August 28, 2023

मगरसंस्कृति, परम्परा र गरिमा एक दृष्टि

सदानन्द अभागी
लेखक परिचय –गोमबहादुर क्षेत्रीको साहित्यिक नाम गोमविक्रम हो । उहाँ पिता ः जुद्धबहादुर र माता रेवताकुमारी क्षेत्रीका सुपुत्र हुनुहुन्छ ।  पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका– ७, कल्लाबारी, खानीगाउँमा वि.सं. २०३० पुस १५मा जन्मनु भएका  गोम विक्रम क्षेत्री स्वास्थल साहित्य र पत्रकारितामा विशेष रुची राख्नुहुन्छ । उहाँ सुस्केरा संयुक्त मुक्तकसङ्ग्रह (२०७५) (सम्पादन सहित)को कृति लिएर साहित्यिक क्षेत्रमा उदाउनु भएका गोम विक्रमले हातेमालो स्फुरण संयुक्त मुक्तकसङ्ग्रह (२०७४), सयुुक्तै रूपमा  लघुकथाको सुगन्ध – १ (२०७६),  लघुकथाको सुगन्ध – २ (२०७७),  लघुकथाको सुगन्ध, बालविषयक संयुक्त लघुकथा सङ्ग्रह (२०७७),  समकालीन लघुकथा सङ्ग्रह (२०७७), लघुकथाको सुगन्ध –३ (२०७८), लघुकथाको सुगन्ध – बा बिषयक लघुकथा सङ्ग्रह (२०७८), हाम्रो लघुकथा पाठशाला – २ (२०७८), सौन्दर्यमा आमा – आमा विषयक संयुक्त लघुकथासङ्ग्रह (२०७८), भारत–नेपाल लघुकथा दर्पण (लघुकथा सङ्ग्रह) (२०७९) सम्पादन मण्डल (डा.राजेन्द्र परदेशी, डा.भाष्कर शर्मा, डा. रामकुमार पण्डित क्षेत्री),कृतिहरू प्रकाशन गरिसकेको विवरण निजको व्यक्तिगत विवरणबाट देखिन्छ । उहाँ कथाकारमात्र होइन उहाँ एउटा कुशल सम्पादक पनि हो । उहाँले नारायण कोइरालको मरुभूमिमा विष्फोट (लघुकथा सङ्ग्र्रह (२०७८)लाई सम्पादन गर्नु भएको छ । उहाँले  पाठ्यपुस्तक लेखन पनि गर्नुहुन्छ । उहाँका लेखिएका पाठ्यपुस्तक यसप्रकार छन् –. माथागढी गा.पा. पाल्पा, भीरकोट न.पा. स्याङ्जा, कालीगण्डकी गा.पा. स्याङ्जा, सत्यवती गा.पा. गुल्मी,. विनयी त्रिवेणी गा.पा. नवलपरासी, मध्यबिन्दु न.पा. नवलपरासी । उहाँ निरन्तर लेखन तथा सम्पादनमा लाग्नु भएकै छ । हाल सम्ममा उहाँका प्रकाशोन्मुखकृतिहरू यस प्रकार छन्– समयका प्रतिध्वनिहरू मुक्तकसङ्ग्रह (प्रकाशोन्मुख) र नेपालभित्र नेपाल बाहिर संयुक्त लघुकथा सङ्ग्रह (सम्पादन÷ सङ्कलन) । विभिन्न पत्रपत्रिका, साहित्यिक पत्रिका, स्मारिका, मुखपत्रहरूमा दर्जनौं स्वास्थ्य, संस्कृति, लोकसाहित्य तथा समसामयिक विषयहरूमा लेख, समीक्षा, फिचर, सिर्जना तथा कार्यपत्रहरू प्रकाशित  भएका छन् ।
आबद्धता –गोम विक्रमजीको  उज्यालो आवाज अनलाइन पत्रिका र नेप्लीज डायस्पोरा अनलाइन पत्रिकासँग आवद्ध हुनु हुन्छ ।
आजीवन सदस्य  –. नेपाल रेडक्रस सोसाइटी , नेपाल स्वयंसेवक संघ , गाउँले देउराली समाचार पत्र,  शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान, नेपाल र  साहित्यिक चौतारी नेपाल को आजीवन सदस्य हुनु हुन्छ ।
कृति भित्र प्रवेश गर्दा – गोमविक्रमले लेखनु भएको यस कृतिको प्रकाशन भुँडीपुराणले गरेको छ ।  समादरणिय बुबामुमा जुद्धबहादुर र रेवताकुमारीप्रति समर्पण गरिएको यस कृतिमा  प्रा.डा. कपिल लामिछानेले भूमिका लेख्दै भन्नु हुन्छ –" प्रस्तुत कृतिलाई मगर जाति, संस्कृति र यसका गौरवशाली व्यक्तित्व बारेको आँखीझ्याल भन्न सकिन्छ । यसबाट मगरलाई राम्रोसँग बुझ्न सघाउ पुग्नेछ । " वास्तवमा नेपाल बहुजाति , बहुभाषा, बहुसंस्कृतिले शिङ्गारिएको देश हो । हाम्रो विशेषता भनेको नै अनेकतामा एकता हो । यो अनेकताको पूmलबारीमा थरिथरिका पूmल फुल्छन् तर एउटैमाला भएर सिङ्गारिन्छम् । यस्ता अमूल्य सस्कृतिलाई संरक्षण सम्वर्धनको साथै लोपहुँदै जान लागेको संस्कृतिलाई खोजतलास गरी बचाउनु पर्ने काम हो राज्यको तर  यस्तो काममा राज्यले जुनरूपले त्यो गर्नु पर्ने हो त्यो भने गर्न  सकेको छैन । देशमा छरिएर रहेका बहुमूल्य संस्कृतिको खोजीनीति राज्यले गर्न नसकेपछि साहित्यकार, पत्रकार, कलाकारहरू नै यसमा सरिक भएर अध्ययन गर्नु पर्ने दायित्व हाम्रो पनि हुनआउँछ । यस्तो महत्वपूर्ण काममा पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका– ७, कल्लाबारी, खानीगाउँमा वि.सं. २०३० पुस १५मा जन्मेका गोम विक्रम क्षेत्रीले मगरसंस्कृति, परम्परा र गरिमाको अध्ययन अनुसन्धानमा लागेर एउटा अमूल्य कृति निकाल्नु भएको छ   त्यसको प्रशंसा जती गरेपनि कमीनै हुन आउँछ । यस कृतिले समेटेका सबै कुरा यस लेखमा गर्न नसके पनि परिच्छेदले औंल्याएका शीर्षकको निसारण भने यहाँ दर्शाउने काम गर्दै छु ।  
परिच्छेद एक–  कृतिकारले  यस परिच्छेदमा मगर जातिको परिचय, थर– उपथर तथा मगर भाषाका स्थाननाम चिनारीका बारेमा प्रकाश पारेएका छन् ।  नोलको ऐतिहासिक परिचय दिने क्रममा इ. पू. ८०० देखि ६०० मा लेखिएका स्कन्दपुराण, बराहपुराण र गरूणपुराणको सन्दर्भ दिंदै नेपालको नाम जोडिएको कुरा र भारतीय सम्राट समुद्र गुप्तको इ. पू. ३२५ देखि ३७५ को इलाहावाद अभिलेखमा पनि नेपाललाई छिमेकी राज्यको रूपमा  चिनाइएको पाइन्छ भन्दै कृतिकारले नेपालको  प्राचिन इीतहासलाई यहाँ समटिएका छन् ।  उहाँले इतिहाँसको हवाला दिंदै  ६००० वर्ष ईसापूर्वतिर 'मंगोल' नामक व्यक्ति भूमध्य सागरीय क्षेत्रबाट गर्मी छल्न ६ छोराहरू मुनाइङमा, थोवोइङमा र योवोइङमा  पूर्वतिर लागेका कुरा उल्लेख गर्नु भएको छ । तिनमा मुनाइङमाका सन्तान हिन्द महासागर, पञ्जाब, नैनीताल, गढवाल हुँदै इसापूर्व २३०० तिर पश्चिम भेगबाट अहिलेको नेपालमा प्रवेश गरे भन्ने उहाँको कथन छ । त्यसै गरी थोवोइङमाका सन्तानहरू चाहिँ चीन, बर्मा, आसाम, पाटकपतञ्जली हुँदै इसापूर्व १३०० तिर नेपालको मध्यपश्चिम भेगबाट प्रवेश गरेका थोवोइङमाका सन्तानहरू इशापूर्व १००० देखि १५०० तिर मुस्ताङ  क्षेत्रबाट प्रवेश गरेका थिए भन्ने अनुमान लगाइन्छ  भन्ने जानकारी यहाँ आएको छ ।  त्यस बाहेक चौथो समूह सिक्किमको युद्धमा धेरै नोक्सान बेहोरेका मगर फौजहरू काङवाचेन उपत्यकाको उर्वरभूमि त्यागेर दक्षिण पश्चिमतिरबाट र अन्य पाँचौं समूह दक्षिणी भेगबाट नेपाल प्रवेश गरेको मानिन्छ  भन्ने कुरा गोम विक्रमको छ । गोम विक्रमको धारणमा बाहिरबाट नेपालमा आएर विस्तार भएको जानकारी पाइन्छ ।  संस्कृतिविद् बमकुमारी बुढा तथा बालाराम घर्ती मगर आदिको मतमा भने मगरहरू हालको रूकुमको मैकोट अन्तर्गत पेल्माखार र योमाखार ओडार (पुप) बाट उत्पत्ति भएका धारणा यहाँ आएका छन् । तिनका काला र गोरा दुई भाइमध्ये कालाका सन्तान रिडी गण्डकीदेखि पश्चिम दक्षिण फैलिएर अठार मगरात भएका तथा गोराका सन्तान रिडी गण्डकीदेखि पूर्व फैलिएर बाह्र मगरात भएको भनिएको छ । पुख्र्यौैली आख्यान र जनश्रुतिमा आधारित भएकाले यो तर्कलाई पुष्टि गर्ने आधार भने भेटिइसकेको छैन उहाँको तर्क छ  । गोम विक्रमको भनाइमा 'यसरी विभिन्न ठाउँबाट आइ बसोबास गरेका मगरहरू नेपालका आदिवासी हुन् भनिए पनि मूल थलो कुन हो ? कहिले नेपालमा आए ? कसरी विस्तार भए ? भन्ने विषयमा मतैक्यता भेटिदैन । तर चिम्से आँखा, थेप्चो नाक, गहुँगोरो वर्ण, बलिष्ट तिघ्रा र पाखुरासितका मझौला कदका मगर र मंगोलहरूको शारीरिक बनावट भने मिल्दछ । त्यसै गरी मगरहरू ढुङ्गे युगमै नेपाल छिरेर घना जङगललाई आवाद गरी रैथाने भूमिपुत्रका रूपमा रहँदै आएको मान्न सकिन्छ'  भन्ने धारणा गोम विक्रमको छ ।
मगर जातिको चिनारी – यस शीर्षकमा गोम विक्रमले ने. सं. २२१ (इ ११०१) को ताम्रपत्रमा उल्लेख भएको 'मग्वर विषय' ले ११०१ मै मगरहरू विभिन्न पहाडी क्षेत्रमा रहेर मगर जातिले आफ्नो बसोबास क्षेत्र स्थापना गरी सकेको सेनवंशावलीमा मगर जातीलाई नाग जाति भनिने, मगरात प्रदेशको गण्डकी क्षेत्र बुझाउने र गण्डकी क्षेत्र भित्रमा पनि अहिलेको स्याङ्जामा गह्रौंकोट, भिरकोट, सतौंकोट र नुवाकोट गरी ४ वटा चौबिसे राज्यहरू मगर राज्य भएको देखिन्छ भन्ने धारणा गोम विक्रमको छ । भुरे राज्य मगरको र टाकुरे राज्य भने गुरुङहरूको भएको जानकारीगोम विक्रमले दिएका छन्। भुरे राजाहरूले त फलाम (किटिया), तामा (आग्री), इत्यादि धातुहरू निकाली चलन गरि सकेका जानकारी गोम विक्रमले दिएका छन् । मगर' शब्दको उत्पत्ति र चिनारी मगर जातीमा जुङ्गाकम हुने भएकोले कम जुङ्गा हुने भन्दा भन्दै मग्वर( जुङ्गा कम हुने)बाट मगर हुन गएको हो । पछी गएर मगरात हुन गएको हो र  मस्र्याङ्दीदेखि पश्चिम प्युठानसम्मको इलाकालाई 'बाह्र मगरात' भनिन थालियो भन्ने कुरा वि. सं. १८९३ को एक अभिलेखबाट स्पष्ट हुन आउने गोम विक्रमको धारणा छ ।
मस्र्याङ्दीदेखि भेरिसम्मको इलाकालाई मगरहरूको बसोबास रहेको क्षेत्र मानेका छन् र मगर राज्यलाई हराएर सेन वंशको  राज्य स्थापना गरेको कुरा उल्लेख छ । खस साम्राज्य कालमा पनि तनहुँ, भिरकोट, गुल्मी, पाल्पा, प्युठान
भेगका मगर मुखियाहरूले अधिनस्थ सामन्तहरूका रूपमा शासन चलाएको र सैन्य र प्रशासनमा मगरहरूको योगदान महत्त्वपूर्ण रहेको कुरा पनि यस कृतिमा आएको छ । सेनवंशी राज्यको अवसानपछि थर बलदेर पनि राज्न्य सञ्चलन गरेका कुरा, पनि बाह्र मगरात र अठार मगरातको प्रसङ्गहरू, राज्य  विस्तार, राजनीति,सेना लगायत विभिन्न क्षेत्रमा मगरहरूको योगदान रहेको कुरा , १२ र १८ मगरात क्षेत्रका विशेष चर्चाहरू, हिमालय प्रदेशको मध्ये तल्लो भागहरू भेरी र मस्र्याङ्दी नदीको जलाधार क्षेत्रहरू, खास गरी सतहुँ (सतौं, पैयुँ, भिरकोट, गरहुँ, रिसिङ, घिरिङ, ढोर, गुल्मी अर्घाखाँची, मुसिकोट, इश्मा आदि चौबिसे राज्य अन्तर्गतका राज्यहरू पर्दथे । कतिपयले मस्र्याङ्दीदेखि प्युठानसम्मको प्रदेशसम्म सल्यान, जुम्लाको माथिल्लो भेग, भोटान हुँदै सुनकोशीदेखि टिष्टासम्म साथै बलिहाङ, बल्ढेङगढी र गोरखालाई समेत बाह्र मगरात राज्यमा फैलिएको क्षेत्रलाई बाह्र मगरात क्षेत्र भन्दछन् भने  बाह्र मगरात क्षेत्रमा अहिलेका दैलेख, सुर्खेत, सल्यान, जाजरकोट, रोल्पा, रूकुम, प्युठान, दाङ, अर्घाखाँची, गुल्मी, पाल्पा, बाग्लुङ्ग, म्याग्दी, पर्वत, स्याङ्जा, नवलपरासी तनहुँ, गोरखा लगायतका जिल्लाहरू पर्दछन् भन्ने कुराहरूयहाँ आएका छन् ।  यस क्षेत्रका मगरहरूले ढुट भाषा बोले पनि भाष विस्तारै  लोपोन्मुख अवस्थामा गएको कुराहरू यहाँ आएका छन् । बाह्र मगरात जस्तै संस्कृतिविद बमकुमारी बुढाका अनुसाार अठार मगरातको पनि अस्तित्व, राजनीतिक संरचना देखिन्छ । तिनमा धरको (धुर्कोट, गुल्मी), धारकोइ (अर्घाखाँची), पैयाँ (पर्वत), सिङखङ (सिख, म्याग्दी), ढोरपाटन (बाग्लुङ), नारीकोइ (नारीकोट, प्युठान), बालुङबाङ (भालुबाङ, प्युठान), जङकोइ (रोल्पा), रूकुमकोइ (रूकुम) इश्मा (सल्यान), छिलीकोइ (दाङ), भाबा (दैलेख), बोरेकोइ (जाजरकोट), ताराकोइ, डोल्पा, तिमरकोट, जुम्ला, जुराल (डोटी), लुलान्य (डँडेलधुरा) गरी अठारवटा राज्य भएको र यहाँ मगर खाम र काइके भाषा प्रचलित रहेको कुराहरू यहाँ लर्शाइएको छ ।  तुलनात्मक हिसाबले बाह्र मगरातको भन्दा अठार मगरातमा भाषा, संस्कृति र परम्पराहरू सुरक्षित रहेको कुरा उल्लेख भएको पाइन्छ । यसरी कर्णालीसम्म फैलिएर रहेका विभिन्न मगर राज्यहरूमा जब भारतबाट आएका आर्यहरूले मगरहरूलाई विस्थापित गर्छन् र सिंजामा खसराज्यको स्थापना हुन्छ । मगर राज्यको अस्तित्व मेटिदै गएको पाइन्छ । पुनः खसहरूको शक्ति कमजोड भएपछि सिजाका नागराजाले स्वतन्त्र राज्य निर्माण गर्नु, सिम्रौनगढलाई राजधानी बनाई सिमरा (वनगढ) तराईमा अर्को राज्य बन्नु, एृटै राज्य तीन भागमा विभाजन हुनु। यसरी विभाजन हुँदै २२ से ÷२४ से राज्य निर्माण हुँदै गएका कुरा,बलिया राज्यले आपूmमा गाभेका कुरा राजमहलहरूका अवशेषहरू आज पनि देख्न पाइन कुराहरू कृतिकारले दर्शाएका छन्  र उदाहरण बल्ढेङगढीमा अहिले पनि राजदरबारको खण्डहर, गढीका किल्ला, इनार, कुँवारी र कालिकादेवीको मन्दिर, पाँचपन्ने ढुङ्गा, ताम्रपत्र इत्यादि सुरक्षित रुपमा रहेको देख्न पाइने कुरा कृतिकारले लेखेका छन् । कृतिकारको सुझाव छ कि यस्ता ठामउँमा पुरातात्त्विक, ऐतिहासिक पर्यटकीय क्षेत्रका रूपमा संरक्षित गरी विकास गर्नु पर्छ ।
 मगर जातिको जनसङख्या – नेपालको जन संख्याको गणना अनुसार मगर जातिको संख्या तेस्रोमा पर्छ । मगरजाति निभिन्न स्थानमा छिरलिएर बसेका छन ् । ब्राह्मण जातीसँग थर मिलेको कारणले पनि जन गणना सही रूपमा नभएको हुँदा अहिले देखिएको जनसंख्या भन्दा मगरको संख्या बढी हुन सक्ने सम्भावना देखाइएको छ । मगर जातिले पनि आफ्नो वास्तविक थर लेख्न छाडेको आदि कारणले संख्या कम हुन गएको भन्ने धारणा यहाँ आएका छन् ।'मगर जातिको इतिहास अनि संस्कृति'का लेखक सन्तोष आलेका अनुसार नेपाल,भारत तथा विभिन्न क्षेत्रहरू सिक्किम, दार्जिलिङ, आसाम, मेघालय, मणिपुर,उत्तराञ्चलमा छरिएर रहेका मगरहरूलाई बाह्रौं शताब्दी अघि तामाङ, गुरूङ, राई,लिम्बू आदि जातिहरूलाई जस्तै किराँत भनिने तर  मगरहरूले आफ्नो धर्म छाडी हिन्दू धर्म ग्रहण गरेपछि किराँत भन्न छाडिएको मानिन्छ भन्ने धारणमा । नेपालबाहेक विश्वका धेरै ठाउँहरूमा मगरहरू छरिएर रहेका छन् । त्यसो हुँदा मगरको संख्या यत्तिनै छन् भन्न सहज देखिदैन ।
 मगर जातिमा प्रचलित थर उपथरहरू – यस कृतिमा मगरको आफ्नै भाषा, धर्म, संस्कृति र परम्पराहरू रहेका, विविध थर र उपथरहरूमा  थापा, राना, आले, पुन, बुढा, रोका र घर्ती गरी प्रमुख ७ थरलाई लिए पनि यस भित्र फेरि अनेक उपथरहरू रहेके विवरण यहाँ आएका छन् । प्रा. केशरजंग बराल मगरद्वारा लिखित नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले २०५० सालमा प्रकाशित गरेको 'पाल्पा तनहूँ र स्याङ्जाका मगरहरूको संस्कृति' नामक पुस्तकमा मगर जातिमा विद्यमान विभिन्न थर उपथरहरुको विवरण दिइएको छ । जसमा वर्णानुक्रम अनुसार आले मगरका विभिन्न २४६ उपथरहरू, घर्ती मगरका विभिन्न ४९ उपथरहरू,  थापा मगरका विभिन्न ५५३ उपथरहरू ,  पुन मगरका विभिन्न ५३ उपथरहरू  बुढा (बुरा) थोकी मगरका विभिन्न २६ उपथरहरू, राना मगरका विभिन्न १८६ उपथरहरू  रोका मगरभित्र विभिन्न उपथरहरू गरी हालसम्म प्राप्त जम्मा १११३ उपथरहरू भएका मगरहरू नेपालमा बसोवास गरेको विवरण यहाँ प्रस्तुत गरिएको छ । यी थरहरू विविध कारणबाट राखिएको कुरा यहाँ दर्शाइएको छ । कुलपूजामा स्थान विशेष पाइने जानवरलाई प्रयोगमा जस्तै डोल्पामा सुँगुर पाइने हुनाले कुल पूजामा सुँगुर खोज्न थालियो अनि तनहुँमा भेडा पाइन्थ्यो होला र भेडाले कुल पुज्न थालियो यसरी थरहरूमा पनि विविधता छ । जस्ता कुरा यहाँ बताइएको छ ।
मगर भाषाका स्थाननाम –विभिध कारणले गर्दा ५८ प्रतिशतभन्दा धेरै मगरहरूले आफ्नै भाषा जान्दैनन् वा  बोल्दैनन् । भाषा, संस्कृति, परम्परा, संस्कार तथा रीतिरिवाजहरू बिस्तारै लोप हुन लागेको स्थानीय नाममा परिवर्तन आएको, राजनीतिक परिवर्तनसँगै राज्यको एकल भाषा संस्कृतिको नाराले अन्य आदिवासी जनजातिका भाषा, संस्कृति र परम्पराहरू कतिपय स्थानमा लोप हुँदै गएकोलाई सम्रक्षण र सम्बद्र्धन गर्न पने धारणाहरू यहाँ आएका छन् ।
मगर जातिका संस्कार तथा प्रथा –
"संस्कार भनेको शुद्धीकरण हो जसले मानवलाई अनुशासित, मर्यादित र खास जीवन पद्धतिमा डो¥याउने काम गरिरहेको हुन्छ ।" यो परिभाष हो गोम विक्रमको । हरेक जातीमा आफ्ना आफ्ना संस्कार हुन्छन् मगर जातिमा पनि जन्म संस्कार जस्मा गर्भधरण, छैटी, न्वारन, पर्दछन् । गर्भवती महिलालाई गर्भ रहेपछि पूजाआजा वा धार्मिक कार्यहरूमा लगाइँदैर्न  साथै पतिलाई पनि  जङ्गलमा सिकार खेल्न, मारकाट गर्न तथा भीर मह काढ्न वर्जित गरिएको हुन्छ । शिशु जन्मिएपछि सुतक लाग्छ यो ठाउँ अनुसार ३ वा ७ वा ११ दिनसम्म बार्ने  चलन छ । छैंटी प्रायः पहिलो सन्तानको मात्र गरिने, चलन छ । रुकुम रोल्पातिर न्वारन ५ र अन्यत्र ११ दिनमा गरिन्छ । निम्तालुहरूले कुखुरा, जाँडरक्सी, चामल पैसा पाहुरको रूपमा ल्याउने चलन हुन्छ । बच्चाका मावलीले न्वारनको दिनमा सुन, चाँदी, कपडा वा उपहार ल्याउँछन् । न्वारनको दिन गाईको गहुँत खाने र घरमा छर्किने गरिन्छ । सुतक बारिने र बाबु नभएमा काका अनिवार्य हुनु पर्ने, न्वारन सकेपछि बच्चाको रक्षा गर्ने विश्वासमा हात र खुट्टामा धागो बाँधिन्छ ।
पुट भदै÷पास्नी (छो कास्के÷ज्याट खुलाइ) –५ महिना पुगेको छोरी तथा ६ महिना पुगेको पछि छोरालाई अन्न प्राशन्न गर्ने चलन  र यसमा छोरालाई पण्डितले जुराइदिएको साइत र आफन्तबाट अन्न प्राशन्न गर्ने चलन छ ।  यस दिन बच्चालाई सुनपानीमा नुहाएर नयाँ भोटो लगाई चाँदीका सिक्काले पाको उमेरका व्यक्तिबाट भात खुवाउन सुरू गरिन्छ । यसलाई ठाउँ र भाषिका अनुसार ज्याट खुलाई, छो कास्के वा पास्नीभन्ने गरिन्छ । सालको पातको बुट्टेदार टपरीमा १३ किसिमका परिकार जुटाए खुवाउने र कतै कतै बच्चालाई बाठो कनाउन बटाइको मासु खुवाउने चलन पनि छ । बच्चा रुनु पर्ने, बच्चाको आयु वृद्धिको लागि पाको उमरकाले पिठ्रयुँमा बोकी  जोर लौरो टेकी परदेश घुमाउने, दुधदहीको सगुन खुवाइ दिने दाल चामलबाट खिचडी, खुवाउने, सोरठी, बालन, कौडा नाच नचाएर वा रातभरी झाम्रे बसेर, रमाइलो गरी उज्यालो गराउने परम्परा छ ।
छेवर –बच्चा जन्मेको बिजोर वर्ष पारेर ५–९ बर्षभित्रमा मामाद्वारा केश काटिदिने मामा नभए आमाले काट्दा चोरेर वा झुक्क्याएर काटिदिनु पर्दछ । कतिपय ठाउँमा कपाल काट्दा दाम्लाले घाँटीमा बाँधी टुप्पी राखेर काटिदिने चलन छ । इष्टमित्र, कुलकुटुम्ब निम्त्याएर नाचगान र भोज भतेर पनि गर्ने चलनछ भन्ने विवरण यहाँ आएको छ ।
गुन्यू चोली दिने (घाँघर याहाके ) छोराको छेवर जस्तै छोरी जन्मिएको बिजोर वर्ष जर्तै ५ वा ७ पुगेपछि साइत
हेरी मगर लामाले गुन्यु चोली तथा मजेत्रो वा घाँघर दिने चलन थियो अहिले भने हराउँदै गएको छ ।
विवाह संस्कार –मगरहरूमा मामाचेली फुपू चेला बीच विवाह गर्ने चलन रहेको छ । त्यसबाहेक भागी विवाह, मागी विवाह, प्रेम विवाह, चोरी विवाह, जवर्जस्ती विवाह, विधवा (भाउजू )विवाह गर्ने परम्परा समेत रहेको छ । समय परिस्थिति र चेतनाको कारण आजभोलि जवर्जस्ती विवाह, भाउजू विवाह, चोरी विवाह भने हराउँदै गएको छ । यि विवाहहरूमा ठाउँ ठाउँमा गरिने रीति रिवाज कृतिकारले समावेश गरेका छन् ।
 मृत्यु संस्कार –मगर समुदायको मृत्यु संस्कारमा मृतकको पूर्वतिर खुट्टा र पश्चिमतिर टाउको फर्काई अन्तिम पटक सू्र्यको दर्शन गराउन राखिन्छ । मृतकको लास घरबाट, निकाली छिमेकीको छतमा राख्ने पनि चलन छ । अन्त्येष्ठिमा खोला वा नदीको किनार (घाट)मा गाड्ने वा जलाउने गरिन्छ । हिन्दू धर्म मान्नेले जलाउँछन् भने बौद्ध र क्रिश्चियन धर्म मान्नेले गाड्छन् । किरिया आफ्ना छोरा वा छोरी सबैले बार्ने गरिन्छ । मृत्यु संस्कारका लागि पुरोहित, भुसाल तथा मावली वा भान्जा अनिवार्य चाहिन्छ । मावलीबिना किरिया बार्दा शुद्ध मानिदैन । बाबु वा आमाको मृत्यु भएको हो भने भान्जाले केशमुण्डन गरी जुठो फाल्ने काम गर्दछन् । केशमुण्डन गर्दा शरीरमा कतै पनि रौं राख्न नहुने चलन छ । मृतकको छोराबुहारीहरू, छोरीहरू किरिया बसी ७–१३ औं दिनमा चोखिन्छ । पितृहरूलाई चामल, बेसार अनि फलफूल आदि चढाई कुटुम्बहरू डाकेर खुवाइन्छ । १२÷१३ दिनको दिन चोखिँदा रोटी, सेल, पुरी, दाल, भात, मासु (खसी, बोका वा कुखुराको मात्र) खान्छन् र सम्पन्न गर्दछन् । यहाँ कृतिकारले सबै कुरा प्रष्ट सबैले बुझ्नेगरी लेख्नुभएको छ ।
 भेजा प्रथा
गुरुङ जातिमा रोधी, नेवार जातिमा गुठी भए जस्तै मगर जातिमा भेजा प्रचलित निकै लोकप्रिय एक प्रथा छ । पश्चिम क्षेत्रका मगर समुदायमा निकै प्रचलित यो भेजा अुसार सुरक्षा, सहयोग र विकासका निमित्त विभिन्न सहकार्यहरू हुने  हुँदा यसबारेमा पनि कृतिकारले विवरणात्मक रूपमा प्रस्तुत गरेका छन् ।
परिच्छेद तीन–मगरहरूले कुल पूजा, चण्डीपूर्णिमा, पितृ पूजा, बलिहाङ् पर्व,बाह्र भदौ, भूमे पूजा, मगर एकता दिवस, मण्डली पूजा, माघे सङ्क्रान्ति, यौनाट, रूङ पर्वलाई विशेष महत्वको साथमा मनाउँदै आएको पाइन्छ । गोम विक्रमले यी पर्वहरू कसरी कहिले मनाइन्छ भनी विस्तृत विवरण यहाँ प्रस्तुत गरेका छन् ।
 चौथो परिच्छेद –यस परिच्छेदमा मगरी गीत र नाचहरूको बारेमा कृतिकारले पस्केका छन् ।  नाच गानमा मगर समुदमय निकै धनि छ । सुन्दर कला र गलाको प्रस्तुती यहाँ देख्न पाइन्छ । गीत र नाच मगरी समुदायको मनोरञ्जनको प्रमुख स्रोत हो । ठाउँ परिवेश र चलन अनुसारका फरक फरक खालका गीत र नाचहरूबाट मनोरञ्जन लिइने चलन छ  ।कौडा, गोपीचन नाच, घाटु नाच, जीवैमामा, झाम्रे नाच, झाँक्री नाच, टप्पा नाच, ठाडोभाका, तरबारे नाच, थाली नाच, नचारू नाच, पुतली नाच, पैसेरू नाच, मयुर नाच, यानीमाया, सालैजो, सिङ्गारू नाच, सुनिमाया, सोरठी, हाइमाया, हुर्रा नाच लगायतका गीत नाचहरू परम्पराबाट चल्दै आएका छन् । कतिपय लोपोन्मुख अवस्थामा पुगिसकेका छन् र सम्रक्षणको आवश्यक्ता देखिएको छ । यी गीत नाचहरू बाह्र मगरात तथा अठार मगरात दुवै समुदायमा लोकप्रिय छन् । यी नाच्ने गाउने तरिका प्रस्तुति ठाउँ अनुसार फरक देखिन्छन् जस्तै  पूर्वतिर गाइने हुर्रा जस्तो पश्चिमतिर गाइने गरुवा हुँदैन । मध्यपश्चिम भेगमा गाइने सालैजोको मिठास लोभ लाग्दो छ । समय परिवर्तन भएको छ । देशको युवाशक्ति पलायन भएका छन् । यिनै कारणले संस्कृतिलाई जोगाउन निकै कठिन देखिन थालेको कुरा कृतिकारले पस्केका छन् । यी सबैको विवरण कृतिकारले राम्रो सँग पस्केका छन् ।
परिच्छेद पाँचमा मगर साहित्यमा प्रकाश पारिएको छ । नेपाल आदिवासी जनजाति भाषा विज्ञान समाजले नेपालमा १४३ भाषा रहेको र तीमध्ये ८० वटा भाषा अहिले पनि जीवितै रहेको तथा बाँकी कतिपय भाषाहरू लोपोन्मुख अवस्थामा पुगेको कुरा जनाएको कु।ा यहाँ बोध विक्रमले जनाएका छन ् । राष्ट्रभाषा राष्ट्रको काम सुचारु रूपले प्रयोगमा आउनु राम्रो हो तर  मातृभाषा पनि जीवित रहनु पर्छ । छिरलिएको समाजमा  मातृ भाषा बचाउन त्यति सहज छैन । यहाँ  मगरहरूको भाषा लिपि सँगसँगै साहित्यको निमित्त मगर आदिकवि जितबहादुर सिञ्जालीदेखि आरम्भ गर्नु भएको कुरा र हाल आफ्नो भाषको प्रवर्धनको लागि मगर साहित्यकारहरू उत्साहको साथमा लागिपरेको विवरण गोम विक्रमले प्रस्तुत गर्नु भएको छ । मगर समुदायमा प्रचलित मूख्य ३ प्रकारका भाषिका रहेका छन् । मगर भाषा साहित्यको संरक्षण र सम्बद्र्धनको लागि संघ÷संगठन्हरू पनि गठन भएका छन् । वि. सं. २०१२, मा भीमप्रसाद बुढाथोकीको अध्यक्षतामा मगर समाज सुधार संघ, २०१४ मा एकदेव आलेको अध्यक्षतामा तनहुँमा तथा गुल्मीमा अर्को बृहत् सम्मेलन गरिएको र मगर भाषामा कृति प्रकाशन भने वि. सं. २०१९ मा आयो । आदिकविद्वय जितबहादुर सिंजाली मगर (स्याङ्जा) र रेखबहादुर थापा मगरद्वारा लिखित 'मगर भाषाङ ल्ङीङ र टुक्काउ किताब' 'मगर कुराङ प्रिय टुक्का ल्हिङ' प्रकाशित भै सकेका छन् । त्यसपछि वि. सं. २०३९ मा केशरजङ्ग बराल मगर (पाल्पा) को 'मगर कुरा कुटजाटम ङाक्के' पुस्तक तथा यमबहादुर आलेमगर (तनहुँ को सम्पादनमा 'सेहेच लामाङ ह्वाइङ' (२०३९) पत्रिका प्रकाशित भयो । वि. सं. २०४८ को राजनीतिक परिवर्तनपछि मगर भाषा साहित्यले बिस्तारै गति लिन पुगेको देखिन्छ । भाषाका आदिकवि जितबहादुर सिंजाली मगरको जीवनी खोजेर प्रकाशन गरिनुका साथै अन्य मगर साहित्यकारहरू पनि बिस्तारै तातिँदै गए । लोकबहादुर थापा मगरले मगर भाषामा लेखेर आम मगर समुदायमा नै जागरण ल्याउने प्रयासहरू गरे । फलस्वरूप अन्य लेखक र साहित्यकाकारहरूका क्रमशः निम्नानुसार, कृतिहरू प्रकाशन हुँदै आए ः उजीर राना मगर – 'माम्याक्नी' (नबिर्स–२०५८) र ए डाजे डइको (ए दाजु दिदीहरू–२०६४),  उमेश थापा हीस्की 'लाटो' मगर (रूपन्देही)– 'उमेसओ सीरजनाको', (उमेशको सिर्जनाहरू–२०६१), – केशरजङ्ग बराल (पाल्पा) – मगर कुरा कुटजाटम ङाक्के (२०३९), – खड्क आलेमगर – 'सेन टाहाके ?' (कहिले पुग्ने ?), – गणेश जिएम – ओर्गे मिऊमिऊ याङ्लो (कविता संग्रह— आँखै आँखाको साम्राज्य), – जनक माकिम मगर (नवलपुर) – 'गालाम फोइङ' (गजल सङ्ग्रह २०६५) ,– जितबहादुर सिञ्जाली मगर (स्याङ्जा) – 'ल्हेस्म राहानाङ' (फर्किएर,आउँदा),
 जुक्तिप्रसाद पुन – खाम मगर भाषाको संक्षिप्त शब्द सङ्ग्रह र खाम मगर पाङ— नेपाली— अंग्रेजी शब्दकोश (०६१)
– झुस्या मगर (स्याङ्जा) – 'रङ्सीचकूङ लरहिङ (२०४८) जजा बखत' (बाल्यावस्था, २०५२), बुढा इम (बुढो घर–२०५७), – टङ्कबहादुर आले मगर (उदयपुर)– कालोचायाँ लघुकथा सङ्ग्रह (२०६४), ,लाग्छ आकाश खस्दैछ कथा सङ्ग्रह (२०७३), अछेता लोककथा सङ्ग्रह(२०७५), – टेकबहादुर सारू मगर (पाल्पा) – बडहरे साहिंली (मगर भाषाको पहिलो
कथा सङ्ग्रह–२०५०), रिलिङ गोमक (मगर भाषाको कविता सङ्ग्रह २०७६)  टोप अस्लामी (पाल्पा) – भावना (कविता सङ्ग्रह संयुक्त), आदिवासीहरूको मुक्ति (पुस्तक) र गीतहरू, – निर्मल पुर्जा (म्याग्दी)– अमेजन वेस्ट सेलरमा पर्न सफल विश्व कीर्तिमानी,  पर्वतारोही निर्मल पुर्जा स्वयंको अनुभवमा आधारित 'वियोण्ड पोसिबल', पुस्तक । – प्रचण्ड बुढाथोकी (नवलपरासी) – कविता लेख्ने रिति (छन्द ज्ञान, २०२१), हाम्रा गीतहरू (२०५१), नेपाली शुद्ध लेख्ने तरिका व्याकरण (२०६३), जनताका जीवन गीत (२०६६) नेपाली धुकधुकी (गीत सङ्ग्रह) (२०६९), कर्खा गीत आदि । – पूर्ण थापा मगर (तनहुँ – 'ङा मगर' (म मगर २०६४), – पूर्णबहादुर राना मगर – 'माम्हीन्च' 'को नाङ सेन राहाले ? – (तिमी कहिले आउँछौ ? २०६६), – बमकुमारी बुढा मगर (रोल्पा) – भुम्या पर्व (संस्कृति विषयक) मैनेरी (संस्कृति,विषयक) सरङ्गे स्याही (संस्कृति, नाच विषयक) जोरा स्याही (संस्कृति नाच विषयक) गेयं गेस (नाच, संस्कृति विषयक) चेहेन लुङ (इतिहास) पोहोल, छेङा (इतिहास) जीतहार (कविता सङ्ग्रह) बेलायतको यात्रा कोरोनाको झट्का
(नियात्रा सङ्ग्रह) आदि मगर खामपाङ तथा नेपाली भाषामा प्रकाशित छन् । ' कोन्जा मोरूम' साहित्यिक त्रैमासिक  पत्रिका (२०४७ देखि), – विष्णु राना (सिक्किम गान्तोक) – विभिन्न पुस्तकहरू, – बूँद राना (रूपन्देही) – रातो मलाई प्यारो (गजल सङ्ग्रह), चल्दैछ जिन्दगी, (गजल सङ्ग्रह), चक्रबात, छिनोफानो र एकाकार लगायतका ४ खण्डकाव्य, तिलमा लेङ्गम (गीतिनाटक), बालकथा सङ्ग्रह गरी १२ वटा कृति प्रकाशित । – बेग आले मगर नाम्खान (धनकुटा)– 'मीकडीयाङ फोरझोच रीक्मा' (आँसुमा उफ्रिएको कलम–२०६४), – बैरागी' नाता मगर – 'छिनिकूङ पुरङ' (कविता संग्रह २०४८) र 'मोइओ,मिराप' (पहिलो खण्डकाव्य), 'खीस्सा ङेराहान ड पीहिनी (२०५५), मगर, ढुटो ल्हिङ (मगर भाषाको गीत पहिलो गीत सङ्ग्रह) बैरागी' नाता मगरकै ,(सम्पा) नेपाल मगर संघ जिल्ला कार्यसमिति तनहुँद्वारा प्रकाशित मगर कथा, संग्रह "मगर ढुटओ आहान गोहोमोक, मगर भाषाको कथा सङ्गालो (२०६४), – मनवीर गर्बुजा – मगरकुङ कर्मकाण्डौ पोस्टक (मगरहरूको कर्मकाण्डको किताब २०४७, २०५०), – मनु ठाडा मगर (धनकुटा) – 'काटलीसार' (एउटा कोपिला–२०६४), सहिडकुङ मानाम (सहिदको सपना २०६५), – मिवाट मगर (पाल्पा) – पाकुली कथा सङग्रह (२०७०) – मित्रसेन (भारत) – ११ खण्डकाव्य, कथा, नाटक, निबन्ध, गीत, गजल, कब्बाली, भजन, अनुवाद तथा डायरी लेखन जस्ता विविध विधामा कलम, चलाएका । – मीन थापा मगर (तनहुँ – 'जीह्च ङऊ लीस' (तड्पिएको मेरो देश) 'मगर ढूटाङ १०१ हाइकु' (मगर भाषामा १०१ हाइकु २०६४) – मेकबहादुर पुन मगर (रूपन्देही) – 'भड्कोसचको' (बाँच्न चाहनेहरू–२०६४), – मेकबहादुर राना मगर – 'बिक्च गिन' (दुखेको मन–२०६४) पहिलो गजल सङग्रह, – रणप्रसाद घर्ती मगर – खाम–पाङ मगर भाषाको दन्त्य कथा (२०६२),  रूद्र सन्देश मगर (स्याङ्जा) – 'बिकोलेसा' (दुख्दो रहेछ–२०६५) आर्मीट्मा (सम्झना, मुक्तक सङग्रह) , रूद्र हितान मगर (कास्की) – 'लाङ्घाके आरमेट्नाङ' (गाउँलाई सम्झँदा–२०५०),– रेखबहादुर थापा मगर (नवलपरासी) – मगर भाषाङ ल्हिङ टुक्काउ
किताब (संयुक्त २०१९), मगर कुराङ प्रिय टुक्का ल्हिङ, 'फन्च ठलरके',(जन्मभूमिको–२०५१), – लोकबहादुर थापा मगर – मगराती साहित्यका आदिकवि जितबहादुर सिञ्जाली र रेखबहादुर थापा (२०४७), – विजय हितान मगर (हाल ः बेलायत) – ब्लु प्लानेट कथा सङ्ग्रह, बागमती, ब्लुज कविता सङ्ग्रह, विछोड अघिको रात, जयबहादुर हितान ः व्यक्तित्व र कृतित्व, सहिदको सपना नाटक सङग्रह, स्वच्छन्द सुसेली (सम्पा) तथा मगर, रिन्हाक (मगर जागरण), – शिवलाल थापा मगर – ग्याहोट लख छान्नि, 'मोइओ मीराप' (आमाको रोदन, २०४९), 'लीस' (देश–२०६१),, – सञ्जोग लाफा मगर (उदयपुर) – 'रेवस' उपन्यास (चलन, २०५१) माहाञ्जौ,लुमरा' (स्वास्नीको चिहान, २०५६) 'जीव–सीम' (बाँच्नु–मर्नु २०५५), – सन्तोष बुढा मगर – 'मोई' (आमा–२०५३), – सोम राना मगर (धनकुटा) – रिही छ्योट (मगर कर्मकाण्ड २०५०, २०५४), – हेमा आले 'बोगी' मगर (नवलपुर)– 'रिक्मा' (कलम – २०६६) गजल, सङग्रह, सहीडकूङ मानाम (सहिदको सपना–२०६५), नेपाल मगर सङ्घ, जिल्ला कार्यसमिति, ललितपुरले वि. सं. २०५३ देखि आफ्नो, वार्षिक उत्सवमा जिल्लाव्यापी मगर भाषा कविता प्रतियोगिता आयोजना गरी, निरन्तरता दिँदै आएको छ । यमबहादुर आलेको सम्पादनमा 'सेहेच लामाङ हवाइङ', पत्रिका पनि प्रकाशित हुन थाल्यो । मगरहरू खासमा २०१२÷१४ देखि संगठित भए पनि वि. सं. २०१९ बाट साहित्यिक कृति प्रकाशित हुन थाले पनि पञ्चायत कालमा भने खास गति लिन सकेन तर लोकतन्त्रको पुनर्बहाली वि.सं.२०४७, पछि बल्ल बिस्तारै वामे सर्न थालेको देखिन्छ । फाटफुट रूपमा मगर भाषा– साहित्यका पत्र–पत्रिकाहरू पनि निस्कन थाले । अर्को कोणबाट हेर्दा कला, संस्कृति र परम्पराहरूलाई साहित्यले संरक्षण, संवद्र्धन र दस्तावेजिकरण गर्ने काम गरेको, हुन्छ । मगर भाषाका पाठ्यक्रमहरू बन्दै जान थालेका छन् । फेरि पनि मौलिक मगर संस्कृतिको खोज, अनुसन्धान र यथेष्ट लेखन हुन सकेको छैन । बहुभाषिक, पाल्पाली लेख तथा स्रष्टाका अध्येता राम ज्ञवालीका अनुसार विशुद्ध मगर भाषा र हित्यमा योगदान दिने साहित्यिक व्यक्तित्वहरू निम्नअनुसार हुनुहुन्छ ः –अनिल बुढा मगर (रुकुम), अबित सारु (पाल्पा), अयोध्याप्रसाद प्रधान (पाल्पा),आशिष सूर्यवंशी (पाल्पा), इन्द्रबहादुर आले (तनहुँ, इर्धासी झाँक्री मगर (रोल्पा), उजिर राना (उदयपुर), उमा सोमै (स्याङ्गजा), उमेश थापा (स्याङ्जा), कृष्णबहादुर थापा (तनहुँ, कर्णबहादुर बुढा (रुकुम), के. बि. थापा नाम्जाली (स्याङ्जा), खड्कबहादुर आले (तनहुँ, खड्कबहादुर सारु (रामेछाप), जनक माकिम (नवलपरासी), जुक्ति प्रसाद पुन (पूर्वि रुकुम), जीतबहादुर सिंजाली (गुल्मी), जीवनप्रवेश रोका (रोल्पा), टिकारामआले (गोरखा), टेकबहादुर सारु (पाल्पा), टङ्कबहादुर झाँक्री (रोल्पा), ताराबहादुर दर्लामी (सिन्धुली), तेजेन्द्र बुढा मगर (रुकुम), दलबहादुर बिर्कट्टा (स्याङ्जा), धनबहादुर मगर (तनहुँ, धिरेन्द्र थापा 'किसानी' (तनहुँ, पूर्ण थापा मगर 'सुगा' (तनहुँ, पूर्णबहादुर राना मगर (तनहुँ ) प्रेमप्रकाश घर्ती 'मायालु' (रोल्पा), फूलकुमारी थापा (तनहुँ, बमकुमारी बुढा) मगर (रोल्पा), बालकृष्ण पोखरेल (मकवानपुर), बेगबहादुर आले मगर नामखान (धनकुटा), बमबहादुर घर्ती (रोल्पा), भक्तिमाया पुलामी (भोजपुर), भोजविक्रम बूढा प्युठान), मनबहादुर बगाले (सुर्खेत), मन ठाडा मगर (धनकुटा), मीन थापा (तनहुँ,), महेन्द्र थापा (सुस्तापूर्व नवलपरासी), तिलक खाम्चा (पाल्पा), मेकबहादुर राना, मगर (स्याङ्जा), मेकबहादुर पुन (म्याग्दी), युवराज मास्की राना मगर (स्याङ्जा),
रणप्रसाद घर्ती मगर (रुकुम), रामबहादुर थापा (उदयपुर), रिमबाबु राना मगर, (स्याङ्जा), रुद्रबहादुर श्रीष (बाग्लुङ), रुद्रबहादुर हितान (कास्की), रेखबहादुर  थापा (तनहुँ, लक्ष्मण घर्ती (बाग्लुङ), लोकबहादुर थापा (स्याङ्जा), विजय
लुङ्गेली (नवलपुर), विजय सिङ्जाली (काभ्रेपलाञ्चोक), विष्णुकुमार सिङ्जाली (स्याङ्जा), वैरागी नाता मगर (तनहुँ, शिवलाल थापा गुरुछान मगर (तनहुँ, सञ्जोग लाफा मगर (उदयपुर), सन्त गाहा मगर (नवलपरासी), हरिकला थापा
(स्याङ्जा), हर्षबहादुर बुढा मगर (बाग्लुङ), हिरामोती राना सिङ्जाली (स्याङ्जा), हिरासिह थापा (सुर्खेत) तथा हेमा आले (नवलपरासी), लीला मास्की राना आदि । यसरी मगरी भाषा र साहित्यलाई समृद्धितिर डो¥याएर अहिलेको अवस्थासम्म ल्याइपु¥याउनमा धेरै, साहित्यकारहरूको अहम् भूमिका रहेको देखिन्छ ।
मगर चलचित्र
 श्रव्यदृश्यको रूपमा रहेको चलचित्रले  आँखा र कान मात्र नभै मनमतिष्कमै गहिरो छाप पार्दछ  ।यो समाजको दर्पण हो र यस्ले कला, संस्कृति, रितिरिवाज लगायतको सन्देश प्रवाह प्रदान गर्दछ ।  चलचित्रको थालनी फ्रान्सबाट भएको र नेपालमा े डि.वी. परियारले २००७ सालमा कलकत्तामा बनाएर २००८मा नारायण हिटीमा प्रदर्शित गरेको 'सत्यहरिश्चन्द्र' लाई पहिलो नेपाली चलचित्र मानिन्छ  भने वि. सं. २०२८ मा श्री ५ महेन्द्रको ४२ औं शुभजन्मोत्सवको अवसरमा हिरासिँह खत्रीले बनाएको वृत्तचित्र (डकुमेन्ट्री) लाई पहिलो नेपाली वृत्तचित्र मानिन्छ ।  
हिरासिँह खत्रीले वि. सं.२०२० मा बनाएको 'आमा' नेपालमै छायाङ्कन (सुटिङ) भएको चलचित्र हो । यस पछि 'कुमारी' (२०३४) चाहिँ पहिलो रङ्गीन चलचित्र हुने सौभाग्य पाएको थियो । त्यही हिसाबले आरम्भिक काल देखि  अहिलेसम्मको ७ दशकको अवधिमा नेपाली चलचित्रले लामै फड्को मारिसकेको देखिन्छ । जस्तो कि ओस्कारमा मनोनयन हुने 'क्याराभान (हिमालय)', 'बादलपारी', 'राँको', 'कुसुमेरूमाल', 'भिजिलान्ते' 'कागबेनी', हुँदै 'लव यु बाबा'  थुप्रै विभिन्न भाषमा बनेका चलजित्रको विवरण यहाँ प्रस्तुत गरिएका छन् ।
बुटवलमा 'मेरो सम्झना' (ङौ आर्मिट्मा ),ङौ कर्म (मेरो कर्म, ङौ आर्मिट्मा (मेरो सम्झना, ) लाङ्घौ रोह(गाउँको माया),लाङ्घाली नाङखार , , छिनिङ पिहिन, म्यारमिन, पाहुर , प्रतिबिम्ब ,  मिसार मिझार आदि चलचित्रको वित्त चित्रहरूको विवरण कृतिकारले पस्केका छन् ।  कृतिकारको भनाई छ –"नेपाली समाजमा अनादिकालदेखि मौलिक भाषा, संस्कृति, रीतिरिवाज, परम्पराका धनी मगर जातिको कलाको अत्याधुनिक सिनेमा निर्माणमा वामे सर्दै रहेको हुँदा खोज, अध्ययन, अनुसन्धान, संरक्षण, संवद्र्धन एवम् समयानुकूल प्रचार–प्रसारका लागि अझ थप पहल गरिनु जरुरी देखिन्छ ।" यो कथन यथार्थतामा आधारित छ ।
मगर जातिको धर्म–मगरहरुमा कसैले हिन्दु धर्म कसैले बुद्ध धर्म मान्ने गरेको पाइएता पनि कृतिकारले मगरहरू प्रकृति पूजक हुन् भन्ने गरेको पाइने भएकोले मगरहरूको धर्मको बारेमा विभिन्न सामूहिक बहस, छलफल र अन्तरक्रियाहरू चलेको भए पनि  निर्कौलको आवस्यता भएको धारणा गोम विक्रमबाट आएको छ  ।
मगर जातिको पहिरन –" छातीको दुई तर्फबाट क्रस गरेको खाडीको भाँङ्ग्रा र कछाड बेरेर खाली खुट्टा सिंहदरबार छिर्ने गरेका बर्मन बूढामगरलाई राजा वीरेन्द्रले, "दौरा सुरुवालमा आउनुपर्छ बरू म व्यवस्था गरिदिन्छु ।" भन्दा पनि "म लगाउँदिनँ यो मेरो मौलिक पोसाक हो मगर पोसाक नै मलाई ठिक छ ।" भन्थे नभन्दै मृत्युपर्यन्ततक उनले त्यस्तो सरल जीवनशैली छाडेनन् । " कृतिकारले एक स्वाभीमानी मगरको धारणा पस्केका छन् । बास्तवमा मगर समुदायको पहिरन निकै आकर्षक र लोभ लाग्दो छ । चाडपर्व भेषभुषा, नृत्य र रहनसहनहरू पृथक, मौलिक र आफ्नै जातीयता झल्किने खालका भए पनि सांस्कृतिक कार्यक्रममा झल्किने गरेता पनि समयको परिवर्तन सँगै या पहिरनमा केही  फेरवदल देखिन थालेको धारणा कृतिकारले पस्केका छन् । सारांसमा भाङग्रा ÷ भाङग्रो ः, कछाड, लुकुनी, फेटा सिङ्गापुरे बेल्ट ः कम्मरमा कस्ने पेटीलगाउने चलन पुरुषको छ । कम्मरमा कस्ने पेटीमा खुकुरीको दाप घुसारिने काम पुरुषले बाट हुन्छ भने मगरमहिलाको पोसाकमा चौबन्दी चोली गुन्यु ÷ गुनिउ, टेकीः पटुकी घलेक पछ्यौरा ÷ पछ्यौरी ÷ पछ्यौरो कम्मरभन्दा मुनी लगाउने बाहिरी लुगा, फरिया, सारी विशेष पर्दछन् । गुन्यूको रङ्ग चाहिँ खास गरी मटमैलो तरलो रङ्गले मसिनो धर्को तानिएको  खालको हुन्छ । खुर्पा खुर्पी ः खुर्पेटोको प्रयोग समेत प्रयोग गर्ने गरेको पाइन्छ । कृतिकारले यी पहिरन बारे कसरी लगाउने, उपदेयता के हो आदि समेत वर्णन गरेका छन् ।  
मगर समुदायमा प्रचलित गहनाहरू –गहनाहरूको प्रयोगले महिलाको रूपैे परिवर्तन गरिदिन्छ । मगर महिलाले प्रयोग गर्ने ढुङ्ग्री ः मुन्द्री ÷ मुन्द्रो ÷ मुन्द्रा ः बुलाँकी ः चेप्टे ÷ चेप्टो सुन ः पोते ः  पुवाँलो ः यी मुख्य गहनाहरू लगायर हेर्दा निकै आकर्षक देखिन्छन् । यसको प्रयोग कसरीगर्ने भन्ने विवरण पनि कृतिकारले यहाँ  पस्केका छन् ।  
मगर लोककला –लोक कलामा पनि मगर समाज निकै प्रगतिशील छ भन्न सकिन्छ । कृतिकारले यहाँ लोककला को वर्णन गर्नुको साथै त्यसलाई कसरी निर्मा गरिन्छ र त्यसको प्रयोजन केहो आदिमा प्रकाश पारेकाछन् । लोकचित्रकला, गुल (नाग) चक्र  भुमचाल चक्र , वर वा हलो चक्र  पन्थ चक्र –भङ वा खोर चक्र– वस्तु चक्र पाहुना चक्र , विभिन्न सामग्रीहरूमा कोरिने चित्रहरू,  खुर्पेटो वा दाप , झोला वा कपडामा बनाइने चित्र  ढुङ्गे चित्रकला  हँसिया राख्ने खुर्पेटो आदिको बारेमा भरिने चित्र का बारेमा वर्णन गरेका छन् ।  
काष्ठकलाको बारेमा बाँसको डोको, सोली, डालो, मान्द्रो, नाम्लो, थुन्से, सेउ, छत्रेटोपी, मखरा, कोरका, डेली, छाँचुर, भार, राँगेडोको, दाम्लो, मुँढा जस्ता काठ तथा बाँसबाट विभिन्न सामग्रीहरू बनाइने कुराको चर्चा गरेका छन । काठको कोलहरू ( चिउरीको वीयाँ र तोरी पेल्ने), उख,ँु अमिलो पल्ेने निर्माण गरेर े ठेंकी, कार्रे, मदानी  लगायतका सामग्रीहरू मगर जातिले काठबाट नै विभिन्न आकार प्रकारमा निर्माण गरेरको विवरणहरू पनि कृतिकारले प्रष्ट्याएका छन् । उच्च हिमाली क्षेत्रमा प्रसस्त मात्रामा भेँडा पालिने हुँदा त्यसको ऊनबाट धागो निकाली राडीपाखी, कम्बल, बख्खु जस्ता कपडाहरू मगर महिलाले घरमै तानबाट तयार गर्दछन् । यो  प्राचीन महिलाहरूको प्रमुख पेसा नै थियो ।
सिलाइ बुनाइ कला –उच्च हिमाली क्षेत्रमा पालिने भेँडाको रौंबाट धागो बनाई राडीपाखी, कम्बल, बख्खु जस्ता कपडाहरू महिलाले घरमै तान राखेर बनाउँछन् । त्यस्तै भाँगो, पुवा अल्लो आदि रेशाको प्राकृतिक तरिकाबाट धागो निकाली घरमै गादो (भाँङ्ग्रा), बख्खु, पटुका, छड्के लगायतका पोशाक तयार गर्ने कामहरू गरिन्छ । यसलाई बिस्तारै व्यवसायिक रूप दिन थालिएको छ भन्ने सन्देश कृतिकारले दिएका छन् ।
वास्तुकला–मगरहरूले  घर बनाउँने जग्गाको माटो झाँक्री, धामी, जैसीसँग हेराउँछन् र राम्रो देखिएको ठाउँमा शुभ साइत जुराएर खनेर जग राख्ने काम गर्छन् ।  यस अवस्थामा मयन वा धुरी खाँबोलाई विशेष सम्मानका लागि तोकेर पूजा गरिन्छ भनी कृतिकारले विस्तृत विवरण पेश गरेका छन् ।
कुँडुले वा घुमाउने घर– यी घरहरूको चलन पहिला पहिला निकै थियो हाल आएर नयाँ परिवर्तनसँगै यी घरहरू लोप हुँदै गएका छन् । घुमाउरो घरमा कसैमा गर्भे पाली र कुनै घरमा पाली राखिएका हुन्थ्यो । बाहिरपट्टि ढिकी जाँतो, स्याखु, मान्द्रो, गुन्द्री, मौरीका घार,हलोजुवा लगायतका घरेलु सामग्रीहरू राख्न मिल्ने ठाउँहरू बनाएका हुन्थे । झ्याल निकै निकै साना हुने गरेकोले कालो बढ्ता देखिने भए पनि स्वास्थ्यका अन्य दृष्टिले उपयुक्त, जाडामा न्यानो र गर्मीमा शित्तल हुने तथा भुकम्पबाट जोगिन सक्ने खालका घर निमार्ण गरिन्थे ।
मगरी खेलकुद– मगर जातीहरूको  विविध खाले खेलकुदलाई कृतिकारले यहाँ उत्तरी क्षेत्रमा धनुवाण, घोडादौड, छेलो ÷ ठेलो फाल्ने, बाघचाल, डण्डीवियो, भाले जुदाई लोकप्रिय खेल खेलिनेमा हाल, भलिबल, फुटबल, क्रिकेट, बक्सिङ तथा अन्य विभिन्न खेलहरू खेलिने र  केटाकेटीहरूमा लुकामारी, भुरुङ, गङ्गैरानी, छेक्काना, गोटा (गट्टा), गुच्चा, खोपी, गुलेली,  खेल्ने, कपर्दी इत्यादि खेलहरू खेलिने विवरण सहित  काकला चिचला खेल,  छेलो फाल्ने खेल, .ताँवाजुली खेल,  तीर हान्ने खेल, दाध्या चिप्चिप खेल, रस्साकस्सी खेललाई कसरी खेलिन्छ भनेर कृतिकारले रसिलो तरिकाले प्रस्तुत गरेका छन् । ठाउँ ठाउँमा खेल खेल्दा प्रयोग गरिने गीत प्रस्तुत गरेका छन् । उदाहरणको लागि एउटा गीतलाई यहाँ गाउन पनि सकिन्छ –
हे दलिए माउको हो... हलिए सालै हलो जुवा बन्द कैन
परम्परागत मगरी खानपान
मरी खानाको आफ्नै किसिमका स्वाद, बनाउने तरिका, धार्मिक, सांस्कृतिक तथा पौष्टिक महत्त्व बनाउने तरिका आदिलाई पनि कृतिकारले मुखै रसाउने तरिकाले पस्केका छन् । यो कृति अध्ययन कर्ताले ती खानाको स्वाद लिन ललायित हुन्छ भने होमस्टेमा जाउँ जाउँ लाग्छ । खानाको नाम यस प्रकार छन् – खिचडी, चुकाउनी, ढिँडो, बटुक, बिरौला, भुटेको मकै, सिस्नुको खोले, सेकुवा, सेल रोटी इत्यादि ।
मगर समुदायमा प्रचलित लोकबाजा –मानव भएपछि आनन्द लिन चाहान्छ । केही नभए पात बजाएर पनि आनन्द लिन्छ यस शीर्षकमा कृतिकारले मानव उत्पत्तिदेखि नै प्रचनलनमा ल्याउने गरेका मनोरञ्जनका बजाहरूलाई सविस्तार वर्णन गरेका छन्  नेपालमा अहिलेसम्म १५६ ओटा लोकबाजाहरू प्रचलनमा आएको कुरा पत्ता लगाएर त्रिपुरेश्वरको लोकबाजा सङ्ग्रहालयमा राखिएको धारणा कृतिकारले पस्केका छन् । यिनको राज्यले नै संरक्षण, सम्बर्धन, प्रचार–प्रसार र प्रयोगमा ल्याउन आवश्यक देखिन्छ, मगरी समुदायमा प्रचलित विभिन्न लोकबाजाहरू सँगै डम्फू, मादल, खैँजडी, मजुरा, पञ्चेबाजा, अलङ्का,कुटकुटे, मचेटा, दुन्दी, च्याखुरे बाजा, केतुकी बाजा, छेलर, विनायो, पैजन, खाँकर, तुरही, दरबङा, रिङ, मुर्चुङ्गा, दमाहा, मुरली÷बाँसुरी, डौदी, झ्याली,नङ«्रा,पञ्चेबाजाहरूमा केही बाजा लोप भै सकेका भन्दै   हरेक बाजाको प्रयोगको उद्देश्य यसको प्रयोग समय इत्यादिलाई कृतिकारले विवरणात्मक रूपमा प्रतुत गर्नु भएको छ ।
मगर समुदायका केही विशिष्ट व्यक्तियहरू
यस शीर्षकमा कृतिकारले मगरजातिका गौरवमय व्याक्तित्वहरूको बारेमा प्रष्ट्याउने प्रयास गर्नु भएको छ । मगर जातीका यस्ता व्याक्तिहरूछन् जस्को आवाजले तथा, जस्को प्राणको आहुतीले अन्याय अत्याचारमा आवाज उठायो नेपाललाई सगौरव बाँच्न सिकायो, विश्वमा लडेर भि.सी. पायो, वीर गोर्खाली भनेर नेपाललाई विश्वमा चिनायो तिनै व्याक्तिहरूको योगदानलाई हरेक मगर समुदायले गौरवका साथ लिन सक्छन् त्यस्ता केही व्यक्तित्त्वहरू यस खण्डमा चिनाउने प्रयास कृतिकारले गरेका छन् – जस्तै ः – प्रथम भि. सी. विजेता कुलवीर थापा, विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा, विशिष्ट व्यक्तित्व मित्रसेन, प्रथम सहिद लखन थापा, युवा वैज्ञानिक महावीर पुन इत्यादि । यहाँ विवरणात्मक रूपमा वर्णन गरिएका व्यक्तित्वहरू यसप्रकार छन् – कुलवीर थापा खगेन्द्र थापा, गोरेबहादुर खपाङ्गी ,जीतबहादुर सिंजाली,  जेबी टुहुरे , निर्मल पूर्जा,  प्रचण्ड बुढाथोकी, बमकुमारी बुढा  बूँद राना, लखन थापा (द्वितीय),  मित्रसेन थापा मगर । यहाँ मैले यी महत्वपूर्ण व्यक्तित्वको योगदानको बारेमा  कुनै कुरा झल्काउन सकिन तर कृतिकारले सपुष्ट विवरणहरू प्रस्तुत गरेका छन् ।
निष्कर्ष – यस कृतिले मगर जातिको बारेमा विस्तृत विवरणहरू समावेश गरेको छ  । यो मगरसंस्कृति, परम्परा र गरिमालाई दर्शाउने  दर्पण हो । यो पढेपछि मगर जाति को हो, के हो, कस्तो हो,उसको राष्ट्र र समाज प्रति दायित्व के हो, संस्कृति, संस्कार, हरेक क्षेत्रमा उसको योगदान के छ ?आदि थुप्रै प्रश्नको जवाफ एउटै कृतिले सपुष्ट प्रमाण सहित दिन सफल छ भन्दा फरक पर्दैन । मैले माथि नै कृतिले पस्केका धारणालाई निशारण गरेर पस्कि सकेको छु तर पनि पुनः एक पटक यस कृतिको निष्कर्षका केही शब्द साभारको रूपमा यहाँ प्रस्तुत गर्न चाहान्छु –"मगरहरूको जातिगत चिनारी, इतिहास, संस्कार, कला,चाडपर्व, पूजा, दिवस, मगरी गीत नाच, साहित्य, चलचित्र, धर्म, पोसाक, गहना लोककला, परम्परागत खेलकुद र खानपान, लोकबाजा र विशिष्टता प्राप्त गरेका व्यक्तित्वहरूभित्र पसेर पुस्तकबाट चिनाउनु पर्ने, लोप हुन लागेका, खोजिनु पर्ने कुराहरू पस्किएपश्चात् तिनको उचित संरक्षण, संवद्र्धन र अभिलेखिकरणको आवश्यक्ता र महत्त्व झल्काइएको छ ।" यो कृतिको सम्पूर्ण आयतन यिनै शीर्षकमा गरिएको सपुष्ट विवरणात्मक प्रस्तुति हो ।
 खोज अनुसन्धान निरन्तर चलिरहने प्रकृया हो । खोजेर तथा अनुसन्धान गरेर मात्र पुग्दैन त्यसलाई संरक्षण, सम्बद्र्धन, प्रचार प्रसारको साथै कतिपय पक्षलाई व्यवहारमा उतार्नु पर्छ, । यस कृतिले यी सबै पक्षमा ध्यान दिएर प्रयोगात्मक प्रविधिलाई पनि समावेश गरेर पस्केको छ र भावी खोज तथा अनुसन्धानलाई सफलताको साथमा अगाडी जानु पर्ने धारणा पनि राखेको मैले महसूस गरेको छु । कृतिकार गोम विक्रमको यो कार्य अनुकरणीय छ । सबै जातजातिको संस्कृति, परम्परा, र गरिमा राष्ट्रको अमूल्य रत्न हो । यस्ता खोज अनुसन्धान सबै जातजातिहरूले पनि  गर्नु आवश्यक छ ।
अन्त्यमा गोम विक्रमको यो कामको भूरि भूरि प्रशंसा गर्दै भावी जीवन एवम् साहित्यिक यात्राको उज्ज्वलताको कामना सहित विदा चाहान्छु ।
धन्यवाद
 २०८० श्रावण १२, कावासोती शान्तिचोक

डुमरवानाको सेरोफेरोमा घुमफिर गर्दा

सदानन्द अभागी
परिचय–
डुमरवानाको सेरोफेरो एउटा अनुसन्धात्मक कृति हो । डुमरवानाको सेरोफेरोलाई अध्ययन गरेर कृति सिर्जना गर्ने व्याक्ति  नवराज रिजाल हुनुहुन्छ । यस कृति सिर्जनागर्न सल्लाह र परमार्स दिने काम नारायण क्षेत्रीबाट भएको छ । तत्कालिन समयमा नेपाल ७५ जिल्लामा विभाजित थियो । १४ अञ्चल मध्ये बारा जिल्ला नारायणी अञ्चलमा पर्दछ । यस बारा जिल्लामा तत्कालिन समयमा ९८ गाविसहरू र एक नगरपालिका थिए । डुमरवानामा यिनै गाविसमध्ये एक ठूलो गाविस हो । हाल यो गाविस गढीमाई नगारपालिका अन्तरगत अवस्थित छ । यो कृति तत्कालिन डुमरवाना गाविस  हुँदाको समयमा यसले गरेका क्रियाकलापहरू जान्नको लागि अनुसन्धान गरेर तयार पारिएको थियो । यसमा आवरण पृष्ठ सहित अगणनीय पृष्ठ २० गणनीय पृष्ठ ९६ र विविध पृष्ठ ८ गरी जम्मा १२४ पृष्ठमा सिर्जना गरिएको यस कृतिको प्रकाशक डुमरवाना गा.वि.स.कार्यालय डुमरवाना बाराले गरेको छ । यो कृति १२ उपशीर्षकमा विभाजित छ ।
 शुभकामनामा आएका धारणाहरू–माधवकुमार नेपाल महासचिव, नेकपा (एमाले) तथा विपक्षी नेता प्रतिनिधि सभाले डुमरवानाले आफ्नो सेरोफेरोलाई समेटी सामाजिक, आर्थिक, राजनीतिक,शैक्षिक एवंं भौगोलिक स्थितिबारे जानकारी दिन तयार पारिएको स्मारिकाप्रति शुभकामना दिनु भएको छ । पूर्व साँसद बारा क्षेत्र नं ३ का पुरुषोत्तम पौडेल सामाजिक नेतृत्वको दायित्त्व शीर्षकमा थुप्रै मार्ग दर्शनहरू दिदै लेख्नु हुन्छ –"यदि नेतृत्व सक्षम र सफल छ भने समाज गतिमान , आशावादी र विश्वस्त रहन्छ । समाजको आशा विश्वास गतिमा नै निहीत रहन्छ ।" यहा पूर्व साँसदले गति र यथास्थितिको द्वन्द्वको बारेमा, राष्ट्रको सबै स्रोत र साधनकबो उद्गम स्थल केवल जनता भएको र यिनीहरूको आशा–विश्वास र चाहनामा मात्र काम र योजना अघि बढ्ने, जनतालाई विश्वास दिलाउन जनप्रतिनिधिको चयन हुने र यी प्रतिनिधिले जनतालाई विश्वासमा लिएर प्राप्त साधन र स्रोतलाई परिचालन गरेर विकासतिर लम्कने कुराहरू, पूँजीवादी प्रचार भौतिक संसारले थिचेका कुरा,आदि थुप्रै मार्गदर्शन यहाँ आएका छन् । सचिव, नेकपा( एमाले)जिल्ला कमिटी, बाराका अच्युत मैनालीले शुभकामना दिंदै लेख्नु हुन्छ –"डुमरवाना गाविसको नाम लिना साथ हामी गौरवले शीर उचो बनाउँछौ । यस गाविसले स्थानीय जनतालाई मात्र नभै  समग्र जिल्लालाई नै पथप्रर्दशन र उदाहरणीय कार्य गर्न सहयोग गरिरहेको छ ।"  जिल्ला विकास समिति बाराका सभापति छठुप्रसाद यादवले डुमरवाना गाविसको  सिर्जना गर्न लागेको पुस्तिकाको सरहना गर्दै समग्र बारा जिल्लाको विकासप्रति प्रतिबद्धता जनाउँदै लेख्नु हुन्छ –
समुन्नत,सक्षम, आत्मनिर्भर बारा
शिक्षित सुखी जनता सारा
नमुना जिल्ला उदाहरणीय सुशासन
हाम्रो संकल्प राष्ट्र निर्माणमा योगदान
 जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी नरेशकुमार चापागाईको धारणामा ड्मरवाना गा.वि.स. कार्यालयबाट प्रकाशन हुन लागेको "डुमरवानाको सेरोफेरो"ले गाउँ सिवकास समितिको यथार्थ बस्तुतथ्य जनता समक्ष राख्ने र गाउँ विकास समितिको सत्यतथ्य खुराक पस्कने नै छ भन्ने आशा व्यक्त गर्नु भएको छ ।
डृमरवाना, गा.वि.स. अध्यक्ष नारयण क्षेत्रीले यस पुस्तिकामा धेरै धारणा पस्कनु भएको छ । यस गाविसको बारेमा यो विस्तृत विवरण रहेको पुस्तक भएको धारणा राख्दै भन्नुहुन्छ –"आफ्नो बाटो आफै खन्नुपर्दछ, इतिहास आफै बनाउनु पर्दछ, , बुद्धि विवेक र क्षमताले भविष्यलाई डो¥याउनु पर्दछ, अमानवियता र जाल झेलको पर्दालाई चेत्नुपर्दछ । समय र इतिहास विद्वानको पछि लाग्छ ।" यहाँ अध्यक्षजीले डुमरवानाले जनआन्दोलनमा पु¥याएको योगदान, ने.क.पा. एमालेको सरकार हुँदा नारायणी अञ्चलबाट एकमात्र नमुना गा.वि.स. २०५१ मा घोषित हुनु, २०४६ सालको जनआन्दोलनबाट जनताले सोचे जस्तो पुरा गर्न नसकेको, सम्पूर्ण नागरिकको चेतना स्तरमा वैज्ञानिक शिक्षामा, सीपमा र रोजगारीमा चेतनास्तर उठाउन सकेमात्र विकास अघि बढ्ने धारणा यहाँ आएका छन् । बास्तवमा विकास भन्ने जनस्तरबाटै अंकुरण हुनपर्दछ ।
अनुसन्धानकर्ताले तीतो÷टर्रो शीर्षक दिएर डुमरवानाप्रतिको आफ्नो धारणा यसरी पस्कनु भएको छ –"डुमरवाना मेरो गाउँ , मेरो बस्ती, डुवमरवाना मेरो हाँसो , मेरो खुसी, डुमरवाना मेरो सपना, मेरो विपना । डुकरवाना मेरो विगत, मेरो वर्तमान । डुमरवाना मेरो हाँगो मेरो डाली ।" डुमरवानालाई सर्वस्व नै मान्ने रिजालजीले यस शीर्षक अन्तरगत धेरै यथार्थतालाई विश्लेषण गर्नु भएको छ ।  मानव समाजको यथार्थता हेरेर, हरेक चीजमा नाफामुखी अभिव्यक्ति सुनेर, देशको लागि केही गरौं भन्ने धारणाबाट टढै रहेको जनधारणा बुझेर, स्वार्थै स्वार्थमा चर्लुम्म डुवेका शैक्षिक व्यक्तित्वका आवाज सुनेर, भाषा, साहित्य,कला र संस्कृतिप्रति ठूलाठालुमा नै सचेतनाहीन देखेर रिजाल सोचनीय देखिन्छन् । आजको समाजलाई उनले राजनीतिमय, भाषणमय पाउँछन् । सञ्चारले पु¥याएको सुविधालाई मनन् गर्छन् , राजनीतिका सीमा र अवस्था हुनाले राजनीतिलाई विश्वासको छातीमा राख्नुपर्छ भन्ने मूल आशय पस्कन्छन् । याजका बालबालिकामा आफ्नो संस्कृति र परम्परा विमुख हुँदै पराय संस्कृतिको अवलम्वन, भाषण र नाराम्रा नारी स्वतन्त्रता, जातीय समानता, र भेदभावहीन समाजको वकालतमा जति लागे पनि यथार्थतामा हेर्दा व्यवहारमा आउन नसकेको, नेपाली हौं भन्ने हामीले नेपाली हुन के गरिएको छ भन्ने कुरा, हाम्रा सहिद र नेपाल निर्माता तथा विद्वान बर्गको जानकारी भन्दा विदेशी कर्मीहरूको लगाव, जमिन अतिक्रमण भन्दा संस्कृति अतिक्रमण ठूलो हुने, केही गर्छौ भन्ने हो भने जोस जाँगर इच्छाशक्ति जागृत हुनु पर्ने, असल समाजको सिर्जनाबाट राष्ट्रको उत्थान र प्रगति हुन सक्ने आदिको बारेमा सोच्दा खेरी आपूmलाई छाम्नै पर्ने आदि धारणाहरू रिजालजीले राख्नु भएको छ ।
अतितदेखि वर्तमानसम्म –यस शीर्षकमा पृष्ठभूमि र नामाकरण गरी दुई शीर्षक समावेश गरिएका छन् । पृष्ठभूमिमा नेपालका ७५ जिल्ला, १४ अञ्चल ५ विकास क्षेत्र अनुसार यो मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चल बारा जिल्ला, बारा जिल्लाको डुमरवाना गाविस र यसको विकास कर्मलाई यहाँ जोडिएको छ । डुमरवानामा कहिलेदेखि मानब बसोबास भन्दा दुईसये वर्षमा पुग्न सकिए पनि डुमरवानाको स्वरूपबृद्धि ४०÷४५ वर्ष सुरु भएको भन्न सकिने । विशाल नेपाल एकिकरण हुनु भन्दा पहिला बारा जिल्ला तिरहुत अर्थात सिम्रौनगढ राज्यबाट मकवानपुर राज्यमा पर्नु,मकवानपुरका राजा हिउँदमा बारागढीमा बस्नु, वन क्षेत्रमा पर्ने, राणाकालिन प्रधानमन्त्रीहरू शिकार खेल्न आउने गर्नु, हुलाकी मार्ग यही गाविसबाट जाने र काठमाडौदेखि पूर्व जाने कर्मचारी लगायत यसै मार्गबाट आवत जावत गर्नु, नेपाल र भारतीय जनताबिचमा परापूर्वकाल देखिको सम्बन्ध, गौतम बुद्धको जन्मनेपाल र ज्ञानप्राप्ति भारत, नेपालको जेठो राजनीतिदल प्रजापरिषदका नेता टंकप्रसाद आचार्य र दशरथ चन्द्रका बिच वि.सं. १९८०मा  राणा शासनको अन्त्यको लागि यसै गाविसको वार्ड नं ७ मा मौवादहमा कुराकानी भएको,  २०४६ सालको जनआन्दोलनमा ४ दर्जन व्याक्तिहरूले प्रजातन्त्रको लागि गिरिप्mतारी दिएका, तीसको दशकदेखि यो गाविस वामपन्थीको पकडमा रहेको धारणा आएको छ ।  
नामाकरण सम्बन्धमा तीन परिभाषा आएकोमा पहिलो डोम जातिको बसोबास भएको कारणले डोमरवाना बाट डुमरवाना भएको, दोस्रो परिभाषामा डुमरवानामा ठूलो पैनी भएको र सधैं डुवाइरहने भएकोले छिमेकीले डुवाउने गाउँ भन्दा भन्दै गाउँको नाम डुमरवाना हुन गएको, तेस्रो परिभाषामा गाउँको नजिक ठूलो वन रहेको र खोक्सा डुमर जातको स्याउला पाइने र काटेर बाँध बाध्ने भएकोले डुमरवाना रहेको र यही परिभाषा भरपर्दो रहेको  आदि विवरण यस शीर्षकमा आएका छन् ।
भौगोलिक वस्तुस्थिति– यस शीर्षकमा क्षेत्रफल( निर्वाचन क्षेत्रनम्बर तीनमा पर्ने र क्षेत्रफल (अन्दाजी ५४ वर्ग किलोमिटर), सिमाना(पूर्वमा हरैयार मनहर्वा,गाविस,पश्चिममा सिमरा गाविस,उत्तरमा अम्लेखगञ्ज, दक्षिणमा फत्तेपुर गाविस), भू–बनोट( पूर्ण रूपमा तराई प्रदेशमा पर्ने), हावा पानी(उष्ण र अर्धउष्ण), नदीनाला(दुधौरा,बालगंगा,पसाहा), प्राकृतिक वनस्पति (गाविसको उत्तरमा घना जंगल, (तथा उष्णप्रदेशीय सदाबहार जंगल), पशुपंक्षी( जंगली जनावर र घरपालुवा जनावर भएका र आरक्षबाट आउने हात्ती र वाघले दुःख दिने गरेका) र पर्यटकीय क्षेत्रको सम्भावनामा (हलखोरिया,रामजानकी मन्दिर, रजघट्टा र मैनादेवी मन्दिर) आदि विवरण र यिनबाट प्राप्तहुने आर्थिकलाभको साथै नदीनालाले र वनजन्तुले पु¥याउने क्षती आदिको विवरणात्मक प्रस्तुति गरिएको छ ।
सामाजिक परिवेश –विविधताले सजिएको समाज, जातजातीहरू(रैथाने थारु बाहेक ब्राह्मण, क्षत्री, नेवार, मगर, गुरुङ, राई, लिम्बु ,दमै, कामी सार्की, तामाङ, भा्रतीय मूलका कलवार, दुसाद, चामार, यादव, भुइहार, धागड,र मुस्लिम), रहनसहन (बहुजाती बहुभाषी,बहुधार्मिक,र बहुसंस्कृतिक भएकोले आफ्ना आफ्ना परम्परा संस्कृति चाडपर्व,आदि साथमा लिएर आएका र मानिरहेका पाइने), वेशभूषा ( रैथाने जाती र हिमाली क्षेत्रदेखि,विविध स्थानबाट बसाई सराइ गरेर आएका र भारतीय मूलका समेत आदिले आफ्नै किसिमको वेशभूषा पहिरन भए पनि अहिलेका युवायुवतीले ब्लाउज,साडी, कुतार्– सुरुवाल सर्टपाइन्ट लगाउने चलन), सांस्कृतिक सचेतना(संस्कृतिक सचेतना कम भएको र २०३८ सालदेखि जनवादी गीत र जनवादी विवाह सम्पन्न हुने गरेको), धर्म( हिन्दुधर्माबलम्वीको बाहुल्यता भए पनि बौद्ध, क्रिश्चियन र इस्लाम पनि छन्), धार्मिक स्थल र मठमन्दिर (रामजानकी मठ डुमरवानाको सबभन्दा पुरानो देवस्थल भएको र हरेकवर्ष शिवरात्रीमा मेला लाग्ने अलवा मौवादेवी, डकाहा जलेश्वर महादेव, कतर्वा, दुर्गा मन्दिर ,कतर्वा, पशुपति मन्दिर खयरशाला, जोरलाही देवस्थान, रामसीताको मन्दिर रजघट्टा , सुन्दरबस्ती चैत्य, यस अलवा दुईवटा चर्च ),चाडपर्व (दशैं, तीहार, छट, माघेसक्रान्ति, ल्होसार, होली, चैतेदशैं, नयाँ वर्ष,साउने सक्रान्ति, इद, किसमस, रमजम आदि प्रमुख रूपमा), भाषा (नेपाली भाषा पहिला, थारु दोस्रा, भाषिकाका रुपमा बोलिने, भोजपुरी, धांगड, राई, लिम्बु,तामाङ, मगर, नेवार,गुरुङ आदि), सडक (दुधरादेखि पसाहसम्म करीब ५ किलोमिटर महेन्द्र राजमार्गले छोएको छ, मखन आश्रित मार्ग, मुखलाल मार्ग, गणेशमान मार्ग, पासाङलामु मार्ग, पुष्पलाल मार्ग, महाकवि देवकोटा मार्ग, प्रगति मार्ग, नमूना मार्ग, रजैयामार्ग,आदि) मुख्यबालीहरू(उखु, धान, मकै, तोरी, मुसुरो,सुर्ती, र गहुँ ), उद्योग धन्दा ( कुटानी पिसानी, साना मिलहरू घरेलु इटा टायल,  व्यवसायी कुखुरा पालन, वंगुर पालन पाउरोटी उद्योग आदि ), संचार (टेलीफोन एकलाइन र इलाका हुलाक), स्वास्थ सेवा ( एक उपस्वास्थ चौकी ), विद्युत (२०४९सालको स्थानीय निकाय निर्वाचन देखि विद्युत विरण कामको थालनी)  संघ संस्था र तिनका प्रमुख ( २१ संस्था र तिनका अध्यक्ष र सचिवको विवरण दिइएको छ), र प्रमुख बस्तीहरू ( टोलहरूको एकीकृत रूप नै डुमरवाना गाविस भएको र यहाँ ९वटै वडका टोलहरूको विवरण दिइएको छ )। यो नै डुमरवानाको समाजिक परिवेश हो ।
 शैक्षिक भावभूमि –डुमरवानामा करिव २०० वर्ष अघिदेखि मानव बस्ती बसेको र यहाँको शैक्षिक इतिहास पनि त्यति लामो देखिदैन तर पनि यहाँ ५ र्वोडिङर १३ सरकारी अनुदान प्राप्त विद्यालय रहेका छन् । १८ विद्यालयहरूमा एक उच्च मावि, दुई मावि, दुई निमावि । १३ प्राथमिक विद्यायहरू छन् । जनसंख्या २०४८ सालको जनगणनामा १२३४९ रहेको मा २०४८को जनसंख्या ९वै वडाको महिला पुरुष गरी १६९१० पुगेको छ । साक्षरताको हकमा विविध कारणले गर्दा बढोत्तरी रहेको देखिन्छ । ४ दर्जनको हाराहारिमा स्नातक को विवरणहरू,र स्नातकोत्तर गर्नेको संख्या भेटिन्छ । शिक्षण संस्था र तिनमा कार्यरत जनशक्ति, एसएलसीमा उत्कृष्ट अंक प्राप्त गरी ११ मा जाने र ११मा उत्कृष्ट अंकप्राप्त गर्ने विद्यार्थीलाई गाविसबाट भर्ना शुल्क उपहारस्वरूप व्यहोर्ने गरको, गाविसभित्र शिक्षाक्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई गाउँ विकास समिति पाँचौं गाउँ परिषदको निर्णय अनुसार १६ जना विभिन्न व्यक्तिलाई पूर्व सांसद पुरुषेत्तम पौडेलले अभिनन्दन गरेको। विद्यार्थीहरूको विवरण , पुस्तकालय खोल्ने काम नवराज रिजाल र दिलबहादुर भट्टराईले २०३८ सालमा नवयुवा पुस्तकालय खोलेका,यो पुस्तकालयमा २०३९ सालमाको वडा दशैंमा 'गंगालालको चिता' नामक नाटक मञ्चन गरिएको, २०४० सालमा बौलाह काजीको सपनाको मञ्चन भएको तरपछि गएर  आफसेआफ बन्द हुनु, हात्तीसारमा पुस्तका लय खोलेको र २०४६ सालमा शहीद स्मारक कलव निर्माण गरेर पुस्तकालय खोलेको तर यी तीनै पुस्तकालय हाल सञ्चालित नभएका, स्नातकहरूको नाम, ठेगाना, शैक्षिक योग्यता, पेशा, हाल कहाँ भनी ४० जनाको विवरणहरू,राजनीतिक गतिविधिमा सबै भन्दा ठूलो दल नेकपा एमाल रहेको र दुवै स्थानमा बहुमत ल्याएको, २०४६ सालको जन आन्दोलनमा सक्रिय भएका हरूलाई २०५७÷६÷१२ गतेको चौथो गाउँ परिषदको उद्घाटन समारोहमा ४५ जनालाई माननीय केदार न्यौपाने द्वारा अभिनन्दन गरिएको, आर्थिक गतिविधिमा हेर्दा कृषि, जागीर, भारतीय र बृटिस लाहुरे, घरेलु स्तरका उद्योगहरूमा काम गरेवापत पाउने तलव, पत्रकारितातर्फ हेर्दा धेरैपछि परेको, खेलहरूमा फुटवल र भलीवल खेलहरू खेलिए पनि राष्ट्रिय स्तरका खेलाडीको कमी, नेपालवादोकाई करातेखेलका खेलाडी विष्णुओस्ती र रुपेन्द्रथापाले भारतमा भएको प्रर्दशनमा पुरस्कृत भएका आदि तथ्यहरू यहाँ प्रस्तुत गरिएका छन् ।
अभिमत – यस शीर्षकमा डुमरवाना कस्तो हुनुपर्छ ? सुव्यवस्थित डुमरवानाको निम्ति आवश्यक पर्ने कुरा केके होला भन्ने प्रश्न चार दर्जन व्यक्तिसँग राखिएको थियो । यी अभिमत मगिएका व्यक्तिहरू डुमरवानामा स्थायी बसोबासगरेका स्नातक, गाविस अध्यक्ष, उपाध्यक्ष पदमा बसेका पूर्वप्रमुख र उपप्रमुखहरू थिए ।  यी मध्येमा ९ जनाले डुमररवानाको विकास सम्बन्धी र एक जनाले वन सम्बन्धी धारणा पस्केका थिए ।  यी अभिमतहरूलाई केलाउँदा सारभावहरू यसप्रकार देखिन्छन्  आर्थिक सम्पन्नता र कृषि– डुमरवानाको विकासको लागि सबैका धारणामा अर्थिक सम्पन्नताका कुराहरू उठाएका छन् । डुमरवाना गाविस कृषिमा निर्भर रहेकोले सिचाइ नभएका तथा सुखाग्रस्त क्षेत्रमा डीप ट्यूवेल, सिचाइका कार्यकर्म बढाउनु पर्ने, मलबीउ, कृषि जन्य उद्योग, हाटबजार व्यवस्थापन तथा प्रचारप्रसार, ,पशुस्वास्थ केन्द्रको स्थापना , दूध चिस्याने पलान्टको स्थापना, उन्नत जातका बीउको प्रयोग,उन्नत नश्लका पशुपंक्षीहरूको पालन तथा व्यवस्थापन गर्ने आदि धारणा आएका छन् ।
समाजिक एकता÷ जनसहभागिता÷विकास– विकासको लागि समाजिक एकता हुनुपर्छ । विकासमा सबैको एकमत हुनुपर्छ तथा राजनीतिवादमा अल्झिनु हुँदैन, आफ्नो गाउँ आफै बनाउँ तथा स्वावलम्वन कार्यक्रम सञ्चालन हुनु पर्छ, बहुदलीयव्यवस्थामा अलग विचार रमाख्नेसँग समन्वयनको भूमिका निभाउनु पर्छ । सामाजिक कार्य सञ्चालन गर्न जन सहभागिताको ठूलो भूमिका हुने हुन्दा जनसहभागिता जुटाउनु पर्दछ ।भ्रष्टचार, अन्याय, अत्याचार र शोषण रहित समाजको निर्माणतिर लाग्नु पर्ने, जनचेतना जगाउनु पर्ने । विकासमा महिलाको सहभागिता हुनु पर्ने र महिलालाई उच्च सम्मान गर्नुपर्ने । युवाहरूको खेर गएको श्रमशक्तिको सदुपयोग गर्नु पर्ने । विकास भन्दा केवल बस्तुलाई मात्र सम्झनु हुँदैन । यो त मूल्य मान्यता, नैतिकता, र अनुशासनको रुपमा लिनुपर्छ । विकासको लागि दक्ष जनशक्तिको आवश्यक पर्ने भएकोले सीपमूलक तालिम, गोष्ठी, आदिको सञ्चालन गर्नुपर्ने, सामाजिक न्यायको लागि प्रत्येक वार्डमा न्याय समितिको गठन गरिनु पर्ने, जुवातासप्रति बन्देज लगाउनु पर्ने, मादक पदार्थको निषेधित क्षेत्र घोषण हुनु पर्ने, कुशल योग्य र चिन्तनशील जनप्रतिनिधिको छनौट गर्नु पर्ने आदि धारणा आएका छन् ।
स्वास्थ र्– स्वास्थमा डुमरवानामा एक उपस्वास्थ चौकी रहेकोले यसबाट स्वास्थसेवा जनतामा पुग्न नसकेको हुँदा डाक्टरको दरबन्दी सहित मिनी–हस्पिटन स्थापना हुनु पर्ने, दलित, ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्तहरूलाई निशुक्ल औषधी दिनु पर्ने, सार्वजानिक शौचालय ठाउँ ठाउँमा हुनु पर्ने ,वार्ड वार्डमा स्वास्थ चौकी हुनु पर्ने, शुद्ध खाने पानीको व्यवस्था गरिनु पर्ने, आदि धारणा आएका छन् ।
यातायात सडक÷बाटो÷पुल÷पुलेसा – जिल्लास्तरीय मार्गहरु मानमत–मरिअर्वा र रजैया मार्गको कालो पत्रे गरिनु पर्ने , भुलही –इनर्वा–फत्तेपुर–डुमरवाना –महेन्द्रराजमार्गको निर्माण गरिनु पर्ने, बाटोहरूमा कल्भर्ट बनाउनु पर्ने ,ग्राभेल नभएका सडकमा ग्राभेल राख्नु पर्ने, दुधौरा नदी, बालगंगा,पसाहमा पुलको समस्या भएकोले पूल बनाउनु पर्ने आदि धारणा आएका छन् ।
शिक्षा÷,चेतना, संचार ÷वाचानालय÷ पुस्तकालय –उच्च शिक्षाको प्रवन्ध, शिक्षा संस्था राजनीतिमा तटस्थ, स्कुलमा दरवन्दीको पूर्ति हुनपर्ने, भौतिक साधनमा दरविलो हुनुपर्ने कृषि क्याम्पसको सञ्चालन, साहित्यलाई उच्च प्राथमिकता, पुस्तकालय, वाचनालय,आदिको व्यवस्थापन बारेमा धारणा आएका छन् ।
नदी नियन्त्रण – दुधौरा, बालगंगा र पसाहाले डुमरवानालाई कटान गरेर क्षती पु¥याएकोले नियन्त्रण गर्ने, बाँध बाभ्ने फलपूmलका बोट रोप्ने आदि धारणा आएका छन् ।
टाँगिया बस्ती÷ हात्तीसार÷ बिरगञ्ज चिनी कारखाना र अव्यवस्थित बस्तीको व्यवस्थापन –टाँगिया बस्ती आफ्नै पहिचानविहीन, अभिभावक विहीन, बैधानिकताविहीन भएकोले वैधानिकता दिनुपर्ने या कतै पुनस्र्थापन गर्नु पर्ने धारणा, हात्तीसार महत्वपूर्ण जग्गा भए पनि , व्यवस्थापन गर्न पाउने अधिकार गाविसलाई भए पनि  दोहोरो भूमिका र प्रशासनिक असहयोगको कारण खाली हुन आएको छैन । यो जग्गामा बजार व्यवस्थापन, सरकारी तथा सरोकारका कार्यालय स्थापना, स्नातक कक्षा आदि सञ्चालनको लागि प्रयोगमा ल्याउनु पर्ने धारणा । बिरगञ्ज चिनीकारखानाको जमिन अतिक्रमण हुँदै गरेको, अव्यवस्थित भएको हुँदा, औद्योगिक या शैक्षिक प्रयोजनमा (कृषि क्याम्पसमा ) प्रयोग गर्नु पर्ने, अव्यवस्थित बसोबासको हकमा जोत भोग भएका दर्ता गर्न योग्य जमिन कानुनीमान्यता बमोजिम दर्ता गराई लालपूर्जा उपलब्ध गराइ दिनु पर्ने, अव्यस्थितबस्तीलाई व्यवस्थित गराउनु पर्ने धारणा आएका छन् ।
 वन र वातावरण संरक्षण –वन सम्बन्धमा एउटा विवेचनात्मक लेख छुट्टै यहाँ समावेश पनि गरिुएको छ । यहाँ सामुदायिक वन,सरकारी वन र निजीवनका कुरा पनि उठाइएका छन् । पहाडी भेगका सामुदायिक वन पूर्व देखि पश्चिमसम्म फैलिएको र सफल पनि भएका कुरा, सरकारी वन सामुदासयक वन सरह संरक्षित नभएको कुरा, गुरु योजना २०४५ वनेका कुरा , यही योजना अनुसार २०४९वन नियावली २०५१मा जारी गरिएका कुरा, वैज्ञानिक वनका कुरा, १३ वटा सामुदायिक वन गठन भएर हस्तान्तरण भएका कुरा, निदरलैण्ड विकास नियोग ९क्ल्ख्० आर्थिक सहयोग बाट संचालित वनका कुरा, फेकोफनका कुरा फिनलैण्डको लगानीबाट बनेको वनका कुरा समेसिटएका छन् । महेन्द्र राजमार्ग दक्षिणको वनलाई सामुदायिककरण गर्नु पर्ने र माथिको वनलाई विशेष वनको रूपमा विकासगर्नु पर्ने धेरैजनाको अवधारणाहरू आएको छन् ।
भौगोलिक सीमांकन –सीमांकन गाविस छुट्टिने गरी गर्ने र वडाहरु पनि मिलाउने काम गर्नु पने कुरा पनि यहाँ आएको छ । विविध धारणाहरू– बजार, औद्योगिक धन्दा, ग्रामिण विकास वैंक, साना किसान सहकारी संस्था, मठमन्दिर, गुम्बा, खेलकुद, साहित्यको विकास, मदन–आश्रित स्मृति पार्क निर्माण, पर्यटकीय तथा मनोरन्जन स्थलको छनौट, जाति, भाषा, कला धर्म, संस्कृति विविधायुक्त तथा यस गाविसका सबै क्षेत्रहरूको सम्बद्र्धन गर्नु पर्छ भन्ने धारणा यहाँ आएका छन् ।
यहाँ आएका अभिमतलाई कार्यन्वयनमा उतार्न सकेमा डुमरवाना एउटा नमुना गाविस बन्न सक्छ । समयको साथ साथै विकासकर्म पनि अगाडी बढ्छ ।  यो अध्ययन निकै वर्ष पहिर्ला  (२०५९) गरिएको हुँदा र यो मार्गदर्शन प्राप्त गरिसकेपछिका नेतृत्व वर्गले कति कार्यन्वयनमा ल्याए र कति विकास भयो भनि जान्नको लागि नयाँ अध्ययनको खाँचो देखिन्छ ।
गाविस खण्ड – यस खण्डमा २०५४का निर्वाचित ४७ जना र मनोनित ५जना गरी ५३ जनाको तस्विर, नाम पद शिक्ष र सम्बन्द्ध दलको विवरण उल्लेख गरिएको, कार्यालयमा कार्यरत कर्मचारी,गाविस द्वारा गठित विभिन्न उपसमिति र तिनका पदाधिकारीहरू(क. न्याय समिति,–१५, ख.खेदकुद समिति–८, ग. पुस्तकालय व्यवस्थापन समिति–७, घ. खानेपानी तथा सरसफाई समिति –१३ « ङ. वन व्यवस्थापन समिति –५, च. सल्लाहकार समिति–७ छ. लेखा समिति ३, ज. सर्वदलीय समिति प्रतिनिधि (नेकपा एमाले, नेपाली काँग्रेस, राष्ट्रिय जनकोर्चा, राप्रपा), झ. उपस्वास्थ चौकीव्यवस्थापन समिति–७, ञ. गाउँ शिक्षा समिति ६, ट. सिलाई कटाइ तालिम व्यवस्थापन समिति ७. ठ. गाउँ विकास कार्याक्रम (एलजीपी) अन्तरगत ४६ समूहको अध्यक्ष र प्रवन्धक(मेनेजर) एक जना सामाजिक परिचालक समेतको विवरण, सीएमसी अध्यक्ष मेनेजर समिति रहेको र प्रत्येक महिनाको ५ गतेबैठक हुन्छ  भन्ने जानकारी यहाँ दिईएको छ ।
४. दृष्टिकोण– यस परिच्छेदमा उच्च माध्यमिक विद्यालयका प्राचार्यको स्वतन्त्र दृष्टिकोण÷मन्तव्य, सचिवको स्वतन्त्र दृष्टिकोण, राजनीति दलका सक्रिय सदस्यसँग तीनवटा प्रश्नहरू जस्तै डुमरवाना गाविसको कामकारवाहीप्रति दलको दृष्टिकोण कस्तो छ गाउँको विकासको लागि आफ्नो दलको तर्फबाट गरिएका पहल, गाविसमा तपाइँको दलको स्थिति कस्तो छ र जनतालाई दिनुपर्ने सुझाव केही छन् कि यी प्रश्नहरू सोधिएको र सोही बमोजिम प्राप्त विचारलाई जस्ताको तस्तै समावेश गरिएको विवरण यहाँ दर्शाएको छ । यसमा ७ जनाको धारणालाई समावेश गरिएको छ । सचिवले प्रशासनिक, आर्थिक र विकासको प्रतिफल पु¥याउने काम सम्पन्न भएको विवरण आएको । प्राचार्यले विद्यार्थीको अवस्था, गाविस पदाधिकारी लगागत समवन्धितहरूको महत्वपूर्ण योथदान पुगेको, सरकारी र निजी गरी १८ विद्यालयको विवरण, उत्तरी भेगका मानिसको शिक्षा प्रतिको भावना उच्चरहेको आदि धारणा पस्कदै सबैमा शिक्षाको प्रगतिको कामना गरिएको धारणा आएको छ । जिल्लाकार्य समितिका सदस्यको रायमा राप्रपाले शिक्षा क्षेत्रमा लगानी अनुसार उपलब्धी नभएको, सिचाइको लागि बोरिङ, ट्युवेल,ढिकी पम्प, ड्याम बनाउने आदि काम पार्टीले गरेको पार्टीको अवस्था राम्रो हुँदै आएको, जनसमुदायमा आएका समस्यालाई आफ्नो काँधमा बोकेर हिड्न तयार रहेको धारण आएकोछ । सभापति नेपाली काँग्रेस गाउँ इकाइ समिति ले गाविसले गरेको काममा सकरात्मक सोच रहेको सबै ओडाको विकासको लागि सबै निर्माण कार्यलाई समानुपातिक ढंगले (विना पूर्वाग्रह) आम सहमतिको आधारमा, विपक्षीलाई साथमा लिएर योजना तर्जुमा छनोट र कार्यन्वयन गर्न निर्वाचित पदात्रिधकारी भूमिका रहने हुँँदा  सोही बमोजिम कार्यन्वयनको आशा गरिएको, वेरोजगार हटाउन पर्ने, उच्च मावी सञ्चालनको लागि आर्थिक स्रोत संकलन, वातावरण जोगाउन, प्राकृतिक सम्पत्तिको संरक्षण गर्न, कृषि उत्पादन बढाउन, वन संरक्षण, संस्कृतिक जोगाउन र पार्टीलाई उजागर गर्दै लाने काममा अग्रसर भएको धारणा आएको छ ।
सचिव ,नेकपा एमाले,गाउँकमिटी डुमरवाना– गाविस कार्यप्रति अत्यान्त सकरात्मक, राम्रो काम गरेकोले जनताले तेस्रोपटक विजयी गराएको, गाविसको काममा पार्टीले पनि प्रत्यक्ष अप्रत्यक्ष सहयोग पु¥याएको, इलाका कार्यालय भवन निर्माण, दलको स्थिति बलियो, गाविसमा नीति, प्रवृत्ति,र पद्धतिगत रूपमा परिवर्तन गर्ने काममा विशेष जोड दिन चाहेको, गाउँमा विकास गर्न सहभागीको लागि सबैलाई आव्हान गर्ने काम आदि थुप्रै धारणाहरू यहाँ आएका छन् ।
संयोजक लेखासमिति डुमरवाना – गाविसले विकास गर्नुको अर्थ शिक्ष, गास बास कपडा र स्वास्थको ग्यारेन्टी गर्नु हो । यसको लागि सर्वहारा वर्गीय सचेतना चाहिन्छ । विकासको आभास सर्वहारामा पुगेको देखिदैन , सर्वहारा वढी रहेका, कृषि उत्पादनमा उत्पादन तत्वको सर्व सुलभ हुनपर्छ, कृषि पशु केन्द्रहरू हुनु पर्ने, हात्तीसारको जग्गाको व्यवस्थापन, वन व्यवस्थापन, सार्वजनिक जग्गादर्ता सत्ताधारी पार्टीबाट भएका हस्तक्षेप अनियमितता, ढिलासुस्ति, पार्टी गत पूर्वाग्रह, नदी नियन्त्रण, हरियोवन नेपालको धन सफाय हुनबाट बचाउनु पर्ने, पर्यटकीय क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने देखिएका समस्या हल गर्न सबैदल ÷सबैसँग सहमति बनाई आफ्नो गाउँ आफै बनाम् भन्ो अभियानमा जुट्नु पर्ने धारणा आएका छन् ।  
यहाँ वीरेन्द्र कुमार वाइवाको  डुमरवाना पहिले र अहिले एउटा तुलनात्मकलेख पनि समावेश गरिएको छ  २०५७ साल असार १ गते गाउँ विकास कार्यक्रमले पाइला टेकेको र कार्यक्रमले ल्याएको सैद्धान्तिक मन्त्र "संगठन, बचत र सीप" लाई कार्यन्वयनमा कठिनार्इ भएता पनि सबैलाई सम्झाउँदा बुझाउँदा कर्यन्वयनमा सफल भएको ४६ ओटा संस्था गठन भै १२ सय परिवार संस्थामा आवद्ध, ६ लाख ५० हजार बचत जम्मा, लघुउद्यम व्यवसाय गर्नको लागि ऋण पूजीको प्रवाह लगायत अन्य व्यक्तिहरूबाट प्राप्त सुझाव पनि यहाँ आएका छन्
कुराकानी र अधिव्यक्तिहरू–अध्यक्षसँग गरिएका कुराकानीमा १८ ओटा प्रश्न राखिएक छन् ।आफ्ना कार्यकालमा कार्यको मल्याङ्कनमा उहाँ भन्नु हुन्छ –"मैले आफ्नो कार्यकाललाई जनमुखी र पारदर्शी ढंगले,जनताको प्रतिनिधिको रूपमा जनसहभागीताको विस्तार गर्दै, सामन्तवादी चरित्र, र दलाल नोकरशाही पूजीवादी परिपाटी, छाडा संस्कृति, विसङ्गति र विकृतिविरुद्ध संघर्षरत, कार्यकालको रूपमा लिएको छु ।" कार्यकालमा थुपै्र निर्माणका कामहरू समेत २१ ओटा कामको विवरण, स्रोत र साधनको कमीले कर्याक्रम ज्यूंका त्यूरहेका तर जनचेतना स्तरमा बृद्धि भएको, राजनीति अवस्थामा डुमरवाना लाल किल्लाको रुपमा रहेको, अन्यराजनीति दलको सहयोगको कुरा गर्दा आवश्यक सहयोग प्राप्त गर्न नसकेको, आफ्ना दलकामा पतिस्पर्धा रहे पनि सहयोग पाएको, आवश्यक ठाउँमा उपयुक्त निर्णय दिन नसक्ने कुरामा सबै निर्णय सबैको लागि आवश्यक उपयुक्त र ठीक नलाग्न सक्छ , जनचेतना जगाउने काममा विभिन्न कार्यक्रम भएका र सर्वदलीय वैठकमा सहमति भएका, आफ्नो दायित्व सफलता पूर्वक निर्वाह गरेको, शिक्षा र स्वास्थमा ४० प्रतिशत रकम लगानी भएको, बजारलाई व्यवस्थित गर्ने काम विविध कारणले ढिलाई भए पनि सफल भएको, प्रजातन्त्र आएको १२ वर्षमा पनि जनताको जीवनस्तर नउठेको सम्बन्धमा जीवनस्तर उठ्न जनमुखी सरकार हुनु पर्ने, जनमुखी सरकार नहुनाको कारणले प्रजातन्त्रप्रति जनताको विस्तृष्णा जाग्न थालेको, राजनैैतिक खेलाडी दुर्गन्धित भएकाले गर्दा नेपालमा हाल पनि सशक्त जनआन्दोलन र क्रान्तिकारी परिवर्तनको खाँचो छ,। देश हुनको लागि जनता र माटो भएर मात्र पुग्दैन भाषा साहित्य र संस्कृति पनि आवश्यक तत्वहुन् .....त्यसको विकासको लागि केही सोच्नु वा गर्नु भएको छ ? यस सँबन्धमा भाषा साहित्य र संस्कृतिको उत्थानको लागि जनवादी सांस्कृति कार्यक्रमहरू आयोजना गर्न पे्ररित गर्न सहयोग उपलब्ध गराउने, पुरस्कृत गर्ने गरिएको छ । जनचेतना र पैसा माग भन्दा के रोज्ने प्रश्नमा चेतनशील समाज नै रोज्ने धारणा, बाटोहरूको नाममा राष्ट्रिय विभूतिको नाम किन जोडेको भन्दा राष्ट्रिय विभूतिको संझना र सम्मान दिनको लागि, प्रश्न १६र १७ मा सोधिएका प्रश्नको जवाफ अरुबाट पनि आएकोले यहाँ उत्तर दिएको समावेश नगरिएको । अन्तिम प्रश्नमा आपूmलाई सोद्धन मन लागेकाकेही कुरा भए भन्ने प्रश्नमा राजनीति सम्बन्धी थुप्रै मार्गदर्शनको साथै "सबै शिक्षकहरूले भविष्यका राष्ट्र निर्माता विद्यार्थीहरूलाई शिक्षाको साथसाथै नैतिकता,सच्चरित्रता, र इमान्दारीता सिकाऔं । असल राष्ट्र र्मिाण गर्न असल नागरिक चाहिन्छ  ।" भन्ने धारणा आएका छन् ।
ख. उपाध्यक्षको विचार– शिक्षामा १३ स्कुल रहेका,अव्यवस्थित बसोवास, नदी कटान, बाटोघाटो पुल खानेपानी, समस्याको रुपमा रहेकाले यसको व्यवस्थापन गर्नुपर्ने, कृषिमा आधारित किसानको लागि कृषि अनुसन्धान शाखा, कृषि तालिम केन्द्रको स्थापना भएमा गाविसले ठूलो फड्को मार्ने धारणा आएका छन् ।
 ग. छ जना व्यक्तिहरूसँग पनि केही प्रश्नहरू सोधिएका छन् । यी प्रश्नको सारभाव यसप्रकारको छ । चिनी कारखानाको जग्गा सम्बन्धित निकायले व्यवस्थित गर्नु पर्ने, स्कुलमा पर्याप्त दरबन्दी पूर्ति हुनुपर्ने, वनजङ्गल विनास हुँदैछ  वनकार्यालयले रोक्न पनर्,े खोला कटानलाई सरकारले रोक्न पर्ने, एक बृद्ध महिलासँग सोधनी गरिकाको जवाफमा गाविसमा एकपटन गएकी र अध्यक्षलाई चिनेकी,उमेरले बुढी भए पनि कागजपत्र नमिलेर भत्ता नपाएकी, गाविसले राम्रो काम गरेको सुनेकी,२०३१ सालदेखि बसोबास भए पनि जग्गाको लालपुर्जा नपाएका कुरा, बचतका कुरा, आदि कम जनसंख्यामा काम गर्न सजिलो बढी जनसंख्यामा काम गर्न असजिलो, बाटोघाटो निर्माणका काम भएको,काम गर्न कर्मचारीले सहयोग गर्नु पर्ने, स्वास्थ चौकीका कर्मचारीले काममा हेलचत्र्mयाइँ गरेका,गाविसले ५वर्ष भित्रमा धेरै उपलब्धी हात पारेको । "गाउँको समग्र विकासको लागि सामाजिक एकता, सहिष्णुता र आपसी सद्भावको आवश्यक्था पर्दछ ।" धारणा आएका छन् । यस स्मारिकामा गाविसको सम्पत्ति विवरण, प्रमुख समस्याहरू र समाधानका निम्ति गरिएका प्रयत्नहरू,, भविष्यका लक्षहरू,गाविस भित्रका विभिन्न तालिम प्राप्त प्राविधिक जनशक्तिको विवरण, गाउँ विकास समिति डुमरवानाले २०५३ देखि २०५८ सम्म गरेका कामहरूको विवरण लागत रकम ,उपलब्ध जनसहभागिता, लाभान्वित घरपरिवार विवरण, गाउँ विकास समिति डुमरवानाको आम्दानी खर्चको विवरण, विविध फोटोहरू, उपसंहार सन्दर्भग्रन्थ सूचि,परिशिष्ट १ मा वर्तमाान डुमरवाना गाविसले हालसम्म गरेका कामहरूको छोटकरी विवरण, गाविस डुमरवना वडा नं ४ कि. नं १५५को जग्गाको, व्यवस्थापन कार्य योजना, अभिनन्दन पत्र,कदर पत्र,आदिको विवरण सहित यो अनुसन्धान अध्ययन समाप्त भएको छ ।
अनुसन्धान भन्दा खोज्ने काम भन्न सकिन्छ । खोज्ने कामको पनि उद्देश्य हुन्छन् । यहाँ डुमरवाना गाविसको यथार्थ अवस्था कस्तो छ, कमी कमजोडी के के छन् । यसलाई कसरी सुधार गर्न सकिन्छ । यसको बहुमुखी विकास कसरी गर्न सकिन्छ अनि त्यसको लागि भावी योजनाहरू के के छन् । यिनै विषयमा रिजालजीले बहुआयमिक रूपमा अध्ययन गर्ने प्रयास गर्नु भएको देखिन्छ । डुमरवाना गाविसको अध्ययनमा स्थानविशेष अवलोकन,कार्यालयले गरेका कामको संकलन र विश्लेषण, गाविस सँग सम्बन्धित सबै दल, जनता, संस्थानहरू, बौधिक सर्कल,शिक्षक लगायत सबैको धारणा लिखित,प्रश्नावली बनाएर अन्तर।वार्ता लिएर गाविसको आर्थिक, सामजिक,शैक्षिक, भौगोलिक, वन, यातायात, अध्ययनलाई पूर्णता दिन गरिएको विविध प्रयास प्रशंसनीय देखिन्छ । यस अनुससन्धान भन्दा पहिला अध्ययन (पूर्व अध्ययन) भएको आभास मिल्र्दैन । त्यसो हुँदा रिजालजीको यो अनुसन्धान नै यस गाविसको पहिलो अनुसन्धान हो भन्न सकिन्छ । यसका लागि शारिरिक, मानसिक, बौद्धिक, शैक्षिक सबै प्रकारको लगानी यसमा लगाइएको छ । यी लगानीको एउटा महत्वपूर्ण मार्गदर्शन डुमरवाना गाविसले पाएको थियो । यो मार्गदर्शनलाई गाविसले व्यवहारमा के कति उतारो भनेर जानकारी लिनको लागि पुन अनुसन्धानको खाँचो छ  भन्दै यस्तो गहनकार्य गर्नुभएकोमा नवराजजीलाई धन्यवाद दिंदै भावी जीवनको सुस्वास्थ, दिर्घायु र उज्ज्वलताको कामना गर्दछु ।
 धन्यवाद
कावासोती,
मिति २०८० साल भदौ १० गते ।

August 16, 2023


पूर्णप्रसाद अधिकारी
लेखक परिचय
यस कृतिका लेखक राम ज्ञवाली हुन् । २०३९ साल वैशाख १६ गते साविक रिब्दीकोट, नारायणचोक (भैरवस्थान) पाल्पा, लुम्बिनी प्रदेशमा जन्मेका ज्ञवाली कवि, निबन्धकार तथा समालोचकका रूपमा आफ्नो पहिचान बनाएका व्यक्तित्व हुन् । एम.ए., एम.एड. (नेपाली) सम्मको शिक्षाप्राप्त ज्ञवाली पेसाले शिक्षक हुन् । श्रीराम मा.वि. राम्दी, पाल्पाका शिक्षक भए पनि उनको लेखन र पठनमा सक्रियता रहेको छ । उनमा साहित्य, पत्रकारिता र अनुसन्धानमा विशेष अभिरुचि रहेको छ । उनका जीवन सोच र समय (निबन्धसङ्ग्रह, २०७४), पाल्पामा लेखन र सिर्जना (अनुसन्धानात्मक समालोचना, २०७८) ग्रन्थ मुख्य छन् भने हाल उनी पाल्पाको भैरवस्थानको ऐतिहासिक खोज र अन्वेषणमा समर्पित रहेका छन् । साहित्य, पत्रकारिता र शिक्षण पेसालाई एकसाथ अगाडि बढाउनुमा उनको कर्मशीलता र क्रियाशीलता रहेको छ ।
'सदानन्दको जीवनक्रम र व्यक्तित्व' को संरचना पक्ष
यो अनुसन्धानात्मक ग्रन्थ हो । चार रङ्गको आवरण कलाका चित्रकार यादवचन्द्र भुर्तेल छन् भने अमूर्त कलाको झलक मिल्ने अघिल्लो चित्रले धेरै कुरा बोलेको प्रतीक हुन्छ भने पछिल्लो आवरणमा लेखक राम ज्ञवालीको व्यक्तिवृत्त रहेको छ । २०७८ साल (सन् २०२२) मा प्रकाशित यो ग्रन्थको प्रकाशन संस्था त्रिवेणी साहित्य प्रतिष्ठान रहेको छ भने प्रकाशन सहयोगीमा रामचन्द्र रिजाल रहेका छन् । अगाडिको आवरणको भित्रीभाग र पछाडिको आवरणको भित्रीभागमा गरी सदानन्द अभागीका परिवार, आफन्त र नातागोता गरी एक्काइसवटा रङ्गीन फोटाहरू छन् । जसमा सत्तरी जनाभन्दा बढीको फोटा अङ्कित छन् । भित्री भागको दोस्रो पृष्ठ श्वेतश्याम अमूर्त कलाको प्रतिबिम्ब झल्किन्छ । चौथो पृष्ठमा लेखक राम ज्ञवालीले कृतिनायक सदानन्दको अर्धकदको श्यामश्वेत चित्रका साथ एक अनुच्छेदमा समग्रता झल्किने विषयसामग्रीका साथ सुस्वास्थ्य र दीर्घायुको कामना छ ।
दुईतर्फी आवरणका अतिरिक्त ३९२ पृष्ठको स्तरीय असी ग्रामको कागजमा यसको प्रकाशन भएको छ । जसभित्र अगणनीय पृष्ठ ४२ र गणनीय पृष्ठ ३५० रहेका छन् । अगणनीय पृष्ठहरूमा प्रा.डा. चूडामणि बन्धुको "सदानन्दबारे केही शब्द शुभकामना" शीर्षकको मन्तव्यभित्र उनको सङ्घर्षशील शैक्षिक अध्ययन, कृषि विशेषज्ञता, साहित्यिक र गैर साहित्यिक कृतिहरूको प्रकाशन, अङ्ग्रेजी भाषाका प्रतिवेदनहरूलाई नेपालीमा अनुवाद, बहुमुखी प्रतिभासम्पन्न व्यक्तित्वमाथिको प्रकाशनसँगै त्यस्ता व्यक्तिको अनुसन्धान, राम ज्ञवालीप्रति बन्धु गुरुको शुभकामनाले विशेष अर्थ राखेको छ । त्यसै गरी पैंसठ्ठी जिल्ला भ्रमण गरेका सदानन्दबारे गोविन्दराज विनोदीको शुभकामना छ । फुटकर कवितादेखि महाकाव्यसम्मको यात्रामा उनले पु¥याएको योगदानलार्य राम ज्ञवालीले गरेको मूल्याङ्कनको उच्च प्रशंसा गरिएको छ । प्रा.डा. नारायणप्रसाद खनालले "सदानन्द व्यक्ति–कृति ः कर्मठ व्यक्तित्वको आकृति" शीर्षक दिएर साढे दुई पृष्ठको समीक्षकीय शुभकामना मन्तव्य प्रस्तुत गरेका छन् । उनको मानवीय स्वभाव, साहित्यिक साधना, विधागत पहुँच, अङ्ग्रेजी भाषाप्रतिको समेत राम्रो अनुभव, कृतिभित्रका खण्डहरूको विषयवस्तजनित चिनारी, परिवारको प्रशंसा र राम ज्ञवालीप्रति धन्यवाद दिई शुभकामना समापन गरिएको छ । "पिताजीलाई नियाल्ने दर्पण" शीर्षकमा पुत्ररत्न रामचन्द्र रिजाल अमेरिका निवासीले पिताजीको योग्यता, दक्षता, पारिवारिक उत्तरदायित्व,
समालोचना र उसको मूल्याङ्कनका आधारमाथि व्याख्या गर्दै जीवनीपरक ग्रन्थ भए पनि समाजको रूपान्तरणमा यो कृतिको भूमिका विशेष रहने छ भन्दै लेखक ज्ञवालीसहित सम्पूर्ण इष्टमित्र, बन्धुबान्धवहरूका प्रति आभार प्रकट गरिएको छ । "सदानन्दकेन्द्री अनुसन्धानात्मक कृतिको शल्यक्रिया" शीर्षकको यो अनुसन्धानात्मक लेख रहेको सामग्रीका लेखक डा. मेघराज ढकाल हुन् । ढकालले बाह्रवटा पुस्तकलाई अध्ययन गरी यो समालोचना तयार गरेका हुन् । यस लेखको आयतन पन्ध्र पृष्ठ रहेको छ । यस लेखभित्र आलोक्य कृतिको पूर्णरूपले चिरफार गरिएको छ । त्यस क्रममा पृष्ठभूमि, उद्देश्य, दशप्रकारका अध्ययन विधि, व्यक्ति स्वयम्सँग प्रत्यक्ष अन्तर्वाता, कृतिबाट दिइएका सन्देशहरूमा (क) जीवनजगत्का सन्देश, (ख) माटो तथा कृषिविषयक सन्देश, (ग) प्रशासनमा आएको भागबण्डाको सन्देश, (घ) समाज सुधारको सन्देश तथा छलफलका विषयहरूको सन्देश र (ङ) उपसंहारतर्फ सुझावहरू गरी पाँचवटा अनुच्छेदमा राखिएको छ ।
प्रकाशकीय भनेको त्रिवेणी साहित्य प्रतिष्ठानको आफ्नो कुरा भन्ने अवस्था हो । यसमा उनले प्रतिष्ठानको ऐतिहासिक यात्राको चर्चा गर्दै यो पुस्तक प्रकाशनार्थ सहयोग पु¥याउने सबै व्यक्तिहरूप्रति कृतज्ञता व्यक्त गरिएको छ । लेखक राम ज्ञवालीको "आत्मकथ्य" भित्र उनको व्यक्तित्व चर्चासँगै ग्रन्थ तयार गर्दा भोगेका सङ्घर्षपूर्ण क्षण, लेखक–पठनभित्र मित्राणीप्रतिको संवादका अतिरिक्त सदानन्दको वयोवृद्ध उमेरमा पनि साहित्यप्रतिको निष्ठा र लगावको उच्च सम्मान गरिएको छ । "यी दिन ख्याल–ख्यालमै बितेजस्तो लाग्छ" शीर्षकमा प्रा.डा. नारायणप्रसाद खनालले लिएको अन्तर्वार्ता छ । २०७८ माघ २२ गते लिइएको संवादमा एघारवटा ग्रन्थावलीहरूको समसामयिक उत्तर दिइएको छ । यो उमेर कृषि–प्रविधि, राम ज्ञवालीको कर्म; जीवनमूल्यको चिन्तन; भविष्यको योजनासँगै बाँकी रहेका कुरामा संवाद समापन भएको छ । विद्वान् व्यक्तित्वले लिएको संवाद परिचर्चा स्तरीय छ । विषयसूचीभित्र सदानन्दको जीवनवृत्तदेखि परिशिष्टसम्म एकसठ्ठीवटा शीर्षकहरू रहेका छन् । ती सबैलाई अध्यायमा वर्गीकरण गर्दा नौ अध्याय पु¥यइएको छ तथापि सेटिङको कमजोरी हो कि लेखकको अज्ञानता हो विषयसूची र अध्यायको बिचमा सन्तुलन छैन । ज्ञवालीको आफ्नो श्रमसँगै कृतिनायकका बारेमा देशभित्रका मान्छेहरूको दृष्टिकोणलाई वाक्यात्मक, अनुच्छेदात्मक र पृष्ठ सङ्ख्यात्मक रूपबाट मूल्याङ्कन गर्ने कार्य भएको छ ।
यस समालोचनात्मक ग्रन्थ झट्ट हेर्दा जीवनीपरक समालोचना हो । ज्ञवाली सदानन्दसँग प्रत्यक्ष साक्षात्कार गर्नु, उनको बारेमा साहित्यकार तथा अन्य प्रतिष्ठित व्यक्तिले गरेका टिप्पणीको व्याख्या गर्नु, प्राप्त साहित्यिक कृतिहरूको सतही रूपबाट मूल्याङ्कन गर्नुमा लेखक ज्ञवालीको लेखन केन्द्रित छ । यसभित्रका उपकरणजन्य शीर्षकको विवेचना निम्नानुसार गरिएको छ । ः
पहिलो अध्याय
यस कृतिबाट लेखकले आफ्नो कुराभन्दा कृतिकारको कुरा बढी भन्नुपथ्र्यो । त्यसमा कमी–कमजोरी भयो कि भन्ने लाग्दछ । यस अध्यायका शीर्षक–उपशीर्षकहरूबाट कृतिकारको मूल्याङ्कन भएको छ । जसका शीर्षकहरू यसप्रकार छन् ः "सदानन्द अभागीको जीवनवृत्त", "बाल्यकालीन र युवाकालीन स्वभाव", "वैवाहिक र पारिवारिक विवरण", "पर्वत छोडी नवलपुर बस्नुको उद्देश्य", "जागिरे जीवन प्रवेश", "सेवा र सेवानिवृत्त क्षण", "पेसागत सन्तुष्टि", "समाजसेवाप्रतिको रुचि", "पदीय तालिम, गोष्ठीलगायतका कार्य अनुभव", "सरकारी सेवाको कार्यानुभव", "हालको दिनचर्या", "नाम र उपनामबिचको तादात्म्यता", "पहिलो रचना", "अध्ययन तथा देश–विदेशको भ्रमण", "विधागत योगदान", "मनपर्ने साहित्यकार", "जीवनदृष्टि", "भावी जीवनका कर्म", "चाहना वा रुचि", "कृतिहरू प्रकाशन विवरण" (यसमा नेपाली साहित्यका विभिन्न विधासँग जोडिएका सिर्जना र समीक्षा गरी अठतिसवटा कृतिहरूको नाम, विधा, प्रकाशन वर्ष र प्रकाशकको विवरण दिइएको छ
। यही क्रम साहित्येतर कृतिहरूमा पनि लागु हुन्छ तर यहाँ कृतिको नाम र प्रकाशन वर्ष मात्र उल्लेख गरिएको छ । तिनीहरूको सङ्ख्या एक सय छहत्तरवटा छन् । कृषिप्रणालीसँग जोडिएका सामग्रीहरूमध्ये माटो, बाली, उर्वराशक्ति, मल, खाद्यतइभ्व, प्राङ्गारिक र कम्पोष्ट मल, गोडमेल, धानबाली, दीगो माटो व्यवस्थापन, क्षतिग्रस्त कृषि भूमिको व्यवस्थापनसँग सम्बन्धित छन् । ती सबै पुस्तकहरूले नेपालको कृषिप्रणालीमा महइभ्वपूर्ण योगदान पु¥याएका छन् । अनुवादित कृतिहरू दुईवटा छन् भने अध्ययन–अनुसन्धान विवरणसँग जोडिएका अङ्ग्रेजी भाषाका सत्रवटा कृति छन् । चारवटा कृतिहरूको सम्पादन गरेको उल्लेख छ ।)
"आबद्धता" (यस शीर्षकभित्र उन्नाइसवटा साहित्यिक, सामाजिक सङ्घ–संस्थाका अध्यक्ष, सचिव, सल्लाहकार, सदस्य, आजीवन सदस्य रहनु), "सम्मान, कदरपत्र र पुरस्कार" शीर्षकभित्र सम्मान तथा पुरस्कार पाएको सङ्ख्या लगभग चार दर्जन हुनु । सम्मानमा साहित्यिक, सामाजिक, शैक्षिक, सञ्चारिक, सामुदायिक, सरकारी रहनु उल्लेख छन् । यसै गरी "जीवनदर्शन र साहित्यिक मान्यता" शीर्षकमा 'जीवन' र 'साहित्य' उपशीर्षकलाई बिसवटा सहायक शीर्षकहरूमा केन्द्रित भई प्रथम अध्याय सकिएको छ । यसले १ देखि १७ पृष्ठसम्मको आयतन ओगटेको छ ।
दोस्रो अध्याय
यसमा "जीवन कर्म र सदानन्द" एक मात्र शीर्षक रहेको छ । यसमा सदानन्दलाई आधार बनाएर लेखक राम ज्ञवालीले साहित्य, जीवन र कर्मबारे लामो दर्शन व्यक्त गरेका छन् । यो लेखमा सदानन्दभन्दा आफ्नो दर्शन बढी ओकल्ने काम गरेको प्रतीत हुन्छ । यो आफैंमा एकप्रकारको अतिवाद पनि हो । यस आलेख वा अध्यायमा लेखकले १७ पृष्ठ खर्चिएका छन् ।
तेस्रो अध्याय
यो अध्याय सदानन्द अभागीको व्यक्तित्वका बहुआयामिक पक्षसँग जोडिएको छ । यसभित्र साढे तीन दर्जन शीर्षकहरू रहेका छन् । यसले १२ पृष्ठको आयतन ओगटेको छ । व्यक्तित्वमा शीर्षकहरू यसप्रकार रहेका छन् ः "व्यक्तित्वका आयामहरू", "निजी व्यक्तित्व", "बाह्य शारीरिक व्यक्तित्व", "आन्तरिक व्यक्तित्व", "साहित्यकार व्यक्तित्व", "अध्ययनशील व्यक्तित्व", "लेखक व्यक्तित्व", "समीक्षक वा समालोचकीय व्यक्तित्व", "वाक्परीक्षार्थी व्यक्तित्व", "शैक्षिक व्यक्तित्व", "धार्मिक र आध्यात्मिक व्यक्तित्व", "सेवा र संवेदनशील व्यक्तित्व", "कार्यपत्रप्रस्तोता लेखकीय व्यक्तित्व", "अनुसन्धाता व्यक्तित्व", "अनुवादक व्यक्तित्व", "स्वावलम्बी व्यक्तित्व", "राजनैतिक व्यक्तित्व", "सम्पादक व्यक्तित्व", "वार्ताकार व्यक्तित्व", "सामाजिक नेतृत्वदायी व्यक्तित्व", "बहुभाषिक व्यक्तित्व", "प्रशासक वा जागिरे व्यक्तित्व", "समाजसेवी व्यक्तित्व", "लेखक तथा सर्जक व्यक्तित्व", "कवि र काव्यकार व्यक्तित्व", "आख्यानकार व्यक्तित्व", "जीवनीकार वा आत्मसंस्मरणकार व्यक्तित्व", "मुक्तककार व्यक्तित्व", "गजलकार व्यक्तित्व", "गीतकार व्यक्तित्व", "नियात्राकार व्यक्तित्व" आदि मुख्य छन् ।
व्यक्तित्वको बहुआयामिक पक्षलाई सूत्रात्मक रायबाट सटिक व्याख्या गर्न सकिन्थ्यो । लेखक ज्ञवाली यस कृतिमा सिकारु अवस्थाकै लेखक हुन् कि भन्ने भ्रम पैदा भएको अवस्था मेरो बुझाई हो तर अब त जे भयो राम्रो नै भयो भन्ने परिवेश विद्यमान छ । गीताको सूत्र मनन गर्नु नै छ ।
चौथो अध्याय
यस अध्यायमा अनुसन्धानको मान्यताका गणनीय उन्नाइसवटा शीर्षकहरू छन् । उनका सबैजसो साहित्यिक कृतिहरूको सतही विवेचना छ ।
साहित्यिक र समालोचकीय कृतिहरूको सङ्क्षिप्त चिनारी
अभागीका कवितासङ्ग्रहहरू ः "आफ्नै व्यथा" ः प्रत्येक कविताहरूको वाक्यात्मक, अनुच्छेदात्मक र शीर्षकअनुसारको समीक्षा गरिएको छ । ती सबैको सङ्ख्या उनन्पचास रहेको छ । यस्तै "बूढो जवानी" ः यसमा पैंतालिसवटा कविताहरू समावेश गरिएका छन् । यसमा पनि वाक्यात्मक समीक्षाको क्रम दोहोरिएको छ । "मोहनीको मीठो म्वाइँ" ः यसभित्र अठ्ठाइसवटा कविताहरूको समीक्षाक्रम जारी छ । "जीवनलीला" (खण्डकाव्य) ः ६४ पृष्ठको आयतनमा ४९६ श्लोक सङ्ख्या, प्रथम पददेखि त्रयोदश पदसम्मको समीक्षा गर्नुमा विशेषता निहित छ । "कोपिला" (खण्डकाव्य, २०५९) ः यसमा अठ्ठाइस फुटकर कवितासँगै एघार सर्गको लघुकाव्य, ६० पृष्ठको सङ्ख्याकाव्य खण्ड २१ पृष्ठ छ । प्रथम पाददेखि एकादश पादसम्म विवेचनीय छ । "फुटकर कविताहरू" शीर्षकमा सत्ताइसवटा कविताको शीर्षकसहित वाक्यात्मक र लघु अनुच्छेदात्मक समालोचना गर्ने काम यसमा भएको छ । "तीन युग एक कथा महाकाव्य" १०२ पृष्ठ आयतनका साथ संरचना भएको यसभित्र अठारवटा सर्ग रहनु र सर्गैपिच्छे समीक्षा गर्नु यसको प्राप्ति मानिएको छ । "सिंहवाहिनी महाकाव्य" अठ्ठाइस अध्यायमा वर्गीकृत ७९ पृष्ठ, ३०४१ पङ्क्ति र १९,६९२ शब्दहरूको संयोजन भई अठ्ठाइस अध्यायसम्मको अध्यायअनुरूपको व्याख्या छ । "माटो र विरुवाले भोग लाग्यो भन्छन्" (कृषिकाव्य) ः ७३ पृष्ठको संरचनामा २०६६÷०६७ को प्रकाशन, कृषि सूचना सञ्चार मन्त्रालयको प्रकाशन, एक्काइस अध्यायसम्मको सूत्रात्मक व्याख्या छ । यसमा माटो, मल, खेती, विरुवाको लाभ–नोक्सानी आदिको पदार्थको नाम र तिनको व्याख्या विस्तार छ ।
"सदानन्दका उपन्यासहरू, जीवनलीला, नियति, तन्नेरी हजुरबा, यात्री" यसलाई अठार खण्डमा वर्गीकरण गर्ने काम भएको छ । "काठमाडौंदेखि देहरादून यात्रावरण" लाई एक अनुच्छेदमा विवेचना गर्ने काम भएको छ । यही क्रम "म र मेराहरू" शीर्षकको जीवनीमा भए पनि एक अनुच्छेद मात्र विवेचनीय छ । "सदानन्द अभागिका कथाहरू" शीर्षक दिई पश्चात्तापको आँसुभित्रका एघारवटा कथाको समीक्षा गर्नु, परिवर्तन कथासङ्ग्रहका सत्रवटा कथाको विवेचना गर्नु, भुटानी शरणार्शीको व्यथाकथाभित्र एघारवटा कथाहरूलाई समीक्षा गर्ने कार्यबाट कथा समीक्षाको अन्त्य भएको अवस्था छ ।
अभागीका मुक्तकसङ्ग्रह (२०६८), अभागीका मुक्तकहरू (२०६४), अभागीका गजलहरू, अभागीका प्रेम विरहको षष्टामृत (२०७०), अभागीका समालोचनाहरूभित्र "सृष्टिमा अभागीको दृष्टि" उनको प्रथम समालोचना हो भनिएको छ । ३०८ पृष्ठमा पचपन्नवटा कृतिहरूको विवेचना गर्नु, कृतिकारसँगै कृतिको नाम दिनु, ३०८ पृष्ठको पुस्तक हुनु, "सृष्टिमा अभागीको दृष्टि" को दोस्रो खण्डमा पनि पचपन्नवटा समालोचना हुनु, ६०२ पृष्ठको मोटो आयतन हुनु, लेखक र कृतिको नाम दिनु, कसैका सृष्टिहरूमा अभागीको दृष्टि (२०७४) तेस्रो समालोचना हुनु, १९५ पृष्ठको आयतनमा पन्ध्रवटा समीक्षा राख्नु, पाल्पालीका गजलदृष्टि (२०७७) छवटा गजलसङ्ग्रहको चर्चा गर्नु, १२४ पृष्ठको आयतन हुनु, गङ्गा लिगल दृष्टि–सृष्टि (२०७४) को चौधवटा समीक्षाका १८० पृष्ठ सङ्ख्या गरी उनका समग्र साहित्यिक कृतिको विवरणबाट यस अध्यायको समापन भएको छ ।
पाँचौं अध्याय
२१ पृष्ठको आयतन भएको यस अध्यायमा विभिन्न उपशीर्षकहरू छन् । कृतिहरूभित्रका मानवीय अभिव्यक्ति सार, स्वरूप र लेखकीय प्रवृत्तिहरू – (क) "कृतिमा निहित केही मननीय अभिव्यक्ति सौन्दर्य" शीर्षक छ । यसमा खण्डकाव्य, महाकाव्य र गजलका दृष्टान्तहरू राखिएका छन् । कथा, जीवनी, यात्रासंस्मरणबाट पनि उद्धरण दिनुजस्ता काम यसमा भएका छन् । कृतिहरूका सार, विशेषता, स्वरूप र प्रवृत्ति, महाकाव्य, खण्डकाव्य, कथा, कविता, नियात्रा, मुक्तक, गजल, जीवनीको
ताइिभ्वक कुरा उल्लेख गर्दै आन्तरिक मूलतथ्य र भाव, विषयवस्तु, चित्र, आफ्नै व्यथा कवितासङ्ग्रह, बूढो जवानी कवितासङ्ग्रह, कोपिला लघुकाव्य, कृषिकाव्य, मोहनीको मीठो म्वाइँ कवितासङ्ग्रह, काठमाडौंदेखि देहरादून नियात्रा, जीवनलीला खण्डकाव्य, तीन पुस्ता एक कथा महाकाव्य, परिवर्तन कथासङ्ग्रह, अग्निज्वाला महाकाव्य, पश्चात्तापको आँसु कथासङ्ग्रह, परिवर्तन कथासङ्ग्रह, जीवनलीला उपन्यास, बालुवाको घर कथासङ्ग्रह, नियति उपन्यास, तन्नेरी हजुरबा उपन्यास, यात्री उपन्यास, म र मेराहरू जीवनी र संस्मरण, अभागीका मुक्तकहरू, प्रेम विरहको षष्टामृत, सिंहवाहिनी महाकाव्य, समीक्षा समालोचन प्रवृत्ति र स्वरूप आदिको उल्लेख छ ।
प्रवृत्तिगत विशेषता निर्धारण गर्ने एकाध उद्धरणहरू भनी विविध विषयसँगका चौंतिसवटा उद्धरणहरू दिइएका छन् । ती उद्धरणहरूमा फुटकर कविता, जीवनी, कृतिकाव्य, महाकाव्य, कथाहरू, मुक्तक, गजल रहेका छन् । तिनीहरूमा हरितक्रान्तिमा जोड, सामाजिक सङ्गतिको चाह, सामाजिक विविधताको चित्रण, मातृभूमिप्रतिको अगाध श्रद्धा र स्नेहभाव, जीवनभोगाइका विविध पक्ष र कालक्रमको प्रस्तुति, मानवतावाद र समताका कुरामा जोड, कृषिविज्ञानको प्रसारण, बिम्बप्रतीकको प्रयोग, जागरण र राष्ट्रनिर्माणको सन्देश, प्राङ्गारिक मलको महइभ्वबोध, नेपाली आमाप्रति समर्पित, ईश्वरीय अस्तित्वमाथि प्रश्न, मदिराको बखान, सामाजिकताको भावना, देशभक्तिको स्वर, शृङ्गारिकताको झलक, व्यङ्ग्यभावको प्रकटीकरण, झुटो र अवसरवादी प्रवृत्तिप्रति कटाक्ष, अर्ती–उपदेशका कुरा, आलङ्कारिक प्रयोग, शहर–बजारको समस्याको चित्रण, दाउपेच र षड्यन्त्रका खेलको सङ्केत, स्वच्छन्दभावको प्रकटीकरण, लोकलयमा माटाको वर्णन, पुरानो प्रचलनको सम्झना, प्रकृतिचित्रण, भावुकताको प्रकटीकरण, नारीशक्तिको चित्रण, उखानको प्रयोग, यथार्थवादी दृष्टिकोण, कर्मयोगी विचार र राष्ट्रवादी चेत, शृङ्गार रसयुक्त प्रेम–प्रणयको प्रस्तुति, भाग्यवादी धारणा, बुहारीका नित्यकर्मको चर्चा इत्यादि विषयसँग सम्बन्धित रही यस अध्यायको समापन भएको छ ।
छैटौं अध्याय
यस अध्यायभित्र अनेक प्रश्न र उत्तरको संवाद व्यवस्थापनको प्रयोग भएको छ । कृतिनायकका अनेक अन्तर्वार्ताहरूमध्ये दुई अन्तर्वार्ताहरूको प्रश्नोत्तर गरिएको छ । यस अध्यायले २९ पृष्ठको आयतन लिएको छ । १०५ प्रश्नहरू गरिएका छन् । उत्तरहरू वाक्यात्मक र अनुच्छेदात्मक छन् । प्रश्नोत्तरको चिन्ह र सङ्केतसँग समेत परिचित नरहेका लेखक समीक्षक हुन् कि भन्ने भ्रमित अवस्था छ । अन्तर्वार्ता लिनु वार्ताकारको कुशलता मानिन्छ । यस मानेमा राम ज्ञवाली त्यति परिपक्व होइनन् कि भन्ने अवस्थाको सिर्जना हुन्छ तथापि यस संवादमा कृति, सुकर्म, साहित्यिक परिभाषा, जीवन र साहित्यको सम्बन्ध, विधागत विशिष्टता, लेखनको कला, प्रभाववादिता र गुणग्राहिता, विधागत विविधता, कृति लक्षित संवाद, लेखिनु र छापिनुको सन्दर्भ, पुरस्कार सन्दर्भ, लेखन र राजनीति, जागिर र साहित्यकार बन्नुको नियति, शृङ्गारिकता र साहित्य, जीवन र साहित्यको सम्बन्ध, साहित्यिक आन्दोलन र वादको धारणा, देशको साहित्यिक स्थिति, कृतिनायक र पाल्पालीको सम्बन्ध, कृषि र साहित्यिक लेखनको लोकप्रिय विविधता, विधागत विविधता केन्द्रित लेखन, लेखन र सिद्धान्तको समन्वय, दिवङ्गत र जीवीत साहित्यकारबारेका धारणा, समकालीन साहित्य चिन्तन, आधुनिकता; उत्तरआधुनिकता; विनिर्माणवाद; प्रयोगवाद, लीलालेखनबारेको चिन्तन, देशप्रेम र मानवतावादबारेको दृष्टिकोणहरू अन्तर्वार्तामा समावेश गरिएका छन् ।
सातौं अध्याय
यो ग्रन्थभित्रकै सबैभन्दा लामो र धेरै पृष्ठ सङ्ख्या ओगटेको अध्याय हो । देशका विभिन्न भूभागबाट सदानन्द अभागीबारे दशवटा प्रश्नावलीहरूद्वारा अभागीका बारेको दृष्टिकोण राखिएको छ । १९६ देखि ३२४ पृष्ठसम्म यसको आयतन रहेको छ । यसभित्र देशका विभिन्न क्षेत्रका
व्यक्तित्वहरूका दृष्टिकोण राखिएका छन् । ती दृष्टिकोणहरू अनुच्छेदात्मक र एउटा लेख–रचना बराबर पनि छन् । विभिन्न तह र तप्काका मानिसहरू यसमा समाविष्ट छन् । त्यस्ता व्यक्तिहरू विविध विषय विशेषज्ञ पनि छन् । तिनीहरूमा कृषि विशेषज्ञ, साहित्यकार, राजनीतिज्ञ, कलाकार, छिमेकीहरू, समाजसेवी, दार्शनिकहरू छन् । ती सबैको नाम, ठेगाना र दृष्टिकोण यस ग्रन्थमा राखिएका छन् । १२८ पृष्ठ लामो यो समीक्षकीय सामग्रीमा अभागीका प्रति आफ्ना दृष्टिकोण र लेखनी तयार गर्ने व्यक्तिहरूको सङ्ख्या १४० रहेको छ । चिकित्सक, कृषि वैज्ञानिक, पत्रकारका अतिरिक्त देशभित्रका उनलाई चिन्ने बाहेक भारतका विभिन्न प्रान्त, अमेरिका, नर्वे, अफ्रिका, क्यानडाका परिचित मित्रका अतिरिक्त उनका आफन्त र परिवारजनसँग समेत अभागीबारेको दृष्टिकोण समेट्नु, मात्रात्मक र गुणात्मक रूपमा पनि कष्टकर हुने कुरा हो । त्यसरी अभागी बारेको दृष्टिकोण मुखरित गर्दा सांसद र मन्त्रीहरू छैनन् ।
अन्त्यमा सामान्यदेखि विशिष्ट तह र तप्काका मानिसहरूसँग भेटेर वा संवादबाट अभागीबारे बुझ्ने र दृष्टिकोण राख्नेलाई समावेश गरेर बौद्धिक र विद्वतापूर्ण कार्य भएको प्रतीत हुन्छ । यस मानेमा लेखकको श्रम र समयको सम्मान गर्नुपर्छ ।
आठौं तथा नवौं अध्याय
यी नाम मात्रका अध्याय हुन् । आठौं अध्यायमा जीवनकर्म र व्यक्तित्वको सामञ्जस्यता र प्रेरणालाई (क) जीवन कर्म, व्यक्तित्व र लेखन, सिर्जनाबिच आन्तरिक सामञ्जस्यता र (ख) अभागीका जीवनकर्म र व्यवहारबाट पाइने प्रेरणा र प्रभावलाई प्रस्तुत गरिएको छ र अन्त्यमा कृति निर्माणको उद्देश्यबारे चार पृष्ठको आयतन खर्चिएको छ ।
नवौं अध्याय उपसंहार वा निष्कर्षको रूपमा प्रस्तुत भएको छ । साढे चार पृष्ठको आयतनमा विस्तारित यो सामग्री अभागीको समग्र मूल्याङ्कन खण्ड हो भने यो पुस्तक तयार गर्दा ५१ वटा पुस्तक तथा पत्रपत्रिकाको सहयोग लिइएको छ । यसमा व्यक्तिगत स्रोतका रूपमा समाजका सबै क्षेत्रका मानिसहरूको पनि सहयोग लिइएको छ । परिशिष्टमा नेपाली र अङ्ग्रेजी भाषाका १६ वटा सम्मानपत्रहरूको विवरण रहेको छ । अन्त्यमा त्रिवेणी साहित्य प्रतिष्ठानका प्रकाशनहरूको विवरण समावेश गरिएको छ । ती सबैको सङ्ख्या १२४ रहेको छ ।
निष्कर्ष
एकल व्यक्तिको प्रयासमा यति ठुलो अनुसन्धानात्मक व्यक्तित्व र कृतित्वपरक ग्रन्थको प्रकाशन गर्नु, लेख्नु अत्यन्तै चुनौतिपूर्ण कार्य हो । राम ज्ञवालीका प्रति जतिसुकै मानवीय कमी–कमजोरी भए तापनि यस पुस्तकको लेखनबाट उनले ठुलो पुण्य कमाएका छन् । कृतिनायक र लेखक दुवैलाई धन्यवाद दिँदै यसमा भएका कमजोरीहरू अर्को संस्करण आएमा सच्चिने नै छन् भन्ने आशा र अपेक्षा गरिन्छ ।
२०७५।०४।०
भरतपुर–१०, चितवन
मो. ९८५५०६१८६३
v

August 15, 2023

रोजीको हवाईजहाजमा यात्रा एक सन्दर्भ

सदानन्द अभागी
परिचय
 काठमाडौंँबाट प्रकाशन हुने 'मातृभूमि' साप्ताहिकमा २०३९ सालमा 'पागलको चाहना' शीर्षक कथा प्रकाशन गरेर नेपाली कथा क्षेत्रमा प्रवेश गर्नु भएका नवराज रिजाल एउटा बहुप्रतिभाशाली एवम् स्थापित साहित्यकार हुनुहुन्छ । २०२२, जेठ २९ गते, पश्चिम १ नम्बर धादिङमा जन्मनु भएका नवराज रिजाल देवी रिजाल र ठाकुर प्रसाद रिजालका सुपुत्र हुनुहुन्छ । उहाँले साहित्यिक पत्रकारिता, बाल साहित्य, गजल, लघुकथा र कथा, खोज अनुसन्धान, नियात्रा, मुक्तक, बाल उपन्यास आदि विधामा हात चलाई आपूmलाई एउटा सिद्धहस्त साहित्यकारमा स्थापित गराउनु भएको छ । यी क्षेत्रमा रिजालको अतुलनीय योगदान छ । 'अदृश्य पीडा' (लघुकथासङ्गह २०५७) प्रकाशमा आएपछि उहाँको साहित्यिक यात्रा बालकथातिर लम्किन्छ । उहाँले दयालु ढेडु (२०५८)लाई प्रकाशन गरी बालकथाकारको नाममा आफूलाई स्थापना गराउनु भएको छ ।  आफ्नो स्थानको उन्नती प्रगति कस्तो छ भन्ने जिज्ञाशा जाग्नु स्वभाविक हो । उहाँले डुवरवानाको सेरोफेरो ( गाविसको अनुसन्धानात्मक पुस्तक ) अध्ययन र लेखनको काम २०५९ साल ज्येष्ठमा सुसम्पन्न गर्नु भएको छ ।  बोक्सी बुढी, (बालकथा २०६०), बुद्धिमान न्याउरीमुसो ( बालकथा २०६२), छट्टु बाँदरको विहे (बालकथा २०६३), 'विखण्डित प्रवाह' (कथासङ्ग्रह २०६३), द थ्री फ्राइन्ड, (बालकथा, अंग्रेजी अनुवाद २०६५),चुपचाप चुपचाप (गजलसङ्ग्रह २०६६), रोजीको हवाइजहाज (बाल उपन्यास,२०६७),माटो खोज्दै (लघुकथा २०६७), नक्कलीको अक्कल (लघुकथा २०६७), जुनदाइ आए (बालकविता( २०६८), गुराँस फुलेपछि (बालकविता २०६९), द बेबी काइट (बालकथा अंग्रेजी अनुवाद २०७१), द स्ट्रिट टाइगर (बालकथा अंग्रेजी अनुवाद २०७३),गुपचुप गुपचुप (गजल २०७७), हाम्रो आधारभूत व्याकरण (सहलेखन २०७५), हाम्रो माध्यमिक निबन्ध (सहलेखन २०७५), राम्रो माध्यमिक व्याकरण (सह–लेखन २०७७),आँखाभरि देश मनभरि परदेश (नियात्रा २०७७०), अब उप्रान्त ( कथा २०७८),भिखु र बल्छी (बालकथा२०७९) र अनि तिमी मुक्तक सँगालो (२०७९),उहाँका प्रकाशित कृतिहरू हुन् ।
सम्पादन
  सम्पादनको क्षेत्रमा पनि उहाँको ठूलो योगदान छ । मैदान, देवकोटा व्याख्यान सङ्ग्रह, मूच्र्छना, महेश आवाज, नेश्चिल,  समायोजन,  उत्तराद्र्ध, आलेखन, बालप्रज्ञा, प्रलेस, लघुकथा आदिको पनि उहाँले सम्पादन गर्नु भएको छ ।  नवप्रज्ञापन नामक साहित्यिक पत्रिका उहाँले बारा जिल्लाबाट २०५० सालदेखि सम्पादन ÷प्रकाशन गर्दै आउनु भएको र २०८० साल साउन २२ गते सोमबार शतक अंक विमर्श कार्यक्रम सुसम्पन्न गर्नु भएको छ ।
सम्मान तथा पुरस्कार  –
सुगन्ध लघुकथा पुरस्कार २०५१, शिक्षकश्री पुरस्कार–२०५६, नारायणी वाङ्मय पुरस्कार २०५७, ,राष्ट्रिय वाङ्मय सम्मान २०६३, अनेसास पुरस्कार २०६६, तेस्रो बालसाहित्य सम्मान २०७१, कालीगण्डकी साहित्य कला पुरस्कार २०७४, सुश्री लक्ष्मी कार्की स्मृति पत्रकारिता पुरस्कार २०७४, भोजपुरी विकास मञ्चको सम्मान २०७६, डा. मनुमुक्त 'मानव'लघुकथा गौरव सम्मान २०७६, शब्दयात्रा साहित्यिक पत्रिका सम्मान २०७६, प्रादेशिक प्रतिभा पुरस्कार २०७६, प्रेशकाउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार २०७७  र लघुकथा विशेष सम्मान–२०७७ द्वारा नवराज रिजाल विभूषित भैसक्नु भएको छ ।
आवद्धता – धुनिबेसी आदर्श क्याम्पस, उपमहा सचिव नेपाल साहित्य पत्रकार सङ्घ,केन्द्रिय सदस्य लघुकथा समाज नेपाल
कृतिभित्र प्रवेश गर्दा–  नवराज रिजालका थुप्रै कृति पढ्ने सुअवसर प्राप्त भएको छ । आज म नवराज रिजालको सिर्जना रोजीको हवाईजहाज ( बालउपन्यास)  अध्ययन गर्न गै रहेको छु । यो कृति  प्रथम पटक वि.सं. २०६७ चैत्रमा प्रकाशन भएको थियो ।  दोस्रो संस्करण वि.सं. २०७८  फागुनमा भुँडी प्रकाशनले  प्रकाशन गरेको छ । आवरण पृष्ठ बाहेक ५४ पृष्ठमा सिर्जित यो कृतिमा बाँदरसँग जम्काभेट, रमाइलो खेल, फुपूको घरतिर, आदमघाट बजार, पाठशालाको बाटो, इलमकेन्द्र प्रवेश, हिडदाहिड्दै बाटो, पोपीको मोटर, मीतबाको घर, ओडारतिरको यात्रा, सहयोगी चरो, वनभोजको रमाइलो, तराइका साथीहरू, घुमाउने डाँडाको जमघट, सफलताको बाटो गरी १५ उपशीर्षकमा रोजीको हवाई जहाजले वर्णन पाएको छ । बास्तवमा यो बाल उपन्यास हो । यस बाल उपन्यासमा उपन्यासकारले ग्रामिण परीवेशलाई लिएका छन् । नवराज रिजालले सहरको परिवेश भन्दा ग्रामिण परिवेशलाई लिएर साहित्य सिर्जना गर्नु हुन्छ । उपन्यास भए पनि यस उपन्यासमा १५ कथालाई समावेश गरेर त्यहाँका प्राकृतिक सौन्दर्यता, बोक्सी हुने नहुने तर्क, बाँदरले सताउने, एक्लै देखे आकक्रमण गर्ने , रोजीको बाल स्वभाव, गाउँले परिवेशमा विद्यालय टाढा हुनु । कतिले पढ्न नपाएका, त्यसमा रोजी पनि एक, स्कुल नजाने बालिकमा पर्ने । स्कुल नजाने बालबालिकाले घरको काम र गाई भैसी बाखा्र चराउन पर्ने, काम गर्दा आफ्ना, नाताहरूका बारेमा कुराहरू चलाउनु, गट्टा खेल्नु,लुकामारी खेल्नु, कहिले ठुस्सिने, कहिले झगडा गर्ने, दशैंको चाड पर्व, रोजीका साथीका खेल्ने धेरै सामाग्री  भएका र रोजीसँग खेल्ने सामाग्री नहुँदा साथीहरूले उसलाई होच्याउनु । ,फुपूले हवाइजहाज र हेलिकप्टर लगायत थुप्रै खेलौना ल्याइदिनु साथै किताब पनि ल्याइदिुनु, रोजी खेलौना पाएकोमा अति रमाउनु तर किताब ल्याइदिएकोमा नराम्रो ठान्नु र फुपूलाई किताब किन भन्ने प्रश्न राख्नु पढ्न ढिलाभए पनि पढ्न सकिने भएकोले  ल्याइदिएको भन्ने फुपूले भन्नु , पढे्पछि ठूलो ज्ञानी र राम्रो मानिस बन्न सकिने  धारणा, फुपूबाट आउनु । विहान वेलुका पढाउने र दिउसो घरको काम गर्ने जानकारी पाउनु । पढ्न जान थाल्नु, रोजी ठूली हुँदै जाँदा बजार जानु बजारमा बस गुडेको देख्दा अचम्म मान्नु, बस कहाँ बस्छ , के खान्छ, जस्ता जाकारी लिन जिज्ञाशा जाग्नु , इलम सिक्ने काम अध्ययन गर्न थाल्नु , खोयाबाट जहाज बनाउन सिक्नु, ऊ तीन पटक फेल हुँदा नैरास्यता लिनु , कठिन संघर्ष गरेपछि जहाज चलाएर नै छाड्नु, धेरै क्षेत्रलाई समेट्न सफल देखिन्छ उपन्यास ।  
उपन्यास र समाजिकता
नेपाल एउटा बहुभाषिक, बहु संस्कृतिले सम्पन्न देश हो । बिभिन्न जातजातिको एकताबाट समाजको निर्माण भएको छ  यहाँ धनी छन् अनि गरिब पनि छन् । रोजी उपन्यासकी  नायिका पनि रोजी नै हुन् । उनी एउटा गरिब घरमा जन्मेकी हुन् । उनका साथीहरू उनी भन्दा धनी छन् । धनी र गरिव बीचको सम्बन्ध कस्तो हुन्छ भन्ने यथार्थतालाई उपन्यासले समेटेको छ । खेलौना भएका, नयाँ नयाँ मूल्यवान कपडाको पहिरन गर्न सक्ने क्षमाता भएका साथीले रोजीलाई  देखाएको हेपाहा पवृत्ति एउटा उदाहरण हो । नवराज रिजालले आफ्ना लेखरचनामा आर्थिक उच्च र आर्थिक निम्मतालाई  तुलना गर्दै गरिबको सवलीकरण गर्ने तर्फ उनका सिर्जना हुन्छन्  । साहित्य समाजबाटै सिर्जना हुने हो । हुनत यो नौलो कुरा पनि होइन । यसमा भन्नु पर्ने कुरा के हो भने रिजालले समाजका ती समस्यालाई केलाउँछन्  जुन समस्याले समाजमालाई जकेडेको हुन्छ त्यो समस्यालाई कसरी समाधान गर्ने र समाजमा देखिएका कुरीति , विकृति विसङ्गतिलाई जरैबाट उखेलेर फाल्ने एवम् प्रगतिशील सवल समाजको सिर्जना गर्ने भन्ने मार्गदर्शन दिएका हुन्छन् । रिजालले रोजीको हवाईजहाज शीर्षकमा एउटा अनकण्टार जग्गामा इलमकेन्द्र खोलेर, हवाई जहाज, पानीजहाज, मोटर ,रोवर्ट आदि निर्माण बालबालिकाबाटै गराउन लगाएर उनीहरूबाटै चलाउने कार्य गराएका छन् ।यसबाट बालबालिका मात्र नभएर सौिलो समाजलाई सचेत गराएका छन् । यो एउटा छोटो समयमा बालबालिकालाई उत्पादनमुलक  जनशक्तिमा रुपान्तरण गर्न सकिने, राष्ट्रले आर्थिक समाजिक सवल बनाउँदै  आज जङ्गगलमा परिणत हुन गएका पहाडी क्षेत्रलाई सही उपयोग गर्न सकिने  जुन सम्भवनाका सन्देश बोकेको छ सरकारले यसमा ध्यान दिएर योजना बनाएर लागु गर्नुपर्छ भन्ने लाग्छ ।  
बाल मनोविज्ञान र उपन्यास–  यस उपन्यासमा रिजालजी ले बाल मनोविज्ञानलाई समेटेका छन् । बालबालिकामा हुने मनोभावना उसमा हुने जिज्ञाशा, स्वभाव,  क्षमता शारीरिक  र मानसिक विचारहरू व्याक्त गरेर तथा अव्याक्त रूपमा सकृय रहन्छन् । भाव, खेलौना खेलाउने उत्सुक्ता हुनु अन्तर मनका कुरा प्रकट नर्ग नसक्नु ,प्राप्त गर्दा अनयासै खुसीले आफ्ना भावना प्रस्फुटित हुनु , केही प्राप्त गर्ने बित्तिकै भाबी भावना प्रस्फुटित भएर बाहिर निस्कनु, । यस उपन्यासका पात्रहरूमा यी क्रियाकलापहरू प्रदर्शित भएका छन् । रोजीको आकाशमा उड्ने चाहना, जहाज बनाउने सिकाइमा सहभागी हुनुपर्ने भावना अनायासै प्रस्पूmटन भएका थिए । बालमस्तिष्कमा थुप्रै  धारणा पलाउँछन् ।
थी भावना तथा उनीहरूको चाहनालाई आफ्ना अभिभावकलाई पस्कन्छन् । अभिभावकले उनको मनोभावनालई ÷चाहनालाइ सम्झन्छन् या सम्झिदैनन् । राम्रो वातावरण सिर्जना गरे बाल बालिकाका आफ्ना मनका कुरा अभिभाव, तथा शिक्षकसँग राख्दछन् । बालमनोविज्ञानलाई बुझेर  अभिाविकले राम्रो वातावरण सिर्जना गरिदिएमा केटाकेटीले शिखर चुम्दछन् । नत्र आफ्नो मार्ग परिवर्तन गर्छन् । यहाँ रोजी र उनका साथीहरूले वातावरण  पाएकै कारण आफ्नाआफ्ना कायौन सफलता हाँसिल गरेका छन् ।
शिक्षा र रोजीको हवाईजहा उपन्यास – नेपालका दुर्गम स्थानमा आज पनि बालबालिकाले अध्ययन गर्न सहज छैन । यस उपन्यासमा  रिजालजीले बालबालिकालाई पढाउनको लागि धेरै मार्गदर्शन दिएका छन् । छोराछोरीलाई राम्रोेसँग शिक्षा दिनको लागि बाबुआमाको गहन भूमिका हुनु पर्ने, गुरुबा तथा गुरुआमाहरूको पनि विद्यार्थीलाई हौसला बढाउने खालको वातावरण सिर्जना गर्नु पर्छ  भन्ने सन्देश उपन्यासले बोकेको छ ।  प्रमाणम पत्रको ज्ञान भन्दा पनि व्यवहारिक ज्ञान हाँसिल गर्नु पर्नेमा जोड दिएका छन् । यस उपन्यासमा छ महिना पढाई हुने ठाउँलाई पाठशाला भनिने र पाठशालामा छ भाग रहेका अनि यहाँ छ महिना अध्ययन गरे पछि पढाई सकिन्छ । यसपछि इलम सुरु हुने,  इलमकेन्द्रमा अध्ययन गर्ने बालबालिकाले दश विषयमा सैद्धान्तिक तथा व्यवहारिक काम गरेर त्यो चिज निर्माण गरेर प्रयोगमा ल्याएर देखाउनु पर्ने भएकोले शिक्षामा रिजालजीले  नयाँ मोडललाई समावेश गर्नु भएको छ । आजको लामो पाठशालाको अध्ययनले प्रमाणपत्र त हात लाग्छ तर व्यवहारमा उतार्ने केही हुँदैन ।शैक्षिक वेरोज गार सिर्जना गर्दछ । रिजालले यहाँ प्रस्तुत गरेको शिक्षालाई व्यवहारमा उतारिएमा तथा नेपालमा यस प्रकारको शिक्षा प्रदान गर्ने हो भने कोही पनि वेरोजगार हुँदैन । छोटो अवधीमा रोजगारमूलक शिक्षा हाँसिल गर्न सकिन्छ ।
प्राकृतिक सौन्दर्यता – नवराज रिजालको लेखनमा प्राकृतिक वर्णनलाई प्राथमिकता दिएको  पाइन्छ । हरेक लेखमा प्राकृतिक सौन्दर्यतालाई  रिजालजीले मिठोरूपमा वर्णन गरेको पाइन्छ । पापुङ गाउँ , वन बाक्लिीदै जानु बाँदरले सताउनु ,घुमाउने डाँडाबाट चारैतिर हेर्दा देखिने रमणीयता, आदम घाटको चहलपहल, मोटरको आवतजावत, स्यालडाँडा, राम्चेबाट देखिने दृश्यहरू, ओडारभित्रको अन्धकार, चमेराहरूको आवाजले दिएको अनौठो स्वर,ओडार छिरेपछिको सुन्दर वगैंचा, वगैंचाका फलपूmल, फलपूmल खाओ भन्ने चराको बोली, खडकरे दहको नुहाई, जीवनपुरको प्रयोगशाला, त्यहाँ बाट देखिने डडुवा,रयालचौर,तामापुर, तेर्सेपानी,छत्रेपाटी,कुखुरेचौर, सिरानचौर, नागदह,रानीवनको सौन्दर्यता आदि प्राकृतिक सौन्दर्यताको वर्णन यहाँ गरिएको छ ।
पात्रहरूको चयन –यस उपन्यासमा, रोजीका घरपरिवार, रोजीका साथीहरू, गुरुहरू, गुरुआमाहरु,पाठशालाका विद्यार्थिहरू,इलम केन्द्रमा इलमसिक्ने साथीहरू,  प्रयोगशालाक सािथीहरू, इलमबाट निर्माण गरिएका मोटर , पानी जहाज, हवाइजहाज आदिका प्रदर्शन हेर्न आउने गाउँलेहरू आदि थुप्रै पात्रहरु सहभागी भएको पाइन्छ । मुख्य पात्र त रोजी नै भई । उसकी आमा र उसकी फुपू पनि यस उपन्यासका सकृय पात्र हुन् । रिजालले पात्रहरूको चयन गर्दा पनि सकरात्मक सोच भएका र हेपाहा प्रवृत्ति तथा नकरात्मक सोच भएका पात्रहरूको सहभागी गराइ उपन्यासलाई रोचक, तार्किक, बनाएका छन् । यी पात्रहरूले सिर्जना गरेको कौतुहलताले पनि यस उपन्यासलाई पठनीय बनाएको छ । रोजी एउटी सामान्य परिवारमा जन्मेकी,  गरिबीले थिचिएकी, संघर्षशील बालिका हो । उसमा काम गर्ने लगाव, धैर्यशीलता, क्षमता साथै संघर्षशीलता छ । फुपूको प्रयासले ऊ पढ्न तयार हुन्छे, । ऊ असफल पनि हुन्छे तर प्रयास गर्न छाड्दिन । अठोट लिन्छे र जहाज चलाउन सक्ने क्षमतामा पुग्छे । उसलाई उत्साहित पार्ने रम्भा गुरु थिइन् । रम्भाको प्रयासले नै रोजीलाई सहजता मिल्यो तर अध्ययनको प्रयास त रोजीको नै हो । उर्ववशी,बाटुली,रमा  जानुका उसलाई हेप्ने पात्रहरू थिए । रिजालजीले विविध खाले पात्रहरू उपन्यासमा समावेश गरेर प्रस्तुत गर्नु उनको लेखन कलाको एउटा महत्वपूर्ण पक्ष हो । यिनै उनका लेखन सफलताका कडी हुन् ।
शीर्षकीकरण –र यस उपन्यासमा राखिएका उपशीर्षकमा हरेक ठाउँमा रोजीको उपस्थिति र कार्यविवरणले निरन्तरता पाएको छ । रोेजीले निर्माण गरेर चलाएको जहाज भएकोले रोजीको हवाईजहाज शीर्षक सार्थक देखिन्छ ।
भाषशैली – बालउपन्यास भएकोले यस कृतिमा प्रयोग गरेको शब्दहरू सरल र सहज हुन आवश्यक हुन्छ ।  रिजालजीले यस उपन्यासमा सरल भाष नै प्रयोग गर्नु भएको छ । शब्दावली मिठासपूर्ण छन् । ठाउँ ठाउँमा उखान टुक्काले स्थान पाएका छन् जस्तै "कस्ता कस्ता कहाँ गए , मुसाको छाउरो दरवार," । बालबालिकालाई ज्ञानवद्र्धक खुराक पुग्ने खालका शब्दहरू जस्तै "ज्ञानी जाति र असललाई सबैले माया गर्छन्" प्रयोगमा ल्याइएका छन् । भाषाशैली सलल बग्ने खालको पढौंपढौ. लाग्ने खालको छ ।
राष्ट्रियताले भरिएका सन्देशहरू –यस उपन्यासमा राष्ट्र र राष्ट्रियता सम्बन्धी धारणाहरू पनि आएका छन् ।एउटा संस्थाले "पहिला हामी नेपाली त्यसपछिमात्र अरू" भित्तामा लेख्ने र  त्यस संस्थामा आवद्ध व्यक्तिहरूको गलामा त्यही लेखिएको कार्ड झुण्ड्याउन लगाइएको पाइनु एउटा राष्ट्रप्रतिको मायाममता हो भन्न सकिन्छ ।
निष्कर्ष – यस उपन्यासको अन्तिम सन्देश जब रोजीले जहाजमा आमा फुपूलगायतलाई जहाजमा उडायर ल्याएर जहाज रोकेपछि सबैको मुखबाट एकै स्वरमा भने–" परिश्रमले मानिस अगाडी बढ्छ ।" बास्तवमा रोजी यस्ती साधारण धरकी बालिका हुन जस्ले बालक कालमा एउटा पनि खेलौना आमले किनेर ल्याएको खेल्न पाउँदिन । खेलौना फुपूले ल्याएपछिमात्र , खेलाउन पाउँछे ।  किताव पनि फुपूबाटै प्राप्त गछर््े । उसमा परिश्रम गर्नुपर्छभन्ने धारण पलायो, फुपू र आमाले वातावरण  मिलाए , र स्कुलमा उसलाई माया गर्ने गुरुआमाले हौसला बढाइदिुनु, उसको परिश्रम, अनुशासन, कटिकद्धता तथा आचरणले उसलाई शिखर चढाइदियो । ऊ कक्षाकी मोनीटर पनि बनाइकी थिई । ग्रामिण परिवेशलाई लिएर, विकासको सन्देश दिएर , इलम सिकाउन सकिने खालको शिक्षाको एउटा छोटो समयमा उच्च र व्यवहार मुखी शिक्षाको उपलब्धी कसरी गर्न सकिन्छ भनी मार्गदर्शन दिन सक्ने उपन्यासकारको उन्नती प्रगतिको कामना सहित विदा चाहान्छु ।
धन्यवाद

आदिकवि भानुभक्त आचार्यको व्यक्तित्व र कवित्वको सङ्क्षिप्त विवेचना

परिचय
भानुभक्त आचार्य नेपाली साहित्याकाशका एक अद्वितीय भानु नै हुन् । जसरी सूर्यका किरणहरूले यस पृथ्वीका कुनाकाप्चा छिचोलेर प्रकाशमय पार्दछ त्यसरी नै भानुभक्तका कृतिहरुले नेपाली समाजका मुटुका धड्कन र रगतका बूँद बूँदमा सञ्चारित भएर भाषागतरूपमा एकताको सूत्रमा बाँधेको छ । आज जहाँ नेपाली पुगेका छन् त्यहाँ नेपाली भाषाले आफ्नो स्थान लिएको छ र भानुभक्तको स्मरण भइ नै रहेको हुन्छ । यो लेख लेख्दा मलाई मेरो अध्ययन कालको याद आयो । मेरो अध्ययन भारतको आसामको डिगवोई भन्ने ठाउँमा भएको थियो । त्यहाँ, वि.सं.२०२०÷२१ सालमा, हामी विध्यार्थीहरूले भानुजयन्ती भव्यरूपमा मनाउने गर्दथ्यौं । साहित्यकार स्व. हरिभक्त कटुवालको पनि त्यहाँ सकृय सहभागिता रहन्थ्यो । मेरो साहित्यिक यात्रा पनि त्यहीबाट थालनी भएको थियो । भारतको दार्जिलिङ र सिक्किममा भानुजयन्ती पर्वकै रुपमा मनाइने गरेको पाइन्छ । नेपालमामात्र नभएर भरताका ठाउँ ठाउँमा भानुभक्तका शालिकहरू स्थापना भएका छन् । भानुभक्त आचार्यको जन्म वि.सं १८७१ असार २९ गते धनञ्जय र धर्मावतीदेवीको पुत्रको रूपमा चूँदी रम्घामा भएको थियो । भानुभक्त श्रीकृष्ण आचार्यका नाती र धनञ्जय आचार्यका पुत्र थिए । श्रीकृष्ण आचार्य विद्वान थिए र धर्ममा विश्वास गर्दथे । श्रीकृष्ण आचार्यले धनञ्जयलाई पनि शिक्षित बनाएका थिए भने नाति भानुभक्तलाई पनि उनीबाटै शिक्षा दिइएको थियो । उनका बाजे जब काशीबास जानु भयो, भानुभक्त पनि बाजेको साथमा काशी गएका थिए । यस अवसरमा ५÷६ बर्ष भानुभक्त बनारसमा बस्ने अवसर पाए र त्यहाँ उनको अध्ययन राम्रो भयो । उनको साहित्यतिर र धर्मतिरको  प्रभाव पनि उनकै बाजे श्रीकृष्ण आचार्यको छाप परेको थियो ।
भानुभक्तका कृतिहरू–
एकदेव उपाध्यायले, आदिकवि भानुभक्त लिखित पुरानो सातकाण्ड रामायण, जसको सम्पादन बाबू सोमनाथजीले गर्नु भएको र जयनेपाल प्रकाशनले २०४६सालमा प्रकाशन गरेको, यस रामायणमा आदिकवि भानुभक्त आचार्यको संक्षिप्त जीवनीमा प्रकाश पार्नु भए बमोजिम उनको, 'प्रथम पद्यचाहिें शिखरिणी चन्द्रमा बनाइएको दश हरफहरू नै हुन जसले उनको आफ्नै जन्मपत्रिकाको बयान गर्दछ', भन्ने छ । उनले १८९८ सालसम्ममा बालकाण्ड रामायण तयार पारेका थिए भनिन्छ । उनका बाबु पाल्पा मालमा खरदार थिए । खरदार पदमा रहँदा हिसाब कितावमा फरक परेकोले बाबुको मृत्यु पछि भानुभक्तलार्ई १९०६ सालतिर हिसाव फस्र्योट गर्ने अड्डाले समात्यो र ५ महिनासम्म नजरबन्दमा राख्यो भन्ने कुरा एकदेवजीले लेख्नु भएको छ तर नरेन्द्रराज प्रसाई द्वारा लेखेको एक लेखमा भानुभक्तले ३७ बर्षको उमेरमा आफै सरकारी जागिर खाएका थिए । हाकिमले दुई बर्षमा नै उनको जागिर खोसेको र रकम हिनामिनाको अभियोगमा कुमारी चोकमा थुनेको भनिएको छ । मोतीराम भट्टका अनुसार पनि वि.सं.१९०७ सालको बैशाख महिनामा तराईमा जागिरे भएर गए र १९०९मा जागिर खोसिएको र हरहिसाव वुझाउन नसकी ५ महिना थुनिएको  लेखेको देखिन्छ । मोतीराम भट्टको लेखाइलाई नै आधिकारिक मान्न सकिन्छ । उनी नजरबन्दमा परेका अवसरमा रामायणका अयोध्या, अरण्य, किष्किन्धा र सुन्दर काण्डको रचना गरेका थिए । नजरबन्दबाट निस्के पछि उनले युद्धकाण्ड र उत्तर काण्ड लेखेका थिए । यसरी उनले १९१० सालतिर सम्पूर्ण रामायणको रचना गरिसकेका थिए ।  उनका कृतिहरूमा रामायण, बधूशिक्षा, भक्तमाला, प्रश्नोत्तरी, रामगीताको साथै केही फुटकर कविताहरू पनि हामीले अध्ययन गर्न पाएका छौं, जो अति गहन भावना सहित सरल भाषामा लेखिएका छन् ।
 नेपाल राज्यको एकिकरण पृथ्वीनारायण शाहले गरेका थिए र सन् १७६८मा नेपाल खाल्टोभित्रका देशहरू जितेर पृथ्वीनारायण शाहले नेपाली भाषालार्ई सरकारी कामकाजको भाषामा प्रयोगमा ल्याएका थिए तापनि नेपाली भाषले त्यति व्यापकता लिन सकेको भने थिएन । जब भानुभक्तले रामायण लेखे । यसको रसस्वादन नेपाली जनताले चाख्न थाले तब नेपाली भाषाले व्यापकता लिन थाल्यो र नेपाली समाजलार्ई भाषागत रूपमा एकबद्ध गर्ने काम भानुभक्त आचार्यले गर्न सफल देखिनु भयो । भानुभक्त भन्दा अघि पनि केही कविहरूले नेपाली भाषामा लेख्ने काम गरेका थिए तर अध्यायात्मक रामायण (सम्पूर्ण राम कथा) प्रदान गर्ने काम भने भानुभक्त बाटै भएको थियो । यो कृति अनुवाद भए पनि अनुवादजस्तो नभएर मौलिक कृतिजस्तो देखिन्छ । खास रामायणको सन्दर्भमा श्रीमती पुष्प शार्म लेख्नु हुन्छ ( '..... यस काव्यभित्र, जसले जस्तो आदर्श। नीति, प्रेरणा, खोज्न चाहन्छ, त्यस्तै पाउन सक्छ(भनौ रामायण कल्प वृक्ष हो, रामायण चिन्तामणि हो' । मलाई पनि यस्तै लाग्छ, यो कल्पवृक्ष हो र चिन्तामणि पनि हो ।
मोतीराम भट्टले भानुभक्तप्रति गरेको योगदान
भनिन्छ मोतीराम भट्टले भानुभक्तलाई यो रूपमा चिनाउनको लागि निकै मेहनत गरेका थिए । उनले रामायणलाई सङ्कलन गरेर छपाउने र प्रचारप्रसार गर्ने काम गरे । भानुभक्तको जीवनी लेखे । उनको जीवनीमा भानुभक्तको जन्म मिति १८६९लेखेको पाइन्छ तर भनुभक्तकी नातीनीले भानुभक्तको जन्म सप्रमाण वि.सं. १८७१ साल असार २९ गते भने पछि भानुभक्तको जन्म मिति यही नै लेखिन थाल्यो । मोतीराम भट्टले भनुभक्तलार्ई १९४८मा आदिकविको रूपमा नामाकरण गर्नु भया,े तर १९९७ सालमा युद्धशमशेरले यसलार्ई मान्यता दिए पछि भानुभक्त आदिकविको रूपमा प्रचलित हुनुभयो ।  आज भानुभक्तलार्ई आदिकवि भनेकोमा पनि चर्चा उपचर्चा उठेका छन् तापनि भानुभक्तले आफ्नो कृतिलार्ई नेपालीमय बनाएकै हुन् र नेपालीको रगतको बूँद बूँदमा आफ्नो भावनालार्ई घोलेकै हुन् । उनको यो सम्लग्नतालार्ई कसैले जे भने तापनि नेपाली मुटुको धड्कनबाट आदिकवि भानुभक्तलार्ई अलग्याउन भने सकिदैन । खोज ÷अनुसन्धान त हुनु पर्दछ । आज आएर भानुभक्तले रामायण लेख्ने प्रेरणा घाँसीबाट पाएका हुन् भन्नेमा तकवितर्क उठेका छन् । यस सम्बन्धमा नरेन्द्रराज प्रसाईले यी तलका पङक्तीहरू भानुभक्तले नभै स्वयम् भोतीराम भट्टले नै लेखेका हुन् भन्नु भएको छ –
भर्जन्म घाँसतिर् मन्दिइ धन् कमायो ।
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।।
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो ।
मो भानुभक्त धनि भै कन आज यस्तो ।।१।।
मेरा इनार नत सत्तल पाटि कै छन् ।
जे धन् र चीजहरु छन् घरभित्र नै छन् ।।
तेस् घाँसीले कसरि आज दियेछ अर्ती ।
 धिक्कार हो ! मकन बस्नु  नराखि कीर्ति ।।२।।
(कवि भानुभक्तको जीवन चरित्र,पृष्ठ ७(८)
नरेन्द्रराज प्रसाईको तर्क के छ भने, यस श्लोकको चौथो हरफमा लेखिएको 'मो' शब्द भानुभक्तको नभै मोतीरामको हो र भानुभक्तले म को ठाउँमा मो कहीं पनि लेखेका छैनन् र मोतीरामको लेखाइमा मो को सट्टा म कहीं लेखेका छैनन् । यही एउटा कारणबाट माथीका श्लोक भानुभक्तका नभै मोतीराम भट्टले नै उनको नाउँमा लेखिदिएको भन्ने तर्क कहाँसम्म सत्य हुन्छ अभैm खोजको विषय भएको छ । रामयण लेख्ने प्रेरणा त वाल्मीकिले पनि निषाद्बाट पाएका थिए । कसरी भन्दा एउटा व्यधाले काम मोहित भएको अवस्थामा कौञ्च पंक्षीलाई मारेको देख्दा उनको मुखबाट अनायास नै श्लोक प्रष्फुटन भएको थियो र त्यसबाटै उनले रामायण लेख्न थालेको भन्ने कुरा हामीले अध्ययन गर्न पाउँछौं । तुलसी दास पनि आफ्नी पत्नीलाई अति माया गर्दथे, एकदिन उनकी पत्नी माइत गएको बेलामा पत्नीलाई छाड्न नसकी खोज्दै माइतै पुगेको देख्दा उनले पतिलाई यो प्रेमको लागि धिकारिन् र राममा(ईश्वरमा) प्रेम गरे राम्रो हुने बताइन् । त्यही प्रेरणबाट तुलसी दासले रामायण लेखे । हामीले भानुभक्तले घाँसीबाट रामयण लेख्ने प्रेरणा पाएको कुरा यत्रतत्र पढ्न पाएँछौं । गोपाल पराजुलीले पनि घाँसीकै प्रेरणबाट भानुभक्तले रामायण लेखे भनेका छन् । मलाई यो विवादमा कता कता दीपक सोतीलाई सम्झे र उहाँको हालको निवास नवलपरासीको पिठौलीमा पुगें घाँसीकुवाको बारेमा र गजाधर सोतीको बारेमा कुराहरू राखें । दीपक सोती नाताले गजाधर सोतीका भाइतर्फका पनातीमा पर्दछन् । घाँसी कुवाको बारेमा सोतीजीले भन्नु हुन्छ ('आदिकवि भानुभक्त आचार्यको जीवनीमा लेखिएको घाँसीकुवा रिस्तीखोलाको सोती पसल नजिकै अझै पनि छँदैछ । लम्साल थरका घरमा एउटा घाँसी काम गर्दथ्यो । यो घाँसी मगर थरको भएको र उसले खनेको कुवा भएकोले अझै पनि बुढापाकाले यसलाई मग्रान्ते कुवा भन्दछन् ।' यसले के पुष्टि गर्दछ भने घाँसीकै प्रेरणाले भानुभक्तले रामायणको थालनी गरेका हुन् ।
 यसरी नै नरेन्द्रराज प्रसाईले, 'भानुभक्तको जीवन कथालाई कारुणिक पार्न मोतीरामले गजाधर सोतीको कथा पनि आँफै बुने होलान्' भन्ने शंकाको प्रश्न खडा गरेका छन् । नरेन्द्रराज प्रसाईको भनाइमा नेपाली समाजमा पाहुनालाई देवतातुल्य मानिने चलन भएको र यहाँ भानुभक्तलाई ढिकी भएको ठाउँसमेतबाट निकालिएको हुँदा यो कविता पनि मोतीरामले नै लेखिदिए होलान् भनिएको छ । मोतीराम भट्टले लेखेको भानुभक्तको जीवन चरित्रमा भने प्रष्ट के लेखिएको छ भने भानुक्तलाई बुहारीले पिढीमा बस्न भन्दा पनि बुढीले बस्न नदिएको र ढिकी भएको छाप्रोमा बुहारीले बस्न भन्दा पनि बुढीले निकाली दिएको र वरपर कसैको घर नभएकोले रुखमनि डल्लिएको । विहान एक ६÷७ बर्षको बालक गजाधर्साेतीको कान्छो छोरा हो भन्ने जाने पछि तलका श्लोक लेखेर तनामा बाँधी बाबालाई दिन भनिएको छ –
गजाधर्सोतीका घर बुढि अलच्छिन्कि रहछिन् ।
नरक् जानलाई सबसित विदावादि भइछन् ।।
पुग्यौ साँभ्mमा तिन्का घर पिढिमहाँ बास गरियो ।
निकालिन् साँझैमा अलिक पर गुल्जार गरियो ।।
(कवि भानुभक्तको जीवन चरित्र, पृष्ठ ९ )
यी माथीका श्लोक ती बालकलाई कण्ठ बनाएर छाडेर गएको पनि भएको छ । गजाधर्सोतीले घर आएर जानकारी पाए पछि आफ्नी पत्नीलाई खुब हप्काएको कुरा पनि लेखिएको छ –कवि भानुभक्तको जीवन चरित्रपृष्ठ ९÷१०) ।
 यो सम्बन्धमा दीपक सोतीसँग छलफल हुँदा सोतीजी भन्नुहुन्छ ('स्व. आदिकावि भानुभक्तको मावली भोर्लैटार हो । मावली जानेक्रममा कविज्यू गजाधर सोतीको घरमा बासबस्न गएको कुरा पनि सत्य हो । त्यस दिन गजाधर सोती भैंसी किन्न छोरा विष्णुलाई लिएर दुरडाँडा गएको हुँदा, यहाँ आइमाई मात्र छौं सुवेदीको घर तल छ त्यहीं बस्न गजाधर सोतीक्ी बूढीले भन्नु भएको कुरा पनि सत्य हो । भानुभक्त सुवेदीको घर नवसी सोती पसलको चौतारीमा राती सुती, विहान आगोताप्न गजाधरको गोठमा गएर गजाधरको छोरासँग परिचय भयो । गजाधरका छोराले दूध पनि खुवाए । यतिवेलासम्म कविज्यूले कविता लेखेर सोतीका छोराको भोटोको तनामा गजाधरलाई दिन भनेर बाँधीदिए' । यो कथन सत्यतामा आधारित जस्तो देखिन्छ ।    
बालाजी र काठमाण्डौको बर्णन
मोतीरामको कथन छ कि भानुभक्तका वि सं.१८९८देखि १९०५ सम्मका फुट्कर कविताको पत्तो छैन । १९०६मा  काठमाण्डौ, जग्गाको झगडाको कारणले, जाँदा  बालाजी भन्ने ठाउँमा पुग्दा बालाजीको सुन्दरताको बर्णन गर्दै सिङ्गारिक कविता पनि लेख्नु भएको छ –
ञाहाँ बसेर कविता यदि गर्न पाऊँ ।
यस्देखि सोख अरु थोक म के चिनाऊँ ।।
यस्माथि झन् असल सुन्दरि एक नचाऊँ ।
खैंचेर इन्द्रकन स्वर्ग ञही बनाऊँ ।।१।।
यति दिन पछि मैले बालाजी देख्याँ ।
 पृथिवितल भरीमा स्वर्ग जो जानि लेख्याँ ।।
वरिपरि लहराका झुलि बस्न्या चरा छन् ।
मधुर वचन बोली मनलिंदा क्या सुरा छन् ।।२।।
                          (कवि भानुभक्तको जीवन चरित्र,पृष्ठ १०)
 बालाजीबाट भानुभक्त काडमाण्डौ तिर लागेर । काठमाण्डौको सुन्दरतामा कविको नजर परेपछि उनले त्यहाँ पनि कविता लेखे –
चपला अबलाहरु एक् सुरमा ।
गुन केसरीको फुल ली शिरमा ।।
हिँडन्या सखि लीकन ओरिपरि ।
अमरावति कान्तिपुरी नगरी ।।१।।
 यति छन् भनि गन्नु कहाँ धनिञा ।
खुशि छन् मनमा बहुतै दुनिञा ।।
जनकी यसरी सुखकी सगरी ।
अलकापुरि कान्तिपुरी नगरी ।।२।।
कहिँ भोट र लन्दन चीनसरी ।
कहिँ काल्भरि गल्लि छ दिल्लिसरी ।।
लखनौ पटना मदारस (मदरास) सरी
अलकापुरि कान्तिपुरी नगरी ।।३।।
तरबार कटार खुंंडा खुकुरी ।
पिसतोल र बन्दुक सम्म भिरी ।।
अति शूर र वीर भरी नगरी ।
छ त कुन्सरि कान्तिपुरी नगरी ।।४।।
 रिस राग कपट् छल छैन जहाँ ।
तब धर्म कती छ कती छ ञहाँ ।।
पसुका पति छन् रखबारि गरी ।
शिवकी पुरि कान्तिपुरी नगरी ।।५।।  
(कवि भानुभक्तको जीवन चरित्र, पृष्ठ ११(१२)
यी माथीका श्लोकहरूबाट हामी के भन्न सकिन्छ भने भानुभक्त प्राकृतिक प्रेमी पनि थिए । उनले अध्ययन पनि संस्कृतमात्र गरेका थिएनन् । उनमा भूगोल लगायत अन्य कृतिको अध्ययन पनि थियो ।
 जग्गा झगडा र भानुभक्तको कवित्व
तनहूँमा भानुभक्त र भाटको जग्गाको बीचमा नदी रहेको र नदी कहिले भाटको जग्गा हुँदै बग्ने र कहिले भानुभक्तको जग्गा हुँदै बग्दा जग्गा बगरमा परिणत हुने भै रहन्थ्यो । यसरी नदीले भानुभक्तको जग्गा छाडेर भाटको जग्गाबाट बग्न थाल्यो । भानुभक्तले आफ्नो जग्गा कमोत गर्दा भाटले जग्गा मिचेको भनि उजुरी गरेकाले भानुभक्तले इजहार कविता बाटै दिएको उदाहरण –
ख्यामित् यस् गिरिधारिले अति पिर्यो ब्यार्थै गर्यो झेल्पनि ।
यस्का झेल उतार्नलाई सजिलो यो हो व्यहोरा  भनि ।।
ख्वामित्लाइ चढाउनाकन ञहाँ क्यै श्लोक् कविता गर्याँ ।
मेरा श्लोक् सुनिबक्सियोस्त झगडा छीनिन््छ पाऊ पर्याँ ।।१।
 साँचो हुन् जति लेखिया सब कुरा आफ्नू व्यहोरा दरी ।
सावित् ता ठहरेन पो पनि भन्या यस्मा अइन्मा जति ।
तोक्याको छ गुनाहजार तिरुला राख्दैन एकदाम् रती ।।२।।
यस्भन्दा अरु पत्र पात्र पनि छन् भोग् छन् दसी छन् सही ।
श्रोत्रा साक्षि कुरा कहानि पनि छन् मेरा सनद् छन् कहींंं ।।
गन्र्याछैन उजुर्ग¥याँ पनि भन्या झुट्टा गराई दिनु ।
सर्कार्मा इजहार्दिञा खुशि भई यो झेल् कसोरी छिनू ।।३।।
(कवि भानुभक्तको जीवन चरित्र, पृष्ठ १२(१३)
मोतीर।मको कथन छ कि यती मात्र नभएर अरु श्लोक पनि हुन सक्छन् । यो इजहार् दिए पछि मुद्दा त जोरियो तर मुद्दा फैसला भएन । उनले पुन विन्तिपत्र कवितामै लेखेका थिए कति लेखे तर मोतीरामले भने एक श्लोक मात्र भेटे जो यस प्रकार छ (
विन्ती डिट्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् न बोली ।
बोल्छन् ता ख्याल् गर्याझै अनि पछि दिनदिन् भन्दछन् भोली भोली ।।
की ता सक्तीन भन्नू कि तब छिनि दिनू क्यान भन्छन् इ भोली ।
भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।।१।।
(कवि भानुभक्तको जीवन चरित्र, पृष्ठ १३)
यो विन्तिपत्रले गर्दा भानुभक्तको मुद्दा छिनियो र उनले मुद्दा जिते । घर गएर साँद छुट्याए । मोतीराम भट्टले भानुभक्त थुनामा परेका बेलामा श्री ३ कमान्डरइन््चीफ जनरल कृष्णबहादुरका हजूरमा भानुभक्तले लेखी पठाएको विन्तिपत्रको श्लोक पनि प्रस्तुत गर्नु भएको छ जो यस प्रकार छ –
रोज् रोज्  दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू ।
रात् भर्नाच्  पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छू ।।
लाङ््खुटया उपिञा उडुस् इ संगि छन् इन्कै लहर्मा बसी ।
लाङ्खुट्याहरु गाउँछन् इ उपिञा नाच्छन् म हेर्छु बसी ।।१।।
(कवि भानुभक्तको जीवन चरित्र, पृष्ठ १५)
मोतीरामको कथन छ कि यो विन्तिपत्रबाट पनि भानुभक्तको आपद् टरेन । यही ४ महिनाको अवस्थामा उनले अयोध्याकाण्ड, आरण्यकाण्ड, किष्किन्धाकाण्ड र सुन्दरकाण्डको भाषा श्लोक तयार पारे । यसै बर्ष छोरा रमानाथको ब्रतबन्ध गर्नु प¥यो र फेरि एक विन्तिपत्र लेखेर श्री ३ कमाण्डर इन्चीफका हजुरमा चढाए । जो यस प्रकार छ –
जागिर्छैन धनी म छैन घरको केवल कोदालो खनी ।
खान्थ्या दुक्ख गरेर चाकरी ग¥या मान् पाउंला की भनी ।।
एक् मन् चित्त लगाई चाकरी ग¥याँ खुसी भयाछन् हरी ।
मान्माथी पनि भुक्तमान् थपिदिया कैल्ह्यै न खोस्न्या गरी ।।१।।
चालिस् बर्ष भञा म पुत्र पनि एक् मात्रै छ आठ् बर्षको ।
आयो काल् ब्रतबन्धको नजिकमा बेला त हो हर्षको ।।
क्यारू आज पर्यांं विपतमा एक्लो ञहाँ छु फगत् ।
कुन् पाठ्ले ब्रतबन्ध पार्गरु मफेर्मान्छू अँध्यारो जगत् ।।२।।
गायत्री दिनु बाबुको छ अधिकार्भिक्षा दिनु माइको ।
 बालख्मा पनि बेद् पढी कन सुसार्गर्नू गुरू गाइको ।।
यस्तो मुख्य बखत् छ यो अरु छ कुन् काम् पारलाई दिन्या ।
धेरै विन्ति कती गरूँ चरणमा एकै कुराले छिन्या ।।३।।
ख्यामित् आज हजुर्हरू पृथिविमा मालिक् छंंदामा पनी ।
ब्राह्मण्को ब्रतबन्ध अड्कन तयार्देख्यां र मालिक् भनी ।।
जाहीरात ग¥यां प्रभू हजुरमा जो मर्जि होला  भनी ।
कंंढैसित् भनि मर्जि हुन्छ त भन्या क्यारू सहन्छू पनी ।।४।।
(कवि भानुभक्तको जीवन चरित्र, पृष्ठ १५(१६)
मोतीराम भट्टले लेख्नु हुन्छ – यो विन्तिपत्रले काम ग¥यो र १९०९मा भानुभक्तले फारग्पत्र पाएर घरमा गै छोराको ब्रतबन्ध गरेर १९१०मा पुनः काठमाण्डौमा आएर युद्धकाण्ड र उत्तरकाण्ड पनि तयार गरी रामायण तयार भयो ।
भक्तिरसले पूर्ण भक्तमाला भानुभक्तको स्वकल्पित रचना हो । यो र प्रश्नोत्तर संस्कृतबाट अनुवाद गरेको कृतिको लेखन पनि यसै समयमा भएको कुरा मोतीरामले लेखेका छन् । अब कुरा रह्यो बधु शिक्षाको  । यो तयार गर्दाको पनि एउटा कथा छ । भानुभक्त नेपालबाट १९१९मा घर फर्कदा बाटोमा तारापति ब्रह्मणसँग भेट भयो र एक रात उहाँकोमा नै बस्ने कुरा भयो । रातको दशघडी रात बित्ता तारापतिकी पत्नी र बुहारी बीच झगडा सुरु भयो र भानुभक्त सुत्न नसकी रातभरीमा 'बधुशिक्षा' तयार पारे र हिड्ने बेलामा तारापति लाई यो बधुशिक्षा सहित उपदेशका तीन श्लोक दिएर बाटो लागेको कुरा मोतीरामले लेखेका छन् । ती तीन श्लोक यस प्रकार छन्–
एक् थोक् भन्छु न मान्नु दुक्ख हे मित्र तारापती ।
तिम्रा ई जति छन् जहानहरु ता लड्न्या रह्या छन् अति ।।
सून्या दन्त बझान आज घरको कर्कर्ग¥याको उसै ।
भर्रात् जाग्रानझैं भयो मकन ता लागेन आँखा कसै ।।१।।
धन् इज्जत् र कमाइ देख्छु बढिया छैनन् कुनै चीज् कमी ।
बूहारी यदि कर्कशा हुन गया क्या घर्गरौला तिमी ।।
साह्रै झोक उठयो मलाइ र बधूशिक्षा बनाया पनी ।
 यस्ले पत्नि बुहारि छोरीहरुको तालिम् गरौला भनी ।।२।।
हुन त म अतिथी हूँ यस् बिनु के छ खाँचो ।
तर पनि त म भन्छु मित्र ह्वौ जानि सांचो ।।
घर चतुरइँ गर्छन् बुद्धिमान्ले अगाडी ।
बखत चुकि दिंदामा हुन्छ काहां पछाडी ।।२।।
(कवि भानुभक्तको जीवन चरित्र, पृष्ठ १७(१८)
 यी श्लोकमा पनि नरेन्द्रराज प्रसाइले भानुभक्तका नभइ 'मोतीरामले भानुभक्त आचार्यको जीवनीलाई शाश्वत पार्न अझै मसला हाले । भानुभक्तका मित्र तारा पतिको कथा बुनेर पनि भट्टले आचार्यलाई अविष्मरणीय बनाए । ........ तर यो  कविताको खेस्रा पनि भानुभक्तलाई उकास्न आफैले लेखेका थिए भन्न सकिन्छ' भनि लेखेका छन् । नरेन्द्रराज प्रसाईको यो लेखमा पोखेका धारणाहरुको अध्ययन र आजसम्म भानुभक्तको बारेमा लेखिएका मान्यतामा गहिरो अध्ययनको खाँचो देखिन्छ । मेरो बिचारमा कुनै पनि लेखकले आफ्नो लेख÷रचना अर्काको व्यक्तित्व उठाउनको लागि प्रयोग गर्दैन जस्तो लाग्छ । मोतीरामले जे लेखेका छन् तीनमा सकेसम्म उदाहरण सहित प्रष्ट्याउने कोसिस गरेका छन् जस्तै धर्मदत्त सुब्बा (जोतिषी), रमानाथ आदि । मोतीरामले सकेसम्म दिन, गते, घडीसम्म पनि लेख्न छुटाएका छैनन् । गहिरिएर हेर्ने हो भने यति गहिरो लेखनले सत्यता दर्शाएको छ भन्न सकिन्छ । श्रीमती पुष्पा शर्मा लेख्नु हुन्छ ('प्रयोजन आविष्कारको जननी हो, उपयोगिता सृष्टि गर्न दुर्भेद्य पहाड तोडिन्छन्(दुर्गम वन छिमलिन्छन्(' निश्चय पनि अनुसन्धानको सीमाङ्कन हुँदै न । यो निरन्तर चल्ने प्रकृया हो । मोतीरामले भानुभक्तलाई चिनाउन निकै प्रयास गरेकै हुन् । उनले रामयण सङ्कलन गरेर प्रचारमा ल्याएकै हुन् तर नरेन्द्रराज प्रसाईले भने जस्तै आफ्ना स्वरचित कवितालाई भानुभक्तले लेखेका हुन् भनेर लेखेका हुन्, भन्न थप पुष्ट्याइँको आवश्यक्ता मैले महसूस गरेको छु । यसमा मेरो जिज्ञासामा बधुशिक्षाका बारेमा दीपक सोतीले मोती रामले भानुभक्तका कविता सङ्कलनमात्र गरेका हुन् भन्ने ठहर छ ।      
बास्तवमा भानुभक्त नेपाली साहित्यका वाल्मीकि हुन् र रमायाण नेपाली साहित्यको पहिलो महाकाव्य हो ।  नेपाली भाषामा भानुभक्तको योगदान ठूलो थियो ÷छ । आज नेपाली भाषा समस्त नेपालीको जनजिब्रो भएको छ । जहाँ नेपाली पुगेका छन् त्यहाँ सम्म यो भाषा मौलाउँदै गएको छ ।  अत यस्ता मुटुका धडकन वि.स.ं १९२५मा भौतिक शरीरलार्ई त्याग्दै हामीबाट भौतिक सम्पर्क हुनबाट सदाका लागि अलगिन पुग्नु भयो ।
सन्दर्भ सामाग्री
१. कवि भानुभक्तको जीवनचरित्र, मोतीराम भट्ट, साझा प्रकाशन, साझा प्रकाशन चौथो प्रकाशन २०६८,
२ कैलाश राष्टिूय साहित्यिक विविध पत्रिका (२०७०, पृष्ठ ६१(६५,आदि कवि भानुभक्त आचार्य, नरेन्द्रराज प्रसाई
३. जनमत साहित्यिक मासिक, बर्ष ३०, अङ्क ७, साहित्यिक अङ्क १९२, पृष्ठ ४मा 'सन्दर्भः भानु भक्तीय, रामायणको, चर्चा(प्रेणा स्रोतको' , श्रीमती पुष्प शार्म .
४. पच्चीस प्रतिभा, प्रथम संस्करण, २०६०, गोपाल पराजुली
५ भानुभ१mीय रामायण, जय नेपाल प्रकाशन, सम्पादक, बाबु सोमनाथजी, २०४६, आदि कवि भानुभक्ताचार्यको संक्षिप्त जीवनी
६ साहित्यकार दीपक सोतीजीसँगको अन्तरकृया
धन्यवाद



 

रोजीको हवाईजहाजमा यात्रा एक सन्दर्भ

सदानन्द अभागी
परिचय
 काठमाडौंँबाट प्रकाशन हुने 'मातृभूमि' साप्ताहिकमा २०३९ सालमा 'पागलको चाहना' शीर्षक कथा प्रकाशन गरेर नेपाली कथा क्षेत्रमा प्रवेश गर्नु भएका नवराज रिजाल एउटा बहुप्रतिभाशाली एवम् स्थापित साहित्यकार हुनुहुन्छ । २०२२, जेठ २९ गते, पश्चिम १ नम्बर धादिङमा जन्मनु भएका नवराज रिजाल देवी रिजाल र ठाकुर प्रसाद रिजालका सुपुत्र हुनुहुन्छ । उहाँले साहित्यिक पत्रकारिता, बाल साहित्य, गजल, लघुकथा र कथा, खोज अनुसन्धान, नियात्रा, मुक्तक, बाल उपन्यास आदि विधामा हात चलाई आपूmलाई एउटा सिद्धहस्त साहित्यकारमा स्थापित गराउनु भएको छ । यी क्षेत्रमा रिजालको अतुलनीय योगदान छ । 'अदृश्य पीडा' (लघुकथासङ्गह २०५७) प्रकाशमा आएपछि उहाँको साहित्यिक यात्रा बालकथातिर लम्किन्छ । उहाँले दयालु ढेडु (२०५८)लाई प्रकाशन गरी बालकथाकारको नाममा आफूलाई स्थापना गराउनु भएको छ ।  आफ्नो स्थानको उन्नती प्रगति कस्तो छ भन्ने जिज्ञाशा जाग्नु स्वभाविक हो । उहाँले डुवरवानाको सेरोफेरो ( गाविसको अनुसन्धानात्मक पुस्तक ) अध्ययन र लेखनको काम २०५९ साल ज्येष्ठमा सुसम्पन्न गर्नु भएको छ ।  बोक्सी बुढी, (बालकथा २०६०), बुद्धिमान न्याउरीमुसो ( बालकथा २०६२), छट्टु बाँदरको विहे (बालकथा २०६३), 'विखण्डित प्रवाह' (कथासङ्ग्रह २०६३), द थ्री फ्राइन्ड, (बालकथा, अंग्रेजी अनुवाद २०६५),चुपचाप चुपचाप (गजलसङ्ग्रह २०६६), रोजीको हवाइजहाज (बाल उपन्यास,२०६७),माटो खोज्दै (लघुकथा २०६७), नक्कलीको अक्कल (लघुकथा २०६७), जुनदाइ आए (बालकविता( २०६८), गुराँस फुलेपछि (बालकविता २०६९), द बेबी काइट (बालकथा अंग्रेजी अनुवाद २०७१), द स्ट्रिट टाइगर (बालकथा अंग्रेजी अनुवाद २०७३),गुपचुप गुपचुप (गजल २०७७), हाम्रो आधारभूत व्याकरण (सहलेखन २०७५), हाम्रो माध्यमिक निबन्ध (सहलेखन २०७५), राम्रो माध्यमिक व्याकरण (सह–लेखन २०७७),आँखाभरि देश मनभरि परदेश (नियात्रा २०७७०), अब उप्रान्त ( कथा २०७८),भिखु र बल्छी (बालकथा२०७९) र अनि तिमी मुक्तक सँगालो (२०७९),उहाँका प्रकाशित कृतिहरू हुन् ।
सम्पादन
  सम्पादनको क्षेत्रमा पनि उहाँको ठूलो योगदान छ । मैदान, देवकोटा व्याख्यान सङ्ग्रह, मूच्र्छना, महेश आवाज, नेश्चिल,  समायोजन,  उत्तराद्र्ध, आलेखन, बालप्रज्ञा, प्रलेस, लघुकथा आदिको पनि उहाँले सम्पादन गर्नु भएको छ ।  नवप्रज्ञापन नामक साहित्यिक पत्रिका उहाँले बारा जिल्लाबाट २०५० सालदेखि सम्पादन ÷प्रकाशन गर्दै आउनु भएको र २०८० साल साउन २२ गते सोमबार शतक अंक विमर्श कार्यक्रम सुसम्पन्न गर्नु भएको छ ।
सम्मान तथा पुरस्कार  –
सुगन्ध लघुकथा पुरस्कार २०५१, शिक्षकश्री पुरस्कार–२०५६, नारायणी वाङ्मय पुरस्कार २०५७, ,राष्ट्रिय वाङ्मय सम्मान २०६३, अनेसास पुरस्कार २०६६, तेस्रो बालसाहित्य सम्मान २०७१, कालीगण्डकी साहित्य कला पुरस्कार २०७४, सुश्री लक्ष्मी कार्की स्मृति पत्रकारिता पुरस्कार २०७४, भोजपुरी विकास मञ्चको सम्मान २०७६, डा. मनुमुक्त 'मानव'लघुकथा गौरव सम्मान २०७६, शब्दयात्रा साहित्यिक पत्रिका सम्मान २०७६, प्रादेशिक प्रतिभा पुरस्कार २०७६, प्रेशकाउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार २०७७  र लघुकथा विशेष सम्मान–२०७७ द्वारा नवराज रिजाल विभूषित भैसक्नु भएको छ ।
आवद्धता – धुनिबेसी आदर्श क्याम्पस, उपमहा सचिव नेपाल साहित्य पत्रकार सङ्घ,केन्द्रिय सदस्य लघुकथा समाज नेपाल
कृतिभित्र प्रवेश गर्दा–  नवराज रिजालका थुप्रै कृति पढ्ने सुअवसर प्राप्त भएको छ । आज म नवराज रिजालको सिर्जना रोजीको हवाईजहाज ( बालउपन्यास)  अध्ययन गर्न गै रहेको छु । यो कृति  प्रथम पटक वि.सं. २०६७ चैत्रमा प्रकाशन भएको थियो ।  दोस्रो संस्करण वि.सं. २०७८  फागुनमा भुँडी प्रकाशनले  प्रकाशन गरेको छ । आवरण पृष्ठ बाहेक ५४ पृष्ठमा सिर्जित यो कृतिमा बाँदरसँग जम्काभेट, रमाइलो खेल, फुपूको घरतिर, आदमघाट बजार, पाठशालाको बाटो, इलमकेन्द्र प्रवेश, हिडदाहिड्दै बाटो, पोपीको मोटर, मीतबाको घर, ओडारतिरको यात्रा, सहयोगी चरो, वनभोजको रमाइलो, तराइका साथीहरू, घुमाउने डाँडाको जमघट, सफलताको बाटो गरी १५ उपशीर्षकमा रोजीको हवाई जहाजले वर्णन पाएको छ । बास्तवमा यो बाल उपन्यास हो । यस बाल उपन्यासमा उपन्यासकारले ग्रामिण परीवेशलाई लिएका छन् । नवराज रिजालले सहरको परिवेश भन्दा ग्रामिण परिवेशलाई लिएर साहित्य सिर्जना गर्नु हुन्छ । उपन्यास भए पनि यस उपन्यासमा १५ कथालाई समावेश गरेर त्यहाँका प्राकृतिक सौन्दर्यता, बोक्सी हुने नहुने तर्क, बाँदरले सताउने, एक्लै देखे आकक्रमण गर्ने , रोजीको बाल स्वभाव, गाउँले परिवेशमा विद्यालय टाढा हुनु । कतिले पढ्न नपाएका, त्यसमा रोजी पनि एक, स्कुल नजाने बालिकमा पर्ने । स्कुल नजाने बालबालिकाले घरको काम र गाई भैसी बाखा्र चराउन पर्ने, काम गर्दा आफ्ना, नाताहरूका बारेमा कुराहरू चलाउनु, गट्टा खेल्नु,लुकामारी खेल्नु, कहिले ठुस्सिने, कहिले झगडा गर्ने, दशैंको चाड पर्व, रोजीका साथीका खेल्ने धेरै सामाग्री  भएका र रोजीसँग खेल्ने सामाग्री नहुँदा साथीहरूले उसलाई होच्याउनु । ,फुपूले हवाइजहाज र हेलिकप्टर लगायत थुप्रै खेलौना ल्याइदिनु साथै किताब पनि ल्याइदिुनु, रोजी खेलौना पाएकोमा अति रमाउनु तर किताब ल्याइदिएकोमा नराम्रो ठान्नु र फुपूलाई किताब किन भन्ने प्रश्न राख्नु पढ्न ढिलाभए पनि पढ्न सकिने भएकोले  ल्याइदिएको भन्ने फुपूले भन्नु , पढे्पछि ठूलो ज्ञानी र राम्रो मानिस बन्न सकिने  धारणा, फुपूबाट आउनु । विहान वेलुका पढाउने र दिउसो घरको काम गर्ने जानकारी पाउनु । पढ्न जान थाल्नु, रोजी ठूली हुँदै जाँदा बजार जानु बजारमा बस गुडेको देख्दा अचम्म मान्नु, बस कहाँ बस्छ , के खान्छ, जस्ता जाकारी लिन जिज्ञाशा जाग्नु , इलम सिक्ने काम अध्ययन गर्न थाल्नु , खोयाबाट जहाज बनाउन सिक्नु, ऊ तीन पटक फेल हुँदा नैरास्यता लिनु , कठिन संघर्ष गरेपछि जहाज चलाएर नै छाड्नु, धेरै क्षेत्रलाई समेट्न सफल देखिन्छ उपन्यास ।  
उपन्यास र समाजिकता
नेपाल एउटा बहुभाषिक, बहु संस्कृतिले सम्पन्न देश हो । बिभिन्न जातजातिको एकताबाट समाजको निर्माण भएको छ  यहाँ धनी छन् अनि गरिब पनि छन् । रोजी उपन्यासकी  नायिका पनि रोजी नै हुन् । उनी एउटा गरिब घरमा जन्मेकी हुन् । उनका साथीहरू उनी भन्दा धनी छन् । धनी र गरिव बीचको सम्बन्ध कस्तो हुन्छ भन्ने यथार्थतालाई उपन्यासले समेटेको छ । खेलौना भएका, नयाँ नयाँ मूल्यवान कपडाको पहिरन गर्न सक्ने क्षमाता भएका साथीले रोजीलाई  देखाएको हेपाहा पवृत्ति एउटा उदाहरण हो । नवराज रिजालले आफ्ना लेखरचनामा आर्थिक उच्च र आर्थिक निम्मतालाई  तुलना गर्दै गरिबको सवलीकरण गर्ने तर्फ उनका सिर्जना हुन्छन्  । साहित्य समाजबाटै सिर्जना हुने हो । हुनत यो नौलो कुरा पनि होइन । यसमा भन्नु पर्ने कुरा के हो भने रिजालले समाजका ती समस्यालाई केलाउँछन्  जुन समस्याले समाजमालाई जकेडेको हुन्छ त्यो समस्यालाई कसरी समाधान गर्ने र समाजमा देखिएका कुरीति , विकृति विसङ्गतिलाई जरैबाट उखेलेर फाल्ने एवम् प्रगतिशील सवल समाजको सिर्जना गर्ने भन्ने मार्गदर्शन दिएका हुन्छन् । रिजालले रोजीको हवाईजहाज शीर्षकमा एउटा अनकण्टार जग्गामा इलमकेन्द्र खोलेर, हवाई जहाज, पानीजहाज, मोटर ,रोवर्ट आदि निर्माण बालबालिकाबाटै गराउन लगाएर उनीहरूबाटै चलाउने कार्य गराएका छन् ।यसबाट बालबालिका मात्र नभएर सौिलो समाजलाई सचेत गराएका छन् । यो एउटा छोटो समयमा बालबालिकालाई उत्पादनमुलक  जनशक्तिमा रुपान्तरण गर्न सकिने, राष्ट्रले आर्थिक समाजिक सवल बनाउँदै  आज जङ्गगलमा परिणत हुन गएका पहाडी क्षेत्रलाई सही उपयोग गर्न सकिने  जुन सम्भवनाका सन्देश बोकेको छ सरकारले यसमा ध्यान दिएर योजना बनाएर लागु गर्नुपर्छ भन्ने लाग्छ ।  
बाल मनोविज्ञान र उपन्यास–  यस उपन्यासमा रिजालजी ले बाल मनोविज्ञानलाई समेटेका छन् । बालबालिकामा हुने मनोभावना उसमा हुने जिज्ञाशा, स्वभाव,  क्षमता शारीरिक  र मानसिक विचारहरू व्याक्त गरेर तथा अव्याक्त रूपमा सकृय रहन्छन् । भाव, खेलौना खेलाउने उत्सुक्ता हुनु अन्तर मनका कुरा प्रकट नर्ग नसक्नु ,प्राप्त गर्दा अनयासै खुसीले आफ्ना भावना प्रस्फुटित हुनु , केही प्राप्त गर्ने बित्तिकै भाबी भावना प्रस्फुटित भएर बाहिर निस्कनु, । यस उपन्यासका पात्रहरूमा यी क्रियाकलापहरू प्रदर्शित भएका छन् । रोजीको आकाशमा उड्ने चाहना, जहाज बनाउने सिकाइमा सहभागी हुनुपर्ने भावना अनायासै प्रस्पूmटन भएका थिए । बालमस्तिष्कमा थुप्रै  धारणा पलाउँछन् ।
थी भावना तथा उनीहरूको चाहनालाई आफ्ना अभिभावकलाई पस्कन्छन् । अभिभावकले उनको मनोभावनालई ÷चाहनालाइ सम्झन्छन् या सम्झिदैनन् । राम्रो वातावरण सिर्जना गरे बाल बालिकाका आफ्ना मनका कुरा अभिभाव, तथा शिक्षकसँग राख्दछन् । बालमनोविज्ञानलाई बुझेर  अभिाविकले राम्रो वातावरण सिर्जना गरिदिएमा केटाकेटीले शिखर चुम्दछन् । नत्र आफ्नो मार्ग परिवर्तन गर्छन् । यहाँ रोजी र उनका साथीहरूले वातावरण  पाएकै कारण आफ्नाआफ्ना कायौन सफलता हाँसिल गरेका छन् ।
शिक्षा र रोजीको हवाईजहा उपन्यास – नेपालका दुर्गम स्थानमा आज पनि बालबालिकाले अध्ययन गर्न सहज छैन । यस उपन्यासमा  रिजालजीले बालबालिकालाई पढाउनको लागि धेरै मार्गदर्शन दिएका छन् । छोराछोरीलाई राम्रोेसँग शिक्षा दिनको लागि बाबुआमाको गहन भूमिका हुनु पर्ने, गुरुबा तथा गुरुआमाहरूको पनि विद्यार्थीलाई हौसला बढाउने खालको वातावरण सिर्जना गर्नु पर्छ  भन्ने सन्देश उपन्यासले बोकेको छ ।  प्रमाणम पत्रको ज्ञान भन्दा पनि व्यवहारिक ज्ञान हाँसिल गर्नु पर्नेमा जोड दिएका छन् । यस उपन्यासमा छ महिना पढाई हुने ठाउँलाई पाठशाला भनिने र पाठशालामा छ भाग रहेका अनि यहाँ छ महिना अध्ययन गरे पछि पढाई सकिन्छ । यसपछि इलम सुरु हुने,  इलमकेन्द्रमा अध्ययन गर्ने बालबालिकाले दश विषयमा सैद्धान्तिक तथा व्यवहारिक काम गरेर त्यो चिज निर्माण गरेर प्रयोगमा ल्याएर देखाउनु पर्ने भएकोले शिक्षामा रिजालजीले  नयाँ मोडललाई समावेश गर्नु भएको छ । आजको लामो पाठशालाको अध्ययनले प्रमाणपत्र त हात लाग्छ तर व्यवहारमा उतार्ने केही हुँदैन ।शैक्षिक वेरोज गार सिर्जना गर्दछ । रिजालले यहाँ प्रस्तुत गरेको शिक्षालाई व्यवहारमा उतारिएमा तथा नेपालमा यस प्रकारको शिक्षा प्रदान गर्ने हो भने कोही पनि वेरोजगार हुँदैन । छोटो अवधीमा रोजगारमूलक शिक्षा हाँसिल गर्न सकिन्छ ।
प्राकृतिक सौन्दर्यता – नवराज रिजालको लेखनमा प्राकृतिक वर्णनलाई प्राथमिकता दिएको  पाइन्छ । हरेक लेखमा प्राकृतिक सौन्दर्यतालाई  रिजालजीले मिठोरूपमा वर्णन गरेको पाइन्छ । पापुङ गाउँ , वन बाक्लिीदै जानु बाँदरले सताउनु ,घुमाउने डाँडाबाट चारैतिर हेर्दा देखिने रमणीयता, आदम घाटको चहलपहल, मोटरको आवतजावत, स्यालडाँडा, राम्चेबाट देखिने दृश्यहरू, ओडारभित्रको अन्धकार, चमेराहरूको आवाजले दिएको अनौठो स्वर,ओडार छिरेपछिको सुन्दर वगैंचा, वगैंचाका फलपूmल, फलपूmल खाओ भन्ने चराको बोली, खडकरे दहको नुहाई, जीवनपुरको प्रयोगशाला, त्यहाँ बाट देखिने डडुवा,रयालचौर,तामापुर, तेर्सेपानी,छत्रेपाटी,कुखुरेचौर, सिरानचौर, नागदह,रानीवनको सौन्दर्यता आदि प्राकृतिक सौन्दर्यताको वर्णन यहाँ गरिएको छ ।
पात्रहरूको चयन –यस उपन्यासमा, रोजीका घरपरिवार, रोजीका साथीहरू, गुरुहरू, गुरुआमाहरु,पाठशालाका विद्यार्थिहरू,इलम केन्द्रमा इलमसिक्ने साथीहरू,  प्रयोगशालाक सािथीहरू, इलमबाट निर्माण गरिएका मोटर , पानी जहाज, हवाइजहाज आदिका प्रदर्शन हेर्न आउने गाउँलेहरू आदि थुप्रै पात्रहरु सहभागी भएको पाइन्छ । मुख्य पात्र त रोजी नै भई । उसकी आमा र उसकी फुपू पनि यस उपन्यासका सकृय पात्र हुन् । रिजालले पात्रहरूको चयन गर्दा पनि सकरात्मक सोच भएका र हेपाहा प्रवृत्ति तथा नकरात्मक सोच भएका पात्रहरूको सहभागी गराइ उपन्यासलाई रोचक, तार्किक, बनाएका छन् । यी पात्रहरूले सिर्जना गरेको कौतुहलताले पनि यस उपन्यासलाई पठनीय बनाएको छ । रोजी एउटी सामान्य परिवारमा जन्मेकी,  गरिबीले थिचिएकी, संघर्षशील बालिका हो । उसमा काम गर्ने लगाव, धैर्यशीलता, क्षमता साथै संघर्षशीलता छ । फुपूको प्रयासले ऊ पढ्न तयार हुन्छे, । ऊ असफल पनि हुन्छे तर प्रयास गर्न छाड्दिन । अठोट लिन्छे र जहाज चलाउन सक्ने क्षमतामा पुग्छे । उसलाई उत्साहित पार्ने रम्भा गुरु थिइन् । रम्भाको प्रयासले नै रोजीलाई सहजता मिल्यो तर अध्ययनको प्रयास त रोजीको नै हो । उर्ववशी,बाटुली,रमा  जानुका उसलाई हेप्ने पात्रहरू थिए । रिजालजीले विविध खाले पात्रहरू उपन्यासमा समावेश गरेर प्रस्तुत गर्नु उनको लेखन कलाको एउटा महत्वपूर्ण पक्ष हो । यिनै उनका लेखन सफलताका कडी हुन् ।
शीर्षकीकरण –र यस उपन्यासमा राखिएका उपशीर्षकमा हरेक ठाउँमा रोजीको उपस्थिति र कार्यविवरणले निरन्तरता पाएको छ । रोेजीले निर्माण गरेर चलाएको जहाज भएकोले रोजीको हवाईजहाज शीर्षक सार्थक देखिन्छ ।
भाषशैली – बालउपन्यास भएकोले यस कृतिमा प्रयोग गरेको शब्दहरू सरल र सहज हुन आवश्यक हुन्छ ।  रिजालजीले यस उपन्यासमा सरल भाष नै प्रयोग गर्नु भएको छ । शब्दावली मिठासपूर्ण छन् । ठाउँ ठाउँमा उखान टुक्काले स्थान पाएका छन् जस्तै "कस्ता कस्ता कहाँ गए , मुसाको छाउरो दरवार," । बालबालिकालाई ज्ञानवद्र्धक खुराक पुग्ने खालका शब्दहरू जस्तै "ज्ञानी जाति र असललाई सबैले माया गर्छन्" प्रयोगमा ल्याइएका छन् । भाषाशैली सलल बग्ने खालको पढौंपढौ. लाग्ने खालको छ ।
राष्ट्रियताले भरिएका सन्देशहरू –यस उपन्यासमा राष्ट्र र राष्ट्रियता सम्बन्धी धारणाहरू पनि आएका छन् ।एउटा संस्थाले "पहिला हामी नेपाली त्यसपछिमात्र अरू" भित्तामा लेख्ने र  त्यस संस्थामा आवद्ध व्यक्तिहरूको गलामा त्यही लेखिएको कार्ड झुण्ड्याउन लगाइएको पाइनु एउटा राष्ट्रप्रतिको मायाममता हो भन्न सकिन्छ ।
निष्कर्ष – यस उपन्यासको अन्तिम सन्देश जब रोजीले जहाजमा आमा फुपूलगायतलाई जहाजमा उडायर ल्याएर जहाज रोकेपछि सबैको मुखबाट एकै स्वरमा भने–" परिश्रमले मानिस अगाडी बढ्छ ।" बास्तवमा रोजी यस्ती साधारण धरकी बालिका हुन जस्ले बालक कालमा एउटा पनि खेलौना आमले किनेर ल्याएको खेल्न पाउँदिन । खेलौना फुपूले ल्याएपछिमात्र , खेलाउन पाउँछे ।  किताव पनि फुपूबाटै प्राप्त गछर््े । उसमा परिश्रम गर्नुपर्छभन्ने धारण पलायो, फुपू र आमाले वातावरण  मिलाए , र स्कुलमा उसलाई माया गर्ने गुरुआमाले हौसला बढाइदिुनु, उसको परिश्रम, अनुशासन, कटिकद्धता तथा आचरणले उसलाई शिखर चढाइदियो । ऊ कक्षाकी मोनीटर पनि बनाइकी थिई । ग्रामिण परिवेशलाई लिएर, विकासको सन्देश दिएर , इलम सिकाउन सकिने खालको शिक्षाको एउटा छोटो समयमा उच्च र व्यवहार मुखी शिक्षाको उपलब्धी कसरी गर्न सकिन्छ भनी मार्गदर्शन दिन सक्ने उपन्यासकारको उन्नती प्रगतिको कामना सहित विदा चाहान्छु ।
धन्यवाद
व्बष्कजथ।दयिनकउयत।अयm मा मेरा लेख रचना अध्ययन गर्न पाइन्छ


 

August 12, 2023

‘विखण्डित प्रवाह’ कथासङ्ग्रहमा अनुशीलन

परिचय
नवराज रिजाल (२०२२) नेपाली साहित्यका क्षेत्रमा एउटा बहुप्रतिभाका धनी साहित्यकार हुन् । साहित्यिक पत्रकारिता, बाल साहित्य, गजल, लघुकथा र कथा क्षेत्रमा उनको अतुलनीय योगदान छ । काठमाडौंँबाट प्रकाशन हुने 'मातृभूमि' साप्ताहिकमा २०३९ सालमा 'पागलको चाहना' शीर्षक कथा प्रकाशन गरेर कथा क्षेत्रमा प्रवेश गरेका रिजाल 'अदृश्य पीडा' नामक लघुकथासङ्ग्रह विसं २०५७ मा प्रकाशन गरी कृतिकारका रूपमा परिचित भएका हुन् । उनको  विखण्डित प्रवाह' कथासङ्ग्रह सामाजिक यथार्थमा आधरित छ । विवेक सिर्जनशील प्रकाशन अनामनगर, काठमाडौंँले प्रकाशन गरेको सङ्ग्रहमा लामा छोटा गरी १८ कथा समाहित छन् ।
नवराज रिजालप्रति साहित्यकारको धारणा –
 कथासङ्ग्रहमा दुई प्रा डाको भूमिका आएको छ । प्रा डा केशवप्रसाद उपाध्यायले रिजालप्रति यस्तो धारणा राखेका छन्– "रिजालले प्रायःजसो पतीत, नीच, दुष्ट, भ्रष्ट, दुराचारी, व्यभिचारी र षड्यन्त्रकारी पात्रहरूलाई लिएर जीवनको
मलिन, दुःखद, त्रासद र घृणित रूप देखाएकाले उनलाई अतियथार्थवादी वा प्रकृतिवादी कथाकार भन्न सकिन्छ ।"
प्रा डा लक्ष्मणप्रसाद गौतमले –
कृतिकारप्रतिको धारणा यसरी पस्कनुभएको छ – कथालाई अकथा नबनाइकन प्रयोगका नयाँ ढोका उघारेर आफ्ना
कथाको राजमार्ग तयार गर्ने सबल सम्भावनाका कथाकारका रूपमा नवराजको उपस्थिति सशक्त देखिन्छ ।
कथाहरूभित्र प्रवेश गर्दा–
धरीक्षन काका – कथाकारले यस कथामा स्थानीय भाषालाई स्थान दिंँदै काकाको स्वभाव, पहिरन, तराईको परिवेशलाई केलाउँदै सुन्दर विषय पस्केका छन् । काका छोराछोरी जन्मँदै, मर्दै गर्दा पीडित छन् । आँगनमा आएर सुत्केरी भई छाडेकी सुत्केरी बच्चीलाई पालन  पोषणपछि एकाएक छोरी अलप हुन्छिन् । पछि बच्चासहित रोगले ग्रस्त भएपछि सीमामा ल्याएर छाडिएकी र उनले पालन गरेको आदि घटना समावेश गरिएको छ । यस कथामा छोरीबेटी बेचबिखन, विद्यालय  निर्माणमा धरीक्षन काकाको योगदान आदि ्रसामाजिक कार्य समेटिएका छन् ।
पुनरागमन – नारीवादी चिन्तनमा आधारित यस कथाले नारीको अहंवादी चिन्तन र पुरुषको सहनशीलताले बाटो
बिराएकामा पुनरागमन त भयो तर नाबालकका मनमा मातृत्वको खोजीले मार्मिक तुल्याएको छ । कथाले आफू र
पुत्रप्रति घृणा हुँदा हुँदै पारपाचुके खोजेकी श्रीमतीलाई पतिले पारपाचुके नदिनु, लोग्नेले दोस्रो विवाह नगर्नु, पुत्रप्रति पिताले दायित्व निर्वाह गर्नु, यथार्थ जानेपछि छोराका मनमा घृणा उत्पन्न हुनु जस्ता सामाजिक घटनालाई उजागर गरेको छ ।
जीवनरेखा–
यो भारतीय परिवेशमा लेखिएको छ । कथामा पहिलो घटना प्रेम गर्नु, प्रेमीले प्रेमिकालाई नस्विकार्नु, विवश भएर प्रेमीलाई हत्या गरेर वनारस पुग्नु, वेश्यावृत्तिमा लाग्नु, वेश्यावृत्तिका वेला, वेश्यावृत्तिमा लाग्नेहरूको जीवनचर्या जान्नका लागि गएको मानिसले यथार्थ जानकारी बबुलीको डायरीबाट पाएपछि बबुली भेट्न जाँदा त्यहाँबाट हिँडिसकेकी हुन्छे । दोस्रो, नेपालीहरू सेनामा भर्ना भएर विदेशमा जाँदा, त्यहींँ विवाह गरेर विदेशमै बसेका घटनालाई उजागर गरिएको छ । तेस्रो, कथाले जातीय विभेद र धर्ममा फरक भएकाको सुमधुर मिलन पनि दर्साएको छ ।
अनुत्तरित–
यसमा एउटी नारीमा २५ पुलिसको जत्थाले यौनदुराचार गर्दा मृत्यु भएको देहलाई रुखमा झुन्ड्याइएको र वेबारिसे लास भनेर जलाइएको तथा पत्रिकाले हत्या भएको भनी प्रकाशन गरेपछि जेल भोग्न परेको घटना प्रस्तुत गरिएको छ । कुकर्म गरेपछि मानिसले जेल त भोग गर्छ र छुट्कारा पनि पाउँछ तर मनको जेलबाट ऊ कहिल्यै मुक्त हुँदैन, तड्पिरहने प्रसङ्ग आएको छ ।कथामा । यौनदुराचारीहरू यतिसम्म अन्धा हुन्छन् कि लासमाथि गमन गरेको पनि थाहा लाग्दैन । यसमा मानिसले रक्सी खाएपछि सत्य ओकल्छ भन्ने सन्देश पनि आएको छ ।
खटप्वाल–
 यसमा बागमतीको बाढीले बिसनपुरवालगायत वरपरका बस्तीमा क्षति, सरकारी राहत, उद्धार, एक गैरसरकारी संस्थाले त्यहाँ १०० आवास निर्माण गरी पीडितलाई निःशुल्क उपलब्ध  गराउने घोषणा, पाँच मानिसको ज्यान बचेको जानकारी गराउँदै, नेपालमा हरेक  वर्ष हुने यस्ता घटनाको प्रतिनिधित्व गरिएको छ । ग्रामीण एकता, शिक्षाको विकास, माध्यमिकस्तरको स्वीकृति दिन सरकारी आनकानी, एक शिक्षकप्रति सरकारले देखाएको असहयोग, धनीबाट गरिबमा गरिने विभेद आदि विषय कथाले समेटेको छ ।
फेहरिस्त–
"यदि मनमा अठोट, विश्वास र भविष्यप्रति आशा राखेर अघि बढ्ने हो भने हरेक काममा सफलता पाउन सकिन्छ '', यस कथाको मार्गदर्शन यही हो । यसमा प्रेमीको प्रेमिकातिर एकतर्फी प्रेम, प्रेमिकाले बाटामा जुत्ता प्रहार गर्नु तर पनि एकोहोरो पत्राचार चलिरहनु, प्रेमिकाका घरमा गई प्राण त्याग गर्ने धम्की दिनु, विवश भएर प्रेमविवाह गर्नु, वैवाहिक जीवन तीतो बन्नु, नायिकाले घर त्याग्नु, धागो कात्ने, सिलाइबुनाइ, हङ्कङ दुई, दक्षिण कोरिया तीन र मलेसियामा एक वर्ष बसी काठमाडौँमा घर बनाएर बस्दै छोराछोरीलाई आफ्ना खुट्टामा उभ्याएको जस्ता विषय यस कथामा आएको छ । कथाले आफ्नो आत्मगौरवका साथ  कसरी आपूm र छोराछोरीलाई अग्रगमनमा लान सकिन्छ भन्ने शिक्षा दिनाका साथै नारीका वैयक्तिक जीवन सङ्घर्षका उकालीओरालीको चित्रण गरेको छ ।
रमुवा–
 यस कथामा रमुवा र कथाकारको बालककालदेखिको दोस्ती, दुवैको बालक्रिडा, रमुवा गरिब भएकाले पढ्न नपाउनु तर साथीलाई पढ्न प्रोत्साहन गर्दै जानु, पढेर जागिरे हुनु  तर साथीले रमुवाको मृत्यु नजिकिएको छँदा पनि दबाई पानीका लागि केही गर्न नसक्नु जस्ता विषय छन् ।
सङ्कल्प–
यसमा कथाकारले नारीशोषणको प्रस्तुति गरेका छन् । पुरुषको अहं, नारीले पुरुषले जे गरे पनि सहनुपर्ने, पतिलाई ईश्वरका रूपमा मान्नुपर्ने, सहन गर्न नसके दण्डित हुनुपर्ने, झगडाको कारण रक्सी, बाबुआमाको झगडाको असर बालकमा पर्ने, नारी पत्नी मात्र नभएर आमा, पत्नी, प्रेमिका, संहार सबै हो र ऊ समान हक, दायित्व, कर्तव्य, अधिकारको भागी हो । यसमा नारीले आफ्ना अधिकार र दायित्वका निम्ति आफैँ उठ्नुपर्छ भन्ने सङ्कल्पका कुरा आएका छन् ।
परिधि–
 "बन्दुक, बारुद र गोलीको भरमग्दुर खेती भइरहेको बेला सन्तानोत्पादन क्रियामा संलग्न सम्पूर्ण बाबुआमाले विश्राम लिनुपर्छ । यो सन्तानोत्पादनको समय होइन ", यो यस कथाकी नायिका निर्मलाको कथन हो । कथामा निर्मलाले सन्तान उत्पादनलाई नकार्दै पतिलाई दोस्रो विवाहको सल्लाह दिनु र दोस्रो विवाहपछि शान्ताबाट दुई छोरा जन्मनु, दुवैले बाल्यकालदेखि नै दुईतर्फ मोर्चा बनाएर लडेको कुरा आएको छ । कथामा भ्रूण हत्याका कुरा, गन्धर्व विवाहका कुरा, सामाजिकस्तर पृथकको विवाह, दोस्रो विवाहका लागि पतिलाई पत्नीले दिएको स्वीकृति, सौताबीचको सुमधुर सम्बन्ध, दुई छोराबीचको युद्ध, एउटाले जित्नैपर्ने बाबुको धारणा, द्वन्द्वग्रस्त परिवेशको प्रतीकात्मक विषय आएको छ ।
जमुनी–
यस कथामा कथाकारले गरिबी र विपन्नताले निम्त्याएको एउटा कारुणिक घटनालाई प्रस्तुत गरेका छन् । कथाले तराईमा सानै उमेरमा मगनी गर्ने चलन, समाजमा लडाउने प्रवृत्ति, गरिबीले अध्ययन गर्ने इच्छा र सक्षम हुँदाहुँदै, अध्ययन गर्न नपाउनु, छोरीको इच्छा विपरीत बाबुआमाले बुढो र झट्केला छोराछोरीमाथि विवाह गरिदिनु र रक्स्याहा श्रीमान् र झट्केला छोराको कटाक्षपूर्ण व्यवहारको नतिजा एक होनाहार युवतीको आत्महत्यालाई  समेटेको छ ।
विघटन–
बाबुछोरा बिचको संवादमा आधारित यस कथामा बेरोजगार युवाहरूको अवस्था र उनीहरूको मनोभावलाई केलाउने प्रयास भएको छ । देशमा चलेका विद्यार्थी आन्दोलन, महँगी वृद्धि, यातायातको भाडा वृद्धि, आपूmलाई चिन्न सक्नुपर्ने, वाहियातमा समय खेर फाल्न नहुने, भाषण, नारा र जुलुसले मात्र केही प्राप्त हुन नसक्ने, बेरोजगारी, जन्मको सार्थकता क्रियाशील रहनुमा हुने जस्ता थु्प्रै विषय कथामा आएका छन् ।
पटाक्षेप–
यस कथामा बाबाुआमाको मृत्युबाट टुहुरो बनेको हेमवा, काकाकाकीबाट संरक्षित भए पनि हरूवाचरुवा भएर हिँड्नु, शिक्षकमा काम गर्दा अक्षर सिक्नु, फकाएर एउटाले वीरगन्ज लगी होटेलमा काम गर्न लगाउनु, अग्रिम पाँच महिनाको तलब लिएर, गएको, त्यहाँबाट कालीगढकामा काम गर्नु, काकाकाकीकामा जानु, विवाह गर्नु, छोरी जन्मिनु, दस र आठ वर्षीया छोरीसहित जीवनसङ्गिनी बुलबुलियाको मोटर दुर्घटनामा निधन हुनु, काकाकाकी र भाइसमेतको निधन हुनु, काकाको जायजेथा उसकै नाममा आउनु, त्यो पनि विद्यालयलाई दान दिनु, बौलाहाको रूप धारण गर्नु, खोलाले बगाएर ल्याएको मृत बालकलाई समातेर काखमा लिनु, बच्चा मारेको अभियोगमा जेल चलान हुनु, राम्रो काम गरेका कारणले जेलबाट छुट्कारा पाउनु, आजीवन बन्दीगृह नछाड्ने अठोट गर्दै सहयोगको भिक्षा माग्नु तर जेलबाट उसलाई निकालिनु जस्ता घटनाका साथै आफ्नो वर्गको हकहितका लागि आन्दोलनरत शिक्षकलाई पनि जेलमा राखिनु जस्ता
विषय यसमा छन् ।
प्रलाप–
यस कथामा थुप्रै राजनीतिक गफहरू आएका छन् । आजको सत्तामुखी राजनीतिमा व्यङ्ग्य कसिएको छ । यहाँ द्वन्द्वले स्थान लिएको छ । वादविवाद चल्छ । हात हालाहाल चल्छ । आक्रमण हुन्छ ।
अस्तित्व–
 यसमा यात्रामा देखिने असहजता, संयुक्त परिवार घरभित्रको आपसी द्वन्द्व, मानिसभित्रका अनेकौंँ इच्छा, महिलाहरू अगाडि बढेको नराम्रो मानिने चलन, खाना खुवाउन एकान्तको होटेलमा रोक्नु, कन्डक्टरले कमिसन लिनु, महँगो खाना, केटीमाथि आक्रमणबाट बचाउनु, गुन्डाबाट कुटिनु, मानवीयता मारेर बाँच्न नसकिने, धारणा, डायरी लेख्ने कुरा, रक्सी सेवनले पारेको असर, जातीय विभेद, अघिल्लो गाडीले वृद्धलाई किच्नु, चक्का जाम हुनु, यात्रीका विविध काममा असहजता, पाठशालाबाट आएकी बालिकालाई तान्नु, शान्ति मन्दिर, मस्जिद, चर्च कतै नभएको ठान्नु आदि कुरा छन् ।
प्रतिविम्ब–
समयको परिवर्तनसहित व्यवसायमा परिवर्तन, शिक्षालयमा शिक्षकको आवतजावतमा मनमौजी, वर्तमानको असरल्लता, राज्यसत्तामा जनचाहनाभन्दा भिन्नता र वर्तमान विग्रिएकामा भविष्यप्रति चिन्तित, नारी स्वतन्त्रता, बालशोषण, छुवाछूत, समानता र न्यायको प्रसङ्ग, विश्वको उन्नति र नेपाली प्रगतिको तुलना, जीवनस्तरमा सुधार ल्याउन राज्यले काम नगरेको, राजनीतिक गफ जस्ता क्रियाकलापबाट विरक्त भएर आँटी र सचेत तथा कर्मशील एक शिक्षक अलप भएको कथा यसमा छ ।
मूल्य–
मान्छे आपूmलाई मन नपरेको कुरा सुन्दैन वा सुने पनि ग्रहण गर्दैन, बोलिन्छ त पूरा गर्नुपर्छ,, भन्नु र गर्नुमा आकाश जमिनको अन्तर हुन्छ । शिक्षकले विद्यार्थीमाथि गरिने व्यवहार,विद्यार्थीको भविष्यको चिन्तन, दोकानमा रक्सी बाँकी खानेको समस्या, रक्सी ग्रहण गरेपछि देखाइने अहं, भट्टीमा जीवन खोजी, रक्सीलाई नै जीवन ठान्नु, स्वार्थै स्वार्थले गर्दा देश पाताल पुगेका कुरा, जीवन हराएको कुरा, युद्धविरामका कुरा, प्रेमका कुरा, एक जना वृद्ध छोरा अलप भएको र खोजीमा रहेका कुरा आएका छन् कथामा ।
शेष–
 यस कथामा स्वदेशी उत्पादनलाई टेवा दिने कुरा, विविधताले सजिएको झुण्ड, उद्दण्डताले भरिएका, आफ्नै समूह, स्वाभिमान, माग, घृणा द्वेष, द्वन्द्व, कलह, अस्मिता, अस्तित्व, चिन्तन, स्वाभिमान, सोच, दृष्टिकोण,विश्वास, मूल्यमान्यता परिवेशका कुरा जस्ता विषय यसमा समेटिएका छन् ।
बाटो–
यस कथामा काम गर्दा माथिको इसारामा नाच्न पर्ने, मानिसहरूमा गफ गर्ने प्रवृत्ति, इमान्दार, श्क्षिकले पढाउने र नतिजा राम्रो आउने, शिक्षकलाई कुन राजनीतिक दलमा आबद्ध छ भनी खोजिने, आफ्नो दलबाहेकलाई साथ नदिने, चाकडी खोजिने, राम्रो र विद्यार्थीले मन पराए पनि पढाइ मन नपराएको भनी शिक्षकलाई अवकाश दिइएको कुरा
आएका छन् ।
सबै कथा लेखनमा नयाँ शैली अपनाइएको छ । घटनालाई कलात्मक रूपमा प्रस्तुत गरिएका छन् । यी कथाहरू कथावस्तुका रूपमा विश्लेषण गर्दा पनि सबल देखिन्छन् । कथाहरूमा कथाकारले घटनाक्रमलाई समाएका छन्, सुन्दर प्रस्तुति गरेका छन् । आज देशमा बेरोजगारी चुलिएको छ, युवाको मनोबल घटेको छ, ती बिदेसिन बाध्य
छन् । गरिबीले जनजीवन विक्षिप्त छ । बलात्कारजन्य अपराध दिनप्रतिदिन बढ्दै छन् । शोषण, हत्या, हिंसा, अशिक्षा,
चेलीबेटी बेचबिखन, शिक्षामा राजनीतिक प्रदूषण, विकृति र विसङ्गतिले अग्रगति लिएको छ । द्वन्द्वले विश्राम लिएको छैन । रिजाल यी सबै विषयवस्तुलाई आधार बनाई कथा लेख्छन् ।
पात्र चयन– रिजालजीका कथामा विविध किसिमका व्यत्तिको सहभागिता छ । कोही अहं भावका पात्र छन्, कोही
मध्यमवर्गीय । कोही नितान्त गरिबीले अँठिएका पात्र यहाँ पाइन्छ्न् । कोही लडाकु छन्, कोही सराबी छन् भने कुनै
आदर्श पतिपत्नीका रूपमा खडा छन् । रिजालजीका हरेक कथामा आएका विविधखाले पात्रहरू सक्रिय रूपमा
देखिएका छन् । कथावस्तुअनुकूल र अनुसार नै पात्रको चयन गरिएका छन् । यसले कथालाई प्रभावकारी बनाएको
छ । कथाकारले सामाजिकतालाई  समाएका छन् र सकारात्मक संदेश प्रवाह गरेका छन् ।
भाषाशैली –
 रिजालका कथाहरूमा एउटै कथामा पनि बहुधारणा पाइन्छन् । कथाहरूमा सहजता देखिँदैन, भन्न खोजेका
भावनात्मक अभिव्यक्तिलाई बुझ्नका लागि बडो ध्यानपूर्वक अध्ययन गर्नुपर्छ किनकि भनिएका कुराहरू जेलिएर
आएका छन् । छोटा वाक्यमा लेखिएका हुन्छन् । पढ्दा अति सरल जस्तो लाग्छ तर भावार्थ अति गहन छ । कथामा
प्रतीक प्रयोग गरिएको छ । कतिपय कथामा मानवीकरण तथा कतिपयमा मूर्तीकरण गरिएको पाइन्छ । त्यसो हुँदा
कथाहरू साधारण पाठकभन्दा विद्वान् तथा तथा उच्च कोटिका अध्ययनकर्ताका लागि बौििद्धक खुराक बन्न सक्छन् ।
परिवेशअनुसारका मातृभाषाले पनि स्थान पाएका हुन्छन् ।
निष्कर्ष–
कथाकार रिजालका यी कथामा नेपाली जीवनका यथार्थ घटनालाई समाइएको छ । त्यसर्थ उनी यथार्थवादी कथाकार हुन् । उनी ग्रामीण जीवनका हरेक पाटालाई नजिकबाट हेर्छन्, कुनाकाप्चा पुग्छन्, त्यहाँका भएका सामाजिक टनालाई केलाउँछन् र कथामा सजीव उतार्छन् । त्यसैले कथासङ्ग्रह सफल र सबल छन् । अध्ययनयोग्य, मननयोग्य र सङ्ग्रहणीय छन् । रिजालको साहित्यिक यात्रा सफल र सबल बनोस् ।
धन्यवाद
कावासोती, नवलपुर
(रूपायन त्रैमासिक, वर्ष १३ । अङ्क १ । पूर्णाङ्क ४९ । वैशाख–जेठ–असार २०८० मा प्रकाशित)