July 21, 2023

रावणायन

ंxदानन्द अभागी
 
परिचय–
 खनाल रेवतीरवणको जन्म अषाढ २३ ,गते २०१३मा सानाबेसी, मिर्कोट गोरखामा भएको थियो । उहाँ बहुनामका धनी पनि हुनुहुन्छ । साहित्य लेखनमा उहाँ खनाल रेवतीरमण भनेर चिसिननु हुन्छ भने उपनामको हिसावले रमण 'एप्याथी' ।ल्याउँ साम्यवाद (काव्य,२०४७) प्रकाशन गरेर कृतिकार बन्नु भएका खनालजीका कविता, काव्य, गीत, गजल, हाकु, मुक्तक र उपन्यास गरी ९ ओटा कृति बजारमा आइसकेका छन् । भृकुटी पल्प एण्ड पेपर नेपालको प्रवन्धक पदबाट सेवानिवृत्त खनालजी साहित्य सङ्गम चितवन र प्रगतिशील लेखकसङ्घसँग पनि आवद्ध हुनुहुन्छ । पल्लव साहित्य प्रतिष्ठान, चितवनबाट प्रदान गरिने सर्वोत्कृष्ट कविता सम्मान(२०६१) , साहित्य सङ्गम, चितवनले प्रदान गर्ने गरेको शहीद शिव पौडेल स्मृति पुरस्कार (२०७१) को साथै विभिन्न साहित्यिक प्रतियोगिताहरूमा प्रथम पुरस्कारबाट पुरस्कृत हुनु भएको छ । यस्ता बहुआयमिक प्रतिभाका धनी खनाल रेवतीरमणको नयाँ कृति 'रावणायन' आज अध्ययन गर्न थालेको छु । यो एउटा पौराणिक उपन्यासको रूपमा प्रकाशनमा आएको छ । रामायण अध्ययन गर्दा रावणलाई हामीले जुनरूपमा मूल्याङ्कन गर्थेम् तथा मनमा जुन कौतुहलता जन्म लिन्थ्यो त्यो आज आएर यस उपन्यासले रावण को बारेमा सबै कौतुहलता निवारण गरिदिएको छ । रामायणभित्रका दुष्चरित्र ठानिएका शूर्पणखा खण्ड काव्य र कैकेयी महाकाव्यमा कविवर गोविन्दराज विनोदीजीले यी दुई पात्रलाई न्याय दिन खोज्नु भएको छ । मैले यी दुबै काव्यको अध्ययन गरेको छु ।  कविवर भूवनहरिको शकुनी खण्डकाव्य भने अध्ययन गर्न पाएको छैन । आज मलाई यो कृति लियर बस्दा नै लागेको छ कि यो कृतिले नेपाली साहित्यको इतिहासमा नयाँ आयम थप्नुको साथै हाम्रा धार्मिक ग्रन्थमा खलनायकको रूपमा चिनिएका पात्रहरू पनि कति वीर र उच्च चरित्रका छन् भन्ने याथार्थ प्रष्ट्याउने छ अथवा नराम्रोमा पनि महत्वपूर्ण राम्रा गुण हुन्छन् र तिनलाई अवमुल्यन गर्न मिल्दैन भन्ने सन्देश बोकेको छ । संक्षेपमा भन्नु पर्दा खनालजीको यो उपन्यास एउटा महत्वपूर्ण क्रान्तिकारी दस्तावेज हो ।
कृतिभित्र प्रवेश गर्दा –यो कृति २९६ पृष्ठको आयममा विस्तारित छ । यस कृतिलाई आख्यान खण्ड (पृष्ठ १देअि २१६ सम्म) र परिशिष्ट खण्ड(२१९देखि २८२) गरी दुई खण्डमा विभाजन गरिएको छ । यस कृतिमा भूमिका लेख्दै डा. धनेश्वर भट्टराई लेख्नुस हुन्छ– " यस्तै दुनिया बलेको आगो ताप्दै स्वार्थको रोटी सेक्न पाए सदैव प्रशस्ति गाइरहन्छ , अन्यथा भए त्यसविरुद्ध विष वमन गरिरहन्छ भन्ने मूल कथ्यलाई उपन्यासले गर्भस्थ गरेको देखिन्छ ।"  सर्ब प्रथम समालोचनतर्फ लाग्नु भन्दा उपन्यासकारले शीर्षकी करण गरेका ४४ ओटा उपशीर्षकको भावसार पस्कन चाहान्छु । यी उपशीर्षकहरूका भावसार यस प्रकार छन् –
राक्षसराज सुमालीको वनविहार– राक्षसराज सुमालीको वन विहार शीर्षकबाट उपन्यासको थालनी भएको छ  ।उपन्यासकारले प्राकृतिक सौन्दर्यताको मिठो वर्णन,राक्षस राज सुमाली श्रीमती केतुमती छोरा प्रहस्त, पुत्री कैकसी साथम वन विहारान निक्लनु ,सागरतटमा पुग्नु,विश्राम लिनु,समुद्रमा पौडेका हाँसको जोडीको प्रेम प्रसंग देखेर छोरीको विवाहको भावना पलाएर आउनु, पतिलाई विवाहको अनुरोध गर्नु,प्रहस्तले समय प्रतिकुल भएकोले पुलस्यपुत्र विश्रवा सँग स्वयंवर गरेर विवाह गर्नु उपयुक्त हुने धारण राख्नु, यस समय वायुयान देखा पर्नु, विश्रवा पुत्र कुवेर भएको जानकारी हुनु र कैकसीलाई विश्रवालाई पति स्वीकरेर उनको आश्रममा प्रस्थान गर्न लगाउनु जस्ता घटनाक्रमलाई प्रस्तुत गरिएको छ ।
कैकसीको नारद र विश्रवासँगको सम्वाद – कैकसी विश्रवासँग विवाहका प्रस्ताव राख्न जाँदा बाटोमा विणाको आवाज सुनेर कैकसी त्यतै लाग्नु भजनमा सहभागी हुनु नारदले इन्द्र या विष्णुसँग विवाह गर्न प्रस्ताव राख्नु , कैकसीले विवाहको लागि इन्कार गर्नु र नारदले यथार्थ जानेपछि वरदान दिनु । विश्रवासँग पुग्नु र आप्mनो धारणा राख्नु विश्रवाले आप्mनो पिताश्रीसँग अनुमती लिनु पर्ने धारणा राख्नु ।
विश्रवाको पिता मातसँग वार्तालाप – विश्रवा र कैकसी ब्रह्ममहर्षि पुलस्यको आश्रममा पुग्छन् । पुलस्य ऋषि ब्रह्मका दशमानस पुत्र मध्ये एक हुन् । सप्तऋषिमध्ये पनि एक र ब्रह्मबाट विष्णु पुराण श्रवण गरेका एक अन्तरयामी ऋषि जस्को विवाह कर्मद ऋषिकी हविर्भूसँग भएको थियो । विश्रवा पुग्ने वित्तिकै विश्रवाको आगमनको उद्देश्य बुझी, उनलाई अमरत्व मन्त्र दिन चाहना भएको जानकारी गराउँदै कैकसीलाई ग्रहण गरी आर्य संस्कृतिमा परिणत गर्ने सुझाव दिनु, आमाले पनि कहलेकाँही श्राप पनि आशीर्वाद हुने धारणा राख्दै विश्रवा पनि पुलस्यको श्रापबाट जन्मेका थिए । श्रापपर्नुको कारणमा पुलस्यको आश्रममा नाग कन्या देवी देवता आदि आउँदा तपस्या भङ्ग हुनेहुँदा जुन स्त्री उनको नजरले देख्छ ऊ गर्भवती हुन्छे भन्ने थियो । विश्रवा र केकसी माता पिताकोृ आशीर्वाद  लिएर  वन प्रस्थान गर्छन् र नर्मदा नदीको तिरमा पुग्छन् । यही नै बसोवास हुन्छ । यहाँ विविध विषयमा पारङ्गत भएका शिक्षकहरू नियुक्त गरेर सबै जातजातिका विद्यार्थीहरूलाई पढाउन लगाउनु र सबैमा समनताको व्यवहार गर्नु जस्ता वर्णन आएका छन् ।
कैकसीको डाह – यस शीर्षकमा विश्रवा र कुवेर (बाबु र छोरा)बीच बातचिको थालनी । कैकसीले खाना तयार गरेर खान बोलाउनु कुवेरले हतार छ भनी खान नखाई हिड्नु, खाना नखाएकोमा कैकसी आक्रोशित हुनु, ऋषिले सम्झाउन थाल्नु तर कैकसीको आक्रोश कम नहुनु र कुवेर भन्दा शक्तिशाली, उत्तम, महानपराक्रमी र अद्भूतपुत्र चाहिन्छ भन्नु ऋषिले तथास्तु भन्नु आदि धारणा आएका छन् कृतिमा
ऋषिको तपस्या भङ्ग– ऋषि नर्मदा नदीमा टहल्दै जाँदा ऋषिहरूले शिवलिङ्गलाई पूजागर्दै गरेको देख्नु र ऋषि सिद्धाशनमा बस्नु, सिद्धाशनमा बस्दै गर्दा ऋषि समाधिमा लिनहुनु,। यता कैकसी सुत्केरी हुनु ,। बालक जन्मनु, कैकसीका माइतिले खुसी मनाउनु, बच्चा तीब्रगतिमा बढ्नु अध्ययन गर्नु, उधुम मच्चाउनु, मावली हजुरबा जस्तो नहुनु भन्ने कुरा कसैले भनेको सुन्दा कैकसी साह्रै रिसाउँदै बाबु भएका ठाउँमा पु¥याउनु,ऋषिलाई जगाउने हिम्मत नहुनु ऋषिले सुन्ने गरेर छोरालाई 'नक्कल उतार्न सक्छस् भने तेरो बाबुको उतार जा' भन्नु, रावण पनि नमः पितृ देवाय नमःशिवायच पाठ गर्दै समाधिमा बस्नु तर घनघोर वर्षा हुनु , असिना झर्नु चट्याङ पर्नु, नर्मदा बढ्नु , बालक डरले ऋषिको छातिमा टाँसिन पुग्नु तर रुँदै नमः पितृ देवाय नमःशिवायच भन्ने मन्त्र भने जप्न नछाडेको र ऋषि रावणसँग खुसी हुनु र उसलाई उद्भट विद्वान पराक्रमी तथा लोकजयीहुने आशीर्वाद दिनु र आश्रमतिर लाग्नु ।
रावणको तपस्याको सङ्कल्प– यस शीर्षकमा रावणलाई ऋषिले यज्ञोपवीत धारण गराउनु, दिक्ष दिनु, वेदका ऋचा पढाउनु,उसलाई दशाननको नामकरण गर्नु, दशमस्तिष्क समान बुद्धिमान हुनु सूर्यको रोशनीसरी तेजसरह सुकीर्ति फैलियोस् जस्ता आशीर्वादले सुसोभित गरियो । दशानन बहुविधाको जानकार, कुशल राजनीतिज्ञ, षडदर्शन एवम् चतुर्वेदका समेत ज्ञाता,अप्रतिम प्रतिभाको धनी,थियो । दशाननका कुम्भकर्ण, विभीषण दुई भाइ र शूर्पणखा नामकी बहिनी थिई । शुक्रपुत्रले रावणका भाइ बहिनीलाई मन्दिर प्रवेशमा रोक लगाएपछि शुक्रपुत्र र रावणले शस्त्र उठाउने खवर विश्रवाकोमा पुगेपछि विश्रवाको प्रयासले समस्गाको हल त भयो तर ऋषिले आफ्नो गल्तिमा के सजाएँ भोग्नपर्छ आफै तयगर्नु भनेपछि रावणले ऊ भाइहरू लिएर तपस्या गर्न जानु र वहिनीलाई आमासँग छाडीदिने निधो बाबुलाई सुनाउनु, ऋषिले आश्रमको सीमासम्म प्रवेश निषेधको गरेको कुरा सुनेपछि आमलाई हेर्दै ऊ विदा हुन्छ ।
 ब्रह्माबाट वर प्राप्ति– यस शीर्षकमा रावण दुई भाइसहित गोकणतीर्थ ( जो अग्निशिनी र गंगावली नदीको संगम स्थल ) मा गएर ब्रह्माको स्तुति तथा तपस्या गर्नु, ब्रह्मा खुसीहुनु र वरमाग भन्नु, रावणले दण्डधारणको वरमाग्नु, ऋषिपुत्रलाई किन दण्डधारण चाहियो भन्दा रावणले "मेरा स्वजनहरूको रक्षार्थ देवताहरूको कुचाल एवं षडयन्त्र र ब्राह्मणहरूको अत्याचारका विरुद्ध मैले शस्त्र उठाएँ । अतः मलाई ऋषिपरम्पराबाट च्यूत गरियो परमपिता । " भन्ने जवाफ दियो । रावणको यसप्रकारको जवाफमा ब्रह्माजीले "स्वरक्षा त प्रथम धर्म हो । आत्मरक्षा हेतु शस्त्र उठाउनु कहीँ निषिध छैन" भन्दै यस प्रकारको च्यूत कस्ले ग¥यो भन्ने जानकारलिने काम ब्रह्माबाट हुनु, यो रीति आफ्नै पिताबाट भएको जानकारी ब्रह्मालाई गराउनु उसले ब्रह्मालाई भन्छ –"हाल बर्तमान संस्कृतिभन्दा भिन्न रक्ष संस्कृतिको रचना गरी सबै पृथ्वीबासी एकअर्काको रक्षक बन्नसक्ने व्यवस्थाको प्रत्याभूति दिन सक्नुपर्छ ।यो नै मेरो प्रमुख  लक्षरहेको  छ"।  उसले ब्रह्माजीका हरेक प्रश्नको जवाफ दिदै भन्छ – "मैले परिकल्पना गरेको व्यवस्था ' सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कश्चिद दुख भाग्भवेत्' हो । रावणले ब्रह्मासँग रक्ष संस्कृतिका कुरा उठाउनु ब्रह्माले विग्रह हुन सक्ने जिज्ञाशा राख्नु, विग्रह नहोला तर भै हाल्यो भने कुनै रीति वा नीतिको अवलम्वन गरेर प्रतिकूललाई अनुकूल बनाउने यसबाट नभए दण्डको सहारा लिन सकिने भन्दा ब्रह्माबाट समाज भयभित हुने जिज्ञासा राख्दा रावणले "वयं रक्षाम्' रक्ष संस्कृतिको मूल आधार हो जस्ता धारणालाई ब्रह्मालाई प्रष्ट्याउनु, ब्रह्माले पूर्ण संतुष्ट भएर दण्डको अधिकारी बनाउनु, सीमामा रहेर प्रयोग गर्न निर्देशन दिनु, ब्रह्माले कुनै दिन तेरो मतिभ्रम भयो भने सीमा उल्लङ्घन के हुन्छ र अन्तिम निर्णायक को हुन्छ भन्ने प्रश्न राख्नु, रावणले जवाफ उसँग नभएको र ब्रह्मालेनै निर्णय गरेर रावणलाई बताइदिन अनुरोध गर्नु, ब्रह्मा अन्तिम निर्णय दिने अधिकारी शिवजी हुने भएकोले शिवजीकोमा जाने निर्देशन दिनु, रावणले युद्धमा देवतालाई परास्त गर्ने संकल्प लिएको जानकारी ब्रह्मामा राख्नु, ब्रह्माले मुडेबलले हैन बुद्धिबलले जित्नु भन्दै रावणलाई ब्रह्माले कल्याणमस्तु, शुभमस्तु, सुकृतिरस्तु" वरदानसहित विदाहुनु, रावणका दुई भाइले पनि वर प्राप्त गर्नु  जस्ता धारणा आएका छन् यस शीर्षकमा ।  
शिवजीको आराधना – यस शीर्षकमा रावण, कुम्भकर्ण र विभीषण अग्निसन्धान गरी सिद्धाशनमा बसी शिवजीको आराधना गर्न थाल्नु, रावणको कठोर तपस्या र संकल्पबाट शिवजी प्रसन्न भएर वरमाग्न भन्नु र रावणले पनि निरापद,अविनाशी कल्याणकारी काममा विध्न बाधा सङ्कट,नपरोस् कसैले चाहेर अहित गर्न नसकोस् सबै काम सहज बनोस भन्ने वर माग्नु र शिवजीले पनि अक्षय या अमरत्व बाहेकका वर दिनु ,उसका दुवै भाइले मनोवाञ्छित वर प्राप्त गरे । यसरी वरप्राप्त गरेपछि कुनै नारीकोरोदन सुन्छ तेत्यतिरै जान्छ । राजर्षि वेदबतीलाई कुनै राक्षसले जोरजबरजस्ती गर्न लागको देख्छ र त्यसलाई मारिदिन्छ । दुबैको परिचय हुन्छ । दुवै बालककालका साथी हुन्छन् , वेदवतीले विष्णुसँग विवाह गर्ने कुरा सुनाउँछिन् । रावणले अनेक रूपधारणकर्ता विष्णुलाई त मारिन भन्दैे कुरा राख्दा वेदवतीको बाबुको हत्यारा शम्भु नामको राक्षस मारेको कुरा वेदवतीले जानकारी दिनु, कुमारीत्व बचाएकोमा साधुवाद पाउनु, तर रावणले वेदवतीलाई प्रेमभावले आलिङ्गन गर्न पुग्नु, वेदवती कराउनु र तिम्रो यो कलुषित कामभावले गर्दा म विष्णु योग रहिन भन्दै, रावणलाई पुत्रीका कारणबाट मृत्युवरण गर्नु पर्नेछ भन्ने श्राप दिंदै जलप्रपातमा हाम फालेर मृत्युवरण गर्नु, रावणले टोलाएर हेरेको हेरै हुनु ।
 विश्रवा र पुलस्यको आशीर्वचन –यस शीर्षकमा थुप्रै दार्शनिक अभिव्यक्तिहरू समेटिएका छन् । शिवजीबाट दण्डधर भएको वरदान मिलेपछि विश्रवा, पुलस्य, कैकसी, मामाघरका पितामह, मामा भेट्न आउनु । विश्रवाले रावणलाई दण्डाधरले अनिवार्य गर्नुपर्ने कामहरू शुभाचरण गर्नु मिथ्या भाषण नगर्नु,ऋषिलाई र ब्राह्मणलाई दण्ड बर्जित छ, त्यसो हुँदा दण्ड नदिनु,तीनभाइको एकमतको मात्र काम गर्नु जस्ता सल्लाह दिनु । रावणल पनि आपूmले वर्ण व्यवस्था फेरेको, श्रमलाई अधिक महत्व दिएको, श्रमलाई पूजाका रूपमा लिएको, कोही शूद्र नभएको जातिय विभेद नभएको, धर्म कहिल्यै विभेदकारी नहुने,रक्ष संस्कृतिको स्थापना गरेको,आदि धारणा बाबुको साथमा राखेको छ । ऋषिले धेरै कुराहरू सम्झाउँदै "शान्ति आफैमा छ,जीवनमा सच्चा शान्ति त तवमात्र प्राप्त हुन्छ जब आपूmले आफैलाई उत्खननगर्न सकिन्छ ।" रावणलाई कतवीर्य पुत्र सहस्रार्जुन र भृगुऋषि पुत्र परसुराम बीच बैरभाव रहेपनि दुबैसँग मित्रता कायम गर्नु आदि सुझाव दिनु, यसमा रावणले देवपुत्रहरूले उसप्रति र उसको आमाप्रति गरिएका कुव्यवहारले गर्दा प्रतिशोधको ज्वाला दन्केको छ । पहिलो काम नै लडेर बदला लिनु रहने हुँदा यसमा क्षमा याचना माग्दै रावण रुन थाल्छ । ऋषिले पनि सकल्प पुराहोस् भन्ने आशीर्वाद दिन्छन् । आमा र बहिनीलाई रावण जिम्मा लगाउँछन् । उनी टाढै प्रस्थान गर्ने जानकारी रावणलाई दिन्छन् । यतिकैमा पुष्प विमानबाट भद्रा आउनु, रावण , भद्रा, कैकसी, विश्रवासँग भलाकुसारी हुनु, सुमालीले सुभद्रलाई धनेशले लङ्का खाली गरेर मार्ग प्रस्स्त गरिदिन जानकारी गराउनु, विश्रवाले रावणलाई समुद्र मन्थन गर्दा अमृत र विष सँगै निस्केको कुरा अवगत गराउनु, रावणले पिताश्रीबाट मोक्ष प्राप्ति सम्बन्धी वर माग्नु, पिताश्रीले पनि रावणलाई मोक्ष प्राप्ति गर्ने भए राममय हुने जानकारी गराउँदै विमानमा सवार हुन्छन् ।
लङ्काबाट कुवेरको उठीबास– यस शीर्षकमा रावणको मामा प्रहस्त लङ्काको राज्य रावणलाई हस्तान्तरण गरिदिनको लागि दूत बनेर लङ्का पुग्दछ । प्रहस्तलाई दोस्रोदिन वार्ता गर्ने जानकारी गराउँदै मन्त्रीमण्डलको वैठक बसाएर मन्त्रिमण्डलले पिताश्रीसँग राय लिएर निर्णय दिने कुरा हुन्छ । कुवेर पिताश्रीसँग गएर राय लिंदा रावण शक्तिशाली भएको र लङ्का उसका मातामहको राज्य भएको देवासुरसंग्राममा देवताले जितेर उसलाई पाताल पठाइएको हुँदा हाल राज्य फिर्ता गरिदिनु नै सुभ हुने सल्लाह लिएर फर्केपछि कुवेरले रावणलाई तीन महिनापछि राज्य फिर्ता गरिदिने र आपूm अलकापुरीमा आफ्नो आवास निर्माण गरी त्यहीं जाने सन्देश प्रहस्तसँग पठाउनु ।
रावण र मन्दोदरीको भेट –यस शीर्षकमा देववती जलप्रपातमा हाम्फालेको ठाउँमा मन्दोदरीसँग रावणको भेट हुन्छ । दुबै बीच कुरा हुन्छन् । उनी मय दानवकी  छोरी भएको र उनलाई मक राक्षसले दुख दिइराखेको, दुःख दिनको कारणमा मन्दोदरीकी आमलाई इन्द्रद्युम्नले अपहरण गरेर उरपुरमा लगेको हुँदा मकले आमालाई पितासँग ल्याइदिने र मँदोदरीसँग विवाह गर्ने सर्त बाबुले स्वीकारको तर मन्दोदरीले रावणसँग प्रेम गरेको हुँदा रावणले हेमालाई बाबुको साथमा ल्याइ मन्दोदरीलाई विवाह गर्ने प्रस्ताव मन्दोदरीले राख्नु र रावणले समय आओस् तिम्रो मद्दत गर्ने छु भन्ने बचन दिनु ।
राज्याभिषेक र विवाह – यस शीर्षकमा अल्कापुरीमा धनेशले आवास निर्माण गर्नु र बाबु विश्रवालाई रावणलाई लङ्काको राजा बन्न संदेश दिन अनुरोध गर्नु, विश्रवाले आफ्नो छात्रसँग खवर पठाउनु, माल्यवान रावणको राज्याभिषेकमा जुट्नु, रावण लङ्काको राजाबन्नु, प्रहस्तलाई प्रधानमन्त्री माल्यवानलाई मुख्य सचिव, कुम्भकर्णलाई सैन्य प्रमुख, विभीषणलाई न्याय विभाग, सरसल्लाहको लागि सुमालीको नेतृत्वमा खर, मारिच, र ताडकासमेतको परामर्शदात्री समितिको गठन, शूर्पणखालाई राजदूतको जिम्मेवारी दिइनु, मयलाई बोलाएर रुद्रदेवको दिव्यमूर्ति निर्माण गराउनु,, मयलाई पुरस्कृत गर्न खोज्दा रावणलाई पुरस्कारको रूपमा माग्नु र आफ्नी छोरी मन्दोदरीलाई रावणसँग विवाह गराउने प्रस्ताव राख्नु, कैकसीसँग राय लिएर शूर्पणखा र कुम्भकर्णलाई कन्याहेर्न मयको दरबारमा पठाउनु, यिनीहरू मयको दरबारमा पुग्दा सरमा विद्युत्जीवा, विरोचन, आदिको व्यवस्थापनले गर्दा रावणको मन्दोदरीसँग, कुम्भकर्णको विद्वज्ज्वला(विरोचनकी छारी)सँग, विभीषणको सरमा (विद्युज्जिह्वाकी बहिनी)सँग विवाह हुनु, यसै अवसरम मय दानवकी धर्मपुत्री धन्यमालिनीको विवाह पनि रावणसँग गरिदिएको विवरण यहाँ आएको छ ।
 उरपुर विजय –यस शीर्षकमा रावणले मन्दोदरीसँग तथा पतिपत्नी बीचको आलिङ्गनमा मन्दोदरी सहमत नभै उसको बाबुसँग गरिएको बाचालाई पुरा गरेरमात्र आलिङ्गनको कुरा जानकारी गराउनु,, रावण उरपुर जान हिड्नु कार्तिकेयसँग लड्न थाल्नु, दुबैको जीत नहुनु, मित्रता कायम गर्नु, इन्द्रको औरसपुत्र वालिसँग युद्ध हुनु, कसैले नजित्नु मित्रता कायम गर्नु, साँढेले आक्रमण गर्नु साँढेलाई हराउनु, शिव पार्वती भेटहुनु, शिवजीले तिमी को हौ शिवजीको निजि क्षेत्रमा प्रवेश गर्नु कारण के हो बताऊ भन्नु, रावणले –" म रक्षपति लङ्केश रावण हुँ " भन्नु । शिवजीले आफ्नो अग्रजको अवज्ञा गरेको कुरा सुनाउनु, रावणले त्यसो नभएर अग्रजले यक्ष संंस्कृतिको स्थापना गरेका र मैले रक्ष संस्कृतिको स्थापना गरेको,मेरो संस्कृतिको मूल मन्त्र वयं रक्षाम हो र अग्रजको वयं इक्षाम यक्ष संस्कृतिको नारा हो । भनेर शिवजीमा  जानकारी गराउनु ।रावणले यस विषयमा  थुप्रै व्याख्पा गर्नु यो संस्कृतिको विरोध गर्नेवाला दण्डको भागी हुने कुरा बताएपछि रुद्र त्यो संस्कृतिसँग सहमत नहुने भएपछि दुबैमा युद्ध सुरु गर्ने कुरा रावणले राख्नु शिवजीले रावणलाई खेलाएर थकाउनु र रावणले शिवलाई शं कुरु ( रक्षा गर्नुहोस्) भन्नु र क्षमायाचना गर्दै शंकारको नामबाट उपासना गर्नको लागि अनुमती माग्नु, शिवजीले समाजको हितको लागि रावणले गर्ने कामको स्वागत गर्ने भनी रावणलाई कल्याणमस्तु भन्दै वरदान दिनु । यसै दिनबाट शिवजीको नाममा शंकर थपियो ।
उरपुरको लागि अघि बढ्दा बाटोमा मय भेटिनु साथै जाने आग्रह गरेपछि साथ लिएर उरपुर जाँदा बाटोमा मरुद्गण, नागराज, वरुण, यम र दैत्यहरूसँग लड्दै जित्दै जानु र सिधै इन्द्रद्युम्नको दरबार भित्रै पस्नु र मय दानवकी पत्नीलाई अपहरण गरेर प्रेयसी बनाइस् भन्दै उसलाई दुई टुक्रा पारिदियो । हेमासँग मन्दोदरीलाई पत्नी बनाउने अनुमति माग्यो । हेमाले इन्द्रद्युम्नले उसलाई प्रेयसी नबनाएकोमा प्रेयसी बनाएको लान्छना लगाएकोले रवाणलाई पनि लान्छना लागोस् भन्ने श्राप दिनु  । हेमा मय दानव बीच छलफल चल्नु मय त्यहाँबाट निस्कनु मय मर्लाकि भन्ने शंका उब्जनु, ऊ मर्दैन फर्केर आउँछ, हेमाले रावणलाई भन्नु, रावणले हेमालाई लङ्कामा जान अनुरोध गर्नु तर हेमाले आफ्नो गलाको हार रावणलाई लगाएर यो हार देख्ने बित्तिकै हेमाले कुरा बुझ्छे भन्नु, रावण लङ्का पुगेर सबै घटनाको जानकारी गराएर विवाह गर्नु आदि धारणा आएका छन् ।
अश्मपुरी विजय – यस शीर्षकमा विद्युज्जिवसँग शूर्पणखाले विवाह गर्न चाहानु रावणले नमान्नु शूर्पणखा विद्युज्जिवसँग जानु रावणले आक्रमण गरेर विद्युज्जिवलाई मारिदिनु, शूर्पणखा सती जान खोज्नु रावणले नदिनु, कुम्भकर्ण र रावणले सम्झाउनु, शूर्पणखा कालिकेयसँग बस्नु र कालिकेयले रक्ष संस्कृति अपनाउने आश्वासन शूर्पणखाले दिनु, रावण लङ्का प्रस्थान गरेको धारणा आएको छ ।
पूर्व कथा–यस शीर्षकमा पुलस्य ऋषि लङ्का जानु, रावणलाई ऋषि कुलको बारेमा र राक्षस कुलको बारेमा लामो विवरण सुनाउनु,राक्षसकुल बडेपछि देवताहरूलाई दुख दिनु र देवताहरूले विष्णुलाई यो कुरा सुनाउनु र श्रीहरिले युद्ध गर्नको लागि भन्नु र सहयोगको आश्वासन दिनु,माल्यवानसँग युद्ध हुनु, माली मारिनु माल्यवान मूर्छित हुनु,देवतासँग हारेपछि सुमाली पातालपुरीतिर परिवारसँग लाग्नु जस्ता धारणा आएका छन्
जगज्जयी अभियान–यस शीर्षकमा पुलस्यको पूर्व कथा सुनेपछि रावणले परामर्शदातृ र आफन्तजनलाई बोलाउनु ,छलफल गर्नु र सम्पूर्ण झगडाको मूल देवता नै ठान्नु, भूलोक, पाताललोक र स्वर्गलोकको विजय प्राप्त गर्न आफ्ना सेना सहित अल्कपुरीमा आक्रमण गर्नु, कुवेरलाई मूर्छित पार्नु र पुष्प विमान लिएर अगाडी बढ्नु, । हिमालमा ऊ पुग्नु, चुचुराको कारणले पुष्प विमानमा अवरोध आउनु , ढुङ्गाहरू उठाउनु, शिवजीले उसको घमण्ड चुरपार्नु, शिवजीले अदृश्यरूपमा ढुङ्गालाई खुट्टाले अँठ्याई दिनु रावणले उठाउन नसक्नु शिव, ताण्डव स्तोत्र रचना गरेर सस्वर गाउन थाल्नु शिवजी खुसीहुनु, रावणको अगाडी प्रकटहुनु र वरमाग्न भन्नु , रावणले कुलको मर्यदा बचाउन यो युद्ध गर्नु परेको धारणा राख्दा शिवजीले हामी परास्त भयौं भन्दै विजयपत्र, आपूmसँग भएको अजेय चन्द्रहास खड्ग, पाशुपत शस्त्रसमेत दिनु अस्त्रशस्त्र प्रयोग तथा निवारक मन्त्र समेत दिएर पठाउनु । यसरी शिवबाट प्राप्त अस्त्रशस्त्र प्राप्त गरी मरुत नरेशकोमा पुग्नु, मरुत नरेश यज्ञमा भएकोले ऋषिलाई बोलाएर विजयपत्र दिन सन्देश पठाउनु, ऋषिले आस्वस्त पार्नु , सुरथ र अवयका राजाहरूले रक्ष संस्कृति स्वीकारनु , सबैले युद्ध नै नलडी विजयपत्र दिन थाले, नारदसँग भेटहुनु अवकोसँग लड्ने भनेर सुझाव माग्यो, नारदले यमराजसँग लड्ने सल्लाह दिनु र यमराजसँग गएर यमराजको घमण्ड चूर गर्ने सुझाव दिनु, रावण र यमराजका शैनिकसँग युद्ध हुनु र शिवजीको मध्यस्थतामा युद्ध रोकिनु,रावणका हातमा विजयपत्र प्राप्त हुनु, बरुण, शशी, नलडीले हारस्वीकारे, कपिलमुनिलाई चरण स्पर्श गरेर आशीर्वाद लियो, मगधका राजालाई ललकार्नु,तर पुलस्य ऋषि आएर सम्झाएर युद्ध रोक्नु ,मधुनाभ र कुम्भीनस बीच प्रेमलाप हुनु सजाय तोक्न रावणलाई बोलाउनु, मृत्युदण्ड तोकिनु तर कुम्भीनसीको विधना नबनाइयोस भन्ने अनुरोधमा क्षमादान दिनु । अब रावणले इन्द्रसँग लड्न अघिबढ्यो, मेघनाले इन्द्रलाई नागपासमा बाँधेर विजय घोषणा गरेको हुँदा मेघनादलाई इन्द्रजितको नामले पुकारियो । सबैलाई आफ्नो अधिनमा वनाउनु र सेनालाई पुनर्गठन गरियो, कुम्भकर्णलाई प्रधान सेनापति बनाउनु,सवै किसिमका प्रतिवन्ध हटाउनु,मज्दूर किसान सबैलाई हकहित हुने काम गर्नु, रावण बलीप्रथाको विरोधी भएकोले सबै किसिमका बलीप्रथा रोक्नु, कानुनको निर्माण गर्नु, सबै रक्षक बन्नु, मेघनादलाई रक्ष शक्तिको व्यवस्थापनको लागि प्रमुखमा नियुक्ति गर्नु ,यसै व्यवस्थाबाट लङ्का समृद्धिशाली र वैभवपूर्ण राष्ट्र बन्न पुग्यो । देवताहरू रावणको यो कार्य देखेर इर्षाको आगोमा जलेको जल्यै भइरहे ।
ताडका वध–यस शीर्षकमा ताडका सुकेतुकी पुत्री ,सुकेतुले ब्रह्माको तपस्या गरी वरदानबाट जन्मेकी, अत्यान्त सुन्दरी, दशहात्तीको बल प्राप्त गरेकीको विवाह सुन्दसँग गरिन्छ । सुन्दसँग विवाह गरी सुवाहु र मारिच नामका छोरा जन्मन्छन् । यी उपद्रवी भएर ऋषिलाई सताएकोले अगस्त्य ऋषिबाट राक्षसै भै जाने श्राप दिइनु र श्राप दिएका अगस्त्यलाई सुन्दर्ले  मार्न खोज्नु र अगस्तले भष्म पारिदिनु, ताडकाले पुत्र र पति माथि अगस्त्यले दिएको श्रापले गर्दा बदलालिन खोन्दा ऋषिले कुरूप हुने श्रापदिनु, यक्षपतिसँग न्यायको लागि निवेदन गरी न्याय पाइन र ऊ रक्ष संस्कृतिस्वीकारेर ऋषि तथा देवतामा समेतमा अत्याचार गर्न थाली, । अगस्त मुनिले राम लक्ष्मणलाई आयुध श्क्षिा प्रदान गर्ने वेलामा रामबाट ताडका मारिएको विवरण यहाँ आएको छ  ।
रावणका विरुद्ध ऋषिमुनिहरू–  यस शीर्षकमा राणले पर्यावरण सुरक्षाको लागि जनतालाई जागरुक वनाएको, वनलाई जीवनसँग दाजेर काम गर्दा ऋषि मुनीहरू यस विषयमा रुष्ट भएर रावणको विरुद्धमा संगठित भएको जानकारी मारिचले लिएर जानु, रावणले तुरुन्तै राजपरिषदको बैठक बोलाएर विभीषणलाई राज्य सञ्चालनको अभिारा सुम्पिएर मेघनाद र कुम्भकर्णलाई युद्धको लागि देवपुरी प्रस्थान गर्नकोलागि निर्देशन दिंदै आपूm वैजयन्तपुर प्रस्थान ग¥यो कुरा यहाँ आएको छ ।  
हत्याको परिस्थिति – वैजयन्तपुर नैमिषारण्य जाने बाटोमा पर्नु, साली मायाको घर हुनु, शम्बर साढुभाइले स्वागत गर्नुु, मायाले भिनालाई सुरापान गराउन आउनु, रावणले इन्कार गर्नु, किन भनी मायाले सोधनी गर्दा तिम्रो नसालु मदभरी नजरले नै  मत्त भएको धारणा राख्नु, सालीले रावणलाई  आलिङ्गन गरेको अवस्थामा शम्बरले देख्नु, रावण माथि गदा प्रहार गर्नु रावण मुर्छित हुनु । यसैवेला दुष्मनले उसको राज्न्यमा आक्रमण गरेको जानकारी दिनु, शम्वर मारिनु माया सती जानु , दुवैको दाह सस्कार हुन्देर रावण त्यहाँ बस्नु, शम्बरको हत्यारालाई विनाश गर्दा नै शम्बर र मायाप्रतिको सच्चा श्रद्धाञ्जली हुने धारणा यहाँ आएको छ ।
सीताको जन्म – यस शीर्षकमा रावण मन्दोदरी मय राष्ट्रमा जानु त्यहाबाट सह्याद्रीपर्वतमा विहार गर्न जानु, मन्दोदरीले गर्भ धारण गर्नु सात महिनामा छोरी जन्मनु, राजज्योतिषलाई बोलाएर चिना लेखाउनु, चिना अनुसार पुत्री राजमहलमा राखेमा पिताको मृत्यु हुन सक्ने जानकारी गराउनु,रावण  र मन्दोदरीले कसैलाई पाल्नदिनु वेश भनी विदेह राज्यको एउटा गरिब परिवारलाई पाल्न लगाउनु, यी दम्पतीले राजा जनकको खेतको बुटामुनी लगेर राखिदिनु, मिथिला राज्यमा खडेरी परेकोले राजाले हलोजोते पानी आउने धारणा बमोजिम जनकले हलोजोतको अवस्थामा बालिका रोएको सुनेर बालिकालाई जनकले हलोजोत्दा प्राप्त भएको हुँदा सीता नामाकरण गरिएको पछि जनककी छारी भएकोले जानकी भनिएको धारणा यहाँ आएको छ ।
राम विवाह – यस शीर्षकमा रावणले भूतेश्वरनाथको दर्शन गर्न मङ्सिर महिनामा रावण नैमिषारण्य प्रस्थान गर्नु, भूतेश्वरनाथको दर्शन गर्नु र काशी हुँदै निमिका पुत्र मिथिले बसाएको नगरी मिथिला पुग्नु ,जनकको मिथिला नगर ध्वजा पतकाले सुसज्जित थियो,महावली वाणले रावणलाई चिन्नु सीता स्वयम्वरको लागि आएको हौ भनी जिज्ञाशा राख्नु, यी दुबै बीच धेरै कुराहरू गर्नु,विवाह उत्सवमा जानु , सीतालाई देख्नु, सीतालाई देख्दा वेदवतीको स्मरण हुनु, मनमा तर्कना उठ्नु, प्रतिस्पर्र्धीहरूले धनुष उठाउन नसक्नु, राम र लग्मणले गुरुसँग शिवधनुष उठाउने अनुमति माग्नु र अनुमती पाएपछि रामले शिवधनुष उठाएर प्रत्यञ्चा उठाउन खोज्दा भनुष तीन टुक्रा हुनु, सीताले रामलाई पुष्पहार पहिराउनु, कसैले रामको जय जयकार गरें भने कसैले रोष प्रकट गरिरहेका थिए, रावणले यो देखेर कसैले विग्रह गर्छ भने सह्य हुने छैन भन्दै आफ्नो परिचय दिन्छ । रामको विवाह भव्य रूपमा गरिन्छ , यसरी लक्ष्मणको विवाह मिथिलेस पुत्री उर्मिलासँग भयो भने कुशध्वजकी पुत्री दोय माण्डवीको विवाह भरतसँग र श्रुतकीर्तिको विवाह, शत्रुघ्नसँग भयो । सीताको पाणिग्रहण भएपछि रावण आफ्नो गन्तव्यतिर लाग्यो । रामले विश्वामित्रसँग रावणको परिचय लिन चाहे तर विश्वामित्रले रामको प्रश्नलाई कुने महत्व दिएनन्  तर रामले रावणले जातीय भेदभाव रहित समता मूलक समाजको स्थापना गर्न चहेको हो भने यस्तो महान लोक कल्याणकारी कामको पक्षमा उभिने र मनसा, बाचा, कर्मणाले सहयोग गर्ने धारणा रामले व्यक्त गरेकाछन् ।  
देवता र ऋषिहरूको कचहरी –यस शीर्षमा रावणले स्वर्गका राजा इन्द्रलाई पनि जितेर बन्दी बनाएपछि इन्द्रकी पत्नी सचीको नेतृत्वमा विष्णुकोमा जानु, ब्रह्माजीलाई बोलाएर उहाँकै अध्यक्षतामा बैठक बस्नु ,महिलाहरूले ब्रह्मा, विष्णु महेशलाई नामर्द र निवीर्यसम्म भन्न भ्याउनु, सरस्वतीले हस्तक्षेप गर्दै संयमित र अनुशासित हुन भन्नु, ब्रह्माबाट पनि आचारण रहनु भन्ने जानकारी गराउनु, यहाँ थुप्रै कुराहरू छलफलमा आएका छन् । रिसको वेला वेद कसैले नपढ्ने, ब्रह्मले राक्षसी पुत्रलाई दण्डधर बनाउनु, सची असुर पुलोमाकी छोरी हुनु, स्वयम विष्णुले पनि वभिन्न समयमा अवतार लिएर विभिन्न संस्कृतिको सिर्जना गरेका कुरा, धर्म र मर्यदाको उल्लन्धन गरेका कुरा, परस्त्री छल गर्ने, शिवको बदरीनाथ धाम छिन्ने, दानवीर बलीको राजपाट छिन्ने, नारदलाई बाँदर बनाउने, शुक्रचार्यको आँखा फोड्न आदिकार्य विष्णुबाट भएका छन् ।े, आर्यशव्द जातीय विभेद जनाउने हैन कि यो त गुण,कर्म र स्वभावले श्रेष्ठ हुनु हो, सबै नियममा बाधिनु पर्ने, आचार–संहिताको पालन हुनु पर्ने, इन्द्रले रावणबाट हारिनु पर्ने कारण शिवले बताउनको लागि ब्रह्माले आग्रह गर्नु । शिवले यस विषयमा धेरै धारणा राख्दै भन्नु हुन्छ –" भोगवादी संस्कारमा हुर्केकाहरूले निम्न वर्गका परिश्रमी, दीन, हीन, सर्वहारा व्यक्तिहरूप्रति जब थिचोमिचो अर्थात दुव्र्यवहार गर्छन् तव त्यहाँ प्रतिरोध हुनु स्वभाविक हो  यस किसिमको प्रतिरोधलाई दवाउन विद्रोहको नाम दिएर अभिजात्य वर्गले कुटनीति चाल चल्दछ । त्यही चाल उसका लागि  आदर्श र न्याय हुनजान्छ ।" भोगवादी संस्कारमा हुर्केको अभिजात वर्गले शत्ता र शक्तिको लागि दमनको साहारा लिएर जस्तोसुकै घिनलाग्दो हर्कत गर्न पनि पछि पर्दैन । देवासुर सङ्ग्राम पनि यस्तै परिणति हो । अश्विनीकुमारको प्रश्नमा महादेवले अर्धाङ्रिगीनी बृद्ध पतिबाट सुख मिल्दैन हामी दुई भाइ मध्ये एकलाई रोज भनेको क्ुरा, लोकपाल चन्द्रमाको प्रश्नमा इन्द्रले गौतम ऋषिकी अहिल्याले गरेको छलको परिणति, तिमीले देवगुरु बृहस्पतिकी पत्नी तारा लगेर फिर्ता गरेको कुरा, विष्णुको प्रश्नमा शिवले विष्णुलाई जालन्धरकी पत्नीको सतित्व हरणको कुरा, बृहस्पतिले उठाएको प्रश्नमा बृहस्पतिले अध्यापनमा गरिने भेदभाव, कचले देवयानीको प्रणय निवेदन ठुकुराएको कुरा, विष्णुले वामनरूप धारण गरेर रसातलमा पु¥याएका कुरा, इन्द्रले नमुचिलाई अकारण बध गरेका कु्रा, इन्द्रले कुनै पनि राजालाई बलियो देख्न नसक्ने कुरा, अश्वमेध यज्ञमा घोडा लुकाउने कुरा, ऋषिहरुको तप भङ्ग गर्न अप्सरा पठाउने कुराहरू यहाँ आएका छन् । महादेवले रावणलाई बाल्यकालमै षडयन्त्र रचियो, बाबुको स्नेहमयी छत्रछायाबाट बञ्चित गरियो भन्ने धारणा राख्दा वशिष्ठले रावणकै परिचर बनेर बसौं भनि प्रश्न राख्नु, शिवजीले यस्तो भन्न नखोजेको,ऋषिहरूको तपबाट अति प्रसन्न रहेको साथै रावण पनि निर्मल चरित्र भएको, महान विद्वान पण्डित,कुशल योद्धा, आफ्ना माता पिता, गुरुजनको आज्ञापालक, दलित जातिको उद्धार कर्ता, सबैको रक्षाको सङ्कल्प लिएको, वेदको भाक्ष्यकर्ता र वेदले परिकल्पना गरेको समाजको निर्माणगर्न चाहाने, समता मुलक समाजको निर्माण गर्न चाहाने, अर्थात यही समाजले उसलाई हिंस्रक बनायो आदि महादेवले रावणको रक्ष संस्कृति, उसको बहुमुखी प्रतिभाको विवरण प्रष्ट पार्नु, दशरथका पुत्र रामको जन्म भएको, ताडका र सुवाहुको बध भइसकेको, अब रावणको पालो हो यदि रुद्रदेवले सहयोग नगरे उसको काल आइसक्यो जस्ता कुरा वशिष्ठले राख्नु, शिवजीले कसैले यदि दुस्कर्म गर्छ भने त्यको संरक्षण म बाट हुँदैन  जस्ता धारणा आएका छन्
सभाको अन्त्यमा ब्रह्मादेवले शिवजीलाई भन्नु भयो कि देवेन्द्रलाई मुक्त गर्न लगाई स्वर्गको राज्यमा कुनै व्यवधान नहोस् साथै इन्द्राणीको विरही मनले शान्ति पाओस् । शिवजीले देवता र ऋषिहरूको जालमा फस्ने त हैन मेरो शिष्य भन्दै मनमनै सोचे भन्दै यो शीर्षक समाप्त हुन्छ ।  
राक्षस सेना र साधु–सन्तबीच भिडन्त– यस शीर्षकमा रावण आफ्ना सपरिवारसँग बसेर आफ्ना कामको समीक्षा र भावी कर्ययोजना बनाउँदै गर्दा मारिच आएर गाधिराजले रावणको अनिष्टको लागि यज्ञको आयोजना गरेको , राम र लक्ष्मणलाई लिएर आएको र रामले ताडका लक्ष्मणले सुवाहुलाई मारे भन्ने जानकारी दिएपछि, मन्त्रीमण्डलको बैठक बस्नु, विभिषणले राम र लक्ष्मणको बालबुद्धिबस ब्रह्मा अस्त्रको प्रयोग गर्दा जङ्गलमा आगो लाग्नु र आगोमा जलेर ताडकाको मृत्यु भयो होला, राम र लक्ष्मणको युद्ध कौशल जाँच्न खोज्दा सुवाहु मारियो होला ? निवारक मन्त्र अनभिज्ञताले आगो निभाउन नसकिए होला , गुप्तचरले भनेको कुरा विश्वास नमान्ने धारणा विभीषणले राख्नु, प्रहसनलाई बुझ्न पठाउने कुरा दण्डकारण्य क्षेत्रमा राज्यका लगानी बढ्ता हुने, विदेहका राजा बुढा भै सकेका हुँदा उनीबाट डर कम, पम्पापुरको राज्य बलियो भएकोले शक्ति नियन्त्रणमा राख्नु पर्ने, दण्डकारण्यमा हस्त क्षेपले विद्रोह बढ्न सक्ने, राम र लक्ष्मणसँग लडेर हार्नपरेमा इन्द्रलाई जितेर कमाएको प्रतिष्ठा धुलिसात हुने, पञ्चवटीलाई शक्ति केन्द्र बनाउनु पर्ने भनी शूर्पणखालाई पञ्चवटी क्षेत्रको प्रशासक घोषित गर्नु,त्रिशिरा समेत खटिनु, रावणको विरोधमा साधुसन्तले विग्रह गर्ने जानकारी पाउनु शूर्पणखाले पञ्चवटी क्षेत्रमा जपतप आदिमा प्रतिबन्ध लगाउनु, विरोध हुनु, शैनिक शासन लागू गर्नु, साधुसन्तले परशुरामको सहयोग माग्ने कुरा उठ्नु, ऋङगी ऋषि मर्नु, ऋङ्गी मर्नुमा राक्षसहरूको हात रहेको प्रचार प्रसार गर्नु, यस्तो प्रचारप्रसारको जानकारी पाएपछि साधु–सन्तहरूलाई त्यहाँबाट सैनिक लगाएर भगाएको धारणा आएको छ ।
प्रहस्त शूर्पणखा संवाद –  राक्षसराज सुमालीको मृत्यु हुनु, सबै सोकमा डुब्नु, रावण अवसादग्रस्त देखिनु, प्रहस्तले लङ्काको राज्य हत्याउने स्वप्ना देखनु, प्रहस्तले भान्जी शूर्पणखालाई विवाह गर्ने सुझाव दिनु, नारीको शक्ति ठूलो हुन्छ । मेनकाले, विश्वामित्रको तपस्या भङ्ग गरेका कथा सुनाउनु , शूर्पणखाले स्वर्गीय पतिको स्मरण गर्नु र पञ्चवटीमा राम रहेको धारणा राख्नु, राम लक्ष्मण कुनै तानाबुना बन्न आएको हुन सक्ने प्रहस्तले शंका काट्नु, शूर्पणखाले कैकयीले आफ्नो छोरालाई राजा बनाउन चाहेकोले पिताका आज्ञा अनुसार निर्वासित जीवन व्यातित गर्न दण्डकारण्य आएका राक्षसहरूलाई बंशबाटै नष्ट गर्ने संकल्प लिएका तर शत्रुलाई पनि सम्मान गर्ने खालका र सबै जातजातीलाई स्नेह गर्ने भएका कुरा प्रहस्तलाई राख्नु, । प्रहस्तले खर र दूषणलाई लिएर लक्ष्मणलाई प्रेमपासमा जकड र उसैसँग विवाह गर भन्ने आशीर्वाद समेत प्रहस्तले शूर्पणषालाई दियो ।
 दुर्दिनको सुरुवात – यस शीर्षकमा रावण अध्ययनतिर लाग्नु,उसका मनमा विभिन्न तर्कना उठ्नु, राज्य कसैलाई दिएर अध्यात्मतिर लाग्ने विचार पलाउनु, पृथ्वीलाई स्वर्ग बनाउन चाहानु, राज्य सुम्पिनको लागि सर्वोपयुक्त व्यक्ति विभिषणलाई ठान्थ्यो । विभीषण आउनु, दुई भाइ बीच बातचित चल्नु आफूले गरेको कामले गर्दा आत्मा गलानी भएको धारणा राख्नु, विभिषणले "सर्बे जना सुखिनो भवन्तु,  एवं "बसुधैव कुटुम्बकम्मा विश्वासराख्नु पर्ने हो भन्नु, विभीषणले प्रहस्तको नियतका कुरा राख्नु, रावणलाई थाहाभएको जानकारी दिनु  शूर्पणखाको कुराहरू निस्कनु लक्ष्मणले शूर्पणाको नाक काटेका जानकारी रावणले पाउनु, रावण अन्तःपुरमा प्रवेश, कारण र कस्ले यस्तो हर्कत गरेको जानकारी लिनु,शूर्पणखाले राम र लक्ष्मणसँग गरेका कुराको जानकारी दिनु, शूर्पणखाले सीतामा आक्रमण गर्नु, लक्ष्मणले मार्न खोज्दा सीताले रोक्नु, लक्ष्मणले नाक काटिदिएको कुरा सुनाउँदा शत्रुसँग प्रेम गर्ने पुरानै आदत हो भन्नु शूर्पणखाले आत्महत्याको धम्की दिनु कैकसीले यस विषयमा रावण, विभीषण र कुम्भकर्णलाई हपार्नु , प्रहस्तले  भान्जीको कुनै दोष छैन भन्नु, शक्ति क्षिण भएको भए राज्य छोडे हुन्छ भन्नु, रावण क्रोधित हुनु, दुवैको भनाभन हुनु, दुबैले खड्ग उठाउनु,कैकसीले रोक्नु र वहिनीको यो गती गराउनेलाई बदला लिनु पर्ने धारणा राख्नु, रावणले शूर्पणखालाई  मैत्री भावले रामलक्ष्मणसँग गएको या काम भावले, रावणले भन्यो "उनीहरू इक्ष्वाकुवंशी, सूर्य समान प्रदीप्त, संयमी ,पवित्र विचारवाला, सच्चरित्रवान, एक पत्नी ब्रतधारी पूरुष हुन् । परनारीप्रति उनीहरू कहिल्यै कुदृष्टि राख्दैनन् उनीहरू परनारीप्रति दृष्टिपात गर्नु पनि पाप सम्झन्छन् ।" रावणका कुरा सुनेर प्रहस्त,कैकसी, शूर्पणखाले रावण माथि रामसँग बदलालिन निकै दवाव हाल्छन् । रावणले रामकी पत्नी सीता आफ्नी छोरी भएको जानकारी दिन्छ, भगवान शिव भन्दा अरू कोही व्यक्तिले रावणको मनमा प्रभाव पारेको भए त्यो रामै हो भन्नु, । रावणका यथार्थताका कुरा पस्कदा पनि शूर्पणखा र माता कैकसीको जिद्धि सीतालाई अपहरण गरेर ल्याई तडपाएर राख्ने भन्ने भयो । रावणले धेरै कुरा आमासँग राख्छ ।नगर्ने काम गर्न लगाएर राक्षसवंशको सर्वनासको वीजारोपण भएको, र दुर्गतिको पारम्भ भएको कुरा, भवसागर तर्ने भएँ भन्ने कुरा पितामहको चाहना पूर्ण हुने भएको कुरा, इच्छा विपरित कार्य गर्नु परेको कुरा, धेर्र दिनदेखि विछोड भएकी छोरी लिन जाने भएको महसुस गर्दै पुष्पविमान लिएर उड्छ ।
सीता हरण– यसशीर्षकमा रावण मारिचकोमा जानु ,सीताहरणमा सहयोग माग्नु मारिचले यो कामबाट अलग रहनु भन्नु तर रावणले सहयोग नगरे मारिदिने धारणा राख्नु ,मारिच सहयोग गर्न सहमत हुनु । ंमारिचले अति सुन्दर मृगको रूप धारणगर्नु , रावणले जोगीको रूपधारण गरेर पञ्चवटीमा प्रवेश गर्नु, सीताले अनौठो मृग देखेपछि रामलाई मृग छोप्ने आग्रह गर्नु, लक्ष्मणलाई छोप्न लगाउनु् भन्दा लक्ष्मण त पूजा आराधनाको लागि पूmल र समिधा लिन गएको र साधुरूपी रावणले मृगको रूपको वर्णन गर्नु साधु र सीतालाई छाडेर मृग समात्न राम लाग्नु, मृगले निकै छली कर्म देखाउनु र यता रावणले सीता हरण गरेर लानु बाटोमा जटायु फेला पर्नु जटायुले प्रतिकार गर्नु राणले पखेटै काट्यो जटायु जमिनमा खस्यो सीताले आफ्ना गहना खसाल्दै गइन ताकि राम लक्ष्मणलाई खोज्दा बाटोको पहिचान होस् भन्ने कारणले जस्ता धारणा यस शीर्षकले समेटेको छ ।
सीताको खोजीमा राम र लक्ष्मण – लक्ष्मण बचाऊ बचाऊ भन्ने आवाज सुनेर रामको खोजीमा जानु,रामले किन आएको भन्ने प्रश्न राख्नु, लक्ष्मणबचाऊको आवाज सुनेर हजुरको खोजीमा आएको भन्दा दुबै बासस्थानतिर लाग्नु, सीता फेला नपर्नु, खोज्दै जाँदा बाटोमा एउटा पखेटा काटिएको जटाउ फेला पर्नु,उसले रावणसँग लड्दा यो अवस्थामा पुग्नु भन्दै प्राण त्याग गर्नु, सन्तले घटना घटेको भन्नु जटायुको अन्त्येष्टि गर्नु, सीताले फालेका गहनाको साहारा लिंदै अगाडी बढेको र राक्षसप्रति घृणा जागेकोले रामले राक्षस जातिको समूल नष्ट गर्न दृढ निश्चय रहेको धारणा आएको छ कथामा ।  
अशोकबाटिकामा सीता – यस शीर्षकमा रावणले अशोकबाटिकामा पु¥याउँछ र सीताको चरण स्पर्श गर्दै "विवशतावस मैले गर्नुपरेको यस दुराचरणका लागि मलाई क्षमा गरहै देवी " भन्यो। । सीताले परिचय माग्दा यतिवेला अपराधी भएको तर नाम रावण भएको जानकारी दिनु, कारणबस तिमीलाई माइतमा ल्याएको र यो सीताको घरनै रहेको कैकसी र शूर्पणखाले गर्दा अपहरण गर्न परेको किनकी लक्ष्मणले शूर्पणखाको नाक काटिदिएको, नाक काट्न पर्ने कारक पनि शूर्पणखा रहेको, सीताले सबै जान्दा जान्दै पनि किन मेरो जीवन कलङ्कीत गरेको आदि प्रश्न राख्दा रावणले भन्छ – "तिम्रा पतिदेव पनि वीर नीतिकुशल, न्यायप्रेमी, सबैलाई समान व्यवहार गर्ने सज्जन, शरणागतको रक्षागर्ने, सबैको हित चिन्तक, त्यागी तथा समर्पणभावको धनी धैर्यवान, र सहनशील, व्यक्तित्व हुनुका साथै ऋषि र देवताका प्रियपात्र छन् ।...... लङ्कामाथि आक्रमण गर्ने कार्य उनले शिघ्र गर्नेछन् विजयपतका उनले नै फहराउने छन् ।" भन्नु, सीताले युद्धमा जस्ले पनि जित्छ भन्ने शंका दर्शाउँदा रावणले बहिनीलाई विधवा बनाए सरी पुत्रीलाई विधवा बनाउने छैन भन्ने विश्वास दिलाउन चाहान्छ । सीताले भन्छिन् –"फेरी पनि समाजको दृष्टिमा त म सदाका लागि कलङ्कित हुने नै भएँ ?" रावणले विश्वमा पूज्यनीय, लक्ष्मी जस्तै वन्दनीय हुने छौ भन्दै वरदान दिन्छ र त्रिजटालाई रेखदेखको लागि खटाउँछ साथै कसैले कुदृष्टि गर्ने छैनन् भन्ने आश्वासन दिन्छ ।
महर्षि अगस्त्यसँग भेट – यस शीर्षकमा राम लक्ष्मण सीताको खोजीमा जाँदा एउटा आश्रमको नजिक पुग्नु, एउटा लामो टुप्पी पालेको व्यक्ति फेला पार्नु, सोधनी गर्दा अगस्त्य महर्षिको भन्ने जानकारी पाउनु र उक्त व्यक्तिले अगस्त्य महर्षिको आश्रममा पु¥याउनु । रामले महर्षिको बारेमा लक्ष्मणलाई जानकारी गराउनु महर्षिले, राम र लक्ष्मणलाई स्वागत गर्नु, देवासुर सङ्ग्रामको समयमा महर्षिसँग ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंभएका  विश्वकर्माबाट स्वर्ण तथा बज्रको सम्मिश्रणबाट बनाएको धनुष, वाण स्वयम् ब्रह्माबाट प्रदान गरिएको  सूर्य समान देदीप्य वाण कहिल्यै खेर नजाने, इन्द्रबाट प्रदान गरेको तरकस जसमा अग्निको भाँती दाहक वाँण भरिएका छन् कहिल्यै नटुट्ने खड्ग, प्रदान गर्नु, अगस्त मुनीले इन्द्र समान अजय र शत्रुलाई पराजय गर्न समर्थवान हुनुहुनेछ  भन्दै विदा गर्नु । राम र लक्ष्मणले हार्दिक कृतज्ञता ज्ञापनगरी विदा हुनु र ऋष्यमूक पर्वत तर्फ लाग्नु ।
 शवरीको रामभक्ति–  शवरीका बाबुले उसका विवाहमा भोज खुवाउनको लागि सयौंको संख्यामा पशुहरू किनेर ल्याएको देख्नु र विवाहमा भोलाभाला पशु हत्या हुने देख्दा शवरी भील्ल समाजप्रति नै घृणा जागेर आउनु र घरबाट भागेर दण्डकारण्यतिर लाग्नु, ऋष्यमूक पर्वतमा मतङऋषिको शवरीले आश्रम भेट्नु  आश्रमको नजिकै बस्नु, कसैले नदेख्नेगरी काँडा–कङ्कण आदि पन्छायर बालुवा बाटोमा विच्छ्याउनु, एक दिन ऋषिले शवरीको,यो कामलाई देख्नु र आश्रममा शरण दिनु,मर्ने वेलामा यो आश्रम नछोड्नु राम यहीं भेट्न आउने छन् भन्नु, शवरी रामको दर्शनमा सधैं तत्पर रहनु एक दिन सीताको खोजीमा रामलक्ष्मण यही आश्रममा पुग्नु, उसले चाख्दै मिठा मिठा वयरलाई टक्¥याउनु र रामले खानु, रामले नवधा भक्तिको बारेमा बताउनु , उसले जानेका भक्तिमा मर्कट भाव र मार्जार भाव रहेका र उसले मार्जार भावलाई अपनाउने गरको हुँदा रामको दर्शन पाएकी, शवरीले किष्किन्धामा ठूला बाँदर र भालु रहने जानकारी दिनु र स्वेच्छाले प्राण त्याग्नु, लक्ष्मणले भील्ल समुदायलाई जानकारी गराउनु र अन्तिम मृत्यु संस्कार गरेर राम सीताको खोजीमा लाग्नु,।
सुग्रीवसँग मित्रता – किष्किन्धामा सुग्रीव राजा थिए । राम र लक्ष्मण किष्किन्धामा जान अगाडी लाग्दा सुग्रीवले हनुमानलाई जानकारी लिन पठाए, हनुमान रामका भक्त थिए, सुग्रीवसँग राम र लक्ष्मणको भेट भयो , दुबैले मित्रता गाँसे,बालीले सुग्रीवको राज्य र तारालाई हडप गरेको थियो, रामले बालीलाई मारेर तारा र राज्य फिर्ता गराउने वचन दिनु र सुग्रीवले सीतालाई खोज्नमा सहयोग गर्ने बचन बद्धता हुनु बाली र सुग्रीव पहिलो पटक लडदा रामले दुई भाइलाई अलग्याउन नसक्नु र दोस्रोपटक रङ्गी चङ्गी माला लगाएर रुखको छेल पारेर बालीलाई मार्नुको साथै राज्य र तारालाई फिर्ता ल्याउनु ।  
सीताको खोजीमा सुग्रीव र सम्पातीको योगदान – यस शीर्षमा सुग्रीव राजकाजमा व्यस्त हुँदा सीताको खोजीको काममा ढिलाई हुन्छ । लक्ष्मणले यो कुरा सम्झाउँछन् । सुग्रीवले बालीपुत्र अङ्गद,हनुमान, नील र जाम्बवन्तको नेतृत्वमा चारैतिर खटाउनु, यी सेनाले चारैतिर खोजी गर्नु जानकारी प्राप्त हुन नसक्नु , सबै सेना समुद्रतटमा जम्मा हुनु , कसैको दर्द भरीएको आवाज सुन्नु र त्यतै जानु, दुवै पँखेटा (सूर्यको तापल)े पोलिएर सख्त घाइते भएको जटायुको दाइ सम्पातिलाई भेट्नु  जटायुको मृत्यु भएको जानकारी दिनु सीताको बारेमा जानकारी माग्दा सुपाश्र्वले पुस्प विमानमा एउटी सुन्दर महिला हाय राम, हाय लक्ष्मण भन्दै लगेको देखेको कुरा जानकारी दिनु र आफ्नो शक्तिले हेर्दा सीता अशोक बाटिकाम भएको देख्नु, जाम्बवन्तले हनुमानमा भएको अप्रतिम, अष्टसिद्धि शक्ति (अडिमा, महिमा, लघिमा, गरिमा, प्राप्ति, प्राकाम्य, इशिता, वशीकरण ) छ जो अङ्गिराको श्रापले गर्दा चाहिएको वेला भुल्ने तर कसैले सम्झाई दिए सम्झने छ तिमीलाई देवगणको आशीर्वाद प्राप्त छ  यही शक्तिको आधारमा तिमी लङ्का जान सक्छौ भन्ने जाकारी गराएपछि रावण लङ्का प्रस्थान गर्छन् तर समुद्रपार गर्दैगर्दा सुरसाले रोकेर खान खोज्नु, हनुमानले विशाल रूप बनाउनु र सुरसाले पनि विशाल रूपमा मुख बाउनु हनुमानले शूक्ष्म मुख बनाएर सुरसाको मुखमा पसेर बाहिर निस्कनु र सुरसा यो बुद्धिमत्ता काम देखेर सुरसाले सफलताको कामना सहित पठाई, यसपछि माया नामकी राक्षसी भेटिनु र उसलाई मारेर अघि बढे ।
हनुमानको विभीषणसँग भेट – यश शीर्षकमा हनुमान लङ्काभित्र प्रवेश गरेर राजप्रसादको द्वारमा पुगे, त्यहाँ लंकिनीसँग भेट हुन्छ , लंकिनीले रोक्छे, यहाँ आउने चोर हुन् खान्छु भन्दा, रावण ठूलो चोर हो उसैलाई खा भनी एकमुक्का बजाइदिए । वेहोस भएर लड्नु उठेपछि सीता खोई भन्दै सोधनी गर्नु , उसले थाहा छैन भन्नु  यसपछि हनुमान रामको मन्दिर भएको विभीषणको घरमा पुग्नु, हनुमान पुगेको आभास पाएपछि राम नाम जप्दै उठ्नु , विभिषण र हनुमानको परिचयात्मक काम हुनु, हनुमानले सीतालाई भेट्ने कुरा राख्नु र विभिषणले राम भेट्ने कुरा राख्नु, विभीषणले हनुमानसँग भेट गराउन लिएर जाँदा प्रहस्त अशोक बाटिकामा भएकोले यी दुईलाई देखेर शूर्पणखालाई गएर भन्नु, शूर्पणखाले रावणको कान्छो छोरा अक्षयकुमारलाई अशोक बाटिकामा आएको मानिसलाई पकडेर ल्याउने आदेश दिनु र अक्षय कुमार अशोक बाटिकातर्फ लाग्यो ।
लङ्का दहन–  यस शीर्षकमा विभीषणले त्रिजटाको सहारा लिएर हनुमानलाई  सीतासँग भेट गरायो । हनुमानले सीताको चरण स्पर्श गरेर आफ्नो परिचय दिन्छ, रामले दिएको मुन्द्रिका दिएर सीतालाई आस्वस्त तुल्याउँछ ,सीताले एक महिना भित्र राम आएर उद्धार नगरे जीवित नरहने कुरो हनुमानलाई बताउँछिन् । अक्षयकुमार त्यहाँ आउनु र हनुमानलाई गदा प्रहार गर्न खोज्दा हनुमानले अक्षयकुमारलाई मारिदिन्छन् ।  प्रहस्तको यो कामबाट रावण्न संतुष्ट थिएन प्रहस्त,मेघनाद र रावण बीच भनाभन हुन्छ मेघनाद आशोक बाटिकामा जान्छ  हनुमान र मेघनाद बीच युद्ध हुन्छ ।मेघनादले हराउन कठिनाई हुन्छ र ब्रह्मास्त्र प्रयोग गर्छ , ब्रह्मपासमा पर्न हनुमानले स्वीकार्य गर्छन् र रावणको अघि लगिन्छ । रावण र हनुमान बीच विवाद चल्छ । दूत भएको कारण बध गर्न नमिल्ने भएकोले पुच्छरमा आगो लगाउने भन्ने रावणको धर्मसभाले निर्णय गर्छ । पुच्चछरमा आगो बालिन्छ । हनुमानले पनि विभीषाणको घर र अशोक बाटिका बाहेकका घर सबै जलाई दिन्छन् र समुद्रमा गएर पानीमा पुच्छर चोपलेर आगो निभाउँछन् ।
वानरसेनाको लङ्का प्रवेश –  यस शीर्षकमा थुप्रै कुराहरू समेटिएका छन् । हनुमान फर्केर साथीहरुसँग भेटगरी रामको शिविरमा पुग्नु सबै कुरा रामलाई बताउनु,। उता लङ्कामा रावणको मन्त्रीमण्डलमा गर्मागर्म वहस चल्नु,विभिषणलाई देशद्रोहको सङ्गिन आरोप लाग्नु, मनमा कुरा खेल्नु, भाइ दाज्यूको विरुद्धमा लागेपछि दाजुकसरी सुरक्षित हुन्छ ? लङ्काको विनाश सुनिश्चिि छ भन्ने सोच्नु, विभीषण रामको सिशविरमा मधुमख्खी (टाढाटाढा कुरागर्न सकिने यन्त्र) र दर्पणयन्त्र (अँध्यारोमा प्रकाश दिने यन्त्र)को साथै अनल, पनस, प्रभाती र सम्पातीलाई समेत लिएर जानु,यता रावणले विभीषणलाई लिन पठाउनु, विभीषण घरमा नभएको जानकारी रावणले पाउनु,रामको दूत भएर अङ्गद लङ्कमा पुगे, रामले समुद्रसँग त्नि दिन प्रार्थना गर्नु, समुद्रले केही रुचि नदेखाएकोले अग्निबाँण चलाउनु यसको प्रभावले समुद्र रामको अघि प्रस्तुत हुनु, ऊ सुक्न नसक्ने, समुद्र सुक्दा पनि पारिस्थितिक प्रणालीमा असर पर्ने र  नल र नील दुई भाइले छोएको चिज पानीमा तैरिने भएकोले उनीहरूलाई लगाएर पुल निर्माण गर्न सकिने जानकारी समुद्रले दिनु, नल र नीलको नेतृत्वमा पुल निर्माण हुनु, रावण र अङ्गद बीच वार्तालाप हुनु, सीता फिर्ता गर्ने कुरा राख्दा रावणले अङ्गदको खुट्टा समातेर पछार्न भन्नु कसैले नसक्नु स्वयम रावणले पनि नसक्नु,अङगद फर्किएर राममा सबै जानकारी गराउनु,पूल तयार हुनु वानर सेना लङ्कामा पुगेर शिविर खडागर्नु रावणको मामा प्रहस्तले रावण राज्यप्रति विरक्त रहेको, राक्षस संस्कृतिक उनन्नयको बाधक भएको, इन्द्रलाई बन्धक मुक्त गरेको, आर्यहरूप्रति प्रेम पलाउनु, सीतालाई अपहरण गरेर उच्च सम्मान दिएर राख्नु , हनुमान र अङ्गदलाई जीउँदै छाड्नु आदि रावणका कार्यले राक्षस कुलको विनास निम्त्याउँदै छ भन्ने आरोप लगाउनु,, रावणले यी आरोपको खण्डन गर्दै सबैको समनताको लागि रक्ष संस्कृतिको निर्माण गरेको, स्त्रीलाई शक्तिस्वरूपाको रूपमा लिएको, संसारमा सबै पुरुष एर्कै चोटी मासिए पनि कोही न कोही स्त्रीको गर्भमा पुरुषले जन्म लिन्छ भने महिला सबै मासिएको खण्डमा संसारमा मानव नष्ट हुने छ आदि धारणा राख्दै प्रहस्तलाई रामसँगको युद्धमा अग्रणी भूमिका दिने र जित गरेमा आधाराज्य नै दिने, विभीषण रामसँग गएकोमा उसँग कुनै सम्बन्ध नरहने, शत्रुपक्षबाट लड्न आएमा चन्द्रहास खड्गले शीर धड अलग गरिने जस्ता भावना प्रकट गर्दा रावण आहत भएको धारणा आएको छ ।
रामको पुरोहित रावण – यस शीर्षकमा विभीषणको एक गुप्तचर अनल भेष बदलेर रावणको क्रिया कलापको बारेमा विभीषणलाई जानकारी गराउ सक्थ्यो विभीषणले उसलाई लङ्का पठायो,अनलले घरभित्रको आन्तरिक विग्रहका कारणले गर्दा, एक्लै बस्ने,ध्यानमग्न जस्तो देखिनु, कहिले टोलाइरहेको जस्तो देखिनु,कसैसँग नबोल्नु र जीवनदेखि विरक्त देखिनु, जस्ता क्रियाकलाप देखेर अनलले विभीषणलाई जनाउनु विभीषणले रामलाई जनाउनु रामले परिस्थितिको कारणबस, आपूmले गरेका कुकर्मको कारणले पश्चताप लाग्यो होला, यी नै कारणले आत्महत्या नगरोस भन्ने आशय रामले विभीषणसँग राख्दै युद्धहुनु अघि भेट गर्न सकिने जिज्ञाशा रामले राख्नु, शिव भगवानको कुनै कार्य लगायर उसलाई बोलाए अवस्य आउने कुरा विभीषणले रामलाई बताउनु, रामले आर्या र द्रविणबीचको कृतिम खाडल भर्नको लागि समुद्रको किनारमा शिवलिङ्गको स्थापना गर्ने,शैव प्रतिनिधित्व लंकेश र वैष्णवको प्रतिनिधित्व्व स्वयम रामले गर्ने, युद्धका कारक सीता र शूर्पणखालाई भुलेर  शान्ति र सद्भावस्वरूप शिवलिङ्ग स्थापना गर्नेको लागि पुरोहिको रूपमा महात्मा रावणलाई आमन्त्रण गर्ने, आमन्त्रणको लागि जाम्बवन्तलाई दूतको रूपमा लङ्का पठाइनु, रावण र जाम्बवन्तले रामले रामेश्वरमा शिवलिङग स्थपना गर्न लाग्नु भएको र यहाँलाई वेदज्ञ ब्राहमणको रूपमा वरण गर्ने इच्छा प्रकट गर्दै निमन्त्रणा दिनको लागि आएको दूत हुँ  भन्दा रावणले पहिलो पटक ब्राह्मण भनेर आचार्य हुन योग्य ठानेर बोलाउनु खुसीको कुरा भए पनि रामको म शत्रु हुँ , तपाइँलाई यहीं बन्दी बनाउन सकिन्छ भन्दा जाम्बवानले कुनै हालतमा कसैले मलाई बन्दी बनाउन नसक्ने किनकी लक्ष्मणजीले पासुपतास्त्र सन्धान गरी सकेका छन् यस्तो यन्त्रबाट सुसज्जित छु लक्ष्मण मेरो सम्वाद भैरहन्छ, रावणले जाम्त्रवानलाई रामलाई यजमान बनाउन स्वीकारेको भन्दै सीतासँग गएर रामले रामेस्वरमा शिवलिङ्ग स्थापना गर्ने भएको र रावणलाई पण्डितको रूपामा आमन्त्रण गरेका जानकारी दिंदै, अर्धाङ्ििगनीविना, गृहस्थको अनुष्ठान अपुरो हुने भएकोले रावणकै अधिनमा रहने गरी विमानले लिन आउने र कार्य सिद्ध भएपछि लङ्का फर्कन पर्ने सीतालाई जानकारी गराउँदै , रावण रामको यज्ञ सुसम्पन्न गराउन लाग्नु । यज्ञ पुरागर्न अर्धाङ्ििगनीको आवश्यक्ता पर्ने हुँदा रामलाई सोधनी गर्दा रामले अर्धाङ्ििगनीको मूर्ति बनाएर, राख्ने कुरा गर्दा रावणले आफ्नो विश्वासपात्रलाई पुष्पविमान पठाएर सीतालाई लिन पठाएर ल्याइ, यज्ञ पुरा गरी सीतालाई लङ्का पठाउनु, यो भन्दा पहिला शिवलिङ्ग स्थापना गर्न शिवलिङ्ग माग्दा हनुमान कैलासमा लिन गएको हुँदा ल्याउँदै होलान् भन्दै गर्दा रावणले सुभमुहूर्तमा नै स्थापना गर्नु पर्ने भएकोले सीताले बालुवाको लिङ्ग विग्रह बनाउन लगाई पतिपत्नी दुबै भएर शिवलिङ्ग स्थापना गरे । रावणले पण्डितको रूपमा यज्ञ सुसम्पन्न गरायो । रामले दक्षिणाको कुरा गर्दा रावणले दक्षिणा त विभीषणलाई राजतिलक लगाएर दिएको यति ठूलो दक्षिणा नै भयो, रामले यज्ञ पुरा गर्न आचार्यले जे चाहे पनि दिने भन्दा, रावणले रामले उसलाई जो दक्षिणा दियौ त्यो दक्षिणा लिन पुलस्यवंशी विश्रवापुत्र सधैं तडपी रहेको थियौ । त्यसो हुँदा देवता र ऋषि भन्दा महान हौ भन्दै उसले रामबाट ब्रह्मणत्व प्राप्त गरेको र यो उसका बाबुले नै हरणगरेका कुरा प्रष्ट्यायो । रामले यसमा अत्याधिक कर गरेवापत, चाँडै शक्तिको आराधना गरेर युद्ध क्षेत्रमा आएर रावणले विवशताको लाभ उठाएर उसबाट गरिएको नारी जातिको अपमानको दण्ड दिएर उपकार गर र अर्को कुरा जब आचार्य मृत्युशैयामा रहने छ तब यजमान उसको सम्मुख उपस्थित हुनु भन्दै रावण पुष्पविमान हुँदै लङ्कातिर लम्कियो ।
प्रहस्त वध–यस शीर्षमा रावण र रामका सेना लडाइमा होमिन थाले पछि प्रहस्तलाई नेतृत्व दिंदै रावणले सेनाहरू खटायो । रावणको प्रहस्तप्रति ठुलो भरोसा भएको हुँदा यसलाई मारेर रावणको हौसला घटाउन प¥यो भन्ने धारणा रामले राख्नु । सुग्रीवलाई भन्नु, सुग्रीवका, द्विवेदले नारान्तकलाई, दुर्मुखले समुन्नतलाई, जाम्बान्तले महानादलाई, ताराले भानुलाई,नीलले प्रहस्तलाई मारिदिए । राक्षस सेना सबै पलायन भए ।
मेघनाद वध – मेघनाद र हन्ुमानको ठूलो संघर्ष पूर्वी द्वारमा चलिरेका वेला प्रहस्त मारिएको खवर जानु, एकछिन स्तब्ध हुनु । दिन भर लड्नु तर दुबैको हारजीत नहुनु रावणले मेघनादलाई  भोली पल्ट रामका सम्पूर्ण सेना मार्न नसके मेघनादको युद्ध कौशल सबै व्यर्थ हुने कुरा हुने सुनाउनु , भोली पल्टको युद्धमा मेघनादले युद्ध उन्माद देखाउन थाल्यो, लक्ष्मणको प्रहारले मघनादको रथको पाङ्ग्रा खुस्कनु, सबै अस्त्र विफल हुनु, मेघनादले लक्ष्मण माथि शक्तिवाण प्रहार गर्नु र लक्ष्मण  मूर्छित हुनु, यही मौकापारी राम लक्ष्मण र बानर सेनालाई नागपासले बाँधने कामग¥यो । रामका सेनाको वेहाल भयो,र त्यो दिनको युद्ध थामिनु, रामले हनुमान लगाएर गरुणलाई बोलाएर नागपासबाट छुटकारा पाउनु, वैद्य सुषेणलाई लक्ष्मणको उपचारको लागि बोलाउनु सुषेण रावण कहाँ गएर उपचार गर्न अनुमति लिनु र रावणले जो सुकै व्यक्ति भए पनि उपचार गर्ने तिम्रो धर्म हो भनेर अुमति दिनु, सुषेणले सञ्जीवनी बुटी लिन द्रोणगिरी पर्वत पठाउनु हनुमानले सञ्जीवनी चिन्न नसकी एउटा पहाडको ढिको नै बोकेर ल्याउनु र उपचार गर्नु र लक्ष्मण ठिक हुनु, रावणले मेघनादलाई कुलदेवी निकुम्भलालाई यान्त्रिक यज्ञ गरेर उनीबाट दिव्य रथ प्राप्त गरी देवीको आशीवद लिएर लडजाने आदेश दिनु । यता रामले विभीषणसँग सरसल्लाहा लिएर विभीषणलाई गुप्त मार्ग वानर सेनालाई मेघनादको यज्ञ विफल गर्न पठाउनु र यज्ञ विफल गराउने क्रममा काकालाई देख्नु , यमअस्त्र प्रहार गर्नु लक्ष्मणले यमअस्त्र निस्तेज पारीदिनु मेघनादले ब्रह्मास्त्र प्रहार गर्नु लक्ष्मणले यसलाई पनि निस्तेज पारी दिनु, पशुपातास्त्र प्रयोगर्नु लक्ष्मणले त्यो पनि निस्तेज पारिदिनु वैष्णवअस्त्र प्रहार गर्नु यसले पनि लथ्मणलाई केही नगरी फर्कनु, अन्त्यमा लक्ष्मणले रामको नाम लिएर छाडेको अस्त्रले शीर धड अलग अलग बनाइ दिनु,यसरी रावणको प्रियपुत्र मेघनाद मारियो ।
कुम्भकर्णको मृत्यु – मेघनादको मृत्युले रावणलाइ ठूलो मानसिक आघात प¥यो, छोराको अन्त्येष्ठि ग¥यो । सुलोचना सती गई । अन्तःपुरमा छिरेर स्त्रीहरूलाई धैर्यधारण गर्न लगायो र कुम्भकर्णले भोली सूर्य अस्त सम्ममा अनुज कुम्भकर्णले विभीषण र लक्ष्मणको टाउको र धड अलग गरेर  प्रतिसोध लिनेछन् भन्नु, भोलीपल्ट कुम्भकर्णको भीषण नाद र भीमकाया रूपदेखेर सबै भयभित हुनु, राम रलक्ष्मण युद्ध क्षेत्रमा आउनु कुम्भकर्ण लक्ष्मणसँग लडन अधिसर्दा राम नै लड्न भनि अघि सर्नु रामले अरूलाई सेनालाई सम्हाल्न लगाउनु, कुम्भकर्ण र रामको भीषण युद्ध हुनु र अन्त्यमा रामबाट कुम्भकर्ण मारिनु राक्षस सेना भाग्नु र राम सेनाले जयजयकार मनाउनु ।
राम र रावण युद्ध – रावणका भाइ र छोराहरू मारिएपछि रावण स्वयम् युद्ध भूमिमा पुग्छ र यसरी लड्न जाँदा गुरुपुत्र षडाननले बाटो रोकेपछि हट्ने अनुरोध गर्दा नहटेपछि रावणले धूलो चटाउँदै अगाडी बढ्छ, इन्द्रले रावणलाई रोक्न खोज्दा रावणको गदाले ऐरावत हात्तीको टाउको नै फुट्छ, ंहात्ती भाग्छ र इन्द्रले वाण प्रहार गर्दा रावणले नागपासले बाँधेर लडाउँछ । रामवणले मायावी शक्ति प्रयोग गरेर राम र लक्ष्मण आकृति बनाएर हातमा धनुषवाण लिएर लड्न पठाउँछ रामले यिनलाई मृत्युलोक पु¥याउँछन् । मातलीले इन्द्रको बहुमुल्य रथ लिएर आउँछ रामले प्रयोग गरेर रावणसँँग युद्ध गर्न जानुहुन्छ ,नाराच नामको वाणले रामलाई आक्रमण गर्छ ,रामलाई असर गर्दैन, रावणले त्रिशूल चलाउँछ रामको तीखो वाणले टुक्राटुक्रा पारिदिन्छ,, रावणको अग्निवाणले चारैतिर आगो बाल्यो, रामले बरुणअस्त्रले अग्नि शान्त पारे, रावणको अन्तिम अवस्था आएपछि रामले अगस्त मुनिले दिएको ब्रह्मास्त्र प्रयोग गरी रावणको नाभीमा प्रयोग गरी हान्दा रावण ढल्छ । ढल्दा छोरी सीते राम भनेर आवाज निकाल्दा राम विचलित हुन्छन् । रामले रावणलाई दिग्विजयी महापण्डितको रूपमा लिएर लक्ष्मणलाई रावणबाट शिक्षालिन जाने भन्छन् । रावणले राम लक्ष्मणलाई भन्छ, " म त मोक्ष प्राप्त गर्दै छु । मैले जे कोही आफ्नै विवेकले गरें केही विवशताले गरें गरें ।माया गर्दा कसैलाई भेदभाव नगर्नु,, स्वाभिमानका साथ जिउनु, कुनै कुराको निर्णयलिंदा अहम् र आवेश त्यागेर लिनु,जे गर्नुृ छ तत्काल गर्नु । रोग, ऋण, रिपुलाई कहिल्यै सानो नठान्नू, आफ्नो जीवनको गूढ रहस्य स्वजनलाई पनि नभन्नु, राम जस्तो सत्पुरुषसँग दुष्मनी भन्दा दोस्ती गरेको भए यो अवस्था आउने थिएन, यो मेरो भूल थियो । मानिस विग्रने वेलामा मित्रलाई शत्रु र शत्रुलाई मित्र ठान्छ ।  अब तिमीहरू समक्ष अन्तिम सत्य कुरा उजागर गर्दैछु कि मेरो अतिरिक्त मेरो अग्निकुण्डको आगो साक्षी छ । सीता गङ्गाजस्तै पवित्र छन् उनी मेरी पुत्री हुन् । पुत्री । ॐनमः शिवाय । ॐनमः शिवाय ।"
रावणको मृत्युको जानकारी पाउने वित्तिकै मन्दोदरी, धन्यमालिनी, आउनु अरु स्वजन समेत आउनु, सबैका आँखा रसाए , रामलक्ष्मणका आँखा समेत रसाउनु,रावणको दाहसंस्कार सकिनु, रावणसँग भएको महान कुराहरू रामले स्मरण गर्नु, रावणमात्र नभएर ऊ सँग भएको ज्ञान, विज्ञान, साहित्य, सङ्गीत, कला पनि म¥यो जस्ता भावना रामले पोख्नु । विभीषणलाई सिंंहासनारूढ गराई सकेपछि रामले सीतालाई अशोक बाटिकाबाट झिकाउनु,, विभीषणले रामलाई उपहार दिनु, रामले त्यो उपहार सेनालाई वितरण गर्नु र विभीषण बाट विदाबारी भई,हनुमान सुग्रीव लगायत पुष्प विमानमा सवार भई अयोध्यतिर प्रस्थान गरेको धारणा यहाँ आएको छ ।
मन्दोदरीमाथि विभीषणको कुदृष्टि – रावण मरेपछि विभीषणलाई रामले सिंंहासनारूढ गराए र अयोध्या प्रस्तथान गरेपछि विभिषणको कुदृष्टि मँदोदरीप्रति देखिनु , मन्दोदरीलाई पटरानी बनाउने इच्छा राख्नु र कुटिनीलाई फकाउने जिम्मा दिनु, त्रिजटाले कुटिनीले फकाई रहेको आवाज सुन्नु भित्र प्रवेश नगरी धन्यमालिनीकोमा पुगेर यो कुरा बताउनु, धन्यमालिनीले आपूmसँग भएको कटार लिएर बरबराउँदै मन्दोदरीको कक्षमा पुग्नु, कुटिनी त्यहाँबाट बाहिरिएर विभीषण्को कक्षमा गएर सबै कुरा बताउनु विभीषण मन्दोदरीको कक्षमा आउनु धन्यमालिनीको भाउजूप्रति गिद्धे दृष्टि र।ख्नै चण्डाल भन्दै गाली दिनु विभीषणले माफी माग्नु र धन्यमालिनीले कटार दिदीलाई दिंदै विभीषण फेरी आएकोमा कटार छातीमा रोपिदिने भन्दै बाहिरिनु ।
मय दानवको लङ्का आगमन – दानवराज मय छोरी भेट्न लङ्का आउनु ।रावणका पालाको लङ्का र विभीषणको पालाको लङ्कामा पूmलको सुन्दरता, मन्दिरमा सुनिने वेदपाठ,आदि सबैमा कमी भएको पाउनु, मेघनाद र सुलोचनाको स्मारक, कुम्भकर्णको समाधिक, रावणको स्मारक  बनेको पाउनु, धन्यमालिनी लाई भेट्नु र धन्यमालिनीले पितालाई मन्दोदरीका निवासमा पु¥याउनु, मयले धैर्यधारण गर्न भन्नु, सबैले विभीषणको निन्दा गर्नु, विभीषण चोखिन खोज्नु धन्यमालिनीले भ्रातृ शत्रु्सँग मिलेर स्वार्थ सिद्धि गरेको र  मन्दोदरीलाई कुटुनी लगाएको,आदि भन्दा ऊ चूप लाग्नु, मयले दुबै छोरी केही दिनका लागि लिएर जाने धारणा राख्नु विभीषण केही नबोली बाहिरियो ।
अरिमर्दनको उदय – यस शिर्षकमा धन्यमालिनीको कोखबाट पुत्र जन्मो । उसको नाम अरिमर्दन राखियो । अरिमर्दन शूरवीर थियो उसले एक दिन वनमा जाँदा सिंहले आक्रमण गर्दा सिंहनै मारिदियो र घिसार्दै घरतिर लिएर जाँदैगर्दा परशुराम भेटिनु, सिंहको बारेमा अरिमर्दनसँग प्रश्न गर्नु दशाननको पुत्र हुँ भन्दै परिचय दिनु, परशुरामले मलाई तिम्रोघर लैजान्छौ भन्नु र बालकले घरलिएर जानु मयले प्रशुलाइ चिन्नु , बालकले सिंहमारेको कुरा सुनाउनु बालकलाई शिक्ष्य बनाउन माग्नु,र लिएर जाने अनुमति पाउनु , शिवजीको तपस्या गर्न भनि प्रशुरामले भन्नु , बालकले शिवजीको तपस्या गर्नु शिवजी खुसी हुनु शिवजीले युद्ध जित्ने र्छौ भन्दै वरको साथै विषम परिस्थितिमा प्रयोग गर्न एक दिव्य अस्त्र दिनु र शिवको साथ सँधै रहिरहने आशीर्वा सहित ऊ मय राज्यमा फक्र्यो ।
 अरिमर्दनको सत्तारोहण–अरिमर्दनले शिवजीबाट वर्दान पाइए घर आएपछि आमाबाट विभीाणको कारणले गर्दा रावणको रामसँग लड्दा भएको मृत्यु र विभीषणले गरेको र।ज्यप्राप्तीको बारेमा अरिमर्दनलाई बताउनु र अरिमर्दनले आफ्नो राज्य फिर्तालिने प्रण गर्दै रामेश्वरमा गएर शिवलिङ्गको दर्शनगरी लङ्का प्रवेश गर्नु , लङ्का प्रवेश गरेर विभिषणसँग भेट हुनु,  विभीषणले यो राज्य अवधबाट सञ्चालित छ । तिम्रो इच्छाको जानकारी अवधमा पठाउँछु प्रतिउत्तर नआनदेर पर्ख भन्नु, अवधलाई अरिमर्दन राज्य फिर्ता लिन लड्न आएको र रघुवैशलाई शत्रू चित्रण गर्दै सेना सहित लड्न आउने पत्रपठाउनु, पत्र लवले पाउनु, लवले कुशलाई यो पत्र दर्शाउनु र अरिमर्दसँग लड्नको लागि तयाररहन सेनालाई आदेश दिनु र कुशको नेतृत्वमा सेना आउनु, यता अरिमर्दनको राज्य फिर्ता गराउन प्रजाहरूको जमघट हुनु, नागसेना पनि अरिमर्दनको सहयोगको लागि आउनु, रघुवंशका सेना चन्द्रकेतुको नेतृत्वमा र विभीगाणका सेना उनकै पुत्र तरणीसेनको नेतृत्वमा  र अरिमर्दनका सेना उसकै नेतृत्वमा  रणमैदानमा उत्रिए । जब युद्धको सुरु हुन के लागेको थियो शान्तिप्रिय लङ्काबासी हात हातमा सेता झण्डा लिएर रणमैदानमा उपस्थित भए र कुश र अरिमर्दनलाई सम्बोधन गर्दै शान्तिको चाहना भएको धारणा रख्छन् र विभीषण जस्तो अन्यायी, अत्याचरी, शोषक एवम् स्वेच्छचारी शासक चाहदैनौ लङ्काको रावणकै उत्तराधिकारी हुनु पर्ने माग राखेपछि चन्द्रकेतुले जनभावना प्रतिकुल हुने कुनै काम नगरिने राजा रोज्ने अधिकार जनतालको नै हुने गरी युद्ध बिरामको घोषणा ग¥यो । जनताले चन्द्रकेतुको सम्बोधनलाई समर्थन गर्दै अरिमर्दनलाई लङ्काको राजा घोषण गरे र अरिमर्दनले पनि जनचाहना अनुकुलको लोकतन्त्रमा आधारित शासन व्यवस्थाको सञ्चालन गर्नु र विभीषण सन्यास लिने भन्दै वनतिर लग्यो ।
मैलै माथि रावणायनको सारभाव प्रष्ट्याउने प्रयास गरेकोछु ।यस सम्बन्धमा उपन्यासले दिन खोजेको यर्थाताको सारांशलाई मैले उतार्नुको साथै अव उपन्यासकारले यस उपन्यास मार्पmत रावणको बहु आयमिक व्यक्तित्व, उसले गरेका कामहरू,उसले निर्माण गर्न चाहेको समाज अदिमा समीक्षकीय टिप्पणी यहाँ प्रस्तुत गर्न चाहान्छु । खनाल रेवतीरवणले यो उपन्यास सिर्जना गर्न धेरै अध्यन अनुसन्धान गरेको देखिन्छ ।आख्यान खण्डमा समावेश नगरेका धेरै कुराहरू परिशिष्ट खण्डमा तुलनात्मक रूपमा प्रस्तुत गरेका छन् ।
उपन्यासमा द्वन्द्व ÷युद्ध– युद्ध देवता, ऋषिमुनिहरू र राक्षसहरू बीच बारंबार चलिरहेको हुन्थ्यो । यस उपन्यासमा पनि द्वन्द्वले ठूलो हिस्सा ओगटेको छ । राक्षसराज सुमालीको वनविहारबाट थालनी गरिएको यस उपन्यासमा आर्य समाज र राक्षस समाज बीचमा विवाह सम्वन्ध जोडिएको छ ।  विश्रवाकी पत्नी वितेकी हुन्छिन् । कैकसीकोे विश्रवासँग विवाहको योजना परिवारबाट बनाइन्छ । यो विवाह सफल हुन्छ । कुवेरको बाबासँग भेट्न आउनु र कैकसीले खाना खान बोलाउँदा नजानु नै द्वन्द्व थालनीको सुरुहुन्छ । उता, ऋषि समाद्धिस्त हुनु यता रावणले जन्मलिनु । बच्चा बढ्दै जानु बाबुको न्यानो माया नपाउनु, उछि«ङ्खल बन्नु, ऋषिपुत्र र रावण बीच बादविवाद चलिरहनु, रावणले अन्याय अत्याचार नसहनु, । शुक्रचार्यका पुत्रले रावणको भाई बहिनीलाई मन्दिर प्रवेश गर्न रोक लगाउनु असह्य वातावरण भएपछि  देव ऋषि पुत्र र रावण बीच अस्त्र उठाउने हदमा पुग्दा विश्रवाले रावणलाई आमाको नाम समेत जोडेर आश्रमको आचार संहिता भङ्ग गरेकामा रावण उत्तेजित भएर "मेरो गल्ती भनेको अन्याय र अत्याचार सहन सक्दिन" भन्दै दुई भाइलाई लिएर तपस्या गर्न जाने निर्णय लिनु विश्रवाले आश्रमको सीमामा नटेक्नु जस्ता प्रतिबन्ध लगाउनु र रावणलाई ऋषि परम्पराबाट च्यूत गरिन्छ ।  यो द्वन्द्वले उसलाई ब्रह्माको तपस्या गर्न र शिवको तपस्या गर्न बाध्य बनायो र तपस्याबाट रावण निकै शक्तिशाली बन्यो । संघर्षकै रुपमा ऊ दण्ड धारणको अधिकार ब्रह्माबाट प्राप्त गर्छ ।  यो उपन्यासमा द्वन्द्वले भरिएका थुप्रै घटना समावेश गरिएका छन् । द्वन्द्व किन हुन्छ या द्वन्द्वका कारण के के हुन् त भन्ने कुरामा यस उपन्यासले राम्रोसँग प्रष्ट पारेको छ । रावण चाहान्छ–"सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामय सर्वे भद्राणि पस्यन्तु मा कश्चिद दुःख भाग्भवेत्" यसै परिकल्पनामा उस्ले रक्ष संस्ंकृतिको स्थापना गर्छ । यस उपन्यासमा रावणले वर्णव्यवस्थाका कुराहरू विश्रवासँग प्रष्ट गरेको छ । अर्थात उपन्यासले वर्णव्यवस्थाको वारेमा सुन्दर चित्रण गरेको छ । रावणको मुखबाट उपन्यासकारले श्रमलाई पूजाको रूपमा ग्रहण गर्नुपर्छ भन्ने संदेश दिएका छन् । रावणले प्रतिपादित रक्ष संस्कृतमा कुनै शू्रद्र छैनन् जातीय विभेदमा पर्ने जो कोही पनि दण्डित हुने कुरा, धर्ममा विभेद नहुने कुरा, समाताका कुरा यी सबमा जो कोही विभेद गर्छ भने त्यहाँ द्वन्द्व हुन्छ भन्ने धारणा उपन्यासले प्रष्ट्याएको छ ।
 रामले पनि शान्ति निर्माण गर्न भनि धेरै दानव÷दैत्यहरू मार्नु, शूर्पणखाको कारणले रावणसँग गर्न परेको युद्ध र रावणले रामको हातबाट भोग्न परेको मृत्युवरण आदिलाई उपन्यासे विस्तृत वर्णन गरेको छ  साथै रामले पृथ्वीको भारहर्न भनी भारदिने दानवसँग द्वन्द्व तथा युद्धलाई उपन्यासले सविस्तार वर्णन गरेको छ ।
 दार्शनिक अभिव्यक्ति–यस उपन्यासमा उपन्यासकारले दर्शन सम्बन्धी थुपै्र अभिव्यक्ति पस्केका छन् । रावणले विश्रवासँगको धार्मि तथा वैचारिक छलफलमा विश्रवाले रावणलाई भनेको अभिव्यक्तिलाई रावणले पितालाई अवगत यसरी गराएका छन् –" कुलको हितार्थ एकको त्याग गर्नु,गाउँको हितार्थ कुलको त्याग गर्नु, देशको हितार्थ गाउँको त्याग गर्नु र आत्म कल्याण हुन्छ भने  पृथ्वी नै त्याग गर्नु ।"
पुलस्य र विश्रवाले रावणलाई थुप्रै आध्यात्मिक दर्शनको बारेमा अवगत गराएको कुराहरू उपन्यासमा आएका छन् । जीवन जगतका कुराहरू,दैविक, दैहिक र भौतिक तापहरू, यी सबै तापबाट मुक्ति प्राप्त गर्न इहलीला समाप्त हुनु पर्ने, मोक्ष प्राप्तिको लागि दुरराग्रहबाट माथि उठ्न पर्ने आदि थुप्रै आध्यात्मिक सन्देशहरू उपन्यासमा प्रष्टिएका छन् ।
रक्ष , यक्ष संस्कृति र उपन्यास – यस उपन्यासमा रक्ष र यक्ष संस्कृतिमा भिन्नता दर्शाइएको छ ।  रावणले रक्ष संस्कृति अपनाएको छ र अरू देवी देवताले, यक्ष संस्कृतिको अवलम्वन गरेका छन् ।रक्ष  संस्कृतिको मूलमन्त्र 'वयं रक्षाम' हो यसको सही अर्थ हामी रक्षा गर्छौ ।रावणले यस संस्कृतिलाई सबै लोकमा फःैलायो जस्ले यसलाई पालन गर्दैन ऊ सँग रावण युद्ध गरेर जितेर छाड्यो । ऋषि, देवताहरूले पालन गर्ने संस्कृतिक भनेको वयम् यक्षाम संस्कृति हो यसको को अर्थ हुन्छ – हामी भोग गछौं । रावण र देवता बीचको लडाइको मुख्यकारण पनि यही संस्कृतिको भिन्नता हो भन्न सकिन्छ ।
प्राकृतिक सम्पदाको वर्णन – उपन्यास अध्ययनगर्दा कृतिकार प्राकृतिक सम्पदाको धेरै माया गर्ने खालका रहेछन् भन्ने कुरा देखिन्छ । उनकोे प्राकृतिक वर्णन मोह लोभ लाग्दो छ ।  प्राकृतिक वर्णन शीर्ष शीर्षकमा गरिएको छ जस्ले गर्दा उपन्यास रसिलो र पठन योग्य देखिन्छ ।
उपन्यास र रस – लेखनलाई आकर्षक बनाउनको लागि रस छन्द र अलङ्कारको महत्वपूण  स्थान हुन्छ। लेख रचना तथा उपन्यास आदि पढ्दा आनन्द आउने खालको हुनुपर्छ । खनालजीको यो उपन्यासमा एघार रसले स्थान लिएको छ भन्न सकिन्छ । यो कृति अध्ययन गर्दा कतै श्रृङ्गार रस,कतै रौद्र, कतै उत्साह( वीर रस)कतै वीभत्स,कतै हास्य,कतै करुण, कतै अद्भूत, कतै भयानक, कतै शान्त रस, वात्सल्य रस कतै भक्ति रस, पाइन्छन् । थुप्रै युद्धहरू भएका छन् । मानिस मारिएका छन् ।प्रेममा आशक्त देखिन्छ् । कतै उपन्यास पढ्दा आँसु झर्दछन् आदि आदि । यसरी उपन्यास पढ्दा विविध अनुभूतिहरू प्राप्त हुन आउँछन् ।
रावण र रामबीचको युद्ध– यस उपन्यासमा खास के कारणले राम र रावण बीच युद्ध भयो त भन्दा रावणले सीता हरण गरेकोले भएको देखिन्छ । लक्षमणले शूर्पणखाको नाम काटेर पठाएपछि कैकसी र शूर्पणखााको दवावले गर्दा रामसँग युद्ध गर्न नचाहेर पनि विवस भएर लड्न परेको विवसता उपन्यासमा दर्शाइएको छ । कतै कतै भन्ने गरेको सुनिन्छ कि सीताको कारणले रामायणको युद्ध भयो र द्रौपतिको कारणले महाभारतको युद्ध । सीता भन्दा पनि युद्धको कारणमा लक्ष्मणले शूर्पणाको नाक काट्नु हो भन्न सकिन्छ । उपन्यासकारको यहाँ लेखाई अनुसार हेर्दा राम र रावणको युद्धको कारक शूर्पणखा र कैकसी हुन् भन्न सकिने घटना कर्मले पनि दर्शाउँछ । रावणले शूर्पणखा र कैकसीसँग दुर्दिनको बाटो अवलम्वन नगरौं, राक्षसहरू मासिने काम नगर्नको लागि कैकसीसँग आग्रह गर्दछन् । यस सम्बन्धमा उपन्यासकारको धरणा यसरी आएको छ–"अत ः सीताहरणदेखि राम–रावण युद्धसम्मको बीज कारण नै शूर्पणखाको नाक काटिनु हो ।" यथार्थतामा विश्लेषण गर्दा लेखकको धारणा सत्य लाग्दछ ।
रावणायन र राष्ट्रप्रेम– रामयण तथा रावणायन अध्ययनले मातृभक्ति, पितृभक्ति राष्ट्रप्रेममा अगाध श्रद्धा जगाउँछ र्। रावणकै पितृभक्ति र रामको पितृभक्ति एउटा उदाहरणीय नमुना हो। राष्ट्रप्रति समर्पित भाव पनि राम र रावणको दुवैको अतुलनीय देखिन्छ ।
नारीवादी चिन्तन – उपन्यासले नारीको अस्त्तिवलाई दर्शाएको छ । सती प्रथा, अपहरित महिलालाई पनि अस्तित्व तथा सतित्वलाई बचाउने धारणा आएका छन्  इन्द्रद्युम्नले हेमालाई अपहरण गरे पनि सतित्व नलुटेको र रावणले सीतालाई हरण गरे पनि छोरीको रूपमा संरक्षण दिएका उदाहरण उपन्यासमा आएका छन् । 'जुनकुलमा स्त्री प्रसन्न रहन्छन् र त्यो कुल सदैव समृद्धि रहन्छ । स्त्री शक्तिस्वरूपा हुन् । जीवनका सर्जक हुन् । यस धर्तीमा सबै पुरुष एकैचोटी मारिए पनि समाज ज्यूँदै रहन्छ कारण स्त्रीको गर्भमा कोही न कोही पुरुष बच्चा हुर्कदै गरेको हुनेछ । परन्तु यखि सम्पस्र्ण स्त्री मासिए भने,यो धर्तीबाट मानव जीवन नै नष्ट हुने छ ।' यी कथन हुन् रावणका । रावणले नारीप्रति देखाएको महत्वपूर्ण आदरभाव नै नारीवादी चिन्तन हो ।
श्राप र वरदान– रावणायनको समयमा देवतादेखि ऋषिमुनी समेतमा प्रशन्न भए वरदान र रिसउठे श्राप दिने चलन भएको देखिन्छ ।
सीताको जन्म तथा मातापिताको जानकारी –उपन्यासकारले सीतालाई रावणकी छोरी हुन् भनी प्रष्ट पारेका छन् । अरुतर्क भन्दा यो तर्क बलियो र भरपर्दो देखिन्छ । रावणले पनि सीतालाई आफ्नै छोरी भनेको छ र मर्ने वेलामा पनि सीता मेरी छोरी हुन् भनेको छ । बाल्मीकि रामायणमा राजा भूमियज्ञ लगाएर हलोजोतेमात्र खडेरीको समस्या समाधान हुने भनेपछि जनकले यज्ञगरी हलो जोत्दा हलोको सियोमा सुनको कलस मिल्यो, खोलेर हेर्दा एउटी सुन्दर शिशुकन्या प्राप्त भएको र राजा जनकले पालेको तर्क आएको छ । तुलसीकृत रामायणमा रावण वनविहारमा जाँदा, कमलोत्पन्न एउटी कन्या भेट्नु दरवारमा ल्याउनु, ज्योतिषीसँग परामर्स गर्नु, दरबारमा राखे रावण मर्ने जानकारी पायो, कन्यालाई समुद्रमा फालिदियो, समुद्रले पृथ्वीमातालाई कन्या हस्तान्तरण गर्नु, पृथ्वीमाताले कन्या रानी सुनयनालाई दिनुभयो र तिनै कन्याको नाम सीता रह्यो । विभिन्न लेखकले सीता जन्मको बारेमा विभिन्न तरिकाले प्रस्तुत गरेका छन् । कसैले अयोनिजा सन्तानको रूपमा प्रस्तुत गरेका छन् । कतै कतै रावणले ऋषिको रगत जम्मा गरेर ,त्यही रगतको नतिजा सीता हुन् भन्ने पाइन्छ । त्यसो हुँदा सीता कसकी छोरी हुन् भन्ने एकरूपता देखिदैन ।
पात्र चयन – उपन्यासलाई प्रभावकारी बनाउनको लागि पात्रको गहन भूमिका हुन्छ । केही कृतिहरूमा रामलाई सत्यसँग जोडिएको छ भने रावणलाई असत्यमा लगेर जोडियो ।  रामलाई नायकको रूपमा लिइयो । रावणलाई खलनायकको रूपमा दर्शाइएको छ तर यस उपन्यासले रावणलाई नायकको रुपमा लिएको छ । रावण नायकको रूपमा दर्शाउनको लागि उसमा भएका धीरोदात्त गुणहरूलाई लेखकले केलाएका छन् सपुष्ट प्रमाणहरू दर्शाएका छन् । उपन्यासकारले रावणलाई ब्रह्मज्ञानी, उद्भट राजनीतिज्ञ, कुशल सेनापति, पराक्रमीयोद्धा, बास्तुकलाको मर्मज्ञ, बहुविधाको जानकार, तत्वज्ञानी, बलशाली, वैज्ञानिक, इन्द्रजाल,तन्त्रविद्या, जादुविद्या आदि जानेका उच्चकुलिन ब्राह्मण, शक्तिपूजक, स्वाभी मानी तथा पराक्रमी, वौद्धिकसम्पदाको संरक्षक,आदि आदिमा सुसम्पन्न भएको रावण यस उपन्यासको नायकको रूपमा खडा बनाइएको छ । स्वयम रामले पनि उसलाई महापण्डितमा वरण गरी रामेश्वरमा शिवलिङ्ग स्थापना गर्नको लागि आमन्त्रण गर्नु र रावण रामको पुरोहितको रूपमा रामेश्वर जानु । अर्धाङ्गिनी नभएमा यज्ञपुरा हुँदैन भन्दै सीतालाई लङ्बाट झिकाई यज्ञ पुरागराई सीतालाई लङ्का पठाएको कुरा यहाँ प्रस्तुत गरिएको छ । रामले धार्मिक अनुष्ठानमा आएको महापण्डित रावणको चरण स्पर्श गर्नु र रावणले पनि रामलाई विजय एवम् चिरञ्जीवी भव भन्दै आशीर्वाद दिनु, । परिशिष्ठ खण्डमा उपन्यासकारले धेरै कुरालाई तर्कयुक्त धारणा राख्दै  रावणलाई भगवान मान्दै बनाइएका मन्दिरमा श्रीलङ्काको कोनसवरम मन्दिर ,विसरखस्थित रावण मन्दिर, मध्यप्रदेशको रावणग्राम रावण मन्दिर, जोधपुर, राजस्थानस्थित रावण मन्दिर, कानपुर स्थित दशानन रावण मन्दिर,रुण्डी मध्यप्रदेशको रावण मन्दिर वैद्यनाथ मन्दिर हिमान्चल प्रदेश, काकी नाडा आन्ध्रप्रदेशको रावण मन्दिर, कर्नाटकको रावण मन्दिर र अमरावतीको रावण मन्दिरमा कुनै न कुनै रुपमा रावणको पूजा गरेको वर्णन दिइएको छ ।  यसरी केलाएर हेर्दा सबै गुणलेयुक्त, रावणलाई उपन्यासको नायकत्वको स्थान दिनु स्वभाविकै देखिन्छ । उपन्यासको शीर्षकी करण पनि जायज नै देखिन्छ । यस उपन्यासमा शूर्पणखाको नाक काटिएपछि देखिएका भगवान रामचन्द्रको भूमिका पनि यस कृतिमा गहन देखिन्छ । रावणले सीतालाई हरण गरेर लङ्का ल्याएपछि रामले लङ्का आइ रावणलाई मारी विभीषणलाई राजाबनाइ अयोध्या फकिन्छन् । यी दुई अद्वितीय पात्रबाहेक यस कृतिमा थुप्रै पात्रहरू समावेश गरिएका छन् । सरमाली कृसुमती, प्रहस्त, कैकसी,विश्रवा, नारद, कुवेर, पुलस्य,कर्मद, हविर्भू ,अगस्त, शिवजी, ब्रह्मा, वेदवती, कुशध्वज, मालावती, धनेशवर, कृतवीर्यपुत्र, सहस्राजुन, भृगु, परशुराम, भद्रा, नल, मणिभद्र, मन्दोदरी, मय, मकर, हेमा, इन्द्रद्युम्न, माल्यवान, दुन्दुभी, विशालाक्षी,धन्यमालिनी, प्रवन्ध, भारद्वाज, देववर्णिनी, हेती, प्रहेती, मया, विद्युत्केश, सालकष्ट, सुकेह, देववती, मान्धाता, वरुण, शशी, मधुनाभ कुभिन्सी, ताडका, सुकेतु सुन्दड, सुवाहु, मारिच, अगत्स्य, विश्वामित्र, वाण,कुशीध्वज, उर्मिला, माण्डवी, श्रुतकीर्ति, भरत, शत्रुध्न, पुलोमा, सची गाधिराज, शुब, शारण , त्रिशिरा, जावली, खर, दुषण, त्रिजटा, शवरी, मतङ्ग, वाली, सुग्रीव, हनुमान, तारा, अङ्गद, नील, जाम्वन्त ,सम्पाती, सुपाश्व, सुरसा, अनल, पवन, प्रभाती, नरान्तक, द्विविद, शुषेण,, सुलोचना, नल, मातली, अरिमर्दन, प्रशुराम, चन्द्रकेतु कुश, तरणी, धन्यमालिनी आदि पात्रहरू यस उपन्यासमा सहभागी भएका छन् । यसमा भएका प्रात्रहरू प्राय सकृय छन् । सुग्रीव, हनुमान, अरिमर्दन, विभीषण, लक्ष्मण, मेघनाद, पुलस्य, लगायतले यस उपन्यासमा धेरै भूमिका निभाएका छन् ।    
रावणलाई मारेर देवत्व प्राप्त गरेका रामको बारेमा परिशिष्ट खण्डमा उपन्यासकारले रामले शूर्पणखालाई लक्ष्मण अविवाहित छ भन्ने झुट बोलेको र शूर्पणखाको नाक काट्न नरोकेको, सीताको अग्नि परीक्षा र गर्भवती सीतालाई वनमा लगेर छाडेको कुरा, बाली मारेका कुराहरूले रामको छवीमा केही ह्रास आएको कुरा उठाएका छन् । संसारमा पूर्णता कहीं पनि र कोही पनि हुँदैनन् । राम भगवानको अवतार हो भनेर हामीले मान्दै आएका छौं र उनी यस संसारमा पापीहरूको पापले भार भएकोले भारहरण गर्न आएका हुँदा कस्तो किसिमको पापीलाई कस्तो किसिमको सजाएँ कसरी दिने भनेर पनि होला यस्ता कर्महरू भएका ।
 निस्कर्ष – यो उपन्यास राम र रावणका बारेमा लेखिएका बाल्मीकि, तुलसीकृत, भानुभक्तीय रामायण तथा विविध किसिमको रामायण तथा रावणका बारेमा लेखिएका काव्य महाकाव्यलाई अध्ययन र अनुसन्धानको आधारमा उपन्यासकारले यो कृतिको सिर्जना गरेका हुन् भन्ने काम त माथि नै आइसकेको छ । यसमा स्वयम् उपन्यासकारले पनि कसैले लेखि सकेको सबैले पढी सकेको तर पुर्नलेखन गरेको कुरा स्वीकारेका छन् । रावणायन उपन्यासले सुमालीको वनविहारबाट थालनी गराइ अरिमर्दनको सत्तारोहण गराएरमात्र समाप्त हुन्छ । यस उपन्यास त्रेता युगका रावण र रामबीचको विषयमा आधारि।त रहेर लेखिएको एउटा रक्ष संस्कृति र यक्ष संस्कृतिक वीचको विभेदबाट निम्त्यिएको युद्धलाई समेटेको छ । भनिन्छ पौराणिक कथाहरू सबै मिथिक हुन्  । राम र रावणको युद्ध सत्य र असत्य बीचको लडाई हो पनि भनिन्छ ।जे होस् उपन्यासकारले यस विषयमा गहिरो अध्यन–अनुसन्धान गरेका छन् । हिजो लेखिएका कुराहरूमा सुनमा कसी लगाए झै कसी लगाएका छन् र वैज्ञानिक आधारमा ठिक वेठिक छुट्ट्याएका छन । त्यसैले यो कृति अनुकरणीय र पठन योग्य वनेको छ भन्दै खनाल रेवतीरमणलाई बधाई दिदै विदा चाहान्छु ।

July 1, 2023

बैधानिक विवाह


सदानन्द अभागी
आजको समय भनेको वैज्ञानिक युग हो । यस युगमा राम्रा नराम्र सबै किसिमका काम हुन्छन् । मानिसको आहारमा पनि हिजो र आजमा फरक छ ।मानिसले खाद्य अखाद्य सबै चीज ग्रहण गर्दछन् । जस्ले सन्तुलित खाना खान्छ । त्यो मानिसको शारीरिक बृद्धि पनि चाँडै चाँडै हुन्छ । । उसका सबै अङ्ग–प्रत्यङ्ग चाँडै बृद्धि हुन्छन् । ती अङ्ग–प्रत्यङ्गले आफ्ना आफ्ना कामकोे थालनी गर्छन् । यसैक्रम अनुसार एक जना १६ वर्षे युवती र एक जना १८ वर्षे युवक क्षिमेकीको रूपमा बसोबास गर्दथे सँगै सँगै पढ्न जान्थ्ये युवतीको खानदान मध्य वर्गीय भएता पनि युवकको तुलनामा आर्थिक अवस्था कमजोर थियो  ।
प्रेमले न त धन खोज्छ न त जातभात नै । यसले खोज्ने भनेको मिलन नै हो । मानव भोकमा जति तडपीत हुन्छ त्यति नै तडपीत जैविक भोकमा हुन्छ । चञ्चले अवस्थाको भोकले दुबै तडपिन थाले । घरमा भन्न दुबैले सक्दैनथे तर दुबै मिलनको लागि भने आतुर थिए । यसै सिलसिलामा दुबैले घर छाड्ने बिचार पलायो । दुबैले केही दिन दार्जिलिङ भ्रमण गर्ने र आफ् ना इच्छालाई पूर्ति गर्ने निधो लिए । एका विहानै घरकाले थाहै नपाउने तरिकाले घरबाट अलप भए । ओल्ला घरले पल्ला घरेसँग सोधनी गर्दा दुबै घरकालाई थाहा लाग्यो कि दुबै जना घरमा छैनन् ।
 खोज तलास सुरु भयो । खवर यत्रतत्र छरियो । दार्जिलिङमा लिएर गएको धनले पनि विदा माग्यो । उनी दुबै अर्थ अभावले घर फर्कन बाध्य भए । दुबै आफ्नो आफ्नो तरिकाले समय मिलाएर घर प्रवेश गरे । केटी तर्फकालाई    मनमा निकै तर्कना खेःल्न थाल्यो । अवत कन्या कन्यामा रहिनन् । विवाह गरिदिने भने पनि कानुनले दिँदैन । गर्भवती भए के गर्ने ? आदि शंका उपशंकाले जरो गाडो । बाबुले यस कठिन घडीमा केटीलाई केही अझै घरभित्रै लुकाएर राखे  र केही दिनपछि मामा घरबाट आएको बाहना बनाइयो । गाउँमा गाइँगुई हल्ला चल्यो । तर त्यसले वैधानिकता पाएन । दुबैको जैविक  आवश्यक्तालाई सरकारी कानुनले तगारो तेस्र्यायो । विवशताका शिकार बनेका दुबै उमेरको पर्खाइमा थिए । केही समयपछि केटाका घरपरिवार गरिबीको मारमा परि त्यहाँबाट हिड्न विवश भए ।
  आज केटीको आगनमा बाजा बजिरहेका छन् । नयाँ दुलहाको आगमन भएको छ । नेपालका कानुनले विवाहलाई स्वीकृत गरेको छ । पूर्वप्रेमीले यो खवरलाई सुनेपछि आफ्नो गरिबी, युवायुवतीको जैविक आवस्यतालाई मिचेर बनाएको नेपालको कानुन, कानुनको पालना गर्न नसकी विवशतामा गरिएको विवाहमा रोकिएको विवाह दर्ता, भावी जीवनको मार्गचित्र आदि  आदि सोचलाई मनमा खेलाउँदै  उसको मुखबाट निस्कन्छ –धन्य हो यो प्रेम ! धन्य हो आवश्यक्तालाई नबुझी बनाइएको कानुन ।
 (यो काल्पनिक कथा हो, कसैलाई तोकेर लेखेको होइन)
धन्यवाद
कावासोती, २०७९ साल चैत्र १ गते

ईसुफदीन मिया पालपालीलाई श्रद्धाञ्जली

सदानन्द अभागी
त्रिवेणी साहित्य प्रतियठान, गैडाकोट–५ ले ३४ सौं वार्षिकोत्सव तथा साधारण सभा सुसम्पन्न यही अषाढ १५ गते गरेको थियो । उक्त साधारण सभामा  बुनु लामी छाने, माधव चालिसे, सुवर्ण कुमार प्रधान र सदानन्द अभागी लाई अभिनन्दन गरिएको थियो ।
युसुफदीन मिया पाल्पाली बहरमा गजल लेख्ने एउटा सशक्त गजलकार थिए । उनको गजलका ६ओटा कृति प्रकाशनमा आएक छन् । यी गजलको बमरेमा "पाल्पालीका गजलमा दृष्टि" नामकरण गरी एउटा समालोचनासङ्ग्रह लेखेको र त्रिवेणी साहित्य प्रतिष्ठानले प्रकाशन गरेको थियो । युसुफदीन पाल्पालीले स्थापना गरेको 'युसुफदीन – हलिमा पुरस्कार 'प्राप्त गर्दा मैले युसुफखीन प्रति समर्पण गरेको श्रद्धाञ्जली' ।

 भावपूर्ण श्रद्धाञ्जली तिमी पाल्पालीलाई
षष्टामृत चढाउँछु तिमी पाल्पालीलाई

प्रथम अमृत प्याला 'पाल्पालीका गजल'
प्रेमप्याला भरीभराऊ साथै  गंगाजल

प्रेमको गीता हो यो श्रवण मन मुग्ध
 राष्ट्रियताको ध्वनीले बन्छ कर्ण शुद्ध

 तिमी पनि प्राणी हौ हुन्छ 'मनको व्यथा'
 सबै जाति सबै धर्म लेख्यौ आदरको कथा

एक बहर एक गजल लैख्यौ १०१ गजल
बहरको विरुवालाई  थप्यौ धेरै मलजल

प्रेमको सागर बनाई लहरमा पौडेऊ
राष्ट्रियता मात्र नभै ईश आस्था भरेऊ

गवललाई उज्यल्याउन 'रोशनी' छरेऊ
समभाव, समरीति साथै मानवता भरेऊ

लेख्दै जाँदा फेला पारेऊ 'मुतकारिब दिवान'
सबै कर्म  अघि लाँदै प्रेम छरेऊ महान

तिम्रो प्रेम अति गाढा धोए धोइदैन
तिमी भन्थ्यौ 'दिल दुखाउने प्रेम चाहिदैन '  

हेर प्रेमको परिभाषा गजलमा छरेयौ
धर्मका कुरा गर्दा गाउँँ नै गया देख्यौ

हाजी जनाव युसुफदीनको छैटौं कृति
'नवीको महिमा' भयो उनको सुकृति

झट्ट हेर्दा उच्च तन गोरो थियो वदन
सरल थियो व्यवहार र दृढ थियो मन

समाजमा अग्रगति संस्था आवद्धता
नेपाली मियामा बनौ गजल महानता

 अन्तिममा पुन मैले श्रद्धासुमन भन्छु
स्वर्ग लोकको बसोबास सुखमय ठान्छु
 धन्यवाद
असार १५ गते ।

June 22, 2023

डोलेश्वर महादेवदेखि गंगासारसम्म

सदानन्द अभागी
सुन्दरप्रसाद जोशी 'वादल', साहित्यिक क्षेत्रको एउटा क्रियाशील साहित्यिक नाम हो । २००३ साल मंसिर १५ गते पर्वत कुश्मामा पिता स्व. श्यामप्रसाद जोशी र माता स्व. चिनकुमारी जोशीका पुुत्र रत्नको रूपमा जन्म लिई यस संसारमा आफ्नो दायित्वलाई पुरा गर्दै "२००७ साल कुश्माका प्रजातान्त्रिक योद्धाहरू"(२०७१) कृतिबाट कृतिकारको रूपमा परिचित जोशीका विभिन्न पत्रपत्रिकामा आफ्ना साहित्यिक सिर्जनाले सिङ्गार्दै सात कृतिले नेपाली साहित्यको भन्डारलाई प्रवलता प्रदान गरेका छन् । उनका विविधताले सजिएका साहित्यिक कृतिले कवि, कथाकार,निवन्धकार, हाइकुकारको रूपमा चिनाए पनि कृति प्रकाशनलाई हेर्दा उहाँ यात्रास्मरण( नियात्राकार)को रूपमा अग्रणी देखिनु हुन्छ ।
आज म सुन्दरप्रसाद जोशीजीको श्री डोलेश्वर महादेवदेखि गंगासागरसम्म (यात्रासंस्मरण)को अध्ययनमा जुटेको छु । यस कृतिमा १२ ओटा लेखहरू सजाइएका छन् । यी लेखको भावसारलाई पस्कने अनुमति चाहान्छु । श्री डोलेश्वर महादेव मन्दिर, भक्तपुर जिल्ला सूर्य विनायक न.पा. सिपाडोलमा स्थित छ । यस मन्दिरमा सुरेन्द्रकुमार जोशीका सपरिवारहरू दर्शनको लागि गएको र उक्त मन्दिरमा बनेका संरचना र गुरुयोजनाले सुरेन्द्रकुमार जोशीलाई प्रभावपारी आफ्ना पुर्खा भाजुविर जोशीको नाममा धर्मशाला निर्माण गर्ने भावना पलायर आउनु र आफ्नो दाजुभाइलाई यस सम्बन्धमा धारणा राख्दा सुन्दरप्रसाद जोशी लगायतले हौसला थप्दै २०७४ साल फागुन १ गते निर्माण कार्य थालनी गरि २०७७ साल फाल्गुण १५ गते शिवरात्रीका दिन संस्कृतिविद ्शतावदीपुरुष सत्यमोहन जोशीज्यूले तीर्थयात्रीहरूलाई सुविधाजनक  विश्राम गर्न आवश्यक बिछ्यौना,खाट, पलङ व्लाङ्केट,स्नान गृह्य,शौचालय,समेतको १०÷१० कोठाको धर्मशाला जो ५६,००,०००मा निर्माण भएको थियोलाई उद्घाटन र सुन्दरजी द्वारा लेखिएको "नफर्काएको नाशो " कथा सङ्ग्रहलाई विमोचन गरिएको थियो ।  
 यस लेखमा श्री डोलेश्वर महादेव मन्दिरको निर्माण द्वापरको अन्त्यतिर भएको धारणा र यो धर्मशालाको निर्माण भाजुवीरका काठमाडौ, कुश्मा, बुटवल, वालिङ, चितवनमा बसोबास गरेका १३ जनाको योगदान रहेको  लगायत थुप्रै विवरण समावेश गरिएका छन् ।
खानेपानीको अध्ययन भ्रमण , तिब्बतको खासामा किनमेल–यस लेखमा जापानी रेडक्रसको आर्थिक सहयोगमा दोलखा र सिन्धुपाल्चोक जिल्लामा निर्माण गरिएका जुनियर खाने पानीको अवलोकन भ्रमण गर्न पर्वत जिल्ला रेडक्रस अन्तरगतका श्री माटोदेवल जनसहयोगी मा.वि. र श्री जनक मा.वि. थुम ज्ञादीका जुनियर विद्यार्थी,शिक्षक, अभिभावक गएको विवरण यसमा समावेश गरिएको छ ।  दोलखाका विद्यार्थीले स्वागत गान र नृत्यपछि , सहभागी विद्यार्थी बीच हाजिरी जवाफ प्रतियोगिता गरिनु, राज कुलेश्वर नि.मा.वि.मा निर्माण गरिएका खानेपानीको जानकारी पाउनु, सरसफाईमा सहभागी हुनु, भिमसेन मन्दिर, कालिका मन्दिर र त्रिपुरासुन्दरी मन्दिरमा दर्शन तथा पूजा गर्नु, चाइनामा भोटेकोशी नाम भएको नदीलाई नेपाल प्रवेशपछि तामाकोशीको नामले बोलाइनु, दोलखा शाखाले धामी समूहमा तयार पारेको कार्यक्रम अवलोकन,सिन्धुपालचोक,जिल्ला अन्तरगत तातो पानी पुग्नु, तातो पानीमा स्नान गर्नु, तातो पानी नि.मा.विमा भएको कार्यक्रम अवलोकन गर्नु, कोदारी मा.वि चौकीडाँडा मा पुग्नु, त्यहाँका विद्यार्थीले भोटे पोसाकको पहिरनमा मातृभाषा(तामाङ)मा गीत र स्वागत नृत्य प्रदर्शन गर्नु,, मितेरी पुल पुग्नु र खासा बजारमा मालसमान किन्न लाग्नु आदि विस्तृत वर्णन यस लेखमा आएको छ । खासामा ध्यान दिनु पर्ने  कुरा त्यहाँका वेपारीले ग्राहकलाई जब्बरजस्ती माल समान किन्न लगाउने हुँदा सावधानी अपनाउनु पर्ने विवरण सहित सहभागीहरू आफ्नो आफ्नो गन्त्व्यतिर लागेको विस्तृत विवरण यहाँ प्रस्तुत गरिएको छ ।
स्वेत बस्त्र भ्रम निवारण – यस लेखले म्याग्दीमा शिक्षकको रूपमा काम गर्दा मन्त्री र प्रशासनको कुदृष्टिको हेर।इले गर्दा म्याग्दीमा काम गर्न असहज भै शिक्षा निर्देशनालयमा काजमा काम गर्दा स्वेत बस्त्रधारी २० । २५ महिला लामबद्ध भई हिडेको देखी यती धेरै विधवा भन्ने मनमा तर्कना उठ्नु र यस विषयमा जानकारी लिने प्रयास गर्दा ब्रह्मकुमारी,ब्रह्मकुमार ओमशान्तिका साधकहरू सबैले सेतो रङ्ग शान्तिको प्रतीक पहिरन गर्दा रहेछन् भन्ने जाकारी पाउनु र भ्रम निवारण हुनु । सुन्दरजीले यस केन्द्रमा गएर ब्रह्म कुमारी ईश्वरीय विश्वविद्यालयका स्थापन कर्ता, यसको धार्मि दर्शन आदिलाई समेटिएको छ । संक्रमित रोग अध्ययन, देवदर्शन स्मरण– यस लेखमा नियात्राकारको उदेश्य संक्रमक रोगको अध्ययन भ्रमणमा चेन्नई(मद्रास) ट्रिचीशहरमा रहेको पिपुल डेभलेपमेन्ट इन्टेटिभमा तीन दिनसम्म एच. आइ. भि. एड्स सम्बन्धि जनकारी लिने र आफ्नो जिल्लामा सञ्चालित कार्यक्रमको जानकारी दिने, ५ देह व्यपार केन्द्रमा व्यवहारिक अध्यन गर्नु, त्य अवसरमा पवित्र तीर्थस्थल कन्याकुमारीमा पुग्नु, आफ्ना लगाएका कपडा उतारी त्यहींकै कपडा पहिरेर, पूजापाठ गर्नु र स्वामी विवेका नन्दको मूर्ति समुद्रको माझमा स्थापना गरिएको देख्नु, हावाको कारणले गर्दा कुनै तीर्थयात्रीको १५००० रुपियाँ उडेका पाउँनु, कसले दावी नगर्नु यसपछि रामेश्वरधामतिर लाग्नु, रामेश्वर धाममा, नेपाली धर्मशालामा, आफ्ना झोलाहरू राख्नुको साथै ज्योतिलिङ्गको दर्शन, २५ कुण्डमा स्नान, लङ्का पार गर्ने पौराणिक पूलको अवलोकन,फर्कने क्रममा सुन्दरजी साथीहरूबाट हराउनु,निकै समस्यामा पर्नु, बडा प्रयत्नको साथमा साथी भेट्दै नेपाल फर्कनु, नेपाल फर्किएपछि कार्य समितिमा कार्यक्रमको अनुभव प्रस्तुत गरिएका विवरणहरू सविस्तार यसमा वर्णन गरिएका छन् ।
सहकारीमा संलग्नता , यात्रा अध्ययन भ्रमण –सुन्दरजीले २०१३चैत्र २० गते चितवनमा बखान ऋण सहकारी संस्स्थाका स्थापना सहित सहकारीको जनहीतकारी, कानुनी मान्यता, सहकारीका मूल्य मान्यता, सिद्धान्त अदिको लामको भूमिका सहित २० जनाको टोली पूवी नेपालका सहकारीको अध्ययन भ्रमणमा जानलागेको विवरण यहाँ प्रस्तुत गरिएको छ । टोलीले अध्ययनमा गरेका सहकारीहरू यस प्रकार छन १. गौरीशैकर बचत तथा ऋण सहकारी संस्था कास्की हेम्जा २.कामधेनु गाइपालन संस्था च्याङ्लिन फाँट गोर्खा एकल व्यक्तिको प्रयासमा ६७४ गाई पालन र  र ७०० लिटर दूध उत्पादन, दुहुन मेसिनको प्रयोग । ३. प्रभाथ सहकारी संस्था भरतपुर चितवन, यो संस्था महिलाहरूबाट सञ्चालित गरिएको, हाल सदस्य संख्या २७८५ रहेका र विविध अनुकरणीयकार्यहरू गरिएका , ४.साना किसान कृषि सहकारी संस्था खैरेनी नगर पालिका, चितवन, पशु विमा नविकरण लगायत विविध कार्यक्रम सञ्चालित ५.सगुन बचत तथा ऋण सहकारी संस्था हरिवन,सर्लाही , चारतले लिफ्ट भएको आफ्नै भवन, शेयर सदस्य ७२३१, एम्बुलेन्स सेवा सञ्चालन सहित विविध कार्यक्रमहरू सञ्चालन, ६.उप्रेती गाई पालन उद्योगको अवलोकन, ५० गाई पालन र ३०० लिटर लूध उत्पादन, ७. मनकामना बचत तथा ऋण सहकारी संस्था पथरी, शनिश्चरे, ८. ऋण सहकारी संस्था मोरङ, कुल शेय् सदस्य ४५४४जना,पेशा र व्यवसायमा ऋण लगानी, ९. कृषि अनुसन्धान केन्द्र तरहरा सुनसरी, विविध कृषि कार्यक्रम अवलोकन, १०. वालेन होमस्टे इलाममा बसी होमस्टे सञ्चालन कार्यक्रमको जानकारी,११.सेती महिला समूह, महिलाहरू २१०० सदस्यले शेयर लगानी गरी १०करोडको कारोबार भएको, १२.दार्जिलिङ भ्रमण, मिकिर पोखरी र पार्कको अवलोकन,स्व. श्री ५ विरेन्द्र सरकारले अध्ययन गरेको जोसेफ स्कुल, रेलवे लिग,केवल कार, रेलवे स्टेशन, रक गार्डेन,वौद्धस्तुपा, तञ्जिङ्सेर्पा स्मारक,गार्डेन, चिडिया खाना,हिमाल चढ्ने सामाग्रीहरूर म्युजियम अवलोकन,आदि स्थानमा अध्ययन अवलोकन,गरी फर्कदा, जानकी मन्दिर, दर्शन पूजापाठ, छठी पर्वको अवलोकन गरी कुश्मा फर्कने काम भएका लगायत थुप्रैकुराहरूको अध्ययन गर्दै सिक्ने काम भएकोछ ।
स्वर्गद्वारी दर्शन –यस नियात्रामा वेदवेदाङ्ग पाठशालाको आयोजनामा २०७६ कार्तिक ६ गते कुश्मा बाट यात्रा थालनी गरिन्छ ।पोखरामा विन्द्यावासिनी देवीको पूजा, पाठशालाको अवलोकन,चितवन क्षेत्रपुर स्थित लक्ष्मीनारायण्न आश्रममा वास, देवघाटमा देवस्थलहरूको दर्शन,गलेश्वर बाबा आश्रममा पूजा गर्नु,हरिहर मन्दिर महेश संस्कृत विद्यालय,सांसद मैयादेवी क्याम्पस,मैयादेवी धर्मशाला, राजा मणिमुकुन्दशेनले तयार पारेको चक्रशिला शिवालयको साथै गणेश, सूर्य, विष्णु, र देवीको मन्दिरहरुको भग्नावशेषको यहाँ निर्मित सबै मठमन्दिर आश्रम आदिको अवलोकन,विष्णुको वामन अवतार,गरी वलीसँग तीनपाउ जमिन माग्नु,देवदहको निर्माण, आदि चर्चा पनि यहाँ आएका छन् ।
चौधरी स्वास्वतधाम(मन्दिरहरू) को अवलोकनपछि त्रिवेणीधाम प्रस्थान । त्रिवेणी धाममा मुक्तिनारायण मन्दिर,गजेन्द्र मोक्ष धाम,नारायणी स्वर्णभद्रा र पूर्णभद्रा नदीको संगमस्थल(विेणीधाम)को अवलोकन, मुक्ति नाथ बाबाको चर्चा,आदिमा पूजा दर्शन र अवलोकन पछि लुम्विनी प्रस्थान। लुम्विनीमा मायदेवीको मन्दिर, बौद्ध स्तुपा,आदिको अवलोकन गर्दै बौद्धका मावली गाउँको अवलोक गर्दै स्वर्गद्वारी प्रस्थान गर्नु,। स्वर्गद्वारीमा चारै दिशामा पञ्चायन चार मन्दिर, एकसय आठहात गोलाई भएको  यज्ञशाला बाहिरबाट हेर्दा  नौ गजुर भएको ९ओटा मन्दिरजस्तो लाग्ने देवमन्दिर, गौशाला, गुफा, शिवालय, सिद्धस्थान आदिमा पूजा दर्शन र अवलोकनको वर्ण गरिएको छ । स्वर्गद्वारी यज्ञभूमिको रूपमा प्रख्यात,वेदव्यासले ठूलो यज्ञ गरेका, पञ्चपाण्डवले तपस्या गरेर स्वर्ग प्रस्थान गरेका, सत्य युगमा प्रजापति ब्रह्माले ठूलो यज्ञगरी शक्ति सञ्चयन गरी सृष्टि गरेका, साथै यसको संरक्षण र सम्बद्र्धनको  लागि स्वर्गद्वारी महाप्रभूले १०० विघा जमिन खरिद गरिदिनु भएको आदि सहित विविध विवरणले सजिएको छ यो यात्रा ।
मेरो रेडक्रस यात्रा –यो सुन्दरजीको रडक्रसको विभिन्न वहोदामा रहँदको लेख हो । यसमा सुन्दरजीले जाँ हेनरी ड्युना आष्ट्रिया,फ्रेन्च,र इटली बीच भएको युद्धमा४० हजार सेनाको मृत्यु भएको, हजारौं सेना घाइते भएका र उनको रेखदेख गर्ने कोही नभएको देख्दा, डयुना दुखित भै १८६२, नोभेम्वरमा सल्फे रिनोको युद्ध नामक पुस्तक लेख्नु, १८६३ मा जेनेभा अन्तराष्ट्रिय सम्मेलन गरिएको,र इन्टर नेशनल स्टाडिङ्गकमिटी गठन गर्नु, क्रमस यो रेडक्रसको नामाकरण भएर संसार व्यापी हुन गएको विवरण यस लेखमा आएको छ । नेपालमा  यस्तो सेवाको काम दयावीर कंसकारले थालनी गरेको र, २००३ मा नेपालमा हैजा फैलिनु मानिसहरू मर्न लागेको र रत्नकाजीलाई रक्तदान गरेर बचाउनु, रेडक्रसको स्थापनाको महसूस हुनु र तत्कालिन स्वास्थमन्त्री श्री नागेश्वरप्रसाद सिंहको अध्यक्षतामा बैठक बसी तत्कालीन  युवराज्ञी प्रिन्सेश शाहको अध्यक्षतामा तदर्थ समिति गठन भै आवस्यक व्यवस्था मिलाई प्रिन्सेश शाहकै अध्यक्ष्तामा २२ सदसीय कार्यसमिति गठनभै बैधानिक रुपमा नेपालका विभिन्न जिल्लामा रेडक्रस सोसाइटी स्थापना गर्र्नुु ,पर्वतमा पनि २०३० बटुक बहादुर गुरुङको अध्यक्षतामा तदर्थ समति गठन भै २०३४मा बागलुङ्ग जिल्लामा राष्ट्रिय महाधिवेशन भयो, पर्वतको लागि स्व.लक्ष्मीवम मल्लको अध्यक्षतामा वैधानिक समितिको गठन गर्नु यस पछि क्रमस २०३८ मा लोखनाथ  आचार्य , ४२ देखि २०५२ सम्म मथुरा कुमार जोशी,२०५१ देखि २०५४ सम्म काशी कुमारज्योशी अध्यक्ष,२०५५ देखि२०७१ सम्म सुन्दरप्रसाद जोशी अध्यक्ष रहेको र मथुरा कुमार जोशीको प्रथम कालमा सुन्दरजी सदस्य एवम् दोस्रो कालमा कोषादक्ष रहनुको साथै केन्द्रिय स्वास्थ समितिको सदस्य पश्चिमाञ्चल क्षेत्रीय समितिको उपाध्यक्ष  भएको विवरण यस लेखबाट जानकारी हुन्छ । सुन्दरजीले रेडक्रसमा हूँदा विविध कामहरु जिल्लाव्यापी सञ्चालन गर्नु विविध स्थानमा शैक्षिक तथा अनुगमन भ्रमण गर्नु भएको विवरण यसमा उल्ले गरिएको छ ।
 आफ्नै जीवनयात्रा – जीवन पनि एउटा यात्रानै हो ।  सुन्दरजीले यस लेखको शीर्षक आफ्नै जीवन यात्रा राख्नु भएको छ र उहाँको जीवन घटना कर्मलाई यस लेखले समेटेको छ । आफ्ना पूर्खाहरूको विवरणात्मक परिचय दिंदै भाजुवीर जोशी मुक्तिनाथ दर्शनपछि कुश्मलाई कर्म थलो बनाएको रयिनै भाजुवीरका खानदानमध्ये स्व. श्याम प्रसाद जोशी र स्व. चिनकुमारी जोशीका पुत्र रत्न हुन सुन्दर् प्रसाद जोशी । २००३ साल पुस १५ गते जन्मेका सुन्दरले साढे १ वर्षको  उमेरमै पिताको निधन भयो १६ वर्षको उमेरमा ९ कक्षामा अध्ययन गर्नु, र मेलेरिया रोगको रोगथाममा ४जनाको नेतृत्वगर्दै कामको थालनी गर्नु एक वर्षपछि पुन  चुवामा रहेको मंगलादयमा अध्यापन कार्यमा लाग्नु,२०२१, पौष देखि नारायन मिडिलमा शिक्षक,२०२३ ÷२÷२०, र.प.अ.नि.मा नियुक्त,२०२६ मा एस.एल.सी. परिक्षमा सम्मिलित, २०२७ सालमा स्थायी प्रमोशन२०३०÷६÷८मा जिल्ला शिक्षा कार्यालय पाल्पा सरुवा, सोही कार्यालयमा रा.प.अ.नं.प्रथम श्रेष्णीमा का.मु. मुकररभै सहायक जिल्ला शिक्षा अधिकारी हुनु, २०३३ ÷८÷२४मा म्याग्दी सरुवा,
मराङ नि.मा. वी.मा बसन्त सि.के.को नियुक्तिमा मन्त्री भीमप्रसाद गौचन र प्र.जि.अको कुदृष्टि पर्नु, काठमडौ पुगी, कुश्मामा सरुवा, वहाकी मा.वी.मा। रेडक्रसको ३ दिने कार्यक्रम, रातमा माओवादी कार्यकर्तासँग भेट,आफ्ना कुरा राखे, सुन्दरजीले सहयोग गर्न नसक्ने भन्नु,४ घण्टा कब्जामा पर्नु,,गुप्तेश्वर क्याम्पसको स्थापना,दाजु र आपूm मिली २६३०००।–चन्दा दिनु, बहुदलपक्षमा लाग्नु रा.पं.स. र जिल्ला सभापतिले अवकासको लागि सम्बन्धित निकायमा सिफारिस पठाउनु, सार्वजानिक मुद्दामा परि धरपकडमा पर्नु, २०४६ सालको कार्यक्रममा सकृय हुनु, एमालेको ९ महिने कार्यकालमा म्याग्दीमा सरुवा गर्नु, माओवादीहरूले चन्दा माग्नु, रेडक्रसको कार्यक्रम भएको र चन्दा दिन नसक्ने धारणा राख्नु ,आदि यस लेखमा विविध घटनालाई सुन्दरजीले समावेश गर्नु भएको छ ।
ॐ कार शब्दमा रमाउँदा– सुन्दरजीले यस लेखमा ॐ कार परिवारको बारेमा महत्वपूर्ण सन्देश दिनु भएको छ । उहाँ लेख्नु हुन्छ –हिन्दु,वौद्ध , जैन, शिख र किरात धर्मका अनुआयीहरू ॐ परिवारभित्र पर्दछन् । ॐ शब्द भित्र ्३ वटा अक्षर ( अ,उ,म), अ त्र्रह्मको प्रतिक, ओ बाट विष्णुको प्रतिक, म महेश्वरको प्रतिक हो । ्३ वटा अक्षर ( अ,उ,म) मिलेर यो अक्षर बन्दछ । ॐ कार ध्वनीलाई पवित्र मानिन्छ । यसलाई शान्तिको प्रतिकको रूपमा पनि लिइन्छ । ंॐको सिधा सम्पर्क ईश्वर सँग हुन्छ । सुन्दरजीले यस विषयमा पुरा विवरण पेश गर्नु भएको छ ।
निरंकुशताको पराकाष्ठ – यस लेखमा सुन्दरजीले म्याग्दीमा वसन्त सि.के.लाई मराङको स्कुलमा शिक्षकमा नियुक्ती दिलाएको विषयलाई लिएर पञ्चहरू खास गरेर मन्त्री भीमप्रसाद गौचन र र प्र.जि.अ.ले सुन्दरजीलाई अराष्ट्रिय तत्वलाई किन जागिर खुवाएको भनि कष्ट दिएको वर्णन आएको छ ।
क्याम्पसहरूको शैक्षिक अध्ययन भ्रमण –यस लखमा सुन्रजीले क्याम्पसले अंगिकार गरेको क्यु.ए.ए गुणस्तर सुनिश्चित तथा प्रत्यापन गने लक्ष अनुसार्र  यो तरिका अपनायका क्याम्पसमा शैक्षिक, अध्ययन भ्रमण गर्ने सिलसिलामा २०७६।९।१९देखि कुश्मा बाट स्याङजा हुँदै पाल्पा पुग्नु र पाल्पामा नै बास बस्नु । सबैभन्दा पलिा उठेर सुन्दरजीले ,शितलपाटी,भगवती मन्दिर, तानसेन दरवार, बालमन्दिर,नारायण टोल, टुँडिखेल, नारायण मन्दिर घुम्नु र होटेल फर्कनु, त्यपछि सबै मिलेर रानीमहल हेर्न सबै लाग्नु, बाटोमा पर्ने भैरव मन्दिरको दर्शन गर्नु र रानी महल पुग्नु । वि.सं. १९९४ मा खड्ग शम्शेरले रानी तेजकुमारीको स्मृतिमा बनाएको यो  रानी महलको परिसरमा शिवालय,, गंगाको मूर्ति, लहरै तीनवटा मूर्ति निर्माण भएका छन् । मन्दिरको बगलमा रानी तेजकुमारीको नाम लेखिएको ठूलो घंटी राखिएको र गुठीहरू स्थापना गरिको आदि अवलोकन गरी श्रीनगरको डाँडाको टावरबाट तानसेनबजार, माडीफाँट,मस्यामको डाँडो, रिडीबजार, लगायत धौलागिरी लगायतका पहाडहरूको अवलोकन गरी बुटवलको मणिमुकुन्द सेन बाटिका मा ३ घण्टा लगायर हेरेर होटेलमा गै बास बस्नु ।२०७९ ।०९।२१लुम्बिनी प्रस्थान गरी मायादेवीको मन्दिर लगायतलाई अवलोकन गरेर त्रिवेणी धाममा पुग्नु । त्रिवेणी मोक्षधाममा नारायण,मुक्तिनाथ भगवान, शिशमहलको अवलोकन र भारतीय बजारमा गएर किनमेल गर्नु र मिति २०७९ ।०९।२२मा मध्यविन्दु क्याम्पसमा अध्ययनको लागि सहभागी हुनु, यसमा क्यु.ए.ए सम्बन्धमा छदफल गरी १६ बुँदाहको निष्कर्ष सहित कार्यकर्म समाप्त भै नारायण घाटप्रस्थान गरेका । २०७९ ।०९।२४ शहिद बहुमुखी क्याम्पस  टाँडिमा मा क्यु.ए.ए प्रमाणपत्र प्राप्त गर्न सफल भएको विधिहरू मध्यविन्दुले नै आपनाएको विधि अपनाउनु पर्ने जानकारी हुनु र सप्तगण्डकी बहुमुखी क्याम्पसमा अध्ययनमा सहभागी भै छलफल गर्दा पनि मध्यविन्दुले अपनाए सरह नै भएको जानकारी भए पछि कुश्माको लागि प्रस्थान हुनु,। सुन्दरजीले यस लेखको उदद्देश्य अनुरूप अध्ययन सफल भएको प्रतिकृया दिनु भएको छ ।
 जिन्दगीमा गंगासागर तीर्थ एकबार–
तीर्थयात्रा जानु भन्दा पहिला यसको विषयमा भरपर्दो तरिकाले तीर्थ यात्रा सफल पार्नको लागि गरिएका कामको लामो विवरण सहित २०५६ ।९। २४ देखि यात्रा थालनी हुन्छ । देवघाट दर्शन गरी विरगञ्जबास बसिन्छ ।२०५६ ।९। २५गते नियात्राकार उनकी श्रीमतीले देवी भगवतीका दशन गरी भारत तर्पm प्रस्थान गर्नु । २०५६ ।९। २६ गते पुन पुन पुग्नु मुण्डन गर्नु , गयातर्फ लाग्नु, गया पुग्नु, फाल्गुनदीको पानी अलप भएको कथा नियात्राकारले यहाँ पस्कनु । भगवान रामचन्द्र र सीता गयामा श्राद्ध गर्न जाँदा राम पण्डित खोज्न जानु सीताले सामाग्री कुर्दा सामाग्री कुनै जनावरले खाइएिको र रामले श्राद्ध गर्ने सामाग्री सोधनी गर्दा दशरथ आएर सामाग्री गहण गरी गएको भनि झुटा बोलेको र प्रमाणको लागि सीताले साक्षी गाईलाई र फल्गु नदीलाई राखेकोमा रामले यो झुटो साँची बकेकोमा गाईलाई मुख अपवित्र भै जावस् र फल्गु नदीलाई अलप भै जा भनेको हुँदा गाईको मुखलाई अपवित्र मानिनु र फल्गु नदीमा पानी सतहमा नभएको किम्बदन्ति यहाँ लेखिएको छ ।
२०५६।२।२७ गते गयामा श्राद्ध गर्ने काम गर्नु । विष्णु पादुका मन्दिर गएर दर्शन गर्नु, बुद्ध गुम्बाको दर्शन गर्नुको विवरण सहित गयातीर्थमा श्राद्धगरे पितृ श्वर्ग जाने मान्यतालाई पनि यहाँ दर्शाइएको छ । २०५६ ।९। २८मा वैद्यनाथेश्वर ज्योतिर्लिङ्गको पूजा तथा दर्शन गरियो । यस सम्बन्धमा रावणले शिवको तपस्या गरेर शिर हवन गर्दै जानु नवौ शिर हवन गरेपछि शिव खुसी हुनु,९वै शिरपुरा गराई वलवान हुने वरदान दिनु, रावणले शिवलाई लंका आउने अनुरोध गर्नु,शिवले यो श्रेष्ठ शिवलिङ्ग जहाँ राख्ने छौ त्यही आउने आश्वासन दिनु तर रावणले शिवलिङ्ग लिएर जाँदा पिसाव लाग्नु ,। रावणले शिवलिङ्ग गोपलाई दिनु,गोपले लिङ्गको भार थाम्न नसकी पृथ्वमिा राखिदिनु र लिङ्ग वैद्यनाथमा स्थिर हुनु  र वैद्यनाथेश्वरको नामले पख्यात हुनु ।
२०५६ ।९। २९ गते गंगासागर जानको लागि कलकत्ता पुग्नु,सामाजिक संस्था हरियाणा चेरिटेवलको स्वगतमा हसिरयाण भवनमा बसोबास गर्नु , संस्थाको नियम अनुसारल त्यही खानपिन हुनु,
२०५६ ।९। ३० गते गंगासागर जान रमाना हुनु, नामखाना पुग्नु, नामखानाबाट पानी जहाजमा चढ्नु, चेमागुढी हुँदै गंगासार पुगेर बास बस्नु, बासस्थान प्राप्त गर्न कठिनाई हुनु ।
२०५६ ।१०।१ मा गंगा सागरमा स्नान र पिण्डदानमा सम्लग्न हुनु पर्ने भएकोमा दुईजना साथी हराउनु, धेरै अवेरसम्म नआएपछि पिण्डदान गरेर साथी खोज्न लाग्नु कपिलदेव भगवानको दर्शन गर्नु, कलकत्ता फर्कनु ।
२०५६ ।१०।२ हुग्ली नदीको कालीघाटमा स्नानगरी कालिमन्दिरको पूजा र दर्शन गर्नु , साथी हराउनु, साथी देहव्यपारको संजालमा फसेको आसंका गर्नु । २०५६ ।१०।३ गते बालेश्वर मन्दिरको दर्शन, भुवनेश्वरीको पूजा गर्नु, उडिसा सहरको घुमफिर र किनमेल,गरेर त्रिमूर्ति होटेलमा बास ।
२०५६ ।१०।४ गते जगन्नाथपुरीको यात्रा, नेपाली धर्मशालामा बसोबास,पूजा दर्शन,यहाँको प्रसाद भात भएको र सोको ग्रहण गरेको ।
२०५६ ।१०।५ गते जगन्नाथ पूजा दर्शन गरी पण्डाले वितरण गरेको दालभात प्रसादीको रूपमा ग्रहण गरिनु, साँक्षी गोपाल जगन्नाथपुरीको लागि रमाना हुनु, र पुगेर पूजा गर्नु ।
२०५६ ।१०। ६ गते रामपुरीस्थत बञ्जरीमा दर्शन र गाइपालन हेर्नु, रापुरबासबस्नु ,
२०५६ ।१०।७ गते उज्जेनको लागि प्रस्थान,महाराजपुर पुग्नु र बास बस्नु ।
२०५६ ।१०।८ गतेमा नर्मदा नदीमा पुगी स्नान पूजा गरी सूर्यनारायणलाई अर्घ अर्पण गरी गाडी अघि बढ्नु ।
२०५६ ।१०।९ गते गाडी उज्जेनको लागि रमाना भयो,उज्जेनमै बास ।
२०५६ ।१०।१० गते महाँकालेश्वर ज्योर्तिलिङ्गको दर्शनको लागि कडा जाँचबाट उत्रिण भएर महाँकालेश्वर ज्योर्तिलिङ्ग जाज्वल्यमान,भाष्कर तेज्वसी रूपको दर्शन गर्नु यसको बारेमा जानकारी लिनु ।
२०५६ ।१०।११ गते उज्जयनपुगी बास ।
२०५६ ।१०।१२ गते चित्रकुटको, राम मन्दिरको पूजा दर्शन गर्नु ।
२०५६ ।१०।१३ गते प्रयागराजमा गंगा, जमुना, र सरस्वतीको त्रिकोणमा पुगी स्नान र पूजा गर्नु, खुला गुफाभित्रका देवीददेवताको पूजा, विन्ध्याचलको दर्शन गरिएको विवरण ।
२०५६ ।१०।१४ गते  काशी स्थित गंगा नदीमा स्नान,आ–आफ्ना पितृहरूलाई पिण्डदान, विश्वेश्वर ज्यार्तिलिङ्ग गंगा दशाश्वमेघ विन्दुमाधव, केशव,आदिको पूजा दर्शन गरी अयोध्याको लागि रमाना ।
२०५६ ।१०।१५ गते अयोध्याको लागि रमाना,अयोध्यामा रामक मन्दिर लगायतका मन्दिरहरुमा पूजा, अयोध्यको अवलोकन, राम सीताको विवाह कसरी भयो भन्ने चर्चा  । २०५६। १०।१६ गते नेपाल फर्कनेक्रममा रहेर १७ गते कुश्ममा अवतरण भएको विवरण यस नियात्रामा आएको छ ।
यस कृतिमा यात्रा र लेख समेटिएका छन् । लेख तथा नियात्रामा कृतिकारले विषय बस्तु, यात्राको उद्देश्यलाई समेटेका छन् । उदेश्य अनुरूप यात्रा गर्दा सहजता असहजता, उपलब्धता, आनन्दता, स्वच्छता, पारदर्शिता,आदि विविधतालाई सुन्दरजीले सहज र सरल रूपमा प्रष्ट्याउने   प्रयास प्रयास गरेका छन् । लेखहरूले पनि विषय बस्तुलाई समेटेको पाइन्छ ।यात्रा लेखनमा कुन स्थानमा गएको हो ।त्यहाँको समाजिकस्थिति,तथा धेरै जसो यात्रा धार्मिक स्थल भ्रमण , दर्शन, पूजा आदिलाई समेटिएको छ । पण्डाले दिने दुख तथा धन आर्जन गर्ने प्रयासलाई निरुत्साहित गर्नु, समाज सेवामा लागेका संस्था, संस्थाका व्यवस्थापक, खटिएका सहयोगीहरू, व्यवस्थापन, निशुक्ल खाना खुवाउने संस्थाहरू, भारतीय मात्र नभएर नेपाली धर्मशालाहरू र त्यसको सुन्दर व्यवस्थापन, ठूलो समूहमा जाँदा साथीहरू हराउने सम्भावना र खोज्दा हुने असहजता, यी घटना पनि यस यात्रामा घटेका यथार्थता,सुन्दरजीले टपक्कै टिपेर लपक्कै टाँसेको पाइयो ।
यात्रामा अर्को महत्वपूर्ण पक्ष भनेको समयको व्यवस्था पन, दिन गते, बार, आदिमा लेखकले समयको अभिलेख राख्दछ । यी विवरणलाई उल्लेख नगरिई कन यात्रा लेखन गर्न थालियो भने विस्वसनीय नदेखिन सक्छ । सुन्दरजीले यात्राको थालनी, कहाँ खाना खाइयो, कहाँ बास बसियो कहाँ खाजा खाईयो, आदि विवरणमा  घडी, मिनेट सेकेण्ड समेतलाई प्राथमिकताका साथ प्रस्तुत गर्नु भएको छ ।
  यसरी नै यात्रा लेखकले गरिने यात्रा यथार्थतामा आधारित हुनु पर्छ  । यस कृतिका कृतिकारले जुन धर्म स्थानको भ्रमण गरेका छन् । त्यस मन्दिरको स्थापना कसरी भयो, त्यो मन्दिरको दर्शन गरिने तथा पूजा गरिने, प्रसादी ग्रहण,आदि सत्यतथ्यलाई जानकारी दिन प्रयत्नशील छन् । जगन्नाथपुरीमा भातलाई प्रसादको रूपमा वितरण गरिएको कुरा उल्लेख गरिएको छ ।यसलाई सुन्दरजीले जातीय समानताको ( जातीय विभेदको अन्त्यको) सन्देश प्रवाह गरेका छन् ।
  नियात्राकारले कुनै कुरा लेख्छ भने, त्यहाँ प्रस्तुत गरिने  त्यसको सिर्जनामा उसको सहभागिता, तथा उसले प्राप्त गर्ने अनुभूति, लेख्न चाहेको धारणालाई समावेस गराउन चाहेका कुरा, अन्तर आत्माले देखेका  कुरा त्यस लेखमा समावेश भएकै हुन्छ ।  ॐ कार परिवारमा उनको आकर्षण,सेता पहिरानका कुरा, हरेक विहान उठेर गरिने नित्यकर्म (यसलाई हरेक विहान सबैले गरिने भएकोले लेखी नरहे पनि हुने )लाई नियात्राकारले निरन्तरता दिएको देखिन्छ । लक्षलाई हाँसिल गर्न गरिएको नियात्राकारको प्रयास उदाहरणीय देखिन्छ ।
  नियात्रा तथा लेखरचनालाई विवरणात्मक र रसिलो रुपमा प्रस्तुत गर्नु पनि अति आवश्यक देखिन्छ । सुन्दरजीले आफ्ना यी सिर्जनालाई सबैको मन जित्ने रूपमा, कौतुहलता दर्शाउने रूपमा प्रस्तुत गर्नु भएको छ । संक्षेपमा भन्नु पर्दा नियात्रा तथा लेखहरू विवरणात्मक छन् र आकर्षक देखिन्छन् ।
नियात्रालाई प्रभावयुक्त बनाउन धेरै तत्वको समायोजन हुन आवश्यक छ ।। यहाँ विषयगत केन्द्रित हुनु, यात्रास्थलप्रति अपनत्व जगाउनु, चिन्तनशील हुनु,तुलनात्मक दृष्टिकोण प्रस्तुत गर्नु,गतिशीलता हुनु, स्वच्छन्द रूपमा प्रस्तुती गर्नु जस्ता तत्वलाई मध्यनजर राख्दै लेख रचना सिर्जना गर्नु पर्दछ । सुन्दरजीको सिर्जनामा यी तत्वतिर प्रयासरत रहेको पाइन्छ । उनले आफ्नो लेखन सिर्जनामा निकै लगनशीलता प्रदर्शन गरेका छन् । लेखन शैली सरल छ । सबै स्तरका पाठकलाई पठनयोग्य छ ।यहाँ लेखिएका यात्राविवरण यतिसम्म प्रष्ट छन् कि कुनै पनि पाठकले आफै त्यस ठाउँमा पुगेको महसूस गर्न सक्छ तथा यस कृतिलाई मार्ग दर्शकको रूपमा प्रयोग गर्न सक्छ ।  यसरी लेखिरहँदा के यी सिर्जना पूर्ण छन् त भन्ने प्रश्न उठाउन सकिन्छ । संसारमा सबै चिज पूर्ण छन् भन्न सकिदैन । पूर्णतातिर लम्किनु नै सवलता हो । यस विषयमा समालोचकको दृष्टिकोणले पनि फरक
धन्यवाद
कावासोती, नवलपुर , २०८० असार ७ गते  

June 21, 2023

मोदीवेनी तीर्थस्थलको संक्षिप्त विवेचना

सदानन्द अभागी
नेपाल एउटा अति सुन्दर हिमालले धेरेको देश हो । जलस्रोतको हिसावले विश्वमा नै दोस्रोस्थान ओगटेको छ ।उच्चाइको हिसावले विश्वको सबै भन्दा उच्च टाकुरो सगरमाथा (८८४८ मिटर) यही देशमा पर्दछ ।  पूर्व मेची देखी पश्चिम महाकाली नदीसम्म फैलिएको यो देशमा कोशी, गण्डकी(नारायणी), भेरी, रापती र कर्णाली आदी लगाएर करिव ६०००नदी नालाले देश ढाकिएको छ । यिनै नदीहरूको जलले देशलाई सिञ्चित गरेका छन् । यी नदीहरूको महत्वलाई  पुराणहरूले पनि गुणगान गाएको पाइन्छ । संसारमा दुईओटा महत्व पूर्ण नदी छन् । ती महत्वपूर्ण नदी मध्ये नेपालमा बग्ने कालीगण्डकी एक हुन् । शालीग्रामको रूपमा विष्णु भगवान मुक्तिनाथमा अवस्थित हुनुहुन्छ । अर्को भारतकी नर्मदा नदी हुन । जहाँका हरेक शिलालाई शिवलिङ्गको रूपमा लिइन्छ । अब म काली गण्डकीमा पाइने शालीग्राम शीलामा विष्णु भगवानको बास कसरी हुन गयो भन्ने तर्फ जाने अनुमति माग्दछु । जालन्धरले लक्ष्मी र पार्वतीमा आँखा लगाउने प्रयत्न ग¥यो । लक्ष्मीले जालन्धरसँग दिदी भाइको सम्बन्ध जोडिन् । त्यसपछि ऊ पार्जतीतिर लम्क्यो । यही कारणबाट शिव र जालन्धरको युद्ध भयो । शिवको शक्तिले कुनै काम गर्न सकेन । विष्णुले यस अवस्थामा शिवजीलाई सहयोग गर्ने काम गर्नु भयो । जालन्धरकी पत्नी बृन्दा पतिवर्ता नारी थिइन् । पतिबर्ता धर्मको आडमा जालन्धर निकै शक्तिशाली थियो । बृन्दाको सतीत्व नष्ट नगरेसम्म जालन्धरलाई मार्न कसैले पनि सक्नेवाला थिएनन् ।यो कुरा विष्णुलाई थाहा थियो ।त्यसो हुँदा विष्णु बृन्दाको सतीत्व नष्ट गर्न जालन्धरको रूप बनाएर जालन्धरको घरमा गए र सतित्व नष्ट गरिदिए । वृन्दाको सतीत्व नष्ट भएपछि शिवले जालन्धरलाई मारिदिए ।  वृन्दालाई यो कुरा जानकारी भयो ।  वृन्दाले विष्णुलाई श्राप दिइन् । उनले विष्णुलाई झार हुनु परोस् भन्ने श्रापमा तुलसी, घाँस हुनु परोस ्भन्ने श्रापमा कुश, रुख हुनु परोस् भन्ने श्रापमा पिपल, अनि ढुंगा हुनु परोस् भन्ने श्रापमा शालिग्राम बन्नुपरेको हुँदा विष्णु भगवान शालिग्राम भएर मुक्तिनाथमा बस्न परेको धारणा श्री स्वस्थानी ब्रत कथामा अध्ययन गर्न पाइन्छ । यसरी विष्णु भगवानले शालीग्रामको रूप धारणा गरेको यो पवित्र स्थलमा विराजमान भएको हुँदा । मानिसहरू पहिला कागवेनीमा पिण्डदान गरी  शालिकग्रामरूपी विष्णु भगवानको दर्शन तथा पूजा गर्न मुक्तिनाथ जान्छन् । यो हिन्दुमात्रको नभै बौद्धमार्गी समेतको पवित्र स्थल हो । यहाँ हिन्दु मन्दिरमात्र नभएर बौद्ध गुम्बा पनि छ । यहाँ हिन्दु र बौद्ध धर्मावलम्वीहरू जाने गर्दछन् । एकसय आठ धाराको स्नान गर्छन् । ज्वालामाईको दर्शन गर्छन् । नेपालीमात्र नभएर विदेशीहरू ( खास गरेर हिन्दु भारतीयहरू) पनि यस स्थानमा धार्मिक उद्देश्यको साथसाथै प्राकृतिक सौन्दर्य अवलोकन गर्न जाने गर्दछन् । मोदी नदी अन्नपूर्ण हिमालको पूर्वी भाग र माछापुछ«े हिमालको पश्चिमीबाट उत्पत्ति भएर पर्वत जिल्लाको कुस्मादेखी करिव आधाकोश दक्षिणमा पुगेर कालीगण्डकीमा मोदी नदी मिसिन्छिन् । यही काली गण्डगी र मोदीको सङ्गमस्थललाई मोदीबेनी भनिन्छ । काली गण्डकी नदी संसारको सबै भन्दा गहिरो गल्छी बनाएर बग्ने नदी हो । यो नदी तिब्बतमा उत्पत्ति भएर मुस्ताङ जिल्लामा प्रवेश गर्छ । मुक्तिनाथबाट निस्कने काग खोला र मुस्ताङ खोला कागवेनीमा मिसिन्छ र यसपछि यसलाई कालीगण्डकी भनिन्छ । विजयराज पन्तले लेख्नु हुन्छ कि –"यस नदीले बोन,मष्ट, बौद्ध,तथा हिन्दु सम्प्रदायको जीवन पद्धतिसँग राख्छ । " विजय राज पन्तको लेखको अध्यन गर्दा "वराह पुराण अनुसार महर्षि गण्डककी सुपुत्री गण्डकीले श्रीकृष्णको तपस्या गरी आपूm गण्डकी नदी र कृष्णलाई सुपुत्रको रूपमा प्रकट गरेको उल्लेख छ ।" यस्ता उदाहरणहरू हामीले पुराणहरूमा अध्ययन गर्न पाउँछम् । काली गण्डकी नदी किनारमा विभिन्न अनगिन्ति धार्मिक स्थल तथा घाटहरू छन् जहाँ मानिसहरूले स्नान गर्ने यज्ञहरू गर्नेदेखि लिएर दाहसंस्कार समेत गर्दछन् । दामोदर कुण्ड, मुक्तिनाथ,कागवेनी, गलेस्वर, मोदीवेनी, सेतीवेनी,रिडी, राम्दी,केलादी घाट, देवघाट, त्रिवेणी (गजेन्द्र मोक्षधाम) थुप्रै धार्मिक स्थानहरू यस कालीगण्डकी तथा नारयणी नदी किनारमा अवस्थित छन् ।ती सबै अति महत्वपूण रुपमा अवस्थित देखिन्छन् । पितृ तार्नको लागि जो कागवेनी र मुक्तिनाथ जान सक्दैनन् तिनीहरूले यिनै काली गण्डकीको तिरमा रहेका धाममा गएर पितृलाई तर्पण दिने गर्दछन् ।  
प्राचिनकालदेखि नै भारत नेपाल र तिब्बतँिग आवत जावतको बाटो पनि यही कृष्ण गण्डकीको किनारबाटै हुने गरेको विवरण हामीले अध्ययन गर्न पाउँदछम् । यस्तै सिलसिलामा धार्मिक यात्रामा रहेका जयरामदास वैरागी मुक्तिनाथबाट फर्कदा वि.सं. १८९०मा मोदीबेनीमा (मोदी नदी र कृष्णगण्डकी बेनीमा) मन्दिर बनाएर शालीग्राम जम्मा गरी पूजा पाठ चलाए । यसै समयबाट भवन निर्माणका कामहरू थालनी भएको देखिन्छ तापनि यस क्षेत्रको गहिरो अध्ययन अनुसन्धान गर्नु पर्ने आवश्यक छ ।किनकी पौराणिक काल देखि नै यसको अस्तित्व भएको कुरा पुराणहरूले दर्शाएका छन् । कुश्मातिरको भागलाई भित्रीवेनी भनिन्छ भने मुडिकुवातिरको भागलाई बाहिरी वेनी भन्दछन् । राजेश परियारले गरेको अनुसन्धानमा भित्रवेनी ५२ रोपनी क्षेत्रफलमा फैलिएको विवरण आएको छ । भवनहरू (मन्दिरहरू) जे जति बनेका छन् ती सबै भित्रीवेनीमा नै अवस्थित छन् ।नृसिंह मन्दिर जो १८९०मा खरको छानो भएको साधारण रूपमा जयराम दासले बनाएका थिए त्यसलाई १९६०मा महन्त तुलसी दासले कास्की जिल्लाको मर्दिबाट ढुङ्गा झिकाएर ढुङ्गाले छाएको कुरा राजेश परियारले आफ्नो सोधपत्रमा लेखेका छन् । उनकै लेख अनुसार २०४२ सालमा नापी भएको र यो जग्गा गुठी बनेको थियो । गुठी बनीसकेपछि यस मन्दिरले २०५१÷०५२मा नयाँ निर्माण प्राप्त गरेको थियो । नयाँ निर्माण गर्दा मुख्य गर्भगृह्यको भागलाई यथावत कायम गरी आधुनिक सामाग्रीलाई प्रयोगमा ल्याई बनाइएको र पहिला ४ ढोका राखिएकोमा हाल पूर्व र पश्चिमतिर गरी जम्मा दुई ढोका राखिएको तीन तले मन्दिरको निर्माण भएको छ । दुखको कुरा नेपालका विभिन्न मन्दिरका मूर्तिहरू चोरी भए जस्तै यहाँ पनि मूर्तिहरू चोरी भएका र सिंहाकृति भएको शालिग्राम र अन्य विभिन्न आकार भएका शालिग्राम लाई पूजा गरिने गरिएको छ । यहाँ भएका सबै मूर्तितिर म जान चाहान्न तर महत्वपूर्ण मन्दिरहरूमा शिव मन्दिरमा रहेको श्री विष्णु मूर्ति आकर्षक रूपमा देखिन्छ । यहाँ मानव निर्मित गुफा पनि छ । यो आरुचौरे राजाले बनाएको भन्ने कुरा सुन्नमा आउँछ तर मसँग यो प्रमाणित गर्ने प्रमाण भने छैन ।
 वैरागी बस्ने अखडा पनि यहाँ निर्माण छन् । यी अखडा मन्दिरभन्दा पहिला निर्माण भएका हुन भन्ने कुराहरू चर्चामा आएको कुरा म सानो अवस्थामा छँदा सुनेको थिएँ । म २०२४ सालमा नारायण मा.वि.मा शिक्षक थिएँ ।मेरो घर शंकरपोखरी नुवार भएको हुँदा । कुश्मा विद्यालयमा जाने बाटो प्राय मोदीवेनीतिरबाटै हिड्ने गर्दथें ।यस समय प्रेमदास वैरागी, भगवानदास र भगवानदास वैरागीसँग मेरो मोदी वेनीको बारेमा कहिले काँहीं वहस हुन्थ्यो । उहाँहरूले टिकाराम वैरागी लगायत थुप्रै वैरागीका नाम लिनु हुन्थ्यो । अखडाका कुराहरू पनि गरिन्थ्यो । मुक्तिनाथ लगायतका तीर्थ जाने सन्त तथा साधुहरूलाई भोजन गराउने काम पनि हुन्छ भन्नुहुन्थ्यो ।  
   मुडिकुवातिरको भाग फराकिलो छ । यस स्थानमा पंचमुखी शिवमन्दिर छ । पौवा पनि छ । यो मन्दिर र पौवाका निर्माण कर्ता प्रधुम्न पनेरु हुनुहुन्थ्यो । य हाँ गुठी पनि राखिएका कुरा प्रधुम्न पनेरुका सन्तानले हाल पनि बताउँछन् । मोदीवेनी (मोदीखोला) वारिपारि दुवै ठाउँमा दाहसंस्कार गरिन्छ । अस्तु विसर्जन गर्न, तीर्थपिण्डदान दिन, तोरन तार्ने, एकादशी, सक्रान्ती, ग्रहण लाग्दा आदि पूण्यतिथिमा स्नान गर्ने श्रद्धालुजनहरू, पर्वत, स्या«ङ्जा, कास्की र बागलुङबाट ठूलो संख्यामा आउँछन् ।  माघे सक्रान्तिमा मैदानेगह्रो ( खेतका गह्राहरू) मा ठूलो मेला लाग्दथ्यो ।
बाग्लुङ नारायणस्थान देवल बगरतर्फ पनि रमापति श्री लक्ष्मीनारायण, राधाकृष्णका मन्दिरहरू छन् ।यसको विकासको पहल हुनु अति आवश्यक छ । यस विषयमा बाग्लुङ जिल्लाको ध्यान जानु अति आवश्यक छ ।
यज्ञ आदि गर्दा तथा मृत्युसंस्कारमा साँढेसाँढी छोड्ने चलन छ । यसरी छोडिएका साँढेसाँढीलाई काममा लगाउन नहुने राम्रो सुरक्षितसँग पालन पोषण गर्नु पर्ने भएकोले मोदीवेनीलाई सुरक्षित स्थानको रूपमा लिइन्थ्यो र त्यहाँ त्यस्ता बाच्छोबाच्छी लगेर छोडिने चलन थियो । आज आएर गौ संरक्षणको समस्या बढ्दोक्रममा छ ।  यस क्षेत्रलाई गौ संरक्षणको रूपमा पनि सम्बर्धन र प्रवर्धन गर्नु पर्ने देखिन्छ । गाउँघरमा चरन (गौचरन) क्षेत्रको अभाव छ ।कृषकले सघन कृषिप्रणालीमा खेती गर्ने चलन बढ्दो छ । सनातन धर्मालम्वीमा गाई दानको ठूलो महत्व छ । परमपराबाट गरिदै आएको यो चलन आज आएर लोप हुन जाने अवस्थामा छ । त्यसोहुँदा हरेक ठाउँमा गौसंरक्षणको आवश्यक छ ।  
कालीगण्डकीले आफ्नो गन्तव्य मार्गमा राम्रा राम्रा फाँटहरू निर्माण गर्दै अगाडी बढ्दै जाने गरेकोमा प्राणी जगतलाई गास बास कपासमा सहजता मिलेको छ । कालीगण्डकीको छेउ, छाऊमा प्राकृतिक सौन्दर्यताले सिङ्गारेको देखिन्छ । यसको क्षेउछाउमा गुफाहरूछन् । उदाहरणको लागि गुप्तेश्वर महादेवलाई लिन सकिन्छ । मोदीवेनीलाई एउटा कहत्वपूर्ण धार्मिक क्षेत्रको साथसाथै पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नपर्ने हुनआउँछ । मोदीवेनी पर्वत जिल्लामात्र नभएर बाग्लुङ, स्याङजा जिल्लाका केही भाग, कास्कीका केही भागका र बाग्लुङ जिल्लाकाका केही भागको तीर्थस्थल तथा घाट भएकोले मोदीवेनीको विकाशमा एकीकृत प्रयासको खाँचो छ ।
  पौराणिक कालदेखि नै कालीगण्डकी सभ्यताको एउटा धरोहर हो । मुक्तिनाथदेखि लिएर त्रिवेणीधाम सम्ममा विभिन्न जातीको बसोबास छ र विभिन्न मातृभाषा,संस्कार, सभ्यताले यस क्षेत्रलाई सिङ्गारेको छ । हिन्दुहरूको लागि यो महान तीर्थ हो । बौद्ध धर्मावलम्बीहरूले पवित्र स्थलका रूपमा मान्दछन् । बोन( लामा–धर्म) मतावलम्बीको मुख्य धार्मिक स्थल पनि मुक्तिनाथ क्षेत्रभित्र नै पर्छ । यसरी हेर्दा  यो क्षेत्र (मुक्तिनाथदेखि त्रिवेणी धामसम्म) विविधताले सजिएको एकताको धरोहर हो । यो सद्भाव र यो संस्कृतिलाई अझै सशक्तरूपमा सम्बद्र्धन गर्नु पर्दछ । यसको महत्व र तीर्थालुजनको आवागमन बढ्ने सम्भावनाको प्रमाण काली गण्डकी लोकमार्गको निर्माण पनि हो ।
काली गण्डकी र मोदी नदी विद्युत उत्पादनको लागि पनि एउटा सवल क्षेत्र हो । यहाँ जलविद्युत आयोजनाहरू सञ्चालन भै सकेका छन् र अझै सञ्चालन गर्न सकिने सम्भावना छ । जलविद्युत उत्पादन गरेर यस क्षेत्रको सम्वद्र्धन गर्न सकिन्छ । यस क्षेत्रको विकासमा स्थानीय सरकारदेखि प्रदेश र केन्द्र सरकारको ध्यान जान आवश्यक देखिन्छ ।
पवित्रस्थल मोदीवेनीको ऐतिहासिकि महत्व भएको कुरा पुराणहरूमै उल्लेख भएको हुँदा यस सम्बन्धमा धेरै लेखिरहनु भन्दा पनि यसलाई धार्मिक प्रयटकीय स्थलको रूपमा प्रवद्र्धन गर्नु अति आवश्यक छ र यसैमा सबैको ध्यान जानु पर्दछ भन्ने मेरो मान्यता छ ।
अन्त्यमा केशव दास वैरागी भाइले दुइओटा संंस्कृतका श्लोक अध्ययनको लागि मलाई पठाउनु भएको थियो । यसको स्रोत त मलाई थाहा भएन तर सबैलाई जानकारी तथा चिन्तन मनन हुन मनाशिव देखिएको हुन्दा यी दुई श्लोक यहाँ पस्कदै विदा चाहान्छु ।
शालिग्रामशिला यत्र तत्र द्वारवती शिला ।
उभयोः सङ्गमो यत्र मुक्तिस्तत्र न संशय ।।४।।
आजन्मकृतपापाना ंप्रायश्चितं य इच्छति ।
शालिग्रामशिलावारि पापहारि नमऽस्तु ते ।।५।।
अकालमृत्युहरण सर्वव्याधिविनाशनम् ।
विष्णोः पादोदक पीत्वा शिरमा धारयाम्यहम् ।।६।।
शङ्खमध्ये स्थितं तोयं भ्रामितम् केशवोपरि ।
अङ्गलग्न मनुक्ष्याणांबूह्महत्यादिकं दहेत् ।।७।।
स्नानोदक पिविन्ननित्यं चक्राङ्गितशिलोद्भवम् ।
प्रक्षाल्य शुद्धं तत्तोयं ब्रमाहत्यां व्यपोहति ।।८।।
अनिष्टोमसहस्राणि वाजपेयशतानिच ।
सम्यक् फलमवाप्नोति विष्णोर्नैवेद्यभक्षणात् ।।९।।    
 
सन्दर्भ सामाग्री
ड्ड कालीगण्डकी र नदी संरक्षण वहस लेखक विजयराज शर्मा, नयाँ पत्रिका, २०७८ असार, २४ विहिवार
ड्ड पर्वत जिल्लाको पुरातात्त्विक र संस्कृतिक अध्ययन,सोधकर्ता राजेश परियार, नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रिय विभाग त्रिभुवन विश्वविद्यलय , कीर्तिपुर काठमाडा ,फागुन , २०६९
ड्ड नेपाली बृहत् शव्दकोष संशोधित परिवद्र्धित संस्करण,२०५५,नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, कमलादी काठमाडौ  










June 5, 2023

“अम्लान” बाछिटा सङ्ग्रहमा विमल जी

सदानन्द अभागी
परिचय–  
 हाइकु सङ्ग्रह "युगीन पर्दा"  प्रकाशन गरी कृतिकारको रूपमा परिचित विमल शर्मा पौडेलले हाम्रो अगि "अम्लान "नामक बाछिटासङ्ग्रह लिएर प्रस्तुत हुनु भएको छ । पेशाले पशुचिकित्सक विमलजी साहित्यिक सिर्जनामा लाग्नु मात्र नभएर माधुरी साहित्य प्रतिष्ठानको संरक्षक भै नवमाधुरी जस्तो  प्रेस काउन्सिल नेपालबाट "क" वर्गमा वर्गिकृत साहित्यिक विविधताको पत्रिका प्रकाशनमा महत्वपूर्ण योगदान पु¥याउँदै आउनु भएको छ । नवमाधुरीसाहित्यिक पत्रिकाकी सम्पादक सरस्वती शर्मा जिज्ञासु, एक बहु प्रतिभाकी धनी हुनुहुन्छ । विमलजी र सरस्वतीको साहित्य र समाज क्षेत्रमा पु¥याउँदै आएको योगदान एक प्रशंसनीय र उदाहरणीय काम हो सहजै भन्न सकिन्छ ।माधुरी साहित्य प्रतिष्ठान२०५९मा स्थापना गरी यसलाई सँरक्षण र सम्वर्धनको लागि२०७५ साल श्रावण १३ गते,सरस्वती शर्मा जिज्ञासुको स्वर्र्ण जन्मोत्सवको सुअवसरमा पाँच लाख पाँच हजार पाँच सय पाँच रुपियाँको अक्षय कोश खडागरी हरेक वर्ष स्रस्टाहरूलाई नगद पुरस्कार सहित सम्मान गर्ने गरिन्छ यस्तो साहित्यिक भव्य कार्यकर्ममा म पनि पुरस्कृत भएको छु । सामाजिक सेवा अलवा सरकारी सेवामा कायरत रहँदा जुन कर्म चारीले बफादारी, इमान्दारीसँग अफ्नो दायित्वलाई् निभाएको खण्डमा सरकारले पनि त्यस्ता कर्मचारीलाई पुरस्कृत गर्दछ । विमलजीले पनि जिल्ला पशुसेवा कार्यालयबाट "उत्कृष्ट सेवा " सम्मान पाप्त गर्नु भएको छ । विमलजीका कृति प्रकाशनको  साथ साथै विविध पत्रपत्रिकामा प्रकाशन भएका रचनाले पनि सुन्दर सन्देश बोकेका छन् । रेडक्रस,लायन्स कल्ब लगायत करिव एक दर्जन संस्थामा आबद्ध विमलजी हरेक क्षेत्रमा सेवा पु¥याउन ललायित देखिनु हुन्छ ।  "युगीन पर्दा" महत्वपूर्ण हाइकु सङ्ुग्रहले नै विमलजीको लेखनकलामा देखाएको दखलतालाई यस अम्लान बाछिटा सङ्ग्रहले पुन उहाँको लेखनमा दक्षता थपेको प्रमाणित गरेको छ ।
बास्तवमा म बाछिटा लेख्दिन यसको बृहत ज्ञान पनि छैन । केवल यसको संरचना तीन पाँच तीन अक्षरको हुन्छ  र यही संरचनामा बाछिटा लेखिन्छ भन्ने कुरा जान्दैमा समालोचना गर्न त्यति सहज हुँदैन । विमलजीका यी ४०० बाछिटा ,अध्यन गरें । बाछिटाले दिन खोजेका भावहंरू यहाँ पस्कने प्रयास गरेको छु ।
''अम्लान' शब्दलाई बृहत शब्दकोशले यसरी परिभाषित गरेको छ –नओइल्याएको , च्याउरी नपरेको, म्लान नभएको, फुलेको, प्रफुल्ल आदि ।  विमलजीले यस कृतिमा पस्केका बाछिटा, शव्दकोषले परिभाषित गरे सरह नै,  भावनाले भरिएका, प्रकृतिले सजिएका र समसामयिकतालाई समेटिएका छन् ।  
विमलजीले बाछिटा लेखनको थालनिमै यसरी प्रस्तुत हुनु भएकोछ –
 अम्ल्यान विमल स्वदेश
  पुष्प पराग विवेक विम्व   भक्ति सागर
प्रज्ञान कमल सन्देश
विमलजीका यी तीन अभिव्यक्ति गहन छन् । प्राकृतिक सौन्दर्यतालाई सजाइएको छ, सौन्दर्यतालाई अटाइएको छ र राष्ट्र प्रेमलाई सजाइएको छ। जीवन जगतसँग सजिएका बाछिटाहरू– मानव जीवनमा के छैन ?  दुख, सुख ,हाँसो रोदन, भोक, रोग, शोक, आदिले मानव जीवनलाई सिङ्गारेको छ । विमलजीले मानवले जीवनमा भोग्न परेका यथार्थलाई सुन्दर रूपमा पस्केका छन् –
    जोवन काँडाको शोकको
पूmलको वाग धार दिलमा   हुरी भौतिक
जीवन   पीडाको         भोकको
 
सम्पन्न वगर जिन्दगी
मानव चित्त   जीपन ग्रीष्म   भोक जालमा
विपन्न       कहर                 बन्धकी
विकृतिविसङ्गतिप्रति लेखिएका बाछिटा–  समाजमा सुकृति मात्रै पनि हुँदैनन् । यहाँ धेरैै किसिमका विकृतिले पनि स्थान लिएका  छन् ।विविध क्षेत्रमा  मौलाएका विकृतिलाई विमलजीले  समेट्नु भएको छ –
विकृति पोषण कुकर्म            
कलुष हुँदैन   श्रमशक्तिको   कलुष पन
स्वीकृति  शोषण       अधर्म              
 नेतृत्व वर्गको यथार्थता – राजनीति यस्तो खम्बा हो जस्ले देशको विकास मार्गदर्शन प्रदान गर्दछ । नेपालमा राजनेताको क्रियाकलापले देशलाई प्रगतिको बाटोमा अगाडी लाने काम होला भन्दा  गतिहीनतामा डो¥याउँदै लगेको देखिन्छ । राजनीतिमा विमलजी यसरी  प्रस्तुत हुनु भएको छ –
 शासक बाँगियो देशमा
शकुनीस्वार्थ नेतृत्व बृक्ष नेता नागको
घातक   नाङ्गियो   भेषमा
नारीवादी चिन्तन– विमलजीका बाछिटामा नारीका क्रियाकलापलाई पनि समेट्ने प्रयास गरिएको छ –
सुन्तली   निर्मम जहिले
ग्रामिण वाला   महिला हिंसा सृष्टिमा नारी
  पुतली   अधम पहिले
सहर र ग्रामिण परिवेशमा आधारित बाछिटा –आज मानिसहरू ग्रामिण जीवनको प्रकृतिप्रदत्त उपहारलाई त्याग्दै सहरमुखी हुँदै गएको धारणा यस कृतिमा आएका छन् –
नगर सहर गाउँको
स्वार्थै स्वार्थको जीवन आँधी जुनी भिरालो
  बगर कहर ठाउँको
 राष्ट्रियताले भरिएका बाछिटा–विमलजीका यस सङ्ग्रहमा आमा, मातृभूमि, देश आदि धारणाले भरिएका बाछिटाहरू थुप्रै पढ्न पाइन्छन् । आमाले जन्म दिन्छ् ् िधर्तीमाताले गास, बास, कपासले प्राणी जगतलाई पालन पोषण गर्छिन् । माता, धर्तीमातामा र राष्ट्रप्रति सदा प्रेम हुनु पर्छ । यी धारणा बोकेका केही बाछिटाहरू–
जनता नेपाली नेपाल
देशका शक्ति गरिमा गर्व    शान्त साङ्ग्रिला
ः उच्चता, हिमाली, चिमाल

 नेपाल स्वदेब नेपाली
मातृभूमि भक्तिको भाव वीरता चुली
शीतल निश्शेष हिमाली
आशावादी र निराशा वादी आवाजहरू पनि विमलले उठाएका छन् –
निराश चाहना
  मन शिशिर फल्ने र फुल्ने
उदास                भावना
युवा विदेश पलायन–आज देशले रोजगार दिन सकेको छैन । बरू रोजगार सिर्जना गर्नुको सट्टा, युवालाई विदेश पलायन गराउने काममा सकृय रहेको देखिन्छ –
खाडीमा
जिन्दगी भोग
झाडीमा
विमलजीका यी बाछिटालाई केलायर हेर्दा  यहाँ के छ भन्दा के छैन भन्न सकिन्छ । चाड पर्व, प्रकृति प्रेम, न्यायको खोजी, नैतिकता, भाग्यवादी सोच, पितृत्वप्रतिको आदर भाव, लुटको कालो सम्पत्ति,प्रकृतिको दोहन गर्न नहुने, शिरको स्वभा गुराँस, वैंसका कुरा, झर्ना प्रकृतिको गहना, भमराको झुमाई ,हितका कुरा मितका कुरा, सामन्ती संस्कारका कुरा, खोलाको अटुट गति,धीरता, ध्यान, इमान,स्थिरता, वीरता,भूकम्प, अमिलो इखले मन धमिलो, धनप्रतिको अदृश्य मोह, मन्दिर, शालिक, विकासको चाहना, युवा देशका रक्षक, साहित्य, पिपलको शीतलता, मदेश सुवर्णको खानी आदि धारणालाई विमलजीले स्वच्छ, स्वतन्त्र भावमा प्रस्तुत गर्नु भएको छ ।
 विमलजीको लेखन शैली सरल र सहज छ । भावना सलल बगेका छन् ।
विमलजीप्रति डा. षडानन्द पौड्यालले पस्केका यी धारणा सहित विदा चाहान्छु – " कविताको सैद्धान्तिक चेतनासहित बाछिटाको रचनाम गरिएको छ ।शिल्प पक्ष सुन्दर छ । बाछिटाले अपेक्षा गर्ने व्यङ्ग्य, बिम्ब, प्रतीक, प्राकृतिक चेत,प्रकृतिसँगको सान्निध्यता, तन्मयता, मन्मयता,इन्द्रिय सैवेद्यता, औचित्यता, धन्यात्मकता,ध्वन्यात्मकता प्रयोग भएको छ ।"

धन्यवाद