April 17, 2012

बुढौतीका रहरहरू (गजलसङ्ग्रह)

बुढौतीका रहरहरू

(गजलसङ्ग्रह)

 

सदानन्द "अभागी"

कावासोती १ शान्तिचोक

नवलपरासी

लुम्विनी अञ्चल, नेपाल

२०६५(२००८)

 

 

कृति       बुढौतीका रहरहरू (गजलसङ्ग्रह)

कृतिकार    सदानन्द "अभागी"

प्रकाशक    विनोद रिजाल

               विदुर रिजाल

प्रथम संस्करण  वि.सं २०६५

सर्बाधिकार  लेखक स्वयंमा

आवरण शिल्पी रामकुमार श्रेष्ठ 

कम्प्युटर डिजाइनर सदानन्द अभागी

 (९८४१३३५९८३)

Email: sadanandajaishy@ yahoo.com

BUDHAUTIKA RAHARHARU

(GAJALSANGRAH)

By

Sada Nanda Abhagi

Published:

BINOD RIJAL

              BIDUR RIJAL  

       NMNF:        1

       SN:       S A 19

       ISBN:    978-9937-2-0933-5

मूल्य रु. १००।

मुद्रकः रिजाल एण्ड ब्रदर्श छापाखाना, कावासोती,     

 

 

 

 

 

 

शुभ सम्मति

 

 बरिष्ट माटो विज्ञको रूपमा लामे अवधिसम्म जागिर खाई आफ्नो जविनलाई नै कृषिमय बनाउनुहुने सदानन्द जैसी नेपाली वाङ्मयका अथक साधकका रूपमा परिचित हुनुहुन्छ। २०२०को दशकबाट साहित्यिक साधनामा सकृय रहदै अभागी उपनामले परिचित रहनु भयो।

खासगरी उहाँले २०५०को दशक देखि साहित्यिक क्षेत्रमा बढी सक्रियता देखाउनु भएको छ। सरकारी सेवाबाट अवकाश प्राप्त जीवन साहित्यिक जमातको लागि उर्वरक रहेको र कृति प्रकाशन र लेखनका निम्ति धाराप्रवाह प्रस्फुटनको युग बनेको छ अभागीको।

 साहित्यिक हरेक फाँटमा समानन्तरले लेखनी जुरमुराउने अभागीका उत्तरार्धका कृतिहरूमा समयसापेक्ष भावनाको सहजानुभूति पाइन्छ। प्रस्तुत " बुढौतीका रहरहरू" मा कलरिजको जस्तो कल्पना, शक्तिमा महाकवि देवकोटाको जस्तो भावहरूको कलात्मक संयोजन पाइन्छ। गजलगो सदानन्द अभागीले गजलको समसामयिक युगको प्रतिबिम्बलाई ससार अभिव्यक्ति दिन सफल हुनुहुन्छ। उहाँका बुढौतीका यी गजलहरू रहरका उपलव्धि भन्दा पनि युगिन परिवेशको मह207वपूर्ण प्राप्ति भएको पाएको छु। नवलपरासीको साहित्यलाई उर्वरभूमिमा परिणत गर्नेु हुने साहित्यकार सदानन्द अभागीलाई परिषद हार्दिक आभार प्रकट गर्दछ।

अभागीका गजलको विविधता हेरौं

मिलन त रोमाँिञ्चत हुन्छ

यो हो सुन्दर संसार प्रिया  

नलगाउ काँडेतार प्रिया पृष्ठ ६८

 

समावेसी भए अरे 

मंन्त्री, स्वास्नी, पिए साला

आज फेरि उही चाला

पृष्ठ ६८

 

युवती देशका खम्बा युवाहरू छानु

हाँगाविङ्गा हेर्नु भन्दा छाम्नुपर्छ गानु

युवती देशका खम्बा पृष्ठ ७२

उर्वरक माटो बनाउँ फलाउँ हीरा मोती

कृषक बन्छन् धनी, गरिबीलाई नाग्छ प्यारी

 

भू. श. भ. गण्डर्षि

कावासोती , ५ इन्द्रचोक

फोन ०७८५४०५१६,

२०६५/६/२८गते

 कोजाग्रत पूर्णिमा 

शुभेच्छा

गजलकार सदानन्द अभागी साहित्य क्षेत्रमा पूर्व परिचित नाम हो। नेपाली साहित्य फाँटमा महाकाव्य, 48डकाव्य, लधुकाव्य, कृषिकाव्य, कवितासङ्ग्रह, कथासङ्ग्रह, निबन्ध साथै "समभोग समाधि" " गजल गुटिका " " बुढौतीका रहरहरू" लगातार तीनवटा गजलसङ्ग्रहहरू समेत प्रकाशन गरेर साहित्यिक समसामयिकतालाई पछ्याई रहने अभागिले आफूलाई यस क्षेत्रमा  समर्पित गर्नु भएको कुरा उहाँको कार्यक्षमताले देखाइसकेको छ। उहाँका गजलहरू देश, काल,  

परिस्थिति जन्य हुनुको साथै श्रृङ्गारिकतालाई समेत समेटिएका भावले सजिएका पाइन्छन्। उहाँको सृजनात्मक पथ सधैं सुलभ हुँदै जाओस् लमीस्मृति साहित्य समाज शुभइच्छ्या प्रकट गर्न चाहान्छ।

 

                कृष्णादेवी शर्मा (श्रेष्ठ)

                उपाध्यक्ष,

           73मीस्मृति साहित्य समाज

 

प्राक्कथन

 

गजल नै लेख्न थाले पछि एसैमा घोत्लिन मन लाग्यो। प्रथम गजलसङ्ग्रह "समभोग समाधि" पछि गजल गुटिका दोस्रो गजलसङ्ग्रह बजारमा ल्याउने तरखरमा लागे, गजल गुटिका बजारमा आइसक्यो। साथै गजलै लेख्न परेपछि दुईवटा गजलसङ्ग्रहमा मात्र किन सीमित रहने भन्ने लाग्यो र पुन गजल कोर्र्नथालें । तेस्रो गजलसङ्ग्रह पनि तयार भयो। उमेर र लेखनको हिसावले यसको न्वारन् गर्न मन लाग्यो र "बुढौतीका रहरहरू " को नामबाट सुसभित गरिदिएँ। बुढ्यौलीलाई युवा वैंसमा कायम गरेर गजल लेख्न त्यति सजिलो नभए पनि मानौं युवाबस्था बनाएर गजल लेख्न सफल प्रयास गरेको छु। यो पढे पछि मनन गरिने कुरा हो। अतः पाठक प्रतिकृयाको लागि पर्खिरहेको छु।  

 

प्रणयको गीता हो यो पढौ सबैले

प्रगतिको उकालोमा चढौं सबैले

 

नयाँ नेपाल भाषणमा भैसक्यो 

यथार्थ निर्माणमा बढौ सबैले

                    

उच्चताको शान सगरमाथा हाम्रेा 

शानलाई बचाउन अडौ सबैले

    

 द्वन्द निकास सम्झौं देशको विकास हो

शान्तिकामी फूलबारीलाई जडौं सबेले 

 

बास्तवमा आज गजलले निकै व्यापकता छाएको छ यसले आफ्नो आकार नेपाली साहित्यमा लिईसकेको छ। के युवा के युवती सबैले गजल भन्न /पढ्न / गाउन मन पराउँदछन्।यही लहरले गर्दा  मलाई पनि गजल लेख्न बाध्य तुल्यायो।

 गजललाई भाषा सम्पादनमा सहयोग गरि दिनुहुने  श्री भू.श.भ.गण्डर्षिज्यू प्रकाशन गरिदिनुहुने श्री विनोद रिजाल र विदुर रिजाललाई मुरी मुरी धन्यवाद छ ।  आवरणको लागि सहयोग गरिदिनु हुने रामकुमार श्रेष्ठज्यूको साथै मलाई लेख्न धचधच्याउने छोरी इन्दिरा रिजाल,  सहयात्री द्वय डिलकुमारी रिजाल र पार्वती  रिजाल समेत धन्यवादका पात्रछन्।

 

                सदानन्द अभागी

धन्यवाद

२०६५/६/२८

 कोजाग्रत पूर्णिमा

प्रकाशकीय

वरिष्ट साहित्यकार सदानन्द अभागी जसको प्रचलित नाम सदानन्द जैसी हो र यो माटो विज्ञानको क्षेत्रमा  निकै प्रचलित नाम हो। आज आएर उहाँले साहित्यिक क्षेत्रमा पनि कथा, उपन्यास, महाकाव्य, कृषि काव्य, गजल आदि विविध विधामा कलम चलाएर आफूलाई स्थापित गरिसक्नु भएको छ। अभागीको यो सङ्ग्रह प्रकाशन गर्न पाउँदा हामीलाई गैारव लागेको छ। गजलमा विविधता छ प्रणय सूत्रलाई महत्व दिए पनि समसामायिक घटनाक्र्रम, देशको राजनीति प्रतिको व्यङ्ग्य, विकृति र विसङ्गति प्रतिको कटाक्ष, अदिलाई गजलमा गजलकारले उतारेका छन्। गजलकार सदानन्द अभागीलाई  भावी समयमा यस्ता सुन्दर कृति रचनामा निरन्तरता आवोस् , नेपाली साहित्यमा नयाँ आयम थपियोस् र उहाँको साहित्यिक जीवन सुखमय होस्। 

धन्यवाद                        विनोद रिजाल 

                                                          विदुर रिजाल

 

 

चिन्तनको पदयात्रा

चिन्तनको पदयात्रा तन मन राप

उच्चाइमा पुग्नलाई चाहिन्छ लौ नाप

 

अघि बढ्नु पर्छ पर्छ इतिहास हेर्दै

अघि पछि लाग्न सक्छन् जीवनमा साँप

 

बनावटी सुगन्धित बासन छ भन्दा

प्रकृतिको सुन्दरता ठूलो हुन्छ माप

 

किन मान्छे जीवनमा धन मात्र खोज्छ

अवशेषी विद्वता त अनन्त हो छाप

 

अन्य कुरा यथावत लागौ स्वकर्ममा 

मुक्ति दिन्छ अघि बढ्दा अग्रगामी ताप

 

सम्झन्थे मैले तिमीलाई

सम्झन्थे मैले तिमीलाई चाँदनीपूर्ण रात प्रिया

तिमीमा आयो असाध्य नै थामिनसक्नु मात प्रिया

 

आज कथा व्यथा बढ्दै जाँदा बढ्दै गयो शूल हेर

शूलको मूलको कारणले बढ्दै गयो घात प्रिया

 

मन मस्तिकको सोचन त क्षणिक भयो जीवनमा

असल कर्म थाल्दा थाल्दै पतन भयो प्रभात प्रिया

 

मनमन्दिरको ढोका खोली सजाएको डोली भन्थे

गहतकोझोल सुर्किमार्दै फालिसकेंछु जात प्रिया

 

हाम्रो सारा जीवन आधार भताभुङ्ग भए पछि 

नयाँ सोचमा अघि बढ्दा हुनजान्छ सुरुवात प्रिय

 

देवताले दिने गर्थे

देवताले दिने गर्थे रिस उठे शाप सधैं

अवशेष अझै छ है पापाग्निको राप सधैं

 

आँफै साँढे भए पछि जे जे गरे हुने रैछ

भष्मासुर पछि लागे तिन्ले कस्छन् टाप सधैं

 

मोहनीको अवतार जव विष्णु लिने गर्छन् 

त्यस पछि महादेवको हट्न जान्छ ताप सधैं

 

शीला पूजा गर्नै गछौ महानता ठानी ठानी

अमूक छ शीला हेर छैन वार्तालाप सधैं

 

मानव हाँ मानव भै हामी बाच्नु पर्छ हेर

शक्ति्कको नै पूजा गर्न छैन करकाप सधैं

 

तिम्रो यौवनताले बोलाएको

तिम्रो यौवनताले बोलाएको मातैमातको रात प्रिया

मातैमातमा सलबल गर्दा मजा पाउँछ हात प्रिया

 

 पञ्जामा पञ्जा मिलन मस्त अधरमा मस्त छ अधर 

 सारा तन अनमन गर्छ फनफन गर्छ मात प्रिया 

 

अहा! अतिमा अति सुन्दरी छौ मस्तमा मस्त छ यौवन 

 बर्षेको छ रमझम रमझम प्रेमरूपी बर्षात प्रिया

 

 सुन्दरताका भरी भरी लुकेका छन् ती मधुप्यालाहरू 

 अहा! मधुप्याला प्रदानगर्दा हुँदा रैछन् ठूलो घात प्रिया 

 

जहर दान गर्छु पान कुनै छैन वाधा अड्चन हेर

मानव जीवन अमूल्य छ खोज्नहुन्न जात भात प्रिया

 

रिसपूर्ण भइन्

रिसपूर्ण भइन् तिनी बोलबास छैन आज

जीवनको राखन् धरन् खसोखास छैन आज

 

आँशु मात्रै झारी राख्ने उद्देश्य नै के हो के हो 

अवुझको ओखती त आसपास छैन आज

 

भित्रीमुटु छाम्न खोज्दा कोल्टो फर्कि फर्की बस्ने

शान्तिवादी बन्दा दानी हट्ने त्रास छैन आज

 

बिना बोली आँशु झार्दै मीठो चिया खान दिने

सन्तोषको पोको बोक्ने मधुमास छैन आज

 

यो संसार यस्तै हुन्छ छोड रिस राग प्रिया

एक तत्व ईश्वर हो त्यसको नाश छैन आज

 

नरनारी हामीसँग

नरनारी हामीसँग हुन्छ राप ताप प्रिया

 जीवनको हरपल साथी ताप राप प्रिया

 

घरजम गरे पछि हुन्छ खासखुस सधैं

त्यतिबेला हाँसी हाँसी गरौं वार्तालाप प्रिया

 

मोहनीको रूप देख्दा बोल्छ तन भरि आगो 

अग्निसुधा बर्षिन्छ त मारिदिन्छु धाप प्रिया

 

खुसी हुन्छिन् उनी पनि ममताको मुस्कान छाड्दै

तिम्रो मेरो जोडी बीच छैन अभिशाप प्रिया

 

जव हामी मख्ख पछौ आँफै मानै डुब्ने गर्छौ

त्यति बेला सर्वश्वको छोडी दिन्छौ माप प्रिया

 

यौवनताले परिपूर्ण

यौवनताले परिपूर्ण दिनै पार्छन्ं रात प्रिया

मदमस्त जवानी छ मिल्छ हातमा हात प्रिया

 

यौवनको पूजा पाठ केवल प्रेम पूजा हुन्छ

त्यतिबेला तीनै लोक देख्ने उठ्छ मात प्रिया

 

जोसमा होस मिलनमा राख्न पर्छ राखौं राखौं

विहोल पना बढ्न गए हुन सक्छ घात प्रिया

 

यो संसार रमाइलो छ मद मादक्तामा झुम्दा

अरिङ्गलले टोक्न सक्छ गर आत्मसात प्रिया

 

मानवले मानवमा लौ मानवता राख्दै जाँदा

सवल मन एकल भाव गए जान्छ जात प्रिया

 

सूर्य प्रज्वल छन्

सूर्य प्रज्वल छन् दिलभित्र राम 

रोशनी विहीनमा हुन्न पुण्य काम

 

सीता सावित्री अनि राधा तिमी हौ

सभक्ति समर्पण, आदरमा छ नाम

 

सम्झना अति भो वेदना भो घाऊ

दर्शन गराऊ मलम किन्ने ठाँम

 

तपस्या धेरै भो जपे धेरै नाउँ

दर्शन पाएँकि मिल्यो पूण्यधाम

 

पुर्ण हुन्छ भन्थे मात्र दर्शनले 

पेटखाली हुँदा चाँहिदो रैछ माम

 

अहंकारी जीवधारी

अहंकारी जीवधारी हस्तक्षेपी हात

घम48ड र अहम्ताले देखाउने मात

 

मदमस्त हात्तीसरि प्रदर्शित फूर्ति

सूर्य जस्तो प्रच48डता भूलिदिन्छ रात

 

पृथिवीको गोलो चक्र गतिशील पथ

प्रगतिको पथलाग्दा बार हुने सात

 

दिन रात मास बर्ष ऋतुराज समेत 

यिनै पर्व मान्दा मान्दै दुख दर्द खात

 

आफू आफै महान् ठान्नें छैन विवेकता

सोच्न हुन्न सर्बश्व हो खान मात्रै भात

 

प्रेम आत्माकी ज्ञानी

प्रेमात्माकी दानी हौ

 जीवात्माकी ज्ञानी हौ

 

आत्मा समयोग नै

शान्तिकी जवानी हौ

 

स्वर्णीम्प्रभा बन्नमा

नेत्र मृदु नानी हौ

 

स्वमन्दिर छ खुला

पुष्पाक्षीकी खानी हौ

 

यो दिल शान्तपार्ने 

दिव्यता विहानी हौ

 

अङ्कमाल गर्नैपर्छ

अङ्कमाल गर्नैपर्छ बनाऊ मुटु दह्रो

विषाक्त छ मुटु भने छनाऊ मुटु दह्रो

 

प्राप्तहुन्छ महामान प्रगतिको पथमा

प्रवाह छ रक्त संचार तनाऊ मुटु दह्रो

 

जीवनको धरातल छैन दीनहीन 

उच्चजीव समाहित जनाऊ मुटु दह्रो 

 

बगेको छ प्रेमरस नदी बग्दासरी

प्रेमजाल सागर छ खनाऊ मुटु दह्रो

 

अन्धकार सारा संसार प्रेमज्योति विना

प्रेमज्योति हीरामोती पनाऊ१ मुटु दह्रो

१ पनाबाट पनाऊ (विशेष गुणी)

 

हिमाल देखि तराइसम्म

हिमाल देखि तराइसम्म नेपालीको भेक 

धान फल्छ तराइमा चौरी चरन लेक

 

ममताको घैंटो सवको अति हुन्छ गहिरो

सवल कर्म भरिपूर्ण मान्नु छैन उदेक

 

अहम्ता र विवशता अलग हुन्छन् पथ

अहम्तामा बाँच्नेसँग कहाँ हुन्छ विवेक

 

गरिवीको सागर ज्वारभाटा भै बगेको छ

विकास पर्खाल उच्चपारीे लाउनु पर्छ छेक

 

सर्ब पक्ष सवलता सुकर्मको भाग

महान् हुन्छ सुकर्म भाग महामीठो केक

 

आलश्य र नैराश्यले

 

आलश्य र नैराश्यले तलतिर तान्छ

सतकर्मी बनेपछि ल73यतिर जान्छ

 

पसिनाको कमाइमा कसले गर्ने दावा

मेहनती पुरुषले सुधाफल खान्छ

 

देश दुख्दा छाती दुख्छ राष्ट्रप्रेमी भाव

राष्ट्रप्रेमी नरलाई ईश्वरले मान्छ

 

बल्छ ज्योति फल्छ मोती श्रमजीवी कहाँ

युगौंसम्म धर्मपथ श्रमजीवी धान्छ

 

सत्य मर्त्य स्वर्ग लोक रैछ आफ्नै छाती

पसिना हो कल्पबृक्ष श्रमजीवी ठान्छकक

 

आतङ्क छ

आतङ्क छ संसारमा कति खानु गोली

खेलेका छन् संसारमा रगतको होली

 

जपिन्छन्. है मौनतामा राम कृष्ण हरि

आतङ्क छ आत्मसात् निस्किदैन बोली

 

पूजा हुन्छ यत्रतत्र शान्ति कामनाको

कामनामै शान्तिसुधा निक्लिएन घोली

 

शान्ति स्वस्ति विगार्नमा नाइके छन् धेरै

आज तिनकै गोली बोली कस्तो हुन्छ भोली 

 

समस्याको पहिचान नाइकेमा छैन

चिन्ता बन्यो चितासम्म पुर्‍याउने डोली

 

कल्पनामा  डुब्दा

रजनीको चाहना छ स्वर्णिम बिहानी

सरोवरपङ्कजको उर्ले छ जवानी

 

पङ्कजको भावना हो सुद्धताको खोजी

भँवरोको चाहना हो अमृतको खानी

 

छताछुल्ल मधुरस पुष्पसुराहीमा 

सूँडभित्र प्रवेशभो साँच्चै आफ्नो ठानी

 

समाजको स्वर्णहार विवादको माला

पङ्कजका आँखा खुले बसिन्ं आँखा तानी

 

भँवरो छ मदमस्त गयो दिल लुट्न

पङ्कज त लुटिइन् लौ भइ पानी पानी

 

मदअन्ध चुम्बनमा

मदअन्ध चुम्बनमा वात लाग्न सक्छ

मदमस्त जवानीमा मात लाग्न सक्छ

 

प्रेमबृक्ष दह्रो जरो सक्छ मुटु छेड्न 

संरक्षणमा सुद्धफल हात लाग्न सक्छ

 

मानवको जीवक्षण मादकता भरी

सहकार्य गर्नुपर्दा रात लाग्नसक्छ

 

जीवनको हरपल कायरता बोकी

वाच्नैपर्ने बाध्यता हो साथ लाग्नसक्छ

 

आँटगर अघि बढ धैर्यता नै बोकी

सफलतै सफलता खात लाग्न सक्छ

 

अनेकमा एकताको

अनेकमा एकताको सुद्धनाम छान

मेरो नाम असल लालीगुराँस ठान

 

सत्यताको वाग बीचे मेरो जन्म भयो

वास्तवमा सुगन्धि छु श्रीख48ड नै मान

 

फूलसँग मधुरस भमराको घर

सन्तोष नै मान्नु पर्ने दिन्छ ऋतुदान

 

फूलबाट फल लाग्ने फलबाट बीज

शुद्धवीज उमार्दा संसार ढाक्छ जान

 

संसारमा उपभोग्य भोग्नु पर्छ भोगौं

अमूल्य छ नर चोला मात्र हैन खान

 

जीवनको हरेक क्षण

जीवनको हरेक क्षण आउनु सक्छ आँधी 

 आँधीबाट मुक्तिमिल्छ जीवनबार नै बाँधी

 

आँधी आउँछ गीतगाउँदै हुन्छ ठूलो स्वर 

गडगडाउँछ प्रेमलीला समाहित मादी

 

सफलता आदरता हुन्छ काममुक्त कामी

सत्यकर्म बुझ्दामर्म प्राप्त हुन्छ सौम्य गादी

 

निस्कामीको कार्यशैली सधै हुन्छ अधोगति

हीरा मोती कहाँ खोज्नु, गुमाउँछ त्यसले चाँदी

 

हुन्छ अजर र अमर लौ उही एक शक्ति

ईश्वर207व शक्तिशाली बनाउँछ सबको सादी

 

तेसै तेल निस्कन्छ

तेसै तेल निस्कन्छ र पेल्नु पर्छ तोरी

तोरी पेल्न जाँदा खेरी देखापरिन् गोरी 

 

वाग भित्र पस्न गएँ गोरी दिल चोर्न 

अगिल्तिर पुग्दाखेरि खोज्नथालिन् जोरी

 

मन मेरो अत्तालियो उनको नजर पर्दा

नजर खस्यो मुस्कान पस्यो मैले हेरें चोरी

 

अव सुन पुग्यो सुगन्धमा मगमगी वास

रैछिन् वासनामा मच्चिएकी साहुबाकी छोरी

 

घरकीलाई थाहा छैन यो धोकेवाज का48

 अब थाहालागे टुट्न जान्छ गृहस्थीको डोरी

 

बोक्सोलाई लखेट्न

बोक्सोलाई लखेट्न नै हिजो बसे धामी

सत्यलोक कल्पनामा व्यस्त भयौं हामी

 

आजसम्म कथाव्यथा जस्तो थियो त्यस्तै

उपलब्धीहीन देख्दा दङ्ग पर्‍यो कामी 

 

आवरण राम्रै थियो हेर्दा खानदानी

गाउँघर टोलबस्ती हेर्दा थिए नामी

 

फर्सीजस्तै भित्र भित्रै सडेका नै रैछन्

संसारमा हुनुपर्ने रैछ अन्तरयामी

 

 

सुन्दरी छौ दर्शनमा

परीक्षा त लिनु थियो भित्रै सम्म पसौं

कोइला भित्रै रैनछ हीराजस्तो दामी

 

सुन्दरी छौ दर्शनमा भएँ पानी पानी

आसक्तमा बसेको छु वैंसलाई धानी

 

मन दिएँ तन दिएँ तिम्रो आत्मा जित्न

चिप्ल्याइदियौ पछारिएँ छैन आनाकानी

 

तिम्रो दिल चट्टानै हो छिनो पचाइ दियो 

आशामा नै झुण्डियो लौ मेरो जिन्दगानी

 

तातो चिसो हावा यहाँ चल्नसम्म चल्यो 

सिकुटियो सारा तन  बसें खुट्टा तानी

 

अझैसम्म आशादीप धिपधिप बल्छ

थाप्छु झोली तिम्रो लागि बनीदेऊ दानी

 

प्रेमबीज

प्रेमबीज अङ्कुरित हो जवानीको बोट 

प्रेमटुटे पछि बन्छ यो कहानीको बोट  

 

मन हुन्छ तन हुन्छ हुन्छ जीवन साथी

दह्रो छैन हल्लिनगो यो कमानीको बोट 

 

लौ कर्के आँखा छड्के पारी हेर्छु चोरी चोरी

हल्लिनगो शेखी झार्ने सान्नानीको बोट 

 

चन्द्र अघि तारा लुके लौ सूर्य अघि चन्द्र

नभमा हल्लिन्छ मन्दाकिनी रानीको बोट 

 

सनसनी आयो यौवन गयो सनसनी

लौ हल्लिनगो पूर्ण यौवन दानीको बोट

 

मानव हो

मानव हो मानवतावादी दम चाहियो

अहम्ता र अहंभाव कम कम चाहियो

 

देश आज गरिब छ, योजनाको कमजोडी

योजनाको कार्यन्वयन् उच्च गम चाहियो

 

पसिनाको सिँचाइले फलाइन्छ अमृतफल

अमृतफल प्राप्त गर्न कर्म मम चाहियो

 

जागरण जागरण हुनै पर्छ जागरण

जागरण शक्तिभक्ति रम रम चाहियो

 

हाम्रा पुर्खा वीर थिए हामी पनि वीर छौं

वीरताको रक्तप्रवाह टमाटम चाहियो

 

पूज्यौं सबले सर्बप्रथम्

पूज्यौं सबले सर्बप्रथम् आफ्नै महातारी

त्यसपछि शिवशक्ति, हैन धनुष्धारी

 

समाजमा अनेकता मानिसको थर

थरमा नै विलीन ती महान् हुन्छन् नारी

 

पार्वतीको मुस्कानमा शंकरको मद

रमण हो शंकरको श्लेष्मान्तक घारी

 

शंख चक्र गदा पद्म साथै विष्णुरमा 

सम्यक् श174यामाछन् ल73मीआज्ञाकारी

 

पूजा गर्छौ तल्लिन भै शीलालाई हामी

शीलाभन्दा पूज्य हुन्छन् शुद्ध ब्रह्मचारी

 

कृषि विकासमा भयो

कृषि विकासमा भयो बस्ने हाम्रो थलो 

नरेश शर्मा जमेर गरे हाम्रो भलो

 

अति राम्रो धनगढी सौम्यताकी रानी

सौम्यताकी खानी भित्रै मनदियो जलो

 

जताततै प्रकृतिको प्रेमसुधा दर्शन 

सुधापान गर्नलाई समयले छलो

 

भोजनमा निम्तो मिल्यो ताराजी को घर 

अति मिठो भोजन भो मन दियो बलो

 

कर्म गरे हुँदो रैछ धन सम्पन्न त 

सफलता हात पार्ने समय नै टलो

 

पुष्प मुना बोलाँदा

पुष्पमुना बोलाउँदा भाग्ने पर पर

मलजल राखिदिन्छु आऊ वर वर

 

मायामा नै यो संसार अडेको छ हेर

प्रेम गर छाती भर विशाल छ घर

 

तिम्रो वाणी सुन्यो भने शान्त हुन्छ मन

जति आफ्नो सम्झे पनि बैगुनी त नर

 

शयनको लागि मैले खोलि दिएँ दिल

तिमं्रो वास दिल भित्र दिलै सररर

 

मिलनको बेला हो यो आफू भित्रै लुकौ

दुर्ई आत्माको मिलन मान्नु छैन डर

 

विषाक्तका पाथीहरू

विषाक्तका पाथीहरू चुलिदैछन् धेर

गरिएका गल्तिहरू भुलिदैछन् धेर

 

पृथिवीको शयनमा झुल्नै पर्छ झुल

अग्रगामी बाटो छोडी डुलिदैछन् धेर

 

आउने जाने कर्म थलो बास केही दिन

यै बासमा भ्रष्टपन्थी हुलिदैछन् धेर

 

जन्मनु हो सार्थकता कर्तव्यको बोध

अकर्म48य फूलहरू फुलिदैछन् धेर

 

आए पछि जाने सम्म कर्म बोधी बनौँ 

यथार्थता हीनतामा झुलिदैछन् धेर

 

जहाज भित्र जव पसे

जहाज भित्र जब पसे नमस्कार ठोकिन्

जहाज जब स्टार्ट भयो प्यूरी हेर बोकिन्

 

जहाजले भूइँ छाड्यो पाइलट लागे हाँस्न

गम्भिरता तिनमा आयो तिन्ले हाँसो रोकिन्

 

मैले सबै हेरेको छु लौ सबै काया कर्म

एकै नजर छाड्दै हेर यात्री मन जोखिन् 

 

जहाजमा तिर्खा लागे पाँइने रैछ पानी

मिरिण्डा र सुद्ध पानी सबै सँग धोकिन्

 

लौ जहाजले भुइँ छोयो धनगढी आयो 

मुस्कान र नमस्कार साथै सुस्त खोकिन्

 

 

 

इन्तजार भयो

इन्तजार भयो ठूलो एयरपोर्टमा

समयता गयो ठूलो एयरपोर्टमा

 

वाकीटकी बोक्दै आइन् सुनदाँते नानी

सम्यक्ता नै रह्यो ठूलो एयरपोर्टमा

 

चाल तिन्को अति मस्त सुस्त पद चल्ने 

मन मोहित छ यो ठूलो एयरपोर्टमा

 

जहाजमा पुर्‍याउन सँगै सँगै गइन् 

मनपीर सह्यो ठूलो एयरपोर्टमा

 

जहाजले भूइँ छाडो आकाशिन लाग्यो 

मन चुडिलयो ठूलो एयरपोर्टमा

 

कति राम्रो लहलह

कति राम्रो लहलह खेत भरी बाली

तनगोरी हुँदामोरी नाम राखे काली

 

अब देखि गुन्जिने छ मेेरो दिल राग

तिनको दिल चोरिन्छ हेर यस पाली

 

तारा झार्दा आकाशका फूर्तिमा नै थियौं 

थाहा भयो साथीलाई बज्यो त्यहाँ ताली

 

आँट मैले दह्रै गरें घर ल्याई छाड्ने

दुबै एकै घर राख्दा कस्को बन्ने माली

 

फूर्तिजति हाँके पनि व्यवहार साह्रो 

उनीलाई ल्याए पछि थाली भयो खाली

डडेलधुरा अति राम्रो

डडेलधुरा अति राम्रो हेर देव जी

मन मुग्ध भयो हाम्रो हेर देव जी

 

सानो सानो बजारमा सबै खाले माल

भाऊ भने अति चाम्रो हेर देव जी

 

सुन्दरछन् घर गोठ चारैतिर हेर्दा

कृषक पेट रैछ दाम्रो हेर देव जी

 

वनवाग चारै तिर रैछ अति राम्रो 

रम्य थियो पुष्प माम्रो हेर देव जी

 

 

प्रभातको मन सङ्लो

प्रभातको मन सङ्लो बाल रवि सरी

दिन ढल्दै जाने गर्दा कर्म थरीथरी

 

आउँदो रै छ बादल ढाक्ने रै छ सारा

स्वच्छ जीव उच्च भाव छैन कुनै घरी

 

सूर्य जस्तै चन्द्रमाको ताप हुने भए

साँच्चि नै त आगो बल्थ्यो सारा तन भरी

 

जीवनको उकालीमा संघर्षको चाप

मानव हो सङघर्षमा लाग्छ मन परी

 

इमान्दारी वफादारी कर्तव्यको मूल 

सारा याम बित्न जाओस् स्वच्छ भाव धरी

 

गोठेमल चक्र हेर्दा

गोठेमल चक्र हेर्दा जीवन चक्र लाग्छ प्यारी

गुणस्तर मलबन्दा माटो सबल जाग्छ प्यारी

 

जस्तो खायो त्यस्तै त्यस्तै जमिनमा आउँछ नै

विघटनको प्रकृयाले कीरा रोग भाग्छ प्यारी

 

पोषिलो र ओजिलो खाना दाना खुवाउनै पर्छ 

यसैबाट विरुवाले खाना तत्व माग्छ प्यारी

 

जीवनको सबल पक्ष उत्पादन राम्रो हुन्छ

उत्पादन राम्रो हुँदा गरिबीलाई दाग्छ प्यारी

 

उर्वरक माटो बनाउँ फलाउँ हीरा मोती

कृषक बन्छन् धनी, गरिबीलाई नाग्छ प्यारी

 

युवा जोडी सिरक भित्र

युवा जोडी सिरक भित्र पसे जवानीमा

सारा रात बिताए छन् आफ्नै कहानीमा

 

बुढा बुढी गनगनी आफ्नै बुढौतिमा

छोरा चाँही डुब्न थाल्छ आफ्नै भवानीमा

 

बुढाबुढी डुब्नै थाले सम्झी भावी नाती

संसारको कर्म थलो अड्ने कमानीमा

 

बुहारीले दैलो पोतो गर्ने याम टल्यो

पत्रकारी समचार पुग्यो राजधानीमा

 

गाउँभरि थाहालाग्यो जवानीको काम

यस्तै यस्तै हुन्छ हेर ठूलो खानदानीमा

 

लहलह गहुँबाला  

लहलह गहुँबाला  मल्किएको सुन्दरपुर

प्रयोगशालाहरूले टल्किएको सुन्दरपुर

 

कृषि तालिम केन्द्र र छात्रबास समेत छन् 

ज्ञानसिप प्रदानमा ढल्किएको सुन्दरपुर

 

मस्तै रैछन् सुन्दरमा सुन्दर भर्ने राष्ट्रसेवक

एकताको डोरी भित्र पल्किएको सुन्दरपुर

 

राष्ट्रसेेवकहरूको नै रैछ सवलता सेवा

महान्तामा प्रेमसुधा छल्किएको सुन्दरपुर

 

आयौं हामी बस्यौं हामी साथित्वको हो नै नाता

प्राविधि ज्ञान अग्निले झल्किएको सुन्दरपुर

 

बैगुनीले यथार्थमा

बैगुनीले यथार्थमा भुलिदियो गुन प्रिया

गुन भन्दा संसारमा मँहगियो सुन प्रिया

 

परिवर्तन् छ संसार अस्ति, हिजो, आज हेर

दाँजी हेरौं आकाशमा कलामुखी जून प्रिया

 

समय र ज्वारभाटा लिन्छ आफ्नो गति सधैं

अर्थ विहीन पसिना वग्न जान्छ खुन प्रिया

 

कर्तव्यको बोध गरौं भइ कर्म कर्ता सबै

अविवेकी कर्म गर्दा खेर जान्छ नुन प्रिया

 

लागौँ सबै कर्म गर्न आत्मसात गरी गरी

अनि बज्छ नेपालीको आफ्नै लय धुन प्रिया

 

सम योगी सम भोगी

समयोगी समभोगी मान्न हुन्न पीर गोर्खे

सवलता प्राप्त हुन्छ उन्न हुन्न झीर गोर्खे

 

फुलौँ फलौँ जीवनमा प्रगतिको पथ बढ्छ

मुटु दिएँ ग्रहण गर हान्न हुन्न तीर गोर्खे

 

बासना छ मगमगी यौवनको बाग बीचे

वागपुष्पं प्रेम चुम्दा उच्च हुन्छ शिर गोर्खे

 

रूप छोडौं गुण हेरौं सफलता मिल्छ मिल्छ

गुणयुक्त मोहनीमा लुक्न सक्छन् वीर गोर्खे

 

सौन्दर्यता भरीपूर्ण भएकी छन् नानी तिनी

अङ्गीकार गरिहेर प्राप्त हुन्छ नीर गोर्खे

 

आज अब लाग्दै छु

आज अब लाग्दै छु धनगढी तिर

कति सुन्दर बाटो छ डाँडा पाखा भीर

 

प्राकृतिक सौन्दर्यमा डडेलधुरा बोल्छ

प्राकृतिक सौन्दर्यमा बग्छ सुद्ध नीर

 

यात्रा गर्दा छुनु पर्ने हेर डोटी जिल्ला

सहयात्री अति राम्री ठोकिन गो शीर

 

मर्म उन्ले बुझदिइन् बस्यौं चुपचाप

प्रेम अन्धो बन्न गयो रोपे प्रेम झीर

 

मुढीन गो प्रेमझीर उनी चुप्प थिइन्

म त बन्न गए त्यहाँ नकचरो वीर

 

 

आकाशको फल हेर

आकाशको फल हेर खाइन्छ है झरे

आफ्नो हकभोग जति छोडिन्छ है मरे

 

आकाशमा थुक्न थाले आँफैतिर झर्ने

सुद्धकर्म बर्ढ्दै जाँदा अकर्मी त सरे

 

हलो कुटो कोदालो छ कर्म दुखियाको 

 हलो कुटो भाँचिनगो अलपत्र परे

 

अल्पआयु जीवनमा जाने प्राणवायु

कर्मजति सकि हालौ नभनौ लौ भरे

 

श्रम अघि बढ्नै पर्छ नयाँ सोच लिई

सुधा प्रेमी सच्चाकर्मी मधुगङ्गा तरे

 

प्रेमिकाको पछि लाग्दा

प्रेमिकाको पछि लाग्दा बन्न गएँ तारो साइँला

प्रेम पथ छिचोल्न त साह्रै रै छ गाह्रो साइँला

 

प्रेमधार खोज्नजाँदा तनमन थाक्यो अहिले

प्रेयसीको प्रेमभाव नियतिले मारो साइँला

 

अति गहिरो दह रैछ भुमरीले ताने छ पों

भुमरीमा मर्‍यो भनि खोज्नथाले घारो साइँला

 

उस्ले राख्यो बाँच्न गएँ बन्यो सबै रमाईलो

पुष्पहार बर्षाइयो नौनी भन्दा साह्रो साइँला

 

गरीबी छ भकारीमा मन भरी धनै धन छ

यो धन त काम छैन किन्नलाई चारो साइँला

 

कष्टकर लामो युद्ध

कष्टकर लामो युद्ध लड्न सम्म लडे

मद तिन्मा अति मस्त बढ्न सम्म बडे

 

रगतको खोला बग्यो घर भयो नाङ्गो 

आतङ्कको धुरी माथी चढ्न सम्म चढे्

 

आज तिनको गर्जन सिंह सरि भयो

पीडितका दर्द तन डढ्न सम्म डढे

 

संविधानको सभामा जित्नै पर्ने अरे

सबलता प्राप्त गर्न जनतामा अडे

 

सब द्वन्द्व अब छाडौ विकासमा बढौ

राम्रो नेपाल बनाउ सबै भई खडे

 

नैतिकवान

नैतिकवान लड्दा खेरि हार्नु पर्दैन जेठा

मोहनीको मन्त्र सुनाई खार्नु पर्दैन जेठा

 

मातृपूजा पितृपूजा जिउँदो छँदै गर्दा राम्रों 

आडम्बरी वरखी हामी बार्नु पर्दैन जेठा

 

प्रेम गरौं सँगै बसौं शुद्ध भाव धारणमा

यो सुद्धताको माया प्रेम मार्नु पर्दैन जेठा

 

धनकी त ल73मीपति भावनाको छुद्र रैछौ

छुद्रतालाई कसै कहाँ सार्नु पर्दैन जेठा

 

जीवधन आत्मीयता महान हो जान्नै पर्छं

त्यागीमुनि भावनालाई टार्नु पर्दैन जेठा

 

यो हो मेरो देशको माटो

यो हो मेरो देशको माटो शान्तिफूल सधैं फुलोस्

एकताको संसार बनी क्रान्तिफूल सधैं झुलोस्

 

शान्तिवादी क्रान्ति फुल्दा विकास मूल उमि्रदिन्छ

संसारको कुना काप्चा शान्ति सागर यस्कै डुलोस्

 

जो बोलिन्छ त्यो गरिदैन जो गरिन्छ त्यो बाेिलदैन

दोधारे यो बुझाइमा यो संसारिक कता भूलोस्

 

घोडा चढ्ने रहर हुँदा कुकुर चढ्न कसै हुन्न

आकांक्षाका घडी सबै सकेसम्म चाँडै सुलोस्

 

हुन्छ हीत मिल्छ मीत संसारको कुना काप्चा

प्रकृतिको संसार हो यो सके सम्म आँफै तुलोस्

 

विश्वव्यापी राजनीति

विश्वव्यापी राजनीति हुन्छ गोटी चाल

 वेइमानी गरी गरी नार्न थाल्छन् खाल

 

सिधासादा जनताको सुझबुझ राम्रो

फटाहाले आगो झोस्ने टाङ्नु पर्ने पाल

 

सकल यो पृथिवीमा सज्जनको खाँचो

रजाइँ छ दुर्जनको कस्को गल्ने दाल

 

आज भoिल सबैको नै दिन टार्न धौ धौ

गरिबीको बोझ ठूलो डाक्ने भयो काल

 

दुःख सुख बोकी बोकी अघि बढ्नु पर्छ

चर्किएको भाग्य मेरो टाल्न सके टाल

 

लड्न परे गोर्खाली

लड्न परे गोर्खाली संसारसँग लड्छ 

अस्तित्वको संरक्षणमा खुकुरीसँग बढ्छ

 

रातो तातो रगत पिउन परे पिउँछ

स्वदेशको गौरवमा डढ्न परे डढ्छ

 

अस्तित्वको संरक्षण यस्ले सधै राख्छ 

जीवनको आहुतीमा चढ्न परे चढ्छ

 

कर्मसँग तालमेल भाग्य हुन्छ साथ

अकर्मीको कर्मफल निकम्मा भै अड्छ

 

सफलता सबलता आफ्नै कर्म भोगी

सुकर्मीको सफलता अकर्मी त सड्छ

 

सुन्दरताको खोजी गर्दा

सुन्दरताको खोजी गर्दा सुन्दर मिल्छ फूल सानु

पार लाउन गाह्रो रैछ मन मन्दिरको पुल सानु

 

 हो जति सराब पिए पनि पियास मेटिदैन हेर

प्रेम सागर हो यो संसार सयलमा झुल सानु

 

संञ्चितकर्म छाडीधर्म हुन्न पियास मेट्न कहीं

ं कसै छाड्न हुन्न खोजीगर्न पवित्र त्यो मूल सानु

 

शान्तिकामी संसार बन्दा मानवको हुन्छ खोजी

 आज जता ततै देखिन्छ अपराधीकोे हुल सानु

 

प्रेम मूल थुनिदैन प्रयत्नको बावजुद हेर

पवित्र हो प्रेमलीला उदारतामा खुल सानु

 

प्रेम सागर तर्ने

प्रेम सागर तर्ने भए बनाइदिन्छु पुल कान्छी

प्रेम हार लगाइदिन खोजेको छु फूल कान्छी

 

शरीर तिम्रो लम्चिलो पुष्ट पुष्ट गाला तन

सुन्दरतामा झुम्मिएको भमराको हूल कान्छी

 

हृदयको मन मन्दिरमा तिम्रो पूजा गरें मैले

तिम्रा पछि अनेक देख्दा उठ्न गयो शूल कान्छी

 

फूल हुनु सुवास हो सुवासमा रम रमौं

प्रेममधु बन्यो सिन्धु पोखरीमा झुल कान्छी

 

अरु भन्नु केही छैन पुकारको रास लाग्यो

एड्स भोगी बनी रोगी डुलाई छ त डुल कान्छी

सुकर्मी र कुकर्मी त

सुकर्मी र कुकर्मी त आपसमा लड्छन् 

सुकर्मीमा अग्नि हुन्छ कुकर्मी त डट्छन्

 

सुकर्म ज्योति हो त्यसमा हुन्छ प्रकाश 

विद्वानले कर्मथलो बाटो लिई बढ्छन्

 

ज्योति बनौ मोती झिकौ सदाचारी बनी

निहित ती स्वार्थी व्यक्ति स्वार्थमा नै सड्छन्

 

सत्यं शिवं सुन्दरम् हो सत्यवादी मन्त्र

सत्यभारी बोक्ने जति स्वपानमा चढ्छन् 

 

स्वावलम्वी बनी कामी हाम्रो मन बढोस्

कर्मथलो सबको भलो सुकर्मी त अड्छन्

 

प्रेमसिन्धु केन्द्रविन्दु

प्रेमसिन्धु केन्द्रविन्दु पवित्रमूल जान हजुर

अन्तर आत्मा मिलनमा महानता ठान हजुर

 

चोरी चोरी हेर्दा मिल्छ मादकस्वाद मीठै मीठो 

मादकतामा पूर्ण हुन्छ रम्य संसार मान हजुर

 

घटना हो हुन सक्छ, अनि बज्र कहीं पर्न सक्छ 

विवेक बिना कहाँ सफल शुद्धताको दान हजुर

 

कायरताको भारी बोकी हिड्ने कोही प्रेमी भए

मृतलास सरी बस्छ जन्मेको हो त्यो खान हजुर

 

प्रेमिकाको मृदुस्वर प्रेम मिलनमा हुनै पर्छ

तब मिल्छ अन्तिम सार प्रेम पहिचान हजुर

 

अविवेकी संसारमा

आज भोली संसारमा सत्य तथ्य भागे हेर

अमूल्य त्यो जोवानी त बिक्री हुन लागे हेर

 

सही सत्य अङ्गाली सञ्चालन हुन्छ संसार

सही मार्ग रुक्न गयो धर्मलाई दागे हेर

 

जान्नु पर्छ स्वरूप र स्वधर्मको बाटो कता 

स्वरक्षाको बल्छी भित्र विदेशी नै जागे हेर 

 

हो यो सत्य दानद्रव्य लिने दिने गर्नै पर्छ   

ससम्मान हुन्छ महान् कर्मलाई आगे हेर

 

राजयोगी राजभोगी भए पछि सबै जना

कर्म छोडी सम्पन्नता अर्कैसँग मागे हेर

 

तिम्रो चुरा बजे पछि

तिम्रो चुरा बजे पछि मेरो निन्द्रा खुल्यो सानु

आकर्षक शरीरले मेरो मन डुल्यो सानु

 

मान्छे हेर कति छुचो आँखा तानी तानी हेर्छ

दर्शनमा विह्वोल यो मन मेरो झुल्यो सानु

 

आकाशका ताराहरू टिम टिम टल्के सरी

मोती दन्त तारासरी रूप साह्रै तुल्यो सानु

 

भावनाको लहरमा कति बगी बगी बस्ने

प्रेम दान महादान ऋण सबै सुल्यो सानु 

 

तिमी मेरी मत तिम्रो सम्झनाको रोग छोडौं

रोगी भोगी मिले पछि सबै दुःखै भूल्यो सानु

 

कर्मगरि अघि बढे

कर्मगरि अघि बढे धर्म हुन्छ जान

सबै भन्दा उत्तम हो सत्कर्मको दान

 

अति अनि अत्याचार रोक्न सक्नु पर्दछ

थिचोमिचो गरि हिड्ने अत्याचारी ठान

 

चाहे रोज सुन चाँदी चाहे हीरा मोती 

अति मीठो आखिरीमा स्वेदफल खान

 

अति भन्दा अति लिप्सा कहीँ गर्न हुन्न

दान माथी महादान हुन्छ अपमान

 

सत्य हो संसारमा आउनु जानु पर्छ

कर्मकर्तु छोडी जानु केही छैन  लान

 

खेल खेल्ने बिचारमा

खेल खेल्ने बिचारमा भयो जाल झेल प्रिया

तोरी बने कोलमा परें जति सक्छौ पेल प्रिया

 

जीवनमा प्रकाशको किरणको खोजी गर्दा

तिम्रो मेरो सुमधुर हुन गयो मेल प्रिया

 

मिलनको रङ्गमञ्च उद्देश्यको प्राप्ति गर्दा

कोलपेलाई दह्रै भयो निख्रनगो तेल प्रिया

 

प्रेमकी खानी आँखाकी नानी प्रेम पथ दानी

सुपथको बाटो रोज नत्र सड्छ सेल प्रिया

 

कर्तव्यको भावी रेखा कोर्नु असल नै हुन्छ 

सुद्ध मार्ग समातेर खेल्नु पर्छ खेल प्रिया

 

छ नि ओठ लालीपूर्ण

छ नि ओठ लालीपूर्ण श्वेतकला नाम सानु

बेलालीको ओठमा छ लाली सार्ने काम सानु

 

अहा कति सुन्दरी छौ मुटु चुडी लगि दियौ

निमेषको दर्शनमा पुग्छौं चारै धाम सानु

 

चाँदनीले आँखा छोप्ने तिम्रो दिव्य रूप हेरी

युवाहरू तिम्लाई देखि गर्छन् चक्का जाम सानु

 

ओराली र उकालीमा तिम्रै नाम जप्छन् सबै

प्रेमपत्र धेरै लेखे खातै लागे खाम सानु

 

अन्तिम मेरो अपिलमा स्वागतको ढोका खोल 

वरण योग्य अभागी छ खाम्ला दूध माम सानु

 

जान्नै पर्छ महान हो

जान्नै पर्छ महान हो आफ्नो स्वाभिमान हजुर

स्वाभिमानमा नै गाइन्छ है राष्ट्रिय गान हजुर

 

स्वाभिमानी बुद्धिमानी कर्तव्यका ती खानीहरू

मानवमा हुनै पर्ने उच्चताको ज्ञान हजुर

 

राष्ट्रठूलो राष्ट्रियता आत्म भाव समेत ठूलो

राष्ट्रभक्ति सर्बव्यापी हुनुपर्ने जान हजुर

 

गरौं कर्म बढौं अघि स्वाभिमानी सबल बनी

स्वदेशको विकासमा सुयोजना छान हजुर

 

लगानी नै गर्नु पर्दा  सुकर्ममा गरौं सबले

अभागीको सदुपयोग वीरताको शान हजुर

 

अग्लाइको चुचुरोमा

अग्लाइको चुचुरोमा मेरा नजर परे सानु 

नजरको जुधाइमा तिम्रा नजर झरे सानु

 

फूलको नै वासना हो मग मग बग्छ बग्छ 

दर्शनको छु अभिलाषी क्रियाकर्म भरे सानु

 

जुटो आत्मा फुलो फूल खिल अव नपरोस् है

दिल खोली शयनमा स्वागत छ सरे सानु

 

माया भन्नु कति कति दिल धड्कन् जति 

त्यति दिलधड्कन अति बढ्यो केशिका नै मरे सानु

 

आऊ आऊ स्वागत छ सञ्जिवनी बनी बनी 

हनुमान रामको लागि भवसागर तरे सानु

 

कर्मनिष्ठ छ ऊ

 

कर्मनिष्ठ छ ऊ अति सुनाम भयो 

कर्तंव्य निष्ठ छ तर वेदाम भयो 

 

सुनाम र वेदामको जोडी मिलाउँदा

कर्मनिष्ठ आज हेर वेकाम भयो 

 

आचरणको मूल्य धमिल्याउनेहरू 

मौकाको चौका परि हेर सुठाम भयो

 

तिम्रो यौवनतामा लोभिँदा लोभिँदैमा

यो अभागी कर्मता हेर हराम भयो

 

भन कर्म म तिमीलाई छाड्नै सक्दिन

त्यसो हुँदा लिन आउँदा बाटो जाम भयो

 

लुट्न सम्म लुटिइन्

लुट्न सम्म लुटिइन् लिई मस्ती अति प्रिया

चुट्न सम्म चुटिइन् लिई मन्द गति प्रिया

 

हाका हाकी हिडेकी हुन् केही छैन दोष यहाँ

पछुतो त मान्न पर्ने छैन एक रति प्रिया

 

जस्तो गर्छ रहर त प्राप्त हुन्छ फल उस्तै

कर्मबिना सर्वत्र नै हुन सक्ने खति प्रिया

 

हुनसक्छ असफल पाउन सक्छ दुख धेरै

व्यवहारिक नहुँदामा खस्न जान्छ मति प्रिया

 

अघि पछि मार्गलाई निगालेर हिडौं भने

पथविहीनहरूसँग जानु हुन्न सती प्रिया

 

आमा तिम्रो संझनामा

आमा तिम्रो संझनामा प्रेमरूपी फूल फूलो

हृदयमा स्मृतिको श्रीखण्डको बाग झुलो

 

अमृतका धारा थिए मेरो तन सिँचित धारा

केशिकाको निर्माणमा मासपेशी त्यस्ले तुलो

 

हुनजाने क्रिया कर्म स्वविवेकी आफ्नो धर्म

पाखण्डी त्यो अधर्ममा सत्यता नै हुन्छ ठूलो

 

सत्यताको फूल रोपी बनाउन राम्रो बाग

हरियाली पारीराख्न खन्नथालें सिंचित कुलो

 

हाम्रो तन हाम्रो मन मातृत्वको संरक्षण

हुनु पर्ने थियो तर श्रृङ्गारमा सबै भूलो

 

हेर मौकाको चौकामा

मौका पारी चौका पारे बाख्रो बन्छ बाघ हेर

दृष्टिविन्दु कमजोर भए डोरी बन्छ नाग हेर

 

सुन्दरताको संसारमा हुनु पर्‍यो राम्रो घर

कोही बने फुटपाथे कोहीको छ बाग हेर

 

मरुभूमि सप्रे पछि बन्छ मरुद्यान राम्रो

सफलता महानता राख अनुराग हेर

 

रात पछि फर्कने त अवश्य हो दिन यहाँ

स्वच्छ बनोस् मन तन लाग्न हुन्न दाग हेर

 

नसप्रेको कहाँ हो र कलायुगे कर्महरू

ठूलो हुन्छ तनमा कोयली भन्दा काग हेर

 

जीन्दगीको महलमा

जीन्दगीको पलपल कैयौं भए भूल प्रिया

यो भूलको पूर्वपथ बन्न गयो शूल प्रिया

 

आकाशका सप्तऋषि तपोवन झरे सरि

उज्वल भो तपोवन स्वच्छ भयो मूल प्रिया

 

महानता पवित्रता ज्ञानको छ भ48डार हेरौं

 भण्डारको बगैचामा फुल्छ सुद्ध फूल प्रिया

 

क्रमिकता यो संसार बार, मास, ऋतु हुन्छ

ऋतुसँगै समग्रमा प्रकृतिमा डुल प्रिया

 

सफलता उज्वलता पूर्णताको पथ बीचेे

जीवनसागर पार गर्न चाहिन्छ पुल प्रिया

 

अंधेरीमा नआउ बरु

अंधकार त्याग्नै पर्छ प्रकाशमा आऊ प्रिया

स्वच्छभाव स्वच्छ राग मीठो गीत गाऊ प्रिया

 

संरक्षण सबको लागि मानिसबाटै हुनु पर्छ

अन्तरयामी बनी धामी व्यथा पत्तालाऊ प्रिया

 

नभ तल पृथिवीका आफ्नै आफ्नै संरचना 

अमिल्दो छ वातावरण सक्छौ भने दाऊ प्रिया

 

हावा आउँछ उडाउँछ गुडाउँछ धुलो सबै

प्रकृतिको संरचना रम्य गरी छाऊ प्रिया

 

गुम्सिनगो यो संसार वातावरण विग्रो हेर

शुद्धवायु दीर्घआयु पाउनु छ, पाऊ प्रिया

 

कुखुराले डाँको छोड्यो

कुखुराले डाँको छोड्यो ल्याइन् तिन्ले चिया

रातभरि अङ्गालोमा बाँधिइन् ती प्रिया

 

सपनीमा नभै हामी विपनीमै रै छौं 

मिलनमा समाहित मिल्दो रैछ निया

 

आजकाल अति खुसी छैन आनाकानी 

प्रेमआत्मा महानता लाग्न दिन्न खिया

 

मन पर्छ न्याय प्रेमी अन्यायको  शत्रू

यदाकदा रहिजान्छ चामलमा बियाँ

 

हो संसार यस्तै यस्तै हुन्छ दिन रात

चाहिदैन यो संसारमा दुख दिने सिया

 

म पिउँछु मस्त पिउँछु

म पिउँछु मस्त पिउँछु त्यसैले त मलाई आराम भयो

म नशामा चुर भएँ छु लडखडाउँदा वदनाम भयो

 

म लडखडाउँदै घर पुगें तिनी त रिसले चुर भइन्

पिउनको कुनै अर्थ रहेन हेर सबै वेकाम भयो

 

बिचार थियो जीवनको हर घडीलाई चिरफार गर्ने

सारा जीन्दगी नशामा डुब्दा डुब्दै नै वेदाम भयो

 

म झगडिएँ झगडैमा अल्भि्कंदा सारा दिनरात वित्यो 

घरको चुल्हो जलेन त्यसैले घरकाको मुख जाम भयो

 

आजकल धेरै दिन भयो नशा पिउन छाडीदिएँ

त्यसैले उनी साह्रै खुसीछिन् अब घरमै चारधाम भयो

 

मस्त थिए

मस्त थिएँ नशामा जीवनदान गरें 

मदवाला मद खोज्दै मधुपान गरें

 

चुम्बक छ सुन्दरीमा आकर्षण प्याला

समर्पण गर्छु भन्दा भन्दै अपमान गरें

 

भागब48डी संसारमा लुछाचुँडी हुन्छ

ठूलो भाग खोज्न भनी तानातान गरें

 

भाग्य रैछ कस्तो हेर भागमा नै परिन्

अस्तित्वको बल कार जानाजान गरें

 

जब हाम्रो सारातन मतवाली बन्यो

लुटालुट मुखामुख पहिचान गरें

 

सागर तर्ने इच्छ्या थियो

सागर तर्ने इच्छ्या थियो अडेछु किनारमा 

जता ततै खुट्टा तान्छन् पापी यो संसारमा

 

हेर जीवनको चाहना छ चन्द्रसुधा पान

 रापिलो छ सूर्यकर मिल्यो गला हारमा

 

आशा साथै विश्वासले अडेको छ यो संसार

विश्वास घाती फेला परे के छ यो निधारमा

 

आकाश हेर आतुर छ पृथिवीलाई चुम्न

तृर्षा छैन पृथिवीलाई प्रयत्न वेकारमा

 

उच्चताको कसौटीमा आज पुग्नै पर्ने हुन्छ

नयाँ निमार्ण मात्र हैन जुट्दै जाउँ सम्भारमा

 

प्रेमको

प्रेमको संसारमा धोखा हुन सक्छ जरुर

त्यसैले त माया चुनी तिम्रै पछि लागें हजुर

 

आऊ आऊ आँखा खोली दिल खाली पारीदिन्छु

तिम्रैलागि दिलतड्पी स्वर बन्छ कुरकुर

 

यान्त्रिक्शक्ति कलाहीनमा हुनसक्छ जोखिमपूर्ण

मानवता विहीन मानिस बन्नजान्छ ठूलो असुर

 

श्रृङ्गारमा वेजोडतन आकर्षण हुन्छ अर्कै

ज्ञान सागरमा डुबुल्किदा मान्छे बन्छ विदुर

 

अहंभाव फालि फालि विवशता बोकी हिड्दा

जीवनमार्ग सुधार गर्न कठीन रैछ प्रचुर

 

नलगाउ काँडेतार प्रिया

नलगाउ काँडेतार प्रिया

भेटहुम एकै बार प्रिया

 

मिलन त रोमान्चित हुन्छ

यो हो सुन्दर संसार प्रिया

 

स्वादमा सममन चाहिन्छ

बन्छ यो नै प्रेमहार प्रिया

 

 सत्य हो सूर्य प्रच48डछन् 

हुन्नन् चन्द्रमा वेकार प्रिया

 

तिम्रो प्रेम हार पहिरन

बन्यो खुकुरीको धार प्रिया

 

चङ्गासरी यो मनलाई

चङ्गासरी यो मनलाई उडाउन हुन्न

कलिलो त्यो मुनालाई चुडाउन हुन्न 

 

फक्रनदेउ मन पनि पुष्पकोपिला झैं

पारी पीर उनी झीर दुखाउन हुन्न

 

तिम्रो मेरो मिलन त क्षितिजको पारा

शुद्धमाया यस्तै हुन्छ टुटाउन हुन्न

 

मिलनमा विलिनता जस्ले खोजे पनि

स्वच्छतामा रहीरहूँ लुटाउन हुन्न

 

अभागीको भाग्य रेखा रैछ टेढोमेढो

जस्तै परोस् प्रेमलीला छुटाउन हुन्न

 

 िन्दगीका

जिन्दगीका हरेक पाना लौ खुलीदिनु पर्छ

सुन्दर मनको पुष्प गुच्छा फूलिदिनु पर्छ

 

हेरौं जून तारा जीवनमा चम्कनको लािग

अविवेकी पथयात्रा सबै भूलिदिनु पर्छ

 

सिँचित् हुँदा सुख्खाटार बन्छ हरियाली 

जव प्रेमसुधा बग्दा वाढी हुलिदिनु पर्छ

 

जब प्रेमसागर सललल उर्लन थाल्छ

मत्स्यकन्या रूपधारी हामी डुलिदिनु पर्छ

 

 अब गरौं प्रेम भरौं प्रेम खुलामार्ग हिडौ

सबै धोकेवाज प्रेमीलाई शूलिदिनु पर्छ

 

सुन्दरताको फूलबारी

सुन्दरताको फूलबारी बनाउँ हाम्रो गाउँ

सुवासले मगमगी चलोस् यस्को नाउँ

 

संसार छ रङ्गीचङ्गी वसन्त छ यहाँ

गोर्खालीले समाउँछन् वीरताको ठाउँ

 

आकाशमा सेतो बादल चाँदनीको घेरा

चकोर र चाँदनीको प्रीत हेर्न जाउँ्क

 

गरिबको क्रन्दन त कर्णकटु हुन्छ 

उदरले माग्न थाल्यो भन्छ भात खाऊँ

 

आऊ जाऊ कर्मजारी गाउँ निरन्तरी 

सठलाई सकेसम्म राम्रैसँग दाऊँ

 

युवती देशका खम्वा

युवती देशका खम्बा युवाहरू छानु

हाँगाविङ्गा हेर्नु भन्दा छाम्नुपर्छ गानु

 

युवाशक्ति विदेशियो बुढाबुढी यहाँ

दिन टार्न खानु पर्ने एक छाक मानु

 

देश भयो कङ्गाल नेता भए अमिर

स्रोत छैन परिचालन मागी मागी खानु

 

विदेशीकै भरोसामा कुद्नु परे पछि

हुनु पर्दो रै छ हेर मौरी बिना रानु

 

देशको विकास हुन्छ सबले गरे त्याग

तब मात्र पर्दैन है विदेशमा जानु

विश्व रंगमञ्च हेर

विश्व रंगमञ्च हेर सपना रहेछ 

परिस्थिति केलाउँदा सामना रहेछ 

 

प्राप्त हुन्छ फल हेर पसिनाको भोग 

तिर्सनाको आपूर्ति त साधना रहेछ 

 

सबै भन्छन् मेरोतेरो तर कस्कोकस्को

आफ्नै मनको सुनौला भावना रहेछ

 

जीवनमा आउँछ आँधीवेरी खडेरी

पछिबन्ने भूतकालिन् सम्झना रहेछ

 

पूर्ब पश्चिम चल्तिका सब कर्म हेर्दा

यो जिन्दगी दुर्ई दिनको गहना रहेछ

 

जति सजिसजाउ गर

जति सजिसजाउ गर फुल्छ फूल फल्छ र्झछ

एक पटक जीवनमा प्रेम रोग सर्छ सर्छ 

 

जीवन फूल सुन्दरता जीवनको सारतत्व 

विधिको यो बिडम्बना एक दिन मर्नै पर्छ

 

कर्मसार भवपार यो संसार जटिलता

जीवनका हरेक पक्ष टर्न सक्ने टर्ने गर्छ 

 

अधिनमा रहेर नै यो जिन्दगी टरेको छ

अधिकारी भन्नेले त अधिकार धर्छ धर्छ

 

नैराश्यता छाडेर नै प्रगतिले पथ लिन्छ

सफलताको खेती गर्दा असफलता टर्छ टर्छ

 

प्रेमघाती प्रियाहरू

प्रेमघाती प्रियाहरू प्रेम रोपी निदाइ दिन्छन् 

कमल फूल सम्भि्क चुम्दा काँडा बनी बिझाइ दिन्छन् 

 

आफ्नो अस्तित्वको बोध कहीं कतै केही छैन

प्रेमघात आइमात हल्ला मात्रै फिजाइ दिन्छन् 

 

बाटो घाटो चारै तिर तिन्को मात्र चकचकी

अल्लारे ती युवा वर्ग निमेषमै रिझाइ दिन्छन् 

 

हुँदो रैछ भावनाको फूलबारी लौ मरुभूमि

आतताई प्रेमिकाले अति चाँडै झज्याई दिन्छन्

 

गर्न सके राम्रो प्रेम ईश्वरीय मिलन हो

अन्तपुर अग्निज्वाला अमृतले चिस्याई दिन्छन्

 

प्राणभन्दा प्यारी आमा

प्राणभन्दा प्यारी आमा अनि देशको माटो

सगरमाथा प्रदर्शित छ उच्चताको पाटो

 

सगरमाथा चुम्ने चित्र कोर्छ सबल पक्ष

झलमल परौं देश अन्धकारको साटो

 

आफ्नो बिचार महान् हुन्छ भन्ने मात्रै तर्क

घाती मानिस त्यही हुन्छ त्यसले पार्छ फाटो

 

सीमा रेखा अतिक्रमण गर्‍यो छिमेकीले 

नेता जति राजनीतिमा जनता परे लाटो

 

रगतले ल्याएको हो परिवर्तन आज

सबल कर्म गर्दै जाउँ नराखौं है राँटो

 

मूना भन्दा फूल धेरै

मूना भन्दा फूल धेरै मगमगी छ यो सहर

सहरमा बगेको छ कलकल गङ्गा नहर

 

भावनाले कोल्टे फेर्दा दुःखी हुँदो रैछ मनै  

मनै मर्दा प्रेम सर्दा खस्किदो छ हाम्रो रहर 

 

मैल तिमीलाईे दिएको हूँ प्रेमघडा भरी भरी

तिमी मस्त बनिदियौ पिउनलाई आठै प्रहर

 

लाग्यो तिम्लाई सुधारस भयो तन लथापत्र

तान्यौ ितम्ले माने मैले कहीं छैन लौ कहर

 

पर्खिबस्नु पर्दो रैछ उदाउँछन् चन्द्र सूर्य

उच्च भाव चन्द्र धुम्ने गर्नुनै छ लौ ठहर

 

महानताले भरिएको

महानताले भरिएको मानवको दर हुन्न हेर

आत्मज्ञानी पुरुषको कहीं कतै डर हुन्न हेर

 

आज संसारको रीतिथिति मानिसको बस्तुस्थिति

अविवेकी सङ्गतको कहीँ कतै भर हुन्न हेर 

 

परिवर्तित संसार छ यो बदलिदै जान्छ जान्छ 

लोकतान्त्रिक व्यवस्थामा कहीँकेही कर हुन्न हेर

 

भन्ने गर्दछन् यहाँ मानिसहरू मेरो तेरो मेरो तेरो

मेरो छाडी हाम्रो भन्ने भावनाको नजर हुन्न हेर

 

यो प्रेमगाथा जति लेखौँ अनन्त रूप भइदिन्छन् 

अविवेकी प्रेमगाथा जति लेख स्तर हुन्न हेर

 

तिम्रो रूप अति चर्को

तिम्रो रूप अति चर्को मेरो दिल जल्यो प्रिया

रातभरि निद्रा भाग्यो चक्षु ज्योति बल्यो प्रिया

 

मित्रताको प्रेमगीत किन बज्न छाड्यो आज

प्रेम पर्खाल दह्रो थियो किन यस्तै ढल्यो प्रिया

 

प्रभातमा चरी बोल्दा तिम्रै यादले सताउँछ

पधेरीमा चुरा बज्दा सारातन गल्यो प्रिया

 

चारैदिशा नयन ज्योति फालेर नै बस्ने गर्छु

शून्य लाग्छ यो संसार भाग्यले नै छल्यो प्रिया

 

संसार नै झुटो लाग्यो न्याउली गीत सुनी बस्छु

अधमरो शरीरलिई यो जीवन चल्यो प्रिया

न बाँच्नु छ न मर्नु छ

न बाँच्नु छ न मर्नु छ गरिवीको धारमा 

कसोगरी अघि बढौं विलाशी संसारमा

 

 चन्द्रकला भन्नु अर्थ शीतलताको प्रदान 

प्रेमिकाको खाँचो पर्‍यो गरिवीको मारमा

 

संंबेदन मर्मयुक्त चलेको छ घरबार

घरजम बसाउन लग मलाई कारमा 

 

धनाढ्य त तल्लिन छन् सुन्दरीलाई चुम्न

जीवन कठिन हुँदोरैछ मध्यम बर्गी हारमा 

 

गरिवीको निवारण छ भाषणको स्वरमा 

 पिल्सिदै छन् निम्नबर्ग गरिवीको भारमा

 

एकातिर मानवको

एकातिर मानवको आफ्नै आफ्नै कर्म सानु

बर्गकर्म बाहेकमा रोकिदिन्छ धर्म सानु

 

धर्ममा ने संसारमा हुन्छ काटमार आज 

धमाँलम्वी कहलाउने बुझ्दैनन् मर्म सानु

 

धर्म अन्ध बन्नुभन्दा दीन दुःखी हेरौं साथी

तिनैबाट उत्थान हुन्छ विश्वशान्ति श्रम सानु 

 

धर्म बनोस् जनमुखी कर्ममुखी पनि बनोस् 

जन बनुन् राष्ट्रमुखी बिकासको पर्म सानु

 

दीर्घ बनोस् हाम्रो धर्म रहोस् समभाव सधैं

राष्ट्र बिकास धर्मोस्थान नत्र हुन्छ सर्म सानु

 

बिलोको राजनीतिले

बिलोको राजनीतिले  देशलाई खायो

रक्तहीन यो देशमा गणतन्त्र आयो

 

एकथरी मुड्की ताक्छन् अर्काथरी रुन्छन् 

बम गोली हरणले देशलाई छायो

 

समाबेसी भन्नु मात्रै जहानिया भए

सत्यताको भकारीमा धमिरा नै लायो

 

कर्मथलो मर्मथलो संविधान सभा 

दायित्वको बोध कता भत्तालिन धायो

 

उद्देश्य त एकथरी कर्म अर्कोथरी 

जनताले उपहार महगी पो पायो

 

संसारमै धनी छ नि

संसारमै धनी छ नि यो देशको जल

सदुपयोग नगरेर बग्न गयो भल

 

सबै हामी लाग्न पर्‍यो गर्न परिश्रम 

उर्वरक माटो बनाउँ प्रयोग गरौं मल

 

युवाशक्ति बिदेशिए कमाउन धन

 यस्तै कर्म जारी रहे घट्छ श्रमबल

 

प्राकृतिक स्रोत साधन छ नि भरिपूर्ण 

व्यवस्थित गरिदिंदा स्वर्ण फल्ने थल

 

उत्पादनले भरिपूर्ण जवहुन्छ देश 

तवमात्र कृषकले चाख्न सक्छ फल

 

आजफेरि उही चाला

आज फेरि उही चाला 

चकका जाम मधुप्याला

 

महगाई बढ्दै गयो 

मजदुरी छैन ज्याला

 

भाषण छन् ठूला ठूला 

भोको मुखमा छ ताला

 

गास बास कपासको 

सागर हैनत हो नाला

 

समाबेसी भए अरे

मन्त्री स्वास्नी पिए साला

 

कस्तो अहङ्कार

बस्तो अहङ्कार सम्झाउँछु मैले बारंबार

सम्झाई र भोगाई बीचको बार्ताभो वेकार

 

भनौं तिनीलाई पागल तर तिनी पागल हैनन्

 स्वस्थभावको राग खोज्दा मिल्दैन आधार

 

हेर यो मन लौ जल्दाजल्दै खरानी नै भयो

कटुशब्द पाचनमा लाग्यो रोग अतिसार

 

तिनको कर्म अग्नि झोस्ने डहनमा पार्नलाई

सारा तन चल्दै जाने यन्त्र जस्तै तारंतार

 

भाव राग जपीराख्दा प्राप्त हुन्न स्वर्गद्वार 

सफलता प्राप्त गर्न छाड्नु पर्छ सर्बखार

 

खेत बारी रुखो भयो

 

खेत बारीरुखो भयो बनाऊ गोठेमल

मूत्र सबै बग्न गयो बनाऊ गोठेमल 

 

गर्नुपर्छ गुणयुक्त सोत्तरको खोजी 

आवश्यक्ता धेरै छ यो बनाऊ गोठेमल

 

जोरन त पाएजति कम्पोष्टमा राख 

झारपात त्यसै रह्यो बनाऊ गोठेमल

 

बिरुवाले खानेजति खाना यस्मा मिल्छ 

अन्न दिने खानी ल यो बनाऊ गोठेमल

 

सवदेशको स्रोत छाडी विदेशीको मल

किन्न पर्दा पैसा बह्यो बनाऊ गोठेमल

 

गजललेख्ने चल्यो

गजल लेख्ने चल्यो मेरो बुढौतीको रहर

त्यसै हुँदा खोजेको छु सुन्दर सुन्दर बहर

 

देशको माटो समातेर कसम नै खान्छु

यही माटोमा समाहित हुने भयो ठहर

 

हेर राष्ट्रप्रति समर्पित जो कोहीको भाव

आत्मै देखि जागरण देश बिकासको लहर

 

देश हेर सबको लागि मुटुको हो धडकन

यै धडकनमा अमृत बग्छ छानी दिन्छ जहर

 

बालक देखि बृद्धसम्म अग्रसोच भए 

बिकासमा लम्कनलाई पर्ने छैन कहर

 

कर्तव्यमा जुटी जुटी

कर्तव्यमा जुटीजुटी गरौं सबै काम प्रिया

काम बिना संसारमा मिल्ने छैन माम प्रिया

 

चन्द्र सूर्य राष्ट्र ध्वजा यही स्वाभिमान हाम्रो

राष्ट्रप्रेम हुनै पर्छ हरेक नै याम प्रिया

 

संसारिक चोला हो यो हुन्छ दिन रात सधैँ

चाँदनीको वियोगमा उदाउँछन् घाम प्रिया 

 

छाक टार्ने मात्र हैन बचतको खोजी गरौं 

पसिना नै अमूल्य छ बचाउन दाम प्रिया

 

बल्न गयो अन्धो मन सपनिको दीप आज

,निभ्नै थाल्यो भने पछि जपिन्छ है राम प्रिया

No comments:

Post a Comment