लघुकथा
सदानन्द अभागी
यो एकादेशको कथा हो । आजकाल त्यो देशका साँढेहरूको निकै हकाँ हकाँ चलिरहेको छ । एउटा साँढे र उसका वरिपरिका गाई गोरु, साना साना बाच्छाबाच्छीले मानिसका घरमा भएको घाँस पातहरू हाकाहाकी खानु बाहेक गाउँमा भएका सबै अनाजमा पनि यिनीहरूको रजगज भएको छ । साँढेको एकलौटी रजाइँ चले पछि खाइपल्केका अरू साँढेहरूलाई सहिसक्नु भएन । साँढेहरूले भाग खोज्न थाले । यी बलिया साँढेहरूले यस विषयमा गुटबन्दी गर्न थाले अनि कहिले कतै मिटिङ् बस्न थाल्यो कहिले कतै मिटिङ् बस्न थाल्यो । मिटिङको मूख्य उद्देश्य ऊ भाले भयो , सबै क्षेत्र उसैले ओगटो, आफ्नालाई मात्रै पोषो । हामीलाई आदर गरेन, हामीलाई र हाम्रालाई दिएन । उसले धेरै खायो तर हामीले उसका जति खान पाइनौ भन्ने थियो । हुनत उसले तिनीहरूलाई नदिएको कहाँ हो र त्यतीले पुगेन । त्यसोहुँदा विरोधले सीमा नाघ्यो । हकाँ हकाँ अति भएपछि केही साँढेहरूले केही अरुहरू जम्मा गरेर मिटिङ्ग बोलाए र मिटिङ्मा बलियो साँढेलाई कारबाही गरेर त्यो कुर्सी बाट हटाउने निर्णय लिए । बलियो साँढेको हातमा तालाचापी अधिकार सबै थियो ।उसले पनि बलियो कदम चाल्यो । उसलाई कार्वाही गर्ने भन्नेहरूमात्र नभै सम्पूर्ण सज्जनहरू समेतका बस्ने कुसीहर्रू नै हटाइ दियो । अवत साँढेहरूत के अरू सज्जन पनि घरका न घाटका भए । साँढेहरू भने दुई भागमा बाँडिए । कोही तटस्थ बसे । ठूलो कुर्सीमा बस्ने साँढे हालको अवस्थामा निकै बलियो र घरको सम्पूर्ण तालाचापी एक्लै हातमा लिएर बस्यो । अरू साँढेहरू मिलेर र्एउटा साँढेलाई नेता बनाए र आफ्नो अलग अस्तित्व कायम गरे । अलग अस्तित्व कायम गरे पनि त्यो ढूलो कुर्सी र पुरानो अस्तित्वको नामको लागि अझै साँढेहरूको हकाँ हकाँ सकिएको छैन । अब त सम्पत्ति हडप्ने खोजीमा तँछाड र म छाड छ । तल्लाघरका र माथिल्लाघरका शक्तिशाली साँढेहरू आफ्नो प्रभाव जमाउनको लागि झगडा मिलाउने बहाना भनेर दौडधुप गरिरहेका छन् । त्यो घरका तटस्थ जीवहरू आज निकै चिन्तित छन् । आफ्नो घरमा बाहिरी घरले हस्तक्षेप गरेको महसुस गरिरहेका छन् । साँढे लगायत सबै जीवहरूले अचम्म मानेर हेरीरहेका छन् र भनिरहेका छन् –' अलगिएका साँढेहरू अब कति दिन मिलेर बस्लान' ? किनकी यिनीहरूले पनि ठूलो कुर्सीमा बसेर लुँड्याएकै हुन् ।

No comments:
Post a Comment