हेर मेरो नाति गर्छ भाँती भाँती
हेर्न थाल्छ उस्ले कमिलाको ताँती
दिनभरि पढ्छ बेलुकामा खेल्छ
पाठ पढी सकेर अनि सुत्छ राती
सफा नाना लगाई बाबालाई फकाई
साइकलमा चढेर घुम्न मान्छ जाती
आमाआमा खान देऊ दुदु भात भन्छ
पाठशाला जानलाई खोज्छ असल साथी
असलमा असल छ सुवासिलो बानी
त्यसैले त असल छ हिड्दैन त्यो माती
२०६५/८/१५
No comments:
Post a Comment