December 27, 2020

साहित्यिक कार्यक्रम र ‘गजल आकाश’को विमोचनको एक झलक

आज चैत्र शुक्लनवमी (२०७० साल र्चैत्र २५ गते), भगवान रामचन्द्रको जन्मदिन, हिन्दूहरूको चाडको दिन, एकावहिानै मोवाइलको घण्टी बज्छ र मैले मोवाइल उठाउँछु ।

फोन साहित्यकार कृष्णा देवी शर्मा श्रोष्ठले गर्नुभएको रहेछ र आज रामबास, देवचुली गाविसको भीमसेन उच्च मा.वि.मा साहित्यिक कार्यक्रम हुने भएको रहेछ । उहाँले फोनबाट म त्यसमा सहभागी हुनको लागि, निमन्त्रणा पाएँ ।

म प्रगतिनगर कृष्णादेवीजीको घरमा पुगें । कृष्णाजी र म दलदले हुँदै रामवास पुगे म । भीमसेन उच्च मा.विको कोठामा साहित्य कार्यक्रमको आयोजना गरिएको रहेछ ।

वरिष्ठ छन्देली कवि तथा गजलकार गोविन्दराज विनोदीको प्रमुख आतिथ्यमा सञ्चालन हुने उक्त कार्यक्रमको आयोजकको रूपमा पाँच जनाको एक आयोजक समिति गठन गरिएको र त्यसको संयोजककत्व मित्रबन्धुजीले गर्नुभएको हेछ । उहाँकै सभापतित्वमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

११ बजे हुने भनिएको कार्यक्रम एक बजे शुरु भएको थियो । भीमसेन उच्च मा.वि.का प्राचार्य नरदेव न्यौपानेजीले स्वागत भाषणमा मित्र पाठकले यसै विद्यालयबाट अध्ययन गरेर विज्ञान विषयमा उच्च शिक्षा हाँसिल गरी वनस्पति विज्ञमा कार्यरत रहेर पनि साहित्यको सिर्जना गरेर पाठशाला तथा गाउँकै गौरव बढाएको, पढाइको समयमा पनि अध्ययनशील रहेको, ज्ञान प्राप्त गर्नको लागि पुस्तक पढ्नु पर्ने, विचार, दर्शन, जीवन भोगाइका धेरै शारतत्त्वहरू पुस्तकबाटै पाइने, साहित्यकार बन्न त्याग चाहिन्छ र विशिष्ठ साहित्यकार बन्न कठिन छ, यसरी नै सफल गुरु बन्न पनि कठीन छ । एक सफल गुरुले देश र जनताको सेवा गर्ने विद्यार्थीको उत्पादन गर्नु पर्छ । आजको युगमा सबै चिज पैसा हो भन्ने धारणा देखिएको छ तर पैसा सबै चिज होइन, राष्ट्रको सेवा गर्नु केही हो भन्दै लामो तर सारगर्भित र दार्शनिक अभिव्यक्तिदिनु भएको थियो ।

कार्यक्रमको उत्घाटन प्रमुख अतिथि गोविन्दराज विनोदीले पानसमा दीप जलन गरेर र व्यानर अनावरण गरेर गर्नुभयो । व्यानरमा 'साहित्य समाजको दर्पणमात्र होइन, समाज सेवा र समर्पण पनि हो' भन्ने नारा लेखिएको थियो ।

उद्घाटन पछि युवा कवि मोतीराम भट्टको तस्वीरमा माल्यापर्ण गरियो । गजलवाचनको काम थालनी भयो ।

प्रथम गजल वाचन आशिष भुर्तेलले गर्नुभयो । आशिषजीले आजको समाजमा देखिएका विवभेदलाई देखाउनु भएको थियो ।

दोस्रो कविता वाचन छन्देली कवि लोकनाथ खरेलजीको राष्ट्रियताले भरिएको कविता थियो । हेर्यौ उहाँको कविताको दुई हरफ –

धर्ती आज छिया छिया हुन गई रोइरहेको यहाँ
सारा देश छ अन्धकार पथमा पुग्ने कहाँ हो कहाँ

गंगा भुसाल 'सुधाञ्जलीले पनि मीठो गजल पाठ गर्नुभयो ।

त्यसपछि प्रमुख अतिथि गोविन्दराज विनोदी, विशिष्ठ अतिथि द्वोय कृष्णादेवी शर्मा श्रेष्ठ र सदानन्द अभागीले संयुक्तरूपमा गजलकार मित्र पाठक 'राजु'को 'गजल आकाश' (गजलसङ्ग्रह) कृतिको विमोचन गर्नुभयो ।

गजलकार मित्र पाठक 'राजु'ले पहिलो कृति 'भलाद्मी श्रीमती' लघुकथासङ्ग्रह बजारमा ल्याइसकेका रहेछन् । मित्र पाठकको गजल आकाश दोस्रो कृतिको विमोचन सुसम्पन्न भयो ।

कृति विमोचनपछि प्रमुख अतिथि गोविन्दराज विनोदी, विशिष्ट अतिथि द्वय कृष्णादेवी शर्मा श्रेष्ठ र सदानन्द अभागीलाई अभिनन्दन गरियो ।

सञ्जय भट्टराईले गजल र मुक्तक प्रस्तुत गर्नुभयो । साधना –सङ्गमका अध्यक्ष हिमलाल चापागाईँले हरेक महिनाको पहिलो शनीवार कावासोती नवलपरासीमा गरिने साहित्यिक कार्यक्रमको बारेमा जानकारी गराउँदै देशलाई विभिन्न राज्यमा विभाजन गरिने भनिएका राज्यहरूको नाममा रचिएको गजल आफू नेवाराजमा परेको भन्दै व्यङ्गको साथै मार्मिक भावले भरिएको गजल सुनाउनु भयो ।

मित्र पाठकले आफ्नो कृतिको बारेमा चर्चा गर्दै गजल सुनाउनु भयो । सदानन्द अभागीले गजल आकाश र गजलकारको सङ्क्षिप्त जानकारी दिंदै सानो टिप्पणी गर्नुभयो ।

कृष्णदेवी शर्मा श्रेष्ठले गजलको बारेमा प्रकाश पार्दै बहरमा रचित गजलको वाचन गर्नुभयो । प्रमुख अतिथि गोविन्दराज विनोदीले स्थान विशेषमा तत्काल रचिएको गजल बाचन गर्नुको साथै कावासोती र प्रगतिनगरमा पनि उच्चकोटीका साहित्यकारहरू (कृष्णादेवी शर्मा श्रेष्ठ, सदानन्द अभागी, दीपक सोती र भूपेन्द्र शर्मा गण्डर्षि, लोकनाथ खरेल आदिको नाम लिंदै) भएको धारणा राख्दै कार्यक्रमको सशंक्षेपीकरण गर्नु भया र गजल बाचन गर्नुभयो ।

कार्यक्रमको सञ्चालन दयाराम आचार्यले प्रभावकारी रूपमा गर्नुभएकोथियो । अन्तिममा सभाका सभापति मित्रबन्धुजीले कृतिलाई निजामति सेवामा पुग्नको लागि चाहिने कृतहिरू तथा पाठ्यक्रमहरूको पुस्तकालय बनाउनको लागि विमोचित कृति बिक्रीमा भएको जानकारी गराउँदै किनिदिनको लागि आग्रह गर्दै कार्यक्रमको बिट मार्नुभयो ।

गजल आकाशको परिचय – मित्र पाठक 'राजु'द्वारा लिखित गजल आकाशलाई दिपक पाण्डेयजीले प्रकाशन गर्नुभएको र यसमा एक सय एक गजलका शेरहरू समावेश गरिएका छन् । कृति ११८ पृष्ठको छ । मूल्य १५०/– व्याक्तिगत, एकसय दश विद्यार्थी र विदेशमा ५ डलर राखिएको छ । यस गजलसङ्ग्रहमा समावेश गरिएका गजलहरूलाई राष्ट्र, राष्ट्रियता र देश प्रेम, अध्यात्म चिन्तन, प्रेमप्रणयका भावहरू, मातृत्वप्रति स्नेह, आदरभाव, प्राकृतिक सौन्दर्यताको वर्णन, विकृति विसङ्गति प्रति तीखो व्यङ्ग, आदि विविधताले भरिएका गजलका शेरहरूले सबैको मन छुन्छ ।

मित्र पाठक राजु एउटा युवा वनस्पति वैज्ञानिक हुनुहुन्छ । उहाँको कलम नियात्रा, कथा, हाइकू उपन्यासमा प्रखररूपमा चलेको पाइन्छ । यी कृतहिरूका सङ्ग्रह केही प्रकाशन क्रममा रहेको पाइन्छ भने कोही कृतहिरू हाम्रो हातमा आइसकेृका छन् । मित्र पाठक 'राजु'को साहित्यिक आकाश फराकिलो छ ।

एउटा वनस्पति विज्ञले हराभरा फूलका थुङ्गलाई विम्बमा उतार्दै हामलिाई प्राकृतिक बर्णन सिङ्गारिएको साहित्यिक कृतहिरू पढ्न पाउने कामनाको साथमा बिदा चाहान्छु ।

धन्यवाद
सदानन्द अभागी
मिति २०७०/१२/२५
कावासोती एक, नवलपरासी, नेपाल

No comments:

Post a Comment