| दाह्री खैारी दाह्री खैारी कपाललाई खैरो खैरो पारे सजिसजाउ जुता मोजा डेरा पनि सारे बनीबनाउ के को लागि भनि प्रश्न राख्दा मुख भरिको मुस्कानमा सबै कुरा टारे
छुवाछुत
छुवाछुत मुक्त भन्ने खबर सुनेर के हुन्छ दिनरात जालसाँझी भाषण बुनेर के हुन्छ व्यवहारमुखी हुनुपर्छ गरिएका कामहरू निर्धालाई कानुन देखाउन थुनेर के हुन्छ
कर्मिमौरी कर्मयोगमा
कर्मीमौरी कर्मयोगमा मध्यमन्दिरमा उनी थिइन् सायद रानी भएर होला एक प्याला मधु पिइन् अब के चाहियो र, भालेहरूले भाग्य अजमाए कसैको प्राणै उड्यो, उन्ले भने आनन्द लिइन् ईर्ष्या मोह लोभ ईर्ष्या मोह लोभ हेर मानिसका साथी यिनै साथी मात्तिएर हान्छन् टाउको माथी यिनै चिज त्याग्यो भने मानिस बन्छ उच्च यिनै चिज समाएमा मानिस बन्छ काती
क्या सपना देखंे क्या सपना देखे मेरो निद्रा हराम भयो उन्ले सर्बस्व दिइन्, मेरो चक्का जाम भयो त्यसैले होला आजकल हामी दुबै टाढा बस्छौं दुबै पवित्र छौं तर आवरणमा बदनाम भयो |
April 15, 2012
Abhagika muktakharu
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment