December 4, 2020

गजल मधुर मिलन

सत्यको मधुर मिलन सही हुन्छ सारा
प्रेम–काख खोजेका हुन् सत्य ध्रुबतारा
द्यृणा हुन्छ प्रेममा कहिले मृत्युवरण
फुट्न सक्छ धैर्यबाँध कहिले अश्रुधारा
हाम्रो भने मुस्कान राम्रो लाली सजाएर
दिलको धड्कन सङ्गीतमय छैन चर्को नारा
प्रेम बन्छ ईश्वरीय अमरत्व छाई
शान्तिदूत रमाएर बाँड्न थाल्छ चारा
धारणाले शान्तिदीप जब बाल्न थाल्छ
प्रेम बन्छ चाँदनी र चकोरको पारा
52Keshav Raj Amodi, Bhesh Raj Rijal and 50 others
37 Comments
Like
Comment
Share

No comments:

Post a Comment