editor — Tue, 11/05/2019 - 13:41
आमुख–
२०७५ सालको लक्ष्मीपूजाका दिन (मिति २०७५ साल कार्तिक २१) लक्ष्मीस्मृति साहित्य समाज कावासोतीले महाकवि लक्ष्मीप्रसाद देवकोको जन्मजयन्ती मनाउने क्रममा भारतको पूर्वउत्तर असम डगिबोईका साहित्यकार कृष्णविक्रम राणा र देवीमाया सावकोटा साथै दुलियाजानका साहित्यकार महेन्द्र साहीलाई सम्मान गर्ने सुवर्ण मौका पायो । यसै अवसरमा कृष्णविक्रम राणाले मलाई उहाँको कृति 'कुराकानी' उपहार स्वरूप प्रदान गर्नुभयो । लगभग एक वर्षपछि पढ्ने समय जुर्यो । कृष्णविक्रम राणाको कर्मथलो डगिबोई भए पनि मातृथलो भने पर्वत जिल्ला नै रहेछ । 'कुराकानी' नियाल्दा उहाँ कवि, समीक्षक, अनुवादक, सम्पादक, अभिनयकर्ताको रूपमा आफूलाई परिचित गराइसक्नुभएको छ । कृष्णजी नेपाली साहित्यमामात्र नभएर उहाँ हिन्दी र असमीया भाषाका पनि ज्ञाता एव म लेखक हुनुहुन्छ समग्रमा हेर्दा कृष्ण विक्रमजी एक बहुमुखी प्रतिभाका धनी हुनुहुन्छ । उहाँको जीवनी केलाउँदा, कृष्णजी सर्वप्रथम एक सिपाही, पत्रकार, इण्डियन आयल कर्पोरेशनमका जागिरे, हिन्दी र नेपाली टेलीफिल्महरूमा आफ्नो भूमिका निभाएको हुनाले एक कलाकार, साहित्यकार र एक समाजसेवीको रूपमा हामीले उहाँको परिचय पाउन सक्छौं ।
कृष्णविक्रम राणाका प्रकाशित कृतिहरू– कृष्णविक्रम राणाका साहित्यिक कृतिहरू यसप्रकार छन् – आन्सु (लामो कविता, सन् १९८८), कृतिका ओडारदेखि निस्किएका सप्तरङ्गी किरण (समीक्षा सङ्ग्रह सन् २००४), आशाको रुखमा व्यथाको चरो (कवितासङ्ग्रह, सन् २००६), साग–सवजी और फलौङ्के गुण (सन् २००६), मूल लेखक डा. साहजहान बरबरा (असमीयाबाट किन्दी अनुवाद), युगाचरण (कवितासङ्ग्रह सन् २०१०), भायोलिनका स्वरहरू (कविता सङ्ग्रह, सन् २०१२), पोखिएको जिन्दगी (कविता सङ्ग्रह सन् २०१४), भावना र धारणा (समीक्षा सङ्कलन (सन्, अगस्त २०१७), कुराकानी (स्रष्टाहरूसित साक्षात्कारसङ्ग्रह सन् २०१८)
कृष्णाविक्रम राणाका सम्पादनहरू – कृष्णविक्रम राणाले लाङ्घालिक मगर सङ्घ सदियाको मुखपत्र सन् २०१५को 'आलोक' वर्ष एक अङ्क १मा प्रधान सम्पादकको भूमिका निभाउनु भएको छ । यसरी नै ट्यामा (सन् २०१६ र 'यात्रा' (सन् २०१७)मा पनि प्रधान सम्पादकको भूमिका निभाउनु भएको छ । भने पारसमणि स्मृतिपत्र (सन् १९८६), कोपिला अंङ्क, ५ र ६ (संयुक्ताङ्क, १९९०) 'भाषा'आञ्चलिक, सन्२००७)मा सम्पादकको भूमिका निभाउनु भएको छ ।
पुरस्कार र सम्मान –वि.सं.२०७६ भदौ २१ गते पल्लव साहित्य प्रतिष्ठानको साहित्यिक कार्यक्रममा पल्लव साहित्य प्रतिष्ठान साहित्य समाज चितवनबाट सम्मानित हुनु भएका कृष्णविक्रम राणा वि.सं. २०७५ को महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा लक्ष्मीस्मृति साहित्य समाज कावासोती नवलपुरबाट पनि सम्मानित हुनुभएको थियो । यसरी नै नेपाल मगर सङ्घ पर्वतद्वारा मानपत्र (सन् २०१४), प्रगतिशील लाङ्घाली मगर समिति शदिया जिल्लाद्वाराबाट मानपत्र प्रदान (सन् २०१५), सार्वजनिक गोर्खाली शिवमन्दिर, शदिया जिल्ला (सन् २०१५), असम गोर्खा सम्मेलन शदिया जिल्ला (सन् २०१५) आर्य समाज शदिया जिल्ला (सन् २०१५), वैदिक समाज शदिया जिल्ला (सन् २०१५), 'स्रष्टा' पुरस्कार (समालोचनाको लागि, सिक्किम, सन् २०१५) '२०२ औं भानु जयन्ती पालन समिति'आग्सुद्वारा मानपत्र (२०१६), 'भारतीय मगर समाज समिति देहरादूनद्वारा सम्मानित (सन् मार्च–२०१८)', अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मानले सम्मानित, दुलियाजान, (सन् अप्रिल–२०१८) आदि संस्थाबाट उहाँले प्राप्त गर्नुभएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कारले उहाँको साहित्यिक यात्रा अँझै दरविलो र क्रियाशील बन्ने आशा गरिएको छ । कृष्णविक्रम राणाले साहित्य सेवामामात्र समर्पित नभएर संस्थाको विकासमा पनि उहाँको सकृयता र संस्थापकको रूपमा उभिनु भएको देखिन्छ । उहाँ नेपाल मगर सङ्घ पर्वत (सन् २००५), सप्तर्षि सांस्कृतिक सङ्घ (सन् ३१ मई, १९९०), र पूर्वाञ्चल साहित्य यात्रा समिति (सन् २ अप्रिल, २०१७) को संस्थापक हुनुहुन्छ । मातृभूमि नेपालका सपूत कृष्णविक्रम राणाले भारतको डगिबोई असमलाई कर्मथलो बनाएर नेपाली, हिन्दी र असमीया साहित्यको विकासमा पुराएको योगदानको जति प्रशंसा गरे पनि कमी नै हुन्छ ।
कृतिको संरचना – कृतिकारले यस कृतिलाई पिता स्व. शुकदेव राणा र माता स्व. देवकी राणामा समर्पण गर्नुभएको छ । यसको प्रकाशन जी–टेक प्रकाशनले गरेको छ । यस कृतिको मूल्य रु २००/– राखिएको छ । यस कृतिको भूमिका डगिबोई महाविद्य, डगिबोई असमका सहयोगी प्रध्यापक देवीचरण सेडाईले लेख्नुभएको छ । यस कृतिमा सातजना असमका साहित्यकार र ३ जना नेपालका साहित्यकारको कुराकानी समेटिएका छन् ।
कृतिभित्र प्रवेश गर्दा – माथि नै भनिसकिएको छ कि दशजना साहित्यकारहरूका कुराकानीहरू समावेश गरिएका छन् । यी कुारकानी सम्बन्धमा–प्रथम अन्तरबार्ता साहित्यकार लोकनाथ उपाध्यायको छ । यस कुाराकनीको सारभाव यस प्रकार छ – लोकनाथ उपाध्याय स्व. माता चन्द्रकला र स्व. पिता कपिलामणि उपाध्यका सुपुत्र हुनुहुन्छ । लोकनाथको जन्म सन् १९३९मा वापापुङमा भएको थियो । उनका साइत (कथासङ्ग्रह, १९८२), विवर्तन (खण्डकाव्य, १९९०), अन्तराल (कवितासङ्ग्रह १९९३), आँधी (उपन्यास १९९), लोक निबन्ध (२००२), विसङ्गति (कवितासङ्ग्रह, २०१०), किन रोयौ उपमा ? (कथासङ्ग्रह, २०१४) गरी सातओटा कृति प्रकाशन भैसकेका र ६ ओटा कृति प्रकाशोन्मुख अवस्थामा रहेको विवरण यस कृतिमा पाइन्छ । उनको उपन्यास कृति ५ओटा विश्वविद्यालयहरूमा एम.ए. तहको पाठ्य तालिकामा छ । उनको साहित्यिक यात्रा सन् १९५८ बनारसबाट प्रकाशन हुने मासिक पत्रिका 'आमा'मा प्रकाशन भएको कुरा उल्लेखित छ । प्रश्नकर्ता र उत्तरकर्ता बीच गहन विषयमा छलफल भएको छ । प्रश्नकर्ताले समीक्षकीय रूपमा प्रश्न गरेको देखिन्छ भने उत्तरकर्ताको उत्तरहरू पनि सटीकरूपमा आएका छन् । अन्तरबार्ताबाट लोकनाथ उपाध्याएको कलम नेपाली, असमीया र हिन्दीी भाषामा पनि चलेको देखिन्छ । उहाँ 'प्रभावोत्पादक साहित्यलाई साहित्य' ठान्नुहुन्छ । 'नेपाली हाम्रो भाषा हो, यस भाषामा लेखिएको साहित्य नेपाली साहित्य हो' भन्नुहुन्छ । नेपालीभन्दा विदेशी र गोर्खाभन्दा भारतीय ठहरिने कुरामा उहाँ सहमत हुनुहुन्न र 'हामी गोर्खाली–नेपाली दुवै हो' भन्नुहुन्छ । 'भाष साहित्य र संस्कृति त जातिका पहिचान हुन्, ', साहित्यमा साठीको दशकमा झुल्किएको र स्वच्छिक रहेको, गाँस र बासको वाध्यताले फौजमा गएको, देवकोटा र हरिभक्त कटुवालले साहित्यमा अभिपेरित गरेका, फौजी स्मरणलाई पुस्तक आकारमा प्रकाशित गर्ने विचार 'जावालिकको मनोदशा' पौराणिक कथा भएको, 'मानन्धर' वेदनामय कथा, 'किन रोयौ उपमा ' उत्कृष्ट कृति र यसले प्रेमवादी विषयलाई अँगालिएको, 'एकलव्यहरू अन्याय र शोषणका प्रयाय हुन्', 'आँधी उपन्यास प्रथम पुरुष दृष्टिविन्दुमा लेखिएको नारीवादी उपन्यास हो ' विश्व साहित्यको रसस्वादन हाम्र पाठकले गर्न नपाएका कुरा, 'प्रतीक्षा'मा डगिबोइमा सङ्घर्ष गरेका कुरा, डगिबोईमा साहित्यिक परिवेश राम्रो रहेकोर हरिभक्त कटुवाल, के.वी. नेपाली, युद्धवीर राणा, भीमप्रसाद जैसी, जसु सुब्बा, अग्निबहादुर क्षेत्री जस्ता स्रष्टाको जमघट बारे जानकारी, हरिभक्त कटुवाल र लोकनाथ उपाध्याय वेलगामको घोडामा चढेर ब्रह्मपुत्रको वगरमा पछारिएका स्मरणका कुरा आदि आदि धारणाहरू यस कुराकानीमा आएका छन् । प्रश्नकर्ताका सारगर्भित प्रश्न र उत्तरकर्ताका यथार्थपरक जवाफले अन्तरबार्ता उत्कृष्टरूपमा आएको छ ।
"पुरस्कारले स्वीकृति दिनका साथै प्रतिश्रुति पनि माग्दछ: डा. शान्ति थापा"
यस शीर्षकमा डा. शान्ति थापासँगको दोस्रो अन्तरबार्ता हो । यस अन्तरबार्तामा 'यो शहर ढल्दैछ (कथासङ्ग्रह) को विवेचना गर्दै प्रश्नकर्ताले डा. शान्ति थापासँग अक्षरको खेतीको जिज्ञासा राख्दा शान्ति थापाले १९७७बाट अक्षरको खेतीको थालनी भएको र १९७९मा आकाशवाणी गौहाटीको नेपाली कार्यक्रमअन्तरगत युवा कार्यक्रममा शान्ति थापाका चारओटा गीत र कविता वाणीबद्ध भएर प्रसारित भएको जानकारी गराउनु भएको छ । 'यो शहर ढल्दैछ ' (कथासङ्ग्रह)कै प्रसङ्गमा कृष्णविक्रम राणाले 'लेखकले लेखेका पात्रहरूको भोगाइ सम्क्भवत : आफ्नो पनिरहेको हुन्छ । कुरा साँचो हो र ' अनुमान गरेको पीडाको भन्ने जिज्ञासामा शान्तिजकिो धारणा यसरी आएको छ –'स्वजीवनमा पीडाबोध नभइकन लेखकले अनुमानकै भरमा चित्रत्रण गरेको पीडाबोध शाश्वत हुँदैन अनि त्यो पीडाबोधबाट पाठकले पनि नगुज्रेसम्म त्यसको तीब्रता अनुभूत गर्न सक्दैन' भन्ने धारणा आएको छ । कथा 'दोभान'मा शान्तिजीले लेखेका विविध प्राकृतिक सुन्दरता, जीवन जिउने मोहमाया, विविध घटना क्रमलाई कोट्याउँदै, राणाजीले उज्याला कथाहरू, मोहक शब्दहरूको संयोजन कसरी कथ्नुहुन्छ समय कसरी निकाल्नुहुन्छ भन्ने जिज्ञासामा शान्तिजीले विश्वव्यापी आज देखिएका अमानवीय व्यवहार, मानवीय जीवनमा सकरात्मक र नकरात्क पाशविकता आदि विविध पक्षमा प्रकाश पार्दै भन्नुहुन्छ –'चारैतिर अन्धकारको साम्राज्य विस्तारित भएका लागि नै उज्याला कथा लेख्ने गर्छु ।' मोह शब्दको बारेमा पनि उहाँ लेख्नुहुन्छ – 'मोह शब्दहरूको संयोजन 'गर्छु' भनेर होइन संवेदनशीलताले स्वत: संयोजन गर्दछ । अनि केही गर्यौं भन्ने सोच राख्नेहरूको निम्ति समय स्वत: उब्रिन्छ । यहाँ प्रेरणका स्रोत, यो शहर ढल्दैछ कथासङ्ग्रहका कुरा, यौन जीवनको केन्द्र विन्दु भएको कुरा, , साहित्यकारको दृष्टिलाई विहङ्गम दृष्टि भनिने कुरा, डायस्पोरा शब्दको अर्थ हुन्छ आफ्नो जन्मथलो छाडेर विश्वको कुनै कुनामा गएर बसे पनि आफ्नो संस्कृतिको जगेडा गर्नु हो, नेपालीले जहाँगएर रैथाने भए पनि नेपाली साहित्य र संस्कृतिको जगेडा गरिरहेका कुरा, भारतेली नेपाली साहित्य र नेपाली साहित्यको साँधसीमा, छुट्टिएको छ भन्ने कुरा, डायमन शम्शेरको 'सेतोबाध' नखुजेलमा छाँदा लेखिएको र यस लेखले दरबारिया संस्कृति लगायत धेरै पक्षहरू समेटिएका कुरा र डा. शान्तिथापाले आत्म सुखका निम्ति लेख्ने गरेको कुरा, 'सेतोबाघ'ले पचास हजार रोयल्टी दिलाउने कुरा, लीलबहादुर क्षेत्रीले 'बसाइँ' उपन्यासबाट रोयल्टी थापिरहेका कुरा तर असममा धेरै कारणले गर्दा कृतिबाट रोयल्टी कसरी पाउने भन्ने जस्ता कुरा, नेपाली भाषी साहित्यकारले सरस्वती सम्मान र ज्ञानपीठ सम्मान पाउन नसक्नुमा अनुवाद हुन नसकेका कारण, उग्रवादीको ताण्डव नृत्यको समाधानको लागि विश्वतन्त्रले विचार गर्नुपर्ने कुरा, जनसङ्ख्या बृद्धिको विष्फोटकले हाहाकार ल्याएका कुरा र त्यसको नियन्त्रणको लागि आफ्नो जायजन्म माथि नियन्त्रण गरी मौलिक कर्तव्यको पालन गरे समस्या समाधा होला कि भन्ने कुरा, जीवनका ओराली उकाली र आत्मवृतान्त लेख्ने जस्ता धारणाको साथै अन्तरबार्तामा विविध पक्षमा समीक्षकीयरूपमा अन्तरबार्ताकारले प्रश्न राख्ने र उत्तरकर्ताले सटीकरूपमा जवाफ फर्काउने काम भएको छ ।
यस अन्तरबार्तामा डा. शान्ति थापाको साहित्यिक योगदान हेर्दा अतुलनीय देखिन्छ । उहाँका असमीबाट नेपालीमा अनुवाद गरेका कृतिहरू दुई, असमीयाबाट दहिन्दीमा अनुदित कृतिहरू दुई मौलिक कृतिहरू चारपुस्तक सम्पादन पाँच, सामूहिक सङ्ग्रहमा परेका गीत/कविता/निबन्ध/कथा १३, र गीतका क्यासेटहरूमा गीत लेखन दुईको विवरण हामीले यस कृतिबाटत जानकारी पाउँछौं । अन्तरबार्तामा प्रस्तुत भाषा शैली मीठो छ ।
त्यतिखेर नेपाली साहित्य वामे सर्दै थियो, हामी हस्तलिखित पत्रिकामा भर पर्थ्यौ: पदम ढकाल
यो तेस्रो कुराकानी हो । १६ प्रश्नहरू कृष्ण विक्रमजीले पदम ढकालसँग राख्नुभएको छ । यी प्रश्न उत्तरको भावसार यसप्रकार प्रष्ट्याउने प्रयास गर्दै छु । पदम ढकाल पिता स्व.रामलाल ढकाल र मता रेणुका देवी ढकालको सुपुत्र हुनुहुन्छ । उहाँका जन्म वि.सं १९८९ (सन्१९२३)मा विश्वनाथ जिल्लाको गेल्धारी मुख गाउँमा भएको थियो । उहाँले १९५२ देखि लेखनको थालनी गर्नुभएको थियो । सोठीया गोर्खा छात्र सङ्घको मुखपत्र 'ज्योति' (हस्त लिखित तीन महिनेको सम्पादन र अखलि भारतीय गोर्खा लीगको मुखपत्र गोर्खामा १०५५ सनको जनवरीको सङ्ख्यामा 'म अप् टु डेट स्टुडेण्ट' शीर्षकको व्यङ्ग कविता प्रकाशन भएको र उहाँका मौलिक असमीया र नेपालीमा लेखिएका कृति यस प्रकार छन्–असमीया भाषामा लेखिएका कृतिहरूमा भानुभक्त (सन् १९६४), असमर जातीय जीवनलोई नेपाली राइजर अवदान (सन् २००५)दुई कृतिहरू, र नेपाली भाषामा लेखिएका कृतिहरूमा श्रीमन्त शङ्करेदत्त (सन् २००५), नागालैण्ड (१९६४), पराजुली पविार, नौदुवार : दगिन्त सम्म (सन् १९९७), सोठीया सिपरीया दर्पण (सन् १९९७) गरी ५ कृतिहरू नेपाली भाषामा लेखिएका छन् र अनगन्ती पत्रिकामा प्रकाशित तर पुस्तकको रूप दिन वाँकी कथा, कविता, हाँस्य–व्यङ्ग्य, निबन्ध, संस्मरण र समालोचनाको सङ्ख्या (२०००) भएको जानकारी कुराकनिको सन्दर्भमा आएका छन् ।
साहित्य सम्मान –पद्मजीको साहित्य सेवाको कदर गर्दै नेपाली साहित्य कला निकेतन गुवाहाटीबाट हरिभक्त कटुवाल स्मृति पुरस्कार (१५–०९–१९९६)। असम सरकारले साहित्य सेवाको लागि धनरासीले सम्मान (सन् १९९७) अखिल भारतीय दलित साहित्य एकाडेमीबाट 'गोल्ड मेडल' सहित 'अम्भ्वे डेकार फेलोशिप अवार्ड (सन् २००३), नेपाली साहित्य परिषदबाट कटुवाल स्मृति पुरस्कार, गोर्खा उन्नयन परिषद असमबाट नगद धनरासी गुठुरी प्राप्त (२०१२), अभिजमाना स्मृति ट्रस्ट कुवेतबाट धनरासी सहित पूर्वाञ्चल साहित्य शिरोमणि उपाधी प्राप्त (सन् २०१३), स्वतम्ब सेनानी प्रसाद सिंह सुब्बा स्मृति एकादमी तेजपुर असमबाट धनराशि सहितको अभिनन्दन (२०१५), लगायत अन्य १३ संस्थाहरूबाट सम्मान, प्रशस्ति पत्र, अभिनन्दन र उपहार, सम्वर्धना, आदर पत्र, विशिष्ट लेखकको रूपमा सम्मान, आदि विभिन्न संस्थाबाट साहित्य र समाज सेवाको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएवापत पुरस्कृत हुनु भएको छ र उहाँले कुन सम्मान पुरस्कार कुन संस्थाबाट केको लागि प्राप्त गर्नुभएको हो सो को विवरण पनि आएको छ । । यस कुराकानीमा नेपाली साहित्यले विकासको किरण झुल्क्याउन थालेको, असमीया भाषाले सन् १९५० को २६ जनवरीमा संविधानमा स्थान पाएको तर नेपाली भाषाले सन् १९९२ को २० अगस्तमा मात्र संविधानमा स्थान पाएकोले असमीय साहित्यसँग तुलना गर्न नमिल्ने, असमीया समाजका साहित्यकारले नोवेल पुरस्कार ताक्न थालेका, असमीया भाषामा १९/२० जति दैनिक पत्रिका निस्कने गरेका, यदि नेपाली भाषालाई उन्नत पार्ने हो भने नेपाली /गोर्खाको मानसिकता परिवर्तन हुनु पर्ने, अनेसासले जिल्ला र शाखाहरूमा भानु जयन्ती, भाषा मान्यता दिवस, शहीद दिवस देवकोटा जयन्ती, दशैं तिहार सम्मेलन, कवगिोष्ठी/साहित्यिक गोष्ठी को आयोजना, विद्यार्थीहरूलाई अंश ग्रहण गराउन अनेसासले प्रेरणा /अनुप्रेरण दिनु पर्ने, पुरस्कारको व्यवस्था हुनु पर्ने, कविता विधा नेपाली साहित्यमा सशक्त भएको, वर्तमान समयमा नयाँ र पुराना लेखकका थुप्रै कृतिहरू प्रकाशित भएका छन् तर सही मूल्याङ्कन हुन सकेको छैन र नहुनुको कारणामा समीक्षकलले लेखकका कृति सहजरूपमा नपाउनु र लेखिहाले पनि समीक्षकका कुरा स्रष्टा तथा परिवारले पचाउन नसक्नु, आजका पीण्ढीले थोरै समयमा धेरै नाम कमाउन खोज्नु, ज्ञान प्राप्त गर्न गहिरो अध्ययन हुनुपर्ने, 'रत्नाकर वाल्मीकि भए जसरी नै तपस्या गर्न सक्निु पर्छ र मात्रै साहित्यिक स्रोत र सृष्टिको मूल फूट्छ । त्यसपछि निबन्ध, समीक्षा, संस्मरण, लेख्न सकिन्छ ।', साहित्यकारले इमान्दार पूर्वक कलम चलाउन पर्छ तर आजका साहित्यष्कारले त्योृ गर्न नखोज्नु, जनतालाई ढाट्न नसकिने, भाषा मान्यतापछि नेपाली भाषाको उन्नति हुन पर्नेमा खास उन्नति हुन नसकेको, 'विश्व साहित्यका प्रगतिवादी पुस्तकहरू, नेपाली भाषमा अनुवाद भएका छैनन् कतै भई हालेका भए पनि अति न्यून ।' अनुवाद गर्ने मानिस दुवै भाषमा दक्ष र अनुवाद कलामा सिपालु अनि दखल भएको हुनुपर्ने, भावार्थ मात्र अनुवाद गरिन्छ भने आवरण पृष्ठमानै लेखिनु पर्ने, नेपाली साहित्यको काल विभाजनमा 'स्रष्टाको सृष्टिको प्रभाव सबै पाठकहरूमा परेको छैन । के आधारमा काल विभाजन गर्नु ? असमको सन्दर्भमा भन्नु पर्दा इन्द्रेणी जस्तै सप्त रङ्गी छ यो युग ।', आदि धारणाहरू कुराकानीमा आएका छन् ।
पसेका दुई वर्षमा भारतका राष्ट्रपतिको पदक प्राप्त गरें: मित्रदेव शर्मा
शर्माजी र राणाजी बीच २० प्रश्नमा साहित्यिक विचार आदानप्रदान भएका छन् । ती विचारको आदान प्रदानको सारभाव यस प्रकार छ । मित्रदेव शर्मा पिता स्व.टीकाप्रसाद शर्मा लुइँटेल र माता स्व. कुन्तीदेवीका सुपुत्र हुनुहुन्छ । मित्रदेव शर्माजी बरिष्ठ साहित्यकार हुनुहुन्छ र उहाँबाट दर्जनौ पत्रपत्रिकको सम्पादन भएका छन् । उहाँ साहित्यभन्दा मरिमेटी लाग्नुहुन्छ । उहाँका पिता ज्ञानका सागर, धेरै भाषाका ज्ञाता, वरिष्ठ कवि, 'लौहित्य' काव्यका सृजनाकार (यो कृति टीकाप्रसादजीको मृत्युपछि १९९६ सालमा शर्माजीले प्रकाशन गर्नुभएको र यो कृति प्रकाशन गर्नु नै साहित्यतिर ढल्कने पहिलो पाइलो भएको कुरा शर्माजीले बताउनु भएको छ ) हुनुहुन्थ्यो । उहाँकी पत्नी पनि सामाजिक क्षेत्रमा समर्पित र साहित्यमा ध्यान दिने गर्नुहुन्छ ।, छोरी डा. रिजुले आफ्नै अध्ययन विधामा प्रवन्ध लेखेर प्रकाशन गर्नुभएको छ । डा. रिजुका प्रसस्त लेखहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका पत्रिकाम प्रकाशन हुने गरेका छन् । मित्रदेव शर्माजी लेख्नुहुन्छ –'विदग्धसंस्कृत पण्डित प्रख्यात नरेन्द्रदेव शास्त्री तथा शोणितपुर जिल्ला साहित्य सभाका पूर्व सभापतिको उत्साह र प्रेरणा प्राप्त गरेर सक्रियता आएको हो असमिया लेखनमा ।' जागिरे जीवनपछि नै लेखनमा निरन्तरता आएको छ । उहाँका विज्ञान नृशास्त्र, संस्कृति, भाषको इतिहास, धर्म आदि विषयका खोज तथा अनुसन्धान परक लेख नै अधिकतर भएका र असमिया साहित्यका लेख नेपालीमा र हिन्दी साथै नेपाली साहित्यकारका लेख रचना हिन्दी र असमियामा अनुवाद गर्ने एक कुशल अनुवादक पनि हुनुहुन्छ । मित्रदेवजी असमिया, नेपाली, .ग्रेजी, हिन्दी, बाङ्ला र संस्कृतिका ज्ञाता भए पनि उहाँका लेख रचना असमिया, नेपाली, अङ्ग्रेजी र हिन्दीमा उल्लेखनीय रूपमा आएका छन् ।
मित्रदेव शर्माको जागिरे जीवन –जागीरे जीवन सम्बन्ध प्रश्नमा उहाँ नेफाको अर्थनीति र परिसङ्ख्या विभागमा इनिस्पेक्टर पदमा जागीरमा पसेको ३२ वर्षे जागीर अवधीमा ६ ओटा पदोन्नती भएर डाइरेक्टरबाट अवकास भएको । उनको जागीरे कालमा यातायातको असुविधा, सञ्चारको साधन नभएको, अरुणान्चलमा भारतका विभिन्न ठाउँबाट जागिर खान आउने गरेका अनिनमा पुग्न १६ दिन पैदल जानु पर्ने, १९७३मा पासिघाट सरुवा, विवाह पनि यही समयमा भएको, इटानगर रहेका वेला १९१, १९९३ र १९९६मा यथाक्रम माता, पिता र एउटी बहिनकिो मृत्यु भएको, जागीरे जीवनमा विभिन्न जाती, पहिरन, पेशा आदिको कारण ३२ वर्ष बितेको थाहै नभएको आदि जागीरे जीवनका अवधारणा आएका छन् ।
अरुणान्चलको संस्कृति– अरूणाचलको संस्कृति सम्बन्धी जिज्ञासामा असम वङ्गालको संस्कृति प्राचिन कालदेखि नै भारतीय मूल स्रोतसँग गाँसिएर आएको, विदेशी तत्व जस्तै शक, हुण, पिण्डारी, , कुशान, यमन आदिको आगमन भएर धोइएको संस्कृति भएको र अरुणा चलमा कोही भगवाानबुद्धका अनुयायी, कोही चन्द्रसूर्यका उपासक, चाडपर्व पनि भिन्न तरिकाबाट भिन्न भिन्न समयमा मनाउने आदि धारणा आएका छन् ।
शर्माजीको विविध साहित्यिक संस्थासँग आवद्धता– अनेकौं पुस्तक, पत्रपत्रिको सृजना र सम्पादन सम्बन्धी साहित्यिक सम्लग्नताको समबन्धमा कुराकानी हुँदा शर्माजी तपसिलका सङ्घ संस्थामा आवद्ध भएर साहित्य र समाज सेवा पुर्याउनु भएको छ ।
१. 'सेउजी'छन्द कविता पत्र त्रैमासिक मुख्य सम्पादक तथा सभापति सन् २००३ देखि । २ अरुणान्चल प्रदेश पेन्सर्ना वेलफेयार एसोसिएसनसित २००३ देखि कोषाध्यक्ष, मूल सचिव, पत्रिका सम्पादक आदि कार्य निवार्ह,
३) तेजपुर जेष्ठ नागरिक संस्थाको आजीवन सदस्य साथै त्रि–प्रहर नामको वार्षिक पत्रिकाको, सहयोगी सम्पादक (सन् २०१२ ) पछि
४) स्व. टीकाप्रसाद लुइँटेलको कर्ममय जीवन आधारित स्मृति ग्रन्थ (सन् २००५)को सम्पादन
५) हहिरधाम सांस्कृतिक उन्नयन समितिद्वारा सन् २०११मा प्रकाशित 'पञ्चामृत' स्मारिकाको मुख्य सम्पादक र संस्थाको संरक्षक
६)नेपाली साहित्य परिषद असमको शोणितपुर जिल्ला शाखाको वार्षिक पत्रिका 'पानस' को ५ओटा सङ्ख्याको मूख्य सम्पादक (२००९देखि २०१५ सम्म)
७) स्वयंसेवी संस्था सेवा साधना संस्थाको उपदेष्टा २००३ सन् देखि २०१६ सन्सम्म संस्थाद्वारा प्रकाशित स्मारिकाको उपदेष्टा मण्डलीको सदस्य ।
८) तेजपुरबाट प्रकाशित सप्ताहिक 'देशवार्ता' पत्रिकाको सल्लाहाकार (सन् २००५देखि २०१६)
९)भावनात्मक सहयोग रहेका सङ्गठन–क) हाम्रो स्वाभिमान ख) आर्ट अफ लिभिङ ग) भारतीय गोर्खा परिसङ्घ आदि
१०) तेजपुर चाँदमारीको प्रसाद सिंह सुब्बा चिन्तन मञ्चको सदस्य
पुरस्कार–साहित्यमा अमूल्य योगदान पुर्याएकोमा प्राप्त सम्मान, पुरस्कार सम्बन्धी प्रश्नमा प्राप्त उत्तर यसप्रकार छन् –
१) जेष्ठ साहित्यकार सम्मान स्रष्टा पश्चिम सिक्किम (२० अगस्त २०१०सन्)
२) वर्ष श्रेष्ठ निबन्धकार पुरस्कार स्रष्टा पश्चिम सिक्किम (१३ जुलाई२०१३)
३)असम साहित्य सभा शोणितपुर जिल्ला पुरस्कार (२०१४ सन्) ।
४) तारानाथ शाण्डिल्य स्मृति सम्मान (सन् २०१५)।
५) सदौ असम बिहु सुरक्षा समिति सम्मान (सन् २०१६)
चोरी साहित्यबाट पाठकमा ठुलो क्षति हुने सम्भावना रहने, पत्रलेखनमा सोच विचार गरेर लेख्दा हिज्जे र व्याकरणमा धेरै सुधार आएको, मोबाइलको यस युगमा पत्र लेखन कला निस्तेज भएको, कस्तो लेखनलाई पत्रलेखन साहित्य भनिन्छ र उपविद्याको रूपमा भित्र्याउन सकिने या नसकिने जस्ता प्रश्नमा आएको अभिव्यक्तिमा– साहित्यमा चोरी विद्यालाई 'कुम्भिलका वृत्ति' भनिने र यसमा मूल लेखकलाईभन्दा चोर्नेको अधिक र दीर्घकालीन क्षति हुने, 'जेष्ठ लेखकका लेखबाटै तथ्य सङ्ग्रह गरेर विनिर्मान पुननिर्माण गर्न अत्याधुनिक चलन सर्वमान्य छ', हिज्जे र व्याकरण भूलले भविष्यका प्रजन्मलाई विपथमा लान सक्ने, भाषगत अथवा तथ्यगत भूल औंल्याई दिए सबैलाई फयदा हुने, मोबाइलले जीवनमा छिटोपन ल्याएको, चिठीको प्रयोजनको एकांशमात्र मोबाइलले पुर्याउने भएको कारणले हुलाक सेवा, स्पिड पोष्ट, कोरियार चलनमा रहेका, पत्र साहित्य साहित्यको एक अभिन्न अङ्ग रहेको, मोबाइलले पत्र साहित्यमा क्षती पुर्याएको आदि धारणा उदाहरण सहित आएका छन् यहाँ ।
नेपाली भाषा साहित्यमा केही चिन्हहरूको प्रयोग सम्बन्धी पनि यहाँ कुराकानी भएका छन् । आजको साहित्यक लेखनको लागि अति महत्वपूर्ण पनि छ । प्रश्नकर्ताको प्रश्न र उत्तर कर्ताको उत्तर साभारको रूपमा यहाँ उतार गर्ने अनुमति चाहन्छु – प्रश्न नेपाली भाषा साहित्यमा लेखिने केही चिन्हहरू–हलन्त (्) कमा (, ), पूर्णबिराम (।) डढेर (ड को तल थोप्लो) ढडेरे (ढ को तल थोप्लो), तीनधर्केण आदि, विसर्ग (:), विष्मय बोधक चिन्ह (!) र अरू अरू पनि मध्ये (–)र (।) विलुप्तिको हाराहरीमा पुग्न गएका छन् नि । कतिपय प्रकाशकले (डको तल थोप्लो (ढको लत थोप्लो र (।) प्रयोग गर्न छाडेका छन् । पूर्णबिरामको स्थानमा (.) थोप्लोको प्रयोग गरिएको छ । किन यस्तो गरिएको सोद्धा, यो वैज्ञानिक वादीको विचार धारा हो भन्ने उत्तर सुन्न पाइन्छ । यसो गर्दा नेपाली भाषा साहित्यको विकृति हुने सम्भावना त हुने होइन ? हजुर के भन्नुहुन्छ ?'
यसको उत्तरको सारभाव हलन्तले आधा उच्चारण जनाउने पौराणिकालको व्यवस्था, हलन्त हुनु र नहुनुमा शब्दको अर्थ अलग हुने, कमामा (, )कसैले तर्क गरेका छैनन्, पूर्णविराम (।) सबैको स्वीकार्य, तसर्थ पूर्णविराम सूचक (.) फ्याक्नु पर्छ, तीन धर्के (राा) र झ (इ–ा)नेपाली भाषाका मौलिक लिपिचिन्ह हुन् तर ण र झ सर्वत्र चलेका छन् । डढेर (ड को तल थोप्लो) र ढडेर
(ढ को तल थोप्लो) अर्थ ड र ढ कोभन्दा फरक आवाज आज पनि छ तर सबै ठाउँमा ड र ढ को मात्र प्रयोग भएको पाइने धारणा आएको छ ।
प्रश्नकर्ता र उत्तरदाता बीचमा विविध पक्षहरूमा कुराहरू आएका छन् तर मैले सबै धारणाको भावसार समेट्न सकेको छैन ।
अब हामीले सङ्ख्यात्मक होइन, गुणात्मक कृतिहरू सृष्टि गर्र्नु पर्दछ : मोहन सुवेदी
यो यस कृतिको पाँचौं कुराकानी हो । यस कुसराकानीमा २० ओटा प्रश्न राखिएका छन् । यी प्रश्न र उत्तरमा साहित्यका विविधपक्षलाई समेटिएको छ । यी कुरा कनिको सारभावलाई मैले यहाँ प्रस्तुत गर्दै छु । मोहन सुवेदीले साहित्यिक यात्रा दसौं कक्षामा पढदा (सन् १९८०)देखि थालनी असमीया भाषाको 'नतुन दिन' कविताबाट थालनी भएको थियो । यो कविता लङ्का हाइस्कुलको वार्षि पत्रिका 'रेडनीमा प्रकाशन भएको थियो भने ने्पाली कविता सन् १९८१मा 'नयाँ सूर्यको जन्म'बाट भएको थियो । यो कविता लामडिङ्ग असमबाट प्रकाशित हुने 'विन्दु' पत्रिकामा प्रकाशित भएको थियो । मोहनजीले सबै विधामा कलम चलाउनुहुन्छ तापनि उहाँलाई कविता सबैभन्दा मन पर्ने विधा हो । उहाँ मौलिक रचनाको लेखनको साथै अनुवादक पनि हो । यहाका मोलिक कृतिहरूमा १) पृथ्वी जसरी भोग्दै छु (कविता –सङ्कलन सन् १९८७ ), २) माटो मान्छे र मायाा (कथा–सङ्कलन, १९९८), ३) केही शब्द र धूवाँ (कविता सङ्कलन सन् २००४), ४) साहित्य र समीक्षा (निबन्ध –सङ्कलन, सन् २००५), ५) मृतकहरूको देशमा (कथा –सङ्कलन, २००८), ६) गीतको मूच्र्छना (गीत–सङ्कलन, सन् २०१२) र ७) निलो चरो र अन्य कविता (कविता –सङ्कलन सन् २०१६), पर्दछन् । अनुवाद कृतिमा दुई कृनितहरू १)मोरा (मूल–लेखक मुल्कराज आनन्द, सन् २००२), २) कविता (मूल निलमणि फुकन, सन् २०१२) पर्दछन् । उहाँका दुई ओटा कविता सङ्कलन, एउटा कथा सङ्कलन एउटा, एउटा निबन्ध सङ्कलन र एउटा जीवनी सङ्कलन प्रकाशोन्मुख कृति हुन् । मोहन सुवेदीजी एउटा कुशल सम्पादक पनि हुनुहुन्छ । उहाँले प्रहर, प्रणिपात (असमीया भाषामा), हस्ताक्षर, लङ्काज्योति, समकालीन नेपाली साहित्य, सम्भार, दुर्गाज्योति, आदि पत्रपत्रिका तथा स्मारिका सम्पादन गर्नुभएको छ । साहित्य सेवामा पुर्याएको योगदानलाई कदर गर्दै स्व. टङ्कनाथ उपाध्याय स्मृति कथा पुरस्कार (सन् २००५), स्पन्दन कविता पुरस्कार (सन् २००९) र विधा वाचस्पति सारस्वत् सम्मान (सन् २०१३) आदिसंस्थाहरूले उहाँलाई सम्मान गरेका छन् ।
मनो वैराग्यका कुरा, मृतकहरूको देशका कुरा, ईश्वरको मृत्यु नयाँ परिपाटिमा लेखिएको, कविताको मृत्यु नहुने कुरा, 'मनको अनुभूतिको अर्कोृ नाम हो कविता', यो प्राचिन कालदेखि लेखिदै आएको कविता अनन्तकालसम्म जीवित रहने कुरा, भविलाल लामिछानेले मोहनजीलाई धेरै मनपराउने र उनका कवितामा केही लेख्दा सतर्क हुनु पर्ने कुरा, साहित्यको जगेडा गर्नको लागि विकास गर्नको लागि साहित्यकार, पाठक र प्रकाशक सबको संमिश्रणले मात्र साहित्यको विकास हुनेमा अहिलेसम्म लेखकले लेख्ने काम भएको, आज विश्वव्यापी रूपमा साहित्य लेखन भएको र नेपाली साहित्यको भविष्य उज्ज्वल रहेको । शब्द गीत र कविताको मुटु हो, कवितामा नैतिकता, निष्ठा, स्वभीमान र दायित्व बोधका कविता हुनु पर्ने, क्षणिक आनन्दका लागि लेखिने कविता दीर्घकालीन नहुनेहुँदा कविता लेख्दा आफू भित्रको गहिरो अनुभूतिले जन्माएको दायित्वलाई बोध प्रष्टिएको हुनु पर्ने समाजको हीतकारी दिशालाई मध्यनजर गरेर कविता लैख्नु पर्ने आदि धारणा आएका छन् ।
कुराकनिको सिलसिलामा १९८९को अक्टोबरमा भारतीय जीवन विमाको जागीरेको रूपमा मोहन सुवेदी डगिबोई पुगेको र पुग्दैका दिन श्रीसुन्दरप्रसाद क्षेत्रीसँग भेट भएको, सुन्दरप्रसाद क्षेत्रीकै सहयोगमा स्व.अग्निबहादुर क्षेत्री, स्व. चिन्तामणि सुवेदी, स्व. गहीन उपाध्याय, जसु सुब्बा, भविलाल लामिछाने, युद्धवीर राणा खडकराज गिरी, इन्द्र गिरी, नारायण जैसी, खेमप्रसाद उपाध्यायके. वी. राणा, मीरा राणा, र तन गुरुङ, गुरुभक्त धिताल, दिलाराम लामा, श्याम लिवाङ, स्व. अनिल देवान, देवीचरण सेढाईं केदार तिमसिना आदि साहित्यकारसँग परिचय भएको र यहाँका सभा समिति, भानुजयन्ती इत्यादिमा सहभागी भएको, ९ वर्ष बिताएर त्यहाँबाट सरुवा भएर डिफु, होजाई, धेमाजी, तेजपुर, आदि ठाउँ हुँदै वर्तमान अवस्थामा, वरिष्ठ प्रशासनिक अधिकारीको ओहोदामा विश्वनाथ चारआली शाखामा कार्यरतरहेको, डगिबोईमा रहँदा, स्वतन्त्र साहित्य मञ्चको बैठकमा नियमित सहभागी र हरिभक्त कटुवालको जीर्ण घरको अवलोकन, मोहन सुवेदी डगिबोइरहँदाका अवस्थाको डगिबोईको साहित्यिक गतिविधि स्वर्ण युगमा रहेको आदि धारणा यहाँ आएका छन् ।
साहित्यिक वार्तामात्र नभै यहाँ, 'विश्वभरिनै उग्रवादीहरूको आतङ्कले मानवजाति थर्कमान छ भने अर्कोपट्टी जनसङ्ख्या वृद्धिले पनि हाहाकार मच्चाएको छ, यी दुवै विषयको समाधान गर्ने र शान्ति स्थापना गर्ने बारेमा कस्तो परापरामर्श दिनुहुन्छ' जस्ता विश्व शान्तिका कुराहरू पनि कुरा कानीमा आएका छन् । यसमा मोहनजीको धारणा यस्तो छ – आतङ्कवादले सम्पूर्ण विश्वलाई निल्न आँटेको, चारैतिर दैतकार रुपमा फैलिएको मूख्य समस्याको रूपमा रहेको, 'यसमा नेपथ्यमा राजनीति र विभिन्न कारणरू लुकेका भए तापनि मूलत: आर्थसामाजिक व्यवस्थाले गर्दा नै आतङ्कवादले पृथ्वीभरि हाँगाहरू फैलाउन सक्षम भएको छ, , धर्म जाति, वर्ण आदिको नाममा अस्तित्वको सङ्कटमा परेका एक श्रेणी क्षमतालोभी मानिसको विकृति मानसिकताको उपज हो आतङ्कवाद, यसले त मात्र ध्वंस गर्दछ मानव सभ्यतालाई' । जनसङ्ख्या बृद्धिको सम्बन्धमा 'शिक्षाहीनता, दरिद्रता र अदूरदर्शी राष्ट्रिय नीतिको कुफल हो जनसङ्ख्या वृद्धि ' यी दुवै समस्याको लागि सरकारी नीति निमार्ण, रचनाकारको सिर्जनामा प्रतिवाद आदिको एकीकृत प्रयासको आवश्यक्ता पर्छ भन्ने धारणा आएका छन् । यस अन्तर्वात्तामा प्रश्न राख्दा कृतिप्रति समीक्षा गर्दै प्रश्नहरू राखिएका छन् भने उत्तरकर्ताको उत्तरहरू पनि विश्लेषणात्मरूपमा आएका छन् ।
वरिष्ठ साहित्यकार श्रीशान्तिनारायण श्रेष्ठज्यूसित अन्तरङ्ग वार्र्र्र्ता
यस अन्तरङ्ग वार्तामा २१ प्रश्न राखिएका छन् । यी प्रश्नमा आएको उत्तरको सारभाव यस प्रकार छ – शान्ति नारायण श्रेष्ठ माता स्व. मान कुमारी श्रेष्ठ र पिता स्व. रुपनारायण श्रेष्ठका सुपुत्र हुनुहुन्छ । उहाँको जन्म १९९६ भाद्र १७ गते भएको थियो । उहाँ ५ वर्षको छँदा वि.सं. २००१ सालमा उहाँको पिताको निधन भएको थियो । प्राथमिक स्कुलको सयोगार्थ २००९ सालमा भिक्षादान मागको गीत लेखेर सामुहिकरूपमा गाएर साहित्यमा प्रवेश गरेका शान्तिनारायणले वि.सं. २०१०/२०११ सालतिर स्कुलमा पढ्दा शुक्रबारको दिन उमाभद्र खनालले साहित्यिक कार्यक्रम गराउँदा सहभागी हुने र नयाँ नयाँ गीत कविता सुनाउँदा र शिक्षकद्वारा प्रशंसा गरेको पासउँदा प्रेरणाको स्रोत भएको । लेखनको थालनमिा गीत मन परे तापनि पछि गएर गीतको साथै गजल र मुक्तक शान्तिजीका प्रिय विधा भएको । शान्तिजी वि.सं.२०१४ सालमा जागीरमा प्रवेश गर्नु र २०४९ सालमा स्वेच्छिक अवकाश लिएर साहित्यिक सेवामा समर्पिनत हुनु भएको छ । शान्तिजी राणाकालमा जन्मनु भयो, २००७ सालमा राणाकाल समाप्त भएर सक्रमणकाल हुँदै २०१७ पछिको पञ्चायतकालमा पनि विकास निर्माणका गीत कविता लेख्ने काम निरन्तर रहेको तर सरकार र नेताको विरोधमा लेख्न काम नभएको, सत्य मोहन जोशीद्वारा स्थापित जनता पुस्तकालयका लेखनाथ पौड्याल, बालकृण शम, लक्ष्मीप्रसाद देवकोटा लगायतका विभिन्न साहित्यकारका कृतिहरूको अध्ययनले सहित्य लेखनमा प्रेरणा मिलेको, लेख्ने वातावरण नहुँदा नहुँदै पनि लेख्ने गरेको, लेख रचना प्रकाशन र साहित्य लेखनको प्रचार प्रसारको लागि शान्तिनारायणको पहलबाटै २०१८ सालमा 'आँकुरो'नामको हस्तलिखित पत्रिका प्रकाशनमा ल्याइएको, प्रश्नकर्ताले गीत गजल, मुक्तक, कविता, काव्य, हाइकु, ताङ्का, चोका, सेदोका पढ्न पाउँदा आनन्दको अनुभूति भएको र यसरी साहित्यिक विविध विधामा सिर्जना गर्ने कुनै समयसाऋणी पनि राख्नुभएको छ कि भन्ने जिज्ञासा पनि राखिएको र यसमा समयसाऋणी नराखिएको, जुनसुकै समयमा पनि आफूलाई सहज हुने समयमा लेखेर समाजकैसामु पस्कने गरेको, साहित्य, कला, संस्कृतिको विषयमा देश धनी भयो भने समग्र रूपमै धनी होइने कुरा, शान्ति नारायणका डेढ दर्जन जति मौलिक कृतिमा 'स्मृतिका लहरहरू' शोक काव्यले नयन सजल बनाएको मात्र होइन स्तब्धनै बनाएको धारणा, हाइकु, ताङ्का, चोका र सेदोका लेखन असमको लागि नौले भएको र यसको लेखन नियमको जानकारी चाहेको कृष्णजीका जिज्ञासामा र शान्तिजीले लेखन नियमलाई प्रष्ट्याइएको, सगुनको प्रकाशन २०५४ सालबाट निरन्तर रहेको, शान्तिजीले साहित्यिक क्षेत्रमा सेवा गरेवापत स्थानीय, क्षेत्रीय, राष्ट्रिय स्तरमा सम्मानित हुनु भएको तथ्यलाई कोट्याउँदै 'राष्ट्रिय सरल कवि'को उपाधी प्राप्त गर्दाको अनुभूतिको जिज्ञासामा सबैले बुझ्नसक्ने गरी लेखिएकोले नै गर्दा सरल कविको उपाधी मिलेको र यस उपाधीबाट आत्मगौरवको अनुभूति भएको, लोकदोहोरी गीत र लोकगीतका सिँढीहरू प्रकाशनमा आएका, शान्तिजीका गीत मार्मिक हृदयस्पर्शी भएकाले दर्शकको मन जित्ने र वाहवाही कमाउने गीतकार, मुक्तकारको रूपमा परिचित, शान्तिनारायणजीको लोकदोहोरी सहितको गीतसङ्ग्रह र कवितासङ्ग्र बि.सं.२०७४ सालसम्ममा प्रकाशन गर्ने धारणाको साथमा यस कुराकानीमा राणाजीका समीक्षात्मक र विवरणात्मक प्रश्न र शान्तिजीका छोटा तर यथार्थपरक र सटिक उत्तरले स्थान पाएका छन् ।
वरष्ठ साहित्यकार गोर्खे साइँलो (ऋषिप्रसादको भलाकुसारी)
यस अन्तर्वार्तामा २३ ओटा प्रश्न राखिएका छन् । यस कुराकानीको सिलसिलामा आएका धारणाको भावसार यसप्रकार छ । माता स्व. हिमकुमारी र पिता बोधनाथ लामिछानेका सुपुत्र गोर्खे साइँलाको जन्म वि. सं. २००९ साल भाद्र १० गतेमा भएको थियो । उहाँले आफ्नो साहित्यिक यात्रा वि.सं. '२०२२ सालमा शान्ति शिक्षा मन्दिर हाइस्कुलमा आयोजित कार्यक्रममा विद्यार्थीको जीवनमा पर्ने 'दुख' शिर्षकको कवितामा प्रथम स्थाान ओगटी पुरस्कृत भएपछि लेखनको शुरूवात अधि बढेको हो ।' ऋषिजीको जीवन समाज र साहित्यमा उल्लेखनीय योगदान दिन्दै अधि बढेको छ । यस्तो काममा उहाँको परिश्रम, साहसिक कामको लागि उहाँ आफ्नै प्रेरक भएको र साथमा हौसला दिने गुरु नजाकत हुसैन खाँ, अग्रज दाजु युसुफदिन मिया पाल्पालीको सकृय सहयोग र अन्य थुपै्र अग्रजहरूको, सुझावको पालनाले अघि बढेको धारणा आएको छ । प्रश्नकर्ताको धारणामा 'जीवन साहसको प्रतिविम्ब हो । हजुरको लेखनीले गर्दा नवोदित कलमकारहरूलाई उत्साह र प्रेरणा बढ्दै आएको छ भने सामाजिक रुपान्तरणलाई पनि निसन्देश बल पुगेकै छ । तसर्थ जान्न मन लाग्यो कि हजुरका समग्र कृतिहरू के कतिवटा छन् ।'
गोर्खे साइँलाका कृतिहरू– क) गजलपथका यात्रीहरू (गजलसङ्ग्रह २०६१ सं.ले.), ख) गजल विम्ब (गजलसङ्ग्रह २०६२ सं.ले.), ग) गजल यात्र २०६३ सं. ले.), घ) समयका स्वरहरू (कवितासङ्ग्रह, २०६५, सं.ले.)। १)सम्मोहन (गजलसङ्ग्रह २०६२), २) मुस्कान (सूत्रसहित शास्त्रीय वहरमा छन्दमा आधारित गजलसङ्ग्रह–२०६२), ३) कादम्बरी (सूत्रसहित शास्त्रीय छन्दमा आधारित गजलसङ्ग्रह–२०६३), ४) सूत्रमाला (सूत्रसहित शास्त्रीय वहरमा छन्दमा आधारित गजलसङ्ग्रह–२०६३), ५) गजल दर्शन (गजल सम्बन्धी दर्शनग्रन्थ शास्त्रीय सूत्रसहितको वहरवद्ध गजल परम्परा सिधान्त र तत् सम्बन्धी प्रयोग– २०६९) ६) आत्मलाप (शास्त्रीय छन्दमा आधारित कवितासङ्ग्रह, २०७२) ।
समाज सेवा र साहित्यमा समर्पित गोर्खे साइँलोको पछिल्लो जीवन साहित्यतिर अघि बढेको र प्रमुख विधा गजल र छन्द कविता सम्बन्धी सूत्र नै भए तापनि हाल उहाँ गजल सम्बन्धी ब्यूतपत्ती र बहर सूत्रहरूको खोज अनुसन्धानमा लगानी गरेका धारणा आएका छन् ।
साहित्यमा प्रगतिवादलाई नै अङ्गाल्ने गोर्खे साइँलोले साहित्य सेवामा समर्पित भै पूर्याएको योगदानलाई कदर गर्दै राष्ट्रिय एव म अन्तर्राष्ट्रिय साहित्यिक दर्जनौ संस्थाहरूले अभिनन्दन, सम्मान र पुरस्कार प्रदान गरेका छन् । यो अन्तर्वाता सम्ममा प्राप्त सम्मानहरू यसप्रकार छन् –१) मितज्यू स्रष्टा सम्मान, (चितवन, २०६३), २) धरा साहित्यिक अभिनन्दनपत्र (नवलपरासी, २०२४), ३) मधक्षितिज साहित्य सम्मान (चितवन, २०६३), हाम्रो मझेरी साहित्य सम्मान (चितवन, २०६५), ४) महामण्डल साहित्य सम्मान (नुवाकोट २०६६), ५) नुवाकोट साहित्य सम्मान (नुवाकोट, २०६६), ६) लक्ष्मीस्मृति साहित्य अभिनन्दन पत्र (नवलपरासी, २०६४), ७) युगान्तर वर्ष पुरस्कार २०६९ तथा साहित्य सम्मान (२०६९ (नुवाकोट) ८) नेरन्द्रनाथ वाङ्मयनिधि सम्मान (२०७०, ललितपुर), .२०७०, ९) सुदूर पश्चिमाञ्चल साहित्य सम्मार्न (२०७० धनगढी), १०) वैद्यनाथ अभिनन्दन (२०७०, आछाम), ११) नारी साहित्य सम्मान (२०७०, नवलपरासी), ११) बत्तु–बिनी स्मृति साहित्य सम्मान (२०७०, दाङ), १२)भानुभक्त स्वर्ण पदक सहित प्रशस्तिपत्रबाट सम्मान (२०७१, नेपाल सरकार), १३) सम्पादक शिरोमणि पुरस्कार (उत्तरखण्ड भारत, सन् २०१४), १४) अन्तर्राष्ट्रिय गौरव साहित्य सम्मान (उत्तरखण्ड, भारत २०१६ जुलाई १८), १५) नमस्ते राष्ट्रिय साहित्य प्रतिभा सम्मान (२०७३ (ओखलढुङ्गा, २०७३), १६) राष्ट्रिय नागरिक स्रष्टा सममान (२०७३, काठमाडौ) १७)सत्यमोहन जोशी शताब्दी पदक (२०७३, त्रिमूर्ति निकेतन काठमाडौ), १८) हरिहर रेग्मी स्मृति साहित्य सम्मान, १९), अन्तर्राष्ट्रिय साहित्य भाष्कर सम्मान (बस्ती, उत्तराञ्चल भारत २०१७), १९) बम सरस्वतीस्मृति पुरस्कार (२०७४, वाग्लुङ), २०) सावित्री देवी सिंह, स्मृति पुरस्कार (सन् २०१७, लखनऊ भारत) ।
यी पुरस्कार एव म सम्मान पाउँदा जिम्मेवारी बढेको अनुभव गर्ने गोर्खे साइँलोले आफ्नो आत्मवृतान्त लेख्ने समय नभएको, दोस्रो पिढीँका धेरै साथीहरू उनका समकालीन रहेका, सबैका नाम लिन सम्भव नभएको, अङ्ग्रेजी पढाइको कारणबाट भाषामा देखिएको भाषागत भविष्य पनि सुधारमा अग्रसर भएको, अभिभावकले आफ्ना बालबालिकालाई पनि आफ्नो रहन सहन, संस्कृति र शिष्टचार सिकाउनु पर्ने, नयाँ सौगातको रूपमा गजल दर्शनलाई परिमार्जन गर्ने, पल्लव साहित्यिक विविध पत्रिका वि.सं. २०५२ सालबाट प्रकाशनमा आएको, पल्लव साहित्य प्रतिष्ठान स्वयं ऋषिपसाद लामिछानेको अध्यक्षतामा वि.सं.२०६३मा जिल्ला प्रशासन चितवनमा दर्ता भएको र यस संस्थाले दुल्लभ लामिछने स्मृति पुरस्कार (स्थापनाकर्ता टीकाप्रसाद लामिछाने, बिराटनगर, २०७२ देखि), २) बोधनाथ–हिमकुमारी लामिछाने स्मृति पुरस्कार (स्थापनाकर्ता ऋषिप्रसाद लामिछाने, नारायणगढ चितवन, ३) काजीमान श्रेष्ठ तथा नन्दकुमारी र सन्तु कुमारी श्रेष्ठ रत्न पुरस्कार (स्थापना कर्ता इन्द्रलाल श्रेष्ठ 'अद्वितीय' नारायणगढ चितवन), ४) केदारनाथ तथा गुणकुमारी र रोगकुमारी रिजाल स्मृति पुरस्कार (स्थापनाकर्ता मीनमाया लामिछाने, विशालमार्ग, नारायणगढ चितवन, ), ५) युसुफदिन–हलिमा साहित्य पुरस्कार (स्थापनाकर्ता युसुफदिन मिया 'पाल्पाली' भरतपुर–२, वेलटाँडी, नारायणगढ चितवन), ६) मिना रत्न साहित्य पुरस्कार (स्थापनाकर्ता ऋषिप्रसाद लामिछाने, गोर्खे साइँलो) आदि पुरस्कार स्थापना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातीप्राप्त साहित्यकारलाई हरेक वर्ष प्रदान गर्दै आएको छ । पुरस्कार ग्रहण गर्ने व्यक्तिको विवरण पल्लवका वेवसाइटबाट हेर्न सकिन्छ ।
गोर्खे साइँलो नामाकरणको जिज्ञासामा पञ्चायत कालमा सरकार विरोधी लेखन गर्दा खुर्पेठ्याक नाम राखी लेख्ने गरेको र 'गोर्खे साइँलो'को नामाकर ण नेपालीले विश्वमा वीर गोर्खेको पहिचान बनाएकोले गोर्खे शब्द र गाउँघरको बोली चालिको साइँलो शब्दलाई संयोजन गरी 'गोर्खे साइँलो' लेख्न उचित ठानी लेख्न थालेको धारणा आएको छ ।
कुराकानीको सिलसिलामा 'सेतो वाघ' र 'वसन्ती'बाट पाइने रोयल्टीका कुरा, गोर्खे साइँलोका केही कृतिहरू बिक्रीमा गएका कुरा, केही कृति वितरणमै सकिएका कुरा सरकारले साहित्यमा ध्यान नदिएको कुरा, प्रज्ञा बनाउने कुरा, लेखेर पेट पालौंला भनी नलेखिएका र समाजलाई केही छाप छोड्न सक्छु भन्ने आत्म विश्वासको साथ लेखेको र सो मिलेको र त्यसैमा खुसी भएका कुरा, बालककाल छँदा धर्मराज थापाले राजारानीको नाउँमा गीत कविता लेखेर छपाउँदा गोर्खेलाई पनि कविता लेख्न मन लागेर लेखेर सेना मार्फत राजालाई पठाएको र राजाको सचिवालयबाट पत्र आए पछि गाउँलेले दरबारसँग लिङ्क भएको भनी झस्किने कुरा, जीवन लिङ्गे पिङ, हो भन्ने धारणा, गजल जन्म नेपालमा नभै फारसमा भएको, मोतीराम भट्टले वि.सं. १९४०को दशकमा नेपाल भित्र्याएका कुरा, गजल, शेर शायरीमा अत्यधिक उर्दू भाषा साहित्यले स्थान ओगटेको देखिनु यसो हुनुमा आफ्नो मातृभाषालाई नै प्रवाहित गरेको हो कि भन्ने धारणा आएका छन् । अन्तर्वार्ताकारले गजल विधाको सिर्जना गर्दा यसमा के के विषय–तत्त्वहरूलाई विशेष ध्यान दिनु पर्दछ भन्ने जिज्ञासामा गोर्खे साइँलाको धारणा यसप्रकार छ –'गजल गायन विधा भएको हुनाले त्यस विधानमा रहेर लेखिएको गजलमा, इसारत, इवारत, अन्दाजे बयाँ, तगज्जुल, तासिर, अदा आदि अनेक विषयको औचित्यपूर्ण उपस्थिति आवश्यक शब्दचयन वा लालित्य भयो भने सुन्दर गजल बन्न सक्छ। ।'
श्रीपशुपति मा.वी.का संस्थापक 'स्व. धनबर गूरुङको अन्तर्वाता ' (प्रा.शिक्षक यदुनाथ शर्मासित अन्तरङ्ग वार्तालाप)
यस अन्तरबार्तामा नेपालको शिक्षाको अवस्था कस्तो थियो । यस अन्तर्वातामा देशको नीति, गाउँलेले गरेका प्रयास, स्कुल सञ्चालन गर्दा पर्ने वाधा अडचन सबैलाई समेट्ने प्रयास गरिएको छ । यहाँ १७ ओटा प्रश्नहरू राखिएका छन् । मैले यी प्रश्नमा आएका जवाफको सारभाव यहाँ प्रष्ट्याउने प्रयास गरेको छु । राणाकालीन समयमा स्कुल खोल्ने जनताका छोराछोरीले पढ्ने वातावरण थिएन । । यस यस अवस्थामा राम्जामा वि.सं. १९९०मा 'राम्जा भाषा पाठशालाको स्थापना भएको हो र शिक्षकको रूपमा पण्डित लेखनाथ गुरु हनुहुन्थ्यो । यसपछि पण्डित बद्रीप्रसाद शर्माले दोस्रो, वर्ष सञ्चालन गर्नुभएको, तेस्रोमा शिवबहादुर, चौथोपण्डितले लोकसेवा पास गरेर वीरबहादुर केसी २०२८ सालको सुरुसुरुमा सुरु गर्नुभएको । यसै समयमा विद्यालयको हेरविचार गर्न गाउँका युवा पूर्णबहादुर रहनु भएको थियो । गस अवस्थामा विद्यार्थी सङ्ख्या १५ जना २०१८सालमा ३५ जना, यो सङ्ख्या क्रमिक बढ्दै गएको थियो । २०२८ सालमा राष्ट्रिय शिक्षायोजना लागु भए पछि भाषा पाठशाला स्कुलमा स्वत गाभिए । यही अवस्थामा विद्यालयको नामाकरण 'श्री पशुपति माध्यमिक विद्यालय' राखियो । २०१८ सालमा राम्जा प्राथमिक पाठशाला हुनगै, थप एक जना शिक्षक भू.पुं शैनिक हर्कबहादुरलाई राखेर १देखि ५सम्म कक्षा सञ्चालन गरिएको थियो । २०२५ सालमा यस स्कुललाई माध्यमिक विद्यालयमा बिस्तार गरी कक्षा १देखि ९सम्म पढाउन थालिएको । यस स्कुलको परिकल्पनाकार धनबर गुरुङ हुनुहुन्थ्यो, शिक्षक पाउन कठिन थियो । यस्तो अवस्थामा अनिरुद्ध गौतमलाई जनता सुदर्शन माध्यमिक विद्यालयमा ३ दिन र पशुपति माध्यमिक विद्यालयमा तीन दिन गरी पढाइ सुचारु गरिएको र बलेवा पञ्चायतबाट २०२५ सालमा श्रीधनराज सापकोटालाई विज्ञान शिक्षकमा ल्याइएको, शिक्षकको आपूर्ति गर्न पृथ्वी नारायण क्याम्पसमा बी.ए.मा अध्ययनरत प्रेमराज, सुशील र तेजलाल पौडेललाई ल्याएर गणित, विज्ञान र अङ्ग्रेजीपढाउने बन्दोबस्त मिल्याएको थियो ।
आर्थिक सङ्कलन – विद्यालयमा सञ्चालनको लागि शैक्षिक सामाग्री, पुस्तकालय, शौचालय, अफिस, शिक्षकको तलब, आदिको लागि आर्थिक जुटाउन पनि कठिन भएको र यसको लागि विविध उपाए अपनाइएको थियो । १०० रुपियाँभन्दा बढ्ता चन्दा दिने चन्दादाताको फोटो सुन्दर पारी सजाएर राख्ने भनेपछि चन्दादाताको सङ्ख्या बढी भयो, नाच्ने र गाउने कलाकारको ठुलो प्लेट फर्म तयार भयो, भैली खेलियो, सामाजिक स्थिति सुन्दर थियो, भैलोमा १०, २०, ३०, ६० गर्दै १००० सम्मदान मिल्यो, सुवेदार खड्गबहादुर गुरुङले १०००को चन्दा सहितको स्कुलमा फोटो सजाउनु भयो । प्रधानपञ्च धनवर गुरुङले भैलो खेल्दा ११११रु एकवटा गाई र सुनदान दिनु भयो । भैली बिसर्जन गर्न र भोज खान गणेशप्रसाद तिमील्सिनाको पिता तुलसीप्रसाद तिमील्सिनाले आमन्त्रण गर्नुभएको र उच्चतम रकम १५०१/–रु दिएर भैलो विसर्जन गरिएको । भैलोबाट बत्तीसहजार रुपियाँ जम्मा भएको । यस स्कुललाई क्याम्पस तहसम्म पुर्याउने, प्राविधिक शिक्षा प्रदान गराउने लक्ष लिएको धारणा कुराकानीको सिसिलामा आएका छन् ।
यस कुराकानीमा प्रा. शिक्षक यदुनाथ शर्मा बिरामी पर्दा, रा.वि. स.शिक्षक माधव राज र श्यामप्रसाद कोइरालाबाट ३००० चन्दा पाएर पुन: जीवन फिर्ता पाएको, धनवर गुरुङ्को स्वर्ण जयन्तीको सुअवसरमा स्मारिका निकालीने, शालिक निमार्ण गर्ने, विद्यालय भित्र रहेको मन्दिर २००३ सालमा निर्माण गरिएको, मन्दिर सञ्चालन गर्न १२ मुरी धान फल्ने गुठी राखिएको धारणा यहाँ आएका छन् ।
वास्तवमा धनबर गुरुङले स्कुलको लागि आफ्नो ज्यानको बलिदान दिन समेत तयार भएका त्यागी व्यक्ति थिए भन्ने एउटा उदाहरण यहाँ प्रस्तुत भएको छ – धनबर गुरुङले पशुति माध्यमिक विद्यालयलाई स्थायी स्वीकृति लिनको लागि कठिन परेको अवस्थामा उहाँले 'वि. जि. शि. वि. कार्यालयको टेवलमाथि उभिएर डोरीको पासो घाँटीमा भिरदै उपस्थिति व्यक्तिहरूलाई खबरदार बनाउँदै भन्नुभएको थियो, – 'तपार्इँहरू सबै सुन्नु होस राम्जा पशुपति माध्यमिक विद्यालयलाई स्थायी स्वीकृति दिएनौ भने मेरो सम्पूर्ण सम्पत्ति सकियो घर जग्गा बेचियो त्यो तापनि मैले विद्यालयलाई धान्न सकिन । सुन्नुहोस् । मेरो शरीरको जिम्मेबारी अब तयार्इँहरू हो । स्थायी स्वीकृति स्कुललाई दिएनौं भने म पासोमा झुण्डिएर आत्म हत्या गर्छु ।" यो अठोटलाई कसैले विफल पार्न सकेन, अन्तत: स्कुलको स्थायी स्वीकृति दिन सरकार बाध्य भयो र स्थायी स्वीकृति हात परेपछि मात्र स्थिति साम्य भयो । धनबर गुरुङलाई तीन पटकसम्म प्रधानपञ्च जिताउनु, ९वर्षसम्म सञ्चालक समितिको अध्यक्षमा रहनु, उहाँको योगदानको कदर हो । पछि २०३३ सालमा यो स्कुल पर्वत जिल्लामा गाभिएको, स्कुलको अर्थिक स्थिति दह्रो पार्न देउसी भैलो खेल्नु परेको, यसमा रणबहादुर क्षेत्री लगायत शिक्षक एव म विद्यार्थीहरूले साथ दिएका, यस स्कुलको लागि प्र.पं. धनबर गुरुङले आफ्नो निजि सम्पत्तिको समेत लगानी गरेर स्कुल सञ्चालन गरेको, विद्यालय भवन निर्माण गर्नको लागि धनबर गुरुङको निजि सम्पत्ति स्वाहा भएको धारणा आएको छ कुराकानीमा ।
यस प्रा. शिक्षक यदुनाथ शर्मासित अन्तरङ्गवार्तालाप गर्दा शर्मा सम्बन्धी प्रश्नहरू पनि सोधिएका छन् । यहाँ शर्माजीका जीवनका ओराली उकाली सम्बन्धी प्रश्न, जीवनको यस खुड्किलोमा आएर के गर्ने इच्छा, आजको आधुनिकरण भै रहेको शिक्षाको बारेमा शर्माजीको दृष्टिकोण, युवावर्गलाई गुरुको तर्फबाट के देख्छ र के भन्छ भन्ने सन्देश पनि सोधिएका छन् ।
शर्माजीबाट आएका जवाफको सारभाव यस प्रकार छ – राम्जा भाषा पाठशालामा पढ्दा शिक्षाको उज्यालो किरण पं.गुरु बद्रिप्रसाद र लेखनाथज्यूबाट पाएको, हर्कबहादुर सरले पिट्छु भन्दै लौरो देखाएको, नपढ्दा बद्री सरबाट पिटाई खाएर सुरवालमा पिसाव फेरेको, २०२५ सालमा बुबा पण्डित देवीप्रसाद पक्षघातको बिमारी हुँदा उपचार गर्दा घरको आथिृक अवस्था दयनीय भएको, आठ कक्षामा पढ्दा, आर्थिक अभावले पढाई छोडन बाध्य भएको तर कान्छा बुबा, प्रेमशर्मा हर्कबहादुर सर, धनवर गुरुङको सहयोगमा ९ कक्षामा पढाई सुचारु भएको, धनबर गुरुङ पोखरा काठमाडौ जाँदा निजि सचिव भए र जाने गरेको फर्केपछि ट्युसनको व्यवस्था मिलाई दिएर पढाई हुँदै गएको, जिन्दगीको घाम छायाँमा असाहाय र कमजोर भएको अनुभूति कहिल्इै नभएको, २०२६ सालमा दशौं कक्षामा राम्रो नम्बर ल्याएर पास भएको र पोखरामा १० महिने तालिमा धनबरले पठाइदिएको, २०२९ सालम पौष महिनामा श्रीपशुपति मा. वि.को प्राथमिक विद्यालयमा शिक्षक नियुक्ति भएको, आयोग पास गरेर शिक्षकमा स्थायी भएको, साथै आइ.ए. अध्ययन गर्दै अघि बढेको, आइ.ए.पास भए पछि स्तर उन्नति भै निम्नमाध्यमिकलाई पढाउन थालेको, यसरी नै पढदै जाने र परीक्षामा पहिल्यै चोटीमा पास हुँदै गई साढे बत्तीस वर्षमा जागीरे जीवनको टुङ्गो लाग्दछ भन्ने धारणा, जागीरे जीवनबाट मुक्त भएपछि समाज सेवामा लाग्नु, राष्ट्र सेवामा जीवन अर्पित गर्नु र जीवनको अन्तिम इच्छा आँखाको नानी भएर शान्तिपूर्ण जीवन बिताउने भएको, बैज्ञानिक युगको आधुनिक शिक्षा अवैज्ञानिक भए जस्तो देखिने, सिकेको ज्ञान व्यवहारमा उतार्न सकिने खालको हुनु पर्ने, विद्यार्थीमा संस्कार, आचरण र सद्भाव हुनु पर्नेमा नभै उच्छिङखलतातिर लागेको देखिने, समाजलाई उत्प्रेरणा जगाउने खालका काममा हाते मालो गरेर अघि बढ्नु पर्ने, सकरात्मक र नकरात्मक छुट्याउन सक्नु पर्ने, असल नेतृत्वलाई प्रदर्शित गराउन सक्नु पर्ने र सकरात्मक पक्षलाई अङ्गाल्दा सर्व प्राणाी जगतमा शान्ति हुने र जगतमा कल्याण हुन्छ भन्ने धारणा यहाँ आएको छ ।
यस अन्तर्वातामा धनबर गुरुङ्को त्यागको यथार्थता यहाँ पस्किएको देखिन्छ ।समाज क्षेत्रमा धनबरको योगदानलाई जति प्रशंसा गरे पनि कमी नै हुन्छ ।
मानिस सभ्यताको दिशातिर अग्रसर भइरहेछ: लीलबहादुर क्षेत्री, लीलबहादुर क्षत्री 'जगदम्बाश्री' पुरस्कार लगायत, असम सरकार तथा सिक्किम सरकारद्वारा मासिक साहित्यि पेन्सन (सन् १९९४ र २००४) समेतका अनगिन्ती सम्मान र पुरस्कारले पुरस्कृत व्यक्तित्व, जसका कृतिहरू विभिन्न भाषमा अनुवाद भएका छन्, २० ओटा प्रश्न उत्तरमा कुराकानी भएका छन् । यी प्रश्नको सारभाव यस प्रकार छ –लीलबहादुर क्षेत्रीको जन्म १९३४ को १ मार्चमा भएको थियो । उनका माता पवित्रा देवी क्षेत्री र पिता प्रेमबहादुर क्षेत्री हुन् । कविता गीत आदिबाट लेखन प्रकृया थालेका लीलबहादुरको प्रथम भजन शिव स्तुति वाणी प्रिटिङप्रेस शिलाङबाट १.१.१९४९मा प्काशन भएको । लीलबहादुरको बसाइँ उपन्यास विश्वव्यापी भयो । बसाइँको अमेरिकाका मि. लारीहर्टसेल र लण्डन विश्वविद्यालयका प्रध्यापक डा. माइकल जे. हटले बेग्ला बेग्लै अनुवाद गरेका छन् र यो उपन्यासमा गोर्खे जीवन शैलीमाथि आधारित काल्पनिक उपन्यास हो । बसाइँपछि तीनओटा उपन्यास अतृप्त (१९६८), ब्रह्मपुत्रका छेउ छाउ (सन् १९८६) र प्रतिध्वनिहरू विस्मृतिका (सन् २००४) बजारमा आइसकेका छन् । उनी कुनै वाद वा सिधान्तलाई पच्छयाएर नलेखे पनि उनका बसाइँ र ब्रह्मपुत्रको छेउ छाउ सामाजिक यथार्थवाद पाइन्छ र उनको पछिल्लो उपन्यास प्रतिध्वनिहरू विस्मृतिका मनो वैज्ञानिक यथार्थवादको धारामा उभिएको उपन्यास हो । यौन समस्यालाई साहित्यमा प्रवेश गराउँदा नग्न साहित्यलाई प्रवेश गराउन नहुने, लीला लेखन विधा डा. इन्द्रबहादुर राईको मस्तिष्कमा उबजेको हो र यसले नेपालको पूर्वी अञ्चलमा व्यापकता ल्यायो । यस अन्तर्वातमा लीला लेखन भनेको जीवनको सम्पूर्णताको खोजी हो, लीला लेखन भन्ने कुरा, उत्तरआधुनिकवाद र लीला लेखनका कुरा, डायस्पोरा साहित्का कुरा, संस्कृति र संस्कारको आयतनमा जातीय गौरव बढ्ने कुरा, रूढिबूढी हट्दै जाने, मानिस सभ्यतातिर उन्मुख भएका कुरा, संस्कृतिका मूल आधारहरूलाई संस्कारद्वारा परिष्कार गरेर जोगाउनु पर्नेधारणा, विश्वमा वर्णवाद, धर्मवादका साथै मौलिकवादको कालो वादलले मानवतावादलाई ठुलो विपदमा पारेको र मानवतावादलाई आशापूर्ण गर्ने प्रकृयाका कुरामा सत्ताधारी नेता, जनप्रतिनिधिहरूले मुखबाट मानवतावाद भने पनि कार्यक्षेत्रमा उनीहरूनै पृथकवाद, सङ्किर्णवाद, अहङ्कारवाद, हिंसा, वर्ण र दुर्नीति र पृष्ठपोषक छन् भन्ने धारणा, विश्व टुक्रिदै गइरहेका कुरा, यस्ता आस्थामा साँचो मानवतावाद पलाउनता बसुधैव कुटुम्बकम्को मंन्त्र विश्वले ग्रहण गर्न सक्नु पर्ने धारणाहरू आएका छन् ।
लीलबहादुर क्षेत्रीका कृतिहरू– कृतिहरूको जिज्ञासामा लीलबहादुरका उपन्यास बसाइ (स म १९५७, ३८ संसकरण, ब्रह्कपुत्रको छेउ छाउ (सन् १९८६, छैटौं संस्करण, अतृप्त उपन्यास (सन् १९८६, पाँचौ संस्करण), लीलबहादुर क्षेत्रीका कथाहरू (सन् १९८७), कहिल्यै नफुल्ने गाँठों (२०१३), छरिएका बिस्कुन (सन् २०१६), निबन्ध प्रबन्ध – असममा नेपाली भाषा र साहित्यको साह्रो गाह्रो (सन् १९६१), पत्रकारिताको इतिवृत्ति (१९९७), झ्याउरे पार्टीमा लाग्दा (निबन्ध सङ्गालो, सन् १९९९), पूर्वोत्तर भारतीय नेपाली साहित्य र समाजको ऐतिहासिक दगि्दर्शन (सन् २०००), सिमलको भुवा (सन् २०१२), नाटक र एकाङ्की – लक्ष (सन् १९५६), दोबाटो (सन्१९६७), माग (सन् १९७८), शुरूको शुरू (सन् १९८७), भाइटीका भित्रै (, कन्यार्थी, पचास वर्षको अवधी भित्र एक जोर परेवा, मिलन, निभेको आगो आदि लगायत अनगन्ती, निबन्ध, कथा, भूमिका, शुभकामनाहरू, लगायत, विभिन्न पत्रपत्रिकामा प्रकाशित नेपालीका मात्र नभै असमीया, हिन्दी, अङ्ग्रेजी निबन्धहरू पनि प्रकाशित ।
अतित र आजको नेपाली भाषा साहित्यलाई तुलनात्मक दृष्टिले हेर्दा धेरै विकसित र परिमार्जित भएको तर अतितका कतिपय ग्रन्थहरू कालजयी भएका र ती कहिल्यै पुराना नहुने, भानुभक्तको रामायण, वशन्त शर्माको कृष्ण चरित्र, महाभारत, पूराणा र महाकाव्यहरू सदा अजर अमर रहने, लीलबहादुरको बसाइँ अङ्ग्रेजीमा दुई चोटी चिनिया भाषमा असमीयामा र थारुभाषामा अनुवाद भएका ।
"ब्रह्मपुत्रको छेउ छाउ, हिन्दी, असमीया, बोडो, उडिया भाषामा अनुदित साहित्य एकादमी दिल्लीले प्रकाशन गरेको, २० ओटा कथाहरू असमीयामा अनुदित यसै प्रकार धेरै कथाहरू अङ्ग्रेजी, हिन्दी, असमीया, गुजराती, गरू मुखी, मलायालम, बङ्गाली अनुवादित भएका, कसैका टेली फिल्म बनेका, अतृप्त माथि हिन्दी टी. भी. सिरियल बन्ने तरखरमा रहेका धारणा आएका छन् । अनुवाद साहित्यमा अनुवादक र मूल सर्जक एक अर्कामा अप्रत्यक्ष साक्षत्कार हुने गर्दछन् अरे भन्ने ज्ञिासामा अनुवाद कर्ता दक्ष निपुण भए मात्र अनुवाद कृतिले मौलिकता दिन सक्ने तर अनुवादले सम्पूर्ण मौलिकता दिन नसक्ने, धारणा आएका छन् । लीलबहादुरले असमेली नेपाली साहित्यलाई विश्वको नेपाली साहित्यसित दाँजिन सक्षम रहेको, गीत कविताबाट साहित्य लेखन थाले पनि लेखनको गहनताले गर्दा पाठकले आख्यान साहित्यलाई बढी मन पराएका, उपन्यास 'अतृप्त' र प्रतिध्वनिहरू विस्मृतिका' को लेखन शैली विशेषता, र लेखाइको नयाँ परिपाटीको कारणले स्वयम्लाई मन परेको, साहित्यिक व्यक्तित्वभन्दा उहाँ समाजसेवी भएको विभिन्न सङ्घसंस्थामा आवद्ध भएको नेपाली साहित्य पढ्ने पाठकको सङ्ख्या न्यून रहेको, यसो हुनको कारणमा जातीय चेतनाको अभाव, पाठकभन्दा बढ्ता लेखक भएको, लेखकले पाठकको खोराक दिन नसकेको कितावको सङ्ख्या बढेको बढै रहेको, एक–एक समारोहमा २५ वटासम्म पुस्तक लोकार्पण हुने गरेको, आदि पर्ने, नविन कोसेली सम्बन्धी जिज्ञासामा 'नमरी बाँचे दैवले साँचे नयाँ कृतिको विषयमा सौचौंला 'भन्ने जवाफ सहित यो अन्तर्वाता समाप्त भएको छ ।
नेपाली भाषा साहित्यको स्वर्णीम भविष्य देख्न थालेको छु: प्रा. सन्तकुमार देवान
यो कृतिको अन्तिम कुराकानी हो । यस अन्तरबार्तामा प्रा. सन्तकुमार देवानसँग लामा र छोटा गरी १७ ओटा प्रश्नहरू राखिएका छन् । प्रश्नको थालनी अरुणचल प्रदेश अति पछाडिएको राज्य हो त्यहाँको स्थानीय बासिन्दाहरू कति थरिका छन् ? हामीले हेर्दा त सबै नागा जस्तै पो देखिन्छन् नि ?बाट सुरु भएको छ । अरुणान्चल प्रदेश १९७२सम्म नेफाको नामले चिनिने र असममा गाभिएको, थयो र यस राज्यमा पाँच ओटा जिल्लाहरूमा 'मूलत तिरापमा नोक्ते, बाङ्चु र ताङ्सा । लोहतमा इदु मिसमी, डीगारु मिसमी र मिजो मिसमी । सियाङ्गमा मेम्बाँ, खाम्बा, बोकारपाईलियो, शिमींङ्ग, बोरी, मिलङ्ग, मिनियाँग, गालैग, पादम र पादम र पाँसी । सुबनसिरीमा तागिन, सुलुङ्ग, निशी, हिलमिरी, आपतानी र मीकिर । कमेङ्गमा माम्पा, मिजि, मनपा र आका हुन् ।' यहाँको भाषा र संस्कृति आफ्नै आफ्नै रहेको १९७२सम्म स्कुलमा असमी र कलेजमा अङ्ग्रेजीवाट पढाइने, १९७२मा यसलाई नेफाबाट अलग राज्य बनाएर केन्द्र शासितमा रह्यो र पढाइ अङ्ग्रैजीमा भयो २० फरवरी १९८७मा पूर्ण राज्यमा घोषित गरिएको, देवानजी १९७३मा डगिबोई कलेजमा बि.ए. पास गरेपछि आमाको विमारी भएको कारणले घरमा बस्नु परेको, बिमारी आमाको आग्रहले विवाह गर्नु परेको र आर्थिक अवस्थाले पनि यस्तो दुर्गम स्थानमा जागीर खान जानु परेको, डिबुगढ युनिवरसिटीमा बी.टी.मा भर्ना भएर पूर्णता दिन नसकेको, नौकरी गर्दा गर्दै बी.एड. पास गरेको, जागिरे जीवनमा नै बाबु, आमा, साथी अनिल देवान गुमाएको, तर अरुणान्चलबाट पाएको ठुलो उपहारमा 'पहाड' र ' कथा बल्ल शुरू हुन्छ ' भन्ने दुई उपन्यास पाएको, सम्पूर्ण नौकरीमा ९ वटा स्कुलमा कामगरेको, , काम गर्दा सबै स्थानमा सम्मान पाएको तर मन परेको ठाउँ भने निशी पहाड भएको, जस्ता धारणा यहाँ आएका छन् । सन्त कुमार देवानको साहित्यिक यात्रा – अन्तर्वाताकारको कृति सिर्जना सम्बन्धी जिज्ञासामा देवानजीले कक्षा आठमा पढ्दा पढ्दै जयरामपुर स्कुलमा नाटक लेखेर मञ्चन गरेको, १९७४मा पनि नाटक लेखेर स्कुलमा मञ्चन गरेको र त्यसपछि 'छाया', 'विहानको तारा', र पहाड–पर्वत' 'कथा बल्ल शुरूहुन्छ' को सृजना भएको धारणा आएको छ ।
"उपन्यासको परिकल्पना गर्न अति कठिन हुन्छ र पात्र–पात्राहरूको चयन, , स्थान विशेषको भाषा, संस्कार, र संस्कृतिलाई विशेष ध्यान दिनु पर्ने हुन्छ ' धेरै समय लाग्ने जस्ता जिज्ञासामा देवानजीले यो साँचो रहेको र आफूले लेख्दा, पात्रहरूको मनोभाव, मनोदशा, परिस्थिति र सामाजिक पक्षका पीरमर्का आदिलाई ध्यान दिएर लेख्ने र पात्र–पात्राको जीवन घटनालाई लिएर सोच्ने, मन्थन गर्ने, रूपरेखा बनाएर मात्र लेख्न थालनी गर्ने, लेख्दै जाँदा पात्र जोडिन्दै जाने, समाप्त गर्न गाह्रो पर्ने, धेरै दिन मन्थन गरेर रुचाएको अन्त लिएर उपन्यास समाप्त गर्ने धारणा आएको छ । उपन्यास 'कथा बल्ल शुरु हुन्छ' को पृष्ठभूमि तिनसुकियाको छेउ छाउदेखि लिएर अरुणान्चल लोहित जिल्लाको डेनिङ्गको आगनमा फस्टाएर तिसुकियामा आएर समाप्त् हुन्छ, , 'पहाड पर्वत' उपन्यास अरुणान्चल प्रदेशको पृष्ठभूमिमा पहिलो हुन सक्ने तर तिनसुकियामा भने पहिलो भन्न नसकिने, अरूणाचल प्रदेशका जनजातिको साहित्य, संस्कृति, र संस्कार एव म समाजमा बनाइएका नियामावली सीमाखबर्ती राज्यको प्रभाव थोरैमात्रामा पनि नपरेको उपन्यास पढदा थाहालाग्छ भन्ने जिज्ञासामा सीमावर्ती राज्यको प्रभाव परेको छ तर संस्कार र संस्कृतिमा परिवर्तन झट्टै आउन सक्दैन भन्ने धारणा, यामी (उपन्यासकी नायिका) आपातानीहरूको 'ड्रा' पूजा हेर्न गएको उल्लेख छ, आपतानी को हुन् ड्रा पूजा भनेको के र कस्तो भन्ने जिज्ञासामा आपातानी सुवनशिरी जिल्लाको जनजाति मध्एको एक प्रमुख जनजाति हो र ७०को दशकसम्म स्त्री जातिले ढुङ्ग्री लगाउने र च्यापुमा तीनवटा नीलो धर्सा (टेट्टू) कोपेको हुन्छ, पुरुष जातिले आफैले बुनेको मेखला (लुङ्गी) लगाएका र घाँटीसम्म किम्ती माला लगाएका हुन्छन् र च्यापु मुनि एउटा नीलो धर्सा (टेट्टू)को पेङ्का हुन्छ र कम्मरमा बेतले बेरिएको हुन्छ । 'द्री' वा 'द्रे' (उपन्यासमा 'ड्री' लेखिएको छ कारणा उच्चारणमा ड्री सुनिन्छ), पूजा जून महिनामा सामुहिकरूपमा बिउ खेतमा लगाइसकेपछि त्यसको राम्रोसँग विकास र रोगमुक्त होस् भनेर गरिने, सन् १९६७ अघि यो पूजा घर घरमा गरिने तर १९६७देखि सामुहिक रूपमा प्रत्येक वर्ष ६ जूनमा यो पूजा धूमधामले मनाउने जस्ता धारणा यहाँ आएका छन् ।
शिक्षा र शिक्षक सुविधा सम्बन्धी जिज्ञासामा अरूणाचल सरकारले केन्द्र सरकारले दिने तलवमान समेत सबै सुविधाको साथै आवास र अस्पताल सुविधा निशुक्ल दिने कुरा, गाउँ गाउँमा स्कुल खोलिदिने, निशुक्ल पुस्तक र पढाईका सामाग्री दिने, गर्नु र यहाँका जनजातिलाई शिक्षित पारेर देशको मूलधारमा ल्याउने उद्देश्य लिएको धारणा यहाँ पस्किएको छ ।
उपन्यासमा प्रेम व्यथालाई अङ्गालेको, जनजातिको उत्पिडन, अभाव र अशिक्षालाई दर्शाउन सफल रहेको, प्रतिशोध र प्रतिक्रिया, युवाका असीममित पीडा र कुण्ठा, उपन्यासको सृजना गर्ने प्रकृया र कुन उपन्याससँग प्रभावित भएका धारणा, उपन्यास साहित्यलाई नै चुन्नु, अब पाठकलाई के दिने तरखरमा रहेको र नेपाली साहित्यलाई विश्वस्तरमा कसरी पुर्याउने आदि विषयमा जिज्ञासा राखिएको छ । यस प्रकारका जिज्ञासालाई देवानजीको धारणा यसरी प्रष्टिएको छ –उपन्यासको परिवेशका परिस्थिति, अभाव, असुविधा कठोर जीवन शैली निर्जन ठाउँको एकल बसाइको मनोदशा, समयको प्रचुरताले गर्दा उव्जाएको हुन सक्ने, हिन्दी भाषाका धेरै उपन्यासको अध्यन ती लउपन्यासकारहरू जस्तै राजेन्द्र यादव, मोहन राकेश लगायत मणिश्वर नाथ रेणुका र नेपाली उपन्यासकारहरूमा इन्द्रबहादुर राईज्यूको रचनादेखि प्रभावित भएको, उपन्यास साहित्यमा उपन्यास कार खुलेर साक्षात्कार हुनसक्ने, समाजका प्रत्येक पक्ष र वर्गका माया ममता, सुख, दु:ख, संवेदना, दया, आक्रोश, क्रोध आदिलाई चित्रित गर्न सक्ने एउटा चित्रकारले एउटा ठुलो क्यानभास पाए जस्तो भएकोले उपन्यास विधालाई चुम्नु परेको र अप्रकाशित उपन्यासलाई प्रकाशमा ल्याउने तरखरमा रहेको, पढ्ने वानी बसाल्नु पर्ने, नेपाली साहित्यको भविष्य त्यति अन्धकार छैन जति सोचिएको छ 'नेपाली साहित्यको स्वर्णिम भविष्यको कामना गर्दछौं' जस्ता धारणा यहाँ आएका छन् ।
भाषाशैली – भाषा सरल छ साथै स्थानीय भाषहरूले पनि कहीं कहीं स्थान पाएका छन् । कुराकानीमा मिठास छ । ठाउँ ठाउँमा उखानटुक्काले पनि ठाउँ पाएका छन् जस्तै 'नमरी बाँचे कालले साँचे' पृष्ठ (१३३)। प्रस्तुति सलल बगेको छ, प्रश्नहरू समीक्षात्मक रूपमा राखिएका छन् र उत्तर पनि सटिक रूपमा आएका छन् ।
शीर्षकीकरण –जब दुई वा दुईभन्दा बढी व्यक्तिहरू बीच, खास उद्देश्य लिएर गरिने वार्तालापलाई कुराकानी या अन्तर्वाता या साक्षत्कार भनिने गरिन्छ । वास्तवमा जागिरको सिसिलामा व्याक्ति जागिर योग्य छ या छैन भनी मूल्याङ्कन गर्दा अन्तर्वाता लिइन्छ । यसरी नै राज नेता, साहित्यकार वैज्ञानिक, प्रशासक आदि विभिन्न व्याक्तिहरूसँग तिनीहरूको कार्यक्षेत्रमा गरिएका महत्वपूर्ण उपलब्धीहरू, काममा देखिएका समस्या र समस्या समाधानमा अपनाइएका प्रयास आदिलाई प्रष्ट्याउन कुराकानी गरिन्छ । यहाँ कृष्णविक्रम राणाले नेपाली साहित्यका दश जना मूर्धन्य साहित्यकार को अन्तर्वार्तालाई कुराकानी शीर्षक दिएर कृतिको नामाकारण गर्नुभएको छ । त्यसो हुँदा कृतिको नामाकरण सार्थक देखिन्छ ।
सबै कुराकानीको सारभाव पस्कने प्रयास मैले मथि नै गरिसकेको छु तर साहित्यको अरू विधामा जस्तो सारभाव पस्कन कुराकानीमा सहज रहेनछ । जे होस् प्रयास गर्नु पर्छ गरें । समग्रमा यस कृतिले दिएका केही सन्देश यहाँ पस्कँदै छु –
कृष्णविक्रमको यो कुराकानीलाई जति पढ्यो उति पढौं पढौं लाग्ने र एउटा अन्तर्वाताकारले अन्तर्वाता लिन्दा सम्बन्धित मानिसको बारेमा र उसका कृतिले के सन्देश दिन खोजेको हो, यसमा भूमिकाकार र समीक्षकले त्यो कृतिप्रति के कसरी विष्लेषण गरेका छन् भन्ने प्रष्ट जानकारी लिएर मात्र अन्तवार्ता लिन रामो हुन्छ भन्ने सन्देश बोकेको मलाई अनुभूति भएको छ । अन्तर्वातामा राणाजीले विविध पक्षलाई समाउनु भएको छ । नेपाली साहित्यको विकासको गतिशीलता, पाठकको अध्ययनशीलता, नेपाली भाषाको भविष्य, लेखकका प्रेरणाका स्रोत, अन्तरबार्ता दिने साहित्यकारका कृतिहरू, असममा नेपालीलाई नेपालीभन्दा विदेशी ठहरिने र गोर्खेभन्दा स्वदेशी (भारतीय) सम्झने जस्ता जिज्ञासामा असममा बस्ने नेपालीहरू गोर्खाली–नेपाली दुवै भएको, ' नेपाली नेपालीको भाषा हो र यस भाषामा लेखिएको साहित्य नेपाली साहित्य हो', साहित्यकारले प्राप्त सम्मान, , साहित्यमा लीलालेखन, नेपाली डायस्पोरिक साहित्यको बारेमा, सेतो बाघप्रति पाठक प्रियता, लेखक जनप्रिय, शास्त्रीय, शैक्षिक वा आध्यात्मिक आदि प्रकार हुने, सरस्वती सम्मान र ज्ञानपीठ सम्मान नेपालीले प्राप्त गर्न नसक्नु को कारणमा नेपाली साहित्यको अनुवाद नहुनु, संसारमा देखिएको उग्रवादीको ताण्डव नाचले ल्याएको त्राही त्राहीको बारेमा उग्रवादको जरो, कहाँ कति र किन छ भन्ने विषयमा विश्वतन्त्रले विचारविमर्श गर्ने वेला आएको जनसङ्ख्याको विष्फोटले मच्चाएको हाहाकारको समस्या साझा सम्स्या भएको र आफ्नो जायजन्ममाथि नियन्त्रण गर्नु पर्ने, नेपाली साहित्यमा कविता विधा नै सशक्त रहेको, कृतिहरूको सही मूल्याङ्कन हुन नसकेको, "रत्नाकर वाल्मिकी भए जसरी नै तपस्या गर्न सक्नु पर्छ र मात्रै साहित्यको मूल फुट्छ " (पृष्ठ३३), साहित्यमा इमान्दार पूर्वक कलम चलाउनु पर्ने, भारतमा नेपाली भाषाले १९९२ सङ्को २० अगस्तमा मान्यता पाएको, अनुवाद गर्ने व्याक्ति दुवै भाषामा दक्ष हुनु पर्ने र दक्ष नभए मौलिक कृतिको सही अनुवाद नभएर भावानुवाद हुन जाने, नेपाली भाषा साहित्यमा प्रयोग गरिने केही चिन्हको जानकारी, जागीरमा जानु पेट पाल्ने बाध्यताले, आसमा बङ्गाल अरुणान्चलको संस्कार संस्कृतिप्रतिको भिन्नता, , असममा डेडकरोड गोर्खे जनजातिरहेको तर नेपाली भाष मौलाउन नसकेको, पढाई हुने स्थानमा पनि असममा नेपाली विषय लिनेको परीक्षमा अरुभाषाका विद्यार्थीहरूले पाउने अङ्क सरह नभै नम्बर कम पाउने गरेको, नेपाली कम हुने स्थानमा नेपाली भााष नै विर्सने सम्भावना बढेको, हामा्र परम्परा र संस्कृतिका जरा धर्मसँग जोडिएका, असमका लागि हाइकु, ताङ्का चोका, सेदोका नौलो विषय भएको, आत्म बृतान्त लेख्ने कुरा, जीवनमा घटेका रोचक घटनाहरू, नेपालका भाषा पाठशाला, स्कुल सञ्चालनमा देखिएका कठिनाई, आर्थिक सङ्कलनको लागि खेलिएका देउसी भैलो, शिक्ष र विकासको लागि धनवर गुरुङको त्याग तपस्या र आफ्नो निजी सम्पत्तिको लगानी, "असमेली नेपाली साहित्यले असम बाहिर पर्याप्त जन प्रियता लाभ गरेको छ र यो विश्वको नेपाली साहित्यसित दाँजिन सक्षम छ" (पृष्ठ १३१), आदि विविध विषयहरू कुराकानीमा प्रष्टिएका छन् ।
अन्त्यमा कृष्णविक्रम राणाको भावी जीवनको उज्ज्वलताको कामना गर्छु साथै बिदा चाहन्छु ।
No comments:
Post a Comment