March 24, 2011

जति महल सजाए पनि

जति महल सजाए पनि भित्री पथ उस्तै हुन्छ
भित्री आत्मा सजिएता प्रकाशमय पथ छुन्छ

जीवनका पाइलाहरू जति थकित भएपनि
प्रयासको वागभित्र रम्य फूल त्यस्ले चुम्छ

विश्वास हीन घेरा भित्र घर पनि मसान हो
कर्तव्यको पालन कर्ता हरिशचन्द्र बनी रुन्छ

एकलव्यको गुरु भक्ति अब कस्ले किन गर्ने
शक्तिको पूजा गर्दा सफल जाल त्यसले बुन्छ

आखिरमा सत्यता नै सबैभन्दा हुन्छ ठूलो
अमृतवाणी श्रवणमा अपवित्र सबै धुन्छ ।
२०६५/८/१५

No comments:

Post a Comment