भो लेख्दिन गजल आज, मन चिसो भयो सानु
उनी आइ निद बिगारिन् चैन मेरो गयो सानु
पृथ्वीलाई माया गरी आकाश रुदो रैछ सधैं
मेरो पनि माया जाग्यो चुम्ने धोको रह्यो सानु
चकोरले चाँदनीको जब दर्शन पाउँछ हेर
मनमयूर नाच्न थाल्छ आकर्षण छ यो सानु
निर्दयीको पर्खाइमा गयो आधा जीवन मेरो
आशा कहाँ मेटिन्छ र मौलाएर बढ्यो सानु
अर्थहीन हुँदो रैछ क्षितिज भेट्ने प्यास सबै
जीन्दगीको पर्खाइ सबैैं भन्न छाडे म यो सानु
No comments:
Post a Comment