April 15, 2012

अभागीका मुक्तकहरू (मुक्तकसङ्ग्रह)

अभागीका मुक्तकहरू

(मुक्तकसङ्ग्रह)

 

 

 

सदानन्द "अभागी"

कावासोती १ शान्तिचोक

नवलपरासी

लुम्विनी अञ्चल, नेपाल

२०६८(२०११)

समर्पण

यो कृतिको समर्पण, सारा मुक्तककारमा

समाज अघि बढ्दै जान्छ साहित्यको सारमा

आत्मै देखि समर्पण छ दिलफूल चढाई

मुक्तक लेखन अघि बढोस् बिजुलीको ऱफ्तारमा

 

 

कृति            अभागीका मुक्तकहरू 

                                                             (मुक्तकसङ्ग्रह) 

कृतिकार          सदानन्द "अभागी"

प्रकाशक          लि73मीस्मृति साहित्य समाज

प्रथम संस्करण    वि.सं २०६८

सर्बाधिकार       लेखक स्वयंमा

आवरण शिल्पी     रामकुमार श्रेष्ठ 

कम्प्युटर डिजाइनर ः सदानन्द अभागी

 (९८४१३३५९८३)

Email: sadanandajaishy@ yahoo.com

ABHAGIKA MUKTAKHARU

(MUKTAKSANGRAH)

By

Sada Nanda Abhagi

Published:

LAXMISMRITI SAHITYASAMAJ     

            NMNF:

                SN:         S A

                ISBN:     

मूल्य रु. १००।

मुद्रकः हवाई छापाखाना, कावासोती,

प्रकाशकीय

सदानन्द अभागीको नाम नेपाली साहित्यमा नौलो होइन। उहाँका थुप्रै कृतिहरू हामिले पढी सकेका छौ। यो मुक्तक सङ्ग्रह पनि प्रकाशन गर्न पाएकोमा उहाँ प्रति आभारी छौं र उहाँको लेखनी अझै तिखारिँदै जावोस् भन्ने सुभकामना प्रकट गर्न चाहान्छौं 

 

 क्ष्मीस्मृति साहित्य समाज परिवार

कावासोती १, नवल परासी,

मेरो कथन

कविता, कथा र गजलमा मैले हात चलाए पनि मुक्तकमा भने हात चलाएको थिइन। यस पटक केही मुक्तकहरू  पस्कन मन लाग्यो। केही मुक्तकहरू पाठक सामु पस्केको छु। प्रतिक्रिया पाउने नै छु। जे छ कृति भित्रै छ, धेरै किम। सहयोगी मित्रहरूमा राम कुमार श्रेष्ठले आवरण पृष्ठ सजाउनु भएको र साथ समय समयमा मुक्तक लेख्न प्रोत्साहित गरेकामा मनिषा ठकुरी पनि धन्यवादको पात्र हुनुहुन्छ।   सहयात्री डिलकुमारी रिजालले पनि लेख्न लाग्दा समय समयमा चिया  टक्राएर प्रोत्साहित गरेकोमा धन्यवादकी पात्र भएकी छन्। अन्त्यमा सबै परिवारका सदस्य  तथा सहयोगी मित्रहरूलाई धन्यवाद दिंदै बिदा माग्छु। 

धन्यवाद            सदानन्द अभागी

 

तिमी आफ्नै बाटो हिड

तिमी आफ्नै बाटो हिड तिम्ले मलाई मोल्नु छैन

खडेरीले खाए खाओस् सिँचाइ कुलो खोल्नु छैन

जाउ जाउ जति सक्छौ सफल बाटो खन्दै जाउ

सत्कर्मको बाटो हिड्ने कसैलाई बिथोल्नु छैन

देश बेरोजगार छ

देश वेरोजगार छ युवा विदेश धाएकै छन्

दलाल चमत्कार छन् नजर उन्ले लाएकै छन्

जति अलपत्र परेर मृत्युवरण गरे पनि

दलालले निर्धक्क विदेश पठाउन पाएकै छन्

हेर काम गर्दा

हेर काम गर्दा सोच बिचार गर्नै पर्छ

नदी पार गर्नु परे जङ्घार तर्नै पर्छ

के नै हेर्नु छर लाटीले केरा हेरेझैं

तिन्को आँत छाम्मलाई अघि सर्नै पर्छ

 

परीक्षामा पासहुन

परीक्षामा पासहुन, जान्नु पर्छ

शुद्धतामा रमाउन छान्नु पर्छ

पढ्नु र छान्नु शुद्धताको बोध हो

सही सत्य यथार्थता सबैले मान्नु पर्छ

 

जीवनधार कता

जीवनधार कता कता प्रश्न एउटा सानु हजुर

देशलाई लान्छौ कता सबको दुख्यो गानु हजुर

जुनजोगी आउँदा पनि कान चिरेका हुँदा रैछन्

गरीबको खरघर छैन, आफ्नो पक्की छानु हजुर

राम्रो नराम्रो

राम्रो नराम्रो छुट्टयाउने काम गरौं

सुन्दा पनि सत्य प्रेमी नाम गरौं

कुकर्ममा लाग्नेहरूको कमी छैन यहाँ

उदाहरणीय सुकर्मको सुदाम गरा

No comments:

Post a Comment