April 1, 2012

भाँडगाउँकी नक्कली

भाँडगाउँकी  नक्कली

सदानन्द अभागी 

न्ोपाल अधिराज्यको तराईको कुनै एक जिल्लामा एउटा भाँड गाउँ थियो। गाउँँको नाम भाँड  भए पनि गाउँँमा बसोबास गर्ने धेरैजसो मानिसहरू भने साह्रै सज्जन थिए। केही भडुवाहरूले  भाँड चलाउने क्रिया पनि त्यहाँ गरि नै रहन्थे। यहाँ शिक्षाको कमी थियो। गाउँँको दुबैतिर खोला खोलावारि खेतबारी, खोलापारि जङ्गल, जङ्गल भित्र राम्रो चरन, प्राकृतिक सौन्दर्यको खानी भएकोले गर्दा यहाँ बसाई सरेर आउने मानिसले यसै गाउँँलाई खुवै मन पराउँथे। यसै क्रममा एउटा विद्वान मानिसको पनि त्यस गाउँँमा प्रवेश भयो। ऊ प्रवेशगर्दा गाउँका केही सज्जनहरूले ठाडो प्रश्न राखे "तपाइँ यस्तो गाउँमा किन आउनु भयो" विद्वानले पनि जवाफ दियो "तपाइँंहरू सबै जना आफन्त भएकाले। " हुन पनि त्यहाँ सबै उसका आफ्ना छरछिमेक र सज्जनहरू सगेात्री मात्रै थिए। त्याहँ बसाई सरेपछि उसले त्यो गाउँँमा बिद्यालाई प्रथामिकता दियो। पढाइमा जोड दिने क्रममा उसले सर्वप्रथम आफ्ना छोराछोरीलाई पढन् पर्दछ भन्दथ्यो। आफ्ना छोरा छोरीलाई पढाइको लागि हरेक कुरा सुनाउने वुझाउने गर्दथ्यो। आजको जमानामा पनि गाउँँलेलार्र्र्ई पढाइ पट्टी त्यति चाहना थिएन। सज्जनले पढाईमा दिएको महत्वमा गाउँँलेलाई अचम्म लाग्दथ्यो। कहिले काँहित गाउँलेलाई झर्को पनि लाग्दथ्यो। कति कराएको भन्न गाउँलेहरू छाड्दैनथे तर उसले आफ्ना मात्र नभएर सारा गाउँँका अरु बालबालिकालार्र्ई पनि सम्झाउँथ्यो। गुच्चा खेल्न दिदैनथ्यो। खोडखोडे खेल्न दिदैनथ्यो। अज्ञानताले ढाकेका गाउँलेले भने उसको यो कर्ममा डाहा गर्दथे। कसै कसैले भने यो राम्रो काम हो भन्दथे। उसले गाउँमा एउटा प्राथमिक विद्याको कल्पना गर्‍यो। त्यकोलागि पूर्बाधार खडागर्न खोजो तर कामको थालनीमा उसलाई सफलता प्राप्त गर्न कठिन पर्‍यो जति कठिनपरे पनि ऊ निरास भएन। गाउँँमा सुस्त सुस्त पढ्न पर्दछ भन्ने जागरण आयो। गाउँको एउटा स्यानो घटनाले गर्दा गाउँका जनता जागरुक भए।  खरको छाप्रो हालेर विधार्थीहरू जम्मा गरी पढाउने कामको थालनी भयो। यति कामको थालनीले गर्दा विद्वान साह्रै खुसि भयो। उसले त्यो स्कुल सञ्चालन गर्नकोलागि स्वीकृति लिन पर्ने भएकोले स्वीकृतिकोलागि गाउँँ पञ्चायतमा गएर सिफारिस माग्यो। गाउँ पञ्चायतले त्यो सिफारिस दिंदा अरू स्कुललाई असर पर्ने कारण जनाइ सिफारिस दिन मानेन । पछि सज्जनलाई थाहा लाग्यो कि ऊ बहुदलवादी भएकोले उसको प्रभूत्व बढ्दछ भनेर छिमेकी गाउँका पञ्चहरूको दौडधूप चलायर स्कुलको लागि सिफारिस नदिने भनिएको थियो रे। यतिवेला कट्टर पञ्चहरूको जल्दोबल्दो अवस्था थियो। पञ्चायत बिरोधीहरूले गरेको काममा  पञ्चहरूलाई डाहाहुनु स्वभाविक थियो। विद्वानलाई बडा नरमाइलो लाग्यो। किनकी उसले आफ्नो गाउँमा शिक्षाको ज्योति बाल्न चाहान्थ्यो। ऊ तुरून्त सफल हुन सकेन। गाउँँमा क्रमशः उसलाई असफल पार्ने काम हुँदै गइरहेको थिए। उसको प्रभाव अति न्युन रूपमा सकरात्मक भएर अघि बढ्दै थियो। यस्तै क्रममा पञ्चायत ढल्यो। वहुदलिय व्यवस्थाको प्रादुर्वभाव भयो। पञ्चायत ढले पछि उसले उसको गाउँको सबै कायाकर्म बदलिएर जाने विस्वास लिएर जनतालाई जुन पार्टीतिर मन पर्दछ त्यही मनपरायको पार्टीमा प्रवेश गर्ने सुझाव दियो। सबै पार्टितिर लम्के।

   त्यही गाउँमा एउटा गरिबको झुपडिमा सुकरामको जन्म भएको थियो। मानिस श्वेतवर्णको थियो। युवा अवस्थाको हेर्दा लुसे, व्यवाहार घुसघुसे रातिराति गाउँगाउँ डुल्ने आफूलाई अति महान ठान्ने, त्यो सुकरामले गाउँमा आफ्नो प्रभुत्व जमाउन थाल्यो। ऊ स्यालजस्तो धूर्त थियो। आफू कसैको विरोध गर्दैनथ्यो। सबै गाउँलेलाई भित्रभित्र उचाल्दथ्यो। गाउँमा उसले परिचालन गर्ने अति नजिकको मानिस बाहेक यो धूर्ततालाई कसैले थाहा पाउँदैनथे। गाउँमा उसको धूर्तता भूसको आगोझै भित्र भित्र फैलिदै जान्थ्यो। 

पञ्चायति कालमै सुकरामको विवाह नक्कलीसँग भएको थियो। नक्कली त पहिला अति सोझी जस्ति लाग्दथी। रूपमा पनि गोरी गोरी हेर्दा पनि सुन्दर मोरी, सुकरामसँग मिलेको राम्रो जोडीले गाउँलेहरूलाई निकै नराम्रोसँग चिढाए। पछि गएर ऊ पनि आफूलाई अति जान्ने सम्झन्थी र गाउँँका सबैलाई मूर्ख ठान्दथी। बहुदल आए पछि पार्टीहरूले बफादार कार्यकर्ता चाहिन्छन््् भन्ने यथार्थलाई छाडेर कसलाई कार्यकर्ता बनाउने र आफ्नो पार्टीलाई कसरी अघि बढाउने भन्ने सोचमा मात्र लागे। जनतालाई यथार्थ पोख्नु भन्दा जनतालाई कसरी आफूतिर तान्ने भन्ने धारणा बढ्यो। सुकराम पनि अति धूर्त थियो। ऊ पनि कुनै एक पार्टीको कार्यकर्ता बन्यो। अव त उसले गाउँँमा प्रचार प्रसार गर्न थाल्यो। उसले आफ्नो पार्टीको सरकार बनेमा तीन विघा जमिन र दशतोला सुन दिलाउने प्रचार प्रसार गर्‍यो। उसको प्रचार प्रसार तीव्र रूपले वढ्यो। तीन विघा जमीन र दशतोला सुन दिलाउने कुरा उसले गाउँलेलाई बताउदथ्यो । गाउँँलेहरूले यो सबै कुराहरू सुनेर सुन र जमिन आए आइहाल्ला नआए पनि एक भोट दिनु त होनी भन्दै भोट दिंदा पनि पार्टी विजय हुन सकेन।

 उसले आफ्नो नूनको सोझो गर्‍यो।  ऊ पार्टीको वफादार र कर्मठ व्यात्तित्व कहलाउन थाल्यो। गाउँलेहरू निकै सोझासाझा थिए। चुनाउमा तीन विघा जमिन र दश तोला सुन पाउने आसाले गाउँलेहरूले उसका पार्टिले सरकार वनायो भन्ने चाहनालाई जिउँदै राखेर तीन विघा जमिन र दश तोला सुन कुरेर बस्नु सिवाय अरु केही भएन। न त उसको काम सच्चाकुरा गर्ने नै थियो र न त कसैको भलो नै चाहन्थ्यो। दिन बित्तै गए सुकराम भाग्यसाली रहेछ उसलाई उसको पार्टिले चिया नास्ता खाने जोगो मिलाई दियो। यो सहयोगले सुकरामलाई अझै हौसला प्रदान गर्‍यो। उसको गाउँमा ऊ आफ्नो वर्चस्व कायम गर्न सफल भयो। नक्कली पनि आफ्नो सू73म वुद्धिलार्र्ई तीव्र पादै लगी। गाउँकी नेत्री बनी। दुवैले अव त निर्धक्कसँग आफ्नो राजनैतिक कृयाकलाप बढाउन थाले। उनीहरूको कृयाकलापमा गाउँमा कसैको विरोध थिएन। गाउँमा धनी मानिसको घरमा उसले गुप्तचरहरू छाडेको हुन्थ्यो तर ती गाउँका सज्जनहरूलाई थाहा लागेको थिएन। राम्रो घर व्यवहार गर्न नदिने, घरका सदस्यमा छुल्याई लगाइदिने, आफू भने नदेखिने आदि आदि कर्महरू सुचारु रूपले चलिरहेका थिए। घरघरमा झगडा वढ्ने जस्ता कामहरू ब्ाढ्दै जान थाले ।

              गाउँलेले अझै पनि उसको धूर्तकला थाह पाएका थिएनन्। पाप धुरीबाट कुर्लन्छ भने जस्तै अव त शनैः शनैः गाउँँलेहरूलाई उसको यो गोप्य रूप थाहा थाल्यो। नपाउनेले केरा पायो वोक्रैसँग खायो भने जस्तै उसकी श्रीमती पनि गाउँले महिलालाई सताउन थाली। गाउँका महिलाहरूलाई सताए पछि उसका पछि त्यो गाउँका महिलाहरू  ऊ बाट टाढीए। उसले त्यो गाउँमा आफ्नो स्थानलाई ह्रास पार्दै गई।

       एक दिन गाउँको जमघट थियो। त्यो जमघटमा सुकरामले आफ्नी श्रीमतिलाई अझै ठूली नेत्री बनाउने निधो गर्‍यो। गाउँमा खानेपानीको उपभोक्ता समितिको गठन गर्नु थियो। घुमाइफिराइ श्रीमतिलाई अध्ययमा निर्विरोध चयन गराउन सफल भयो। यसरी निर्विरोध  अध्य73य बनाए पछि नक्कलिको फूर्ति अझै बढेर गयो। उसले अव त झन् गाउँभरिकालाई नै धम्काउन थालि। आफ्ना गाउँँका दिदी बहिनीहरूलार्र्ई तहलाउन भनेर बाहिर गाउँँका दिदी बहिनीहरूलाई बोलाएर गाउँमा जम्मा गर्न थाली। बाहिरी महिलाहरूले त्यस गाउँका महिलाहरूलाई अझै चिढाए। गाउँ सबै आतङ्कित भयो र सबै मिलेर सबैले उसको बानी व्यहोरामा तीब्र बिरोध आयो। सुकराम र नक्कलीको सक्कली रूपको पहिचान भयो। यो पहिचान पछि दुबैले गाउँमा कसैसँग मुख देखाउन सकेनन्। दुवै त्यो गाउँ छाडेर अन्तै भागे। आज भाड गाउँको सक्कलै फेरियो। आज विकासको ज्योति बाल्न भाँड गाउँ अग्रसरतामा जुटेको छ। उसले आफ्नो भाँड गाउँको नाम बदलेर शान्तिग्राम राखेको छ। आज नक्कली र सुकरामले बाहिरबाटै विकासको कामहरू नियलीरहेका छन् र आफूले गरेको कुकर्ममा पछुताइ रहेका छन्।

No comments:

Post a Comment