December 5, 2020

पाल्पालीका गजल ’नियालदा’

परिचय –
युसुफदिन मियाँ 'पाल्पाली'को यस गजलसङ्ग्रहलाई मैले पल्लव साहित्य प्रतिष्ठानको वाषर््िाक कार्यक्रममा विमोचन हँुदा प्राप्त गरेको थिएँ तर पढ्ने काम भए पनि यस सम्बन्धमा समालोचना गर्ने काम भने भएको थिएन । आज ममा पाल्पालीजीका सबै कृतिहरूलाई पढ्ने र विवेचना गर्ने विचार पलाएको छ । वास्तवमा उहाँसँग मेरो परिचय सोही कार्यक्रममा भएको थियो । झट्ट हेर्दा, आकर्षक शारीरिक संरचना, सरल व्यक्तित्व, सहयोगी भावनामा उच्च, बोलीबचनमा मीठास र दृढता, व्यवहारमा समतामुखी भावना भएको एक सामाजिक, गीतकार र गजलकारको रूपमा, देखिनु हुन्छ उहाँ ।
युसुफदिन मियाँ पाल्पालीको जन्म पाल्पा, तानसेन वडा नं १३, पश्चिम गाउँमा वि.सं २००३ साल बैशाख १२ गते भएको हो । उहाँ पिता मरहूम अब्दुल गपूmर मियाँ र माता  मरहूम बिबीरन मियाँको सुपुत्र हुनुहुन्छ । पाल्पामा जन्मे पनि हाल उहाँको बसोबास नारायणगढ चितवनमा छ । उहाँको यो कृति २०६६ मा पाल्पालीका गजल (गजलसङ्ग्रह)को नाममा पल्लव साहित्य प्रतिष्ठानले प्रकाशन गरी बजारमा ल्याइसकेको छ । हाल सम्म पाल्पालीले पाल्पालीका गजल( उहाँका गजलकृतिहरूमा पाल्पालीका गजल (गजलसङ्ग्रह (२०६६)) मनको व्यथा (शास्त्रीय सूत्रमा आधारित गजलसङ्ग्रह, २०६८), एक बहर एक गजल ( शास्त्रीय सूत्रमा आधारित गजलसङ्ग्रह, २०६९),रोशनी गजलसङ्ग्रह (२०६९), र मुतकारिब दिवान (बहरबद्ध गजल (२०७१), बजारमा आइसकेका छन् । यी शास्त्रीय बहरबद्ध गजलसङ्ग्रहरूको आफ्नै विशेषता छ । यी गजलसङ्गहरूले गजल सागरमा बहरबद्धमा लेखिएका गजलहरूको संख्यामा बृद्धिगर्न सफल देखिन्छन् र बहरमा गजल लेख्ने काममा यी सङ्ग्रहले महत्वपूर्ण स्थान ओगटेका छन् ।
प्रथम गजलकृति पाल्पालीको गजलसङ्ग्रहको विवेचना यसकृतिको संरचनाका.आवरणापृष्ठमा रानीघाट दरबार महल र घर वरिपरि प्राकृतिक सुन्दरताले भरिएको जमिनकोे चित्र अङ्कित गरी सजाइएको छ भने पछिल्लो आवरण पृष्ठमा स्रष्टा परिचय दिइएको छ । यस गजलसङ्ग्रहमा १०२ गजलका शेरहरू समावेश गरिएका छन् । कृतिको आकार  हिसाबमा  १२२ पृष्ठको छ । स्व. लोककवि अलिमियामा समर्पण गरिएको छ । मूल्य १०१÷(रुपियाँ राखिएको छ ।
साहित्यकारहरूले कृतिप्रति राखेका धारणहरू–
गोर्खे साइँलो (ऋषिप्रसाद लामिछाने)ले प्रकाशकीयमा लेख्नुहुन्छ–'केही रङ्गीबिरङ्गी केही मनमोहक, केही आफ्नो पुरानै परम्परामा प्रचलित शब्द–शैलीमा गजलपुष्पलाई अति सरल र तरल हिसाबले रचना गर्न खप्पिस देखिनु भएको छ गजलकार पाल्पाली' ।  
गोविन्दराज विनोदीलेयस कृतिको भूमिका लेखन गर्नु भएको छ  । भूमिकामा गोविन्दराज विनोदीले लेख्नुहुन्छ– 'काव्यिक प्रतिभा 'युसुफदिन मियाँ पाल्पाली'मा छँदै थियो । अहिले गजलसाहित्यको अध्ययन र गजल सृजनाको अभ्यासले गर्दा, स्वानुभूत सत्यको प्रकटीकरणमा उहाँको कलम सशक्तरूपमा प्रस्तुत भएको छ ।
त्रिवेणी साहित्य परिषदका अध्यक्ष डा. नारायणप्रसाद खनालले शुभकामना शीर्षकमा युसुफदिन मिया पाल्पालीले सानै उमेरदेखि लोकगीत गाउँदा गाउँदै रमाउँदा रमाउँदै पाल्पा, अर्घाखाँची, गुल्मी र प्यूठानका उकाली ओरालीसँग मितेरी लाउँदै बुटवल, भैरहवा र नौतुनवा धाउँदा धाउँदै नारायणघाट, चितवनसँग नजर लगाउँदा लगाउँदै पाल्पालीको जीवन यो अवस्थामा आइपुगेको, मुस्किल मुस्किल गीत र बरु मारे मार गजलसँग पाल्पालीलाई चिनेको, उनको रचना गरेको गीत अरुले नै गाएर नाम कमाएको र ठूलो प्रसव वेदना पश्चात पाल्पालीका गजल नाम लिएर गजलकृति झुल्किएको र यो उनको यो प्रस्तुत गजलसङ्ग्रह उनको जातीय वर्गको पनि प्रतिनिधिमूलक रचना बन्न सक्ने धारणा राख्दै पाल्पालीको साहित्यिक, सामाजिक, राजनीतिक र व्यवसायिक जीवनलाई प्रष्ट पार्दै कृति प्रकाशनमा आएकोमा हृदयदेखि नै हर्षले विभोर भएको धारणा राख्नु भएको छ ।
पल्लव साहित्य प्रतिष्ठानका संस्थापक सदस्य हुसैन खाँले शुभांशंसाको तरङ्गमा ....शीर्षक दिएर लेख्नु हुन्छ – 'पाल्पालीज्यू, प्रायजसो अक्षरको एकरूपतालाई आधारमानी सरल र सहज शब्दको प्रयोग गरी आफ्नै शैलीमा भावपूर्ण  गजल सिर्जना गर्ने सर्जक हुन् । नेपाली मुस्लिम समुदायबाट गजल विधामा कृति प्रकाशन गर्ने सम्भवत ःपहिलो गजलकार युसुफदिन मियाँ पाल्पाली नै हुनुहुन्छ ।'  
मेरा मनका कुराहरू शीर्षक दिएर युसुफदिन मियाँ 'पाल्पाली'ले सानै उमेरदेखि गीत लेख्ने गाउने गरेको, लेख्ने गाउने रहर भएको, रहरकै कारणले गजल पनि लेख्ने र गाउने गरेको, एउटा गजल अभिन्न मित्र डा. नारायणप्रसाद खनाललाई सुनाएकोमा डा. नारायण्आप्रसाद खनालज्यूबाट किताब छपाउने सुझाव पाएकोले यो कृति बजारमा आउन सफल भएको धारणा राख्नु भएको छ ।
सम्लग्नता –
अध्यक्ष फेन्सी व्यवशायी सङ्घ नारायणगढ,अध्यक्ष बरकाती मदरसा सञ्चालक समिति पूर्व अध्यक्ष लायन्स क्लव चितवन (हाल सदस्य),पूर्व उपाध्यक्ष नारायणीकलामन्दिर चितवन (हाल आजीवन सदस्य),आजीवन सदस्य नेपाल रेडक्रस सोसाइटी , नारायणगढ चितवन, आजीवन सदस्य नेपाल परिवार नियोजन सङ्घ, भरतपुर चितवन,आजीवन सदस्य नेत्रज्योति सङ्घ चितवन, आजीवन सदस्य क्षयरोग निवारण सङ्घ, नारायणगढ चितवन आजीवन सदस्य हृदयरोग निवारण सङ्घ भरतपुर चितवन,आजीवन सदस्य बालमन्दिर, भरतपुर चितवन, आजीवन सदस्य पल्लव साहित्य प्रतिष्ठान नारायणगढ चितवन, आदि मानवकल्याणकारी संस्थाहरूमा आबद्ध रहेर समाज कल्याणको क्षेत्रमा  राम्रो सेवा पु¥याउँदै आउनु भएको छ ।  
सम्मान–
पाल्पालीजीले पल्लव स्रष्टा सम्मान र लक्ष्मी स्मृति एवम् नन्दकला स्मृति भाषा साहित्य तथा समाज सेवा सम्मान प्राप्तगरिसक्नु भएको छ ।
कृतिभित्र पस्दा–
१०२ गजलले सुसज्जित छ यो गजलसङ्ग्रह ।
मुस्किल मुस्किल–पहिलो गजलमा पाल्पालीजीले हिड्न मुस्किल भएको, दुनियामा आफ्नो मान्छे चिन्न मुस्किल भएको,चोर बढे डाँका बढे, यात्रा गाह्रो भयो, आफ्नो पराई चिन्न नै मुस्किल भो, महंगीले नेटो काटेको, मदिरा र मङ्स विना होटेल नचल्ने भो, शाकाहारीलाई सबैसँग भिज्न गाह्रो भो, घरैपिच्छे नेता र चोकचोकमा भाषण भएको आजको विसङ्गत युगसँग भिड्न गाह्रो भो भनी आज हामीले भोगेका यथार्थतालाई प्रष्ट्याउने प्रयास गर्नु भएको छ । यसलाई यथार्थवादी गजलको रूपमा हेर्न सकिन्छ ।
बरु मारे मार– बरु मारे मार, माया अन्तै नसार, पूmल थरि थरिका हुन्छन् तिनलाई ओइली झर्ने नपार, तिर्खालुलाई पिउन दिंदा सागरको जल कति घट्ला त्यसो हुँदा तिर्खालुलाई जल छैन भनी नटार, जेकर्म गर्नु छ यही जुनीमा गरौं, अर्को जुनीलाई भनी भाका नसार, भन्दै गजलकारको आग्रह छ । गजलकारले मायालाई ठूलो महत्व दिनु भएको छ । प्रेमप्रणयलाई टिपेर लेखिएका यी गजलले प्रेमको व्याख्यालाई अनन्तरूप दिएको देखिन्छ । प्रेम जति बाँडे पनि सकिदैन, मानवीय जीवनमा मायाले नै संसारलाई प्रभाव पारेको छ अपनत्वलाई अघि सारेको छ जीवनलाई सार्थक पारेको छ ।
फुर्सद मिलेन– फुर्सद मिलेन हेर्न किन भनी गजलकारले प्रश्न राखेका छन् । जीवन भरि आँखाबाट आँसु, झार्दा झार्दा र आँसुबाट निर्मित दाग धुँदाधुँँदा जीवन वित्ने हो कि भन्ने आशङ्कमा छन् । मुटुमा दाग लाग्दा जिउको बुँदाबुँदामा आगो दन्किरहेको हुँदा, भए जतिको खजना खुसीले सबै लुटाएर आज गहिरो व्यथा बोकेर कुनाकुनामा रोइबसेको भए तापनि । अतीतका घटना छाडेर गए तापनि जानेलाई सास हुँदासम्म खुसीको स्वागत गरियोस् तर म भने लास भनुभने लास होइन , किनकि म कालले छुँदा पनि सास चलिरहेको अवस्थामा बाँचिरहेको छु भन्ने धारणा छ गजलमा । मानव जीवनमा प्रेम अमूल्य रत्न हो र यो रत्न प्राप्तिको लागि मानिसले आफ्नो जीवनमा आइपर्ने सबै चिजलाई त्याग्न सक्छ र जीवनभर रुन सक्छ सर्बस्व नै लुटाउन सक्छ तर बसेको माया मेटाएर मेटिदैन भन्ने धारणा पाल्पालीका गजलले पोखिरहेका छन् ।
हुन्छ मात्र भन – मानवजीवनमा प्रेमले ठूलो प्रभाव पार्दछ । यहाँ गजलकारले आफ्नी प्रेमिकासँग प्रेममा स्वीकृति खोजेका छन् । प्रणय बन्धनमा बाँँधिनु भन्दा पहिला सहज वातावरणको सिर्जना गर्न चाहन्छन् । 'हुन्छ मात्र भन म, तिम्रो लागि सारा अमूल्य बस्तु ल्याइदिउँला भन्ने कबोल गर्दछन् ।  जून र तारा ल्याइदिउँला' भन्दै यी अमूल्य बस्तु ल्याउनको लागि आपूm बलवान, क्षमतावान रहेको, कुबिचार चिर्नको लागि आवश्यक परेमा आरा ल्याइदिने, साथ दिएमा विकासको नौलो नारा ल्यादिने, उनको चाहनाको लक्ष्य पूर्तिको लागि प्रेमीले तनमन खियाएर चारा ल्याइदिने र पे्रमिकाको मन प्यासी हुन गएमा प्रेमसुधाको धारा नै ल्याइदिने बचनबद्ध छन् गजलकार प्रेम प्राप्तिको लागि सर्बस्व नै त्याग्ने अठोटका साथ खडा भएका छन् । गजलकार । वास्तवमा संसार मायामा नै त अडिएको छ । माया÷ प्रेम बिनाको मानिसमा मानवताको स्थान कहाँ हुन्छ होला ?
बाँधे मायाको डोरी– जब कोही कसैसँग मायको डोरीमा बाँधिन्छ भने त्यो डोरी अतिनै बलियो हुन्छ त्यसलाई कसैले टुटाउन सक्दैन र शत्रु हजार लागे पनि छुटाउन सक्दैन, लाठी र तरबार लिएर कसैले कुटाउन सक्दैन , मायालाई घनले पनि फुटाउन सक्दैन, प्रेममा कलह गर्ने मानिस कोही भएर हजार भेला गराए पनि मायाको डोरीलाई टुटाउन सक्दैन, त्यसो हुँदा 'बुझ्नेहरूले प्रेमको डोरीमा बाँधिएकाहरूलाई टुटाउने होइन, जुटाउने काम गर्नु पर्छ । सारा लुटाए पनि  मायाप्रीतिमा बाँधिए पछि , अबुझ  कञ्जुसले पनि मायाको डोरी टुटाउन सक्दैन' ।  वास्तवमा मायाप्रीति दिनको र लिनको लागि जो कोही पनि दिलदार हुनुपर्छ र मात्र चोखो मायाको आदान प्रदान हुन सक्छ । स्वार्थहीन माया अमिट हुन्छ र दिगो रूप लिन सक्छ ।
कहिले हुने हो भेट –बिछोडको समय दुःखदायी हुन्छ, बिदा लिएर प्रदेश जाँदा गजलकारले भन्छन् –
कहिले हुने हो भेट आफै भनेर जाऊ,
सुखी जीवन बित्ने निधो गरेर जाऊ' ।
 मिलन र बिछोडले सुख दुःखको अनुभूति गराउँछ । बिछोड हुँदा दिन अँध्यारो लाग्छ  र, एक्लै विरक्त पनि लाग्छ । त्यसोहुँदा दिन बिताउनको लागि मन बहलाउने चिन्नुको माग, राख्दछन् ।  विछोडमा हुने वेदनामा दुःख भरेका खोला तरेर अर्थात बेदनालाई पार गर्दै, कष्टबाट पार पाउन पीडालाई यहीं छरेर जाने सुझाव दिन्छन् । गजलकार भन्छन् –
'थामिरहेछु भारी गाँठो दिलैमा पारी,
खाली रहेको मनमा मायाँ भरेर जाऊ'
 वास्तवमा मानव जीवनमा प्रेमबाट सुखि जीवनको परिकल्पना गर्न सकिन्छ । स्वार्थरहित प्रेमले मानव जीवनमा प्रगतिको सोपान खडा गर्दछ र मानव जीवनलाई उचाइमा पु¥याउँछ ।
पिरती नै सम्पत्ति–यस गजलमा गजलकारले  पिरतीलाई उच्चता दिंदै लेख्छन्–
पिरती नै सम्पत्ति हो धनलाई के गरूँ म,
बिरूवा त सारिदिन्थे मनलाई के गरू म ' ।
 पिरतीको अघिल्तिर सबै धन दौलत तुच्छ हुन्छ । लक्ष्मीप्रसाद देवकोटाले भनेका छन् 'हातको मैला सुनको थैला के गर्नु धनले , साग र सिस्नु खाएको बेश आनन्दि मनले । वास्तबमा पाल्पालीजीका धारणाहरू प्रेममा उच्चछन् । बिरूवालाई सार्न सके पनि मनलाई सार्न सकिदैन । आत्मामा गएर बसेको बस्तु त मानव जीवनको एक अभिन्न मित्र हो न त यसलाई मेटाएर मेटिन्छ न त यसलाई धोएर पखालिन्छ, न त बगाएर बग्दछ, तनसँग आवद्ध छ, तनमा दुःखदायी काँडाहरूको वन नै भएर भरिएको छ, । यी दुःखदायीमा दानव नै आवश्यक प्रदैनन् मानिस भए पुग्छ  भन्दै गजलकारले कारुणिक यथार्थता पोख्नु भएको छ । आजका मानवको कृयाकलाप दानवीय प्रबृत्तिको छ र यस दानवीय प्रवृतिबाट मुक्तहुन आवश्यक छ । माया पिरतीको उचाइसँग धनको उचाईलाई तुलना गर्न सकिदैन भन्ने धारणा आएको छ ।
जून हैनः– गजलको प्रस्तुति यसप्रकार छ–
'जून हैन तिमीलाई घाम सम्झिएँछु,
मानिसमा तिमीलाई राम सम्झिएँ छु'।
गजलकारले प्रकाशमय जीवनको खोजी गरिरहेका छन् । शितलतालाई झनै प्रकाशिलो बनाउन जूनमात्र नभै घामको चाहना गरेका छन् गजलकारले । मानिसमा पनि सर्ब श्रेष्ठ पुरुष तथा भगवान रामको स्थानमा स्मरण गरेको कुरा यहाँ प्रष्ट पार्न खोजिएको छ । जीवनको मन्दिरमा तिम्रो मूर्ति राखेर त्यसैलाई दिव्यधाम सम्झिएर, माला पनि तिम्रो नै जपेर, यो मालाजपाइलाई दैनिकी बनाइएको हुँदा यसैबाट चाहेजति माया मिल्छ भनी जिन्दगी नै बास बस्ने ठाम सम्झिएर  माइतलाई टाढा बनाएर, गोत्र फेरेर आपूmसँग मिल्ने आग्रह गरिएको छ । प्रेममय संसारमा मानवीय जीवनमा एकले अर्कालाई उच्च आदरका साथ ग्रहण गर्नु साथै त्यसैलाई ईश्वरीय तत्वसँग लगेर जोड्नु र दिव्यधामको संज्ञा दिनु भनेको मायाप्रेमको स्थान गजलकारमा अति उच्च भएको ठान्नै  पर्छ ।
जति भिज्न लागेँ–
'जति भिज्न लागें त्यति रुझ्न लागे,
जति बुझ्न लागें त्यति डुब्न लागें' ।
बस्तवमा प्रेमको गहिराईमा डुबुल्की मार्नको लागि त्यसमा भिज्नु पर्दछ, त्यसमा रुझ्न पनि सकिन्छ र आनन्दमय अनुभूति पनि गर्न सकिन्छ । बुझ्दै जाँदा रसदार आनन्दको अनुभूति हुँदै जान्छ र मानिस त्यसैमा डुब्न थाल्दछ । निस्वार्थ प्रेमको डुबाइले निश्चय नै दुबै पक्षलाई हितकारी फल प्राप्त हुन सक्छ तर स्वार्थी डुबाइमा डुब्न थालियो भने जगतको नजरमा पनि खसिन्छ र आफै शर्ममा परेर लुकी लुकी हिड्न पर्ने अवस्थाको सिर्जना पनि हुन्छ । यो अवस्थाको सिर्जना त आफ्नै अहम्तारूपी कारणबाट हुन जान्छ । यो 'मै हुँ भन्ने बानी मेरै शत्रु मानी, आँखा खुले पछि सारै सुक्न लागे' । अहम् भावना निश्चय नै मानिसको ठूलो शत्रु हो यसबाट मुक्तिप्राप्त गर्दा मानवले सुमार्गकोे अवलम्वन गर्छ । यस्तो अर्ति प्राप्त गर्दा केही बोझिलो पनि हुन्छ । यही बोझिलो कारणले गर्दा मानव श्वभाव नम्रतामा झर्छ भन्ने सन्देश दिंदै गजलकार भन्छन् –
'अन्त्य सम्म पनि पूर्ण देखिदैन
मेरो बुद्धिले त यही बुझ्न थालें' ।  
प्रकृतिको सिर्जनामा सबै चीजमा पूर्णता कोहीं पनि हुँदैन । यो कटुसत्य पनि हो ।
मीठा ती नजर– नजर थरिथरिका तर मीठा ती नजर जमाएर, रहरलाई समाएर दिललाई उघारेर, मायाको सहर बनाएर, फुलाएको सप्तरङ्गी पूmल केशमा गुँथेर रमाएर, पिरतीको पसल खोलेको छ, साझेदारीमा कमाउँला त्यसको लागि  अकबरी सुन हुँ कसी लगाएर जँचाएर आउन सक्छौ । कथम्कदाचित मुटुको तार छिन्न गए असर देखाई रसाएर आऊ भन्ने आग्रह गरिएको छ । कसैलाई ग्रहण गरिन्छ भने अवश्य पनि त्यसको बारेमा जानकारी हुनु पर्दछ अकबरी सुन किन नहोस् त्यसमा कसी लाउनै पर्छ । सुद्धताको पहिचान गरेरमात्र त्यसलाई ग्रहण गर्नु पर्दछ । गजलकार शुद्धतामा प्रष्टछन् ।  
मायालु ती आशा–
'मायालु ती आशा  बिलाउन सकिनँ,
लजालु ती आँखा मिलाउन सकिनँ' ।
तिम्रो तस्बिर दिलमा सजाएँ, तर रसाएका ओठ सिलाउन सकिन, मनरूपी मायाको दहलाई तिमी तिर्खाए पनि पिलाउन सकिन, पौरख धेरै गरे पनि निर्मोहीको मायालाई जिलाउन सकिन, हेराइले छवि नै विग्य्रो तर असल कुरालाई दिलाउन सकिन । त्यसोहुँदा मायालु ती आशा बिलाउन सकिन भन्ने भावनालाई पोखिएको  छ । गजलकारले आएको मायालाई दिलमा सजाउनु पर्छ भावनालाई पोख्न सक्नुपर्र्छ र बुझ्न पनि सक्नुपर्छ अनि मात्र माया प्रीतिमा सफल भइन्छ भन्ने धारणा राखेका छन् ।
दैवको वरदान–
'दैवको वरदान बराबर छैन,
 गाह्रो छ नियम सरासर छैन' ।
संसार विषमताले भरिएको छ, थरिथरि फलाकिन्छन्, कसैको भरोसा मान्न सकिदैन, कसम खानेहरूको कुरा पनि मान्न पर्ने कर र्छैन, रूप पनि पहेंला उजेला देखिन्छन् र इमान र व्यवहारमा पनि समानता छैन तर लेखेको नभोगी कहाँ सुख मिल्ला, रीतमा नडुबी चराचर छैन भन्ने धारणा राखिएको छ । लेखेको पाइन्छ देखेको पाइदैन तर पनि इमान र व्यवहारलाई त्याग्न भने हुँदैन । असमताले भरिएको संसार भए पनि समनताको चाहना भने राख्नै पर्छ  भन्ने धारणा छ गजलमा ।
सानो छ घाँटी– यो गजल द्वन्द्वसँग  गाँसिएको छ र आशंकाले भरिएको छ । पढौं  शेरहरू–
'सानोछ  घाँटी मेरो छप्काइदिने त हैनौ,
ओतिलो घर मेरो भत्काइदिने त हैना'ै ?
तिम्रो चालचलन हेर्दा, बन्दुक भरेको देख्दा पड्काइदिने हौ कि ? तिम्रो अभद्र व्यवहार देख्दा भर लाग्दैन, अहंकारी भएर मुटुको पिरतीलाई लप्काइदिने त हौ कि आदि प्रश्नको साथै गजलकारले भन्छन् –
'उमारे थोरै आशा मनको किनारभित्र,
चम्काएर खुकुरीझैं चप्काइदिने त है नौ' ।
द्वन्द्वले भरिएको यो संसारमा मानव संहारको कमी छैन ,गजलकारले घाँटी छप्काई घर भत्काई दिने हौ कि भन्ने जो आशंका गरेका छन् बास्तबमा आज समाजमा घटिरहेका घटनामा आधारित गजलको यीे शेरले माओवादी जनयुद्धले निम्त्याएको यथार्थतालाई प्रष्ट्याउने प्रयास गरेको छ ।
भत्किदैछ गाह्रो –
'भक्तिँदैछ गाह्रो दरबार बन्दा बन्दा,
तर्किदैछ माया घरबार बन्दा बन्दा'।
 मानव जीवनमा यस्तो समय पनि आउँछ विकास पथलाई निरन्तरता दिन चाहँदा चाहँदै पनि सवलता छाड्दै दुर्बलमार्ग तिर धकेलीन्छ । मनका आशाका पाथीलाई चुल्याउन चाहे पनि, त्यो चुलिन सक्दैन, मिनार बन्न सक्दैन, पूmलका वाग सजाएर गुल्जार बनाउन चाहे पनि, गुल्जार बनाउन सकिदैन बरु सुक्न थाल्दछन् र स्नेहका मूलहरू फुटाएर माझधार बनाउन चाहे पनि मूल सुक्न थाल्दछन् । गजलकारले चाहेको संसारको  सुन्दर  निर्माण अगाडि बढ्न सक्दैन  अल्झिदै जान्छ र सकिदै जान्छ –
'अल्झिदै छ किन कञ्चन पारो मेरो,
सर्किदै छ माया संसार बन्दा बन्दा' ।
जीवनमार्ग सधैं एक नासको रहँदैन, प्रगतिको मार्गमा पनि अवरोध आउँछ भन्ने धारणा सहज रूपमा यहाँ आएका छन् । यो कटु सत्य  हो । सत्यकुरा मीठो भन्दा तीतो हुन्छ ।  
निर्मोहीको मुहार–
'निर्मोहीको मुहार भुल्न सकिएन,
ईश्वरको विचार बुझ्न सकिएन' ।
प्रेममा आधारित यो गजलमा गजलकारको विविध धारणा आएका छन् । बास्तवमा प्रेम भनेको दुई व्याक्ति बीचको भावनात्मक आकर्षण हो । यी  आकार्षणको आधारमा  प्रेमको परिभाषा व्यापक रूपमा गरिएका छन् । यसरी नै विविध खाले प्रेमका प्रकार पनि छन् । एकोहोरो प्रेममा एक व्यक्ति अर्को व्यक्तिसँग आकर्षण हुन्छ तर अर्को व्यक्तिलाई त्यो आकर्षणले छुँदैन त्यति वेला एकोहोरो प्रेमी वेचैन हुन्छ । उसलाई माया गर्ने गल्ती गरेको भान पनि हुन सक्छ । एकातिर मानिस स्वाभिमानी पनि हुन्छ । स्वाभिमानी भएकाले ऊ झुक्न पनि त सक्दैन अनि सहारा बनेर भएर खुल्न पनि सक्दैन । त्यति हुँदा हुँदै पनि पीरवाधाहरू सहन सक्छ । मायाबाट पार पाउनको लािग काँचो धागोसरि टुट्न पनि सक्दैन । प्रेममा  हराभरा जीवन हुनु पर्ने हो तर त्यो पनि वैलिएझै लाग्न जान्छ र पाकेको इमली सरह पाकेर पनि सुक्न सकिदैन भन्दै गजलकारको मार्मिक धारणा यसरी प्रष्टिन्छ–
'उनी अति अनमोल मूल्य भएकी,
बराबरी उहाँको पुग्न सकिएन' ।
यो प्रकृति–प्रदत्त चीजहरूमा कोही पनि कसैको तुल्य हुँदैन ।ईश्वर भन्नु भावनात्मक अनुभूति हो । यो अनुभूतिमा ईश्वरको बिचारलाई जसरी ग्रहण गर्न सकिन्छ त्यसरी नै गर्ने हो ।
सुख शान्ति दिने –
'सुख शान्ति दिने मेला कहिले आउला,
आफैलाई चिन्ने बेला कहिले आउला' ?
विषमताले भरिएको यो संसारमा समताको खोजीमा गजलकार छटपटाउन थाल्दछन् र उनले प्रश्न राख्छन्–सुख शान्ति दिने मेला कहिले आउला, मानवले आपूmलाई चिन्ने बेला, ठूलो सानो जातभात आदि भेद समाप्त भै बराबरी हुने बेला देशमा भूmटको आड छोडेर सत्यतथ्य खेल खेलेर देश विकास गर्ने वेला कहिले आउला, कोही महलमा बस्ने र कोही पाखा पखेरामा बस्न पर्ने विषमताको अन्त हुने बेला कहिले आउला भन्दै गजलकारको धारणा यसरी झल्किन्छ–
कोही रुन्छ भोकले कतै व्यञ्जन मीठो,
प्राण धान्न पुग्ने जेला कहिले आउला' ।
वास्तबमा संसारका अत्यधिक प्राणाीहरूमा गास, बास कपासले सताएको छ । दिनभरिको कमाईले छाक टार्न कठीन छ । प्राण धान्न सक्ने जेलाको खोजी गर्नु एउटा कटु सत्य हो  । यो कटु सत्य आजको सन्दर्भमा हेर्दा अझै बढ्दै गएको छ । यो चिन्ताको षिय हो ।
शीत हुन सकिनँ – यस गजलमा गजलकारले आजको मानव प्रबृतिलाई केलाउने प्रयास गरेका छन् –
'शीत हुन सकिन पातहरूमा बस्न,
मीत हुन सकिन हातहरूमा बस्न' ।
आजको समाजमा शीतलता र कोमलताको अभाव  छ  । मीत हुनु भनेको हित गर्नु हो तर मीत बाटै विविधखाले दुर्घटनाहरू निम्तिएका छन् । मानवले मानवप्रतिको व्यवहार स्वच्छ र पवित्र हुनु पर्छ तर त्यो पनि आज मानिस जालहरूमा प्रवेश गरेर कालोलाई सजिलै  पचाउन सक्षम देखिन्छन् ।र समाजमा साम दामको प्रयोग हुन्छ । शीतलता र मित्रताको सट्टा कर्ताहरू आँखामा बिझ्ने भएर सबैलाई डराउने बनाए पछि रातमा बास बस्न पनि नपाउनु स्वभाविक हो । त्यसो हुँदा समाजमा मिठो हुनु पर्ने त्यो पनि नसकिएको मा गजलकार लेख्छन् –
्'कार्य मेरा नूतन हुन नसकी होला,
मीठो हुन सकिनँ वातहरूमा बस्न' ।
गजलकारले पोखेका अभिव्यक्तिले सत्यतालाई एवम् कार्यशैली परम्परालाई समाएकाछन् ।समाजमा असत्य मीठो हैन सत्यता र नूतनताले मीठो हुनु पर्छ भन्ने धारणा गजलकारले पस्केका छन् ।
अक्षुत त होइन म– प्रेममा समिपता खोज्दै गजलकारले भन्छन्–
 'अक्षुत त होइन म छोइदिएर जाऊ,
पिरतीको दाग मेरो धोइदिएर जाऊ' ।
 प्रेममको यादको अग्नि ज्वालाले जलाउँदा प्रेमको मोइको शीतलताको आवश्यकता पर्दछ, जीवन साथीको लागि कुरेर बस्दा मनको ग्रन्थी बाँधिन जान्छ, प्रतिक्षाको घडी त्यति सहज छैन त्यसो हुँदा बाँधिएको ग्रन्थीलाई फुकाउन समिपताको खाँचो पर्दछ, प्रेममा विहोल भइन्छ, रोइन्छ, रुँदा साथै रोइदिनेको आवस्यकता पर्दछ भन्ने धारणा आएको छ । वास्तवमा साँचो प्रेम नै सफलताको कडी हो । सामजिक बन्धनले बाँधिएको मानिसलाई एक्लो महसूस हुनदिन हुँदैन भन्ने, प्रेममा सामिपत्यको आवश्यक पर्दछ भन्ने सत्यतथ्य धारणा आएको छ गजलमा ।
ती आँखाको सगरमा –
'ती आँखाको सगरमा डुवाइरहेछौ,
आजभोली मलाई पनि भुलाइ रहेछौ' ।
वास्तवमा यी नयनरूपी प्रेमसागरमा जति पौडी खेले पनि तृप्त भइदैन । समय गएको पत्तै लाग्दैन, जति हेरो त्यति राम्रै देखिन्छ त्यसैमा मन डुली रहन्छ, सुर, ध्यानहरू हुरी बनी त्यतैतिर उडीरहन्छ, नयनका ती प्यालामा कमल फुलेको देखिन्छ र लाग्छ–
'निराशाका दिन अव अपेक्षा गर्दैछन्,
कोपिला झै मन मेरो फुलाइरहेछौ' ।
आनन्दको अनुभव जव हुँदै जान्छ मनमा कोपिला फुल्न थाल्छन्, मनमयुर नाच्न थाल्छन् सबै राम्रै राम्रै देखिन थाल्छन् जस्ता धारणा बगाएका छन् गजलकारले  ।मिठासले भरिएका छन् यी गजलका शेरहरू ।
पूmलै फक्रिएको– प्रेममा आधारित यो गजलमा पूmल र प्रेमीलाई तुलनात्मक चित्रणा गर्दै आशालाग्दा भावनालाई छर्दै गजलकारले प्रश्न राख्छन्–
'फूलै फक्रिएको बास छर्न हो कि ?
तिमी हुर्किएको आस भर्न हो कि ?' ।
कोपिला फक्रिएर पूmलले आकार लिन्छ अनि सुवासले युक्त हुन्छ । यसरी नै यौवनताले भरिए पछि प्रेमिका आश लाग्दि हुन्छिन् । रूप ज्योतिपूर्ण देखिन्छ ।माथि इन्द्रेणीसँग पुगेको आभास हुन्छ । लतासँग झुल्दै  तल ओर्लदै, मनको बगैंचामा सर्न थाल्दै मन चोर्न आएको हो कि, प्रेमसागरमा दुबै सँगै सँगै तर्नलाई हो कि आदि मनमा आनन्दमय तर्कवितर्कका भावना पलाउँदा नपलाउँदा प्रेमिकालाई बन्द कोठामा पाउँदा रोमान्चित हुँदै गजलकारले प्रश्न राख्दै भन्छन् –
'बन्द कोठाभित्र ओठ चले तिम्रा,  
मनमा गुम्सिएका कुरा गर्न हो कि ?
मनको बह कतै नकह भनिन्छ तर कहिले भावनालाई पोख्दै दुबैले चाहनालाई साटासाट गर्दा निश्चय  पनि आनन्दमय अनुभूति मिल्नु स्वभाविक हो । ।  
बाजी त मारिएन –
'बाजी त मारिएन सफाइ कम भयो कि,
 माया त नारिएन फकाइए कम भयो कि, ।
 बाजी मार्नको लागि सफाइको आवश्यक्ता र माया नार्नको लागि फकाइको प्रचुरता, कर्मको नाउलाई पारितार्न खियाइको आवश्यक्ता, रोगका खरखजनालाई झार्न उच्चाइको आवश्यक्ता र जीवनलाई सुन झै झलल पार्न खारेर गलाउनु पर्ने आबश्यक्ताको साथै कुनै चीज टार्नको लागि सुनाइको आवश्यक्ता पर्ने हुन्छ भन्ने ठहर छ गजलमा ।गजलकारले सुन्दरताको खोजी गरिरहेका छन् ।
महङ्गीले – महगाइले गरिब जनस्तरमा पारेको असरलाई गजलकारले प्रष्ट्याउने प्रयास गरेका छन्–
'महगीले शासन चलाईरहेछ,
गरिबको खुबी गलाइरहेछ' ।
आज देशका गरिब जनतालाई महगीको मार सहन बाध्यता छ र गरिबीले गरिब जनतालाई गलाइरहेको छ । रोजगारीको अन्यौलताले दुखियाको पेट दुखाइरहेको छ । आजको फेसनले क्यान्सरको रूप धारण गरेकोले घरघरमा रोग बढ्दो क्रममा छ । यस्तो पीडाबाट निकास हुन आवश्यक छ तर गरिबले कहिले निकास पाउँछन् र विकास होला भन्ने आशा पनि हराइरहेको छ ।  यी सबै पीडाबाट मुक्तिप्राप्त गर्नको लागि जानकारी पाउने अधिकार हो र आवश्यकता पनि हो तर त्यो पनि आज प्राप्त गर्न सहज छैन भन्ने धारणा छ गजलकारको ।
दिएका चोटहरू – प्रेमीले प्रेमिकाले दिएका चोटहरू लिएर, मिलेका खोटहरू सिएर, छातीभित्रको सानो मुटुमा प्रेमिकाका फोटाहरू सजाएर राखेको छ तर प्रेमिले भने प्रेमिका बाट दिनहँु दुःख मात्रै पाएको छ । प्रेमीलाई यो दुख दिने प्रेमिकाको रीतै बनेको अनुभुति भएको देखिन्छ । त्यो प्रेमको रीत विषालु हुँदो रहेछ । यस्तो विषालु रीतलाई प्रेमीले विष भए पनि पिएर जिएर बसेको र फलाम सरिको बलियो ज्यान प्रेमको खियाइबाट खिएर गएको छ । तर पनि गजलकारले भन्छन्–
 'हजार कष्टहरू समेटी बसेको छु,
पानी झै रोगहरू पिएर राखेको छु' ।
प्रेमको यो रोग अति कष्टकर हुँदाहुँदै पनि जव मानिसमा यो रोगले समाउँछ मुक्ति प्राप्त गर्न कठीन हुन्छ, मानिस अल्झिदै जान्छ बल्झिदै जान्छ र अति कष्टहरूलाई अङ्गाल्दै जान्छ ।  कहिले प्रेम सफल बन्छ भने कहिले प्रेम असफल भएर विविधरूप ग्रहण गर्दछ ।  
सबैसँग–
 प्रेममा आधारित यो गजलमा गजलकारले भन्छन् –'
प्रगतिको पथ मायाप्रीति रैछ,
दुःख दिने बाटो छोडू छोडू लाग्छं' ।
यसको लागि गजलकारले सबैसँग हात जोड्ने, हृदयमा भएको पत्थर फोड्ने, चारै दिशा घुम्नलाई छेक्ने बार÷ अबरोधलाई तोड्दै शान्ति प्राप्त गर्ने बाटोको अबलम्बन् गर्न आवश्यक छ भन्दछन् । शान्ति मार्ग अवलम्बन गर्न आपसमा मेल मिलाप हुनु पर्दछ । यस्तो शान्तिप्रिय मार्गमा हिड्दा कसैले खलल पु¥याउँछ भने त्यो विषालु झार हो त्यसलाई गोड्नु पर्छ तथा फाल्नु पर्छ र मीठो मायाको मार्ग अबलम्बन गर्नु पर्छ भन्दै गजलकारले लेख्नु हुन्छ–
'यो जगतभरि छाया दिन सक्ने,
यही मीठो माया ओढूओढू लाग्छ' ।
जगत भरिलाई ढाक्न सक्ने शक्ति भएको मीठो मायालाई आत्मसात गर्नु पर्दछ र शान्ति प्राप्त हुन्छ भन्ने ठहर छ गजलकारको ।
थोपाथोपा पसिनाको– श्रमको खोजीमा लागेका गजलकारले थोपाथोपा पसिनाको काम आउनु पर्ने, काम ठूलोहोस् या मसिनो होस् त्यसबाट दाम आउनु पर्ने, जाडोले काप्दो शरीरलाई न्यानो दिन घाम लाउनु पर्ने, कसैले काम दह्रो बनाएर अघि बढ्छ भने तुल्य तुल्यसरीको माम आउनु पर्ने, प्रगति होस् भनेर झण्डा बोकेर हिड्दा नाम आउन पर्ने र जता गए पनि अँध्यारो भएर बाटो रोकिन्छ भने बाटो खोल्न राम आउनु पर्ने तर त्यसो हुन सकेको छैन÷ त्यस्तो समय आउन सकेको छैन भन्दै गजलकार भन्छन्
–'तन मन लगाएर कति जोहो गरें,
तर पनि सुख दिने ठाम आइदिएन ।
गजलकारले पसिनाको मूल्य खोजेका छन् र यथास्थानबाट प्राप्त हुने सहयोगको अपेक्षा राख्दा पनि आजको यो संसारबाट प्राप्त हुनु पर्ने तर प्राप्त हुन नसकेको यथार्थतापरक धारणालाई यहाँ पस्केका छन् ।
हाम्रो हित– मातृभूमिलाई शान्ति र सबैलाई हित हुने प्रीतको खोजीमा छन् जलकार –
'हाम्रो हित हुने हीत माग्दैछु,
देशमा शान्ति हुने प्रीत माग्दैछु ।
देशमा रहेका भीर पाखा सबै ठाउँमा एकै सुर दिने गीतको खोजीमा, आमालाई हँसाउने मीतको खोजीमा, आमाले न्यानो माया दिएर यो प्राणलाई थामेको हुँदा आमाको मान राख्ने् रीतिथिति बसाल्नु पर्ने आवश्यक्तामा र आमाको लागि जीवनै कुर्वानी गर्न परे कुर्वानी दिएर भए पनि सधैं आमाको जीत हुन आवश्यक छ भन्ने धारणा आएको  छ गजलमा । जननी र जन्म भूमि स्वर्ग भन्दा पनि प्यारो हुन्छन् भन्ने धारणा र भावनालाई अबलम्म्वन गरेको छ गजले ।  
सजाएर राख – यस गजलमा पनि प्रेमीकालाई आफ्नो चोखो मायालाई जे जसरी राख्ने हो राख भन्ने सुझाव दिंदै गजलकार लेख्छन्् –
'सजाएर  राख   बचाएर  राख,
 दिएँ चोखो माया जोगाएर राख' ।
कमल पूmल हिलोमा फुल्छ तर यसलाई शीरमा सिउरेर लगाएर राख्न सकिन्छ । प्रेम पनि आदरताको साथमा बचाएर तथा जोगाएर राख्नु पर्दछ । प्रेम भनेको सनातन हैन यो बराबर हो ।  त्यसो हुँदा गलाएर होस् या दलाएर होस्, सारा पसिनाको धारा तिर्मै लागि झारिदिएको हुँदा चिस्याएर होस् या उमालेर होस्, मायालाई सजाएर राख्नु पर्छ । यदि कसैले जान्दछ भने माया जीवनमा फुल्ने बसन्त हो यसलाई विझाएर होस् या रिझाएरहोस् राख्नु पर्दछ भन्दै गजलकारल यस्तो आग्रह गरेका छन् –
'यो जुनी त मैले तिमीलाई दिएँ,
हँसाएर राख रुवाएर राख' ।
वास्तवमा प्रेमिले प्रदान गरेको चोखो प्रेमलाई प्रेमिकाले हँसाएर सुखमय जीवनको परिकल्पनामा राख्नु दायित्व पनि हो । गजलमा भावनात्मकरूपमा यथार्थ प्रेमलाई प्रदान गरिएको छ । यसको ग्रहणा गर्ने या नगर्ने त्यो त प्रेमिकामा भर पर्ने कुरा हो ।
प्रकृतिको यस्तो रीत–
'प्रकृतिको यस्तो रीत नहुँदो हो,
मेरो पनि यस्तो प्रीत नहुँदो हो' ।
प्रकृतिले सजाएको प्रकृतिले चलाएको यो रीतलाई कसैले पनि बदल्न सक्दैन । प्रकृतिको जस्तै अकाट्य हुन जान्छ प्रेम पनि । प्रीतको सुमधुर गीतको धुनको अगि सबै साजबाज फिका पर्दछन् । जिन्दगीमा मिल्ने मीतको अभावमा पनि जीवन उराठिलो र काँडासरी हुन जान्छ । यो सारा संसार नै मायामोहतिर लाग्नुको कारण पनि पिरतीले सबको हीत गर्दछ साथै युग युगसम्म मायाको जय जय हुन्छ र जीत हुन्छ भन्ने कारणले नै हो । गजलकारको धारणा स्पष्ट छ । मायाले यो संसारमा आफ्नो जरो दर्बिलो रूपमा गाडेको छ र मायाबाटै यो संसार चलेको छ ।
निर्मोहीले–
'जब मानिस एकोहोरो मायामा फस्छ दोहोरो मायाको अनुभूति हुँदैन उसले ठानेको मोही नै निर्मोहीमा परिणत हुन्छ । निर्मोहीका नयन चलाईबाटै हृदयमा आगो जल्न थाल्दछ । हृष्टपुष्ट हट्टाकट्टा मानिस पनि थलापर्न जान्छ । हिउँसरि गल्न थाल्छ, निर्मोहीमा कुनै असर देखिदैन बरु उनी लहलह हुँदै जाने क्रम हुन्छ तर प्रेमी भने मध्यान्नको घाम बाट सुकेर मरणासन्न हुन जान्छ भन्दै गजलकारको यो गजलको अन्तिम शेरबाट मार्मिक वेदनालाई आत्मसात गरौं–
आकाशमा उडेँ पातालमा गुडेँ,
कस्तो नशा फ्याँकी ढलाएर मारिन्' ।
जति गाह्रो –
'जति गाह्रो हुँदो रैछ गीत चिन्नलाई,
त्यति गाह्रो हुँदो रैछ मीत चिन्नलाई' ।
सुनको शुद्धता पहिचान्को लागि कसी लगाए सरह हरेक चीजको पहिचान गर्नु पर्दछ । खास बस्तुको यथार्थता बुझ्न गाह्रो पर्दछ । मानिसले मानिसलाई चिन्न सर्बप्रथम उसको व्यवहारलाई चिन्न सक्नु पर्दछ । व्यवहारमा शुद्धता बिनाको मानिसलाई कसरी राम्रो ठान्नु ? गीतको भावलाई र मीतको व्यवहारलाई चिन्न गाह्रो हुन्छ । प्रकृतिको रीत आफ्नो मार्गमा छ तर मानवको रीत तथा कर्मशैली चिन्न गाह्रो छ किनकि यो आफ्नो मार्गमा चल्दैन  । यसरी नै सामानको प्रयोगको हितकारिता, प्रेम पहिचानको लागि सुमार्गको पहिचान, युद्धमा हुने तलमाथि र त्यसको जीतलाई पहिचान गर्न गाह्रो हुन्छ तथा सहज र सुलभ तरिकाबाट कुनै चिज प्राप्त गर्न सकिदैन यस्को लागि प्रयत्नको खाँचो पर्छ भन्ने धारणा छ यस गजलमा ।
सक्रिय उहाँलाई –
'सक्रिय उहाँलाई बनाउँ कसरी ?
 जीवन भरिलाई मनाउँ कसरी' ?
गजलकारले जीवनभरको साथ खोजिरहेका छन् र उनीँलाई जीवन भरलाई मनाउने प्रयासमा छन् । मायाका कहानी खात भएर बसेकामात्र नभै डेरा जमाएर बसेका छन् । वेदना बगाएर  बसेका धर्तीभरिका अनेक रहरहरू रुमलिएर बसेका छन । यस्ता यी मार्मिक यथार्थताहरूबाट उनलाई कसरी आश्वस्त पार्ने सकिन्छ र उनको जीवनभरको साथ कसरी लिन सकिन्छ  भन्ने मार्ग खोजिरहेका छन् गजलकारले ।
छातीको डहन यो – कहिले छातीमा बज्र पर्छ, कहिले छातीमा डहन हुन्छ मायालाई प्राप्त गर्न मायाका सोपानहरू चढ्न सक्नु पर्छ । मानिस सानो भएर के भो हिम्मत सानो हुनुहुन्न । प्रेमका शत्रुलाई बीचबाटोमै छेक्न सक्नु पर्छ । चोटलाई फर्काउन सकिन्छ त्यसो हुँदा कायर भएर बाँच्न हुँदैन । निर्दयी घातीसङ्गबाट कुनै चीज प्राप्त गर्न सकिदैन भन्ने धारणा पोख्दै अन्त्यमा गजलकारले सारा पीर बाधा खेप्नलाई  र न्यानो मायाको रोगलाई प्रेमी दिलको सेकाइले रोग मुक्त गर्नको लागि गजलकारले यसरी आग्रह गरेका छन्–
'बहिरङ्ग किन धाउँ ओखती किन खाऊँ,
न्यानो मायाको दिलमा यो रोग सेक्न देऊ' ।
 प्रेमीले प्रेमिकाका सारा दर्द आत्मसात गर्न खोजेका छन् र माया सफल भएमा सारा दर्द औषधी विना नै रोग मुक्त हुन सकिन्छ भन्ने विश्वास गरिएको छ ।
हुनुपर्ने–
'हुनुपर्ने भाकिरै'छौ बैंस भरेर हो कि त,
जति हेरे यति राम्ररी मन पारेर हो कि त' ।
जवानीले मानिसको शारीरिक सौन्दर्यताको संरचना नै आकर्षणयुक्त परिवर्तित भएको जस्तो देखाइ दिन्छ । वास्तवमा मानिसको रूपरङ्गले भन्दा पनि प्रेमको आकर्षणबाट नजिकिन जब थाल्द छ जति कुरूप भए पनि नयनमा सुन्दरताले ढाक्दछ । मन तरल भएर बग्छ ।आँखाले एक टकले हेरिरहन्छ । मानिस टोलाउन थाल्छ, दुब्क्लाएर जान्छ, यो कर्म एकतर्फि र दुबै तर्फ लागु  हुनसक्छ तर यहाँ भने –'
आजभोलि बोल्दा पनि किन हिड्यौ नबोली,
तिम्रो मन अन्तैतिर बास सरेर हो कि त' ।
एकोहोरो प्रेमको कारणले मानव जीवनमा पर्ने असर त परेको नै हुन्छ तर यहाँ प्रेमिका आज भोली बोल्न पनि छाडेकी छन् र प्रेमीलाई अति मर्म परेको  छ ।

'दिन काट्नलाई रहर भएन,
माया गरी हेर्ने नजर भएन' ।
 भाबुकताले भरिएका यी शब्दले महत्वपूर्ण काम नगरी दिन वित्ने गरेका यस्तो गर्ने रहर नभएको.। माया गरेर पनि प्रेमिकाले नहेरेको । गहनासरिका महत्वपूर्ण कामहरू बोकी बोकी हिड्दा पनि कुनै असर नदेखिएको, बर्षाबाट जोगिनको लागि बास नभएको, सबको सेवा गर्दा गर्दा शरीर घट्दा पनि कदर नभएकोले गजलकारले यी मुमुद्दाहरू बोकी न्याएको खोजीमा हिड्दा न्याय  पाउन नसकेको धारणा आएका छन् गजलमा । काम गरेपछि माम पाउनु स्वभाविक हुन आउँछ । कर्मको फलको खोजीमा लागेका छन् गजलकार । हुन त गीताले कर्म गर्दै जानु पर्छ फलको पछि लाग्नु हुँदैन भन्ने धारणा राखेको पाइन्छ । यो धारणा पनि  दर्शनमामात्र सीमित छ । कर्म गरे पछि े केही उपलब्धी अवश्य हाँसिल हुन्छ ÷हुनुपर्छ  ।
जाँदाजाँदा –यो पनि प्रेममा आधारित गजल हो । यस गजलमा–
'जाँदा जाँदा मुसुमुसु हाँसिदिए हुनेथ्यो,
यो मनको ढुकढुकी मासिदिए हेुनेथ्यो'
भन्ने धारणा बोक्दै पिरतीको जलनले मनलाई पोलिरहेकोवेला प्रेमिकाले विरहको रापलाई नास गरिदिने,माइत बस्न जाादा प्रेमीको दिलमा तस्विर टाँसेर गइदिए हुने जस्ता भावना बगाउँदै प्रेमको भोकलाई मेटाएर प्रेम गाँसेर गइदिएमा राम्रो हुने धारणा आएका छन् गजलमा । पाल्पालीजीले प्रेमिकाबाट टाढा रहँदाको असहजताको अनुभूतिलाई सहजरूपमा पस्कनु भएको छ ।
सानधरी आँखाभरि–
'सानधरी आँखाभरि धार किन बनायौ,
मुटुभरि मार हानी चार किन बनायौ' ।
गजलकारले भावनाले भरिएको मुटुलाई बोकेर,प्रश्न राखेका छन् । चन्द्रज्योतिसरिको नयनज्योतिको चाहाना छ । गजलकारले मुटुमा मार हैन, प्यारको मल्हम खोजेका छन् तर विषालु तीरको धार प्राप्त हुन गएको छ । उनी प्रश्न गर्दछन् – पूmल छाडेर काँडामा जाने रहर कसरि पलायो, मार किन बनाएको,पूmललाई झारमा परिणत किन गरेको, तिमीमा परेको घाउमा मल्हम दल्न जाने बाटोमा काँडा लगाइएको आदि किन भयो भन्दै गजलकारले प्रेममा देखिएका वेवधानका सारा प्रश्नको उत्तर खोजेका छन् ।
पिरतीको आश –
'पिरतीको आश बिलाएको छैन,
प्रेमसुधा कसैले पिलाएको छैन' ।
प्रेम गर्नेले निश्चय नै आश गर्दछ र प्रेमसुधा पिउने चाहना हुन्छ तर गजलकारले सो अनुभूति गर्न पाएका छैनन् । पैरो जान सक्छ तर बाटो मेटिदैन, अपेक्षा राख्नेले अपेक्षाको थैलो सिलाएको हुँदैन, जब कसैसँग प्रेममा नयनमा नयन मिल्छन् अन्त नयन मिलाउने प्रयास हुँदैन अर्थात भएको छैन, तिमीमा नै मन जमाएर राखेको र मन कतै हिलाएको छैन भन्दै गजलकारले प्रेमिकालाई विश्वास दिलाउन प्रयासरत देखिन्छन् र प्राप्त गर्नको लागि देवतासँग माग गरेका छन् ।
मायालुको मनभित्र– यस गजलमा गजलकारले प्रेम भएर पनि यसबाट उपलब्धि केही  प्राप्त हुन नसक्ने ठहर गरेका छन् –
'हीरामोती सुनचाँदी जति जोडे पनि,
मेरो नाम लेखिएको घुर आइदिएन' ।
मायालुको मनभित्र सुर नआएकोमा लगानी डुब्ने भयो ,मनलाई छाती खोलेर दिंदा पनि उपलब्धि नहुने भयो, चाडपर्व दशै तिहारमा मायाँसँग घुम्ने फिर्ने रहर हुँदा पनि दिन नआएको, हीरा मोती सुन चाँदी जति जोडे पनि स्वनाम अंकित घुर नआएको, सारा ऋतुलाई लुटाएर सके पनि आठै प्रहर पर्खि बसे पनि मायााबाट कुनै चीज प्राप्त गर्न सकिएन भन्ने धारणा आएको छ गजलमा । गजलकारले काम गरे पछि उपलब्धि प्राप्त हुनुपर्छ भन्न खोजेका छन् ।
खुसीलाई उम्काएर–
'खुसीलाई उम्काएर पाइने हो कि होइन,
दुनियामा जन्मी फेरि आइने हो कि होइन' ।
प्राप्त खुसीयालीलाई उपभोग गर्नु पर्दर्छ, । आएको खुसीलाई उम्काउनु हुँदैन े किन कि पुन जन्मेर आइन्छ या आइदैन अर्थात पुनर्जन्म हुने कुरा प्रमाणित छैन । रमाइला दिनहरू टिकेर धेरै दिन बस्दैनन् अनि यो पनि निश्चित छैन कि पछि पुनः यस जगतमा छाइन्छ या छाइदैन त्यसो हुँदा कञ्जुस्याइँ गरेको सम्पत्ति प्राण छँदै  प्रयोगमा ल्याउनु पर्छ । चार दिनको जिन्दगी कतिसम्म टिक्छ । यो सम्झेर पिरतीको जुवामा नारिएर दाइनु पर्छ । मानिसमा अहमताले गर्दा सन्तोष पाउन गाह्रो छ र जिउँदासम्म  माया पिरती आवश्यक हुन्छ । गजलकारले संसारमा निश्चितता कुनै चीजमा पनि नभएको हुँदा प्राप्त उपलब्धीलाई सहस्र उपभोगमा ल्याउनु पर्छ भन्ने धारणा प्रस्तुत गर्नु भएको छ ।
डराएर बसूँ भने–
'डराएर बसूँ भने हराएझैँ लाग्छ,
बढाएर बोलूँ भने कराएझैं लाग्छ' ।
गजलकारको धारणामा न त डराएर बस्नु नै ठीक हो न बढी बोल्नु नै ठीक होे । मूक रहन हुँदैन बोल्न बोल्नै पर्छ । निमुखाझै धम्की सहन हुँदैन । शिरैमाथि लगेर कसैलाई राख्न पनि हँुदैन । प्रकृतिले बराबरी बनाएर राख्न पनि दिएको छै्रन । मानव जीवन समय सापेक्ष तलमाथि भै नै रहन्छ । आजको जमनामा मानिसले पिशाचले गर्ने काम पनि गर्न थालेका छन् र मान्छेले मान्छेलाई नै चराउन थालेको भान हुन्छ  । अधिकारको खोजी गर्दा पनि पहूँचवालाको नै बोलबाल देखिन्छ र गरिबले पाउने हकहित पनि सहज छैन । त्यसो हुँदा आजको थिचोमिचोबाट सबै जोगिन पर्छ भनी आग्रह गरिएको छ  गजलमा । ,
छातीको भित्र –
'छातीको भित्र पोल्ने मनलाई के गरुँ म,
्धोका दिएर हिड्ने जनलाई के गरुँ म' ।
जीवन सङ्घर्ष हो । जीवनमा छातीभित्र पोल्ने दर्द पनि हुन्छ । धोका दिएर हिड्ने प्रिया पनि हुन्छिन्  । मीठा रसिला बाचा बन्धन नै फुकाएर के नै गर्छु भन्ने, यो जीवन नै च्याट्ट छाडेर जानुटघघघघघघघघघघघघघघघघघघघघघघघघपर्छ, कतिले थाम्नै नसकिने कष्ट दिएर जान्छन् तर गजलकारले उनले दिएको दुःख र धोकालाई बोक्न पनि गाह्रो  भएको साथै भक्कानु छुटी रुनु पर्ने अवस्था भएको भन्दै  मार्मिक प्रश्न राख्छन्–
'सम्पत्ति पिरतीको कमाउँदै के थुपारौं,
  साँपले झैं डसिदिने धनलाई के गरूँ म ।
के हुने हो–
'के हुने हो माया छाडी जानपर्दा,
जीवनको पिँजडा फोडी जानपर्दा' ।
जीवनको पिँजडा फोडी जान पर्दा, के हुने हो माया छाडी जाँदा, पूmलको माला तोडेर जाँदा पसिना र खुनले हुर्काएको बाली गोडेर छोडी जाँदा, कामकाज अर्धअलपत्र पार्दै यमराजको काम्लो ओडी जान पर्दा बगैंचाका बिरुवालाई कोपिलामा छोडी जानुपर्दा के होला भन्दै आशंका दर्शाइएको छ । यो् धु्रब सत्य हो कि मानिस जन्मे पछि एक दिन मर्नै पर्छ । कहिले मरिन्छ त्यो भने कसैलाई थाहा हुँदैन । मर्नु निरंतर प्रकृया हो । यो प्रकृयामा के हुने हो भन्नु भन्दा मर्नुभन्दा पहिले गरिने कर्मलाई गर्दैजानु नै उपयुक्त हुन्छ । निश्चय नै जीवन छन्देर मानिसले विविध कर्महरू गर्नु पर्छ । यी कर्ममा मानिसको अपनत्व रहन्छ र मायापिरती पनि तर जीवनको पिँजडा एक दिन निश्चय नै उडेर जान्छ जसलाई कसैले रोकेर रोक्न सक्दैन ।
मोहनी रूपको–
' मोहनी रूपको जालमा परेर,
 जिउँदै मरेनी चालमा परेर' ।
सिङ्गारिक रसमा सिर्जित यो गजलमा मोहनीरूपको जालमा जब परिन्छ तव के नै हुँँदैन र चालमा पर्न सकिन्छ, गालमा पर्न सकिन्छ, परेर आँखाको तालमा मजाले डुबिन सकिन्छ र सुनौला बालमा पर्न सकिन्छ, मायाको रमाइलो खालमा परेर जीवनलाई नचाउन सकिन्छ भन्ने भावनाले सजिएको छ गजल । जालमा नपर्नु नै असल हो तर परियो भने पनि नकरात्मक जालबाट टाढा हुँदै सकरात्मक मार्ग अपनाउनु पर्छ भन्ने सुसन्देश दिएको छ गजले ।
गल्ति भयो –
'गल्ति भयो केही कुरा गर्न जानिएन,
भष्म भइ पिरतीमा मर्न जानिएन' ।
पिरती गर्दा गल्ति हुनसक्छ त्यही गल्तिमा भएमा भष्म भएर मर्न सकिदैन ।  दुनियाँका पूmलबारीमा धेरै पूmलहरू हुन्छन् ती मध्ये एउटालाई मात्र हृदयमा बेर्न सकिन्छ सबैलाई हैन । कार्य ठीकैसँग चल्दा पनि गाउँबाट सहर सर्न सकिएन, अग्रसर भएका पाउ धुरीबाट तल झर्न सकिएन निर्मोहीको जालभित्र पर्न नसक्नु, धेर थोर हातमुख जोड्ने बस्तु आँफैसँग भएकोले लोभमा फसी वनपाखा चर्न सकिएन, दिलको कुरा सुनेर मगजले नसोचेर वारि छाडी पारितिर तर्न जानिएन भन्ने धारणा आएको छ गजलमा । विकासमा लम्कनको लागि धेरै कुराहरूको ख्याल गर्नु पर्छ र मात्र आपूm अघि बढ्न सकिन्छ  भन्ने अवगत गराएको छ गजलले ।
घुमेर सिद्धिदैन–
'घुमेर सिद्धिदैन बाटो यो मेरो देशको,
चुमेर सिद्धिदैन  माटो यो मेरो देशको' ।
राष्ट्रप्रति समर्पित यो गजलमा देशको बाटो घुमेर देशको माटो चुमेर आमाका गर्भ भित्रका अमूल्य खजनालाई बुझेर सकिदैन, प्राण धान्नको लागि खाइने आटो खाएर नसकिने, मायाको खानी अखण्ड र अटल हुन्छ यसलाई चुड्न चाहेर चुड्न नसकिने, शत्रु आएर हाँगा भाच्न लागे भने भाटो नै खुकुरी बनेर फाँडिदिनु पर्छ र आमाको माया जान्नकोे लागि आमा मरेर गए पनि हरेक जुनी आमाप्रतिको खाटो रहिरहन्छ त्यसो  हुँदा  मातृ  मातृभूमि प्रतिको माया अनन्त हुन्छ  भन्ने धारणा आएको छ गजलमा ।  
जता जहाँ जाऊँ–
'जता जहाँ जाऊँ सुनेँ तिम्रो चर्चा
म कल्लाई बताउँ सुने तिम्रो चर्चा' ।
एक युवतीको सुन्दरताको चर्चा गरिएको छ । युवतीको सानो पथदेखि ठूलो पथसम्म, लेकबेसी, गाउँ, सबै ठाउँ ,राजा रङ्कदेखि सबै उनको रूपमा   लोभिएका कुराहरू र उनलाई परीको संज्ञा दिएको चर्चा गजलमा आएका छन् । संसार यस्तै छ कि राम्रो काम तथा रूपको चर्चा हुन्छ कि नराम्रो कामको ।
अमृतसरी बोली –
'अमृतसरी बोली बोलेर जान पाऊँ,
पिरती सर्बतझै घोलेर जान पाऊँ' ।
गजलकारले बोली अमृतसरी बोल्न सकियोस् ,पिरती सर्बत झै घोलेर जान सकियोस्् ,भएको जिउँदो वजनलाई यही दुनियामा मोलेर जान सकिओस्, भए गरिएका गल्तीजति पोलेर जान सकिओस्, थोरै भए पनि जिउँदाका साथी भाइ मरेका मलामीको हूल जोडेर जान र रूँदै जन्मिन्छ रूवाउँदै जाँदाखेरि बन्द गरेको हात खोलेर जान सकियोस् भन्ने धारणा आएको छ । दुनियामा आएर सबैसँग मेलमिलाप सहित आफ्नो मूल्य र मान्यतालाई राख्दै उदार भएर जानसकिओस् भन्ने धारणा आएको छ गजलमा ।
दुखियाको जिन्दगीमा –
'दुखियाको जिन्दगीमा बाहार आइदेऊ,
माया र पिरतीको सरकार आइदेऊ' ।
ओजपूर्ण भावना बोकेका यी गजलका शेरमा गजलकारले गरिवको जीवनमा बहार देख्न चाहान्छन् । गरिवको गरिबी नाशेर  माया र पिरती प्रदान गर्न सक्ने सरकार चाहान्छन् ।यसरी गरिबी नाशगर्न सरकारले सशक्त जीविकाको घरवार निर्माण गराइदियोस जस्ता धारणा सहित प्रेमिकालाई दिलमा आइदेऊ जीवन रूपी डुँगा तार्न पतबार बनेर मझधारमा आउनुको साथै उदासिएको अवस्थामा बतासि भएर  शीतलता छाइदिनको लागि आग्रह गरिएको छ गजलमा ।
कलम समाती–
्'कलम समाती उसले तक्दिर फेरिदिएमा,
लाग्दैन केहीबेर मालिकले हेरिदिएमा' ।
ईश्वरप्रति लक्षित गरेर लेखिदिएको यो गजलमा गजलकारले तक्दिर उसले केरिदिएमा र हेरिदिएमा भएका रोगबाट मुक्त हुन पाइन्छ, उसैप्रति शिर नुगाऊँ, जसले सबैको सुन्छ, मायाले घेरिदिएमा जे पनि हुन सक्ने या गराइदिन सक्छ, उसैले सबैलाई हेर्छ र नसिब बद्ली गरिदिन्छ, कुदिनलाई केरिदिन्छ र सुदिन आउन सक्छ भन्ने धारणा राखिएको छ । भनिन्छ ईश्वर दाहिना भए के हुँदैन ?
यो मनको गोरेटोमा –
'यो मनको गोरेटोमा हिन्ने कोही भएन,
गरिबको मायालाई चिन्ने कोही भएन' ।
धनको बोलाबाला भएको यो ससारमा गरिबको मनको गोरेटोमा न कोही हिड्छ, न कसैले चिन्छ, बजारमा सजाएर राखे पनि किन्ने कोही हुँदैन, गोरेटोमा बटुवाको कमी नभए पनि जीवनका काँडाहरू छान्ने कोही हुँदैन, मौसम फेरिए पनि, प्रेमरोगलाई धुलोपारी पिन्ने कोही हुँदैन, हरेक चिजमा छिनाझपटी भए पनि पिरतीको सम्पत्तिलाई छिन्ने कोही हुँदैन भन्दै गजलकारले पिरतीको अमरत्त्वको धारणालाई पस्किएका छन् ।  
हरबार हार खाएँ –
'हरबार हार खाएँ दिल्दार खोजीखोजी,
जोडदार मार खाएँ मिल्दार खोजी खोजी'
यहाँ गजलकारले  दिलदारको खोजी, मिलदारको खोजी, बढ्दो रोगबाट बच्नको लागि उपचारको खोजी, मूलधारको खोजी, सपनामा नभै विपनामा गुल्जारको खोजी, पूmलदारको खोजी गर्नु पर्छ अर्थात असल चीजको खोजी गर्नु पर्छ भन्ने धारणा आएको छ गजलमा ।
आशा खेर नजाओस् –'
आशाखेर नजाओस् बाचा खेर नजाओस्,
 हाम्ले मिली बुनेका ढाँचा खेर नजाओस्' ।
यस गजलमा गजलकारले आशा, बाचा, ढाँचा, रगत पसिनाका खाचा, अङ्कुर फलहरू वैलेर काँचा, लुटेराबाट हृदय जोडेर लगाइएको लाहाछापको टाँचा, हुर्केर माया छर्दा जोडिएको अमूल्य कमाइको चाचा तथा जे जति भएका गरिएका सबै सुकर्महरू खेर जान भएन सही सदुपयोग हुनु पर्दछ भन्ने सुन्दर अभिव्यक्ति गजलकारले पस्केका छन् ।
दुःखदर्द खाई –
'दुःखदर्द खाई कमाएँ पसिना,
माया लाउनलाई बगाएँ पसिना' ।
केही उपलब्धी हाँसिल गर्न पसिना बगाउनु पर्छ । पसिना बिना कुनै चिज उपलब्ध हुन सक्दैन ।यहाँ गजलकारले माया लाउनलाई दहझै अथाह बिरक्तका कथाहरूलाई छातीमुनि लुकाएर, जीवनका दमनहरू सहेर, अझै पीर थप्नको लागि, ज्यान धुनको लागि, भएभरको खर्च गरेर उनैतिर मेरो पसिना गुमाएँ भन्ने धारणा पोखेका छन् । पसिनाको कमाइ अमूल्य हुन्छ । यो अमूल्य पसिनालाई उपलब्धि प्राप्त गर्नको लागि बगाउनु पर्छ भन्ने सन्देश पस्केको छ गजलले ।  
यो दिमाग –
'यो दिमाग शान्त राख्न सकिएन,
कुरा खेलाउँदा थाम्न सकिएन' ।
कुनै काम गर्दा दिमागको उपयोग राम्रोसँग गर्नु पर्छ । दिमागको सही् ठाउँमा सही प्रयोग भएन भने सही नतिजा हात लाग्दैन । दिमाग शान्त राखेर दिमागलाई थामेर, सबै रोगमा निको हुने रोगलाई छानेर, झाऊ हात लागेमा त्यसलाई अन्त फालेर, रन्को मार्ने फन्को मार्ने दिमागको चाललाई च्यातेर, विरहका खातबाट मुक्ति प्राप्त गर्नु सक्नु पर्छ भन्ने धारणा गजलकारको छ । शान्त दिमागको उपयोग गरेमा मात्र कामको उपलब्धि हात पर्दछ भन्ने महत्त्वपूर्ण सन्देश छ गजलमा ।
पहाड मानेर –
'पहाड मानेर के गरुँ म एक मुठी माटो दिन सकिनौ,
सागर मानेर के गरुँ म अलिकति बाटो दिन सकिनौ' ।
माटो र बाटोको खोजीमा लागेका गजलकारले समयको चिसो हावाले थरथरी काप्दा अलिकति तातोको खोजी, मीठो फल नभए पनि पेटभरि आँटो को खोजी मन बाध्नको को लागि एउटा भाटाको खोजी साथै ,जमिनदारसँग झरीमा ओतको खोजी गरेका छन् गजलकारले । दिने काममा मानिस जति उच्चाइको अथवा जति धनी भए पनि दानको भावना नभए पछि माग्नेले केही प्राप्त गर्न सकिदैन भन्ने सन्देश बोकेको छ गजलले ।
दःुख दिएर–'
दुःख दिएर सस्तै नाम लिन लगाउँछन्
चोट दिएर त्यस्तै माया पनि सताउँछन्' ।
दुख र चोटको मारमा परेका गजलकारले घायल बन्दछन्, कसम र बाचाहरू टुक्रापारी बेहोस बन्दछन्, दर्द दबाउँछन्, घात भएको दर्द केलाउँछन्, संसार छोडेका धेरै बैगुनीको पहिला गरिएका याद सम्झन्छन् ।
एकदुई गर्दागर्दै–
'एकदुई गर्दागर्दै बात बढ्न लागे,
बिरहका आजभोलि रात बढ्न लागे' ।
स्वभाविक हो बात एककान दुईकान मैदान हुनु हृदयमा बिरहका पोका बढ्दै जाँदा रातहरू बढ्दै जानु, मन सानो बन्दै जानु, दुनियामा बास घट्दै जानु, मित्रहरू शत्रु बनी घाँटी अँठ्याउँदै काँध चढ्नु, डहनका ज्वालाहरू मनमा हुर्किएर  हृदयका कुना काप्चा सबै डढ्न लाग्नु, सीपको चोरी गरी सीपकार बनेर इज्जत जोड्न थाल्नु जस्ता धारणाहरू आएका छन् गजलमा ।
उनी यता आउँदा –
'उनी यता आउँदा हुरी आएझै भो,
थोरै आशा पाउँदा मुरी आएझै भो' ।
प्रेमरसले भरिएको यस गजलमा गजलकारले प्रेमका उपलब्धिहरू हात पारेजस्तो महसूस भएको ्देखिन्छ । प्रीतिको घर बनाएर छाउन नसकेको बेला उनको छाया आउँदा धुरी आएको भान हुनु, न्याय नपाएर झोक्राएर बस्दा दयामाया पाएर जुरी आएको भान हुनु, यसरी नै रोगहरू घटेर जान थालेकोले सारा रोग काटीदिने छुरी आएको जस्तो र कुबाटोको पाइला ठाउँमा पर्दा वियोगको पथको घट्दै संयोग मुख जस्तो भएको महसुस गर्नु जस्ता धारणाहरू आएको छन् गजलमा ।
पिउन देऊ मलाई –
' पिउन देऊ मलाई फुल्न देऊ मलाई,
आज आफ्नो सुरमा भुल्न देऊ मलाई' ।
आफ्नो सुरमा भुल्न चाहने गजलकारले प्रेमरस पिउन चाहेका छन्, त्यहि प्रेमरस  मातमा परिणत भएर जुलुम भएका छन् र प्रेमिकाको छेउछाउमा झुल्न चाहान्छन् । देउराली नगएर मन्दिर नघुमेर मायाको वरिपरि घुम्न चाहान्छन् । तीनलोक मान्दैनन्  र नन्दन चाहादैनन् तर उनको इच्छ्या निर्मोहीको बारीमा डुल्ने छ र बादलको गाउँभित्र छोपिएर बसेका अवस्थाबाट उदाई उनको दिलमा प्रकाशमय भएर खुल्न  चाहान्छन् ।
ऋतुले –
'ऋतुले बितेको खबर ल्याइदिन्छ,
पुरानो वेलाको रहर ल्याइदिन्छ' ।
दिन गतेबार ऋतु यी निरन्तर दोहोरिने क्रममा देखिन्छन् । पुरानो यादलाई, ताजगी बनाउँछन्, दिलको कुनामा जमेर बसेको खाटा बसिसकेको घाउलाई खाटा उप्काएर कहर ल्याइदिनु, हटाउन चाहेर पनि नहटेको ,पखाल्न चाहेर पनि नपखालिएको यादलाई ताजगी गरेर नजर ल्याइदिनु, सपना देखेको जस्तो विपना नहुने र यसले ढलेको पहर ल्याइदिन्छ,  साथै जता गए पनि उनकै झझल्को ल्याइदिन्छ भन्ने ठहर छ गजलकारको ।
लोभ्याएर मलाई –
'लोभ्याएर मलाई सताउन छोडीदेऊ,
खालि तिम्रो यादले रुवाउन छोडिदेऊ ।'
लोभले लाभ लाभले विलाप भनेजस्तै गजलकारले लोभ्याएर सताउन, यादबाट रुबाउन, गलत कुराहरू कमाउन, मुटुलाई कब्जा गरेर जोतेर दुखाउन, मुटुमा चिरापर्ने डहनका कुरा सुनाउन, अचानो सरि मार खाएर बसेकोलाई दुख दिने औजार जुटाउन छाडिदेऊ भन्ने आग्रह पोखिएको छ गजलमा । गजलकारले प्रेमिकाले सताउने सबै खाले पीडाबाट मुक्ति चाहन्छन् ।
दुःख दिन्छ–'
दुःख दिन्छ माया सुख दिन्छ माया,
बन्धनमा बाँधेर बाँधिन्छ माया
यत्रतत्र सर्बत्र माया नै माया भएको पाउने गजलकारले मायाको महत्वलाई यस गजलमा दर्शाएका छन्  । भनिन्छ यो संसार अडेको तथा चलेको मायाले हो ।मायाले सुख दुख, बन्धनयुक्त बन्धनमुक्त, रोदन, हाँसो, पहरामा लहरिने, बाँच्दा पनि नाच्दा पनि सारा कार्यसँग टहलिने, ज्योति बनी डुल्ने, जगभरि पुग्ने, रातदिन टल्किने, जगबाट मानिस छिनिए पनि माया छिन्दैन र माया अटुट रहन्छ भन्ने धारणा आएको छ ।
दौडिएर जाँदा–
'दौडिएर जाँदा कता ठोकिएछु,
कहाँ पुग्नु थियो कहाँ रोकिएछु
लक्षलाई ताकेर होसियार पूर्वक हिड्नु पर्छ । किनकि आफ्नो शरीर पनि आफ्नो काबुमा(बसमा) हुँदैन । यसै कारणले आँफैमा रिस उठ्छ,, आँफैले आँपूmलाई धुरंधर ठानिन्छ तर समयको मारमा परिन्छ,, ढाडै सेक्ने ग्रहको पीठमा नचाहेर पनि बोकिइन्छ र अमर असल काम गर्छु भन्दा पनि मरिजाने मानिसमा परिन्छ । जीवन छोटो र नासवान भए पनि सुकर्मको अबलम्वन गर्नु पर्छ भन्ने सन्देश दिएको छ गजलले ।  
सधैं गुन्गुनाउन–
'सधैं गुनगुनाउन एउटा गीत मागे,
जीवन बिताउन एउटा मीत मागे' ।
जीवनलाई रसमय बनाउन गीत र जीवनलाई साथ दिने मीतको चाहना राख्ने गजलकारले, सादा जीवनलाई रङ्ग्याउन मीठो रीतको माग, मेघ नभएर सागर नभएर प्यास मेटाउन शीतको थोपाको माग, यात्रामा साइत हेरेर गरे पनि दिन कटाउन एउटा हितको माग, अन्तिममा मायाको लडाइ नहारौंँ भनेर अमर बनाउन जितैजितको मागे गर्दै जीवनमार्गलाई रसमय प्रेममय र न्यूनतम आवश्यक्ताको आपूर्तिमय बनाउन गजलको धारणा छ ।
ज्यानै डुबाउने –
'ज्यानै डुबाउने भेल धेरैले तर्दैनन्
मैले गरेको माया अरुले गर्दैनन् ।'
 कठीनकार्य गर्न निश्चय नै साहसको आबश्यक्ता पर्छ । जस्ले पनि आफ्नो माया प्रदान गर्ने काम आफ्नो अधिक भएको महसुस गर्नु अस्वभाविक होइन । यहाँ पनि गजलकारले आजकल दुनियाँमा शान दिन, मान दिन, दुनिया अगाडि सर्दैनन् भनेका छन् ।  गजलकारको भनाइ छ ताछेर हेर्न सकिन्छ चाखेर हेर्न सकिन्छ यसैबाट सिद्ध हुन्छ कि उनले गरे जस्तो समर्पण अरुले गर्न सक्दैनन् । जे जस्तो कुरूप भए पनि रूप भन्दा ठूलो दिलको नाता हुन्छ त्यसो हुँदा बुझ्नेले मात्र छर्छ माया अरुले छर्र्दैनन् भन्ने धारणा पोखिएको छ गजलमा ।
आँखा मिलेर जुझ्दा –
'आँखामा आँखा जुझ्दा हल्ला जताततै भो
थोरै बिचार बुझ्दा हल्ला जताततै भो ।'
यहाँ गजलकारले प्रेमको हल्ला जताततै फैलिएको धारणा राख्दै भन्छन्– यस्तो हल्ला त आँखामा आँखा जुझ्दा पनि भयो । यसरी थोरै बिचार बुझ्दा, गुलाबी ओठ चल्दा  मोती दन्त मोती दन्त देखिदा पनि भयो  र तिम्रो  यो आकर्षणले गर्दा मनलाई थाम्न नसकी भेट्ने रहर भो र ठेगाना साेिद्धयो । तिमीसँग भेट गर्न जाँदा तिमीले  पाउजु बजाएर छेउमा आई अडिँदा, कर्के नजरले हेर्दा हल्ला जताततै  भयो भन्ने धारणा पोखिएको छ गजलमा । समाजमा कुनै घटना घट्दा हल्ला अति तीब्ररूपमा फैलिने कुरा यथार्थ परक नै छ  ।
प्रकृतिको रस –
'प्रकृतिको रस चोरी कमाल बनायौ,
दुखादिको मन चोरी कङ्गाल बनायौ' ।
संसार प्रकृतिले सिङ्गारेको छ, । सुन्दर प्रकृति तथा प्रकृतिप्रदत्त गुणमा  थप सिङ्गारको आवश्यक्ता पर्दैन तर गजलकारले यस गजलमा यसको रस चोरेर कमाल गराउनु, दुःखादिको मन चोरेर कङ्गाल बनाउनु, जस्ता धारणा पोख्दै गजलकारले त्यसै राम्रो मुहारमा सिङ्गार गरेर लोभ्याइ मनलाई वेहाल बनाउनुे, कपडाको कुनाकानी काटी रुमाल बनाएउनु  नजरले तीर हानेर माललाई कुमाल बनाउनु, पिरतीको नशाको कारणबाट बेहाल भइ जताततै लड्दा सुरताललाई वेताल बनाएर परिण गर्नु राम्रो होइन भन्ने धारणा आएको छ गजलमा । निर्माणमा लाग्दा फलदायी मार्ग अबलम्वन गर्नु पर्ने सन्देश छ गजलमा ।
रातरानी पूmलसरी –
'रातरानी पूmल सरी बास आयो तिम्रो,
 पिरतीलाई रसाउन सास आयो तिम्रा ।'
बासनाले युक्त र रातरानी पूmलसरी पिरती रसाउन सास आएको, भोको पेटलाई पुष्ट्याउन गास आएको, बर्षा भेलबाट बच्न बास आएको, प्रकासमय भएर सबै प्रकारमा सुख दिनको लागि तयार भै तिम्रो हकमा भए जति सिङ्गारिनको लागि हक अधिकार दिंदै सिन्दूरले सजाउन दास आएको धारणा पस्किएको छ गजलमा । प्रेमीले प्रेमिका प्राप्त गर्नको लागि हरचीज त्याग गर्न तयार हुन्छ भन्ने धारणा आएको छ गजलमा ।  
माछा हैन –
्'माछा हैन जाल भित्र माया पार्न मन छ,
 पिरतीको रोगलाई त्यता सार्न मन छ' ।
 प्रेमभावमा पूर्ण यो गजलमा गजलकारले मायालाई जालमा पार्न र प्रेम रोगले पीडित आफ्नो रोगलाई प्रेमिकामा सार्न चाहान्छन् । प्रेमिकाको साथमा रहन र नजरको नानी भित्रबाट हृदएको तालभित्र झार्ने मन भएकोले यो जीवनलाई च्याँखे थापेर धन पैसा हार्नको ता के कुरा मन नै हार्न आएकोले सक्छ्यौ भने दाउले मार भन्ने आग्रह गर्दछन्  भन्ने सु अग्निमा जलेर अकबरी सुनसरी दिललाई खार्न पनि तयार रहेको धारणा आएको छ ।यस गजलमा पनि गजलकारले प्रेमीले प्रैमीकालाई प्राप्त गर्न  हर चीज त्याग गर्न तयार भएको पाइन्छ ।
विचित्रको मेल–
'विचित्रको मेल बिचित्रको माया,
 बिचित्रको खेल बिचित्रको माया । '
माया बिचित्रको हुन्छ, क्षणमै मेल हुन्छ, अनि क्षण मै खेल हुन्छ, माया जलन हुन सक्छ भेल हुन सक्छ बल, सल,जेल पनि दिने झेल पनि दिने हँसाउने पनि रुवाउने पनि विचित्रको हुन सक्छ माया भन्दै गजलकारले यस्तो  धारणा राख्छन् –
'कहाँदेखि कहाँ पु¥याउन सक्छ,
बिचित्रको रेल बिचित्रको माया'
मन टुक्रा पारी–'
मन टुक्रा पारी जमाउन डरायौ,
दिएँथे पिरती समाउन डरायौ' ।
 केही पाउनको लागि केही गर्नु पर्दछ । मनलाई टुत्र्mयाउन हुँदैन टुक्रिएको मायालाई जमाउन सक्नु पर्छ । प्राप्त भएको पिरतीलाई समाउन सक्नुपर्छ । कसैले दिल दियो भने त्यसलाई अङ्गाल्न सक्नु पर्छ र आफ्नो बनाउनु पर्छ । खेलौना बनाएर खेल्न हुँदैन प्राप्त चीजलाई जीवनभरिलाई सजाउनु पर्छ, जीवनका धारा बगाउँला भने पछि बगाउनु पर्छ, खुम्चयाएर राख्न हुँदैन । कसम र वाचा हराउनु हुँदैन, जीवनलाई अँध्यारो मनमा उदाउन तथा प्रकाशमय पार्न डराउन हुँदैन भन्ने धारणा पोखिएको छ गजलमा । डरपोक भए पछि केही हात लाग्दैन । जे गरिन्छ डरहीन भएर गर्नु पर्छ ।
गीत नमीठो भो –
गीत नमीठो भो धुन नभएर,
 दिन अँधेरो भो जून  नभएर
कति गहनताले भरिएको छ गजल । धुन विनाको गीतको मीठास कहाँ प्राप्त हुन्छ र उज्वलताको अनुभूति शीतलता विना कसरी सम्भव ? दिनमा त स्वयम् सूर्य नै उदाएका हुन्छन् तब पनि दिन उज्यालो हुन जूनको खोजी भएको छ । यहाँ जूनलाई मायालुका प्रतिकको रूपमा लिइएको छ । माया पिरतीको पीरबाट ज्यान सुक्दै जाँदा, खूनको कमीहुनु, अकबरी सुनजस्तो शुद्धता नभए पछि आँपूm बिक्री नभएको, रोगीलाई सेवा उपचार गर्नु पर्नेमा गुणहीन भएर छि छि दूर दूर गर्नु, घर पनि उज्यालो पार्न लिपपोत गर्न तथा चमक थपिदिन चुनको आवश्यक्ता पर्छ । कुनै पनि बस्तुको अस्तित्वलाई चम्काइ दिनको लागि सहयोगी गुणहरूको आवश्यक्ता पर्दछ भन्ने धारणा आएको छ गजलमा ।
सम्पतिमा आगो–
'सम्पतिमा आगो लगाउन छोडिदिएँ,
रक्सी र धुम्रपान मगाउन छोडिदिएँ ।
राम्रो कामको ग्रहण र नराम्रो कामको त्यज्यता हुनै पर्छ । गजलकारले सम्पतिमा आगो लगाउन छाडेको , रक्सी र धुम्रपान मगाउन छाडेको, लोभ पापी रहेछ लोभले इज्जत जान सक्छ, अर्काको धनमा आँखा लगाउन हुँदैन, अपराधीलाई सगाउन हुँदैन लेखेको मात्र पाइने देखेको नपाइने भएर नै मनलाई अन्त बगाउन छाडेको र राम्रो बुद्धि पनि लिए पो दिनु रैछ आँखाले सुत्नेलाई जगाउन छोडिदिएँ भन्दै गजलकारले असल कर्मको ग्रहण गर्नु पर्छ अर्थात सही सत्य कर्म गर्नु पर्छ सही सत्य  कर्म गर्नेलाई र  सही बुद्धि सही अर्ति चाहनेलाई सहयोग गर्नु पर्छ भन्ने सन्देश दिएका छन् ।
मर्न बाँच्न –
'मर्न बाँच्न सँगै पाए अरू चाँहिदैन,
 जिन्दगीको स्वर्ग पनि बरू चाँहिदैन' ।
प्रेममा निरन्तरता र साथ पाएमा स्वर्ग पनि चाँहिदैन भन्ने उच्चता प्रदान गरिएको छ प्रेमलाई । स्वर्ग भन्ने अनुभूति हो स्वर्ग न  कसैले देखेको  छ, कसैले स्वर्ग भोगेको छु भन्दै फर्केर आएर यस्को बारेमा बताउन नै सकेको छ । गुलाबी ओठ खोलेर मुस्कान छरेमा हेमन्त र बसन्तको सुरु नचाहिने, तिमी (प्रेमिका) जीवनकी पुस्तक भएकी र माया प्रेम पढाउनको लागि गुरुको आवश्यक्ता नपर्ने, दुनियाको ठूलो धन भन्नु नै तिमी हौ त्यसोहुँदा तिमीलाई पाउन सके हीरामोती सुनचाँदी केही नचाहिने, भन्ने उद्गार पोख्दै गजलकार भन्छन् –
'आस्तिक हुँ नास्तिकझैं भए के गरुँ म,
गण्डकी नै सिङ्गो पाए रूरू चाँहिदैन' ।
छैन केही रहर–
ं'छैन केही  रहर नाउँ पनि चाहिँदेन,
मर्दा कसैको अब छाउँ पनि चाहिदैन' ।
मानिस जब चारैतिरबाट आजित हुन्छ उसमा तिरस्कारले जन्म लिन्छ । उसलाई कुनै चीजको रहर हुँदैन । उसलाई नाउ पनि चाँहिदैन छाउँ पनि चाहिदैन पैराले लाने ठाउँ पनि चाँहिदैन, अघोर दुःख दिने सम्पत्ति पनि व्यर्थ भएकोले व्याज मात्र नभएर साउँ पनि चाँहिदैन, निदानको खोजी गर्द दाग मिल्ने भए पछि त्यस्तो गाउँ पनि चाँहिदैन, चल्ला चिलेर खाने माउँ पनि चाँहिदैन भन्ने धारणा आएको छ गजलमा । यस गजलले राम्रो उपलब्धिको चाहना राखेको छ ।
आँखाबाट –
'आँखाबाट अन्त बिलाउन सकिनौ,
मुटुसँग मन त मिलाउन सकिनौ
गजलकारले यहाँ आँखामा बसिसकेऊ त्यसो हुँदा बिलाउन सकिनौ र मुटुसँग मन पनि मिलाउन सकिनौ । पिरतीका मुद्दा धेरै बोक्दा पनि न्याय दिलाउन नसकेको, सागर हौ भन्ने भानमा रहेंछु किनकि मनको तिर्सना मिटाउन सकिनौ, नयन मधुमासप्यालाले भरिएका रहेछन् तब पनि अलिकति पिलाउन सकिनौ र मनलाई उखालेर बिस्कुन झै सुकायौ तर अङ्कुर हालेर जिलाउन सकिनौ भन्ने धारणा पोखिएका छन् गजलमा । सामीपत्य हुँदाहुँदै पनि त्यसबाट प्राप्त गर्न सकिने उपलब्धि हाँसिल हुन नसकेको भावना पोखिएको छ ।
उनको सवारी–'
उनको सवारी चल्दा हलचल बढेर आउँछ,
कोर्के  नजर पर्दा सलबल चलेर आउँछ'  ।
यो गजल पनि श्रृङ्गारिक रसमा नै बगेको छ । उनको सबारी  चल्दा हलचल बढ्नु, कोर्के नजर पर्दा सलबल हुनु, बञ्जर सुख्खा मन हरियो बन्न जानु, हावाले छुँदा मन हुर्केर आउनु, उहाँको उदयमा रातले विदा लिनु, किरण पर्दा ज्योति बल्नु, रक्सी नपिउँदा नपिउँदै पनि नशा नलिंदा नलिदै उनी नजिक आउँदा नशा चढेर आउनु, थाम्न सजिलो छैन चञ्चल मनलाई उनको सुवास भेट्दा मन फुलेर आउनुजस्ता गहन आकर्षणले आकषर््िात पारेको छ गजलकारलाई । प्रेमिकाको प्रभाव अति गाढा भएको धारणा पस्किइएको छ गजलमा ।  
सुकाएँ शरीर –
'सुकाएँ शरीर पहल गर्दागर्दा,
मायाको समस्या हल गर्दागर्दा' ।
यो गजलमा गजलकारले मायाको समस्या हल गर्नको लागि पहल गर्दागर्दा शरीर सुकेर जाने भएको रूप फेरीफेरी आँतर लिएर छलगर्दा शरीर सुकाएको, प्रेम जालीसँग कल गदागर्दा सुनौला पहर खेर गएको जिन्दगीलाई सफल पार्न ठूलै पहल गर्दा पनि ठूलै हार खानु परेको र बल गर्दागर्दा  थकित  भएर भन्छन् –
 'जीवनका मिलेका पलहरू मेरा,
 खेर जाने भए सल गर्दागर्दा' ।
आवश्यक्ता भनेको दोहोरो हुनु पर्दछ । एकतर्फी  प्रयासबाट सफलता प्राप्त गर्न कठिन पर्दछ भन्ने धारणा पाइन्छ गजलमा ।
रातदिन मिलाएर –
' तिमीसङ्ग जिन्दगी यो जिउन मन लाग्यो,
 मायालाई मिलाएरर पिउन मन लाग्यो' ।
मायासँग जिन्दगी जिउन र ्मायालाई मिलाएर पिउन मन लागेका गजलकारले मायासँग माया गाँसी सिउन पाएमा आकाशका जूनतारा केही नचाहिने र मायालाई पथ छोडीजान नदिने तथा फर्काएर ल्याउन र पिउनमन लागेको धारणा आएको छ  गजलमा । प्रेममय रसपानमा आननन्दमय जीवनको अनुभूतिको खोजीमा छन् गजलकार ।  
गाउँ घटे पनि –'
गाउँ घटे पनि सहर कम भएन,
बूढो भए पनि रहर कम भएन' ।
उखान नै छ तन बूढो भए पनि मन बूढो हुँदैन । यहाँ गजलकारले पनि बूढो भए पनि रहर बुढो नभएको भनेर मनोभावलाई प्रकट गर्नु भएको छ । समुद्रमा पानी कम भए पनि लहर कम नहुने, नयनको डसाईले अवश्य मन पोलेको, अ‍ोठ खोले पनि जहर कम नभएको यस्तो समस्या भोग गर्दा  र धेरै कहर भोग गर्न परेकोले बहिरो देवतालाई हात जोड्दा पनि केही पनि नभएको इच्छा पालिन्छ भने पलाउँछ नै त्यसो हुँदा जति कुरे पनि पहर कम भएन भन्ने धारणा पोखेका छन् गजलकारले । मानव रहरहरू अनगिन्ति हुन्छन् जस्लाई प्राप्त गर्न सहज हुँदैन । यस्ता इच्छा पूर्ति भगवानले पनि गरिदिदैनन् भन्ने धारणा यहाँ आएको छ ।
विग्रेको पगरी –
'विग्रेको पगरी बुनाऊँ कसरी,
दुखेको कहानी सुनाऊँ कसरी' ।
प्रेममा तल्लिन  भए पछि प्रेयसीलाई खुुसी राख्न उनको इच्छा अनुकुल काम गर्नु पर्ने हुन्छ । पगरी बिग्रन सक्छ दुःखको कहानी बन्न सक्छ, कोपिला बटुली बुनेको पिरती टुटेर जान सक्छ ,रहर पु¥याउन नसके पछि प्रियसी रिसाउन सक्छिन् र फुल्याउन कठीन  हुन सक्छ , धनको अभावमा वित्तीय संस्थामा गएर उजुरी गर्दा नसुने पछि दुःखको खजना पु¥याउन कठिन पर्न सक्छ र अथक प्रयासमा लाग्दा पनि सामान नजुट्न सक्छ र प्रेमको भवन उभ्याउन सकिदैन भन्ने धारणा पोखिएको छ  गजलमा । प्रेमको भवन ठड्याउन सहज छैन अवश्य पनि , प्रेमरूपी समाग्रीको जोरन बटुल्न सक्नुपर्छ र मात्र प्रेमको महल ठडिन्छ भन्ने धारणा आएको छ गजलमा  ।
स्वर्गको बाटो –
'स्वर्गको बाटो हिड्दा फर्कन सकिएन,
प्रियको लागि धेरै पर्खिन सकिएन' ।
मानव जीवन सधैं जीवित रहने हैन । एक दिन प्रेम प्रेयसी सबै सबै चीजहरू छाडेर जानै पर्दछ, पर्खेर बस्न सकिदैन । याचना गरे पनि यमको लाठीसँग तर्किन सकिदैन, चाहना नहुँदा नहुँदै पनि करैले जानु पर्ने यो मियादी रोगबाट कोही पनि तर्किन र सर्किन सक्दैन तर प्रेमको याद जगत छाड्दा पनि नछुट्ने र बिर्सन नसकिने हुँदो रहेछ त्यसो हुँँदा भाग्य भएमा अर्को जन्मलिएर भेट होला अरू त तिमी भन्दा सम्झिन सकिएन भन्ने धारणा आएको छ गजलमा । जाने दिन कसैले कसैलाई पर्खन सक्दैन ।  यो ध्रुब सत्य हो ।त्यो अवधी भित्र आफ्ना चाहनालाई पुरा गर्नु पर्छ ।
माया लिन्छु–
' माया लिन्छु भन्थे महगो भएछ,  
दया बोक्छु भन्थेँ गह्रुङ्गो भएछ'
धनमा पल्केको जमानामा माया पनि महगो हुन पुगेको छ र आजको जमानामा दयाको भारी पनि गह्रुङ्गो हुन पुगेको  छ । दयामाया पाउन पनि कठिन छ । भित्री अवयव  कटाएर दिँदा मन अपाङ्ग हुन सक्छm, जिन्दगीको आगोमा मन जलेर अग्निसँग बस्ने फिलिङ्गो बन्न सक्छ, इज्जत इमान थाम्ने प्रयास अति गर्दा गर्दै पनि बैगुनीले लुट्दा घर नाङ्गो हुन सक्छ । त्यसो हुँदा गजलकार भन्छन् –
'के फैलाउँ हात भिखारीहरूमा,
 जमाना यो सारै हलुङ्गो भएछ '।
 यो कटु सत्य हो कि आजको संसार केवल धनमा रुमलिएको छ ।
मारेर मेरो माया –
मारेर मेरो माया छोड्न किन सकिनौ,
पारेर दिल टुक्रा जोड्न किन सकिनौ ।
माया न मारेर नै मर्छ न जोड्न चाहेर नै जोडिन्छ । भावनात्मक आकर्षण हो यो । भनिन्छ यो आकर्षण कसैले कसैलाई घृणा गर्छ भने पनि रहिरहन्छ  । यहाँ माया मारेर छो्ड्न नसक्नु, दिललाई टुक्रा पारेर जोड्न नसक्नु, पानी पर्दा रुझ्न पनि नछोड््नु, खोलेर मेरो छाता ओढ्न पनि नसक्नु, रोपेर मायाप्रीति पानी पनि नदिनु, दिलमा झ्याउ उमारेर गोडन नसक्नु ,जेलेर बसेको मायाको जालाको सानो डोरीलाई तोड्न पनि नसक्नु र दिलैमा बस्ने याद फोड्न पनि नसक्नु किन भन्ने प्रश्न राखेका छन् गजलकारले । त्यज्य गरिनु छ भने किन रोकी  राख्ने ?
थुङ्गैथुङ्गा –
'थुङ्गैथुङ्गा फुलेकै हो हाम्रो जिन्दगानी,
मायाप्रीति झुलेकै हो हाम्रो जिन्दगानी' ।
जीवन जगतसँग सम्बन्धी यो गजलमा जिन्दगानी थुङ्गैथुङ्गाझै फुल्छ, मायाप्रीति झुल्छ, बादको मुस्लो भित्र कुराकानी गर्छ, कहिले तल कहिले माथि भएर झुल्छ, सागरझैं बग्छ, जहाँ पनि खुल्छ, देश विदेश जहाँ पनि पुग्ने र जहाँतहाँ घुलेको यो हाम्रो जिन्दगानी हो भन्ने ठहर छ गजलकारको ।जिन्दगीमा आनन्दता मात्र रहँदैन ।जिन्दगी एकै ठाउँन्मा पनि सीमित हुँदैन  । विविधताममा रहेको हुन्छ जिन्दगी भन्ने धारणा आएको छ ।
पाप–धर्म पसेको छ–
'पाप–धर्म पसेको छ मस्जिद मन्दिरमा,
 संसार झुलेको छ मस्जिद मन्दिरमा' ।
धर्ममा आधारित रहेर लेखिएको यो गजलमा मस्जिद मन्दिर बाट नै भगवान्ले हेरेका छन् र मस्जिद मन्दिर नै सुखशान्ति मिल्ने ठाऊँ हो ,यहाँबाटै भगवानले सबैलाई हेर्दछन् र कसैबाट हेपिन पर्दैन भन्ने धारणा पोखिएको छ ।
साइत परदेशको –
'साइत परदेशको गर्न परिरहेछ,
माया त लाग्छ देशको सर्न परिरहेछ' ।
 वेरोजगारीको समस्याले गर्दा युवाहरू विदेशी भूमिमा जान बाध्य हुनुपरेको यथार्थमा रहेर लेखिएको यस गजलमा साइत परदेशको गर्न परिरहेको, माया देशको लागे पनि सर्न परिरहेको, अघोर माया देशको लागे पनि पेट भर्न प्रदेशी बन्नु परेको, आमाको चाराले तन्नेरी हुन पुगियो, यही देशमा बगाउनु पर्ने पसिना अरूको देशमा बगाउनु परेको, अमृतले भरिएको देशलाई छाडेर बन्जर भूमिमा विषले भरिएका काँडा चर्न बाध्य भइएको र ऋणको भारलाई मुक्त पार्नको लागि चर्को नुनको समुद्र तर्न परिरहेको धारणा पोखिएको छ गजलमा । राष्ट्र राट्रियता जन्म दिने आमा र जन्म देश अगाध श्रद्धा भाव रहे पनि आखिरमा खाली पेटको क्रन्दन सुन्नुपर्ने धारणा आएको छ गजलमा । गजल यथार्थमा आधारित छ । आज देशका युवा–युवतीले भोगेको सत्यतथ्य घटनालाई यहाँ प्रस्तुत गरिएको छ ।
मुटुमा बिजाउने –
'मुटुमा बिजाउने नजर ताक्न छोडे,
जिउँदै जलाउने जहर ताक्न छोडे' ।
मुटुमा विजाउने नजर ताक्न छाड्नु नै राम्रो हो । जिउनै लिने तथा जलाउने जहर पनि त सेवन गर्न भएन । नदेखिने चोटको डहनबाट बच्न र अपाङ्ग  बनाउने  कहरबाट बच्नु पर्ने, निर्मोही काँडाको डहर  हिड्दा पाउन सम्म दुःख भोगेको, आर्धा रातमा निद्रा नलागे हुन्थ्यो किनकि सहरमा बास बस्न कठिन हुने र समुद्रलाई चिन्न अति बेर लागेको र समुद्रको पानी पिएर प्यास बढ्ने भएकोले यस्ता लहर ताक्न छाडेको धारणा यहाँ प्रष्टिएको छ । गजलमा गजलकारले अप्रिय तथा घातक चीजहरूको सङ्गत गर्न छाड्नु पछ भन्ने धारणा आएको छ गजलमा ।
धमिलो हावाको–
 'धमिलो हावाको तर लाग्दैछ,
अमिलो चलेको डर लाग्दैछ' ।
हावा स्वच्छ हुनु पर्दछ तर आजको हावा धमिलो भएर गाढा हुँदै, गएको छ । अमिलो चलेको डर लाग्दछ । स्वार्थ बढ्दै गएकोले सभ्यता–ईमान पर लाग्दैछ । मानिस मन्दिर तिर जानु पर्ने  हो तर मानिसले भट्टी धाउन थालेका छन् । मानिस भएर कुमतीतिर लाग्न न हुने र मानवको सिकार मानवबाटै हुनुहुन्न भन्ने धारणा को साथमा गजलकार  भन्छन् –
सडिजान लागे ठूलो रुखहरू
बिरुवाहरूको भर लाग्दैछ' ।
ग्रजहरूबाट राम्रो काम हुनुपर्दछ र मात्र नयाँ तथा बालबालिकाले राम्रो मार्ग समाउन ÷ सिक्न सक्छन् भन्ने धारणा पोखिएको छ गजलमा ।
आफ्नो भनी बोल्दा –
'आफ्नो भनी बोल्दा अत्याएर मारिन्
माया प्रीति दिंदा हटाएर मारिन्' ।
 बैगुनीलाई गुनले मार्नु भनिन्छ तर यहाँ त  यो उखान लागु हुन सकेको छैन । गुन दिंदा पनि गुनको बदला अत्याएर हटाएर पवनपुत्रसरी छाती खोली दिंदा आरा चलाएर, प्यास मेट्न तालतिर धाउँदा प्यासोलाई डुबाएर र विष भरिएका काँडा तीखा पारेर थलाएर मृत्युशैयातिर लगेर र भित्र भित्र मन धुक्काई तेल थपेर जलाएर मारेको धारणा पोखिएको छ । आफ्नाबाट अपनत्व प्राप्त हुन नसकेको धारणा छ गजलमा ।
गुमाउनु गुमाएँ –
'गुमाउनु गुमाएँ कमाउँछु भनेर,
बैगुनीलाई आफ्नो बनाउँछु भनेर' ।
केही पाउन केही गुमाउनु पर्छ भन्ने लोकोक्ति छ तर यहाँ गजलकारले कमाउने धारणाले गुमाउनु गुमाएका छन् । बैगुनीलाई पनि आफ्नो  बनाउन  सकेका छैनन् । उर्जा लगाएका छन् । हावालाई लुछेर समाउन खोजेका छन्, उहाँलाई फकाउन भनेर दिमागलाई लगाएका छन्, पत्थरको मनलाई पलाउन कोसिस गरेका  छन्, आसामी बनाउने रहर गरेर जीवनलाई उठाउँछु भन्दा जीवन नै डुवाई दिएका धारणा छन्  गजलमा  ।
मनका खाल्टाहरू–
मनका खाल्टाहरू सम्याउन मन लाग्यो
 बाँकीका दिनहरू लम्ब्याउन मन लाग्यो।
मनलाई एकैनासको बनाउन र बाँकी जीवनका क्षण (आयुलाई ) लम्ब्याउन चाहना राखेका छन् गजलकारले । मन सुरिलो छ यसलाई पिरतीले नुगाएर मायाको घरतिर बङ्ग्याउन, जोडेका मीठा पलहरूलाई एक मुष्ट बनाएर कसैको दिलभित्र थन्क्याउन, मायाप्रीतिलाई दिलभित्र थुनेर राखेकोलाई स्वतन्त्र (बन्धनमुक्त) गराएर नङ्ग्याउन मन लागेको धारणा राख्दै गजलकारले भन्छन्–
खोजेर सात रङ्ग संसारमाझ अब
जिन्दगी चार दिन्को रङ्ग्याउन मन लाग्यो ।
रुखदेखि पात टुटेर –
रुखदेखि पात टुटेर गएको,
नजोडिने रैछ फुटेर गएको ।
गजलकारले टुटेर, फुटेर, नसिब छुटेर, प्राण उडेर इज्जत लुटेर गएको फर्केर आउँदैन र पापी समयले कुटेर गएको पनि बिर्सिन सकिदैन भन्ने धारणा राखेका छन् ।
नशालु नजर –
नशालु नजर मिलाएर जाऊ
मायाको असर पिलाएर जाऊ ।
गजलकारले यहाँ प्रेमिकालाई नशालु नजर मिलाएर जान, मायाको असर पिलाएर जान, अमृत पिएर पनि भोक मेटिएन त्यसो हुँदा मायाको आहार खिलाएर जान, हतार नगरी हृदय मिलाउन ढिलाएर जान, अन्याय भरेको धेरै चोटहरू खाएकोले पिरतीको न्याय दिलाएर जान र अमूल्य जीवन पर्खाइमा बितेको हुँदा फाटेको दिललाई सिलाएर जान आग्रह गरेका छन्  ।
सङ्गीत हजुरको–
 सङ्गीत हजुरको तराना हजुरको,
दुनिया हजुरको जमाना हजुरको ।
यस गजलमा गजलकारले यो संसारमा निर्मित सबै बस्तु हजुर (ईश्वर) को हो भन्ने सारमा गजल लेख्नु भएको छ । यो संसारबाट एक्लै पार लाउन कुनै उपाय देखिदैन, नाउँ मेरो भए पनि गबाना हजुरको, अचेत ्गराउने चोट खाँदा पनि हजुरको बहाना नमीठो लाग्दैन, आकाश र धर्ती सबै लोकभरि हजुरकै निशाना लाग्दछ त्यसो हुँदा तपाइँको सराहना गर्न सकिदैन  र जति गरे पनि  नपुग नै हुन्छ भन्ने धारणा आएको छ ।
पिएर पनि हेंरे –
'पिएर पनि हेंरे जिएर पनि हेरेँ
निर्मल मेरो माया दिएर पनि हेरेंँ ।
गजलकारले यस गजलमा सबै चीज प्रदान गरेका छन् तर उपलब्धि हात प¥यो या परेन त्यो भने प्रष्टिएको छैन । सेवा नै धर्म भनी दुःख कष्ट सहेर अरुले झार्ने आँसु पिएर पनि, कुदेर जाने मायालाई फर्काइ ल्याउनलाई फाटेको दिललाई सिएर,अरुकै लागि सबै चीज गर्दा सियोसरि खिएर र दयामाया दिन पछाडि परिएन साथै अरुको रोग लिएर पनि हेरिएको धारणा आएको छ गजलमा ।
उकालीमा कुलो –
उकालीमा कुलो चलाएर थाकेँ
 निर्मोहीलाई धेरै फकाएर थाकेँ ।
 गजलकारले प्रेममा गरिने कर्ममा भगिरथ प्रयत्न गरेर थाकेको  महसुस  गरेका छन् । उकालीमा कुलो चलाएर थाक्नु, निर्मोहीलाई फकाएर थाक्नु, चखेवाको जस्तो आकाशमा ताकी नजरलाई जमाएर थाक्नु , नहुनेलाई आफ्नो बनाएर थाक्नु, हृदय खोलेर सबै निखारी लुटाएर आँफैले आँफैलाई सताएर थाक्नु, ओराली झरेको खोला फर्काउनको लागि बल लगाएर थाकेँ भन्ने धारणा आएका छन् गजलमा । बास्तवमा सफल नहुने कामलाई जानी जानी प्रयास गर्न हुँदैन भन्ने सुझाव आएको छ गजलमा ।
रुखदेखि टुटिजाने –
रुखदेखि टुटिजाने पात हुँ म
 जगबाट छुटी जाने जात हुँ म ।
 सोंचमा डुब्दा—
यो यस कृतिको अन्तिम गजल हो । रुखदेखि पात टूट्छ, जगैबाट जात छुट्छ, जूनलाई भेट्न सूर्य घुमेकै छ, ज्योति नभेटेर रात रोएकै छ, भूmटो हुनलाई घातैघात बोकेर बीचमा छुटिजाने बाचा गर्न हुँदैन, समाउनलाई समय चाहिन्छ ,मुखबाट बात छुटेर जान्छ, र आश छाडेर परलागे हुन्छ किनकि छुन देखि पर जाने यी हात हुन् मेरा भन्ने धारणा आएको छ ।
भाषाशैली
गजलमा सरल भाषा प्रयोगमा ल्याइएको छ । गजललाई गाउन सकिन्छ, लययुक्त गजलमा हिन्दीलाई पनि काफियामा समावेश गरेको पाइन्छ । कहीँ कही हिन्दीले स्थान लिएको पाइन्छ । कतिपय ठाउँमा काफियामा प्रयोग गरिएका शब्दहरू क्लिष्ट पनि छन् । प्रेममा प्रयोग गरिएका शब्द शिष्ट पनि छन् । समग्रमा भन्दा भाषा शैली, राम्रो छ । लेखनकर्म जारी छ । लेखकीय धर्ममा गजलकार सजग, सहज, निष्ठावान, अनुशासित देखिन्छन् । आफ्नो लेखन कर्ममा कहीं पनि विचलन  भएको पाइँदैन ।    
 शीर्षकीकरणा                                                            
 पाल्पालीले सिर्जना गरेका गजलहरूको नामा करण पाल्पालीका गजल लेख्नु स्वभाविक नै हो । शीर्षक सार्थक छ भन्न सकिन्छ ।
गजलमा विविधता
गजलले भन्न चाहेका भावना, धारणा, यथार्थतालाई मैले उहाँका हरेक गजलको साधारण अर्थलाई सरलरूपमा माथि प्रस्तुत गरेको छु । गजलकारले पोख्न चाहेका विश्लेषणात्मक भावनामा विविधताले छाएको छ । विविध भावपूर्णताले भरिएका गजलहरू पाल्पालीजीले सरल र सहजरूपमा पस्कनु भएको छ । प्रेमको विविधताले भरिएका गजलका अभिव्यक्ति आत्मीयताले भरिएका छन् र यिनले सबैको अन्तरमनलाई र मुटुलाई सहजै छुन सक्दछन् । माथिका पोखाइलाई ्केलाउँदा प्रेममय यो कृतिले राष्ट्र, राष्ट्रियता, देश, मातृभूमि, जन्म दिने आमा सबैलाई समेट्ने प्रयास हुँदाहुँदै पनि यो प्रेमको गीता हो । यस कृतिले प्रेमदर्शनलाई विविध दृष्णिकोणले विश्लेषण गर्ने प्रयास गरेको छ । सांसारिक बस्तुलाई तुच्छ ठानिएको  छ । प्रेम ÷  मायालाई सर्बोच्च ठानिएको छ, प्रेम ÷ मायापूर्ण हृदय उदार छ एवम् विशाल छ,। मायामा हित छ महत्तावोधका धारणाले सजिएको  छ, मायामा समर्पण छ, हाँसो छ ,रोदन छ , बोलीमा अमृतको खोजी र मिठासको खोजी  छ, धन दौलत प्रेमको अघि तुच्छ छ, माया र पिरतीको बहार र सरकारको खोजी छ ,मायामा वेइमानी पनि हुन्छ , प्रेममा विवशता पनि छ । गजलमा प्रेमलाई देवता भन्दा पनि ठूलो ठानिएको  छ । यसरी गजलकारले गजलमा विविधता दर्शाउँदै आफ्ना धारणालाई उच्चाइमा पु¥याएका छन् ।
अन्तमा पाल्पालीजीलाई सुस्वास्थ, दीर्धायुको साथै साहित्यिक सफलताको कामना गर्दछु ।
मिति २०७२ साल जेष्ठ ६ गते, शान्तिचोक कावासोती नगरपालिका वडा नं ७, नवलपरासी

No comments:

Post a Comment