आत्म बोल्छ तन तानी तानी
भाषणभो बढ्ता आएन बिहानी
भन्ने गर्थे तिन्ले हामीलाई जिताऊ
यो देशको ल्याउने छौं मस्त जवानी
कोरा ती नारा आश्वासन झुट भो
न गाँस, न कपास न भो सिरानी
घाँटी च्याती च्याती झारेको त्यो वाणी
कर्तव्यच्यूत हुनगए बनेनन् ती दानी
एथार्थमा आऊ सबै सत्य बोली बोल
सफलता हातपर्छ सबै छानी छानी ।
२०६५/८/१५
No comments:
Post a Comment