अठ्ठाइस अध्यायमा रचिएको ७९ पृष्ठ भएको यो काव्य सिंहबाहिनीमा दुर्गा देवीको विषयमा केन्द्रित छ । करीव ३ हजार ४१ पङ्क्ति र १९ हजार ६९२ शब्द संयोजनमा विस्तारित यो काव्य गद्य–पद्य मिश्रित चम्पु शैलीमा रहेको छ । जसको अध्यायगत कथासार यस्तो छ ः
प्रथम अध्याय –
यस अध्यायमा शिव बन्दना गरिएको छ । यस अध्ययनमा शिव पुराणलाई संक्षेपीकरण गरी प्रस्तुतगरिएको छ ।
द्वितीय अध्याय–
देवी वन्दनामा देवी भागवत तथा चण्डीका केही भाग र शिवपुराणमा वर्णित केही भागलाई समेटिएको छ; पौराणिक ग्रन्थहरूको सारभाव प्रस्तुत भएको छ ।
तृतीय अध्याय–
यस अध्यायअनुसार– स्वारोचित मन्वन्तरका सुरथ राजा थिए । उनले प्रजालाई निकै माया गर्थे र शूरवीर भएका कारण सारा राज्य हडपे । राजा मेघा आश्रमा पुग्छन् र मेघाको आदरसत्कारमा रहन्छन् तर राज्यपरिचालनबाट हात धुनपरेकोमा राजा चिन्तित हुँदा उनी वैश्यलाई भेटछन् भन्दै अध्याय समाप्त हुन्छ ।
चतुर्थ अध्याय–
यस अध्यायमा वैश्यसँग भेट हुनु,वैश्य धनसम्पत्तिमा पूर्णता हुँदाहुँदै पनि पत्नी र पुत्रले हडप गरेर घरबाट निकालेकाले वनमा रमण गर्नु परेका प्रसंग आएको छ ।
पञ्चम अध्याय–
पौराणिक कालमा भएका घटना र वर्तमान अवस्थामा संसारले भोग्न परेका घटनालाई तुलनात्मक रूपमा यस अध्यायमा वर्णन गरिएको छ । यो संसारमा शक्तिशाली शक्तिको भरमा बाँचेका र निरीहहरू शक्तिको डर मानेर बाँच्न परेको यथार्थता, हिजो र आजमा युद्धको प्रकार भिन्न होला तर यस संसारमा ठूल्ठूला युद्धहरू भएको वर्णन गदै कहिले शान्ति आउला भन्ने जिज्ञासासहित यो अध्याय समाप्त हुन्छ ।
छैटौँ अध्याय–
सुरथ वैश्य र मेघाबीच संवाद चल्छ । राजाले आफ्नो दिल अस्थिर भएको धारणा राख्नु, वैश्यले पनि आफ्नो यथार्थता पस्कनु र ऋषिले दुबैलाई सान्त्वना दिदै संसार विषयले भरिएको हुँदा जो विषयमा पर्छ त्यसको विवेकहीन हुन्छ । सत्यतत्थ्यले बाटो छाडेपछि अधिकारले स्थान पाउँछ, यो संसार महाजालले बाँधेको छ । महामायाले यस संसारलाई बाँधेको धारणासहित छैटौँ अध्याय समाप्त हुन्छ ।
सातौँ अध्याय –
यस अध्यायमा महामायाको महिमागान गरिएको छ । महामाया प्रभावकी खानी, ममताकी दानी, प्रकृतिकी स्वरूपा, विश्वरूपा, अजन्मा, देवगणमा आपद्विपद् पर्दा कर्मरूप लिएर प्रकट हुने, लोकको कल्याण गर्दा लोकरूप धारणा गर्दै देवकार्य सिद्ध पार्दै धर्मलाई बचाउने भन्दै यो अध्याय समाप्त हुन्छ ।
आठौँ अध्याय–
कल्प अन्त्यमा संसार जलमय थियो । शेषनागको शैयामा योगनिद्रामा विष्णु पर्छन्, यसै अवस्थामा विष्णुको कानेगुजीबाट मधु र कैटभ दुई दानवको उत्पत्ति हुन्छ । यिनीहरूले ब्रह्मा देख्नु; आक्रमण गर्न थाल्नु र ब्रह्माजीले विष्णुलाई जगाउन आवश्यक ठानी ब्रह्माजीले योगनिद्रालाई स्तवन गर्न थालेको भन्दै यो अध्याय समाप्त हुन्छ ।
नवौँ अध्याय –
ब्रह्माजीको स्तवनले हलचल आयो र योगनिद्राको प्रकट हुन बाध्य भयो । विष्णुकै अङ्गबाट देवी प्रकट भइन् । देवीको प्रकटपछि विष्णु जाग्नु र ब्रह्माजीले आफ्नो धारणा राख्नु, विष्णु र मधु–कैटभको पाँच हजार वर्षसम्म मल्ल युद्ध हुनु दुबै बराबरीमा रहेपछि मधुकैटभले विष्णुलाई वरमाग भन्नु र विष्णुले मबाट मर भनी वरमाग्नु, जल नभएको ठाउँमा मार भनी वरदान दिनु; विष्णुले जाँघमा राखेर सुदर्शन चक्रबाट मार्नु र ब्रह्माजीका सारा कष्ट यसैबाट टर्नु, यी कथाको श्रवण गराउँदै मेघाजीले राजा र वैश्यलाई महामायाको जालमा फसिएर यस्तो कष्ट भोग्न परेको विषयसहित यो अध्याय समाप्त हुन्छ ।
दशौ अध्याय–
मेघाले राजालाई देवता र असुरको लडाइँको बारेमा कथा सुनाउँदै देवता र असुरको सय वर्ष युद्ध हुन्छ र असुर जित हात पार्दछन् । देवगण ब्रह्मालाई लिएर विष्णुकोमा जानु, यस समय शिव पनि विष्णुसँगै हुनु दुबैले देवताका सारा मर्का सुन्नु र शुद्धताको बाटोमा शक्तिस्रोत रङ्ग्याए भन्दै यो अध्याय समाप्त हुन्छ ।
एघारौँ अध्याय –
यस अध्यायमा सबै देवताहरू मिलेर देवीको शरीर निर्माण गर्दछन् । विष्णुको मुखबाट, ब्रह्माबाट शंकर,बाट इन्द्रबाट निस्केको एकीकृत तेजबाट पुञ्जको निर्माणहुनु, यी तेजहरू अतुल्य रहेका, यिनले आफ्ना आफ्ना स्थान ओगटेर बसेका, शिवजीको तेजबाट देवीको मुख बन्नु, यमराजको तेजबाट रोम कुप, चन्द्रमाबाट पुष्टतन, इन्द्रजीबाट कटी, पृथ्वीबाट नितम्ब, बरुणबाट पिडौँला र जाँघ, ब्रह्माजीको तेजबाट दुई चरण, सूर्य तेजबाट चरणऔला, लालीपूर्ण ओठ, ब्रह्मको तेज, विष्णुको तेजबाट हातको औँला, बसुजीको तेजबाट दुबै हातका औँला, कुवेरजीको तेजले नासिका, प्रजापतिबाट दाँत, तीन नेत्र अग्निबाट, सन्ध्याबाट आँखीभौँ,वायुबाट कान, आदि देवहरूको तेजबाट देवीरूप निर्माण भयो । यसरी देवीको दिव्य शरीर निर्माण भएपछि सबै देवताले खुसी मनाए भन्दै यो अध्याय समाप्त हुन्छ । यस अध्यायको भजनमा कश्यपकी पत्नी दनुकाट रम्भ र करम्भ पुत्रको जन्म हुनु, करम्भले पुत्र पाउनको लागि तपस्या गर्नु, इन्द्रले करम्भलाई मार्नु, करम्भ मारिएको रम्भले थाहा पाएपछि रम्भले अग्नि होमन गर्न थाल्यो । अग्नि खुसी भएर तीन लोक जित्ने छोरा पाउने वरदान पायो ।भैँसीसँग सम्पर्कबाट महिषको जन्म भएको, महिषले ब्रह्माजीको तपस्या गरेर अमरत्वको वरदान माग्दा नारीको हातबाट मात्र मर्छस् भनी वरदान पायो, उसले लडेर तीनलोक विजय प्राप्त गरेको धारणा आएको छ ।
बाह्रौं अध्याय –
देवीको शरीर निर्माण भएपछि; सबै देवताले देवीलाई सिंगार्न थाल्दछन् । युक्तममा शंकरबाट शूल, विष्णुवाट चक्र, वरुणले शंख, अग्निले शक्ति, वायुदेवले तरकस र धनुकाण, इन्द्रले ब्रज, यमराजले दण्ड, बरुणले पास, प्रजापतिले माला, ब्रह्माजीले कमण्डलु, सूर्य देवले रोमकुपमा तेजकर, कालले ढाल र तरवार, समुद्रले हार, अजीर्ण दिव्य बस्त्र, दिव्य चूडामणि, दुई कुण्डल, कडा,अर्धचन्द्र भुजभूषण ,नूपुर, हसली, औँठी, प्रदान गरेका, यसरी विश्वकर्माले फर्सा, कमल–मालाप्रदान गरे,जलाधिसले कमलफूल, कुवेरले मधुपान पात्र, शेष नागले नाग हारल्याई देवीको सिङ्गार यसरी सम्पन्न भएको वर्णन यहाँ आएको छ । देवीले सिंहनाद गर्दा र धनुषको टंकारले सातै पाताल ध्वनित भएको प्रसङ्गसँगै यो अध्याय समाप्त हुन्छ ।
तेह्रौं अध्याय
यस अध्यायमा देवी र दानब सेनाबीच युद्धको थालनी हुन्छ ।चिक्षुरले लड्ने हाँक दिनु ; चतुरङ्गिनी सेनासहित चामर लड्न आउनु र मारिनु,साथै दानव सैन्यको ठूलो क्षति भएपछि देवताले देवीमाथि पुष्पवृष्टि गरेका विषय सन्दर्भसहित यो अध्याय समाप्त हुन्छ ।
चौधौं अध्याय–
यस सर्गमा चिक्षुर सेनापतिको र देवीबीच ठूलो लडाइँ हुन्छ । विभिन्न अस्त्रको साथमा चिक्षुर लड्न चामर, उग्रवीर, कराल, उद्धत, भिन्दीपाल, बासकल, उग्रास्थ र उग्रवीर, बिडाल, दुर्धर, दुर्मुख जस्ता वीरहरूको सबै शिर ढल्यो र महिसासुरले हेरीरह्यो भन्ने वर्णन छ ।
पन्ध्र्रौ अध्याय–
यस अध्यायमा देवी र महिषासुरको भारी युद्ध हुन्छ । महिषासुरका सिङतीखातीखा थिए । पुच्छर पनि तीखो थियो । सिङले धर्ती उधिन्यो, पुच्छरले समुद्र हल्लायो । पृथ्वी डुब्न थाल्यो । पर्वतका टुक्राहरू खस्न थाले । देवीको पासोमा पर्नु तर रूप फेरेर केशरी बन्यो । मानव रूप बन्यो । गजराज बन्यो । महिषासुरले रूप बदली बदली देवीसँग लड्यो । अन्त्यमा, देवीले महिषासुरको शिर तरबारबाट छेदन गरिन् । देवताहरूले खुसी मनाएको कुरासँग यो अध्याय समाप्त हुन्छ ।
सोह्रौं अध्याय–
यस अध्यामा महिषासुर मारिएपछि देवताले खुसी मनाउनु; देवीको स्तवन गर्नु;देवी खुसी भएर प्रकट हुनु र देवताहरूको अभिलाषालाई पुरा गर्ने वचन दिनु , वरदान माग्न भन्नु तर देवताले दुख परेको बेला दर्शन पाउनु पर्छ भन्दा देवीले तथास्तु भन्दै अन्तरध्यानको बाटो रोजिन् भन्दै यो अध्याय समाप्त हुन्छ ।
सत्रौं अध्याय –
यस अध्यायमा शुम्भ निशुम्भले सबै लोक जितेर लिएर राज्य गर्न थाले । सारा राज्य, यज्ञ, चन्द्र सूर्यलगायत सारा वैभव उनमा नै गयो । देवताको भन्ने केही रहेन । देवताहरू हिमालतिर गएर देवीको आराधना गर्न थाले र कुमारीले देवताका सारा कष्ट हरण गर्ने वचनबद्ध भएपछि सबै देवता आफ्नो ठाउँ जान लागे भन्दै यो अध्याय समाप्त हुन्छ ।
अठारौँ अध्याय –
चण्ड र मुण्ड हिमालतिर जाँदा देवीलाई देख्छन् र मूर्छा पर्दछन् । दरबारमा आएर शुम्भलाई देवीको सौन्दर्यको वर्णन गर्दछन् ।
उन्नाइसौँ अध्याय –
चण्ड र मुण्डबाट जब शुम्भले देवीको सुन्दरता सुन्यो सुग्रीवलाई दूत बनाएर पठाउँछ । सुग्रीव देवीसँग गएर शुम्भ र निशुम्भको वीरताको वर्णन गर्छ र रानी बन्ने आग्रह गर्दछ । देवीले पनि युद्धमा आपूmलाई जित्ने मानिससँग मात्र विवाह गर्ने दृढ प्रतिज्ञा भएको शुम्भलाई सुनाइदिने जवाफ दिदै यो अध्याय समाप्त हुन्छ ।
वीसौँ अध्याय –
यस अध्यायमा दूतले देवीले भनेको जवाफ लिएर शुम्भसँग आउँछन् र सन्देश सुनाउँछन्। शुम्भलाई रिस उठ्छ र धुम्राक्षलाई गएर देवीलाई फकाएर ल्याउ लड्न परे पनि लड्नु भन्ने आदेश गरी देवीसँग पठाउँछ । धुम्राक्ष र देवीबीचसंवाद चल्छ तर देवीले प्रतिज्ञालाई दोहो¥याउँछिन् र लड्ने हाँक दिन्छिन् । शिव शक्तिमामात्र भक्ति जाने भएकाले लड्ने मन भए लड भनेपछि देवीको हुङ्कारमै धुम्राक्ष भष्म हुन्छ र यिनको नाम भूतलमा धुमावती रहन्छ । यसपछि चण्ड–मुण्ड दुबै लड्न जान्छन् र कालीले विकराल रूप धारण गरी चण्डमुण्डको शिर काटेर देवीकहाँ पु¥याइदिन्छिन् । देवी खुसी भएर चामुण्डा नामले प्रसिद्धि पाउने छौ भन्छिन् । यसरी यो अध्याय समाप्त हुन्छ ।
एक्काईसौँ अध्याय–
रक्तवीज देवीसँग लड्न आउँछन् र कालीसँग लड्न थाल्छन् । उसको रगत जमिनमा पर्दा रगतको थापासँगै लाखौँ दानवको उत्पत्ति हुन थाले । देवशक्ति पनि कालीले पाउन थालिन् । ब्रह्माबाट ब्राह्मणीको उत्पत्ति हुनु ,शिवबाट महेश्वरीको प्रकट हुनु, शक्तिरूपा जगदम्विका कार्तिकेय रूपमा, विष्णुबाट वैष्णवी जस्तै सबै देवले आफ्ना शक्तिलाई देवीको साथ दिन लगाउनु; देवीले शिवजीलाई दूतको रूपमा शुम्भ निशुम्भलाई बाँच्ने इच्छा भए पाताल जान र देवताको राज्य देवतालाई फिर्ता गर्न, मर्न मन भए लड्न आउने, देवी शक्तिलाई कसैले हराउन सक्दैन भन्नको लगि पठाइयो । शिवजीलाई दूत बनाएको हुँदा देवी शिवदूती कहलाइन् । रक्तवीजको संख्या धेरै बढेपछि चण्डिकाले कालीलाई काट्दै रगत पिउँदै गर्ने आदेश दिइन् । कालिकाले दानव काट्दै रगत पिउँदै गरी रक्तवीजलाई मार्न सफल भइन् । देवताले पुष्पबृष्टि गरे भन्दै यो सर्गको अन्त्य हुन्छ ।
बाईस अध्याय–
शुम्भ–निशुम्भलाई चवन ऋषिले ब्रह्मजीको तपस्या गरेर शक्ति प्राप्त गर्नको लागि जानकारी गराए । दुबै भाइ तपस्यामा जुटे, दशहजार वर्षको तपस्यमा ब्रह्मा खुसीहुनु अजम्बरी वर माग्नु, अजम्बरी वर कसैले प्राप्त गर्न नसक्ने त्यसो हुँदा अरू वर माग भन्दा स्त्रीबाहेक कसैले मार्न नसकोस् भन्ने वर माग्दछन् र बलवान् भएर पाताल फर्कछन् र राज्य गर्न थाल्छन् । भृगुलाई लिएर गई राज्याभिषेक गराएर आफ्नो शक्ति बढाउन थाले । दानव शक्तिलाई आपूmमा मिलाएपछि त्रिलोकमा विजय प्राप्त गरे ।
तेईसौँ अध्याय–
रक्तबीज मारिएपछि निशुम्भ देवीसँग युद्ध गर्न आयो । कौशिकीको अघि आएर वाण हान्न थाल्यो । देवीले पनि वाण हानेर निशुम्भको वाणलाई काट्दै गइन् । देवीले उस्को शिर काटिन् तर निशुम्भ धडले भए पनि लड्न छोडेन र देवीले उसका हालखुट्टा आदि काटिदिएपछि उसको शब्दबाट पुनः एक दानव निस्क्यो त्यसलाई पनि देवीले काटीदिइन् भन्दै यो सर्ग समाप्त हुन्छ ।
चौवीसौँ अध्याय–
निशुम्भ मारिएपछि बाँचेका दैत्यहरूले शुम्भलाई स्वर्ग छाडेर पातालमा जाने सल्लाह दिन्छन् तर शुम्भले मान्दैन । शुम्भ देवीको रूपबाट निकै लालायित थियो । लड्न अगाडि स¥यो । रथमा चढेर कौशिकीको अगाडि पुगेको शुम्भले देवीसँग विवाहको प्रस्ताव राख्छ । देवीले तेरो काल आएको हो । लड्न तयार भई भन्दै ललकारछिन् । दुबैबीच घनघोर युद्ध हुन्छ । आखिर देवीले त्रिशुलले हानेपछि ऊ मर्छ । चारैतिर खुसीयाली मनाइन्छ । सबै आआफ्नो स्थानमार्ग लिन्छन् । सबै देवले देवीको भजन गाएर पुष्पबर्षा भयो भन्दै यो अध्याय समाप्त हुन्छ ।
पच्चीसौँ अध्याय–
देवीले देवतासँग भविष्यवाणी गर्दछिन् ।वैवश्वत मन्वन्तरको अठ्ठाइसौँ युगमा शुम्भ निशुम्भ यसै भूतलमा जन्म लिनेछन् । म त्यसबेलानन्दगोपालको घरमा यशोदाकी छोरी भएर आउने छु र मेरो बास विन्ध्याचलमा हुनेछ । यी दुबै मेरा हातबाट मारिने छन् । वैप्रचित्त नामका दानव मबाटै मारिने छन् र तिनलाई भक्षण गर्दा दाँत अनार जस्ता हुनेछन् । मेरो नाम रक्तदन्तिका हुनेछ । सय वर्षे खडेरी पर्दा मेरा सय नेत्र हुने छन् । यिनै सय नेत्रले ऋषिहरूलाई छोलान् । त्यतिबेला मेरो नाम सताक्षी होला । मेरो तनको शाकबाट सबले पेट भर्नेछन् त्यतिबेला मेरो नाम शाकम्बरी होला । दुर्गम नामको दैत्यलाईमारेपछि मेरो नाम दुर्गादेवी हुने छ । भीम अवतारमा हिमालयका राक्षसलाई भक्षण गर्छु; भीमा देवीको नामले प्रसिद्धि पाउने छु । अरूण नामको दैत्यलाई मार्न भ्रामर रूप धर्छु र मेरो नाम भ्रामरी हुन्छ र दानवी कर्म भष्म पार्न मेरो नेत्र जल्छ भन्ने सन्दर्भसहित यस सर्गको समाप्ति हुन्छ ।
छब्बीसौँ अध्याय–
यस अध्यायको प्रारम्भमा पाठको माहात्म्यको बारेमा प्रस्तुत गरिएको छ । चण्डी पाठ सबैले गरुन् किनकि यसलाई पाठ गर्दा सबैजना सुरा हुन्छन् । दुःख टाढा हुन्छ । सबै बाधा अड्चन सबै टाढा हुन्छन् । अष्ठमी, नवमी, साथै चतुर्दशीमा एकाग्र भइ पाठ गर्दा भक्तजनका सबै पाप नष्ट हुने छ जस्ता थुप्रै कुरालाई समेट्दै चण्डी पाठको महत्त्वलाई दर्शाउँदै देवी अन्तरध्यान हुनु, देवताले यज्ञ भाग पाएका, दैत्य पातालतिर भागेका र शान्ति त्यहाँ आइन् भन्दै यो अध्याय समाप्त हुन्छ ।
सत्ताईसौ अध्याय –ं
मेघा ऋषिले देवीको महिमालाईसुरथ राजा र वैश्यलाई सुनाउँछन्। दुबै जना देवीको शरणमा जाने सुझाव दिन्छन् । सुरथ राजा र वैश्य दुबै देवीको तपस्या गर्न थाल्छन् । यिनीहरूले देवीको पूजा नित्य गर्न थाले । प्रभावकारी तपस्याले गर्दा देवी चाँडैनै खुसी भएर दर्शन दिइन् । राजा देवीको नजिक उभिए । देवी अन्तरयामी भएकाले सुरथराजालाई तिम्रो राज्य फिर्ता हुन्छ र अर्कौ जुनीमा पनि राजा भई सावर्णिक मनु भएर आकाश नै छुन्छौ; वैश्यसँग वरमाग्न भन्नु वैश्यले पनि ममता र अहम्तालाई नाश हुन् भन्ने वर माग्छन् । देवी खुसी भएर तिम्रो मोक्ष प्राप्ति हुन्छभन्दि भइन् । यसरी देवी अन्तरध्यान भइन् भन्दै यो अध्याय समाप्त हुन्छ ।
अठ्ठाईसौँ अध्याय–
यस अध्यायले काव्यपरम्परामा समीक्षकीय पाटो र भजन समावेश गरी एउटा नयाँ आयाम थपेको देखिन्छ । परम्परागत धार्मिक ग्रन्थको रूपमा प्रयोगमा ल्याइएका यी ग्रन्थमा केही टिकाटिप्पणी गर्नु अभागीको एउटा साहसिक कदम होकिनकि दुर्गा सप्तशती पाठ हिन्दु धर्मको एउटा सर्वमान्य ग्रन्थ हो । आश्विन शुक्लपक्षको प्रतिपदादेखि नवमी सम्ममा दुर्गाको प्रतिमा स्थापित गरीगरिने पूजा हो । दशैँ एउटा महान् चाडको रूपमा हिन्दुहरूले मनाउँदै आएका छन् । संस्कृतमा रहेको मूलपाठलाई भावसारमा भए पनि अभागीले सरल भाषामा सबैले बुझ्ने गरी लेखिएको यस काव्य साधारण पढेलेखेका पाठकलाई पनि अति उपयोगी देखिन्छ । हामीले गरिदै आएका र सप्ताहको बारेमा पनि कविले कुरा उठाएका छन् । एकाहाभन्दा मूल ग्रन्थलाई यज्ञ स्थापना गरी सरसर्ती पढ्ने काम हुन्छ । यसबाट सुनेर पवित्र भइन्छ, धर्म हुन्छ भन्ने मान्यता मात्र हो । सप्ताह सात दिनमा गरिने यज्ञ जसमा कथा पनि वाचन गरिन्छ र यो सन्देशमूलक हुन्छ भन्ने हो ।
यस महाकाव्यकी मूलपात्र देवी भए तापनि शिव पार्वती, ऋषि, ब्रहृमा, विष्णु, नवदुर्गा, देवतागण, मेधा, सुरथ राजा, वैश्यलगायतका महिषासुर पात्रहरू शुम्भ, निशुम्भ आदि थुप्रै दानवगणहरूको चरित्रलाई छर्लङ्ग्याइएको छ । वीर रसले अग्रस्थान लिए पनि भयानक, रौद्र, श्रृङ्गारलगायतका नवै रसले स्थान लिएका छन् ।
साधारण नारी र देवी भगवतीको तुलना गर्न नमिल्ने भए पनि देवी भनेका नारी नै हुन् ।नारीको वीरताले उच्च स्थान लिएको छ । नारी वीर हुन्छन्; नारी पूज्य हुन्छन्; देवीलाई देवताले पनि पूजा गर्दछन् भन्ने सन्देश दिएको छ ।
साधारण मानिस देवतालाई खुसी पारी वरदान लिन तपस्यामा जान्छन् । तपस्याबाट प्रभावित भएपछि देवताले वरमाग भन्दै वर दिन्छन् । अन्तत्वगत्वा त्यो वरबाट बाँच्न सकिने गरीमाग्नेले पाउँछ । त्यो वर प्राप्त गरेपछि त्यो व्यक्तिले आफूलाई शक्तिशाली सम्झन्छ र त्रिलोक विजय हासिल गर्नतर्फ लाग्छ । तर उसले यो कुरा सम्झदैन कि व्यक्ति मरणशील हो । अन्ततः परिणति मृत्यु नै हो । यस महाकाव्यले यो सन्देश पनि दिएको छ ।
मानव शरीरका हरेक अङ्गलाई देवीले रक्षा गरेका हुन्छन् भन्ने सन्देश दिदै शान्तिको कामना गरिएको छ । दानवहरूलाईअहम्ता छाड र पाताल तथा आफ्नो आफ्नो स्थानमा गएर सुख उपभोग गर भन्ने सन्देश पनि दिइएको छ । यो उपदेशलाई पालन गरिदैन भने शत्रुको रगत पिएर पनि नाश गर्नैपर्छ भन्ने सन्देश पनि यहाँ छ । यो संसार शक्तिशालीकै हो, शक्तिशालीबन्दै गएपछि दानवीयपनको उदय हुन्छ । देव भन्नु सत्यता हो र दानव भन्नु असत्यको मार्ग अपनाउने मूर्खता हो । यस अवस्थामा मानवले मानवको रगत पिउने कामबाट टाढा रहनुपर्छ । मानवले मानवको रगत पिउने यो प्रवृत्ति हिजो मात्र नभएर आज पनि व्याप्त छ । यसबाट टाढा हुँदै शान्तिमय संसारको परिकल्पना गरी मनवताले स्थान लिन सकोस् भन्ने कविको भावनाको साथ महामाया भवानीमा श्रद्धासुमन चढाउँछु भन्दै यो महाकाव्यको समाप्ति भएको छ ।
यस महाकाव्यमा शुभ कामना दिदै महाकाव्यकार कृष्णदेवी शर्मा श्रेष्ठ लेख्छिन्,"सिंहवाहिनी जस्तो अत्यन्तयै नौलो विषय वस्तु र शैलीमा समीक्षात्मक पौराणिक तेस्रो महाकाव्य लिएर पाठकसामु फेिर उभिएका छन् कवि सदानन्द । मिथकीय विषय वस्तुसँगै भजन र संवादमा समेटिएको यो महाकाव्य नितान्त नौलो प्रस्तुति हो भन्ने मलाई लाग्छ । "यस विषयमा हरिप्रसाद चापागाई लेख्छन्,"यो कृति नेपाली भाषीको जनजिब्रोमा प्रयोग गरिने शब्दहरूको चयन गरी सरल र सुसस्कृत ढंगबाट प्रस्तुत गरिएको छ । सदाचारी,नैतिकवान,नागरिकको कल्पनागरी अध्यात्मिक ढंगबाट प्रस्तुत गरिएको साहित्यिक ग्रन्थको रूपमा यो महाकाव्य रहेको छ ।"रामकुमार श्रेष्ठ लेख्छन्,"महाकाव्य लेख्नु आफैमा कम चुनौतीपूर्ण कार्य होइन । दुर्गादेवीको महिमा त्यसमाथि पनि लोकलयमा लेखिएको छ ।त्यसैले अभागीको यस कार्यलाई सह्रानीय मान्नुपर्छ । यसलाई सरसर्ती अध्ययन गर्दा शिवपुराण, देवीभागवत, सप्तस्वती चण्डिका भावसारलाई समीक्षात्मक रूपमा जीवनोपयोगी हुने ढंगले अभागीले सफलतापूर्वक प्रस्तुत गरेका छन् ।धार्मिक कृतिमा समीक्षाको रूपमा प्रस्तुत यो काव्य नेपाली साहित्यमा आफैमा पनि नौलो अभ्यास हो ।"
यो महाकाव्य कस्तो हो भन्ने सम्बन्धमा कृतिकार सदानन्द लेख्छन् ः
अनुवाद भनूँ भने पूरा अनुवाद हैन
मौलिकताभन्दा पूरा मौलिकता छैन
केही कुरा भावानुवाद केही मौलिकता
केहीकही विवेचना , कहीं विवशता
यसर्थ महाकाव्य लेखनमा एउटा नयाँ अभ्यास थपिएको छ । सरल भाषामा लेखिएको यो महाकाव्य अनुकरणीय र पठनीय छ ।
४.२.६. माटो र विरूवाले भोक लाग्यो भन्छन् (कृषि काव्य)
यस कृतिलाई सर्वप्रथम जागीरबाट अनिवार्य अवकास लिनु करिव एक महिना अगाडि अभागीले तयार पारेको यो काव्यलाई माटो व्यवस्थापन निर्देशनालय र क्षेत्रीय माटो परीक्षण प्रयोगशालाबाट प्रकाशित गरिएको थियो । अभागीले माटोलाई मानवीकरण गरेर लेखिएको आवरण पृष्ठसहित७३ पृष्ठको यस कृतिलाई अति महत्त्वपूर्ण ठानी यसलाई ३३ पृष्ठमा परिणत (सानो फन्ट र खाँजेर) गरी कृषि तथा सहकारी मन्त्रालय, कृषि सूचना तथा सञ्चार केन्द्र हरिहरभवन ललितपुरले ६००० प्रति( क्रम ः५(२०६६÷०६७) प्रकाशन गरेको थियो । यो कृति साहित्यिक शैलीमा लेखिएका कारण सरोकारवालहरूले औधी रूचाएको पनि पाइन्छ । काव्यात्मक रूपमा तयार पारिएको यस कृतिमा एक्काईस अध्याय रहेका छन् ।
अध्याय एक
यो अध्याय 'हे धर्तिमाता गास, बास, कपासकी दाता म आएर शरणमा, दुई चार शब्द कोरेर यहाँ चढाएँ चरणमा' भन्दै प्रार्थनाबाट शुरू भएको छ । धर्तीमाताबाटै हामीले गास, बास, कपास, प्राप्त गर्दछौँ। यसको उत्पादन खाएर हामी सारा जीवन बिताउँछन् । कृषकको सर्वाङ्गीण विकासको आह्वान गरिएको छ भने यसै अध्यायको अन्त्यमा कविले तल प्रस्तुत गरेका विचारहरू राखेका छन् –
यी मेरा वाणी सुधारस बनी , सबैमा पुगुन है
यो हाम्रो मर्म, कृषको धर्म सबैले बुझुन् है
कृषकका एक एक पसिना हेर अमृत बनुन् है
नर र नारी समता बनी खेतबारी खनुन् है
अध्याय दुई–
यस अध्यायमा अभिव्यक्ति शीर्षकमा कृषक कर्म र मानव धर्म सबल कर्म भएकाले यो कर्म गर्दा धर्म मिल्छ; यसबाट टाढा भाग्ने मानिस साह्रै लाछी हो भन्दै कृषकले भोगेका समस्यालाई दर्शाई कविले यसरी आग्रह गर्छन् –
ताल र मेल कृषकको खेल सरकारले लगाइदेऊ
एक एक गरी प्रविधिसार कृषककोमा पु¥याइदेऊ
असल कर्म त्यही हो धर्म कृषकले ठानीदेऊ
सत्कर्म गर्दा सत्बीज छर्दा मोक्ष छ मानिलेऊ ।
अध्याय तीन–
यस सर्गमा नेपालको भौगोलिक माटोको वर्णन गरिएको छ । नेपालको भौगोलिक अवस्था एकै किसिमको छैन । नेपालको तराई क्षेत्रको माटो दोमट प्रकारको छ ।चुरे मालाको माटो ढुङ्ग्यानयुक्त छ । यहाँ धेरै पैह्रोजान्छ ।मध्य पहाडको माटो गेग्रेटे छ । उच्च पहाडको माटो पनि ढुङ्ग्यानयुक्त छ । हिमालको माटो हिमबाट प्रभावित छ । छ महिना हिउँ छ महिना मौसमी चरनमा प्रयोग हुन्छ । नेपालका कृषकको भूक्षय सबै भन्दा ठूलो शत्रु हो । भूक्षय हुँदा उर्वरक माटो बग्दछ । माटो रुखो हुन्छ। उत्पादन लिन कठिन पर्छ ।
अध्याय चार
यस सर्गमा माटो कसरी निमार्ण हुन्छभनी वर्णन गरिएको छ । माटोको निर्माण चट्टान (आग्नेय, पत्रे र परिवर्तित) खिइएर बन्दछ । बालुवा ठूलो कण भएको माटो, पाँगो मझौला कण भएको माटो,चिम्टे एकदम मसिना कण भएको माटोको रूपमा नामकरणगरिन्छ । यी कणहरूमा जीवांश थपिएर मलिलो बन्दै जान्छ र खेतीयोग्य बन्दछ । एउटा माटोको डल्लोमा खनिज,तरल र ग्यास हुन्छ । खनिज पनि मुख्य खनिज र सहायक खनिज हुन्छन् । बालुवा, पाँगो र चिम्टे कण करिब बराबरी मिसिएको माटालाई दोमट माटो भनिन्छ । बलौटै माटोमा जरा फैलिने बाली, आलु,सखरखण्ड, खरबुजा तरबुजा लगाउन राम्रो मानिन्छ । दोमट माटो सबै प्रकारका बालीलाई उपयुक्त मानिन्छ । चिम्टे माटोमा पानी बढ्ता चाहिने बाली जस्तै धान बाली लगाउन राम्रो हुन्छ ।माटोमा भौतिक रसायनिक र जैविक गुणहरू हुन्छन् ।
अध्याय पाँच –
बाली गुन माटो माटो गुन बाली नबन दोधार
मलिलो माटो निर्माण भए पालिन्छ संसार
यस सर्गमा विभिन्न माटोका कणको निर्माणकसरी हुन्छ भन्ने विवरण आएको छ । खेतको पेटमा र पेटको खेतमा गरी माटो मलिलो बनाउने र उत्पादन लिने कुराहरू, प्राङ्गारिक मल बनाएर रसायन घटाएर माटोलाई मलिलो बनाउँदा माटो स्वस्थ बन्ने; माटो स्वस्थ बनेपछि, उत्पादन स्वास्थ बन्ने र स्वस्थ उत्पादन खाएपछि प्राणी पनि स्वस्थ बन्ने कुराहरू, मानिसको शरीरलाई चाहिने सबै तत्त्वहरू विरुवामा हुने,कुरा यहाँ आएका छन् ।
प्राङ्गारिक खेती र आधुनिक रासायनिक खेतीको भिन्नता, प्राङ्गारिक खेतीले माटोको संरचना सपार्ने, दिगो रूपमा माटो मलिलो बन्ने तर रासायनिक खेतीले माटोको संरचना विगार्ने, माटो रखिदै जाने कुरा समेटिएको छ । माटोमा पाइने सबै जीवाणु तथा विषाणुहरू मानिस र विरूवालाई लाभदायक मात्र नभई हानिकारक पनि हुन्छन् ।लाभदायकको संरक्षण र हानिकारकलाई घटाउने तिर लाग्नुपर्छ ।
अध्याय छ–
माटो जाँच माटो रुखो छ या मलिलो छ, अम्लीय छ या क्षारीय छ भनी जानकारी लिन गरिन्छ । माटो जाँच गर्न माटोको नमूना लिनुपर्छ । यो पनि लामा जरा(फलपूmलतथा रुख लगाउने) छोटाजरा (तरकारी र अन्नबाली)को लागि दुई तरिकाबाट लिइन्छ । लामो जराहुने बालीको लागि करिव तीन फिटबाट तीनदेखि चार नमूना लिने र छोटा जराहुने बालीको लागि छदेखि नौ इञ्चको गहिराइबाट लिनुपर्छ । नमूना लिन ध्यान दिएन भने नतिजा पनि गलत आएँछ । प्राविविधकको सहयोग लिनु राम्रो हुन्छ । प्रयोगशालाबाट माटो जाँचको नतिजासँगै सिफारिस आएँ छ सोहीबमोजिम मल राख्ने र अम्लीय माटोमा कृषि चुन र क्षारीय माटोमा जिपसम राखनु पर्ने धारणा आएको छ ।
अध्याय सात–
यस सर्गमा बिरुवाले जीवन सञ्चालन गर्न सोह्र वटा तत्त्वहरू प्रयोगमा ल्याउँछ । यिनमा कार्वन, अक्सिजन र हाइड्रोजन प्राकृतिक श्रोत भएकाले बाहिरबाट थप्न पर्दैन । नाइट्रोजन, फस्फोरस र पोटास विरुवालाई बढ्ता चाहिने तत्त्वहरू हुन् । क्याल्सियम, म्याग्नेसियम् र गन्धक सहायक तत्त्वहरू हुन् । यिनलाई आवश्यक परेको अवस्थामा मात्र प्रयोग गरे हुन्छ । फलाम, तामा, जस्ता, जिंक,मोलिवडेनम्,सुहाग, म्याग्नेज, क्लोरिन सूक्ष्म तत्त्वहुन् ।यिनको मात्रा निकै कम प्रयोग गरे पुग्छ । अब खाद्यतत्त्वहरूको काम तिनको कमीको लक्षण सुधारको बारेमा छोटो जानकारीतिर लागौँ ।
नाइट्रोजन
यसको काम हरितकण निर्माण हो र प्रकाश संश्लेषणमा सहभागी हुन्छ । कमीमा पुरानापातमा टुप्पोबाट मध्यनशातिर पहँेलोपना देखिन्छ । सुधारको लागि प्राङ्गारिकमलहरू प्रयोग गर्ने या नाइट्रोजनयुक्त रसायनिक मल जस्तै युरिया प्रयोग गर्ने ।
फस्फोरस–
फस्फोरस न्यूक्लिकएसिड, फाइटिन र फोस्फोलिपिडको अभिन्न अङ्ग हो । फस्फोरस कोष विभाजन, जराविकास, बीऊको निर्माण बाली समयमा पकाउनको लागि आवश्यक पर्छ । फस्फोरसको कमीमा जराको विकास रोकिन्छ ।बाली समयमा पाक्दैन । वैजनी रंगको पात देखिन्छन् । सुधारको लागि प्राङ्गारिकमल र फस्फोरसयुक्त सुपरफस्फेट र डिएपी जस्ता मलको प्रयोग गर्नुपर्छ ।
पोटास–
पोटास वनस्पतिकोकोषद्रव्यमा पाइन्छ । यसले स्टार्च,चिनी,प्रोटिन र क्लोरोफिल(हरितकण) बन्न आवश्यक पर्छ । कमी भएमा पुरानापातहरूको किनारा जलेजस्तो दाग देखिन्छन् ।सुधारको लागि असुरो, तीतेपाती, गहुँत तथा प्राङ्गारिक मलको साथै पोटासियम क्लोराइड या म्युरिएट अफ पोटास प्रयोग गर्न सकिन्छ ।
क्याल्सियम–
क्याल्सियमले कोषिकाको बोक्रा निर्माण,कोषिका विभाजन, प्राङ्गारिक तेजावको विषालुपना घटाउनु, अम्लीयमाटोको सुधार गर्नु जस्ता काम गर्ने र कमी भएमा बिरुवाकोकोपिला तथा मुना मर्छ । पात बटारिएर आउँछन् ।अम्लीय तथा क्षारीयमाटोसुधार गर्दा समस्या कम हुन्छ तथा क्याल्साइड या क्याल्सियम प्रयोग गर्दा समस्या हल हुन्छ ।
म्याग्नेसियम्–
यो हरितकणको मौलिक अंश हो ।यस्ले क्याल्सियम,फस्फोरसलाई ओसारपसार गर्छ । यसको कमीमा बिरुवाले अन्तरनसीय पहेँलोपना देखिनु पात झर्नु र यो तत्त्व कमी भएको घाँस पशुले खाए घाँसे टिटानी देखाउँछ ।सुधारको लागि डोलोमाइट तथा म्याग्नेसियम सल्फेट प्रयोग गर्नुपर्छ ।
फलाम –
फलामले हरितकण निर्माणमा क्याटालिष्टको काम गर्छ । प्राणवायु संयोजन र वियोजनमा काम गर्छ, कमी हुँदा बिरुवाका नयाँ पात पहेँलिन्छन् ।सुधारको लागि फेरासल्फेट प्रयोग गर्नुपर्छ ।
बोरन (सुहाग) –
कोषिका विकास र बिभाजनमा आवश्यक पर्ने,पराग कणको उमार, कार्वोहाइडे«ड मेटाबोलिज्म र हर्मनको गतिसिलतामा आवश्यक पर्ने, कमिमा, नयाँपातको बृद्धि रोकिन्छ । बालीपिछे लक्षण फरक देखिन्छ । काउली खैरो भईभित्री भाग कुहिनु, फलहरू फुट्नु आदि। सुधारको लागि बोरिक एसिड या बोरेक्स प्रयोग गर्नुपर्छ ।
म्याग्निज–
हरितकण बनाउन,अक्जिनतह बढाउन आदिमा आवश्यक पर्ने, कमीमा बिरुवाका नयाँ पातमा मरेका कोषिका देखिन्छ । अन्तरनसीय पहेलोपना देखिन्छ । साना नसा हरियै देखिन्छ ।सुधारको लागि म्याग्नेज सल्फेट प्रयोग गर्नुपर्र्छ ।
जस्ता–
इन्जायम प्रणालीको मौलिक अंश, इन्जायमलाई उत्पेरित गर्नु र कमीमा नयाँ तथा पुराना दुबै पातमा खैरो रङ्को दाग देखिनु पात झुप्प देखिनु, सुधारको लागि जिंकसल्फेट तथा जिंकअक्साइड प्रयोग गर्नुपर्छ ।
तामा–
बिरुवाका सबै प्रकारका तामायुक्त इन्जायममा पाइनु, एमिनो एसिड र प्रोटिनको यौगिक बनाउन आवश्यक पर्दछ ।कमीमा बिरुवाको नयाँ पात ओइलाउँछन् । सुधारको लागि कपरसल्फेट प्रयोग गर्नुपर्छ ।
मोलिब्डेनम–
यसले बायुमण्डलीय नाइट्रोजनलाई स्थिरीकरण गर्न आवश्यक पर्छ । फलामको उपयोग र परिवहनमा आवश्यक,पर्छ र कमीमा पातका किनारा साँघुरिन्छन् । चाबुक आकारको पात हुन्छ । सुधारको लागि एमोनियम मोलिबडेट प्रयोग गर्नुपर्छ ।
क्लोरिन–
यो ओक्जीनको मौलिक अंश हो । प्रकाश संश्लेषणमा आवश्यक पर्दछ । कमीमा पातका किनारा ओइलाउँछन् र सुधारको लागि पोटासियम क्लोराइड प्रयोग गर्नुपर्छ।
अध्याय आठ–
यस अध्यायमा बिरुवाले माटोबाट आम बहाव,विसरण र जराबाट खाना लिने गरी तीन तरिकाबाट खाना लिन्छ । खाद्यतत्त्वलाई पानीले घोल्छ । घोल बगेर जरातिर जान्छ र बिरुवाको जराभित्र प्रवेश गर्छ । करिव असीभाग खाना बिरुवाले आम बहावबाट( ःबकक ायिध० लिन्छ। विसरण(मषागकष्यल)मा गाढा खाद्यतत्त्वको घोल पातलो मात्रातिर प्रवेश गर्छ । बिरुवाको जराले मात्र नभएर बिरुवाको पातले पनि खाद्यतत्त्व लिन्छ ।
अध्याय नौ
बिरुवाका खानाको स्रोत भनेका मल हुन् । यी प्राङ्गारिक ( गोठेमल कम्पोष्ट मल,हरियोमल, कुुखुराको मल, रात्रीमल जस्तै मानिसको दिसा पिसाव, पिना,आदि) र रासायनिक मल(नाइट्रोजनयुक्त,फस्फोरसयुक्त, पोटासयुक्त र सूक्ष्मतत्त्व युक्त)गरी दुई थरिका हुन्छन् ।
अध्याय दश–
बाली व्यवस्थापनका विविध पक्षहरूको वारेमा वर्णन गरिएको छ । माटो,मल, बीऊ, सिँचाइ, बालीसंरक्षण र प्रविधि उत्पादनका कडी हुन् । यिनको राम्रो सदुपयोगबाट आशातीत उत्पादन लिन सकिन्छ । माटो मलिलो बनाउन रासायनिक र गुणस्तरयुक्त प्राङ्गारिक मलको प्रयोग गर्नुपर्छ । बीऊ पनि शुद्ध र उन्नत लगाउनु पर्छ ,सिँचाइ पनि गुणस्तर पानी बाट ( बीऊ उम्रदा, गाँज हाल्दा, बाली डोलिने अवस्था तथा मकैमा धानचामर निकाल्ने बेलामा र पसाउँदा) गर्नु पर्दछ । बालीलाई रोग कीरा लागेमा सकेसम्म पाङ्गारिक स्रोतका विषदि प्रयोग गर्नुपर्छ । उपयुक्त प्रविधि अपनाई बाली लगाउनु पर्छ ।
अध्याय एघार–
माटो तटस्थ, अम्लीय र क्षारीयहुन्छ । यसको जाँच पिएच मिटरबाट गरिन्छ । मापन इकायीलाई पिएच भनिन्छ । सात पिएच मानलाई तटस्थ, सातभन्दा माथि पिएच मान भए क्षारीय, र सातभन्दा तल पिएच मान भए अम्लीय प्रकारको माटो भनिन्छ । अम्लीय माटोमा कृषि चुन र क्षारीय माटोमा जिपसम प्रयोग गर्नुपर्छ । जस्तो पिएच मान छ त्यस्तै सुहाउँदो बाली लगाउन पनि सकिन्छ । धेरै अम्लीय माटोमा चिया खेती गर्न सकिन्छ।
अध्याय बाह्र–
विभिन्न बालीमा कुन मल कति कसरी प्रयोग गर्ने भन्ने बारेमा यो विवरण आएको छ । विभिन्न बालीमा गुणस्तर प्राङ्गारिक मलको प्रयोग गर्नुपर्छ । यसले नपुग भए माटो जाँच गरी सिफारिसबमोजिम रायासनिक मलसमानुपातिक रूपमा (नाइट्रजन, फस्फोरस, र पोटासको साथै सूक्ष्मतत्त्वयुक्त मलको प्रयोग गर्नुपर्दछ ।भूसिने समस्यामा सुहागको प्रयोग, खैरा रोग लाग्ने ठाउँमा जिङ्कको प्रयोग, दालबालीमा मलप्रयोग गर्दा सूक्ष्म जीवाणु मलले बीऊको उपचार गरेर प्रयोग, तेलबाली लगाउँदा सल्फरको प्रयोग आदि रूपमा मलको प्रयोग माटो जाँच गरी सिफारिसअनुसारगर्नुपर्छ ।
अध्याय तेह्र –
कृषि वन बारेमा यस अध्यायमा वर्णन गरिएको छ । कृषि वन मरुभूमीकरण घटाउन, डाले घाँसको मात्रा बढाउन,वन्य जन्तुको संरुक्षण गर्न, दाउरा काठको आपूर्ति गर्न,भूषय घटाउन, उर्वराशक्ति बढाउन, जैविक विविधता बढाउन,जीव जन्तुको संरक्षण र विविधता बढाउन कृषि वनको आवश्यकता छ । यो काममा सिमान्त जमिन, खेती गर्न प्रयोगमा न आउने जमिनलाई सदुपयोग गर्नुपर्छ ।
अध्याय चौध–
आकाशे भरमा खेती गरिने चलन नेपालमा धेरै छ । यसरी सुख्खा जमिनमा मा अवव्यस्थित खनजोत, पशुपंक्षीको चरिचरन,जमिन माथिको मानिसको क्रियाकलाप,प्राकृतिक सम्पदाको विनास, भूक्षय बढ्नु भूमिगत जल सतह घट्दा,जमिन मरुभूिमकरणतिर जान्छ ।सुख्खा जग्गामा खेती गर्दा प्राङ्गारिक मलको अधिक प्रयोग, पानी संरक्षण,सुख्खा चाहने बालीको प्रयोग,छोटो अवधिको बालीको प्रयोग,लामा जरा हुने बालीको उपयोग, आदि चिजमा सावधानी अपनाउँदै माटो तथा बालीको प्रयोग गर्नुपर्दछ ।
अध्याय पन्ध्र
यहाँ वातावरण संरक्षण सम्बन्धमा धारणा राखिएको छ । माटो खाद्यतत्त्वको भण्डार, सबैको आश्रय स्थल, गास बास, कपासकोस््रोत।भौतिक रसायनिक जैवीक चाल्नु माटो–मानिस–पशु–बिरुवा–एउटा लगातार चक्र हो । एक अर्कासँग घनिष्ट सम्बन्ध छ ।एउटा प्रदुषित भए सबै प्रदुषित हुन्छन् । सबै संरक्षित हुनुपर्छ भन्दै कवि लेख्छन्–
पाखा पखेरा हयिालीले भ¥यौँ
खोल्साखोल्सीमा कृषिवनले भ¥यौँ
उच्चमूल्य बालीको उपयोग ग¥यौँ
भूमि उपयोग योजनाको निर्माण ग¥यौँ
अध्याय सोह्र
एकीकृत खाद्यतत्त्व व्यवस्थापन एउटा पद्धति हो । यसमा माटो,मल, पानी र बालीको उचित व्यवस्थापनद्वारा जमिनबाट धेरै र दिगो उत्पादन लिनको लागि खाद्यतत्त्वका स्रोतहरूको समुचित र सन्तुलित प्रयोग गरिन्छ ।यसमा किसानले नै गरेर निर्णय लिने पद्धति हो ।
अध्याय सर्वे–
माटो सर्वेभन्दा कुनै जग्गाको क्रमिक परीक्षण, अध्ययन, व्याख्या वर्गीकरण र नक्सा तयार गर्नु हो । सर्भे किन गर्ने भन्ने उद्देश्य हुनुपर्छ । सर्भे साधारण रूपमा गर्ने या विस्तृत रूपमा गर्ने तय हुनुपर्छ र जग्गाको सबै विवरण यसमा समेटिन्छ ।
अध्याय अठार –
यस अध्यायमा नेपालमा हुने भूक्षयको बारेमा वर्णन गरिएको छ । पानीबाट भूक्षय हुन्छ अनि हावाबाट पनि । पहाडी जग्गामा अवैज्ञानिक खेतीपाती, वनको विनाश, नदी कटान आदिले गर्दा भूक्षय हुन्छ । भूक्षय भनेको एक ठाउँको माटो पानीले तथा हावाले बगाएर वा उडाएर लगी अर्को ठाउँमा थुपार्दछ या पु¥याउँछ ।हरियालीले भरिदिने गर्दा भूक्षय कम हुन्छ ।
अध्याय उन्नाइस –
भूमि उपयोगको वर्गीकरण यस अध्यायमा गरिएको छ । अब्बल, दोयम, सीम, चाहर मालपोत उठाउनको लागि गरिएको वर्गीकरण हो । कालो माटो रातो माटो सेतो माटो आदि रङ्गको रूपमा माटोको वर्गीकरणगरिएको पाइन्छ । भन्नत 'रातो माटो राजा कालो माटो काजी भन्ने गरिन्छ तापनि रातो माटोलाई राजामा पु¥याउन धेरै मिहिनेतगर्नुपर्छ । वैज्ञानिक उपयोगको लागि अमेरिकाको खेती उपयोगलाई लिएर आठ भागमा बाँडेको छ । प्रथमदेखि चौथो श्रेणीको माटोखेती प्रयोजनमा ल्याउन सकिन्छ भने पाँचैदेखि आठ नंबर सम्मको जमिनखेतीयोग्य मानिदैन ।
अध्याय वीस
यसमा माटोको ह्रासको सन्दर्भ आएको छ । माटोको ह्रास भनेको माटोले दिदै आएको क्षमतामा घट््दै जानु हो । माटोको ह्रास जुनसुकै समय, अवस्थामा गुणात्मक, संख्यात्मक जहाँसुकै हुनसक्छ । यसो हुनुको कारण जङ्गलको विनास, बढ्ता चरिचरण, अव्यवस्थित खेती गराई, अव्यवस्थित मलको प्रयोग आदि हुन् । यसको संरक्षणको लागि माटो व्यवस्थापनका विविध पक्षलाईप्रयोगमा ल्याएर माटोलाई उर्वरक बनाई राख्नुपर्छ ।
अध्याय एक्काइस–
यस अध्यायमा माटोले,"समाजको एकीकृत रूप साहित्य हो । माटोले आपूmलाई साहित्यिक जीवनसँग तुलना गर्दै मेरो पनि साहित्यिक जीवन छ । मेरो पनि साहित्यिक अभिव्यक्ति पनि हुन्छ । मेरो पनि समाज छ" भन्दै प्रमाण दिइएको छ ।
माटो भन्छ,"मेरो ठूलो समाज छ र पो मेरो अस्तित्त्व छ ।" माटोको समाजमा जीवजन्तु, वनस्पति, पहाड, नदीनाला, पोखरी, तालतलैया, समुद्र , लेकवेसी, कछाड हुन् । यी मेरा समाज विविधताले सजिएका छन् । यिनको आफ्नै भाषा, संस्कृति,राजनीति आदि सबै यिनैसँग छ । यी सबै ममा नै आश्रित छन् ।यो समाजको यो जीवनशैली हो । यो जीवन शैलीको आधार म हुँ ।
वैज्ञानिकले मलाई जीवित ठान्छन् । साहित्यकारले धर्तीमाता भन्छन् । कृषकले अन्नको भकारी ठान्दछन् । कोदाली लिएर खन्न थाल्दछन् । मबाटै सबैको आपूर्ति हुन्छ । ममा कतै मन्दिर बन्छन् भने कतै चिहान खनिन्छ । माटो भन्छ,"यसरी मेरो हरेक अंग विभाजन गरिएको छ ।" हरेक जीवजन्तुले माटोलाई राज्यमा बदलेका छन् । एकअर्कामा लडेका छन् । यी क्रियाकलाप माटोको समाजको हो । आफ्नाबारे ऊ भन्छ,"यो समाजमा मृत्यु छ , जीवन छ । यी सबै ममा नै उव्जन्छन् ।ममा नै विलाउँछन् । यो मेरो कर्म संसार हो । यो कर्म संसारका समाजको म ठूलो दर्पण हुँ । त्यसैले म साहित्य हुँ ÷म काव्य हुँ ।ममा थरिथरिका काव्य लेखिन्छन् । त्यसभित्र मेरा अभिव्यक्ति पाइन्छन् । तर अभागीको यो काव्य मेरो जीवनशैलीको एक खण्ड मात्र हो । त्यसमा ममा भएका भौतिक, रसायनिक र जैविक गुणको क्रियाकलापको एउटा सानो चित्रण हो । यो चित्रणमा वृत्तिविकासलाई मेरो सानो पुकार हो । म बोल्छु ,बिरुवा बोल्छन्,आफ्नो वेदना आफै खोल्छन् । तसर्थ यी हाम्रा आवाज सुनेर संसारमा चल्न सिक । हामीमा भएको अमृतलाई उपभोगमा ल्याउन सिक । तबमात्र हामी तिम्रो जीवनसार बनिदिन्छौँ । तिम्रो भकारी भरिदिन्छौँ ।"
कृषि काव्यको नगण्य भावसार यहाँ पस्किएको छ । यो विज्ञानमा आधारित काव्य हो । माटो विज्ञानको विविध समुच्च पक्षलाई समेटिएको छ ।
४.३. सदानन्दका उपन्यासहरू–
सदानन्द अभागीले जीवन लीला, नियति, तन्नेरी हजुरबा र यात्रीगरी चार ओटा सामाजिक उपन्यास लेखेका छन् । उनका उपन्यासहरूका बारे संक्षिप्त चर्चा यहाँ गरिदै छः
४.३.१ जीवन–लीला (उपन्यास)
जीवनलीला उपन्यास अभागीको जीवनलीला खण्ड काव्यको गद्य संस्करण नै हो । लेखाइ गद्यमा भए पनि यसमा खण्डकाव्यकै पात्र, परिवेश, कथावस्तु आदि रहेका छन् । उन्यासको मुख्य उद्देश्य नेपालमा भइरहेका चेलिबेटी बेचविखनलाई निर्मूलीकरण गर्नु हो । नारी समस्या, वैदेशिक रोजगारी, समाजमा बढ्दो पाश्चात्य संस्कृति, युवाहरूमा बढ्दो विकृति, विसंङ्गति, गैरसरकारी संस्था र गोष्ठीहरूमा देखिने चलखेल, अमानवीयता आदि कुरा उपन्यासमा छन् । यो उपन्यास ९७ पृष्ठमा लेखिएको छ । जीवन–लीला खण्डकाव्यमा सानो परिचय दिइएको हुँदा सबै कुरा त्यहींबाट जानकारी लिन सकिन्छ ।
४.३.२. नियति (उपन्यास)
यो उपन्यास कृतिकारको दोस्रो औपन्यासिक कृति हो । यो जम्मा २६ पृष्ठको छ । मानिसको भाग्यले कहाँकहाँ पु¥याउँछ भन्ने दार्शनिक विचार यस कृतिमा छ ।यस उपन्यासले दुई भिन्न जातका परिवारको कथालाई समेटेको छ । एउटा कथामा ब्राह्मण परिवारका कमल र रूपाको बाटोमा आाफ्नो आफ्नो धुनमा अगाडि बढ्दा एकअर्कामा ठोकिन पुग्छन् र केही कुराहरू चल्छन् । दुबै युवा अवस्थामा थिए; दुबैमा आकर्षण बढ्छ । यी युवा युवतीको वैवाहिक सम्बन्धमा बाधिनको लागि कुराहरू चल्छन् । विवाह तय हुन्छ। विवाह सकिन लागेको बेलामा कमलकी नब्बे वर्षकी हजुर आमाको स्वर्गबास हुन्छ । जन्ती मलामीमा परिणत हुन्छन् । यो घटनाले गर्दा रूपालाई टोकाहीको संज्ञा दिइन्छ र घरमा पस्न रोक लगाइन्छ । रूपाका बाबा आमाले बारम्बार प्रयास गर्दा पनि कमलले रूपालाई स्वीकार्दैन । कमलले विवाह गर्न खोज्दा पनि विवाह हुन सक्दैन र ऊ दिल्लीतिर लाग्छ । यो घटनाले गर्दा ऊ दिल्लीमा कुलतमा फस्छ भने रूपाकी ठूली आमाको सहयोगमा रूपाले प्रगतिनगरको विदुर केटासँग पुनर्विवाह हुन्छ। वैवाहिक जीवन अगाडि बढेर जान्छ । रूपाको विवाह भएपछि कमल घर आउनेक्रममा बाँसटारीमा बस दुर्घटनामा पर्छ । बेहोस् अवस्थामा भएको अवस्थामा रूपा पनि प्रगतिनगरबाट माइत जानेक्रममा बस दुर्घटनाका घाइतेलाई पानी खुवाउने अवस्थामा कमललाई देख्छे र कमल भन्दा पानी खुवाउँदा कमलले रूपा भन्दै माफ माग्छ र अन्तिम सास लिन्छ ।
अर्को कथा पर्वतको शंकर पोखरीबाट जलवीरे दमाई मधेस जानको लागि सपरिवार यात्रा गर्दछ । सिमलार पुग्दछ । तर ऊ त्यहाँ सहयोग पाउँदैन र चितवनको टाँडी बजारतिर लाग्छ । परिश्रमबाट प्राप्त रकमलाईवचत गरेर सुन्दर घरको निर्माण गर्छ । छोराछोरीलाई पढाउँछ, लेखाउँछ । सभ्य र शिक्षित परिवारमा रूपान्तरण हुनपुग्छ । नातिनातिनाहरू जन्मन्छन्, पढ्छन्, बढ्छन् । कम्युनिष्ट पार्टीमा समानता हुन्छ र जातीय विभेद हुँदैन भन्ने ठानेर जलवीरेका सबै परिवार कम्युनिष्ट पार्टीमा आवद्धहुन्छन् । रूपा र रमेशको छोराले जलवीरेकी नातिनीसँग विवाह गर्दछ । छुवाछुतको बहस चल्छ र कथा समाप्त हुन्छ ।
यस उपन्यासले दलितहरूको उत्थानको बारेमा वकालत गरेको छ । जातीय विभेदको अन्त्य कसरी हुन्छ भन्ने कुरा, अन्धविश्वासले निम्त्याएको समाजको जटिलता, मानिसमा भएको अहम्ता, शहीदको सपना अपुरो रहेको कुराको साथै मानवताका कुराहरूलाई यस उपन्यासले समेटेको छ । यो एउटा पठनयोग्य सामाजिक उपन्यास हो ।
४.३.३.तन्नेरी हजुरबा (उपन्यास)
सन्ताउन्न पृष्ठमा रचित यो उपन्यासमा लेखकका आफ्ना यात्राविवरण, जन्मेहुर्केको ठाउँको प्राकृतिक वर्णन र लेखकका गाउँका लाहुरेहरूले त्यो गाउँको विकासमा दिएको योगदान र तिनीहरूको टोलको वर्णन रहेको छ । १३ परिच्छेदमा रहेको यो उपन्यासमा सुर्खेत जान भनी काठमाडाँैको शंखमूलबाट हिडेको म पात्र एयरपोर्ट पुग्छ । त्यसपछि हवाइजहाजबाट उपत्यकाको रमणीय दृष्य हेर्दै सुर्खेततर्फ लाग्छ । म पात्रलाई लिन आएका एकजना मित्रसँग मोटरसाइकलमा बसेर म पात्र कोहलपुर पुग्छ । त्यहाँबाट चिसापानीतर्फ गाडीमा हुइँकिन्छ । आफ्नो बहिनीको घर सुर्खेत पुगी म पात्र बास बस्छ । बजेट तथा कार्यक्रम गोष्ठीमा सहभागी हुन्छ । म पात्रले त्यहाँ माटो र बालीसम्बन्धी मार्गदर्शन प्रस्तुत गर्दछ । लेखक कृषि वैज्ञानिक भएको हुनाले उनको आफ्नै विशेषज्ञतालाई यस उपन्यासमा समेटेका छन् । बाली विविधीकरणको गाडीमा चढी म पात्र कोहोलपुर फर्कन्छ । नेपालको गाउँगाउँमा कृषि कार्यलाईआधुनिकीकरण गर्नुपर्ने विचार राखेको म पात्र जनयुद्धका बेला पनि सबैले खान पाउनुपर्ने भनी कृषिकार्यलाईगाउँमा पुर्याउनुपर्ने तर्क अघि सार्छ ।
सुर्खेतको बस्तीबाट फर्केर नेपालगञ्ज पुगेको म पात्र त्यहाँको प्रेमबस्तीमा पुग्छ । त्यहाँपुगेपछि उसले तन्नेरी हजुरबालाई भेट्न प्रयत्न गर्छ । तन्नेरी हजुरबा रसिक खालका हुन्छन् । उनले आफूले बिहे गरेर ल्याएकी श्रीमतीलाई नहेरी हलोजोत्ने घरकी बच्चाबच्चीकी आमालाई भगाएर ल्याएको थियो । उनको नाम मखमली थियो । उनी पनि छातीको क्यान्सरले पीडित थिइन् । ती पीडित पत्नीलाई छाडेर बुढेसकालमा एउटी स्कूल पढ्ने खोलापारिकी साँहिलीलाई भगाएर ल्याएका हुन्छन् । त्यसबाट बच्चा पनि जन्मन्छ आखिरमा झिल्केलाई र त्यो बच्चा छाडेर ऊ भाग्छे । झिल्के बौलाउँछ र कराउँदै हिड्छ ।म पात्र नेपालगञ्जबाट जहाज चढेपछि उपन्यास सकिन्छ । कथानक छोटो भए पनि उपन्यास निकै रोचक छ । श्रृङ्गार रसले भरिपूर्ण छ । पाठकलाई निकै आनन्द दिन्छ । उपन्यासले खराब कामको नतिजा पनि खराबै निस्कन्छ भन्ने सन्देश प्रवाह गरेको छ ।
पुस्तकीय मन्तव्यमा भूसभ गण्डर्षिले यस उपन्यासलाई यसरी मूल्याङ्कन गरेका छन्,"यो उपन्यास मौलिक कथावस्तु भएको समसामयिक अति यथार्थवादी र मनोविश्लेषणात्मक रूपको उपन्यास हो ।"
४.३.४ यात्री (उपन्यास)
अठार खण्डमा तयार पारिएको यस उपन्यासमा गोठालापानीदेखि यात्राको थालनी गरीगोठालापानीमा पुगेपछि यात्रा समाप्त हुन्छ । यस उपन्यासमा यात्रीले यात्राक्रममा विविध किसिमका अनुभव र अनुभूति समेट्न सफल भएका छन् । उपन्यासका अध्याय–खण्डहरूका कथानक सारतल चर्चा गरिएबमोजिम छन् ।
प्रथम खण्ड –
वसन्त (उपनाम यात्री) र उसकी श्रीमती सविता गोठलापानीबाट पशुपतिमा सद्मी छर्न काठमाडौँ यात्रा गर्दछन् । सद्मी छर्ने काम हुन्छ । पशुपतिको तेजोमय रूपको वर्णन, पशुपति वरिपरिका मठमन्दिर वन आदिको परिचय गराउँदै काठमाडौँ भक्तपुर र ललितपुरका मुख्यमुख्य मन्दिरहरूको अवलोकन गराउँदै चिडियाखाना, टुँडीखेल, धराहरा, राजदरबार (राजा वीरेन्द्रको वंशनासको स्मरण), दक्षिणकाली आदिको अवलोकन गरेर सवितालाई यात्रीले धनगढीतिर पठाउन कलङ्कीतिर लाग्छ । सवितालाई बसमा चढाएर ऊ एयरपोर्टतिर लाग्छ । सामान जँचाएर यात्रुकक्षतिर लाग्छ । यात्रुकक्षमा एउटी सुकुमारी भेट्छ । जहाज एकघण्टा ढिलो हुने भयो । सुकुमारी(वसन्ती) र यात्रीबीच सुमधुर कुराहरू चल्छन् । जहाज उड्छ । विराटनगर पुग्दा साँझ पर्न थालेको हुन्छ । वसन्तीको अनुरोधमा यात्री धरान पुग्छ ।वसन्तीकी आमा र यात्रीबीच पनि सुमधुर कुराहरू चल्छन् । वसन्तीका खानदान धनकुटे क्षत्री रहेका र सैनिकमा जागीर खाएका, भारतको सिपाही विद्रोहमा पनि गएर शान्ति ल्याउने प्रयास गरेका;वसन्तीको दाजु ब्रिटिस पल्टनमा जागीरे आदि खानदानी वीरहरूको वर्णन सुन्नु; यात्री त्यहीँ रात बिताउनु; बिहान धरान बजारको अवलोकन गर्दै धरानको प्रख्यात मन्दिर बुढासुब्बा पु¥याउनु, बुढासुब्बामा नेपालमात्र नभई भारतबाट पनि पूजा गर्न आउने, भालेको कलेजोमा पुजारीले जोखना हेरिने ,भनेको कुरा पुरा हुने; पाण्डवहरूले पूजा गर्दा चदुवा टाँगेको ठाउँ जसले गर्दा त्यस ठाउँमा शीत पर्दैनथ्यो रे तर आजकल भने शीत पर्नेे जानकारीवसन्तीले यात्रीलाई दिन्छिन् । घरमा पुगेर सबैले खान थाल्छन् भन्दै यो खण्ड समाप्त हुन्छ ।
यस खण्डमा यात्रीलाईकाठमाडौँ र धरानका धार्मिक स्थलको परिचय र कुलीन खानदानी वसन्तीका आमा छोरीको आतिथ्य सत्कारबाट यात्री निकै प्रभावित हुन्छ । ऐतिहासिक र धार्मिक स्थलबाट यात्री लाभान्वित हुन्छ ।
खण्ड दुई –
यस खण्डमा यात्री धरानबाट दुहवी हुँदै विराटनगरतिर लाग्छ । विराटनगर पुग्नु अगावै दुहवीमा यात्रीले एउटा मिटिङ्मा सहभागी हुनु थियो । यात्री मिटिङ्मा सहभागी हुन्छ । सहभागी भएपछि कम्पनी मालिकले उसलाई एउटा निजी कृषि फर्म हेर्ने कुरा राख्छ । उनीहरू तरकारी फर्ममा जान्छन् र तरकारी बाली अवलोकन गर्छन् । गहुँमा शून्य जोताइ परीक्षण पनि यात्रीले हेर्छ । गहुँ लगाउनुभन्दा पहिला लगाएको लोकतन्त्र धानको बीजबृद्धि गरिएको र उत्पादन राम्रो रहेको यात्रीले जानकारी पाउँछ । कम्पनी मालिकले रामेश्वरलाल कर्ण र रामेश्वरसिंह बजार प्रचारकसँग भेट गराउँछ । यस दिनको बसाई यात्रीको दुहवीमै हुन्छ । बेलुका खाने बेलामा यात्रीलाई प्राविधिक कर्मचारी दिनेशबाबु शर्मा (जसको नाम शीतकुमार पनि भनिन्थ्यो) सँग परिचय गराएर प्राविधिक व्यवस्थापन र यात्रीलाई मोटर साइकलमा हिडाउने काम तपाईँको र परामर्श गर्ने काम उहाँको भन्दै दिनेश बाबुसँग भेट गराएर यात्रीको कामको व्यवस्थापन कम्पनी मलिकले मिलाइदिन्छ । यी दुबै दुई उमेरमा, तथा आनीबानीमा भिन्न भए पनि काममा एक भएर हिँड्न बाध्यता थियो आज दिनभरि यी दुबै विराटनगरका विभिन्न ठाउँमा भ्रमण गरे । बेलुका विराटनगरको एउटा होटेलमा बास बस्न जान्छ । वसन्तीको फोन आउँछ । यात्रीले वसन्तीको आतिथ्य सत्कार र उसको रूपको स्मरणले मीठोमीठो कल्पनामा डुब्न थाल्छ भन्दै यो खण्ड समाप्त हुन्छ।
खण्ड तीन–
यसखण्डमा चिसो हावा चलिरहेको अवस्थामा यात्री बिहान चारबजे उठ्छ र इलाम जाने तरखरमा लाग्दछ । यातायात बन्दले गर्दा सडक शून्य जस्तै थियो । दुबै इटहरीमा पुगेर चिया पिउन थाल्नु, चिया पकाउने नानी निकै हँसिली भएकाले बोल्न पनि अप्ठ्यारो नलाग्ने, चिया पिएर दुबै झापातिर अगाडि बढ्नु विर्तामोड पुग्नु र विर्तामोडमा पनि चिया पिउनु र चारआलीतिर बढनु, चारआलीबाट मोटरसाइकल उत्तर मोडिनु, चालकले एउटा प्रेम कथा सुनाउँनु र एउटी केटीसँग प्रेम हुँदा हुँदै आमाले दोस्री केटीसँग विवाहको तय गर्नु तर केटाले नमान्नु विवाहबाट कसरी छुटकारा पाउनु,आदि कुरा यात्रीलाई सुनाउनु; यात्रीले पुरानो केटीसँगको प्रेम कहानी बन्न लागेकी दुलहीलाई सुनाइदिएमा नयाँ केटीले विवाह गर्ने छैन भन्ने क्ुरा यात्रीले भन्छ । केटीसँग प्रेमको गाँठो कसरी पर्ला भन्दै यात्रीसँग शोधछ । कुराकानीको सिलसिलामा चालक र यात्री दुबै इलामको प्राकृतिक सौन्दर्यको रमणीयतामा रमाउँदै पुरानो र ठूलो कन्याम चिया बगैँचामा पुग्छन्, कन्याम चिया बगानमा आफ्नै किसिमको रौनकतामा रमाउँदै कतै वनभोज कतै नाचगान, युवायुवतीको दौडधुप, कसैको पछ्यौरी चियाको बोटमा अल्झेको कसैको पछ्यौरी काँधमा लड्केको आदि आदि सौन्दर्यमा यात्री र चालक निकै रमाएका हुन्छन् । चालकले उनी यहाँ भए कस्तो हुन्थ्यो भन्ने प्रश्नमा यात्रीले उनी यहाँ भए तारा झरी जान्थ्यो एउटा सुन्दर कविता सुनाउँदै यो खण्ड समाप्त हुन्छ ।
खण्ड चार–
कन्यामको सौन्दर्यताबाट यात्री र चालक फिक्कल बजार पुग्छन् । सौन्र्दयप्रेमी को नहोला भन्ने प्रश्नका साथ चालकले अलैंची, अम्रिसो, आलु, अकबरे खुर्सानी, ओलन, आत्महत्या, अदुवा र आइमाई यी आठ चिजमा इलाम प्रसिद्ध छ भन्छ । यी आठ ओटा 'अ'ले इलामको सौन्दर्यता झल्काउँछ । चियाको नाम पनि अर्थोडक्स राखिएको कुरा चल्छ । दुबै भाउजूको होटेलमा पुग्छन् । भाउजूको सुन्दरता मात्र नभएर दाइको सुन्दरता र मिठासले गर्दा पनि मनै आनन्दित हुन्छ । चालक प्रेममा फसेको र उसको ध्यान मोबाइलमा लामोलामो गफबाहेक अरू केही हुँदैन । साँझ परेपछि झापा झर्छन् । माघेसंक्रान्तिमा पनि चालक झापा घरतिर लाग्यो । तीन दिनपछि ऊ फिक्कल आयो र त्यस दिन भने ऊ झापा झरेन तर उसले रातभरिमोबाइलमा कुरा ग¥यो बिहान उसकोकोठामा ताला लागेको थियो । यात्री आजको कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने सोचमा डुब्यो । यत्तिकैमा चालक यात्रीको अगाडि उभिन पुग्यो र भन्यो "मैले निधो लिएँ" यात्रीले केको निधो भनी प्रश्न राख्दा पुरानी प्रेमिकालाई भित्र्याउने, हजुरले कार्यक्रम चलाउने म उनीलाई लिन जान्छु । यात्रीले सहमति जनायो । चालक झापातिर लाग्यो । यात्रीले चिया किसानसँग दिनभरि प्राङ्गारिक खेतीसम्बन्धी तालिम सञ्चालन गरी होटेलमा फक्र्यो भन्दै यो खण्ड समाप्त हुन्छ ।
खण्ड पाँच–
होटेलमा पुग्दा कोठामा एउटी सुन्दरी र युवक गुनगुन गरिरहेका थिए । यात्रीलाई विवाहमा बाँधिएका जोडीले आफ्नो भावी जीवनको सपना सिँगार्दै होलान् भन्ने भान भयो । चालकले यात्री आएको थाहा पायो । यात्रीले बधाई भन्यो तर यात्री अरू केही बोलेन । प्रेमिकाले विवाह भागेर होइन भन्ने तर चालकले भने भागेर विवाह गर्नुपर्छ भन्थ्यो । नभागे चालकले समय दिन नसक्ने भन्दो रहेछ । यत्तिकैमा चालकले यात्रीलाई भित्र बोलाई । उनी रोइरहेकी थिइन् । यात्रीले आज रुने दिन हैन, सबैलाई हँसाउने र सुहागरात मनाउने दिन हो भन्दै यात्री कता पुग्यो उसलाईथाहा भएन । यात्री कोठाबाट बाहिरियो । दुबै भित्र बसेर गुनगुन पुनःशुरू भयो । दुबै बाहिर निस्के । यात्रीले उनलाई हँसिली पायो र शोधयो, विवाहमा प्रशन्नता आयो ? युवतीले यात्रीसँग प्रतिप्रश्न गर्छिन्, के भागेर विवाह गर्ने ? यात्री अकमकाउँदै प्रश्न ग¥यो के आज विवाह भएको होइन ? मौन भाषामा टाउको हल्लियो । चालकले यात्रीसँग दुई सय रूपियाँ मागेर दुबै झापातिर लागे । युवती निकै राम्री थिइन् । हिड्ने बेलामा युवतीले भनिन् "अंकल म चाँडै आउने छु" । यात्री आजको बोलाइमा अल्लि खल्लो महसूस ग¥यो । ऊ भाउजूको होटेलतिर लाग्छ भाउजुले एककप चिया ल्याएर दिन्छिन्, मनमनै धन्य हो भाउजू भन्दै कोठातिर लाग्छ । यो खण्ड समाप्त हुन्छ ।
खण्ड छ–
चालक र उसकी प्रेमिका यो अवस्थाबाट यात्रीमा मानसिक विचलन उत्पत्ति हुन्छ । ऊ टोलाउँछ र होटेलको एउटा कुनामा बस्छ । उसले विवेकशील विश्लेषण गर्न विवेकलाई बोलाउँछ । उसले विवाहका प्रकारहरूलाई स्मरण गर्छ । जुनसुकै प्रकारको विवाह गर्ने भए पनि यी कुरा मिलाउन लमीको आवश्यक हुन्छ । पहिला पहिलाका विवाह सानो उमेरमा गरिने भएको हुँदा दुलाहादुलहीलाई विवाह भएको थाहा नहुन पनि सक्थ्यो केटाकेटीलाई देखाउने चलन पनि थिएन हाल आएर २०–२५ वर्षका तरुनी या तन्नेरी भएपछि विवाह गर्ने चलन आएको र दुलही र दुलाहबीच आफ्ना धारणा राखेरमात्र विवाह गर्ने चलन आयो । छोराको भन्दा छोरीको विवाह गर्न कठिन हुने कुरा उसले सुनेको थियो तर उसले आफ्ना छोरीको विवाह अति सहजसँग भएको र कताकता छोराको विवाहमा जति सहज हुनुपर्ने त्यति नभएको महसूस गर्दछ । हिजो गरीबले पनि डोली सजाएका कुरा र धनीहरूले पाल्कीलाई प्रयोग गरेका कुरा । उसले सोच्दै गयो चालककी प्रेमिकाले "के भागेर नै विवाह गर्ने ?" यो शब्दले चालकलाई छोएको थियो । चालककी प्रेमिकाको त्यो धुमधामसँग गरिने विवाहको चाहनालाई चालकले पूरा गर्ने जस्तो देखिदैन । नामर्द चालकले एक पैसा.पनि खर्च गर्न चाहदैन । यात्री कल्पनामा डुब्दा वसन्तीको फोन आउँछ तर यात्रीले वसन्तीको आवाज पनि छुट्याउन सक्दैन अवेरसम्म यात्री चालकलाई कुरेर बस्छ तर चालक आउँदैन । यात्री कतिबेला निदायो उसलाई थाहा लागेन । ऊ आफ्नै विवाहको सपनीमा रमाइ रहेको थियो तर व्यूँझदा ऊ खाटमा सुतिरहेको थियो भन्दै यो खण्ड समाप्त हुन्छ ।
खण्ड सात–
यस खण्डमा चालक फिकल बजारमा हुँदैन यात्रीले कार्यक्रम सञ्चालन गराउनु थियो । भाउजूको होटेलमा यात्रीले चिया पिई घाममा उभिएको थियो । फिकल बजारमा चालक र चालककी प्रेमिकाका फाटपूmट कुरा चल्न थालेका थिए । एक जना साहुजीले तपाईँको मित्रले हिजो केटी लिएर आए अनि केटी लिएर गए, त्यो केटीसँग उसले विवाह गर्ने हो अरे नि भनी प्रश्न राख्नु यात्रीले केटाकेटीबीचको कुरामा यात्रीलाई के थाहा भन्दै जवाफ फर्काए । कार्यक्रम सञ्चालन गर्ने समयमा चालक आइपुग्छ । यात्रीले हिजो रातको बसाइको कुरा शोधनु, यात्रीले उनले उनको घरमा लगेर विवाहको कुरा परिवारसँग राखियो र परिवारले मगनी गर्न आऊ र विवाह गरेर लैजाऊ भन्ने कुरा भएको जानकारी चालकले यात्रीलाई सुनायो । यात्रीले मगनी गरेर विवाह गरे भयो नि भन्दा घरकाले नमान्ने, घरको आफ्नै मर्यादा हुने, तर उनी बिना बाँच्न नसक्ने आदि कुरा सुन्दा यात्रीलाई रिस उठ्छ । केटी भागेर आए घरको इज्जत रहने मगनी गर्दा इज्जत जाने, एक रुपियाँको सिन्दुर खर्च नगरीश्रीमती बन भन्नु पनि लाजमर्नु कुरा हो र यो विवाह व्यथा अल्झाएको चालकबाटै भएको महसूस यात्रीले ग¥यो ।
खण्ड आठ–
यस खण्डमा चालककी आमा फिक्कल आउने भनी चालकलाई फोन आउछ आमा आउनुको कारण छोरालाई दोस्रो केटीसँग विवाह गराउनको लागि आउने अरे भन्ने कुरा चालकबाट यात्रीले जानकारी पाउँछ ।दुबै जना तालिम सञ्चालन क्षेत्रतिर जान कन्याम चिया बगान हुँदै जान लागे । कन्यामको रमाइलो आज पनि हेर्दै दुबै जना तालिममा पुग्छन् । तालिम सञ्चालनस्थलको नजिकै माओवादी जनयुद्धको कारणले ठूलो चिया बगान झाडीमा परिणत भएको यात्रीले देख्छ । तालिम सम्पन्न गरेर दुबै जना फिक्कल बजारमा आइपुगे । चालककी आमा र ठूली आमा चालकलाई लिन आइसकेका थिए । यात्रीले घुमाउरो पाराले आमाबाबुको कर्तव्य छोराछोरीको जीवन सुखमय बितोस् भन्ने हुँदोरहेछ भन्ने कुरा सुनायो । छोराको चाहनालाई आफ्नै चाहना सम्झनु पर्दो रहेछ आदि कुरा यात्रीले चालककी आमालाई सुनायो । यात्रीको कुरा सुनेर चालककी आमाले सबै सामाजिक मर्यादामा बस्नुपर्छ । उसले मनपराएकी केटीसँग विवाह गर्ने भए पनि गर भनेको त्यो पनि स्वीकारेन । अर्कीकेटी देखाएर हेरेर मन पराएर विवाह गर्ने भनेर तय गरिएको हो भन्ने आदि कुराहरू चले र उनीहरू झापातिर झर्दछन् । यात्रीलाई घरबाट सविताले फोन गर्दै के घर भुलेकै हो भन्दा भन्दै टेलिफोन काटियो र यो खण्ड पनि सकियो ।
खण्ड नौं–
यस खण्डमा सविताको फोन काट्टिएपछि यात्रीलाई रातभर निद्रा लाग्दैन । बिहान यात्री उठ्छ र चालकले काठमाडौँबाट आधि घन्टाभित्र केही मानिस आएँदै छन् भन्दै फोन गर्छ । कार्यालयका सबै सामान चालकले नै राखेको हुन्छ । केही क्षणमा नै रातो कारको आगमन अफिसमा भयो । सबै जना एउटा चिया कम्पनीमा पुग्छन् ।मिटिङ शुरुहुन्छ । हरेक कुरामा रातो कारका मालिकले क्याल्कुलेटर लिएर नाफा र नोक्सान निकालेर देखाइदिन्थे । प्राङ्गारिक मल प्राङ्गारिक विषादि र प्रविधि मल कम्पनीले उपलब्ध गराइदिने कृषकलाई तालिम दिने काम गरिदिनेमा सम्झौता हुन्छ । केही मानिस झापातिर लाग्छन् भने रातोकारका मालिक यात्री र चालक डाक्टर खोलातिर लाग्छन् । समय अभावले गर्दा त्यहाँ त्यति छलफल भएन । भोलिपल्ट छलफल गर्ने भनेर सबै जना होटेलमा फर्कियो । चालकलाई मिनेट मिनेटमा फोन आइरेहका थिए । अव त चालक प्रेमको प्रेसरले गर्दा भुलक्कड हुन थालेको थियो र नेपालमा आन्दोलन भन्यो कि चक्का जाम हुने । रातो कार फिक्कलको तिनआलीमा के निस्कन थालेको थियो कि एक हुल जड्याहाले आक्रमण गरिहाले । कार संयोगले जोगियो । आजको दिन त्यस्तै त्यस्तैमा वित्यो । यात्रीले अब त कि घर सम्झन्थ्यो यात धरानकी वसन्ती र वसन्तीकी आमाको त्यो सत्कार भन्दै यो खण्ड समाप्त हुन्छ ।
खण्ड दश–
यस खण्डमा चालक झापाको एउटा ब्राह्मण परिवारमा जन्मेको टाढाबाट हेर्दा आकर्षक देखिए पनि नजिकबाट हेर्दा राम्रो देखिदैनथ्यो । बालककालबाटै ऊ काठको लौरोका गाडी बनाएर खेल्ने गर्दथ्यो र चालकभन्दा निकै खुसी हुन्थ्यो । न्वारानको नाम दिनेश बाबु(शीत कुमार) थियो । पढ्दै गयो, बढ्दै गयो, प्रमाण पत्रमा जे नाम भए पनि उसको नाम चालक नै प्रचलनमा आयो । उसको घरको आयआर्जन भनेको एउटा पसल थियो परिवारमा आमा बाबु र वहिनी र ऊ मात्र थिए ।पढाइमा ऊ चलाख थियो र पढाइ सकेर ऊ स्कुलमा शिक्षक भयो । त्यही पाठशालामा एउटी अति सुन्दर शिक्षिका थिइन् । चालक र उनीबीच प्रेमले स्थान लियो । प्रेममा आँखा हुँदैन, प्रेममा बन्धन हुँदैन र प्रेममा जातभात हुँदैन भनिन्छ । यी दुबैमा त्यो युक्ति पनि लागू भएको थियो । ती युवतीको नाम रूपवती थियो । उनले चालकलाई आफ्नो यौवनलाई कतिखेर सुम्पिन उनलाई थाहै लागेन । यहाँसम्म चालक र चालककी प्रेमिका रूपवतीको वर्णनपछि प्रसंङ्ग यात्रीतिर मोडिन्छ । यात्री फिक्कलबाट इलामको प्राकृतिक सौन्दर्यतामा रमाउँदै झापातिर बढ्छ । रातोकार इटहरीमा आएर रोकियो । सबै जना कारबाट निस्केर होटेलभित्र प्रवेश गरे भन्दै यो खण्ड समाप्त हुन्छ ।
खण्ड एघार–
यात्री र रातोकारका मालिक संयोगले सफलप्रेमीका जोडीसँग बसेर खाना खाने मौका मिल्यो । रातोकारका मालिक र यात्री खाँदै थिए भने ती जोडी आफ्नो प्रेम विवाह सफल भएको भन्दै आपसमा गुनगुन गर्दै खाँदै थिए ।यात्रीले यो गुनगुन सुन्यो र रातोकारका मलिकलाई भन्यो । यो सुनेर उनी ठहका लगाएर हाँसे । उनी खाना खाएर काठमाडौँ जान विराटनगरतिर लागे । दुहवीमा चक्का जाम छ भन्दा भन्दै कार विराटनगर कसरी पुग्यो थाहै भएन । उनीकाठमाडौँ पुगे । यात्री भने होटेलमै छ र ती प्रेम विवाहका सफल जोडीलाई नियालेर हेरिरहेको छ । झापाका जोडीको रूपलाई इटहरीमा भएका जोडीस्ाँग दाँजेर हेर्छ तर यहाँका जोडीको रूप पनि मिल्दो देख्दैन । यात्रीले रूपको वर्णन गर्दा कुरूपतालाई पनि लिनुपर्ने ठान्दछ किनकि कुरूपता पनि रूपकै एउटा अंश हो । उसले ठान्दछ कि जुन वस्तुले आकर्षण गर्छ त्यही वस्तुनै राम्रो हुन्छ । यहाँ प्रेमको बारेमा बहस चल्छ । प्रेम सबै चीज हो भन्ने धारणा आउँछन् । यी जोडी कसरी सम्पर्कमा आए भन्नेमा नारायणगढबाट काठमाडौँ जानेकर्ममा दुबै एकै सिटमा बस्न पुग्नु दुबै वार्तालापमा आकर्षण बढेको काठमाडौँ पुग्दा यति नजिक भएकी छुट्टिनै कठिन परेकाले भोलिपल्ट रत्नपार्कमा भेट हुने सल्लाह, भोलि पल्ट भेट भएको बदाम खाएको टेलिफोनमा वार्ता गर्ने सहमति भएको, एवम् प्रकारले चारवर्ष बितेको र काठमाडौँमा भेलेन्टाइन डेमा भेट भएर झापा जाने कुरा चलेको तर ऊ झापा नलिई गएकोमा उनी तेसा्रे दिन झापा पुगेर वैवाहिक बन्धनमा बाँधिएको र सुखमय जीवन विताइरहेको कुरा, घरकाले बुहारी स्वीकारे पनि माइतीले ज्वाइँ नस्वीकारेको कुरा यात्रीले राख्दा छोराछोरी भनेको कलेजीको टुक्रा हो आफ्नो कलेजो कसैले मिल्काउन सक्दैन भन्ने जवाफसहित यो खण्ड समाप्त हुन्छ ।
खण्ड बाह्र –
चक्काजामको कारणले गर्दा यात्रीहरू अलपत्र परिरहेका थिए । बालबालिका तथा यात्रामाहुनेहरू भोकभोकै थिए भने आन्दोलनकारी रमाइरहेका थिए । तोडफोड चलि रहेको थियो । गोली चल्दा निर्दोष व्यक्ति मरिरहेका थिए । यात्री पनि यो हडतालमा अलपत्र परेको थियो । जहाँ काम गथ्र्यो त्यहाँबाट विदा लिइसकेको थियो भने घर जाने अवस्था थिएन । पहाडीया र मधेशी भनेर जातीय विभेद बढिरहेको थियो । उसले सुन्दै छ –जोगबनी रोडमा राई मारियो, इटहरीमा हलुवाई पिटियो । राष्ट्रिय विभूतिका मूर्ति तोडिनु आदि थुप्रै घटनालाई यात्रीले यहाँ हेरिरहन्छ अनि नेताको भाषण सम्झन्छ –"नयाँ नेपालको निर्माण गर्नु छ ।" यो शब्दलाई कसरी लिने सकारात्मक रूपमा कि व्यङ्ग्यको रूपमा भन्दै यो खण्ड समाप्त हुन्छ ।
खण्ड तेह्र –
बाटोमा आन्दोलनकारीले पाल टाँगेर टिभी जडान गरेर रमाइलो गरिरहेका थिए । आन्दोलनको यो नयाँ रूप देखेर यात्री दङ्ग परेको थियो । यात्री वेखर्ची भइसकेको थियो । वसन्ती र उनकी आमलाई यो कुरा थाहालाग्यो र उनको सहयोगमा ऊ काठमाडौँ उत्रियो । एउटा विद्यार्थीकोमा झोला विसायो विद्यार्थी पनि विखर्ची नै थियो । ऊ कर्मचारीको खोजीमा हिजो सहयोग गरेको सहसचिवकोमा ऋण लिन पुग्यो तर उसले ऋण पाउन सकेन । एउटाले घर पैसा पठाउनु थियो । उसले पैसा घरमा बुझाउने गरेर पैसा पायो । यात्रीले काठमाडौँ पुगेको खवर वसन्तीलाई दियो र सहयोगको लागि धन्यवाद दियो भन्दै यो सर्ग समाप्त हुन्छ ।
खण्ड चौध–
यात्री घर जानको लागि कलंकी आउनु एउटी महिला (नरमाया) पनि गोठलापानी जान कलंकी आउनु दुबै भेटहुनु सिलगढी जाने बसमा चढ्नु बाटोमा विविध अवरोधका कारण नारायणगढ आइपुग्न धेरै समय लाग्नु, यात्रीले मदन भण्डारी र जीवराज आश्रीतको घटना घटेर मृत्यु भएको ठाउँ देखाउनु,वाँदरमुढेमा बसमा बम हानेर मानिस मारेको घटनाको स्मरण गर्नु, खानापछि भाते निद्रामा पर्नु, चालकको विवाह भएको र ऊ नाचेको सपना देख्नु, नरमायाले पनि आफ्नो जीवनसाथीसँग बहकिएको सपना देख्नु र सपनामै यात्रीको शररिुलाई कस्नु दुबै व्युँझनु, गाडी गैढाकोट प्रवेश गर्नु नरमायालाई एउटी युवतीले मौलाकालिका, देवचुली रुद्रपुर गढी, अकाला देवी, दाउन्ने क्षेत्र, पाल्ही भगवती, परासी, र्बौद्ध गूम्वा, रामग्राम स्तूप, बर्दगोरिया त्रिवेणीधाम जस्ता स्थानको जानकारी दिनु, यात्रीले पहिला गरेको लुम्विनी यात्राको स्मरण, ठाउँठाउँमा माओवादी र फोरमका कार्यकर्ताबीचको झडप, गाडी बन्द, आदि कठिनाइ पारगर्दै गाडी अगाडि बढ्दै जानु, गाडी दाङप्रवेश गर्दा स्वर्गद्वारीको स्मरण, गाडी कोहलपुर पुग्नु तेल सकिनु तेल लिन नेपालगञ्ज पुग्नु त्यहाँ पनि तेल नपाउनु, गाडी थन्किनु भोलिपल्टमात्र तेल पाउनु, वागेश्वरीको दर्शन गर्नु, बर्दिया बन्दको कारणले साँझपखमात्र गाडी वर्दिया पारगरी चिसापानी पुग्नु र चिसापानीका माछाखानु ,यसैक्रममा गाडी अतरीया पुग्नु, यात्रीले धीतमर्ने गरेर चिया पिउनु, खोडपेमा हिउँले बाटो बन्दभएको खबर पाउनु, नरमायाका श्रीमान भारतबाट आउँदै गर्दा भेट हुनु धेरै दिन काठमाडौँ बसेकोमा गाउँलेले कुरा काट्लान भन्ने डरले उनलाई सताएको थियो भन्दै यो खण्ड समाप्त भएको छ ।
खण्ड पन्ध्र–
यस खण्डमा बाटो बन्दको कारण यात्री धनगढी बजार घुम्नेर बस्ने निधो लिनु गौरीफन्टा बजारले नेपालको बजारलाई ओझेलमा पारेको कुरा, भारतको वन सुन्दर रहेको कुरा, लोकतन्त्र बहाली भए पनि राजनेताले तथा सरकारले जनतालाई राहत दिन नसकेका र देशलाई राम्ररी हाँक्न नसकेका, योजनाविहीनको राजनीतिले देश विकास गर्न नसक्ने कुरा, धेरै वर्षपछि सालीलाई भेट्नु साढु भारत गएको पाउनु, पुग्ने भएपछि किन भारत जानु भन्नु सालीले आधार उतैको कमाइले भएर होला भन्दै जवाफ दिनु, वर्षको एकपटक हिमाचल पुग्नु र २०।३० हजार लिएर आउने गर्नु† यात्री डडेलधुरातिर लाग्नु शहीद भीमदत्तको शालिक अगाडि १ मिनेट उभिएर श्रद्धाञ्जलि दिनु† शहीदको सपना कसैले पनि पूरा गर्न नसकेकोमा ऊ चिन्तित हुनु,नाङ्लो होटेलमा बास बस्न झोला विसाउनु, एउटा युवकसँग भेट हुनु,दुबै बजार घुम्न निक्लनु, पत्रकार संघको कार्यालयअगाडि पुग्नु,पत्रकार मारिएकाले पत्रकार बिरोधमा उत्रिनु, यात्रीले युवासँग विवाहका कुरा गर्नु, युवाले एउटीसँग प्रेम गर्दा धोका पाएको र विवाह गरेर दुलही पाल्न सक्नुपर्ने कुरा राख्नु, राती अवेर गरेर सुत्नु र सपनामा गोठाला पानीमा रमाइरहेको थियो ।
खण्ड सोह्र–
यसमा यात्री गोठालापानी जानुपर्ने भए पनि डोटी जाने योजना बनाएर बसपार्कतिर लाग्छ । बसको ड्राइभरले धेरै हर्न बजाएकोमा ड्राइभरलाई ध्वनि प्रदुषण बारे जानकारी गरायो, बसमा चढ्यो । उनको आडमा एउटी पढेलेखेजस्ती सुन्दरी बस्न आइपुग्छिन् । उनले यात्रीसँग परिचय माग्दछिन् यात्रीले आफ्नो परिचय दिंदैउनको परिचय माग्नु उनले पनि नारी सम्मेलनमा सहभागी हुन आएको जानकारी दिनु, यात्रीले सम्मेलनको मूल उदेश्य जान्न चाह्यो । आफ्नो हकहित खोज्न नसकी आज पनि नारी पीडित छन् भन्ने कुरा, यसमा यात्रीले पुन हकहित खोजेर पाइन्छ या प्रयोगमा ल्याएर उपभोग गरिन्छ भन्नु, सुन्दरीले पहिला खोज्नुपर्ने र पछि प्रयोगमा ल्याइनुपर्ने धारणा राख्छिन् । यात्रीले नारीहरू दुविधामा परेको र आफै प्रष्टिनुपर्ने किनकि हिन्दु धर्ममा नारीहरू (दुर्गा सरस्वती, पार्वती आदि) पूज्य छन् । नारी भनेको घर हो र पुरुष भनेको काठको बार हो† आमा सत्य हुन् बाबु साक्षी हो† पुरुष शिव हो भने नारी शक्ति हो† नारीविना पुरुषको केही चल्दैन । जब शक्तिलाई सही ठाउँमा ल्याइन्छ तबमात्र शक्तिले स्थान लिन्छ र आफ्नो हकहितको पहिचान हुन्छ । सुन्दरी यसमा सहमत देखिन्नन् र नारी दमनमा भएको, कुलङ्गार कहलिने अपहरित हुन्छे, लुटिन्छे, कुलाटामा परिणत हुन्छे, छाउपडीको यातना भोग्छे आदिआदि कुराहरू यात्री समक्ष राख्छे । यात्रीले ती सुन्दरीलाईतपाईँले भनेका कुराहरू कुन हद्सम्म आफ्नो घरमा लागू गर्नुभएको छ भन्ने प्रश्न राख्छन् । यो प्रश्नको जवाफ दिन उनी सक्दिनन् किनकि उनी पनि भाषणमा सीमित थिइन् । छाउपडीमा आफै विश्वास राख्थिन् र मनमनै मेरो सम्बोधनमा के दम होला भन्न थाल्छिन् । "पैसा मिल्छ भन्दैमा सबैको आँखामा छारो हाल्नु भनेको त आपूmले आफैलाई धोका दिनु हो ।" गाडी दिपायल पुग्छ र उनी त्यहीँ प्रमुख अतिथि हुन झरिन् । यात्री शिलगुढीतिर चढ्छ भन्दै यो खण्ड समाप्त हुन्छ ।
खण्ड सत्र–
शिलगुढी डोटी जिल्लाको सदरमुकाम भएकाले सरकारी कार्यालयहरू यही रहेकाले मानिसको जमघटले शिलगुढी भरिभराऊ थियो । यो जमघटमा उसले कुनै गैरसरकारी संस्थाको अगुवाइमा दलितलाई मन्दिर प्रवेश गराउने अरे भन्ने कुरा सुन्यो । उच्चजात भन्नेहरूले प्रतिकार गर्ने अरे । यात्री अचम्ममा पर्छ र भन्छ "यो ढुङ्गा माटो रड र सिमेन्ट आदिबाट निर्मित मन्दिरमा प्रवेश गर्नु र नगर्नु कुनै औचित्य छैन । ...... मानव मनमन्दिर सबैभन्दा ठूलो हो । देशमा छुवाछुतको अन्त्य हुनत मानवमनमन्दिरमा सबै जातजाति अट्न सक्नुपर्छ ।" सरकारले कानुन बनाउँछ प्रयोगमा ल्याउन सक्दैन । यस्ता कानुनको कुनै औचित्य देखिदैन । यात्री कुर्सीमा बस्छ । साहुनी आउँछिन् बजारमा सनसनी फैलिएको कुरा निकाल्छिन् । कुनामा बाहुन जस्तो लाग्ने केटाले रक्सी खाँदै प्रशासनले दलितको साथ दिन हुँदैनथ्यो । यो सबै डलरको खेती हो, छुवाछुतको बहानाले धर्म परिवर्तन गराउने चाला हो । अर्को कुर्सीमा बस्ने वालाले यी सबै दलित बाहिरका हुन् । यहाँका दलितहरू मन्दिर पस्दैनन् । यी सबै कथनलाई यात्रीले सुन्दछ । यो संसार सबै ईश्वरको सृष्टि हो । सृष्टिकर्ता भनेका बाबु आमा हुन् । बाबुआमाका नजरमा छोराछोरी चराचर रबराबर हुन्छन् । त्यहाँ कोही भेदभाव हुँदैन । यात्रीका मनमा धेरै प्रश्न उठ्छन् , ब्राह्मण भएर रक्सी खान हुने दलित मन्दिर प्रवेश गर्न नहुने, कतै ब्राह्मणले मात्र पूजा गर्ने देवता, कतै दलितले मात्रै पूजा गर्ने देवता, कतै हिंसामा (बलि लिएर) बाँच्ने देवता कतै अहिंसामा रमाउने देवता अन्धविश्वासले जकडिएको समाज आदि प्रश्न आफैमा गर्छ र यात्रीले भन्छ – 'मानिस मानिससँग छुवाछुत हुँदैन†मानिसको छुवाछुत त दानवसँगमात्र हो तर आचरणत सबैले सुधार्नु पर्छ ।' यात्री गोठालापानी जाने तर्खरमा लाग्छ सविताले घर कहिले आउने हो भन्दै फोन गर्छिन, वसन्तीले पनि घर पुग्नु भयो भन्दै थिइन । यात्रीले घर पुगेको छैन भन्यो भन्दै यो खण्ड समाप्त हुन्छ ।
खण्ड अठार–
यात्री गोठालापानी जान सिलगढीबाट मोटर चढ्छ । एउटा युवक पनि त्यही गाडीमा चढ्छ । उसले हलिया मुक्तिको लागि लडीरहेको भन्दै आफ्नो जानकारी गरायो । यात्रीले मुक्तकमैयाको समस्यालाई सम्झ्यो र त्यो युवासँग हलिया मुक्ति गर्ने योजना त राम्रो हो । मुक्तकमैयालाई कसरी गास बास कपासको व्यवस्था गर्नुहुन्छ भन्दै यात्रीले प्रश्न राख्छ । युवक झोक्किएझैँ गरेर मुक्ति पाउनु ठूलो कुरा हो अरू कुरा पछि हुँदै जान्छन् । यात्री विवादमा जान चाँहदैन । युवा कार्यक्रमतिर लाग्छ भने यात्री गोठालापानी बसतर्फ । यात्री खोडपे पुग्छ । त्यहाँ पहिलाको युवकले विवाह गरिरहेको हुन्छ, यात्रीले शुभकामना दिन्छ र बस अगाडि बढ्छ । यात्रीले पाटनको जहाज ग्राउण्डलाई हेर्छ् । माओवादी जनयुद्धताका भत्काइएका भवनलाई हेर्दै गोठालापानी पुग्छ । त्यहाँ रमाइलो भइरहेका बेला चालकले विवाहको निम्तो भन्दै फोन गर्नु, रूपवतीले पनि आपूmले चाहेअनुरुप नै विवाह हुने भएको भन्दै निमन्त्रणा गर्नु, पुन वसन्तीकी आमाले पनि वसन्तीको विवाह हुने भयो भन्दै निम्ता दिन्छिन् । यात्रीले अवस्य आउने छु भन्दै आस्वासन दिन्छ ।यसरी यो उपन्यासको समाप्ति हुन्छ ।
"देशको समग्र द्वन्द्वको निकास, लोकतान्त्रिक संविधानको निर्माण, सामाजिक सद्भावको सुसङ्गठन, राष्ट्रिय अखण्डता, आदिआदिमा मनन् गर्दै समुन्नत नेपालको परिकल्पनामा यात्री डुब्छ र मनमनै भन्छ्–दोषीले कानुनबमोजिम सजाय भोग्ने छन् र देशमा शान्ति छाउने छ†आजको यो शुभ सन्देशले यही नै भविष्यवाणी गर्छ । मैले यस पटकको यात्रामा जति दुःख भोगे पनि अबको यात्रा यस्तो हुने छैन, यसमा म ढुक्क छु । "
यस उपन्यासले व्यापक क्षेत्र ओगटेको छ । काठमाडौँ सम्मको धार्मिक यात्रा भए पनि काठमाडौँदेखि पूर्वको यात्रामा प्राङ्गारिक चिया उत्पादनमा कृषकलाई सक्षम बनाउने र प्राङ्गारिकमल बनाउन लगाउने प्राङ्गारिकमल बनाउन नसके प्राङ्गारिक मल कम्पनीबाट किनेर प्रयोग गर्ने । यी मल बनाउन र प्रयोग गर्नको लागि किसानलाई दक्ष बनाउने उद्देश्यसहित यात्री त्यहाँ पुगेको थियो । समग्रमा यस उपन्यासमा सामाजिक, आर्थिक, राजनीतिक, भौगोलिक, धार्मिक, ऐतिहासिक, कृषि, वातावरण, प्रकृति वर्णन, आदिलाईराम्रोसँग प्रस्तुत गरेको छ । पात्र सबै सक्रिय छन् ।ठेट नेपाली भाषाको प्रयोग गरी उखान टुक्का र कविताले सजाइएको छ । शीर्षकहरू राखी औपन्यासिक विवरण दिइएको छ । एकजना यात्रीले आफ्नो यात्रामा भोगेका कुरालाई वर्णन गर्न औपन्यासिक शैली अपनाइएको छ । नेपाली जनजीवनको वास्तविक चरित्र उतारिएको छ । राजनीतिक विषमता विस्ङ्गतिको संकेत गरिएको छ । नेपाल कृषिप्रधान मुलुक भएको तर कृषि क्षेत्रको विकास हुन नसकेको आधुनिक कृषि प्रणालीको चेतना दिनुपर्ने कृषि बालीमा रासायनिक मलको प्रयोग अनुत्पादक हुँदै गएकाले प्राङ्गारिक मलको प्रयोगमा जोड दिइएको छ ।
४.४. काठमाडौँदेखि देहरादुन (यात्रा विवरण)
अड्तीस पृष्ठमा संरचित यो कृति यात्रा संस्मरणमा केन्द्रित छ । कृतिकारले जागीरको सिलसिलामा विभिन्न देशका विविध ठाँउहरूको अध्ययन भ्रमण र तालिममा सहभागी हुने क्रममा भारतको 'देहरादूनलाई केन्द्रित गरी बढी चर्चा भएको छ । तापनि काठमाडाँैबाट यात्रा प्रस्थान गर्दा देखिका महत्त्वपूर्ण विवरण समावेश छन् । यस कृतिमा कृतिकारले यात्राका क्रममा तात्कालीन माओवादी युद्वका क्रममा नेपाल छाडेर भारत पलायन भएका मानिसहरूसँग भेटेका कुरा छन् । कृषिसम्बन्धी विभिन्न तालिम अवलोकनलगायतका कुरा समेटिएका छन् । लेखकको घुमन्ते जीवनको झलक छ । भारतको उत्तराञ्चलका विभिन्न स्थान योजना स्थल, प्रयोगशालाहरू, सङ्ग्रहालय आदिका जानकारी नियात्राका वर्णनका विषय बनेका छन् । शैक्षिक भ्रमणका कर्ममा सानो किताब भए पनि यात्रामा देखिएका प्राकृतिक सौन्दर्यता, धार्मिक स्थल, यात्रीहरूबीचको कथा चुट्किला, देहरादूनको नामकरण, नेपाल र भारतको भौगोलिक विषमताको चित्रण नेपाल सानो देश भए पनि कृषिमा अपनाउन सकिने विविधता, जमिनको सदुपयोग र भूसंरक्षणको महत्त्व, देहरादूनमा नालापानीको लडाइँ, वीर बलभद्रको स्मरण र माटो विज्ञानसम्बन्धी सन्देशलाईमहत्त्वका साथमा उठान गरिएको छ । कृति सानो छ तर उपलब्धिमूलक छ ।
४.५.म र मेराहरू (जीवनी)
उनन्तीस पृष्ठमा छापिएको यो कृति सदानन्दको जीवन वृत्तान्तमा केन्द्रित छ । विभिन्नतीस वटा उपशीर्षक दिइएको यस पुस्तकमा आफ्नै जीवनका विविध घटना समावेश छन् । लेखकले आफ्ना पूर्वजले भोगेका अनेकन् कुरा, आफ्नै कुराअन्तर्गत बाल्यकाल, शिक्षादीक्षा, विवाह, व्यवसाय, मान सम्मान, भ्रमण, पदप्राप्ति साहित्य साधनालगायतका प्रसंगहरू उठाएका छन् । केही हद्सम्म आफ्ना वंशजका कुरामा प्रकाश पारेका छन् । वंश परम्पराको लेख हुनु राम्रो हो । यसले विस्तृत रूप लिन सकेमा वंशावली निर्माण गर्न सहज हुने देखिन्छ ।

No comments:
Post a Comment