March 24, 2011

लेलिन अस्ताए माओ अस्ताए

लेलिन अस्ताए माओ अस्ताए तिन्ले घाँटी सेरेकै हुन्
सर्वहारा नारा बोकी तिन्ले दरबार हेरेकै हुन्

नाङ्गै आउँछन् नाङ्गै जान्छन् साना ठूला कुनै हैनन्
जाने कर्म जारी राख्दा सबले कात्रो बेरेकै हुन्

भन्छन् सबै मेरो तेरो दुई दिनको बसाईमा
आफ्नो स्वार्थ पूर्ति गर्न सबले दरबार घेरेकै हुन्

जनता छन् सिधा साधा आश्वासनका भारी बोक्छन्
कुर्सीमाथि चढे पछि सबले बोली फेरेकै हुन्

आश्वासनको भाषण सुन्न अर्को चुनाऊ कुर्नै पर्छ
जनार्दन जनताले सबको बोली टेरेकै हुन्
२०६५/८/२०

No comments:

Post a Comment