सम्झाउँथ्यो। गुच्चा खेल्न दिदैनथ्यो। खोडखोडे खेल्न दिदैनथ्यो। अज्ञानताले ढाकेका गाउँलेले भने उसको यो कर्ममा डाहा गर्दथे। कसै कसैले भने यो राम्रो काम हो भन्दथे। उसले गाउँमा एउटा प्राथमिक विद्याको कल्पना गर्यो। त्यकोलागि पूर्बाधार खडागर्न खोजो तर कामको थालनीमा उसलाई सफलता प्राप्त गर्न कठिन पर्यो जति कठिनपरे पनि ऊ निरास भएन। गाउँँमा सुस्त सुस्त पढ्न पर्दछ भन्ने जागरण आयो। गाउँको एउटा स्यानो घटनाले गर्दा गाउँका जनता जागरुक भए। खरको छाप्रो हालेर विधार्थीहरू जम्मा गरी पढाउने कामको थालनी भयो। यति कामको थालनीले गर्दा विद्वान साह्रै खुसि भयो। उसले त्यो स्कुल सञ्चालन गर्नकोलागि स्वीकृति लिन पर्ने भएकोले स्वीकृतिकोलागि गाउँँ पञ्चायतमा गएर सिफारिस माग्यो। गाउँ पञ्चायतले त्यो सिफारिस दिंदा अरू स्कुललाई असर पर्ने कारण जनाइ सिफारिस दिन मानेन । पछि सज्जनलाई थाहा लाग्यो कि ऊ बहुदलवादी भएकोले उसको प्रभूत्व बढ्दछ भनेर छिमेकी गाउँका पञ्चहरूको दौडधूप चलायर स्कुलको लागि सिफारिस नदिने भनिएको थियो रे। यतिवेला कट्टर पञ्चहरूको जल्दोबल्दो अवस्था थियो। पञ्चायत बिरोधीहरूले गरेको काममा पञ्चहरूलाई डाहाहुनु स्वभाविक थियो। विद्वानलाई बडा नरमाइलो लाग्यो। किनकी उसले आफ्नो गाउँमा शिक्षाको ज्योति बाल्न चाहान्थ्यो। ऊ तुरून्त सफल हुन सकेन। गाउँँमा क्रमशः उसलाई असफल पार्ने काम हुँदै गइरहेको थिए। उसको प्रभाव अति न्युन रूपमा सकरात्मक भएर अघि बढ्दै थियो। यस्तै क्रममा पञ्चायत ढल्यो। वहुदलिय व्यवस्थाको प्रादुर्वभाव भयो। पञ्चायत ढले पछि उसले उसको गाउँको सबै कायाकर्म बदलिएर जाने विस्वास लिएर जनतालाई जुन पार्टीतिर मन पर्दछ त्यही मनपरायको पार्टीमा प्रवेश गर्ने सुझाव दियो। सबै पार्टितिर लम्के। त्यही गाउँमा एउटा गरिबको झुपडिमा सुकरामको जन्म भएको थियो। मानिस श्वेतवर्णको थियो। युवा अवस्थाको हेर्दा लुसे, व्यवाहार घुसघुसे रातिराति गाउँगाउँ डुल्ने आफूलाई अति महान ठान्ने, त्यो सुकरामले गाउँमा आफ्नो प्रभुत्व जमाउन थाल्यो। ऊ स्यालजस्तो धूर्त थियो। आफू कसैको विरोध गर्दैनथ्यो। सबै गाउँलेलाई भित्रभित्र उचाल्दथ्यो। गाउँमा उसले परिचालन गर्ने अति नजिकको मानिस बाहेक यो धूर्ततालाई कसैले थाहा पाउँदैनथे। गाउँमा उसको धूर्तता भूसको आगोझै भित्र भित्र फैलिदै जान्थ्यो। पञ्चायति कालमै सुकरामको विवाह नक्कलीसँग भएको थियो। नक्कली त पहिला अति सोझी जस्ति लाग्दथी। रूपमा पनि गोरी गोरी हेर्दा पनि सुन्दर मोरी, सुकरामसँग मिलेको राम्रो जोडीले गाउँलेहरूलाई निकै नराम्रोसँग चिढाए। पछि गएर ऊ पनि आफूलाई अति जान्ने सम्झन्थी र गाउँँका सबैलाई मूर्ख ठान्दथी। बहुदल आए पछि पार्टीहरूले बफादार कार्यकर्ता चाहिन्छन््् भन्ने यथार्थलाई छाडेर कसलाई कार्यकर्ता बनाउने र आफ्नो पार्टीलाई कसरी अघि बढाउने भन्ने सोचमा मात्र लागे। जनतालाई यथार्थ पोख्नु भन्दा जनतालाई कसरी आफूतिर तान्ने भन्ने धारणा बढ्यो। सुकराम पनि अति धूर्त थियो। ऊ पनि कुनै एक पार्टीको कार्यकर्ता बन्यो। अव त उसले गाउँँमा प्रचार प्रसार गर्न थाल्यो। उसले आफ्नो पार्टीको सरकार बनेमा तीन विघा जमिन र दशतोला सुन दिलाउने प्रचार प्रसार गर्यो। उसको प्रचार प्रसार तीव्र रूपले वढ्यो। तीन विघा जमीन र दशतोला सुन दिलाउने कुरा उसले गाउँलेलाई बताउदथ्यो । गाउँँलेहरूले यो सबै कुराहरू सुनेर सुन र जमिन आए आइहाल्ला नआए पनि एक भोट दिनु त होनी भन्दै भोट दिंदा पनि पार्टी विजय हुन सकेन। उसले आफ्नो नूनको सोझो गर्यो। ऊ पार्टीको वफादार र कर्मठ व्यात्तित्व कहलाउन थाल्यो। गाउँलेहरू निकै सोझासाझा थिए। चुनाउमा तीन विघा जमिन र दश तोला सुन पाउने आसाले गाउँलेहरूले उसका पार्टिले सरकार वनायो भन्ने चाहनालाई जिउँदै राखेर तीन विघा जमिन र दश तोला सुन कुरेर बस्नु सिवाय अरु केही भएन। न त उसको काम सच्चाकुरा गर्ने नै थियो र न त कसैको भलो नै चाहन्थ्यो। दिन बित्तै गए सुकराम भाग्यसाली रहेछ उसलाई उसको पार्टिले चिया नास्ता खाने जोगो मिलाई दियो। यो सहयोगले सुकरामलाई अझै हौसला प्रदान गर्यो। उसको गाउँमा ऊ आफ्नो वर्चस्व कायम गर्न सफल भयो। नक्कली पनि आफ्नो सू73म वुद्धिलार्र्ई तीव्र पादै लगी। गाउँकी नेत्री बनी। दुवैले अव त निर्धक्कसँग आफ्नो राजनैतिक कृयाकलाप बढाउन थाले। उनीहरूको कृयाकलापमा गाउँमा कसैको विरोध थिएन। गाउँमा धनी मानिसको घरमा उसले गुप्तचरहरू छाडेको हुन्थ्यो तर ती गाउँका सज्जनहरूलाई थाहा लागेको थिएन। राम्रो घर व्यवहार गर्न नदिने, घरका सदस्यमा छुल्याई लगाइदिने, आफू भने नदेखिने आदि आदि कर्महरू सुचारु रूपले चलिरहेका थिए। घरघरमा झगडा वढ्ने जस्ता कामहरू ब्ाढ्दै जान थाले । गाउँलेले अझै पनि उसको धूर्तकला थाह पाएका थिएनन्। पाप धुरीबाट कुर्लन्छ भने जस्तै अव त शनैः शनैः गाउँँलेहरूलाई उसको यो गोप्य रूप थाहा थाल्यो। नपाउनेले केरा पायो वोक्रैसँग खायो भने जस्तै उसकी श्रीमती पनि गाउँले महिलालाई सताउन थाली। गाउँका महिलाहरूलाई सताए पछि उसका पछि त्यो गाउँका महिलाहरू ऊ बाट टाढीए। उसले त्यो गाउँमा आफ्नो स्थानलाई ह्रास पार्दै गई। एक दिन गाउँको जमघट थियो। त्यो जमघटमा सुकरामले आफ्नी श्रीमतिलाई अझै ठूली नेत्री बनाउने निधो गर्यो। गाउँमा खानेपानीको उपभोक्ता समितिको गठन गर्नु थियो। घुमाइफिराइ श्रीमतिलाई अध्ययमा निर्विरोध चयन गराउन सफल भयो। यसरी निर्विरोध अध्य73य बनाए पछि नक्कलिको फूर्ति अझै बढेर गयो। उसले अव त झन् गाउँभरिकालाई नै धम्काउन थालि। आफ्ना गाउँँका दिदी बहिनीहरूलार्र्ई तहलाउन भनेर बाहिर गाउँँका दिदी बहिनीहरूलाई बोलाएर गाउँमा जम्मा गर्न थाली। बाहिरी महिलाहरूले त्यस गाउँका महिलाहरूलाई अझै चिढाए। गाउँ सबै आतङ्कित भयो र सबै मिलेर सबैले उसको बानी व्यहोरामा तीब्र बिरोध आयो। सुकराम र नक्कलीको सक्कली रूपको पहिचान भयो। यो पहिचान पछि दुबैले गाउँमा कसैसँग मुख देखाउन सकेनन्। दुवै त्यो गाउँ छाडेर अन्तै भागे। आज भाड गाउँको सक्कलै फेरियो। आज विकासको ज्योति बाल्न भाँड गाउँ अग्रसरतामा जुटेको छ। उसले आफ्नो भाँड गाउँको नाम बदलेर शान्तिग्राम राखेको छ। आज नक्कली र सुकरामले बाहिरबाटै विकासको कामहरू नियलीरहेका छन् र आफूले गरेको कुकर्ममा पछुताइ रहेका छन्। |