गजल
आत्म बोल्छ मेरो तन तानी तानी
भाषण भो बढ्ता आएन बिहानी
भन्ने गर्थे तिन्ले हामीलाई जिताऊ
यो देशको ल्याउने छौं मस्त जवानी
कोरा ती नारा आश्वासन मिथ्या भो
न गाँस, न कपास न भो सिरानी
घाँटी खोली खोली झारेको त्यो वाणी
कर्तव्यच्यूत हुनगए बनेनन् ती दानी
यथार्थमा आऊ सबै सत्य बोली बोल
सफलता हात पर्छ सबै छानी छानी
आत्म बोल्छ मेरो तन तानी तानी
भाषण भो बढ्ता आएन बिहानी
भन्ने गर्थे तिन्ले हामीलाई जिताऊ
यो देशको ल्याउने छौं मस्त जवानी
कोरा ती नारा आश्वासन मिथ्या भो
न गाँस, न कपास न भो सिरानी
घाँटी खोली खोली झारेको त्यो वाणी
कर्तव्यच्यूत हुनगए बनेनन् ती दानी
यथार्थमा आऊ सबै सत्य बोली बोल
सफलता हात पर्छ सबै छानी छानी
No comments:
Post a Comment