यात्रा सँधै सिधा हुन्न हुन्छ बाङ्गो टिङ्गो बाटो
कुशल हली भए पनि जोत्दा छाड्छ राँटो
सतहमा केही पाइँदैन पुग्नु पर्छ मूलमा
मूल प्रवाहमा प्रवेश गर्दा दङ्ग पर्छ लाटो
भन्ने गर्थे पुर्खाहरू सोझो बाटो हिड
मिल्न सक्छ अमृत नै दूधदहीको साटो
सबै सबै रमण गर्ने रैछन् संसारमा
यी सबैलाई थामी हिड्ने धन्य रैछ माटो
नाशवान शरीर जान्छ, लान्न केही पनि
बाँच्दा खोज्छ मानिसले ठूलो ठूलो पाटो
No comments:
Post a Comment