खोटी भए के नै हुन्छ नोट भए पुग्छ
जनमर्का जस्तो परोस् भोट भए पुग्छ
जीवनको हरेक पल खोटी आत्मा बोल्छ
चुम्बन वर्षा वर्षाउँन ओठ भए पुग्छ
सर्वहारा हूँ म त महल चाहिदैन
क्षणिक मजा लुटाउन गोठ भए पुग्छ
आवरणमा मेरो मन कसै लाग्न जान्न
मङ्गल गर्दा खुवाउने रोट भए पुग्छ
सर्वहारा भने पनि टाईसुट कस्छु
भाँडभैलो गर्नेलाई चोट भए पुग्छ ।
२०६५/८/२०
No comments:
Post a Comment