April 21, 2012

गजल परिकार (गजलसङ्ग्रह)

गजल परिकार

(गजलसङ्ग्रह)

 

 

 

सदानन्द "अभागी"

कावासोती १ शान्तिचोक

नवलपरासी

लुम्विनी अञ्चल, नेपाल

२०६८(२०११) 

कृति          ः गजल परिकार

कृतिकार       ः सदानन्द "अभागी"

प्रकाशक       ः लक्ष्मीस्मृति साहित्य समाज

प्रथम संस्करण ः वि.सं २०६८

सर्बाधिकार     ः लेखक स्वयंमा

आवरण शिल्पी  ः रामकुमार श्रेष्ठ 

कम्प्युटर डिजाइनर ः 

 (९८४१३३५९८३)

Email: sadanandajaishy@ yahoo.com

GAJALPARIKAR

(GAJALSANGRAH)

By

Sada Nanda Abhagi

Published:

LAXMISMRITI SAHITYA SAMAJ           

                 SN:      S A 21

ISBN 978-9937-8523-24

                       

 

 

 

 

मेरो कथन

गजल लेखाइको क्रम अघि बढ्दै जाँदा, आज म गजलको यो पाँचौं कृति बजारमा पुर्‍याउने कोशिस गर्दै छु। यो गजलको प्रकाशन गरिदिने लक्ष्मी स्मृति साहित्य समाज प्रति कृतज्ञता प्रकट गर्दछु। यो गजल सम्पादनको लागि कपिल अज्ञातज्यू र भूपेन्द्र शर्मा भट्टराई (भूसभ गण्डर्षि)ज्यूलाई मुरी मुरी धन्यवाद छ। आवरणको लागि रामकुमार श्रेष्ठ अन्य सहयोगी मित्रहरूमा कृतज्ञता प्रकट गर्दछु

धन्यवाद      

                        क्ष्मीस्मृति साहित्य समाज

 

 

गर्छौ राम्रो भन्ने थियो

 

गर्छौ राम्रो भन्ने थियो जे गरेनि जहर भयो

परेवाको गर्जन सुन्न नेपालीमा रहर भयो

 

सुधावाणी सुन्न खोज्दा कानै फोर्ने गर्जन भए

नतिजालाई केलाउँदा पानी बिना नहर भयो

 

नथुक्नु भो आकाशमा आफ्नै मुख भरी झर्छ

उल्टीगंगा बगाउँछ्यौ रे जनताको ठहर भयो

 

पग्लिन्छ फलाम पनि निश्चित ताप पुग्यो भने

तिम्रो अघि अग्नि हार्‍यो हामीलाई कहर भयो

 

स्वर्णयुग ल्याउँछु भन्थ्यौ सपना नै बन्न गयो

वातावरण धमिलियो नर्क जस्तो सहर भया

 

 

विकासहीन भाषणमा

 

विकासहीन भाषणमा जनता हाँस्ने छैनन् 

कर्महीन मर्महीनमा माया गाँस्ने छैनन् 

 

काम देऊ माम देऊ साथै विकास देऊ

विकासको बजेटहरू जनता मास्ने छैनन्

 

चिल्ला चिल्ला वाहनमा कुद्नेहरूसँग

जनताले ताली बजाई अपिल टाँस्ने छैनन्

 

घीनलाग्दो वातावरण जव बन्न थाल्छ

कुकर्मीको पछि लागी जनता बास्ने छैनन् 

 

असलमा असल हुन्छ शान्तिवादी नीति

शान्तिकामीहरूलाई जनता छास्ने छैनन्

 

 

देश आज दुखअेको छ

देशआज दुखेको छ घातीहरूको पहलमा

स्वार्थमात्र लुकेको छ घातीहरूको पहलमा

 

भन्ने गर्थे सबै जना यिनको पछि लाग्नु हुन्न

शीर आज झुकेको छ घातीहरूको पहलमा

 

हो, गोर्खालीको सान थियो मान थियो संसारमा

सत्य मूल सुकेको छ घातीहरूको पहलमा

 

सबल कर्म छोडे धर्म स्वार्थी पोको बोकी बोकी

सक्षमता चुकेको छ घातीहरूको पहलमा 

 

छ कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर

सबै काम रुकेको छ घातीहरूको पहलमा

 

सपना त कल्पना हो

 

सपना त कल्पना हो देख्न सके देख हजुर

भावनाको पोखाइ हो लेख्न सके लेख हजुर 

 

मरुभूमि मरुद्यान निश्चय नै फरक हुन्छ

मरुद्यान पुग्नेहरू मार्न सक्छन् मेख हजुर

 

पानी बिना तडपिएको माछा बनौं भने पनि

तड्पनु नै कर्म बन्छ छैन देख रेख हजुर

 

माथि हेर्छु बादल देख्छु पृथिवी छन् हरियाली

पृथ्वीमै लुछाचुणी सबले खोज्छन् सेख हजुर

 

 सबको हुन्छ यो संसार बाँचून् देर भोग गर्न

 सबै मेरो भन्नेले नै बाँड्ने गर्थे बेख हजुर

 

तातो रातो रगतले

 

तातो रातो रगतले सिञ्चित छ यो छाती

ज्वारभाटा समुद्रमा उठ्छ दिन अनि राती

 

सपनाका धरोहर उच्चाइमा पुग्दा खेरी

सम्यम् हामी अपनाउँ हिड्न हुन्न माती

 

सत्भाव सदगुण जीवधारीले थामम् थामम्

मौका पाएँ भनिकन गर्नु हुन्न भाँती भाँती

 

हामी सबै लाग्नु पर्छ सत्मार्गको यात्रा पथमा

चराचर बराबर मौका दिउँ ननिकालौ काती

 

मातृभूमि पृ48यभूमि जन्म दिने आमा सबै

पूण्यतीर्थ यिनै बन्छन् नबनौ है कुनै घाती

 

लाए माया

 

लाए माया हाका हाकी लाउनु पर्छ सुन हजुर

मर्म जति बुझ्नु पर्छ दिगो प्रेम हुन हजुर

 

यथार्थमा झुले पछि गुलाफ फूल फूले पछि 

अन्तरआत्मा मिले पछि पर्ने छैन रुन हजुर

 

संसार हो यो रड्डशाला सकेजति खेल्नै पर्छ

प्रीति गाँस्ने मायालुको मन पर्छ धुन हजुर

 

आदर्शका भाकाहरू कति राम्रो गुञ्जिएको 

सरलता भावुकता सक्छ दिल छुन हजुर

 

जले जलोस् लङ्का हेर मैले सङ्का गरेकै हो

प्रच48ड त्यो गर्मी चढ्यो खोजेको हो जून हजुर

 

 

लोकाचारी बोली बोल्न

सन्धीखर्क २०६७/८/३

लोकाचारी बोली बोल्न कसोगरी सिक्यौ प्रिया 

दिल छाम्ने बहानामा कर्द किन झिक्यौ प्रिया

 

मर्म कर्म सबै जानी मेरो दिल छाम्नु थियो 

अरिङ्गलको पोलो सम्झी कसो गरी टिक्यौ प्रिया

 

समर्पण यो ता हैन मुटुमात्रै प्रदान हो

अमूल्य छ जिन्दगी यो किन आज बिक्यौ प्रिया

 

मीठो भयो सुधाबाणी कसैगरी भूलिएन 

हृदयको पाना भर्दा बिजुली भै मिल्क्यौ प्रिया

 

तिम्रो दिल छाम्दै थिएँ सपना भो यो संसार

मर्माहत म त भएँ जब पिलपिल पिल्क्यौ प्रिया

 

नेता बनौं        

               सन्धीखर्क २०६७/८/२

नेता बनौं मन्त्री बनौ अनि रमौं दाना भित्र

अनि मात्र पस्न सक्छौं पाँच तारे छाना भित्र

 

गरिबको छोरा बन्दा सबै हरण हुनजान्छ

होटेलको रड्गीचड्गी मिल्ने छैन गाना भित्र

 

पसिनाको धारा बग्दा सारा तन भिजी जान्छ 

रेलोखेलो कहाँ छ र बाँच्नु पर्छ माना भित्र

 

मह पाएँ भनि खाको हलाहली विष रैछ

श्रमिकको पसिना हो म पर्दिन राना भित्र

 

सत्य कहीं डग्दैन है सञ्जिवनी बनी बस्छ

त्यसो हुँदा रमेको छु पसिनाको नाना भित्र

 

 

 

यो मन भयो उराठीलो

२०६७/८/३, सन्धिखर्क

यो मन भयो उराठीलो, कसो गरी रोकूँ मैले

गोजी चुह्यो बुड्डो भयो, कसो गरी धोकूँ मैले

 

नखोल भो इतिहास मर्माहत बन्छु म त

कसो गरी तिम्रो पीर थपी थपी बोकू्ँ मैले

 

दधीचिको त्याग भनुँ, त्यसो भन्न कहाँ मिल्छ

सत्यताको खोजी गर्दा कस्लाई दोषी तोकूँ मैले

 

जन्मे पछि मर्नै पर्छ यो त ध्रु्रबसत्य हो नि

गलाभरि कफ बस्यो कसो गरी खोकूँ मैल

 

भावनाका लहरहरू मानवमा बग्दा रैछन्

तडपिएका मनभाव कसोगरी जोखूँ  मैले

 

सिंहदरवार पसे पछि 

 

२०६७/८/३, सन्धिखर्क

सिंहदरवार पसे पछि थाले तानावाना बुन्न 

जनताका पीर मर्का हेर सबले छाडे सुन्न

 

देश बनाउने भाषणभीषण साह्रै तीखा हुन्छन् 

अमृत पान केवल हुन्छ घुसपेस आदि छुन्न 

 

हेर महनदी बग्दो रैछ पौडी खेल्न पाइँदो रैछ

सहजसँग प्राप्त भाको, किन छाड्थे आटा गुन्न

 

जनता टोल्न भन्न मिल्छ सतीबाट श्राप्य देश हो

विकास गर्न धेरै लागें केही गरेनी् केही हुन्न

 

जुनै जोगी आए पनि कानै चिरि आउँदा रैछनन्

सुन्दर शान्त मौरी माथी अरिड्डलको हुन्छ घुन्न

 

अब कबै

अब कबै नबोल भो दोधारे त्यो बोली

 राजनीति छाडी बोक मगन्तेको झोली

 

 अग्रगमन कता गयो नयाँ नेपाल कता

 महान् नेता बन्न गयौ कुरा टोली टोली

 

जनतामा बोली पुग्दा लाग्छ सबै सत्य 

सिधासादा जनतालाई राख्छौ रोली रोली

 

महान व्यक्ति बन्ने भए बन्न सकिन्छ नि

 छाड्नु पर्छ अब खेल्न रगतको होली

 

हिंसा त्याग्नु महानता हुन्छ संसारमा 

शान्ति खोज्ने जनताको भरि देऊ सोली

 

डाँडा माथी

डाँडा माथि अति सुन्दर दैलेखको शृड्डार

यात्रीहरू ओहोर दोहोर गर्छन् हजार हजार

 

साच्ची क नै यो क्षेत्र मानौ देवलोक नै रैछ 

विकासमा सबै जना जुट्न हुन्छन् तयार

 

ऐतिहासिक दस्तावेज मन्दिर कोतगढी

पशुपन्छी जडीबुटी डाक्छन् सबले् बहार

 

धर्म गर्ने धर्मस्थल रैछन् कति कति

प्रज्वलित दीपज्योति प्रकाशमय सार

 

यो जिल्लामा टेक्न पाउँदा मन मुग्ध भयो

सम्झनाको कोशेलीलाई लान्छु तारंता

 

जे छ कुर्सी छ 

२०६७/८/३, सन्धिखर्क

जे छ कुर्सी छ प्राप्त गर्न जानु पर्छ सती

कुर्सी टुट्यो भने हेर दुःख कति कति

 

आज भोलि कुर्सी ताक्ने भए अति धेरै

ठूलाठालु भनाउँदाको बिग्रदो छ मति

 

अर्थतन्त्र डमाडोल, छैन बजेट पास

देश दुख्यो भन्ने सोच छैन एक रति

 

बिग्रदो यो चालामाला हेर्दा खेरी सबै

अविवेकी कर्मकाण्ड बढेको छ अति

 

नारा जुलुस गरे पनि उनको भत्ता पाक्छ

जनतालाई भार पर्छ देशको हुन्छ खति

 

नलजाऊ प्रिय मित्र

२०६७/८/३, सन्धिखर्क

नलजाऊ प्रिय मित्र, खानसम्म खाऊ 

चिप्लाचाप्ला कार्यपत्र बाँचीकन आऊ

 

देश जावोस् जतासुकै, टाईसुट कस

सर्बथोक हत्याउन चाकडीमा धाऊ

 

नलजाउ केको लाज गजलकार भन्न 

कोर्के आँखा छड्के चश्मा दह्रो गरी समाऊ

 

सृजनाको पोखरीमा डुबुल्की त मार्दा

 शुद्धताको आवरण सकेसम्म सजाऊ 

 

सफलता विफलता कर्मका हुन् साथी 

सहीयात्रा शुद्धकर्म पर्न सक्छ दाऊ

 

कलिलैमा मुना टिप्यौ

कलिलैमा मुना टिप्यौ, फूल फुल्ने छाँट छैन

माली बनी वाग सिच्ने तिमीसँग आँट छैन

 

तिम्रो बिचार गर्दा गर्दै गयो मेरो यौवन

लाखौं कसम खायौ तिम्ले म पनि ढाँट छैन

 

कर्कलाको पानी सरी मन भयो अति चञ्चल

मनवेग शान्त पार्ने तिमीसँग आँत छैन

 

जथाभावी बोलाइको कहीं कतै मूल्य हुन्न

प्रस्तुतिमा मिठास हुन्छ तिमीसँग भाँत छैन

 

नभतल जतातता भौंतारिदैं हिडे पनि

यथार्थको धरातलमा त्यहाँ कुनै जमात छैन

 

गलाभरी 

गलाभरी लाउँ भन्थिन् त्यही हीरा मोती

मैंले भन्थे सबै त्यागी बालौं दिव्य ज्योति

 

मानिस हो स्वार्थी हुन्छ कहाँ छोड्छ हठ

पायो मौका हान्यो चौका चुँडिन गो लोती

 

तिनकै कारण जीवनमा धेरै धोका खाएँ

यसै गर्दा धौ धौ भयो किने कोराधोती

 

जीवनका हरेक सोपान तलमाथी हुँदा

धैर्यतालाई छोड्न हुन्न भन्थे मित्र सोती

 

आज भने दुवै जना आनन्दमा रम्यौ 

आनन्दमा  रौनक थप्न आए आफ्नै गोती

 

नचलाउ नयनतिर

सन्धीखर्क २०६७/८/३

नचलाउ नयनतिर आफ्नै आँखा दुख्छ भन्छिन्

मुस्कानको पीडाजति यै छातीमा लुक्छ भन्छिन्

 

जब नयनसँग नयनको बार्तालाप बढ्न थाल्छ 

नपत्याए ऐनाहेर आफ्नै शीर झुक्छ भन्छिन्

 

विवशता बढ्न सक्छ आत्मा  पनि रुन सक्छ

असह्य नै भयो भने  चिच्याएर भुक्छ भन्छिन्

 

बग्न सक्छ वेदना खहरेको भेल बगे सरी

नडाकौं भो खहरेलाई आफ्नै तन सुक्छ भन्छिन्

 

कुमालेको चक्र्रसरि जब तन मन चल्न थाल्छ

चल्छ मन चल्न देउ यसमा केनै तुक्छ भन्छिन

 

अङ्कमाल पवनको

सन्धीखर्क २०६७/८/३

अङ्कमाल पवनको पाउँछ भाग्यमानी

उसले चुम्छ सबैलाई हेर जानाजानी

 

पवित्र हो पवन त सबको धान्छ प्राण

त्यसैले त सबै बन्छन् पवनकी रानी

 

अदृश्य भै रमण गर्छ बनी सच्चा साथी

यै साथीले घेरेको छ हाम्रो जिन्दगानी

 

सुमधुर स्पर्शता पवनबाटै आउँछ

बसेको छु स्पर्शमा आनन्दपो ठानी

 

पवनलाई नबुझ्ने त हुतिहारा बन्छ

हकभोग उसकै हुन्छ हामी बन्छौ दानी

 

ठीकै भन्यौ 

सन्धीखर्क २०६७/८/३

िकै भन्यौ तिम्रो हाम्रो आफ्नै आफ्नै संसार

 कहीं रोदन कहीं हाँसो अनि छ सदा बहार

 

दिल ठूलो हुनुपर्छ विविधता मनन् गर्न 

बुल्डोजर बन्न सक्छ दिलभित्रको कार

 

मर्माहत पार्नु हुन्न स्वविवेक गुमाएर

स्वविवेकी सड्तले लगाइदिन्छन् पार

 

प्रेम बन्धन बाँधिएर गर्न हुन्छ शुभ यात्रा

शुभ यात्रा सफल हुन्छ त्यहाँ हुन्न बार

 

प्रेमिकाको मिलन बिन्दु बन्छ ईश्वरीय पथ

त्यही पथमा दुवै हिड्छन् आफ्नो आफ्नो धार

 

भन्ने कुरा भन्नै पर्छ 

२०६७/८/३, सन्धिखर्क

भन्ने कुरा भन्नै पर्छ लुकाउन हुन्न साथी

मौका छोपी कसैलाई झुकाउन हुन्न साथी

 

आकाङ्क्षा हो समानता कर्मबाट प्राप्ति गर्नु

मर्म पारी घाउलाई दुखाउन हुन्न साथी

 

मानिस हो तल माथि स्वभाविक हुन्छ हुन्छ

दुःख पाएँ भन्दै जिउ सुकाउन हुन्न साथी

 

झोपडी र महलको आफ्नै आफ्नै सान हुन्छ

आफ्नो सान ठूलो भनी भुकाउन हुन्न साथी

 

मानव हौं मानवता हामीसँग हुनै पर्छ

गोपनीय वाचाबन्धन फुकाउन हुन्न साथी

 

 

पूर्णिमाको रात छ यो

सन्धीखर्क २०६७/८/३

पूर्णिमाको रात छ यो पूर्णताको जून

मायालुको तन भरी सजिएको सुन

 

शून्यतामा रमाउँदा मोहनीले छोयो

अन्तर्मन बोल्न थाल्यो चाख्न देऊ नून

 

यौवनको फूलबारीमा मगमगी छ फूल

बगैंचा नै समर्पित तिन्को रैछ गुन

 

संघर्ष हो सहनता समर्पित गरिन्

ध्वनि भने कस्तो कस्तो बज्न थाल्यो धुन

 

भोग्न रैछ यो संसार भोगी भोगी रम्यौ

टहटह जून देख्दा नाम राख्यौ मून

 

क्या सपना देखिया

सन्धीखर्क २०६७/८/३

क्या सपना देखियो नदी तरेको

आकाशका परिहरू तल झरेको

 

सलल सलल छ लौ पानी वगेको

ड्गउमाथि हेर्दा खेरी माझी मरेको

 

वितृष्णाले छोयोलौ डुड्गाबग्न देऊ

मृगतृष्णा मेटिदा त दड् परेको

 

नदीको माझधारमा डुड्गा तैरियो

अतिमीठो वाहानामा उतै सरेको

 

सपनामा भरिभरि दृश्य देखियो

टो कात्रो मुर्दा साथै बुर्की छरेको

 

बुझ्न सक्नुपर्छ मित्र

सन्धीखर्क २०६७/८/३

बुझ्न सक्नुपर्छ मित्र सामन्तको कुरा

मुखमा हुन्छ लोकाचार भित्र हुन्छ छुरा

 

शक्ति भक्ति उनैमा छ संसार किन्न सक्ने

भाँचिएर के नै हुन्छ किन्छन् नयाँ धुरा

 

जता हेर्‍यो शोषण र दमन मात्रै छ नि

बन्छन् अविवेकी अत्याचारी दमनमा सुरा

 

गरिबको पसिनामा तिनै हेर रम्छन्

गरिबलाई हेपी हेपी नाम राख्छन् लुरा

 

गरिब बोक्छन् हप्की दप्की शोषणको भारी

खराब हो प्रवृत्ति यो सिक्छन् सबै भुरा

 

 

सत्कर्मको भाषणहरू

सन्धीखर्क २०६७/८/३

सत्कर्मको भाषणहरू जस्ले बढी गर्छ सानु

बकुल्लाझै ध्यानबसी मौका त्यस्ले धर्छ सानु

 

कर्महीन मर्महीन शुद्धकर्म छैन जसको

चिप्लोचाप्लो हात पार्न आँफै अघि सर्छ सानु

 

हुन्छन् ज्ञानबर्धक भाषणहरू पण्डितको

हाँसी हाँसी गरिबको पञ्चामृत हर्छ सानु

 

अहो भाग्य हुँदोरैछ पञ्चामृत खान पाउनु

मत्स्य कानुन् ईश्वर जानुन् आफ्नै पेट भर्छ सानु

 

मानवले मानवलाई जब चिन्न छाड्छन् हेर

त्यहाँ दानवता पलाउँछ मानवता मर्छ सानु

 

आदर्शमा सन्देश छ,

सन्धीखर्क २०६७/८/३

आदर्शमा सन्देश छ, सतकर्मी बन

मानवीय मन्दिरमा ईश्वर छ भन

 

आदर्श हो पुज्ने ढुड्ड बोल्नेशक्ति छैन

तव पनि पुज्य नै छ छाड गन गन

 

उद्देश्यको आपूर्तिमा जब मान्छे लाग्छ

पसिनाको बगाइमा मिल्छ मीठो धन

 

विकासवादी नीति लियौं बढौं कर्म गर्न 

स्वर्ण युग आउँछ सबको लागे मन

 

सफल हुन्छ जिन्दगी बन्छ राम्रो घर

सफल छ कर्म सिन्धु, जुट्नु पर्छ जन

 

पालको प्रशासन

सन्धीखर्क २०६७/८/४

पालको प्रशासन यस्तै यस्तै चल्छ

नेताजीको हृदयमा, स्तो बत्ती बल्छ

 

कर्मचारी ब्रह्मचारी नातापाता सारा

चाकडीमै व्यस्त हुन्छन् देख्दा मुटु जल्छ

 

कस्तो बन्यो प्रबृत्ति छैन नैतिकता

शुद्ध छैनन् बाग्मती मिसिदो ढलछ 

 

भन्छन् सबै नेपाल बुद्धको हो देश यो

तब पनि घर घर विकृतिको कलछ

 

 

आजको छ यथार्थता 

सन्धीखर्क २०६७/८/४

आजको छ यथार्थता टुलु टुलु हेर्‍यो

शुद्ध छैन शरीर, बिषाक्तले घेर्‍यो

 

मानिसको ठूलो शक्ति हुन्छ दृढ आत्मा

पलायनवादी भन्छन्, शक्ति ठूलो मेरो

 

स्वार्थबाट माथी उठी जब मान्छे बोल्छ

सबै चिज हाम्रो बन्छ हैन मेरो तेरो

 

मानवले मानवमा मानवता देख्छ

शुद्धताको सुधानदी बग्छ सेरो फेरो

 

निस्छल बन्छ जब मान्छे खोज्छ शुद्धसार

नेत्र ज्योति सिधै जान्छ देखिदैन डेरो

 

मानवले सोचेको

सन्धीखर्क २०६७/८/४

मानवले सोचेको शान्तिकामी संसार

लुटेराको जमातले खोज्दै हिड्ने भन्सार

 

जता हेर्‍यो लुटेरा छन्,छैन कहीं शान्ति

मन बह बन्यो शूल चिन्तन् बारंबार

 

अन्याय अत्याचारले संसारलाई ढाक्यो

काटौं भने मुढिनगो खुकुरीको धार

 

बुद्धत्वको प्रवाहमा बग्छ बिध्युत धारा

बिध्युतीय प्रवाहमा नशा बन्छ तार

 

संचारित तनमन जब हुन्छ तृप्ति

ह्ट्न जान्छ मनभित्र सारा अत्याचार

 

छलाङ्गमार्नु असल हो

 सन्धीखर्क २०६७/८/४

छलाङ्गमार्नु असल हो जतिसक्दो उड प्रिया

उडान भर्ने ताकत छैन गुड्न सके गुड प्रिया

 

तरङि्गत तरङ्गमा बग्नु भन्दा धेरै असल

अग्रगामी भई ज्यामी चारैतिर मुड प्रिया

 

कर्मपथ अँगालेमा मानिस बन्छ स्वसवल

ब्रह्माण्डमा सबै चिज छ अमृतफल चुँड प्रिया

 

दृष्टिशक्ति पारगम्य अड्छ क्षितिजमा हेर

पारदर्शी महर्षीभै समाउ हात्ती सूँड प्रिया

 

ज्ञान प्राप्ति भए पछि मान्छे बन्न जान्छ थिर

गहिराइ छ अनन्तमा  ढुड्न सके ढुँड प्रिया

 

नगर रहर धेर

सन्धीखर्क २०६७/८/४

नगर रहर धेर घरको जाला बहर प्रिया

पकेट दह्रो छैन भने नरक बन्छ सहर प्रिया

 

काम छैन माम छैन छैन राम नाम पनि

आनन्दको अनुभूति काट्नु पर्छ कहर प्रिया

 

सहर ताक्ने रहर आज त्यागि दिएँ मैले

अन्तपुर विकासित कर्मशील छ ठहर प्रिया

 

कर्मक्षेत्र निर्माणमा पूर्ण शक्ति लाग्दा

स्वयं प्राप्त हुन जान्छ आन्तरिक रहर

 

दुई दिने जिन्दगानी बनौ कर्मयोगी

कर्मच्यूत भयो भने मिल्न जान्छ जहर

 

नव जाति

सन्धीखर्क २०६७/८/४

मानव जाति आतङि्कत जब बन्दै जान्छ

त्यतिबेला मानवता सङ्कटाले तान्छ 

 

कहिलै हुन्न मितेरी आतङ्क र डरको

आतङ्कले जिउँदो तन घाटतिर लान्छ 

 

भाइचारा हराउँछ शत्रुपक्ष बढ्छ

आतङ्कको गह्रूँभारी कस्ले कहाँ धान्छ 

 

समाज सामाजिकता आदर्शको पक्ष

सबै सबै मेटिन्छन् कस्ले कस्लाई मान्छ 

 

आजको हो आव्हान आतङ्कलाई मासौं

भय रहित समाजले सबलता छान्छ

 

धेरै भयो नाटक प्रभू

सन्धीखर्क २०६७/८/४

धेरै भयो नाटक प्रभ देश बिग्री गयो प्रभु

कुर्सी मुखी सबै बन्दा मनपरी नै भयो प्रभु

 

समाजमा विकृति यो छता छुल्ल भयो धेरै

मानिस बन्यो सबंभक्षी डर तिन्कै छ यो प्रभु

 

हैजा लाग्छ जुम्ला हुम्ला उपचार हुन्छ भाषणमा 

मृत्यु बरण बन्छ मान्छे बाँकी के नै रह्यो प्रभु

 

रोग व्याधि आँधीबेरी यै देशमा आउने गर्छ 

अग्निज्वाला दन्के पनि दुःख जति सह्यो प्रभु

 

आफ्नो बर्ग आँफै माथि जव जब आइलाग्छ

चुडिन्छ नै मन्थनमा नैतिकताको पयो प्रभु

 

भनेउ प्रिया 

सन्धीखर्क २०६७/८/४

भनेउ प्रिया आज भोलि पसल थापेकी छु

 धान चामल आटो पीठो सबै नापेकी छु 

 

असल गर्‍यौ कर्म गर्दा सर्बगुणी भैछ्यौ

विश्वास लाग्छ भन्छ्यौ होली घाम तापेकी छु 

 

दिलको धड्कन हिजो आज सानु ठूलो के छ

उत्तर पनि त्यस्तै होला लसुन चापेकी छु

 

परिवर्तन आयो होला भन्ने प्रश्न राख्दा 

उत्तर पनि त्यस्तै होला पर्चा छापेकी छु

 

उनको तस्बिर आज भोलि कतातिर होला 

सही उत्तर सुनाउली दिलमा खापेकी छु

 

राष्ट्रियताको कुरा

सन्धीखर्क २०६७/८/४

राष्ट्रियताको कुरा गर्दा टोपी लगाउन पर्दैन प्रिया

दिलमा हुन्छ राष्ट्रियताका पोशाकमा यो सर्दैन प्रिया

 

आडम्बरी राष्ट्रियता त देशकै लागि घातक हुन्छ 

 कृतिम रुख रोप्यो भने सच्चा फल झर्दैन प्रिया

 

दिलको धडकन रहुन्जेल राष्ट्रियता रहन्छ नै 

भावी लेखन टार्न खोज्छ्यौ, टारेर त्यो टर्दैन प्रिया

 

सत्य बोली बोल्नु पर्दा राष्ट्रियताको बहस गर्दा 

म्ातृत्वले छताछुल्ल भावना कोही हर्दैन प्रिया 

 

हत्या होलान् हिंसा बढ्ला आतङ्कको भूमरी पर्ला 

बज्र पर्ला यो छातीमा मातृत्व प्रेम मर्दैन प्रिया

 

चाहना त तिम्रो हेर  

 

चाहना त तिम्रो हेर रैछ अति धेर

 हिक्मती छु पुर्‍याउँछु लाग्छ केही बेर

 

डोली सजाई आयौ भने हुन्छ फूलशैया

प्रेमी दिल सजाएमा बस्छु नेर घेर

 

गहिरो छ माया प्रेम बुझ्न सकिदैन

नापन गर्ने तराजुमा छैन ढक सेर

 

पाहनको संज्ञा दिंदा मनरुन्छ प्रिया

 कपास हो यो दिलत गर कारकेर

 

स्वीकार्य छ सबै माग ढुक्क भई बस

तिम्रो मन पग्लने छ हुने छैन देर

 

नबढाऊ चिन्तालाई

 

नबढाऊ चिन्तालाई यसले खोज्छ चिता

पूजागर रामचन्द्रको खुसी हुन्छिन् सीता

 

प्रेम भन्नु विलासिता सहजमा छैन

पहिले मीठा बने पनि पछि बन्छन् तीता

 

जीवन हो संघर्ष लौ संघर्षसमा जुटौं

संसारलाई बुझ्ने भए पढ्न थाल गीता

 

जब जब बुझदै जान्छौ गहिराई भेट्छ

तब मात्र पत्तालाग्छ अयोग्य छन् यी ता

 

आँफै बन्यौं धोकेबाज धोका पनि खायौं

तिम्रो धोका बोक्दा बोक्दै थला परिन निता

 

म भन्छु 

सन्धीखर्क २०६७/८/४

म भन्छु तर्क भन्दा वीरतालाई हेर 

इतिहास बाच्न देउ शुद्धशब्द केर

 

पूर्खाको हो यो आर्जन नेपालको सान

सान मान थप्नेकर्म गर्नु पर्छ धेर

 

यो देशमा सहीदको सान बच्नु पर्छ

परजीवी भए नेता पूर्खा थिए शेर

 

समयले साथ दिन्छ कर्मयोगीलाई

त्याग्नु पर्छ अकर्मी ती गर्नु हुन्न बेर

 

समय छ बलवान आफ्नो बाटो लिन्छ

बाटो रोज्ने कमी भए अल्छी भए ढेर

 

धर्मलाई अफिम हो

सन्धीखर्क २०६७/८/४

धर्मलाई अफिम हो भन्ने गर्थे कोही

धर्मपथअबलम्बन गर्ने भए सोही

 

धर्म भन्नु आचरण हो सही सत्य पथ

आचरण त्याज्य गर्दा मान्छे मर्छ रोई

 

आत्माको परमात्मामा विलयको पथ

चिन्ने कर्ता सबल बन्छ शुद्धताले धोइ

 

धर्म कर्म आफ्नै पन आफ्नै पथमा चल्छ

संसार हाक्ने ईश्वर हो सबको बन्छ पोइ

 

जीवनको सौलो पथ छ अहंताले पूर्ण

ठूला ठूला कुरा गर्छन् दर्शनलाई छोइ

 

जीवनयात्रा कस्तो बन्यो

 

जीवनयात्रा कस्तो बन्यो केही गरी चुलिएन

 मायालुको श्वेत दन्त केही गरेनी भुलिएन

 

मौका आउँदो रैछ यस्तो  हातमुख धुनेगरी 

जति कुरा गरे पनि पाप मनमा हुलिएन

 

हेर सागरको जल खान नुनिलो भै सकिदैन

जाँगर मर्‍यो कामखोज्न अन्त कहीं डुलिएन

 

मनमा चिन्ता परेे पछि भावना त बगे पछि

जति रोगी बने पनि यी मायालाई तुलीएन

 

मानवले मानवता कसै गरी छोड्न हुन्न 

वितरणको सारा गाथा केतैबाट सुलिएन

 

अग्लो मात्रै 

 

अग्लो मात्रै कहाँ मित्र होचो पनि ढल्न सक्छ

 विकासको निरन्तरता बिजुली बत्ती बल्ल सक्छ 

 

आकाश मार्ग फराकिलो जून बल्ने चहकदार

शान्तिकामी मन छाडे दिल पनि जल्न सक्छ 

 

मीठो बोली बोल्न भन्दा सत्यखस्रो बोली राम्रो 

धोकेबाज रैछ भने त्यो पनि त गल्न सक्छ

 

जीवन के हो बुझ्न खोज्दा जीवनसँगै लड्नु पर्छ

स्वाभीमानी मित्र भए दिलदर्द मल्न सक्छ 

 

समभाव समकर्म सफलताको कडी हुन्छ

मानवको मानवता अपनत्व त्यो चल्न सक्छ

 

जहाँ पनि 

 

जहाँ पनि तिम्रो बोली यार यार हुन्छ 

त्यै बोलीको अर्को रूप न्यार न्यार हुन्छ 

 

बाटो छाडी रोगी बनी कतातिर लाग्छौ

कफ जमे छातीभित्र ध्यार्र ध्यार्र हुन्छ 

 

सफा राख दिल तिम्रो रोग आँफै हट्छ 

तबमात्र यो दिलको आँफै स्याहार हुन्छ 

 

आउनु छ आउ हेर दिल सफाराखी

मृदुभाषी सज्जनमा मीठो प्यार हुन्छ 

 

आगो बल्छ जिन्दगीमा न्यानो मान्नु पर्छ 

नत्र भने जिन्दगी नै क्यार क्यार हुन्छ

 

सोर्सफोर्स 

 

सोर्सफोर्स कहाँ चल्छ

जहाँ बिजुली बत्ती बल्छ

 

वातावरण बिग्रदो छ 

त्यसो हुँदा धर्ती गल्छ 

 

गन्यमान्य बृक्ष पनि 

हावाविना त्यसै ढल्छ 

 

नक्कली त्यो जोगी बन्छ 

सेताम्मे खरानी दल्छ

 

भ्रष्टचारी व्यभिचारी 

उस्ले बढी खुट्टा मोल्छ

 

धेरै कुरा जुसका गरेउ

 

धेरै कुरा जुसका गरेउ अनि कुरा तुसका 

धर्म कर्म छाडे पछि के कुरा छन् कुशका

 

घायल बन्छ मृग हेर शिकारीले हान्दा

मृगतृष्णा मेटियो कि कुरा गर्थेऊ जुसका

 

मुटु छिया छिया पर्छ प्रेमी घायल बन्दा हेर 

मल्हम लगाई सञ्चो भयो कुरा छाड उसका

 

मेरो बिन्ती सुन्ने भए बाटो खन्छेऊ कता

बसन्तलाई पर्खिबस कुरा छोड पुसका

 

आउँछ बहार जीवनमा सयपत्री फुल्छ हेर

पर्खिबस स्वागत गर्न अब कुरा छाड झुसका

 

म त अघि बढें बढे

 

म त अघि बढें बढें जे जे भनोस् दुनिया सारा

जनताले सके गर्लान् चक्काजाम र चर्का नारा

 

कोठेमिटिङ्ग, चोठेमिटिङ्ग छ सदनमा मिटिङ्ग

सहमति सहकार्य गर्नुपर्छ बोलाइको पारा

 

सभामुख चुप्प बस्छन् सदनको साँढे जात्रा हेर्दै 

कानुञ्ची छन् सभामुख तर रुलिङ्गका छन् थारा

 

सरकार पनि के कम थियो अध्यादेश ल्यायो

वकिलहरू ग्ोड्न थाले संविधानका धारा धारा

 

भोलीपर्सी के नै हुन्छ भविष्यले बोल्दै बोल्दै जाला

आजसम्म सबै दलले टारी सके कर्तव्यको झारा

 

आजकल संसदमा

 

आजकल संसदमा कुटाकुटी भयो भन्छन् 

नेपालीको इज्जत त संसारमै गयो भन्छन् 

 

हुन पनि अचाक्ील भो जुद्धन थाले साँढेहरू

बहुमतीय प्रणालीको गुण यस्तै छ यो भन्छन् 

 

जनताको भोको पेट भर्ने कर्म केही छैन

नाइकेले सबै सके बाँकी के नै रह्यो भन्छन् 

 

टाई, सुट, बुटहरू तिनकै लागि सजिएका

गरीबको माद्रो चुह्यो थप एक पयो भन्छन् 

 

हिजो भने दैला दैला चामल पीठो मागी हिड्थे 

सामन्ती बने पछि आजकल भने म यो भन्छन्

 

देशको शासन 

 

देशको शासन पाए पछि बोक्रो पनि खाए साथी

सबै पजेरोमा चढी चढी टाइसुट लाए साथी

 

आश्वासनका प्याकेजहरू महलमा राखी सके 

भोट माग्ने बेला हुँदा झोपडीमा धाए साथी

 

जनता छन् अचम्मका सबै कुरा भुल्दै जाने 

भोट हाली तिनैलाई फूलमालाले छाए साथी

 

 देशको भलो गर्ने कोही आजसम्म देखिएन 

आदरणीय नेताजीको पगरीता पाए साथी 

 

नातापाता आसे गासे सबैलाई पोसिसके

चमत्कारी विकास गीत भाषणमा गाए साथी

 

यो देशमा पुन अब

 

यो देशमा पुन अब बुद्ध आउनु पर्छ

शान्ति मन्त्र जपी जपी शान्ति छाउनु पर्छ 

 

नेपालको आकाशमा कालो बादल छायो

बादल फारी ढकमक जून लाउनु पर्छ

 

महगाइले आकाश छोयो आज देश भरि 

जनताको माग छ यो खान पाउनु पर्छ

 

युवाशक्ति पलायन छ छैन रोजगारी

चाकडीको सीमा छैन धेरै धाउनु पर्छ

 

अन्धकारमा बस्नु छैन प्रकाश नै चाहियो

गरीबका चन्द्र सूर्य सधैं उदाउनु पर्छ

 

बालरबीको आगमन हो

 

बालरबीको आगमन हो पूर्बदिशा लाली

शशीकला क्षितिजमा बाई बाई गर्ने पाली

 

पारीजातले स्वागत गर्छिन् फूल बर्षाएर

हर्षविभोर बन्न जान्छ बगैचाको माली

 

जब कामको भावनाले प्रेमी थाल्छन् पूजा

त्यतिबेला प्रेमिकामा प्रकट हुन्छिन् काली

 

मिलनको केन्द्र बिन्दु जब बन्दै जान्छ टाढा

दुर्भाग्यको आगमन हो त्यो थाली हुन्छ खाली

 

शशीमात्र नभएर जब सूर्य उदाउँछन्

हराभरा बन्न जान्छ माली दाईको थाली

 

रुनुपर्छ 

 

रुनुपर्छ सुख दुख धुन सधैं भने हैन

दिलधडकन सुनिन्थ्यो रे म त सुन्न गैन 

 

कस्तो रैछ तिम्रो बानी एकोहोरो चालाचल्ने

वातावरण फेरिन्छ नै सधैं एकै नासे छैन 

 

विश्व बन्छ प्रकाशिलो नेत्रज्योति बाल्न सके

तन मन धन जहाँ हुन्छ काट्छ तनले चैन

 

नरकर्म उज्ज्वल पार्न दुबै पाटा हेर्नै पर्छं

 प्रकाश छर्छ आँफू मर्छ प्रकाश दिने मैन

 

प्रकाशिलो संसार बन्न सूर्य ज्योति बल्नै पर्छ

कालो सरकार बन्यो भने त्यहाँ हुन्न सवल ऐन

 

अल्छि कर्म अड्डाल्नेले

 

अल्छि कर्म अड्डाल्नेले काम कहाँ पाउँछ  

विना काम विना दाम माम कहाँ पाउँछ

 

कर्मयोगी देख्ने गर्छ सबै काम समपूज्य

कर्मच्यूत व्यक्तिले कर्मी नाम कहाँ पाउँछ 

 

अहम्ताहो मानिसको जीवनको ठूलो शत्रु

अहम् भर्छ मन्मन्दिरमा राम कहाँ पाउँछ

 

सबल कर्म अड्गाल्नेले सगरमाथा छुन्छ

दिनरात नै प्रकाशिलो साम कहाँ पाउँछ  

 

अमृतपान सौभाग्य हो जो कर्मयोगी भोग्छ

अकर्मीको मार्ग टुट्छ चारधाम कहाँ पाउँछ

 

अनौठो चाला भयो

 

अनौठो चाला भयो लटरम्म फल्यौ प्रिया

थाम्नुथियो फललाई नपाक्दै ढल्यौ प्रिया

 

उकाली ओराली जीवनसत्य  यात्रा हुन्छ

घातप्रतिघातसाथ त्यसैले गल्यौ प्रिया

 

आँटे बोक्न सकिन्छ कर्मठ्ताको भारी हेर

आवरण सदृश्यभै बिना आँट चल्यौ प्रिया

 

प्रकाशिलो पथ हुन्छ सुदृढ भै  अघि बढे

अर्थहीन अघिबढ्यौ सिठोसरी जल्यौ प्रिया 

 

हुनुपर्ने भयो सबै पछि अब नहेर भो 

विनातेल विनाबाती दनदनी बल्यौ प्रिया

 

रदुषणको मात्रा

 

र्णको मात्रा बढ्यो प्रिया

राजनीति गर्मी त चढ्यो प्रिया

 

आजको तटस्थ राजनीतिले 

संसदको प्रतिष्ठा लड्यो प्रिया

 

विकृतिको ठूलो सृजना हुँदा  

नैतिक धरालत सड्यो प्रिया

 

गणतान्त्रिक राज्यप्रणालीमा 

कुर्सीलालसाको हलो अड्यो प्रिया

 

सांसदको क्षमता हेर्दा खेरी 

जनतामा शंका गढ्यो प्रिया

 

नेपाललाई भन्ने गर्छन्

 

नेपाललाई भन्ने गछर्न् सुन्दरताकी खानी

विकृतिले भरिएकी छन् प्रवृतिकी रानी

 

निमार्ण कर्ता प्रबुद्ध छन् स्वार्थी पनका भारी

 नेतृत्व छ हिमशीखर कस्ले भर्छ पानी

 

निर्माणको शिथिलतामा चिन्ता जाग्छ सबको

बिकासकर्म अग्निपार्ने खोज्नु पर्छ  छानी

 

 जनताको धारणा छ आउँछन् गोरा काला

 सुन्दर नेपाल निर्माणमा छैन आनाकानी

 

जुटौ सबै अघिबढौं  बिकास निर्माण गर्न

एकमत भई अघि बढौं छाडौं ताना तानी

 

 

धरै दवाब नहाल भो

 

धरै दवाब नहाल भो दिल गयो चर्किएर

वेइमानी छौ सङ्ग गर्न आउँदिन है फर्किएर

 

दिल लियौ दर्द दियौ छली छली काम गर्‍यौ

भोज भयो मोज भयो आजकल हिड्छौ तर्किएर

 

कस्तो पापी यौवन रैछ मदमस्त चाला भै छ 

समर्पितको बाटो छाडी हिड्ने गर्छाै मर्किएर

 

जून तारा अलग अलग आफ्नै ठाउँ आफ्नै बाटो

मौनताको अवलोकन हिड्दैनन् ती सर्किएर

 

भन्छन् नामर्दकी जोइ भन्दा मर्दकी कमारी सही

भ्ालो हुन्छ पहाड चुम्न पोखिदैन घर्किएर

 

भरपरि रहर गर्दा

 

भरपरि रहर गर्दा जिन्दगी नै खेर जान्छ

इमानीले भकारीलाई गह्रौं भए पनि तान्छ

 

सच्चाप्रेम गर्नुपर्दा सत्यताको खोजी गर 

इमान्दारी प्रेमी भए नौका चढ पार लान्छ

 

समुद्रको माझधारमा नौका डुब्न लाग्यो भने

न्ाडराउ मृत्युसँग  दुई आत्माको मेल खान्छ

 

भुतभुते खरानीमा लडी बुढी खेल्ने मन हुँदा

शरीर डढ्ने डर भाग्छ हीउँ जस्तो मनले ठान्छ 

 

पल्लवित प्रेमी दिल बसन्तको बहार बन्छ

त्यतिबेला यो तनले सौलो हिमाल त्यसै धान्छ

 

भो लेख्दिन गजल आज

 

भो लेख्दिन गजल आज, मन चिसो भयो सानु

तिनी आइ नीद बिगारिन्  नीद मेरो गयो सानु

 

पृथ्वीलाई मायागरी आकाश रुदो रैछ सधैं

मेरो पनि माया जाग्यो चुम्ने धोको रह्यो सानु

 

चकोरले चाँदनीको जब दर्शन पाउँछ हेर

मनमयुर नाच्न थाल्छ आकर्षण छ यो सानु

 

निर्दयीको पर्खाइमा गयो आधा जीवन मेरो

आशा कहाँ मेटिन्छ र फाट्दो दिल तयो सानु

 

अर्थहीन हुँदो रैछ क्षितिज भेट्ने प्यास सबै

हामी भने पर्खाइमा छौं भन्न छाडे म यो सानु

 

अतिगाढा अनि

 

हेर अतिगाढा अनि शुनसान छ रात

चारैतिर रमाउँछन् चमेराको जमात

 

तमलेपित छ दीन र दुखीको जीवन

आँसुले धुँदो रैछ त्यो बाँच्न खाने भात

 

गरिब धनी बीचको दुरीको तन्काइ त

अति टाढा टाढा भयो बन्दै छ यो खात

 

पृथ्वीमा आज प्रदूषण निम्त्याउनेहरूले

कदम कदममा खादैछन् प्रकृतिको लात

 

आफ्नो सन्तुलन मिलाउँछ प्रकृतिले हेर

भुक्त भोगी रैछ रोगी, उसैका फैलछन् हात

 

मुक्तक र गजल त

 

मुक्तक र गजल त उस्तै उस्तै हुन्छ भन्छन्

गजलले मुक्तकभन्दा तल्लोमन छुन्छ भन्छन्

 

पक्षपाती बोली बोल्न यहाँ पाइँदैन हेर

वेदनाको आँसु बग्दा मनबह धुन्छ भन्छन् 

 

हाँसो हास्नु पर्‍यो भने हाँस्छन् दुबै एकै एकै

पीडा दाई स्पर्शमा दुईको मन रुन्छ भन्छन्

 

जन्मदाता कहराउँछ प्रशवको वेदनामा

बंशजको धरातल माशपेशी तुन्छ भन्छन्

 

हो गजल र मुक्तक एकै एकै हुन्छ भन्छन्

होचो अग्लो जस्तोहोस् समाजलाई सुन्छ भन्छन्

 

सत्यको मधुर मिलन 

 

सत्यको मधुर मिलन सही हुन्छ सारा

प्रेमकाख खोजेका हुन् सत्य ध्रुबतारा

 

धृणा हुन्छ प्रेममा कहिले मृतुवरण

फुट्न सक्छ धैर्यबाँध कहिले अश्रुधारा

 

हाम्रो भने मुस्कान राम्रो लाली सजाएर

दिलको धड्कन सङ्गीतमय छैन चर्को नारा

 

प्रेम बन्छ ईश्वरीय अमरत्व छायी 

शान्तिदूत रमाएर बाड्न थाल्छ चारा

 

धारणाले शान्तिदीप जब बाल्न थाल्छ 

प्रेम बन्छ चाँदनी र चकोरको पारा

 

अटल छ 

 

अटलछ सगरमाथा मौनब्रत छाई

चाँदनीको मजे्त्रोमा तन सबै सजाई

 

झट्टहेर्दा गम्भिर मुद्रा बाचालमा मौन

भावनाछन् प्रष्टिएका मौनतामा मुस्काई

 

यो देशको विकृतिले मनमा छोइ होला

मूक सन्देश प्रवाह छ ("नलड भो भाइ"

 

सुन्दर छ बास स्थल सुन्दर छ भेष

यही हो भरिपूर्ण बस रमाइ रमाइ

 

नेपाल र नेपालीको स्वाभीमान राखौं

यसैमा छ गौरब हाम्रेा भन सबैलाई

 

यात्रा सँधै 

 

यात्रा सँधै सिधाहुन्न हुन्छ बाड्गो टिड्गो बाटो

कुशल हली भए पनि जोत्दा छाड्छ राँटो

 

सतहमा केही पाइँदैन पुग्नु पर्छ मूलमा

मूलप्रवाहमा प्रवेश गर्दा दड् पर्छ लाटो

 

भन्ने गर्थे पूर्खाहरू सोझो बाटो हिड

मिल्न सक्छ अमृत नै दूधदहीको साटो

 

भोग्य बस्तु रमणयोग्य  हुन्छ संसारमा 

यी सबैलाई थामी हिड्ने धन्य रैछ माटो

 

नाशवान शरीर जान्छ, लान्न केही पनि

बाँच्दा खोज्छ मानिसले ठूलो ठूलो पाटो

 

आकाशमा 

 

आकाशमा विलास छ छैन कुनै त्रास

सही कर्मी मानवको हुनजान्छ विकास

 

अनुभूति अनुभव गर्छन् सबै जना 

त्यसैमा त निर्भर छ मानिसको आश

 

फल्नेफल फल्ने गर्छन् आफ्नो कर्म गर्‍यौ

्यधाअड्चन यी हुन् मित्र साथ दिन्छन् खास

 

फल प्राप्ति कामना हो विफल हुनसक्छ

कर्मयोगी बढ्छ अघि हुन्न कैल्यै निराश

 

ठहर गरी अघि बढौं हाम्रै हो यो संसार

पथबीचे काँडा हट्छन् बढ्न जान्छ सहास

 

तुलबुले मन बग्छ

तुलबुले मन बग्छ गंगाजीको लहरसँग

धेरै प्रश्न नराख भो भौतारिने बहरसँग

 

पूर्णचन्द्र रजनीमा रोशनीका लहर बग्छन्

प्रकाशिलो मन बन्छ बिदा मिल्छ कहरसँग

 

आनन्द क्षीणहुन्छ न्याउली मनमा डाकीबस्दा

दिलको धड्कन बग्छ भने बग्न दिउँ ठहरसँग

 

जव सपनीको अन्त्य हुन्छ विपनीको यात्रा चल्छ

बाधा अड्चन सहयात्री डर्नु छैन जहरसँग

 

जीवनक्षणको पलपल संघर्ष नै संघर्ष छ

चिरनिद्रा जबलाग्छ प्रेम पुग्छ बगरसँग

 

कस्ले रोक्यो भन प्रिया

 

कस्ले रोक्यो भन प्रिया दिलखोलेर हाँसनलाई

आगन टेढ्यो छैन प्रिया दिलखोलेर नाच्नलाई 

 

केवल एउटा अड्चन छ तिम्रो आफ्नै पना हेर

त्यै पनाले रोकेको छ सुरिलो कम्मर भाँच्नलाई

 

लालीगुँरास डाँफेचरी सुन्दर छ यो फूलबारी

मनमुग्ध यो विज्ञापन गएको छु टाँस्नलाई

 

वेदनाको मुस्लो जब अन्तर मनमा घुम्न थाल्छ

चलबलाउँछ  अन्तरआत्मा शुद्ध माया गाँस्नलाई

 

प्रश्न मेरो एउटै छ तिम्रो यौवन फूलबारीलाई

सुधामृत पाउँछु पाउन्न पुराआयु बाँच्नलाई

 

मेरो नजर

 

मेरोनजर दोषी हो कि साच्चै हौकि परी

हृदयमा जरा गड्यो अनि पस्यो मुटुभरी

 

प्रकाशिलो चेहेरा छ ललाटमा छ टिकी

पूर्णतामा छौ, रातकी रानी हेर्छु घरी घरी

 

पदि्मनी र हेलेन भनी लेखे गजल गीत

लयबद्ध सड्डीत भर हे बसन्तकी चरी

 

अलौकिक सदृश्यको छ अदृश्य त्यो रूप

अन्तरदृश्य ललायित छन् हेर्छन् आँखातरी

 

रूपको बर्णन गर्न थाले शब्द छैन कुनै

अनि सर्बचिज मनन गर्दै हाँस्छु मरीमरी

 

सूर्य डुब्न थाले

सूर्य डुब्न थाले चन्द्रमाले मुस्कान हालिन्

नयनमा लाली छायो जुनकिरीले बत्ती बालिन्

 

तल्लाघरे जेठाले त हलगोरू फुकाई दियो

डोकोभरी घाँस बोकी जेठी पनि हिड्न थालिन्

 

गरीबको झोपडीमा सातुसामल थोरै थियो

पेटभर्ने कर्म गर्न, जेठीले त आटो चालिन्

 

जेठो गयो गोठतिर भंैसीलाई घाँस दिन

जेठी पनि गोठगई गोवरमूत्र सबै फालिन्

 

जोईपोइ दुबै मिली सम सम काम गर्छन् 

झोपडी मन्दिर बन्यो फाटे जति सबै टालिन्

 

 

छुचो रैछ 

 

छुचो रैछ  बानी प्रिया ठाउँ ठाउँ माया लाउनी

बिना सोच बिना होस किन होला त्यसै धाउनी

 

राख्नै पर्छ स्वार्थ सबले सृजनाको यात्रा थाल्दा

स्वार्थबिहीन शिखरचुम्दा आनन्द हो मनमा छाउनी

 

तिम्रो चालामाला सालाखाला सृजनाको पथ छैन

विना मीयो विना गोरु कसो गरी पराल दाउनी

 

पाक्ने गर्छ रोटी हेर, दुबै तर्फ फर्काइ फर्काइ

एक तर्फि माया लगाई यो मन छैन रुवाउनी

 

सच्चाइको पथ समाई जव मानिस अघि बढ्छ 

उसले पाउँछ फूलको माला सारा तन सजाउनी

 

हावाहुरी चल्दा

 

हावाहुरी चल्दा खेरि काम छैन छाता प्रिया

आनन्द सुख भोगमा चाहिंदैनन् नाता प्रिया

 

जब जब पीरमर्का जीवनमा पर्दै जान्छन्

तब तब मानवले राख्न थाल्छन् खाता प्रिया

 

सुयोजना हुनै पर्छ अग्रगामी यात्रा गर्दा 

घर अव छाउनै पर्छ जोगो गर बाता प्रिया

 

हुन सक्छ गुदीबिना मानिसको फूर्तिफार्ती

आवरणी संसार छ, ओढ सुन्दर गाता प्रिया

 

सबै भन्छन् ताप बढ्यो म त भन्छु चिसो संसार

ठीहिराउँदो तन बन्यो आँखा बने राता प्रिया

 

नठान भो धेरै मुस्किल

 

नठान भो धेरै मुस्किल संघर्षसमा जुट्नु पर्छ

भात खाने थाल छैन टपरीलाई खुट्नु पर्छ

 

चोर बढ्छन् डाँका बढ्छन् बेरोजगारी बढे पछि

विवश छन् मानिसहरू ज्यान पाल्न लुट्नु पर्छ

 

देशले दिने केही छैन, नेता दिने भाषण मात्र

सबै मिलौं कर्म गर्‍यौं भोक मरीलाई कुट्नु पर्छ

 

बोले जति गर्नै पर्छ, गरे जति सुकाम गर्‍यौं

अधर्मी र अकर्मीलाई सबै मिली चुट्नु पर्छ

 

अब सुरा अनि सुन्दरीका धेरै कुरा नगर भो

पेट्ले माग्यो, भोक लाग्यो पाए मकै भुट्नु पछ

 

नयाँ नेपाल भन्ने गर्छन्

 

नयाँ नेपाल भन्ने गर्छन्, कहाँ छ यो नयाँ नेपाल

गरीबको थिचो मिचो त्यहाँ छ यो  नयाँ नेपाल

 

लुटको धन भए पनि कमाउनु छ दाम हजुर

मनपरीतन्त्र चल्छ जहाँ छ यो नयाँ नेपाल

 

बुद्ध सीता अनि जनक इतिहासका पात्र बने

हत्या हिंसा पूर्णताको यहाँ छ यो नयाँ नेपाल

 

शान्ति कामी संसारको संरचना हराइ गयो

धर्म कर्म बाटो छाड्न महाँ छ यो नयाँ नेपाल

 

प्रेमको बहाना नगर

 

प्रेमको बहाना नगर प्रिया खाडलमा मलाई पारी सकेऊ

धोकाको ढोका खोलेर तिमीले प्रेमलाई अन्त्यै सारी सकेऊ

 

आज मनको भाव तरड्डीसाथ सुनामी हावा बगाइछाड्दा

सुन्दरमनको अमृत फल त्यसैको कारणले झारी सकेऊ

 

भ्ाुतभुते आगो तनमा जल्यो कसरी शीतल यो दिल बन्छ

खरानी बन्यो दिलको बीज अङ्कुरण शक्ति मारी सकेऊ

 

ईश्वरको लीला अनौठो हुन्छ, असोच फल प्राप्तिमा जान्छ

अकबरे सुन आँफूलाई ठान्थे त्यो पनि आज खारी सकेऊ

 

नम्बरी सुन तेजाबमा पर्दा झनै चमक दर्शाई दिन्छ

बाहनाबाजी बनाइ साजी यथार्थलाई टारी सकेऊ

 

नपिउँदैमा

 

नपिउँँदैमा मात लागे उछिृङ्खल भयो भन्छन् 

समाजमा पतितभइ सडी गली गयो भन्छन्

 

नशा पिउनु राम्रो हैन भन्ने गर्छन्  जन सबै

जनजिभ्रो मननकर्ता अहंकारी छ यो भन्छन््

 

पिउनेवाला पिउँदै जान्छन् नपिउनेले हेर्दै जान्छ

इज्जत धन सबै पियो अब के नै रह्यो भन्छन् 

 

मात लाग्नु स्वभाविक हो मात्नै भनी पिए पछि

आडम्बरी मताइमा कस्ले कति सह्यो भन्छन्

 

संसारमा रम्नेहरू धेरै नशा पिउने गर्छन् 

उस्तैपर्दा दिल फाट्छ कस्ले कहाँ तयो भन्छन्

 

कहाँ पुरा भएको छ

कहाँ पूरा भएको छ र जीवनको रहर प्रिया

कहरकाटे रहर पुग्छ यही मेरो ठहर प्रिया

 

 प्रदूषणको जन्म दाता अरू नभै मानिस नै हुन्

यिनकै कारण संसारमा सबले काट्छन् कहर प्रिया

 

संसार बन्यो प्रदुषित मानवीय छाडा पनले 

त्यसैले विनाश गर्छ  प्रकाशिलो प्रहर प्रिया

 

द्वन्द्व आज संसार भरी  गहकिलो खुराक बन्यो

आतङ्कले खन्न थाल्यो रगत बग्ने नहर प्रिया

 

सत्यताको भँुवरीमा जनमन डुब्न छाडी सक्यो

 समुद्रमन्थन गर्दा अमृत बन्यो जहर प्रिया

 

समयको परिभाषा

समयको परिभाषा जब जो जो जस्ले बुझ्छन्

साच्चै हेर प्रकाश मय जीवनमा जुझ्छन् 

 

चोठा कोठा चौतारामा बात काटी हिड्दा

आँफ्नै मन बर्षा बनी आँफै हेर रुझ्छन्

 

नठान भो सबै जना भविष्यको खोजीमा छन् 

सफल मार्ग अग्रगगन सबै कहाँ सुझ्छन्

 

प्रभात र गोधुलीको पूर्ब पश्चिम फर्किहेर्दा

अन्धकारपूर्ण हुन्छ मनपर्दौ सड्डीत गुज्छन्

 

उनी जाने भए

उनी जाने भए, के चमत्कार गर्छन् खोई 

उसले चिप्ल्याई दिन्छ हेर आउँछन् रोई

 

उताका आएर यताका जनता पिट्छन्

साच्ची यताका हुतिहार हेर्छन् आँखा धोई

 

दिगो शासन गर्न आशिर्वाद पाउनु पर्छ

आशिर्वाद लिई आऊ सबै गाँठा फोई

 

असमान सन्धि सम्झौताका धेरै कुरा गर्थ्यौ

हलगर्ने शक्ति भए अव बन्न सक्छौ पोइ

 

सुन जति फूर्ति गरे पनि सबै जान्छन् त्यतै

सफल भयो यात्रा भन्छन् मूल कुरो नछोई

 

भावाना हो मित्र 

 

भावाना हो मित्र काला गोरा सबै राम्रा हुन्छन् 

धेरै कुरा गर्ने भन्दा घुसघुसे दाम्रा हुन्छन्

 

 मौका मिल्दा प्रेमका लड्डू तातै तातै खानु पर्छ

दिन बित्तै गयो भने चिसिएर ती चाम्रा हुन्छन् 

 

अल्लारे जीवनका सबै सोच कहाँ हुन्छन् पूरा 

ओकल्चिंदै गयो भने पाकेर नै माम्रा हुन्छन्

 

यथार्थमा सबै जाँदा सत्यतथ्य प्रष्टिन्छ नै

अपनत्व महसुसमा सुख दुख हाम्रा हुन्ँछन

 

भविष्यको कल्पबृक्ष

भविष्यको कल्प बृक्ष सबले रोप्नु पर्छ

स्वास्थ जीवन बिताउन सबले खोप्नु पर्छ

 

साधना हो साध्यकुरा साधनामै रमौ

आलश्यका मूर्तिलाई सबले कोप्नु पर्छ

 

स्वच्छतामा रमाउनु छ स्वाधिनता छाइ 

गन्धकिले ढाक्न खोज्दा सबले छोप्नु पर्छ

 

सुरिलो स्वर श्रवणमा श्रूती रसाउँछ

कर्कश स्वर गुञ्ज्यो भने सब्ले दोप्नु पर्छ 

वातावरण स्व्च्छ भए बन्छ स्वस्थ सबै

गन्दगीले छायो भने जलमा चोप्नु पर्छ

 

तिनी आज उतै गए

 

तिनी आज उतै गए जहाँ तिनले ज्ञान पाए

पूर्ब याद आयो अरे सम्झनाले गीत गाए

 

गुनासाका कुराहरू सुनाउन जब थाले

हृदयका मित्रहरू ताजगीमा मीत लाए

 

उनको भाव राम्रै होला उताको मन छोला 

यता भने बोली टिपी आकास सम्मै छाए

 

राष्ट्रघाती पगरीको शीरै ढाक्ने फेटा बोके

 तव पनि केही गर्छु भनिकन उतै धाए

 

शान बोक मान बोक देशको इज्जत राख

हाम्रो इज्जत राखी राखी राम्रैसँग रमाए

 

प्राकृतिको आफ्नै नियम  

 

प्राकृतिको हुन्छ आफ्नै नियम आफ्नै बाटो

हामिले भने हेर्ने गर्छौ आफ्नै आफ्नै पाटो

 

मानिस बन्यो अति जान्ने गर्छु सबै भन्यो

प्रयत्न त गर्दै जाँदा पार्‍यो उसले टाटो 

 

तर्क मेरो तल हैन माथी माथी चढ्नै पर्छ 

कर्तव्य हो दवाइ गर्नु मृत्युको छैन साटो

 

भोक लाग्नु स्वभाविक हो जीवितको लक्षण 

पसिनाको आर्जन खाँदा मीठो लाग्छ आटो

 

जति गर्जन गरे पनि गला राम्रै गले पनि

बुझाइमा कौवा भन्दा कोयली हुन्छ बाठो

 

अर्काको अस्तित्व मेटी 

अर्काको अस्तित्व मेटी नचलाउ आफ्नै मनोमानी 

हेर जीवनमा हुन्छन् सबैका आफ्नै आफ्नै कहानी

 

तिनी हिजो अस्ति हाम्रै घरमा आउने जाने गर्थिन्

चुर्ती फूर्ति बोलाई हेर्दा लाग्यो चढ्या रैछ जवानी

 

मैले पनि उनको लागि कमल फूल टिपी राखें

दिल दिएँ भन्थें मैलै हैन रैछ भयो ताना तानी

 

लडाइँको कारण माग्दा तिनी बसिन् चुपचाप हेरी

मैले भने वागमा फूल छन् हेरी टिप छानी छानी

 

सुन्दर भन्दा सुन्दर रैछ सजिएकोे फूलबारी 

दिलबाटै आवाज निक्ल्यो बनिन् दिलकी रानी

 

नजाने र हैन प्रिया

नजाने र हैन प्रिया गल्ती गरेऊ जानाजानी

तब पनि काखी च्यापे तिम्रै चल्यो मनोमानी

 

तिमीसँग मागेको हो मात्र एक चोखो माया

जाने मैले जुठी रैछ्यौ अब हुन्न तानातानी

 

जवानी आउँछ आउँछ तिम्रो रैछ उत्ताउलो 

त्यसैले त पछि परेऊ बन्नि थियौ महारानी

 

दुनियाले के नै भन्ला जे देख्ला त्यही भन्ला

मनको व्यथा पोख्यो भने बन्न जान्छ कहानी

 

भन्नु अब केही छैन माग्नु पनि केही छैन 

अब त्यागी मूर्ति बनी बनी नबन भो दानी

 

नेताहरूको वेकम्माले

नेताहरूको वेकम्माले संविधानको ढाड सेक्यो

यातायात बन्द गर्दा महगाइले त माड सेक्यो

 

आश्वसनका बोली बने गोली हेर आज भोली

 यही बोलीको कारणले गरिबको चाड सेक्यो

 

जति जति भाषण बढ्यो त्यति त्यति शोषण बढ्यो 

शोषण मुक्त भन्नेले नै केवल हेर हाड सेक्यो 

 

आज कस्ले सुन्ने मने धनेका जीवनका कथाहरू

घरवार विहीन कङ्गालीले गरीबको आड सेक्यो

 

अभृत त सबैलाई मन पर्छ तर खान कहाँ पाउनु

वेमौसमीको खडेरीले झर्ना झार्ने बाड सेक्यो

 

यहाँ शोषणै शोषण छ

 

यहाँ शोषणै शोषण छ प्रिया

कुपोषणै कुपोषण छ प्रिया 

 

तिम्रो धारणामा सार्थकता छ 

सुन तिनमा दोषण छ प्रिया

 

सत्यलाई त लुट्नेले लुट्छ

प्रतिकारमा रोषन छ प्रिया

 

समनताको घाउ नकोट्याऊ

निकोपार्न लोसन छ प्रिया

 

संसारमा चल्न सिक्नु पर्छ

यहाँ विग्रदो मोशन छ प्रिया

 

ठिकै भन्यौ

ठिकै भन्यौ शुक्ष्ममन मनमा हुन्छ नानु

सिंह बाघ भालुहरू वनमा हुन्छ नानु

 

पियास लाग्नु स्वभाविक हुन्छ जीवनमा

रक्त शंचार तिर्षनाको तनमा हुन्छ नानु

 

कसलाई भनु दिन राती मन तडपिंदो छ

विरक्तिदो मानिस त्यो रनमा हुन्छ नानु

 

सामर्थ्यवान भावनामा जव मान्छे लाग्छ

बुझ्नै पर्छ सामर्थ्य जनमा हुन्छ नानु

 

सवलता प्रवलता जीवन हो आधार

वीर्यवान मानिस कन्चनमा हुन्छ नानु

 

समाजमा देखिदो 

समाजमा देखिदो विकृतिमा प्रतिकार गर्र्नै पर्छ

समाज निमार्णयोजनामा इन्तजार गर्नै पर्छ

 

उखानमा भनिन्छ रोम एकदिनमा बनेको हैन

निमार्ण गर्नु पर्दा सुयोजनामा बिचार गर्नै पर्छ

 

कस्ले कस्लाई के नै गरेका छन् र प्रगतिमा लान

विकाशमार्ग दह्रोपार्न दर्बिलो आधार गर्नै पर्छ 

 

आज संसार कता पुग्यो हामी भने कता रह्यौं

सबले समलोचन दृष्टिगोचर बारंबार गर्नै पर्छ

 

हेर प्राकृतिको सुन्दर दृश्य देशले लियो विविधता

नेपालीको कर्मठता भावनाको दर्बिलसार गर्नै पर्छ