March 24, 2011

विकृतिको महलमा


विकृतिको महलमा विकारको भण्डार हुन्छ
सज्जनको शूक्ष्मस्थल भ्रष्टको त संसार हुन्छ

मूल्य वस्तु सानै हुन्छ जस्तै आँखा नानी सरि
निर्धा बन्छन् बलत्कारी धनिकोमा बिहार हुन्छ

सौम्यताको संसारमा रम्यताको फूलबारी
गुणीको क्रीणास्थल बैगुनीलाई बेकार हुन्छ

सूर्य, चन्द्र, तारागण आफ्नै कर्म आफ्नै ठाम
प्रकृतिहीन पदयात्रा तरवारको धार हुन्छ

सत्यताको ठूलो संसार त्यसैमा रमौंँ रमाउँ
समयले आफ्नो गति लिने तारन्तार हुन्छ
                       २०६५/८/२०

No comments:

Post a Comment