व्यक्तित्वका आयामहरू
एकजना व्यक्तिको निजीपना वा आफ्नै खाले विशेषता नै उसको व्यक्तित्व हो । वैयक्तिक विशेषतालाई देखाउने गुण वा व्यक्तिको परिचायक तत्त्व हो व्यक्तित्व । कुनै पनि व्यक्तिले आफ्नो जीवनमा विभिन्न खालका गतिविधि गर्दछ । यस्तो गतिविधि ऊ बाँचेको परिवेशमा अर्थात् उसको सामाजिक सम्बन्धबाट निर्देशित हुन्छ । उसले गरेको क्रियाकलापअनुसार पनि व्यक्तिको निजीपना र सामाजिक दुबैबाट व्यक्तित्वको समग्र पहिचान बन्न सक्छ । एउटा व्यक्ति अर्काे व्यक्तिबाट जुनजुन कुराले पृथक देखिन्छ वा उदाहरणीय काम गर्दछ, त्यो नै सम्बन्धित व्यक्तिको व्यक्तित्व बन्न पुग्छ । व्यक्तित्वमा शारीरिक बनौट, काम गर्ने बानी, सामाजिक योगदान आदिको गणना हुन्छ । हरेक व्यक्तिमा फरकफरक प्रतिभा, विचार वा चरित्रमा अनेकता पाइने हुनाले व्यक्तिको निजीपनका आधारमा उसको बाह्य र आन्तरिक गरी व्यक्तित्वका दुई मूल पाटाहरू हुन्छन्् । व्यक्तिको शारीरिकभन्दा सामाजिक व्यक्तित्वले नै समाजमा सधैँ अमर बन्ने दरिलो स्तम्भ खडा गर्न सक्छ । बाह्य व्यक्तित्वको रूपमा नाप, नक्सा, शारीरिक बनोट, उचाइ, मोटाइ, छालाको रङ, नाक, कानको बनोट, अनुहारको प्रकृति आदि कुराहरू पर्दछन् भने आन्तरिकमा हिडाइ, बोलाई, बसाइको, रङ्गढङ्गदेखि, रुचि, स्वभाव, इच्छा, आकांक्षा, त्यागको भावना आदि जस्ता सामाजिक, सांस्कृतिक, वैचारिक मूल्यगत कुराहरू पर्दछन् । चर्मचक्षुले नियाल्न मिल्ने बाहिरी स्वरूपलाई बाह्य व्यक्तित्व भनिन्छ भने मानसिक रूपमा निर्मित व्यक्तित्वलाई आन्तरिक व्यक्तित्व भनिन्छ ।
व्यक्तित्वका आधारमा मानिसको परिवार, समाज र राष्ट्र अन्तर्राष्ट्रमा मूल्याङ्कन गरिन्छ । बाह्य व्यक्तित्वलाई आन्तरिक व्यक्तित्वले आभूषणको रूपमा सजाएको हुन्छ । समाजमा प्रतिष्ठित व्यक्तिहरूको व्यक्तित्वले अरूलाई प्रत्यक्ष प्रभाव पार्ने भएको हुँदा प्रभावशाली व्यक्तित्वको ज्यादै महत्त्व रहेको हुन्छ । यस्तै मध्येका सदानन्द पनि एक हुन् । उनको कर्म बहुआयाममा विस्तारित छ । उनका विविध व्यक्तित्वका पाटाहरू क्रमशः यहाँ चर्चा गरिदै छ ।
३.१ निजी व्यक्तित्व
कुनै पनि व्यक्तिको आफ्नोपन वा वैयक्तिक व्यवहारबाट प्रस्तुत हुने निजीपन निजी व्यक्तित्व हो । निजी व्यक्तित्वका दुईवटा पक्षहरू बाह्य वा शारीरिक व्यक्तित्व र आन्तरिक व्यक्तित्वहरू हुन् । सदानन्दको निजी व्यक्तित्वको चर्चा गर्दा सर्वप्रथम बाह्य वा शारीरिक व्यक्तित्वको चर्चा गर्नु सान्दर्भिक हुन्छ ।
३.१.१ बाह्य(शारीरिक) व्यक्तित्व
सदानन्द नाम जस्तै सधैँ आनन्दकै मुडमा देखिन्छन् । कहिले झ्यास्स दाह्री पालेर, कहिले खौरेर हिड्ने गरे पनि उनको हंसमुख अनुहार ठीक्क मिलेको रातो वर्णको छ । ५ फिट ६ इन्चको मझौला कदका, ७२ कि ग्रा तौल भएका र सुडौल शरीरका देखिन्छन् । उनी सरल, सहज स्वाभाविक देखिन्छन् । शारीरिक सौन्दर्य मध्यम खाले देखिन्छ । मनपर्ने पोशाकको कुनै छनोट नभए पनि साधारण रूपमा सर्ट र पाइन्ट लगाई हिड्ने उनी सादा जीवन र उच्च विचारका पर्याय हुन् । 'बी–प्लस' ब्लड ग्रुप भएका सदानन्द औसत नेपालीझैँ साधारण छन् । उनी कृषि वैज्ञानिक र माटोविज्ञ भएर पनि साहित्यसेवा गर्नु कर्तव्य र धर्म सम्झेका छन् ।
उनी स्पष्ट स्वभावका मान्छे हुन् । जीवनलाई दार्शनिक एवम् वैज्ञानिक दृष्टिले हेर्न रुचाउने उनी चिन्तनशील देखिन्छन् । आफ्ना लेख, सिर्जनाद्वारा समाजमा विकृति विसङ्गतिप्रति आफ्नो असन्तुष्टि व्यक्त गर्ने उनी स्पष्टवक्ता हुन् । उनी खुलस्त छन् । छलकपट जान्दैनन् । जीवनलाई आग्रहहरूमा होइन वैज्ञानिक चिन्तनका आधारमा व्याख्या गर्न खोज्छन् । उनी मस्तिष्कका हिसाबले चिन्तनशील छन् । मनका हिसाबले भावुक छन् । कोमल र सरस छन् । मानवतावादी छन् । विवेक पु¥याएर काम गर्छन् । लप्पनछप्पन नजान्ने सीधा व्यवहारका मानिस हुन् । उनमा नेपाली, हिन्दी, अंग्रेजीलगायतका भाषिका ज्ञान छन् । रसिलो व्यवहार र हसिलो हुनाले सामाजिक रूपमा प्रिय छन् । कृषि वैज्ञानिक लेख नेपाल टेलिभिजन, रेडियो नेपालको कृषि संचारद्वारा संचालित कृषि कार्यक्रम तथा विभिन्न रेडियोमार्फत् कृषकहरूलाई हरितक्रान्तिको लागि आह्वान र अनुरोध गर्छन् । उनी बिहान ४ बजे उठद्छन् । साझ १०÷११ बजे सुत्छन् । हाल वरिष्ठ अधिकृतबाट अवकास पाइसकेका उनी समाजसेवा र साहित्य क्षेत्रमा समय व्यतीत गरिरहेका छन् ।
सामान्य र आकर्षक व्यक्तित्वका उनी हक्की, निष्कपट, मृदुभाषी हुनुका साथै सबै उमेर र वर्गका व्यक्तिहरूसँग समान सम्बन्ध राखेको पाइन्छ । उनी साहित्यिक साधनद्वारा मानसिक सन्तुष्टि लिन्छन् । शान्तपन उनको थप परिचय हो । जीवन यात्राका मोडमा परिश्रम र सङ्घर्ष गर्दै आएका उनको व्यवहारमा हार्दिकता पाइन्छ । उनमा जिज्ञासु, समर्पित, लगनशील, स्वाभिमानी, इमानदार, मिलनसार, स्वभाव हुनुका साथै काममा सदैव व्यस्त रहन्छन् । समाजसेवा र लेखन–सिर्जना उनको रुचिको विषय हो । यसरी उनको निजी व्यक्तित्व आलोकित भएको छ र सार्वजिनक व्यक्तित्वलाई पनि आलोकित गरेको छ ।
३.१.२. आन्तरिक व्यक्तित्व
मानिस सामाजिक प्राणी भएको हुनाले उसको व्यक्तित्व निर्माण गर्न मूल स्रोत समाज हो , तसर्थ मानिस सामाजिकताबाट अलग हुन सक्दैन । कुनै पनि व्यक्तिमा रहेको आन्तरिक प्रवृत्तिहरूले नै त्यस व्यक्तिको आन्तरिक व्यक्तित्वको निर्धारण गर्दछ । व्यक्ति जन्मेहुर्केको वातावरणबाट उसले प्रशस्तै शारीरिक तथा मानसिक तीतामीठा अनुभवहरू सँगालेको हुन्छ । यिनै क्रियाप्रतिक्रिया एवम् अन्तर्र्बाेधबाट नै उसको व्यक्तित्व निर्माणमा सहयोग पुगेको हुन्छ । व्यक्तिको पारिवारिक पृष्ठभूमि, सामाजिक, आर्थिक, सांस्कृतिक परिवेश तथा शिक्षादीक्षा जस्ता कुराले व्यक्तित्व निर्माणमा महत्त्वपूर्ण सहयोग पुग्दछ । यिनै कसीमा राखेर हेर्दा उनी ग्रामीण निम्न मध्यम वर्र्गीय परिवारमा जन्मिएकाले सानै उमेरदेखि संघर्षरत रही र विभिन्न आरोह र अवरोह पार गर्दै त्यसलाई सहदै आफ्नो कर्तव्य एवम उद्देश्यबाट कहिल्यै विमुख भएनन् । उनको बाल्यकाल आमाबाबुलगायतका परिवारका साथ सुखसँग बितेको पाइन्छ । उनी बाल्यकालदेखि नै सरल, परिश्रमी र शान्त स्वभावका थिए । आडम्बरहीन बोली र व्यवहार उनको सानैदेखिको परिचय हो । बाह्मण परिवारमा जन्मिएको भए पनि जातपात र छुवाछुतमा खासै विश्वास राखेको पाइदैन । दृढ विश्वासी र स्वाभिमानी उनले विद्यार्थी जीवनदेखि नै आफूमा परिआएको समस्या समाधानतर्फ लाग्थे ।
मोती टिप्नका लागि सागरमा डुबुल्की मार्नैपर्छ अर्थात् सत्यतथ्य पत्ता लगाउनका लागि सम्बन्धित विषयमा गहन अध्ययन हुनै पर्दछ । समाजमा यस्ता थुप्रै व्यक्तित्वहरू हुन्छन्् जसले समाज तथा राष्ट्रको लागि निकै महत्त्वपूर्ण योगदान दिएका हुन्छन्् । जसको मूल्याङ्कन हुन्छ त्यो परिचित हुन्छ जसको मूल्याङ्कन हुँदैन ती ओझेलमा पर्छन् । यसरी व्यक्तिबाट उठेर सामाजिक भई सार्वजनिक व्यक्तित्व भएका सदानन्दले समाजिक रूपमा पूर्ण न्याय पाएझैँ भने अवश्य लाग्दैन ।
३.२. साहित्येतर व्यक्तित्व
उनको यसखाले व्यक्तित्व प्रभावशाली नै रहेको छ । उनी नेपाल सरकारको निजामती सेवामा दीर्घकाल कर्म गरी आफूलाई एक सफल वरिष्ठ अधिकृतका रूपमा चिनाएका छन् । अर्काेतर्फ कृषि विषयमा निकै महत्त्वपूर्ण पुस्तकहरू लेखेर ठूलो गुन लगाएका छन् । विभिन्न सामाजिक संघसंस्थामा संलग्न भई सेवामूलक काम गरेका छन् । नेपालका थुप्रै ग्रामीण इलाकामा प्रभावकारी कार्य गरेका छन् । कृषि वैज्ञानिक व्यक्तित्व साहित्येतर मध्येको प्रमुख व्यक्तित्व हो । उनी जेटिएदेखि बढुवा भई , देशविदेशमा गई उच्च शिक्षा हासिल गर्दै माटो व्यवस्थापन निर्देशानालयको प्रमुख माटो वैज्ञानिक पदमा पदासीन भए । अर्काेतर्फ उनले माटोसम्बन्धी अनेकौँ खोज अनुसन्धान गरी दर्जनौ कृषि विज्ञानका कृतिहरू प्रकाशन गरेका छन् । यससम्बन्धी धेरै तालिमहरू लिने दिने विभिन्न जिल्लाको भ्रमण गर्ने विदेश गएर उच्च अध्ययन गर्ने जस्ता काम उनले गरिसकेका छन् ।
३.२.१.अध्ययनशील व्यक्तित्व
औपचारिक अध्ययन गर्ने लाखौँ छन् । तीमध्ये केही डिग्री पीएचडी गर्नेहरू पनि छन् । धेरैको त्यो सर्टिफिकेट वा मार्कसिट जागीर प्राप्ति र पदोन्नति केन्द्रित भएको हुन्छ । ती व्यक्ति बढी स्वकेन्द्रित प्रयोजनमा रहन्छन् । तर अर्र्काे खाले अध्ययन (स्वअध्ययन) सामाजिक र राष्ट्रिय योगदान प्रयोजनार्थ रहन्छ । स्वअध्ययन पनि आफ्नो रुचि वा आवश्यकताले धेरथोर सबैले गरेका हुनसक्छन् । सदानन्दले पनि औपचारिक र अनौपचारिक दुबै अध्ययनलाई समाज राष्ट्रको योगदान प्रयोजनार्थ प्रयोग गरे । सदानन्द यस्ता व्यक्ति हुन, जसले देशविदेशका प्रकाशित उपलब्ध कृतिहरूको निरन्तर अध्ययन गर्दछन् र त्यस्ता विषयमा केही लेखेर वा ज्ञान बाडेर उपयोग गर्दछन् । अध्ययन उनको मोह हो । यो बुढ्यौली उमेरमा पनि । उनले आफ्नो सरोकारवाला ज्ञानलाई सम्बन्धित क्षेत्रमा प्रकाशन, प्रसारण गर्न अघि सर्छन् । अर्काेतर्फ हेर्दा हालसम्म उनले जसजसका कृतिका बारेमा समीक्षकीय अभिमत जाहेर गरेका छन् । ती कृतिको उनले साङ्गोपाङ्गो अध्ययन गरेकै हुन्छन्् । चाहे कार्यपत्र प्रस्तुतिमा, चाहे अन्तर्वार्ता दिदा होस््, चाहे अन्तर्वार्ता लिदा होस््, चाहे सम्पादन कार्यमा, चाहे साहित्यिक र अन्य विषयक लेखनमा नै किन नहोस्् अथवा तालिम दिदाका ज्ञानका आधारहरू सबै हेर्दा उनी एउटा सच्चा लगाव भएका अध्ययनशील व्यक्तित्व हुन भन्ने कुरा प्रष्ट हुन्छ । यही अध्ययनकै कारण पनि उनले ५ दर्जन कृति लेखन सकेका हुन् भन्ने स्वीकार्न सकिन्छ ।
३ं.२.२.लेखक व्यक्तित्व
कृषिसँग सम्बन्धित पुस्तकहरू, लिफलेटहरू जति प्रकाशन भएका छन् ती आधारमा हेर्दा र साहित्यइतरका जेजति उनले लेख प्रकाशन गरेका छन् । ती आधारमा उनी लेखक व्यक्तित्व हुन् भन्न सकिन्छ । अनुसन्धान लेखन कार्यपत्र लेखनले पनि उनको लेखन व्यक्तित्व जनाउछ भने समीक्षा लेखन पनि लेखक व्यक्तित्व भित्रै पर्ने विषय हो ।
३.२.३.समीक्षक र समालोचकीय व्यक्तित्व
जीवनवृत्त विवरणमा दिइएकाअनुसार ६ बटा समीक्षा र समालोचनाका पुस्तकहरू अतिरिक्त फेसबुक, अनलाईन, वेभसाइट र विविध पत्रपत्रिकामा विभिन्न कृतिको विश्लेषण प्रकाशन हुनुले उनको समीक्षक र समालोचक व्यक्तित्वलाई पुष्टि गर्दछ । उनले हालसम्म २०० भन्दा बढी कृतिको समीक्षा लेखिसकेका छन् । यसले उनको द्रष्टा व्यक्तित्वलाई चिनाएको छ ।
३.२.४.वाक्परीक्षार्र्थी व्यक्तित्व
वार्ताकार÷अन्तर्वार्ताकारले सम्बन्धित विषय वा प्रयोजनले प्रश्न शोधदा त्यसको सटिक गम्भीर र सत्यतथ्यमा आधारित भएर जवाफ दिनु वा ज्ञान प्रसारण गर्नु वाक्यपरीक्षार्थीको काम हो । सदानन्द जागीरमा सेवारत रहँदा होस्् या सेवा अवकासपछि नै किन नहोस्् उनले यस कार्यमा भाग लिदै आएका छन् । नेपाल टेलिभिजन र रेडियो नेपालका कृषि कार्यक्रममा उनका दर्जनौ अन्तरवार्ताहरू कृषि विषयमा प्रसारित भइसकेका छन् । नवलपरासीका रेडियो दाउन्ने, सामथ्र्य, नवलपुर एफएमलगायतका एफएमहरू साहित्यिक र कृषि अन्तर्वार्ताहरू प्रसारण भएका पनि कृषि र साहित्य विषयका अन्तर्वार्ताहरू प्रकाशन भइसकेका छन् । यो क्रम जारी नै छ । २०६१ असोज ७ विहिवार अंक १० का लागि नवलपुर साप्ताहिकमा हरिनारायण रेग्मीले लिएको कृषि अन्तर्वार्ता, जनमत साहित्यिक मासिकले २०६७ जेठ अंकमा लिएको साहित्यक अन्तर्वार्ता, २०६२ साल पुस ४ गते विहिवारमा धरहरा टाइम्सका लागि सुविसुधा आचार्यले लिएको साहित्यिक वार्तालाप, हाम्रो मझेरी पूर्णाङ्क ५५ वर्ष १८ अंक ६ २०६४ को अन्तर्वार्ता, विशेषमा पुष्ष अधिकारी अञ्जलिले लिएको भलाकुसारी, वर्ष ३, अंङ्क २, २०७६ फागुन १६ गते विहिवारमा नयाँ भावना साप्ताहिकका लागि राम ज्ञवालीले लिएको अन्तर्वार्ता, मझेरी सञ्चालकले सेप्टेम्बर १२, २०१४मा लिएको अन्तरवार्ता(मझेरी भलाकुसारी अंक १६ तथा प्रस्तुत कृति सदानन्दको जीवन कर्म र व्यक्तित्वका लागि लिएको अन्तर्वार्ता तथा, यहाँ प्रस्तुत गर्न नसकिएका थुप्रै अन्तर्वार्ताका जानकारी अभिलेख उनीसँग स्वयम् नै नरहेको वा हराइसकेको भए पनि विज्ञताका नाताले उनले थुप्रै अन्तर्वार्ता दिएका छन् भन्ने पत्याउने आधार मिल्दछ । यी कार्यका आधारमा उनको वाक्यपरीक्षार्थी व्यक्तित्व पुष्टि हुन्छ ।
३.२.५. शैक्षिक व्यक्तित्व
सदानन्द अभागीले आफूले शिक्षण पेशामा वि. स. २०२४ सालमा नारायण मा.वि.मा आबद्ध गरे । यही नै उनको पहिलो संस्थागत आबद्धता हो । आर्थिक अवस्था कमजोर रहेको र अध्ययनलाई अपुरै छाडी शिक्षण पेशामा लागेका हुन् । आफ्नै जन्मभूमिमा रहेको नारायण मा. वि. मा शिक्षकका रूपमा सेवा प्रवेश गरी उनले संस्थागत आबद्वताको शुरूवात गरे । त्यसको एक वर्षपछि अर्थात २०२५ सालमा पर्वत जिल्लामै पर्ने महेन्द्र शिखरी नि.मा.वि. मा शिक्षणका लागि प्रवेश गरे । त्यहाँ करीव ५–७ महिना शिक्षण गरे । यस आधारमा हेर्दा उनी एक शैक्षिक व्यक्तित्व पनि बनाएर अनुभव बटुलेका व्यक्तित्व हुन् ।
३.२.६.धार्मिकर आध्यात्मिक व्यक्तित्व
सदानन्द परोपकारलाई धर्म मान्ने व्यक्तित्व हुन् । 'स्वर्ग कामो यजेतु को मूल मर्मलाई अङ्गीकार गरी दानपुण्यमा सारा सम्पति खर्चिने गर्थे उनका पुर्खाहरू । 'सेवा हि परमो धर्म' उक्तिको मर्म सदानन्दलाई राम्ररी थाहा छ । उनी आस्तिक त हुन् तर धर्मका नाममा ईश्वर प्राप्ति हुने विश्वासमा, मन्दिर गएपछि आनन्द र मुक्ति हुन्छ भन्ने सोँचले भने मन्दिर धाउदैनन् । उनी सगुण मूर्ति पूजाका विरोधी हुन् । सगुण मूर्ति उपासनालाई ढोगी प्रवृत्ति ठान्ने उनी मानव धर्ममा निकै विश्वास राख्छन् । उनी भन्छन््, "मानवले मानवप्रति मानवीय व्यवहार गर्नु नै मानव धर्म हो ।" कविरदासको धार्मिक भावनाबाट निकै प्रभावित अभागी नियति उपन्यासमा लेख्छन् –जवसम्म मानव मन्दिरभित्र पस्न सकिदैन तबसम्म कुनै मन्दिरमा पसेर के नै हुन्छ र ? यसरी उनी लेखन, आचरण र व्यवहारबाट रूढीवादी, अन्धपरम्परा र संस्कारका कट्टर विरोधी, मानव धर्मका पक्षपाती एवम् कर्ममा विश्वास राख्ने सेवा र सत्कर्मलाई जोड दिने व्यक्तित्वको रूपमा परिचित छन् । कर्म नै धर्म सम्झेका उनी धार्मिक– आध्यात्मिक पक्ष मन र व्यावहारिक कर्ममा गढेर रहेकाले उनको यसखाले व्यक्तित्व पनि सबल छ भन्न सकिन्छ ।
३.२.७. सेवा र संवेदनशील व्यक्तित्व
'परोपकार पुण्याय पापाय परपीडनम्' भन्ने मूल मान्यता आत्मसात् गरेका सदानन्दले अरूको दुःख देख्न सक्दैनन् । श्रीमद्भगवत गीताजस्तो महान् र पवित्र ग्रन्थका अध्येता तथा यसका मूलमर्मबाट प्रभावित उनी दया, माया, करूणाका खानी हुनुका साथै कमलो मन र संवेदनशील स्वभाव देखाउछन् । अर्काको दुःखमा तन, मन र धनले सहयोग गर्ने† मन, वचन र कर्ममा एकरूपता देखाउने उनी भावुक हृदयका नरम बोली बोल्ने मृदुभाषी पाइन्छ । उनको बोली व्यवहारले जो सुकैलाई प्रभाव पर्न सक्दछ । ईश्वर र मानवधर्मप्रति अगाध आस्था राख्ने उनी ईश्वर मनभित्रै हुन्छन्् । मानवनिर्मित कृतिम मन्दिर धाएर ईश्वररत्न प्राप्त हुदैँन भन्ने मान्यता राख्छन् । धर्मले मानव रक्षा गर्छ यसले मानव आत्म शुद्वि गर्ने बताउछन् । उनी सहयोगी, निस्वार्र्थी, जिम्मेवार राष्ट्रभक्त र राष्ट्रप्रेमी, परसेवक, कर्म र पेशामा इमानदार, निष्पक्ष, विभेदहीन, हरेक कोणमा मानवतावादी सोचाइ अवलम्बन गर्छन् । आफ्नो पेशा सेवा कर्तव्यबोध र हरेक मानवीय क्रियाकलापका दृष्टिबाट अडिग र संवेदनशील देखिन्छन् । यसरी उनको सेवा र संवेदनशील व्यक्तित्व उच्च छ भन्ने प्रष्टिन्छ ।
३ं.२.८. कार्यपत्र प्रस्तोता÷लेखक व्यक्तित्व
उनले साहित्यिक र कृषि विषयका विभिन्न कार्यपत्रहरू ठाँउठाँउमा प्रस्तुत गरेका छन् । साहित्यमा विशेष गरी वी.पी. र भानुभक्त विशेष केन्द्रित गरी लेखेको र प्रस्तुत गरेको पाइन्छ । यस आधारमा उनी कार्यपत्र प्रस्तोता व्यक्तित्वका रूपमा समेत चिनिन्छन् ।
३.२.९. अनुसन्धाता व्यक्तित्व
उनले अनुसन्धान विषय भने कृषि विषय र माटोलाई बनाएका छन् । उनको जीवनवृत्तमा समेटिएका विवरणका आधारमा उनी अनुसन्धान गर्ने र प्रतिवेदन तयार पार्ने व्यक्तित्वका रूपमा चिनिएका छन् । माटोविज्ञ भएकाले उनको अनुसन्धान प्रमुख कर्म र रूचि समेत हो । यस आधारमा उनी अनुसन्धाता व्यक्तित्व पनि हुन् । उनका अनुसन्धानका कृतिहरू अंग्रजी भाषामा बढी छन् । केही नेपाली भाषामा रहेका छन् ।
३.२.१०. अनुवादक व्यक्तित्व
जापानी भाषाबाट अंग्रजी हुदै मूल अनुवादक भई नेपाली भाषामा यथार्थपरक वा वास्तविक अनुवाद गर्ने सदानन्द अनुवादक पनि हुन् । उनले यस सिलसिलामा तरकारी बालीमा खाद्यतत्त्व कमी तथा बढीका लक्षणहरू (भाग १र२ं) दुई वटा कृतिहरू अनुवाद गरी २०६० सालमा प्रकाशन गरेका छन्् । आवश्यक पर्दा कैयन कृति उनले अनुवाद गर्न सक्छन् ।
३.२.११. स्वाबलम्बी व्यक्तित्व
मानव भई जन्म्यौ हामी मान्छे बन्नु पर्छ ,स्बाबलम्बी भावनाको विकास गर्नुपर्छ , कमाऊन् खाऊन् सबले अब दह्रो मुटु पारेर, अरूको भरमा मात्रै बाँच्नु के काम पो हुन्छ र ? भन्ने मूलभाव विचारलाई आत्मसात् गरेका जागीरे जीवनदेखि सेवा निवृत्त पछिका हालसम्मका दिनहरूमा आफ््नै पुरूषार्थ, कमाइ वा बलबुतोले वाँचेका छन् । आफ्नै पौरखमा बाँचेकाले उनको स्वाबलम्बी व्यक्तित्व पनि सबल छ ।
३.२.१२. राजनीतिक व्यक्तित्व
राजनीति गर्न भनेर झण्डा समाउदै त हिड्दैनन् सदानन्द । राजनीतिको फेरो समातेर पक्ष–विपक्ष भई आफ्नो आस्थाको विपत्तै बकालत पनि गर्दैनन् उनी । तापनि उनको राजनीतिक आस्था वी. पी. कोइरालाको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मू्ल्यमान्यतासँग सम्बन्धित छ । यसैबाट उनले आफूलाई राजनीतिक आस्थाका आधारमा उभ्याई राजनीतिक व्यक्तित्व बनाएका छन् । नेपाली लेखक संघको सदस्य, प्रेस युनियनको सदस्य तथा केन्द्रिय पार्शद्लगायतका पदीय जिम्मेबार वहन गरी आस्थाको राजनीतिमा आफूलाई संलग्न गराएका छन् । फाटपूmट राजनीतिक लेख पनि लेख्ने गर्छन् ।
३.२.१३. सम्पादक व्यक्तित्व
कृषि उपज बजार व्यवस्थापन समिति कावासोती, नवलपुर स्मारिका–२०७३, नर्मदेश्वर शिवालय मन्दिर कावासोती–२, नवलपुर स्मारिकाः २०७६, ऋयmउयलभलत या क्ष्लतभनचबतभम एबिलत लगतचष्भलतक mबलबनझभलत ायच ल्भउब,ि एचयअभभमष्लन या धयचपकजयउ (ज्ञज्ञ तय ज्ञठ ँबनिगल द्दण्छट को मूल सम्पादकीय को साथै वार्षिक प्रतिवेदन, अनुसन्धान लेखरचनाहरूको सम्पादकीय भूमिका निर्वाह गरेका कारण उनमा सम्पादक व्यक्तित्व निहित छ ।
३.२.१४. वार्ताकार व्यक्तित्व
उपर्युक्त स्मारिकाहरूलगायतमा उनले आफूलाई वार्ताकारका रूपमा भूमिका प्रस्तुत गरेका छन् । यस आधारमा उनमा धेरथोर वार्ताकार व्यक्तित्व पनि छ भन्न मिल्दछ ।
३.२.१५. सामाजिक नेतृत्वदायी व्यक्तित्व
जागीर खाँदा होस् वा जागीरबाट अवकास पाएपछिका दिनमा नै किन नहोस्् उनले जेजति संघसंस्थामा रहेर नेतृत्व सम्हाले कतिपयमा संहाल्दै छन् । ती उदाहरण आधारमा उनी नेतृत्वदायी भूमिका निर्वाह गर्ने व्यक्तित्व हुन भन्ने प्रष्ट हुन्छ ।
३.२.१६. बहुभाषिक व्यक्तित्व
भाषा ज्ञानका हिसाबले सदानन्द बहुभाषिक छन् । उनले राम्ररी जानेका भाषाहरू मध्ये अंगे्रजी, नेपाली र हिन्दी मुख्य हुन् भने, संस्कृतलगायतका केही अन्य भाषाको सामान्य ज्ञान पनि छ । नेपाली र अंग्रेजी भाषा आफ्नो लेखन–सिर्जनामा प्रयोग गरेका छन् । अंग्रेजीमा पनि कविता, लेख लेख्छन् उनी । यस आधारमा उनी बहुभाषिक व्यक्तित्व हुन् ।
३.२.१७. प्रशासक र जागीरे व्यक्तित्व
सदानन्दले पञ्चायतकालीन अवस्थादेखि (२०२४ सालदेखि शिक्षक र २०२७ सालदेखि नै सरकारी सेवामा) प्रवेश गरेका थिए । उनले झण्डै ३७ वर्षसम्म सरकारका विभिन्न क्षेत्रमा रही सेवा पु¥याए । सरकारी सेवामा रहँदा उनी सेवाग्राहीको कुरालाई प्राथमिकतामा राखी निष्पक्ष एवम् न्यायपूर्ण तरिकाले सेवा प्रदान गर्ने व्यक्तिका रूपमा चिनिए । उनले आफ्नो सरकारी सेवा अवधिलाई जनसेवीका रूपमा बिताए । उनी साधारण जेटिएबाट कार्यवाहक प्रमुख माटो वैज्ञानिक हुने बेलासम्म राजपत्राङ्कित प्रथम श्रेणी जस्तो वरिष्ठ अधिकृतको कार्यभार सम्हाली एक सफल व्यक्तित्वका रूपमा भूमिका निर्वाह गरे ।
३.२.१८.समाजसेवी व्यक्तित्व
सदानन्द २०६१ मा सस्टेनेवल स्वाइल मेनेजमेण्ट प्रोग्रामको आंशिक परामर्शदाता ९एबचतष्mभ ऋयलकगतिभलत० र २०६२ मा हेल्भेटास सुर्खेतकोलगायतमा कन्सल्टयान्ट बने । २०६० मा माटो व्यवस्थापन निर्देशनालयमा माटो विज्ञानका प्रमुख बने । यसै गरी उनले साहित्यिक र गैरसाहित्यिक संस्थाहरूसहित २ दर्जनभन्दा बढी सामाजिक संस्थाहरूमा आबद्ध र सक्रियता जनाएका छन् । सामाजिक क्षेत्रहरू जस्तै रेडक्रसमा सल्लाहकार,जेष्ठ नागरिक जिल्ला संघमा (बर्तमान अध्यक्ष) यसका अतिरिक्त आफ्ना गाँउ छिमेकका समेत पीरमर्का बुझेर उनले काम गर्दै आएका छन् ।
३.२.१९. लेखक÷सर्जक व्यक्तित्व
सदानन्द रिजालको प्रमुख व्यक्तित्व मध्येको साहित्यिक व्यक्तित्व पनि एक हो । उनले धेरै साहित्यिक सिर्जनाहरू गरेका छन् । २०२६ सालतिर आमा पत्रिकामा 'आमा' शीर्षककै कविता प्रकाशित गरी साहित्य क्षेत्रमा लागी हालसम्म ३ दर्जनभन्दा बढी साहित्यिक कृतिको जन्म दिएका छन् । उनको पहिलो रचना वनारसवाट प्रकाशित भएको थियो । उनलाई यस क्षेत्रमा लाग्ने प्रेरणा वरिष्ठ साहित्यकार हरिभक्त कटुवालले प्रदान गरेका थिए । सदानन्द लेख्छन्, "उक्त समयमा कविवर हरिभक्तको साथै त्यहाँका विद्यार्थीसँगको सक्रियतामा नेपाली साहित्यमा रुचि बढेको र त्यहीँबाट मेरो पहिलो कविता 'आमा' शीर्षकको कविता वनारसको 'आमा' पत्रिकामा प्रकाशन भएको हो ।' करीव २० वर्षको उमेरदेखि साहित्य यात्रामा लागेका उनले यस क्षेत्रमा ५ दशकभन्दा बढी पार गरिसकेका छन् । साहित्यिक विधामा उनी कवि, काव्यकार,(खण्डकाव्यकार र महाकाव्यकार) आख्यानकार, आत्मसंस्मरणकार, नियात्राकार, गजलकार, मुक्तककार, गीतकारका रूपमा चिनिएका छन् । समाजका विकृति विसंगतिको विरोध गर्नु, राष्ट्र–राष्ट्रियताको इज्जत तथा सम्मान गर्नु जस्ता उनका सिर्जनात्मक उद्देश्य हुन् । उनका साहित्यिक व्यक्तित्व निम्नानुसार रहेका छन् ः
३.२.१९. कवि र काव्यकार व्यक्तित्व
२०२६ सालदेखि साहित्य प्रकाशनमा लागेका सदानन्दले कृतिगत रूपमा धेरै नै पछि २०५७ सालबाट मात्र प्रकाशन आरम्भ गरेको पाइन्छ । कविता काव्य सिर्जनात्मक विधा हो । साहित्य आफै नलेखिने भएकाले यसको लेखन गर्नु सृष्टि नै हो । फरक यत्ति हो कि कोही एकविधामा बढी कलम चलाउछन् भने बहुविधामा समान रूपमा वा धेरथोर रूपमा । सदानन्दले सिर्जना विधामा गद्य पद्य दुबै विधामा कलम चलाएका छन् । उनले २०५७ मा आफ्नै व्यथा (क. स.), २०५८ मा बूढो जवानी (क. स.) २०५९ मा जीवनलीला (ख. का), २०५९ मा कोपिला (लघु काव्य), २०६१मा अग्निज्वाला (म. का.), २०६१ मा माटो र विरूवाले भोक लाग्यो भन्छन्् , २०६२ मा मोहनीको मीठी म्वाइँ (कविता सङ्ग्रह) र २०७३ मा सिंहवाहिनी (महाकाव्य) सिर्जना गरी कवि तथा काव्यकारको व्यक्तित्व सार्वजनिक गरेका छन् । यसरी उनले ३ वटा महाकाव्य १ वटा लघुकाव्य १ वटा खण्डकाव्य १ कृषिकाव्य २ बटा कवितासङ्ग्रह प्रकाशन गरेर कवि तथा काव्यकार व्यक्तित्वलाई चिनाएका छन् । यस अतिरिक्त पनि उनका दर्जनौ कवितात्मक रचना र स्वर्गको यात्रा नामक महाकाव्य कृतिका रूपमा सार्वजनिक हुन बाँकी छन् । ती रचना कैयन पत्रपत्रिकामा सार्वजनिक भएका छन् । कति त डायरीमा नै सीमित पनि छन् । प्रकाशित कृतिहरू हेर्दा यथार्थ चित्रण, सकारात्मक सोच र स्वच्छन्द भावको प्रकटीकरण गर्ने कवि–काव्यकारका रूपमा उनी चिनिन्छन् । पूर्वीय मान्यताअनुसार पौराणिक कथाका धिरोदात्त गुण भएका नायकलाई आधार बनाएर महाकाव्य लेख्ने परम्पराबाट अलग पहिचान दिंदै स्वनिर्मित कथामा महाकाव्य लेख्न सफल देखिन्छन् । यी आधारमा हेर्दा उनी कवि, खण्डकाव्यकार र महाकाव्यकार व्यक्तित्वको रूपमा चिनिएका छन् ।
३.२.२० आख्यानकार व्यक्तित्व
आख्यानभित्र कथा र उपन्यास पर्दछन् । सदानन्दले वि.स.२०५८मा पश्चातापको आँसु (कथासङ्ग्रह), २०६० मा जीवनलीला (उपन्यास), २०६१ मा नियति (उपन्यास), २०६१ मा तन्नेरी हजुरबा (उपन्यास), २०६३ मा परिवर्तन (कथासङ्ग्रह), २०६३ मा भुटानी शरणार्थीको कथा व्यथा (कथासङ्ग्रह) प्रकाशन गरेका छन् । हालसम्म उनले ४ वटा कथा सङ्ग्रह र ४ वटा उपन्यास प्रकाशन गरेका छन् । हालसम्म उनले ४ बटा कथासङ्ग्रह र ४ वटा उपन्यास प्रकाशन गरी कथाकार र उपन्यासकार दुबै रूपमा चिनाएका छन् । अन्य कथाका फुटकर रचनाहरू उनका अनलाईन, पत्रपत्रिका, फेसबुकलगायतमा सार्वजनिक भएका छन् । सार्वजनिक हुने क्रममा निरन्तरता छ । उनका उपन्यासमा उनले सामाजिक यथार्थहरूका कुरा, यौन, जीवन, बहुविवाह, अनमेल विवाह, विधवा विवाह, अन्तर्जातीय विवाह, छुवाछुत, चेलीबेटी बेचविखन, सामाजिक विकृति, विसङ्गति, बेरोजगारी, कुसंस्कारका कुराहरू उठाएका छन् । कथामा उनले सामाजिक यथार्थता, पारिवारिक समस्या, बहुविवाह, जातीय समस्या, निम्नवर्र्गीय अवस्थाको चित्रण, नारी प्रतिको सम्मान, भावना, प्रकृति, चित्रण, शृङ्गारिकता, सामाजिक अन्याय, बेथिति, अत्याचार, गुण्डागर्दी, लुटपाट, झैँझगडा, भ्रष्टाचार आदिका विषयवस्तु उठान गरेका छन् ।
३.२.२१ जीवनीकार (आत्मसंस्मरणकार) व्यक्तित्व
जीवनी र आत्मसंस्मरण एकै त होइनन् तापनि उनले प्रकाशन गरेको म र मेराहरू (२०६०) मा आफूभन्दा अग्रज पुस्ता आफ्ना परिवार र आफ्नोसहित जीवनका महत्त्वपूर्ण घटनाक्रम सम्झेर विवरण र वर्णन प्रस्तुत गरेकाले उनी एकै कृतिमार्फत् नै जीवनीकार र आत्मसंस्मरणकार व्यक्तित्व दर्शाएका छन् । आत्मसंस्मरण प्रस्तुत गर्नुले उनलाई आत्मकथाकार व्यक्तित्वका रूपमा पनि लिन सकिन्छ । उनले समालोचना एक कृतिमा समेत आत्मसंस्मरण प्रस्तुत गरेको पाइन्छ ।
३.२.२२ गजलकार व्यक्तित्व
वि स २०६४ मा समभोग समाधि, २०६५ मा गजल गुटिका, २०६५ मा वुढौतिका रहरहरू, २०६६ मा अभागीका गजलहरू, २०६८ मा गजल परिकार गजल सङ्ग्रहहरू प्रकाशन गरेका सदानन्दले यी ५ वटा कृतिहरूमा एक नयाँ कृति गजल षष्ठामृत समेत थपी अभागीको प्रेम विहारको षष्ठामृत नामक वृहत् आकारीय कृति २०७० सालमा प्रकाशन हुनु तथा अनलाईन, पत्रपत्रिका, वेभसाइट तथा ४ वटा संयुक्त कृतिहरूमा पनि उनका गजलहरू प्रकाशन हुनुले उनको गजलकार व्यक्तित्वलाई पुष्टि गर्दछ ।
३.२.२३ मुक्तककार व्यक्तित्व
वि स २०६८ मा प्रकाशित अभागीका मुक्तक र यसै नामको २०७४ मा प्रकाशित भएका कृतिका आधारमा उनी मुक्तककार व्यक्तित्व हुन् भन्न सकिन्छ । यति मात्र नभई उनका हालसम्म दर्जनौँ मुक्तकहरू सार्वजनिक भइसकेका छन् ।
३.२.२४ नियात्राकार व्यक्तित्व
सदानन्दमा नियात्राकार व्यक्तित्व पनि छ भन्ने कुरा विभिन्न पत्रपत्रिकामा छापिएका यात्रा वर्णनात्मक फुटकर रचनाका अतिरिक्त काठमाडौँदेखि देहरादुन भन्ने प्रकाशित कृतिले पुष्टि गर्दछ ।
३.२.२५ गीतकार व्यक्तित्व
प्रकाशित कविता सङ्ग्रहमध्ये एकाध रचना, खण्डकाव्यमा प्रयोग भएका लोकलयात्मक रचना, महाकाव्यमा प्रयोग भएका केही लोकलयात्मक रचनाहरूले उनको गीति सिर्जनात्मक चेतना उजागर गरेका छन् । यी कार्यले गीतकार व्यक्तित्वलाई चिनाउन पुगेको पाइन्छ ।
बहुआयामिक व्यक्तित्व देखाउन सफल सदानन्द मुख्यतःदुई किसिमका साहित्यिक र साहित्येतर व्यक्तित्व उल्लेखनीय नै छन् । साहित्यिक व्यक्तित्वअन्तर्गत लेखन–सिर्जनाबाट बनेको व्यक्तित्व पर्दछ । कवि÷काव्यकार, आख्यानकार र जीवनीकार व्यक्तित्व यसैभित्र पर्दछ भने साहित्येतरमा कृषि वैज्ञानिक, समीक्षक (समालोचक वाक्यपरीक्षार्र्थी, शैक्षिक, धार्मिक, आध्यात्मिक, अध्ययनशील, सेवा र संवेदनशील, अनुसन्धाता, अनुवादक, स्वाबलम्बी, कार्यपत्र प्रस्तोता, राजनीतिक, सम्पादक, वार्ताकार, नेतृत्वदायी, बहुभाषिक, प्रशासक, समाजसेवी, व्यक्तित्व पर्दछन् । व्यक्तित्व जतिबढी भयो त्यति नै व्यक्ति चिरपरिचित त हुन्छ र बहुआयामिक कर्मबाट सफल हुन्छ । सफलता चुमेको व्यक्तिको आँखाको नानी हुन्छ । समाज राष्ट्रको जाज्ज्वल्यमान तारा बनेर रहन्छ । कर्मयोगी मानिसको नै सफल व्यक्तित्व हुन्छ । जीवन र व्यक्तित्वको अन्योन्याश्रित सम्बन्ध हुन्छ । एकाध अवस्थामा बाहेक यो व्यक्तिले खुन पसिना र बौध्दिकता खर्चेर मात्र प्राप्त गर्न सक्छ । व्यक्तित्व निर्माण चानचुने कुरा होइन । व्यक्तित्व कमाइ सफलताको सिँढी चढ्ने रहर त सबैलाई हुँदो हो, तर उत्कृष्ट र चर्चित काम नगरीकन व्यक्तित्व कहाँ बन्छ र ?पेटलाई खाना, बस्नलाई घर, लगाउनलाई लुगा, आवश्यक परेजस्तै मानिसको सर्वत्र र दिगो पहिचानका लागि अति आवश्यक कुरा हो व्यक्तित्व । व्यक्तित्व वाँचुञ्जेल वा मृत्युपर्यन्त पनि सदैव आवश्यक पर्दछ । व्यक्तित्व निर्माण गर्न अनेकौँ कुराले प्रभाव पार्दछन् ।
सदानन्दले परिश्रम र बौद्विकताका साथमा लगाव र समर्पणलाई पनि ध्यान दिएका छन् । उनको स्थान जहाँनेर छ त्यसका लागि कसैको कृपादृष्टिले उनी त्यहाँनेर पुगेका होइनन् । जिम्मेवार बन्नु, समयनिष्ठ बन्नु, मानवतावादी कर्ममा लाग्नु, विश्वासिलो हुनु, उद्देश्यकेन्द्रित, समर्पित, जागरूक, नेतृत्वमा अघि सर्नु, अध्ययनशील, विश्वका नवीन, खोज, प्रविधि र सूचनामा अद्यावधिक भइरहनु, प्रसन्न रहनु, कृतज्ञ, असल श्रोता बन्नु, धेरै सुन्नु, कम बोल्नु तर आवश्यक ठाँउमा सही तथ्य र तर्कपूर्ण रूपले विचार प्रस्तुत गर्नु, सत्यको पक्षपोषक, तनाबविहीनतामा जोड, विवादमा सकभर हात नहाल्ने, समाधानका लागि शान्तिपूर्ण उपाय खोज्ने, भरसक त्रुटि, गल्तीबाट टाढा, निन्दा नगर्नु, दयालु, सहयोगी बन्नु, उत्साही, सकारात्मक चिन्तनमा केन्द्रित, वचनमा प्रतिबद्व, सकारात्मक ईख लिने, निष्ठावान, निष्कपटता, अरूप्रति सकारात्मक चासो लिने, शिष्ट, सभ्य, सदाचारी, लोभ गर्नबाट टाढा रहनु, अरूलाई नहोच्याउने, असल मित्र वा विद्वानको संगत, अरूको भावनाको कदर गर्ने, वास्ता राख्ने, सामाजिक रूपमा सरल र सहयोगी व्यवहार, अरूलाई बुझ्ने, जिज्ञासु, नेतृत्व लिन वा कुनै पनि काम फत्ते गर्न निकै सक्रिय, घमण्डरहित, अरूलाई महान्् देख्न सक्नु, आशावादी हुनु, जहाँ पनि ज्ञानको स्रोत देख्नु, सही ज्ञानले आफू विवेकी बन्नु, ज्ञान बुद्वि र विवेकलाई जीवनको आदर्श ठान्नु, अग्रजको सम्मान, मितव्ययीपन, आवश्यक पर्दा भएको धनपैसा उदार मनले खर्च गर्नसक्ने, अनुजप्रतिको स्नेह र माया, संघर्षशील, उपयुक्त वातावरणको खोजी, उत्तरदायी, लचिलो, कमजोरीहरूको स्वीकार गर्नु र सुधारमा जोड, अग्रजबाट सिक्ने, तालिम प्रशिक्षण लिने, रसिक र मजाकिलो बन्ने तर कसैलाई नपिर्ने, स्वस्वार्थभन्दा माथि उठेर काम गर्ने, माटोको माया गर्ने, माटो नै प्राण सम्झिने, जन्मभूमिप्रतिको आदर, जन्मभूमिको ऋण तिर्नुपर्छ भन्ने मान्यताले अभिप्रेरित हुनु र सोहीअनुसारका काम गर्नु आदि जस्ता अनेकौँ गुणहरूका कारण सदानन्दको स्थायी व्यक्तित्व निर्माणमा सघाउ पुगेको हो ।
सदानन्दले यिनै गुणका कारण विविध व्यक्तित्व बनाएका छन् । कुनै व्यक्तित्व केही बढी सबल र केही खारिन बाँकी छन् । जे होस्् उनलाई समाजले जति चिनेको छ ठीकै छ । उनका नचिनेका पाटालाई पनि खोतलखातल गरी सही न्याय दिन आवश्यक छ । तसर्थ सदानन्द जस्ता व्यक्तित्वको खाँचो समाज, राष्ट्रलाई ठहरिएको हो । यस्ता व्यक्तित्वको गुण गरिमाबाट समाजका सरोकारहरूले पाठ सिकेर जीवनमा अवलम्बन गर्नु उत्तम हुन्छ ।

No comments:
Post a Comment