September 25, 2025

विश्व अल्माइजर चेतना दिवस (२१ सेप्टेम्बर ) सम्बन्धी छोटो विवेचना

सदानन्द अभागी
विश्व अल्माइजर चेतना दिवस भन्दा पहिला हामीले जान्नु पर्ने कुरा अल्माइजर भनेको के हो भनेर जान्नुपर्ने हुन आउँछ । अल्माइजर रोग जस्लाई हामी भुलकड रोग भनेर पनि चिन्दछौँ ।  यो रोगको बारेमा जर्मन नागरिक न्युरोप्याथोलजिष्ट एल्वाइ अल्जाइमरले सन १९०६मा एक पत्रिका मार्फत जानकारी गराएका हुन र यस रोगको नामाकरण पनि उनैको नामबाट गरिएको हो । हुन त म डाक्टर होइन या विशेषज्ञ पनि हैन तर पनि यस घातक रोगको बारेमा पत्रपत्रिकामा जे पढियो, जे बुझियो त्यसबारेमा केही न केही जनजानकारीको लागि जनसमक्ष ल्याउन आश्यक ठानी यो लेख लेखिरहेको छु ।  २१ सेप्टेम्बरलाई संसारभरिका देशहरूले विश्व अल्माइजर चेतना दिवस मनाउँदै आएका छन र २१ सेप्टेम्बरलाई विश्व अल्माइजर चेतना दिवसको रूपमा नेपालका विभिन्न ठाउँ ÷संघ संस्थाहरूले पनि राष्ट्रव्यापी रूपमा मनाउँदै आएका छन । यसै क्रममा ज्येष्ठ नागरिक जिल्ला संघ नवलपुरले पनि मनाउँदै आएको छ । मलाइ लाग्छ हमीले औपचारिकता मात्र पुरा गरेका छम । नहुनु भन्दा कानो मामा निको भने जस्तै सन १९९४मा स्कटल्याण्डको एडीनबराबाट थालनी गरेको यो दिवसलाई  जिल्ला संघ नवलपुरले केही वर्ष यता बिबिध कार्यक्रम सहित मनाउने गरेको छ । यस वर्ष पनि यो दिवस असौज ७ गते कावासोती नगर पालिकाको र जिल्ला संघको संयुक्तरूपमा आयोजना गरी मनाउने तय भएको जानकारीमा आएको छ । पत्रपत्रिकामा यस सम्बन्धमा जानकारी गराउन सके पनि रोग जानेकालाई केही राहत हुने छ भनि यो लेख लेखिएको छ ।      
  अलमाइजर रोग के हो त भन्दा पत्रपत्रिकामा पढ्न पाइन्छ कि यो मस्तिष्कमा उत्पन्न हुने विकार हो । यो विकारले मानिसमा स्मरण शक्ति र शोच्ने शक्तिमा ह्रास या नष्ट गराउँछ । यस्तो समस्या खासगरी ज्येष्ठ नागरिकमा देखा पर्दछ । रोग नलागे पनि जति उमेर बढ्दै जान्छ त्यति स्मरण शक्ति कम हुँदै जाने हुँदा भुल्ने कुरा बढ्दै जाने हुन्छ तापनि यो रोग लागेकाले दैनिक प्रयोगमा आउने बस्तुको नाम  विर्सन थाल्छ  । सरल भन्दा सरल कार्यहरू पनि गर्न कठिन पर्न थाल्छ र  विर्सने काम यति बढी हुन्छ कि घरपरिवार तथा श्रीमती श्रिमान बीचमा पनि एकअर्काले चिन्न छाडछन् । रोगले ग्रस्त पारेपछि दिशा पिसाब छाडेको पनि बिमारीले थाहा पाउँदैन ।  खान खानेक्रममा पनि के खान हुन्छ के खान हुँदैन समेत भुल्छ । खाए नखाएको पनि थाहा हुँदैन ।
अल्माइजर  रोग  डिमेन्सिया अर्थात बिर्सने रोग ÷ विस्मृतिको एउटा प्रकार हो । डिमेन्सियामा धेरै रोगहरू पर्दछन् । यी रोगहरू मद्धेमा अल्माइजर रोग अरू रोग भन्दा अलि बढी देखिने गर्छ । माथि नै भनिसकिएको छ कि यो रोग लागेपछि सोच्ने, सम्झने र तर्क गर्ने – र व्यवहार क्षमताहरू यति हदसम्म गुमाउनु हो कि यसले व्यक्तिको दैनिक जीवन र गतिविधिहरूलाई सहज रूपमा गर्न सहज हुँदैन । पछि गएर ऊ पूर्ण रूपमा अरूमा निर्भर रहनु पर्छ । कृष्णहरि बास्कोटाले ज्येष्ठ नागरिक मुलुका निधि भन्ने कृतिमा लेख्नुहुछ– 'एक अध्ययन अुसार, हाल विश्वका करिब ६२ प्रतिशत ज्येष्ठ नागरिक डिमेन्सियाबाट पीडित छन । यी मध्ये ६०देखि असी प्रतिशतमा डिमेन्सियाका रोगी अलमाइजरबाट पीडित छन ।ँ उनकै कथनमा विश्वव्यापी अध्ययनमा प्रत्येक ३ सेकेण्डमा एक जना व्यक्तिलाई यो रोग लाग्ने गरेको अनुमान छ । अमेरिका जस्तो देशमा पनि  यो रोग सातौं नम्बरमा पर्छ ।
यो रोग लाग्नुको कारणमा अल्जाइमर रोग मस्तिष्कको कोशिका भित्र र वरपर प्रोटीन जम्मा भएमा या निर्माण भएमा यो रोग लाग्न सक्छ । एउटा एमाइलोइड भनिने प्रोटिन हो जो मस्तिष्कको कोशिकाको वरिपरि जम्मा हुन्छ, अर्को प्रोटिनलाई टाउ डिपोजिट भनिन्छ जुन मस्तिष्कको कोशिकाहरू भित्रै घुलमिल हुन्छ । यिनले मस्तिष्कमा केशिकाहरू मार्दछन् । स्वस्थ न्यूरोन्सले काम गर्न छोड्छ, र अन्य न्यूरोन्ससँग जोडिन सक्दैन ।
यो रोग लागे निको पार्न त्यति सहज हुँदैन । उपचार पनि रोगको अवस्था अनुसार गर्नु पर्छ । यस सम्बन्धमा जनचेतना जगाउन अन्तराष्ट्रिय अल्जाइजर दिवस मनाउनको लागि सबैको लागि नारा तय गरिएको हुन्छ । यस वर्षको विश्व अल्जाइमर दिवसको  नारा यसरी तय गरिएको छ । ब्कप बदयगत म्झभलतष्ब   यसको नेपाली अर्थ 'डिमेन्सिया बारेमा सोद्धनु होस्' भन्ने हो । हाम्रो पात्रोले यसलाई यसरी अर्थाएको छ –'डिमेन्सिया र अलमाइजर रोगको बारेमा खुला र सूचित संवादलाई जोड दिन्छ । मा यो रोग स्नायु प्रणालीमा लाग्ने भएकोले संवेगात्मक अनि व्यवहारात्मकरूपमा यसका लक्षण देखिन थाले पनि हामीले त्यति ख्याल गर्दैनौं । बृद्धपाको कारणले गर्दा भुल्ने काम हुन्छ भनिन्छ तर भित्र भित्रै रोगले ग्रस्त पार्दै जान्छ । ंढिलों हुँदा रोगले ग्रस्त पारेपछि उपचारले काम गर्दैन । त्यसो हुँदा मस्तिष्क स्वस्थ राख्नु पर्छ । यस्का लक्षण बाहिर प्रष्ट नभए पनि भित्र भित्र यस रोगले स्थान लिएको हुनसक्छ ।  
यो रोग लाग्नुको कारक तत्व केहो त भन्ने प्रश्नमा हाम्रो पात्रोको लागि सुयोग ढकालको लेख लगायत वैज्ञानिकहरूको कथन छ कि यो रोग मुख्यत वंशाणुगत ९न्भलभतष्अ० रोग हो । ७० प्रतिशत न्भलभ बाट सर्दै आएको हुन्छ । बाजेबाट बाबु, बाबुबाट छोरा अनि छोराबाट नाती हुँदै जाने रोगको रूपमा लिएको पाइन्छ  । मस्तिष्कमा आधात केवल जिनबाट मात्र नभएर अरु कारणहरूबाट पनि हुन सक्छ । टाउकोमा गम्भिर चोटपटक लाग्न सक्छ ,यसमा पनि सोचन सक्ति हराउन सक्छ । आज व्यापक रूपमा फैलिएको मधुमेह रोगले पनि आज असर गरेका पाइन्छ । मुटुरोग र उच्चरक्तचापले गर्दा पनि यो रोगको कारण बन्न सक्ने भएकोले यी रोगलाई पनि रोकथाम गर्न आवश्यक पर्छ ।, अल्जाइमर रोगका कारणहरू धेरै छन भन्ने कुरा हामीले विभिन्न माध्यमबाट जानकारी पाउन सक्छौं । जुनकारणलाई औषधीबाट उपचार गर्न सकिन्छ त्यसलाई समयमै उपचार गर्नु पर्छ । रोगले च्यापेपछि घरपरिवारलाई निकै गाह्रो पर्छ ।
 मैले माथि नै भनिसकेको छु कि म चिकित्सक हैन । यो विवरण विभिन्न स्रोतबाट संकला गरेर  यहाँ प्रस्तुत गरेको हुँ । मैले यहाँ स्थानीय निकायहरू नगर पालिका,गाउँ पालिका, बडा कार्यालयहरूमा स्वास्थ सेवा सञ्चालन भै राखेका छन् । यिनीहरू समय समयमा घरघर जानकारी लिन गएको पनि देखिन्छ  । त्यसोहुँदा यस रोगको तथ्याङ्क सङ्कलन र घरघरलाई जानकारी गराउन सके निकै फलदायी हुनेछ । समयमै यसको पहिचान भएमा निर्मूल पार्न नसके पनि केही राहत हुने छ भन्दै विदा चाहान्छु ।    
(लेखक जेष्ठ नागरिक जिल्ला संघको पूर्वअध्यक्ष हुन्)  



नारी सम्बन्धी छोटो विवेचना

सदानन्द अभागी
'यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः ।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः ।।'
मनुस्मृति

'जहाँ नारीहरूको पूजा गरिन्छ, त्यहाँ देवताहरू रमाउँछन् । जहाँ यी पूज्य हुँदैनन् त्यहाँ सबै कार्यहरू निष्फल हुन्छन् ।' मनुस्मृतिमामात्र नभएर हाम्रा धर्म ग्रन्थहरूमा नारीलाई उच्च स्थान दिएको पाइन्छ । भनिन्छ वैदिक कालमा महिला र पुरुष बीच कुनै विभेद थिएन । दुबैमा समान अधिकार  थियो । नारीहरू वेदविज्ञ थिए । यस्ता वेदविज्ञ महिलाहरूलाई समाजले ब्रह्मवादिनी भदथ्यो । यस्ता महिलाहरू गार्गी, मैत्रेयी, अश्वपाला आदीका नाम हामीले अध्ययन गर्न पाउँछौं । हुनत आज पनि नारीलाई देवी तथा गृह्यलक्ष्मीको संज्ञा दिइन्छ । नारी शब्द गहन छ र नारीका बहुरूप छन् । नारी सबैकि आमा हुन् । नारी विना सृष्टिको कल्पना गर्न सकिदैन । त्यसैले भनिन्छ 'जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी' आमा र जन्मभूमि स्वर्ग भन्दा पनि महान् हुन्छन् । यिनै नारी कसै कि पत्नी बन्छिन्, कसै कि बहिनी बन्छिन्, कसै कि छोरी र कसै कि बुहारी हुन्छिन् ।  
समय परिवर्तनशील छ । समयको परिवर्तन साथै समाजमा पनि परिवर्तन देखिन थाल्छ । मध्ययुगको थालनीदेखि समाजमा सामन्ती प्रथा मौलाउन थाल्छ । समाजमा छुवाछुत प्रथाको सुरुवात हुन्छ । साथै नारीप्रति विभेदले जरो गाड्छ । यस विभेदबाट माथि उठ्न महिलाहरूले निकै आन्दोलन गर्नु पर्छ । आधा आकाश ढाकेका महिलाहरू आफ्नो उपस्थिति सामाजिक, आर्थिक, शैक्षिक, राजनीति,कानुनिक, धार्मिक र व्यवसाय आदि तथा हरेक क्षेत्रमा सहभागीता खोजेका छन् । पहिला भन्दा वर्तमान अवस्था  केही सुध्रिएको छ तापनि समान सहभागिता भने हुन सकेको छैन ।
 महिलालाई जति उच्च संज्ञा दिए पनि महिला पीडितछन् तथा महिलामा विभेद छ भन्ने कुरा लुकाएर लुक्दैन । वर्तमान अवस्थालाई केलाउँदा महिला पुरुष भन्दा निकैपछि छन् ।समाजमा छोरी भन्दा छोराको स्थान उच्च छ । आजको वैज्ञानिक युगमा गर्भमा छोरा छारी के छ भन्ने कुरा जान्न सकिन्छ । छोरी छ भन्ने जानकारी भए भ्रुणले संसार देख्न पाउँदैन । चेलीबेटी बेच विखन रोकिएको छैन । यौन हिंसा बढ्दो छ । महिलाहरू बलत्कार भएका छन् । नारी समनताका कुराहरू उठ्छन् । कहीं कतै समनता देखिदैन ।केटा र केटीले एउटै काम गरे ज्यालामा विभेद छ । राजनीतिमा हेर्दा पनि महिला सहभागिता कमी देखिन्छ । सरकारी गैर सरकारी क्षेत्रमा पुरुषकै बाहुल्यता देखिन्छ । विवाहमा दाइजो चलन बढ्दो छ । दाइजोले चित्त बुझाउन नसके घरकाले दुख दिनेमात्र नभएर अनेक बहाना बनाएर मारेका घटना समेत सुन्नमा आउँछन् । महिला महिला बीचको तुलना गर्दा पनि त्यहाँ द्वन्द्व देखिन्छ । एउटी कि छोरी अर्कि कि बुहारी बन्छे । छोरीलाई दिने माया बुहारीले पाउँदैनन् । बुहारीले पनि आफ्नी आमालाई दिने माया सासूलाई दिंदैनन् । यसरी हेर्दा पनि धेरै ठाउँमा छोरी र बुहारीमा विभेद देखिन्छ साथै सासू बुहारीमा पनि विभेद देखिन्छ । कतै ब्हारी सासूबाट तिरस्कृत हुन्छन् त कतै बुहारीले सासूलाई घरबाट निकालेर बृद्धआश्रम पु¥याउँछन् । महिलाले महिलामाथि गरिने यी कृयाकलापल गर्दा समाजमा यिनको स्तर घटेर जान्छ । अर्को कुरा महिला तथा जो कोहीले महिलामा लगाउने बोक्सीको आरोप निकै दुखदाई हुन्छ । यस्तो आरोप खास गरेर, बृद्धा, गरिब, विधवा महिला माथि लगाइएको देखिन्छ ।
महिलालाईर्,  विवाहपछि हिन्दू धर्ममा "पत्नी" वा "अर्धाङ्गिनी" भनिन्छ । यसको गहन अर्थ छ "पतिको आधा अङ्ग" । शरीर चलायमान हुनलाई पूर्ण अङ्ग आवश्यक पर्दछ । अर्को भनाइ पनि छ –पति पत्नी एक रथका दुई पाङ्ग्रा । रथ गुड्नको लागि दुबै पाङ्ग्राको आवश्यक पर्दछ । यी सबै कुरालाई यसरी पनि परिभाषित गर्न सकिन्छ 'पतिसँग उनको सहभागिता आधा हुन्छ । सृष्टि थाम्नको लागि दुबै जना आवश्यक हुन्छन् । पत्नीलाई स्वास्नी, श्रीमती, जोई, बुढी र जीवन साथी भनेर पनि परिभाषित गरिन्छ ।
 हाम्र धर्म ग्रन्थले पनि छोरा र छोरीमा विभेद देखाएका छन् जस्तै गरुड पुराणलाई नै लिन सकिन्छ । यसले छोरालाई महत्वपूर्ण स्थान दिएको छ । पितृतार्न छोरानै चाहिने कुराको उठान गरेको छ । यस्ता यस्ता कारणले गर्दा व्यवहारमा  समाजले छोरीलाई भन्दा छोरालाई बढता महत्व दिएको पाइन्छ । छोराको जन्म नहुँदा नारी अपहेलित भएको पाइन्छ ।छोरा पाउँछु भन्दैमा छोरा पाउने र छोरीको चाहना राख्दैमा छोरी जन्मने सम्भावना निकै कम हुन्छ । यस सम्बन्धमा गरुड पुराणले दर्शाएको मार्गदर्शनको आधारमा सदानन्द अभागीको स्वर्गको यात्रा महाकाव्यमा (अप्रकाशितमा)लेखिएको छ –
सहवासमा रक्ताधिक कन्या हुन्छे जन्म
सहवासमा शुक्राधिक पुत्र हुन्छ जन्म
रज शुक्र सम भए नपुङ्सक हुन्छ
गर्भदानको पनि हेर समयले छुन्छ

युग्मतिथि सहवास छोरो हुन्छ जन्म
अयुग्ममा सहवास छोरी हुन्छे जन्म
छोरो यदि चाहिएमा युग्म तिथि रोजौं
छोरीको चाहनालाई अयुग्म नै खोजौं
महिलाको ऋतुकाल  १६ दिनको हुन्छ । रजस्वलाको पहिलो साता गर्भ रहे पुत्र मलिन (दुष्चरित्रको) हुन्छ । दोस्रो साताको गर्भ रहेमा  सन्तान राम्रो हुने र सबै भन्दा राम्रो गुणवान, धनवान, धर्मनिष्ठ , कर्मनिष्ठ, सन्तान १४ रात्रीको सहबासबाट जन्मिने कुरा गरुण पुराणमा बताएको छ । यस विषयमा विज्ञानले पनि पुरुष र महिलाको जन्म सम्बन्धमा प्रकृया दर्शाएको छ । यस सम्बन्धमा म अगाडी बढ्न चाहन्न ।
कामको कुरा गर्दा महिला र पुरुषको शारीरिक संरचनामा केही जैविक भिन्नता छ । यस प्रकारको प्रकृतिकले दिएको कामको बिभाजन बाहेकका सबै काम महिला पुरुष दुबैले गर्न मिल्छ र गर्नु पर्छ ।  तर आज पनि महिलाले आफ्नो घरभित्रको सबै कामहरू गर्ने गर्छिन् । खाना पकाउने भाँडा माझ्ने। घरको सरसफाई, बच्चाहरूको रेखदेख, पशुको रेखदेख, घरका बृद्धबृद्धाको हेरचाह र खेतीपाती लगायतका सबै काम सकेर जागिर भएका महिलाले जागिरको समेत काम गर्नु पर्ने हुन्छ । त्यसोहुँदा महिलालाई कामको बोझ अधिक छ । यो बोझलाई कम गर्नु पर्ने आजको आवश्यक्ता हो ।
अतः आजका नारीहरू प्रगतिको बाटोमा लम्किरहेका छन् । यिनले मौका पाएमा हरक्षेत्रमा आफ्नो क्षेमता प्रदर्शन गर्न सक्छन् । उदाहरणको लागि शुशीला कार्की, विद्यादेवी भण्डारी आदिलाई लिन सक्छौं । हामीले बुझ्नपर्ने कुरा के भने अधिकार कसैले दिन चाहाँदैन । खोसेर लिन सक्ने क्षमतावान  आफै हुनुपर्छ भन्दै विदा चाहान्छु ।
सन्दर्भ सामाग्री
१. ई दैनिक जागरण वि.सं. २०८२, असोज ३ । शुक्रबार –प्रिया मिश्र
२. विकिपिडिया , एक स्वतन्त्र पवश्कोष
३. सञ्चार यात्रा नेपालमा महिलाको वर्तमान अवस्था र चुनौती वि.सं. २०८२, असोज ३ । शुक्रबार
४ . संसार न्यूज, घटस्थापा दिन, कावासोती , २०८२, असोज, ६, सोमबार विष्णु गुरुङ,
५.  स्वर्गको यात्रा अप्रकाशित कृति २०८१,  सदानन्द अभागी 

भोज

सदानन्द अभागी
नेपाली बृहत्शब्दकोषले भोजलाई कुनै चाडबाड, विहेबटुलो आदिमा धेरै मानिस सम्मिलित भएर खाइने विशेष भोजन, भतेर, सहभोजन भनेर परिभाषित गरेको छ । बास्तवमा भोज भन्ने बित्तिकै यो जानकारी हुन्छ कि कुनै उद्देश्य हाँसिल भएबापत या उपलब्धी हाँसिल भएको खण्डमा खुसीयाली मनाउनको लागि भोजको आयोजान गरिन्छ । भोजलाई मैले यसरी परिभाषित गर्दछु –'कुनै उपलब्धी हाँसिल भएको उपलक्षमा खुसीयाली मनाउन समूहमा गरिने खानपानलाई भोज भनिन्छ ।' भोजमा मानिसहरूलाई आमन्त्रण गरिन्छ । आमन्त्रण गरिएका इष्टमित्र, क्षिमेकी, गाउँले आदि  जम्मा हुन्छन् । भोज कुन उपलक्षमा गरिएको हो सोही अनुसारका खानाहरू तयार पारिन्छ र सबै मिलेर खाइन्छ ।
 भोजको थालनी कहिले भयो भन्ने कुरा सहजसँग भन्न नसकिए पनि यसको इतिहास मानिसको सृष्टिसँगै गाँसिएको हुनुपर्छ । खानाविना प्राणी बाँच्न सक्दैन । भोजनबाटै भोजको उत्पत्ति भएको हो । पश्चिमी देशको इतिहाँस केलायो भने पिक्निकको थालनी १७ औं शताव्दिमा फ्रान्सेली कुलिन परिवार बाट भएको र यो भोज घरभित्र चलाएको जानकारी पाइन्छ । मैले बुझेको तथ्य पिकनिक भन्दा घरभन्दा बाहिर कुनै ठाउँमा मानिसहरू जम्मा भएर आनन्दको साथमा  खाइने विशेष प्रकारका खानलाई लिइन्छ । हामी पिकनिक भन्दैनौ । हामीले वनभोज भन्ने चलन छ । हाम्रो वनभोज खाने चलन छ । यसरी वनभोज जहाँ त्यहाँ गरिने नभएर विशेष प्रकारको स्थानलाई छनौट गरिन्छ । रमाइलो वातावरण नयाँ तथा मनमोहक स्थान केही क्षणको लागि भए पनि आनन्दको अनुभूति लिन सकियोस् । सहभागी सबै आनन्दित होउन् ।त्यस्ता ठाउँमा महिला पुरुष सबै मिलेर खाना बनाउने, नाच्ने गाउने, खेल्ने गरेर आनन्द लिइन्छ र वनभोज खाइन्छ ।
बनभोजबाट के फाइदा हुन्छ भन्ने प्रश्न उठनु स्वभाबिक हो ।  यसबाट शारीरिक र मानसिक स्वास्थ्यको लागि लाभदायिक हुन्छ । आनन्दको अनुभूति गर्न सकिन्छ । जस्ले गर्दा मानसिकको तनाव र चिन्तामा कमी आउँछ । घरमा काम गर्दै गुँसिएर बसेको अवस्थाबाट वन भोजमा जाँदा केही क्षणको लागि भए पनि एक मिसिमकोे ताजगी आउँँछ । केही क्षणको लागि भए पनि प्राकृतिक सौन्दर्यतामा र ताजा हावमा रमाउन पाइन्छ ।  चिन्ताबाट मुक्त भइन्छ । नयाँ नयाँ साथीसँग भेटघाट हुन्छ । मिल्ने साथीसँग आफ्ना आफ्ना भावना तथा सुख दुःखलाई साटासाट गर्न पाइन्छ । सम्बन्ध बलियो बन्न जान्छ । पुराना मित्रहरूसँग पुनर्मिलन हुन्छ । विभिन्न खानाको स्वादलाई उपयोगमा ल्यान सकिन्छ वनभोजमा सबै राम्रोमात्र हुन्छ भन्न सकिदैन । वनभोजमा आयोजकले ब्यवस्थापन कसरी गरेको हुन्छ त्यसमा पनि वनभोज सफल हुने र असफल हुने गर्दछ । कुनै वनभोजमा मदिरा सेवन गरिन्छ । मानिसको स्वभाव मदिरा पान गरेपछि कसै कसैले निहुखोज्ने, झगडा गर्ने गर्छन् । यस्तो अवस्थामा व्यवस्थापनले नियन्त्रणमा लिन नसके ठूलो घटना पनि घटन सक्छन् । मित्रहरू शत्रूमा परिणत हुन सक्छन् ।सही स्थानको छनौट भएन भने मच्छड, सर्प, विविध कीराको साथै वन्यजन्तुको आक्रमणको डर हुन्छ ।
भोजहरू धेरै प्रकारका हुन्छन् । भोजहरू मानिसले आफ्नो संस्कृति, परंपरा, र अवसर अनुसार आयोजना गरेका हुन्छन् । त्यसोहुँदा भोजका प्रकार यति छन् भन्न सहज छैन । चाड पर्वमा गरिने भोज, धार्मिक भोज, पारीवारीक भोज, जन्ते भोज आदि । कुनै खास पर्वमा गरिने भोजलाई उत्सव भोज भनिन्छ । तीजको भोजलाई यहाँ लिन सकिन्छ । परम्परालाई हेर्ने हो भने तीज (हरितालिका) भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । पुरानो परम्परामा माइती पक्ष छोरी÷चेलीलाई लिन छोरीका घरमा जान्छन् र छोरीलाई लिएर आउँछन् । हालसालमा सञ्चारको पहुँच पुगेको ठाउँमा टेलीफोनबाट पनि छोरीलाई बोलाउने चलन बढेको छ । घरमा ल्याएपछि दर खुवाउने गरिन्छ । दरमा स्थान विशेष, जाती विशेष मासु खिर, ढकने, सेलरोटी, दही, फलपूmल लगायतका खाना खुवाइन्छ । पहिला पहिला दर राती अबेर गरेर खाने चलन थियो । तर हाल दर १२ बजे अघि खाने चलन बढेर गएको छ किनकी १२बजे पछि ईस्विसंबत् अनुसार अर्को दिन थालनी हुन्छ । भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई ब्रत बस्ने गरिन्छ । तीजको पर्व शिव र पार्वतीसँग जोडिएको हुनाले यो पर्व पौराणिक कालदेखि नै चलिआएको हो भन्ने कुरा प्रष्ट हुन्छ । यस लेखमा तीजको बारेमा भन्दा भोजको बारेमा लेखिने भएकोले भोजतिरै अघि बढ्न उपयुक्त हुन्छ । खास गरेर तीजमा  दुग्धजन्य परिकार खाइन्छ र खुवाइन्छ तर आजको परिवर्तित अवस्थामा  तीज पनि आध्ुनिककरणमा पर्न गएको छ । तीज पार्टी प्यालेसमा खानपीनको आयोजना गर्न थालिएको छ । खानपीनमा मासुमाछा र मदिराजन्य पदार्थको उपभोग गर्न थालिएको छ । गरगहना, पहिरनमा प्रतिस्पर्धा बढ्न थालेको छ । केवल दरखाने दिनमा खाइने दरलाई महिना दिन अधिबाट थालनी भएको छ । तीजको जुनमहत्व थियो आज त्यो मनोरञ्जनमा परिणत भएको छ । यसप्रकारको दर खाने चलनलाई विकृति निम्त्याइएको किन नभन्ने ? तीज भनेपछि महिनौसम्म दरखानको लागि र संस्कृतिलाई छाडन बनेको पर्व हैन । महिलाहरूको महान धार्मिक चाड हो । यसको खास उद्देश्य विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै बर्त बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिताहरू सुयोग्य वर प्राप्त होस् भनी बर्त बस्छन्
धार्मिक भोजमा पूजापाठ गर्दा गाउँ, क्षिमेक, इष्टमित्र बोलाइन्छ । यसलाई भोज नभनेर प्रसादि ग्रहण गर्ने भनिन्छ । प्रसादिमा शुद्ध शाकाहारी बस्तुहरू खुवाइन्छ । फलपूmल सेलरोटी पुरी तरकारी आदि खुवाउने चलन छ । यी पूजा साना सनादेखि ठूला सप्ताह, कोटी होम तथा महायज्ञहरू गरिन्छ । यी यज्ञहरूमा बस्ने खाने व्यवस्था पनि गरिएको हुन्छ । यसमा कुनै धेरै लगानी लाग्ने कामलाई अर्थ आर्जनको रूपमा पनि गरिएको हुन्छ । यसबाट स्कुल, क्याम्पस, मन्दिर आदि बनाउने उद्देश्य अनुरूप गरेको पाइन्छ । यसरी परोपकारको रूपमा लगाइने महायज्ञहरू राम्रोरूपमा लिन सकिन्छ तर व्यवसायको रूपमा सञ्चालन गरिएका महायज्ञहरूबाट तत्कालिन अवस्थामा धेरै राम्रो देखिए पनि अन्त्यमा यसको नतिजा धर्मप्रतिको आस्थामा ह्रास आउँछ ।  पारीवारीक भोजमा छिरलिएर बसेका परिवारलाई एकै ठाउँमा जम्मा गराएर गरिने भोज हो । विशेष अवसरहरूमा जस्तै जन्मदिन, व्रत, आदिमा परिवारका सदस्यहरू बीच यो भोज गरिन्छ।  अको ठूलो भोजमा जन्ते भोज पर्दछ । माइतीपक्षले आफ्ना इटमित्र बन्धुबान्धवलाई बोलाउनु र तिनीहरूलाई खाना खुवाउने काम एइकातिर हुन्छ भने अर्कोतिर बेहुलापक्षका मानिस (जन्ती) लाई खुवाउने काम हुन्छ । यो भन्दा पहिला टिकालगाउने र विवाहको दिन तोक्ने दिनमा पनि सानो तिनो भोज अर्थात खाना खुवाउने चलन छ । जिन्दगी जाने  जीवनसाथीलाई विवाह गरेर घर भित्र्याउने दिन एउटा महत्वपूर्ण दिन भएकोले भोज हुनु स्वभाविक हो । पहिला पहिला विवाहमा निम्नवर्गका तथा मध्यमवर्गका मानिसले केराका पातमा गोडा धुने हो भन्ने शब्द प्रयोग गर्दथे अर्थात गोडधुवा (दाइजो) पाउँदैनौ भन्ने गर्थे । जन्तीको हकमा दुलाहालाई दिएर कुनै एकजना आए हुन्छ भन्ने चलन थियो । त्यस अवस्थामा पनि जन्ती करिब ३०÷४० जना हुन्थे तर हालको अवस्था त जन्ती थोरै भए पनि २०० जना भन्दा बढी हुन्छन् । यसको अलवा दुलाहाले भोजको आयोजना गर्छ । धनीवर्गको लागि यी भोजहरू सहज होला तर गरिबको लागि भने यी भोजहरू घातक नै हुन्छ । आजकाल जुनसुकै भोजमा जाँदा रित्तोहात जान हु्ँदैन भन्ने चलन आएको छ ।  यी उपहार कति त उपयोगमै आउँदैनन् । यो पनि फजुल खर्च हो ।
अत माथि आएका विविध कुरालाई मनन् गर्दा भोज गर्ने नै हैन त भन्ने प्रश्न उठ्न सक्छ । मेरो आशय भोज गर्ने नै हैन भन्ने होइन । भोज गर्नु पर्छ किन कि भोजमा केवल खानामात्र आयोजना गरिदैन । यसका विविध पक्ष छन् । समुदाय अनुसार ( जस्तै नेवारी समुदाय, थारु समुदाय, आदि) आफ्नो संस्कृतिक आनुसार भोजको कार्यक्रम गर्छन् । हाम्रो संस्कृति र परमपरालाई पनि बचाउन आवश्यक छ ।  मेरो भनाइ घाटी हेरेर हाड निल्नु पर्छ । मासिले क्षमता अनुसार बाध्यताको साथमा भोजमा सामेल हुन र भोजको आयोजना गर्न  नपरोस् ।  सबै वर्गका मानिसहरू समाजमा उच्च सम्मानका साथमा बाँच्न सकुन् । समाज समनताको आधारमा चल्न सकोस् । हाम्रो संस्कृति शुद्धताको साथमा चलोस् र विकृति नमौलाओस् भन्दै यो लेखको बिट मार्दछु ।
सन्दर्भ सामाग्री
तीज विकिपिडिया एक स्वतन्त्र विश्वकोश  
भोजविकिपिडिया

कटुसत्य बोल्नु पर्छ मानिस भएपछि
यथार्थता खोल्नु पर्छ मानिस भएपछि
उखाने भै व्यङ्ग कस्ने नराम्रो हो बानी
मृदु रस घोल्नु पर्छ मानिस भए पछि

July 23, 2025

सिन्दूरको प्रयोग सम्बन्धमा केही धाराणलाई सङ्कलन
सदानन्द अभागी
प्रनेता विष्णुले मलाई 'जस्तै सुन्नु है पुसाजु ' 'उनले वर्ष दिनमा अध्ययन गरेका हिन्दु धर्मसँग सम्बन्धित ग्रन्थ, वेद,गीतादेखि हिन्दुधर्मलाई निर्दशित गरिएका भनिएका ग्रन्थमा महिलाले श्रीमानको मृत्युपछि सिन्दूर लाउन हुने ÷ नहुने कहाँ व्याख्या गरेको छ ? भन्ने प्रश्न गरिन् पूजामा सहभागी पण्डितदेखि सवैजना नाजवाफ उनको प्रश्न सुनिरहे ।' प्रनेताले यहाँ धेरै कुरा राखेकी छन् । आखिरीमा सिन्दूर लगाएरै छाडेको कुरा यहाँ पनि प्रनेताले भनेकी छन् । सिन्दूर किन लगाइन्छ र किन लगाइँदैन भन्ने कुरामा मैले नेटमा २÷४ लेख अध्ययन गरे सबैको मत प्राय मिल्दो जुल्दो पाएँ । यो हामी सबैले जानेकै कुरा हो कि सबै विवाहित महिलाले आफ्नो सिउँदोमा सिन्दूर लगाउने गर्छन् । यो हिन्दु परम्पराबाट सञ्चालन हुन्दै आएको हो । माता पार्वतीले महादेवलाई पति प्राप्त गर्न तपस्या गरेकी र महादेवले पार्वतीलाई अर्धाङ्गिनीको रूपमा स्वीकारे पछि सुहागको रूपमा सिन्दूर लगाउनु भएको थियो ।   सिन्दूर लगाउने महिलाका पतिको आयु लम्बिछ र सौभाग्यवती बन्न पाइन्छ भन्ने वरदान पनि पार्वतीले महिलाहरूलाई दिनु भएको थियो । हाम्रो धर्म अनुसार सिन्दूर लगाउने पहिलो महिला पार्वती भएकी र यो परम्परा आजसम्म चलिआएको छ । सिन्दूरले कन्या केटी, सधवा र विधवा भनेर परिचय पनि दिन्छ ।किन कि सधवाले बाहेक सिन्दुर कसैले लगाउँ दैनन् । सिन्दूर लगाउने पनि खास तरिका छ । सिन्दूर शीरको मध्य भागमा लगाइन्छ । टाउकाको बीचमा सिउँदो बनाइन्छ । सिउँदो सोझो रेखामा बनाइन्छ । सिन्दूर पनि नछरीकन चिम्टीको सिधै सिउँदा भरीने गरी लगाइन्छ । विवाहको दिन दुलहा र दुलहले यज्ञमा सात फन्को घुमेर दुलहीको सिउँदोेमा तीन पटक सिन्दूर भर्दछ । श्रीमान श्रमितीको सम्बन्ध वैधानिक रूपमा जोडिन्छ । कतिपय लेखहरूमा रातो रङ्गको प्रयोग प्रजनन् समृद्धिको लागि गरिने भनेर लेखेको पाइन्छ । अर्थात रातो रङ्गलाई दिव्य स्त्री उर्जा भनेर बर्णन गरिएको पाइन्छ । विवाह सम्बन्धमा सामाजिक मान्यतामा दुलाहाले जबसम्म सिन्दूर दुलहीका सिउँदोमा भर्दैन तबसम्म विवाह पूर्ण भएको मानिदैन । विवाह सामाजिक मान्यता हो । जस्मा दुबै एक अर्काप्रति प्रतिबद्ध एवम् उत्तरदायी हुन्छन् । महिलाले आपूm सुरक्षित एवम् पालन पोषणको काममा श्रीमानबाट हुने कुरामा ढुक्क हुन्छे भने पुरुष पनि यी  कर्ममा दायित्व थपिएको महसुस गर्छ । महिला विवाह गरेर घर प्रवेश गर्ने वित्तिकै त्यो समाजको सदस्य बन्न पुग्छे र सामाजिक मर्यादामा उसको भूमिका गहन हुन जान्छ । केही लेखहरूमा सिन्दूरलाई अध्यात्मिक महत्वसँग पनि जोडेको पाइन्छ । सिन्दूरले आध्यात्मिक उर्जा सक्रिय बनाएर भित्री आत्मालाई परमात्मा सँग जोड्छ भन्ने विश्वास गरिन्छ । सिन्दूर लगाउने स्थानलाई तेस्रो आँखा चक्र अवस्थित ठाउँ भनिन्छ । यो अति महत्वपूर्ण उर्जा केन्द्र हो । भनिन्छ सिन्दूर लगाउँदा यो चक्र सक्रिय हुन्छ । यसको कारणले, अन्तज्र्ञान, आध्यात्मिक अन्तर्दृष्टि र मानसिक स्पस्टता बढ्छ भन्ने जानकारी विविधलेखहरूबाट अध्ययन गर्न पाइन्छ ।  
सिन्दूरको सांस्कृतिक र आध्यात्मिक कुराहरू त मैले माथि नै बताइ सकें । अव हेरौ वैज्ञानिक महत्व के छ । अर्थात यो कसरी के के बाट निर्माण भएको हुन्छ ।  विज्ञानका अनुसार सिन्दूर बेसार र पारोको समिश्रणबाट बनाइएको हुन्छ । यस सम्बन्धका लेखरचना पढ्दा पारोको अन्तर्निहीत गुणले रक्तचापलाई नियन्त्रण गर्नु साथसाथै यौन चाहनाप्रति उत्प्रेरित गर्दछ । केही लेखमा सिउँदोमा सिन्दूर लगाउँदा दिमागमा शितलता मिल्ने कुरा पढ्न पाइन्छ । यो एउटा महत्वपूर्ण कुरा हो । माइतमा लाडप्यारमा हुर्केका किशोरीहरू विवाह गरेर नयाँ ठाउँ, नयाँ परिवेश आदिले  महिलामा तनाव, समस्या र जिम्मेवारी थपिन्छ यस्ता समस्यामा दिमाग शान्त हुनु आवश्यक हुन्छ । दिमाग शान्त राख्न सिन्दूरको प्रयोग उपयोगी हुने कुराहरू लेखहरूमा पाइन्छन् । विवाहमा सिन्दूर मात्र नभएर मंगलसुत्र, चुरा, औठी र पाउजु पनि लगाउने चलन छ । मंगलसुत्र लगाउनाले रक्तचाप नियमित हुन्छ । लगाउँदा यसलाई शरीरलाई छुनेगरी लगाउनु पर्छ । काँचका चुरा लगाउने सम्बन्धमा पनि चुरा आपसमा टक्रराउत्छन् आवाज निस्किन्छ  त्यो आवाजले नकारात्मक उर्जालाई टाढा भगाउँछ भन्ने कुरा विभिन्न लेखमा अध्ययन गर्न मिल्दछ । हाम्रो परम्परामा प्रयोगमा ल्याइने गहनाहरूको सिङ्गारको हिसाबलेमात्र नभएर स्वास्थको हिसाबले पनि महत्वपूर्ण छन् । धार्मिकग्रन्थहरूले एकल नारीको सुरक्षाको हिसाबलाई ध्यानमा राखी श्रृङ्गरमा बढवा नदिन भनेकोमा अन्यथा लिन हुँदैन । सिन्दूरले भरिएको सिउँदो काँचका चुरा, रातो सारी, रातै चोलो या बलाउजे सजिएकी महिला निकै सुन्दर देखिनु स्वभाविक हो । यिनै कारणलाई दर्शाउँदै धेरै लेखहरूमा काम वासना बढाउने र आंशिक मात्रामा उत्तेजनामा वृद्धि हुने हुनाले हिन्दु धर्म अनुसार बिधवा र एकल नारिलाई सिन्दूर बर्जित गरिएको हो भन्ने कुरा अध्ययन गर्न पाइन्छ । कतिपय कुरामा विज्ञान पनि सहमत देखिन्छ । सेतो कपडाको कुरामा क्उष्चष्तगब िक्अष्भलअभ च्भकभबचअज ँयगलमबतष्यल ले कपडाको रङ्ग सम्बन्धमा गरेको अध्ययनको निष्कर्ष यसरी प्रस्तुत गरेको छ – ' जस्तो सुकै आधारभूत व्यक्तित्व भए पनि अर्थात् सात्विक या तामासिक, रातो रंगले यसलाई अझ उत्तेजित गर्दछ । सेतो सारी लगाउने महिलाको फरक पहिचान बन्छ । सबैजना ऊप्रति संवेदना राख्न थाल्छन् । यो मनोवैज्ञानिक प्रभावका कारण उनले सामाजिक सुरक्षा पनि पाउँछिन् । तर सेतो वस्त्र लगाएकी नारीप्रति कुदृष्टि राख्ने नराधमहरू पनि हुन्छन् समाजमा ।' 'सेतो कपडाले मन शान्त र सात्विक बनाउँछ जबकि रंगीचंगी कपडाले भौतिकतामोह देखाउँछ । कालो रंगमा हानिकारक स्पन्दन हुन्छ, जसले केवल अनिष्ट शक्तिलाई आकर्षित गर्ने मात्र नभएर सात्विक स्पन्दहरु हटाइ दिन्छ ।'
प्रनेताले किन मलाई उनको मेसेजमा यी कुरा लेखिन् मलाई थाहाभएन तर यस विषयमा मलाई अध्ययन गर्न बाध्य पारो । मैले नेपाली र हिन्दीमा लेखिएका यस सम्बन्धि लेखहरू पढें तर प्राय सबैका धारणा यहाँ मैले प्रस्तुत गरेका धारणा नै पाएँ  । प्रनेता लेख्छिन् –'उनले श्रीमानको मृत्युपछि सेतो लुगामात्रै किन लगाउने, किन एकल भन्ने, सिन्दूर किन लगाउन नहुने प्रश्न सोधिरहिन्  । आफ्नो जिन्दगीको सबै भन्दा सुन्दर चिज छोरा,सिन्दूर र लोग्नेले बनाइ दिएको  घर र आफ्नो मान सम्मान लोग्नेले दिएको भन्दै उनले तिनले सबै चिज त्यागे मात्रै सिन्दूर त्याग्ने भन्दै सबैसँग सिन्दुर लगाउने अनुमति मागिन् । उपस्थित सबैले ताली बजाए । त्यसपछि पौड्यालले बुहारी शिवानीलाई आफ्नो सिउँदोमा सिन्दूर लगाइदिन अनुरोध गरिन् । बुहारी शिवानीले उनको शिरमा सिन्दूर लगाइइिन् । '
 धेरै कुरा मैले माथि नै लेखि सकेको छु । सर्बप्रथम प्रनेताले उनले वर्ष दिनमा अध्ययन गरेका हिन्दु धर्मसँग सम्बन्धित ग्रन्थ, वेद,गीतादेखि हिन्दुधर्मलाई निर्दशित गरिएका भनिएका ग्रन्थमा महिलाले श्रीमानको मृत्युपछि सिन्दूर लाउन हुने ÷ नहुने कहाँ व्याख्या गरेको छ ?यस सम्बन्धमा उनले कुनै ग्रन्थ पढेको जस्तो लागेन । सिन्दूर लगाउन मनलागे पछि परम्परालाई तोडन चाहे तोडेका छन् । वेतुकको किन बुहारीबाट सिन्दूर भराउने ? बुहारीबाट सिन्दुर भराउन कुनशास्त्रमा लेखिएको छ ? आँफै लगाए हुन्छ नि ।  हाम्रा धर्मशास्त्रको अध्ययन हामीले गहिरो रूपमा अध्ययन गर्न सकेका छैनौ तर सबै कुरा यसमा ािउन सकिन्छ । यहाँसम्म कि  वेदमा विधवा स्त्रीलाई पुनर्विवाहको छुट पनि छ । हेरौं लोकान्तर –कात्तिक ७, २०७५
'उदीष्र्व नार्यभि जीवलोकं गतासुमेतमुप शेष एहि  ।
हस्तग्राभस्य दिधिषोस्तवेदं पत्युर्जनित्वमभि सम्बभूथ ।।
अर्थात्, पतिको मृत्यु भएपछि कुनै पनि स्त्रीले उसके यादमा जीवन बिताउनुपर्छ भन्ने छैन । अर्को पुरुषलाई विवाह गरेर जीवन अघि बढाउने पूरै छुट उक्त स्त्रीलाई छ ।'
मलाई पनि धार्मिक ग्रन्थको त्यति ज्ञान छैन , धेरै अघि बढ्न चाहान्न ।
 धन्यवाद

June 28, 2025

बाटिका साहित्यिक सङ्गालो२०७८मा समावेश गरिएका साहित्यिक विधाहरूको छोटो परिचय

सदानन्द अभागी
परिचय –
पोखराथोक साहित्य सङ्गमको स्थापना २०५७आश्विन १२ गते घटस्थापनाका दिन भएको हो । यसले २०६० सालमा कानुनी मान्यता प्राप्त गरेपछि बाटिका पत्रिकाको प्रकाशन थालनी ग¥यो । संस्था पनि नितान्त साहित्यिक संस्थाको रूपमा सञ्चालन हुँदै आएको र 'वाटिका' नामक स्तरीय साहित्यिक सङ्गालो प्रकाशन गर्दे आएको छ । श्री हरिप्रसाद भट्टराईको नेतृत्व भन्दा पहिले अङ्क १ देखि २०७४ को बाटिका अङ्क १६ सम्मको सम्पादन श्री कृष्णप्रसाद कोइरालाले गर्दै आउनु भएको र सङ्गमको नेतृत्व श्री गङ्गानाथ कोइराला र स्व. श्री कृष्ण पहाडीले गर्दै आउनु भएको थियो ।
संस्थापक – श्री हरिप्रसाद भट्टराइको लेखन अनुसार गङ्गानाथ कोइराला,कृष्णप्रसाद कोइराला,स्व. कृष्ण पहाडी, हरिप्रसाद भट्टराई, विश्वनाथ गैरे, स्व. पिताम्वर काफ्ले, राजेन्द्र श्रेष्ठ र गोविन्द गैरे हुनुहुन्छ ।
साहित्य सङ्गमलाई सहयोग कर्ताहरू–बाटिका प्रकाशनमा सहयोगी साहित्यकार एवम् बरिष्ठ समीक्षक श्री डा. शंकरप्रसाद गैरे, रचना सङ्कलन कर्ता राम ज्ञावली, पूर्व अध्यक्ष स्व. कृष्ण पहाडीको स्मृतिग्रन्थमा सहयोग कर्ता प्रधान सम्पादक टंकप्रसाद पन्थ, सम्पादक भोजराज भट्टराई, सामुदायिक रेडियो मदनपोखरा,गाउँले देउराली पत्रिका लगायत सम्पूर्ण सञ्चार माध्यम र पत्रकार मित्रहरू,पत्रिकाको अङ्क १७ देखि कम्पुटर टाइप सेटिङ्ग सम्पादन सहयोगी विष्णु माध्यमिक विद्यालय पोखराथोक पाल्पाका प्रधानाध्यापक चु्डामणि ढकाल,पोखराथोक गाउँबासी, वगनासकाली गाउँपालिका, पोख।ाथोक वडा कार्यालय,विष्णु मा.वी. परिवार, बाटिकालाई लेख रचना पठाउने सम्पूर्णजन प्रति अध्यक्ष हरिप्रसाद भट्टराईज्यूले हार्दिक कृतज्ञता प्रदान गर्नु भएको छ । यस अङ्कको सम्पादकीय सम्पादक गोविन्द खनालज्यूले लेख्नु भएको छ ।
साहित्यिक सङ्गालोले समेटेका विविध साहित्यिक विधाहरू–
नाटक –शीर्षक दीयो –एकाङ्की), लेखक सूब सेन, पूरुष पात्रहरू संख्या २४,महिला पात्र १, दृश्य छ ।राणशासनमा पढ्न लेख्नन पाइँदैनथ्यो । शिक्षाले मानिसलाई सचेत बनाउँछ जगाउँछ । त्यसको लागि पुस्तकालय हुनु आवश्यक छ । बेलुका दलानम जम्मा भएर पढने भन्ने कुरा हुन्छ । दियो बालिन्छ दियोले देशै उज्यालो बनाउने छ भन्ने धारणा आउँछ ।जनजागरण जगाउने, युवाहरू सहभागी गराने, पुलिस आउने, धरपकड गर्ने । बडाहकिमले तारिक बोकाउने गर्दा पनि जनजागरण रोक्न सक्दैन। 'पाल्पाले जागरणको पहिलो दियो बाल्यो जनतालाई जगायो ।' ' दियोबाट मैनटोल,मैनटोलबाट बिजुली बत्ती हुन्छ पाल्पा ।' भन्दै नाटक समाप्त हुन्छ
अन्तवार्ता – यसमा बहुप्रतिभाका धनी डा. रामप्रसाद ज्ञाजलीसँग राम ज्ञावलीले अन्तरवार्ता लिएका छन् । ' हाम्रो कर्तव्य'(२०४२) कविता भारतको हरिद्वारबाट निस्कने 'सगरमाथा' पत्रिकामा प्रकाशन गरी साहित्यमा प्रवेश गरेका डा. रामप्रसाद ज्ञावलीका महाकाव्य, कवितासङ्ग्रह, यात्राकाव्य,यात्रा महाकाव्य,समालोचना, उपन्यास, बालकथा, निबन्ध नाटक गरी दर्जनौ कृतिहरू प्रकाशन भएका, कक्षा १देखि स्नाकोत्तर तहसम्म ४ दर्जन भन्दा बढी सन्दर्भ पुस्तकहरू, एकै दिनमा एक्लैले लेखेका समालोचनाका पुस्तकहरू १०वटा विमोचन कर्ताको रूपमा परिचित रामप्रसादसँग लामा छोटा गरी २८ ओटा प्रश्नहरू सोधनी गरी निजबाट प्राप्त उत्तरको आधारमा 'शास्त्रीय ज्ञान र अभ्यास महाकाव्य लेखनका मूल आधार हुन्' भन्ने निष्कर्षमा अन्तरवार्ता प्रकाशनमा आएको छ ।
समालोचनाहरू–पेनालतिर नजर दिंदा शीर्षकमा कमल खत्रीले देवेन्द्र लमसालको 'पेनाल' महाकाव्यको समालोचना गर्नु भएको छ । यो महाकाव्य १९ सर्गमा सिर्जना भएको छ । यो समालोचनामा कमल खत्रीले विवरणत्मक रूपमा विश्लेगाण गर्दै लेख्नु हुन्छ –''चेतना बुद्धि विवेक र विचारधाराका माध्यमबाट आएको परिवर्तन दीर्घकालिन र सर्वमान्य हुन्छ भन्ने मान्यता राख्नु नै यस महाकाव्यको निचोढ हो  । "
डा.तुलसी भट्टराईको रित्तो घर– कृतिको समीक्षा शीर्षकमा कृष्णादेवी शर्मा श्रेष्ठले कथासङ्ग्रहको समालोचना गर्नु भएको छ । यस कृतिमा १५ कथाहरू आवद्ध छन् । प्रत्येक कथाको सारभाव पस्कदै भन्नु हुन्छ –'यी १५ कथाहरू एकसे एक दुःखद अवस्थाका प्रतीक बनेका छन् । 'समालोचनमा नेपाली परिवेशको आर्थिक,सामाजिक साँस्कृतिकर वैवाहिक अवस्थाप्रति र नारीवादी चिन्तनले पेरित भएको विश्लेषण गरिएको छ । ताराप्रसाद श्रेष्ठ ः पचियत्मक लेख –कविवर ताराप्रसाद श्रेष्ठका कविता, अन्यलेख र संस्मरणहरू सङ्कलन गरी साहित्यकार चक्रव्युह थापाले पस्केको कृतिलाई गोमविक्रम क्षेत्रीले  विश्लेषण गनुभएको छ ।ताराप्रसाद श्रेष्ठ तिनाउ तीन मरेकमा जन्मे पनि उहाँ नवलपरासीमा बस्नु हुन्थ्यो । उहाँ सक्रिय साहित्यकार हो । गोमविक्रम क्षेत्रीले ताराप्रसादलाई यसरी मूल्याङ्कन गर्नु भएको छ– 'सहृदयी,परोपकारी र लगनशील श्रेष्ठले साहित्यलाई बिना गोलीको बन्दुक भन्नु हुन्थ्यो । देशभक्ति, प्राकृतिक सौन्दर्य, श्रृङ्गारिकता, अध्यात्मिकता रुढीवादी संस्कृतिको विरोध, सामाजिक न्यायको आग्रह विकृति विसङ्गतिप्रति व्यङ्ग, उहाँका सृजनाका प्रभाव तथा विशेषताहरू भेटिन्छन् ।'
भुटानको जातीय सफायको नालीबेली समेटिएको पुस्तक 'निवासन' – 'निर्वासन' भुटानी नेता टेकनाथ रिजालले आपूm र भुटानमा रहेका नेपाली मूलका भुटानी (ल्होत्सम्पा)ले भोगेका कारुणिक यातनाले भरिएको टेकनाथबाटै लेखिएको कृति हो । झपेन्द्र खनालले यस विषयमा छोटो रूपमा कृतिको सटिक विश्लेण गर्नु भएको छ । रिजालले भोगेको जेलनेल यातना र ल्होत्साम्पाले भेगेका जेल नेल  यातनाका शब्दहरू झपेन्द्रले यहाँ समावेश गर्नु भएको छ –'ल्होत्साम्पा समुदायप्रति भुटान सरकार पूर्वाग्रही भएकाले सफायको नीति अवलम्बन गर्दै देशको मुल जनसंख्याको झण्डै छ भागको एकभागलाई बलपूर्वक आफ्नो जन्म स्थान छाडन लगाई शरणार्थीको रूपमा जीवनयापन गर्न बाध्य पारिएको छ । '
छन्द परिचय र प्रयोग –टंकप्रसाद पंथले छन्दको परिचय, प्रयोग(लौकिक साहित्यमा सर्वप्रथम वालमीकिबाट थालिएको)वैदिक साहित्यमा भएको पाइने । नेपाली प्रचलनमा लोक छन्द,मात्रिक छन्द वार्णिक छन्द र गद्य वा मुक्त छन्द बढी प्रचलनमा रहेको भन्दै उदाहरण सहित छन्दको प्रयोगलाई प्रस्तुत गर्नु भएको छ ।
'खोसिएको खुसी ' कवितासङ्ग्रहको विश्लेषण – खोसिएको खुसी कवितासङ्ग्रहका सर्जक रुक्मागत शर्मा हुनु हुन्छ । यसको परिचर्चा तुलसीराम पोख्रेलले गर्नु भएको छ । 'यस कवितासङ्ग्रहमा अधिकांश मुक्तकीय संरचनाका ४२३ ओटा कविता रहेका छन् । त्यसमा बाह्र ओटा फुटकर कविताको संरचनामा बाँधिएका तर शीर्षक समावेश नभएका कविताहरू समविष्ट भएको देखिँछन् ।' तुलसीराम पोख्रेलले भन्नुहुन्छ –'खोसिएको खुसी कवितासङ्ग्रहमा व्यक्ति मनका असन्तोष, पीडा, चोट, दुःख, सुख, विरह वेदना आदिको समिश्रणमा कविता केन्द्रित रहेको पाइन्छ ।'
शिवकुमार मिश्रको 'जूनको डायरी' कविताको सूक्ष्म अध्ययन – जूनको डायरीका सर्जक शिवकुमार मिश्र हुनुहुन्छ ।  यस कृतिको चिरफार युवराज पौड्यालले  गर्नु भएको छ । यस कविता सम्बन्धमा युवराज पौड्यालले यसरी मूल्याङ्कन गर्नु भएको छ – 'जूनको डायरी २०७२ सालको बुद्धपूर्णिमाको चन्द्रमाको कलापूर्ण आलोकको दर्शनसँगै कविको मनमा उठेका विभिन्न विचारहरू काव्यात्मक अभिव्यक्ति हो । पशुपति नाथको भूमि काठमाडौ, गौतम बुद्धको पवित्र भूमि लुँिम्बनी क्षेत्रका साथै हिन्दू दर्शन, बौद्ध दर्शनलाई घनीभूत रूपमा प्रस्तुत गर्नु भएको छ ।महाभूकम्पको कम्पन, परा कम्पन र त्यसको त्रासदीय पीडाहरू पनि यसमा समेटिएका छन् ।
अमर पात्र अध्ययन गर्दा – यस कृतिका लेखक पुष्कर अथक रेग्मी हुन् । अमर पात्रको अध्ययन विश्लेषण रामचन्द्र रायमाझी 'चिन्तन'ले गरेका हुन् । यो ऐतिहासिक नाटकहरूको सङ्ग्रह हो । यसमा चारओटा नाटक समावेस गरिएका छन् । पहिलो नाटक 'विशाल पाल्पा राज्यका निर्माता मणिमुकुन्द सेन ।' यसमा मणि मुकुन्द सेनको बाल्यकालदेखि चक्रशीलामा प्रवेश हुँदासम्मको अवस्थालाई चित्रण गरिएको छ । दोस्रो नाटक – पाल्पा राज्यका अन्तिम सेन वंशीय राजा पृथ्वीपाल सेनको ललितपुरको बन्दीराजा पृथ्वीपाल सिंह ललितपुर बन्धी गृह्मा बन्दसम्मका घटना दर्शाइएको छ र । तेस्रो नाटक पाल्पा गौडाका प्रथम तैनाथवाला जरनल अमरसिंह थापा शीर्षकमा रहेको छ । यस नाटकमा वि.सं. १८६१ देखि १८७१ सम्मका घटना समेटेको छ ।  चौथो नाटक 'पाल्पा क्षेत्रबाट नेपाल– अंग्रेज युद्ध बिजेता कर्णेल उजिर  सिंंह थापा' शीर्षकमा छ । उजिर सिंहले अंग्रेजहरूलाई दुई पटक युद्धमा हराउनु, बिरामी पर्नु र मृत्यु हुनु, उजलादेवी सतीगएको लगायतका विवरण समेटिएको छ । अध्ययनको प्रस्तुति छोटा देखिएता पनि सारगर्भित र मिठा छन् । कृतिले धेरै चिज समेटेको छ ।
बाटिका (गजल विशेषाङ्क) अनुशील– यो कृतिको समालोचना गर्नु भएको छ डा शंकरप्रसाद गैरेले । बाटिकाको ९ वौं र १६ औं अङ्क लघुकथा  विशेषाङ्कको रूपमा प्रकाशन भै सकेका छन् । बाटिका वर्ष १८अङ्क १९ गजल विशेषाङ्कको रूपमा प्रकाशन भएको छ । आकारमा २६४ पृष्ठ को छ ।५८ ओटा रचना समाबेस भएको जानकारी दिनु भएको छ गैरेजीले । यिनलाई चार खण्डमा अध्ययन गरिएको छ । प्रथम खण्ड लाई परिचय खण्ड भनिएको छ । यसमा १० ओटा गजलकारका १० ओटा लेखहरूको विश्लेषण गरिएको छ ।
अन्त्तरवार्ता खण्डमा ३ जना अन्तरवार्ताकार (डा.घनश्याम परिश्रमी, डा. नाराष्णप्रसाद गैरे र डा. श्यामप्रसाद न्यौपाने) का अन्तरवार्ता समावेश गरिएका छन् । गजलको सिद्धान्त पक्षमा केन्द्रित ३३ ओटा प्रश्न सोधिएका छन् । यिनको उत्तरको बारेमा विश्लेषण गर्दै डा शंकरप्रसाद गैरेले भन्नु हुन्छ –'यस वार्ताले गजलको सैद्धान्तिक स्वरूप र वर्तमान अवस्थाबारे बुझ्न सहयोग गर्ने देखिन्छ ।.......... सबै वार्तामा धेरै प्रश्नहरू गजलको सिद्धान्त पक्षमा आधारित छन् भने कोही सम्बन्धित विज्ञको गजल विषयक धारणा र उनीहरूको रचनासँग सम्बन्धित छन् । सैद्धान्तिक पक्षका प्रश्न उस्तै भएकोले वार्ताका भावहरू पनि आबृत्ति भएको प्रतित हुन्छ ।'
समीक्षक खण्ड –यस खण्डमा बिभिन्न गजलकारले लेखेका गलजकृतिमा ७ समीक्षा समाबेस गरिएका छन् । रचना खण्ड –यस खण्डमा ५८ गजल स्रष्टाका एक एक गजल समावेस गरिएको छ । समीक्षकले यस विशेषाङ्कलाई  महत्वपूर्ण रूपमा लिएका छन् ।
'ताराप्रसाद ः दोभान र सम्झना कृतिको संक्षिप्त समीक्षा – 'ताराप्रसाद ः दोभान र सम्झना ' कृति स्व. ताराप्रसादको सिर्जना हो । यसको समीक्षा हरिप्रसाद भट्टराईले गर्नु भएको छ । ताराप्रसादको जन्म थलो दोभान भए पनि बसाइ भने उनको नवलपरासी भएको र यो कृति लेख्ने बेलामा १५ दिन दोभानमा बसेको । यस कृतिलाई चक्रव्यूह थापाले सम्पादन र प्रकाशन गर्नु भएको धारणा आएको छ  । कृति गीतिलयमा लेखिएको छ ।
लेख, निबन्ध, नियात्रा र पत्र – यस खण्डमा १५ जना लदेखकका लेख समावेस गरिएका छन् । गुणाकर अर्यालको  'युवा विहीनदेश' एउटा सशक्त आजको देशको यथार्थ पोखेको लेख हो । नेपाललाई युवाहरूको देश कहिले भन्न सकिन्छ भन्ने धारणा यस प्रकार आकएको छ –' जतिबेला, जस्तोसुकै गलत पवृतिका बिरुद्ध पनि नझुकेर विद्रोह गर्ने सचेत जनशक्ति तयार हुन्छ त्यति वेलामात्र नेपाललाई युवाहेरूको देश भन्न सकिन्छ । सबैमा चेतना जागोस ।'  बाटिका अनि विकास र विनाशका कुरा – यो लेख गोविन्द भट्टराईबाट सिर्जना गरिएको हो । यसमा बाटिका विकास र विनासका कुरा जोडेर लेख तयार भएको विकासलाई विज्ञानसँग जोडिएको छ । विज्ञानबाट परिवर्तन सहज छ भनिएको छ । जग्गा बाँझिएका कुरा , मानिस सहरमुखी भएका कुरा, पश्चिमी संस्कारबाट दीक्षित  सन्तानको भविष्य कस्तो होला ? विकास भनेर विनाशतिर त लागेका छै नौ भन्ने प्रश्न सोधिएको छ ।
समाजवादका उच्च आदर्श –डा.धनपति कोइरालाले शिवजीको उच्चतम् प्रशंसा गर्दै समाजवादका उच्च आदर्शको रूपमा व्याख्या गरेका छन् । शिवजीलाई किरातहरूले किरातेश्वर (सत्यहाङ्वा) को रूपमा मान्दछन्।
दीपमाला उत्सव ः तिहार–यस लेखका सिर्जनाकार हुन् निर्मल श्रेष्ठ । तिहारलाई दीपमाला उत्सव भनिने , दिदी बहिनीहरूको हातबाट दाजुभाईले टिका ग्रहण गर्ने, कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयका दिनसम्म  ५ दिनसम्मलाई  यम पञ्चक भनिन्छ । त्रयोदशीमा काग, चतुर्दशीमा कुकुर, औंसीका दिन धनकी देवी लक्ष्मीको पूजा गरिन्छ, साथै गाईको पूजा, प्रतिपदाका दिन गोवद्र्धनपूजा र दुतीयका दिन भाइ पूजा गर्ने  आदिलाई किन र कसरी गरिन्छ भन्ने धारणा आएको छ ।
कविता विधाको उपविधा 'शीत'–लेखक पुष्कर अथक रेग्मी हुन् । उनको भनाइ अनुसार 'लघुतम् कविता–कव्यको उपविधाको रूपमा 'शीत' परिकल्पना शुभारम्भ गरिएको हो । 'शीत'का परिकल्पनाकार पुष्कर अथक रेग्मी हुन् । यसको स्वरूप यस प्रकारछ –
कथा
व्यथा
भोली
 केथा
यसको अर्थ,शीत काव्यको परिभाषा, शीतको संरचना, शीतको नियम÷सिद्धान्त÷सूत्रहरू, शीतका केही उदाहरण,शीतको व्यापीकरण सम्बन्धमा यस लेखले समेटेको छ ।
प्रकृतिको अप्सरा, नेपालीको स्वर्णीम आनन्द ! रारा – यस नियात्राका नियात्राकार हुन् राजेशकुमार अर्याल । २०७६ सालको दशै मनाएपछि रारा अवलोकनको लागि तानसेनबाट थालनी गर्नु,पाँच जना पत्रकार र दुई जना व्यवसायी यात्रामा सहभागी हुनु र् बुटवल पुग्नु, बुटबलबाट कोहलपुर,सुर्खेत (काँक्रेविहार र बुलबुले) दैलेखको डुँगेश्वर, कर्णाली करङ आकारमा  नाली भएर बगेकोले यही करङनाली अपभ्रंश भएर कर्णाली भएको भन्ने जनश्रुती रहेको अर्को कुरा यस नदीले कर्नालको आवाज दिने भएकोले कर्णाली नामाकरण भएको, कर्णाली नेपालको लामो नदी र आदि सभ्यताको जननी हुन् भन्ने जानकारी लिंदै कलीकोट मान्मा पुग्न बास बस्तु भोली पल्ट कालीकोटको पिली (ऐतिहाँसिक स्थान) जहाँ माओवादी युद्ध भएको ठाउँ अवलोकन गर्नु , कालीकोटको नाग्म घाट, सिञ्जा(नेपाली भाषाको उद्गमस्थल)मा खाना खानु, गोठी जिउलाको बजार हेर्दै कन्कासुन्दरी गाउँपालिकाको सूचना पढदै, राष्ट्रिय निकुञ्ज हुँदै ताल्चा विमानस्थल टाढैबाटै हेर्दै, मिलिीचौर हुँदै रारा पूग्नु रारा होटेलमा बास बस्नु, भोलीपल्ट रारा हेर्न मुर्माटप घोडाबाट जानु मुर्माटपबाट साइपाल, कान्जीरोवा र सिस्ने हिमालको छाँया रारामा परेको जस्तो देखिनु र सूर्यको प्रकाश बढदै जाँदा राराले रङ्ग फेरेको देखिनु । राराले दिनमै नीलो, आकाशे, बैजनी, खैरो जस्ता रङ् फेरी रहेको हेर्न पाउनु र भन्नु– 'मानवले प्रकृतिलाई बिगार्न नपाएकाले रारा क्षेत्र सुन्दर र शान्त छ ।'  राजा महेन्द्रले२०२० सालमा रारा भ्रमण गर्नु स्वर्गकी अप्सरा भनेर कविता लेख्नु र रारा छेउका बस्ती नै सार्ने व्यवस्था मिलाएको आदि धारणा समेटेको छ नियात्राले ।
सम्पादकलाई चिठी ः मैले लेख्न छाडे– यो पत्र लेखक राधाकृष्ण शर्मा हुन् ।यसमा वर्तमान राजजैतिक  परिवर्तनले जनतामा दिन नसकेको सन्तोषको यथार्थतालाई केलाउँदै पत्र लेखकले लेख्छन् –' विश्वासको संकट देख्छु , विश्वासको लाश देख्छु । स्पाभिमान हैन अभिमान देख्छु ।असह्य पीडा भोग्नेले बोल्न छाड्छ । म पनि बोल्न छाडेँ, सोच्न छाडेँ । सम्पादकज्यू, माफः गर्नु होला मैले लेख्न छाडेँ ।'
जीवन र कर्म – यसका लेखक हुन् राम ज्ञवाली । यहाँ  ज्ञवालीले जीवन र कर्म सम्बन्धी थुप्रै उदाहरण  दिएर कर्मले नै मानिसलाई अमरत्व प्रदान गर्छ भनेका छन् । ज्ञावलीले जीवन दर्शन बुझेका छन् । जीवनदर्शनको कर्मसँगको सम्बन्धलाई प्रष्ट पारेका छन् । मानिस भएर जन्मेपछि खानका लागि मात्र हैन भन्ने धारणा यसरी राखेका छन् –'केही व्यक्तिहरू जिउनका लागिमात्र बाँच्छन् भने कोही समाज–राष्ट्रलाई मासिथ उठाउन र सामाजिक व्यक्तित्वहरूको उत्थान गर्नमा नै जीवन समर्पण गरिरहेका हुन्छन् ।'
अचानो –  व्यङ्ग्य विनोदले आजको परिस्थितिलाई राम्ररी केलाएको छ । मिठो प्रस्तुति छ । उखानहरूको प्रयोग जस्तै खिया लागेको कर्दले अचानको दर्द बुझ्दैन । 'यसैको टाउको टेके,सुखको स्वर्ग देखे धेरैलै ।पिधिदै पिधिदै  बस्नु खिइनु यसको विशेषता ।' छोटकरीमा भन्दा यसले बर्तमान राजनीतिक, आर्थिक, सामाजिक विकृति विसङ्गतिलाई राम्ररी केलाएको छ ।                  
वैदेशिक सहायताको आवश्यक्ता र उपयोग –लक्षीमा ज्ञवाली घिमिरेले यो लेख लेखेकी हुन् । विदेशबाट लिने ऋण के हो भन्ने लामो भूमिका सहित समस्याको पहिचान, अध्ययनको उद्देश्य, विधि र प्रक्रिया, वैदेशिक सहायताको आवश्यक्ता, वैदेशिक सहायताका नकरात्मक पक्ष लगायत विविध धारणा आएका छन् ।अनुगमन पनि आवश्यक हुन्छ ।
चित्लाङ्ग सुपर एक्सप्रेस – यस लेखका लेखक हुन् लीलाराज दाहाल । यो साहित्यिक यात्रा हो । चित्लाङ्गको साहित्यिक यात्रामा डाक्टर भक्त राई ,धनप्रसाद सुवेदी, मन्दिरा मधुश्री, शान्ति सापकोटा, शशी थापा पण्डित , के.वी. सिम्पल भनिने कालीबहादुर शाही र प्रवीण राई , नेत्र एटम र लीलाराज दाहालको सहभागीतामा चित्लाङ्गको यात्रा गर्नु र तिहारको वेला भएकोले सबारी साधन प्राप्त गर्न कठिन हुनु , साहित्यकार बोकेको गाडीको नामाकरण गरिएको चित्लाङ्ग एक्सप्रेसको हावा फुस्किएर पैदल हिडनु चितलाङ्गको नेवारी संस्कृतिको बारेमा जानकारी लिनु, टौखेलमा अंशुबर्माले भेडा  गोठालाहरूलाई बस्ती बसाएको अभीलेख, हेर्नु,यहाँको मुख्यपेशा व्यपार ्र कृषि भएको जानकारी  पाउनु, बाख्राको दूधबाट चिज बनाउने कारखाना, भेडा फार्म,कार्तिक पूर्णिमामा पुन्ही जात्रा लाग्नु, भैरवको मूर्ति, सातधारा ,यहाँ गणेश, शिव,कृष्ण, सरस्वतीलगायतका देवताहरूको मूर्तिको स्वभा, श्री ३ हरूको आवत् जानत गर्दा बस्ने गरेका पुराना घर आदि अवलोकन गरेर फर्कनु  आदि विवरण आएका छन् ।  
पोखराथोक चिनाउने स्मारिका –विनोद नेपाल द्वारा लेखिएको यो लेखमा पाल्पा माडी पोखराथोक काठमाडौ समाजको तर्फबाट पोखराथोक चिनाउने स्मारिका बनाउने भनिएर प्रयास गरिए पनि सम्पन्न हुन नसकिएकोमा  ' आशा गरौं सबैको साथ र सहयोगले प्रस्तावित स्मारिका सङ्ग्रहणीय  र पाल्पा माडी पोखराथोक –काठमाडौ समाजले गर्ने यो काम ऐतिहासिक हुनेछ ।' भन्ने प्रतिबद्धता आएको छ ।
रावण, वाण, वुद्ध र सकरात्मक सोच –  यस लेखका लेखक हुन् विष्णु घर्ती 'भन भनेली' । यहाँ विष्णुले रावण, र बाण शब्द जसलाई नकरात्मक सोचमा लिइन्थ्यो तर यहाँ सकरात्मक सोचमा प्रस्तुत गरेका छन् । तीर्खाएकालाई रावणले पहरामा बाण हानेर पानी निकाले र सबैलाई पानी पिलाए । रावणको बाणबाट उत्पत्ति भयो बाण गङ्गा । विष्णुले भन्छन् –' सधैं लागु नहुन पनि सक्दो रहेछ विद्वान तथा पढे लेखेकाले मात्र विवेकशील विचार गर्छन भन्ने भनाई ।' यसरी नै वाणी र वाणमा लेखकको तुलनात्मक अभिव्यक्ति छ । वाणी बाण भन्दा निकै शक्ति शाली हुन्छ । यसरी नै बुद्ध मन सम्बन्धमा लेखक भन्दछन् –'गौतम बुद्धको रूपान्तरित स्वरूप हो सकरात्मक सोचको अभिबृद्धि । बुद्ध नै नहौंला हामी तर बुद्धझै नबन्न नसकिने के छ र यहाँ । अर्को कुरा सोचको सकरात्मकतामा पनि लेखक स्पष्ट छन् र भन्दछन–् 'जरुरी भइसकेको छ हाम्रा सोचमा परिवर्तन ल्याउन ।'    
आप्रवासीहरूको बाहुल्यताबिच अमेरिका समृद्धशाली बन्दै –े यो लेखका लेखक हुन् शम्भु उप्रेती । यस लेखले आप्रवासीको परिभाषा दिंदै बेलायतको सम्राज्यका पाला १८८० मा करिव ४,५००००अफ्रिकनहरूलाई ल्याएर कामदारको रूपमा प्रयोग गरेका, विभिन्न देशका राजनीतिक पीडितलाई शरणको रूपमा र सन् १९९० देखि कानुनी रूपमा लट्रीको माध्यम मार्फत वर्षेनी पचासहजार आप्रावासी भित्र्याउने गरेको लगायतका धारणा सहित त्यहाँको सहजता, कानुन सबैमा लागुहुने लगायत कुराहरू यस लेखमा आएका छन् ।
बाल्यकालको सम्झनामा मेरो गाउँ – यो लेखका लेखक हुन् शालिकराम पाण्डे 'शिला' । लेख निकै राम्रो छ । जातजाती, वन, नदी नाला, अर्मपर्म, बाहुनको घर्मा शंख घण्टी बज्नु,पूजापाठ गर्नु, दाई गर्नु ,काम गर्नु,  अँधेरैमा पँधेरोमा गाग्री थुप्रिने ,सत्यनारायणको पूजा लगाउनु, विवाहमा ससुरालीमा दही केरा लानु पर्ने, विवाहमा नौमती बाजा बजाउने, बराजु पूजा। मगरले कुखुरा, सुगुर बली दिने आदि थुप्रै क्रियाकलापको वर्णन गरिएको छ ।
कथा लघुकथा – सत्र ओटा कथाकारका १७ कथा समावेश गरिएका छन् । अरुणबहादुर खत्री 'नदी'को 'भनसुन' लघुकथामा इमानदारले नभै भनसुन वाला पुरस्कृत हुने धारणा आएको छ । कर्ण दयालको झाली गाई र माली गाईमा दूध दिनदेर गाई पालकले राम्ररी पाल्ने बुढो भएपछि  वनमा लगेर छाड्ने धारणा आएको छ । गङ्गा अभिलाषीको खिसिटिउरीमा धनी साथीवाला छोराले गरिबसाथीवाला बाबुलाई होच्याइ राख्दा बाबुले छोरालाई पचासहजार  ऋण खोज्न पठाउनु तर कसैले नदिनु बाबुका साथीलेसक्दो सहयोग गरेको देखेपछि बाबुसँग क्षेमा माग्नु । गंगा कर्माचार्य पौडेलको काउकुती लाउने भूतमा दिदी बहिनी सँगै सुतेको बहिनीलाई खुट्टामा काउकुती लाग्नु र स्कुलमा साथीलाई भन्नु र कुरा गाउँभरी फैलिनु , कोठामा हेर्दा मुसा र मुसाका छाउरा भेटिनु । गंगा खडकाको आत्माग्लानीमा– आमाबाट जेठा छोराको परिवारलाई पक्षपात गर्नु, कोरोना लाग्दा अस्पतालमा भेट गर्न पनि कसैलाई जान नदिनु । कान्छाको परिपारलाई कोरोना लाग्दा जेठाले हेरबिचार गर्नु तर सबै कोरोनाको कारणाले मर्नु र आमालाई जेठा छोराप्रति गरेको व्यवहारमा आत्मगलानी हुनु । गणेश नेपालीको पैसाको रूखमा जन्तरे सारङ्गी बजाएर हिड्नु छोरो रिठे पनि बाबुसँग हिड्दा पैसा पाउनु खुसीले रमाउनु पैसा बारीको कान्लामा हराउनु, खोज्दा नपाउनु, रुनु घरभेटी आमाले कान्लामा हराएको हो पछि फल्छ टिप्न आउनु भनेर सम्झाउनु रिठेले घरको कान्लोमा पैसा रोप्नु आमाले थाहापाएपछि पैस यसरी फल्दैन धेरै पढ्नु पर्छ भनेर सुनाएपछि स्कुल पढ्न थाल्नु । गोपालप्रसाद बस्यालको सरसफाइमा राष्ट्रिय दिवसका दिन मन्दिर सरसफाइ गर्ने कार्यक्रम रहेको, सबै जम्मा भएर कसैले काम गरेर फोटा खिचाउनु कसैले त्यसै फोटो खिचाउनु समाचारमा आउँदा काम नगर्नेको फोटो आउनु ।टेकबहादुर सारूको 'रवि गुरू' –यो लामो लेख छ । यस लेखले मानवीय प्रवृत्तीलाई केलाउने प्रयास गरेको छ । गुरू तथा माष्टरका धेरै काम हुन्छन् ती काम प्रष्ट पार्ने काम लेखले गरेको छ । मानिसमा लिन सहज हुने र तिर्न असहज हुन आदि कुरा लेखले समेटेको छ ।
त्रिलोचन ढकालको रङ्गिन झोलमा राजनीतिक धारणा आएकोछ । 'माक्र्सवाद–लेनिनवाद–माओवाद पुष्पलाल मदन भण्डारी मनमोहनहरूले बनाएको पार्टी  । हाम्रा बैंसको रगत र पसिनाले भिजेको पार्टी । खतम भयो । अहिलेकाले रक्सीमा घोलेर खाइदिए । अगस्तिको पेट लिएर आएका रहेछन् । 'भन्नेवालाले नै पैसा मागेर रङ्गिन झोल किनेर खान थाल्छ । नारायण अधिकारीको आमाको थैलीमा के थियो तर छोराछोरीलाई गर्नु पर्ने खर्च त्यही थैलीबाट हुन्थ्यो । आमा बित्नु भयो अन्त्येष्टि गर्नेबेला थैली निकालेर हेर्दा थैली भित्र बाकसको साँचो एउटा बेरुवा औंठी केही चाँदी र तामाका पैसा एक पाखामा अर्को पाखामा नोटका चाँगै चाँग भेटिनु र आमाले मेरै लागि जोगाइ दिनु भएको होलानी  भन्दै रोएको धारणा आएको छ कथामा । निर्मल ढुङ्गानाको राजनीतिमा आजको राजनीतिक यथार्तलाई प्रष्ट पारेको छ ।  पार्टीकै कार्यकर्ता भए पनि को कती नजिकको छ , नजिककोलाई असक्षम भए हिुलियतमा प्राथमिकता दिने धारणा आएको छ ।
 दार्इँ –पहारी कान्छोको दाईँमा–आजको देशको राजनीतिक अवस्थालाई केलाउँदै बिना मिहेको दाई गराईको संज्ञा दिएका छन् र भन्छन् –जो संरक्षक हो उसैलाई सामन्त अनि विना मिहीको दाईँलाई नयाँ नपाल र अग्रगामी साँच भन्दा रहेछन् आधुनिक साँढैहरू । 'प्रेमराज खराल को मनिसराको शब्दमा मनिसरा शौचलयमा जाँदा एउटा केटाले जिस्काउनु, मनिसराले अश्लील शब्द प्रयोग गनुर्, त्यो प्रअले सुन्नु,  यस सम्बन्धमा घरमै गएर अध्ययन गर्ने निधो गरी प्रअ मनिसराको धरमा जाँदा मनिसराको बाबुले भैंसी र आमले चिसा दाउरलाई त्यहीशब्द प्रयोग गरेको सुनेपछि फर्केर घरको वातावरण सुध्रेमात्र स्कुलको वातावरण सुधार्न सकिने भन्छन् । भोजराज घिमिरेको घर न घाटमा विदेशमा लोग्ने भएकी कमलाले देवसँग लागेर छोराछोरी छाडेर सम्पत्तिसमेत लिएर जानु, सम्पत्ति सकिएपछि देवले छाडी दिनु र कमलाले घर न घाट भएको महसुस गर्नु । विजय सागरको छोराहरूको न्यायमा कृष्णका ३ भाइ छोराले भएका घर जग्गा आफ्ना नाउमा सारे र बाबुले जागिर छाड्दाको १०लाख रुपियाँ बाबुको अंश भनेर अलग गराइ दिएपछि भाडामा बसेर घडेरी किन्न कृष्णका धारणा आएको छ । विद्या खड्काको पैसामा अमेरिकामा भएको छोराले आमा विमार छ आउ भन्दा काममा भएको र घरबारी बेचेर उपचार गराउनु भन्ने जवाफ दिन्छ । डा. श्पामप्रसाद न्यौपानेका सतीत्वमा पति बिमारी परेर अस्पतालमा भर्ना हुनु अप्रेसन गर्ने पैसा नहुनु र बाहिर सडकमा निक्लेर फोन गर्नु, पैसा  काउन्टरमा पतिको नाममा जम्मा हुनु , भोली पल्ट अप्रेसन हुनु ,सफल हुनु, 'सावित्री पनि पतिको अप्रेसन गराउन सफल भएकोमा खुसी भइन् तर सतीत्वको रक्षा भयो वा सतित्व लुटियो उनले केही मेसो पाइनन् ।'
कविता, गीत, गजल, मुक्तक, हाइकु,साइनो शीत –कविता ४० जना, शीत ३जना, गजल १० जना ,मुक्तक ४ जनाका  हाइकु २ जना,  साइनो १ जना
कविता– अनिपाल कार्की (विभेद,किन), आयम कार्की ( बा, ज्ञानको ज्योति), आर.बी. निश्चल –प्रश्नपत्र ः जीवनको, वीपनको प्रश्नपत्र हुन सक्दैन) इन्दिरा शर्मा( दुखाइहरू, सबै कुरा दुखकै कारक र श्रोत ),इश्वरीप्रसाद बस्याल ( मोती, मोतीराम भट्टको स्मरण), ऋषिकेशव भारद्वाज ( रुरु हृषीकेश, रूरू र कन्या तप धाम र हरिनामले प्रख्यात ), ऋषिप्रसाद लामिछाने'गोर्खे साँइलो –(साँेच, सबैले आफ्नो स्थानको सुरक्षित खोज), एलिसा गैरे (मेरो देश, पहाड, मदेश, हिमाल सबै मेरो घरबार, सबै जात सबै वर्ग मेरो परिवार),कृष्णप्रसाद कोइराला (मृत्यु–भय,जनम मरण सत्य हुन् , नविर्सौ ), गंगालाल कोइराला (छाडेर जाने दिन, एक्लै आउँछ र सबै छाडेर जान्छ ), गणेश ज्ञावली (विजय गाथा, संघर्ष हो धेरै हार सहेरमात्र जित हात पर्छ ), गीता रेग्मी ( खै के जिन्दगी, आफैसँग हराउने जिन्दगी खै के जिन्दगी), गोविन्द खनाल ( निर्मूल पारौं अव, सबै जुटेर कोरोनालाई निर्मूल पारौं ) छवि ज्ञावली ( रिचार्जकार्ड, रिचार्जकार्डलाई स्क्रयाच गरेर पुन शक्तिशाली बन्ने छन् मोवाइलका मालिकहरू), जनक कार्की (छाडेर जानु रहस्य, भेटिनु,छुटिनु र परिवर्तन हुनु जीवन हुन सक्छ ) जयप्रकाश उप्रेती ( सत्यनारायण भजन, जन्मेर मर्न नपर्ने बनाउन मन्त्र आवश्यक्ता), जोशिका कँडेल 'निशा ' (पूmल, कर्ममा कार्यमा , कण्ठमा चढ्छ ), डिल्लीराज अर्याल (गाउँ सबै किन शहरतिर ?, शहरमा सङ्किर्णता हुँदा हुँदै पनि मानिस किन सहर ताक्छ) ,तनु घिमिरे –( तपस्या बाबा, आफै खरानी भएर पनि सन्ततीलाई न्यानो दिन सक्ने राप छौ ), दुर्गाप्रसाद अर्याल। (जमाना के आयो , नीति, नियम पद्धति सबै हरायो ), देवेन्द्र लम्साल .(घोडाहेरू कुदिरहेछन्, यसरी मान्छेको नियति बोकेर घोडाहरू कुदिरहेछा्),द्रोणराज न्यौपाने ( वास्तविकता जस्तो मिराज, पृथ्वी हराभरा हुन जताततै सुगन्धित पूmलहरू फुल्न थाल्छन् ), नारायण कोइराला ( कविता लेख्न मन छ मलाई, मन र मस्तिष्कको कलमले सन्त्ुष्टिको लागि भएपनि कविता लेख्न मन छ ) नारायणप्रसाद अर्याल (प्रकृति, नेपाल भरीको प्रकृतिलाई समेटेको छ कविताले, लुकेका छन् सारा प्रकृति जननीका उदरमा), पुरुषोत्तम अर्याल (नारी सागर हौ तिमी , नारी महिमाको वर्णन। नारीको सृष्टिले मात्र संसार चल्छ )भागवत भण्डारी (पोखराथोक, पोखरा थोकको स्मरण ), भावना शर्मा ( समयलाई मेरो प्रश्न, 'ए  समय तँलाई तेरो मृतिकाको चिन्ता छैन ।)  भोजराज भट्टराई (साइनो, 'के दिउँ खै  कोसेली विर्सिजाने मयालाई सम्झे आफ्नो बिर्से पराई।'), यनराज अर्याल (बलिमा बोका, 'हामी बिनाको दशैं धोका हुनुपर्ने । बलीमा बोका हुनु पर्ने ।' युवराज खनाल (कौडे ओलेस, यहाँको कृषिको बारेमा प्रकाश पारिएको छ), रोहितप्रसाद ज्ञवाली (पूजा,प्रकृति र चुनौती, 'महामारी अभिशाप भयो नि जीवन बाँच्नको भयो चुनौती ') , लक्ष्मी रेग्मी खनाल( चित्कार, महिला राष्ट्रपतिलाई बलत्कारीलाई फाँसी दिन आग्रह गरिएको छ) , लेख्नाथ काफ्ले (बुभ्mनै सकिन, नेतृत्व वर्गका आँखा कुनै रोग नहुँदा पनि जुम्ला, हुम्ला, लिपुलेक, सुस्ता देख्दैनन् टाढा टाढा देख्छन् , सुरासुन्दरी देख्छन् गरिब र अपाङ्ग देख्दैनन् ।'वसन्त खनाल (पैँचो , पुरस्कार सम्मान सहि व्यक्तिलाई नदिएर पैँचो लगाउनेप्रति व्यङ्ग प्रहार गरिएको छ ), विजय पन्त (दश टुक्रा कविता, अलग अलग अस्त्विका कविता एक श्लोक, आमाहरूलाई अब बा नपच्ने भए , चालीस कटेसी नौ जवानतिर गए) , विमोचन खनाल – (हाम्रो देश, वीरहरूको देश, आस्था फरक फरक भए पनि भेदभाव गर्न हुन्न) ,विश्वनाथ गैरै (भूकम्पको पिडा , भूकम्पको पिडा भोग गरेकालाई सहयोग गरौं) , शम्भु अर्याल – (दिग्दर्शन, कविले उज्याालोको खोजी गरेका छन्) । शरण रायमाझी ( यही छ मेरो निष्कर्षमा, 'आमा भन्दा कोही छैन सुन्दर''),शान्ति अधिकारी पोखरेल ( छोडेर जानेहरू , 'केही क्षण आफ्नालाई पर्खिएर त हेर '), श्रीधर भण्डारी –मरेर पनि बाँचेको मान्छे,बर्षातको बाढीमा परेर बगाएर पनि बाँच्न सफल मानिस ), सुदीक्षा ज्ञवाली कोरोना सङ्क्रमण र बालबालिकाको भोगाइ, कोरोनाले पारेको असरलाई विवरणात्मक वर्णन आएको छ कवितामा)सुनिल कोइराला ( कवि, 'ऊ कवि हो । जसले तुफानसँग खेल खेल्छ, बालुवाको थुप्रोमा विश्व ब्रह्माण्ड हेर्छ ), होमनाथ शर्मा (आज यस्तै गरायो, आज छोरा छोरी विदेश गएको यथार्थ चित्रण)
 शीत–अस्तित्व रेग्मी –बलाशीत),इन्दिरा ज्ञावली ( शृङ्गारिक शीतहरूं), दामोदर ढकाल 'दीपक' –त्रिशूल)
गजल– कपिल गौतम, कमल भट्टराई ,किशोर खनाल 'अनुपम' कृष्णकला भण्डारी, जानका नेपाल, डा. नारायण प्रसाद शर्मा गैरे , बूँदराना , मीना खाती , विन्दु के.सी. सरिता रेग्मीका गजल समावेश गरिएका छन् । गजलमा सीमा अतिक्रमण, कृतिहरू मर्ने छैनन्, प्रेम, मम पकाउन बानी परेको ,भूमि बिक्ला सोचियन(राष्ट्रियता), नारी समनता, भ्रष्टचार, बा–आमा प्रतिको सम्झना, कोरोनाले निम्त्याएको कहर, प्रकृति प्रेम आदि धारणा आएका छन् गजलमा ।
मुक्तक –खगेन्द्र गिरी 'कोपिला', चित्रबलीराम सुवाल,मन गैरे, मिलन समीरका मुक्तकहरू विविधताले सजिएका छन् ।
हाइकु – धातानन्द शर्मा गैरे (केही हाइकुहरू, २१ हाइकु विविधताले भरिएका),शालिकराम लम्साल (१० हाइकुहरू)    
समस्यापूर्तिؘ– कृष्णप्रसाद कोइरालाको नेपाल हाम्रो घरमा विदेशिएका युवाहरूलाई नेपाल फर्कने आग्रह,दुःखलाई मुक्ति दिनेमा नेता त आए तर दुःखीलाई मुक्तिदिने नेता आएनन् भन्ने धारणा ।  गंगानाथ कोइरालाका नेपाल हाम्रो घरमा देशकै उत्पादनले सम्पुष्टपारी तन विदेश गयौ तर नेपाल हाम्रो घर भनेर सम्झन्छौ या विर्सियौ ।दुखीलाई मुक्ति दिनेमा  राणा शासन देखि आजसम्मका शासकाले आफ्नै सन्तुष्टि लिए तर कुन पद्धति वा नेता होला दुखिलाई मुक्ति दिने प्रश्न राखेका छन् ।  गोविन्द खनालको धारणामा छलछाम त्यागेर ेनिर्माणमा लाग्नु छ , गल्तीलाई त्याग्नु छ जनताका मन मिले दलको आश्यक पर्दैन, हाम्रो सपना सिगार्नु छ  र हाम्रो घर निर्माण गर्नु छ । दुःखीलाई मुक्ति कुरामा हुनेखाने ठूलाहरू भोगविलासमा मस्त नहुने भोका छन् ।जनताको नाम बेचेर राजनीति गर्नेले दुःखीलाई मुक्ति,कसरी दिने भन्ने धारणा आएको छ । जनक भण्डारी ले भन्नुहुन्छ– हाम्रो घरमा संस्कृतिको तिरस्कार, मौलिकताको अस्वीकार  मानवनै हाकाकार छ हाम्रो घरमा । दुःखीलाई मुक्ति दिने सम्बन्धमा भन्नु हुन्छ –'चेतनाको दियो नाद शब्दको बाती, त्यागौं मिथ्या जड पिण्डाभिमान र मात्र दुःखीलाई मुक्ति दिन सकिन्छ ।' होमनाथ शर्माले हिमाल बेंसी, लेक तराई फाँट नदीहरूको वर्णन गर्दै 'प्यारो यो मन भित्रको मुलुक हो नेपाल हाम्रो घर ।' दुःखीलाई मुक्ति दिने सम्बन्धमा भन्नु हुन्छ– चिरा परेका कुकुर्चामा चप्पल लाएर भित्र पसेकाहरूले आलिसान महलमा बस्ने र चिल्लाकार गुडाउनेहरूले द्ःखीलाई के मुक्ति देलान् भन्ने धारणा राख्नु भएको छ ।
आगामी अङ्कका लागि समस्या पूर्ति – १. चाहिने गोत्रा गफ २.ब्वाँसाहरूको बिगबिगी
पोखराथोक साहित्य सङ्गमका कार्यकारी पदाधिकारी –अध्यक्ष–श्री हरिप्रसाद भट्टराई,उपाध्य विश्वनाथ गैरे सचिव श्रीमती जानका नेपाल, कोषाध्यक्ष गोविन्द खनाल, सदस्यहरू–विष्णु पहाडी,दुर्गाप्रसाद अर्याल, उपेन्द्र रेग्मी र गीता रेग्मी
पोखराथोक साहित्य सङ्गम अन्तर्गतका विविध अक्षयकोष( गुठीहरूको विवरण दिइएको छ । १. हरिहर स्मृति कोष (२०५९), संस्थापक दीपेन्द्र कुमार रेग्मी, कोषराशि ५,०००÷–,। २. तुलाराम स्मृतिकोष (२०६२), संस्थापक फणीश्वरा मुडभरी, कोषराशि ५,०००÷– । ३. पवित्रा ढकाल स्मृतिकोष (२०६१), संस्थापक मथुरा ढकाल कोषराशि १२१३६+३००० =१५१३६÷– प्रतिवर्ष थपिदै जाने ।४. यादवनाथ कोइराला स्मृतिकोष (२०६३), संस्थापक चन्द्रिका कोइराला कोषराशि १०,०००÷– ५. भास्कर शान्ति नेपाल साहित्य पुरस्कार (२०६६), संस्थापक भास्कर नेपाल कोषराशि १५०००÷–
यस संस्थाले विभिन्न कोषबाट विभिन्न व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ । वाटिका साहित्यिक सङ्गालो २०७८ प्रकाशन सम्म आइपुग्दा यस संस्थाका २८८ जना आजीवन सदस्यहरू थिए ,
समग्रमा बाटिका एउटा नमुना  सङ्गालो हो । वार्षिक रूपमा प्रकाशन हुने पत्रिकाले साहित्यका सबै विधालाई समेटेको छ । भाषामा विविधता छ । प्राय स्थापित स्रष्टाहरूको बाहुल्यता देखिन्छ । बाटिकाको दीर्घकालिन सफलताको कामना गर्दछु । यस सङ्गालोका सम्पूर्ण परिवारलाई धन्यवाद सहित विदा चाहान्छु ।
धन्यवाद,
मिति २०८२, असार १३,

June 9, 2025

झोले
सञ्चार माध्यममा झोले शब्द चर्चित
'झोलमा एकार थप्दा बन्न जान्छ सिर्जित
झोलेका अभिभावक बन्नजान्छन् झोला
अति गतिशील छन् फेर्न सक्छन् चोला
झोलाले गराउने सभ्यताको पहिचान
धनी गरिब छुट्ट्याएर दिने यस्ले सान
झोलेका वर्गहरू हेर थरीथरी हुन्छन्
एक भोेलेले अर्कोलाई बर्गशत्रू ठान्छन्
नेतृत्वरूपी झोलामा अति मिठो सौरभ
तिनका झोला बोक्दा सबले मान्न गौरब
शक्तिबर्धक चूर्ण हेर त्यहाँ प्राप्त हुन्छ
यसको सेवन गरेपछि सगरमाथा छुन्छ
यदि सच्चा सेवक कोही बन्दछ भने
बाधा अड्चन उसका हट्छन् इनेगिने
झोलाको भन्दा हेर उसको पूmर्ति बढ्ने
बिरोधका शब्द सुने रामधुलाइमा चढ्ने
झोलेको अर्को अर्थ मसलेदार रस
यसको सेवन गर्दा सबै पर्ने बस
भट्टमास नुनसँग यो घुटुक्कै पार्दा
सयहात्तीबल मिल्ने लड्न अघिसर्दा
चमत्कार यसको त्यतीवेला हुन्छ
एकझोले अर्कोसँग मल्लयुद्ध छेड्छ
झोलाको संरक्षणमा झोले अघि सर्छ
झोलाहरू रमाउँछन् मरे झोले मर्छ
झोले शब्द आज जनजन प्रिय
यसको प्रयोगमा सबले पाउने श्रेय
हरेक झोलाका आफ्ना आफ्ना झोले
बा अति खुसी भै आफ्नो नाम घोले