| तन्नेरीहजुरबा -सामाजिक उपन्यास)
सदानन्द अभागी कावासोती – १ सांढ नवलपरासी, नेपाल, २०६१ मङ्सीर
उपन्यासकार – सदानन्द अभागी कृति – तन्नेरीहजुरबा( उपन्यास ) प्रकाशक – लक्ष्मीस्मृती साहित्य समाज सर्बाधिकार – लेखकमा संस्करण – प्रथम प्रति ― १००० कम्प्यटर टाइप – यादव शिलवाल कभर डिजाइन् – लेखक स्वयम् मुद्रण – सिद्धार्थ प्रिटिङ्ग प्रेश मूल्य – I.S.B.N. 978-9937-2-4492-3
मन्तव्य जहाज उडे पछि समाप्तहुने यो उपन्यास घटना बृतमा आधारित छ । भविलाल, झल्के, मखमली, र जुन्किरीको कथामा औधी रोचक कथावस्तुको संयोजन भएको छ। मलार्ई उपन्यास पढ्दा आनन्द पनि आयो। यो उपन्यसलार्ई मैले अति गहिराइ बाट हेरे। यो उपन्यास मौलीक कथाबस्तु भएको समसामायिक अति यथार्थवादी र मनोविश्लेषणात्मक गर्ने उपन्यास हो। मानवीय मनलोकको अबलोकन र सुन्दर विश्लेषण गर्न उपन्यासकार सक्षम देखिनु भएको छ। आफ्नै सिधान्त र आफ्नै पाराबाट आफ्ना कृतिलार्ई प्रष्टयाउन चाहाने अभागीले नारीलार्ई आगाको भूङ्ग्रो र पुरुषलार्ई नौनी घिउ(परिक्षेद चार) का रुपमा चित्रण गर्नु भएको छ। प्रस्तुत उपन्यासमा अभागीले आफ्नै यात्रा विवरण तथा आफ्नै घटनालार्ई समावेश गर्दै लामो भूमिका तथा प्राकृतिक बस्तुको बर्णन पछिमात्र कथाबस्तुमा प्रवेश गर्नु भएकोछ। भवीलालले आफ्नो भोलापन तथा सज्जनताको कारणले जीवनमा भोग्नपरेका समस्याहरू र छोरा छोरी प्रतिको यथार्थ दायित्वको उदाहरणले यो उपन्यासलार्ई आदर्शमा उच्चता दिएको छ। विषमताले भरिएको यो उपन्यासमा यौन पिपासु मखमली, मालिकनीलार्ई सम्भोग गर्ने झिल्के, तन्नेरीहजुरबासँग पोइलजाने षोडशी अन्त्यमा उसलाई छाडेर अलपिने जुन्कीरी, र पागल भएर हिड्ने तन्नेरीहजुरबाहरूको रोचक प्रस्तुती छ। यी घटनामा आफ्नो भावना पोख्ने समाज को यथार्थ मनो विश्लेषणत्मक चित्रणको साथै स्वच्छन्द बादीता यस उपन्यासमा देख्न पाइन्छ । यस प्रकारको उपन्यासले नेपाली उपन्यास जगतमा नौलो आयम थपेको मैले महसुस गरेको छु भावी उपन्यासले अझै गहनता ल्याओस्र साहित्यफाँट अझै बृहतहोस् भन्ने कामना गर्दछु।
२०६१ कार्तिक २७ गते लक्ष्मीपूजा
भू. श. भ. गण्डर्षि सम्पादक तथा प्रकाशक, देवचूली, साहित्यिक प्रकाशन कावासोती, इन्द्रचोक
शुभ ― कामना वि.सं. २०५६ देखि २०६१ सम्म निरन्तर नेपाली साहित्यमा एकदर्जन साहित्यिक कृतिहरु प्रकाशनमा ल्याउनुहुने साहित्यकार सदानन्द अभागी नवलपरासीका चर्चित साहित्यकार हुनुहुन्छ । नेपाली माटोलाई हृदय देखि नै माया गर्ने अभागी ८५ प्रतिशत नेपाली मनको भावना सुसेल्ने साहित्यकार भनिन्छ । नवलपरासी साहित्य परिषदका संस्थापक अदक्ष भूपेन्द्र गण्डर्षिको संसर्गबाट कृति प्रकाशनमा अग्रसरता देखाउनुहुने अभागी नियात्रा शैलीको उपन्यास तन्नेरी हजुर बा लिएर देखा पर्नु भएको छ । मानिस शरीरले प्रौढ हुन्छ ,ज्ञानले प्रौढ हुन्छ तर विचारले तन्नेरी रहन सक्दछ, मनले बैंशालु बर्तमान लिन सक्दछ। जीवनमा सार्थक आँगन खोज्नेहरु सदैव तन्नेरी रहिरहन सक्दछन्। अनि जीवनलार्ई भोग विलास र ऐयासी वृतिमा लगाउनेहरू पनि शरीरले बृद्ध तर रोमान्सले तन्नेरी वयलार्ई लिई रहन सक्दछन्। यस्तै यस्तै वस्तु संयोजनले यो उपन्यास अत्यान्त सुन्दर र मोहक बनेको पाएँ। अन्तमा परिषद उहाँको साहित्यिक परिदृश्यमा नौलो आयम थप्न सकनोस् भन्ने कामना गर्दे कृति प्रकाशित हुन लागेकोमा खुसी प्रकट गर्दछ।
२०६१ कार्तिक ११ गते विष्णु लामिछाने
हाल : देवचुली साहित्य कुञ्ज कावासोती ― ५ न. प. अध्यक्ष नवलपरासी साहित्य परिषद , रामग्राम न.पा. ३ परासी
मेरो कथन
यो मेरो तेश्रो उपन्यास हो। यो उपन्यासको थालनी यात्राबाट भएको हुँदा यसम मैले तीन भागमा वर्णन गरेको छु। सर्बप्रथम यसमा मैले आफ्नै यात्रा विवरणलार्ई समाबेस गरेको छु। दोश्रो कुरामा जहाँ म जन्मे त्यस गाउँको प्राकृतिक बर्णनको साथै यस गाउँका लाहुरेहरूले यो गाउँको विकासमा दिएको योगदान र तिनीहरूको टोलको बर्णन गरेकोछु । भ्रमण विवरण र गाउँको प्राकृतिक विवरण सत्य नै हो । यसमा एउटा काल्पनिक घटनालार्ई समायोजन गरेर समग्ररेखाङ्कनमा उपन्यासको इतिश्री भएको छ । प्रकाशोन्मुख कृति तन्नेरीबाको नामलार्ई तन्नेरीहजुरबामा परिणत गरी तयार पारिएको यस उपन्यासलार्ई सरसर्ती पढ्दा तन्नेरीहजुरबा कुन हो, सुवेदी कान्छा कुन हो, भविलाल कुन हो, तथा अरु बर्णनगरिएका मानिसले पोखेका अभिव्याक्तिहरू के सत्य हुन् आदि प्रश्न टड्कारो रूपले आउन सक्दछ तर त्यसको जवाफ मैले दिन सक्दिन। किनकी यो कथा सबै काल्पनिक हो । गाउँलेले पोखेका सबै अभिव्याक्ति पनि काल्पनिक हुन्। यस्ता घटना समाजमा फाटफुट घटेको पाइन्छ । सरसरती पढ्दा कसैको जीवनीसँग मेलखान पनि सक्दछ किनकी हरेक समाजमा यस्ता घटना घटीरहन्छन् तर कसैलार्ई लक्षित गरेर लेखेको भने हैन । उपन्यासको वस्तुस्थल नुवार गाउँलार्ई नै लिनपरेको मुख्यकारण प्राकृतिक बर्णनको लागि हो । काका भतिजाका कुरा, तन्नेरी हजुरबाका कुराहरू र सबै पात्रहरूको नामहरू तथा कथाबस्तु काल्पनिक हुन्। यो उपन्यासले खास गरेर मानिसको बसेको बानी बृद्धतामा पनि हट्दैन र बाबुले बाबुको कर्तव्य निभाउनु पर्दछ, अगतिलो कामको फल पनि अगतिलै निस्कन्छ भन्ने अबधारणा बोकेको छ। यसलार्ई प्रकाशन गरीदिएकोमा लक्ष्मीस्मृती साहित्य समाज तथा अध्यक्ष विष्णुमाया विभू तथा सम्पूण कार्यकारिणी धन्यबादका पात्र छन्। भाषाशुद्धि गरि दिनु भएकोमा लुम्विनी आदर्श डिग्री कलेज कावासोतीका सहायक प्राध्यापक श्रीमती बालकुमारी भट्टराई (सापकोटा) ज्यूलाई धन्बाद दिन चाहान्छु । मन्तव्य र शुभ कामना लेखिदिनुहुने श्री भूपेन्द्र शर्मा गण्डर्षि र विष्णु लामिछाने ज्यूहरुलार्ई धन्यबाद दिन चाहन्छु।
धन्यवाद सदानन्द "अभागी"
प्रकासकीय
साहित्य जीवनको आनन्दहो, जीवनको गुलियो तीतो, अमिलो रनुनीलो स्वाद हो। यथार्थतामा साहित्य जीवन हो। जीवनको यादगार र जीवन घटनाको महत्वपूर्ण पक्ष भनेको श्रृजित साहित्य हो। साहित्यमा रमाउनेहरूले समाजलार्ई चिनाउँदछन्। समाजको विकृतीलार्ई सुकृतीमा लान आवाहन गर्दछन् । यथार्थमा समाजको धारणमा परिवर्तन ल्याउँदछन्। यथार्थ तथा स्वच्छन्दतावादी उपन्यासकार अभागी साँच्चिकै समाजको यथार्थ चित्रण गर्न पछि पर्दैनन् । उहाँका एकदर्जन कृतिहरूको सरल भाषा, ग्रामिण परिवेश, गरिवीको यथार्थ चित्रणले, ऐनामा अनुहार देखाएसरि छर्लङ्ग देखाएको छ। यस्कै नमुना हो यो तन्नेरीहजुरबा। यो उपन्यास त्यस्तै त्यस्तै बोल्दछ। यो उपन्यासले बर्तमान आर्थिक, सामाजिक परिवेशको महत्वपूर्ण पक्षलार्ई समात्दै अघि बढेकोछ। उपन्यासले बाबुको छोराछोरी प्रति गरिनु पर्ने त्यागको यथार्थ बोध गराएकोछ। भोगको रोगमा लिप्तहुने आमाले भोगलार्ई नै सर्वस्व ठानको हुँदा आमाको मातृत्व कता कता हराएको छ। अन्त्यमा रोगग्रस्त जीवनमा असाहाय अबस्थामा आफ्नो जीवन समाप्त भएकोछ। जीवन भर अर्काका छोरी र श्रमिती सँग यौनमा रमाउनेहरूको जीवनको अन्तिमक्षणसम्म पनि त्यस्तै विकृतीमा रमाउँदै जान खोज्दा सम्भव हुँदोरहेनछ। जीवनलीला त्यही विकृतीसँग खैल्दाखेल्दै दुःखदायी रूपमा समाप्त भएको पाइन्छ। उपन्यासले धेरै क्षेत्र ओगटेको छ। अत यो उपन्यासकारको उपन्यास विधामा तेश्रो उपन्यास हो। सबै विधामा बाह्रौं कृतीहो । लक्ष्मीस्मृती साहित्य समाजको दाश्रो प्रकाशन हो। "भोगको रोग भन्दा कर्मयोग ठूलो हो" भन्ने शन्देश बाहक यो उपन्यास हाम्रो संस्थाले प्रकासनगर्न पाउँदा हामीलार्ई धेरै खुसीलागेको छ। उपन्यासकार अभागीलार्ई साहित्य जगतमा प्रगतीको कामना गर्दे धैरै धेरै धन्यवाद दिन चाहान्छौं। धन्यबाद
विष्णुमाया "विभू" अध्यक्ष लक्ष्मीस्मृती साहित्य समाज
तन्नेरी हजुरबा
परिच्छेद – प्रथम
जागिरे जीवनमा सबै समय श्री ५ को सरकारको हुन्छ । सरकारी कामको सिलसिलामा हिडिरहनु पर्दछ। मनले चाहेर पनि एकै ठाउँमा, एकै गाउँमा बस्न पाइँदैन। तोकिएको काममा मात्र आफूलाई लगाइ रहन पाइँदैन। स्वविवेकको प्रयोग पनि लगाउनु पर्दछ । हाकिमको आदेशलाई पालन गर्नुपर्ने हुन्छ। हाकिमको खटनपटन अनुरूप कार्यक्रम संचालन गर्नुपर्दछ। गर्न सकिएन भने आफ्नो उत्तरदायित्व पूराहुँदैन। यो त रह्यो जागिरको कायकर्म तर आफ्नो कायकर्म, आफूले नै मिलाउनु पर्ने हुन्छ। मिलाउन सकिएन भने त्यसको फल आँफैले भोग्नपर्ने हुन्छ। यस्तो रीतिथितिमा मैले मेरो काम प्रति, तथा तोकिएको काम प्रति, कहिलै कुराकाट्ने मौका दिइन। आफ्नो उत्तरदायित्व पूरा गरें। मैले आफ्नो जीवनकालमा, आफ्नो जीवनलार्र्र्ई सफलतामा उतार्न खोजंे। यो उतार्दा म कति सफल भएँ। कति असफल भएँ। यसको अभिलेख जसले राखेको छ। त्यसैलाई मात्र थाहा हुने कुरा हो। यदि कसैले सोध्यो भने मैले अबश्य पनि बताउन सक्दिन। लेखाजोखा राख्ने तथा अभिलेख राख्नेले मात्र बताउन सक्दछ, अर्थात् जसलाई यी कुरा राम्ररी थाहा हुन्छ त्यसैले यी घटनालार्ई यथार्थमा बताउन सक्दछन्। मानिसले आँफूलाई कहिलै अरु भन्दा सानो सम्झदैन। मानिसले निश्चय नै आफूलाई सर्बश्रेष्ठ सम्झनु अस्वभाविक पनि होइन।भावना आआफ्नो हुन्छ। सोही भावना अनुरुप मानिसले आफूलाई प्रस्तुत गर्दछ। यो प्रस्तुति कहिले सकारात्मक हुन्छ। कहिले सकरात्मक हुँदा हुँदै पनि नकरात्मकरूपमा लिइन्छ। यस्तै हो यो संसारिक कर्म। मानव जीवनमा कहिले सफल कहिले असफल । अबरह्यो मानिसको बानी व्यहोरा यसमा पनि मानिस थरीथरीका हुन्छन् । आफ्नै प्रकारको वानी हुन्छ। यी मानिसहरुमा म पनि आफ्नै किसिमको वानीभएको मानिस। कहींले कपाल पालेको। कहिले कपाल फालेको। कहिले दाह्री पालेको र कहिले दाह्री फालेको। यस पटक पनि दाह्री पालेको छु । दाह्री पाल्ने क्रममा अहिलेको दाह्रीलाई किन हो किन उच्च चर्चामा ल्याइयो । म दाह्रीसँग जहाँ जान्छु त्यहाँ थरी थरीका नाम दिइएको पाइयो। मलार्ई कसैले मनमोहन अधिकारीको नामसँग दाँज्थे, कसैले सुशील कोइरालासँग, कसैले मोहन खेतान्, कसैले दार्शरिनक, कसैले लेखानाथको नाम कसैले मियाजस्तो आदि आदि। कविता कोर्ने भएकोले होला, लेखनाथ र रबिन्द्रनाथ टैगोरसँग नाम जोडिदियो भने म खुसी हुन्थे। मैले सबैको भनाइलाई सुनिदिन्थ्ये र म आफ्नै नाममा अडिग हुन्थे। हुन पनि हो, मानिसले आफ्नो परिचय आँफैले शृजना गर्नुपर्दछ। अरुले शृजना गरेका नाममा आफूलाई लान हुँदैन। यस्तो अबस्थामा म कहिले चुप्प हुन्थे। मलाई मेरो आफ्नै पनामा ढालेर परिचय दिन्थे। अन्त्यमा आफ्नो नाममा गौरवताका साथ घमण्ड गर्र्दै भन्दथें "म" भनेको अरु कोही हैन "म" नै हो। यो रह्यो मेरो अठोट्ता तर मानव दृष्टि तथा हेराइ फरक फरक हुन्छ। हेराइ फरक फरक हुनु स्वभाविक हो। विचार पनि फरक फरक हुन्छन्। यहाँ मेरो दाह्री र्हेर्ने मानिस को दृष्टिकोणमा फरक आउनु स्वभाविक हो। उसको नजरमा र भावनामा जो नजिक थियो। त्यसैको नाम अगाडी आउनु स्वभाविक हुन्छ। मलाई जसले जोसँग दाज्न खोज्दछन्। ती व्यक्तिहरूलाई पनि मैले त्यस्तै किसिमको जवाफ दिन्थे। "यो को हो " कसैले भन्थ्यो "चश्मा लगाएर पनि चिन्नु भएन " चश्मा लगाउँनेलाई "चश्मा लगाउँनु होस्ः आँखा कमजोर भएछ " चश्मा नलगाउनेलाई यस्तै यस्तै क्रमको सबाल र जवाफको क्रम चल्दै गइरहेको थियो। मानिसको आकृति दाह्री र कपालले साच्चिकै फरक पार्दो रहेछ। धेरै आत्मीय मित्रलाई मेरो अनुहार ठम्याउन कठिन भएछ। त्यसो हुँदा धेरैले भन्ने गर्दथे "चिन्नै गाह्रो " पुरै आकृति बदलिएछ तर दाह्री साह्रै सुहाएको। दाह्रीको प्रशंसा भने धेरैले गरे प्रशंसा सुन्दा म पनि अति खुसी हुन्थे। खुसी हुनु पनि स्वभाबिक हो। मानिस प्रशंसाको भोको हुन्छ। दाह्री र कपालले मेरो व्याक्त्तित्व आँफै बढेको भान मलाई पनि लाग्दथ्यो। यो दाह्री पाल्ने मेरो आजको नभएर सानै देखिको सोख थियो। समय समयमा पाल्दथें। २०३२ सालमा पालेको थिए। २०३६ सालमा पालेको थिएँ। अहिले २०६० सालमा धेरै हैन तीन महिना पालेको र आमाको श्राद्ध गर्नको लागि फालंे। सायद अब पुनः पाल्ने विचार गरेको छु। दाह्री जहिले पाले पनि कुनै सिद्धान्त र प्रतिवद्धता लिएर पालेको भने हैन। यो पटक फुलेको दाह्री पाल्नको रहर के त ? भन्दा फुलेका दाह्रीको एउटा फोटो खिचेर राख्ने रहरमात्र थियो। कसैको टिप्पणी थियो "दाह्री फाल्न कठिन हुने, दाह्री राख्दा यसको व्यक्तित्व बढ्ने त्यसो हुँदा किन दाह्री फाल्ने ? " मलाई यो शब्दले आनन्द दिन्थ्यो । कता कता भावनाका लहर उठ्थे र बग्दै जान्थ्ये तर कसैकसैले "दाह्री फाल पैसा नभए दश रुपियाँ मसँगले" भनेको सुन्दा मेरा कन्चटका रौ ठडिन्थे। आफ्नो व्यक्तिगत अबस्था यसरी गुज्रदै थियो। मलार्ई सुर्खेत जान पर्यो तर नेपालको बर्तमान परिस्थिति नियालेर हेर्दा अति सम्वेदनशील थियो र छ। यस पटक नेपालको ग48डकक्षेत्र बन्द। पुनः एक दिन तथा दुर्ई दिन विराएर ठाउँ ठाउँ बन्द, आदि आदि देशमा चलेका राजनैतिक उतारचढावले प्रत्येक नेपालीलाई प्रभाव पारेको थियो। यो प्रभाव देखि म पनि अछुतो थिइन र छैन । मलाई सुर्खेत जानु थियो। सुर्खेत जान नेपालगञ्ज पुगे र कोहलपुर हुँदै सुर्खेत जानु पर्दथ्यो। यति बेला काठमाणडौबाट पश्चिम जाने गाडी बन्द थिए। जहाज चढ्नु सिवाय अरु उपाय केही थिएन। जहाजको टिकट बल्लतल्ल बन्यो। यही २०६० साल फागुन २६ गतेको बिहान म शङ्खमूलबाट झोला बोकेर, बाग्मती नदीतरेर बानेश्वरतिर लागें। बानेश्वरचोकको रौनक अर्कै छ। पत्रिकाबेच्ने देखि फुटपाथका व्यापारीको आफ्नै व्यवसाय, अन्तर्राष्ट्रिय भवनको आफ्नै प्रदर्शन, यो रमणीयताले एकछिन त कता हेर्यौं कता हेर्यौ जस्तो लाग्दछ। वानेश्वरबाट बस समातेर त्रिभुवन बिमानस्थलतिर बढें। बाटोमा भीड थियो। यो भीडमा कतिले दिलै चोर्ने, कतिले मनै लुट्ने, कतिबाट पकेट जोगाउन पर्ने आदिबाट आफूलार्ई अगिलान पर्दथ्यो। प्राकृतिको सौन्दर्यता र ती अनुहारले कता कता आनन्दता र कौतुहलता बोकेका थिए। झोलालार्र्र्ई समाउँदै जहाज ग्राउ48डभित्र पसें। सामान चेक गराएर म काउटरतिर लागें। यहाँ पनि कोही वुढा, कोही लालीते ओठ, कोही हँसिला कसैको शृङ्गारले मनै लुट्ने खालका कसैलाई हेर्दा आँखै दुख्ने खालका यात्रीहरु देखिन्थे। विमानस्थलभित्र आश्राम स्थलको रमणीयता त्यस्तै त्यस्तै थियो। जहाज समयानुकुल नै उड्यो । काठमाण\डौंका घरहरू सबै नजिकैबाट हेर्न पाउँदा कता कता आनन्द आउँदथ्यो। वागमती विष्णुमती वगिरहेकी थिइन्। रानीवनको हरियाली, पशुपति र गुहेश्वरीको दर्शनगर्ने भक्तहरूको भीड, श्लेषमान्त वनको बीच बीचको मन्दिरहरुको रमणीय दृष्य, स्वयम्भूको डाँडाले देखाएको शान्ति शन्देश, नारायणहिटी र सिंहदरबारले देखाएको देशको गौरवता, काठमण्डौको गल्ली गल्लीमा हिंडेका ती वाहनहरुको कमिलो जत्रो आकारको रमणीयता आदिको त्यो सुन्दर छविले कता कता रविको प्रकाशलार्ई नै उछिने जस्तो लाग्दथ्यो। चारैतिरका डांडाहरूले हरियाली देखाएका थिए। जहाजले काठमाण्डौं उपत्यका छाडेर आफूलाई निकै माथी पुर्याइसकेको थियो। जहाजकी महिलाले प्राकृतिक रुपमा क्रिमपाउडर पोतेर अझै आकर्षक पारेर चक्लेट र पिउरी लिएर मेरो अघिल्तिर आइपुगिन्। मैले चक्लेट छाडेर, पिउरी कानमा पूराएँ। फेरि उनी पत्रिका बोकर आइन्। मैले घरि घरि उनको रुपलार्ई भन्दा शृङ्गारलाई चोरी चोरी हेर्दथें। पुनः उनले कोकोकोला को वोत्तल र प्लाष्टिकको गिलास लिएर कोकाकोला बाँड्दै आइन्। मेरो नजिक आउँदा नआउँदा कोकोकोला सकि नै आँटेको थियो। मैले थाप्दा थोरै भयो। पुनः उनको हातको कोकाकोला थप्ने मौका पाएँ। जहाजको उडाइ धेरै उचाइमा थियो। हिमालको दृश्य अति रमणीय थियो। जहाजबाट तल हेर्दा भुसुना सरह घर वनस्पतिहरू देखिन्थे। पहाडका अग्ला डाँडा काँडाहरु होचिदै गएका थिए। जहाजले दाङको घाँटी काटी सकेको थियो। जहाज नेपालगञ्जको जहाजग्राउण्डमा अबतरण गर्यो। मलाई भेट्न भनी एकजना मित्र मोटरसाइकल लिएर आएका रहेछन् । उनले मलार्ई सुरक्षितरूपमा कोहलपुर बसपार्कसम्म पुर्याइ दिए। कोहलपुर चोक, पञ्चायत स्तम्भ, कृषिबजार, अस्पताल, आदि आदिको आफ्नै अस्तित्व छ। यो अस्तित्व बोकेको कोहलपुरको बसपार्कमा गाडीहरू जति आए पनि खचाखच थिए। काउन्टरले सिट हेरेर आउने कुराहरू बतायो तर आँफैले कसरी सिट पत्ता लागाउँनेण टिकट काटेर बसमा चढंे। क्याविनमा गएर ड्राइभरको आडमा गएर बसंे। ठाउँ थिएन। बस खचाखच भरिएको थियो। गाडी विस्तारै चिसापानीतिर बढ्यो। दोश्रो बस पनि त्यस्तै थियो। यो भन्दा अघि गएको बस पनि खचाखच भरिएको थियो। मलाई सुर्खेत साँझसम्म जसरी भए पनि पुग्नु पर्ने थियो । मेरो धैर्यताको बाँध फुट्यो। म जसरी भए पनि जाने निधो लिएँ र गाडी चढें। गाडीले आफ्नो रफ्तार लियो। केही अघि बढेपछि सुरुक्षाचौकी आयो। सुरक्षाजाँचमा परियो। लामो कुराइ भयो। यो कुराइमा एउटा मिनीबस खाली आयो। कता कता मलाई लोभ लाग्यो। त्यो भीडमा जानु भन्दा मिनीबसमा चढ्नु उपयुक्त ठाने र मिनीबसमा चढंे। भाडा दोहोरो तिर्नु पर्यो। फिर्ता पाउने कुरा भएन। मेरो मर्कालाई मध्यनजर गर्र्दै मिनीबसका कण्डक्टरले केही कन्सेक्सन गर्यो। सौलो मिनीबसमा जम्मा पाँच छ जना मानिस थियौं। बस्न आनन्ददायक भयो। एकजना मेरो समकालीन उमेरका व्यक्तिले आफूलाई राजनैतिक कार्यकर्ता हुम् भन्दथे। मदिरा पिएर मस्त थिए। मेरा सेता दाह्री देखेर पिताजी भन्दथे। मलाई कता कता कन्चट तात्थ्यो। साथमा उसको छोरा थियो। मेरो सिटमा एक जना कैलाली जिल्लाका भारतमा इञ्जिनियर पढ्ने विद्यार्थी पनि थिए। मलाई पिताजी भनेको देख्दा ऊ पनि अचम्म परिरहेका थिए। मेरो जीवनी भएको एउटा किताव निकालेर मेरो जन्म मिति देखाएँ र अनि सोधे हजुर म भन्दा कति वर्ष कान्छो ? उनीबाट उत्तर आयो "दुर्ई वर्ष जेठो" अब त मैले दाइ भन्न पाएँ ? उसले खुसीले मेरो कुरा स्वीकार्यो र बसमा थरी थरीका कुरा गर्र्दै अघि बढ्यौं। चिसापानी कट्यो। बबै तरियो। बस रफ्तारमा थियो। बस खिन्चु पुग्यो। खिन्चुमा सानो बजार थियो। चियापान भयो। अलि अघि बढेर, सुरक्षा निकायमा आफ्नो सामान तथा झोला जाँच गराएर, हाम्रो यात्रा सुर्खेततिर बढ्यो। वास्तवमा सुर्खेत पनि चारैतिर पहाडै पहाडले घेरेको र माझमा सम्म परेको उपत्यका हो। आफ्नै अस्तित्व बोकेको यो उपत्यकामा गाडी रफ्तारमा थियो। यो रफ्तार घट्दै गयो। गाडी बसपार्कमा गएर रोकियो। म गाडीबाट ओर्ले र सरासर पर्वत पुस्तक पसलमा पुगें। पुस्तक पसलमा झोला राखें। बहिनी बाहिर थिइन्। झोला कोठामा पुग्यो। बाहिर बस्ने अनुमति पाइन। सात बजे पछि कर्फुलाग्ने रहेछ। दैलेखमा पढाउने एकजना शंकरपोखरीका तिवारी सर फेला पर्नुभयो। उहाँ हतारमा हुनुहुन्थ्यो। हामी साधारण बोलीचालीमा नै अलगियौं। गाउँ छाडेको धेरै दिन र त्यसमा पनि नौलो ठाउँमा पूराना गाउँका मानिस कसरी चिन्न सक्ने ? कल्पना बाहिरको कुरा। तिवारी सरले केही सामग्री पठाउनु पर्ने भएकोले बस पार्कतिर लाग्नु भयो। सांझ झमक्क भै सकेको थियो। चराचुरुङ्गीहरु गुडमा बसिसकेका थिए। चन्द्रमाको पातलो घेरो देखिएको थियो। जुवाइँ साहवले दोकान बन्द गर्नु भयो। शनैः शनैः सारा वीरेन्द्रनगर बजारका सडकहरू मानिस विहीन भए। कर्फु लागिसक्यो भनेर बहिनीले भनिन्। जुवाइँ साहवले टिभी खोन्नु भयो। भान्जा ―भान्जीहरू काखमा आएर बस्न थाले। म यी दुबैसँग जिस्किएको थिएँ। मेरा आँखा टिभीतिर पुगें। समाचार सकियो। सैनिक नाटक सुरु भयो। नाटकमा नायिकाले माओवादी लडाकुको अभिनय गरिरहेकी थिइन्। आत्मसमर्पण गराउने उनको भूमिका थियो। सबै साथीहरूलाई आत्मसमपर्ण गर्न भनिन्। आफूले पनि आत्मसमर्पण गरिन्। उनका कुनै पनि साथीले केहीं उत्तर दिएनन्। सबै चुप्प थिए। सुरक्षा फौज र उनीहरू बीच भिडन्त भयो। सुरक्षा फौजले सबैलाई मशानघाट पुर्याइदिए। नायिकाले मृत शरीरलाई धिकार्दै जमिनमा थुक्दै सबैलाई बाच्ने आग्रह गरिन्। यतिबेलासम्म खाना पाकिसकेको थियो। बहिनीले खाना खान बोलाइन्। खाना खाइयो। घरायसी कुराहरू चले। निद्रादेवीले बोलाइन् । त्यसो हुँदा विस्तरा तताउने काम भयो। बिउँझदा बिहानीको सङ्केत आइरहेको थियो। मशानघाट जस्तो वीरेन्द्रनगर बजारमा आवाज आउन थालेको थियो । एकजना महिलाले दूध लिएर आइन्। जुवाइँ साहवले दूध थापेर राख्नु भयो र चिया पकाउन थाल्नु भयो। चिया खाइयो। म वीरेन्द्रनगरचोकतिर लागें। सात बजे हामीलाई लिन गाडी आउँदैछ भनिएको थियो। मुख्यचोकमा म पुगें। त्यहाँ कोही थिएनन्। बजारमा पुग्दा एउटा दोकानमा मानिकेज भनेर लेखेको थियो। दोकान अघि अधवैसे मानिस उभिएका थिए। मैले उनीलाई देख्नेबित्तिकै चिने तर उनले मलाई चिन्न सकेनन्। चिनजान गर्ने क्रममा मैले आफ्नो परिचय दिएँ। त्यसपछि उनले मलार्ई चिने। कुराकानी चलिरहेको थियो। चिया आयो। चिया पिउन थालियो। चिया सकिन आँटेको थियो। बाली विविधिकरण आयोजनाले वितरण गरेको गाडी आयो। दैलेखका हाकिम लीला पौडेल बस्नु भएको रहेछ । देख्ने बित्तिकै मलार्ई बोलाउनु भयो। म गाडीमा बसे। गाडी काला गाउँतिर बढ्यो। हामी कालागाउँ पुग्यौं । नजिकै वन, वनको तल फाँट र गाउँ थियो। भरखरै विकास हुन लागेंको क्षेत्र भएकोले केही राम्रा राम्रा घरहरु बन्न लागेका थिए। त्यहाँ स्वास्थ्य मंत्रालयको तालीमकेन्द्र थियो। त्यही तालीम केन्द्रमा कृषिको आगामी आर्थिक वर्षको कार्यक्रम तथा बजेट बनाउने कार्यशाला गोष्ठी सञ्चालन भएको र त्यो गोष्ठीमा मध्य पश्चिमाञ्चलका कार्यालय प्रमुख र योजना अधिकृतको जमघट भएको थियो। क्यान्टिनमा खाजा बनी सकेको थियो। खान सबै लाईनमा बसेका र खाजा खाइरहेको थिए। गाडीबाट ओर्ले र हामी पनि खाजा खान थाल्यौं। कार्यक्रम सञ्चालनहलमा माइक बज्यो। हामी सबै त्यतै लाग्यौं। गोष्ठी शुरूभयो। सभापतिको आशन ग्रहण, अनि मार्गदर्शनको प्रस्तुति, प्रस्तुतिमा फेरि छलफल। छलफल पछि फेरि अर्को व्यक्तिको प्रस्तुति आदि आदिमा बालीको पालो आयो। कृष्णकुमार श्रेष्ठले मार्गदर्शन पढन थाल्नुभयो। मेरो कार्यालयको प्रस्तुति मैले गर्नुपर्यो। निर्देशनालयले प्रस्तुतिगर्ने शाखाले छलफल गर्नु पर्नेमा मार्गदर्शन नै प्रस्तुतिगर्न पर्ने भएपछि मलार्ई अलिकति असजिलो लाग्यो। विकास वढ्दा बढ्दै धेरै अघि आइसकेको छ। प्रस्तुतिमा प्रयोगगर्ने टुलहरू धेरै विकसित भएका छन्। अब त भाषण भन्दा पावरपइन्ट प्रयोग गरेर छलफल गर्ने जमाना आइसक्यो। यहाँ पनि पावरपइन्टको प्रयोग भएको छ तर म सौलो शरीर लिएर खडा भएँ। मसँग न त ट्रान्सपेरेसी नै थियो न त पावरपोइन्टको लागि डिस्केट नै तर मार्गदर्शन र कार्यक्रम भने जिभ्रोको टुप्पामा झुण्डिएको थियो। छोटो र मीठो स्वरमा प्रस्तुतगर्नु नै बेस लाग्यो। गला राम्रो नभएकोले मीठोस्वर भने भएन। प्रस्तुति भने अति छोटो भयो। सबैलाई धन्यवाद दिएँ। ताली बज्यो। प्रश्न पनि आएन। मलाई कता कता ठूलो काम सके जस्तो लाग्यो। क्षेत्रीय निर्देशक ज्यू डा. हरिदाहालले मलार्ई राम्रो भावनाले हेर्न हुन्थ्यो। उहाँले मलार्ई धन्यवाद दिदैं माटो व्यवस्थापनको कार्यक्रम लान पर्ने कुराम्रा जोडदिनु भयो। "माटो रुखो भैसको छ धेरै कार्यक्रम राख्न लगाउँनु होस" उहाँको भनाइ थियो। म जिल्लाका साथीसँग पुगे, कार्यक्रम राख्ने कुरा चले र जिल्लाले प्राय जस्तो आफ्नो कार्यक्रम पहिलै नै बनाएर ल्याएका हुन्छन्। कार्यक्रम थपघट गर्न कठिन पर्दछ तरपनि गोठेमल सुधार कार्यक्रमहरू सबै जिल्लाले थपे। वास्तवमा कार्यक्रम राम्रो नराम्रो बजेटमा निर्भर रहन्छ। गरीब देश, सानो बजेट,त्यो पनि अर्काको अनुदानमा निर्भर रहने। बजेटमा कार्यक्रम हाम्रो चाहना भन्दा दाताको चाहना अनुकलको कार्यक्रम जान्छ। मार्गदर्शन पनि त विदेशी लगानीको उदेश्य अनुरूप हुनुपर्दछ। प्रश्नवाचक कुरा के छ भने आफ्नो आवश्यकता को विकास या विदेशीको लगानीको उदेश्यअनुरूपको विकास। विकासकर्म यस्तै छ। यस पटकको कुराहरूमा त झन् माओवादी समस्यालाई नै सबैले ठडाए पुग्ने भए पछि कामको प्रगतिमा माओवादी समस्या जोडिदिए पुग्ने भयो। बजेट रहदैन , काम हुँदैन, कारण माओवादी अनि प्रगतिको मार्ग फराकिलो कसरी हुने ? माओवादीले हामी कृषिका कर्मचारीसँग के लेन देन छ ? हाम्रो काम, कृषक कहाँ गएर कृषकको सेवागर्ने, कृषि कार्यक्रममा छलफलगर्ने, प्रविधि प्रदानगर्ने हो। हामीले त्यहाँ न त माओवादको छलफल नै गरिन्छ। न त माओवादको बारेमा भाषणभीषण। कृषिकर्म, कृषिको प्रविधि प्रसारण समग्र जनतामा जाने हो। त्यहाँ त सबै वादी हुन्छन्। वास्तवमा कृषिको कार्यक्रम कुनै वादीहरूलाई न भै सम्पूर्ण कृषकजनको लागि हो। कृिष कर्म असफल पार्न त कुनै वादीको लागि पनि शुभ लक्षण हुँदैन। विश्वमा कृषि कर्मलाई असफल पार्नु भनेको विश्वकै कुनै पनि राजनैतिक पक्ष तथा सरकार पक्ष, तथा प्रतिपक्षहरु नै विफल हुनु हो। खाना सबै वादीलाई चाहिन्छ। उत्पादन लिनको लागि माटो मलिलो हुनु पर्दछ। माटो मलिलो बनाउनको लागि माटोमा प्रसस्त मल राख्नुपर्दछ। उत्पादन, उत्पादकत्व र उर्वराशक्ति बढाउनेकाम भन्ने बित्तिकै सम्भव छैन। त्यसो हुँदा यस्ता दीर्घकालिन असरका तत्वहरूलाई सबै वादीले आवश्यक ध्यानदिनु पर्दछ। यस्तेा दीर्घकालिन तत्वको संरचना बिग्र्यो भने यस्को सुधार गर्न जनताले ठूलै मूल्य चुकाउनु पर्नेहुन्छ। देशमा देखिएका संरचनाको क्षतिले सबैको मन नकोक्याउनेत हैन तर पनि कृषि कर्मीलार्ई कुनै वादीसँग केको डर ? कृषिकर्ममा सहयोग पुर्याउन पनि सबै वादीको कर्तव्य हो। निश्चय पनि ती कर्मचारीलाई माओवादीको डरहुनु शोभाविक हो जुन कर्मचारीले सही कृषिकर्मको प्रचार प्रसार नगरी माओवादको बारेमा विरोध जनाउँदछन्। राजनैतिक वहस गर्दछन्। राजनैतिक वहस गर्न त राजनेता हुनुहुन्छ। हाम्रो कर्तव्य भनेको देशमा हरितक्रान्ति ल्याउने हो। हरितक्रान्ति त सबै वादीलाई चाहिन्छ। हरितक्रान्तिकोलागि हामीले कृषकवर्गलाई आवाहन गर्नुपर्दछ। कृषक देशकै साझा सम्पति हुन्। कृषकको पसिनाबिना संसार टिक्न सक्दैन। यस्तै भावना मनमा खेलिरहेका थिए। म तर्क बितर्कमा नै अलमलिएको थिएँ। सबैका भाषण सकिए। मार्गदशनको भाषण सकिएपछि कार्यक्रम बनाउने कामको थालनी भयो। हातको घडीले तीनको घन्टी बजायो। भोलि बिहानै नेपालगञ्जतिर लाग्नु थियो। साथीहरू यताउति घुमिरहेका थिए। चियापान कार्यक्रम सुरुभयो। यो थलोमा विभिन्न किसिमका कुराहरू चले। हाम्रा साथीहरूले आआफ्ना भावना पोखे। केही उच्च अधिकृतहरू नेपालगञ्जतिर लागि सकेका थिए। घडीले छ को घण्टी हान्यो। हामी आआफ्ना निवास स्थानतिर लाग्यौं। म पनि पर्वत पुस्तक पसलतिर लागें। हाम्रा साथीहरू विभिन्न ठाउँमा बस्नु भएको थियो। भोलिपल्ट नेपालगञ्ज फर्कनको लागि गाडीको व्यवस्था भैसकेको थियो। मिरमिरे उज्यालोले मेरो निद्रा खलवल्यायो। शुभ बिहानीले सङ्केत दिइसकेको थियो। जुवाइँ बिहानी यात्राकोलागि तरखर हुनु भयो। हामी दुबैसँगै बाहिर निस्क्यौ र दुबै जना कुरागर्दै अघि बढ्यौं । बुलबुले तालका कुरा उठे। जुवाइँ साहव भन्दै हुनुहुन्थ्यो। "सुर्खेत आउने कोही पनि मानिस बुलबुले ताल र देउती बज्यैको दर्शन नगरी फर्कदैनन्। "बाटो र चोकमा हामीले खोजेका मानिस कोही पनि थिएनन्। सुर्खेत बुलवुले ताल प्रसिद्ध ठाउँ, सुर्खेत जानेले देउती मँिन्दर र सुर्खेत बुलबुले तालको दर्शन गर्नै पर्ने भावना लिदा रहेछन्। हामीमा पनि यो भावना आयो। हामी त्यतै जाने तरखरमा थियौं। मलार्ई कता कता कृष्णकुमार श्रेष्ठ र प्रविणलाल श्रेष्ठ बसेको लजमा जान मन लाग्यो। म सरासर त्यो लजमा पुगें। कृष्ण कुमार र प्रविणलाल उठेर चिया पिउँदै रहेछन्। टेली भिजनले फेशन शो देखाइरहेको थियो। मेरो मुखबाट निस्क्यो "विहान विहानै भगवती पूजा" हामी सबै हाँस्यौं। मलाई पनि चिया मगाइयो। चिया खाइयो। क्षेत्रीयको गाडी आएछ हामीलाई खोजे छ। पुनः गए छ। हामीले पुनः चिया मगायौं। पुनः खायौं। त्यस पछि आफ्नो सुरमा तल झरियो। पशुसेवाको बस केही साथीहरूलार्ई लिएर नेपालगञ्ज आउने तरखरमा रहेछ। हामीलार्ई देखेर रोकियो। "दाइ जाउँ " मलाई वीर वहाुदर खत्रीले अनुरोध गर्दै हुनुहुन्थ्यो। "हामीले बस रिजर्भ गरेका छौ।" मैले भने "गए स्वागत " मित्रले भन्दै हुनुहुन्थ्यो। "जाउँ यसैमा" कृष्ण कुमारले भन्नु भयो। "धोका दिएजस्तो हुन्छ" प्रविणलालले थप्नु भयो। "हिजै देखि हामीले बस्न पाउनु पर्दछ भनिएको छ" मैले भने। गाडीलाई विदा दियौं। गाडी अघि बढ्यो। यतिबेलासम्म मोहनलाल श्रेष्टले गाडी लिएर आइसक्नु भएको थियो। हामीलाई देखेपछि रोक्नु भयो। "गाडी भरि सकियो तपाइँहरू के गरेको ?" उहाँले प्रश्न राख्दै हुनुहुन्थ्यो। "म दुर्ईचोटी आएर फर्के ?" मोहनले थप्नु भयो। "पशुस्वास्थको गाडी खाली छ" कृष्णकुमारले भन्नु भयो। "त्यसैमा जानुहोस्" मोहनले भन्नुभयो। "लौ! त्यो गाडीको पिच्छा गर्यौं, जाउँ, जाउँ " प्रविणलालले भन्नु भयो। हामी सबै गाडीमा चढेर त्यो गाडीलाई भेट्यौं र हामी त्यै गाडीमा चढेर नेपालगञ्जतिर लाग्यौं। नेपालगञ्ज जाँदा, बाटोमा पर्ने बुलबुले ताल र देउती मन्दिरको पनि दर्शन गरियो। समय समयमा निस्कने बुलबुले फोका र लहरहरूले सबैको मन आकर्षित पार्दथ्यो। अब गाडी नेपनलगञ्जतिर मोडियो र रफ्तार लिन थाल्यो। बाटोमा आजको देशको सम्दर्भमा कुराहरू उठे। सबैको एउटै धारण थियो। देशमा कसरी शान्ति बहाल हुन्छ। त्यो सबैको मुखमा झुण्डिएको चिन्त्ताको विषय थियो। भरे भोलि कहाँ के हुने या देशको राजनैतिक मोड कता जाने आदि चर्चा आउन थाले। कोही बोले। कोही चुप्प रहे। आआफ्ना भावना, फरक फरक मत आएका थिए। फरक मत आउनु पनि त शोभाविक हो। सबै विव्दान बर्गको विव्दता दर्शिन्थ्यो। यहाँ जागिरेजीवन देखि, आर्थिक , राजनैतिक तथा सामाजिक बिषयमा कुराहरुमा मन्थन थियो। कुराहरु चल्दै जाँदा बाटो काटेको थाहै भएन। हामी बबै आइपुगिएछ। ड्राइभरले बबै आयो भने पछि मात्र थाहा लाग्यो। यति बेला सम्म हातको घडीले नौको अङ्क देखाइ सकेको थियो। बबै तरेर गाडी रोक्यौं। कसैले चिया, कसैले खानाखानी काम गरियो। खाना खानेहरुमा, म कृष्णकुमार र प्रविणलाल श्रेष्ठ थियौं। कृष्णकुमार ले "आज त घिउ भएन नी भन्नु भयो।" "घिउ तात्दै छ" प्रविणलालको भनाइ थियो। "घिउ पनि पाइन्छ?" मेरो जिज्ञासा थियो। "किन नपाउनु?" भन्दै साहुनीले घिउ तताउन थालिन्। "चिसो पानीमा पाकेको खाना र बबैका माछाको लागि पो खाना खान थालेको" कृष्णकुमार भन्दै हुनुहुन्थ्यो। भातमा साहुनीले घिउ थपिन्। साहुले माछाको झोल थपे। कता कता खानाको स्वाद भन्दा आदरसत्कारको स्वाद मीठो थियो। खाना, चटनी, तरकारी आदि सोधी सोधी खुवाउँदा खानाको स्वादमा आद।रको अर्को मीठोपना थपिन्थ्यो। आनन्दले खाना थपिथपि खायौं। पेटचस्कने गरि खाँदा पनि खाना थपौंथपौ जस्तो लागिरहेको थियो। खाना पछि मीठा जिरा र सुपारी लिएर साहुनी खडा थिइन् भने साहुचाहिं टावेल लिएर खडा थिए। खानाको पैसा प्रविणलाल श्रष्ठले तिर्नु भयो। हामी गाडीमा बस्यौ र पुनः नेपालगञ्जतिर वढ्यौ। गाडी रफ्तारमा अगिबढ्यो। आजै केही साथी काठमाणडौंको उडानमा थिए। म भने कोहलपुर चोकमा उत्रिएँ। पे्मवस्ती जाने कुरा थियो। मेरा केही नातापाता चपरगढीमा पनि थिए। म दोधारमा परें। चपरगढीबाट फर्किएर पे्रमवस्ती जानु नै असल भनेर म चपरगौडीतिर बढें। झोलामा कागजपत्रहरु थिए। रिक्सालिन पनि त्यति सजिलो थिएन। म जाने घरसम्म ठ्याक्क रिक्सा जान सक्दैनथ्यो। पैदल हिंडेर पुल तरें। तेलडिपोमा झोला राख्न खोजें, देशको परिस्थितिले गर्दा तेलडिपोले शङ्काले गर्दा होला, झोला राख्न मानेन। म झोला बोकेर गाउँभित्र पसे। नातापाताहरुसँग भेटघाट भयो। पुनः प्रेम वस्तीतिर जान अघि बढें। अब त रेक्सालिन सजिलो भयो। रेक्साको मूल्य निधारण गरंे रेक्सामा चढेर बसेको मात्र थिए। एउटा भुसतिघ्रे मानिस आएर बस्यो। बोलु के बोल्ने ? नवोलु बस्न असजिलो थियो। मलाई कता कता उसको रेक्सामा चढेको जस्तो लाग्यो। वर्तमान परिपेक्षमा खास केही बोलिन। त्यो मासिन कोहलपुर चोकमा आएर उत्रियो। म पे्रमवस्तितिर लागें। रेक्साबालालाई सोधे, "मेरो मानिस हो " भनेर जवाफ दियो। काकाको घर, काकी वरण\डामा बसेकी, परेवाको गुँडबाट परेवाहरु आगानमा आउदै चारा टिप्दै गुँडमा जादै गरेका, भैंसीले पराल खाइरहेका, आदि दृश्यले रमणीयता छाएको थियो। म आँगनमा पुगें। काकीले "छोरा आए छ" भन्दै उठ्नु भयो। मैले ढोग दिएँ र खाटमा गएर बसें। हजुरआमा घर भित्रबाट "नाति आए छ" भन्दै बाहिर आउनु भयो। हजुरआमालाई ढोग दिएँ। "काका कहाँ जानु भयो" मैले सोधे "जान्दैनस्, प्रजातन्त्र पुनर्वाहाली गर्न भनेर, नेपालगञ्ज विरोध जुलुसमा गएको छ" हजुरआमाले भन्नु भयो । यो समय यस्तै थियो। पाँचपार्टी को आन्दोलन, माओवादीको आन्दोलन, राजाको अभिनन्दन। जनतामा दिन गुजार्न असजिलो। "म त धेरै लामो विरामी परें" हजुरआमा भन्दै हुनुहुन्थ्यो। दाङ्गमा पढन गएको काकाको छोरा र उसको साथी झोला बोकेर आइपुगे। हजुरआमाले "आइपुगिस्" भन्नु भयो। "भोलि देखि राप्ती बन्द रे ! क्याम्पस बन्द भयो।" भाइले भन्यो। मलाई जहाजग्राउण\ड सम्म जानु थियो। मलाई डर लाग्यो। कतै भोलि जहाजग्राउणड पुग्न असजिलो त हुँदैन . यो त थाहा पाउनु पर्यो। म र भाइ बस पार्कमा लाग्यौं र सोद्धा नेपालगञ्ज र पश्चिमका गाडी सबै चल्ने कुरा जानकारीमा आयो। कोहलपुरको वरिपरि दुर्ईचार घर हाम्रा दाजुभाइहरुका छन् तल्लाघरे काका र पारिका काका नजिकै भएकोले भेटघाटहुन सजिलो थियो। पारिका काकाको हाल खवर सुने। उनी विरामी छन् अरे। काकी र भाइले फलफूल र चियाको दोकान चलाएका छन् अरे। हजुरआमाले भन्नु भयो। काका किन हो किन अलि परिवर्तन भएका थिए। व्यापर गर्न पनि थाल्ने र व्यापारबाट नाफा भए पनि उनी परिवर्तन हुने र नोक्सान भए पनि परिवर्तन। परिवर्तनमा काकालाई झोक चल्ने र खुकुरी लिएर नाच्ने। हतियार धारीसँग कस्को के जोड चल्ने। उनको येा चालाले गर्दा प्रगतिको बाटो रोकिएको थियो। व्यापरमा उनी शिपालु थिए। कावासोतीमा उनको राम्रो विस्कुट बनाउने कारखाना थियो। मैले धेरै पटक उनको घरमा गएर विस्कुट खाएको थिएँ। काकी सँग भेट भयो। धेरै खुसी हुनु भयो। अङ्गुर खान भन्नु भयो। छोरा र आमा बसेर व्यापारगर्नु हुँदो रहेछ। फलफूल चाँडै सडेर जाने भए पनि व्यापार राम्रो हुँदो रहेछ। जीवनका तीता मीठा कुराहरु धेरै सुनाउनु भयो। मैले धैर्यधारण गर्न भने। पैसा कमिने कुराम्रा उहाँ विश्वस्त हुनुहुन्थ्यो। तर काकाले समय समयमा घरकालार्ई साथ नदिंदा पैसा जोगाउन कठिन छ भन्नु भयो। कमाउन कठिन। कमाए जोगाउन कठिन। यस्तै हो, द्रव्यको दुर्दशा। फुले जति फल्ने भए। फलेजति रहने भए अथवा संरक्षित हुने भए राम्रै हुन्थ्यो। कसलाई किन दुःख पर्दथ्यो र ? कोहलपुरमा दुर्ई÷तीन दिन पहिला विजुलीको ट्रान्समिटर पड्कँदा । अन्धाधुन्ध फाइरिङ्ग भयो रे ! कसैलाई गोली लागेन रे त्यस्तै त्यस्तै कुरा सुन्नमा आयो। मलाई घर खवर गर्नु थियो। कावासोती फोन गरें। कावासोतीमा कान्छी छोरी फोनमा भेटिइन्। काठमाण्डौ फोन गरेर कोहलपुर काकाको घरमा भएको थाहा दिएँ। घरमा थाहा नदिनेको भने घरकालार्ई निद नआउने आधा केजी अङ्गुर किनेर प्रेमवस्तीतिर लागें। यतिबेला सम्म पश्चिम दिशामा रविले आफू डुब्न लागेको सङ्केत देखाएका थिए। नाङ्लोजत्रो रातो आगाको पोला जत्रो रुप सूर्यको देखिएको थियो । पूर्ब दिशामा शशीले लालीमा छाड्दै मुस्काउँदै थिइन् । यतिवेलासम्म शीरमा टालो बाँधेर फुपू आउनु भयो। उठेर ढोग दिएँ। "विरामी हुनु भयो ?" मैले सोधे "अलि अलि टाउको दुःखेको छ " "के भएर ?" " यस्तै मौसम परिवर्तन भएर होला ?" "पुसाजु भाइहरु कता कता छन् त ?" "सबै काठमाण्डौ।" "तपाइँ एक्लै किन ?" "मलाई काठमाण्डौ मन परेन" वास्तविकता ओकल्नु भयो पुनः थप्नु भयो। "घरको सम्पति कसले थामिदिने ?" काकीले जोड्नु भयो ,"उहाँलाई काठमाण्डौको प्रदुषणमा बस्न कठिन भयो। गएर फर्कनु भएको हो।" "म त उघारोमा बसेकी त्यहाँ राम्रो लागेंन" फुपूको भनाइ थियो। पुसाजुले आज फोनगर्नु भएको थियो रे, फुपूलाई झोक चल्यो रे, अनि "म त विरामी छु बोल्न सक्दिन" भनेर फोन राख्नु भयो रे? त्यतिबेला मलाई कता कता घरको याद आयो। मैले मनमनै सोचे। श्रीमान श्रीमतीमा झोक चल्ने काम जताततै हुँदो रहेछ। हामी मौन थियौं पुनः फुपूले मौनता तोड्नु भयो। "एकछिन पछि फेरि फोन आयो। अनि राम्रै कुरा भयो " अनि आँफै हाँस्दै भन्नु भयो। "माया त लाग्दो रहेछ। तरुन्तै फोन गर्नु भयो।" "अनि मैले ठीक छ। अलि अलि टाउको दुखेा भने" "त्यसरी दुःख दिन नहुने।" मैले कुरा राखें। "विरामी थिएँ। एक्लै बस्न परेको छ। पानी दिने पनि कोही छैन। रिस उठ्यो फोन राखिदिएँ।" काकीले भन्नु भयो। "एक्लो हुन त आँफै चाहेर हो। काठमाणडौ जाउँ भनेकै हुन्।" त्यतिबेला सम्म चिया आयो। चिया पियौ काका आउनु भयो। मैले ढोग दिएँ। फुपू घरतिर लाग्नु भयो। एकछिन त्यहाँ मौनता छायो। काकाले मौनता तोड्नु भयो। "कहाँबाट ?" "कताबाट भनु आज त सुर्खेतबाट चारपाँच दिन पहिला काठमाण्डौबाट।" " हेर्न आजको यो जनताको अधिकार राजामा गयो। नेताजी आउनु भएको थियो। राम्रो कार्यक्रम भयो। जनता राम्रै जुटेका थिए। अबेला अबेला भयो। सबै साथीहरु उतै बसे तर म त विदा भएर आएँ।" काकाले विरोध कार्यक्रमको बारेमा बोल्दै हुनुहुन्थ्यो। मलाई कता कता उखान याद आयो तर भन्न सकिन। मनमनै भने "किन रोइस् मङ्गले आफ्नै ढङ्गले " किनकी तीतो कुरा भन्दा कसैलाई पनि मन पर्दैन। तै पनि मुख छुचो भनिहाले "लगेर दिए पछि के गर्ने ?" "हुन त हो" काकाले महसुस गर्नु भयो। यस पछि हाम्रा घरायसी कुराहरु चल्न थाले। पर्वत, शंकरपोखी देखिका, अंशवणडाका, समाजमा भलादमीले गर्ने न्याय र अन्यायका कुरा, जनताले भोग्न परेका समस्याका बारेमा साथै जातभात देखि लिएर राजनैतिक कुराहरु समेत आए। किन हो किन ? मलाई आफ्ना व्यक्तिहरु सँग राजनैतिक वहस गर्न मन लाग्दैन। त्यसो हुँदा हाम्रा कुराहरु व्यवहारिक पक्षमा गए। टिभीमा समाचार आयो। समाचार सकियो तर काका भतिजाका कुरा सकिएनन्। मलाई निदले सतायो र म सुत्ने कुरा राखे। सुत्न कोठामा गएँ। पङ्खा चलेको छ। गर्मीले सताएको छ। मच्छडले गीत गाएको छ। चार के जी कपासले बनेको सिरकले शरीर ढाकेको छ। शरीर भरि पसिना निस्केका छन् । रात बिताउन धौधौ भयो। बिहानी पख सिरक फालें। तन्ना तानें र शरीर ढाकेर सुतंे। केही क्षण निदाएँ। एका बिहानै उठ्ने बानी भएकोले सुती राख्न सकिन। व्यँुझेर मर्निङ्गवाकमा गएँ। एक घणॄटा पछि चिया नास्ता खाइयो। म र काका कोहलपुर चोकतिर लाग्यौं।अघि बढे पछि कोहलपुर बसपार्क आयो। केही अघि बढेका थियौं , काकाले भन्नु भयो "तन्नेरी हजुरबालाई भेट्ने ?" म कता कता अलमलिएँ । यो व्यङ्ग्यात्मक नाम कस्को होला ! जस्तो लाग्यो। मेरो मुख बाट फुत्कियो "को तन्नेरी हजुरबा ? " काकाले भन्नु भयो "जाउँ तैंले चिनी हाल्दछस् "। हामी तन्नेरी हजुरबालाई भेट्न भनेर अघि बढ्यौं
परिच्छेद दुई
पर्वत जिल्ला शंकरपोखरी गाउँ विकास समिति वडा नं ४ नुवार भन्ने गाउँमा मेरो जन्म भयो। म मध्यमवर्गीय परिवारको मानिस। मेरो बाल्यकाल रमणीय प्राकृतिक सौन्दर्यले भरिएको यस पहाड पखेराको अति रमणीय टोल ठूला घरमा बित्यो। सुन्दर त्यो काउराको बुटो, त्यो पहरो, पहरा मुनीको खरबारी, खरबारी मुनीको त्यो लप्सीको बुटो। खोला पारि खेत, खोला माथी बारी, बारी माथी सुन्दर वन, वनमा लालीगुरांँसको फूल। कति वर्णन गर्नु यस गाउँको। यहाँ जन्मे, पढे, हुर्के, यहीं बढाइ र हुर्काइको सिलसिलामा म डिगवोई पुगें। डिगवोई सहर वृटिसको पाला देखि नै विकसित सहर हो। तेल कम्पनी, त्यहाँ धेरै धेरै तेलखात, मेरो बुबा त्यहीं तेलखातमा काम गर्नु हुन्थ्यो। म त्यहीं पढंे। त्यहाँ नुवारका धेरै मानिसहरु थिए। रातमाटेका चुगार्ईँ, तिवारी, सिमका चुगार्ईँका दाजुभाइ, सानाखेते, डहरपरिका माइँला र साइँला, माझाघरे काँइला आदिहरु त्यहाँका लाहुरे थिए। सुवेदी कान्छा (काल्पनिक नाम) पनि त्यही कम्पनीमा काम गर्दथे। मेरो बुबा भन्दा अलिक जेठा थिए। बोलाउँदा काका भनिन्थ्यो। मेरो धेरै पढ्ने चाहना तर विवशता गरीबीको थियो। गरीब भन्दा पनि बुबाको भावनामा कसरी परिबर्तन ल्याउने। त्यतिबेला तमसुक लेख्न सक्ने भए पछि ठूलो मानिस गनिन्थ्यो। म त एस एल सि पास गरिसकेको थिएँ। अब वढी अध्ययन गराउनु भन्दा, जागिर तथा घरमा पठाउन पाए पैसा कमाउँला भन्ने बुबाको धारणा, आदिआदिले गर्दा म डिगवोइबाट घरतिर फर्केको थिए। म घर आउँदा शंकरपोखरी पनि विकसित भैसकेको थियो। शंकरपोखरीको त्यो शुन्दर डाँडा,े जजहाँबाट धेरै डाँडाकाँडाहरुको अबलोकन गर्न सकिन्थ्यो। यहाँबाट माछापुच्छे्, धौलागिरि, अन्नपूर्ण हिमाल शृङ्खलाको चाँदीको टल्कन सजिलै देख्न सकिन्छ। यो सुन्दर डाँडाको ठाउँँको नामाकरण शंकरले खनेको पोखरकिो नामबाट भएको थियो। शंकरले धेरै राम्रा पोखरीहरु खनेको थियो। ती पोखरीका नामहरु, ठाउँको नाउँले ओगटे तर यो पोखरी अति सानो र खिसी गर्ने खालको भएकोले उसलार्र्ई जिस्क्याउन शंकरको पोखरी भन्दा भन्दै शंकरपोखरी रहन गयो अरे। हुन पनि डाँडोमा एउटा गल्छेडो छ। त्यही गल्छेडोमा एउटा सानो पोखरी छ। पोखरीको आडमा राम्रो चौतारी छ। चौतारीको पल्लो पट्टि सुन्दर गणेश मन्दिर, गणेश मन्दिरको दक्षिण पट्टि उच्च मा वी र बाटोको उत्तर लस्करै दोकानले सुनमा सुगन्ध थपेका छन्। म त्यहाँ टक्क उभिएँ। मलार्ई कता कता डिगवोइको सोचले सतायो, मलार्ई याद आयो, मेरो डेरामा आउने ती पखराचौर, खलडाँडा, नुवार, सयमुरे आदि ठाउँका लाहुरेहरुको आकृति। यी गाउँंका लाहुरेहरुको घर घरमा जान मन लाग्यो। शंकरपोखरी एकीकृतरुपमा बनेको गाउँ टोलैटोलको फूलबारी, धेरै थरिका मानिसहरुको बसोबास, खोलानालाको कलकल ध्वनि, लुइचे, कालिज देखि घरघरमा परेवाको पालन साथै आँप, केरा देखि गुराँस फूलले गाउँको शृङ्गारगरेको छ। कोइली देखि झयाउँकीरीको सङ्गीतले गाउँनै गुञ्जायमान। यो गाउँको जमिनलार्ई सिँचित गर्न र यहाँका मानिसको तिर्खा मेटाउन मल्याङ्गदी खोलाको निर्मल जल देखि ठाउँठाउँका धारा, मूल, कुवापानी, अधेरीपानीको कुबा समेतको वरदान। गहिरिएर हेर्दा यो गाउँं समनतामा विषमता, विषमतामा समनता दर्शिएको थियो। सौन्दर्यको महलजस्तै लाग्दछ। यस्तो सौन्दर्यको महलको माझगाउँमा सुवेदी कान्छाको घर अबस्थित रहेछ। मेरो त्यहाँँँ जाने इच्छा जाग्यो। टोल टोल घुम्दै, घुम्दै, चिनजान गर्दैगर्र्दै म सुवेदी कान्छाको घरमा पुगें। घुमाउने घर, दुर्ईपाखे कटेरो आलीमा मेवाको रुख, आँगनमुनी सानो फोगोटो, त्यस्मा भ्यान्टेखुर्सानीका बोटहरु, गोठमा सेतोरुपको भैंसी, साङ्लाले बाँधेको, भरिलो र पुष्ट कल्चौडोलेगर्दा दुधालु होला जस्तो देखिन्थ्यो। कालो रङ्गका चौंरे हलगोरुले गोठको सोभा बढाएका थिए। घुमाउने पालीको पटाहामा गुन्द्री विछ्याएर काम्लो बिक्षाएको थियो। घर खानदानीजस्तो लाग्दथ्यो। आँखीझ्यालसम्म कालीमाटीले घरलाई पेटी बनाएर सिँगारेको। अति रमाइलो दृश्य, म त्यो दृश्यलार्ई ट्वालट्वाल्ति, हेर्दै थिएँ। घर भित्रबाट एउटा महिला निस्केर भनिन्। "यै छतौरे केटो हो? डिगवोईबाट आएको। अहा! कत्रो बढेछ? वढ्न पनि लौ ! हर्लक्क ! हेरत ! मासुसासु केही छैन " "चिठी ल्याएको छस्?" उनी एकोहोरो बोल्दै थिइन्। मैले सुनीरहंे। केही बोलिन। म हेर्दै गएँ। उनी आँफै बोलिन् ्। "चिठी ल्याएको भए पढ। पढन गएको मानिस पढेकै होलास्?" मैले चिठी निकाले र पढ्न थालें। त्यतिबेला चियाको त्यति चलन थिएन्। एक गिलास दूध दिइन्। मैले दूध पिएँ। उनको रुपरङ्ग, बोलीचाली आदिको साथै कलिलो मुहारहेर्दा कता कता सुवेदी कान्छा र यिनको उमेरमा मेलखाएको पाइन। मैलै मनमनै गुने सुवेदी कान्छा त वुढावुढाजस्ता छन्। यी त तरुनी नै छन्। सायद उनी बुढो भए पछि विवाह गरे होलान्। हुन पनि यी ता सुवेदी कान्छाकी कान्छी श्रीमती रहिछन्। एक छिन पछि डोका भरि घाँस लिएर म जस्तै अग्लो, पातलो, गहुँगोरो उमेरमा म भन्दा जेठो होला जस्तो मानिस आएर गोठमा घाँसको भारी फाल्यो। घाँसको भारी फालेर उनी म तिरै आए। पटाहामा मैले दूध पिउँदै थिए। "यो नौलो मानिस को त?" " सेते लाहुरेको छोरा अरे। बुबाको चिठी बोकेर आएको रहेछ। चिठी बाँचेर सुने। तैले पनि सुन्ने भए सुन? यसैले चिठी राम्रो बाँच्दो रहेछ।" मैले पुनः चिठी पढेर सुनाएँ। एकछिन पछि, सानी फुच्चिले घाँस बोकेर आइ। एउटा सानो बालक, घर वरिपरि खेलिरहेको थियो। अब म त्यहाँबाट हिँडे। सानाखेत, सेतेसन्यासीको घर हुँदै, ढुँगानाका घरतिर झरें। सुन्तलेहरुको घरमा जानु थियो। त्यतै लागें। त्यहाँ पनि चिठी बाचेर सुनाएँ। सुन्तल्नी आमै खुसी हुनु भयो। कति मीठो खाना बनाउनु भएको रहेछ। घिउ थपि थपि खान दिनु भयो। मैले खाना खाएँ तर म जस्तै अग्लो पातलो मानिस र त्यो फुच्चे छोरी को होला भन्ने जिज्ञासा मेरो नजर वरिपरि घुमीरहेको थियो। मैले सुन्तले कहाँ सोधें। ती म जस्तै अग्लो पातलो मानिस र त्यो फुच्चे छोरी त सुवेदी कान्छाकी जेठी श्रीमतीतिरका छोराछोरी रहेछन्। यी दुबैको आमा त वैंसमै मरिसकिछन्। यो संसार छाडेर जाँदा सानी छोरी त काखैमा दूधे थिइन् रे। उनी लाहुरे थिए। घरमा ससाना केटाकेटी सम्हाल्न कुनै मानिसको खाँचो थियो। ससाना काखका छोरा छोरीको देखभालगर्ने कोही नभए पछि सुवेदी कान्छाले अर्को विवाह गरेका रहेछन्। संसार यस्तै हो। यहाँ कोही हाँसी रहेका हुन्छन्। कहीं भतेर हुन्छ। कहीं नाचगान हुन्छ। कहीं कहीं त आँसुझारी रुनेको सङ्ख्यामा पनि कहाँ कमी हुन्छ र । संसार गतिशील छ। त्यसो हूँदा यहाँ यस्ता कर्म भै नै रहन्छन्। एकातिर सांसारिक खेल अर्कोतिर मन वुझाउने काम। यथार्थता कता कता अर्कै हुन्छ। सही कर्मको कार्यन्वयन गर्न कठिन भएको हुन्छ। यहाँ त ती ससाना नाबालक सम्हाल्न पनि स्याहारेको खाँचो थियो। यो खाँचो पूराहुन समय लागेन। कम्पनीको लाहुरे भनेपछि, खोला पारिकाले छोरी दिए। विवाह भयो। छोराछोरी र श्रीमती छाडेर सुवेदी कान्छा पुनः डिगवोइतिर लागे। दिन वित्न कति नै लाग्दोरहेछ र? घर आउने जाने क्रममा सुवेदी कान्छाकी कान्छी श्रीमतीबाट एक छोरा र छोरी जन्मिए। यता जेठी श्रीमतीको छोरा पनि बाँस जस्तै भएर बढ्यो। छोरी भने त्यति वढ्न सकिन। अग्लो आकृति, पातलो शरीर, आँखीभौ पुरै कैलो, कपाल गहुँ गोरो, चेप्टो अनुहार, लामो नाक, सुशील व्यवहार, मुस्कान भरिको हिस्सी परेको मुख, आकृति आदिले गर्दा बालक, रुपवान नै देखिन्थ्यो। सरल स्वभाव र आज्ञाकारी भएकोले सबैले मन पराउँथे। बालक हक्की थिए। यी बालक को शुभ नाम भविलाल थियो। भविलाल रुपको खानी, सामाजिक परिवेशमा मर्यादित, जीवन शैलीमा माधुयर्, भावनामा सागर, जागरुक्तामा अग्नि, प्रकाशमा चन्द्रमा, सबै कलाले परिपूर्ण थिए। त्यो रुपमा गाउँका माधवीहरुले नजर लगाउँथे। तर यो समय अति जटिल थियो। जसमा जातभात, छुवाछुत आदिले जकडेको थियो। त्यसोहुँदा यो प्रेमरुपी चुम्वकले आकर्षण गर्न कठिन थियो। उमेर बढेर आयो । उनी धर्म भिरु थिए। विवाहको समय भयो। आमाको रुपमा सेवारत सानीआमाले कहिलै पनि आमाको माया दिन कत्ति पनि कञ्जुस्याइँ गरिनन्। यहाँ सबै सुखी र खुसी थिए। भविलालको विवाहको सममय भयो। सानीआमाले आफ्नै नातापाता लगाएर छोराको विवाह गरिदिइन्। दुलही भविलाल भन्दा होची थिर्ई। चेप्टो अनुहार, बाटुलपाते कम्मर, सुरिलो बोली, सलक्क परेको कपाल, चिटिक्क परेको ओठ, कुइरो आँखा, कालो आँखीभौ, ओठमा कोठी, स्तनमा मोटी, श्यामल वर्ण, पानपाते कर्ण, गहनाले पूरै नाककान भएका भरिपूणॆ। सुन्दरताकी खानी, मौलाउँदै गएको जवानी, भविलाल बन्दथे प्रेमका दानी, अङ्कमाल गर्दथे सरम मानीमानी, मखमली थिइन् प्रेमकी दिवानी। त्यसो हुँदा यस्ती श्रीमती पाउँदा भविलाल दङ्ग थिए। भविलाल आफ्नो पुर्ख्यौली पूँजीमा पनि धनी नै थिए। यता बाबुले पनि प्रसस्तै कमाएका थिए। पूँजीको खाँचो थिएन। श्रीमतीको रुपमा कमी थिएन। श्रीमतीको करकमलको त्यो मीठो रसदार खाना खान पाउँदा र घरको शृङ्गार पटार हुँदा भविलालले आफूलाई कता कता आनन्दको महलमा फूलको शयनमा सुतेको अनुभव गरिरहेका थिए। बहिनीको पनि विवाह भयो। सानीआमाले आफ्नो छोरालाई लिएर छरितो जीवन चलाउन खोजेकी थिर्ईन्। त्यसो हुँदा उनले छरितो जीवन चलाउन थालिन्। उनीहरु दुर्ई पनि आफ्नो भावना र आकाङ्क्षामा बाँच्न पाएका थिए। भविलालकी श्रीमतीको नाम मखमली थियो। उनले प्यारसँग वोलाउँदा "मखु" भन्दथे। यी "मखु" भविलालकी आँखाकी नानी थिर्ईन्। काममा दुबै सकृय थिए। हलगोरु र जोरभैंसी लैना पालेका थिए। दूध र घिउमा मखमली डुवेकी थिर्ई। यो पौष्टिक खानाले छिटै नै उनको कुखुरे बैंस ल्यायो। जवानीले भरिएको तनमा, कुरा खेल्ने अनेक थरि मनमा, नजर घुम्दथे धरातल देखि नभमा, यस्तै यस्तै अति कुरीकुरी लाग्ने जवानीले उनलाई मत्यायो। गाला राताराता भएर आए। स्तनहरु पनि पुष्ट हुँदै गए। महीनावारी रोकियो। शरीरले डोलो आकारलिदै गयो। नितम्ब पनि चौडा हुँदै गयो। यसै त उसलार्ई नितम्बिनी भन्दथे। गर्भाष्टे भएर नितम्ब बढे पछि त झनै आकर्षण बढ्यो। ऊ अझै रुपसी देखिई। अनुहार चिल्लो हुँदै गयो। गालामा कालोपोतो बसेको थिएन। सबैले छोरा नै पाउँछे भन्दथे। साँच्चै नै दश माहिना लाग्दानलाग्दा मखमलीले छोरा नै जन्माई। सबै खुसी भए। खुशीयाली बाँडियो। छैटी भयो। न्वारान् गरियो। छोराको नाम रह्यो, "शोभाकान्त" "शोभाकान्त" राम्ररी हुर्कन नपाउँदै मखमलीले अर्को छोराको जन्मदिई। माइला छोराको नाम रह्यो "पुष्पकान्त", "गाउँलेले मखमली बर्षाउँते भै " भन्दथे।सबैले "वर्षाउँतेका जन्मदा पनि शरीर कस्तो ठयाम्ठयामती ? कति कसिलो ? र रहर लाग्दो जीउ हो ?" भन्दथे। शरीरको चर्चा परिचर्चा चल्न थाल्यो। जशमतीले भन्दै थिइ "खाना हेरन "हाम्राले सुत्केरीलाई दूध दिन हुँदैन भन्दछन्।" "यहाँ दूध घिउको वारना छैन।" "घिउ त टिनका टिन खुवाउँछ भविलालले।" बाहिरबाट हेर्दा यहाँ आनन्दै आनन्द देखिन्थ्यो। बच्चाहरु जन्मने कर्म जारीरह्यो। साइँलो छोरो जन्म्यो। यो छोराको अनुहार पनि "शोभा कान्त" र "पुष्पकान्त" भन्दा कम थिएन यसको नाम रह्यो "नीमकान्त"। कान्छा छोराको नाम थियो "तुलसीकान्त।" नामाकरणबाट यस्तो देखिन्थ्येा यो घर पवित्रैपवित्रको खानी हो। त्यस बेलाको उखानै थियो। "जसका छोरा उसको धन, जसका भैंसी उसको वन"। भविलालले आफूलाई पुत्रादिबाट धनी ठान्दथ्यो। समय बित्तै गयो। सुवेदी कान्छा पनि बिते। काज क्रिया धर्मकर्म आदि गाउँको रीतिरिवाज अनुसार सम्पन्न भयो। सुवेदी कान्छाकी कान्छी पनि वितिन् । कान्छाकी कान्छीले एक छोराको जन्म दिएकीथिर्ईन्। छोरा पुड्के थियो। निकै फुर्तिलो पनि थियो। कतकता सुनेको वेद र ब्राह्मण भगवानको मुखबाट प्रकट भएका हुन् रे। यसैले यी ब्राह्मण सबै वर्णमा श्रेष्ठ र सबैका गुरु मानिन्छन्। त्यसैले होला ? कतिपय बाह्मणले हलोजोत्न हुँदैन भन्दछन्। यहाँ पनि बेद पढेका जैसीले हलोजोत्न हुँदैन भन्ने चलन थियो। तर सुवेदीहरुले धनी भएर हो या के हो ? हलो जोत्दैनथे। हलोजोत्न हली राखेका हुन्थे। अरु जैसीहरुमा कोही हलोजोन्ते काम गर्दथे र कसैले गर्र्दैनथे। यी सुवेदीले पनि हलोजोत्ने काम गरेनन्। भविलालले पनि हली लगाएर खेतको काम गराउँथे। खेतीपाती लगाउँने जमिनको पायक मिलेको थिएन। केही खेत सिमडाँडामा, केही खेत राङ्गथासमा, केही खेत सानाखेतमा, केही खेत टारमा, केही खेत ठूलो खेतमा, केही खेत बिरुवा र चुरेमा थियो। बारीको हकमा भने सिमडाँडा, भलपोखरा र रातामाटा र सानाखेतमामात्र थियो। बारी त्यति छिरलिएको थिएन। कित्तैकित्ताको जमिन सम्भार गर्न र व्यवस्थापन गर्न गाह्रो थियो। यो जमिनको खण्डिकरण देखि कहिले काँही भविलाल दिक्क मान्दथे र भन्ने गर्दथे " यो नै विकासको अबरोध हो। " लेक देखि व्याँसीसम्म भए पछि गाउँका इष्टमित्र सबैसँग भेटघाट हुन भने सजिलो थियो। गाउँका सबैले उसलाई र मखमलीलाई चिन्दथे। भावनाको आदान प्रदान हुन्थ्यो। भविलाल र मखमली कहिले मलको डोकोबोकेर, कहिले खेतलालाई खाजाबोकेर, कहिले घाँसको भारीबोकेर, लेक र व्याँसी धाउँदथे। उनीहरुलार्ई पाकृतिक सुन्दरताले आनन्द दिन्थ्यो। भावनाको डोरीले जीवन भावलाई बाँध्थ्यो। आनन्दको महसुस मुस्कानबाट झल्कन्थ्यो। आनन्दको लहरीमा घरको दैनिककार्य सँगीत बनेर वगेको थियो। त्यो सुन्दरगाउँको व्याँसीमा मल्याङ्गदी खोला छ। खोलाले आफ्नो निर्धारित बाटो वनाएको पाइन्छ। खोलावारि शंकरपोखरी र खोला तर्ने बित्तिकै कटुवा चौपारी गाउँ विकास समिति लाग्दछ। यो गाबिस मदी र मल्याङ्गदीको भेलले माटो ल्याएर पुरेको फाँट हो। दुबैतिर मदी र मल्याङ्दी वग्दछन्। मोदीलाई मधुगङ्गा पनि भन्दछन्। यी नदी भए पनि कटुवा चौपारी अर्थात ग्याँदीचौरको जमिन सुखा थियो। यहाँ सिँचाइ हुन सकेको थिएन् । मल्याङ्गदीको बाँध बाँधे पछि यहाँ अलि अलि सिँचाइ सुविधा भयो तर आवश्यकता जति भने हैन। यो बाँध पछि हरियाली बढ्यो। पानीको पालीमा हानथापी बढ्यो। कहिले कहीं त राता राता टाउँका पनि देख्न नपाइने होइन। जे होस् ग्याँदी चौरका साहु देखि गरीब समेतको जमिन शंकरपोखरी गा. वि. स मा पनि छ। यो फाँटमा सिँचाइको लागि रुग्दी खोलाबाट ससाना कुलाहरु थुप्रै निकालेर ठूलो खेत चुरे आदि भिजाउँने काम भएको छ। खोलाको मूल स्थानीय भएको र पानीको श्रोत सानो हुनुको साथै ठाउँठाउँमा भुङ्गयान भएकोले जमीनलाई आवश्कता अनुसार पानी दिन सकिदैनथ्यो। वास्तवमा नेपाल पानीको श्रोतमा धनी देश हो। सिँचाइ सुविधा देशव्यापीरुपमा कमी छ। खेतीपाती पानी विना राम्रो हुँदैन। हरियालीले खेतको रमणीयता देखिन्छ। जब धान पहेलपुर हुन्छ त्यतिबेला खेतको दृश्य हेर्न रमाइलो हुन्छ। जसरी एउटी बालिकाको यौवनताको आँकुराहरु सिमलकाँडे देखिदा सुन्दरी देखिन्छे। खेतको रमणीयताको गीतै छ "धानको बाला झुल्यो हजुर खेतै रमाइलो। "यहाँ सुन्दरता छ, वातावरणीय सौन्दर्यता छ, प्राकृतिकी रानीको सुमधुर नाचछ । सारा कर्म सबल बन्दै गएको पाइन्छ । मल्याङ्दी खोला तरेर शंकरपोखरी गाबिस को ठाडो उकालो चढ्दा एक पटक त पसिनाले शरीरलाई निथु्क्क भिजाउँदछ। केही उकालो चढेपछि एकापट्टि जिम्वाल नानीको अति सुन्दर घर, घरको वरिपरि अतिसुन्दर तरकारी खेती, पानीको धारा सलल बगेको, घरको आडमा बाटो, बाटो पारी खेतका तिवारीहरुको घर, बाटो वरिपरि बाँसको घारीहरुको सुुन्दरता, मूलबाट पानी सलल बगेको कति सुन्दर टोल अनि थोरै माथी पराजुली साइँलाको कटेरो आदि रमणीय दृश्यले मनै लोभ्याउने। यो कटेरो माथी लाग्दा ठाडो उकालो, टोपी खस्लाखस्लाजस्तो, यो काटे पछि घिमिरेको खेत, चुरीका तिवारीको खेत, रातमाटाका र सिमका चुगार्ईर्को, यी खेतको माथी सेलचौरेको खेत र रुग्दिका घिमिरेको खेत आदि आदि माझबाट उकालो लागे पछि ठूलो पिपल र बरको रुख भएको चौतारी, यो चौतारीको छेवैमा सुन्दर शिवजीको मन्दिर, शिवजीको मन्दिरमा शंखघण्ट झुण्डिएका, त्यसको छेउमा दुईवटा सत्तल, सत्तलको अघि बसेको साँढेको मूर्ति आदि आदि ले अति राम्रो शोभा बढाएको थियो। यो मन्दिर, यो गाउँका जनताको साझो सम्पति हो। मलार्ई पूरानो स्मरण हुन्छ। यो सम्पति जोड्न गाउँकामात्र नभएर सारा शंकरपोखरीका लाहुरेहरुको लगानी थियो। यी लाहुरेहरुले भजन गाए, चन्दा उठाए, शंकरपोखरीमा स्कुल बनाए। त्यतिमात्र न भै यी लाहुरेहरुले सत्तल पाटीपौवा र शिवमन्दिर वनाए। यी लाहुरेहरुमा कतिलार्ई त एक छाक कसरी टार्ने भन्ने समस्या थियो। छाकटार्न देश छाडेर विदेश गए पनि देशविकासमा उनीहरुको ठूलो चिन्ता थियो। मानिसको भावना हो । भावनालार्ई साकार बनाउन उनीहरु मरिमेटी लागेका थिए। यी स्मरणका पानाहरु कहिलेकाँही एकएक गरेर सिनेमाको पर्दामा चित्र झर्दाझै झर्दछन्। उकालो चढ्दै जाँदा मन्दिर माथी डहरपरी, खेताघर, माझाघर, फेदी आदि टोलहरु पार गर्नुपर्दछ। यी टोलहरु पारगदैॆ अघि बढिन्छ। ती पँगालीहरुका ढुङ्गाले छाएका घरहरु अति राम्रा छन् । यी राम्राराम्रा घरहरुलाई पारगर्दै उकालो चढ्दै जाँदा वनको थालनी हुन्छ। वनको थालनी सुरु हुँदाको साथमा बासुदेवले चिनेको चौतारी आउँदछ। यी चौतारीको सिधै तल ठूलाघरको ऐतिहाँसिक चौतारो र घरहरु देखिन्छन् । केही सोपान चढ्दा नचढ्दा राम्चेको ठूलो छपनी, छपनीको आडमा ठूलो तिजुकोरुख। तिजुकोरुख माथी सानाखेते कान्छाले चिनेको चौतारी। चौतारीको आडमा सानो पोखरी। पोखरीको लािग ल्याउने पानीको कुलेसो। कुलेसाको तल माथी लालुपातेको रुख। राम्चेको पानीको मूल, मूलको वहावले निर्माण गरेको खोलाको आकृति, खोलाको छेउछाउमा जलुका । मौवा देखि लालीगुराँसको लालीमाको साथै कटुज, चिलाउनेका रुखहरुले पाकृतिक सौन्दर्यतालार्ई बढाएका थिए। झुप्प परेको कति राम्रो उनीयोको झाडी, बाटो वीचमा, बाटो तल बाटो माथी कति राम्रो छवि। यो चौताराबाट देखिने कुश्माको बजार, वाग्लुङ्ग देवीको मन्दिर, वलेवाको माथी चुचुरोमा देखिने भैरबको थानको सौन्दर्यता,आदि, आदि। चारैतिरबाट सबैले त्यही गाउँलाई नै हेरेजस्तो लाग्दछ। राम्री रुपसीले शृङ्गार गरेर हिडदा सबै युवाका आँखा क्वारक्बारीत परे जस्तै ती हिमालका शृङ्खलाले यसै गाउँको, प्राकृतिक सौन्दर्यतालाई हेरीरहेको जस्तो लाग्दछ। मेरो कलम पनि अघि वढ्न सक्दैन। सुन्दरताको वर्णन गर्न सकिदैन। त्यो चौतारोका पिपल र वरको रुखले भनिरहेको छ। बस, सधैं छाहारी दिन्छु। हो त ! भारी वोकि, उकालो चढी पसिनिएको शरीरलाई शीतलता दिन रोपिएको रुख। यो रुखको शीतल हावाले शरीरलाई आराम दिने, थकाइ मेटिने र बटुवाको थकान मेटिए पछि पुनः उदेश्य प्राप्तिको लागि बटुवाको अघि वढ्ने काम हुन्छ। यो चौतारीबाट बीसतीस सोपान चढे पछि जोईनेको चौतारी आउँछ। यो चौतारीको आफ्नै इतिहास छ। यहाँ वर र पिपल छैनन्। सानो लाँकुरीको बिरुवा छ। सायद कुनै जमानामा ठूलो लाँकुरी को रुख थियो होला ? यो लाँकुरीको गीतै थियो। यो गाउँमा सायद त्यतिबेला कुनै रुपसी थिर्ईन् होला ? गाउँलाई नै सम्झाउने बिर्साउने बनाउने खालकी। त्यहाँका युवाहरुको गीत गुञ्जन्थ्यो- कति राम्रो जोइनेको लाँकुरी हिजो आज कहाँ गयौ माकुरी यो प्यारो गीत, मेरो बालक कालदेखि मेरो जवानी सम्म सुनेको गीत। गाई चराउँदा, भैंसी चराउँदा गाइने गीत। सायद, आज पनि त्यत्तिकै मीठो होला ? यो सङ्गीतपूर्ण चौतारको आडमा ठाडो पर्खाल, यो पर्खालको आफ्नै इतिहास, यो पर्खालले एकाएक इतिहास बोल्ने। त्यहाँका एक एक रुखहरुले कथा बोल्दछन् । त्यो पर्खालको पनि एउटा कथा छ। जहाँ भाइभाइमा झगडा भएको थियो । त्यो पर्खाल राती गएर कसैले भत्काए । त्यतिबेला अड्डा स्याङ्जामा थियो। पर्खाल भत्काउनेहरुलार्ई स्याङ्जा नुवाकोट पुर्याइयो। कति बुढाहरु भागा भाग भए। मुद्दा चल्यो। कसैले क्षतिपूर्ति तिरे। यस्तै जमाना थियो। बारीको छेउमा एउटा कटेरोले आफ्नै सोभा दिएको थियो। यो कटेरो कीरा (बाघ) पँगालीको थियो। कस्तो नाम कीरा (बाघ) पँगाली, त्यो बेला त्यस्तै त्यस्तै नाम राखेको पाइन्थ्यो। यो नाम त भालू पँगालीका भाइको हो। बाघैजस्ता मानिस, त्यसैले त नाम राखे कीरा पँगाली। मैले पनि देखेको थिएँ। उनको हातमा छाता भएको । लामो कछाड पारेको । गाउँका धनी, नाममा पनि त कीरा पँगाली भने पछि सबै गाउँ छिमेकीले चिन्दथे। त्यतिबेलाको चिनारी यस्ता धेरै नामले यो गाउँ प्रसिद्ध थियो। कसैको नाम तीता पँगाली, कसैको नाम चिप्ले पँगाली, कसैको नाम गाले पँगाली आदि आदि। यस माथी अंधेरी पानी आउँदछ। यहाँ पनि चौतारो छ बुचा पँगालिले चिनेको । यस चौतारीमा बर पिपल छैनन्। यहाँ मौवाको रुख छ। कस्तो अशुभ। गाउँलेले भन्ने गर्दछन् ा " बुचा पँगालीको अपुताली परेको थियो ।" अबत उकालोको केही सोपान मात्र पार गर्न बाँकी छ। यो चौतारो पार गरे पछि भलपखरा आउँदछ। भलपखरा माथी बरालको घर, त्यो घर काटे पछि एका पट्टी लागे स्यालचौर आउँद छ। अर्को पट्टी लागे शंकरपोखरी, सरर हावा चल्ने डाँडो, आडैमा माध्यमिक विद्यालय। थापाथर र गोतामे थरको आफ्नै रौनक । यी आदि आदिको अनेकतामा एक रुपताको शंकरपोखरी । यसै गाउँमा बसोबास गर्थ्यो झिल्के। झल्के (काल्पनिक नाम र थर) ,यो रमणीय गाउँको नमुना मानिस। कता कता जीवन पथमा बन्न गएको तन्नेरी हजुरबा । यो उपन्यासको नायक, जस्को कर्मबाट निर्माण हुन गयो यो उपन्यास। झिल्केको घर, झुप्प गाउँ, गाउँको वरिपरि बारी, बारी तल खेत, खेतको तल खोलो, खोला वारि बारी र त्यही बारीमै बनाइएको घर, साधारण जीवन, दुर्ई पाखे घर, घरको पालीमा गोठ ,गोठमा एउटा भैंसी, सौन्दर्यताको काखमा विपन्नतामा बाँचेकी झल्केकी श्रीमती। आमा र बाबुले झल्केलाई छोडेर यो संसारबाट विदा भैसकेका थिए। झिल्केको जीवन साधारण थियो। एकमुखे केटा, दुःख भोगेकाले छोरी राम्ररी पाल्दछ भनेर कर लगाइ लगाइ विवाह गराइएको थियो तर त्यसो हुनसकेन। उसले आफ्नो जवानीमा घरकीलाई भन्दा परकीलाई रुचाउने, त्यस्लेगर्दा उसको जीवन यौवनतालाई सुख पुग्न सकेन । ऊ राती राती दोहोरीमा जान्थ्यो। आफ्नी घरकी शुशीलालाई कहिलै न्यानोपार्न चाहेन। त्यसो हुँदा उनी पनि आफ्नो बाटो तताइन्। बाटो नतताएर पनि के गर्ने उनी खाना र उसको न्यानो मायाबाट नै बञ्चित थिर्ईन्। त्यस पछि खोला पारिकी साइँलीलाई भित्र्यायो। खर्च वढ्नगइ गरीबीले अत्याएको, जवानी र बानीले मत्याएको, कताकता भाग्यले सताएको व्यक्ति थियो झिल्के। दुःखी जीवन बिताउँदा पनि झल्केले आफूलाई राम्रोरुपमा प्रष्ट्याउँदथ्यो। उसलाई सबैले मन पराउँदथे। ऊ जवानीमा कति सुन्दर थियो होला ? मलाई काकाले देखाउँदा त उसका दाँत फुक्लिसकेका थिए। उसको गोरो अनुहार, चिल्लो मोहडा, सेतो कमिज, खैरो पतलुङ्ग ढाकाको टोपी, स्टकोट, लगाउँदा त ऊ सिनेमाको नायक जस्तै देखिने। कति उज्यालो मानिस ? उसको जवानीमा त ऊ अबश्य पनि कामदेवजस्तै देखिन्थ्यो होला ? बिकृतिलार्ई मानिसले नै निम्त्याउँदछन्, घरका सतिसावित्रीलार्ई मानिसले नै कलङ्किनी बनाउँदछ,न्। आदि आदिले समाजमा कसरी कलङ्क ल्याउँदछन् ? आदिमा काका तल्लिन् हुनुहुन्थ्यो। काकालार्ई अतीतले सताएको थियो। बिकृतिको मूलजरोमा काका जान चाहानुहुन्थ्यो। काकाले मलार्ई भन्दै हुनुहुन्थ्यो। "भरखर भरखर यो गाउँमा भोटो र कछाड फालेर पतलुङ्ग र कमिजले ठाउँ लिएका थिए। उसले पनि पतलुङ्ग लगाउन सुरु गरेको थियो। जुल्फीपाल्ने चलन पनि सुरु भएको थियो गाउँका बुढा बुढीले "क्या जमाना आयो सबै चुरेटाजस्ता भए" त्यतिबेला चुरा वेच्ने मानिसहरुले जुल्फी पालेको पाइन्थ्योा बन्न थाले गाउँका युवकहरु" भन्ने गर्दथे। झिल्केले पनि क्या राम्रो जुल्फी पालेको थियो। मस्त जवानीको साथै ऊ अति आकर्षक थियो। मस्त जवानीको आकर्षणले भरिएको युवा युवतीको एक अर्कामा आकर्षणहुनु भनेको कुनै अनौठो होइन । यहाँ पनि उसमा सौन्दर्यताको आकर्षण थियो।युवती उसको रुपमा आकर्षण हुन्थ्यो। वास्तवमा सौन्दर्यताले सुकीर्ति र विकृति दुबै निम्त्याउँदछ। र्सौन्दर्यता सुन्दरताको र सुकर्मको लागि हो। यो सौन्दर्यता सुकर्मको लागि प्रयोग भयो भने अबश्य नै यसले सुवास फैलाउँदछ। कुकर्ममा सौन्दर्यतालाई प्रयोग गरियो भने अमृतमा विष मिसिए सरह हुनजान्छ। फूल सौन्दर्यताको लागि हो। प्रयोग प्रयोगमा फरक पर्दछ। मानव समाजमा धर्म कर्म रुपरङ्ग भावना, कामना आदिले अबश्य प्रभाव पार्दछ। हाम्रा धार्मिक ग्रन्थहरु तथा ठूला ठूला दार्शनिक तथा कविहरुले पनि प्राकृतिक सौन्दर्यतालाई उच्च महत्व दिएका छन्। सुन्दरताकी मूर्ति, कटिकेशरी, नितम्व र तन उठेको, घुंग्रिएको कपाललाई सुन्दरीको रुपमा महत्वदिएको पाइन्छ। युवाहरुको रुपको त्यति वर्णन गरेको पाइँदैन। तर यहाँ झल्केको रुपलाई वर्णन जति गरे पनि सकिदैन। उसको यो रुप नै पुतलीहरुलाई बत्तिमा पार्न, उसको जीवनको ठूलो खम्वा बन्यो।" यो कर्ममा ऊ कति अघि बढो। यो त उही झल्के जानोस् तर हामी भने सामाजिक चिन्तनमा मस्तै भिडियो। परिच्छेद तीन कोहोलपुरचोकमा बसहरUUuuuू दकुरीरहेका थिए। कोहलपुरप्रसारणले आफ्नो कार्यक्रम प्रसारण गरिरहेको थियो। बसहरु आफ्नै रफ्तारमा थिए। रेक्सावालाले यात्री खोज्दै थियो। म र काका छाहारिमा बसेर बदाम खाँदै थियौं। मलार्ई कता कता कुरा जान्ने काउकुती लाग्यो। मैले आफ्नो मौनतालार्ई तोडें। काकाको ध्यान आकर्षित गरें। मैले काकालार्ई सोधे "काका झिल्केले उसको जीवनमा समाजमा कस्ता कस्ता घटना घटायो त ?" "हेर ! उसको सौलो जीवन नै शृङ्गार रस हो। यो रसको लोभि मानिस, सधैं रसस्वादनको लागि दौडि रहेको हुन्छ।" काका भन्दै हुनुहुन्थ्यो। "मानिसको जीवनमा धेरै उतार चढाव हुन्छन्। धेरै जसोत मानिसले नै निम्त्याउँदछन्।" मैले कुरा राखें "ठीक भनिस् हेर ! जीवनमा बाटो बिराए पछि मानिसले दुःख पाउँदछ।" काका भन्दै हुनुहुन्थ्यो। "झिल्केको भावीजीवन कता मोडियो ?" मैले सोधे काकाले उसको भावीजीवनको कथा लिएर अघि बढ्नु भयो। काकाले कथा सुरुगर्दे भन्नुभयो सुनः― "यसै गाउँमा भविलालको घर थियो। भविलालको पाइक पनि झल्केको घरतिरै पर्दथ्यो। बास्तवमा भविलाल आदर तथा आचरणको खानी नै थियो। सबैलाई रिझाउने बानी भएकोले उसँग काम गर्न, अर्मपर्म तथा अैचोपैचो गर्र्न सबैको चाहना हुन्थ्यो। यता झल्केलाई परेली गर्न परकेा थियो। भविलाललाई हलोजोत्ने मानिस चाहिएको। खोला पारि परेली गर्न टाढा पर्ने खोलाबारी उसले परेली गर्ने साथी नपाउने। ऊ पीरलिएको थियो। सन्जोगको कुरा काम गर्ने र काम गराउने दुबैको कुरा चल्यो। भविलालले परेली बाहेक बढ्ता कामको मजुरी दिने भने पछि त झल्केलार्ई चित्त बुझ्यो। काम गर्ने कुरा मिल्यो। घरको खेतबारी जोतेर पनि मजुरी समेत पाउने भए पछि झिल्केले भविलालसँग परेली गर्न सहस्र स्वीकार्यो। अब झिल्केलाई घरको कामको समस्या हलहुने भयो। अर्मपर्म गरेर घरको खेती पाती लगाउँने, श्रीमतीले पनि त्यहाँ गए वापत ज्याला पाउने भए पछि उसलार्ई धेरै राम्रो भयो। अब घर चलाउन समस्या भएन। भविलालका तारे र चम्रे गोरु थिए। मुखियाका गोरु भन्दा कम थिएनन्। मुखियाको गोरु र भविलालका गोरु फाँटमा नारे पछि अरुका गोरुको जोताइ आँखै लाग्दैनथ्यो। सलक्क ! सलक्क ! मेलो त कति हो ! कति ? खेतालीले मेलो भ्याउनै सक्दैनथे। भविलाल भिल्कल्केको काममा प्रसन्न थियो। हलोजोत्न थाले पछि आशागरे भन्दा बढता जोतिदिन्थ्यो। भविलालको घरमा झिल्केको पाउ परे पछि मखमली पनि दङ्ग थिर्ई। मखमलिलार्ई झिल्केको सुन्दर अनुहार हेरौहेरौ र मीठो बोली सुनौसुनौ लाग्दथ्यो। मखमलीले उसलाई एकटक्कसँग हेर्दथी। उसका भावनाहरु चोर्दथी। मुसुक्क मुस्काएर बोल्दथी। उसले खाएको कक्कड(कक्कड) मखमलीले सजिलैसँग खान थाली। अब त उसले सल्काएको चुरोट र तमाखु मखमली र भविलाल दुबैले एक एक सर्को भन्दै खान थाले। लालटेनमार्का सिगरेट त्यतिबेला अति प्रचलित थियो। झल्केले यो सिँगरेट भन्दा त कक्कड नै मीठो भन्दथ्यो। लाली मिसाएको कक्कड लालटिनमार्का सिँगरेट भन्दा निकै मधुरो हुने कुरा झल्केले भविलाललाई भन्दथ्यो। अब त मखमलीले आफ्नो भावना धक फुकाएर खोल्न थाली। मजाक र डठेउली हँसिला रसिला कुराहरु पनि त शनैः शनैः चल्न थाले। एकले अर्कालाई आँखाको परेलीभित्र राख्न थाले। मखमली झल्केकी अँखाकी नानी बनिसकेकी थिर्ई। संसार सबै सज्ज नै सज्जनको फूलबारी सम्झने भविलाललार्ई, मखमली र झल्के बीचको सुमधुर सम्वन्ध के थाहा? शङ्का गर्दा लङ्का पिर्दछ भन्ने उखानै भएको यो देशमा शङ्का गर्नु पनि त उचित हैन। चार चार छोराकी आमाले झिल्केको सम्बन्धमा आउली भन्ने भविलाललाई के थाहा? दिनभरिकि कर्मयोगी, रातभरिकि जीवन सङ्गिनीको दिलमा कालो गोमनले बास गरेको होला भनि कसरि कल्पना गर्ने ? यो कल्पना बाहिरको कुरा थियो। त्यसो हुँदा भविलालले पनि कहिलै सङ्का काटेन। ससाना छोराहरुले आँगन भरेर खेल्दथे। भविलाल यसैमा व्यस्त थियो। राजकुमारजस्ता छोरा थिए। श्रीमती अति प्यारी थिर्ई। आनन्दताको लहर चलेकै थियो। एक अर्कामा मायाजाल सानै देखि प्रवल थियो। खानपिउन आदि सबै राम्रै थियो। त्यसैले त मखमली भरखरकी पट्ठी देखिन्थी। यो खानपान र मस्त जवानीको फाइदा त भविलाललार्ई भन्दा झिल्केलाई वढ्ता हुनथाल्यो। विस्तारै झिल्के घर जाने काम पनि घटाउन थाल्यो। झिल्केको घर अलि एक फर्लाङ्ग जति हिड्न पर्दथ्यो। अलि अबेलासम्म काम गर्दा घर जान ढिला हुने र घर जान पनि नपर्ने हुँदा अब त गोरुफुने काम पनि ढिलो हुनथाल्यो। घर जान नभ्याउनु नै मखमलीको लागि सौभाग्य हुन्थ्यो। मखमलीले घर नजावोस् भनि धेरै काम लगाउँथी। बरु भविलाललाई काम नगरे हुन्छ भन्ने सुझाव दिन्थी। झिल्केले पनि गोरु घस्याउने, भैंसी दुहुने र घरको कामहरु गर्ने गर्दथ्यो। काम वमोजिमको माम, दूध र घिउको मात्रा झिल्केको भागमा बढ्दै गएको थियो। झिल्केकी श्रीमतीले झिल्केलाई घरमा जान जोड गर्दथी तर मखमलीले सकेसम्म काम वढ्ता देखाएर घर जानबाट रोक्दथी। मखमली र झिल्केको आफ्नो मनोरञ्जनको खेल दिन प्रति दिन सफल हुँदै गएकोमा दुबै जना खुसी थिए। मखमली झिल्के भन्दा वढ्ता आनन्दित थिर्ई। नयनमा नयन मिल्दथ्यो। भावनाको आदान प्रदान हुन्थ्यो। जवानीको साटासाट हुन थाली सकेको थियो। सिकुटे परेकी झल्केकी घरकीलाई अब अङ्कमाल गर्न झिल्केलाई के स्वाद ? झिल्केलाई घरतिरको माया मरिसकेको थियो। घरमा अब त झिल्केको स्वभावै वदलिएको थियो। घरकी सित अब ऊ हरेक कुराम्रा चिढिन्थ्यो। सज्जन महिला भएकीले धेरै कुरा घरकीले सहेकै थिर्ई। झिल्के जीवन सङ्गमबाट पनि टाढिन खोज्दथ्यो। घरकीले दिएको माया प्रीति अब खल्लो खल्लो लाग्न थालेको थियो । तर घरकी जेठी श्रीमतीले शङ्का निकै कम काट्थी । कहिलेकाहीं ऊ भन्दा मोटीघाटी र चिटिक्क परेको अनुहारले दिल लुट्न सकने सम्भावनामा ऊ शङ्कालु पनि वन्थी। अर्कोतिर घर थाम्न साहुको घरको काम त गर्नु पर्यो। साहुनीले पनि राम्रो गरेकी त छन्नी। चामल र ज्यालाखर्च लिन जान पर्दैनथ्यो। सकेसम्म खर्च पर्च अग्रिमै जान थालेको थियो। सायद उसकी श्रीमतीलार्ई त्यो कुरा थाहा नलागोस् र त्यता नआवोस् भनेर होला ? झिल्केकी श्रीमतीले उसलार्ई ईश्वरको रुपमा मान्दै आएकी थिर्ई। उसले श्रीमान व्दारा हुन गइरहेको दानवी खेलेको थाहै पाउन सकिन। उसका लागि "पिठ्यूँ परिको चोर बाबु सरह" भयो। उता गाउँमा चर्चा चल्ने सम्भावना पनि त्यति थिएन। किनकी श्रीमान साथमा थियो। घर पनि एकान्तमा थियो। उनीहरुले खेतबारीमा चलाचल गरेको बेला कसैले देखेमात्र चर्चाको विषय हुन्थ्यो। फाटफुट कुरा नचलेका पनि होइनन् तर भविलाललाई कसैले सुइँको सम्म पनि दिएनन्। दुबैको यौन सम्वन्ध धेरै अघि बढीसकेको थियो र यी दुबैलार्ई धेरै नजिक्याएको पनि थियो। अब त दुबै दिन रात एकै हुन चाहे। पापी मन परतिर जा भने झै, यो संसार उनको लागि तीतो लाग्यो। अर्को संसारको कल्पना दुबैमा पलायो। मखमलीको लागि भविलाल र छोरा छोरी भन्दा मीठो स्वाद झल्के भयो। त्यो मीठो स्वादलाई निरंतरता दिनु उपयुक्त्त मखमलीले सोची। महाभारतको शकुनीको पाठ मखमलीले रची, छोटो कम्मर तीन ठाउँमा भाँची, भविलालको सम्पतिमा ऊ राम्रासँग नाची र भावी मार्ग सफल पार्न भविलालको सम्पतिलार्ई आफ्नो खोल्तीमा साँची। यस्तै क्रममा यहाँ दिन प्रतिदिन झिल्केको बास भविलालको सर्बनाश हुँदै गएको थियो।"
पच्छिेद चार
काका कुरा गर्दा गर्दै अडिनु भयो। सायद काकालार्ई एकोहोरो कुरा सुनाउन दिक्क लाग्यो होला ? मेरो भने कौतुहलता बढेको बढेकै थियो। गाउँ खाने कथा कसैले सुनाउँदा साना बालबालीकाहरु एक टकसँग सुनि रहन्छन्। काका धेरै चतुर हुनुहुन्थ्यो। उहाँले कुरा बुझ्नु भयो त्यस पछिका घटनाक्रमलार्ई अघि ल्याउनुभयो। "कुनै वाहनागर्न चाहिने निहुँ, त्यसको लागि आवश्यक पर्ने वीउ, त्यसलार्ई प्राप्तगर्न फाल्न सक्ने जीउ,। यस्तै हो यहाँ पनि बाहना चाहिएको, घरमा दाउराको खाँचो भकएको, यही बेला गाउँमा कामको माचो, दुबैले खोल्नु थियो भावनाको साँचो। त्यसो हुँदा आज दुबै दाउरा लिन भाँगेको वनतिर लागे। वन घना थियो। कहिले काँही बाघको डर थियो। दुबै राहाले पानी जाने चौतारी काटेर राक्सेतिर जाने बाटोतिर लागे। आज दुबैले सौलो वन आफ्नै बनाउने रहर थियो। उनीहरुलार्ई बाटाको नजिक बस्न पनि त डर थियो। गहतरा, डाँडा र खोरियाकाले गाईगोरुहरु चराउन त्यतै ल्याउँदथे। कामको माचो भएकोले घरका ठूलाठूला मानिस काममा व्यास्त थिए। गार्ईगोरु चराउन पनि केटाकेटी आउने भएकोले, आज यो वनतिर गार्ईगोरु चराउन आउने सम्भावना पनि कमै थियो। त्यसो हुँदा चारैतिर वन, वनको माझमा ओझेल परको खाली चौर, चौरमा हरियो घाँसको गलैंचा, गलैचा माथी मखमलीको पछ्यौरा, पछ्यौरा माथी झल्के र मखमलीको बसाइ अनि त्यहाँ अति सुन्दर जङ्गलको मङ्गल। उनी दुईलाई देख्ने भनेका वनका चराचुरुङ्गी र बोट बृक्षमात्रै न हो। चराचुरुङ्गीले पोल खोले पनि कसले यिनको बोली बुझ्ने ? अन्याएको र अप्राकृतिक कर्मको बिरोध चराले पनि गर्दछ। यो बिरोध कसैले सुनेर मनन चिन्तन गर्न सकेपो यसको अर्थ हुन्छ। त्यसो हुँदा यिनको डर कसैलार्ई पनि थिएन। यो जङ्गलको मङ्गलमा झिल्के र मखमलीलार्ई आनन्दसँग डुवेर भावना पोख्ने रहर थियो। यी दुबैलार्ई आजको दिनको मोज र बिहान मखमलीले खुवाएको भोज दुबै स्वादिला थिए। झिल्केले मखमलीको मीठो म्वाइँ लियो। मखमलीले पनि आफ्नो सारा यौवन आज एकान्तमा पेटभरि समर्पण गरि। दुबैले यौवन क्रीडाको यस्तो रसस्वादन यो भन्दा पहिला कहिलै लिएका थिएनन्। झिल्केले कुरा निकाल्यो "मखमली अब हाम्रा दिन कसरी वित्दछ ? " , "किन र ? राम्रोसँग वित्दछ।" "हामी यहाँबाट टाढै जाउँ , हुन्न र ?" "कसरी सम्भव ? त्यसै कहाँ जाने ?" "यो लुकाछिपी अब त अति भैसक्यो ?" "कति दिन छिप्छ र ? अस्ति मुखिनी ले कसरी प्याच्च भनी " "तिमीहरु त टाँसिंदैपो छौ नी अलपत्र पारौला सुकेलाई " "त्यतिबेला तिमी कति राती भएकी थियौ। मेराे पनि त शीर झुकेको थियो" "मखमली– हामी टाढा जानुपर्दछ ? यो ठाउँलाई सधैको लागि छाडेर " "यी बालकहरु के गर्दछेउ ? यिनलाई त लान सकिदैन " "मैले पनि लाने विचार गरेकी छैन " "अब उपाय रचौं । " "उपाय त जानेमात्र भए के नै छ र ?" "जाने कसरी ? कहाँ जाने? के खाने? प्रश्नै प्रश्न छन् ।" "एउटा ज्यान त कुकुरले पनि पाल्दछ। कस्तो नामर्द ?" मखमलीले दह्रो स्वरमा भन्दछे । "म तपाइँसँग जान संसार सबै त्याग्न तयार छु ।" "ससार त्याग्नु भन्दा, संसारमा हामी दुर्ई कसरी बाँच्ने ? यो पो ठूलो कुरो हो। तिमी यत्रो शोखमा बसेकी छाै। तिम्रो श्रीमानले यत्रो शोख दिएको छ। म गरीबले तिमीलाई कोदाली र आँसी शिवाय के दिन सकुला र?" "सन्तुष्टी विनाको डनलप र सन्तुष्टीसँगको काँडाको शयन अबश्य नै काँडाको शयन सुखदायी हुन्छ।" "यो एउटा आदर्शमात्र हो । आदर्शले खान दिदैन, लाउन दिदैन र आखीरमा सुखसँग बाँच्न पनि दिदैन। यथार्थतामा उत्रौं ?" "म यथार्थतामा उत्रेकी छु ?" "उसो भए के गर्ने ?" "अब हामी चाँडै यो गाउँ छाडेर जाने।" "कसरी ?" "कस्तो मानिस जसरी गए पनि जाने। जाने भने पछि जाने" "ल त जाने कहिले जाने ?" "वुधवार जाने " "कहाँ जाने?" "तराई तिर जाने?" "सर्बप्रथम तिमी दुर्ईचार दिन बाहिर जानु छ भनी जाने र तिमीलाई भेट्न म आउँदछु।" "तिमी कसरी आउँदछेउ?" "म माइत जाने निहुँ लिएर आउँदछु " "खर्चपर्च नी ?" "मैले ठीक गरिसकेकी छु मखमली झिल्केसँग जानपाए पछि संसार सबै त्याग्न तयार थिर्ई। उसले घर छाड्ने निधो धेरै पहिला नै लिइसकेकी थिर्ई। समय पार्दै उसले घरको अनाज विक्री गरि सकेकी थिई। भविलालले थाहा नपावोस, भनेर उसले सबै भकारीमा परालले भरि, गोवरले राम्ररी टालिसकेकी थिई। यो घटना कसैले थाहा पाएनन्। सारा कर्म लुकी लुकी भयो भन्दछन् "लोग्नेमानिस भनेको काठको बार हो।" हुन पनि भविलाल साच्चिकै काठको वार सरह नै भएर रह्यो। झिल्के शनिवार वलेवा र दमेकतिर जानु छ भनी हिडी सकेको थियो। घर उसले दुर्ई दिन राम्रोसँग आफ्नी श्रीमतीसँग बितायो। त्यो अन्तिम रात घरकीले पनि मीठो माया पाई। घरकीले त्यतिबेला कति मीठो माया दिएकी थिई। डनलपमा पाउने गरेको त्यो मीठो माया, दाउरैदाउरा भएकी त्यो सुकुटीबाट पाउँदा झिल्केलार्ई के स्वाद, तै पनि यो रात नै ती सुकुटीसँगको अन्तिमरात थियो। अव मायाको साथमा सुकुटीलाइॆ नसमेट्ने गरेर ऊ कोल्टे फर्क्यो। भएका सबै पैसा उसले वटुलेको थियो। मङ्गलबार घरबाट निस्क्यो। वुधबार विहानै ऊ कार्कीनेटा जान हिड्यो। मखमली एकाबिहानै उठी। पधेरोमा गएर स्नानगरी, उसले खाना पकाई। छोराहरुलाई खुवाइ र भविलाललाई पनि सोधी सोधी खाना थपी। उसको यो अन्तिम खाना पकाइ र थपाइ थियो। खाना खाइसके पछि भविलालसँग माइत पुगेंर आउँदछु भनेर विदा मागी। उसले राम्रा राम्रा लुगाको सानो पोको वनाएकी थिर्ई। राती सेलरोटी पनि हालेकी थिर्ई। भविलालले "चाँडै आउनु है, कान्छो रुन्छ" भनेको थियो। "बस है बाबु" भनी एक पटक सबै छोरालाई उसले हेरेकी थिर्ई। पुनः किन हो किन सबै छोरालार्ई पुनः हेर्न मनलाग्यो। उसले पुनः एकपटक नियालेर हेरी, कान्छा छोरालार्ई चुमी। बस है बाबु मैलै मामा घर बाट मीठी ल्याइदिन्छु भन्दै अघि बढी। कान्छो रुदैपछि लाग्न खोजेको थियो। उसलाई भविलालले समाएर राख्यो। मखमली घरबाट ओरालो झर्न लाग्दा उसले एकटकसँग भविलाललार्ई हेरी, यो नै उसको जीवनको अन्तिम प्रेम विछोडको तीखो हेराइ थियो। अब त ऊ तलतिर झर्न थाली। माइत जाने वाहना, घर छाड्ने चाहना, मखमलीको खोलै खोल भयो रमाना। "यो आईमाईको हिडाई राम्रो छैन।" खोलाका कान्छाले भने "तिमी त जैसी जाने जस्तै छ नी "दुर्ई पाखेकाले भने "यसको ठिटो बिहानै यतै गएको थियो " लामगादेले भने। "आर्काका कुरा किन काट्ने ?" जयश्री ले भनेकी थिर्ई। "कोहीसँग बोल्दैमा सबै चिज हुने हो र ?" मासिन कस्तो वैगुनी जयश्री वरवराई रहेकी थिर्ई । उसका कुरा कसैले सुनेनन् । उसको बुझाइ पनि राम्रै मान्नु पर्दछ । सिमखेतमा पुगेंर ऊ ठिङ्ग उभिइ। कार्कीको दोकान आज बन्द थियो।ऊ जता लाग्दथी तथा जता हेर्दथी उसलाई हेरेर कोही रिसाएको जस्तो कोही खिल्ली उडाए जस्तो भान हुन्थ्यो। उसलार्ई खोलाको किनारमा बनेको सत्तलले चियाएर हेरीरहेको थियो। उसको ससुरा र डिगबोईका लाहुरेहरुले चन्दा उठाएर बनाएको सत्तलमा उसले आफ्नो ससुरा र डिगवोइका सबै लाहुरेहरु एकै स्वरमा बोलेको भान हुन्थ्यो। बोलीको एउटै आवाज थियो।उसको कानमा "मखमली तैंले गलत बाटो रोजीरहेकी छस्" भन्ने शब्द गुञ्जिरहेको थियो। त्यो होचो होचो झुप्प परेको स्वामीको रुखले उसको बाटो छेकी रहेको थियो। उसले त्यो स्वामीको रुखलाई हेरीरहन्छे। स्वामीका रुखका हाँगा, िवंगा, पातहरुले बिद्रोह गरिरहेका थिए। पुनः उसको कानमा कताकता "ती बच्चालाई नछाड नछाड भनी रहेको आवाज कानमा टक्राइ रहेको थियो" उसले यो सबै सुन्न सक्दिन । मखमली अलिक अगि बढ्दछे। कता कता सर्पले बाटो छेक्दछ । ऊ अझै छटपटिन्छे। केही छिनमा सर्प पनि आफ्नो बाटो लाग्दछ। ऊ हतारहतार गर्र्दै उकालो चढ्न थाल्दछे। जति जति ऊ हिडदछे सबै हाँसीरहेको देख्दछे। अब त उसको नजरमा खोलो रुन्थ्यो। ढुङ्गा हाँस्दथे र रुखहरु सबै ढलेर बाटो छेक्दथे। यस्तै यस्तै महसुस गर्र्दै मखमली अघि बढी। केही सोपान पार गरे पछि एउटा स्वामीको रुखको फेदमा बसेर झिल्केले मखमलीलार्ई कुरीरहेको थियो। यहाँ दुबै भेट हुन्छन् । दुबैले लामो सास फेर्दछन्। अब दुबै कार्कीनेटातिर लम्कन्छन्। मखमली अति दुधालु थिर्ई। उसले कुनै पनि बेतमा छोराहरुलार्ई भैसी या गार्ईको दूध खुवाउनु पर्दैनथ्यो। छोराहरु पनि रिष्टपुष्ट थिए। कान्छो दूधे थियो। स्तन चस्कन थाले। उसले कुना काप्चा देखिने बित्तिकै दूध निचोर्न थाल्दथी। यस बेलामा "कान्छो छोरा रुन्छ है चाडो आउनु" भनेको वचन कता कता उसको कानमा प्रतिध्वनि भएर आएजस्तो लाग्दछ। ऊ झस्याङ्ग हुन्छे। नयाँ प्रीत, नयाँ श्रीमान नयाँ बाटो र नयाँ जीवन कल्पनाले गर्दा उसलार्ई ती छोरा र त्यो श्रीमानको सम्झनाले नसताए पनि त्यो छातीको चर्काइले भने उसलाई सानो छोराको याद दिलाएको थियो। मखमली र झिल्के कार्कीनेटामा पुगे। कार्कीनेटाबाट माइती घर र आफ्नो छाडेको घरलाई हेरेर उनीहरु कार्कीनेटाको ओरालो ओर्लन थाले। त्यो ओरालो सकियो आँधीखोलाको किनारमा पुगियो। अबत विचारीले चिनेको चौतारोमा दुबै पुगे। विचारीचौतारामा पुग्दा मखमली फेरि झस्किई। मखमलीको कानमा कता कताबाट आवाज आए जस्तो लाग्दथ्यो। विचारीले भनीरहेका थिए "मखमली तेरो मनको आदालतले तँलाई छुटकारा दिए पनि ईश्वरीय अदालतले तँलाई कहिलै क्षमा गर्ने छैन। ऊ टक्क उभिई। झिल्केले "थकाइ लाग्यो" भन्दै थियो। मखमलीले " लागेको छैन" भनी र अघि बढी। अबत झमक्क साँझ पर्यो। दुबै थकालीको घरमा बाँस बसे। खानपिन भयो। अब दुबैबिस्तरातिर लागे। आनन्दमा डुव्ने बेला भयो। झिल्के र मखमली एक अर्कामा अङ्कमाल गर्र्दै निदाउने कोसिस गरे। झिल्के निदायो मखमलीका आँखा लाग्नमात्र के आँटेका थिए। उसको कान्छो छोराले रुँदै दूध मागी रहेको थियो। सबै छोरा उसको वरिपरि थिए। कता कता मखमली चिच्चाई। झिल्केले किन डराएको भन्यो तर मखमली केही बोलिन। यति बेला कता कता उसको हृदयमा तीखो काँडाले घोचेजस्तो महसुस भयो। अन्धाअन्धीको आँसुबाट बगेको आँधी खोलाको कलकल आवाज छल छल बगेकोथियो। यो अन्धाअन्धिको आँसु कता कता मखमलीलाई आज आँफ्नै आँखाबाट बगेजस्तो लागेको थियो। यो सौलो रात काँचै गयो। उसलार्ई भोगको रोगले ग्रसित पारिसकेको हुँदा ऊ आँफैमा अनिर्णित थिर्ई। पल्लो भाटीको कुखुरो बासी सकेको थियो। घोडा र खच्चडहरू हिंडडुल गर्न थाले। मखमली र झिल्के अघि बढे। सेती दोभान काट्न लाग्दा कामी कान्छो, दमै जेठो , पँगाली साइँलो, थापा थाईलो, तिवारी ठूलो कान्छो नुन र तेल बोकेर आँउदै थिए। यी जोडी पनि नुन लिन आएको कुरा बताए। कसैले पत्याए। कसैले पत्याएनन्। माझाघरे साइँलाले त मुखै फेरेर भनेका थिए। के हो? तिमीहरुले धर्म छाडे जस्तो छ नी ? यति बेला झिल्के केही बोल्नसकेन तर मखमलीले भने नुन लिन आएको तुरुन्तै फर्कने हो भनी। "फर्के त राम्रो भयो" भन्दै माझाघरे साइँला त्यहाँबाट आफ्नो बाटो नाप्न थाले। बाटोमा यी सबैले "झिल्केले उडायो" भन्न थाले। सबैले भविलालको भोलापनाको नतीजा भन्दै सहानुभूति प्रकट गर्र्दै थिए।
परिच्छेद पाँच काका भन्दै हुनुहुन्थ्यो " हेर ! भिरबाट खस्ने गार्ईलार्ई राम राम भन्न सकिन्छ तर काँध थाप्न सकिदैन" मेरो कौतुहलता अझै बढ्न गयो। काकाले यस्ता उखान टुक्का जोड्न अति सिपालु हुनुहुन्थ्यो। मैले काकालार्ई भने काका त्यो सानो बच्चाको के दुर्दशा भयो होला ? भविलालको जीवन पथ कता लम्क्यो होला ? काका मुस्कुराउनु भयो र वेलीविस्तार कहन थाल्नु भयो। "दूधे बालक रोइरहेको थियो। रजनीले आफ्नो प्रभा फैलाईन्। भविलालले भैंसी दुहुन थालेका थिए। जेठो छोराले आमा आमा भनेर ठूलो स्वरमा बोलाइरहेको थियो। अरु दुर्ईभाइ छोराहरू पनि तुलसीको मोठबाट मल्याङ्गदी खोलातिर हेिररहेका थिए। सबैका मनमा चिसो पसिसकेको थियो । खाना खाएर गएकी फर्कन सकिनहोला ? सन्यासी सेतीले भन्दै थिर्ईन्। सन्यासी जेठाले "अब न वोला भो" जेठालाई भन्दै थिए। ढुङ्गाना सेतुले कता कता मल्याङ्गदी खोलाबाट माथी लागेंको देखेका रहेछन्। "कहाँ गएको हो ? जिम्वालको खेतबाट खोलैखोला माथि लागेकी थिर्ई" भन्दै थिए। "कहाँ गएकी हो कहाँ ? " पुनः भविलाल भन्दै थिए। "बिहान खान खुवाएर माइत गएकी हो।" "कपडा त छन् ?" "पानमतीले भन्दै थिर्ईन्" झोकमा हेर्दा लरेको सारी बाहेक केही थिएन , "निको छाँट थिएन। हिडी भो ! भँन्दै चुगार्ईँनी कान्छी भित्र पसिन्।" यी नानाबालाकी आमा पोइल गएको कसैले पत्याएनन्। भविलाल झन् कसरी पत्याउनु "रुद्रघण्टी नहुनेको भर हुँदैन।" सानाखेते सेतेले भन्दै थिए। "मानिस असेत्तेरो पो हुन्छ।" असतीको भर पर्न हुँदैन। अर्को भन्दै थियो। यता चर्चा चलिरहेको थियो। रात मस्किदै गएको थियो। केटाकेटी भोकाएका थिए। भविलालले सोच्न सकेको थिएन। जेठा छोरालाई दूध तताउन भन्यो। आँटीमा गएर चामल खोज्यो। दूध खुवाए पछि सानो बालकको रुवाई अलि कम भयो। चामलको अत्तोपत्तो छैन। बल्लतल्ल एउटा माटोको घैंटोमा चामल फेला पर्यो। चामल ल्याएर भात बसाल्न लाग्यो र बत्ती लिएर भण्डारतिर लाग्दा धुरीखामोमा चाबीको झुपो भेटि्टयो। यसरी चाबी मखमलीले कहिलै बाहिर राखेकी थिर्ईन। चाबीको झुपो लिएर भविलालले सन्दूक खोल्यो। सन्दूकमा पैसा छैन। दाल खोज्न आँटीमा पुग्यो। भकारीमा हात पर्दा हातै भास्सियो। ढकना (लिपेकों) खोल्दा त परालै पराल छ । धानको नाम निसान छैन। अब त भविलालमा अझै खुलदुली मच्चियो। सबै भकारी फोर्यो । उसले त्यहाँ परालै पराल पायो । अनाजको नाउँमा दशपाथीको भाँडोमा चामल बाहेक केही थिएन। डहरीमा मसौरा र ताउलीमा केही गुन्द्रुक फेला पर्यो। गुन्द्रुक नै उसले पकाउन थाल्यो। छोरा हरुलाई खाना खुवायो। सानो अति सानो थियो। उसले छाती छामछुम गर्दथ्यो। राती आमाको दूध खोज्दथ्यो। धुरुधुरु रुन्थ्यो। भविलालले भैंसीको दूध खुवाएर सुताउँदथ्यो। यता अनाज छैन। सन्दूकमा पैसा छैन। घरकी माउ श्रीमती छैन। कसलाई के भन्नु। बिहानी भयो। भविलाल उठेर गोठमा काम गर्न थाल्यो। बिहानी पख पेट भरि दूध ख्वाएर सुताए पछि कान्छो निदाएको थियो। सबै ओल्लाघरे पल्लाघरे, तल्लाघरेहरु भविलाल कहाँ आएका थिए। सबैका मनमा अनेक तर्क खेल्न थाले। सबैलाई छर्लङ्ग भैसकेको थियो। मखमलीलाई झिल्केले लिएर हिड्यो। अव यसमा गाउँलेलाई कुनै शङ्का थिएन। झिल्केको घरमा पनि झिल्के थिएन। घरको अनाज केही सल्लाहमा केही रातारात बेचिएका थिए। घरको कोदो जति त भट्टिमा रक्सी बनी सकेको थियो। भविलाललाई यो कुराको सानो आभास पनि थिएन। कति सज्जन ? आफ्नो सारा सम्पतिमा अर्काको रजाइँ हुँदा पनि उसलाई थाहा नलाग्ने। कस्तो मूर्ख मानिस? सानाखेते कान्छी र साइँली त्यहाँ पुगें। मखमली हिंडेको कुरा सुनिसकेका थिए। सानाखेते कान्छीले "पोरै हिड्छे भनेको हो" भन्दै थिर्ईन्। मखमली पोइल गएको एककान दुर्ई कान मैदान चारैतिर फैलिएको थियो। सहानुभूति पोख्न सबै आउँदै थिए तर भविलाललार्ई झर्को लागिरहेको थियो उसले मनमनै किन होला सबै आउन परेको भनिरहेका थिए। यो आवत जावतको कचहरी भविलाललाई मन परेको थिएन तर के भन्ने उ चुप्प नै रह्यो। पधेरोमा बात गर्नेको संख्या पनि कम थिएन। महिलाहरूले भात पकाउने समय पनि भूले। पृथ्वीमा भास परे पछि घर गोठ सबै भासिन्छन्। भास परे पछि सहनै पर्यो। भविलालको जीवनमा भास पर्यो। भास पनि यति ठूलो पर्योकी उसले पुरेर पुनॆैक्ने अबस्था थिएन। सानो बालक रुदै उठ्यो। त्यसलाई भविलालले दिशा पिसाब गरायो। जेठो वुझ्ने थियो। खाना पकाउन थाल्यो। तिनलाई के थाहा? आमा पोइल गएको । आमा हिंडेको आदि आदि पदमराज पनि आइपुगे। उनी भन्दै थिए "तिमीहरूले के अनौठो ठान्दछौं? अनौठो त हुँदै होइन। घरमा बोको पाले पछि बाख्री राख्दछ ?" यो संसार, यो समाज र यो समाजमा बसेको प्रबृत्ति कस्तो ? काम विग्रे पछि मात्र भन्ने। हिजो अस्ति कोही बोलेनन्। आज सबैले सबै कुरा भन्न पर्ने। आलो घाउमा मलहमको खाँचो हुन्छ। नुन चुकको होइन। यहाँ जति आएका छन्। भविलाललाई मूर्ख बनाएका छन्। भविलाललाई धैर्यताको खाँचो छ। घटना घट्यो। विश्वास गर्न नसकिने घटना घट्दा भविलालमा चोट लाग्नु स्वभाविक हो। यो चोटमा अझै वज्र प्रहार गर्ने समाज कस्तो ? यी कुराहरू मध्ये सानो कुरा पनि कसैले चुहाइदिएको भए भविलालको कत्रो उद्धार हुन्थ्यो ? गाउँ भरि कुरा काट्नेले काटेर के नै भयो ? हरेक घटना हरेक घरमा घटन सक्दछ। गाउँभरि कुरा काट्नेले काटेर के नै भयो विकृतिलाई भण्डार बनाएर संरक्षित राख्नु पनि त समाजको न्याय होइन। घट्ना त आकस्मिक घट्छन् तर समाजमा दर्शिएका र शङ्कामा परेका घटनालाई समाजमा अध्ययन गरिनुपर्छ। यदि अध्ययन गरिदैन भने व्यक्ति नभएर समाज नै दोषी हुन्छ। दोष र गुण छुट्याउन सकिएन भने स्वच्छ समाजको निर्माण कहिलै हुदैन। आज भन्ने यी सबै कुरा हिजो किन भनिएनन्। के सबै मानिसहरू जो जसले जे जे देखेका थिए। त्यो भविलाललाई सानो आभास पनि दिएका भए आज उसको उद्धार हुने थियो होला ? तर आज काम विग्री सके पछि अझै नुनचुक लगाउँनु त मानवता भन्दा बाहिरको कुरा हो। भविलाल भन्दा समाज नै दोषी जस्तो लाग्दछ। समाजमा प्रष्टवक्ताको आवश्यक हुन्छ। प्रष्ट वोल्दा तीतो हुन सक्दछ तर जति तीतो भए पनि सत्य त सत्य नै हो। सत्य वोल्दा डराउनु पर्दैन तर कसरी यस्ता कुराहरूमा कसैमा कसैले कसैलाई कसरी दोष दिने ? लख काटेर बोलेका कुरा सत्य नहुन पनि त सक्दछन्। खुला दिलले बोल्दैमा सँगसँगै हिड्दैमा, कसैले कसैको चरित्रसँग खेलवाड गर्दछ भन्ने पनि त होइन। राती अथवा गोप्यमा कसले कोसँग के गरे, के गरेनन् त्यो कसलाई के थाहा? थाहा लागे लाग्नु पर्ने आफ्नै श्रीमानलाई हो। आफ्नो घुरकी श्रीमतीलाई अर्काले घुरवनाउँदछ र लोग्नेलाई पत्ता लाग्दैन भने अरु कसलाई थाहा हुन्छ र? यहाँ अनगिन्ति कुरा उठे। केही खुराक नपाएका गफडीहरुलाई धेरै खुराक भयो। कुनै आईमाई आएर, छीः! कस्ती राँडी !! रहिछ ? "कति! पोइचाहिएको हो? कस्ता! कस्ता!! रण्डीहरू हुन्छन्। मातृत्वको एउटा चौटो पनि छैन। त्यो रण्डो पनि! त्यस्तै हो। घरकी सुधीसाधी त्यो सावित्रीलाई अलपत्रै पार्यो। त्यस्तो घर समालेर बसी। आज चार बेते टिपेर हिड्यो। छोरा मानिसमा धर्म हुँदैन। त्यो रण्डोले त दुबैतिरलार्ई अलपत्रै पारेर छाड्यो। कस्तो मुर्दार रहेछ ?" जसले जे जे बोल्न चाहे त्यही त्यही बोले। यो बोलाइले पनि समाजमा भएका विकृतिलार्ई नै पोखेको थियो। अश्लील शब्द प्रयोग गर्र्दैमा सभ्य हुने त होइन। गनाउनु र बसाउनु भनेको वास आउनु नै हो। तर बोलाइले सुवास र कुवास छुट्याएको छ। मग मग चल्यो वासना कति मीठो शब्द, डुङ्डुङ्ती गनायो कति नराम्रो शब्द। यस्तै हो सामाजिक अभिव्यक्ति। समाजमा सुवाक्य र सुकर्मको नतिजा असल हुन्छ। यहाँ मखमली र झिल्के बीच भएको कर्ममा कसैलाई सन्तोष भएको पाइएन। मानिसले सम्भोगलाई ठूलो माने पछि न त त्यहाँ दया हुन्छ, न त माया हुन्छ, कति घटना घटेको सुनिन्छ। मानिसले मानिसलाई निर्ममहत्या गरेको पाइन्छ। झगडा हुन्छ । अपराधी प्रवृत्तिको श्रृजना यस्तै घटनाले निम्त्याउँदछन्। कति कुरा समाजमा आउँदछन्। कति घटना तथा कुराहरू समाजमा देखिदैनन्। यस्ता कुकृत्यको फल यस्तै यस्तै हुन्छन्। यहाँ प्रश्न उठ्दछ। भविलाल सक्षम भए यस्तो घटना घट्दैनथ्यो होला ? के भविलाल असक्षम थियो त ? उसमा श्रीमतीलाई सन्तोष दिन नसक्ने दोषी हो त ? त्यो हुन पनि सक्दछ। अर्को भन्दै थियो "यस्ताकुरा नगर, उसले सन्तोष दिन नसके चारचार भाइ छोरा कसरी जन्मायो?" अर्काे फेरि अघि सर्यो र भन्दै थियो, सन्तोष दिलाउनु र छोराछोरी जन्माउनुमा फरक छ। रज र वीज मिलेर गर्भ धारण हुन्छ। रतिसन्तोष भनेको दुबैमा आउने चरम आनन्द हो। यो आनन्दको भोगलाई आउन त दुबैमा कला चाहिन्छ। सम्भोगको सहष्णिुता चाहिन्छ। दुबैमा उत्तिकै समझदारी चाहिन्छ , शयनको आनन्द प्राप्त गर्न त वातावरणले साथ दिनु पर्दछ। जबसम्म श्रीमान र श्रीमतीमा वातावरण श्रृजना गर्ने क्षमता हुँदैन तवसम्म त्यो स्वर्गीय आनन्द कसरी प्राप्तगर्नु मानिस कति स्वार्थी हुन्छ। उसले सबै आनन्द लिनपर्ने हुन्छ अर्काको आनन्दको उसलाई के स्वाद ? यहाँ पनि यही भएको हो। भविलालले दिन नसकेको स्वाद भिल्केले मखमलीलाई दियो। त्यही स्वादमा मखमली फसी र यो घरलाई मसान घाट जस्तो उजाड पारिदिई। छोराछोरी र श्रीमानको के स्वाद ? आफ्नो सम्तृप्तताको स्वादले नै सबै भुलाई दियो यस्तै छन् यस्ता कर्महरू। कर्मको मर्म त्यसलाईमात्र थाहा लाग्दछ जसले यस्ता कर्म भोगगरेको हुन्छ। सम्भोगको यौन आकांक्षा तृप्तगर्न चाहानेहरू श्रीमान श्रीमतीको स्व्च्छ र पवित्र गृहस्थी जीवन भन्दा धेरै परपुगेर यौनतृप्ति नै गर्नु उनिहरूको मूल उदेस्य हुँदो रहेछ। उदेस्य हाँसिल नै परम आनन्द रहेछ जो परिवार र सारा संसार नै भूलिदो रहेछ। यस्तैयस्तै हो संसार। व्यासले त्यत्रा भागवतहरू रचे। यी भागवतहरूमा पनि त नारीजातिकै कारणबाट ठूला ठूला युद्ध भएकाछन्। भागवतले बताउँदछ। श्रीकृष्णले रुक्मिणीलाई बाघले भेडा बाख्राको वथानबाट बाख्रा निकालेर लगेसरी झम्टेर लगेका थिए। यहाँ कति राजा महाराजाहरूको आगमन भएको थियो। यस कारणले युद्धमा भगवान कृष्णले सबलाई हराएर लगेका थिए । सत्यभामाको वाग्दान अर्कैसँग भएको थियो तर कृष्णले तिनलाई पनि छाडेनन्। जाम्बवतीलाई कृष्णले उपहारस्वरूपमा ल्याए। कालिन्दीलाई दासीको रूमा स्वीकारे। मित्रबन्दालाई कृष्णले अर्कैसँग विवाह गर्दागर्र्दै हरणगरे। यस्ता यी आईमाईलाई, हरणगर्ने, विवाह गर्ने कथाहरू पूराणहरूमा कति छन् कति यो शक्ति पूजा गर्ने देश हो। यहाँ शक्तिको पूजा हुन्छ। देवी भागवत पढ्यो भने दुर्गाको शक्तिको जानकारी हुन्छ। रामायण सीता नभए बन्ने थिएन होला ? महाभारत द्रौपतीले जन्माइन् । एकातिर भविलालको वेहाल, अर्कोतिर नारीभागवत चल्न थाल्यो। यी सबै कुरा सुन्नमा तल्लीन थिए। सबैले जोडगर्र्दै अरुकुरा थप्न पर्नेमा जोड दिए। "भन्नभन यस्ता रमाइला कुराहरू।" पण्डितले कृष्णले सत्याको विवाह गरेको कथा सुनाउन थाल्यो। सत्याका बुबाले छोरीको विवाह गोरु नार्नेसँग गरिदिने भएका थिए। त्यस्तो व्यक्तिले मात्र सत्यालाई पाउन सक्थ्यो जसले उसका घरमा पालेका सातवटा गोरुलार्ई सजिलै नार्न सकोस्। गोरुका सिङ तीखातीखा थिए। मानिसलाई ठहरै पार्दथे। सत्यालाई विवाहगर्न मानिसले ती गोरु नार्न सक्नु पर्दथ्यो। कृष्णले ती गोरुलाई नार्नु भयो र सत्यालाई लानुभयो। कता कता सन्तोषलाई, कुराकाट्न मन लाग्यो । सारा कृष्णका कथा त्यसमा पनि केटी भगाउँने मात्र । सन्तोषले बीचमै झम्टेर भनि हाल्यो । कति ठूलोकुरा राजा महाराजाहरूले गोरुहेर्ने काम गर्र्दैनथे। कृष्णले त सानोमा गाईगोरु चराएर वस्थे। गोरु समाउन जानेका थिए। समाए । मन वहादुरले रामेलाई गाली गरे र पण्डितलाई अघि वढ्न भने । पण्डित एक छिन त ट्वाल्ल पर्यो। भो! भो!! भन्दा भन्दै पनि कसै कसैको कर थियो। पण्डितले कथा सुनाउन अति रहर थियो र उसले भन्दै थियो "कृष्णले त फुपूकी छोरी भद्रालाई पनि छाडेनन्। लक़्मणालाई कृष्णले मत्स्य वेधको आयोजनामा सबैलाई हराएर प्राप्त गरेका थिए।" अर्को साथी निस्क्यो र बोल्यो "कृष्णको कथा सुनेर कहाँ सकिन्छ। याहाँ नारी फकाउने, नारी हरणगर्ने, नारीभोगगर्ने, लीलाहरुको उदाहरण लिदा कृष्ण भगवानको नाम अघि आउँदछ।। नुहाउन लागेका नारीहरूको सबै कपडा लुकाएर नाङ्गो शरीर हेर्न चाहाने कृष्णको कथा कहिले सकिन्छ। यस्तै हो यो संसार शक्तिवानले गरेको लीला असक्षमले गरेको घटना र अपराध।" अब कुराले मोड अर्कै लियो। नारीचरित्र भनिन्छ। पुरुषचरित्र राम्रा भए कुकर्म पुरुषले नगरे त यस्ता कर्महरू दोहोरिदैनथे। कुनै कुरा गर्न पुरुषमात्र नभै स्त्री पनि उत्तिकै जिम्मेवार हुन्छन्। नारीमात्र दोषी हुँदैनन्। माया र ममता रतिक्रीडाको महानता ठान्ने र रति क्रीडालाई तुच्छ सम्झने व्यक्तिहरूका उदाहरण पनि त छन्। पतिव्रताको खोजी गर्नेले पत्नीव्रता बन्न किन नसक्ने ? यो तर्कमात्र हो। प्राचीन ग्रन्थहरूले नै यी सारा सुकर्म र कुकर्मलार्ई प्रष्टसँग प्रष्ट्याएका छन् तर त्यहाँ पनि पक्षपात विहीनछन् भन्न सकिदैन। यी ग्रन्थमा जसलार्ई मर्यादित बनाइएको छ। तिनका सबै अकर्महरूलार्ई उनको लीलामा लिइएको छ। यी तर्कवितर्क आफ्ना ठाउँमा हुन्छन्। तर ती प्राचीन कर्ममा यस्तो कर्म रचिदैनथ्यो होला? नरचिए आज हामीले ती ठूला ठूला ग्रन्थ्मा रमाईला लीला कसरी पढ्दछौ त? कुकर्मको बाटो हाम्रा भागवत तथा कथाले पनि सुनाएँका छन्। नारीबललाई ठूलो ठानेका छन्। नारी भनेको त आगाको भुङ्ग्रो हो अरे अनि पुरुष भनेको नौनी घिउ रे हुन सक्दछ तर वास्तवमा मानव भित्रको सञ्चालन कर्ताको अस्थिरता र स्थिरतामा भरपर्ने कुरा हो । त्यसो हुँदा दोषीका भागी नारी पुरुष दुबै हुन्छन्। एकोहोरो हातले तालि बज्दैन। यहाँको घटना कसैसँग दाँजेर मिल्दैन। मनवहादुरले भन्दै थिए।"
परिच्छेद छ काका जुरुक्क उठ्नु भयो र दोकानतिर लाग्नु भयो। म चुप्प लागेर हेर्दै थिएँ। दुर्ई खिल्ली सिगरेट किनेर काका मतिरै आउनु भयो। एउटा खिल्ली सिगरेट मतिर तेर्स्याउँदै भन्नु भयो "खानी हो" मैले भने " हैन। " काकाले पुनः थप्नु भयो "आज धेरै काम थियो।" मैले उहाँको सबै दिन खाइदिएको जस्तो लाग्यो। म सङ्कुचित मान्दै कपाल कनाउन थालें। काका मुस्कुराउनु भयो।" हैन! हैन!! किन कपाल कनाएको" म केही बोलिन, अनि फेरि काका बोल्नु भयो "आज आकाश नै खसे पनि म तँलार्ई छाड्दिन" मेरो अनुहारको लालिमा बदलियो। "हेर! जन्मभूमि भनेको जन्म भूमिहो। जति गरे पनि भुल्नसकिदैन।" "त्यहाँको यो घटना आज मैले सुनाएर नै छाड्दछु।" काका अघि बढ्नु भयो।"झल्के र मखमली त्यहाँबाट हिड्दै नाउडाँडाको रमाइलो अबलोकन गर्दै अघि बढे। भालु पहाडको बाटो, त्यो ठूलो पहाडको पारिबाट एकोहोरो हिडदै जाँदा अनेक किसिमका मानिसहरुसँ भेट हुँदैगयो। खेतको फाँट सकिदै गएको थियो। कुभिण्डेभञ्ज्याङ्गले आफ्नो अनुहार देखाउन थाल्यो। गुरुङ्सेनी साहिँलीले ठूला ठूला सुनका टाटा झुण्ड्याउँदै हात मच्चाइ मच्चाइ कुरा गरिरहेकी थिर्ईन्। शान्तिले कति ठूला ठूला तिलहरी पोतेमा उनेर गलामा झुण्ड्याइ राखेकी थिर्ईन्। अगेनामा चिया पाक्दै थियो। त्यहाँको वातावरण, बोलाइचलाई फरक किसिमको लाग्दथ्यो। मखमली र झिल्के कुभिणडे भञ्ज्याङ्ग पार गरेर वनको पाखाबाट तलतिर झर्दै थिए। ओरालो झर्न थाले पछि, दुबैको उत्साह बढ्दै थियो। अब त श्रीमान श्रीमती दुबै ढुक्क भएर अघि वढ्न थाले। खोलो काटेर उकालो चढेर छोरेपाटनको चौतारोमा दुबै पुगे। चौतारीको वर पिपलले शीतल छायाँ दिएका थिए। झिल्के पसिना पुछ्दै मखमलीतिर फर्क्यो। मखमलीले पनि आफ्नो मजेत्रोले अनुहारको पसिना पुछी। झल्केको गर्दन र गालातिर पनि मजेत्रो चलार्ई। एक छिन विश्राम लिए। पिपलको पातहरू सरर हावाको झोकाले हल्लिरहेका थिए। पातहल्लदा आवाज आएको थियो। मखमलीको भित्री मन स्थिर थिएन। हरेक पातको आवाजलार्ई मखमलीले सुन्दा " तँ अपराधी होस्, तँ अपराधी होस्" तँलार्ई यहाँ स्थान छैन भन्ने शव्द मात्र सुन्थी। ऊ बस्न सकिन। ऊ उठी हिडौं भनि। झिल्केले हावा अतिमीठो मानिरहेको थियो। मखमलीलार्ई एकछिन बस्ने आग्रह गर्यो। मखमलीले झिल्केलार्ई उठाइ र पोखराको रमाइलोतिर लाग्ने भनी। मखमली र झिल्के अघि बढे। पोखराको रङ्गीचङ्गी दोकानहरूमा मालसामान खचाखच भरिएका थिए। यो रङ्गीचङ्गी दृश्यको अबलोकन, छोरेपाटनबाट सुरु भएको थियो। छोरेपाटनबाट अलि अघि बढ्दै जाँदा डेविजफलको झर्नाले अति रमणीय, दृश्य देखाएको थियो। त्यो झर्नाबाट अघि बढेदै जाँदा पार्दी। पार्दीबाट अघि बढ्दै जाँदा, जहाज ग्राउण्ड आयो। त्यति बेलाको जहाज ग्राउण्ड आजको जस्तो रमाइलो थिएन। बाहिर चित्राले बारेका झेपडीहरू थिए। ती झोपडीमा गुरुङ्गसेनी, थकाली, क्षेत्रिनी र बाहुनीहरूले यात्रीहरू डाकिरहेको थिए। यी दुबै पनि एउटा बाहुनीको झुप्रामा पस्ने या थकालीको झुप्रोमा पस्ने भन्दा भन्दै थकाल्नी सानीले दुबैलाई तानिहाली। दुबै त्यतै लागे। दाउरा, भाडा र चामलहरू थकाली सानीले जोडी दिर्ई। मखमलीले आँफै भात पकाई। झिल्केले सिँगरेट तान्न थाल्यो। मखमलीले घरी–घरी दूधको मुन्टो अठ्याउँथी। दूधको कारणले छाती चर्की रहकेा थियो। छाती चर्काइले सानो छोराको याद आइरहकेा थियो। यो याद छोराको मायाले हो भन्न कठीन थियो। यो याद त दूधको चर्काइले छातीमा दिएको चापको कारणबाट भन्दा निश्चय नै मातृत्व हराएर गएको म्िझम्दैन। खाना बन्यो। मीठो बोलीमा मखमलीले खान बोलाइ। सायद मखमलीले खान आउनुहोस् भनेर आदर पूर्वक बोलाएको अर्थात् श्रीमान भनेर आदर झल्काएको बोली सायद धेरै पटक भएको थिएन होला खाना खाइयो। जाडो थियो। झिल्के र मखमली शिरकभित्र पसे। पानी परिरहेको थियो। हिमालबाट झरेको चिसोले मुटु नै कमाउला जस्तो गरेको थियो। शिरक भित्र गुट्मुटिँदा चिसो शनैः शनैः तातोमा परिणत हुँदै गएको थियो। कता कता दुबै आँफैमा हराए। ओठले ओठलाई छोयो। छाती को धडकन कताकता बढ्यो दिनभरिको हिडाइले थाकेका दुबै जीव एक अर्काको अङ्गालोमा बाँधिएर न्यानो रूपमा निदाए। कुखुरा ठूलो स्वरमा बास्यो। मखमली र झिल्केको निदले छाड्यो र उठेर खानाको पैसा मिलाएर दुबै गाडीतिर बढे। काठमाण्डौ आउने गाडी चढेर दुबै मुङ्गलिङगतिर लागें। मुङ्गलिङगबाट नारायणगढ आउने बाटो बनी सकेको थिएन। दुबै पैदल बाटो हिँडेर गार्ईघाट निस्के। गाईघाट बजारले स्वागत गर्यो। नारायणगढ पुगे पछि दुबै दोधारमा परे कता जाने जाने ठाउँको निर्णय थिएन। उनी चाहन्थे नौलो संसार बसाउन, नौलो ठाउँ, जहाँ मखमली र झिल्केलार्ई कसैले चिन्दैनथे, अब त्यो गाउँका मानिस नभएका ठाउँमा आफ्नो बसोबाँस बनाउनु नै असल ठानियो दुबै मेघौलीतिर लागे। मेघौलीको जहाजग्राउण्ड पुग्नु अगावै तिनीहरु काला वञ्जारतिर मोडिए। नयाँ गाउँ \नयाँ ठाउँ एनकेन बसो बाँसको व्यवस्थापन गर्नु थियो। एक दुर्ई दिन उनीहरू होटेलमा बस्नु पर्यो। ऋणबाट पीडित व्यक्तिको एउटा झोपडी किनियो। बसोबाँस सुरु भयो। नयाँ जीवन, नयाँ विवाह, नयाँ प्रगतिले कता ! कता !! नयाँ उमङ्ग र नयाँ विकासको अभियानले डोर्यायो। हलगोरु एक भैंसी किनेर जमिन आफ्नो र अधिया गरेर खेतीपातीको सुरुवात भयो। मखमलीको शरीर त्यति अग्लो थिएन। शरीरको चौडाइ राम्रै थियो। चारचार छोराकी आमा बन्दा पनि ऊ तरुनी नै लाग्दथी। झिल्के पनि त तन्नेरी जस्तै थियो । रुप रङ्ग, उमेर र शरीरको वनावटले गर्दा भरखर नै विवाह भएका जोडी जस्ता देखिन्थे। कसैले पनि यिनलाई दोश्रो घरवारे भन्दैनथे। यी दुबै जोडाको कामको अभियान सुरु भयो। झिल्केले खेत जोत्ने, घाँस काट्ने, घर छाउने, डोका वुन्ने आदि कामहरू गर्नथाल्यो तर मखमली लाहुरेकी बुहारी, घरमा आफ्नो हैकम, माइतकी पनि धनीबाबुकी छोरी भएकोले काम गर्न धौधौ हुन्थ्यो। नयाँ श्रीमान्, नयाँ उमङ्ग भएकोले आदिले गर्दा आफ्नो सौखिन शरीरलाई काममा लगाउन परेकोथियो। आफूलाई कर्ममा जुटाउनु पर्दथ्यो। त्यसोहुँदा यी जोडी कमाउन मजैसँग जुटे। उसको भावना जाग्यो। उसले मनमनै सोची "सुख जति काटियो काटियो। त्यो आज आएर राम्ररी सम्भोगसँग साटियो।" ऊ अव दृढभई र सोची "त्यो सुखको अनुभूतिलाई परिश्रमको अनुभूतिसँग मैले साटी सकें" नारायणीबाट घर नजिकै पर्दथ्यो। घाँस र दाउराको त्यति दुख थिएन। भैंसीको दूध बेच्न पनि एक लर्कन जान पर्दथ्यो। दूध दही खाने मोही पारेर, घिउ सँगाल्ने मनसाय भए पनि पहाडको चिसो पानीको जस्तो घिउ लाग्दैनथ्यो तर पनि झिल्के र मखमलीले आफ्नो जीवनको नौलो अनुभव गरिरहेका थिए। मनसुनी बर्षाले आफ्नो रूप देखायो, खोलानाला बढे, नारायणीको सुसाइ बढ्यो। सुसाइले यी जोडीलार्ई आनन्दसँग सुत्न दिएन। धान रोपाइ सकियो। हिजोसम्म पहाडमा सर्प देख्दा नाग देवता भनी आदर साथ हेरिने गरिन्थ्यो । आज ती नाग देवताले नै डसेर ज्यानजाने हो भन्ने डर थियो। त्यसो हुँदा सर्प देख्यो कि मारिहाल्न पर्ने महसुस हुन थालेको थियो। खेतभरि पानीले टालिएको थियो। आँगन पनि त त्यति सुख्खा थिएन्। धान रोपाइ, कटाइ, चुटाइ, थन्क्याइ गरेर सकियो। अवत मखमली र झिल्केले आफू पनि यहाँको रैथाने जस्तो मान्न थाले। पूर्णीमाको मध्यराती थियो। चारैतिर सुनसान थियो। ढकमक्क जुनलागेका थिए। मखमलीलाई सुत्केरी हुने वहले सतायो। मखमलीले श्रीमानलाई उठाइ र पल्लाघरकी कुमाल्नी माइलीलाई उठाउन लगाई। कुमाल्नी आएर मखमलीलाई सोधी। कुमाल्नी माइलीले सँुडिनीको काम जान्दथी। उसलाई पत्तालाग्यो। "यो बह त सुत्केरी हुने जस्तो छ" भन्दै माइलीले तेल तताउन थाली। झिल्केले दाउरा सज्दै थियो। उसले तेल दल्ने ठाउँमा तेल दली र मखमलीलाई काखमा लिएर आड दिन थाली, मखमली पनि त यस्ता काममा अनुभवी थिर्ई, उसले पनि कति पटक सुँडिनीको काम गरेकी थिर्ई। कनाइ र आडलिने काम र बच्चा जन्माउने काममा अनुभवी भैसकेकी मखमलीले बच्चा दिनको लागि आफ्नो स्थानलिई। बच्चाले शनैः शनैः बाटो लियो र पृथिवीलाई ढोगेको आवाज दियो। सुँडेनीले छोरो जन्मेको जानकारी झिल्केलाई दिर्ई। झिल्के अति खुसी भयो। छोराको जन्मले मखमलीलाई पनि कता कता प्रसुती व्यथाको दर्दलाई बिर्साइदियो। अबत अरुले खेलाउँदा अघिल्ला छोराछोरीको यादले पनि सताउन छाड्यो। झिल्केलार्ई भाग्यको फलप्राप्त भयो। यता मखमलीले झिल्केको कुल सपारि। उता भविलालको एक्लो जीवनको शुल बढेर गयो । मखमलीले अब छोरो खेलाएर दिन बिताउे भई। मखमलीले छोराको आवाज सुन्ने भई। यहाँ पनि त उसको प्रगति राम्रैसँग भयो। मखमलीको, सुरिलो बोली मीठो मुस्कान, राता अधर, पुष्ट पयोधर, इष्टमित्र वने घरघर, जीवन आधार भिल्के र झल्केको छोराको प्यार । अब त उसको एउटा कुरामा मात्र सुर्ता थियो। त्यो सुर्ता भनेको नारायणीको भेल र सुसाई । उसलाई अब यो चिन्ता ग्रष्त ठाउलाई कता कता छाडेर हिडौ हिडौ लाग्दथ्यो। के गर्ने धनले साथ दिन सक्दैनथ्यो। भावनाले जोड गर्र्दैमा के गर्ने? एकसाल दुर्ईसाल गर्दागर्र्दै घन सम्पती कमियो। अवत योभन्दा राम्रो ठाउँ रोजियो। खोलापारी तरियो। राम्रो बसाइ गरियो। अवत यो ठाउँ नै स्वर्ग बन्न गयो। यही ठाउँमै उनीहरु रमाए। आफ्नो जीवनका खुडि्कलाहरू यही बसेर नै बिताउने निधो लिए। मखमली धेरै उर्वरक थिई। जसरी जमिनमा बीउ पर्यो भने उम्रन्छ, त्यसरी नै मखमलीले पनि वर्ष दिनमै अर्को छोरा जन्माई। छोरा जन्माउने काममा उसलाई कहिलै आलस्य लागेन। जतिजति छोराछोरी जन्मिदै जान्थे। मखमलीको वैंस त्यतित्यति मौलाउँदै गएको देखिन्थ्यो। कताकता जवानीको जेाश पनि कहिलै नहराउला जस्तो लाग्दथ्यो। यहाँ पनि ऊ तीन छोराकी आमा भई। ऊ आफूलार्ई भाग्यशाली ठान्दथी। यो भाग्यले उसलाई अझै दरिलो, फूर्तिलो र मोजिलो बनायो। कताकत्ता पैसा पनि जोडिदै गए। पूरानो गाउँको कथा यहाँ सबैले जान्न थाले। धनको मात मखमलीलाई लाग्न थाल्यो। ऊ आँफूमा दरिली, फूर्तीली र मोजीली हुँदै गई। ऊ माथी उठ्न थाली र गाउँलेहरूसँग चिढचिढे पनि हुन थाली। ऊ सानै देखि आफ्नो फुर्ती देखाउने केटी थिर्ई। केही क्षण भाग्यले साथ दिएन। पुनः भाग्यले साथदिए पछि फूर्ती निस्किन थाल्यो। यो फूर्ती त उसको आजको थिएन। सानैबाट यस्तो फूर्ती बढ्दै गएको थियो। उसको बानी त सानैमा भविलाल को घरबाटै विग्रिएको थियो केही क्षण गरीबिले घेरो फेरि धनीमा पुगी। धनी भए पछि चुरीफुरी फेरि दोहोरियो। दोहोरिनु पनि स्वभाविक हो। यहाँ आएर ऊ सम्पन्नतातिर लम्कि। खोजेको सबै पुग्यो। वास्तवमा कहिले काँही मानिस गहिरिएर सोच्दछ। बिचारको मन्थन गर्दछ। विचारको मन्थन गर्दागर्दै केही सारतत्व निकाल्छ। सारतत्वको अनुभवलाई मानिसले प्रकाशमा ल्याउन खोज्दछ र ल्याउँदछ। मानिस गम्भिर भएर सोच्यो भने प्राणीजगतमा खाना जत्तिकै लैङ्गिक सम्वन्ध पनि अति आवश्यक हुन्छ। मखमलीको जीवनमा घटेको घटना भोगको अतृप्तता नै थियो भन्न सकिन्छ। सम्भोगमा तृप्त भएको भए मखमलीले यस्तो बाटो अपनाउने थिर्ईन होला चारछोराकी आमाले भविलाललाई छाडेर झिल्केसँग जानुको तात्पर्य के हो त? परम्परागत तथा धर्मकर्म अनुसार आफ्नो बाबुले गोडाधोएर, पुजेर दिएको लोग्नीको साथै चारचार भाइ छोरातिरको सम्पूर्ण माया। त्यो सुखको आनन्द सबै त्यागेर आफ्नै घरको हलीसँग पोइल जानुको यथार्थता यौन तृप्ति नै थियो। झिल्केले भविलालले दिने भन्दा वढ्ता तृप्ति प्रदान गर्यो जसले गर्दा मखमलीले सर्बस्व त्याग गरेर सम्तृप्तिको लागि नयाँ बाटो रोजी। वास्तवमा क्षणीक जोसमा होस् हराउने मानिसको भविष्य कस्तो होला त्यो कसले वुझ्ने। ऊ आँफैले पनि त भविलाललाई धोका दिएकै हो। यो धोकाले कसैमा कस्तो असर पार्दछ र आफूमा के असर पर्दछ त्यो त मखमलीलाई के थाहा? वाच्छा खानेले पाडा राख्दैन? भन्ने युक्ति मखमलीले वुझ्न सकिन। यो कालो धब्वा उसका ती चार छोराको जीवनमार्गको काँडा बन्दछ भनेर पनि मखमलीलाई के थाहा ऊ प्रेममा अन्धि थिर्ई। उसले यौनतृप्ति गराउने बाहेक मातृत्व, स्त्रीत्व र उत्तर दायित्व सबै भूलि दिर्ई। वास्तवमा मानिसमा विवेकशीलता हरायो भने, आफ्नो अस्तित्वको जानकारी आँफैमा रहँदैन अस्तित्वको ज्ञान हरायो भने उसले जे पनि गर्न सक्दछ अस्तित्व संरक्षणगर्न कठिन छ मानवमा अस्तित्वको संरक्षणले धेरै कुराहरुलार्ई सुरक्षित र संरक्षित बनाएर लान्छ तर अस्तित्व विहीन मानिसको पहिचान हुन सकेन भने मानव जीवनमा गहिरो असर पर्दछ। त्यसको नतिजा मानिसले जीवनको अन्तिम क्षणसम्म दुःख पाउँदछ। मखमलीलाई झिल्केको अस्तित्वको थाहा नलागेको कहाँ हो र? उसले उसको एक अँगालो र रातो गुलावको सौन्दर्यमा दिन सकेको तृप्तिमा उसले सबै भुली दिएकी मात्र हो। आगाको भुङ्ग्रो नजिक नौनी घिउ राख्यो भने कति चाँडै पग्लन्छ। त्यसरी नै नौनी पग्लँदाझै मखमली सजिलै पग्लिई। आफ्नो सर्बस्व झिल्केलाई अर्पी। आफ्नो खानदानको इज्जत र छोरा छोरीलाई लात हानी। यो लातले उसलार्ई त्यति असर त परेन तर हिजो जसले उसको लालीपूर्ण गुलावलाई ग्रहण गर्यो, त्यो बाहेक समाज तथा त्यस घरलाई भने संकटको भुँवरीमा पूर्यायो। यो समस्याको मार भोग्नेलाई मात्र थाहा हुन्छ। यस्तै कर्ममा उनीहरू वस्दै गए। बाँच्दै गए, नाच्दैगए तर भविलालको जीवन जीवनजल विनाको मौलोसरि भयो। यता जीवनजल छ तर मौलो पोखरी माझमा एक्लो ठडिएको ठडिएकै छ।"
परिच्छेद सात काकाको कथावाँचन धाराप्रवाह बगिरहेको थियो। काका अघि बढेकोबढ्यै हुनुहुन्थ्यो। म मस्तराम भएको थिएँ। अबत काका साह्रै भावुक हुनुभयो। भाबुकतामा बग्दाबग्दै काका मखमलीले छाडेपछिको भविलालको जीवन सन्घर्षको स्मरण गराउन थाल्नुभयो। "मखमली पोइल गएको पत्तालागे पछि भविलालको छातीमा वज्रपरे जस्तै भयो। उसको वाक्य बस्यो। उसले हेर्दा सन्दूकमा पैसा छैन, भकारीमा अनाज छैन, उठाउन पर्ने आसामीजति सबै उठी सकेकाछन्। वाँकी केही छैन। ऊ छटपटायो। उसका आँखा रसाए। विश्वास, घात भएको महसुस भयो। उसले चाँदोमा एक मुड्की हान्यो। ऊ थचक्क बस्यो। उसलाई यो संसार नै जलेजस्तो लाग्येा। मानो सौलो आकाश नै खसेजस्तो लाग्यो। पानीले पनि उसको शरीरमा बलेको अग्निलाई निभाउन सक्दैनथ्यो। जलेको र तड्पेको आत्माले अतीतको स्मरण गरायो। सिनेमाको पर्दामा घटना झर्दाझै उसको मानस पटलमा सबै घटनाहरु एक एक गरेर झर्न थाले। सानै उमेरमा आमा मरेरगइन्। उसको र उसकी बहिनीकेा देखभाल गर्न बाबुले आफ्नै दामल जत्री केटीलाई विवाह गरेर आमा वनाए। आफ्नो सानो उमेर सानीआमाको मायामा बित्यो। उमेर पुग्दा नपुग्दा विवाहकर्म भयो। विवाह भएपछि छुट्याएर राखीदिए। छुट्टीभिन्न भए पछि मखमली नै भविलालकी सर्वस्व भई। बहिनीको विवाह पनि भयो। बहिनीजुवाइँको पनि त अल्पायुमा नै मृत्यु भयो। जिन्दगी भर बहिनीले विधवाको जीवन बिताउन परेकोछ । यता प्राणपियारी सम्झेकी मखमली पनि उसलाई छाडेर हिडीदिर्ई। कता कता उसले लामो सास फेर्दछ। अनि सम्झन थाल्दछ झिल्के हली बसे पछि मखमलीमा आएको परिवर्तन। "अघि गए दाउ पछि पछुताउ" भनेझैं आज आएर ऊ पछुताएर के नै गर्ने ? यदि उसले हरेक दिनको चर्र्तिकलाको अध्ययन गरेको भए सायद ऊ आज यत्रो ठूलो भासमा पर्ने थिएन। यो घटनाको सुइँकोसम्म पाउन सकेको भए उसको ठूलो धनसम्पति वच्थ्यो होला ? उसले आफ्नी अर्धङ्गनीलाई विश्वास गर्यो। उसले आफ्नी श्रीमतीलाई विश्वास नगरे कसलाई विश्वास गर्ने ? विश्वास गर्दागर्दा विश्वास घात भयो। विश्वास घातलार्ई उसले ठूलो पाप सम्झन्थ्यो। उसले मनमनै भन्यो "विश्वास घातीलाई मासिन मार्नुभन्दा ठूलो पाप लाग्दछ। "वास्तवमा यो मन वुझाउने कुरा मात्र हो। उसलार्ई पाप लाग्ने कहिलेहो कहिले तर भविलालको दुःख अहिले नै भोगिसकेको छ। भविलालले सारा घटना केलाउँदछ। आफ्नो मनलाई डुलाउँदछ र धैर्यतालाई डाक्दछ। निश्चय नै यो उसको विवेकशीलता हो। आफ्नो विश्लेषण आँफै गर्दछ र यो दुर्दशाको कारण उसले आँफूलाई ठान्दछ। उसले स्वच्छता, प्रष्टता, सत्यता र स्वपहिचानको आशा गर्दथ्यो तर त्यो भने उसले पाउन सकेन। ऊ धेरै भावुक बन्दछ। मनमनै कुरा खेल्दछन् उसले आँफैमा प्रश्न गर्दछ "फूलको आस गरेर भमराले किन डुल्दछ" आँफैले जवाफ दिन्छ। "मह चुस्न।" "फूलमा मह छ भने भमराले चुस्छ।" उसले देखेकै हो, दुबै सँगसँगै घाँस काटन, गोवर बोक्न, खेत खन्न, मकै गोड्न, एकछिन पनि छुटि्टदैनथे। त्यतिबेला उसले किन नसोचेको हरेक क्षण मीठो मीठो बोलेको, ठहका लगाएर दुबैजना हाँसेको झिल्केले टक्क हेर्दा मखमलीको शिरझुकेको, घरधनी बनेकी मखमलीलार्ई ठाडो हेरेको, मुखमुखै लागेको, साथै ठाडो जवाफ दिएको आदि आदि। साँच्चि नै एक दिन झिल्केले मखमलीलार्ई नकचरी भनेको सुन्दा । उसलाई कस्तो चित्त दुखेको थियो। उसले मुखसम्हालेर बोल्नुपर्दछ भनेको पनि थियो। किन त्यसबेला उसले सोचन सकेन। एकरात उसले सुनेको पनि थियो "छी! कति चलेको!ं! उता सर! आदि आदि। उसको भोलापनको सोचाइमा दूधे छोरासँग बोलेकीहोली भन्ने धारण उसले लिएको थियो। एक पटक सानो छोरा धरै रोएको थियो। लामो समय सम्म रोए पछि ऊ व्यँूझयो। रोएको सुने पछि ऊ कराएको थियो "मखु, मखु"। "मखमली" "पिसाब फेर्न पनि नपाउनु?" भनेर घर भित्र पसेर मखमलीले छोरालार्र्र्ई गाली गरेकी थिर्ई। यो गाली उसको अतृप्तिको झोकको थियो। गाली साह्रै तीखो र रेाषपूर्ण थियो। यस्ता घटनाले भविलाललार्ई शङ्काको ऐना देखाइ दिएकै हो। सन्देश नदिएको पनि हैन। शङ्काको ऐना हेर्न नसक्नु नै उसको आफ्नै अज्ञानता थियो। धेरै शङ्काका कुराहरु त्यहाँ देखिएका थिए। शङ्का गर्नेले शङ्का नगरी बसे पछि कसलाई के थाहा चोरले कहाँ चोर्न आउँदैछु भनेर आउँदछ र भविलाललाई यस्ता नराम्रो कुराहरू कहिलै कसैले भनेका पनि थिएनन्। भविलालले पनि कहिलै मखमलीलाई नराम्रो सोचेन र उसले सधै मखमलीलाई सतीसावित्री सम्झन्थ्यो। यहाँ धेरैले धेरै कुारहरु काटे तर भविलालले यत्रो वदमासीको खाडल हेर्दा पनि कतै नातापाता कहाँ गएकी छ की भनी आफ्ना नातेदार कहाँ मानिस खोज्न पठाए। नुनेढाक्रेले भने पछि अलि अलि उसको मनमा विश्वास जाग्यो। यथार्थता तव मात्र पत्ता लाग्यो। जब ठूलाघरे कान्छी चितवनबाट त्यहाँ आईन्। उनले भविलाललाई झिल्के र मखमली हलनारेर हिंडेको कुरा बताईन्। सबैले आफ्ना तर्क पोखे। कसै कसैलेमात्र यस्तो भैरहन्छ भने। त्यति वढ्ता कुराकाटेनन्। खेतका तेबारी, टारका लामगादेहरू पनि यो कुकर्मको खेल हेरेर गुनगुनाउन छाडेनन्। तिवारीहरूले त यसलाई भम्भिररूपमा लिए। तेबारी जेठाले भन्दै थिए। वाँदरले आफ्नो घर पनि विगारो अर्काको घर पनि। वास्तवमा चारवटा छोराकी आमा भगाएकोमा कस्को मन रमाएको छ र सबैले यो कर्मलाई राम्रो रूपमा लिन सकेनन्। गाउँ भरि यो कर्मको धेरै चर्चा परिचर्चा चल्नु कुनै ठूलोकुरा भएन। मुखिया कान्छाले त "भरखरै विवाह गर।" भनेका थिए। चारवटा छोराको बाबु भए पनि भविलाल तीस वर्ष नाघेको थिएन। जवानी थियो। खोट भनेको छोराहरूमात्र थिए। झड्केला छोराहरू भन्ने बाहेक उसमा दोश्रो विवाह गर्दा कसैले छोरी दिन हुँदैन भन्ने कुराकाट्न सक्दैनथ्यो। कतिले त छोरी दिन पाए हुन्थ्यो भनि पनि सकेका थिए। "उमेर मिल्ने जारी गरे पनि हुन्छ" भन्ने कुराहरू पनि चले। कसैले भने कसैको गुँड भत्काउन हुँदैन। कसैले भने गुँड भत्काउनु पाप हो। कसैले भने जारी गर्नु भने को त झिल्के सरह नै भयो नि। विधवा विवाहका कुरा पनि निस्के। कसैले भने कन्या छाडेर त्यस्तो निच मतिमा जान हुँदैन। हाम्रो जात छ। भात छ। आफ्नो अस्तित्व छ। अर्काले भन्दथ्यो। खोइ के छ के जात के हो? भात के हो? यो पनि अन्यौल छ। मीठो मीठो चिज सबैलार्ई सबैचिज चल्दछ, र चलाएका छन्। असजिलो पर्ने चिजहर सबैले सबैचिज फुकाएका छन्। भनिन्छ दमैको "थुक चोखो" कामीको "पाइन चोखो।" सार्कीका कन्या चोखा, आदि आदि। अर्को मानिस भन्दै थियो। यो जात भातले के नै राख्दछ? सबैले किन जातकोकसी लगाउँदछन्। नातापाताबाट पनि विवाहका कुरा चलाएका थिए। "हेरौ! किन आत्तिने" भनेर उसले टालिदियो। मानिसको भाविलेखा ज्योतिषीले पनि जान्न सक्दैन। भाग्यको लेखा हो। दुर्भाग्य चारैतिरबाट एकैचोटी आउँदछ। यहाँ दुर्भाग्यको बर्षा बर्षियो। आफ्नो सानो उमेरबाट यस्ता दुर्भाग्य भविलालले धेरै भोग्यो। आज उसको श्रीमतीले उसलाई छाडेर हिंडेको बेलामा उसकी बहिनीको सिँदुर पुछियो। बहिनीका हातका सबै चुरा फुटे। कर्म यस्तै हो। उसमा भावुकता बढ्दै गयो। ऊ घरमा बस्न सकेन। ऊ घरबाट निस्क्यो। घरको एक छेउबाट दैलामुनीको फोगोटोमा जाने बाटो थियो। ऊ त्यतै लाग्यो। किन हो किन उसको मनमा भक्कानु बस्यो। ऊ बोल्न सकेन। उसको आँखा रसायो। उसले हराएकी मखमलीलाई आफ्नो दिलमा ल्याएर बसायो। जीवनभर दिएका मायाका पोका फुकायो। विवाहका दिन उसले मखमलीलाई कति मीठो स्वादले हेरेको थियो। उसलाई अचम्म लाग्दछ। ऊ पनि त सानो थियो। मखमली अझै सानी, श्रीमान श्रीमतीको नातो भन्दा पनि सरम लाग्ने। दुबैले आआफ्नो यौवनलाई कति धैर्य गरेर पर्खेका थिए। आज त्यो सम्झना, त्यो पर्खाइ, त्यो यौवन त्यो जीवन क्षणमा कहिले काँही खेल्न खोजेको जीवन खेल, त्यो लुकाचोरी, त्यो मीठो बोलाइ, पहिलो पटक त्यो जीवनरस चखाइ, त्यसबेला ऊ पीडाले कहराएको आवाज, आज जस्तै लाग्दथ्यो। यो सोचाइमा ऊ दङ्ग परेको थियो। ऊ सोचिरहेको थियो। यति बेला कताकता भविलाललाई सारा संसार नै डुबे जस्तो लाग्यो। संसारिक जीवनलीला यस्तै यस्तै हुँदोरहेछ। आमाको न्याँनो काख दैवले हर्यो। जवानीको न्यानो अङ्गालो दानवले हर्यो। बुबा र सानीआमा पनि दैवले हर्यो। सानीआमातिरको सानो भाइ उसको साथमा थियो। यी दुबै भाइ दुर्ईतिरका भए पनि एकै आँतका जस्ता लाग्दथे। आमा र बाबु मरे पछि यो घरका सबै टुहुरा भए। यो एक्लो पन थियो तर दुर्भाग्यको डोरीले तान्यो। जीवन हरेक क्षण भविलाललाई अति कष्टकर समयहर्क व्यहाँेर्न पर्यो। घर व्यवहारले गर्दा ऊ लाहुरेहुन पनि पाएन। घर गाउँमै व्यवहारमा अडिएर आफ्नो जीवन बिताउन पर्यो। गाउँमा जीवन बिताएँदै जाँदा छोराजन्मे छोराबढे। शंकरपोखरीमा अध्ययनगर्न थाले। ऊ सोचमै थियो। कता कता मनले साथ नदिएर ऊ अडिन्थ्यो र सोच्दथ्यो। ऊ मनमनै गुनगुन गर्दथ्यो। कताकता उसको एकान्त मनले जवानीका एकएक कर्म सम्झन्थ्यो। एक दिन ऊ र मखमली भागेको वनमा दाउरा काट्न गएको र दाउरा काटेर भारी बाँधेको, भारी बाँधी सके पछि, दुबै अब दाउराको भारी बोकेर उभिंदा मखमलीले उसको शरीरको साहारा लिएकी थिर्ई। यसरी साहारा लिएर उभिंदा मखमलीको ओठ भविलालको ओठसँग छोइएको थियो। त्यो बेला भविलालले कता कता उसको ओठ नै टोकीदियो। त्यतिबेला मखमलीले छीः! कस्तो मानीस भनेकी थिर्ई। यसै पटक मात्र जवानी भरमा उत्ताउलो पना देखाएको थियो। "भारी बोक्ने हैन मखमली" "किन नबोक्नु र भविलाल" "लौ त घचेट" भविलाल "लौ वोक" मखमली भविलालले दाउराको भारी वनबाट सुस्तसुस्त बाटोतिर झारे। खोरीया कान्छाको कटेरोतिर झरे। त्यतिबेला ऊ र मखमली मात्रै थिए। बाटोमा तामे ढुकुरका भाले पोथीले चारा बाँडीरहेका थिए। मखमली र झिल्केका आँखा तेतै परे। त्यतिबेला दुबैले त्यो देखेर मुस्काएका थिए। भविलालले धेरैकुराहरू सोच्यो, अतीतलार्ई सम्झ्यो, मनमनै गुन्यो र भन्यो आगोको भुङ्ग्रोमा नौनी त उसैले राखि दिएको हो। अरु कसलार्ई के दोष बास्तवमा भविलालको लापरवाहीको उपज नै त थियो यो घटना।"
परिच्छेद आठ काका र मेरो बीचमा कुरा चल्दैथिए। यस्तै यस्तै व्यवहारिक कुरामा हामी अडेका थियौं। काकालार्ई पूरानो याद आएछ। लामो जिभ्रो निकालेर खर काट्न जाँदा डुङ्गा पल्टेको याद दिलाउनु भयो। त्यति बेलाको बिचल्लिलार्ई काकाले कसै गरि पनि विर्सनु भएको थिएन। कोही बग्दा बग्दै समातियो रे, कोही रोईरहेका थिए रे, खरका भारि त सबै बगेरे। त्यति बेलाको यो घटना मखमलीकै घरतिर घटेको थियो रे । काका भन्नु हुन्छ, "नारायणी नदीको एउटा भङ्गालो उस्कै घरतिरबाट वगेको थियो। यसलाई सानी नारायणी भनिन्छ। त्यहाँ आफ्ना गाउँका मानिस कोही थिएनन्। त्यहाँ स्याङ्जातिरका मानिसहरुको बसोबास थियो। आफ्नो नजिकमा ग्याँदीकाहरू र रुग्दीकाहरू छन् भन्ने सुनेका थिए तर उनीहरू त्यहाँ पनि आफ्नो परिचय दिन जान चाहेनन्। एक लर्कन बाटो हिँडे पछि उनको घर भेटिन्थ्यो। तर पनि उनिहरू चिनिन चाहेनन् । हुन सक्दछ चोरलाई पुलिस देखि सधै डरलाग्दछ । त्यसैले होला धेरै दिन बित्ता पनि उनीहरुलार्ई दुबै तर्फ चिन्ने कुनै मानिस नहुनु नै दुबैको लागि सन्तोष लाग्दथ्यो। झिल्के दिनभरि अर्काको घरमा गएर काम गर्दथ्यो र मखमलीले भने घरमा बसेर घरकोकाम गर्दथी। उसले तीन भाइछोराहरूलाई खेलाउँदा नै दिन जान्थ्यो। छोराहरू पनि पढ्दै गए साथै बढ्दै गए। छोरा तन्नेरी भए। छोराहरूको विवाह भयो। छोराहरू लाहुरे भए। भविलालले दिने सुखशयल मखमलीले झिल्केबाट पाउन सकिन। झिल्के मखमलीको आज्ञा पालक मात्र थियो। मखमलीको हैकम राम्रो चल्दथ्यो। यस्तै यस्तै चल्दै थियो। दिन बित्तैगए। यस्तै हो संसार घाउका पाप्रा बस्दछन्, घाउ निको भएर सञ्चो लाग्छ। आमा शब्द नै अति प्यारो छ। मखमलीले अलपत्र पारेका छोराहरू पनि कहिले काँही आमाको दर्शनको लागि आउन थाले। उनकी विधवा नन्द पनि उनलाई भेटन आउन थालिन्। अब त उनको लाज पचिसकेको छ। त्यसोहुँदा नन्दलाई छिमेकीहरूका घरहरूमा मखमलीले आँफै लिएर जान्छिन्। उनी अब घरमा हजुर आमा भैसकेकी छन्। झिल्के पनि हजुरबा भैसकेका छन्। शनैः शनैः झिल्केमा परिबर्तन आउन थालेको छ। हजुरबा हुँदा पनि झिल्केको पूरानो छुचो बानी हटेको छैन। हुन पनि मानिसको बसिसकेको बानी हटाउन कठिन पर्दोरहेछ। त्यसैले होला आजकल झिल्के अलि उत्ताउलो देखिन्छ। अब झिल्केले मखमलीको आँखा छल्न पायो भने कोरलीहरू (गार्ई भैंसी हेर्नजाने केटीहरू)लाई रसिला कुराहरू सुनाउन पछि पर्दैन। कहीं बसीवियांलो गर्दा जाल थाप्ने र जालमा जुरेली परे, शिकार खेल्न किन पछि पर्ने उसले यस्तो कर्मगर्न पछि हटेको थिएन। यो कुरा भने मखमलीलाई थाहा थिएन। उसले आफूलाई फसाएसरी उसले अरुलाई पनि फसाउन सक्दछ भन्ने कुरा सोचमा आएन। उसको गर्जनमा झिल्के डराउँदछ। उसको मायाको पासोमा झिल्के बाँधिइ सकेको छ। अबत ऊ बुढो भैसक्यो, अब उसलाई कसले पत्याउँने भनेर होला, मखमलीले झिल्केको क्रियाकलापमा शङ्कालु दृष्टिले कहिलै हेरिन। हेरोस् पनि किन झिल्केलाई चाहिने जीवनरस उसले दिएकै छे। यस्तो बुढेसकालमा ऊसँग को नै पल्कने मखमलीको सोच पनि त ठीक छ। गार्ई लहरिँदा बहर दकुर्दा झैं यो बुढौतीमा लहरिनेसँग पनि त ठीक होइन। के गर्नु मानिसको मन, मानिसको वीर्य तवसम्म रहन्छ जबसम्म एक थोपा रगत शरीरमा सञ्चार हुन्छ । त्यसो हुँदा मानव मन हो तन बुढो हुँदा पनि मन बुढो नहुन सक्दछ मनले त आफूलाई सोह्रवर्षे नै सझन्छन्। यौवनरूपी स्वादमा झिल्के जान्छ, भन्ने उसलाई पत्तैभएन र यस्तो सोच उसमा पलाउन सकेन पलाओस् पनि कसरी उसको बुढो यौवन अझै कसिलो छ। उसको यो बेलाको यौवनलाई हेर्दा सबै लोभिन्छन्। ऊ मीठी देखिन्छे। सुन्दर देखिन्छे। साच्चिनै उसका वक्षस्थलहरु अझै पुष्टपुष्ट देखिन्छन्। छाती चौडा छ। पिठिउँमा झण्डै पाँच पाथी धान सुक्लाजस्तो देखिन्छ। कपाल कालै छ। जीउ ठाडै छ। प्रगतिको बाटो राम्रो छ । दुबै बीच प्रेमका लहरहरू भावनाकोलहरू नारायणी सरह बगेका छन्। मखमली ढुक्क छे। झिल्के उसको पञ्जाबाट कहिलै बाहिर जान सक्दैन। मखमलीले सोचेकी थिर्ई, शरीरले भोगिइ राखेका तथा व्यवहारमा उतारिएका यी उतार चढावको मखमलीलार्ई राम्रोज्ञान थियो। न त्यहाँ कुनै क्रन्दन छन् , न त्यहाँ कुनै विवशताका को नै शब्दछन्। जे छन् त्यहाँ भावना छन्। बृद्धावस्था भए पनि भावनाको तरङ्ग छ। बृद्धावस्था भए पनि हेर्दा मोहलाग्दो जवानी छ। वरपरका भन्ने गर्दछन् शरीर र पे्रम होस् त झिल्के र मखमली जस्तो। दुबैको कति मोह लाग्दो जोडा छ। तर कसले सोच्ने कि त्यो राम्रो फर्सी भित्रभित्रै नराम्रोसँग कुहिसकेको छ। मानव मन हो। मानव तन हो। जीवनका उतार चढाव जति पनि हुन सक्दछ। यी उचार चढावलार्ई पर्खन सक्नु नै मानव जीवन हो। यो जीवनसारलार्ई झिल्केले गहिरिएर सोचेको छ या छैन। यो त उसैमा भर पर्ने कुरा हो। मानिसको सोच सधैं असल रहिरहन्छ भन्न पनि सकिदैन परिबर्तनशील संसारमा परिबर्तन पनि हुन सक्दछ। झल्केको मन कता कता नयाँ संसारको निर्माणमा जुटेको छ। कलिली कुमुदिनीको पुष्पदलमा उसका आँखा झलिमिलिएका छन्। मखमली आफ्नै धुनमा व्यस्त छे।" काका धाराप्रवाह बगिहरनु र्भको थियो। यी कुराले मलार्ई अझै अझै उत्साहित बनायो। मेरा कान ठाडा हुँदे गए।
परिच्छेदः नौ काकाले किन हो किन एक्कासी कुरा मोड्नु भयो। अँ! बुझिस्!! म झस्याङ्ग भएँ। कता कता मलार्ई के भयोर भनेर सोध्न मन लाग्यो। म के मुखखोल्न खोजेको थिएँ, काकाले भन्नुभयो, ओडारेका लप्सीको दाना कति रसिला र गुलिया थिएँ हँ ? मलाई त अहिले त्यो लप्सीको बोटका हाँगाहाँगा याद आए। मैले पनि भने "काका कहिलै भुल्न नसकिने खालका थिए।" "अहिले पनि त्यो बुटोका लप्सी त्यस्तै मीठा छन्।" यी कुरा सक्न नपनउँदै काकाले थप्नुभयो।" सिरानाघरका ती दमौरानी" मलार्ई अझै अनौठो लाग्यो। "त्यति मात्र कहाँ हो र काका काफल पनि त छन् नी।" काका मख्ख पर्नु भयो। "डाँडाको बाख्रो बाघले खाएको भुलिस्"। "कहाँ भुल्नु" यो रमाइलो यादगार एकातिर अर्कोतिर इतिहासका पाना केलाउँदै काका पुनः भविलालको जीवनको पानातिर लाग्नुभयो। "भविलालले आफ्नो जीवनको मध्यजवानीमा मखमलीले छाडेर हिंडे पछि, आफ्नो बाल्यकालको टुहुरो अबस्था र बाबुले गरेका दोश्रो विवाहको नतिजालाई केलाएर हेरे। उनको आफ्नो जवानी, भावीजीवन, छोराहरूको भावीजीवनको सोचाइमा भविलाल अल्झिकए। मुखिया कान्छाले भविलालको दोश्रो विवाहको लागि दुर्ईचारवटी केटी नदेखाएका हैनन्। मुखिया माहिलाले पनि विवाह गर्नु नै उपयुक्त सम्झेका थिए। चुगार्ईं जेठाले त कति सम्झाए कति उनले भनेको कुनै कुरा नसुने पछि त उनले भविलाललाई धिक्कार दिदै भनेका थिए। "त्यसै हिड्छन् चार बेते स्वास्नी यसको त सम्भोग यन्त्र नै छैन।" येतिबेला भविलाल वौलाहाजस्तो भएको थियो। उसको सहन सक्ने क्षमता भन्दा बाहिर आएको थियो। यतिबेला भविलालको हात कछाड र लगौटी खोल्न पुगिसकेको थियो तर धेरै प्रयत्नमा आँफूलार्ई सम्य राख्यो। मलिन अनुहार लगाउँदै "अब बिबाह गर्नुको औचित्य नै के " सबैको सामु भविलालले यो प्रश्न राखेको थियो। यो प्रश्नको उत्तर सबैले आफ्नै आफ्नै प्रकारले दिए तर भविलालले खोजेको उत्तर पाएनन्। कोहीको कथन थियो जीवन बिताउन, जीवन साथी चाहिन्छ कोही भन्दथे लामो आयुछ। जवानी भरखरै भरिएकोछ। यी साना वालखहरूको संरक्षणगर्न पनि विवाहको आवश्यकता छ, आदिआदि कुराहरू दर्शाइएको थियो। वास्तवमा भविलालले खोजेको उत्तर भिन्न प्रकारको थियो। "यी साना बालकको संरक्षण तिमी बाहेक अरु कसैबाट हुँदैन । यी छोराको लागि भए पनि जीवन भर विवाह नगर ।" वास्तवमा भविलालले आमाको मृत्य पछि आफ्नो बाबुले गरेको विवाहमा के नै पाएको थियो के सानीआमाले उसलाई दिने माया या उसले सानीआमालाई दिने आदर सत्कार या सन्मान या सानीआमाको छोरो छोरी माथीको व्यवहार यी सबैमा न त सानीआमाको जीवनभर एकै घरको बासहुन सक्यो। न त आमाले दिने माया सानीआमाबाट नै पाउन सकियो। त्यसो हुँदा उनको मनले भनिरहेको थियो। "यी बच्चाको सम्भार र संरक्षणमा एउटा बाबुको कर्तव्य निभा ।" उनले यही दृढशङ्कल्प गरेर अर्को विवाह गरेनन् भविलालले पानी बोक्ने, खाना पकाउने, छोराहरुलाई खुवाउने, कपडा धुने आदि सबै काम आफ्नै हातले गरे। बाबुको छोराछोरी प्रतिको उत्तरदायित्व पूरागरे। छोराको पढाइ राम्रै थियो। जेठाले राम्रो डिभिजन्मा एस एल.सी परिक्षा पास गर्यो। राम्री खानदानकी केटी खोजेर विवाह गरिदिए र बुहारीका धनी पनि भए। यति बेलासम्म गाउँमा धेरै पढेलेखेका मानिस भै सकेका थिए। कलकारखाना केही थिएनन् र शिक्षक जागिर पाउन पनि कठिन हुन्थ्यो। त्यसो हुँदा उनले छोरालाई हिमाली क्षेत्रतिर शिक्षक बन्न पठाए। घरमा छोराहरूको पढाइ सबैको राम्रै थियो। माहिलो छोराले पनि त एस एल सी पास गर्यो। भविलालका सामाजिक प्रतिष्टा अझै बढेर गयो। माहिलो छोराको विवाह भयो। ऊ पनि हिमाली क्षेत्रमै शिक्षक हुनपुग्यो। भविलालका सबै छोराहरूको अध्ययन बढ्दै गएको छ। सबै जागिरे भएका छन्। भविलाल आफ्नो दृढतामा अडिगछन्। उनको छोराहरूप्रतिको विशाल भावनाले आकाश छोएको छ। उसको जीवन भरि वगाएका पसीनाले अमृत बनेर यो धरतीलार्ई सिँचित गरेको छ। बालक कालमा, आमाको मृत्यु पछि उनले भोगेका दुःख छिमेकी बालकले खानाखाँदा उनले पेट छामेर बसेको याद। सानीआमाले काम सकेर आएर उनको आवश्यकता अनुसार तयार पारिएको खाना आदि आदिको साथै राती भोकै सुतेर भोलिपल्ट बिहान खान परेको त्यो चिसो बासीभात आदि आदिले प्रदान गरेको शिक्षाले आज जीवनरूपी पिपल बोट चौतारीमा फैलिएर छाया दिइरहको छ। यो छाया कति शीतल छ कति पवित्र छ त्यहाँ केवल माया छ । ईश्वरीय भावना छ। यही भावना, सुद्ध पवित्र कामना आदि आदिमा उनको विशाल छाती अझै प्रेयसी भएर उदाएको छ। उदाओस्! विशाल भएर उदाओस्!! त्यो पिपलु छायाको शीतल छाँया सबैले पाउन्। त्यहाँ ईश्वरीय शक्तिको ज्योति अझै प्रज्वलित भएर बलोस्। भन्दछन् मानव जीवनमा स्वर्गीय आनन्द र नरकीय जीवन मानवले आँफै श्रृजना गर्दछ र स्वर्गको आनन्दत आफ्नै हातमा छ । यो प्रयोगमा भरपर्ने कुराहो । अमृत पनि त सेवन गर्न नजाने जहर हुन्छ। यो जहर पान ती व्यक्तिहरुले मात्र भोग्ने गर्दछन् । जो भोगको रोगले ग्रसित छन् । यदि भविलाल पनि त्यो जवानीको भोगलाई रोगमा परिणत गरेको भए सायद यो आनन्दता उनले पाउने थिएनन् होला ? धरातलको यो उचाइमा उसका छोरा पुग्ने थिएनन् होला? कर्मको फल न हो। कर्मले सफलता डाक्दछ। यहाँ सफलता मौलाउँदै गएको छ। यस पछि काका टक्क अडिनु भयो। मलार्ई कता कता चिया खान मन लाग्यो। नजिकै दोकानबाट दुर्ईकप चिया मगाएँ। चिया पिउनतिर लाग्यौं। काकाले सिगरेट थप्नु भयो। देशीले भैंसीको बथान लिएर आइरहेको थियो। काका जुरुक्क उठ्नु भयो र भैंसी हेर्न थाल्नुभयो। भैसीका कुरा काकाले गर्न भ्याउनु भएको थिएन। एकजना भैंसीव्यापारी आएर काकालार्ई नमस्कार गर्यो। काकाले नमस्कार फर्काउनु भयो। व्यापारीले भन्न थाल्यो "बाजे तपाइँ र म सधै व्यपार गर्ने मानिस, एउटा जावो भैंसीको कुरा के भयो र आउनुहोस्न ! भोलि कुरा मिलिहाल्छ। यस्ता भैसी किन्नुहुन्न" भन्दै वेपारी आफ्नो बाटो लाग्यो। काका मतिर फर्कनु भयो र भन्नु भयो "यो त हेर खाटी व्यापारी हो।"
परिच्छेद दश केहीक्षण हामी त्यो भैंसीको बथान हेर्नमा मस्त थियौं। समयले आफ्नो गतिलिएकै थियाे। काका र म अल्लि अघि बढ्यौं। स्याङ्जालीको दोकान अल्लि अघि थियो, काका कुरा गर्दै मलार्ई त्यतैतिर बढ्नु भयो। दोकानमा पुगे पछि स्याङ्गजालीले मेरो जानकारी लियो। काकाले "उही हामीले छाडेर बसाइ सरेको गाउँको मानिस" भर्न्दै मेरो चिनाजान गराउनु भयो। पुनः नारायणी नदीको रमणीयतामा हामी डुव्न थाल्यौं। काकाले मलार्ई लिएर अघि बढनु भयो र झिल्केको नयाँ प्रगतीको बर्णन गर्न थाल्नु भयो। सलल वगेको नारायणी, नारायणीको छेउमा ठूलो चौर, चौरमा गाउँ भरिका गाई, भैंसी, भेडा, बाख्राहरू चरिरहेका छन्। जुनकिरी र झिल्केले हातमा लौरो लिएर पछि पछि लागेर गाईभैंसी धपाइ रहेकाछन्। गाईभैंसीलाई चउरमा धपाएर आफूहरू ओझेलमा बसिरहेका छन्। झिल्केका दाँत झरिसकेका थिए। दाँत झेरेकोले ओठ अलि भित्रपसेका छन्। दाँत फुकलेर के गर्नु? कपाल कालोछ, अनुहार गोरोछ, मीठो बोलीछ। बानी अति चन्चलेछ । यो बानी र बोलीमा सबैलाई तान्न सक्ने मोहनीको चुम्बक छ। आज झिल्के अझै चम्किलो भएर आएको छ। शिकारी कुकुरले मृगढुके जस्तै आज कता कता झिल्केले किन हो किन कसैलाई ढुकेजस्तो छ। आजको यो ढुकाइमा स्कुलमा पढ्ने कलिली बाला सिमल काँडे यौवन, रातो गुलावको फूल, परेलिमा देखिएको काजलु, मस्तरूपमा देखिएको उरमादलु, जीवनरसमा तप्किएको लालीलार्ई जालमा पार्नु जस्तो देखिएको छ। आज शनिवारको, स्कुल विदा भएको दिन, नारायणीको तटको वनले उसको यौवनलाई स्वागत गरिरहेको छ। कुखुरे वैंशको कुतकुत्याइँले गर्दा कताकता उसलाई जीवन भरि नमिल्ने साथीले उसको यौवनलाई हत्याइराख्न खोजेको छ। उसले आज आफ्नो सारा चिज भुलेर कता हो कता भिल्केतिर बढी रहेकी छ। वास्तवमा उसलार्ई कस्तो रोगले समायो, त्यो त जुनकिरीलार्ई पनि थाहा छैन। तर रोग भने जटिल छ। कस्तो जटिल रोग, यो त यौवनमादको रोग हो। यो रोग लागे पछि मानिसले सबैथोक भूलिदिन्छ। यहाँ पनि यस्तै यस्तै त भएको थियो। मधुपानको आतुरता, झिल्केको साधनाको प्रचुरता, जुनकिरीलार्ई जीवनरस चाख्न जिज्ञासाले गर्दा आफ्नो सुबाटो छाडिएको थियो। कुबाटोमा अघिबढीएको थियो । यौवनमादले जुनकिरीलाई मत्याउन अग्रसरता मिलेको थियो। यो अग्रसरतामा पुर्याउने हजुरबाको धनीलार्ई के भन्ने ? हुन त, तन बुढो भए पनि मन भने कहिलै बुढो हुदैन तर पनि यो त बुढौतीको पागल मनस्थितिको उपज नै मान्नु पर्दछ। गलत मार्गमा सुकमलको शयनको कल्पना नै गलत सोच हो। यो गलत क्रीडाले संसारलार्ई गलत बाटो नै देखाइ दियो। दुबैले आफू र आफ्नो यो पक्षलाई भुली दिए। गार्ईभैंसी चौरमा चर्नमा मस्त, गोठालाहरू आआफ्नो दाउमा एकत्रित। झिल्के र जुनकिरी पनि झाडीको माझमा शीतलो ताप्दै पेरमको गीत गाउँन तल्लिन। झिल्केले मखमलीलाई भन्दैथियो। "मीठी" तिमले जवानीको स्वाद चाखेकी छौ " ऊ स्कुलेछात्रा आजसम्म धेरै कुराहरूको जानकारी भए पनि जुनकिरीले जवानीको मीठो स्वाद भने घुमाउरो शब्दमा भनेको के हो, उसले वुझन सकिन र उसले सोधी जवानीको मीठो स्वाद भनेको के हो ? ऊ अलमल्ल परि र फेरि दोहोर्याएर सोधी "के हो त्यो?" "कस्तो मीठो स्वाद?" "अति मीठो हुन्छ, त्यो ! अति मीठो !! हुन्छ बुझ्यौ " "भनन कस्तो हुन्छ?" "पखन कत्ति आत्तिएको ? आउ नजिक आउ, कसैले नदेख्ने ठाउँतिर" उसले जुनकिरीलाई डाक्दै थियो। किन त्यता जाने? "भन न? लाटी तिमी पनि आफ्नै चालाकी, यति पनि वुझदैन ओझेल राम्रो छ । गाईभैंसी राम्रोसँग देखिन्छन्। यस्ता राम्रो ठाउँमा बोलाउँदा किन आउने भनेर प्रश्नगर्ने?" "आएर हेर त?" कति शीतलो ठाउँछ। ऊ डराइ, तर डराउँदा डराउँदै पनि त्यतै लागि। चौरमा सबै बसेर गाईभैसीं हेरिरहेका छन्। जुनकिरी र झिल्के जङ्गलको माझझाडीमा छन्। यो एकान्त वन छ। जुनकिरीको साथमा एउटा लोभीमन छ। साथै जुनकिरीको नयाँ अनुभव प्राप्तगर्ने कता कता जिज्ञासा छ। जुनकिरी नबोलीकन बसिरही। झल्केले कताकता सौलो रुखको दुर्ईवटा कोपिला छुन पुग्यो। जुनकिरी निकै झस्किइ र जुरुक्क उठी र हिड्न थाली, पुनः ऊ झिल्केतिर आई। उसलार्ई यहाँ रमाइलो पनि र डर पनि लागेको थियो। यता बाघ या सिंहले घोडाको शिकारगर्दा घोडालाई झस्काउने गर्दछ अरे। यसरी झस्काउँदा घोडा दकुर्दै आउदै हेर्दै गर्दा गर्दा थाक्दछ अरे अनि बाघले समाउँदछ र शिकार गर्दछ अरे। यस्तै यस्तै चाला सानो विजुलीको धारा वग्दैमा जुनकिरी राती भएर थरथर कामी रहेकी थिर्ई तर थरथरती कमाइले पनि त्यतै डोर्याओ। ऊ झिल्के भएको ठाउमा पुनः आइपुगी। ऊ राती भएकी थिर्ई। तर झिल्केको नजिक आउन भने छाडेकी थिर्ईन। झिल्केले सोध्यो। "किन भागेको?" "भैंसी हेर्न" "झुटबोल्ने लाटी ?" "झुटा बोलेको हैन।" झिल्के निकै खुसी भयो। मनमनै रमायो र जुनकिरीलाई "बसन किन यसरी भागेकी?" "यौवनको मधुपानगर्न मन छैन?" यता जुनकिरीको शरीर भरि काँडा उम्रेका थिए। उसमा जिज्ञासा र डर दुबै थियो। मनमनै उसले सोची "झिल्केको नयाँ खेल के हुन्छ त ?" "यो जीवनरस भन्दा भन्दै आफ्नो जीवन गहिरो समुन्द्रमा भासिएर (डुवेर) समाप्त हुने त होइन ? कसैले देखे के होला ?" "कताकता नयाँ खेल के रहेछ। हेर्यौं अनि पो राम्रो नराम्रो भन्न सकिन्छ।" तर्क वितर्क खेलाउँदै ऊ झिल्केको नजिक पुगी। उसले जुनकिरीको चिउँडो उठायो। ऊ बोलिन, झिल्के हँसिलो थियो। हेर्दा हेर्दै दाँत फुक्लेको ओठ ल्याएर जुनकिरीको लालीपूर्ण ओठमा जोडि दियो। उसको सिगरेट खाएको मुख गन्हाई रहेको थियो। छीः! छीः!! भन्दै पुनः जुनकिरी त्यहाँबाट अत्तालिदै उठी। झिल्के एकटक्क लाएर हेर्दैथियो। पुनः जुनकिरी झिल्केको नजिक आइपुगी ऊ सोच्दैथिई। यस्ले के गर्दछ हेर्दै जाम। के भयो र एक पटक स्तनमा हात पुगे। दोश्रो पटक ओठमा ओठ मिलाओ। ऊ सानी छँदा उसले सयौं पटक चुम्वन गरेको थियो। त्यही ओठ न थियो।आज उसले चुसेको। त्यतिबेला उसले कै नै छाडेको थियो? ओठ, गला, निधार, छाती, नाइटो, पेट --- आदि आदि। उसले चुस्दा त्यति बेला उसलार्ई कति काउकुती लागेको थियो। ऊ खित्का छाडीछाडी हाँसिदिन्थी। जति उसले चुम्थ्यो, उति उसलार्ई आनन्द आउँथ्यो। जुनकिरीले पनि उसको गालामा "चुप्प गर नानु" भन्दा कति हो कति पटक चुप्प गरेकी थिर्ई। त्यतिबेला चुप्प गरे पछि कति ठूलो काम गरेको ठानेर ऊ सबैतिर फर्केर हाँसिदिन्थी। उसको मनमा कौतुहल जाग्दछ। के यो र त्यो चुप्पमा फरक छ त ? उसले आँफै जवाफ दिन्छे, "अबश्य छ" फेरि प्रश्न गर्दछे "के ?" "त्यो त ईश्वरीय प्रेम हो। " त्यहाँ कुसोचाइ हुँदैन।" त्यहाँ भोग विलासले जन्म लिदैन। फेरी कता कता उसमा अन्तरव्दन्द बढेर आउँदछ। ईश्वरभन्दै सम्वेदनशील अङ्गमा किन चुम्ने ?" ऊ अनुत्तरित हुन्छे। यो त यस्तै यस्तै गर्ने समजले नै जानोस्। तर पनि आज ठूली भएकोले नै त होनी उसले यो चुम्वन गर्दा वेस्वाद मान्नुपर्ने। त्यो भन्दा वढ्ता त केही गरेको छैन। पुनः जुनकिरी झिल्केको नजिक पुगी। यस पटकत झिल्केले जुनकिरीलाई बाघले झम्टदा झै झम्टेर तान्यो। ऊ झिल्केको काखमै पुगि। अबत उसलाई पनि कताकता रमाइलो अनुभव भएको थियो। अहिले त झिल्केले राम्रोसँग काखमा च्याप्यो। उसले अरु केहीगर्न सकेन तर मुखभरिको चुम्वनलियो। ऊ केही बोलिन र उसका ती दश औली नै जुनकिरीको स्तन छुन पुग्यो। ऊ अति आवेसमा थियो। जुनकिरी उसको कुकृत्यमा यो भन्दा अघि वढ्न चाहिन। पञ्जाबाट उम्कन बेस ठानेर जुनकिरी त्यहाँबाट भागी। यति बेलासम्म जुनकिरी पनि ताती भै सकेकी थिर्ई। यौवनमाद जागीरहेको थियो। यो यौवन मादले आजको दिनमा यत्तिमै सिमित राख्यो। उसलाई कताकता उकासी रहेको थियो। तर आजको सागरमा झिल्के डुब्नसकेन। आज यौवन मातका लहरहरु छाल बनेर बगे त्यतिमात्र हो। जुनकिरी पनि आजको मादबाट पारभई। पश्चिम दिशामा सूर्य डुब्न लागेंका थिए। गोठालाहरूले आआफ्ना गाईभैंसी खर्कबाट फर्काइ रहकेा थिए। जुनकिरी पनि आफ्ना वस्तुहरू फर्काउन गई। झिल्केको र आफ्ना गाई भैंसीसँगै चर्दथे। ती पनि उसैले फर्काएर ल्याइदिई। तर झिल्केले थापेको पासोतिर ऊ आज पुनः लम्किन। झिल्केको पाशिक मन छटपटायो र सुस्तसुस्त ऊ पनि खर्कबाट घरतिर फर्क्यो। भैंसी गोठमा पुगे। भैंसी बाँधियो। आज दिनभरिको खेलले मानसिक व्दन्दको लागि ठूलै महल बनायो। कौतुहल्ता जागेर आयो। जुनकिरीमा जिज्ञासा थपियो । वनका कुराहरू मनमा निकै खेले तर खेलेर के गर्ने ? घर खानाखान बोलाइयो। आआफ्ना घरमा खाना खाइओ। खाना पछि झल्के घरमा सुत्यो। जुनकिरी पढाइमा वसी। कितावको हरेक शब्दमा दिनभरिको खेल देखिन्थ्यो। हरेक अक्षर अक्षरमा झिल्केको तस्विर नाच्दथ्यो। आँखाभरिको झिल्केको त्यो कर्तुतले ती काला अक्षरहरु सबै हराए। ऊ सुति रातभरी उसको बिस्तरामा झिल्के नाचिरहेको जस्तो भान हुन्थ्यो। ऊ आँफैमा दिक्क हुन्छे। दाँत फुक्लेको त्यो बुढो उसको जवानीको जोडा पनि त होइन। उसको सँगत उसलाई कसरी मिल्दछ ? हैन! हैन ! जोडा मिलाउन हैन। केवल उसले भनेको जवानीको स्वादको चखाइ, कस्तो हुँदरहेछ, चाख्ने मात्र हो। उसले कति मीठा कुरा गरेको छ। जवानीको स्वाद, के जवानीको स्वाद उसले चलाए जस्तै हो त?ऊ तर्कमा थिर्ई। उसलाई रातभर निद आएन। सारारात विस्तरमा छटपटिदैमा बित्यो । यता आज घर आउँदा किन हो कुन्नि झिल्के अति प्रफुल्लित थियो। नातिहरू खेलार्ई रहेको थियो। हँसिलो मुहार, मीठो आवाज, हलुको शरीर, बनाएर उसको फुर्तीलो पना प्रदर्शित भैरहेको थियो। किन हो उसको अति राम्रो व्यवहार उसका बुहारीहरूले विवाह यता कहिलै देखेका थिएनन्। घरका बुहारीहरूलाई आज साह्रै खुसी लागेको थियो। खमलीलाई झिल्केको यो खुशीयाली किन हो ? पत्तै लागेन। आज ऊ साह्रै उत्तेजित पनि थियो। उसले दिनभरिको उत्तेजना, त्यो तिर्खा मखमलीमै मेटायो। आज झिल्केले भविलालको घरमा दिएको आनन्द मखमलीलाई दिन सक्यो। दुबै आआफ्नो खाटमा पुगे। झिल्केले पनि दिनभरिका कर्तुत सम्झ्यो। निदाउन सकेन। सोचेको सपना देखेको विपना भन्दछन्। तर सपनामा देखेकोलाई के भन्ने? विपना हो त ? अबश्य होइन मानवले सपना देख्छ। लामो समयसम्म यो स्मरणमा पनि रहन्छ तर देखेको कुरा प्रमाणमा आउँदैन। त्यो प्रमाणित हुँदैन। सपना देख्यो, मोज गर्यो अनि हरायो। यो यस्तै हो। उसले पनि आज जुनकिरीसँग दिनभरि देखेको र चलेको भन्दा कता कता धेरै अघि बढेको सपना देख्छ र व्यूँझन्छ। व्यूँझदा बुहारीले दैलो लिपीरहेकी थिई।
परिच्छेद एघार
हामी उठेर पानदोकानतिर लाग्यौं। दुर्ईबिडा पान बनाएर काका भतिजाले खायौ र परबाट सकिनसकि एउटी बुढी आईमाईले एक भारी घाँस बोकेर आईरहेकी थिर्ई। काका घोरिनु भयो। एकै छिनमा काकाले फेरि भन्न थाल्नु भयो। दिन बित्दै गए। बुढेसकालले सन्देश पठायो। शरीरमा रोगका लक्षण देखिन थाले। शरीर शिथिल भयो। त्यसो हूँदा कता कता आज मखमली पीडाले कहराइरहेकी छ । उसको स्तनमा शहनै नसक्ने पीडा भैरहेको छ। बिस्तरामा राम्रोसँग सुत्न सकेकी छैन। उसका चारछोराले चुस्दाचुस्दै हतेलेका ती पुष्पगुच्छाहरू आज के भयो भनेर झिल्केल छुनु पनि चाहाँदैन। उसले क्रन्दनलाई एक छिन सुन्न चाँहादैन। कता कता उसले सुनेको थियो। स्तनमा गिर्खा जमे भने क्यान्सर हुन्छ। सायद त्यो क्यान्सर नै हो की ? उसले शङ्का काट्छ। किन हो किन ? झिल्के यो दर्दनाक अबस्थामा मखमलीबाट टाढा हुन चाहान्छ। तर छोराको आमाप्रतिको माया प्रगाढ थियो। बुहारीले त्यति मन पराउँदिनथी।जति आमाप्रति माया भए पनि छोराको ध्यानपुग्न भने सक्दैनथ्यो। मखमलीले चाहेजस्तो स्याहार सम्भार हुनसकेको थिएन। दिन बित्तै जान्छन्। उसको थुनमा गिर्खाको सङ्ख्या बढ्दै जान्छन्। पीडा पनि बढ्दै जान्छ। अब त मखमली उपचार गराउन अस्पतालजान बाध्यहुन्छे। उसको स्तनले उसलाई साहै्र दुःखदियो। ऊ असस्पतालतिर लागि। भन्दछन् "रोगले हात्ती ढाल्दछ।" मखमली पनि त्यो घरकी बाघै थिर्ई। बाघै भएर के गर्ने? रोगले समाइहाल्यो। तर जति रोगले गाले पनि उसको गर्जन भने ठूलो थियो। उसको गर्जनलाई कसैले टार्न सक्दैनथे। ऊ बोले पछि सबै लाटा बन्दथे। अस्पतालमा परीक्षणा भयो। साच्चि नै उसका थुनमा देखिएका गिर्खा त क्यान्सरकै रहेछन्। उसलार्ई रोग लागेको धैरै भइसकेको रहेछ। सेकताप पद्धतीव्दारा उसको रोग सञ्चोहुने छाँटकाँट थिएन। दवाइबाट पनि सञ्चो नहुने देखिएयो अबत उसको छातीको सोभा काटेरै फाल्न पर्ने भयो। उसले आफ्नो छातीको स्वभा काटेर फाल्नुपर्ने हुन्छ भन्दा कता कता उसलाई नरमाइलो लागेको थियो। उसले डाक्टरलाई सोधेकी थिर्ई, थुन काटेरै फाल्न पर्नेहो ? डाक्टरले "धैर्य लिनुहोस्। यो रोगको उपचार यस्तै हुन्छ" भनेको थियो। ऊ केही दिन पछि पैसा जोडेर उपचार गर्न आउने भनेर घरतिर लागेकी थिर्ई। घरमा आउँदा भारतको छोरा पनि छुट्टीमा घर आइपुग्यो। पैसाको ठूलो खाँचो थियो। यो खाँचो कसरी टार्ने उसलाई यो समस्याले सताएको थियो। छोराले ल्याएका पैसाले राहत मिल्यो। छोराले भरतपुर क्यान्सर अस्पतालमा गयो र डाक्टरसँग सल्लाह गर्यो। रोगले ग्रस्तपारी सकेको हुँदा अपरेशन बाहेक अरु उपाए केहीथिएन। अस्पतालमा गराइएका सबै परीक्षणहरू साथमा लिएर उसले भेल्लौर पुर्याउनु बाहेक अरु उपाय केही थिएन। छोराले आमालाई भेल्लोर पुर्यायो। आमाको उपचारमा ऊ जुट्यो। अस्पतालमा आमालाई भर्ना गर्यो। अब अपरेशनगर्ने समय टाढा छैन। सबै नेपाली साथीभाइ जम्मा भए। मखमलीलाई सबैले आमा भन्दथे। अस्पतालमा छोराका साथीले गर्दा एक्लै भएर बस्न परेन। आज डाक्टरहरू जम्मा भए। एकाबिहानै अस्पतालको अपरेशन कोठामा मखमलीला\ई पुर्याइयो। मखमली का नजर चारैतिर डुले उसलार्ई अपरेशन कोठामा बत्तिमुनी सुताएका थिए। यति बेला उसले अरु सबै छाडेर झिल्केलार्ई सम्झेकी थिर्ई। उसको वरिपरि डाक्टर र नर्शहरुले उसलाई घेरेका थिए तर उसले खोजेको व्यक्ति नभए पछि त्यहाँ उसलार्ई शून्यता लाग्यो। त्यहाँ डाक्टरहरूले उसलाई एनेस्थेशिया दिन थालेका थिए। अक्सिजन दिने र इन्ट्यूवेसन गरी इथरसुघाउने काम सुरु भयो। ऊ सोचमै थिर्ई उसको शरीर लठ्ठिदै गयो। अब ऊ पूर्णरुपमा वेहोस भै सकेकी छ। शनैः शनैः डाक्टरहरूले अपरेशनको काम शुरु गरे। उसको थुनहरु काटिए । उसको थुनको अपरेशन सकिंदा नसकिंदा उसको शरीर चलबलाउन थाल्यो। बाहिर छोरो व्याकुल थियो। भित्रबाट एउटी नर्श आएर अपरेशन सफल भएको जानकारी दिर्ई। छोराको अनुहार चम्कियो र छोराका साथीहरु पनि रमाए। अपरेशन कोठाबाट अर्को वेडमा सारियो। हातबाट सलाईन दिइएको थियो। उसको शरीर अब त कम लठ्ठिदै गएको थियो। उसका आँखा तिरमिराउन थाले। उसका आँखाले कताकता धमिलो देखिरहेको थियो। झिल्केको अनुहार उसको नजरमा नाची रहेको थियो। छोरा र झिल्केलार्ई छुट्याउन उसलाई धौ धौ भएको थियो। छर्लङ्ग आँखा खुल्दा त उसले झिल्केलार्ई पाउन सकिन। उसको आडमा भएको त उसको छोरापो रहेछ। अब त उसले छोरालार्ई छर्लङ्ग चिनी। यति बेला उसका आँखाभरि आँसु भरिएका थिए। छोराले आँसु पुछ्दै थियो। तर भावनाको रोगले आज मखमलीलार्ई धेरै सतायो। कता कता भविलालले उसलार्ई देवी मानेर राखेको त्यो गाढा मायाको पनि याद आयो। छोराले "आमा सञ्चोहुन्छ " भन्दै थियो तर मखमलीको आँखा भरि आँसु बग्दै थिए। भावनाले अझै गाढा पन दिएको थियो।आमाले बगाएको आँसुको थोपाहरूको यथार्थता छोरालार्ई के थाहा ? आमालार्ई घाउको दुखाईले होला भन्दै आमाको दर्दमा छोराले पनि आँसु झार्यो। छोराको आँसु झरे पछि मखमलीका आँसु थामिए र उसले "म सञ्चै छु" भनि। बुढेसकालमा सोभा दिएको शरीरका भाग ताछेर फल्दा कता कता शरीरर नै कुरूप देखियो। कति नमिल्दो छाती पुरै ताछिएको। अबत मखमलीलार्ई छाती हेर्यो भने स्वास्नी मानिस कसैले भन्दैन। पहिरनले मात्र ऊ स्वास्नी मानिसमा गनिन्छे। रूप हरायो। रङ्ग हरायो। यौवनका सबै तनरङ्ग हराए। भन्दछन् "मानिस जति बुढाबुढी हुन्छन् त्यति श्रीमान श्रीमतीको प्रीति अझै प्रगाढ बन्दैजान्छ। श्रीमान श्रीमती अझै नजिकिदै जान्छन्। भोगको रोग त टाढा हुन सक्दछ तर जीवन साहाराले नजिक्याउँदछ। सायद एकले अर्काको सहारा खोज्ने बेला आउने भएर होला?" यहाँ मखमलीको शारीरिक सम्वन्ध भन्दा भावनात्मक सम्वन्धको खाँचो भएको थियो। ऊ बिरामी थिर्ई। उसको दर्दनाक स्थिति थियो। झिल्केको एक एक शब्द उसको दर्दको दवाइ हुन्थ्यो। यो भावनाको मीठो शब्द केवल "तिमी कस्ती छ्यौ" यति मात्र भए पनि उसलाई मलहम हुन्थ्यो। शीतलो रसस्वादन सारा शरीरै भिज्ने गरी शीतलता छाउँदथ्यो। उसको कल्पना शक्ति बढेर जान्छ। ऊ कल्पनामै डुव्दछे। ऊ अति भावुक बन्दैजान्छे। आज कता कता मखमली पर्वत पुग्दछे। उसले त्यो दिन सम्झन्छे जुन दिन झल्केलाई उसले आफ्नो जवानी चखाएकी थिर्ई। भविलाल, त्यो दिन घर छाडेर टाढै गएको थियो। दुबै लामो समयसम्म अगोनोमा आगो तापेर बसेका थिए। सबै छोराहरू निदाइ सकेकाथिए। मखमली पनि हाईगरेर आङ्गतानेर सुत्नगई। झिल्केले कक्कड सल्कायो। एकसर्को कक्कड तानेर कक्कड दिने निहुले मखमलीको आडमा पुग्यो । ऊ आज बाहिर धन्सारमा सुत्न जान चाहेन। उसले मखमलीको हात समायो र शनैः शनैः शरीरमा हात चलाउन थाल्यो। मखमली कता कता झस्किई र उसले झिल्केको हात तरकाउन खोजी तर झिल्के अझै अघि बढ्यो। उसले मखमलीको शरीरमा हात चलाउदै गयो। अब त उसको शनैःशनैः शरीर पनि विस्तराम्रा ढाल्न थाल्यो। यौवनमस्त मखमलीले शनैः शनैः बिस्तरामा झिल्केलार्ई ठाउँ छोड्दै गई। झिल्केले बत्ती निभायो। दुबै जनाको राम्रो सङ्गम भयो। त्यो दुबैको सौलो रात भयो। छोराहरू मस्त निद्रामा थिए। रातभरि आफ्नै संसार आफ्नै मोज र आफ्नै आनन्दले दुबैमा अर्कै आनन्दता छायो। यो रात नै यस्तो रात थियो जसले यी दुबैको जिन्दगीको लामो सङ्गमको धैर्यतालाई जोडिदिएको थियो। आँखा काँचै थिए। बिहान उठ्दा आँखा विझाइरहेका थिए तर दुबैमा नौलो अनुभव भएको थियो। त्यो दिन देखिको नौलो संसार, नौलो विचार नौला सङ्गम मखमलीले सुरु गरेकी थिर्ई। ऊ अझै भावुक बनेर जान्छे। ती हरेक रात उसले सम्झन्छे। ती रातहरूमा उसले भविलाललाई कता कता बहाना वनाउथी र उसलाई शारीरिक क्रीडामा चाँडै अलग्याउँथी। भविलालको शरीरमा तेल लगाइदिन पनि कता कता झर्को लाग्दथ्यो तर झिल्केको गोडा घण्टौ मिचिदिन्थी। झिल्केले दुबै हातले सारा शरीर जकेड्दा उसले आफूलाई भूलिदिन्थी। आज त्यै झिल्के धेरै टाढा भएको थियो। यस्तो रोगमा पनि उसले साथ दिएन। अबत उसले मखमलीलाई, मखमलीले भविलाललाई गरेजस्तै व्यवहार गर्र्दै थियो। मखमली झिल्केको शयनमा जाँदा छोराछोरीको वाहाना बनाउँथ्यो। बुढेसकालको सहारा मानिएको श्रीमान त कता कता हराउन थालेको थियो तर मखमलीले चाहान्थी यो गाठै गाँठाले भरिएको कल्चौडोको मालिस बुहारीले भन्दा झिल्केले नै गरिदिओस्। रातभरि उसले सहन परेका ती दर्दहरूको दाँतको कट्कट्याई झिल्केले नै सुनिदिओस्। दुर्भाग्य यस्तो नै हुँदोरहेछ। दिनभरि हलो जोतेर थकान शरीरमा भविलाललाई छलेर उसले गएर खुट्टा मिचिदिंदा दिने माया आज सम्पन्नतामा पनि उसले पाउन सकेकी छैन। झिल्के तर्किन्छ। मखमलीले सम्झन्छे। झिल्के उसको पहिलो श्रीमानको हली भएर कामगर्दा कत्रो परिश्रम गर्नुपर्दथ्यो। आज त त्यो परिश्रमको आधा पनि परिश्रम गर्न परेको छैन। छोराहरू पनि राम्रा छन्। अतिसज्जन छन्। घरको सबैजसो काम उनीहरू नै गर्दछन्। पूँजी पनि त धेरै जोडी सकेका छन्। हलगोरु, जोरभैंसी, मनङ्गे उव्जाउ, हुने खेत छँदैछ। यही भएको सम्पतिलाई परिचालन गरे जीवन सुखी भएर जान्छ। मखमलीको आशा र इच्छा भनेको भावनात्मक सुमधुरता नै त थियो। शरीर बुढो हुँदै गएको छ। यो बुढेस कालमा उसले शारीरिक सम्पर्क भन्दा शारीरक स्पर्शलाई नै ठूलो महत्व दिन्छे। मानव भावना, कामना, कर्ममा उत्रोस्, बुढौली सुखमय भएर जावस् भन्ने उसको चाहना हो तर दैवले या कर्मले भनौ आफूले चाहेजस्तो जीवन वित्न कठिन हुँदै गएको अनुभूति हुँदैगएको छ । ऊ चाहान्थी भावना, चाहना, कर्म कर्तु, को समन्वयतामा जीवन अघि वढोस्। तर दिनले कोल्टे फेरेको छ। उसले भविष्यलार्ई हेर्दैजानु सिवाय अरु केही छैन। कल्पनामा आमा डुबेको छोरालार्ई के थाहा ? आमाको सोचाइ अन्तै छ। त्यो सोचाइमा घाउको दर्द हराएको छ। घरको सोचाइको दर्दले सताएको छ। उता कुर्न बसेको छोरालार्ई आमालार्ई अपरेशनको दर्दले सताएको छ भन्ने भान छ। वास्तवमा छोरा आमाको यति ठूलो दर्दको बारेमा अनजान छ । छोरामा आमालार्ई आरामको आवश्यकता छ भन्ने सोच छ । उसले आमाको छेउ छाडेको छैन । कल्पनाबाट मखमली बाहिरिंदा छोराको मुख निनाउरो देख्दछे। ऊ आफ्नो पीडाबाट बाहिरिएर छोरालार्ई "आराम गर बाबु " भन्दछे। आँफु कोल्टेफेर्न चाहान्छे तर सम्भव हुँदैन। परिच्छेद बाह्र कोहलपुरबाट हामी जहाजग्राउण्डतिर लाग्ने बाटोतिर लाग्यौं। काकाले रिक्सा बोलाउनु भयो। हामी दुबै रिक्सामा चढ्यौ। रेक्सा अघि बढ्दै थियो। काकाको ध्यान धर्मकर्म तिर लाग्यो। लामालामा धर्मका गन्थनहरू निकाल्नु भयो। धर्मगर्न जाँदा पनि त मानिसले आफ्नो काया कर्मको साथै श्रृंगाररसको तृषणा पूरा गर्दछन् ? होला मैले भने। काकाले भन्नुभयो हेर रणे सुनुवारको कुखुरोको भालेले ठूलो डाँको छाड्यो । ग्रामिण वधुहरू उठन् थाले। कुशेऔंसीको दिन थियो। सबै गङ्गास्नानतिर लागे। झिल्केका बुहारी पनि उठेर घरको काम सुरु गरे। मखमलीले नाति लिएर बिस्तरामा नै सुतिरहेकी थिर्ई। घरमा चिया पाक्यो। खाट खाटमा चिया आयो। सबैले चिया पिए। झिल्के भैंसी दुहुन गयो। वालरविको लालीले पूर्व नै लाली पूर्ण वनाएको थियो। शनेः शनैः लालीमापूर्ण करहरूले देवचूलीलाई सुनौला रङ्गमा परिणत गरेको थियो । धोवादीको डाँडाले लालीपूर्ण यौवनमा नारायणीलाई हेरिरहेको थियो। नारायणीको त्यो उर्लदो सँगीतमा सबै मस्त थिए। नारायणीको वरिपरि गाउँहरूले यो आवाजबाट कहिले अगाउँदैनथे। नारायणी पनि आफ्नो शक्ति प्रदर्शन गर्न पछि पर्दैनथिन्। नारायणीलार्ई धेरै भएर बाँडिन मन लागेको थियो। त्यसो हुँदा यहाँ नारायणी पनि फाटेकी थिर्ईन्। भंङ्गालोको बीचमा सुन्दर टापु बनेको छ। यो सुन्दर टापुमा लुईचे, कालिज, बाघ भालू, हात्ती गैंडा, मृग आदि विचरण गर्दछन्। मयुरहरूको नाच गाउँलेले सजिलै देख्न सक्दथे। टापुमा होटेलहरू थिए। त्यो होटेलमा जानको लागि नदीमा डुवाँ छ। डुवाँ सधै नदीको किनारामा डोराले बाँधेर राखिएको हुन्छ । आज किन हो किन नारायणी सुसाएकी थिर्ईन्। आज धेरै मुर्दाहरु नारायणीमा आउँदछन् भनेर कुनै वुढाले भन्दै थियो। कोइ भन्दै थिए। आज स्याल रोयो, कुकुर रोयो, गङ्गा सुसाइन्। अबश्य नयाँ घटना घट्दछ। आज धेरै मुर्दा घाटमा आउँदछन्। मानिसहरूले यो अशुभ लक्षणको अड्कल काटीरहेका थिए। शनैः शनैः रविको किरण लालीबाट आफ्नो आकारमा आयो। घरघरमा खाना पाक्यो। सबैले खाना खाए। मेला जानेहरू मेला गए। भैंसी चराउनेहरू भैंसी चराउन गए। झिल्के गार्ईभैंसी लिएर वनतिर लाग्यो। जुनकिरीले दिनभरि भैंसीहेर्न पाउँदिनथी। उसले विहान गार्ई भैंसी फुकाएर वनतिर लगाउँथी र बैलुका स्कुल छुट्टी भएपछि गार्ईभैंसीलाई लिन जान्थी आज त शनिवार थियो। स्कुल छुट्टी थियो। जुनकिरी पनि गार्ईभैंसी लिएर सधैंभन्दा अलि अबेर गरेर वनतिर लागि। सबैले आआफ्नो खर्कमा गार्ईभैंसी चराउन पुर्याइ सकेका थिए। जुनकिरी र झिल्केले भने आज गाई भैंसीलाई छेउमै रोके। गार्ई भैंसी छटपटाइ रहेका थिए। तर झिल्केले राम्रोसँग रोक्यो। यो रोकाइ तवसम्म रह्यो जबसम्म अरुका गाईभैंसी नारायणीका तीरसम्म पुग्दैनन्। अब झिल्के र जुनकिरीले आफ्ना गाई भैंसीलाई अघि बढ्न दिए। अब गोठालाहरू सबै टाढा भए। झिल्के र जुनकिरी मात्र त्यो वनको पाखामा एक्लै भए। झिल्केले भन्यो अब त छहारी नै राम्रो होला? जुनकिरी पनि छहारीतिर लागि। एक हप्ता अघि भएको घटना आजसम्म खाता बसिसकेका थिए। तर मनमा चलेको अँाधीवेरीले भने शरीरलाई हल्लाइ राखेको थियो। सपनिको संसारमा रमाएका कुराहरू झिल्केले निकाल्यो। जुनकिरी पनि कति रमाएकी थिए। त्यसबेला झिल्केले वहकिदै भनिरहेको थियो। जुनकिरीले झिल्केको मुखमाहेर्न कता कता असजिलो मानीरहेकी थिर्ई। झिल्केका हात सलवल गरिरहेका थिए। हरेक रात जुनकिरी नाङ्गो शरीर लिएर सपनिमा उसलाई व्यूँझाएको कुरा गरिरहेको थियो। उसका हात कता कता जुनकिरीको सम्वेदनशील अङ्गमा पुगेका थिए। ऊ तर्सिइ । ऊ उठेर पर पुगी र पुनः ती रसिला कुरा सुन्न फर्की। उसलाई रमाइलो लागेको थियो तर उसले आफ्नो कुमारीत्व सौपने भावना त कल्पना पनि गरेकी थिर्ईन। कुराहरू चल्दैगयो। घडिले समय जाँदै गरेको सङ्केत दिईरहेको थियो। रुखमा चरा चुरुङ्गीहरूका जोडिले त्यो अमिल्दो मिलन हुन गइरहेको कर्तुतलाई नजिकबाट हेर्दैथिए। झारपात तथा लता वृक्षहरुले मूक भावमा झिल्के र जुनकिरीलाई हेरीरहेका थिए। त्यहाँ मूकवार्ता चलिरहेको थियो। धर्तीले कताकता भैचालो जाने डर देखाएकी थिर्ईन्। गाईभैंसी चर्नमा व्यस्त थिए। खयरको वुटोले शरीर मर्काएको थियो। भेल्लरको पातले दुबैलाई छेकीरहेका थिए। सिसौले त्यो कर्म देख्न नपरोस् भनेर सर्लक्क ठाडो मुन्टो लगाएको थियो। कता कता स्याल छिन छिनमा करायो। आडमा चारा टिपीरहेका तामेढुकुर त्यहाँबाट उडिदिए। सिमलको रुखले त्यो जोडिलाई हेर्नसकिरहेको थिएन। दुबै अति नजिक पुग्दै थिए। चर्दै आएको गाईले टक्क उभिएर हेरिन् र यो यौवन मादलाई हेर्न नसकी ईश्वरलाई सम्भि्कन् र भनिन् "धन्य हाम्रो प्रभुको लीला। यो त त्यही कृष्ण लीला हो जो कृष्णले ग्वालिनीलाई चखाएका थिए।" बाँ आवाज दिएर गार्ईले गुहार मागिन्। आवाज दोहोरियो तर कसैले गुहार दिएनन्। बरु उताबाट साँढेको ठूलो आवाज हबाँ गरेर आयो। उत्तेजना चढ्दै थियो। झिल्के अघिबढ्यो र रातो गुवालको सौन्दर्यतालाई नियाँलेर हेर्यो र यौवनरसलाई निचोरेर फाल्यो। आज गाईभैंसी चरेर फर्के। यो जोडिलाई कुनै दखल पुगेन। गाईभैंसीसँगै झिल्के र जुनकिरी फर्के। आवत जावतको कर्म वढीरहेको थियो। झिल्के दिनभरि भैंसी चराउँथ्यो। जुनकिरी वेलुका स्कुलबाट फर्के पछि भैंसीलिन जान्थी। सम्वन्ध राम्रोसँग बढ्यो। मखमलीलाई उसले काकी भन्थि र झिल्केलाई काका। मखमली पनि कामगराउन पाएर खुसी हुन्थी। काकीले निकै मन पराउँथी खाजा खुवाउँथी। मखमलीलाई के थाहा? भतिजी चाँडै सौता बन्दैछ भनेर। दाजु भाउजूहरु (मखमलीका छोरा बुहारी) पनि जुनकिरीसँग राम्रो व्यवहार गर्दथे। उसले दाज्यू र भाउजूको नाताले बोलाउँथी। झिल्के र जुनकिरी बीचको सम्बन्धमा कसैले कल्पना पनि गर्न सक्दैनथे। दिन विते रात विते मखमली औषधी उपचार गर्न भारततिर लागि। अब त झन् दुबै धेरै नजिकिए। झिल्केको कोठामा नै जुनकिरीले आफ्नो प्यास वुझाउन थाली। दूधमा पल्केको बिरालो कुडेको दूध कुर्ने शिवाय अरु के काम हुन्थ्यो र ? यो सम्वन्को गाँठो कसिलो भएर कसियो तर यो घटना कल्पना भन्दा बाहिरको भएकोले कसैले शङ्काकाट्न सकेनन्। चोरले दसी छोड्छ भन्दछन् यो दसी देख्ने घरमा कुनै प्रहरी भएनन् । घरका बाबुआमाले यो छोरीको बदलिंदो परिस्थितिलाई ध्यानैदिन सकेनन्। छोरीले राम्रो सङ्केत दिदै गएकी थिर्ई। ऊ वनमा जाँदा कुर्तासुरुवाल छोडाएर जान्थी। कहिले काँही त कुर्तासुरवाल मात्र नभएर अन्डरवयर पनि अलपत्रै फालिएको हुन्थ्यो। आमाले कहिले काँही आफ्ना कपडा पनि समाल्न नसक्ने भनेर गालीदिन्थी। जुनकिरीले रातोमुख लगाउँथी। छोरीको महीनावारी रोकिएको आमाले ख्यालै गर्न सकिनन्। जुनकिरीको शरीर डोलिदै गएको थियो। वटुक अलि पुष्टिदै आएको थियो। अब त झिल्केका छोराबुहारी पनि बाबुको कुकृत्यको शङ्काकाट्न थालिसकेका थिए। साँझ पर्न पर्न आँटेको थियो। झिल्के घरबाट निस्क्यो जुनकिरी पनि दिउँसै घरबाट निस्कि सकेकी थिर्ई। दुबै आफ्नो नवजीवन श्रृजनामा लाग्नको लागि गाउँबाट अलपिए। परिच्छेद तेह्र काकाले भन्दै हुनुहुन्थ्यो। जीवनको बाटो लामो हुन्छ बुझिस्। मैले स्वीकृतमा टाउको हल्लाएँ। अनि मलार्ई लाग्यो जीवनको बाटो कती लामो हुन्छ र मैले काकासँग कुरा राखे जीवनको बाटो कति नै हुन्छ र काका ? काका मुस्कुराउनु भयो। धेरै भए १०० बर्ष। आयु लामो हुँदैमा के हुन्छ र? बाँच्न पाइन्छ। काकाले पुनः थप्नु भयो। वाँच्ने गरि बाँचे पो सार। अब त हाम्रो गन्थन पनि सकिन आँटे्यो र काकाले अन्तिम श्रृङ्गार रस छाट्ुन भयो। साँझ अबेरसम्म छोरा र बुहारीले खाना कुरेर बसे। बल्लाघर पल्लाघर गएर खोजे तर झिल्केको अत्तोपत्तो लागेन। बिहान भयो झिल्के घर फर्केन। भोलिपल्ट गाईँगुँइ हल्लाचल्यो। जुनकिरी पनि हराई रे। जुनकिीरिका बाबुआमा पनि जुनकिरी खोज्दै नातापाताको घर घर चाहार्न थाले तर जुनकिरीको पनि अत्तोपत्तो लागेन। सबै झिल्केको घरमा जम्मा भए झिल्केले धन बोकेर हिँडेको थियो। दुबैको बैबाहिक सम्बन्धमा विश्वास गरियो। यो अनमेल बिबाहमा सबैलाई घृणा जाग्यो। घृणा जागेर के नै गर्ने?सौलो आकाश बोक्नेले बोकी सक्यो। जुनकिरीको प्रकाशले टर्चको काम कसरी गर्ने? जति प्रकाश थियो । त्यो छरियो। अन्धकार चिर्न त सूर्य नै चाहिन्छ। कालो रात्री भन्दा चन्द्रको प्रकाश अबश्य उज्यालो हुन्छ। त्यतिमात्र हो। घृणाको नदी बग्दै गए पनि अब त झिल्के र जुनकिरीको नयाँ जीवन शुरुवात भयो। उनकै आकाश, उनकै धरती। उनकै प्रीति र उनकै भावनामा वग्नु सिवाय के नै छ र ? जहाँ यी दुबैको जीवन सङ्गमको शुरुभयो त्यहाँ झिल्केको नाम रह्यो तन्नेरी हजुरबा। तन्नेरी हजुरबा अझै पनि रसिला छन्। भरखरै बिबाह गरेर होला तन्नेरी हजुरबाको जुल्फी, स्टकोट, पतलुङ्गमा अलि अलि अत्तर छर्कन छाडेका छैनन्। एउटा दाँत फुक्लेको युवक र एउटी स्कुलमा अध्ययन गर्ने बालिकाको कस्तो सङ्गम, कति मीठो जीवन स्वाद ? भविष्यमा मीठो या तीतो यो त भविष्यले नै बताउला तर सम्भोगको रोग मस्तजवानीमै लाग्यो भने अनौठो रूपमा लिन पर्ने देखिदैन। आज आएर उनी छोराकी आमा भै सकेकी छन्। झिल्के पनि जुनकिरिलाई आफ्नो वाहुपासमा बाँध्न पाउँदा खुसी नै देखिन्छन्। दिनभरिको नित्यकर्म व्यपार पछि झल्के घर गएर नवजात बालक र षेडशीलार्ई अङ्कमाल गर्नमा नै मस्त देखिन्छन्। यहाँ अनमेलको मेल भेल भएर बगेको छ। समुद्रमा पुग्न त अबश्य समय लाग्ला तर भेल बगेकै छ। मखमली आफ्नो रोगको उपचार गरेर घर फर्कदाँ, उसको प्राणभन्दा प्यारो झिल्केको बिस्तराको सबै कपडा हटिसकेका थिए। छोरा र बुहारीले झिल्के र जुनकिरीको बिबाह भएको जानकारी ढोकाभित्र पस्ननपाउँदै दिनचाहेनन्। आउनै बित्तिकै मखमलीले झिल्केलार्ई खोज्दछे। छोराबुहारीले जानकारी दिन चाहादैनन्। पर्वतबाट खवर आएर घुम्न गएको कुराहरू त्यहाँ बताइन्छ। आरामको लागि छोरा बुहारीले आग्रह गर्दछन्। आफन्तहरू भेटघाटगर्न आउन थाल्दछन्। भेटघाटको क्रममा नयाँ घटना प्रति पनि सहानु भूति प्रकट गर्दछन्। सत्य कुरा छिप्दैन झिल्केको विवाहको घटना प्रकाशमा आउँछ। भरखरै रोगको उपचारबाट फर्केकी मखमलीको सारा शरीर पहेंलपुर हुन्छ। उसको रोगभन्दा घरमा सल्केको क्यान्सरले ठूलो स्थान लिएको महसुस मखमलीलाई हुन्छ। ऊ थच्च बसेर हिजो र आजलाई सम्झन्छे। आफ्नो मर्नेबेलामा सल्केको यो क्यान्सर प्रति आफ्ना सबैले सहानुभूति प्रकट गर्दछन्। उनका सबै शत्रुहरूले भने यो सुनौला मौकालार्ई किन गुमाउँथे। मखमलीले जीवनमा गरेको पापको फल भन्दछन्। पत्लाघरे साइँलिले आफ्नी बुहारीलार्ई सम्झाउँदै थिर्ई "बुहारी गर्नु नगर्नु गर्न हुँदैन। हेर त कस्तो पाप जीउँदै भोग्न परेको छ। स्वर्ग र नर्क कहाँछ? यहीं छ। त्यो भोग गर्न मर्न पर्दैन। जीउँदै मानिस स्वर्ग र नर्कको उपभोग गर्दछ। छोरी पिटेर बुहारी तर्साउने प्रबृतिको समाजले आज मखमलीमा परेको मर्कामा तीर चलाउन किन छाड्थे। भिरालामुनीकीले पनि बुहारीले नाति कुटेको बाहना गरी "छोरा छोरीलाई माया गर्नुपर्दछ बुहारी हेर!" दुधेबालक छाडेर हिँडेको हुँदा आज थुनै काटेर फाल्न परेको छ" भन्दै थिर्ईन्। मनमतिको श्रीमानसँग झगडा भएको देखेर जसमतिले सुनाउँदै थिर्ईन् "श्रीमान भनेको त जीवनको साथी हो बुझ्यौ! समझदारी कायम गर्नुपर्दछ, अन्यथा! मर्ने बेलामा त्यो श्रीमानको पाप लाग्दछ!! क्यान्सरहुन्छ! क्यान्सर!! देखेकी छैनौ आडैमा कस्तो पापकुर्लेको छ। अर्किले भन्दै थिर्ई "ईश्वरको घरमा न्याय छ न्याय " धेरै महिलाहरूले होमा हो थपेका थिए। मखमलीलार्ई भने यो बेलामा आफ्नो स्तनको क्यान्सर भन्दा जटिल भन्दा जटिल क्यान्सरले समातीसकेको थियो। जीवनमा लिएको र दिएको भोगको रोग, जीवनको पासो बनेर आएको थियो। समाजले साटो फेर्ने बेला आएको छ। शत्रूहरु मौलाएका छन्। झिल्के बौलाएका छन्। मखमलीका भविलाल प्रतिका कुकृत्य उसका नजरका वरिपरि नाचेका छन्। आज कता कता मखमली त्यो भविलाल, ती चारछोरा, ती नुवारका सज्जन व्यक्तिहरू नजरमा घुम्दै जान्छन् कता कता उसलार्ई चक्कर आउँदछ, पानी भन्दै कहिल्यै नव्यूँझने गरि ओछ्यानमा पल्टिन्छे । यता भविलालको एक्लोजीवन, घरलार्ई स्वर्गबनाउनको लागि सङ्घर्षमा जुटेको छ । सुखसँग बितेको छ। सन्ततिप्रतिको त्याग भोगको रोग भन्दा माथी हुन्छ। यो प्रमाण त भविलालले दिए रै छाडे। मानवले मानवताको पाठलाई सबैसँग उदाहरणमा दर्शाउन सक्नु पर्दछ। समाजमा बाबुको कर्तव्य छोराछोरीप्रति कस्तो हुनु पर्दछ, त्यो भविलालबाट प्रष्टसँग दर्शिएको छ र उनको यो योगसिद्ध त्यागले बाबुको कर्तव्यको बोध गराएको छ। यो धैर्यधारणले जीवनको अन्तिम दिनसम्म प्रकाश छरोको छ। उनको आफ्नो फूलबारीका ती पुष्पगुच्छाक़ो फूलबारीमा सुवास मगमगी चलिरहेको छ। ती चारछोराले आदरताको फूलमाला बाबुलाई आदरसाथ चढाइराखुन्, उसले यत्तिमात्र चाहान्छ। भविलाल जीवनको उचाइमा, स्वर्गको न्यानो मायाँ, स्वागतको रूपमा जीउँदै प्राप्त गर्ने अभिलाष बोकी रहेको छ। उसमा धैर्यता छ, निश्चल र विशाल भावना छ। सुखद जीवन गुजँ्रदै गएको छ। भविष्य त भविष्यले नै बताउँदछ र बताउला ? आज ऊ एक्लो भएर पनि जीवन सङ्गिनीको महसुस गरेको छैन। कुकर्मको फल निश्चय नै राम्रो पाइँदैन। त्यो त भविस्यले नै बताउला? तन्नेरी हजुरबाको जीवनको प्रत्येक पल कुकर्ममा नै बितिरह्यो। उनले धेरैका घरभत्काइ सकेका छन्। आज पनि जीवनको ठूलो पर्खालको रूपमा रहेको एक सोडषीको जीवन क्षणिक मोजमा नै चकनाचुर भएर गएको छ। हुनत आज दुबै एकै अँगालोमा बाँधिएका छन्। भोलि भोलि हो। उनको यौवन बृद्धस्य तरुणी विषं नहोस् र अब फेरि कसैको गुँड नफोरियोस्। भोगको रोगको एड्स नलागोस्। काका भन्दै हुनुहुन्थ्यो। काका र म जीवनका तीता मीठा कुरा गर्दै थियों। लामो घरायसी जीवनमा व्यहोर्न परेका गाउँका घटना र जीवन गुजाराको लागि बसाइ सर्न खोज्दा दाजुभाइले उनको जग्गा बेच्ने बेलामा गरेको खिचलो, काकामा जीउँदे थियो। काका भन्दैहुनुहुन्थ्यो खोला पारिकाले "मेरो छेउको काउराको बोट" भनि काट्न लागेको घटनाको स्मरण, सानो उमेरमा भोग्न परेका समस्या बसाइ पनि धेरै ठाउँमा सर्न परेको, आदि आदि कुराहरू काका सुनाउँदै हुनुहुन्थ्यो। काका भतिजाले यति लामो सामाजिक घटनाको कुरा कानी त पहिला कहिले गरिएका थिएनौ। आज तन्नेरी हजुरबा देखि लिएर धेरै कुराहरू गर्न वाँकी थियो तर के गर्नु, मलार्ई काठमाण्डौ जाने हतार थियो। काकासित बिदामाग्नु थियो। त्यसो हुँदा बिदाबादितिर लाग्ने बिचार राखियो । समाजमा सामाजिक उत्थानको लागि वीउको आवश्यक पर्दछ । वीउको रोपाइगर्दा वीउ उम्रन्छ। बोट बढ्दछ। फूल लाग्दछ। परागसेचन भै फल लाग्दछ र अन्त्यमा फल पाकेर पुनः वीज को उत्पादन हुन्छ। काका भन्दै हुनुहुन्थ्यो "सुकर्मको वीउ मौलाउँदै जावोस् र भोगको रोगले कहिले श्रृष्टिको बिनास नगरी सुकर्मको बाटो खनोस्" पुनः काका भन्दै हुनुहुन्थ्यो। "भोगको रोग भन्दा कर्म योग ठूलो हो"। काका ले मलाई सुनाउँदै हुनुहुन्थ्यो। एक्कासी एकजना मानिस बडबडाउँदै दकुरी रहेको थियो। उसका पछि पछि दुईजना मानिस दौडिरहेका थिए। जहाज रोक ! जहाज रोक !! मेरी जुनकिरीलाई मुम्वई पुर्यायो ! मुम्वई पुर्यायो !! भाङ्गेमा, नारायणीको तिरमा, सिमलको फेदमा, खाटमा, बाटोमा, कटेरोमा, धनसारमा, अँधेरोमा, उज्वालोमा, हेर! हेर !! हेरत ! हेर !! करणी गरेको गरेकै छ, छ ! के !! छ। हेर ! हेर !! अहिले भगायो भगायो, लौ भगायो भगायो भन्दै जहाज ग्राउण्डमा ऊ आएर टक्क उभियो। उसलाई काकाले के भयो ? के भयो ? भन्दै हुनुहुन्थ्यो। उसका पछि लागेका मानिसहरू आइपुगे र उसलाई समाए। उनीहरूबाट थाहालाग्योकी जुनकिरी पनि बच्चालाई छाडेर कुनै युवकसँग भागिसकी कोठामा सबै अलपत्र छ। उसको घरमा भएको सवै रुपियाँ, सुनाचाँदी आदि लिएर जुनकिरीले तन्नेरी हजुरबाको सर्वस्व पारेर हिडी सकी। बच्चा घरमा रोइरहेको आवाज सुने पछि गाउँले सबै जोडियौं तन्नेरी हजुर बालाई खवर पठाइयो। कोठामा पुगे पछि तन्नेरी हजुरबाको दिमाग बिग्रो। सबै कुराहरू हामीले ती दुईजना बाट सुन्यौ। झिल्के बौलायर हाय! यता तन्नेरी हजुरबा बौलाएर हाय ! मखमली, हाय !! जुनकिरी भन्दै जुनमहिलालाई देख्यो उसैलाई समाउन दौडीरहेको छ। कुनै पनि लोग्ने मानिसलाई देख्नैहुँदैन। आक्रमण गर्न जान्छ। यति बेला सम्म नेपालगञ्जमा बुद्धएयरले आफ्नो अबतरण गरिसकेको थियो। म सुरक्षा जाँचतिर जान काकाको आशिर्वाद थाप्दै थिएँ। तर केगर्नु तन्नेरी हजुर बा को यो दुर्दशाको यथार्थ घटनाहरु जानकारी लिन नपाउँदै। म जहाजमा चढें र काकाले हात हल्लाएर वाइवाइ गर्दै हुनुहुन्थ्यो। एकाएक जहाज आकासियो।
समाप्त |
April 17, 2012
तन्नेरीहजुरबा -(सामाजिक उपन्यास)
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment