साहित्यिक र समालोचकीय कृतिहरूकोसंक्षिप्त चिनारी
सदानन्दले साहित्यिक समालोचकीय कृतिहरू तीन दर्जनभन्दा बढी लेखे–छापेका छन् । तिनको सैद्धान्तिक गम्भीर अध्ययन विश्लेषण गर्न समय, साधना, बौद्धिकता र अन्य पक्ष सबैको तालमेल मिल्नुपर्ने हुन्छ । तसर्थ कृतिगत पृष्ठतालाई समेत दृष्टिगत गरी कृतिका विषयवस्तुको सारसूचनादिने अभिप्रायले उनका कृतिहरूको चर्चा गर्न लागिएको छः–
४.१. अभागीका कवितासङ्ग्रहहरू–
सदानन्दको साहित्यिक यात्राको शुरुवात 'आमा' कविताबाट भएको थियो । उनको पहिलो पुस्तकीय कृति भने आफ्नै व्यथाहरू (कविता सङ्ग्रह, २०५७) हो । हालसम्म उनका 'आफ्नै व्यथा', बूढो जवानी र मोहनीको मीठो म्वाइँजस्ता तीनवटा कवितासङ्ग्रह प्रकाशनमा आइसकेका छन् । यिनै कविता सङ्ग्रहहरूको सारभाव यसप्रकार प्रस्तुत गरिदै छ
४.१.१.आफ्नै व्यथाहरू (कविता सङ्ग्रह)
यो उनको जीवनको पहिलो प्रकाशित कृति होे । पचास वटा नेपाली भाषामा र दुईवटा अंग्रेजी भाषाका गरी यसमा जम्मा ५२ वटा रचनाहरू रहेको उक्त कृतिमा छोटा कविताहरू रहेका छन् ।
स्वार्थ संवाद –
यस कृतिको पहिलो कविताको रूपमा स्वार्थ संवाद रहेको छ । स्वार्थैस्वार्थले भरिएको यो संसारमा सत्यको नै जित हुन्छ । यसमा सर्वहिताय र सर्वसुखायको धारणा हामी सबैमा हुनुपर्छ भनिएको छ ।
बीस पंक्तिहरू–
प्रजातन्त्रको धाक लगाएर कुर्सी ओगट्नेहरूको ठूलो रवाफ देखिन्छ तथा देशमा प्रजातन्त्र आए पनि जनताले यसको अनुभूति पाउन सकेका छैनन् । दशगजामा अतिक्रमण भएको छ । बेरोजगारी मौलाएको छ जस्ता धारणा यस रचनामा आएका छन् ।
प्रजातन्त्र अमर रहोस््–
फुक्लो नाराको प्रजातन्त्र अर्धजीवित हुन्छ र पूर्ण प्रजातन्त्रको लागि सबैले पेटभरि भात माग्दछन् भन्ने आशययसमा आएको छ ।
एक गीत–
मार्मिक भावनाले भरिएको यस गीतमा विलासी जीवनलाई त्याग्दै यस संसारलाई स्वर्ग बनाउनको लागि आह्वान गरिएको छ ।
अभिव्यक्ति–
यस कवितामा कवि निरास छन् । प्रकाशबाट प्राप्त गर्नुपर्ने प्रज्ज्वलताले सन्तुष्टि दिन नसकेपछि कालोरात्रीलाई चिर्न खोज्ने जूनकीरीको संघर्षमय उज्यालोलाईआत्मसात् गर्दै अग्रगामी बन्न खोज्ने अभिलाषा उनले राख्दछन् ।
कविता कोर्न मन लाग्यो–
यस कवितामाकविले यो संसारलाई प्राकृतिक रूपमा सुन्दर बनाउन पारिजातको पूmल रोप्ने अठोट गर्दछन् ।
होटेल गर्न पुगे–
गरीबीले सताएको यस संसारका महिला कसरी मधुप्याला लिएर मधुवालालाई स्वागत गर्न बाध्य हुन्छन् भन्ने मार्मिकतालाई समेटेको छ यस कविताले ।
जिन्दगीको भित्री कहानी–
वन डढेको सबै देख्छन् मन डढेकोकोही दैख्दैनन् । आवरणको कथा कविहरूले लेख्छन् तर जिन्दगीको भित्री कहानी लेख्न कविले पनि सक्दैनन् भन्ने यथार्थता रहेको छ यो कवितामा ।
म अन्धो भएछु –
यस कवितामा मूर्तिको रूपमा स्थापित देवताले पनि कहिलेकाही खुट्टा हाल्दा रहेछन् भन्ने व्यङ्ग कसिएको छ ।
के भुलै थियो ?–
पूर्णचन्द्र रजनीमा, एकान्त नदीको किनारमा पूmल र भमरा साथमा हुँदा भमरालाई पूmलले केटाकेटी भनेको, भावनालाई बुझ्न नसकेको, मस्त यौवन हुँदा पनि उनको यौवनलाई जकडेर तान्न नसक्दा कवि के भूलै थियो त ? कविता रच्न वाध्य भएका छन् ।
म कसरी नारद ?
नारदलाई सज्जन तथा त्रिलोक ज्ञाताको साथै छुल्याहाको रूपमा पनि लिने गरिन्छ । तापनि नारदको काम सर्वहिताय हुन्छ भन्ने कविताको भाव छ । कविलाई पुष्पाले नारद उपनाम दिएकोमा नारदको सत्यं, शिवं र सुन्दरम्को गुण ममा आवोस् भन्ने धारणा उनले राखेका छन् ।
श्रीमतीसँग गुनासो –
श्रीमान श्रीमतीबीच कहिलेकाहीँ झैँँझगडा पनि हुन्छ। यस कुरालाई कविले यसरी प्रकट गरेकाछन् –
तिम्रो एक एक सुखको क्षण त्यो मेरो सुख हो ।
तिम्रो एक एक आँसुको कण त्यो मेरो दुःख हो ।।
अशान्ति निम्त्याई दुःखको संसार म देख्न चाहन्नँ ।
हाँस र हँसाऊ यो तिम्रो रुवाइ म सुन्न चाहन्नँ ।।
के मेरो गल्ती छ र?–
युवा र युवती सँगैसँगै भएको अवस्थामा दुबैको पथ अलगअलग भएको, युवाको पथमा काँडा उम्रिसकेको तर युवतीमा भने युवा मुना कलकलाउँदो भएर बढिरहेको अवस्थामा युवतीको भावनालाई बुझ्नसके पनि कर्तव्यलाई छोड्न नसकेकोमा कविले पूmल फुलोस्, फल लागोस् तिम्रो पुष्पवाटिकामा भन्दै शुभेच्छा प्रकट गरेका छन् ।
आज चण्डीपुजा रे?
यस कवितामा पाल्पाको डुम्रे खोला वारिपारिका कोकलदेवी र वालीदेवीको पूजाको वर्णन गरिएको छ । कोकलदेवी र वालीदेवी भारेभुरे दुई भाइ राजाका छोरीहुन् । दुबै भाइ लड्दा यिनी दुबै मारिएका र देवीको रूपमा बली पूजा गर्ने चलन रह्यो । त्यहाँ पूजा गर्ने पूजारी कन्या केटा हुनुपर्ने, ब्राह्मण सहभागी हुन नहुने जस्ता कुराबाट यस कविताले सांस्कृतिक ऐतिहासिक सम्झना गराएको छ ।
कवि र कविता–
कविता भनेको कविको भावनात्मक अभिव्यक्ति भएको र कवि भनेको प्रकृतिको वरदान हो भन्ने अभिव्यक्ति यसमा आएको छ ।
फूल टिप्यो–
एउटाले बगैँचा स्थापना गर्न चाहेर बागलाई सजायो, एउटा बेर्ना रोप्न तयार भयो तर दुर्भाग्यले बाटो छेक्यो र अर्कै मालिले पूmल टिप्यो भन्ने धारणा छ ।
मेरो अनुरोध–
यो कवितामा कृषि र कृषकको धारणालाई समेटेर लेखिएको छ । माटो जोगाऔँ, मल बनाऔँ र माटो उर्वरक बनाऔँ भन्ने विचार आएको छ ।
कृषकसँग अनुरोध–
हे किसान ! तिम्रो हलोको सियोमा सुनका डल्ला फल्छन् ।तिम्रो पसिनाको ढिकामा मोतीका दाना टल्कन्छन् भन्दै कृषकलाई कृषि कर्ममा अगाडि बढ्दा पसिनाको मूल्य मिल्छभन्ने ज्ञान दिलाईएको छ ।
पहिला आफूलाई चिनौँ–
यस कवितामा सीता र बुद्ध जन्मेका देशका हामीले विश्वको विवेचना गर्नुभन्दा पहिला हामी को हौँ ? हाम्रो गौरव के हो? भनेर खोज्न सकेमा यो देशको शान्तिप्रिय गाथा जान्न सकिने र नेपाल विशाल छ भनी जान्न सकिने एवम् विकासको बाटोमा लम्किनसकिने धारणा आएको छ ।
तिम्रो प्रतिबिम्ब–
यो कविता श्रृङर रसले सजिएको छ । एउटी युवतीको शिरदेखि पैतलासम्मका अङ्गप्रत्यङ्गको वर्णन गरिएको छ । यादको दावानल जलिरहेको छ र तिम्रो प्रतिबिम्ब झल्किरहेको छ भनिएको छ ।
प्रति–
प्रति कवितामा नेपालआमाप्रति समर्पण भाव व्यक्त भएको छ ।
विदाई हुने–
विदाइ भएर जाने साथीप्रति शुभेच्छा प्रकट गर्दै सफलताका चारैद्वार तिम्रालागि खुलिरहून्, सम्झनाका दिव्य ज्योति सदासदा बलिरहून्, जस्ता भावना व्यक्त भएका छन् ।
कर्तव्य–
मानव जीवनका हरेक कदममा कर्तव्य छन् र कर्तव्यको पथमा सधैँ हिड्नु पर्छ । दानवरूपी संसार त्यागी मानवरूपी सारमा आउनु पर्छ भन्ने धारणा छ कवितामा।
मदिरा–
मदिरा पिउनु हुँदैन । यदि मदिरा नै पिउने हो भने ईश्वरीय मदिरा जो मन मन्दिरमा पिए सधैँ शान्ति मिल्छ भन्ने कुरा यो कविताले दर्शाएको छ ।
दागबत्ती–
यो रचनामा अशान्तिका वातावरणलाई चितामा जलाएर शान्तिको स्वर्ण मुला पलाएरतिर्खा मेटाउने धारणा आएको छ ।
शान्ति–
क्रान्तिपछि शान्ति चाहिन्छ तर क्रान्तिबिना शान्ति आउँदैन तर चारैतिर अग्नि दन्किदा पनि शान्ति शान्ति भन्दै जीवन ओइलाएको छ भनिएको छ यो कवितामा।
क्रान्ति उठाएर –
देश विकासको लागि सबै व्युझनुपर्छ र विकासवादी क्रान्ति उठाएर देशको विकास गर्नुपर्छभनिएको छ ।
वसन्त–
यो कवितामा वसन्तमा हरियाली प्राकृतिक सौन्दर्यता झल्किने हो तर मौनताको दर्दनाकमा यो देशको वसन्त हाँसिरहेको छ भन्ने भाव व्यक्त छ ।
उदाएको चन्द्रमामा ताराको के अस्तित्त्व–
तारा र चन्द्रलाई प्रतीक मानेर गरीव र धनीबीचको अस्तित्वको तुलना गरिएको छ । धनीको अस्तित्व चम्किदै जाँदा गरीबको अस्तित्वविहीन हुनुहुँदैन भन्ने भाव छ कवितामा ।
दशनङ्ग्रा खियाउनु पर्दछ–
नेपाली हुनलाई नेपालीत्व चाहिन्छ । देशविकासको लागि जनजागृतिहुनुपर्छ । काम सिकेर कार्यकर्ता बनिने तर काम सिक्न लगनशीलता चाहिन्छ । देशमा विकासको मूल फुटाउन हातका दशनङ्ग्रा खियाउनु पर्छ भन्ने यसमा विशेष धारणा आएको छ ।
नेपाल बन्द –
यस कविताले देशमा हरेक चिजमा नेपाल बन्द गराउने विकृतिप्रति व्यङ्ग्य गरेको छ । यस्तो कर्म गर्न नहुने भन्दै कविले क्रान्ति सबल र सफल हुनलाई अहिंसालाई समाउनु पर्छ । हिंसाको बाटो दुर्बल हुन्छ त्यसो हुँदा शान्तिको ज्योति बाल्न र अहिंसाको माध्यमबाट काँधमा क्रान्तिको बन्दुक बोक्न आग्रह गरिएको छ ।
मनोरञ्जनको बेहाल –
यसमा लुकीलुकी गरिने मनोरञ्जनको नतिजा पनि गलत नै हुन्छ र वेहालको अवस्था आउँछ भनिएको छ ।
कृषि उत्पादनको सवाई –
मल, माटो, बालीसंरक्षण, चिस्यान, बीऊ र प्रविधि बाली उत्पादनका तत्त्वहुन यिनको सही व्यवस्थापन गर्नसके उत्पादन बढाउन सकिन्छ भनिएको छ ।
केही टुक्रा –
यस कवितामा पाँच टुक्रामा विविध धारणा राखिएको छ । जीवन जगत््सँग गाँसिएका यी विषय÷टुक्रामा सुखी र दुखीको जीवनलीलामा एउटा रुने र अर्को हाँस्नेबीच फरक देखिन्छ ।यस्तै संसारको नाट्यशालामा पनि कसैको जीवन कथाको सारले संसारभरि फैलिन्छ र कसैको जीवन कथाको सारनै अलपिन्छ भन्ने कुरा राखिएको छ ।
बाच्छाको मिचाइ –
यस कवितामा यातायातमा देखिएको होडबाजीमा आकस्मिक घटना घट्छ । यसमा निर्दोषपक्षहरूको प्राण जान्छ भन्ने धारणा आएको छ ।
जीवनसाथी –
यो अलौकिक संसारमा सबै काम दर्शनले मात्र गर्दैन†कर्म गर्नुपर्छ । कर्म गर्नु भनेको साक्षात्कार हुनुहो । यसरी साक्षात्कार हुँदा जीवनसाथी साथमा भए राम्रो हुने धारणा आएको छ ।
कर्मचारी –
यसमा कर्मचारी शब्दको अर्थलाई प्रष्ट्याइएको छ । 'क' भनेको कर्म ,'र' भनेको सबैको मनमा रमाउनु, 'म' भन्दा जनताको मर्म बुझ्नु, 'च' भनेको चरित्र निर्माण गर्नु, 'आ' भनेको आचरण सुमधुर भएको,'रि' माने ऋणि पार्दछ । सबलाई सेवा भावनाबाटकाम गर्ने गुणले सम्पन्न भएकोलाई मात्र कर्मचारी भन्न मिल्छ भन्ने कुरा कवि दर्शाउँछन् ।
यो के हो –
यो रचनामा जब मानिस आसामञ्जस अवस्थामा आउँछ त्यतिबेला यथार्थता छुट्याउन सक्दैन, हाँसो भएर पनि हाँसो मान्न सकिदैन,रोदन भएर पनि रोदनमान्न नसकिने, टाढा भएर पनि नजिक भएकाले विछोड मान्न नसकिने, यस्तो किन भयोे तथा यो के हो मलाईै थाहा छैन भनिएको छ ।
आफ्नै कथा –
यस देशको तात्कालीन शासन व्यवस्थामा जनताले भोगेका कष्टहरूलाई भावनामा पस्किएको छ । कविले 'यो मेरो जीवन कथा हो, यस देशको माटोबाट अलग्याई कसैले लेख्न खोजे लेखिदैन' भनेका छन् ।
मेरो जीवन–
नैराश्यले छाएको जीवनलाई यहाँ प्रष्ट्याउन खोजिएको छ । सार्थकता प्राप्त गर्न नसकेपछि मानिस नैराश्यको बाटो रोज्छ† संघर्ष गर्छ तर उपलब्धि हासिल गर्न नसक्दा जीवन व्यर्थ भएको अनुभूति प्रकट गर्छ ।
तलाउको माछा–
तलाउको माछाको संसार भनेकै त्यही तलाउ मात्रै हो । त्यो परिधि नाघेर बाहिर आउन सक्दैन ।गरीबीले पिल्सिएका दीनहरूको जीवनमा सर्पले काँचुली फेरेझँै काँचुली फेर्ने मन त हुन्छ तर गरीबीको घेराबाट उनीहरू बाहिर आउन सक्दैनन् भन्ने कुरा कवितामा भावको रूपमा आएको छ ।
माटो –
राष्ट्रियताको भावनाले ओतप्रोत यस कवितामा नेपाललाई सुन्दर शान्त, विशाल र पवित्र माटोरूपी भूमिठानिएको छ ।
जीवन यात्रा –
काम गर्नुपर्छ, गरेको कामको कीर्ति रहन्छ । जीवन यात्राको महत्त्वपूर्ण पक्ष हो । सत्मार्गको यात्रा गर्दा तरवारधारमा टेक्नुपर्छ । अमृत रस पिउन खोजे विषको घडा फोर्नुपर्छ । जीवन यात्रा लामो या छोटो कस्तो हुन्छ यस विषयमा सोच्नुहुन्न तर कर्तव्यलाईभने कहिल्यै छोड्न हुन्न भन्ने धारणा कविको रचनामा आएको छ ।
प्रियासँग –
यस कवितामा प्रियले प्रियालाई आफ्ना कारुणिक भावना दर्शाएको देखिन्छ । प्रियले प्रियालाईसकारात्मक भावनाले दिल छाम्न भन्छ । प्रियालाई हाँस्न र हसाउँनको लागि आग्रह गर्छ ।
अवशेष–
बाँच्दा बाघ भएर बाँच्ने र मर्दा शहीद भएर मरियोस् । जीवनकर्मले अमरत्व छाड्न सकोस् भन्ने सचेतना कविले रचनामार्फत् दिएका छन् ।
आशा–
आशा मानवको साथी हो । यो जीवन छउञ्जेल साथमा हुन्छ भन्ने कुरा यो कविताले संकेत गर्दछ ।
एक्लो रात –
श्रृङ्गार रसले भरिएको यस कवितामा आफ्नी प्रिया नभएको अवस्थामा एक्लो रातमा प्रियले सम्झना गर्दै भोगेको यथार्थता प्रकट भएको छ ।
भुल्ने छैन मैले –
सतरूपको पहिचान गर्न सतगुणको अवलम्बनहुनुपर्छ । तिमी र मैले भेटवार्ता गर्नुपर्छ । तिमीले भुले पनि मैले भने भुल्न सक्दिनँ भन्ने कविताको आशय छ।
आफ्नै व्यथाहरू–
यही कविताबाट नै यस कृतिको नामकरण गरिएको छ र यो यस कृतिको अन्तिम कविता पनि हो । यसमा भनिएको छ ः
साहित्य समाजको दर्पण हो
यसमा कुनै विवाद छैन
लेखक त यसको प्रस्तुतकर्ता हो
यसमा कुनै दोधार छैन
भन्दै कवितामा कविले समाजको प्रतिबिम्ब खिच्न सक्नुपर्छ । अन्धविश्वासले जकडिएको समाजमा अन्धविश्वासको पर्खाल तोड्न सक्नुपर्छ । साहित्यकारले सिर्जनाको बाटो फराकिलो पार्दै जाँदा बाटोमा चट्टान पर्न सक्छ त्यसलाई पनि फोरेर अगाडि बढ्नु पर्छ । नयाँ समाजको सिर्जनामा नयाँ नेपाल बन्न सक्छ भन्दै कविले यस कवितासङ्ग्रहमा आफ्नै व्यथा भएको धारणा राखेका छन् ।
आफ्नै व्यथाहरू कविता शीर्षकहरू नेपालीमा छन् भने कयष् िबलम अयलकभचखभच तजभ कयष् िअंग्रेजी भाषाका दुई कविता हुन् । माटोसम्बन्धी यी कवितामा माटोको महिमा र माटो बचाउनु पर्छ भन्ने धारणा आएका छन् ।यस कृतिका कविताले विविधतालाई समेटेका छन् ।गरीबीले सताएको परिस्थितिमा गरीबहरूको विवशता, श्रृङ्गारिकता, प्राकृतिक सौन्दर्यता,मानिसको स्वार्थी प्रवृत्ति, सत्तासीनको रवाफ, देशमा गास, बास र कपासको अभाव, प्रजातन्त्रको अमरत्वको कामना, धनीहरूको चम्किलो अनुहारभन्दा गरीबीमा निसासिएकाहरूलाई जूनकीरीको नै भए पनि प्रकाशको आवश्यकता पर्ने विषयसन्दर्भ आएका छन् । मानिस जन्मेपछि मर्छ तर उसले यो संसार त्याग्दा अमरत्व सिर्जना गरेर जानसके मात्र जीवन सार्थक बन्ने धारणालगायत कविताले धेरै घटनाक्रमलाई समेटेको छ । सम्पादनको कमी र कवितालाई निकै खाँदेर लेखिएको हुँदा कृतिको आकार सानो देखिए तापनि यसमा समावेश भएका कविताले तात्कालीन समसामयिकताको उठान गरेका छन् । साथै प्रस्तुत कृतिमा मेलमिलाप हुनुपर्ने र व्यक्तिको चारित्रिक सुधार पनि हुनुपर्ने सन्देशप्रवाह भएको छ ।
४.१.२. बूढो जवानी (कवितासङ्ग्रह)
अभागीको यो दोस्रो कवितासङ्ग्रह हो । यसमा करिब १ वर्ष (२०५७–२०५८) भित्रका कविताहरू समावेश गरी विविध घटनाहरू समेट्दैकविले कविताको सिर्जना गरेका छन् । यसमा ४५वटा कविताहरू समावेशगरिएका छन् । हरेक कविताको सारभावलाई यसरी अध्ययन गर्न सकिन्छ ः
ज्योति–
पहिलो कविता हो । यस कविताले शिक्षामा, रहन सहन,लवाइखवाइ र हरेक चीजको विभेदलाई प्रष्ट्याउने प्रयास गरेको छ । धनीका कुकुर पनि कारमा चढ्छन् भने गरीबका छोराछोरी दवाइ नपाएर मरिरहेछन् भन्ने धारणा यसमा आएका छन् ।
लिपिष्टिक–
कृत्रिम सुन्दरताभन्दा प्राकृतिक सुन्दरता नै राम्रो हुन्छ भन्ने कुरा यस कविताले गरेको छ ।
उनको विलौना–
योे सिर्जनामा कोख बाँझो भनेर पतिबाट अलग्गिनु पर्दाको पीडाका साथै महिलाहरूमा बच्चा नहुनुमा पुरुष पनि दोषी हुन्छन् भन्ने भाव झल्केको छ ।
दिमागले फोटो खिच्छ–
कुनै पनि गलतकाम गर्न हुँदैन,गरियो भने आफ्ना एकएक गलत पक्षको दिमागले फोटो खिच्छ भन्ने भावना आएको छ ।
हिजोआज –
हिजो देशमा जहानिया र निर्दलीय शासनको अवस्थामा मानिसहरूमा वाक्स्वतन्त्रता थिएन तर आज प्रजातन्त्र आयो भन्दैमा जेपायो त्यहि बोल्न हुँदैन र अनुशासन तोड्न हुँदैन भन्ने धारणा छ ।
प्रयोगशाला –
विश्व नै ठूलो प्रयोगशाला हो । यस प्रयोगशालामा जेजे पायो त्यही गर्दै हिड्न हुँदैन । सही बाटोमा हिड्नु पर्छ । बाटो बिराएमा सृष्टिकर्ता वैज्ञानिकले आफ्नो प्रयोगशालालाई व्यवहारमा उतारी प्रयोग गर्दछ ।
म आफैमा–
मानव जीवन सधैँ अन्धकारमय हुँदैन । रातपछि दिन आउँछ । कर्ममा निरन्तरता दिंदै अगाडि बढेमा कर्मको फल प्राप्त गर्न सकिन्छ ।
पँधेरी –
पँधेरीमा निरन्तर पानी बगिरहेको हुन्छ । यहाँ पधेर्नीहरू पानी लिन आउँछन् र गाग्रीमा पानी भर्दै जाँदै गरेको देख्दा मस्तराममा विचार पलार्योकि अग्रगमनको लागि निरन्तरता चाँहिदो रहेछ । अव म पनि निरन्तर अघि बढ्छु भन्दै पधेरीबाट अघि बढ्छ भन्ने भाव झल्किएको छ कवितामा ।
नीद–
निदमा धेरै सपना देखिन्छन् । ती सपनारूपी संसार त्यागी विपनाको संसारमा आउनु पर्ने भाव झल्केको छ ।
सागको त्यान्द्रो–
सरकारी मानिसको घुमन्ते समयमा विभिन्न प्रकारको खाना खाँदाको अनुभवमा भोक लागेको बेला सागको त्यान्द्रो निकै मीठो लागेको र यो मिठास खाना बनाउनेको सीप र भोकले लागेको भन्ने भाव छ ।
पाहुना बन्दाखेरि–
पाहुना बन्दा सधैँ सहज हुँदैन । असहजता पनि भोग्नुपर्छ भाव छ यो कविताको
घरबेटी–
काठमाडौँमा भाडामा बस्नेहरूले घरबेटीमार्फत् भोग्न परेको यथार्थ पीडाको वर्णन भएको छ यस रचनामा ।
सुख दुःख–
सुख दुःखको अनुभूति केवल सन्तोषबाट मात्र लिन सकिन्छ । तसर्थ दुःखरूपी संसारमा सुखको रुख रोप्न सिकौं भन्ने कुरा कवि व्यक्त गर्दछन् ।
पिङ खेल्दछन्–
साँचो बोल्न गोप्यता चाहिदैन । यथार्थतामा नै सबैले पिङ खेल्छन् भन्ने भाव आएको छ ।
दशको जवाना गयो–
यस कविताले देशमा दोब्बर रूपमा महँगी बढिरहेको धारणा प्रस्तुत गरेको छ ।
चाडपर्व–
दशैँजस्ता चाडपर्वमा मात्र गरीबले मासु र भात खान पाउने† तीजमा महिलाले नयाँ कपडा लाउन पाउने जस्ता घटनालाई औल्याउँदै गरीबीको मार परेकाहरूलाई चाड मान्न कठीन हुने कुरा यो रचनामा दर्शाइएको छ ।
नदी–
नदीका विविध रूप छन् र समुद्रसम्म पुग्ने लक्ष्यका लागि निरन्तरता छ । मानिसले पनि नदीको जस्तै निरन्तरतालाई व्यवहारमा उतारे विश्वलहर ल्याउन सक्ने र मरुभूमिलाई पनि हरियाली बनाउन सकिन्छ भनिएको छ ।
बिन्ती तिमीलाई–
भूतलाई सम्झी, वर्तमानलाई हेरी भविष्यमा चल्न सिक्ने र सही मार्गदर्शन संसारलाई दिन सक्ने गरी अघि बढ्न आग्रह गरिएको छ ।
चमेलीको दशैँ–
परिवारमा सबैको मत मिलेन भने झगडा हुन्छ र चाडपर्व पनि बेरसिलो बन्छ भन्ने भाव आएको छ । कविताले यिनै कुरा दर्शाउन खोजेको छ ।
भोट कमाइएको छ–
प्रतिपक्षले नाराजुलुस, बन्द, आदिबाट सरकारको घुँडा टेकाउन सके भोट बढ्ने भाव आएको छ ।
हात्ती बलियो कि हात्तीछाप चप्पल–
हात्ती बलियो कि हात्तीछाप चप्पल शीर्षकको यो कवितामा स्वार्थले भरिएको नेपाली राजनीतिले सही मूल्याङ्कन गर्न नसकेको कारणले गर्दा देश विकासमा अवरोध आएको धारणा आएको छ ।
उपहार –
नकारात्मक सोच लिएर नकारात्मक काम गरिन्छ भने बहार उपलब्ध हुँदैन त्यसो हुँदा सकारात्मक पथ अंगालेर अघि बढ्ने उपचारको लागि मलम उपाहर छ भन्ने भाव आएको छ ।
कामना–
सहयात्रा सुमधुर हुन सके सफलता मिल्ने,सफलताको मन्दिर बन्ने भन्दै कविले विश्वशान्तिको कामना र शान्तिकै ज्योति बाल्न सके संसार प्रकाशमय बन्न सक्ने भावना पस्केका छन् ।
माया–
मुक्तिमार्ग प्राप्त गर्न कर्मरूपी माया अमिट हुने साथै कर्ममा मात्रै ईश्वरीय माया हुने र यसैबाट मुक्ति मिल्ने धारणा छ ।
आज यस्तै छ –
देशको द्वन्द्वले गर्दा भाइभाइ लडेका र मरेकामा बाबुले दागबत्ती दिन परेको भाव छ ।
सपना देख्नेहरूलाई–
यथार्थको कसीबाट सबैलाई हेर्नुपर्छ र यथार्थको संसारमा यथार्थी भई बाँच्नुपर्ने भाव आएको छ ।
यथार्थता–
संसारिक यथार्थतालाई बुझेर चल्न सिकेमात्र सुखशान्ति मिल्ने भाव ।
यात्री–
सपनालाई यथार्थतामा परिणत गर्न सकिन्छ भन्ने अठोट राखेरअगाडि बढ्दा उसलाई ज्योतिमय प्रतिबिम्बको आभास मिल्छ र यात्रा सफल भएको ठहर गर्छ ।
शुभ इच्छा–
स्वच्छ माया प्राप्त गर्न नसकेकी प्रेमिकालाई नवलय, नवपथ, नवजीवन प्राप्त गरीस्वेच्छाचारी स्वच्छ भाव स्वच्छ जीवन बिताउनको लागि शुभेच्छा प्रकट गरिएको छ ।
आजको सन्देश–
द्वन्द्वको परिणममा एक नेपालीलाई अर्को नेपालीले मारेको छ , घाइते सिपाहीलाई उपचार गराइएको छ र गृहमन्त्रीले समवेदना प्रकट गरेका छन् ।
श्रद्धाञ्जलि–
यो कवितामार्फत् महाकवि लक्ष्मीप्रसाद देवकोटाको महिमाको गुणगान गाउँदैश्रद्धाञ्जलि अर्पण गरिएको छ ।
केही थुँगा–
यसमा तीन थुँगा छन् । पहिलो थुङ्गामा एक्लो जीवन शून्य संसार जस्तो लाग्ने, दोस्रोमा मिलन र विछोडको सँगममा मोज हुने धारणा र तेस्रोमा नेतामा कुर्सीको प्यार ठूलो छ भन्ने धारणा दर्शाइएकोे छ ।
भइँसेपाटी–
सत्ता हस्तान्तरणमा सहज नहुने धारणा आएको छ ।
संवाद–
देशमा प्रजातन्ज्ञ थाम्न सक्ने एउटैमात्र पार्टी भएको भाव ।
बूढो जवानी –
यस कृतिको नामकरण पनि यसै कविताको शीर्षकबाट राखिएकोछ । सबैले बुढो भन्छन् तर कवि भने आपूmलाई सोह्र वर्षे ठान्छन । जोश जाँगर पनि सोह्र वर्षे सरहनै भएको मान्छन् तर कोर्के नजर लगाउँदा भने कसैको मुस्कान नभेट्नु र नातिनीले हजुरबा भन्दा कवि तर्सनु, बुढोपाको जवानीलाई हजुरबा भन्ने शब्दले सम्बोधन गरिने धारणा आएको छ ।कविले आपूmलाई कहिल्यै बुढो भएँ ठान्न नहुने सन्देश दिएका छन्।
चिन्तन–
पुरानो र नयाँ अवस्थाको तुलना गर्दै देश विकासमा लम्केको भाव छ ।
बिहानी–
प्रजातन्त्र आएर परिवर्तन होला भन्दा कालरात्री निम्त्याउनेले नै सबै ठाउँ ओगटी सकेको धारणा कवि राख्छन् ।
जुवा भूत–
जुवा खे्ल्नु राम्रो हैन । जुवा खेल्ने नै हो भने सबैले जित्ने गरी खेल्नु पर्छ । हार्ने जुवा कसैले खेल्न हुँदैन भन्ने भाव आएको छ ।
धारीहरू–
विभिन्न धारणकर्ताले आफ्नै आफ्नै क्रिया सञ्चालन गरेका हुन्छन् । त्यसमा नैतिकता धारीले संसार ढलाउँछ र सुवचन धारीले संसार निहुराउँछ भन्ने भाव आएको छ ।
प्वाल प¥यो गोजीमा –
आर्थिक अभावमा चिन्तित भएर बस्नुभन्दा धैर्यगर्नसके गोजीमा टालो पर्न सक्छ र सपना पनि विपनामा परिणत हुनसक्छ भन्ने धारणा कवि व्यक्त गर्दछन् ।
कौवा कराउँदा–
कौवाले सन्देश ल्याउने विश्वास गरिन्छ । बिहानमा कौवा करायो दिउसमा साम्सदहरू लडेको आवाज आउँदा जनताको लागि नभएर सुविधाको लागि लडेको जनधारणा आएको छ ।
कर्म मुक्ति–
प्रेमीकाको यौवनमस्त जवानीको रूप लावण्य र बृद्धपाको अवस्थाको तुलनात्मक वर्णन गर्दै कर्म नै मुक्तिको सबल बाटो हो भनिएको छ ।
लोक लहरी–
दोहोरी १३ वटा गीतहरू यसमा समावेश गरिएका छन् । सबै गीत प्रेममा आधारित छन् । दुबै सँगै सँगै जाने र दुःख सुखलाईआत्मसात् गर्ने धारणा आएका छन् ।
लोक लहरी –
केही पंक्तिहरू शीर्षक (गीत) मा आपसी संवादमूलक छन् । अन्तिममा कि आँटेर मायालाउ हैन भने नेटो काटेर जाउ भनी गीत समाप्त भएको छ ।
असफलताको बाकस –
नेपालमा गरिएका र भएका आन्दोलनप्रति कटाक्ष गरिएको छ र भनिएको छ कि आन्दोलन सबै असफल भए तर भन्ने बेलामा सफल भए भन्न छाडिएन ।
कविता छोटा छोटा भए पनि सन्देश मूलक छन् । कविका स्वतन्त्र अभिव्यक्ति, समसामयिकता, यथार्थ घटनाक्रमलाई समेटेर लेखिएका यी कविताप्रति भूमिकाकार भूपेन्द्र शर्मा भट्टराई लेख्छन्, "सामाजिक सांस्कृतिक परम्परा र प्रबृत्तिलाई कोट्याउँदै, लोक लयमा रमाउँदै मीठो मनोरञ्जन र तीक्ष्ण व्यङ्ग कस्न अभागी निकै सफल देखिएका छन् ।"
४.१.३.मोहनीको मीठो म्वाइँ (कवितासङ्ग्रह)
आवरण पृष्ठसहित ६६ पृष्ठमा प्रकाशित यस कृतिमा ३८ वटा कविताका शीर्षकहरू रहेका छन् । यी कविताका शीर्षकबाट कविले जुनसुकै विषयमा कविता लेख्न सक्षम छन् भन्ने देखाएका छन् । उनले यस कृतिमा लोक लय र गद्यलयलाई आधार बनाएर आफ्नो कवित्व शक्तिलाई प्रदर्शन गरेका छन् । भावमा विविधता, लेखनमा सहजता र स्पष्टता देखिन्छ ।
पौष सोह्र गते–
यस कवितामा राष्ट्रकवि माधव घिमिरेको चितवनमा गरिएको अभिनन्दनलाई वर्णन गर्दै राष्ट्र कविप्रति श्रद्धाभाव प्रकट गरिएको छ ।
वारूदवादको अन्त्यष्टि–
यस कविताले युद्धबाट त्रशित जनताको दर्दलाई समेटेको छ । कलमवादको उदय र बारुदवादको अन्त्येष्टि हुनुपर्ने धारणा आएको छ ।
कविता –
यस कवितामा गीता नामकी युवतीले कविलाई कविता लेख्ने आग्रह गर्दछिन् । कविले गीताको सौन्दर्यको वर्णन गर्दै तिमी नै कविता हौभन्दा युवतीले "'म त गीता हुँ" भन्दा कविले गीतामा भएका युद्धपक्षलाई दधीचिको त्याग जस्तै त्याग्र्दै शान्तिकायमहुनुपर्छ भन्ने धारणा आएको छ ।
गोठेमलको सवाई–
यस कवितामा माटो रुखो भएको हुँदा गोठेमल बनाउनको आग्रह गरिएको छ । प्राङ्गारिक मलका सबै स्रोतको व्यवस्थापन गरेर माटोमा प्रयोग गरी माटोउर्वरक बनाएर उत्पादन लिएर आर्थिक स्तर उकास्नुपर्छ भन्ने धारणा आएको छ ।
शुभकामना–
कवि कामको सिलसिलामा ओखलढुङ्गा पुगेको बेला विश्ववातावरण दिवसको उपलक्ष्यमा ओखलढुङ्गाको चौतर्फी विकासको कामना गर्दै शुभकामना दिइएको छ ।
कुश्मा–
पर्वत जिल्लाको सदरमुकाम कुश्मा हो ।पर्वत राजाको राज्य, पार्वतीको जन्मभूमि, शिवजीको कर्मभूमि मानिएको पर्वतको कुश्माका गुप्तेश्वर, मोदीवेनी जस्ता पवित्र स्थानको सुन्दर वर्णन कवितामार्फत् गरिएको छ ।
हारैहार–
यस कवितामा अस्तित्वविहीनको लडाइँमा ब्रह्माण्डनै जिते पनि हार हुने र सहअस्तित्त्वको लडाइँमा ब्रह्माण्ड नै हारे पनि हार नहुने हुँदा भाइभाइको लडाइँ भनेको हारैहारको युद्ध हो । तसर्थ जितै जितको लडाइँ लडौं र बुद्धत्व जगाउँ भनिएको छ ।
प्रजातन्त्र–
यहाँ गास बास, कपाससहित मानवताको रक्षामा मात्र सही प्रजातन्त्र हुने धारणा आएको छ ।
पुरानो गाउँ बिरानो भएछ–
वर्तमान परिप्रेक्ष्यमा नयाँ विकासको कारणले गर्दा पुराना चीजहरूको अस्तित्त्व मेटिदै गइरहेकामा कविमा स्मरण भइरहेको देखिन्छ।
दुई हजार साठी साललाई शुभकामना–
देशको गरिमा विश्व शान्तिको ताज बनोस् भन्दै शान्तिको कामना गरिएको छ ।
च्याउ–
वर्तमान परिप्रेक्षमा व्यङ्ग कस्दै बाँच र बाँच्न देऊ भन्ने धारणा छ ।
मोहनीको मीठो म्वाइँ –
यो कवितामार्फत राजनीति व्यङ्ग कसिएको छ । यसै कविताबाट यस कृतिको नामकरण गरिएको छ । राजनेताहरू कुर्सीलाई मोहिनीको रूपमा हेर्छन् भन्दै राज्यमा घटित विकृतिविसङ्गतिलाई पनि समेटेको छ । गजल –
यो श्रृङ्गारिक गजल हो । गजलकारले प्रेममा सर्वस्व अर्पण गर्ने प्रतिबद्धता जनाएका छन् ।
परेवा पालौँ र फूल रोपौँ–
कविताले शान्तिको चाहना राखेको छ ।
सबलमाटो सबल बाटो–
पवित्रमाटोलाई पवित्रै बनाएर राख्दै शान्तिको बोट रोपेर भातृत्व राखौँ भन्ने धारणा आएको छ ।
दृष्टिमा सृष्टि–
माता भूवनेश्वरीले ब्रह्मा, विष्णु र शिवलाई सृष्टि गर भनेपछि सृष्टिको थालनी भएको धारणाको साथमा पशुपतिनाथकोश्रद्धाभाव प्रकट गरिएको छ ।
अस्तित्त्व–
अस्तित्त्वको संरक्षण गर्नुपर्छ किनकि अस्तित्त्व संरक्षण नै जीवन सार्थकताको महल हो भनिएको छ ।
व्यासको कार्य विभाजन–
आजको परिप्रेक्षमा यो विभाजन मेल नखाने भनिएको छ ।
व्यासको दृष्टिमा विधवाको कर्म–
विधवाले सम्भोगको इच्छा नराख्नेदेखि लिएर अर्काको भरमा पर्न नहुने यदी अर्काको भर परे मृत पति पनि नर्कमा पर्ने जस्ता धारणा पस्केका छन् । कविले मरेपछि स्वर्ग जाने भन्नुभन्दा जिउँदै स्वर्ग जाने काम गर्नुपर्छ भन्ने भाव छ ।
कृषि कर्म–
माटो भोकाउँछ । भोकाएको सन्देश बिरुवामार्फत् पठाउँछ । माटोलाई पेटभरी खुवायो भने माटोले बिरुवालाई पेटभरी खुवाउँछ र हाम्रो भकारी भरिदिन्छ भन्ने सन्देश छ ।
यो जुनीमा ठाउँ भएन–
यो श्रृङ्गारिक कवितामा प्रेमीले प्रेमिकालाई यस जुनीमा तिम्रो प्रेमले ठाउँ पाएन अर्को जुनी पर्खि बस्न आग्रह गरिएको छ ।
प्रेमी घायल भएको छ–
कवितामा प्रेमिकाको नयन तीरबाट प्रेमी घायल भएको धारणा आएको छ ।
दिलको फूल–
दिलको उदारताको चाहना व्यक्त ।
केही पङ्क्ति–
यस कवितामा रतिरागको चाहना गरिएको छ ।
फूल–
जीवनलाई सुवासमय बनाउने चाहना ।
मन्दिर–
शैलेश्वरी देवीप्रति मनको अर्पण ।
काम–रति –
रति रागको धारणा,
कविता–
कविताप्रतिको मोह, आकर्षण र सौन्दर्यको वर्णन,
आकर्षण–
कविता श्रृङ्गारिक छ । पृथ्वीलाई चुम्बकको रूपमा लिएको छ ।
आफ्नै बन्ने लास–
कवितामा गुलाफमा काँडा भएसरी सुन्दरतामा विषाक्त पनि मिसिएको हुन्छ भन्ने धारणा ।
हामी बालक द्वन्द्वपीडित–
कवितामा बालक शान्तिमार्गका बुद्ध, देशका सगरमाथा, देश निर्माण कर्णधार भएका र हिंसाको बिरोध गर्दछौँ भन्ने धारणा आएको छ ।
तिमी र म कविता–
सम्पन्नता र विपन्नताकोबीचको भिन्नता र वर्तमान अवस्थाको चित्रण छ ।
तिम्रो खोजी छ–
यस कवितामा वि.पी.को आदर्श बचाउन र बुद्ध जन्माउनको लागि तिम्रो आवश्यकता छ भनिएको छ ।
पूर्णता–
कवितामा जीवनको हरेक क्षण कर्मसँग आबद्ध रहेको र यसलाई पूर्णता प्राप्त गर्न साधनाको आवश्यक पर्ने धारणा छ ।
शान्ति–
बुद्धत्वमा शक्ति र शान्ति दुबै छ र यसबाट हुने क्रान्तिमा मानवता हुन्छ । मानवताविहीनको शक्ति खोज्दा आजको संसारमा अशान्ति छ भनिएको छ ।
म भित्रको म–
कवितामा आत्म अस्तित्त्वको खोजी गरिएको छ ।
तिनी बाँचिन–
यस कवितामा एकोहोरो लगावमा मदहोस् हुँदा मृत्युदायी घटना घट्न सक्ने भएको मा पनि बाँचेको धारणा आएको छ ।
गल्कोट दरबार–
यस कवितामा दरबारको जीर्ण अवस्थाको बर्णन, गरिएको र संरक्षण हुनुपर्ने धारणा आएको छ ।
कविताहरू सन्देशमूलक छन् । लोकलय र गद्यमा कविताहरू रचिएका छन् । यस कविताको भूमिकामार्फत् चिरफार गर्दै गोविन्दराज विनोदी लेख्छन्, "सदानन्द अभागीले कर्तव्यबोधी, जीवनबोधी, राष्ट्रबोधी, सौन्दर्यबोधी, विसंगतिबोधी, अस्तित्त्वबोधी, भावनायुक्त, सरल र सरस कविताहरूद्वारा आफ्नो सहज तथा सक्षम कवित्वको चिनारी दिएका छन् । यिनको मूलतः कृषि कविताको माध्यमबाट भूमण्डलीय वातावरणको साथै मानवीय मनोसंसारको वातावरणीय स्वच्छताको आग्रह गर्ने अलग पहिचान लिएर साहित्यमा सुप्रतिष्ठित छन् ।"
४.२. अभागीका काव्यहरू
सदानन्द अभागीले लघुकाव्य, खण्डकाव्य, महाकाव्य, कृषिकाव्य र मुक्तककाव्यको सिर्जना गरेका छन् । सर्वप्रथम २०५९ मा अभागीले जीवनलीला खण्डकाव्य लिएर पाठकसामु देखा परे । क्रमशः अरू काव्यहरूका सिर्जना हुँदै गए । ती काव्यहरूको सार क्रमशः प्रस्तुत गरिदै छ –
४.२.१. जीवन लीला (खण्डकाव्य )
तेह्र सर्गमा तथा ६४ पृष्ठमा रहेको यो खण्डकाव्यिक कृतिमा ४९६ वटा श्लोक रहेका छन् । यस काव्यअनुसार –'लीला' नामको मुख्य पात्रको जन्म, पढाइ, लेखाइ जीवनसँगको सहअध्ययन, प्रेम प्रसङ्ग, उच्च शिक्षाका लागि राजधानी प्रस्थान, कामको खोजी, दलालको फेला परेर बम्बई गमनको यथार्थ बोध, नरकीय जीवनबाट विद्रोह र पलाईन, नेपाल आगमन, लीलामा अवैधानिक गर्भ रहनु, सुत्केरीहुनु, सामाजिक कार्यमा समावेश, पुनः 'जीवनसँग भेट, दलाल 'मोती पक्राउ र जेल चलान आदि प्रसँग रहेका छन् ।
यो खण्डकाव्य १३ पादमा वर्गीकरण गरेर वर्णन गरिएको छ । यस बर्गीकरणअनुसारको विवरण यस प्रकार छ –
प्रथम पाद –
यस पादमा कविले प्राकृतिक सु्न्दरताको वर्णन गरेका छन् ।मङ्गलाचरण भनी नप्रष्ट्याए पनि मठमन्दिरको वर्णन, तुलसीको मठको वर्णन, नारायणी नदी, लक्ष्मीको स्मरण आदिको वर्णन गरिएको छ । लीलाको खरको झोपडीको घर, दैलोमा सुन्दर मूर्ति, दर्शनमा आउने पूmर्ति आदि धारणासहित यो सर्गको समाप्ति हुन्छ ।
दोस्रो पाद–
यस पादमा लीलाको जन्मको वर्णन गरिएको छ । लीलाका बाबा राम र आमा सीताबीच सन्तान जन्माउने सहमति हुन्छ । गर्भ रहन्छ र सीताले औछन लागेको लक्षण देखाउँछिन् । स।ीतालाई छोरा जन्माउने रहर हुँदा गाउँका महिलाले मुखमा कालोपोतो बस्यो छोरी हुने भयो भन्दा सीता निरास हुन्थिन् ।क्रमशः सुत्केरी हुने समय आयो । पूर्णिमाको रातमा लीलाको जन्म भयो । उनी पूर्णिमाको जुन जस्तै उज्ज्वल थिइन् । राम्रोसँग छैटी मनाइयो । न्वारान पनि गरियो । नाम लीला राखियो भन्देै यस पादको समाप्ति हुन्छ ।
तृतीय पाद –
यस पादमा लीलाको बाल्यकालको वर्णन गरिएको छ ।बाल्यकालको रमाइलोपनको कविले सटिक वर्णन गरेका छन् । उनी खेल्द,ै डुल्दै, तोतेबोली बोल्द,ै रमाउँदै, हाँस्दै, नदीमा पौडी खेल्दै जाँदा पढाइशुरुहुन्छ । उनी पढ्न थाल्छिन् । उनको बालककाल आनन्दको साथमा बित्यो र अध्ययन राम्रो भई प्रथम श्रेणीमा उत्तीर्ण भइन् । यस विषयसँगै तृतीय पाद सकिन्छ ।
चतुर्थ पाद–
लीलाको घरको पल्लो छेउमा जीवनका पिता बस्थे । सादा जीवन उच्च विचारका जीवनका पिताले गीता पाठ गर्थे । शुभ बिहानीमा जीवनको जन्म हुन्छ । सूर्यको चम्कन जस्तै जीवनको रूप थियो । जीवनको पढ्ने बेला भयो । पण्डितले संस्कृत पढाउने र जीवनकी आमाले छोरालाई अङ्ग्रेजी पढाउने धारणा र जीवनका बाबुले कर्मकाण्ड घर पढाउने, पण्डित बनाउने र स्कुलको विद्या पनि पढाउने कुरामा श्रीमान श्रीमतीबीच सहमत हुन्छन् । हिन्दु दर्शनको महान्तामा छलफल चल्छ । आखिर संस्कृत र अंग्रेजी दुबै पढाउने दुबैबीच सहमतिहुन्छ । जीवन स्कुलमा पढाइमा दोस्रा हुनथे भन्दै यो सर्ग समाप्त हुन्छ ।
पञ्चम पाद–
यस पादमा जीवन लीलाबीचको प्रेम प्रसङ्गलाई जोडिएको छ । कक्षामा बस्दा लीला दाहिने र जीवन देब्रैतिर बस्थे । जीवनले लीलाको रिवन हेर्ने गर्थे । दुबैको पढाइमा प्रतिस्पर्धा थियो । लीला सँधै प्रथम हुने र जीवन सधैँ दोस्रा हुन्थे । दुबैमा प्रेमका आकुरा पलाउँछन् तर पढाइमा प्रतिस्पर्धी भएकाले पढाइतिरै लाग्छन् । राति सपनामा दुबै जनाले कहिले जलमा, कहिले आकाशमा, कहिले पहाडमा रमण गर्थे तर विपनीमा भने प्रतिस्पर्धी ठान्थे । वनभोजको आयोजना भयो । जीवन लीलाले आफ्ना भावना खोल्ने मौका पाए । नाचगान भयो । जीवन लीला नाच्न पनि प¥यो । यो देखेर साथीहरूले भन्छन् –
कोही भन्छन् जीवनलाई नायक जस्तो लाग्छौ
जीवन लीला लैला मजनु किन टाढा भाग्छौ ।
जीवन लीला धेरै नजिकदै गए । भैँसी हेर्न जानु , कहिले चौरमा र कहिले खेतमा भेटको निरन्तरता रह्यो । यिनले जेठमा विवाह गर्छन् भन्ने कुरा पनि चल्न थाले तर उनीहरूले पढ्ने निर्णय लिए भन्दै यो पादको समाप्ति हुन्छ ।
छैटौँ पाद–
जीवन त्रिचन्द्र र लीला पद्मकन्या कलेजमा पढ्न थाल्दछन् । जीवन र लीला रत्नपार्कमा भेट हुनु, पढाइको बारेमा शोधनी हुनु,लीलालाई पढ्न मन नहुनु पैसाको अभाव हुनु,.लीलाका कुरा सुनेर जीवनले धैर्यताको साथमा हामी पढ्न आएको हुँदा हाम्रो उद्देश्य हाँसिल गर्नुपर्छ ।आर्थिकअभावले गर्दा जागीर खान पर्ने धारणा आउछ जीवनले लीलालाई घरबाट प्राप्त सहयोगको कमी छैन तिमीले आफै सोच हामी सक्षमतामा जानु पर्छ । धेरै गन्थन गर्नु छैन म त जान्छु भन्दै जीवनले विदा लिएपछि यो पाद समाप्त हुन्छ ।
सप्तम पाद–
यस पादमा लीलाको जागीरे जीवनको विवरण आएको छ । लीलाले दिउसो अध्ययन गर्ने भएकाले सन्ध्याकालीन जागीर खोज्न थाल्छिन् । वसन्तको औँसीमा नृतकीको जागीरशुरु गर्नु,रूप र नाचको सबैले प्रशंसा गर्नु, पैसा आवश्यकताअनुसार पाउनु, आमाबाबा आउनु, चाहेको पैसा पठाइदिने तर नाच्ने जागीर छाड्नुपर्ने धारणा छोरीमा राख्नु,छोरीले अब पैसा पठाउन पनि नपनर्,े पहिलेका पैसा सबै फिर्ता दिने, ठूली भइसकेकीले सिकाइरहनु नपर्ने जस्ता शब्द बाबुआमालाई दिएर पठाउनु,लीलालाई बम्बईमा लगेर नायिका बनाउने कुरा लीलालाई बताउनु, मोतीकुमार नामको दलालले लीलाको महत्त्वाकांक्षा बुझेर उसको रूपको वर्णन गरेर सके, एक दुई साथी खोज भन्दै दिल्लीसम्म जहाजमा जाने,लीलाले मोतीलाईश्रीमान भन्नुपर्ने, बाहुमा बाहु मिलाई नयनमा नयन मिलाई ठूलो चयन हुने जस्ता धारणासहित यो पाद समाप्त हुन्छ ।
अष्टम पाद–
यस पादमा लीलाको दिल्लीगमन र नेपालदेखि दिल्ली सम्मको घटनाक्रमलाई समेटिएको छ । दिल्ली जाने दिन पशुपतिमा जाँदा जीवनसँग भेट हुनु, दुबैले सँगै पूmल किन्नु, लाईनमा बस्दा हातबाट पूmलको माला खस्नु र मन्दिरको छेउको रूखमा गिद्ध चरो बस्नु, मूर्ति रोएरोए जस्तो देखिनु, लाईनमा बस्ने एउटी महिलालाई अर्की महिलाले नायिका बनाउने बहानामा छोरी बम्बई पुगेर वेश्यालयमा पसी भन्ने कुरा सुन्नु, यो कुरा सुने पनि बम्बई जाने निधो लिनु । दर्शनपछि दुबै बाहिर आउनु जीवनले, "जीवनको लामो यात्रा सधैँ सफल बनोस् ,उद्देश्यको आपूर्तिमा भकारी नै भरोस् ।" भन्दै ,विदा लिन्छन् ।लीलाले बाबु भेट्न दिल्ली जाने भन्दै दिल्लीतिर लाग्छिन् । दिल्लीमा मोतीसँग सँगै सँगै सुत्न पर्ने भयो । मोतीले सबै चीजमा तालिम लिनु पर्छ भनी सारा लुट्नुपर्ने सबै चीज लुट्यो । दिल्लीको भ्रमण सकेपछि बम्बई जाने यात्रामा मन गयो भन्दै यो पाद समाप्त हुन्छ ।
नवौं पाद–
यस पादमा लीलाका बम्बईमा घटेका घटनाहरूलाई समेटिएको छ । दिल्लीबाट बम्बई पुग्नु, बम्बईमा भारतीय गेटको नजिक पाँचतारे होटेलमा लीलालाई लगिन्छ । त्यहाँ एकजना डोटेलले काम गर्दा रहेछन् । डोटेलको मुखबाट,"नेपालीकी छोरी हुन् यी आमा रोइ होलिन्" भन्ने शब्द निस्कन्छ । लीलाले यो शब्द सुनेपछि चिनापर्ची हुन्छ । नेपालका धेरै चेलीहरू नायिका बन्न आएर बेश्यालय पुगेका छन् भन्ने कुरा डोटेलले लीलालाई बताउँछन् । लीलाले उद्धारको लागि अनुरोध गर्छिन् । डोटेलले पुलिसको नम्बर दिन्छ । मोतीले कहीं जाउँ भन्दा नमानेर यही लठ्याएर राख र अर्को मानिस ल्याइस भने छुरा धस्छु भन भन्ने कुरा सिकाउँछ । लीलाले मोतीलाई नेपाल फर्कने कुरा राख्छिन् । तर मोतीले कुनै हालतमा पनि नेपाल फर्काउन्न भनेपछि लीला मूर्छा पर्छिन् र मोतीले मूर्छित लीलालाई उठाएर वेश्यालयमा लान्छ र मोल माग्छ । कोठीवालीले यो मुर्दाजस्ती महिलाको उपचार गरा अनि ठीक भएपछि पैसा पाउँछस् भन्ने कुरा आउँछन् । डाक्टर ल्याएर जाँच गराउँदा गर्भ रहेको जानकारीमा आएपछि मोती लीलालाई मूर्छित अवस्थामा छाडेर बाहिर निस्कन्छ । लीलाको होस् आउँछ । उनी एक्लै अवस्थामा रहेकी हुँदा पुलिस अफिसमा फोन गरेर भाग्न सफल हुन्छिन् ।
नेपाल आएपछि एकातिर बम्बईबाट फिर्ता अनि अर्कोतिर पेटमा गर्भ रहेकाले समाजमा उठ्ने कुरालाई लिएर उनमा चिन्ता बढ्यो । कानुनी कार्वाहीको लागि मुद्धा दायर गरिन् । पूर्व नर्तकी जागीर खान थालिन् । पेट बढ्न थालेपछि समाजले कुरा काट्न थाल्छन् । घरबेटीले पनि सबै जानकारी लिन्छन् । सत्यतथ्य कुरा घरवेटीलाई भनेपछि ढुक्कसँग बस्ने आश्वासन लीलाले पाइन् । मोतीको खोजतलास गरिन् । मोती पाउन सकिनन् तर हरेस भने खाइनन् भन्दै यो पाद समाप्त हुन्छ ।
दशौँ पाद –
यस पादमा लीलाको सुत्केरी जीवनकोकथा व्यथा अगाडि बढाइएको छ । लीलालाई सुत्केरी व्यथा लाग्छ । हस्पिटल लगिन्छ । छोरा जन्मिन्छ । लीला आनन्द मान्दिनन् । बरु घरवेटी बाबा भने रमाए । छोरो जन्मेको छ यसमा लजाउन पर्ने केही छैन भन्दै घरवेटीबाले उनलाई सन्तोष दिए । बालकको नाम हीरालाल राखेर आफ्नो गोदमा लिए भन्दै यो पाद समाप्त हुन्छ ।
एकादश पाद –
जीवन लीला संवाद शीर्षकमा यो पाद अगाडि बढेको छ । जीवनले आयोजना गरेको ठूलो पार्र्टीमा लीलाको ड्यूटी परेको हुन्छ । दुबै जनाको भेट हँुदा भलाकुसारी चल्छ । लीलाले जीवनको प्रगतिलाई यसरी प्रशंसा गर्दछिन् –
सूर्य जस्तो तेज तिम्रो चन्द्र जस्तो मुस्कान
हात्ती जस्तो चाल तिम्रो सिंहजस्तो गर्जन
राताराता गाला तिम्रा लाग्छ ठूलो आर्जन भाको
यति ठूलो परिवर्तन तिमीमा लौ कसरी पो आको
जीवनले पनि लीलाका सबै कर्मको शोधनी गर्दा लीलाले पनि निभेको दीप जस्तै जीवन दीप निभेर गएको र झरेको फूलसरह जीवन पूmल झरेका आदि धारणा आउँछन् । लीलाका यी नैराश्यका वाणीमा जीवनले अझै पनि प्रगतिको शिखरमा चढ्न सकिने भन्ने सुझाव दिंदै जीवनले लीलालाई एउटा समाजसेवी संस्था खोलौँ र त्यसैको माध्यमबाट शिखर चढ्न सकिने धारणा जीवनले लीलासँग राख्छन् । लीलाले पनि मलाई यसरी अग्रगामी छलाङ्ग लगाउन तिम्रा दुई भित्री आँखा चाहियो र मार्गदर्शन समेत चाहियो भन्ने आग्रह गर्दछिन् ।
भविष्यको लागि प्रगतिपथ मा लम्कन भूतलाई भुल्न हुँदैन किनकि भूतले भविष्यलाई मार्गदर्शन गर्छ अनि वर्तमानले इतिहास रच्छ । त्यसो हुँदा विगतका सबै गल्तीलाई नदोहो¥याईअगाडि बढौँ भन्दै जीवनले लीलालाई सुझाव दिन्छन् ।यहाँ राष्ट्र निर्माणका कुरा पनि आएका छन् । सबै दरिद्रबाट मुक्ति पाउन राष्ट्र सबल पार्नुपर्छ सबलताले सबैलाई नै सबल बनाउँछ । हाम्रो बाचाबन्धनमा जीवनको पदयात्रा अगाडि बढ्नु पर्छ । जीवनले आफ्नो बोली बज्रपरेसरी छ । यो कामको सफलता तिम्रो बाचा हेरीअगाडि बढ्छ भन्दै यो सर्ग समाप्त हुन्छ ।
द्वादशौँ पाद–
जीवन लीलाले आमा समाज खोलेर कार्यको थालनी गर्न थाल्छन् । लीलाले चेली संरक्षणको मार्ग समाउँछिन् । जीवन निकै खट्छन् । विदेशीको सहयोग पाउँछन् । स्वदेशीबाट पुरस्कृत हुन्छन् । नदीमा पुल बन्छ । अनाथ आश्रम खोलिन्छ । रक्तदानदेखि लिएर नेत्रदानसम्मका काम हुन थाल्छन् । प्रचार प्रसार हुनथाल्यो । डोटेललाई आमा समाजमै बोलाईयो । राम्रो तलबसहित ठूलो दर्जाले सम्मानसमेत डोटेलले पाए भन्दै यो पाद सकिन्छ ।
त्रयोदश पाद –
यस सर्गमा, मोतीले पूmलको माला लिएर आउछिन् । हीरालाल बालकका धर्म बाबुआमा, लीलाका बुबाआमा, जीवनका बाबाले गीता पाठ गर्दै, डोटेल काका स्वदेशमै रमाउँदै ,यसरी सबै जनाको मिलन हुन्छ। हीरालाल बालक पनि बाबुको पहिचान गर्दै मोतीका काखमा बस्न जान्छ । लीलाले मोतीलाई सिन्दूरले सिउँदो भर्न लगाइन् । चेलीबेटी बेचबिखनको मुद्दामा मोतीलाई जेलतिर पठाइन् । जीवनले यो कुरालाई स्वागत गरे । लीलासँग माया बसाएर उनी त्यागी मूर्तिसाबित भए भन्दै यो खण्डकाव्य समाप्त हुन्छ ।
यो काव्यले नेपालको चेलीबेटी बेचबिखनको टड्कारो मुद्दालाई उठाएको छ । भारतमा जागीर खाएका नेपालीले नेपालीप्रति देखाएको माया र उद्धारलाई पनि दर्शाएको छ । यस काव्यमा पतीत अवस्थाबाट कसरी माथि उठ्न सकिन्छ, समस्यामा परेका चेलीलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने घरबेटीको उदाहरणलाई लिन सकिन्छ । नारी समस्या र चेलीबेटी बेचबिखनमा परेकालाई तिरस्कार तथा घृणा हैन माया दिएर स्थापित गर्नुपर्छ भन्ने सन्देश जोडदार रूपले प्रस्तुत गरिएको छ । वर्तमान परिप्रेक्षमा पनि यो काव्य अति सान्दर्भिक छ ।
४.२.२. कोपिला (लघुकाव्य, २०५९)
जीवन लीलापछि त्यही वर्ष अभागीले कोपिला लघुकाव्यसहित त्यसैमा २८ ओटा फुटकर कविता समेत समावेस गरी कृतिको सिर्जना गरेका छन् । लघुकाव्य ११ सर्गमा विभाजित छ । काव्यखण्ड २१ पृष्ठको छ भने समग्र कृति ६० पृष्ठको रहेको छ । नेपाली नारीहरूको आदर्श, विवशता, त्याग, नियति र सेवामय मनोदशालाई चित्रण गरिएको यस कृतिमा पादगत विषय सन्दर्भहरू यसप्रकार छन् –
प्रथम पाद–
यस पादमा परिचय शीर्षक दिइएको छ । पीपल र बरलाई मानवीकरण गरिएको छ । घरलाई चौतारीकरण गरिएको छ । वनस्पति वर्गका वर र पीपल सुन्दर चौतारीमा मौलाईरहेका हुन्छन् । पूर्णचन्द्र प्रभाती 'रवि, सफा आकाश, हरित छाता ओढेकी पृथ्वी कलकल कलकलाउदो पानी, मन्दमन्द हावा आदिकोबीचमा झुलिरहेको वर पीपलको परिचय छ । वर र पीपलमा लागेकोकोपिलालाई पनि मानवीकरण गरिएको छ । यसरी यस खण्डमा कविले प्राकृतिक सौन्दर्यको साथै बर र पीपलको वर्णन गरेका छन् ।
द्वितीय पाद –
यस पादमा बर र पीपलबाट सुन्दर कन्या कोपिलाको जन्म हुन्छ । बर र पीपलमा खुसीयालीे छाउँछ । कोपिलाको रूपको वर्णन, बालक्रीडाको वर्णनगरिएको छ । कोपिला सानी थिइन् तर सबैकी प्यारी थिइन् । पुतली मान्दै सबैले खेलाईरहेका थिए । कोपिला अति सुन्दर थिइन् । उनको चम्कन जून जस्तै थियो । कविले यस पादमा प्राकृतिक सौन्दर्य र जीवन जगत्का धारणाहरू पस्केका छन् । कोपिलाप्रतिका धारणा कविले पृष्ठ ५ मायसरी राखेका छन् –
हुन्छ जीवन प्रकाशमयता जीवन ज्योति छ जहाँ
आनन्दै आनन्दको महल हेर लौ पाउँछ कस्ले कहाँ
सुन्दर छवि प्रज्ज्वलित हुन्छ सुनलौ प्रकाश हुन्छ जहाँ
अन्धकार मेट्न भनेर आउँछिन् पूर्णकला जून त्यहाँ ।।
उपर्युक्त श्लोकको साथमा यो पाद समाप्त हुन्छ ।
तृतीय पाद –
यस सर्गमा कारुणिक घटनाको वर्णन केन्द्रित भई बरको पत्नी वियोग र कोपिलाको मातृवियोग शीर्षकमा काव्य अगाडि बढेको छ । आनन्दको साथमा जीवन बितिरहँदा एकदिन पीपलको मृत्यु भएको र वरको पत्नी वियोगबाट कोपिलालाई हुर्काउनुपर्ने दायित्व बढ्दा वरको बेहाल हुन्छ । कोपिला मातृविहीन हुन्छिन् ।कोपिलाले लासमा पुगेर आमाको दूध खोतल्न लाग्दा सबको मन हुन्छ । काव्य निकै मार्मिक बन्दछ ।यो सर्ग कारुणिकताले भरिएको छ । आमा कहिले आउँछिन् भन्दै कोपिलाले पल्लाघरे फुपूसँग आमा मलाई बुबु खुवाउन पनि आउँदिनन् भन्ने कुरा राख्दै यो पाद सकिन्छ ।
चतुर्थ पाद–
यस पादमा बरको वेहाल भन्ने शीर्षक दिइएको छ । यसमा पनि कविले कारुणिक भावनालाई प्रस्तुत गरेका छन् । बरले कोपिलालाई साथमा लिएर सुत्दा कोपिलाले बाबुको स्तन चुस्न थाल्छिन् । वर निकै बिरक्तिन्छन् । समाजमा सकारात्मक र नकारात्मक सोचका मानिसहरूले आफ्नै किसिमका धारणा राख्छन् । मानिस मानवताहीन भएर प्रस्तुत हुनु राम्रो ठानिदैन । वरले सबै मीठा तथा कटुवचन सुन्दै धैर्यधारण गर्दछन् यिनै विषयसहित यो पाद समाप्त हुन्छ ।
पञ्चम पाद –
बरको दोस्रो विवाह शीर्षकमा काव्य अगाडि बढ्छ । वरले घँसेनीसित दोस्रो विवाह गर्छन् । पीपलको शैया घँसेनीले आएर ओगट्छिन् र कोपिलालाई संरक्षण दिनको साटो नूनचुक घस्दछिन् भन्दै यो पाद समाप्त हुन्छ ।
षष्टम पाद–
कोपिलाको वेहाल शीर्षकमा यो पाद अगाडि बढ्छ । सौतेनी आमाबाट समुचित हेरचाह नपाएर कोपिलाको बेहाल हुन्छ । घँसेनीले कोपिलालाई निकै दुख दिन्छिन् । पढ्ने बेलामा कोपिलाले पढ्न नपाई मेलापात जान पर्दछ । कविले आफ्नो भावनालाई जोड्दै बालक बचाउने आग्रह गर्दछन् । कष्टदायी जीवनसँगै कोपिलाको बालककाल अगाडि बढ्छ ।
सप्तम पाद –
कोपिलाको सबलता शीर्षकमा यो पाद अगाडि बढेको छ । तीजमा मामा लिन आउँछन् र कोपिला मामा घर पुग्दछिन् ।कोपिला मामा घरमा हुर्कदै जान्छिन् । सुखदुःखलाईआत्मसात् गर्छिन् । तीजमा मामाका छोरीहरू 'रीता र गीतासँगै उनी रमाउँछिन । मामाका छोरीले तीजका गीतमा सौतेनी आमाको बिरोध जनाएर गीत गाउनेभन्दा कोपिला सहमत हुँदिनन् र भन्छिन् –
जे भए पनि बाबाको घर सबल बनाइन् ।
तातो र चिसो जे जस्तो होओस् भोकमा खुवाइन् ।।
जेजति चड्कन उनले दिइन् आँसुले धोईदिएँ ।
कपासको जस्तो शरीर बनाई काममा लाई दिए ।ँ
ती सौतेनी आमाले दिएको पीडादायी व्यवहारले गर्दा कोपिला सबल हुँदै गएको धारणा राख्छिन् । आवेशमा आएर विकृतिपूर्ण गीत गाउन हुँदैन भन्छिन् । माया पाएका छोरीहरू कमजोर हुँदै गए भने सौतेनी आमाका गाली मेरो लागि अमृत भएर आयो र सबल सक्षम हुँदै अगाडि बढ्दै छु । कोपिला यसरी बढ्दै जान्छिन् र रूपवती हुन्छिन् । सबैले उनलाई परी भन्दछन् । उनका हरेक सुवचनहरूलाई अमृत ठान्दछन् भन्दै यो पादको समाप्ति हुन्छ ।
अष्टम पाद –
यस पादमा कोपिलाको विवाह शीर्षक दिइएको छ । मंसिरमहिनामा कोपिला मामाको घरमा जान्छिन् । वनभात खान्छिन् ।मामाले विवाहका कुरा राख्दछन् । विवाह तय हुन्छ । आमाबाबु, मामा सबै सहमत हुन्छन् र कोपिलाले विवाहको दिनमा आमालाई सम्झन्छिन् र स्वयंवर मिलाईदिएकोमा मामालाई धन्यवाद दिन्छिन् ।
नवौँ पाद–
यसपादमा कोपिलाको गृहिणी जीवन शीर्षकमा अगाडि बढ्छ । कोपिलाको पनि विवाह हुन्छ र उनी गृहिणी हुन्छिन् । कोपिलाको विवाह भमरासँग भएको हुन्छ । कोपिला नारी जातिको उन्नति र प्रगतिका निम्ति सामाजिक कार्यमा लाग्छिन् । घरघर हिँडेर छोरीलाई पढाउनुपर्ने सन्देश प्रवाह गर्छिन् ।
दशौँ पाद –
सामाजिक जीवन शीर्षकमा यो पाद अगाडि बढ्छ । महिलाहरूको काम सफल पार्न घरको सहयोग हुनु जरुरी हुन्छ । यहाँ कोपिलाले जीवनको पहिलो चरणमा अति कष्टदायी जीवन बिताए पनि विवाहपछिका दिनहरू सुखदायी र जीवन सार्थकतातिर मोडिएको पाइन्छ । कविले उनको सक्षमताको धारणा यसरी राखेका छन्–
सक्षम घर, सक्षम वर सक्षम पहल ।
सामाजिक जीवन सफल पार्ने सक्षम महल ।।
बाल्यकालमा उनले भोगेका कष्टदायी जीवनलाई स्मरण गर्दै उनले बालाश्रम खोल्दछिन् । बिकृतिमा उनी डटेर बोल्छिन् । हरेक बोली कर्मदायी भएपछि त्यसलाई अमृत ठानिदो रहेछ । उनी प्रगतिपथमा अगाडि बढ्दछिन् ।न्यायमूर्ति बन्दै अगाडि बढ्नु, आमालाई सौलो घरको रूपमा लिनु,सौलो घर पल्टे सबै भासिन्छ भन्नु, आमाहरू संघर्ष गरेर अगाडि बढ्नु पर्छ र हक अधिकारलाई लिनु पर्छ, आमा न्यायका मूर्ति हुन् तिनलाई सक्षम बनाउनु पर्छ आदि सुकर्मका साथ कोपिला अगाडि बढ्दछिन् । हिजोका सबै कष्ट आज आएर मेटिएका छन् ती सबै हुनको कारकबारे कवि भन्छन्–
सही छ मार्ग ,सही छ कर्म सहि छ भावना ।
शान्तिको दीप संसारमा बलोस् यही छ कामना ।।
एकादश पाद –
यो लघुकाव्यको अन्तिम पाद हो । समाजमा कोपिलाको सामाजिक जीवन विशाल बन्दै जान्छ । समाजमा उन्ले चालेका सामाजिक क्रान्तिहरू सबै सफल हुन्छन् । राम्रो काम गरेवापत् उनले सजिलै गरी चुनावमा विजयी हुन्छिन् । सफल राष्ट्र बनाउने उद्घोष गर्छिन् । देशको नियमकानुनअनुसार अघि बढ्िछन् । न्यायमूर्ति जस्तै भएर जीवन विताउँछिन् । कथावस्तु यही सकिन्छ ।
कारुणिकताले भरिएको यस काव्यको भाषा सरल छ । सबै वर्गका पाठकको लागि काव्य ग्राह्य छ । यस काव्यले विविध सन्देश दिएको छ । पहिलो विवाहकी पत्नी वियोग भएका लोग्ने मानिसले दोस्रो विवाह गर्दा चाहे जस्तो सक्षम कन्या पाउन कठीन पर्ने जस्तै वरजस्तो योग्य वरले घसेनीसँग विवाह गर्न वाध्य हुनुपर्ने र विवाहपछि पहिलाकी श्रीमतीबाट जन्मेका बालबालिकाले साह्रै दुःख पाउने कुराहरू कारुणिकरूपमा यहाँ उठान भएका छन् ।
दुख नै सुखको मार्ग हो भन्ने कथनलाई यस काव्यले पुष्टि गरेको छ । कोपिलाले आमाको वियोगमा भोग्न परेका अतिकष्टदायी जीवनका घटनाले उनलाई संघर्ष गर्न सिकायो । सहन शक्तिको विकास ग¥यो । धैर्य गर्ने बानी बस्यो । जीवनको उत्तरार्धमा उन्नतिको शिखरमा पु¥यायो ।
अर्को महत्त्वपूर्ण सन्देश भनेको– नारी सक्षम बन्न सक्छन् । देशको वागडोर समाल्न सक्छन् । त्यसको लागि घरको वातावरणले सहयोग गर्नुपर्ने हुन्छ ।
भूमिकामा भूपेन्द्र शर्मा भट्टराईले यस कृतिलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको 'मुना मदन' जस्तै जनमत जित्न सफल हुने विश्वास दर्शाएका छन् ।
फुटकर कविताहरू–
यस कृतिमा काव्यसहित २७ ओटा फुटकर कविताहरू पनि मननयोग्य देखिन्छन् ।
बादल–
यो पहिलो कविता हो । वादल स्वतन्त्र छ । यो कसैको दूत हैन तर वर्षा गराउँछ । यसको महिमा कसैले बुझ्न चाहन्छ भने ऊ स्वयम् बादल हुनुपर्छ र कालो बादल नभएर स्वच्छ बादल बन्न सक्नुपर्छ र अमृत वर्षा वर्षाउनु पर्छ भन्ने धारणा आएको छ ।
भेल–
बर्षाको भेललाई मानव जीवनसँग दाजिएको छ । मानिसको जीवनमा उतारचढाव हुन्छ। भेलसरि कहिले माथि अनि कहिले तल हुन्छ । जीवनमा एकपटक भेल त आउनै पर्छ । त्यो भेल बिनासकारी नभई निर्माणकारी हुनुपर्छ भन्ने धारणा आएको छ ।
सुवोध–
मानवमा कस छ । त्यो कसैकसको भारी फाल्नुपर्छ र सफल ज्योति बाल्नुपर्छ भन्ने भावले सजिएको छ ।
जीवन लीला
यस कवितामा जीवनमा आकाशका तारासरि चम्कन सक्नुपर्छ । हात्तीको लम्काइसरि लम्कन सक्नुपर्छ । सार्थक जीवन बनाएर बाँच्नुपर्छ भन्ने धारणा आएको छ ।
व्यथा–
मानिस व्यथाले सताइएका छन् । एकले अर्काको व्यथामा सहयोग गर्नुभन्दा आफ्नै स्वार्थपूर्ति गर्न मानिस लागेको छ । स्वार्थभन्दा माथि उठी व्यथा हटाएर शान्ति गाथा लेख्नुपर्छ र ज्योति बालेर जीवन प्रकाशमय बनाउनु पर्छ भन्ने धारणा छ ।
लोक लहरी –
यो असारे गीत हो । यो श्रृङ्गाररसले भरिएको छ ।
असारमास छिपछिपे हिलो क्या राम्रो हेर्नलाई
हिलोमै नाच्न क्याराम्रो लाग्छ मायालाई नचाई
रोपाइँ–
असारमा धान रोपाइँ गर्दा गाइने गीतलाई रोपाइँ असारे गीत भन्ने चलन छ । "असार मास छिपछिपे हिलो छिः मलाई घिन लाग्यो ।पातली नानीलाई फरिया किन्दा छ बीस ऋण लाग्यो ।" यो निकै प्रसिद्ध गीत हो । अभागीले यहाँ रोपाइँमा स्वसिर्जनामा रोपाइको गीत प्रस्तुत गरेका छन् । यो खेताली र खेतलाबीचको जुहारीको रूपमा गाइन्छ । हेरौँ, अभागीका दुई हरफहरू–
आशाको ज्योति बालेर मात्र असारे गाएको
अभागी दुईको भाग्यको ज्योति बाल्नलाई आएको
प्यारी बाल्नलाई आएको
माया मर्दैन –
आमाप्रतिको माया मर्दैन भन्ने भावपूर्ण छ कविता –
"गुलावको पूmल राम्रोे छ तर काँढाले छाड्दैन ।
नराम्री होउन् ती हाम्री आमा माया त मर्दैन ।।"
भानुको स्मरण –
आदिकवि भानुभक्तप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
चाला–
संसारसित सरोकार नभएको व्यक्तिको धारणालाई यहाँ पस्किएको छ । केही मानिसले मात्र जीवन सार्थक पार्नेतिर लाग्दछन् भन्ने कुरा कविले राखेका छन् ।
परिवर्तन–
राजनीतिक दलहरूले कसैले परिवर्तन र कसैले आमूल परिवर्तन ल्याउने भाषण गरी चर्चा बटुले पनि जबसम्म जनताको भावनामा सही परिवर्तन ल्याउन सकिदैन तबसम्म केही परिवर्तन हुँदैन भन्ने धारणा आएको छ ।
ताल न वेताल–
यस कविताले जनयुद्धताका मानिसले भोगेका यथार्थतालाई प्रस्ट्याएको छ । बाँच्न पाउने अधिकार हुँदाहुँदै पनि मानिस मारिएका छन् । वादैवादका स्वरहरू सुनिएका छन् । जीवन लिन नभई जीवनदान दिन सिक भनी आग्रह गरिएको छ ।
गन्थन –
एक प्रेमीले अर्को प्रेमीकालाई उसमा भएको सर्वस्व दिन तयार छ । प्रेमिकाले त्यसलाई सम्हालेर राखिदिन आग्रह गर्दछ ।
म रेडियो हुँ–
यस कविताले स्वपन नभएको तथा अरूबाट सञ्चालित व्यक्तिप्रति व्यङ्ग गरेको छ । "म रेडियो हुँ पावर दिए सुसाइदिन्छु† कहींकेही ब्रोडकाष्ट भए सुनाइदिन्छु ।" यस्ता व्यक्तिको आफ्नो मौलिकता केही हुँदैन भन्न खोजिएको छ ।
नानी बाबु र बाबु आमा –
यस कवितामा ससाना नानीबाबुका बालक्रीडालाई प्रस्तुत गरिएको छ । बालबालिका भविष्यका कर्णधार हुन् । यिनलाई बाबु आमाले राम्रो मार्गदर्शन दिनुपर्छ भनिएको छ ।
म –
यस कवितामा म भन्ने पात्रले आफ्नो भन्ने सबै चिज यही धर्तीमा समर्पित गर्दै बाँच्न पर्ने दिनजति नेपाली भई बाँचिदिन्छु भनिएको छ ।
त्यो चढ्छ विमानमा–
मानिसले कर्म गर्दा मर्म पर्न सक्छ तर हिम्मत गरेर अघि बढेमा त्यो बिमानमा चढ्छ अर्थात् सफलताको उचाइमा पुग्न सक्छ भनिएको छ ।
नाम मात्रै बाँच्दछ –
मानिसको जीवनमा विविध चीजहरू आइलाग्दछन् । विभिन्न तरङ्ग मनमा खेल्दछन् । विभिन्न कामहरू गरिन्छन् । तर यो नाशवान शरीर नासिए पनि राम्रो काम गरेमा नाम भने बाँचिरहन्छ ।
वाद–
संसारमा विभिन्न वादहरू प्रचलनमा छन् । साम्राज्यवाददेखि साम्यवादसम्मका कुराहरू सुनिन्छन् ।साम्राज्यवाद, विस्तारवाद, उग्रवाद, आतंकवाद आदिबाट टाढै रहेर स्ववादको निर्माण गरेर देशलाई वर्वाद हुनबाट बचाउनु पर्दछ भन्ने धारणा आएको छ ।
मानिस –
मानिस नग्नताबाट माथि उठेर सभ्य भयो भनियो तर विकासक्रममा मानिस अघि बढ्दा पुनः नग्नतातिर लम्केको अनुभूति हुँदै छ । मानिस मानिसमा लडेर दानवतिर लम्केको, मानिस स्वभावलेनै स्वार्थी छ तर आज झनै महास्वार्थमा लम्केको देखिन्छ । ात्यसो हुँदा मानिसले यी सबैबाट मुक्त भएर कीर्तिमानी मानिसमा परिणत भएर जीवनलाई सार्थक बनाउनु पर्छ भनिएको छ ।
पहिचान–,
बौलाहा कुकुरले टोकेपछि रेविज हुन्छ । रेविजबाट वचन समयमै उपचार गर्नुपर्छ । तर कसैले रेविज नै पचाइदिन्छ भने त्यो आश्चर्य हो । त्यो पत्ता लगाउन सके संसार रेविज रोगबिहीनहुन्छ भन्दै आजका मानिसको विषाक्त पचाउने प्रवृत्तिप्रति कटाक्षगरिएको छ ।
गला मिलौँ –
आजका राजनीतिक दलका नेतृत्व वर्गमा प्रस्तुत हुने प्रवृत्तिलाई केलाउँदै उनिहरूले आपूmले गरेको सबै कर्मको खोक्रो धाकको व्यङ्ग कसिएको छ । हारैहारको लहरमा जितैजितको व्याख्या गरिएको छ । यो सबै हार्ने खेललाई छाडेर आफ्नो गल्ती स्वीकार गरेर गला मिलाऔँ र सुकर्मतिर अघि बढौँ भन्ने आग्रह छ ।
अभिव्यक्ति–
यस कवितामा कविले कसैले कसैसँग गएर रुँदा बाघ भएर नगई स्यालै भएर गए पनि कुनै फरक पर्दैन किनकि रूनको अर्थ हो याचना । याचनागर्दा अहमता नभई नम्रतामा गए झनै राम्रो हुने धारणा राखिएको छ ।
नेताजीको गहना –
राजनीतिक नेतृत्वले भाषण गर्दा सरकार पक्षको विरोध गर्नु र जल्दोबल्दो समस्या भ्रष्टचार नियन्त्रणका लागि सरकारसँग माग गर्नु प्रमुख विषय बन्छ । यो विषयमा राम्रो भाषण भयो भन्दा नेताले यो गहना हो भन्ने जवाफको धारणा आएको छ ।
अन्तिम विल –
अन्तिम बिल कवितामा ज्याला मजदूरी गरीखाने श्रमिकको कष्टदायी पीडालाई कारुणिक रूपमा प्रस्तुत गरिएको छ । नेपालका तल्लो तहका मजदूर तथा श्रमिकको यथार्थ जीवनलाई यो कविताले सफलताको साथमा उठान गरेको छ ।
खाल जमाउनु –
यो कविता राजनीतिक विकृतिसँग सम्बन्धित छ । आतंकको परिभाषा सहज छ । जसले जसरी अथ्र्याए पनि हुन्छ । राज्य सञ्चालनकर्ता र आतङ्ककारीको बोली पनि एकै किसिमको हुन्छ त्यो सबै जनताको लागि भनिन्छ । आतङ्ककारीले जनतालाई ढाल बनाएर बन्दुकका नाल तेस्र्याउँछन् । सरकार पक्षले आतङ्क मास्ने भनेर बन्दुक तेस्र्याउँछ । धनजनको क्षति हुन्छ । अन्त्यमा जसले जित्छ त्यस्ले सत्ता लिन्छन् र मरेकालाई शहीद घोषणा गर्दछन् । कविले यस राजनीतिक खेललाई जुवाको खालसँग तुलना गरेका छन् । जित्नेले खाल जमाउँछ भन्ने अभिव्यक्ति छ कवितामा ।
श्रीमानको विलौना–
श्रीमतीप्रति श्रीमानले गरेको हिंसालाई महिला हिंसा भनिन्छ भने श्रीमतीले श्रीमानप्रति गरेको र्हिसा भने समाजमा गुपचुपमै छ । समाजमा त्यति व्यापकता छैन तर यस कवितामा कविले हिंसा शब्दको प्रयोगत गरेका छैनन्,"मलाई कता कता शिलालाईश्रीमती भन्न मन लाग्छ" भनी आफ्नो मार्मिक भावनालाई पस्केका छन् । अतः विपन्नताबाट कामको आधारमा सक्षमतामा पुगेकी कोपिला समाजको लागि एउटा सहज मार्गदर्शन बनेकी छन् । यो लघुकाव्य छोटोमीठो तरिकाले कविले प्रस्तुत गरेका छन् । यसमा फुटकर कविता पनि समावेश छन् । कवितामा पनि समसामयिकतालाई नियाल्ने कोसिस गरिएको देखिन्छ । सहज, सरल भाषामा उखान टुक्कासहित प्रकृति चित्रण गर्नाले लघुकाव्य गहकिलो हुन पुगेको छ ।
४.२.३. तीन युग एक कथा (महाकाव्य)
कवि भएपछि महान् काम गर्न सक्नुपर्छ । कविका यस्ता महान् कार्य भनेकै महाकाव्यको सिर्जना हो भनिन्छ । अभागीले तीन महाकाव्यको सिर्जना गरेका छन् ।अभागीको तीन युग एक कथा पहिलो महाकाव्य हो ।
कथासारः
अठार सर्ग र १०२ पृष्ठमा रचित यो काव्यमा पर्वत जिल्लाका 'मधुसुदन बाजे र 'भवानीको दिनचर्याबाट शुरू भएको छ । दानी भएर टाट पल्टिएका मधुसुदनको मृत्यपछि उनका दुई भाइ छोराहरूमध्ये 'यज्ञधर' मुग्लान जान्छन् । त्यहाँबाट फर्किएर दोस्रो विवाह 'नौलीसँग गर्छन् । छोराछोरीको विवाह साटो हालेर गर्छन् । 'गजाधरका भाइ वासुदेव पनि मर्छन् । 'यज्ञधरकी पहिलीश्रीमती मर्छिन् । यज्ञधरको पनि रूखबाट लडेर मृत्यु हुन्छ । 'गंगाधरका छोरा बाबासितै आसाम जान्छन् । 'नौलीमर्छिन् । 'नौली पछि बुहारी 'चन्द्रकला पनि आसामतिर लाग्छिन् । त्यहाँबाट फर्किएपछि 'चन्द्रकला पनि मर्छिन् र छोरा खगेश्वर जागीरमा हुन्छन् । 'गजाधर पूर्वजलाई सम्झन्छन् । कथावस्तु सकिन्छ । यसरी यस काव्यमा प्रकृति वर्णन, देशप्रेमको भावना, रूढिवाद र अन्धपरम्पराको विरोध, शिक्षामा जोड, विधवा विवाहको मान्यता, नारीप्रतिको समान भावना, सामाजिक विकृति र विसंगतिका कुरा आएका छन् । स्वनिर्मित कथाबाट सिर्जना गरिएको यस महाकाव्यमा कविले एक परिवारको करिब २०० वर्ष (तीन पुस्ता) का घटनाक्रम, त्यस समयको नेपालको राजनीति र सामाजिक यथार्थता,जागीरको सिलसिलामा भारत जानेक्रम र भारतमा पुगेका मानिसको दयनीय अवस्था आदिलाई समेटेका छन् ।
यस महाकाव्यको सारवस्तुबारे भूमिकाकार चट्याङ मास्टर लेख्छन्– "भाग्यवाद र अलौकिक शक्तिको दासत्व नसकारे पनि अस्तित्त्व भने स्वीकारिएका छन् । कुनै खास एक विचार या वादको खोपोमा नपसेर जत्रो संसार उत्रै छाती बोकेर हिडेका छन् कृति र कृतिकार ।"
यस महाकाव्यको सर्गगत कथानकः
प्रथम सर्ग –
मङ्गलाचरणको रूपमा प्रस्तुत गरिएको यस सर्गमा शिवजीको स्मरण गरिएको छ । कैलाश पर्वतमा शिवजीको पार्वतीको साथमा बसोबास, यिनै शिवजीको गवदेको चौतारोमा शिवरात्रीको दिनमा भव्य पूजापाठ, जटामा गंगाधारण, हातमा डम्मरु र त्रिशुल, विश्वशान्तिको सन्देशबाहक, पार्वतीलाई वरदानको रूपमा माग गर्दा पनि लैजा भनी वरदान दिने महादानी, संसारलाई बचाउन विषलाई कण्ठमा धारणकर्ता, यस्ता भगवानको स्मरण गर्दै कवि पनि भजनकीर्तन गाउँदै काव्य लेख्न थालेको सन्दर्भ आएको छ ।
कविले शिवजीको आराधना गर्दै, यो काव्यका एकेक शब्द फुरुन्, विश्व शान्तिको सन्देश जाओस्, भन्दै मनमन्दिरमा शिवजीलाई सजाएर कविले कलम समाउँछन् ।
यसै सर्गमा नुवार गाउँको प्राकृतिक सुन्दरताको वर्णन गरिएको छ । भएरथान, अंधेरी खोलाको पानीको झर्ना बन्दै बग्नु , राम्चेको मूलको पानी झर्ना बनी लुक्नु, यी लुकेका झर्ना मूलमा परिणत भई खानेपानीमा परिणत हुनु र खेतमा पानी लगाउनु,यस नुवार गाउँका सबै टोलको वर्णन, ऐतिहासिक ठूलाघरे चौतारो (जहाँ गाउँमा भएका अन्याय अत्याचारलाई केलाएर न्याय दिइन्थ्यो) को चर्चा, घरजिब्रो, जनजिब्रो र गाउँका बुजु्रक सिरनाघरे माइलाले जानेका कुरासमेत सङ्कलन गरीयो काव्यको सिर्जना भएको जानकारीसहित यो सर्ग समाप्त हुन्छ ।
यस सर्गमा कविले मङ्गलाचरणसहित,काव्यको उद्गमस्थल (नुवार गाउँ), नुवार गाउँका टोलहरू, प्राकृतिक सुन्दरता, ऐतिहासिक चौतारो (ठूलाघरे चौतारो), त्यसको उद्देश्य (न्यायप्रदान गर्ने ठाउँ)लाई लोकलयमा सविस्तार वर्णन गरेका छन् ।
द्वितीय सर्ग –
यससर्गमा यस महाकाव्यका मूल नायक मधुसुदन बाजेको जीवनीमा चर्चा गरिएको छ । यही ठूलाघरे चौतारोको वीस सोपान तल मधुसुदन बाजे भवानीसँग बसोबास गर्थे । भवानी पतिव्रता नारी थिइन् । मधुसुदनको राम्रो सेवा गर्थिन् । बाजे निकै दानी थिए । घरको सम्पत्ति जति दानमा सकेर आपूmमात्र बाँकी थिए । जव उनी पूँजीवाल थिए चारैतिर उनको सेवा हुन्थ्यो स्वागतगरिन्थ्यो । उनका तीन छोरी र दुई छोरा थिए । उनको पहिलो जीवनपथ मोजमस्तिमै गयो । दोस्रो जीवनपथ दानवीर बन्दै वित्यो । तेस्रो जीवनकालमा सम्पत्ति सकेर टाट पल्टे । सम्पत्ति सकेर बाजेले जेठो छोरालाईटाट्ने छोडेका थिए । जब उनको मृत्यु भयो साहुहरू हिसाबकिताब लिन आए । मलामीहरूले साहुहरूलाई मानवता देखाउन र उनका छोराले तिम्रो धनको कौडीकौडी तिर्छन् भन्दै लासलाई घाटमा लैजान्छन् । दाहसंस्कार गरिन्छ। मलामी पनि थुप्रै हुन्छन् । तेह्र दिनको कृयाकर्म बढो मुस्किलले सकिन्छ । गहुँत खाएर निस्कँदा सवको शिर झुक्यो भन्दै यो सर्ग समाप्त हुन्छ ।
तृतीय सर्ग –
यस सर्गमा यज्ञधरका पारिवारिक विवरण समावेश गरिएको छ । यज्ञधर र बासुदेव दुई छोरा र तीन छोरी सबैको विवाह गर्न बाँकी नै थियो । घरको ऋणभारले गर्दा यज्ञधरलाई मुग्लान जाने बाध्यता आयो । मुखियाले राहदानी बनाइदिए ।
यज्ञधर फलेवास, मिर्मी, बिर्घा, रानीघाटमा राणाजीको रानीमहल हुँदै श्रीनगरको डाँडो, तल सुन्दर माडी फाँट, प्रभातको पोखरी,मस्याम, सिस्ने खोलो,बुटवल, खस्यौली र सुनौली हुँदै रेलमा चढे र उनको जीवनले नयाँ मोड लियो भन्दै यो सर्ग समाप्त हुन्छ ।
यस सर्गमा राष्ट्रियताका भावले भरिएका उद्गारहरू आएका छन् । रानीघाट तरेर बालुवाको टीका लगाउनु, उनको मुस्कान हराउनु, भारततिर पस्दा देशको माटो शिरमा राख्दै भारततिर रुँदैरुँदै पस्नु जस्ता देशभक्तिका घटना सन्दर्भ आएका छन् ।
चतुर्थ सर्ग–
यस सर्गमा यज्ञधरको नौतनवादेखि भारतको आसामको यात्रालाई र यज्ञधरको कामको खोजी र कष्टदायी जीवनको वर्णन भएको छ । सर्बप्रथम उनी नौतनवाबाट गोरखपुर पुग्नु, भाषा नजानेको कारणले लाटो जस्तो देखिनु, यसरी भाषासमस्यालाई झेल्दै,तात्कालीनसमयमा ब्रह्मपुत्रमा पुल बनेको थिएन,नाऊ तरेर पारी लाग्नु; कामख्यामाईको दर्शन गर्नु; काम खोज्नु; काम नपाएपछि दाउरा काटेर बेच्न थाल्नु;चिया बगानमा काम गर्न थाल्नु; बगानमा काम गर्ने युवतीले पछ्याउनु तर यज्ञधरले युवतीको चाहनालाई तिरस्कार गर्नु,चियाका कलिला मुना÷पातहरू टिप्न पर्ने; चिया बगानको पैसाले खान नपुगेपछि डिगबोईतिर लाग्नु; तेलकम्पनीमा उनको आफ्नो मानिस नभएकाले काम पाएनन्् र दाउरानै काट्न थाले । दाउरा काटेर नै भए पनि तीसमुरी उत्पादन हुने थलो जोडे । यसरी उनका परिवारको भलो भयो भनी यो सर्ग समाप्त हुन्छ ।
पाँचौँ सर्ग –
यस सर्गमा यज्ञधरको विवाहको वर्णन गरिएको छ । यज्ञधरले विवाह गर्ने समयमा केटी किन्नपर्ने या आफ्नी दिदी बहिनीसँग साटो हाल्नुपर्ने चलन रहेकाले उनले विवाह गर्न त्यति सहज भएन । उनले स्याङ्जा जिल्लामा आफ्नो विवाह गरे तर विवाह त्यति सफल भएन । यो विवाह असफल भएपछि उनको विवाह भिनाजुले नौलीसँग विवाह गर्ने प्रस्ताव राखे । भिनाजुले उनलाई कन्या विवाह गर्दा उमेरमा ठूलो अन्तर हुन्छ । वैवाहिक जीवन सफल हुन कठिन पर्छ । जारी गर्दा अर्काको घर फुटालिन्छ र विधवा विवाह गर्दा दुबैको कर्म र भाग्य जोडिन्छ । त्यसोहुँदा विधवा विवाह गर्नु अति उत्तम हुन्छ भनेर भिनाजुले भन्दा ल्याइताले पकाएको खान हुँदैन । जीवनभर समस्या हुन्छ भन्दा भिनाजुले यज्ञधरलाई समाजको विकृतिलाई उखेलेर फाल्नुपर्छ । संघर्षमा उत्रिएर नयाँ ज्योति बाल्नुपर्छ । यो विकृति हट्दै जान्छ । जातभात भनेको मानवताको अगाडि केही होइन । तिम्रो कल्याणलाई लिएर नै यो काम भएको छ । नानीको मन पनि गएको छ । विवाह तय भयो । यज्ञधरले नौलीको सिउँदोमा सिन्दूर लगाइदिए । चुरा लगाइदिए । यसरी यज्ञधरको विवाह नौलीसँग सुसम्पन्न भयो । दुबैको भावीजीवन सफल होओस् भन्दै यो सर्ग समाप्त हुन्छ ।
छैटौँ सर्ग–
यस सर्गमा त्यो समयको सामाजिक संस्कारको बारेमा प्रकाश पारिएको छ । पुरानो चलनमा जातभातको निकै खोजी हुन्थ्यो । पति मर्दा पत्नी सती जान पथ्र्यो । सती जाँदा चिताबाट फालहाल्दथे । क्रुर तरिकाले मारिन्थ्यो । श्री ३ सरकारले यो प्रथा हटाएपछि महिलाले राहत पाएका थिए ।
यस घरमा भने नयाँ प्रथा चलेको र दुबैको जीवनमा नवज्योति बल्यो । तर पनि पत्नीले छोएको खान भने समाजले मान्यता दिएको थिएन । आजको जस्तो प्रेम विवाहलाई त झनै कठिन मानिन्थ्यो ।
समाजमा एकल महिलाको निकै अपमान गर्दै राँडी भनिने त्यस्ता व्यक्ति हिडदा देखिएमा साइत नपर्ने, तथा कोही साइत गरेको छ भने राँडी स्वयम् लुक्नुपर्ने, छोराछोरी नभएकी एकलमहिला भई भने घरका सबै मिलेर यातना दिने जस्ता कर्महरू समाजमा देखिन्थे । घृतपाक्य र दूधपाक्य भने ल्याइते भए पनि चल्ने ढिडो, मासको दाल भने नचल्ने प्रथा थियो । कवि भने यस्तो प्रथामा सहमत देखिदैनन् । उनी भन्छन् –
खाए छोए जात जाने भए जेमा पनि जान्छ
विष पान गरेपछि त्यस्ले ज्यान लान्छ
नत्र भने त्यहाँ हेर सबै चराचरी
जातभात केही छैन मानिस बराबरी
यसरी यो सर्ग समाप्त हुन्छ ।
सातौँ सर्ग –
यस सर्गमा नौलीले गृहलक्ष्मी भई त्यस घरको सबै काम गर्न थाल्छिन् । सर्बप्रथम भतिजीलाई देवरसँग विवाह गरिन् । त्यसपछि नन्दको विवाह भयो । दाजुभाइको राम्रो मिलती थियो । नौलीले यस घरमा सबैलाईस्वागत गर्थिन् । उनको व्यवहार मर्दसमान थियो । सत्यतथ्य पनि कर्दजस्तै थियो । उनको स्वभाव क्रान्तिकारी थियो । जिउँदो ज्यानलाई खान दिनुपर्छ । मरेपछिको भिर पोष्न आबश्यक छैन भन्थिन् । उनको हरेक कर्म क्रियाशील थियो । सानोतिनो औषधी उपचार गर्ने, सुडिनीको काम गर्ने जस्ता समाज सेवामा तिनको मन जान्थ्यो । जे गरे पनि नौली गरीब थिइन् । गाई भैँसी धेरै मरे । ऋण लाग्यो । व्याज पनि कोही आने, कोही नुने, कोही धाने त्यसमा थप दही ठेकी भेटी चढाउन पर्ने; यसो गर्दा ऋणको भार धेरै बढ्न गयो र घरको जमिन बन्धकीमा गयो । सय दिन ऋणको ठेक तिर्नुपर्ने यस्तो कठिन काममा उनले संघर्ष गर्दै गृहकार्य सफल पार्न थालिन् भन्ने विषय सन्दर्भसहित यो सर्ग समाप्त हुन्छ ।
आठौँ सर्ग –
यस सर्गमा छोराछोरीको विवाहको वर्णनको साथै यज्ञधरले भोग्न परेका आपतका दिनहरूको वर्णन गरिएको छ । छोरीको साटोहालेर बुहारी भित्र्याउन सफल भए । बुहारीको दाइलाई दिएकी छोरी पन्ध्र दिनमै स्वर्गको यात्रा गरिन् । छोरा आठ वर्षको र बुहारी सात वर्षकी भएकी र साहुको घरमा ठेक तिर्न जाँदा काउछो भिर्न बाध्य भएकाले घर छाड्न बाध्य भएर बुहारी अर्को बाटो लागिन् ।यता ऋणको भार बढ्न गयोतर पनि यज्ञधर इज्जतदार भएकाले छोराको विवाह छिटै गराएर छाडे ।
यस सर्गमा नयाँ बुहारीको रूपको वर्णन गरिएको छ । पुरुषले लाउने कपडा( कछाड, भोटो र धरो), राडी पाखीहरू बुन्ने कुरा आएका छन् । समय परिवर्तनसँगै पहिरनमा पनि परिवर्तन आएको छ । मानिसमा स्वार्थ भरिदै गएको कुरा, कान्छी छोरीको विवाह ओखलेमा गरिएको† बुहारीले छोरो जन्माएर आफ्नो बाटो लागेको† अर्को वर्षै फेरि नाति जन्मेको† यसै समय भारतमा अंग्रेजविरोधी आन्दोलन चल्नु† भारतबाट अंग्रेज हट्नु† नेपालमा पनि राणाहटाऊँआन्दोलन चल्नु र राणा हट्नु, नयाँनयाँ कानुन बन्नु, तर गाउँका मानिसलाई यो थाहा नहुँदा यज्ञधरले गाउँभरिबाट ऋण काडेर सामान किन्न जाँदा चाँदीका मोहोरमा प्रतिबन्ध लागिसकेकाले उनका पैसा जफत हुनु र लगाएको औँठी बेचेर दण्ड तिरेर घरमा फर्कनु जस्ता घटनाक्रमहरू चल्छन् । यसरी यज्ञधरको ठूलो बज्रपात प¥यो ।
गाउँभरिबाट काढेको ऋणको तिर्ने कुनै उपाय थिएन । बुटवलबाट सामान ल्याएर पर्वत बागलुङ्मा बेच्ने अव कुनै उपाय नै रहेन । यसै बखत नौलीका देवर बासुदेवको मृत्यु हुन्छ । देवरको मृत्यु भएको केही वर्षमानै देउरानी (भतिजी)को पनि मृत्यु हु्न्छ । आफ्ना दुई र देवरका तीन छोराछारीसहितको पाँच जनाको रेखदेख गर्नेे भार सबै नौलीमा पर्छ देवरका छोराछोरीको रेखदेख सुरक्षामा नौली निकै खट्न पथ्र्यो ।
यस सर्गमा बुटवल गएर नुन तेल ल्याउनु पर्ने, त्यता जाँदा हैजा लाग्ने त्रास रहने र औषधी नपाएर मानिस हैजाबाट मर्ने अवस्थाको चित्रण पनि आएको छ ।
नवौँ सर्ग –
यस सर्गमा डिगबोई शहरको वर्णन गरिएको छ । डिगबोईको प्राकृतिक वर्णनको साथै त्यहाँ पाइने हात्ती, गैडा, बाघ, भालु आदिका प्रसङ्ग, अंग्रेजले नेपालीलाई डिगबोईका विकासको लागि डिगबोई लगेका†सबै काम गर्न लगाएर आसामको विकासलाईअगाडि बढाएका कुराहरू,डिगबोईका विभिन्न ठाउँमा नेपालीको बसोबासको वर्णन, साहित्यकारहरू (हरिभक्त, अग्निबहादुर क्षेत्री, चन्द्रकला,सदानन्द, भविलाल, युद्धवीर)को वर्णन, नेपालीले मान्ने चाडपर्वको वर्णन, तेल निकाल्नु र तेल(पेट्रोल,मट्टितेल र मैन) प्रशोधनका कुरा आएका छन् ।
यस सर्गमा उच्च ओहोदाकी अंग्रेज महिलालाई मेम साहव भनिनु र तिनको रूपको वर्णन पनि गरिएको छ । एकातिर अंग्रेजको सानलाई यहाँ समेटिएको छ भने अर्कोतिर गरीब र माग्नेहरूले पेटबजाएर माग्ने कुरालाई पनि समेटिएको छ ।
यस सर्गमा गजाधरले डिगबोईसँग नेपालको सुन्दरता, नेपाली जनजीविका तथा नेपाललाई स्वर्गको रूपमा लिंदै यसरी वर्णन गरेका छन् –
नत्यहाँ माग्ने नत्यहाँ थाङ्ने, नत्यहाँ कोही चोर
ताराको ज्योति हिरा र मोती कोइलीको मधुरस्वर
गजाधरको पालामा नेपाल साँच्चि नै यही रूपमा थियो भन्दा फरक पर्दैनथ्यो । प्राकृतिक सम्पदा र प्राकृतिक सुन्दरतामा नेपाल अझै पनि निकै धनी छ । गजाधरले नेपाललाई सम्झदै नेपालप्रतिका आफ्नो कामना यसरी राख्दछन् –
सुन्दर नेपाल, सुन्दर हिमाल,विशाल भावना
सबल बनोस् यो देश हाम्रो यही छ कामना
गजाधरको सामाजिक भावना पनि यहाँ समेटिएको छ । गजाधर नेपाली समाजमा बसेका र ती समाजसेवीहरूले नेपालमा विकास गर्नको लागि भजन कीर्तन, गरेर नेपालमा स्कुल, मन्ँिदर, पुल, सत्तल आदि बनाउने काम गरेका कुरा यहाँ समेटिएका छन् । गजाधर विदाइको माला लगाएर घरफर्के भन्दै यो सर्ग समाप्त हुन्छ ।
दशाँैं सर्ग –
गजाधरको मुग्लानको क्रियाकलापलाई यस सर्गले समेटेको छ । केही कुरा नवौँ सर्गमा पनि आएको छ । यस सर्गमा गजाधरले जागीर नपाउँदाका क्षणमा पाएको दुःखदायी समयलाई समेटिएको छ । डिगबोईमा कलाधरले कम्पनीमा काम नपाउञ्जेल कसैसँग बसेका थिए । सँगै बस्ने मानिस कम्पनीको जागीरे थियो । यहाँ बसेर खान पाइँदैन भनेपछि उनले त्यस घरमा खान छाडे । दाउरा बोकी जीवन गुजारा गर्ने मानिसले दाउरा बिक्री नभएपछि खाना खानपाउने अवस्था रहेन । खाना नखाएको तीन दिन भएको थियो । उनले दाउराको भारी बनाएर फर्कदा पेटभित्र पसेर मुर्छा परेर लडे । सँगैको साथीले टोपीमा पानी ल्याई खुवायो । उनी मूर्छाबाट व्यूँझिए । संयोगले बाटैमा दाउरा पनि बिक्री भयो । चना खाएर भोक मेटाए । डेरा खोजेर भात पकाएर खाए । कम्पनीले ज्यालेदार माग्यो । कम्पनीमा काम गर्ने मानिसका छोरामात्र भर्ना गर्ने प्रावधान रहेकाले कसैलाई धर्मबाबु बनाएर कम्पनीमा भर्ना भए । पैसा कमाएर उनले साहुको ऋण तिरे । दुई दुई वर्षमा घरमा आउने जाने गर्थे भन्दै यो सर्ग सकिन्छ ।
एघारौँ सर्ग –
यस सर्गमा यज्ञधरको पहिली श्रीमतीको अन्त्येष्टिको वर्णन गरिएको छ । यज्ञधरले पहिला लिन जाँदा उनी नआएको र रुखबाट पिसाव फेरेको कुरा त पहिला नै आएको छ । उनको त्यो कुकर्मले गर्दा न त उनी आफ्नो घरमा आउन सकिन् न त श्रीमानलाई त्यागेर हिड्न सकिन् । उनको साराजीवन माइतमै बसेर बित्यो । जीवनको अन्त्यतिर उनमा कुष्टरोग लाग्यो । तड्पिएर यो संसार त्यागिन् । जीवनमा न त उनको छोरो नै थियो न त छोरी । आखिरमा उनको अन्तिम संस्कार गर्न त यज्ञधर नै जानु प¥यो । ठूलो वर्षा भएको अवस्थामा यज्ञधर उनी भएको ठाउँमा पुगे । त्यतिबेला कुष्ठ रोगी भनेपछि त्यो लास कसैले छुन्नथ्यो ।आखिरमा यज्ञधरको मनमा उनले गरेका सबै गल्ती भुलेर कात्रो लिएर आँसुतप्कनसहितश्रद्धाञ्जलि दिए । घरको नजिकै खाडल खनेर अंकुशाले तानेर दाह संस्कार गरे । तेह्र दिनको नित्यक्रिया सबै गरे ।
यस काव्यमा कुष्ट रोगीलाई घृणाको दृष्टिले हेर्नुहुन्न भन्ने र अहिले औषधीसमेत आइसकेको भन्ने जानकारी पनि यहाँ दिइएको छ ।
मानिस हो मानिसले गल्ती त्यहाँ गर्छ
गल्तीलाई स्वीकारे त ठूलो मान्नुपर्छ ।
त्यो गल्ती त भुल्नचाँहि जवानीमै पथ्र्यो
त्यो आत्माले त्यतिखेरै शान्तिरूप लिन्थ्यो
काव्यकारले यज्ञधरकी पत्नीले आफ्नो गल्ती स्वीकारेर घरमाआएको भए जीवनको एक्लोपनमा नरही उनको उत्तराधिकारी पनि हुन सक्थिन् भन्ने धारणा र यज्ञधरले पनि पछि गएर उनलाईसही मार्ग दिनु राम्रो हुन्थ्यो भन्ने आशय दर्शाएका छन् ।
बाह्रौँ सर्ग –
यस सर्गमा यज्ञधरको जीवनको अन्तिम अवस्थाको वर्णन यहाँ दर्शाइएको छ । उनको प्रारम्भिककाल दुःखमय भए पनि जीवनको उत्तरार्ध भने सुखमा वितेको छ । उनी रसिक पनि थिए । कहिलेकाँही उनले गीत गाउने पनि गर्थे । उनको मन परेको गीतको एक श्लोक यसप्रकार छ –
खान्छ्यौ कि गोरी बटौलीको मिठाई
गछ्र्यौ कि गोरी जुग जाने बिठ्याई
दोस्रो उनको चाहना लाहुरे छोरो आओस र नाति जागेश्वरको ब्रतबन्ध र लघुरुद्री लगाउने थियो । लाहुरे छोरा आयो र यी काम भए ।
रुद्री र वेदपाठको प्रभाव नातिमा पर्न गयो । ब्रतबन्धमा पढ्न कासी जान्छु भनी दगुर्दा वेदका लयहरूले जागेश्वरको बाल मनमस्तिष्कमा हलचल ल्यायो । न त किताबै थिए न त पढाउने गुरुनै । काठको पाटीमा अङ्गार दलेर खरीढुङ्गाबाट लेख्नुपर्ने† कागज मसी पनि नपाइने र बाँसको सुप्लाको कागज र घिरौँलाको पातको मसी बनाएर लेख्न पथ्र्यो । उनले नाति पढाउने कामको थालनी पनि गरे । नातिलाई डिगबोई पठाइदिए ।
उनको अम्मल भनेकै सूर्ती खाने थियो । अल्पायु रहेछन् । उनको घरमुनिको आँखे पकुवा(कसै कसैले बेल्लो पनि भन्छन्) को रुखबाट खसेर स्वर्गारोहण भयो ।
छोरा विदेशमा रहेको र कृया गर्ने काम रमानन्दबाट भयो । मलामीले क्रिया पैसा दिनुपर्ने भन्दा रमानन्दले यो कुरा स्वीकारेनन् । यसरी कृयाकर्म भयो । डिगबोईमा रहेको छोरालाई चिठी गयो । गाउँलेले कृया गर्न छोरो नेपाल पठाउनको साटो नातिलाई घर पठाइयो । नाति घर पुग्यो । हजुरबाबु देख्न पाएन । ऊ निकै चिन्तित भयो । ऊ घरमा आएकोमा आमा र हजुरआमा निकै खुसी भए भन्दै यो सर्ग समाप्त हुन्छ ।
तेह्रौँ सर्ग –
यस सर्गमा नौलीको शोकाकुल समय र घरको कामको वर्णन गरिएको छ । बाल्यकालमा सुख पाएकी नौलीको विवाहको लगत्तै पतिवियोग व्यहोर्न प¥यो ।
पति वियोगको कष्टलाई विर्सदै उनले दोस्रो विवाह गरिन् । दोस्रो विवाह भएपछि पनि उनले निकै संघर्ष गर्नुप¥यो । संघर्षबाट माथि उठेर सुखका दिनहरूमा रूपान्तरण हुनहुन लाग्दा पुनः पतिवियोग व्यहोर्न प¥यो ।
नाति दुई र नातिनी दुईको देखभाल, खेतबारीको काम गर्नुपर्ने; नातिद्वयलाई पढाउनु पर्ने; नातिनी पढाउने चलन थिएन । प्रजातन्त्र आएपछि स्कुल त स्थापना भए तर शिक्षक पाउन गाह्रो थियो । देशले सत्रसाले घटनालाई बेहोर्न प¥यो । महेन्द्र सरकारले पनि विकासलाई निरन्तरता दिए । शंकरपोखरीमा स्कुल खुले पनि शिक्षक पाउन नसकेर स्कुल बन्द भयो । नातिलाई पढाउन नौलीले पुनः डिगबोई पठाइन् । नातिले मेट्रिक पास गरेर घरमा आयो । कुश्मामा माष्टर जागीर पनि पायो । यसरी नौलीको जीवनको उत्तरार्ध सन्तोषमै रह्यो र असी वर्षको उमेरमा पनि नौली अति सक्रिय थिइन् । घरको कामको साथै समाजको सेवा उनले गर्दै गइन् । गाउँमा यस्ता व्यक्ति भएमा विकृतिको अन्त्य हुनबेर लाग्दैनथ्यो भन्दै यो सर्ग समाप्त हुन्छ ।
चौधौँ सर्ग–
यस सर्गअनुसार लाहुरबाट घर आउनेक्रममा गजाधरको प्रथम श्रीमतीसँग भेट हुन्छ । धेरै वर्षको अन्तरालमा उनी लाहुरबाट घरफर्कने अवसरमा भरिया खोज्ने क्रममा उनकी जेठीश्रीमतीलाई उनले चिन्न सक्दैनन् भरिया बनाउँछन् । तीन दिन जति भारी बोकेपछि उनले गजाधरलाई "म त तिम्री श्रीमती" भनी जनाउ दिइन् । पुरानो प्रेमले दुबैलाई भावुक बनायो । "म त जान्छु तपाईँसँग" जब उनले भनिन् तब सबैले उनलाई यो सहज हुँदैन भनी ज्यालामाथि थप पैसा दिए । छातीमाथि ढुङ्गा राखी दुबै विदा भए र गजाधरले अर्को भरिया खोजेर घर आए भन्ने यिनै कुरासहित यो सर्ग समाप्त हुन्छ ।
पन्ध्रौँ सर्ग–
यस सर्गमा नौलीको अन्तिम अवस्थाको वर्णन गरिएको छ। नातिको विवाह गर्ने इच्छाले जाग्यो । नातिको विवाह गर्नुपर्छ भन्न थालिन् । बराउनीमा पनि लागिन् । नातिको विवाह पनि उनले गरिन् । दिन आनन्दसँगै बितेको थियो ।
बुढेसकाल लागेपछि मानिसलाई कसैले केही ल्याइदिन्छ कि भन्ने आशा हुन्छ । यस विषयमा उनले यस कुराको प्रमाण नै देखाइन् । उनले जीवनमा कुनै अम्मलको ग्रहण गरिनन् । तर नरिवल र मिश्री भने सधैँ उनीसँग भइराख्थ्यो । एक दिन छोरी माइत आइन् । आमाले छोरीले ल्याएकोकोशेलीमा टुलुटुलु आँखा लगाइन् । छोरीले मह ल्याउँछिन् र खान दिन्छिन् भन्ने आशा उनमा रहेछ । तर छोरीले आमाको लागि केही ल्याएकी रहिनछन् । उनी त्यस दिनदेखि छोरीको नाम लिन छाडिन् । बुहारीले दुख गरेकी छ त्यसैले आफ्नो पेवा पनि उनलाई नै दिनुपर्छ भन्नथालिन्।
२०२६ सालको वैशाख महिनामा उनी बिमारी भइन् । कहिले बरबराउनी, कहिले राम्रोसँग सुत्ने, कहिले जुरुक्क उठ्ने । यसो गर्दागर्दै उनी सात दिन थला परिन् । मर्नु भन्दा दुई दिनअघि एउटा अचम्मको घटना घट्यो । बक्के बसेर विस्तारामा राखिएको थियो । उनको वरिपरि कुरुवा मानिस बसेका थिए । मध्यरातमा पानीतारे खेतबाट माला माला भन्ने आवाज जोडले सुनियो । सबै उठे । बिस्तारामा उनी थिइनन् । खोलो, साँघुरो कुलो,कुलो सकेपछि अग्लो कान्लो त्यसलाई पारगरी गह्रामा उनी माला माला भनेर कराइरहेकी थिइन् । अँधेरी रातमा राँको बालेर लिन गइयो । बोकेर घरमा ल्याइयो । बिस्तारामा सुताइयो । त्यसपछि उनको बोली बन्दभयो । सबैले के छ तिम्रो इच्छा भन्दा घरको दलिनतिर हेर्न थालिन् । केही क्षणमा हातका औँला चालेर दुबै नातिलाई इशाराले डाकिन् । पाँच औँला ठड्याएर देखाउनपो थालिन् ।त्यहाँ बसेका सबै सोचमा परियो र अड्कल काटी पाँच रूपियाँ उनको हातमा दिइयो । जेठाबाट पैसा लिई कान्छालाई दिइन् र खुट्टा तन्काउँदै प्राण त्याग गरिन् ।
छोरा विदेशमा भएकाले कृयाकर्म गर्ने कुरामा छलफल चल्यो । बाबा आमाको कृया दुबै रमानन्दले गरेपछि आधा अंश उसलाई दिनुपर्छ भन्ने कुराहरू निस्कन थाले । रमानन्दले यसमा कृया बस्नु दायित्व हो । अंश लिएर यसको मूल्यतिरिने हैन भन्दै मुर्दा कस्न लाईयो । यिनै कुरासँगै यो सर्ग समाप्त हुन्छ ।
सोह्रौँ सर्ग–
सासू वितेपछि चन्द्रकलाको जीवनकर्म केकसरी वित्यो भन्ने धारणा यस सर्गमा आएको छ । सासूले चन्द्रकलालाई दिएका सुझाव माया आदिलाई यहाँ समेटिएको छ । चन्द्रकलाले सासूका स्मरणयोग्य बोलीहरू सम्झनु†घरको काम गर्नु† पाठेघरको क्यान्सरले सताइनु† उपचार गर्न डिगबोई जानु† पाठेघर काटेर फाल्नु† छोराहरू जागीरमा लाग्नु† कमाइ राम्रै हुनु† जेठो छोरो छात्रवृत्ति पाएर विदेश जानु† चन्द्रकला पनि विदेश जाने आउने गर्नु†यसैकर्ममा छोराहरूले अलग हुने काम भएको, चन्द्रकला जीवन नाति लिएर आसामतिर लागिन्† आनन्दसँग बसिन्। श्रीमानको जागीर ३५ वर्ष भएको पैसाजति घरमा पठाएर व्यवहारमा जान्थ्यो भन्दै योसर्गको अन्त्य हुन्छ ।
सत्रौंँ सर्ग –
यस सर्गमा चन्द्रकलाको अन्तिम इच्छा र स्वर्गारोहण सम्बन्धमा प्रकाश पारिएको छ । श्रीमानको पेन्सन भएपछि सबै घर आउँछन् । जेठो छोरा तराईतिर लाग्छ । चन्द्रकलाको पनि सिन्दूरसँग मर्ने इच्छा रहेको थियो । मर्न कसलाई मन हुन्छ र? उनलाई पनि बाँचेर अझै संसार देख्ने इच्छा हुँदाहुँदै क्यान्सरको कारणले गर्दा मृत्युवरण गर्नु प¥यो ।
जेठो छोरा खैरेनीमा थियो उसले सपनामा घर आएर पधेरोमा पुग्छ । आमासँग कुरा गर्छ । उनको हातमा बौना थियो । उनी पधेरोका वरिपरि घुमिरहेकी थिइन् ।यसै समयमा दुई जना यात्रीहरू त्यहाँ आए । छोराले ती दुई जनासँग आमाको महान्ताको वर्णन ग¥यो । आमालाई घर गएर आराम गर्नभन्दा आमाले पानी खाने इच्छा थियो पँधेरो नै सुक्यो भन्दा पधेरामा त कमिलाहरू हिडेको अवस्थालाई छोराले देख्यो । सपनाबाट छोरा व्युँझदा उसको शरीर भरी पसिना थिए । आँखाभरि आँसु थिए, शरिर काँपिरहेको थियो । उनलाई तराईतिर जाने काम थियो । कुखुरा बासिसकेको थियो ।उता त्यही समयमा स्वेच्छाबमोजिम आमाको स्वर्गारोहण भइसकेको थियो । पर्वतबाट फोन आयो घरमा जाने भन्ने सबै कुरा प्रष्ट भयो कृया बस्नु छनि भन्ने जानकारीसहित यो सर्ग समाप्त हुन्छ ।
अठारौँ सर्ग –
यो यस महाकाव्यको अन्तिम सर्ग हो । गजाधरको एक्लो अन्तिम जीवन कसरी वित्यो भन्ने धारणा आएको छ । राति एकबजेसम्म सबै चन्द्रकलालाई कुरेर बसेका थिए । अब सुतौँ भन्दै सबै जना सुते । गजाधरको निद्रा खुल्दा चन्द्रकलाको स्वर्गारोहण भइसकेको थियो । उनले आँसु तप्कनले श्रद्धाञ्जलि दिन्छन् । उनलाई संसार अन्धकारमय लाग्छ । यस सर्गमा गजाधरका कारुणिक भावना गुञ्जिएका छन् –
पँदेरीका चुरी स्वरले मनको चयन लुट्छ
झट्टसँग बाहिर हेर्दा आफ्नै मन दुख्छ
दिन त विविध कामले वित्छ तर राति भने कष्टदायी हुन्छ । दिनभरि केही न केही काम गरेर यादलाई भुलाउँछ । बाँचे संसारका धेरै चीज देख्न सकिने, उमेर जति बढी भए पनि बाँच्ने रहर सबैमा रहने, जति बाँचो त्यति संसार हेर्न पाइने तर एक्लो जीवन कष्टदायी हुने जस्ता मार्मिक भावना पोख्दै दिन विताइरहेको धारणा यहाँ आएका छन् ।
यस घरका नारीका योगदानलाई गजाधरले स्मरण गर्दछन् । भवानी यस कुलको सत्यवती थिइन् । यिनकै मार्गदर्शनबाट नौली चलिन् । नौली साहसकी रानी हुन् । सारा समस्या हल गर्न उनी सक्षम थिइन् । चन्द्रकला यो घरकी ज्योति दीप कलश, शिक्षाज्योति धनज्योति यिनकै दीयो कलशले यो सुसज्जित परिवार थियो भन्ने धारणा राख्थे । यसरी उनको जीवनलीला पनि समाप्त हुन्छ र यस महाकाव्यको समापनहुन्छ ।
४.२.४.अग्निज्वाला (महाकाव्य) २०६१
सदानन्द अभागीको प्राक्कथनलाई अध्ययन गर्दा यो महाकाव्यको थालनी २०६०।५।२३ भएको र ६०।८।२ सम्म २५ दिनको सरकारी कामको सिलसिलामा विभिन्न जिल्लामा जाँदा समय निकालेर ५०–६० घन्टामा पूर्णता पाएको जानकारी पाइन्छ । सदानन्दले "झट्टहेर्दा यस महाकाव्यलाई आफ्नै घरसँग जोडेर लेखे जस्तो देखिन्छ र कतिपय घटना अवश्य मिल्छन् । मिल्नु पनि स्वाभाविक हो किनकि आफ्नो घर पनि त समाज भित्रै पर्छ तर घरसँग जोडेर लेखको हैन । यसमा भएका पात्र सबै काल्पनिक हुन् । पर्वत र चितवन स्थान लिनुको मुख्य कारण प्राकृतिक सौन्दर्य र स्थान विशेषको वर्णन गर्न सजिलोको लागि हो" भनिएको छ ।
१७७ पृष्ठ लामो १८ सर्गमा केन्द्रित यस काव्यमा अग्नि ज्वाला र शिखाजस्ता तीनवटा पात्रहरूको जीवन घटनामा आधारित कथावस्तु छ । करीव २००० साल यताका सामाजिक घटना त्यस समयमा घटित राजनीतिक उतारचढाव, मध्यमवर्र्गीय खानदान, दुई विवाहको चलन, दुई विवाह गर्ने परिवारमा देखिने समस्या, काव्यका लेखन विशेषता हुन् । सर्गगत कथावस्तुहरू क्रमशः यहाँ प्रस्तुत गर्न लागिएको छ ।
प्रथम सर्ग
यस सर्गमा शिव वन्दना गरिएको छ । शिव वन्दनामा शिवजीले काव्यमा राख्नु पर्ने विषय वस्तुलाई यसरी जाऊ भन्ने सन्देशको अनुभूति कविलाईहुन्छ । नायकको छनोटमा अग्नि पर्दछन् नायिकाको रूपमा ज्वाला पर्दछिन् । शिखा ज्वालाबीच अन्तरद्वन्द्व भए पनि विभेद नभएको दर्शाइएको छ । यस सर्गमा यस काव्यका नायक नायिकाको अन्त्य कसरी भयो भन्ने समेत संकेत आएको छ ।
द्वितीय सर्ग
नुवार गाउँको परिचय दिइएको छ । नुवार गाउँका कुलीन खानदानमा माता शशी र पिता रविका सुपुत्रको रूपमा अग्निको जन्म हुन्छ । अग्नि भाग्यशाली बन्ने, पण्डित हुने, आदि तर्कहरू त्यहाँ प्रस्तुत हुन्छन् । यस सर्गमा राणा शासनमा भाइमा अन्तरकलह, जनताप्रतिको कठोरतालाई समेट्ने प्रयास, भारबाट अंग्रेज गएका कुरा, रवि विदेशतिर लाग्नु, मातृका र विश्वेश्वरबीचको खिचातानी, तात्कालीन नेपालको राजनीतिको खिचातानी, संविधान बन्नु चुनाव हुनु ,वि. पी प्रधानमन्त्री बन्नु महेन्द्रले सत्ता आफ्नो हातमा लिनु,अग्नि यस घटनामा चिन्तित हुनु र सबल राष्ट्रबनाउनु पर्छ भन्ने धारणासहित यो सर्ग समाप्त हुन्छ।
तृतीय सर्ग–
यस सर्गमा ज्वालाको जन्म र तात्कालीन समयको सामाजिक जीवनको वर्णन गरिएको छ । ग्यादीको समतल फाँटमा शशिकला र रविकी सुपुत्री ज्वालाको जन्म भयो । ज्वालाको जन्मको दशवर्ष पछि पञ्चायती शासन लागू भयो । यसरी प्रजातन्त्र र पञ्चायती शासनकालमा जनजीवन कस्तो थियो भन्ने यथार्थतासहित विविध पक्षलाई यो सर्गले समेटेकोछ ।
चतुर्थ सर्ग–
यस सर्गले अग्निको शिक्षाको बारेमा, अग्निको बाबु लाहुरबाट आएको र लाहुरेको घरमा हुने चहलपहल, रुद्री लगाउने काम, अग्निको ब्रतबन्ध आदि साथै प्राकृतिक चित्रणसहित यो सर्ग समाप्त हुन्छ ।
पञ्चम सर्ग–
यस सर्गमा अग्नि र ज्वालाको विवाहको वर्णन गरिएको छ । अग्निले पढेर जागीर खानु, विवाहका कुरा चल्नु, दुलहीको रूपको वर्णन, वरले बधुको रूपदर्शन गर्न जानु, बधुले पानी द्वारा स्वागत गर्नु विवाहको लगन तोक्नु विवाह हुनु सुहाग रातमा लोकन्ती कवाफमा हड्डी बनेको धारणासहित यो सर्ग समाप्त हुन्छ ।
छैटौँ सर्ग–
यस सर्गमा ज्वालाको गृहणी जीवनको वर्णन र प्रथम शोकको वर्णन गरिएको छ । यस सर्गमा बच्चा जन्मेर मरेपछि ज्वालाको मार्मिक वेदनालाई यहाँ समेटिएको छ र यही वेदनामा नै अग्नि काठमाडौँतिर लाग्छन् । तालिममा उनले मौका पाउँछन् तर उनलाई वेदनाले सताउँछ मार्मि गीत लेख्छन् । यो सर्ग दुबैको मार्मिक वेदनाले भरिएको छ ।
सातौँ सर्ग–
यस सर्गमा ज्वालाको दोस्रो शोकको वर्णन गरिएको छ । कहिलेकाहँी अग्नि र ज्वाला साथमा हुँदा मेलमिलाप नहुने तर नजरबाट टाढा हुँदा बिछोडबाट मर्माहत हुने जस्ता धारणा पनि यहाँ आएकाछन् । ज्वाला माइतमा बस्दा घरकाले मन नपराएको कुरा, अग्निलाई यो तालमेल मिलाउन कठिनाइका कुरा, जूम्ल्याहा छोरीको जन्म हुन्छ । ती पनि आफ्नो बाटो लाग्छन् । यो मर्माहतमा ज्वाला निकै पीडित बन्छिन् । उनको कारुणिकतामा सबैको मन पग्लन्छ । यही कारुणिक वर्णनसहित यो सर्ग समाप्त हुन्छ ।
अष्ठम सर्ग–
यस सर्गमा ज्वालाको मार्मिक दुखलाई कारुणिक रूपमा प्रस्तुत गरिनुको साथै पहिलो घरबारबाट सन्तान जन्मदै मर्दै गर्न थालेपछि अग्नि ज्वालाबीच दोस्रो विवाह गर्नुपने धारणा ज्योतिषीले बताएका कुरा, खुलमखुला छलफलमा आउनु र अग्निले दोस्रो विवाहको तयारीमा लाग्नु, कुरा चल्नु र विवाह गर्ने शिखा तयारी भएको धारणासहित यो सर्ग समाप्त हुन्छ ।
नवौं सर्ग –
यस सर्गमा शिखाको जन्म बाझुङ्जस्तो सुन्दर गाउमा भएको र बच्चा कालमा निकै कष्ट भोगेका कुराहरू यहाँ आएका छन् । उनको बाल्यकाल निकै कष्टकर देखेर उनकी मावली आमाले उनलाई लगेर पाल्न थाल्छिन् । उनको विवाह एउटा लाहुरेसँग निकै सानो उमेरमा हुन गयो र उनको पति रणमा परेर म¥यो । बालक कालमै उनी विधवा भइन् । उनको बालककाल रुँदै रुँदै बित्यो भन्दै कथा समाप्त हुन्छ ।
सर्ग दश–
यस सर्गमा अग्नि र शिखा दुबैको दोस्रो विवाह हुन्छ दुबै रमायर बसेका हुन्छन् । शिखाको नयाँ जीवनको थालनी हुन्छ ।
एघारौँ सर्ग–
यस सर्गमा विवाह बन्धनमा जोडिएका दुई जोडीको क्षणिक आनन्द उनको देवर लिन आएपछि समाप्त हुन्छ र उनी देवरको साथ लागेर पहाडतिर लाग्छिन् । घरको काम समाल्न थाल्छिन् । अग्नि घर आउने जानेकर्ममा उनमा गर्भ रह्यो र छोरीलाई जन्म दिइन् । ज्वाला माइतमा थिइन् । अग्निले ज्वालालाई घर बस्नुपर्ने नबसेको धारणा राख्दा घरमा झगडा हुनु र अग्निले ज्वालालाई लिएर जागीरमा जानु, ज्वालाले गर्भधारण गर्नु र छोरालाई जन्म दिइन् भन्दै यो सर्ग समाप्त हुन्छ ।
बाह्रौं सर्ग–
यस सर्गमा सर्वप्रथम विकासका कुरा आएका छन् । विदेशीको सहयोगबिना नेपालको विकास नहुने काम गर्न पर्दा सोर्सफोर्स आवश्यकता, अग्निको उच्च शिक्षाको लागि भारततिर लागेका कुरा, देशमा २०३६ सालको राजनीति घटना,अग्निले अध्ययन सकी नेपाल फर्कनु,अफिसर बन्नु, पञ्च बाहेकलाई अराष्ट्रियतत्त्वभनिने, क्रान्ति बढ्दै जानु,कष्टदायी जीवनको कारण अग्निले आँसु झारे भन्ने चर्चासहित यो सर्गको समाप्ति भएको छ ।
तेह्रौं सर्ग–
शिखा ज्वालाकोबीच अन्तरद्वन्द्व बढ्दै जाँदा बालबच्चाको पढाइमा असर पर्नु ,स्वर्ग जस्तो घर नरक जस्तो बन्नु ,यी सबै कर्मले गर्दा अग्निको पनि सुरातिर मन बढ्नु अन्तत समाजबाट शिखा ज्वालाको मिलन दरिलो रूपबाट भयो भन्दै यो सर्ग समाप्त भएको छ ।
चौधौं सर्ग–
नेपालीको संयुक्त परिवारमा छुट्टीभिन्न हुने परम्परा पुरानो हो । यस सर्गमा अग्निको घरमा पनि अलग हुने कुरा हुन थाले । आपसमा मिलेर बसेको घरमा कता कता घरपरिवारमा एकअर्कामा गरिने व्यवहारमा फरकपन आउन थाल्यो । हरेक काममा घोचपेच हुन थाल्यो । घरको व्यवहार अमिल्दो बन्दै गए पछि श्रावण महिनामा अलग हुनु ज्वाला शिखा मिलेर काम गर्नु । अग्नि ज्वाला र शिखा तराइतिर लागे भन्दै यो सर्ग समाप्त हुन्छ ।
पन्ध्रौ सर्ग–
सामाजिक संस्कारको बारेमा यस सर्गमा अध्ययन गर्न पाइन्छ । महिला र पुरुषमा अन्तर बिरोध, मानिसबाट प्रयोगयन्त्रविधि राम्रो हुनुपर्ने, समाज गतिशील भए गतिशीलता आउने, उत्पादन मन्द भए अन्तर्बिरोध आउने, नारी र पुरुषबीचको अन्तरद्वन्द्व पहिला पनि थियो । पहिला मातृसत्ता प्रबल थियो भने मातृसत्ता दुर्वल भएपछि पितृसत्ता अगाडि आयो । आजको अवस्था आउने समयसम्म महिलाहरू धेरै पछि परेका विवरण, महिलालाई दासीको रूपमा लिइने कुरा, नारीलाई पूजा गर्ने कुरा, हालको परिप्रेक्षमा नारी हकहीतको लागि नारा जुलुस, नारीलाई शिक्षित गराइने कुरा,ज्वाला शिखाका छोराछोरी कलेज पढ्न जाने कुरा, एकादशी उपाशना, नवदुर्गामा देवी मन्दिरम गै पूजा गर्ने, यिनीहरूको मेलमिलापको पनि प्रशंसा हुने आदिको साथै, ज्वाला शिखाप्रबलप्रभा भन्दै यो सर्ग समाप्त भएको छ ।
सोह्रौं सर्ग–
यो सर्ग सबैभन्दा लामो सर्ग हो । यस सर्गमा नायकले विविध प्रश्न उठाउने र त्यस तर्कको जवाफ पनि आफै दिने तथा कतिपय प्रश्नको उत्तर सम्बन्धितसँग नै शोधने भन्ने कुराहरू नायकबाट आएको छ ।
सर्वप्रथम अग्निले स्वयम् आफ्नो जन्म वर्षामा भएको, बाल रविसँग जन्मदा धेरै तड्पाइ( सहन परेको यदि प्रचण्ड गर्मीमा जन्मेको भए तड्पाइअझै थपिन्थ्यो होला; अस्ताञ्चलमा भएका भए अधोगति हुन्थ्यो होला आदि तर्कना, सूर्यले पृथ्वीलाई माया दिने प्रकाश दिने कुरा; बाल रविसँग जन्मनु राम्रो ठान्नु; मानव शरीर बनेको सत्यता थाम्न; हात सत्कर्म गर्नको लागि,आँखा सुन्दरता हेर्न; नाक सुगन्ध सुघ्न;नीति कथाको परिभाषा; हनुमानले सुँगुर, नरसिंह,गरुड र घोडाको मुख धारणका कुरा; कान पवित्र कुरा सुन्नको लागि हो तर बहिराहरूको गुण सुन्नपर्ने सुन्दैनन् नसुन्न पर्नेमात्र सुन्छन् भन्ने कुरा; मुख सुधापान गर्नको लागि सत्यता प्रकट गर्न; भृगुकी श्रीमतीलाई पुलोमाले हरण गरेका कुरा; अग्नि देवताका मुख हुन् भन्ने कुरा; अग्निबिना त ओम्कार स्वाहा स्वधा सबै निष्क्रिय हुने कुरा;च्वनको जन्म भएका कुरा; पुलोमा भष्म भएका कुरा; पुलोमाका आँसुले बसुन्धराको जन्म भएका कुरा; अग्निलाई भृगुको श्राप; अग्नि सर्बभक्षी हुनु; देवताको मुख बन्द हुन पुग्नु; आजको जमानामा श्रापको रूप परिवर्तन हुनु; अस्त्रशस्त्रका स्वरूप बद्लिनु; यी वमका प्रयोगले हिरोसीमा नागासाकीलगायतका देशले भोग्न परेको; हिंसाहिंसै भएकाले स्वीकार्न नसकिने तर अहिंसा अहिंसानै हो यसलाई स्वीकारिने; अग्निका विविध रूप; धनी गरीबमा ठूलो विभेद; रोगैरोगले सजिएको संसार कसरी रोगमुक्त हुनु; विश्व शुद्धताको चाहना; शिवजीले पार्वतीलाई गहना किन्न एक चिम्टी खरानीले कुवेरको भण्डारै खाली भएको स्मरण; अहिलेका कुवेरले खरानीमा गहना नसाट्ने र अहिलेका पार्वतीले खरानी घस्नेसँग पनि विवाह नगर्ने तर प्रेममा फसेपछि विवाह जोसुकैसँग हुनसक्ने; अग्निले आफ्नो अनुहार ऐनामा हेर्दा परिवर्तन पाउनु सजीव ऐनाले यथार्थ देखाउने कुरा, औँसीमा जन्मनेलाई खोटीमा लिइने र दीर्घायु हुने कुरा, पहिलेको जमानामा पति पाउन तपस्या गर्नुपर्ने त्यो जुनीमा नभएर अर्को जुनीमा मात्र विवाह हुनु जस्तै द्रौपदीले पाँच पति पाएसरह, तर आजका पति तथा पत्नी निमेषमै पाउन सकिने स्थिति छ । समाजले स्वीकारेको कुरा सबैले गर्दा केहीफरक नपर्ने,निद लाग्नको लागि दिनभरिको थकाइले सहारा दिन्छ र आनन्द प्रदान गर्दछ । ध्रुवताराले बाबुको न्यानो काखमा बस्न नपाउँदा तपस्या गरेर ध्रुवताराको रूपमा स्थापना भएका; विवाहमा तिमीलाई जीवनभर माया दिनेछु भन्ने कुराको सम्झना; प्रजातन्त्रको परिभाषा (जनताको, जनताद्वारा,जनताको लागि ), प्रजातन्त्र पनि दर्शनैपछि फरक, रामराज्यमा गाई र बाघसँगै पानी खान्थे रे तर त्यही रामराज्यमा गर्भवती सीतालाई वनमा लगेर छोडेका कुरा;अग्निले प्रजातन्त्रको परिभाषा यसरी ग¥यो ("बहुजन हिताय सामाजिक सम्पत्ति होस््; सुन्दर वाग , वागमा फूलै पूmल,जीवन शैलीमा सुवासको मगमगी, शरीरमा सुस्वास्थ,गरीबीमा आर्थिक स्वतन्त्रता, समाजमा सामजिक आनन्दता, प्रेममा राष्ट्र र राष्ट्रियता, देश स्वर्ग बनाउने आदिआदि, पुस एक गते महेन्द्रले ल्याएको कालो दिन,राजा महेन्द्रले नेपाल चिने र नेपाल चिनाए,थुप्रै काम गरेको धारणा, पञ्चायती मण्डले, नेताको गल्ती देखाउन नहुने, ज्ञान र वैराग्य बुढा भएका तर उनकी आमा भक्ति भर्खरकी तरुनी, धर्मका एघारभाइ छोरा मानव सत्यताबाट भागिसकेका, सहीकामको मूल्याङ्कन नहुने तर बिग्रेका कामको मूल्याङकन हुने, राज्यसत्ता सिद्धान्तले चल्ने हो सिद्धान्तमा निष्ठा, नैतिकता, समानता, न्याय, व्यवहार, कर्म, अठोट आदि हुने; भ्रष्टचार बढेका कुरा; विदेशी हस्तक्षेप बढेका कुरा; सबै चिज पार्टीकरण भयो, हत्या हिंसा बढ्यो भन्ने आदि जस्ता कुराहरू, बहुदलीय मण्डले बढेका कुरा; सदनमा कुर्सी फुटाएका कुरा; राज्यसत्ता भनेको मोहनीको रूप; ब्रह्माको सभामा गंगाको सारी फुत्केको,महाभिषले टक्क लागेर हेर्दा उनी दुबैलाई पृथ्वीमा गएर मोज गर भन्ने श्राप पाएका; बारुदवादको सट्टा आफ्नै देश सुहाउँदो वादको चाहना; नेपालमा लालसत्ता टिक्न सक्दैन भन्ने होटेले गफ; असफल क्रान्ति; जनयुद्धका कुराहरू; राजा वीरेन्द्रले शान्तिक्षेत्र घोषणा गरेका तर भारतले यसलाई नस्वीकारेको; पञ्चायत फाल्दा कुनै राज्य विकास योजना नबनाई फालिएका कुरा, कुर्सी भनेको मेरु पर्वतको निर्जन वन जस्तै; मनुले चाहेको छोरा इलाको जन्म; वशिष्ठको आशीर्वाद; सुद्युम्नमा परिणत; शिवजीको श्राप; सुद्युम्न पुनः युवती, फेरि शिवजीको वरदान, सुद्युम्न एक महिना स्त्री र एक महिना पुरुष, तर आजका नेताको खुवी भनेको वेलुन(पार्टी) फुटाउने र कहिले जोडिने गरेको पाइन्छ । अग्निलेपार्टी फुटेको देख्दा उसले आफ्नै मुटु फुटेर रगत बगेको सोच्छ र भन्छ –"कहिलेकाहीँ आफ्नै रगतमा नाउ चलाउन सिक्नु पर्छ , बगोस् जति बग्ने हो बगोस् भन्दै यो सर्ग समाप्त हुन्छ ।
यस सर्गमा पौराणिक कालदेखि हालसम्मका विविध घटनाक्रमलाई आजको युग सम्मका घटनाक्रममा जोडेर तुलनात्मक रूपमा वर्णन गरिएको छ ।समय परिवर्तनशील छ र परिवर्तनसँग चल्न सिक्नुपर्छ भन्ने सन्देश छ महाकाव्यमा ।
सत्रौं सर्ग–
यस सर्गमा देशको रानीतिक अवस्था, ज्वाला राजनीतिक चिन्तनबाट शिथिल भएका कुरा, पार्टी मिटिङ्मा सहभागी हुनु, कार्यकता मारिनु; प्यानलको राजनीतिबाट ज्वाला असन्तुष्टि, कुनै प्यानलमा नलाग्नु; राम्रो कार्यकर्तालाई भोट दिनु, कार्यकर्ता मारिनेक्रम जारी रहेको अवस्थामा उनी आवेशमा आएर 'मार जति सक्छौ मार एउटा बीऊ मात्र बाँचे पुग्छ' भन्दै आक्रोस व्यक्त गर्नु, सदन विघटन हुनु; ज्वालामा झनै पीडा हुनु; उनले कुर्सीको विलासितालाई विष्णुले नारदलाई दिएको विलासिताको वरदानसँग तुलना गर्नु; विष्णु र लक्ष्मीको आनन्दतामा नारद पुग्नु; विष्णुलाई रिस उठेर वनबाटिका सरोवर तलाउमा पुगेर स्नान गरेर पितृलाई तर्पण दिएर आउने आदेश हुनु; नारद तलावमा प्रवेश गर्ने बित्तिकै सुन्दरीका रूपधारण गर्नु जस्ता कुरा आएका छन् । यो आदेशको पालन गर्दा नारद नारद रहेनन् । यो राजनीतिक कुर्सीको खेल यस्तै हो भन्नु र कुर्सीरूपी सोमरसले गर्दा असोज १८ को घटनाले जन्म लिन्छ । सोम रस पिउन नहुने शुक्राचार्यको श्राप थियो तर नेताहरूले सोमरस पिएको पिएकै छन् र दगुर्दादगुर्दा थाकेका छन् । ज्वाला र शिखामा राजनीतिक अमिट छाप थियो दुबैले एउटै पार्टीमा आस्था राख्थे । यिनीहरूको यो मिलन र राजनीतिमा अमिट छाप भएकोमा कोइलीले भजन गाएको र स्वर्गको द्वार खोलीरहोस््; पुष्पविमानको यात्रा भइरहोस्् भन्ने धारणासहित यो सर्ग समाप्त हुन्छ ।
अठारौँ सर्ग–
यस महाकाव्यको यो अन्तिम सर्ग हो । असोज घटनापछि सबै पार्टीहरू आन्दोलनमा रहेका, माओवादी र सुरक्षाफौज भित्रको युद्ध जारी रहेको, पाँचपार्टीको आन्दोलनमा सबै कार्यकर्ता जानैपर्ने; सबै पार्टीका कार्यकर्ता आन्दोलनमा जाँदै गर्दा अग्नि, ज्वाला र शिखा पनि आन्दोलनमा जाँदाजाँदै बाटोबाटै कसैले तपाईँहरूसँग केही बुझ्नु छ भन्दै जंगलतिर लगे । नेताले थाहा पाए र रिहाइको माग गरे । विज्ञप्ति जारी गरे तर अभागीलाई अग्नि, ज्वाला र शिखा कता गए थाहा लागेन । अभागीले यसरी विज्ञप्ति जारी गर्दै यो महाकाव्यको समाप्ति हुन्छ –
देशमा शान्ति बहाल गर
गोला बारुद बन्द गर
मानव अधिकार बहाल गर,
संयुक्त विकासको लागि
जनतालाई आह्वान गर
बिरोध कार्यक्रम खारेज गर
कुर्ची लालसा त्याग गर
विश्व शान्ति कायम गर
विदेशी चलखेल बन्द गर
नेपाली वादको सृजना गर
देश विकासको भावना धर,
नैतिकतालाई धारणा गर
स्वच्छताको कामना गर
अहम्तालाई त्याग गर
दीन दुखीलाई माया गर,
राष्ट्र र राष्ट्रियतालाई बचाउन
सबल शरीर त्याग गर,
थोत्रा भाषण बन्द गर
कर्मठ कर्तव्य धारणा गर,
सर्वजन हिताय सर्व भवन्तु सुखाय
विश्व शान्तिको कर्म गर
सत्यम् शिवं सुन्दरम्को कामना गर ।
यो पनि स्वनिर्मित कथामा आधारित महाकाव्य हो । यसमा गद्य र पद्य लयमा सिर्जना गरिएको छ । यस महाकाव्यमा पेटबोलीमा आएका पात्रहरूबाहेक मूल पात्रमा अग्नि, ज्वाला र शिखा पर्दछन् । अग्नि एउटा अठोट बोकेका शूरवीर नायकको रूपमा दर्शिएका छन् । नायिका दुबैकर्मठ कर्मयोगी महिलामा पर्दछन् ।
राष्ट्रकवि घिमिरेको धारणामा –"प्रस्तुत अग्नि ज्वाला महाकाव्यमा नेपाल भित्रका एक परिवारको जीवन कथाको वर्णन गरेका छन् । त्यो परिवार सौताने माम्लाले गर्दा हैरानीमा फसेको छ र मानसिक द्वन्द्वले गर्दा काव्य मार्मिक बनेको छ ।"
यस महाकाव्यले नेपालको राणाकालीन अवस्थादेखि २०६१ सालसम्मको राजनीति घटनाक्रमलाई समेटेको छ । माओवादी जनयुद्धको कारणबाट हुन गएका मानवीय क्षतिलाई समेत यहाँ अध्ययन गर्न पाइन्छ । स्वयम् अग्नि, ज्वाला र शिखा नै अपहरण गरेको र वेपत्ता पारिएको छ । दुई परिवारको घटनाक्रम हाल आएर हिजोको अवस्थामा जस्तो व्यापकता छैन तर दुई विवाह पुरै हटेको भने देखिदैन । प्राकृतिक सौन्दर्यपन, ऐतिहासिक, धार्मिक, सामाजिक, राजनीतिक आर्थिक (गरीबी)अध्यात्मवादका घटनाक्रम र पौराणिक कथालाई पनि यस महाकाव्यले समेटेको छ ।

No comments:
Post a Comment