September 25, 2025

‘मन पग्लिएछ भने’ कवितामा दृष्टिपात

 सदानन्द अभागी
परिचय –
यस कविता सङ्ग्रहकी सिर्जनाकार हुन् आँचल कुसुम अधिकारी । यिनी माता जेनी कुसुम र पिता मोहोदत्त अधिकारीकी सुपुत्री हुन् । स्थायी ठेगाना कुश्मा १० पर्वत भए पनि हालको ठेगाना बबरमहल काठमाडौ हो । यस कृति प्रकाशन समयमा प्रसादी एकेडमीमा कक्षा १२ विज्ञान सङ्कायमा अध्ययनरत छात्रा हुन् आँचल । आँचल कुसुम विभिन्न साहित्यिक कार्यक्रममा सहभागी भएर च्यालेन्ज फर चेन्जले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा प्रथम पुरस्कार, विभिन्न अन्तरविद्यालय कविता प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त गर्न सक्षम विद्यार्थी कवयित्री नवसर्जक साहित्य चौतारि नेपालको केन्द्रीय उपाध्यक्ष एवम् काठमाडौ उपत्याका संयोजक हुनुहुन्छ । आमाले एउटा खेलौना ्र मासिक पुस्तक 'मुना' हरेक महिना ल्याइदिने गर्नु र आँचल कुसुमले मुनामा भएका कवितालाई प्राथमिकताको साथमा पढ्नु, जिज्ञासा बढदै जानु, आमालाई कविता कसरी लेखिन्छ सिकाई दिनु भनी आम्रह गर्नु, आमाले कविता लेख्ने तरिका सिकाइ दिनु । यसरी आमाको प्रेरणाबाट कविता लेख्न थाल्नु । 'मेरो देश' बाट कविता यात्रामा लागेकी आँचल कुसुम 'मन पग्लिएछ भने ..' कवितासङ्ग्रहकी कृतिकार भएर हाम्रो अघि देखा परेकी छन् । आमा बाबा नै उनका कविता लेखनका प्रेरणाका स्रोत बने ।  कविता प्रतियोगितामा प्राप्त पुरस्कार तालीले उनलाई थप प्रेरण मिल्यो ।
कृतिको संरचना –आदित्य बुक्स एण्ड डिस्ट्रिव्युटर्स बागबजार, काठमाडौ नेपालले प्रकाशन गरेको यो कृतिको अवरण पृष्ठ बाहेक आकारका हिसावले ७२ पृष्ठको छ । आवरण पृष्ठको अग्रपाना प्रकृतिले सजिएको सुन्दर चित्रले सुसज्जित छ भने  पछिल्लो पाना कृतिकारको व्यक्तिगत विवरणले सजिएको छ । सर्वप्रथम आँचलले 'मेरो भनाइ'मा कसरी उनी साहित्यिक क्षेत्रमा उभिन सफल भइन् सोको विवरण्म पस्केकी छन् । आदित्य प्रकाशनले प्रकाशकीयमा यस कृतिमा भएका कवितामा देशप्रेम , साहित्य प्रेम र प्रकृतिप्रेम रहेको जनाएको छ । यस कृतिमा संस्कृति प्रर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री सुदन किराँतीज्यू, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. देवी नेपाल , नवसर्जक साहित्य चौतारीका संयोजक दीपक गौतम,प्रसादी एकाडेमीका प्रमुख विक्रम राईका शुभकामना पाएको छ । बरिष्ठ साहित्यकार डा. रामप्रसाद  ज्ञावलीले यस कृतिको सारगर्भित भूमिका लेखेका छन् ।
कृतिभित्र प्रवेश गर्दा – मैले माथि नै भनिसकेको छु कि यस सङ्ग्रहमा ३२ ओटा कविताहरू समावेस भएका छन् । पहिलो कविता हो 'मलाई काव्यसँग प्रेम बसेछ' । कविता भावनाको बगाइ हो । यहाँ कवयित्रीले कलमको माध्यमबाट काव्य कोर्न थाल्नु, अश्रुधाराले पाना भिजाइ दिंदा हराएको प्रेमी भेट हुँदा इन्द्रिय खुसी भए सरह आनन्दित हुनु मनभित्रमात्र नभएर नशा नशामा गुम्सिएका वेदनाहरू नदीको वहाव सरह शब्दहरू बग्न थाल्नेको धारणा आएको छ । उनी भन्छिन् –
टाढिदैमा कहाँ विर्सन सकिन्छ र
 प्रेम रस हो तब सकिन्छ
जब इन्द्रिय सकिन्छ
अरूसँग नबाँडेसम्म जीवन जीवन लाग्दैन
 मलाइ त काव्यसँग प्रेम बसेछ ।
 यहाँ एउटा महत्वपूर्ण  दाशनिक अभिव्यक्ति आएको छ – 'प्रेम रस हो तब सकिन्छ जब इन्द्रिय सकिन्छ ।' पवित्र धारणालाई समाएर चढो वैंसको आभाषलाई नदेखाई प्रेमलाई इन्द्रियसँग र जीवनसँग लगेर जोडेकी छन् ।
मन – मन सबैलाई थाहा भएकै हो कि यो स्थीर हुँदैन । यो स्वतन्त्ररूपमा उड्छ । किशोरी कवि भन्छिन् कि मन र मस्तिष्कको तालमेल हुँदैन । तनभित्र हुने मनको एक रूपता पनि हुँदैन । यसले हरेका क्रियाकलाप आफ्नै इसारामा चलाइ दिन्छ । यो अनौठो र मजबुत छ । यो सर्वोत्कृष्ठ  सामाजिक प्राणीको धन हो ।
म कतै अल्झिएँ – यसमा आजको इनटर नेटको सदुपयोग र दुरुपयोगको बारेमा प्रकाश पारिएको छ । आज हरेक जन जनको हातमा मोपाइल छ घर घरमा इन्टरनेटको प्रयोग भएको छ । हरेकले आपूm जति सुकै व्यस्त भए पनि हरेक डट कम भ्याउन भने उसले समय निकाल्छ । हरेक व्यक्तिले आफ्नो महत्वपूर्ण समय विताइ रहेका छन् ,। किशोरी कविले इन्टरनेटको दुरूपयोगमा लाग्न नहुने सन्देश दिएकी छन् ।
पुकार –आजका मानिस प्रकृति माथि वीजय हाँसिल गर्न खोजि रहेका छन् । त्यो सम्भव छैन । वर पीपलको वायुलाई एसी र पंखाबाट दाँज्न सकिदैन । मानव सभ्यतालाई र वातावरणलाई संरक्षण गर्नु पर्दछ । अध्ययन अनुसन्धान गरे पनि चेतना भरिएनन् । नियम कानुन बनाए पनि पालन भएनन् र हरियो वनमा धुवाँको प्रदुषण भरियो । सर्वोत्कृष्ट कहलाएका मानिसले आज विकासको नाममा विनाश बोलाएको छ । महत्वपूर्ण  पक्ष भनेको वातावरण हो । पृथ्वी सबैको साझा हो । यसको संरक्षणका लागि दिवसहरू मनाइने गरिन्छ । वातावरण मैत्री शिक्षाको अध्ययन हुनु पर्छ । स्वस्थ वायु स्वस्थ जीवनको नारा लगाइनु पर्छ जस्ता धारणा समेटिएका छन् कवितामा ।किशोरी कविको प्राकृतिक संरक्षणमा जोड दिए कि छन् ।
कोरोना – यस कविताले विश्व भरी आक्रान्त पारेको कोरोना कहरलाई प्रष्ट्याउन प्रयास गरेको छ । कोरोना आउँदा सबैको मन काप्नुुुु, गरीबले खाना नपाउनु, एक गास खान पाउँदा रमाउनु,सुन्दर रहरहरूका  सपना भित्र नै गल्नु , उषाका खुसी लुटिनु, निशाका कहरहरू रमाउनु, पढ्न मन नलाग्नु ज्यान खान्छ कि भनि टोलाई बस्नु । स्वार्थलाई त्यागेर कारुणिकताले थिचिएका मानिसको पुजा गरौं जस्ता महान मानवीय भावनाहरू पस्कँदै कवयित्री भन्दछिन् –    
जीवन हाम्रो अमूल्य कहाँ फर्केर आउँछ ?
नियम मानौँ सार्थक हुन विश्वले पाउँछ ।
पृष्ठ ३३
मै चरी–चरीले भोगेका दुःख, झरी बादल, घाम मानिसको भरमा परेर आधात ठूलो सहेर रक्ताम्मे भएर कैदीको रूपमा छोराछोरीलाई वनमा छाडेर बस्न पर्दाको कारुणिक भावनालाई यसरी प्रस्तुत गरिएको छ–्
सम्बन्धी जन भाइ बान्धव गुमे विध्वंस धेरै भयो
साझा यो सबका एकैे छ धरणी बोली त मात्रै भयो ।
पृष्ठ ३४
युवा–यस कविताले युवाको गहन मूल्याङ्कन गरेको छ । युवा देशका मेरूदण्ड, धरोहर, देशको लागि बलिदान गर्न परे बलिदान कर्ता, बर्कवीर, लगनशील, पौरखी हुन् । अब यिनको कर्म भनेको –
फोहोर भयो राजनीति  अब सफा पार्ने
अक्सि जनको कमी भयो रुख बिरुवा सार्ने
विभेद र कुरीतिको अन्त्य गर्ने शक्ति
अमूल्य हो युवाशक्ति राष्ट्रको हो भक्ति
पृष्ठ ३५,
किशोरी कविले युवाहरूले गर्न पर्ने धेरै कामहरू छन् । भ्रष्टचार, कालो बजार,दलालहरूलाई रूपान्तरण गर्नु पर्ने आदि दर्शाउँदै अधिकार र नियममा रहेर विज्ञानको भरमा कार्य न्वयन हुनु पर्छ भनेकी छन् । आजको परिपेक्षमा युवाहरूको विदेश पलायन प्रति संकेत गर्दै भन्दछिन् –
संवद्र्धन तिम्रै हातमा संस्कृति र भाषा
सम्भावना यहीँ छ नि नजानू है ल्हासा
एकपेट भरे पनि पुग्छ हेर गाँस
तिमीसँगै नेपाल आमा गर्दछिन् है आश ।
पृष्ठ ३५

महान छौ तिमी – यो कवितामा व्यङ्ग्य कसिएको छ । जातीय विभेदमा भन्दा जात भात छुवाछुत छैन भनिन्छ तर व्यवहारमा भने प्रयोगमा छैन । सानो जात भनेर अन्यायमा पार्ने, मानवीय मूल्य र मान्यता गुमाउने,समाजको इज्जत नै गुमाउने र मानवतामाथि दाग लगाउने काम गर्दा पनि ठुला जातकाले गरेका काम ठिक हुने बोली र व्यवहारमा फरक पार्न सक्ने कलामा महान छौं तिमी भनिएको छ । किशोरी कविले यी सबैको अध्ययनबाट आफ्ना विचार फरक रहेको उनले मानिसलाई माँछे देख्नु, मानवभन्दा ठूलो जात कोही छैन तर जातको आधारमा तिमीले आपूmलाई ठूलो देख्छौ त्यसैले तिमी महान छौ भनिएको छ । यस्ता व्यक्ति कहिल्यै महान हुँदैनन् । मानिस सबै मानिस नै हुन् विभेद हुन हुँदैन भन्ने प्रवल भावना कविमा देखिन्छ ।
स्वाभिमान– राष्ट्रियताले भरिएको यो कवितामा भौतिक ऐश्वर्यले नेपाली आमा र नेपाली गरिब छन् तर आमाको स्वाभिमान र इज्जतलाई लुट्न दिइदैन । तिमीहरू ठूला भएर पनि सानो देशम आँखा लगाउनु राम्रा होइन। छिमेकी भएर सहयोग गर्नु राम्रो हो । सबैको रगत रातै हुन्छ । नीच मान्छे बन्न हुँदैन । एउटा कलाकारको टुइटले तिम्रो देश नै हल्लियो । देशको लागि लड्न सक्ने शक्ति छ । सास रहेसम्म साहस छोडदैनम् । देश बचाएर राख्ने प्रण छ कविमा राष्ट्रिय चेतना प्रवल देखिन्छ ।
यस्तो बन – असल मार्ग अपनाउने धारणा आएको छ कवितामा । मानिस भएर सत्यमार्गमा हिड्न, बोल्न अगाडि सोच्न,सबैलाई सम्मान दिन, निष्ठावान बन्न,अपनत्व ग्रहण गर्न, हिलोमा कमल फुल्छ मनन गर्न, दाम भन्दा नाम ठूलो ठान्न, अरुका इच्छा कुल्चेर आफ्नो पेट भरेर, मन्दिर धाएर के नै पाइन्छ भन्ने धारणा कविताले समेटेको छ । शासन कर्ताको लागि पनि कवियित्रीले यस्तो मार्गदर्शन दिएकी छन् –
टिक्दैन है खराब शासन
ठूलो हैन हुनु तिमी असल
मानवताको देऊ पहिचान
सुन्दर राख विचार र मन
पृष्ठ ४०
सुशासनको कमिको आभास उनले पाएकी छन् । कुशासनप्रति कटाक्ष गरेकी छन् ।
 छाडी गयौ – आमाको सन्तानप्रतिको माया तथा वियोगप्रतिको कष्टलाई समेटेको छ कविताले । छोरा छोरी विदेश पलायन भएपछि बाबु आमालाई सहारा र पानीसम्म दिने कोही छैन । अझै आशा मरिसकेको छैन जसरी पन्छी उडेर घुमेर पुन घर फर्किन्छ । त्यसरी छोराछोरी फर्कनेमा आशावादी छन् कवि ।
गुरु –यस कवितामा गुरुप्रति आदर्श देखाइएको छ ।गुरु पद नै पवित्र छ । गुरुले काँचो माटोलाई बाटो देखाएर असल बनाउन काम गुरुबाटै हुन्छ र माता पितापछिका अभिभावक गुरु नै हुन् भन्ने धारणा आएका छन् ।
रक्तदान– रगतको मानव जीवनमा अति आश्यक्ता हुन्छ । विना रगत मानव जीवन सम्भव छैन । रक्तदान जीवन दान हो भन्ने धारणा सहित रक्तको अभावमा कोही नमरुन्। रक्तदान गर्दा कमजोर भइन्छ भन्ने भ्रम हटोस् । सेवा नै धर्म हो भनिएको छ कवितामा ।
 भानु जयन्ती – यस कवितामा भानुको जन्मजयन्तीको दिन उनका माता धर्मावती, पिता धनन्जय, जन्म थलो रम्घा, घाँसीबाट प्रेरणा प्राप्त गरी, रामायण लेखी, भाषगत एकताको रूपमा नेपालीलाई एकीकरण गरेको, आध्यात्मिक चेतनाको दियो बालेको र उनको नाम सृष्टि रहेसम्म रहने धारणा कवितामा आएको छ ।
मानव जीवन – मानव जीवन र गुलाफलाई तुलना गरिएको यस कवितामा काँडाको बिचमा फुल्नाले नै गुलाफ सुन्दर देखिन्छ । मानिस विवेकशील हुन दुःख र संघर्षबाट उक्लनु पर्छ । कवयित्रीको प्रष्ट धारणा छ । राम्रो खोज्न आँफै राम्रो हुनु पर्छ । आफुलाई चिनाउन आफै निष्ठावान बन्नु पर्छ । संसारलाई मनोहर बनाउन मद्दती बन्न सक्नुपर्छ । आफ्नो जीवनको शीर्षक राख्न सक्नु पर्छ । निष्कर्ष तव निस्कन्छ जब बाच्नको लागि नभएर गर्नको लागि बाँचु पर्छ  र जीवन मगमगाउँछ , मरणशील जीवनमा हृदयमा सबैको माया साँच्न सके दियो झै जीवन चम्कन्छ  जस्ता गहन धारणाहरू आएका छन् कवितामा ।
मन पग्लिएछ भने–यसै शीर्षकबाट यस कृतिको नामाकरण गरिएको छ । हेरौं थालनी –
मैनझै मन पग्लिए छ भने
तिमी मसँग तिमी जस्तै बनेर आउनू
म जस्तो त म छँदै छु नि ।  
। मैन कहिले पग्लन्छ भन्दा जलाएपछि पग्लिन्छ । किन जलाइन्छ भने प्रकाशको लागि जलाइन्छ । मैनभैm मन पग्लिएपछि आफ्नो स्वरूपमा आउने आग्रह गरिएको छ आपूm खाली कागज भएकोले रङ्ग भर्न सुनौला अक्षर बनेर आउनु, घामजस्तै आभा लिएर आउनु कान्तिमा जगमगाउन कवि तयार रहेको, 'आँसुका हरेक कणमा आशाका किरण लिएर बसौंला सजाएर राखेकी छु ।' किशोरी कवि भन्दछिन् –'तिमीले छोडेका यादहरू ती खोस्नचाहिँ ,आउँदै नआउनू ।' मैनझै मन पग्लिएछ भने मैले सबै भन्दा माया गर्ने तिमी बनेर आउनु जस्ता धारणा आएका छन् । यो कविता बिम्बमा प्रस्तुत भएको छ । यस कृतिका कविताहरू किशोरी कविको मन पग्लिएर सिर्जना भएका हुन् प्रष्टताको लागि हेरौं –
मैन झै मन पग्लिएछ भने
 तिमी रङ भर्न
सुनौला अक्षर बनेर आउनु
 खाली कागत त म छँदै छु नि
 पृष्ठ ४७
किशोरी कविको अर्को धारणा 'सधै मेरो मात्रै हुन नसके पनि प्रिय साधना ! तिमी काव्य चम्काउने कोहिनुर बनेर कहिले काहीँ अवस्य आउनू ।'यी सबै विश्लेषण गर्दा 'मन पग्लिएछ भने' ' शीर्षक सार्थक छ ।
 कर्मशील बनौं – यस कवितामा किशोरी कविले आजको राजनीतिले पारेको असरलाई प्रस्तुत गर्न प्रयास गरेको देखिन्छ । संसार राम्रो बनाउनको लागि स्वार्थ त्याग्न सक्नु पर्छ मानवताको भाव राख्न सत्विचार हुनु पर्छ, दार्शनिकजस्ता कुरा गरेरमात्र हुँदैन बोलेका कुरा पुरा हुनुपर्छ । विलासिताभोगी र भ्रटचारका रोगी भयौ । यही अवस्था रहेमा आमालाई पराइ ठान्न सक्छौं ।  जनताले खोप माग्छन् तर तिमीहरूले भोट माग्छौ, अनगिन्ती खोट भएका, सत्तामोह बढी, भ्रष्ट मति हुनु हुँदैन खाली आएको र खाली जाने भएपछि  चेतनशील प्राणी र सामाजिक प्राणी भएपछि भाइचारा भाव राखी कर्मशील बनौं र लाजनीति छाडेर राजनीति गरौं भन्ने धारणा आएको छ कवितामा । किशोर अवस्थामै राजनीति चेत जागृत भएको देखिन्छ ।
बृद्ध– बृद्धले गरेका काम, छोराछोरीप्रति गरेको लगानी, तिनैबाट प्राप्त हुने तिरस्कार,घरमा पालन पोषण गर्नुको सट्टा बृद्धआश्रम पठाउने काम, आमा बाबुलाई बोझ ठान्न हुँदैन बाँचुन्देरी खुसी दिने र आशिष लिने धारणा आएको छ कवितामा ।
कविताले फुकाएको मौनता–कवियत्रीले कविता र प्रेमलाई नसा रहेछ, कविता चौतारी बनेको, दौतरी बनेको छ र लीला रहेछ कविता औतारी बनेको छ भन्ने धारणा आएको छ ।
नारी यस कवितामा नारीका पीडा पोखिएका छन् । आपूm रुझेर भए पनि अरुलाई ओत दिनु , बाध्यताको घुम्टो ओढनु,नारीले आकाश हेर्न पाउँदिन भुर्इँमात्र हेनुपर्छ, हाँसो लुटेर  लगाइदिएको पोतेलाई पासो ठानी झुण्ड्याएर हिड्नु  र आलोचना सुन्न नपरोस् भनेर कैदीले हतकडी भिरे सरह हातमा चुरा बजाउँदै हिडेकी छ आदि नारीका वेदनालाई कविताले समेटेको छ । नारीको त्याग यसरी प्रस्तुत छ –
आफैलाई टुक्रा टुक्रा पारी
सबैलाई बाँडेकी छ
आफ्नो रगत र पसिनाको मसिले
ब्रह्माण्ड धानेकी छ
पृष्ठ ५५
कर्णधार – यस कविताले बालबालिकालाई धुम्रपान गर्दा हुने घातक परिणतिको जानकारी गराएको छ । देशमा कानुन बन्दछन् र लागु हँुदैनन् । सुर्र्तीजन्य पदार्थको सेवनबाट विश्वमा ६० लाख मानिसको मृत्यु भएको जानकारी प्राप्त गर्दा गर्दै निकोटिन र कार्बन मनोअक्साइडबाट क्यान्सर भित्रिने हुँदा सुर्तीजन्य पदार्थ सेवन गर्नेको सङ्गत गर्न नहुने र बाबुआमाले छोराछोरीबाट देखेको सपना साकार पार्न र देश विकासमा लाग्न मार्ग दर्शन दिएको छ कविताले ।  
डर – यस कवितामा जीवन डरैडरले भरेकोले सजिला बाटा अपठेरोमा परिणत भएका छन् र सामर्थको आवाज भन्दा डरका आवाज धन्केका हुन्छन् । डरले इच्छाशक्ति र प्रगतिको उच्चाइलाई रोक्दछ , डरले आँखालाई लोल्याउँछ ,बोल्ने शक्तिलाई सुकाउँछ, आपूmलाई प्रदर्शित गर्न चाहेर पनि सकिदैन भन्दै जीवनको सार के हो भन्दै जीवन जीउनको कर्तव्यलाई यसरी पस्केकी छन् –
नलाग्दो हो डर भने जीवनको सार के हो ?
सुखदुःख बराबरी जीवन ज्युनु कर्तव्य हो
पृष्ठ ५७
 सपनाको देश –बिम्बमा प्र्रस्तुत गरिएको यो कविता कदम चालेपछिमात्र सपना देख्नु पर्छ, देश देश जस्तै बन्न सकोस् ,देशका नागरिकमा जिम्मेवारी बोध भएको देख्न पाइयोस् , दुःख र सुख द्ुबै बोध गर्न पाइयोस् , आफ्नो माटोमा पसिना मिसाउन पाइयोस् र पसिनाको उच्च मूल्याङ्कन होस् असल शिक्षा स्वदेशको आवरणमा देखन पाइयोस् जस्ता धारणा राख्दै उनि भन्छिन् –'आध्ुनिकरण र मौलिकताका दुई किनारमा निर्मित स्वच्छ र पवित्र जलझँै छ सपनाको मेरो देश । '
अनौठो रीत – मानिस एकैकिसिमका हुँदैनन् तिनीहरूको काम गर्ने तौरतरिका फरक हुन्छन् । कोही बोल्छन् कोही नबोलेरै काम सिद्ध गर्दछन् । कसैलाई लाखौंको भिडमा पनि खोजी राख्न मन लाग्ने आदि धारणा आएका छन् ।
कुसुम– यस कवितामा कुसुमलाई नै रोजीरहने मनलाई कुसुम भन्दा पनि कोही सुसज्जित हुन्छ। कुसुम नै खोज्ने आाँखालाई पाइतालाको चालमा ध्यानदिन, कुसुिमसँगै पुग्न आत्तिने र पुगेपछि मोडिन नचाहने पाइताला, जस्को आफ्नै मार्ग हुन्छ, कुसुम टिप्न काँडासँग सम्झौता गर्नु पर्ने, सम्झौता नमिलेको थाहै नपाई टिप्न खोज्दा लागेका घाउहरू कि दोषि तिमी हौ भनेर र तिमीलाई कसैले टिपेको देख्दादेख्दै र तिम्रा दुस्समचार सुन्न नचाहने कानलाई कसरी सम्झाउने भन्ने धारणा आएका छन् कवितामा । कुनै पनि राम्रो चिजमा नराम्रापक्ष पनि हुन्छन् भन्ने कुरा विश्लेषण गरेरमात्र तिनलाई ग्रहण गर्नु पर्छ भन्ने संदेश दिएको छ कविताले ।
सखी –यस कवितामा सखीप्रतिकोधारणा रख्दै भनिएको छ –
सखीको झल्कोती दिनभरी आइरहने
उनी बोल्दामा आँट सहज सधैं पाइरहने
पृष्ठ ६३
जून ! –जूनको महिमा दर्शाउँदै भनिएको छ कि ' तिमी जूनमात्र होइनौ तिमी त्यो जून हौ जुन म अन्त पाउन सक्दिन । ' यसरी नै 'प्रिय जून !तिमी जो कसैले लिदाउन नसक्ने यादहरू दिलाएर जान्छ्यौ' जस्ता धारणा आएका छन् ।  
पर्खाइ यस्तो होस् –भन्छन् पर्खाइमा घडीको सूई निकै ढिलो गरेर घुम्द छ । पर्खाइ निकै अत्यास लाग्दो हुन्छ यिनै सन्दर्भमा पर्खाइको अनुभूति हुन भएन, लामो सास फेर्न नपरोस् , शंका नहोस्, उमङ्ग, उत्साह सहास आओस् भनिएको छ कवितामा ।
कलम–यहाँ कलमलाई हारमान्न न हुने, दायित्वबाट पन्छिन नहुने, सुख दुःख सबैले भोग्छन्, डाह गर्छन् , सबैका वेदनाका कथा हुन्छन्, नगरेका दोष लगाउँछन्, तर सबै यी सबै भन्दा माथि उठेर सत्पात्र बनेर मेधावीहरूको सुमार्ग बन्नुपर्छ , सत्य बोल्नु पर्छ 'आआफ्नै रङ अनुसारको सुन्दर चित्र' बाँु पर्छ भन्ने धारणा आएका छन् कवितामा ।
सम्झौता –दुई  हरफका ५ श्लोक कसरी सम्झौता गर्न सकिन्छ त भन्ने मार्गर्शन निकै गहकिला छन् । मानव बीच गरिने बातचितमा सकरात्मक सोच राख्नुपर्छ कसैले तुच्छ बचन बोल्न सक्छ त्यसलाई मिठो गरि सुनिदिंदा त्यहाँ द्वन्द्वको उत्पत्ति हुँदैन । कपडा च्यातिन सक्छ त्यसलाई तुनिदिएमा पुन प्रयोग गर्न सकिन्छ । भ्रममा पर्न हुँदैन सत्यमार्ग अवलम्बन गर्नु पर्छ ।अर्कालाइ परिवर्तन गर्न नसके पनि स्वयमलाई परिवर्तन गर्न सकिन्छ । यदि हेर्ने दृष्टि फे¥यो भने दृश्यलाई फेर्न पर्दैन ।  कसैले खिसीट्युउरी गर्छ भने खुसी भएर हाँसिदिनु पर्छ । खुसीलाई दिलमा साँच्न सक्नु पर्छ जस्ता धारणा राख्दै कवयित्रीले भन्छिन् –
मिल्छ खुसी भने म त दुःख लिन राजी  
दाउ राखी जीवन यो बनुँला म माझी ।
पृष्ठ ६९              
नयाँ वर्ष–  किशोरी कवि आँचलले नयाँ बर्षलाई यसरी आउनको लागि अनुरोध गर्दछिन् –
मौनताभित्र दविएको आवाज प्रष्ट्याउँदै
दृष्टि पुग्न नसकेको सत्यता बोध गर्दै
अन्त्य र सुरुको मेलमिलाप गराउँदै
चुहिने गग्रेटो टालेर भराउँदै
नयाँवर्ष ! तिमी आउनू ।
उपरोक्त श्लोकले किशोरी कविको सकरात्मक सोचलाई प्रदर्शित गर्दछ । किशोरी कविले नयाँ वर्षलाई विचार नयाँ, उद्देश्य नयाँ,जोश नयाँ, सम्भावना नयाँ,सम्पदा पुराना सजाएर आउनु आदि आदिको साथमा आकाश झै विशाल छाती लिएर आउनु भनेकी छन् ।
हाम्रो संस्कृति– यस कवितामा किशारी कविले हाम्रो संस्कृतिमा सयथरीका पूmलहरूको संस्कृति मिलेर बनेको छ । हामी हाम्रा संस्कृतिमा सबै मिलेर रमाएर बसेका छम् । हाम्रा संस्कृतिमा कुनै द्वन्द्व छैन । हाम्रा माघी, हाम्रा रोदी, डम्पूm आदिमा रमाउँछौं ।  हिंसा नसहनु सत्य बोल्नु हाम्रो ठूलो धम हो । अरूका चलनहरू अपनाउँदै आफ्ना चलन भूलेमा हाम्रो परिचय हराउन जान्छ भन्दै तलको श्लोकको साथमा यस कवितासङ्ग्रहको बिट मरेको छ –
ति गुन्यू,दौरामा मखमल त चोलो बचिरहे
 सुरिला भाका ती मिलिकन गाना रचिरहे
फुलून् लाखौंँ ती ढकमक पाखा भरिवरी
 लगाउन् चोखो प्रेम्जनमन रारा मिलिवरी ।
पृष्ठ ७१
यस सङ्ग्रहमा समावेस गरिएका ३२ ओटा कविताको संछिप्त सारभाव मैले माथि नै पस्किसकेको छु । यी कवितालाई अध्ययन गर्दा किशोरी कविका भावना प्रवल रूपमा बगेको देखिन्छ । यिनका कविता सरल र सहज छन् ।लयात्मक, भावविधानमा हृदयस्पर्सी, राष्ट्र र राष्ट्रियताप्रतिको गहिरो चिन्तन, कोरोनाको त्राशादि, विषय बस्तुमा विविधता, सकरात्मक धारणालाई समाएर, पर्यावरणलाई सजाएर, जातीय विभेदलाई तिरस्कार गर्दै ,कर्णधारलाई मार्गदर्शन र उज्ज्वल भविष्यको कमना गर्दै, बृद्धप्रतिको आदरभाव, स्वाभीमानको संरक्षण, युवापलायनबाट देश युवा विहिन भएकोमा चिन्ता,नारीले भोग्न परेका समस्या र तिनको त्याग र योगदानको वर्णन आदि आदि थुप्रै संदेशहरू कविताले प्रवाह गरेका छन् ।
किशोरी कवि आफ्नो प्रयासमा सफल छन् । उनले थालनी गरेको साहित्यिक यात्रा उदाहरणीय र अनुकरणीय छ । सुधारका पक्षहरू पनि छन् तापनि लेखनको निरन्तरताले परिमार्जन हुँदै जाने हो भन्दै आँचलको भावी जीवन लेखनको साथै हरक्षेत्रमा उज्ज्वल बनोस्  भन्दै विदा चाहान्छु ।                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  
 

जन्मभूमिको माया

                                         सदानन्द अभागी
मानिस एउटा प्रगतिशील प्राणी हो । संसारमा भएका गरिएका यी सबै प्रगति मानिसको निरन्तरको प्रयास हो । खानाको मात्र नभएर मानिसले चौतर्फी विकासको चाहना राख्छ । यसको लागि उसले विभिन्न चिजमा  अनुसन्धान गर्छ बसाई सर्छ ।बसाई सर्ने कामको थालनी कहिले भयो भन्न सहज नभए पनि मानिस बसाइँ सर्ने काम घुमन्ते युगबाटै भएको भन्न सकिन्छ । त्यतिवेलाको बसाइँ सराई खानाको खोजी थियो । मानिस विकसित हुँदै घुमन्ते जीवनबाट कृषि पशुपालनतिर लम्किएर स्थायी जीवन विताउन थाले पनि बसाइँ सर्ने काम भने रोकिएको छैन । आज नेपालका युवा÷युवतीहरू रोजगारी र अध्ययनको लागि राष्ट्रिय भन्दा अन्तराष्ट्रिय क्षेत्रमा पलायन भएका छन् । यिनीहरू नेपाल फर्कने सम्भावना निकै कम छ ।
राजाराम नेपाल सरकारको जागिरे थियो । ऊ संयुक्त परिवारमा बस्थ्यो । उसको संयुक्त परिवारमा पुग नपुग २० जना सदस्य थिए । संँयुक्तपरिवारसँग बस्ता त एनकेन प्रकारेण हातमुख जोड्न घरको उत्पादनले पुग्थ्यो । उसका बाबुले परिवार संख्या ठूलो भयो अब आफ्नो आफ्नो चूलोमा  भात पकाउने व्यवस्था मिलाओ भने पछि उसको परिवार थाम्ने उत्पादन उसको भागमा परेन । आमा बाबु पनि कान्छोतिर बसे । ऊ जागिरे भएकोले उसलाई घरव्यवहारको ज्ञान पनि थिएन । उसँग पैसा पनि थिएन । ऊ निकै आत्तियो । घरपरिवारलाई उसको उत्पादनले ६ महिना पनि खानलाउन पुग्दैनथ्यो । छोरा छोरी साना थिए । बाबुआमा भाइबाट उसले सल्लाह पाउने आशा थिएन । उसले एउटा उखान सम्भ्mयो कोही नभए घुँडासँग भए पनि सल्लाह लिनु पर्छ । ऊ गम्भिर भयो । बेलुका खाना खाएर उसले लामो सास लियो ।  अगेनामा आगो जलायो । केटाकेटी अरू सुतिसकेका थिए । अगेनाको छेउमा गुन्द्री ओछ्याउँदै थियो । श्रीमती घरको दयनीय अवस्थाले गर्दा निकै चिढचिढे भै सकेकी थिइ । 'सुते हुन्छ , किन सक्नु प¥यो दाउरा , बिहान आगोबाल्ने दाउरा छैन, यत्रो घर कसरी चलाउने, आपूm झोला टिपेर हिडे भै हाल्यो, समयमा सोचेर छोरा छोरी स्वास्नी छन्, यिनलाई केही पैसा चाहिन्छ, यिनलाई दुई पैसा दिनुपर्छ भन्ने सोच कहिल्यै आएन, आज बौलाएर के हुन्छ ? सक्दिन म यो जन्जाल थाम्न, सानो परिवार बनाम भन्दा पनि भएन, छोरा चाहियो रे ! सुत्केरी हुँदाहुँदा शरीर हाडछाला भयो ।' राजारामले पत्नीका यी आक्रोशहरू सुनो । ऊ केही बोलेन । उसकी पत्नीले भनेका सबै कुरा कटु सत्य थिए । उसलाई घरमा आक्रोस जन्मने भनेको मुख्यकारण अभाव हो भन्ने जानकारी थियो ।अभाव उसले भन्दा उसकी श्रीमतीले बढ्ता व्यहोर्नु पथ्र्यो । उसले मिठो स्वरमा बोलायो –'आऊ यहाँ बसांै, हामीले नयाँ थालनी कसरी गर्ने भन्ने सल्लाह ग¥यौं ।' बसुन्धरा राजारामकी पत्नी एक पतिब्रता, शुशील नारी थिइन् । उसको सोच पनि महान थियो, उनले घरलाई मन्दिर ठान्दथिन्, नारी भनेका सिर्जनाका पूmल हुन् र लक्ष्मीका स्वरूपमा लिन्थिन । पतिको मिठो बचन सुन्ने बित्तिकै उनको मन पग्लियो । सारा आक्रोश हरायो र उनी पतिको छेउमा गएर बसिन् । राजारामले मसिनो स्वरमा बसुन्धरासँग 'तिमीले के सोचेकी छौे त ? 'भन्दछ । बसुन्धरा –' के सोच्नु ? यहाँ बसेर जीविका चल्दैन, यिनलाई पेट भर्न, यिनको शरीर ढाक्न, शिक्षादीक्षा दिन कसरी सम्भव हुन्छ ? मेरो त बसाइँ सर्ने मन छ  अनि हजुरको बिचार ?' राजाराम–' ठीक भनेऊ, मेरो पनि त्यही बिचार छ । तर कसरी सम्भव छ ? हातमा एक पैसा छैन ।' बसुन्धरा –'हाम्रा भागमा आएको जग्गा बेच्ने, तपाइँको कर्मचारी सञ्चयकोष सापटी निकाल्ने जे जति सकिन्छ तराईमा गरिबहरूले बनाएका झोपडी जस्तै एउटा बासको व्यवस्था गर्ने त्यति गरेपछि तपाइँको तलबले बच्चा खानबाट मर्दैनन्, स्कुलमा बच्चा पढ्दै जान्छन् र बढ्दै पनि जान्छ ।' राजाराम –'ठीक भनौ , अब त्यसै गर्नु पर्ला ।' राजारामका सपरिवार तराईमा बसाइँ सरे । तराईको गर्मीले निकै सतायो । पहिलो वर्ष सबैलाई निकै कठिन भयो । पछि पछि बढ्दै गए, पढ्दै काम गर्दै गए । आर्थिक स्थिति पनि राम्रो हुँदै गयो । छोरा छोरीले जागिर खान थाले । राजाराम र बसुन्धरा अतितका दुःख भुलेर आनन्दसँग बस्न थाले ।
आज बसाइँ सरेको पनि ४० वर्ष बितिसक्यो । ससुराली घरबाट भतिजाको विवाह हुने भएकोले निम्तो आयो । हुनत राजाराम र बसुन्धरालाई अनिवार्य आउनु भनिएको थियो तर राजारामको शारीरिक अवस्था नाजुक भएकोले पति पत्नी जान सकेनन् । राजारामले दुई भाइ छोरालाई सहभागी हुन भन्यो । छोराहरू विवाहमा सहभागी हुन जाँदा उनीहरू जन्मघरको बाटो जाने भन्ने सोच बनाए । दुबै जना सोधखोज गर्दै रातामाटा पुगे । राजारामका गाउँले भाइले बच्चा अवस्थामा देखेकोले सहजै भन्न नसके पनि लखकाटेर कमल र सुरज हैनौ भनी प्रश्न गर्दा दुबै भाइले  हौं भन्दै गाडी रोकेर अङ्कल भन्दै दर्शन गरे ।
अङ्कल –' आज किन र कताबाट यहाँ आयौ त ?'
कमल– 'हामी मामाको विवाहमा आउँदा जन्मथलो हेर्न मनलाग्यो र यो बाटो आएको अङ्कल ।'
अङ्कल – जन्मठाउँ कहाँ हो थाहा छ त ?
कमल –'मलाई त जानकार छ तर सुरजलाई भने थाहा छैन होला ? सुरजले मलाई केही थाहा छैन भन्दै टाउको हल्लायो ।'
कमल, सुरज र अङ्कल जन्मस्थलतिर लागे । कमलले सुरजलाई घडेरीमा पुगेपछि भन्न थाल्यो –'यहाँ घुमाउने घर थियो । यहाँ त्रिशूल सहितको मौलो थियो । तुलसीको मठ थियो । यहाँ बाबाले लगाएको ओखरको बोट थियो , यहाँ सुन्तलाका बोट थिए । कमलले भन्दै गयो सुरजले सुन्दै गयो । अङ्कलले सही थाप्दै गए । जन्मथलोबाट देखिने माछापुछ«े, धवलागिरी अन्नपूर्ण, खोल्साका अलैंची, कटुस,लप्सी, हरियाली वन, विशाल तिजुको रुख, सुन्दर डाँडा काँडालाई हेर्दा सुरज निकै आकर्षित भयो र दुबोले ढाकेको आलीमा थचक्कै बस्यो । कमलले जन्ती जाने बेला हुन थालो भनेपछि मन लागि नलागि सुरज उठ्यो र दुबै भाइ अङ्कलसँग बिदा हुँदै विवाह हुने गाउँतिर लागे । राजारामका गाउँले भाइले सबै कुरा राजारामलाई सुनाए । राजारामले यो सुनेर निकै हर्षित भयो र भाइलाई सुनायो –'जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी' ।
धन्यवाद
२०८२ साल भाद्र २८ गते  

विश्व अल्माइजर चेतना दिवस (२१ सेप्टेम्बर ) सम्बन्धी छोटो विवेचना

सदानन्द अभागी
विश्व अल्माइजर चेतना दिवस भन्दा पहिला हामीले जान्नु पर्ने कुरा अल्माइजर भनेको के हो भनेर जान्नुपर्ने हुन आउँछ । अल्माइजर रोग जस्लाई हामी भुलकड रोग भनेर पनि चिन्दछौँ ।  यो रोगको बारेमा जर्मन नागरिक न्युरोप्याथोलजिष्ट एल्वाइ अल्जाइमरले सन १९०६मा एक पत्रिका मार्फत जानकारी गराएका हुन र यस रोगको नामाकरण पनि उनैको नामबाट गरिएको हो । हुन त म डाक्टर होइन या विशेषज्ञ पनि हैन तर पनि यस घातक रोगको बारेमा पत्रपत्रिकामा जे पढियो, जे बुझियो त्यसबारेमा केही न केही जनजानकारीको लागि जनसमक्ष ल्याउन आश्यक ठानी यो लेख लेखिरहेको छु ।  २१ सेप्टेम्बरलाई संसारभरिका देशहरूले विश्व अल्माइजर चेतना दिवस मनाउँदै आएका छन र २१ सेप्टेम्बरलाई विश्व अल्माइजर चेतना दिवसको रूपमा नेपालका विभिन्न ठाउँ ÷संघ संस्थाहरूले पनि राष्ट्रव्यापी रूपमा मनाउँदै आएका छन । यसै क्रममा ज्येष्ठ नागरिक जिल्ला संघ नवलपुरले पनि मनाउँदै आएको छ । मलाइ लाग्छ हमीले औपचारिकता मात्र पुरा गरेका छम । नहुनु भन्दा कानो मामा निको भने जस्तै सन १९९४मा स्कटल्याण्डको एडीनबराबाट थालनी गरेको यो दिवसलाई  जिल्ला संघ नवलपुरले केही वर्ष यता बिबिध कार्यक्रम सहित मनाउने गरेको छ । यस वर्ष पनि यो दिवस असौज ७ गते कावासोती नगर पालिकाको र जिल्ला संघको संयुक्तरूपमा आयोजना गरी मनाउने तय भएको जानकारीमा आएको छ । पत्रपत्रिकामा यस सम्बन्धमा जानकारी गराउन सके पनि रोग जानेकालाई केही राहत हुने छ भनि यो लेख लेखिएको छ ।      
  अलमाइजर रोग के हो त भन्दा पत्रपत्रिकामा पढ्न पाइन्छ कि यो मस्तिष्कमा उत्पन्न हुने विकार हो । यो विकारले मानिसमा स्मरण शक्ति र शोच्ने शक्तिमा ह्रास या नष्ट गराउँछ । यस्तो समस्या खासगरी ज्येष्ठ नागरिकमा देखा पर्दछ । रोग नलागे पनि जति उमेर बढ्दै जान्छ त्यति स्मरण शक्ति कम हुँदै जाने हुँदा भुल्ने कुरा बढ्दै जाने हुन्छ तापनि यो रोग लागेकाले दैनिक प्रयोगमा आउने बस्तुको नाम  विर्सन थाल्छ  । सरल भन्दा सरल कार्यहरू पनि गर्न कठिन पर्न थाल्छ र  विर्सने काम यति बढी हुन्छ कि घरपरिवार तथा श्रीमती श्रिमान बीचमा पनि एकअर्काले चिन्न छाडछन् । रोगले ग्रस्त पारेपछि दिशा पिसाब छाडेको पनि बिमारीले थाहा पाउँदैन ।  खान खानेक्रममा पनि के खान हुन्छ के खान हुँदैन समेत भुल्छ । खाए नखाएको पनि थाहा हुँदैन ।
अल्माइजर  रोग  डिमेन्सिया अर्थात बिर्सने रोग ÷ विस्मृतिको एउटा प्रकार हो । डिमेन्सियामा धेरै रोगहरू पर्दछन् । यी रोगहरू मद्धेमा अल्माइजर रोग अरू रोग भन्दा अलि बढी देखिने गर्छ । माथि नै भनिसकिएको छ कि यो रोग लागेपछि सोच्ने, सम्झने र तर्क गर्ने – र व्यवहार क्षमताहरू यति हदसम्म गुमाउनु हो कि यसले व्यक्तिको दैनिक जीवन र गतिविधिहरूलाई सहज रूपमा गर्न सहज हुँदैन । पछि गएर ऊ पूर्ण रूपमा अरूमा निर्भर रहनु पर्छ । कृष्णहरि बास्कोटाले ज्येष्ठ नागरिक मुलुका निधि भन्ने कृतिमा लेख्नुहुछ– 'एक अध्ययन अुसार, हाल विश्वका करिब ६२ प्रतिशत ज्येष्ठ नागरिक डिमेन्सियाबाट पीडित छन । यी मध्ये ६०देखि असी प्रतिशतमा डिमेन्सियाका रोगी अलमाइजरबाट पीडित छन ।ँ उनकै कथनमा विश्वव्यापी अध्ययनमा प्रत्येक ३ सेकेण्डमा एक जना व्यक्तिलाई यो रोग लाग्ने गरेको अनुमान छ । अमेरिका जस्तो देशमा पनि  यो रोग सातौं नम्बरमा पर्छ ।
यो रोग लाग्नुको कारणमा अल्जाइमर रोग मस्तिष्कको कोशिका भित्र र वरपर प्रोटीन जम्मा भएमा या निर्माण भएमा यो रोग लाग्न सक्छ । एउटा एमाइलोइड भनिने प्रोटिन हो जो मस्तिष्कको कोशिकाको वरिपरि जम्मा हुन्छ, अर्को प्रोटिनलाई टाउ डिपोजिट भनिन्छ जुन मस्तिष्कको कोशिकाहरू भित्रै घुलमिल हुन्छ । यिनले मस्तिष्कमा केशिकाहरू मार्दछन् । स्वस्थ न्यूरोन्सले काम गर्न छोड्छ, र अन्य न्यूरोन्ससँग जोडिन सक्दैन ।
यो रोग लागे निको पार्न त्यति सहज हुँदैन । उपचार पनि रोगको अवस्था अनुसार गर्नु पर्छ । यस सम्बन्धमा जनचेतना जगाउन अन्तराष्ट्रिय अल्जाइजर दिवस मनाउनको लागि सबैको लागि नारा तय गरिएको हुन्छ । यस वर्षको विश्व अल्जाइमर दिवसको  नारा यसरी तय गरिएको छ । ब्कप बदयगत म्झभलतष्ब   यसको नेपाली अर्थ 'डिमेन्सिया बारेमा सोद्धनु होस्' भन्ने हो । हाम्रो पात्रोले यसलाई यसरी अर्थाएको छ –'डिमेन्सिया र अलमाइजर रोगको बारेमा खुला र सूचित संवादलाई जोड दिन्छ । मा यो रोग स्नायु प्रणालीमा लाग्ने भएकोले संवेगात्मक अनि व्यवहारात्मकरूपमा यसका लक्षण देखिन थाले पनि हामीले त्यति ख्याल गर्दैनौं । बृद्धपाको कारणले गर्दा भुल्ने काम हुन्छ भनिन्छ तर भित्र भित्रै रोगले ग्रस्त पार्दै जान्छ । ंढिलों हुँदा रोगले ग्रस्त पारेपछि उपचारले काम गर्दैन । त्यसो हुँदा मस्तिष्क स्वस्थ राख्नु पर्छ । यस्का लक्षण बाहिर प्रष्ट नभए पनि भित्र भित्र यस रोगले स्थान लिएको हुनसक्छ ।  
यो रोग लाग्नुको कारक तत्व केहो त भन्ने प्रश्नमा हाम्रो पात्रोको लागि सुयोग ढकालको लेख लगायत वैज्ञानिकहरूको कथन छ कि यो रोग मुख्यत वंशाणुगत ९न्भलभतष्अ० रोग हो । ७० प्रतिशत न्भलभ बाट सर्दै आएको हुन्छ । बाजेबाट बाबु, बाबुबाट छोरा अनि छोराबाट नाती हुँदै जाने रोगको रूपमा लिएको पाइन्छ  । मस्तिष्कमा आधात केवल जिनबाट मात्र नभएर अरु कारणहरूबाट पनि हुन सक्छ । टाउकोमा गम्भिर चोटपटक लाग्न सक्छ ,यसमा पनि सोचन सक्ति हराउन सक्छ । आज व्यापक रूपमा फैलिएको मधुमेह रोगले पनि आज असर गरेका पाइन्छ । मुटुरोग र उच्चरक्तचापले गर्दा पनि यो रोगको कारण बन्न सक्ने भएकोले यी रोगलाई पनि रोकथाम गर्न आवश्यक पर्छ ।, अल्जाइमर रोगका कारणहरू धेरै छन भन्ने कुरा हामीले विभिन्न माध्यमबाट जानकारी पाउन सक्छौं । जुनकारणलाई औषधीबाट उपचार गर्न सकिन्छ त्यसलाई समयमै उपचार गर्नु पर्छ । रोगले च्यापेपछि घरपरिवारलाई निकै गाह्रो पर्छ ।
 मैले माथि नै भनिसकेको छु कि म चिकित्सक हैन । यो विवरण विभिन्न स्रोतबाट संकला गरेर  यहाँ प्रस्तुत गरेको हुँ । मैले यहाँ स्थानीय निकायहरू नगर पालिका,गाउँ पालिका, बडा कार्यालयहरूमा स्वास्थ सेवा सञ्चालन भै राखेका छन् । यिनीहरू समय समयमा घरघर जानकारी लिन गएको पनि देखिन्छ  । त्यसोहुँदा यस रोगको तथ्याङ्क सङ्कलन र घरघरलाई जानकारी गराउन सके निकै फलदायी हुनेछ । समयमै यसको पहिचान भएमा निर्मूल पार्न नसके पनि केही राहत हुने छ भन्दै विदा चाहान्छु ।    
(लेखक जेष्ठ नागरिक जिल्ला संघको पूर्वअध्यक्ष हुन्)  



नारी सम्बन्धी छोटो विवेचना

सदानन्द अभागी
'यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः ।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः ।।'
मनुस्मृति

'जहाँ नारीहरूको पूजा गरिन्छ, त्यहाँ देवताहरू रमाउँछन् । जहाँ यी पूज्य हुँदैनन् त्यहाँ सबै कार्यहरू निष्फल हुन्छन् ।' मनुस्मृतिमामात्र नभएर हाम्रा धर्म ग्रन्थहरूमा नारीलाई उच्च स्थान दिएको पाइन्छ । भनिन्छ वैदिक कालमा महिला र पुरुष बीच कुनै विभेद थिएन । दुबैमा समान अधिकार  थियो । नारीहरू वेदविज्ञ थिए । यस्ता वेदविज्ञ महिलाहरूलाई समाजले ब्रह्मवादिनी भदथ्यो । यस्ता महिलाहरू गार्गी, मैत्रेयी, अश्वपाला आदीका नाम हामीले अध्ययन गर्न पाउँछौं । हुनत आज पनि नारीलाई देवी तथा गृह्यलक्ष्मीको संज्ञा दिइन्छ । नारी शब्द गहन छ र नारीका बहुरूप छन् । नारी सबैकि आमा हुन् । नारी विना सृष्टिको कल्पना गर्न सकिदैन । त्यसैले भनिन्छ 'जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी' आमा र जन्मभूमि स्वर्ग भन्दा पनि महान् हुन्छन् । यिनै नारी कसै कि पत्नी बन्छिन्, कसै कि बहिनी बन्छिन्, कसै कि छोरी र कसै कि बुहारी हुन्छिन् ।  
समय परिवर्तनशील छ । समयको परिवर्तन साथै समाजमा पनि परिवर्तन देखिन थाल्छ । मध्ययुगको थालनीदेखि समाजमा सामन्ती प्रथा मौलाउन थाल्छ । समाजमा छुवाछुत प्रथाको सुरुवात हुन्छ । साथै नारीप्रति विभेदले जरो गाड्छ । यस विभेदबाट माथि उठ्न महिलाहरूले निकै आन्दोलन गर्नु पर्छ । आधा आकाश ढाकेका महिलाहरू आफ्नो उपस्थिति सामाजिक, आर्थिक, शैक्षिक, राजनीति,कानुनिक, धार्मिक र व्यवसाय आदि तथा हरेक क्षेत्रमा सहभागीता खोजेका छन् । पहिला भन्दा वर्तमान अवस्था  केही सुध्रिएको छ तापनि समान सहभागिता भने हुन सकेको छैन ।
 महिलालाई जति उच्च संज्ञा दिए पनि महिला पीडितछन् तथा महिलामा विभेद छ भन्ने कुरा लुकाएर लुक्दैन । वर्तमान अवस्थालाई केलाउँदा महिला पुरुष भन्दा निकैपछि छन् ।समाजमा छोरी भन्दा छोराको स्थान उच्च छ । आजको वैज्ञानिक युगमा गर्भमा छोरा छारी के छ भन्ने कुरा जान्न सकिन्छ । छोरी छ भन्ने जानकारी भए भ्रुणले संसार देख्न पाउँदैन । चेलीबेटी बेच विखन रोकिएको छैन । यौन हिंसा बढ्दो छ । महिलाहरू बलत्कार भएका छन् । नारी समनताका कुराहरू उठ्छन् । कहीं कतै समनता देखिदैन ।केटा र केटीले एउटै काम गरे ज्यालामा विभेद छ । राजनीतिमा हेर्दा पनि महिला सहभागिता कमी देखिन्छ । सरकारी गैर सरकारी क्षेत्रमा पुरुषकै बाहुल्यता देखिन्छ । विवाहमा दाइजो चलन बढ्दो छ । दाइजोले चित्त बुझाउन नसके घरकाले दुख दिनेमात्र नभएर अनेक बहाना बनाएर मारेका घटना समेत सुन्नमा आउँछन् । महिला महिला बीचको तुलना गर्दा पनि त्यहाँ द्वन्द्व देखिन्छ । एउटी कि छोरी अर्कि कि बुहारी बन्छे । छोरीलाई दिने माया बुहारीले पाउँदैनन् । बुहारीले पनि आफ्नी आमालाई दिने माया सासूलाई दिंदैनन् । यसरी हेर्दा पनि धेरै ठाउँमा छोरी र बुहारीमा विभेद देखिन्छ साथै सासू बुहारीमा पनि विभेद देखिन्छ । कतै ब्हारी सासूबाट तिरस्कृत हुन्छन् त कतै बुहारीले सासूलाई घरबाट निकालेर बृद्धआश्रम पु¥याउँछन् । महिलाले महिलामाथि गरिने यी कृयाकलापल गर्दा समाजमा यिनको स्तर घटेर जान्छ । अर्को कुरा महिला तथा जो कोहीले महिलामा लगाउने बोक्सीको आरोप निकै दुखदाई हुन्छ । यस्तो आरोप खास गरेर, बृद्धा, गरिब, विधवा महिला माथि लगाइएको देखिन्छ ।
महिलालाईर्,  विवाहपछि हिन्दू धर्ममा "पत्नी" वा "अर्धाङ्गिनी" भनिन्छ । यसको गहन अर्थ छ "पतिको आधा अङ्ग" । शरीर चलायमान हुनलाई पूर्ण अङ्ग आवश्यक पर्दछ । अर्को भनाइ पनि छ –पति पत्नी एक रथका दुई पाङ्ग्रा । रथ गुड्नको लागि दुबै पाङ्ग्राको आवश्यक पर्दछ । यी सबै कुरालाई यसरी पनि परिभाषित गर्न सकिन्छ 'पतिसँग उनको सहभागिता आधा हुन्छ । सृष्टि थाम्नको लागि दुबै जना आवश्यक हुन्छन् । पत्नीलाई स्वास्नी, श्रीमती, जोई, बुढी र जीवन साथी भनेर पनि परिभाषित गरिन्छ ।
 हाम्र धर्म ग्रन्थले पनि छोरा र छोरीमा विभेद देखाएका छन् जस्तै गरुड पुराणलाई नै लिन सकिन्छ । यसले छोरालाई महत्वपूर्ण स्थान दिएको छ । पितृतार्न छोरानै चाहिने कुराको उठान गरेको छ । यस्ता यस्ता कारणले गर्दा व्यवहारमा  समाजले छोरीलाई भन्दा छोरालाई बढता महत्व दिएको पाइन्छ । छोराको जन्म नहुँदा नारी अपहेलित भएको पाइन्छ ।छोरा पाउँछु भन्दैमा छोरा पाउने र छोरीको चाहना राख्दैमा छोरी जन्मने सम्भावना निकै कम हुन्छ । यस सम्बन्धमा गरुड पुराणले दर्शाएको मार्गदर्शनको आधारमा सदानन्द अभागीको स्वर्गको यात्रा महाकाव्यमा (अप्रकाशितमा)लेखिएको छ –
सहवासमा रक्ताधिक कन्या हुन्छे जन्म
सहवासमा शुक्राधिक पुत्र हुन्छ जन्म
रज शुक्र सम भए नपुङ्सक हुन्छ
गर्भदानको पनि हेर समयले छुन्छ

युग्मतिथि सहवास छोरो हुन्छ जन्म
अयुग्ममा सहवास छोरी हुन्छे जन्म
छोरो यदि चाहिएमा युग्म तिथि रोजौं
छोरीको चाहनालाई अयुग्म नै खोजौं
महिलाको ऋतुकाल  १६ दिनको हुन्छ । रजस्वलाको पहिलो साता गर्भ रहे पुत्र मलिन (दुष्चरित्रको) हुन्छ । दोस्रो साताको गर्भ रहेमा  सन्तान राम्रो हुने र सबै भन्दा राम्रो गुणवान, धनवान, धर्मनिष्ठ , कर्मनिष्ठ, सन्तान १४ रात्रीको सहबासबाट जन्मिने कुरा गरुण पुराणमा बताएको छ । यस विषयमा विज्ञानले पनि पुरुष र महिलाको जन्म सम्बन्धमा प्रकृया दर्शाएको छ । यस सम्बन्धमा म अगाडी बढ्न चाहन्न ।
कामको कुरा गर्दा महिला र पुरुषको शारीरिक संरचनामा केही जैविक भिन्नता छ । यस प्रकारको प्रकृतिकले दिएको कामको बिभाजन बाहेकका सबै काम महिला पुरुष दुबैले गर्न मिल्छ र गर्नु पर्छ ।  तर आज पनि महिलाले आफ्नो घरभित्रको सबै कामहरू गर्ने गर्छिन् । खाना पकाउने भाँडा माझ्ने। घरको सरसफाई, बच्चाहरूको रेखदेख, पशुको रेखदेख, घरका बृद्धबृद्धाको हेरचाह र खेतीपाती लगायतका सबै काम सकेर जागिर भएका महिलाले जागिरको समेत काम गर्नु पर्ने हुन्छ । त्यसोहुँदा महिलालाई कामको बोझ अधिक छ । यो बोझलाई कम गर्नु पर्ने आजको आवश्यक्ता हो ।
अतः आजका नारीहरू प्रगतिको बाटोमा लम्किरहेका छन् । यिनले मौका पाएमा हरक्षेत्रमा आफ्नो क्षेमता प्रदर्शन गर्न सक्छन् । उदाहरणको लागि शुशीला कार्की, विद्यादेवी भण्डारी आदिलाई लिन सक्छौं । हामीले बुझ्नपर्ने कुरा के भने अधिकार कसैले दिन चाहाँदैन । खोसेर लिन सक्ने क्षमतावान  आफै हुनुपर्छ भन्दै विदा चाहान्छु ।
सन्दर्भ सामाग्री
१. ई दैनिक जागरण वि.सं. २०८२, असोज ३ । शुक्रबार –प्रिया मिश्र
२. विकिपिडिया , एक स्वतन्त्र पवश्कोष
३. सञ्चार यात्रा नेपालमा महिलाको वर्तमान अवस्था र चुनौती वि.सं. २०८२, असोज ३ । शुक्रबार
४ . संसार न्यूज, घटस्थापा दिन, कावासोती , २०८२, असोज, ६, सोमबार विष्णु गुरुङ,
५.  स्वर्गको यात्रा अप्रकाशित कृति २०८१,  सदानन्द अभागी 

भोज

सदानन्द अभागी
नेपाली बृहत्शब्दकोषले भोजलाई कुनै चाडबाड, विहेबटुलो आदिमा धेरै मानिस सम्मिलित भएर खाइने विशेष भोजन, भतेर, सहभोजन भनेर परिभाषित गरेको छ । बास्तवमा भोज भन्ने बित्तिकै यो जानकारी हुन्छ कि कुनै उद्देश्य हाँसिल भएबापत या उपलब्धी हाँसिल भएको खण्डमा खुसीयाली मनाउनको लागि भोजको आयोजान गरिन्छ । भोजलाई मैले यसरी परिभाषित गर्दछु –'कुनै उपलब्धी हाँसिल भएको उपलक्षमा खुसीयाली मनाउन समूहमा गरिने खानपानलाई भोज भनिन्छ ।' भोजमा मानिसहरूलाई आमन्त्रण गरिन्छ । आमन्त्रण गरिएका इष्टमित्र, क्षिमेकी, गाउँले आदि  जम्मा हुन्छन् । भोज कुन उपलक्षमा गरिएको हो सोही अनुसारका खानाहरू तयार पारिन्छ र सबै मिलेर खाइन्छ ।
 भोजको थालनी कहिले भयो भन्ने कुरा सहजसँग भन्न नसकिए पनि यसको इतिहास मानिसको सृष्टिसँगै गाँसिएको हुनुपर्छ । खानाविना प्राणी बाँच्न सक्दैन । भोजनबाटै भोजको उत्पत्ति भएको हो । पश्चिमी देशको इतिहाँस केलायो भने पिक्निकको थालनी १७ औं शताव्दिमा फ्रान्सेली कुलिन परिवार बाट भएको र यो भोज घरभित्र चलाएको जानकारी पाइन्छ । मैले बुझेको तथ्य पिकनिक भन्दा घरभन्दा बाहिर कुनै ठाउँमा मानिसहरू जम्मा भएर आनन्दको साथमा  खाइने विशेष प्रकारका खानलाई लिइन्छ । हामी पिकनिक भन्दैनौ । हामीले वनभोज भन्ने चलन छ । हाम्रो वनभोज खाने चलन छ । यसरी वनभोज जहाँ त्यहाँ गरिने नभएर विशेष प्रकारको स्थानलाई छनौट गरिन्छ । रमाइलो वातावरण नयाँ तथा मनमोहक स्थान केही क्षणको लागि भए पनि आनन्दको अनुभूति लिन सकियोस् । सहभागी सबै आनन्दित होउन् ।त्यस्ता ठाउँमा महिला पुरुष सबै मिलेर खाना बनाउने, नाच्ने गाउने, खेल्ने गरेर आनन्द लिइन्छ र वनभोज खाइन्छ ।
बनभोजबाट के फाइदा हुन्छ भन्ने प्रश्न उठनु स्वभाबिक हो ।  यसबाट शारीरिक र मानसिक स्वास्थ्यको लागि लाभदायिक हुन्छ । आनन्दको अनुभूति गर्न सकिन्छ । जस्ले गर्दा मानसिकको तनाव र चिन्तामा कमी आउँछ । घरमा काम गर्दै गुँसिएर बसेको अवस्थाबाट वन भोजमा जाँदा केही क्षणको लागि भए पनि एक मिसिमकोे ताजगी आउँँछ । केही क्षणको लागि भए पनि प्राकृतिक सौन्दर्यतामा र ताजा हावमा रमाउन पाइन्छ ।  चिन्ताबाट मुक्त भइन्छ । नयाँ नयाँ साथीसँग भेटघाट हुन्छ । मिल्ने साथीसँग आफ्ना आफ्ना भावना तथा सुख दुःखलाई साटासाट गर्न पाइन्छ । सम्बन्ध बलियो बन्न जान्छ । पुराना मित्रहरूसँग पुनर्मिलन हुन्छ । विभिन्न खानाको स्वादलाई उपयोगमा ल्यान सकिन्छ वनभोजमा सबै राम्रोमात्र हुन्छ भन्न सकिदैन । वनभोजमा आयोजकले ब्यवस्थापन कसरी गरेको हुन्छ त्यसमा पनि वनभोज सफल हुने र असफल हुने गर्दछ । कुनै वनभोजमा मदिरा सेवन गरिन्छ । मानिसको स्वभाव मदिरा पान गरेपछि कसै कसैले निहुखोज्ने, झगडा गर्ने गर्छन् । यस्तो अवस्थामा व्यवस्थापनले नियन्त्रणमा लिन नसके ठूलो घटना पनि घटन सक्छन् । मित्रहरू शत्रूमा परिणत हुन सक्छन् ।सही स्थानको छनौट भएन भने मच्छड, सर्प, विविध कीराको साथै वन्यजन्तुको आक्रमणको डर हुन्छ ।
भोजहरू धेरै प्रकारका हुन्छन् । भोजहरू मानिसले आफ्नो संस्कृति, परंपरा, र अवसर अनुसार आयोजना गरेका हुन्छन् । त्यसोहुँदा भोजका प्रकार यति छन् भन्न सहज छैन । चाड पर्वमा गरिने भोज, धार्मिक भोज, पारीवारीक भोज, जन्ते भोज आदि । कुनै खास पर्वमा गरिने भोजलाई उत्सव भोज भनिन्छ । तीजको भोजलाई यहाँ लिन सकिन्छ । परम्परालाई हेर्ने हो भने तीज (हरितालिका) भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । पुरानो परम्परामा माइती पक्ष छोरी÷चेलीलाई लिन छोरीका घरमा जान्छन् र छोरीलाई लिएर आउँछन् । हालसालमा सञ्चारको पहुँच पुगेको ठाउँमा टेलीफोनबाट पनि छोरीलाई बोलाउने चलन बढेको छ । घरमा ल्याएपछि दर खुवाउने गरिन्छ । दरमा स्थान विशेष, जाती विशेष मासु खिर, ढकने, सेलरोटी, दही, फलपूmल लगायतका खाना खुवाइन्छ । पहिला पहिला दर राती अबेर गरेर खाने चलन थियो । तर हाल दर १२ बजे अघि खाने चलन बढेर गएको छ किनकी १२बजे पछि ईस्विसंबत् अनुसार अर्को दिन थालनी हुन्छ । भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई ब्रत बस्ने गरिन्छ । तीजको पर्व शिव र पार्वतीसँग जोडिएको हुनाले यो पर्व पौराणिक कालदेखि नै चलिआएको हो भन्ने कुरा प्रष्ट हुन्छ । यस लेखमा तीजको बारेमा भन्दा भोजको बारेमा लेखिने भएकोले भोजतिरै अघि बढ्न उपयुक्त हुन्छ । खास गरेर तीजमा  दुग्धजन्य परिकार खाइन्छ र खुवाइन्छ तर आजको परिवर्तित अवस्थामा  तीज पनि आध्ुनिककरणमा पर्न गएको छ । तीज पार्टी प्यालेसमा खानपीनको आयोजना गर्न थालिएको छ । खानपीनमा मासुमाछा र मदिराजन्य पदार्थको उपभोग गर्न थालिएको छ । गरगहना, पहिरनमा प्रतिस्पर्धा बढ्न थालेको छ । केवल दरखाने दिनमा खाइने दरलाई महिना दिन अधिबाट थालनी भएको छ । तीजको जुनमहत्व थियो आज त्यो मनोरञ्जनमा परिणत भएको छ । यसप्रकारको दर खाने चलनलाई विकृति निम्त्याइएको किन नभन्ने ? तीज भनेपछि महिनौसम्म दरखानको लागि र संस्कृतिलाई छाडन बनेको पर्व हैन । महिलाहरूको महान धार्मिक चाड हो । यसको खास उद्देश्य विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै बर्त बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिताहरू सुयोग्य वर प्राप्त होस् भनी बर्त बस्छन्
धार्मिक भोजमा पूजापाठ गर्दा गाउँ, क्षिमेक, इष्टमित्र बोलाइन्छ । यसलाई भोज नभनेर प्रसादि ग्रहण गर्ने भनिन्छ । प्रसादिमा शुद्ध शाकाहारी बस्तुहरू खुवाइन्छ । फलपूmल सेलरोटी पुरी तरकारी आदि खुवाउने चलन छ । यी पूजा साना सनादेखि ठूला सप्ताह, कोटी होम तथा महायज्ञहरू गरिन्छ । यी यज्ञहरूमा बस्ने खाने व्यवस्था पनि गरिएको हुन्छ । यसमा कुनै धेरै लगानी लाग्ने कामलाई अर्थ आर्जनको रूपमा पनि गरिएको हुन्छ । यसबाट स्कुल, क्याम्पस, मन्दिर आदि बनाउने उद्देश्य अनुरूप गरेको पाइन्छ । यसरी परोपकारको रूपमा लगाइने महायज्ञहरू राम्रोरूपमा लिन सकिन्छ तर व्यवसायको रूपमा सञ्चालन गरिएका महायज्ञहरूबाट तत्कालिन अवस्थामा धेरै राम्रो देखिए पनि अन्त्यमा यसको नतिजा धर्मप्रतिको आस्थामा ह्रास आउँछ ।  पारीवारीक भोजमा छिरलिएर बसेका परिवारलाई एकै ठाउँमा जम्मा गराएर गरिने भोज हो । विशेष अवसरहरूमा जस्तै जन्मदिन, व्रत, आदिमा परिवारका सदस्यहरू बीच यो भोज गरिन्छ।  अको ठूलो भोजमा जन्ते भोज पर्दछ । माइतीपक्षले आफ्ना इटमित्र बन्धुबान्धवलाई बोलाउनु र तिनीहरूलाई खाना खुवाउने काम एइकातिर हुन्छ भने अर्कोतिर बेहुलापक्षका मानिस (जन्ती) लाई खुवाउने काम हुन्छ । यो भन्दा पहिला टिकालगाउने र विवाहको दिन तोक्ने दिनमा पनि सानो तिनो भोज अर्थात खाना खुवाउने चलन छ । जिन्दगी जाने  जीवनसाथीलाई विवाह गरेर घर भित्र्याउने दिन एउटा महत्वपूर्ण दिन भएकोले भोज हुनु स्वभाविक हो । पहिला पहिला विवाहमा निम्नवर्गका तथा मध्यमवर्गका मानिसले केराका पातमा गोडा धुने हो भन्ने शब्द प्रयोग गर्दथे अर्थात गोडधुवा (दाइजो) पाउँदैनौ भन्ने गर्थे । जन्तीको हकमा दुलाहालाई दिएर कुनै एकजना आए हुन्छ भन्ने चलन थियो । त्यस अवस्थामा पनि जन्ती करिब ३०÷४० जना हुन्थे तर हालको अवस्था त जन्ती थोरै भए पनि २०० जना भन्दा बढी हुन्छन् । यसको अलवा दुलाहाले भोजको आयोजना गर्छ । धनीवर्गको लागि यी भोजहरू सहज होला तर गरिबको लागि भने यी भोजहरू घातक नै हुन्छ । आजकाल जुनसुकै भोजमा जाँदा रित्तोहात जान हु्ँदैन भन्ने चलन आएको छ ।  यी उपहार कति त उपयोगमै आउँदैनन् । यो पनि फजुल खर्च हो ।
अत माथि आएका विविध कुरालाई मनन् गर्दा भोज गर्ने नै हैन त भन्ने प्रश्न उठ्न सक्छ । मेरो आशय भोज गर्ने नै हैन भन्ने होइन । भोज गर्नु पर्छ किन कि भोजमा केवल खानामात्र आयोजना गरिदैन । यसका विविध पक्ष छन् । समुदाय अनुसार ( जस्तै नेवारी समुदाय, थारु समुदाय, आदि) आफ्नो संस्कृतिक आनुसार भोजको कार्यक्रम गर्छन् । हाम्रो संस्कृति र परमपरालाई पनि बचाउन आवश्यक छ ।  मेरो भनाइ घाटी हेरेर हाड निल्नु पर्छ । मासिले क्षमता अनुसार बाध्यताको साथमा भोजमा सामेल हुन र भोजको आयोजना गर्न  नपरोस् ।  सबै वर्गका मानिसहरू समाजमा उच्च सम्मानका साथमा बाँच्न सकुन् । समाज समनताको आधारमा चल्न सकोस् । हाम्रो संस्कृति शुद्धताको साथमा चलोस् र विकृति नमौलाओस् भन्दै यो लेखको बिट मार्दछु ।
सन्दर्भ सामाग्री
तीज विकिपिडिया एक स्वतन्त्र विश्वकोश  
भोजविकिपिडिया

कटुसत्य बोल्नु पर्छ मानिस भएपछि
यथार्थता खोल्नु पर्छ मानिस भएपछि
उखाने भै व्यङ्ग कस्ने नराम्रो हो बानी
मृदु रस घोल्नु पर्छ मानिस भए पछि

July 23, 2025

सिन्दूरको प्रयोग सम्बन्धमा केही धाराणलाई सङ्कलन
सदानन्द अभागी
प्रनेता विष्णुले मलाई 'जस्तै सुन्नु है पुसाजु ' 'उनले वर्ष दिनमा अध्ययन गरेका हिन्दु धर्मसँग सम्बन्धित ग्रन्थ, वेद,गीतादेखि हिन्दुधर्मलाई निर्दशित गरिएका भनिएका ग्रन्थमा महिलाले श्रीमानको मृत्युपछि सिन्दूर लाउन हुने ÷ नहुने कहाँ व्याख्या गरेको छ ? भन्ने प्रश्न गरिन् पूजामा सहभागी पण्डितदेखि सवैजना नाजवाफ उनको प्रश्न सुनिरहे ।' प्रनेताले यहाँ धेरै कुरा राखेकी छन् । आखिरीमा सिन्दूर लगाएरै छाडेको कुरा यहाँ पनि प्रनेताले भनेकी छन् । सिन्दूर किन लगाइन्छ र किन लगाइँदैन भन्ने कुरामा मैले नेटमा २÷४ लेख अध्ययन गरे सबैको मत प्राय मिल्दो जुल्दो पाएँ । यो हामी सबैले जानेकै कुरा हो कि सबै विवाहित महिलाले आफ्नो सिउँदोमा सिन्दूर लगाउने गर्छन् । यो हिन्दु परम्पराबाट सञ्चालन हुन्दै आएको हो । माता पार्वतीले महादेवलाई पति प्राप्त गर्न तपस्या गरेकी र महादेवले पार्वतीलाई अर्धाङ्गिनीको रूपमा स्वीकारे पछि सुहागको रूपमा सिन्दूर लगाउनु भएको थियो ।   सिन्दूर लगाउने महिलाका पतिको आयु लम्बिछ र सौभाग्यवती बन्न पाइन्छ भन्ने वरदान पनि पार्वतीले महिलाहरूलाई दिनु भएको थियो । हाम्रो धर्म अनुसार सिन्दूर लगाउने पहिलो महिला पार्वती भएकी र यो परम्परा आजसम्म चलिआएको छ । सिन्दूरले कन्या केटी, सधवा र विधवा भनेर परिचय पनि दिन्छ ।किन कि सधवाले बाहेक सिन्दुर कसैले लगाउँ दैनन् । सिन्दूर लगाउने पनि खास तरिका छ । सिन्दूर शीरको मध्य भागमा लगाइन्छ । टाउकाको बीचमा सिउँदो बनाइन्छ । सिउँदो सोझो रेखामा बनाइन्छ । सिन्दूर पनि नछरीकन चिम्टीको सिधै सिउँदा भरीने गरी लगाइन्छ । विवाहको दिन दुलहा र दुलहले यज्ञमा सात फन्को घुमेर दुलहीको सिउँदोेमा तीन पटक सिन्दूर भर्दछ । श्रीमान श्रमितीको सम्बन्ध वैधानिक रूपमा जोडिन्छ । कतिपय लेखहरूमा रातो रङ्गको प्रयोग प्रजनन् समृद्धिको लागि गरिने भनेर लेखेको पाइन्छ । अर्थात रातो रङ्गलाई दिव्य स्त्री उर्जा भनेर बर्णन गरिएको पाइन्छ । विवाह सम्बन्धमा सामाजिक मान्यतामा दुलाहाले जबसम्म सिन्दूर दुलहीका सिउँदोमा भर्दैन तबसम्म विवाह पूर्ण भएको मानिदैन । विवाह सामाजिक मान्यता हो । जस्मा दुबै एक अर्काप्रति प्रतिबद्ध एवम् उत्तरदायी हुन्छन् । महिलाले आपूm सुरक्षित एवम् पालन पोषणको काममा श्रीमानबाट हुने कुरामा ढुक्क हुन्छे भने पुरुष पनि यी  कर्ममा दायित्व थपिएको महसुस गर्छ । महिला विवाह गरेर घर प्रवेश गर्ने वित्तिकै त्यो समाजको सदस्य बन्न पुग्छे र सामाजिक मर्यादामा उसको भूमिका गहन हुन जान्छ । केही लेखहरूमा सिन्दूरलाई अध्यात्मिक महत्वसँग पनि जोडेको पाइन्छ । सिन्दूरले आध्यात्मिक उर्जा सक्रिय बनाएर भित्री आत्मालाई परमात्मा सँग जोड्छ भन्ने विश्वास गरिन्छ । सिन्दूर लगाउने स्थानलाई तेस्रो आँखा चक्र अवस्थित ठाउँ भनिन्छ । यो अति महत्वपूर्ण उर्जा केन्द्र हो । भनिन्छ सिन्दूर लगाउँदा यो चक्र सक्रिय हुन्छ । यसको कारणले, अन्तज्र्ञान, आध्यात्मिक अन्तर्दृष्टि र मानसिक स्पस्टता बढ्छ भन्ने जानकारी विविधलेखहरूबाट अध्ययन गर्न पाइन्छ ।  
सिन्दूरको सांस्कृतिक र आध्यात्मिक कुराहरू त मैले माथि नै बताइ सकें । अव हेरौ वैज्ञानिक महत्व के छ । अर्थात यो कसरी के के बाट निर्माण भएको हुन्छ ।  विज्ञानका अनुसार सिन्दूर बेसार र पारोको समिश्रणबाट बनाइएको हुन्छ । यस सम्बन्धका लेखरचना पढ्दा पारोको अन्तर्निहीत गुणले रक्तचापलाई नियन्त्रण गर्नु साथसाथै यौन चाहनाप्रति उत्प्रेरित गर्दछ । केही लेखमा सिउँदोमा सिन्दूर लगाउँदा दिमागमा शितलता मिल्ने कुरा पढ्न पाइन्छ । यो एउटा महत्वपूर्ण कुरा हो । माइतमा लाडप्यारमा हुर्केका किशोरीहरू विवाह गरेर नयाँ ठाउँ, नयाँ परिवेश आदिले  महिलामा तनाव, समस्या र जिम्मेवारी थपिन्छ यस्ता समस्यामा दिमाग शान्त हुनु आवश्यक हुन्छ । दिमाग शान्त राख्न सिन्दूरको प्रयोग उपयोगी हुने कुराहरू लेखहरूमा पाइन्छन् । विवाहमा सिन्दूर मात्र नभएर मंगलसुत्र, चुरा, औठी र पाउजु पनि लगाउने चलन छ । मंगलसुत्र लगाउनाले रक्तचाप नियमित हुन्छ । लगाउँदा यसलाई शरीरलाई छुनेगरी लगाउनु पर्छ । काँचका चुरा लगाउने सम्बन्धमा पनि चुरा आपसमा टक्रराउत्छन् आवाज निस्किन्छ  त्यो आवाजले नकारात्मक उर्जालाई टाढा भगाउँछ भन्ने कुरा विभिन्न लेखमा अध्ययन गर्न मिल्दछ । हाम्रो परम्परामा प्रयोगमा ल्याइने गहनाहरूको सिङ्गारको हिसाबलेमात्र नभएर स्वास्थको हिसाबले पनि महत्वपूर्ण छन् । धार्मिकग्रन्थहरूले एकल नारीको सुरक्षाको हिसाबलाई ध्यानमा राखी श्रृङ्गरमा बढवा नदिन भनेकोमा अन्यथा लिन हुँदैन । सिन्दूरले भरिएको सिउँदो काँचका चुरा, रातो सारी, रातै चोलो या बलाउजे सजिएकी महिला निकै सुन्दर देखिनु स्वभाविक हो । यिनै कारणलाई दर्शाउँदै धेरै लेखहरूमा काम वासना बढाउने र आंशिक मात्रामा उत्तेजनामा वृद्धि हुने हुनाले हिन्दु धर्म अनुसार बिधवा र एकल नारिलाई सिन्दूर बर्जित गरिएको हो भन्ने कुरा अध्ययन गर्न पाइन्छ । कतिपय कुरामा विज्ञान पनि सहमत देखिन्छ । सेतो कपडाको कुरामा क्उष्चष्तगब िक्अष्भलअभ च्भकभबचअज ँयगलमबतष्यल ले कपडाको रङ्ग सम्बन्धमा गरेको अध्ययनको निष्कर्ष यसरी प्रस्तुत गरेको छ – ' जस्तो सुकै आधारभूत व्यक्तित्व भए पनि अर्थात् सात्विक या तामासिक, रातो रंगले यसलाई अझ उत्तेजित गर्दछ । सेतो सारी लगाउने महिलाको फरक पहिचान बन्छ । सबैजना ऊप्रति संवेदना राख्न थाल्छन् । यो मनोवैज्ञानिक प्रभावका कारण उनले सामाजिक सुरक्षा पनि पाउँछिन् । तर सेतो वस्त्र लगाएकी नारीप्रति कुदृष्टि राख्ने नराधमहरू पनि हुन्छन् समाजमा ।' 'सेतो कपडाले मन शान्त र सात्विक बनाउँछ जबकि रंगीचंगी कपडाले भौतिकतामोह देखाउँछ । कालो रंगमा हानिकारक स्पन्दन हुन्छ, जसले केवल अनिष्ट शक्तिलाई आकर्षित गर्ने मात्र नभएर सात्विक स्पन्दहरु हटाइ दिन्छ ।'
प्रनेताले किन मलाई उनको मेसेजमा यी कुरा लेखिन् मलाई थाहाभएन तर यस विषयमा मलाई अध्ययन गर्न बाध्य पारो । मैले नेपाली र हिन्दीमा लेखिएका यस सम्बन्धि लेखहरू पढें तर प्राय सबैका धारणा यहाँ मैले प्रस्तुत गरेका धारणा नै पाएँ  । प्रनेता लेख्छिन् –'उनले श्रीमानको मृत्युपछि सेतो लुगामात्रै किन लगाउने, किन एकल भन्ने, सिन्दूर किन लगाउन नहुने प्रश्न सोधिरहिन्  । आफ्नो जिन्दगीको सबै भन्दा सुन्दर चिज छोरा,सिन्दूर र लोग्नेले बनाइ दिएको  घर र आफ्नो मान सम्मान लोग्नेले दिएको भन्दै उनले तिनले सबै चिज त्यागे मात्रै सिन्दूर त्याग्ने भन्दै सबैसँग सिन्दुर लगाउने अनुमति मागिन् । उपस्थित सबैले ताली बजाए । त्यसपछि पौड्यालले बुहारी शिवानीलाई आफ्नो सिउँदोमा सिन्दूर लगाइदिन अनुरोध गरिन् । बुहारी शिवानीले उनको शिरमा सिन्दूर लगाइइिन् । '
 धेरै कुरा मैले माथि नै लेखि सकेको छु । सर्बप्रथम प्रनेताले उनले वर्ष दिनमा अध्ययन गरेका हिन्दु धर्मसँग सम्बन्धित ग्रन्थ, वेद,गीतादेखि हिन्दुधर्मलाई निर्दशित गरिएका भनिएका ग्रन्थमा महिलाले श्रीमानको मृत्युपछि सिन्दूर लाउन हुने ÷ नहुने कहाँ व्याख्या गरेको छ ?यस सम्बन्धमा उनले कुनै ग्रन्थ पढेको जस्तो लागेन । सिन्दूर लगाउन मनलागे पछि परम्परालाई तोडन चाहे तोडेका छन् । वेतुकको किन बुहारीबाट सिन्दूर भराउने ? बुहारीबाट सिन्दुर भराउन कुनशास्त्रमा लेखिएको छ ? आँफै लगाए हुन्छ नि ।  हाम्रा धर्मशास्त्रको अध्ययन हामीले गहिरो रूपमा अध्ययन गर्न सकेका छैनौ तर सबै कुरा यसमा ािउन सकिन्छ । यहाँसम्म कि  वेदमा विधवा स्त्रीलाई पुनर्विवाहको छुट पनि छ । हेरौं लोकान्तर –कात्तिक ७, २०७५
'उदीष्र्व नार्यभि जीवलोकं गतासुमेतमुप शेष एहि  ।
हस्तग्राभस्य दिधिषोस्तवेदं पत्युर्जनित्वमभि सम्बभूथ ।।
अर्थात्, पतिको मृत्यु भएपछि कुनै पनि स्त्रीले उसके यादमा जीवन बिताउनुपर्छ भन्ने छैन । अर्को पुरुषलाई विवाह गरेर जीवन अघि बढाउने पूरै छुट उक्त स्त्रीलाई छ ।'
मलाई पनि धार्मिक ग्रन्थको त्यति ज्ञान छैन , धेरै अघि बढ्न चाहान्न ।
 धन्यवाद