April 2, 2012

भीमकाय

भीमकाय

सदानन्द अभागी

       जाडोको महिना भएर होला तारेको लेकलाई बादलले ढाकेकोजस्तो देखिन्थ्यो। शालीजाका फोहोटाहरू सबै काउली बन्दा, मुला, रायोको खेतीको हरियालीले गर्दा सुन्दरताले भरिएको थियो। यतिबेला पैयूँको फूलफुल्ने बेला थियो।  वन / खेत / बारीकाडिल कान्ला सबै पैयूँको फूलको फुलाइले ढाकेको थियो। सबै जग्गा रमाइलो र आकर्षक लाग्दथ्यो। मौरीको भुनभुनाइ र भुँइभुँइको आवाजले कताकता सङ्गीतको भान भै रहेको थियो। शालिजाको त्यो लोहोटा हातबाट फुत्के छोप्न गाह्रो पर्ने भीरको बाटो हुँदै मातृका र सान्तराम रमणीय दृस्यलाई छाड्दै ओरालो ओर्लदै थिए। सालिजाले बिदाइ गर्दै थियो भने मल्लाज माझफाटको सिमानाले स्वागत गरिरहेको थियो। सालिजाको तरकारी बोकेर कृषकबालाहरू कोही ओरालो झरिरहेका थिए  भने कुनै कुनैले रातमै आएर तरकारी बेचेर गाउँतिर ठडिइरहेका थिए। रोजरोज यिनीहरू तरकारी लिएर बागलुङ्ग बजार र म्याग्दि बजार गएर तरकारी बेच्ने गर्दछन्।  

लुङ्दी खोलाको बगरलाई छिचोल्दै मातृका र सान्तराम मिलनचोकतिर बढीरहेका थिए।  सान्तरामलाई पुरानो गीतको यादले सताएको थियो

 "वेनीको बजार जता मया उतै छ नजर किरेमिरे जाली रुमाल" 

भन्ने पुरानो उसलाई खुबै मन पर्ने गीत, यो उसको जवानीको गीत। यो गीतको लयमा ऊ सारारात दोहोरे गाउन सक्दथ्यो। उसले आफ्नो जवानीमा कति दिन दोहोरी गीत यहिलयमा गाएको थियो। पुरानो स्मरणमा ऊ मनमनै रमाइ रहेको थियो। शान्तरामलाई आज बासबस्न वेनीबजारमै जाउँजाउँ लागेको थियो। तर साथिकाेो आग्रहमा ऊ वेनीबजार जान सकेन।

       बाँसखर्कको सुन्तलाले मिलनचोकलाई पहेंलपुर पारेको थियो। कालीगण्डकीको निर्मल जल धाईरिङ्को बेंसिलाई कटान गर्दै बगिरहेको थियो। देशमा विजुलीको अभाव थियो र खेतका बालीहरूले पानी खोजीरहेका थिए। "कस्तो दुर्भाग्य जलस्रोतमा धनी देश रे बारीले पानी नपायर बिरुवा ओइलाई रहेका छन् र जनताले अझै बिजुलीको प्रकाश देख्न पाएका छैनन्। यी  खोलाहरूमा कति हो कतिवटा बिद्युत आयोजनाहरू निर्माण गर्न सकिन्छ। " मातृका सान्तरामसँग गुनगुनाइ रहेका थिए। गण्डकीको पारिपट्टि धाइरिङ्गको सुन्दर सौन्दर्यलाई म्याग्दी जिल्लाको रत्नेचौरको सौन्दर्यताको प्रदर्शनले प्रतिस्पर्धा गर्दै थियो। यति बेलासम्म रवि पश्चिम क्षितिजमा डुब्नडुब्न थालेका थिए। आकाश लालीले भरेको देखिन्थ्यो। कृषकबाला गुलावी गाला, सेतो गर्दनमा सुन्दर माला, कोमल हातमा सुनका बाला पहिनेर काउली बन्दा वेच्न डोका बोक्दै लेखफाँट तिर उकालो चढदै थिए। जती सुन्दरताले ढाके पनि सन्ध्याको आगमनले गर्दा मातृका र शान्तरामलाई रात गुजार्ने समस्याले सताएको थियो। उनीहरू लुङ्दी खोलाको किनारै किनार मिलन चोकको सुन्दर बजारमा पुगेका थिए । त्यो बजारकोे सबै भन्दा राम्रो होटलमा वास वस्न पुगे। यो होटल कृष्णगण्डकीको तिरमा अवस्थित थियो। त्यो सुन्दर होटललाई,  एउटा तोते वोली वोल्ने एउटी सुन्दर महिला जस्को शरीर मेशिन जस्तै चल्ने, दन्त र मुस्कान विजुली जस्तै बल्ने, शरीर भने डोलो,  पा147चतारे होटलमा पकाउन राखिएका भान्से भन्दा मीठो पकाउने आफ्नै धुन र आफ्नै परामा व्यास्त रहनेले सजाइ रहेकी थिइन्। यिनले आफ्नै धुनमा आगो जलाई रहेकी र गैसको चुलामा थरी थरीका खाना बनाइरहेकी थिइन्। कसैलाई सेकुवा कसैलाई भुटन कसैलाई सलाद र कसैलाई घरेलु रक्सी कसैलाई वियर आदि फटाफट राख्दै जान्थिन् र उता चुलातिर पनि उनी व्यस्त हुन्थिन्। कस्तो चल्ने त्यो शरीर, गहिरिएर हेर्‍यो भने ठयाम्मै मेशिनै हो की जस्तो?  बजारलाई नियाल्दा मल्लाज माम्क फँाटतिर भन्दा धाइरि‌‌‌तिरको भागमा बजार फैलिएको जस्तो लाग्दथ्यो। मानिसको चहल पहलले गर्दा यहाँ राम्रैैरूपमा व्यपार चल्लाजस्तो देखिन्थ्यो। 

यो मिलन चोकको नजिक अझै मोहकदार बेनी बजार थियो। वारिवेनी र पारिवेनीलाई कृष्ण ग48डकीले छुट्टाउँदछ। वारिवेनीमा बजार सानो छ तर पूर्णछ / सुन्दरछ। यो पर्वत जिल्लामा पर्दछ। पारिवेनी म्याग्दी जिल्लाको सदर मुकाम हो। बजार ठूलोछता पनि पहाडको फेदिमा अवस्थित भएकोले फराकिलो भने छैन तापनि बजार सुँदर छ। त्यो रम्यता र भीडलाई चिर्दै केही रसिकहरू केहीक्षणको आनन्द लिन यो बजारमा आएर आपनो मन बहलाउने र सोमरस सेवन गर्न पनि छाड्दा रहेनछन्। यस्तै यस्तै रसिक हरूले टोकेको मासुको चोक्टा र तानेको सोमरसको चुस्किमा मातृका र शान्तरामका तीखा नयनहरू घुमीरहेका थिए। 

मातृका र शान्तरामले ताजताजै सातदल र माओवादी बीच भएको समझदारिको सम्बन्धमा ठूलोठूलो शिर्षक मा लेखिएका कुराहरूलाई यी दुवैले महत्वपुर्ण तथा अर्थपूर्णरूपमा अध्यान पनि गरिरहेका थिए। कान्तिपुर र अरु पत्रिकाहरूले सात दल र माओवादी बीचको समझदारीलाई उच्च महत्व दिएको र संयुक्त राष्टृ संघका महासचिवले स्वागत गरेको समेतले दुवैलाई ठूलो हौसला दिएको थियो। यी दुबैलाई अव देशमा शान्तिबहाली हुने सम्भावना बढेको आभास मिलिरहेको थियो।

       समयले आफ्नो गति बढाइ रहेको थियो। मातृका र शान्तराम भोजनकोलागि पखीर्रहेका थिए। यसै समयमा एउटा भीमकाया मनुवा होटलमा प्रवेश गर्‍यो। उसको प्रवेश होटेलमा हुने बित्तिकै  होटलका सबै यात्रुहरूको नजरहरू उसैतिर पोखिए। ऊ सरासर आएर कुर्सीमा बस्यो। भीमकायले होटेलमा प्रवेश गरेर होटेलवालीसँग मासु रक्सी माग्यो ऊ त्यत्ति कामकोलागि होटेलमा प्रवेश गरेको थियो। उसको भूँडी ठूलो थियो। त्यसैले जो कोहीले देखे भने त्यसलाई भीमकाय भन्दथे। ऊ जति जति रक्सी पिउँदथ्यो त्यति त्यति उन्मादी बन्दथ्यो। जति जति उन्मादी बन्दथ्यो त्यति त्यति होटेलमा भएकाहरूलाई धम्की दिइरहेको थियो। उसको मुखमा जति जति रक्सी पस्दथ्यो त्यति त्यति धेरै कुराहरू निस्कन्थे। यी भीमकाय त्यहाँका तथा बाहिरबाट आएका ब्यपारी/ जागिरे/ बटुवा कुनै व्यबसायी हुन सक्दछन्। यो कुरा शान्तराम र मातृकाले जान्दैनथे। तर उसको बोलाइबाट ऊ एउटा ठूलै मानिस भएको आभास दिइरहेको थियो। उसका यी उन्मादी बोलाइमा भने ऊ यहाँको ठूलै मानिस भएको आभास मिल्दथ्यो। उसले रफ्तारमा रक्सी पिइनै रहेको थियो। घरी उसले यस जिल्लाकाका ठूलाबडा नेता आउनेकुराहरू भनि रहन्थ्यो  भने घरी त्यो कार्यक्रममा मातृका र शान्तरामले भाग लिएर भाषण गर्नु पर्दछ भनिरहेको थियो घरी मस्तसँग हाँसेर "यी नेता बुझ्नु भो कोठे गफ गर्न आउने हुन्। आज कस्को हिक्मत? भाषण गर्न  अर्काथरी आए भने यिनका बाउका विवाह देखिन्छन्। तपाइँ पनि बुझ्नुभो "भनेको मानेमान नमाने भाग अहिलै भाग। " यत्तिकैमा एउटी महिला त्यो होटलमा प्रवेश गरिन्। उनी मुसुमुसु गर्दे आएकी थिइन्। उनी भीमकायाको नजिकै आएर उभिइन्  र उनले अनुरोध गर्नथालिन "सुन्नुभो हजूर रक्सी सकेर हिडिबक्सियोस्।" बोली निकै मीठो थियो। उनले निकै सज्जनताका साथमा अनुरोध गरेकी थिइन्। अव त ती भीमकाय अझै रसिक भए र भन्न थाले "आज यसको पाली भएकोले बाटो छेक्न आएकी"भन्दै एकचुस्की तानिहाले। फेरि कुरा थपीहाले "आइमाइको जात कस्तो हँ ? यही आइपुगी " हामीतिर हेर्दै उनी मुस्काए। उनकी पत्नी भने उनीसँग साउती गर्दै थिइन् " हिडीबक्सियोस् न हजूर हिडीबक्सियोस्।"  भीमकायाले " छाड् छाड्" भन्दै रक्सीको चुस्की अझै रसिलो तरिकाले तानी रहेका थिए। होटेलमा बस्नेहरू भने उसको यो छाडा व्यहार देखि वेचैनमा थिए। सोमरसको कमाल, देखियो अपार, उनी कतिबजे हुने हुन् सवार त्यसैमा सबैको जिज्ञाशा घनीभूत थियो। जडेहाका श्रीमतीहरू प्राय यस्तो कुकर्मदेखि रिसाउने झर्कने, फनफनाउने, कराउने गर्दछन् तर यहाँ भने त्यस्तो थिएन। उनी साह्रै शिष्ट देखिन्थिन्। उनले पुन भनिन् "सुनिबक्सियन?" अव भने भीमकाया बोल्न सकेन। ऊ उठ्यो श्रीमतीतिर हेर्‍यो र  उसले पिएको सोमरसको पैसा खुरूक्क झकेर दियो  र पैसादिए पछि उसले आदर साथ सबैलाई भन्यो " सपना राम्रो देख्नुहोला, यिनले मलाई साह्रै अताइन्, के के बोलियो नशा चढेको बेला यस्तै यस्तै हुन्छ, जीवनको खेला, मरे लानु के नै छर? बोल्नु हाँस्नु आदि गर्ने यहि हो बेला, यि आत्तिइन् आज यिनको चित्त राम्रैसँग बुझाई दिनुछ, ल त, भन्दै उनी खुरूक्क हिडे। ऊ हिडे पछि होटेल चानुमानु जस्तो देखिन्थ्यो। यात्रीहरूलाई लागेको थियो उसको बोलाइ चलाइ अनुरूप उसले सजिलै पैसा तिर्दैन बरु हल्लागर्दछ तर यहाँ त्यसो भएन। बिदाहुँदा पनि राम्रो व्यवहार गर्‍यो। उसको यो भलादमी पनामा सबैले आश्चर्य प्रकट गरे। रक्सी खाँदैमा मानिस अचेत हुन्छ भन्थे त्योत रहेनछ। केवल आडम्वरी मात्र जथस्तो लाग्यो। यता मातृका भने उसको होटेलको व्यवहारमा सन्तुष्ट थिएनन् । उनी मनमनै गुनगुनाइ रहेका थिए। ऊ हिड्ने बित्तिकै  मातृकाले आफूमा गुम्सिएको भावनालाई आतुरमा पोखे "यस देशका विकृतिका भूँडीहरूले देशलाई यसरी नै तहसनहस पारेका छन् "। सबैले मौनतामा आफ्नो सहमती जनाए।

 

 

No comments:

Post a Comment