April 15, 2012

Abhagika muktak haru

दाह्री खैारी

दाह्री खैारी कपाललाई खैरो खैरो पारे

सजिसजाउ जुता मोजा डेरा पनि सारे

बनीबनाउ के को लागि भनि प्रश्न राख्दा 

मुख भरिको मुस्कानमा सबै कुरा टारे

 

छुवाछुत

 

छुवाछुत मुक्त भन्ने खबर सुनेर के हुन्छ

दिनरात जालसाँझी भाषण बुनेर के हुन्छ

व्यवहारमुखी हुनुपर्छ गरिएका कामहरू

निर्धालाई कानुन देखाउन थुनेर के हुन्छ

 

कर्मिमौरी कर्मयोगमा

 

कर्मीमौरी कर्मयोगमा मध्यमन्दिरमा उनी थिइन्

सायद रानी भएर होला एक प्याला मधु पिइन् 

अब के चाहियो र, भालेहरूले भाग्य अजमाए

कसैको प्राणै उड्यो, उन्ले भने आनन्द लिइन्

ईर्ष्या मोह लोभ  

ईर्ष्या मोह लोभ हेर मानिसका साथी

यिनै साथी मात्तिएर हान्छन् टाउको माथी

यिनै चिज त्याग्यो भने मानिस बन्छ उच्च

यिनै चिज समाएमा मानिस बन्छ काती

 

क्या सपना देखंे 

क्या सपना देखे मेरो निद्रा हराम भयो

उन्ले सर्बस्व दिइन्, मेरो चक्का जाम भयो

त्यसैले होला आजकल हामी दुबै टाढा बस्छौं

दुबै पवित्र छौं तर आवरणमा बदनाम भयो

No comments:

Post a Comment