यो कस्ते विवस दिन आयो नैतिकताको भार कोही बोक्न चाहाँदैन
राजनीतिले के मार्ग धायो नैतिकताको भार कोही बोक्न चाँहादैन
दुनियाका आँखामा छारो हाल्ने काममा व्यस्त छन् सबै सबै नै हेर
देशमा आतङ्क नै मौलायो नैतिकताको भार कोही बोक्न चाहाँदैन
December 22, 2023
मुक्क्तक
पिआर पाए खुसी हुन्छन् नेपालका परिवार
डिभी परे खुसी हुछन् राख्छन् तिनै सरोकार
गलानीले मन दुख्छ जव पुग्छन् त्यो ठाउँमा
रेमिट पाउन आतुर छ नेपालको सरकार
Like
Comment
Share
मुक्तक ओहोदामा बस्नेहरू मुख समालेर बोल शब्दशब्द केलाएर अन्तरमनलाई खोल शान्तिप्रीय देशहाम्रो अशान्तिमा लग्यौ जे जे गर्ने गरिसक्यौ अब शान्ति सुधा घोल
December 21, 2023
मुक्तक स्वतन्त्र छ यो देशमा बोल्न सबै पाइन्छ अमृतरूपी सुधावाणी राम्रो गीत गाइन्छ दुषित वान्ता गर्न हुन्न संसार डढाउँछ सवल मार्ग छोड्दै छोड्दै नरकलोक धाइन्छ
मुक्तक कहिले काँही चासो पनि पासो बन्न जान्छ कहिले काँही पासो पनि चासो बन्न जान्छ आवश्यक्ता हो मानिसको बन्धन मुक्त हुने चुपचाप बस्छु भन्दा पनि काँसो बन्न जान्छ
मुक्तक हतासिन हुन्न हजुर अतासिन सक्छ गोमन सर्प फेला परे सहजैमा डस्छ धैर्यताको डोरीलाई त कस्तै जानु पर्छ सफल बन्छ मार्ग त आलस्यता बस्छ
मुक्तक सत्यताको प्रीतमूर्ति जो कोही बन्छ साँचो सत्य बोल्न पर्छ उसले भन्छ अमृतवणी सबैलाई कहाँ पच्न सक्छ विषाक्तका घडा घडा कोही त्यहाँ गन्छ
मुक्तक सदानन्द अभागी भगवानले के सुन्नु ऊ त सुती रहन्छन् मनमनै उनै गुन्नु ऊ त सुती रहन्छन् कर्तव्य हो मानिसको आफ्नो कर्म गर्नु छ पीर परे आफै कन्नु ऊ सुती रहन्छन्
मुक्तक चुहेको खल्ती हुन्छ गरिबको साथमा राख्यो भने चुही हाल्छ गरिवको हातमा गरिबको मुक्तिमार्ग कहाँ फेला पर्छ होला मेट्नु पर्छ गरिबीलाई लेखिएको माथमा
मुक्तक बाँदरको कामै त्यस्तै गर्छन् मनपरी बाँदर पाल्ने हामी उस्तै गर्छौ रखवारी बाँदरलाई धपाउने हाम्रो युक्ति कहाँ छ र उनकै पछि लाग्ने मस्तै विन्ति समेत गरी मुक्तक
मानिसको बानी त्यस्तै बाटो हिड्छ विर्सिदिन्छ स्वार्थी पन हुन्छ उस्तै बाटो हिड्छ विर्सिदिन्छ मानिसमा छ सचेतता बन्नु हुन्न कवै अचेतता बाधा पनि हुन्छन् मस्तै बाटो हिड्छ विर्सिदिन्छ